परमेश्‍वरको कामका सबै तीन चरणहरूबीचको सम्बन्ध

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

कार्यका तीन चरणलाई एउटै परमेश्‍वरले गर्नुभएको थियो; सबैभन्दा ठूलो दर्शन यही नै हो, र परमेश्‍वरलाई चिन्‍ने एउटै मार्ग यही नै हो। कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्‍नुहुन्थ्यो, र उहाँको तर्फबाट कुनै पनि मानिसले त्यसो गर्न सक्दैनथियो—भन्‍नुको अर्थ सुरुदेखि आजको दिनसम्‍म परमेश्‍वरले मात्रै उहाँको आफ्‍नो काम गर्न सक्‍नुहुन्थ्यो। परमेश्‍वरको कार्यका तीन चरणहरूलाई फरक-फरक युग र स्थानहरूमा गरिएको भए तापनि, र हरेक चरणको काम फरक भए तापनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो। सबै दर्शनहरूमध्ये, मानिसले जान्‍नुपर्ने सबैभन्दा ठूलो दर्शन यही नै हो, र यदि यसलाई मानिसले पूर्ण रूपमा बुझ्‍न सक्यो भने, ऊ दृढ रूपमा खडा हुन सक्‍नेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

यहोवाको कामपछि, येशू मानिसहरूको माझमा उहाँको काम गर्न देह बन्नुभयो। उहाँको काम एक्लोपनामा गरिएको थिएन, तर यहोवाको काममाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगका निम्ति काम थियो जुन परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्‍वरले अर्को युगका लागि आफ्नो काम गर्न अघि बढनुभयो, किनकि परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन सधैं अगाडि बढिरहेको छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि एकपटक पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिने त्यहाँ नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँदछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, त्यहाँ सधैं नयाँ सुरुआत हुनु पर्दछ र त्यसले सधैं एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसद्वारा उहाँको जस्तै प्रकारले विरोध भए पनि परमेश्‍वरले सधैं आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभयो, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको

छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन, तर सम्पूर्णको केवल एक भागलाई मात्र प्रतिनिधित्व गर्दछ। यहोवाको नाउँले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्ने तथ्यले परमेश्‍वर व्यवस्थाको अधीनमा मात्र परमेश्‍वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्‍वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्‍वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्‍वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्‍नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। त्यसकारण, यदि परमेश्‍वरले व्यवस्थाको युगमा मात्र काम गर्नुभएको थियो भने, मानिसले परमेश्‍वरलाई निम्नलिखित परिभाषाभित्र सीमित तुल्याउनेथियो, “परमेश्‍वर मन्दिरमा बस्नुहुने परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरको सेवा गर्न हामीले पूजाहारीको पोसाक लगाउनुपर्छ र मन्दिरभित्र प्रवेश गर्नुपर्दछ।” यदि अनुग्रहको युगमा यो काम कहिल्यै नभएको भए र व्यवस्थाको युग अहिलेसम्म जारी नै रहेको भए मानिसले परमेश्‍वर दयालु र प्रेमिलो पनि हुनुहुन्छ भनी जान्ने थिएन। यदि व्यवस्थाको युगमा काम नगरिएको भए, त्यसको साटो अनुग्रहको युगमा मात्र काम भएको भए, परमेश्‍वरले मानिसलाई छुटकारा दिन र मानिसका पापहरू क्षमा गर्न मात्र सक्नुहुन्छ भनेर मात्रै मानिसले जान्नेथिए। मानिसले उहाँ पवित्र र निर्दोष हुनुहुन्छ, र मानिसको खातिर उहाँले आफैलाई बलिदान गर्न र क्रूसमा टाँगिन सक्‍नुहुन्छ भनेर मात्र जान्नेथियो। मानिसले यी सबै कुराहरू मात्र जान्नेथियो, तर अरू केही पनि बुझेको हुनेथिएन। त्यसकारण हरेक परमेश्‍वरको स्वभावको एउटा भागलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगमा, अनि अनुग्रहको युगमा, र यस वर्तमान चरणमा परमेश्‍वरको स्वभावका कुन-कुन पक्षहरूको प्रतिनिधित्व गरियो भन्ने सम्बन्धमा चाहिँ: जब ती सबै तीन चरणहरूलाई एकट्ठा गरिन्छ, तब मात्र परमेश्‍वरको स्वभावको सम्पूर्णता प्रकट हुन सक्दछ। मानिसले तीन वटै चरणहरूलाई जानिसकेपछि मात्रै उसले यसलाई पूर्ण रूपमा बुझ्‍न सक्छ। यी तीन चरणमध्ये कुनैलाई पनि हटाउन सकिँदैन। तैंले यी तीन चरणको कार्यलाई बुझिस् भने मात्र परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा बुझ्नेछस्। परमेश्‍वरले व्यवस्थाको युगमा उहाँको आफ्नो काम पूरा गर्नुभयो भन्ने तथ्यले उहाँ व्यवस्थाको अधीनमा हुनुहुने परमेश्‍वर मात्र हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दैन, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभयो भन्ने तथ्यको अर्थ परमेश्‍वरले मानवजातिलाई सधैँ छुटकारा दिइरहनुहुन्छ भन्ने हुँदैन। यी सबै मानिसका निष्कर्षहरू हुन्। अनुग्रहको युग समाप्त भइसकेपछि, तैंले परमेश्‍वर केवल क्रूसको स्वामित्वमा हुनुहुन्छ र क्रूसले मात्र परमेश्‍वरको मुक्तिलाई प्रतिनिधित्व गर्दछ भन्न सक्दैनस्। त्यसो गर्नु भनेको परमेश्‍वरलाई परिभाषित गर्नु हो। वर्तमान चरणमा, परमेश्‍वरले मुख्य रूपमा वचनको काम गरिरहनुभएको छ, तर तँ परमेश्‍वर मानिसप्रति कहिल्यै कृपालु हुनुभएको छैन र उहाँले सजाय र न्याय मात्र ल्याउनुभएको छ भन्न सक्दैनस्। आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, जसले मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिको माझमा मुक्तिका सबै काम समाप्त भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकारअनुसार वर्गमा छुट्ट्याउन सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्‍वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए तापनि, परमेश्‍वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्‍बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता हो, र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू कसिलो गरी एक-अर्कासँग सम्‍बन्धित छन्, यो साङ्‍लाको हरेक जोडन अर्कोसँग राम्ररी जोडिएको छ। कार्यको यो चरण येशूले गर्नुभएको काममा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको काममा निर्माण भएन भन्‍ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्ने थियो, र अघिल्‍लो चरणको उद्धारको काम फेरि गरिनुपर्नेथियो। यो अर्थहीन हुनेथियो। त्यसकारण काम पूर्ण रूपमा पूरा भएको होइन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको चट्टानमा निर्माण गरिएको छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कार्यका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ। यो चरणको कार्य अनुग्रहको युगको कार्यको जगमा पुरा गरिन्छ। यदि कार्यका यी दुई चरणहरू सम्‍बन्धित थिएनन् भने, यो चरणमा किन क्रूसीकरण दोहोरिएन? म किन मानिसका पापहरू बोक्दिन, तर सीधै मानिसलाई न्याय गर्न र दण्ड दिन आउँछु? मानिसलाई न्याय गर्ने र सजाय दिने मेरो कामर पवित्र आत्‍माको गर्भधारणद्वारा नभएको अहिलेको मेरो आगमन क्रूसीकरणपछि नभएको भए, मानिसलाई न्याय गर्न र सजाय दिनको लागि म योग्य हुनेथिइनँ। म येशूसँग एउटै भएको हुनाले म मानिसलाई सीधै सजाय दिन र न्याय गर्न आउँछु। यो चरणको काम अघिल्‍लो चरणको काममा नै पूर्ण रूपमा निर्मित छ। यही कारणले गर्दा यस प्रकारको कामले मानिसलाई चरणबद्ध रूपमा मुक्तिमा ल्याउँछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

