परमेश्वरको कामका तीन चरणहरूमध्ये हरेकको उद्देश्य र महत्त्व
(१) व्यवस्थाको युगमा परमेश्वरको वचनको उद्देश्य र महत्त्व
परमेश्वरका प्रासंगिक वचनहरू:
यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्वरको सांसारिक उद्गम स्थान स्थापना गर्यो, जुन एउटा पवित्र स्थान पनि थियो र उहाँ त्यहाँ उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो कार्यलाई इस्राएलीहरूका बीचमा सीमित गर्नुभयो। सुरुमा उहाँले इस्राएल बाहिर काम गर्नुभएन, तर आफ्नो कामको दायरालाई सीमित गर्नका लागि उहाँले उपयुक्त मानिसहरूको छनौट गर्नुभयो। इस्राएल त्यही स्थान हो जहाँ परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो र त्यस ठाउँको धुलोबाट यहोवाले मानिसलाई बनाउनुभयो; यही ठाउँ नै पृथ्वीमा उहाँको कामको आधार बन्न गयो। नोआ तथा आदमका सन्तानका रूपमा रहेका इस्राएलीहरू नै पृथ्वीमा यहोवाको कामका आधार थिए।
यस समयमा सारा पृथ्वीमा उहाँको कामको थालनी गर्नु नै इस्राएलमा रहेको यहोवाको कार्यको महत्त्व, उद्देश्य र चरणहरू थिए, यस कार्यले इस्राएललाई आफ्नो केन्द्र बनायो र बिस्तारै अन्यजाति राष्ट्रहरूमा यो फैलियो। एउटा नमुना स्थापना गर्न र सारा ब्रह्माण्डमा भएका सबै मानिसहरूले उहाँको सुसमाचार नसुनेसम्म त्यस नमुनालाई फैलाउन उहाँले यही सिद्धान्तबमोजिम यस ब्रह्माण्डभरि काम गर्नुहुन्छ। पहिला इस्राएलीहरू नोआका सन्तान थिए। यी मानिसहरूले केवल यहोवाको सास मात्र प्राप्त गरेका थिए र जीवनका आधारभूत आवश्यकताहरू कसरी पूरा गर्ने त्यस कुरालाई मात्र पर्याप्त मात्रामा बुझेका थिए, तर यहोवा कस्तो परमेश्वर हुनुहुन्थ्यो वा मानिसको लागि उहाँको इच्छा के थियो भन्ने तिनीहरूलाई थाहा थिएन, सारा सृष्टिका परमप्रभुलाई कसरी आदर दिने भन्ने कुरा त परै जाओस्। पालन गर्नुपर्ने[क] कुनै नियम तथा कानुन वा सृष्टि गरिएका कुराहरूले सृष्टिकर्ताप्रति गर्नु पर्ने कुनै कर्तव्य पो थिए कि भन्ने बारेमा आदमका सन्तानलाई अत्तोपत्तो थिएन। उनीहरूलाई केवल यति कुरा मात्र थाहा थियो कि पतिले परिश्रमका साथ पसीना बगाएर आफ्नो परिवारको पालनपोषण गर्नुपर्छ र पत्नीले आफ्ना पतिको अधीनमा बस्दै यहोवाले सृष्टि गर्नुभएको मानवजातिलाई निरन्तरता दिनुपर्छ। अर्को शब्दमा भन्नु पर्दा, परमेश्वरका नियमहरू कसरी पछ्याउने वा सम्पूर्ण सृष्टिका प्रभुलाई कसरी सन्तुष्ट पार्ने भन्ने जस्ता केही पनि कुराहरू केवल यहोवाको सास र उहाँको जीवन मात्रै भएका मानिसहरूलाई थाहा थिएन। तिनीहरूले अत्यन्तै थोरै कुरा मात्र बुझ्थे। तिनीहरूको हृदयमा कुटिलता वा छल कपट नभए पनि र तिनीहरूका बीचमा ईर्ष्या र विवाद विरलै उत्पन्न हुने गरेको भए पनि, उनीहरूलाई सम्पूर्ण सृष्टिका मालिक यहोवाको बारेमा कुनै ज्ञान वा समझ थिएन। मानिसका यी पुर्खाहरूलाई केवल यहोवाले दिनुभएका कुराहरू खाने र यहोवाका कुराहरू उपभोग गर्ने कुरा मात्र थाहा थियो, तर तिनीहरू यहोवाको आदर गर्न जान्दैनथे। तिनीहरूले घुँडा टेकेर आराधना गर्नु पर्ने व्यक्ति परमप्रभु नै हुनुहुन्छ भन्ने कुरा तिनीहरूलाई थाहा थिएन। यदि त्यसो हो भने तिनीहरूलाई कसरी उहाँका प्राणीहरू भनेर भन्न सकिन्छ? यदि त्यसो हो भने, “यहोवा सारा सृष्टिका प्रभु हुनुहुन्छ” र “मानिसले उहाँलाई प्रकट गरोस्, उहाँको महिमा गरोस् र उहाँको प्रतिनिधित्व गरोस् भनेर उहाँले मानिसलाई सृष्टि गर्नुभयो” भन्ने कुरा व्यर्थमा बोलिएको हो त? यहोवालाई पटक्कै आदर नगर्ने मानिसहरू कसरी उहाँको महिमाको गवाही बन्न सक्थे र? तिनीहरू कसरी उहाँको महिमाको प्रकटीकरण हुन सक्थे र? “मानिसलाई मैले मेरै स्वरूपमा सृष्टि गरेँ” भन्ने यहोवाका वचनहरू दुष्ट शैतानको हातमा हतियार बन्ने थिएनन् र? के ती वचनहरू यहोवाले मानवजातिलाई गरेको सृष्टिमाथि कै अपमानको रूपमा रहने थिएनन् र? कामको त्यो चरण पूरा गर्नको निम्ति परमप्रभुले मानवजातिलाई सृष्टि गर्नुभएपछि आदमदेखि