परमेश्‍वरले गर्नुहुने मानवजातिको व्यवस्थापन कार्यका तीन चरणहरूको उद्देश्य

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मेरो सम्पूर्ण व्यवस्थापन योजना, छ-हजार-वर्षको व्यवस्थापन योजनामा, तिन चरणहरू छन्, या तिन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन उद्धारको युग पनि हो); र अन्तिम दिनहरूको राज्यको युग। यी तिन युगहरूमा मेरो कार्य हरेक युगको प्रकृति अनुसारको अन्तर्वस्तु भिन्न-भिन्न छन्, तर प्रत्येक चरणमा यस कार्यले मानिसको आवश्यकताहरूलाई पूरा गर्छ—वा, अझै स्पष्ट रूपमा भन्दा, यो शैतानले त्यो युद्धमा चाल्ने युक्ति अनुसार गरिन्छ जुन युद्ध म त्यसको विरुद्धमा सुरु गर्छु। मेरो कार्यको उदेश्य शैतानलाई पराजित गर्नु हो, मेरो विवेक र सर्वशक्तिमान्‌तालाई प्रकट गर्नु, शैतानको सबै युक्तिहरूलाई उजागर गर्नु, र फलस्वरूप सम्पूर्ण मानव जातिलाई मुक्ति दिनु हो, जो शैतानको अधिकार क्षेत्रभित्र जिउँछन्। यो मेरो विवेक र सर्वशक्तिमान्‌ता देखाउनु, र शैतानको असहनीय उग्रतालाई प्रकट गर्नुको लागि हो; र अझै त्यो भन्दा पनि बढि, यो सृजित प्राणीहरूलाई असल र दुष्टको बीच भेदभाव गर्न अनुमति दिनको लागि हो, यो थाहा दिनको लागि कि म नै सबै थोकको शासक हुँ, यो स्पष्ट रूपमा देखाउन कि शैतान मानव जातिको शत्रु हो, एउटा पतित, एउटा दुष्ट हो, र तिनीहरूलाई असल र दुष्ट, सत्य र झूट, पवित्रता र अपवित्रता, र के महान् हो र के नीच हो सोको बीचको अन्तरलाई पूर्ण निश्चितताका साथ भन्न दिनको लागि हो। यस प्रकारले अज्ञानी मानवजाति मेरो लागि यस कुरामा गवाही दिन सक्षम हुनेछन् कि मानव जातिलाई भ्रष्ट गराउने म होइन, र केवल म—सृष्टिकर्ताले—मात्रै मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई ती कुराहरू दिन सक्छु जुन कुराको तिनीहरूले आनन्द लिन सक्छन्; र तब तिनीहरूले जान्नेछन् कि म नै सबै थोकको शासक हुँ र शैतान केवल ती प्राणीहरू मध्ये एक हो जसलाई मैले सृजना गरे र पछि मेरो विरुद्धमा खडा भयो। मेरो छ-हजार-वर्ष व्यवस्थापनको योजना तिन वटा चरणहरूमा विभाजित छन्, र सृजित प्राणीहरूलाई मेरो गवाही दिनको लागि, र मेरो इच्छा बुझ्न, र म नै सत्य हुँ भनी जान्नको लागि सक्षम बनाउने प्रभावलाई प्राप्त गर्नको निम्ति म काम गर्दछु।

वचन देहमा देखा पर्नुहुन्छको “उद्धारको युगको कार्यको पछाडिको वास्तविक कथा” बाट उद्धृत गरिएको

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानव जातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानव जातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानको विरुद्धमा लडाइँ गर्न सक्‍नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ, र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानव जातिको मुक्तिको लागि हो र मानव जातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्न सकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ, र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्‍म भ्रष्ट बनाएको छ त्यस अनुसार हुन्छ। सायद, जसरी दुई सेनाले एक-अर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानको विरुद्धमा हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्‍पनामा विश्‍वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्‍ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै संचालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्नका निम्ति त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामको धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानको विरुद्ध हतियार उठाउनु होइन, तर मानिसको मुक्ति, मानिसको जीवनको काम र मानिसको स्वभाव परिवर्तन गर्नु हो, यसैले कि उसले परमेश्‍वरको साक्षी दिन सकोस्। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात्, जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ, र यस प्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतान विरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