परमेश्‍वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकट भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकट भएको छैन, न त व्यवस्थाको युगमा मात्र प्रकट गरिएको छ, आखिरी दिनहरूमा मात्रै यसलाई प्रकट गरिएको छ भन्‍ने कुरा त परै जाओस्। आखिरी दिनहरूमा गरिएको कार्यले न्याय, क्रोध र सजायलाई प्रतिनिधित्व गर्दछ। आखिरी दिनहरूमा गरिएको कामले व्यवस्थाको युगको वा अनुग्रहको युगको कामको स्थान लिन सक्दैन। यद्यपि, यी तीन चरणहरू एकसाथ जोडिएका छन्, एउटै अस्तित्वमा छन्, र सबै एउटै परमेश्‍वरका काम हुन्। स्वाभाविक रूपमा, यस कामको कार्यान्वयनलाई अलग-अलग युगहरूमा विभाजित गरिएको छ। आखिरी दिनहरूमा गरिएको कामले सबै कुराको अन्त्य गर्दछ; व्यवस्थाको युगमा गरिएको काम सुरुवातको काम थियो; अनि अनुग्रहको युगमा गरिएको काम छुटकाराको काम थियो। छ हजार वर्षको व्यवस्थापन योजनाको कामका दर्शनहरूको कुरा गर्ने हो भने कसैले पनि त्यसको अन्तर्दृष्टि वा समझ प्राप्त गर्न सक्दैन, र यी दर्शनहरू पहेलीहरू नै रहन्छन्। आखिरी दिनहरूमा, राज्यको युगलाई प्रारम्‍भ गर्नका लागि वचनको काम मात्र गरिन्छ, तर यसले सबै युगको प्रतिनिधित्व गर्दैन। आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्‍वरको राज्यको युगभन्दा बढी होइन, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन। यति मात्र हो, कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकट गरिएको छ। यो रहस्यको घुम्टो उठाउनु हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

कार्यका तीन चरणहरू परमेश्‍वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्‍वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्ति गरिन्छ। परमेश्‍वरका कार्यका तीन चरणहरू नजान्नेहरूले परमेश्‍वरले उहाँको स्वभाव कसरी व्यक्त गर्नुहुन्छ भन्ने जान्दैनन्, न त तिनीहरूले परमेश्‍वरको कार्यको बुद्धिलाई नै जान्दछन्। उहाँले मानवजातिलाई मुक्ति दिने धेरै तरिकाहरू र समग्र मानवजातिको निम्ति उहाँको इच्छाबारे पनि तिनीहरू अनभिज्ञ नै हुन्छन्। कार्यका तीन चरणहरू मानवजातिलाई बचाउने कार्यको पूर्ण अभिव्यक्ति हुन्। कार्यका तीन चरणहरू नजान्‍नेहरू पवित्र आत्माको कामको विभिन्न विधिहरू र सिद्धान्तहरूबारे अनभिज्ञ हुन्छन् र कार्यको कुनै चरणबाट बाँकी रहेको सिद्धान्तमा नै कठोरतापूर्वक टाँसिरहनेहरू परमेश्‍वरलाई सिद्धान्तमा सीमित पार्ने मानिसहरू हुन् र परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास अस्पष्ट र अनिश्‍चित हुन्छ। यस्ता मानिसहरूले कहिल्यै पनि परमेश्‍वरको मुक्ति प्राप्‍त गर्नेछैनन्। परमेश्‍वरका कार्यका तीन चरणहरूले मात्र परमेश्‍वरको समग्र स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ र सारा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय साथै मानवजातिको मुक्तिको समग्र प्रक्रियालाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। उहाँले शैतानलाई पराजित गर्नुभएको छ र मानवजातिलाई प्राप्‍त गर्नुभएको छ भन्ने कुराको प्रमाण यही हो; यो परमेश्‍वरको विजयको सबुत हो र परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो। परमेश्‍वरका कार्यका तीन चरणहरूमध्ये एक चरणलाई मात्र बुझ्नेहरूले परमेश्‍वरको आंशिक स्वभावलाई मात्र जान्दछन्। मानिसको धारणामा, यो कार्यको एक चरण सजिलै सिद्धान्त बन्न सक्छ, र मानिसले परमेश्‍वरबारे निर्दिष्ट नियमहरू स्थापित गर्ने र परमेश्‍वरको स्वभावको यही एउटा हिस्सालाई परमेश्‍वरको सम्पूर्ण स्वभावको प्रतिनिधित्वको रूपमा प्रयोग गर्ने सम्भावना हुन्छ। यसको अलाबा, यसभित्र मानसको धेरै कल्पना मिसिन्छ, यहाँसम्‍म कि कुनै समय परमेश्‍वर यस्तो हुनुहुन्थ्यो, अनि उहाँ हरसमय यस्तै रहनुहुनेछ र कहिल्यै परिवर्तन हुनुहुनेछैन भन्ने विश्‍वास गरेर यस्ता मानिसले परमेश्‍वरको स्वभाव, अस्तित्व र बुद्धिलाई साथै परमेश्‍वरको कार्यको सिद्धान्तहरूलाई सीमित मापदण्डहरूभित्र कठोरतापूर्वक कैद गर्छन्। कार्यका तीन चरणहरू जान्‍नेहरूले मात्र परमेश्‍वरलाई पुर्ण रूपमा र सही रूपमा चिन्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरलाई इस्राएलीहरू वा यहूदीहरूका परमेश्‍वरको रूपमा परिभाषित गर्दैनन् र उहाँलाई मानिसको खातिर सदासर्वदा क्रूसमा टाँगिएको परमेश्‍वरको रूपमा हेर्नेछैनन्। यदि कसैले परमेश्‍वरलाई उहाँको कार्यको एक चरणबाट मात्र चिन्छ भने तिनीहरूको ज्ञान अत्यन्तै सानो र महासागरको एक थोपाभन्दा बढी हुँदैन। होइन भने, धेरै पुरानो धार्मिक रक्षकहरूले परमेश्‍वरलाई किन जीवितै क्रूसमा टाँग्थे? के मानिसले परमेश्‍वरलाई कुनै मापदण्डहरूभित्र सीमित गर्ने गरेकोले होइन र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