नोआको पालासम्म तिनीहरूलाई कुनै शिक्षा वा मार्गदर्शन दिनुभएन। बरु जलप्रलयले संसारलाई नाश गरेपछि मात्र उहाँले औपचारिक रूपमा नोआ तथा आदमका सन्तान अर्थात् इस्राएलीहरूलाई डोर्याउन थाल्नुभयो। तिनीहरूले सारा इस्राएलमा आफ्नो जीवन बिताउने क्रममा उहाँले इस्राएलमा गर्नुभएको काम र उहाँले बोल्नुभएका वाणीहरूले तिनीहरूलाई मार्गदर्शन दिए, यसले मानवजातिलाई यो कुरा देखाउँछ कि मानिसहरूले उहाँबाट जीवन पाऊन् र धुलोबाट सृष्टि गरिएका मानवजातिको रूपमा खडा होऊन् भनेर तिनीहरूभित्र सास फुकिदिन मात्र यहोवा सक्षम हुनुहुन्न, तर उहाँ मानवजातिलाई भस्म पार्न र सराप्न पनि सक्नुहुन्छ साथै मानवजातिलाई शासन गर्न आफ्नो छडीको प्रयोग पनि गर्न सक्नुहुन्छ। त्यसकारण यहोवाले पृथ्वीमा मानिसको जीवन अगुवाई गर्न सक्नुहुन्छ अनि दिन र रातको समयअनुसार मानवजातिको माझमा बोल्न र काम गर्न सक्नुहुन्छ भन्ने पनि तिनीहरूले देखे। मान्छे उहाँले उठाउनुभएको धुलोबाट आएको हो र उसलाई उहाँले नै बनाउनुभएको हो भन्ने कुरा उहाँले सृष्टि गर्नुभएको मानिसले जानोस् भनेर मात्र उहाँले यो कार्य गर्नुभयो। यति मात्र होइन अन्यजातिहरू र राष्ट्रहरू (जो वास्तवमा इस्राएलबाट अलग थिएनन्, तर इस्राएलकै हाँगा थिए, तिनीहरू पनि आदम र हव्वाबाट नै आएका थिए) ले इस्राएलबाट सुसमाचार पाउन सकून् भनेर उहाँले आफ्नो पहिलो काम इस्राएलमा गर्नुभयो, ताकि ब्रह्माण्डमा सृष्टि गरिएका सबै प्राणीहरूले यहोवाको आदर गर्न सकून् र उहाँलाई महान् मान्न सकून्। यहोवाले इस्राएलमा आफ्नो काम सुरु नगरेर मानवजातिको सृष्टि गरेपछि तिनीहरूलाई पृथ्वीमा बेफिक्रि जीवन जिउन दिनुभएको भए मानिसको शारीरिक प्रकृतिको कारण (यो प्रकृति भनेको आफूले देख्न नसक्ने चीजहरू मानिसले कहिले पनि बुझ्न नसक्नु हो, यसको अर्थ के हो भने मानवजातिलाई सृष्टि गर्नुहुने परमप्रभु नै हुनुहुन्छ भन्ने कुरा उसलाई थाहा हुने थिएन र त्यसो किन गर्नुभयो भन्ने कुरा त परै जाओस्) मानवजातिलाई सृष्टि गर्नुहुने यहोवा नै हुनुहुन्छ वा उहाँ सारा सृष्टिका मालिक हुनुहुन्छ भनेर उसले कहिले पनि थाहा पाउने थिएन। यदि यहोवाले मानिसलाई सृष्टि गरेपछि उसलाई पृथ्वीमा राखेर तिनीहरूलाई केही समयसम्म अगुवाइ गर्नको लागि मानवजातिको बीचमा नबसी आफ्नो हात टकटक्याउँदै आफ्नो बाटो लाग्नुभएको भए सम्पूर्ण मानवता शून्यतामा फर्किने थियो। स्वर्ग तथा पृथ्वी र उहाँले बनाउनुभएका सबै असंख्य चिजहरू, र सम्पूर्ण मानवजाति शून्यतामा फर्कने थिए, त्योभन्दा पनि बढी त तिनीहरूलाई शैतानले कुल्चने थियो। यसरी “पृथ्वीमा अर्थात् उहाँको सृष्टिको बीचमा उहाँ उभिने ठाउँ वा एक पवित्र स्थान हुनुपर्दछ” भन्ने यहोवाको इच्छा चकनाचूर हुनेथियो। यसैले मानवजातिको सृष्टिपछि तिनीहरूको जीवनलाई मार्गदर्शन दिन र तिनीहरूसँग कुराकानी गर्नको लागि उहाँ तिनीहरूका बीचमा रहन सक्षम हुनुभयो—यो सबै कुरा उहाँले आफ्नो इच्छालाई महसुस गर्न र आफ्नो योजना हासिल गर्नका लागि गर्नुभएको थियो। इस्राएलमा उहाँले गर्नुभएको काम सबै थोकको सृष्टिअघि आफूले बनाएको योजनालाई कार्यान्वयन गर्नको लागि मात्र गरिएको थियो, यसैले उहाँले सुरुमा इस्राएलीहरूका माझमा मात्र गर्नुभएको काम र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरूका बीचमा अमेल थिएन। यी कुराहरू त उहाँको व्यवस्थापन, कार्य र महिमाको निम्ति गरिएका थिए अनि यी कुराहरू उहाँले गर्नुभएको मानवजातिको सृष्टिको अर्थलाई गहन बनाउनको निम्ति गरिएका थिए। उहाँले नोआको समयपछि दुई हजार वर्षसम्म पृथ्वीमा मानवजातिको जीवनलाई मार्गनिर्देशन गर्नुभयो यस समयमा उहाँले सम्पूर्ण सृष्टिका प्रभु, यहोवालाई कसरी आदर गर्ने, आफ्नो जीवनलाई कसरी सञ्चालन गर्ने, कसरी बाँच्ने र सबै भन्दा महत्त्वपूर्ण कुरा यहोवाको साक्षीको रूपमा कसरी काम गर्ने, उहाँमा कसरी आज्ञाकारी हुने र उहाँलाई कसरी आदर दिने तथा दाऊद र उनका धर्मगुरुहरूले जस्तै सङ्गीतद्वारा उहाँको प्रशंसा कसरी गर्ने जस्ता कुराहरू बुझ्न मानवजातिलाई सिकाउनुभयो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। व्यवस्थाको युगको काम