कार्यको तीन चरणहरूको लक्ष्य सारा मानवजातिको मुक्ति हो—यसको अर्थ शैतानको अधिकार क्षेत्रबाट मानिसको पूर्ण मुक्ति हो। कार्यका हरेक तीन चरणहरूको फरक-फरक उद्देश्य र महत्त्व रहेको भए तापन, ती प्रत्येक नै मानवजातिको मुक्तिको कार्यको हिस्सा हो र ती प्रत्येक मानवजातिको आवश्यक अनुसार गरिने मुक्तिका विभिन्न काम हुन्। तँलाई कार्यका यी तीन चरणहरूबारे स्पष्ट भएपछि, ती कार्यका हरेक चरणको सराहना कसरी गर्ने भन्‍ने कुराप्रति तँ सचेत हुनेछस् र कसरी परमेश्‍वरको इच्छा पूरा गर्ने सो कुरालाई पहिचान गर्नेछस्। यदि तँ यस चरणमा पुग्‍न सक्छस् भने, यी सबैभन्दा महान् दर्शनहरू नै परमेश्‍वरप्रतिको तेरो विश्‍वासको जग बन्नेछ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई मुक्त गर्नुभयो र मानवजातिको निम्ति पापबलिको रूपमा सेवा गर्नुभयो। अन्तमा, उहाँले अझै मानवजातिलाई जित्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्त गर्नुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टिमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्ने हुन्छ। शैतानद्वारा भ्रष्ट भएपछि मानवजातिले परमेश्‍वरको भय मान्ने उनीहरूको हृदय साथै परमेश्‍वरको सृष्टिहरूको अनिवार्य कार्य गुमायो, त्यसैद्वारा उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी शत्रु भए। त्यसपछि मानवजाति शैतानको अधिकार-क्षेत्रमा जियो र शैतानको आज्ञा अनुसरण गर्‍यो; यसरी, परमेश्‍वरसित आफ्नो सृष्टिहरू माझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भयपूर्ण आदरलाई जित्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुमाउनुभयो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्त गर्नुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। मानवलाई परमेश्‍वरको उत्तम आराधना गर्न दिनको निम्ति र पृथ्वीमा उत्तम गरी जिउन दिनको निम्ति ती अनाज्ञाकारिताका सन्तानहरूको आखिरी विनाशलाई कार्यान्वयन पनि गरिनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई दृढ रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजातिचाहिँ उहाँको आराधना गर्ने, पूर्ण रूपमा उहाँको अधीनमा रहने र उहाँको महिमा प्रकट गर्ने मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरप्रति अनाज्ञाकारी भएका ती शत्रुहरूलाई उहाँले नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँप्रति अनाज्ञाकारी ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र अनाज्ञाकारिता हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको

जब परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्‍वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्‍ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्‍वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्‍वरलाई विश्‍वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्‍चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्‍न सक्दैनस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्‍वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्‍बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्‍वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्‍वरको कार्यको सम्पूर्णतालाई देख्‍नेछन् र तिनीहरू परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सृष्टिहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सृष्टिहरूले एउटै साँचो परमेश्‍वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्‍नेछन्।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्‍वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्‍वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्‍वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष्‌ पाउन सक्छ भन्ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्‍वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सृष्टिहरू माझ सबैभन्दा उच्च आदरको कुरा हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्‍वरले कदर गर्ने अरू कुनै सृष्टि हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर अझै अन्तमा इनामको कटनी गर्नेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्‍वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्‍वरको ठूलो सम्मान प्राप्‍त गर्नेछन् र परमेश्‍वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्‍वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरको आशिष्‌ पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्‍वरलाई नचिन्नेहरू उहाँको आशिष्‌ प्राप्‍त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्‍वरलाई नचिन्‍नेहरूलाई परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू भनी भन्‍न सकिँदैन; परमेश्‍वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्‌हरू प्राप्‍त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्‍वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्‍वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