कामका तीन चरणहरू परमेश्‍वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्‍वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा होइनन्। यदि तँ परमेश्‍वरको सम्पूर्ण स्वभावको ज्ञान खोज्ने इच्छा गर्छस् भने, परमेश्‍वरले गर्नुभएको कार्यको तीन चरणहरूलाई तिमीहरूले जान्नुपर्छ, यसको अलाबा, तिमीहरूले कुनै पनि चरणलाई छोड्नु हुँदैन। परमेश्‍वरलाई चिन्न चाहनेहरूले हासिल गर्नुपर्ने न्यूनतम कुरा यही हो। मानिस स्वयम्‌ले परमेश्‍वरको साँचो ज्ञान निर्माण गर्न सक्दैन। यो मानिस स्वयम्‌ले कल्पना गर्न सक्‍ने कुरा होइन, न त यो कुनै एक जनालाई गरिएको पवित्र आत्माको विशेष कृपाको परिणाम नै हो। बरु, यो त परमेश्‍वरको कामलाई अनुभव गरेपछि मानिसमा आउने ज्ञान हो र यो परमेश्‍वरको कामका तथ्यहरूलाई अनुभव गरेपछि मात्र आउने परमेश्‍वरको ज्ञान हो। यस्तो ज्ञान हतारमा हासिल गर्न सकिँदैन, न त यो सिकाउन सकिने कुरा नै हो। यो पूर्ण रूपमा व्यक्तिगत अनुभवसँग सम्बन्धित कुरा हो। मानवजातिको निम्ति परमेश्‍वरको मुक्ति कार्यका यी तीन चरणहरूको सार हो, तैपनि मुक्तिको कामभित्र परमेश्‍वरको स्वभाव व्यक्त गरिने कामका केही विधिहरू र केही माध्यमहरू समावेश छन्। मानिसले पहिचान गर्नको लागि सबैभन्दा कठिन यही हो र मानिसले बुझ्नको लागि जटिल कुरा यही हो। युगहरूको विभाजन, परमेश्‍वरको कामका परिवर्तनहरू, कामको अवस्थितिमा हुने परिवर्तनहरू, यो कार्यको प्रापकहरूमा आउने परिवर्तन र अरू यस्तै कुराहरू सबैलाई कामको तीन चरणहरूमा समावेश गरिएका छन्। निश्‍चित रूपमा, पवित्र आत्माको काम गर्ने तरिकामा भिन्नता, साथै परमेश्‍वरको स्वभाव, स्वरूप, नाउँ, पहिचान वा अन्य परिवर्तनहरूमा हुने बदलावहरू सबै कार्यको तीन चरणहरूका हिस्सा हुन्। कामको एउटा चरणले एक भागको मात्र प्रतिनिधित्व गर्न सक्छ, र यो निश्‍चित क्षेत्रभित्र सीमित हुन्छ। अन्य पक्षहरूको त कुरै छोडौं, यसले युगहरूको विभाजन वा परमेश्‍वरको काममा परिवर्तनलाई पनि समेट्दैन। यो स्पष्ट तथ्य हो। कामका तीन चरणहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने कामको पूर्णता हो। मुक्तिको काममा परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरको स्वभावलाई मानिसले जान्नुपर्छ; यो तथ्य विना, परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान खोक्रा शब्दहरू बाहेक अरू केही पनि होइन, यो अव्यवहारिक धर्माध्यक्षताभन्दा केही पनि होइन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