व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा मन्दिर र वेदी निर्माण गर्ने काम समावेश थियो र इस्राएली मानिसहरूलाई डोऱ्याउन र तिनीहरूका बीचमा काम गर्नका लागि व्यवस्थाको प्रयोग गरिएको थियो। इस्राएलका मानिसहरूलाई डोऱ्याएर उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार सुरु गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरीतिर बढाउनुभयो, यसरी पछि आउने पुस्ताहरूले यहोवा परमेश्वर हुनुहुन्छ, र यहोवाले नै आकाश र पृथ्वी साथै सबै थोक सृष्टि गर्नुभयो, र सबै प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा बाहिरसम्म फैलाउनुभयो। इस्राएल देश पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थान थियो, र इस्राएल भूमिमा नै परमेश्वरले पृथ्वीमा पहिलो काम गर्नुभएको थियो। व्यवस्थाको युगको काम त्यही थियो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
सुरुमा, पुरानो करारको व्यवस्थाको युगको अवधिमा मानिसलाई डोऱ्याउनु एउटा बच्चाको जीवनलाई डोऱ्याउनु जस्तो थियो। सबैभन्दा पहिलेको मानव जाति यहोवाको नयाँ जन्मेको शिशु थियो; तिनीहरू इस्राएलीहरू थिए। तिनीहरूमा परमेश्वरलाई कसरी आदर गर्ने वा पृथ्वीमा कसरी जिउने भन्ने केही ज्ञान थिएन। भन्न खोजेको कुरा के हो भने, यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, अर्थात् उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई कसरी यहोवाप्रति आदर देखाउने वा पृथ्वीमा रहेका यहोवाका नियमहरू कसरी पालन गर्ने भनी बुझ्ने क्षमता दिनुभएन। यहोवाको प्रत्यक्ष अगुवाइविना कसैले पनि यो कुरा जान्न सक्दैनथियो, किनकि सुरुमा त मानिसमा त्यस्ता क्षमताहरू थिएनन्। मानिसले केवल यहोवा परमेश्वर हुनुहुन्छ भनेर मात्रै जान्दथ्यो, तर उहाँलाई कसरी आदर गर्ने, कस्तो प्रकारको आचरणलाई उहाँको आदर गरेको भन्न सकिन्थ्यो, कस्तो प्रकारको मनले उहाँलाई आदर गरिनुपर्थ्यो, वा उहाँको आदरमा उहाँलाई के चढाउने त्यसको बारेमा मानिसलाई केही थाहा थिएन। मानिसलाई परमेश्वरद्वारा सृष्टि गरिएका सबै थोकहरू, जुन उपभोग गर्न सकिन्छ ती कसरी उपभोग गर्ने भन्ने मात्र थाहा थियो, तर पृथ्वीमा कस्तो किसिमको जीवन परमेश्वरको सृष्टिको लागि योग्य हुन्छ भन्ने कुरा मानिसलाई अलिकति पनि थाहा थिएन। कसैले निर्देशन नदिई, कसैले तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ नगरी यस मानव जातिले मानव जातिको उचित जीवन कहिल्यै पनि बिताउन सक्ने थिएन, तर शैतानले क्रुद्ध बनेर कैदी बनाएका हुनेथिए। यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, भन्नुपर्दा, उहाँले मानव जातिका पुर्खा, हव्वा र आदमलाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई अरू कुनै बौद्धिकता वा बुद्धि दिनुभएन। तिनीहरू पहिलेदेखि नै पृथ्वीमा बसिरहेका भए तापनि तिनीहरूले प्रायः केही पनि बुझेका थिएनन्। यसैले, मानव जातिलाई सृष्टि गर्ने यहोवाको काम आधा मात्र भएको थियो, र त्यो पूर्ण हुनु अझै बाँकी नै थियो। उहाँले माटोबाट मानिसको ढाँचा मात्र बनाउनुभएको थियो र त्यसलाई उहाँको सास दिनुभयो, तर उहाँलाई आदर गर्ने पर्याप्त इच्छा मानिसलाई दिनुभएन। सुरुमा, मानिसमा उहाँलाई आदर गर्ने वा उहाँको भय मान्ने मन थिएन। मानिसले केवल उहाँका वचनहरू कसरी सुन्नुपर्छ भन्ने मात्र जानेको थियो, तर पृथ्वीको जीवन र मानव जीवनको सामान्य नियमहरूको आधारभूत ज्ञानको बारेमा ऊ अनजान थियो। अनि यसरी, यहोवाले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो र सात दिनको योजना पूरा गर्नुभएको भए तापनि, उहाँले कुनै पनि प्रकारले मानिसलाई सृष्टि गर्ने कार्य पूरा गर्नुभएको थिएन, किनकि