जब कार्यका तीन चरण अन्त्यमा पुग्छ, परमेश्‍वरको गवाही दिनेहरूको समूह, परमेश्‍वरलाई चिन्‍नेहरूको समूहलाई निर्माण गरिनेछ। यी मानिसहरू सबैले परमेश्‍वरलाई चिन्‍नेछन् र तिनीहरूले सत्यतालाई अभ्यास गर्न सक्‍नेछन्। तिनीहरूमा मानवता र चेतना हुनेछ, र सबैले परमेश्‍वरको मुक्तिको कार्यका तीन चरणहरूलाई जान्‍नेछन्। यो अन्त्यमा पूरा गरिने काम हो, र यी मानिसहरू ६,००० वर्षको व्यवस्थापन कार्यका उत्कृष्टता हुन्, र शैतानको अन्तिम हारको सबैभन्दा शक्तिशाली गवाही हुन्। परमेश्‍वरको गवाही दिन सक्‍नेहरूले परमेश्‍वरको प्रतिज्ञा र आशिषलाई प्राप्त गर्न सक्‍नेछन्, र तिनीहरू अन्त्यसम्‍मै रहिरहने समूह, परमेश्‍वरको अख्‍तियार पाएको र परमेश्‍वरको गवाही दिने समूह बन्‍नेछन्।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्‍ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरो इच्छा पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको कार्य भनेको मानिसलाई राम्रोसँग मेरो आज्ञा पालन गर्न सक्षम पार्नु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अधिक प्रभावकारी रूपमा परिवर्तन हुन दिनु हो। म जे गर्छु त्यो मेरो व्यवस्थापनको खातिर नै हुने भएकोले, मैले कहिल्यै पनि कुनै काम मानिसका लागि फाइदा नहुने गरी गरेको छैन, किनकि म इस्राएलभन्दा बाहिरका सबै जातिहरूलाई पनि इस्राएलीहरू जस्तो आज्ञाकारी बनाउन, उनीहरूलाई सच्चा मानिसहरू बनाउन चाहन्छु, ताकि इस्राएलभन्दा बाहिरको भूमिमा पनि मैले पाइला टेक्‍ने ठाउँ पाउन सकूँ। यो मेरो व्यवस्थापन हो; मैले अन्यजातिहरूका बीचमा पूरा गर्दै गरेको कार्य यही हो। अहिले समेत, धेरै मानिसहरूले अझै पनि मेरो व्यवस्थापनलाई बुझ्दैनन्, किनभने उनीहरूले त्यस्ता कुराहरूमा रुचि राख्दैनन्, र आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने तापनि, उनीहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्, यसको सट्टामा उनीहरूको आफ्नै भोलिका गन्तव्यमा मात्रै पूर्ण रूपमा ध्यान केन्द्रित गर्दै रहन्छन्‌। यदि यस्तै कुरा जारी रहन्छ भने, मेरो कामको विस्तार कसरी हुनेछ? मेरो सुसमाचार कसरी सारा संसारभरि फैलाउन सकिन्छ? याद गर कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई तितरबितर पार्नेछु, र जसरी यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभयो त्यसरी नै तिमीहरूलाई पनि प्रहार गर्नेछु। यी सबै कुराहरू हुनेछन् ताकि मेरो सुसमाचार पृथ्वीभरि फैलिन सकोस्, ताकि यो अन्यजातिहरूमा पनि पुग्न सकोस्, ताकि मेरो नाम साना-ठूला सबैले समान रूपले उचाल्न सकून्, र मेरो पवित्र नाम सबै कुलहरू र जातिहरूका मानिसहरूको मुखमा उच्च होस्। यसो हुन्छ ताकि यो अन्तिम युगमा अन्यजातिहरूको माझ मेरो नाम उचालिओस्, ताकि अन्यजातिहरूले मेरा कामहरू देखेर तिनीहरूले मलाई मेरो कामको खातिर सर्वशक्तिमान् भनेर बोलाउन सकून्, ताकि मेरा वचनहरू छिटै पूरा हुन सकून्। म इस्राएलीहरूका मात्र होइन, तर मैले श्रापित तुल्‍याइएकाहरू लगायत, सबै अन्यजातिहरूका पनि परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझाउनेछु। म सारा सृष्टिको परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझ्न लगाउनेछु। मेरो सबैभन्दा महान् काम, आखिरी दिनहरूको लागि मेरो कार्य योजनाको उद्देश्य, र आखिरी दिनहरूमा पूरा गर्नुपर्ने एउटै काम यही नै हो।

वचन देहमा देखा पर्नुहुन्छको “सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो” बाट उद्धृत गरिएको