कार्यको अन्तिम चरण एकलै खडा हुँदैन, तर यो अघिल्‍लो दुई चरणहरूसँग एकसाथ निर्माण भएको पूर्णताको भाग हो, भन्‍नुको अर्थ, कार्यका तीन वटा चरणहरूमध्ये एउटालाई मात्रै पूरा गरेर मुक्तिको सम्पूर्ण कार्यलाई पूरा गर्नु असम्‍भव छ। कामको अन्तिम चरणले मानिसलाई पूर्ण रूपमा मुक्ति दिन सके तापनि, यो एकल चरणलाई एकलै अघि बढाउनु मात्रै आवश्यक छ, र मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नको लागि कामका अघिल्‍ला दुई चरणहरू आवश्यक छैन भन्‍ने यसको अर्थ हुँदैन। तीन चरणहरूमध्ये कुनै पनि एउटा चरणलाई सबै मानवजातिले जान्‍नैपर्ने एक मात्र दर्शनको रूपमा लिन सकिँदैन, किनभने मुक्तिको कामको सम्पूर्णता कार्यका तीन चरण हुन्, तीमध्ये एउटा चरण मात्रै होइन। जबसम्‍म मुक्तिको काम पूरा हुँदैन, तबसम्‍म परमेश्‍वरको व्यवस्थापन पूर्ण समाप्तिमा पुग्‍न सक्‍नेछैन। परमेश्‍वरको अस्तित्व, उहाँको स्वभाव, र उहाँको बुद्धिलाई मुक्तिको कामको सम्पूर्णतामा व्यक्त गरिन्छ; मानिसलाई ती सुरुमा नै प्रकट गरिँदैन, तर मुक्तिको काममा क्रमिक रूपमा व्यक्त गरिएको छ। मुक्तिको कामको हरेक चरणले परमेश्‍वरको स्वभावको भाग, र उहाँको अस्तित्वको भागलाई व्यक्त गर्छ; कामको हरेक चरणले प्रत्यक्ष रूपमा र पूर्ण रूपमा परमेश्‍वरको अस्तित्वको सम्पूर्णतालाई व्यक्त गर्न सक्दैन। त्यसैले, कार्यका तीन चरण पूरा गरिसकिएपछि मात्रै मुक्तिको कामलाई पूर्ण रूपमा समाप्त गर्न सकिन्छ, त्यसकारण परमेश्‍वरको सम्पूर्णता सम्‍बन्धी मानिसको ज्ञानलाई परमेश्‍वरको कार्यका तीन चरणहरूबाट अलग गर्न सकिँदैन। कामको एउटा चरणबाट मानिसले प्राप्त गर्ने कुरा भनेको उहाँको कामको एउटा भागमा व्यक्त गरिने परमेश्‍वरको स्वभाव मात्रै हो। पहिलेको वा पछिको चरणहरूमा व्यक्त गरिने स्वभाव र अस्तित्वलाई यसले प्रतिनिधित्व गर्न सक्दैन। किनभने मानवजातिलाई मुक्ति दिने कामलाई एउटै समयको अवधिमा, वा एउटै स्थानमा सीधै समाप्त गर्न सकिँदैन, तर यो फरक-फरक समय र फरक-फरक स्थानमा मानिसको विकासको स्तर अनुसार क्रमिक रूपमा गहिरो-गहिरो बन्दै जान्छ। यो चरण-चरणमा अघि बढाइने कार्य हो, र यसलाई एउटै चरणमा पूरा गरिँदैन। त्यसकारण, परमेश्‍वरको सम्पूर्ण बुद्धिलाई एउटै व्यक्तिगत चरणमा होइन, तर तीन चरणहरूमा स्पष्ट