मानिस एक भुस मात्र थियो, र उसमा मानिस हुनुको वास्तविकताको अभाव थियो। मानिसले केवल यति मात्र जान्दथ्यो, कि मानव जातिलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ, तर यहोवाको वचन र कानुनहरू कसरी पालन गर्नुपर्छ भन्ने उसलाई अलिकति पनि ज्ञान थिएन। त्यसकारण मानव जाति अस्तित्वमा आएपछि पनि यहोवाको काम पूरा हुनु अझै बाँकी नै थियो। उहाँले अझै पनि मानव जातिलाई उहाँको सामु आउन पूर्ण रूपमा अगुवाइ गर्नु बाँकी नै थियो, ताकि तिनीहरू पृथ्वीमा एकसाथ जिउन र उहाँको आदर गर्न सकून्, ताकि उहाँको अगुवाइद्वारा तिनीहरू पृथ्वीमा सामान्य मानव जीवनको सही बाटोमा आउन सकून्। यस तरिकाले मात्र मुख्य रूपले यहोवाको नाउँमा सञ्चालन गरिएको काम पूरा सक्थ्यो; अर्थात्, यसरी मात्र संसारको सृष्टि गर्ने यहोवाको काम पूर्ण रूपमा समाप्त हुन सक्थ्यो। यसैले, मानव जातिलाई सृष्टि गर्नुभएपछि, मानव जातिले उहाँका आदेश र कानुनको पालन गर्न सकोस् र पृथ्वीमा सामान्य मानव जीवनका सबै गतिविधिहरूमा भाग लिन सकोस् भनेर उहाँले हजारौं वर्षसम्म पृथ्वीमा मानव जातिको जीवनलाई डोऱ्याउनु पऱ्यो। त्यसपछि मात्र यहोवाको काम पूर्ण रूपमा सकियो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
जब परमेश्वरले आफ्नो व्यवस्थापन योजनाको आधिकारिक काम सुरु गर्नुभयो, त्यसबेला उहाँले ती धेरै नियमहरू स्थापित गर्नुभयो जुन मानिसले पालन गर्नुपर्थ्यो। ती नियमहरू मानिसलाई पृथ्वीमा मानिसको सामान्य जीवन जिउने अनुमति दिनका निम्ति थिए, यस्तो सामान्य जीवन जुन परमेश्वर र उहाँको मार्गनिर्देशनबाट अलग गर्न नसकिने हुन्छ। परमेश्वरले मानिसलाई पहिले वेदीहरू कसरी बनाउने, वेदीहरू कसरी स्थापना गर्ने भन्ने कुरा बताउनुभयो। त्यसपछि, उहाँले मानिसलाई बलिहरू कसरी चढाउने सो बताउनुभयो, र मानिस कसरी जिउनुपर्छ भन्ने कुरा—उसले जीवनमा कुन कुरामा ध्यान दिनुपर्छ, उसले के पालन गर्नुपर्छ अनि उसले के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने कुराहरू स्थापित गर्नुभयो। परमेश्वरले मानिसका लागि जे प्रबन्ध गर्नुभयो त्यो सबै कुरालाई समेट्ने किसिमको थियो र यी रीतिथिति, नियम र सिद्धान्तहरूको आधारमा उहाँले मानिसको आचरणको मानकीकरण गर्नुभयो, तिनीहरूको जीवनलाई डोऱ्याउनुभयो, तिनीहरूका सुरुआतलाई परमेश्वरको व्यवस्थातिर डोऱ्याउनुभयो, तिनीहरूलाई परमेश्वरको वेदीको अगि आउन डोऱ्याउनुभयो, परमेश्वरले मानिसका निम्ति बनाउनुभएका सबै कुराको बीचमा जीवन बिताउनु तिनीहरूलाई डोऱ्याउनुभयो जसमा सुव्यवस्था, निरन्तरता र सन्तुलन थियो। परमेश्वरले सबैभन्दा पहिले यी साधारण नियम र सिद्धान्तहरू मानिसका लागि सीमा तोक्न प्रयोग गर्नुभयो, यसैले कि मानिसमा परमेश्वरको आराधना गर्ने सामान्य जीवन होस्; उहाँको छ हजार वर्षे व्यवस्थापन योजनाको सुरुको विशेष विषय यही हो। ती नीति र नियमहरूले धेरै व्यापक विषय समेट्छन्, ती व्यवस्थाको युगमा परमेश्वरले मानव जातिलाई डोऱ्याउने मुख्य कुराहरू हुन्, व्यवस्थाको युगभन्दा पहिले आएका मानिसहरूले ती स्वीकार र आज्ञापालन गर्नुपर्थ्यो, ती व्यवस्थाको युगमा परमेश्वरले गर्नुभएका कामहरूको लिखित विवरण हुन्, अनि ती सबै मानव जातिमाथि परमेश्वरको नेतृत्व मार्गनिर्देशनको वास्तविक प्रमाण हुन्।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