वर्तमानको दिनसम्‍म आफ्‍नो छ हजार वर्षे कामलाई अघि बढाइसकेपछि, परमेश्‍वरले पहिले नै उहाँका धेरै कार्यहरू प्रकट गरिसक्‍नुभएको छ, जसको प्राथमिक उद्देश्‍य भनेको शैतानलाई हराउनु र सारा मानवजातिमा मुक्ति ल्याउनु हो। उहाँले स्वर्गमा भएको सबै कुरालाई, पृथ्वीका सबै कुरालाई, समुद्रका सबै कुरालाई, र पृथ्वीमा भएका परमेश्‍वरका सृष्टिका हरेक अन्तिम वस्तुलाई उहाँको सर्वशक्तिमानता देख्‍न र उहाँका कार्यहरू अवलोकन गर्न दिनको लागि यो मौकाको प्रयोग गरिरहनुभएको छ। मानिसहरूलाई आफ्‍ना सबै कार्यहरू प्रकट गर्न, अनि शैतानलाई हराउने कार्यमा उहाँलाई प्रशंसा गर्न र उहाँको बुद्धिलाई उचाल्‍न तिनीहरूलाई सक्षम गर्नको लागि शैतानमाथिको उहाँका जीतले प्रदान गरेकोमौकाको प्रयोग गरिरहनुभएको छ। पृथ्वीमा, स्वर्गमा, अनि समुद्रमा भएका यावत् थोकले परमेश्‍वरमा महिमा ल्याउँछन्, उहाँको सर्वशक्तिमान्‌ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँलाई पुकार्छन्। शैतानलाई उहाँले हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई जित्दैहुनुहुन्छ भन्‍ने कुराको प्रमाण यही हो। अझै महत्त्वपूर्ण कुरा, यो मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्‍वरका सम्पूर्ण सृष्टिले उहाँमा महिमा ल्याउँछ, उहाँले आफ्‍नो शत्रुलाई हराएर विजयको साथ फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छ, अनि उहाँलाई महान् विजयी राजाको रूपमा उचाल्छ। उहाँको उद्देश्य भनेको शैतानलाई हराउनु मात्रै होइन, त्यही कारणले उहाँले छ हजार वर्षसम्‍म निरन्तर रूपमा काम गर्नुभएको छ। उहाँले मानवजातिलाई मुक्त गर्नको लागि शैतानको हारलाई प्रयोग गर्नुहुन्छ; उहाँका सबै कार्य र उहाँका सारा महिमा प्रकट गर्नको लागि उहाँले शैतानको हारलाई प्रयोग गर्नुहुन्छ। उहाँ महिमित हुनुहुनेछ, अनि स्वर्गदूतहरूका सारा भीडले उहाँका सारा महिमा देख्‍नेछन्। स्वर्गका दूतहरू, पृथ्वीका मानिसहरू, अनि पृथ्वीका सृष्टिका यावत् थोकले सृष्टिकर्ताको महिमा देख्‍नेछन्। उहाँले गर्नुहुने काम यही नै हो। स्वर्ग र पृथ्वीको उहाँको सृष्टि सबैले उहाँको महिमा देख्‍नेछ, अनि शैतानलाई पूर्ण रूपमा हराएपछि उहाँ विजयको साथ फर्कनुहुनेछ, अनि मानवजातिलाई उहाँको प्रशंसा गर्न दिनुहुनेछ, जसद्वारा आफ्‍नो काममा उहाँले दोबर विजय हासिल गर्नुहुनेछ। अन्त्यमा, सारा मानवजाति उहाँद्वारा विजय गरिनेछ, र विरोध गर्ने वा विद्रोह गर्ने जोकोहीलाई उहाँले मेटाउनुहुनेछ; अर्को शब्‍दमा भन्दा, शैतानका स्वामित्वमा हुने सबैलाई उहाँले मेटाउनुहुनेछ।