गरिन्छ। उहाँको सम्पूर्ण अस्तित्व र उहाँको सम्पूर्ण बुद्धिलाई यी तीन चरणमा प्रस्तुत गरिन्छ, र हरेक चरणमा उहाँको अस्तित्व समावेश हुन्छ, अनि हरेक चरण नै उहाँको कामको बुद्धिको विवरण हो। यी तीन चरणमा व्यक्त गरिने परमेश्‍वरको सम्पूर्ण स्वभावलाई मानिसले जान्‍नुपर्छ। परमेश्‍वरको अस्तित्वको यो सबै कुरा सारा मानवजातिको लागि सबैभन्दा महत्त्वपूर्ण छ, र यदि परमेश्‍वरलाई आराधना गर्दा मानिसहरूमा यो ज्ञान हुँदैन भने, तिनीहरू बुद्धलाई आराधना गर्नेहरूभन्दा फरक हुँदैनन्। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको बीचमा मुक्तिको कामका तीन चरणलाई अघि बढाइसक्‍नुभएको हुनाले, कार्यका तीन चरणमा मानिसले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई जान्‍नुपर्छ। मानिसले गर्नैपर्ने कुरा यही नै हो। मानिसबाट परमेश्‍वरले लुकाउनुहुने कुरा मानिसले हासिल गर्न नसक्‍ने र मानिसले जान्‍नु नपर्ने कुरा हो, जबकी परमेश्‍वरले मानिसलाई देखाउनुहुने कुरा मानिसले जान्‍नुपर्ने, र मानिसमा हुनुपर्ने कुरा हो। कार्यका तीन चरणमध्ये हरेकलाई अघिल्‍लो चरणको जगमा नै अघि बढाइन्छ; यसलाई स्वतन्त्र रूपमा, मुक्तिको कामभन्दा अलग रूपमा अघि बढाइँदैन। गरिने कार्यको युग र प्रकारमा ठूला भिन्‍नताहरू भए तापनि, मूल रूपमा यो मानवजातिको मुक्ति नै हो, र मुक्तिको कामको हरेक चरण अघिल्‍लोभन्दा अझ गहन हुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामका तीन चरणहरू कसरी मानिसहरूलाई मुक्ति दिने र सिद्ध पार्ने गरी कदमहरूद्वारा अझ गहिरिन्छन्

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन्, र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै,...

परमेश्‍वरको कामका तीन चरणहरूमध्ये हरेकको उद्देश्य र महत्त्व

(१) व्यवस्थाको युगमा परमेश्‍वरको वचनको उद्देश्य र महत्त्व परमेश्‍वरका प्रासंगिक वचनहरू: यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले...

परमेश्‍वरले गर्नुहुने मानवजातिको व्यवस्थापन कार्यका तीन चरणहरूको उद्देश्य

परमेश्‍वरका प्रासंगिक वचनहरू: मेरो सम्पूर्ण व्यवस्थापन योजना, छ-हजार-वर्षको व्यवस्थापन योजनामा, तिन चरणहरू छन्, या तिन युगहरू छन्:...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्