यहोवाले आफ्नो कार्य गर्नुभएको दुई हजार वर्षको अवधिभन्दा अगाडि मानिसलाई केही पनि थाहा थिएन र प्रायः सबै मानवजाति भ्रष्टतामा गिरेको थियो, जलप्रलयले संसारलाई नष्ट गर्नु अगाडि सम्ममा तिनीहरू छाडापन र भ्रष्टताको गहिराइमा पुगिसकेका थिए, यसरी तिनीहरूको हृदय पूर्ण रूपमा यहोवा रहित र उहाँको मार्गको चाहना नगर्ने भएको थियो। यहोवाले गर्न लाग्नुभएको कार्यलाई तिनीहरूले कहिल्यै पनि बुझेनन्; तिनीहरूमा समझशक्तिको अभाव थियो, तिनीहरूमा ज्ञान अझै थोरै मात्र थियो, तिनीहरू सास फेर्ने यन्त्रहरू झैँ मानिस, परमेश्वर, संसार र जीवन जस्ता कुराहरूका बारेमा पूर्ण रूपमा अनभिज्ञ थिए। पृथ्वीमा तिनीहरू सर्प झैँ धेरै प्रलोभनमा संलग्न भए र तिनीहरूले यहोवालाई रिस उठाउने धेरै कुराहरू भने, तर तिनीहरू अनभिज्ञ भएको कारण यहोवाले तिनीहरूलाई सजाय दिने वा अनुशासनमा राख्ने गर्नुभएन। जलप्रलयपछि जब नोआ ६०१ वर्ष पुगे तब यहोवा औपचारिक रूपमा नोआकहाँ देखा पर्नुभयो अनि उनी र उनका परिवारलाई पथप्रदर्शन गर्नुभयो, यस क्रममा उहाँले नोआ र तिनका सन्तानहरूका साथमा जलप्रलयबाट बाँचेका पक्षी र जनावरहरूलाई व्यवस्थाको युग अन्त नभएसम्म २,५०० वर्ष अगुवाइ गर्नुभयो। उहाँले इस्राएलमा २,००० वर्ष औपचारिक रूपमा काम गर्नुभयो र इस्राएल तथा त्यस बाहिर एकसाथ ५०० वर्ष काम गर्नुभयो, यसरी उहाँले जम्मा २,५०० वर्ष काम गर्नुभयो। त्यस अवधिमा उहाँले यहोवाको सेवा गर्नको लागि मन्दिर बनाउनुपर्छ, पूजाहारीले लगाउने कपडा लगाउनुपर्छ, बिहान मन्दिरभित्र खाली खुट्टा हिँडेर जानुपर्छ नत्रता तिनीहरूका जुत्ताहरूले मन्दिरलाई अपवित्र पार्छन् र मन्दिरको माथिल्लो भागबाट आगो झरेर तिनीहरूलाई जलाएर मार्छ भनेर इस्राएलीहरूलाई निर्देशन दिनुभयो। तिनीहरूले आफ्नो कर्तव्य निभाए र यहोवाका योजनाहरूमा समर्पित भए। तिनीहरूले मन्दिरमा यहोवासँग प्रार्थना गरे र यहोवाको प्रकाश प्राप्त गरेपछि अर्थात् यहोवा तिनीहरूसँग बोल्नुभएपछि तिनीहरूले भीडको अगुवाइ गरे र तिनीहरूलाई तिनीहरूका परमेश्वर यहोवाको आदर गर्न सिकाए। अनि यहोवाले तिनीहरूलाई एउटा मन्दिर र वेदी बनाउनुपर्छ, र यहोवाले तोक्नुभएको समयमा, अर्थात, निस्तारको बेलामा तिनीहरूले परमेश्वरको सेवाको निम्ति बलिदान गर्नलाई भर्खरै जन्मेका बाछा र थुमाहरूलाई वेदीमा तयार पारेर राख्नुपर्छ भनी भन्नुभयो, जसले तिनीहरूलाई अन्य कुराहरूबाट रोक्थ्यो र यहोवाको आदर गर्ने कुरालाई तिनीहरूको हृदयमा हालिदिन्थ्यो। तिनीहरूले यस व्यवस्थाको पालना गरे कि गरेनन् भन्ने कुरा यहोवाप्रति तिनीहरूको निष्ठाको मापन बन्यो। यहोवाले तिनीहरूको निम्ति उहाँको सृष्टिको सातौँ दिनलाई शबाथको दिन भनेर पनि ठहराइदिनुभयो। शबाथको दिनपछिको दिनलाई उहाँले पहिलो दिन अर्थात् यहोवाको प्रशंसा गर्ने, बलिदान चढाउने र उहाँको निम्ति सङ्गीत बजाउने दिनको रूपमा ठहराइदिनुभयो। यस दिन, मानिसहरूले यहोवाको वेदीको बलिदानहरू आनन्द मानेर खान सकून् भनेर यहोवाले वेदीमा भएको बलिदानलाई तिनीहरूको बीचमा बाँड्नको निम्ति सबै पूजाहारीहरूलाई भेला गराउनुभयो। तिनीहरूले परमेश्वरसँग मिलेर खाएका र तिनीहरू उहाँका चुनिएका मानिसहरू (यो इस्राएलीसँगको उहाँको करार थियो) भएका हुनाले यहोवाले तिनीहरूलाई धन्यका भन्नुभयो। यसैले आजका दिनसम्म पनि इस्राएलका मानिसहरूले यहोवा तिनीहरूका मात्रै परमेश्वर हुन्, अन्यजातिहरूका परमेश्वर होइनन् भनी भन्छन्।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। व्यवस्थाको युगको काम
व्यवस्थाको युगको अवधिमा, मिश्रबाट मोशालाई पछ्याउने इस्राएलीहरूलाई हस्तान्तरण गर्नको निम्ति भनेर यहोवाले मोशालाई धेरै आज्ञाहरू दिनुभयो। यी आज्ञाहरू यहोवाले इस्राएलीहरूको निम्ति दिनुभएको थियो, र मिश्रसँग ती आज्ञाहरूको केही पनि सम्बन्ध थिएन; इस्राएलीहरूलाई नियन्त्रण गर्नको निम्ति ती आज्ञाहरू दिइएका थिए र उहाँले तिनीहरूलाई मागहरू गर्नको निम्ति ती आज्ञाहरूको प्रयोग गर्नुभयो। तिनीहरूले शबाथको दिनको पालना गर्ने कि नगर्ने, वा आफ्ना आमाबाबुलाई आदर गर्ने कि नगर्ने वा मूर्तिहरूको पूजा गर्ने कि नगर्ने—तिनीहरू धर्मी छन् कि पापी छन् भन्ने कुराको न्याय यिनै सिद्धान्तहरूका आधारमा गरिन्थ्यो। तिनीहरूमध्ये कोहीलाई यहोवाको आगोद्वारा भस्म पारियो, कोहीलाई ढुङ्गाले हानेर मारियो र कोहीले यहोवाबाट आशिष् प्राप्त गरे, अनि तिनीहरूले आज्ञाहरू पालना गरेका छन् कि छैनन् भन्ने कुराको आधारमा यसको तय गरिन्थ्यो। शबाथको