वचन देहमा देखा पर्नुहुन्छको “तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरको व्यवस्थापन यस्तै छ: मानवजातिलाई शैतानको हातमा सुम्‍पिने—परमेश्‍वर को हुनुहुन्छ, सृष्टिकर्ता के हो, परमेश्‍वरलाई कसरी आराधना गर्ने, वा परमेश्‍वरमा समर्पित हुनु किन अत्यावश्यक छ सो नजान्‍ने मानवजातिलाई—अनि उसलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिने। त्यसपछि चरणबद्ध रूपमा, मानिसले परमेश्‍वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, परमेश्‍वरले मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यो काल्‍पनिक कथाजस्तो सुनिन सक्छ, र यो अचम्‍मको सुनिन सक्छ। मानिसहरूलाई यो काल्पनिक जस्तो लाग्छ किनभने विगतका हजारौं वर्षको अवधिमा मानिसलाई के भएको छ तिनीहरूलाई त्यसको आभास छैन, ब्रम्‍हाण्ड र आकाश मण्डलमा कति वटा कथाहरू पैदा भए तिनीहरूले त्यो थाहा पाउने कुरा त परै जाओस्। यसको साथै, यसको कारण के हो भने, भौतिक संसारभन्दा बाहिर अझै अचम्‍मको, अझै डरलाग्दो संसार अस्तित्वमा छ, तर जसलाई देख्‍नबाट तिनीहरूलाई आफ्ना मरणशील आँखाले रोक्छ भन्‍ने तिनीहरूले बुझ्‍न सक्दैनन्। मानिसको लागि यो समझले नै नभ्याउने जस्तो लाग्छ किनभने मानवजातिलाई परमेश्‍वरले गर्नुभएको मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वलाई मानिसले बुझ्दैन, र आखिरमा मानिस कस्तो भएको परमेश्‍वर चाहनुहुन्छ सो बुझ्दैन। के यो आदम र हव्‍वाजस्तै शैतानद्वारा अत्यन्तै भ्रष्ट गरिनको लागि हो? होइन! परमेश्‍वरको व्यवस्थापनको उद्देश्‍य भनेको परमेश्‍वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको समूहलाई प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले त्यस उप्रान्त शैतानलाई आफ्‍ना पिताका रूपमा हेर्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई पहिचान गर्छन् र यसलाई इन्कार गर्छन्, अनि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नको लागि तिनीहरू परमेश्‍वरको सामु आउँछन्। कुरूप के हो र यो कसरी पवित्रको विपरीत छ त्यसलाई, र परमेश्‍वरको महान्‌ता र शैतानको दुष्टतालाई पहिचान गर्न तिनीहरूले जान्दछन्। यस्ता मानवजातिले त्यस उप्रान्त शैतानको निम्ति काम गर्ने, वा शैतानको आराधना गर्ने वा शैतानलाई पवित्र मान्‍ने छैन। यो त्यसैले हो किनभने तिनीहरू परमेश्‍वरले साँच्‍चै प्राप्त गर्नुभएका मानिसहरूका समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको महत्त्व यही नै हो। यस पटकको परमेश्‍वरको व्यवस्थापनको कार्यको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्‍वरको मुक्ति दुवैको लक्षित पात्र हो, र मानिस त्यो उपज हो जसको लागि परमेश्‍वर र शैतानले लडाइ गरिरहेको छ। परमेश्‍वरले आफ्‍नो काम गर्ने क्रममा, उहाँले मानिसलाई क्रमिक रूपमा शैतानको हातबाट पुन: प्राप्ति गर्दैहुनुहुन्छ, र त्यसकारण मानिस परमेश्‍वरको झन्-झन् नजिक आउँछ …

…………

परमेश्‍वरको प्रेम र करुणाले उहाँको व्यवस्थापन कार्यको प्रत्येक र हरेक विवरणलाई भिजाउँछ, र मानिसहरूले परमेश्‍वरका असल अभिप्रायहरूलाई बुझ्‍न सके पनि वा नसके पनि, आफूले पूरा गर्ने भनी तय गर्नुभएको कामलाई उहाँले अझै अथक रूपमा गरिरहनुभएको छ। परमेश्‍वरको व्यवस्थापनको बारेमा मानिसहरूले जति नै धेरै किन नबुजोस्, परमेश्‍वरको कार्यले मानिसकहाँ ल्याएको सहयोग र लाभहरूलाई हरेकले सराहना गर्न सक्छन्। सायद, आजको दिनमा, परमेश्‍वरले प्रदान गर्नुभएको कुनै पनि प्रेम वा जीवनको अनुभव तैँले गरेको छैनस् होला, तर जब सम्‍म तैँले परमेश्‍वरलाई त्याग्दैनस् र सत्यताको खोजी गर्ने तेरो संकल्पलाई त्याग्दैनस्, तब परमेश्‍वरको मुस्कान तँलाई प्रकट गर्ने दिन आउनेछ। किनभने परमेश्‍वरको व्यवस्थापन कार्यको लक्ष्य भनेको शैतानको राज्य-क्षेत्रमा रहेका मानिसहरूलाई पुन: प्राप्ति गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्‍वरको विरोध गर्ने मानिसहरूलाई त्याग्‍न होइन।

वचन देहमा देखा पर्नुहुन्छको “मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामका तीन चरणहरू कसरी मानिसहरूलाई मुक्ति दिने र सिद्ध पार्ने गरी कदमहरूद्वारा अझ गहिरिन्छन्

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन्, र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै,...

परमेश्‍वरको कामका तीन चरणहरूमध्ये हरेकको उद्देश्य र महत्त्व

(१) व्यवस्थाको युगमा परमेश्‍वरको वचनको उद्देश्य र महत्त्वपरमेश्‍वरका प्रासंगिक वचनहरू:यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्