दिन पालना नगर्नेहरूलाई ढुङ्गाले हानेर मारियो। शबाथको दिन पालना नगर्ने पूजाहारीहरूलाई यहोवाको आगोले भस्म पार्यो। आफ्ना आमाबाबुको आदर नगर्नेहरूलाई पनि ढुङ्गाले हानेर मारिए। यी सबै कुराको आज्ञा यहोवाले नै दिनुभएको थियो। मानिसहरूको जीवनलाई अगुवाइ गर्ने क्रममा तिनीहरूले उहाँका वचन सुनून् र तिनको पालना गरून् अनि उहाँको विरोधी नहोऊन् भनेर यहोवाले आफ्ना आज्ञा र व्यवस्थाहरू स्थापित गर्नुभयो। नयाँ जन्मेका मानवजातिलाई नियन्त्रणमा राख्न र योभन्दा बढी त आफ्नो भविष्यको कार्यको निम्ति जग तयार गर्नको निम्ति उहाँले यी व्यवस्थाहरूको प्रयोग गर्नुभयो। यसैले यहोवाले गर्नुभएको कार्यलाई आधार मानेर नै पहिलो युगलाई व्यवस्थाको युग भनिएको हो। यहोवाले धेरै वाणीहरू बोल्नुभएको र धेरै काम गर्नुभएको भए तापनि उहाँले यी अनभिज्ञ मानिसहरूलाई मानव कसरी हुने, कसरी जिउने र कसरी यहोवाको मार्गलाई बुझ्ने भन्ने कुरा सिकाउँदै सकारात्मक तरिकाले पथ-प्रदर्शन मात्र गर्नुभयो। उहाँले गर्नुभएको कामको धेरैजसो हिस्सा मानिसहरूलाई उहाँको मार्ग पालना गर्न र उहाँका व्यवस्था अनुसरण गर्न प्रेरित गर्नु नै थियो। सतही रूपमा भ्रष्ट भएका मानिसहरूमा यो कार्य गरिएको थियो; यसले तिनीहरूको स्वभाव वा जीवनको प्रगतिलाई रूपान्तरण गर्ने सम्मको काम भने गरेन। उहाँको चासो भनेको व्यवस्थाको प्रयोग गरेर मानिसहरूलाई प्रतिबन्ध लगाउनु र नियन्त्रण गर्नु मात्र थियो। त्यस बेलाका इस्राएलीहरूको निम्ति यहोवा मन्दिरमा रहने परमेश्वर अर्थात् स्वर्गका परमेश्वर मात्र हुनुहुन्थ्यो। उहाँ बादलको खाँबो र आगोको ज्वाला हुनुहुन्थ्यो। तिनीहरूले आजका मानिसहरूले व्यवस्था र आज्ञाहरूको रूपमा जानेका कुराहरूको पालना गरून् भन्ने मात्रै उहाँले चाहनुभयो—तिनलाई नियमहरू पनि भन्न सकिन्छ—किनकि यहोवाले तिनीहरूलाई रूपान्तरण गर्न होइन, तर मानिसले प्राप्त गर्नुपर्ने थप कुराहरू तिनीहरूलाई दिन र आफ्नै मुखले तिनीहरूलाई सिकाउनको निम्ति उहाँले यसो गर्नुभयो किनकि सृष्टि गरिएपछि केही कुरा पनि मानिसको स्वामित्वमा थिएन। यसैले यहोवाले पृथ्वीमा रहँदाको जीवनमा मानिसहरूले प्राप्त गर्नुपर्ने कुराहरू तिनीहरूलाई दिएर उहाँले अगुवाइ गरेका मानिसहरूलाई तिनीहरूका पुर्खा आदम र हव्वाभन्दा उत्कृष्ट बनाउनुभयो किनकि उहाँले तिनीहरूलाई दिनुभएको कुरा उहाँले सुरुमा आदम र हव्वालाई दिनुभएको कुराभन्दा उत्कृष्ट थियो। जे होस्, यहोवाले इस्राएलमा गर्नुभएको कुराको उद्देश्य मानवजातिलाई पथ-प्रदर्शन गर्नु र तिनीहरूका सृष्टिकर्तालाई चिन्ने बनाउनु मात्र थियो। उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुभएन वा तिनीहरूलाई रूपान्तरण गर्नुभएन, तर केवल तिनीहरूको नेतृत्व मात्र गर्नुभयो। व्यवस्थाको युगमा यहोवाको कार्यको सारांश यही नै हो। यो नै इस्राएलको सम्पूर्ण भूमिमा उहाँले गर्नुभएको कार्यको पृष्ठभूमि तथा सत्य कथा, सार हो, साथै यो मानवजातिलाई आफ्नो हातको नियन्त्रणमा राख्न यहोवाले गर्नुभएको छ हजार वर्ष लामो कार्यको सुरुवात पनि हो। यसबाट नै उहाँको छ हजार वर्षे व्यवस्थापन योजनामा थप कार्यको जन्म भयो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। व्यवस्थाको युगको काम
फूटनोट:
क. मूल पाठमा “पालन गर्नुपर्ने” भन्ने वाक्यांश समावेश छैन।
(२) अनुग्रहको युगमा परमेश्वरको वचनको उद्देश्य र महत्त्व
परमेश्वरका प्रासंगिक वचनहरू:
येशूले अनुग्रहको युगको सबै कार्यहरूको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ शरीरमा देहधारी हुनुभएको थियो, र क्रूसमा टाँगिनुभयो, र उहाँले अनुग्रहको युग पनि सुरु गर्नुभयो। उहाँले उद्धारको कार्यलाई पूरा गर्नको निम्ति, व्यवस्थाको युगलाई अन्त्य गरी अनुग्रहको युग सुरु गर्नको निम्ति क्रूसमा टाँगिनुभयो, र त्यसैले उहाँलाई “सर्वोच्च सेनापति,” “पापको बलिदान,” र “उद्धारकर्ता” पनि भनिन्छ। परिणाम स्वरूप, येशूको कार्य यहोवाको कार्यको अन्तर्वस्तुभन्दा भिन्न थियो, यद्यपि तिनीहरू एकै सिद्धान्तका थिए। यहोवाले व्यवस्थाको युग सुरु गर्नुभयो, पृथ्वीमा परमेश्वरको कार्यको लागि आधार स्थापना गर्दै—सुरुवातको विन्दुको रूपमा—यसो गर्नुभयो, र व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो। उहाँद्वारा गरिएको कामको यी दुई टुक्राहरू हुन्, र तिनीहरूले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्छन्। येशूले अनुग्रहको युगमा गर्नुभएको कार्य व्यवस्था जारी गर्नको लागि थिएन, तर त्यसलाई पुरा गर्नु थियो, फलस्वरूप अनुग्रहको युग आरम्भ भयो र व्यवस्थाको युग समाप्त भयो जुन दुई हजार वर्षसम्म रहेको थियो। उहाँ पथ प्रदर्शक हुनुहुन्थ्यो, जो अनुग्रहको युगको सुरुवात गर्न आउनुभयो, तरै पनि उहाँको कार्यको मुख्य हिस्सा उद्धारको कार्यमा थियो। त्यसैले उहाँको कार्य दुई भागको पनि थियो: एउटा नयाँ युगको सुरुवात गर्ने, र उहाँको क्रूसद्वारा उद्धारको कार्य पूरा गर्ने, जुन पश्चात् उहाँ बिदा हुनुभयो। र त्यस पश्चात् व्यवस्थाको युगको अन्त्य भयो र अनुग्रहको युगको सुरुवात भयो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा
अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र त्यो अनुग्रह, प्रेम, करुणा, सहनशीलता, धैर्यता, नम्रता, वास्ता, सहिष्णुता थियो र उहाँले गर्नुभएका धेरै वटा काम मानिसको छुटकाराको लागि नै थियो। उहाँको स्वभाव करुणा र प्रेमको स्वभाव थियो, र उहाँ करुणामय र प्रेमिलो हुनुभएकोले उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्यो, अनि परमेश्वरले मानिस आफैलाई जस्तो प्रेम गर्नुहुन्छ भनी देखाउन त्यसो गर्नुभयो, यहाँसम्म कि उहाँले आफैले पूर्णरूपमा अर्पण गर्नुभयो। अनुग्रहको युगको अवधिमा, परमेश्वरको नाउँ येशू थियो, अर्थात्, परमेश्वर मानिसलाई मुक्ति दिने परमेश्वर हुनुहुन्थ्यो, र उहाँ एक करुणामय र प्रेमिलो परमेश्वर हुनुहुन्थ्यो। परमेश्वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको करुणा र उहाँको उद्धारले प्रत्येक व्यक्तिलाई समेटेको थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
येशूले गर्नुभएको कार्य त्यस युगका मानिसको आवश्यकता बमोजिम थियो। उहाँको कार्य मानव जातिको उद्धार गर्नुथियो, तिनीहरूको पापको निम्ति क्षमा दिनु थियो, र त्यसैले उहाँको स्वभाव पूर्ण रूपले एउटा नम्रता, धैर्यता, प्रेम, धार्मिकता, सहिष्णुता, कृपा, र प्रेममय थियो। उहाँले मानवजातिमा प्रशस्त अनुग्रह र आशिषहरू ल्याउनुभयो, र ती सबै दिनुभयो जुन कुराको मानिसहरूले सम्भवतः आनन्द लिन सक्दछन्, उहाँले तिनीहरूलाई तिनीहरूको आनन्दको निम्ति: शान्ति र खुसी, उहाँको सहिष्णुता र प्रेम, उहाँको कृपा र प्रेमपूर्ण दया दिनुभयो। त्यस समयमा, ती चीजहरूको प्रचुरताको आनन्द लिन मानिसहरूले तिनीहरूको हृदयभित्र शान्ति र सुरक्षाको आभास गरेका थिए, तिनीहरूको आत्माहरूमा पुनः निश्चितताको महसुस, र मुक्तिदाता येशूमा तिनीहरूको निर्भरता—सबै त्यस युगमा थियो जुन युगमा तिनीहरू जिइरहेका थिए। अनुग्रहको युगमा, मानिसलाई शैतानले पहिले नै भ्रष्ट पारिसकेको थियो, र त्यसैकारणले सबै मानवजातिलाई उद्धार गर्ने कार्य प्राप्त गर्नको निम्ति प्रशस्त अनुग्रह, असीम सहिष्णुता र धैर्यता, र त्यो भन्दा पनि बढि यसको प्रभावको लागि एउटा बलिदानको आवश्यकता थियो जुन मानवजातिको पापहरूको प्रायश्चितको लागि पर्याप्त थियो। जे कुरा मानवजातिले अनुग्रहको युगमा देखे त्यो केवल मानवजातिको पापहरूको निम्ति मेरो प्रायश्चितको बलिदान थियो जो येशू हुनुहुन्छ। तिनीहरूले परमेश्वर कृपालु र सहनशील हुनुहुन्छ भन्ने मात्रै जानेका थिए, र तिनीहरूले येशूको कृपा र प्रेमलाई मात्रै देखेका थिए। यो पूर्ण रूपमा यसकारणले भयो किनकि तिनीहरू अनुग्रहको युगमा जन्मेका थिए। त्यसैले, तिनीहरूको उद्धार हुनुभन्दा अगाडि, तिनीहरूले धेरै प्रकारका अनुग्रहको आनन्दहरू लिनुथियो जुन येशूले यसबाट लाभ लिनको निम्ति तिनीहरूलाई दिनुभयो। यस तरिकामा, तिनीहरूको अनुग्रहको आनन्दको माध्यमबाट तिनीहरूको पापको क्षमा दिन सकिन्थ्यो, र येशूको सहिष्णुता र धैर्यताको आनन्दको माध्यमबाट उद्धार पाउने मौका पनि हुन सक्थ्यो। केवल येशूको सहिष्णुता र धैर्यताद्वारा तिनीहरूले क्षमा प्राप्त गर्ने र येशूले दिनुभएको प्रशस्त अनुग्रहको आनन्द लिने अधिकार जिते। येशूले भन्नुभएजस्तै: म धर्मीलाई होइन तर पापीलाई उद्धार गर्न आएको छु, पापीहरूलाई तिनीहरूको पापहरूबाट क्षमा दिन आएको छु। जब उहाँ देहधारी हुनुभयो, येशूले यदि न्याय, श्राप, र मानिसको उल्लङ्घनको सहनशीलताको स्वभाव लिएर आउनुभएको भए मानिसले कदापि उद्धार पाउने अवसर पाउने थिएन, र उ सदाको लागि पापी रहने थियो। यदि यस्तो भइदिएको भए, छ-हजार-वर्षको व्यवस्थापनको योजना व्यवस्थाको युगमा आएर रोकिन्थ्यो, र व्यवस्थाको युग छ हजार वर्षसम्म लम्बिने थियो। मानिसको पापहरू केवल अझै धेरै अनगिन्ती र घोर भई बढ्ने थियो, र मानवजातिको सृष्टि व्यर्थको लागि हुनेथियो। मानिसहरूले यहोवालाई केवल व्यवस्थाको अधीनमा भएर मात्रै सेवा गर्न सक्थे, तर तिनीहरूका पापहरू पहिलो सृष्टि गरिएका मानिसको भन्दा अधिक हुनेथियो। येशूले मानवजातिलाई तिनीहरूको पापको क्षमा दिई तिनीहरूलाई प्रशस्त दया र प्रेमपूर्ण कृपामा ल्याएर तिनीहरूलाई जति धेरै प्रेम गर्नुभयो, त्यति नै धेरै मानवजाति येशूद्वारा मुक्ति पाउनको लागि हकदार भए, उसलाई हराएको थुमाहरू भनिनु पर्यो जसलाई येशूले ठूलो मूल्य तिरेर फर्काई ल्याउनुभयो। शैतानले यस कार्यमा हस्तक्षेप गर्न सकेन, किनकि येशूले उहाँको अनुयायीहरूलाई यस्तो व्यवहार गर्नुभयो जस्तो कि एउटा प्रेम गर्ने आमाले शिशुलाई आफ्नो काखमा राख्दा व्यवहार गर्छिन्। उहाँ तिनीहरूप्रति क्रोधित या अभिमानी हुनुभएन, तर सान्त्वनाले भरिनुभएको थियो; उहाँ तिनीहरूका बीच रिसमा आउनुभएन, तर तिनीहरूको पापहरूमा सहिष्णुता राख्नुभयो र तिनीहरूको मूर्खता र अज्ञानतामा यति हदसम्म आँखा चिम्लनुभयो र भन्नुभयो, “अरूलाई सात गुणा सत्तरी पटक क्षमा दिनु।” यस प्रकारले अरूहरूको हृदयहरू उहाँको हृदयद्वारा रूपान्तरित भयो, र केवल तब मात्र उहाँको सहिष्णुताद्वारा मानिसहरूले तिनीहरूको पापको क्षमा प्राप्त गरे।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा
यद्यपि येशू उहाँको देहधारणमा पूर्ण रूपले बिना भावनाको हुनुहुन्थ्यो, उहाँले सधैँ उहाँको चेलाहरूलाई सान्त्वना दिनुभयो, तिनीहरूको लागि सबै कुरा जुटाउनुभयो, तिनीहरूलाई मदत गर्नुभयो, र समर्थन गर्नुभयो। तथापि उहाँले जति नै काम गर्नुभए तापनि, या उहाँले जति नै दुख सहनुभए तापनि, उहाँले कहिल्यै पनि मानिसमा अति धेरै मागहरू गर्नुभएन, तर तिनीहरूको पापमा सधैँ धैर्य र सहिष्णुता बस्नुभयो, त्यसरी नै अनुग्रहको युगका मानिसले उहाँलाई प्रेमले “प्रेमिलो मुक्तिदाता येशू” भनी बोलाए। त्यस समयका मानिसहरूको लागि—सबै मानिसहरूका लागि—जे येशूमा थियो र जो येशू हुनुहुन्थ्यो, त्यो दया र प्रेमपूर्ण कृपा नै थियो। उहाँले कहिल्यै पनि मानिसहरूको अपराधहरूलाई सम्झनुभएन, र तिनीहरूप्रति उहाँको व्यवहार कहिल्यै पनि तिनीहरूको अपराधमा आधारित थिएन। किनभने त्यो एउटा बेग्लै युग थियो, उहाँले धेरै पटक मानिसहरूलाई भरपूर मात्रामा भोजन दिनुभयो ताकि तिनीहरूले आफ्नो पेट भर्न सकून्। उहाँले आफ्ना सबै चेलाहरूलाई अनुग्रहद्वारा व्यवहार गर्नुभयो, बिमारीलाई चङ्गाइ गर्नुभयो, भूतात्मा निकाल्नुभयो, मरेकालाई जीवित उठाउनुभयो। मानिसहरूले उहाँमा विश्वास गर्न सकून् र उहाँले गर्नुभएका सबै कुरा नम्रतापूर्वक र इमानदारीता पूर्वक गर्नुभएको थियो भनी देख्न सकून् भनेर, उहाँले यहाँसम्म पनि गर्नुभयो कि एउटा सडिसकेको लासलाई समेत पुनरुत्थान गर्नुभयो, र यसद्वारा उहाँको हातमा मृतक मानिस पनि फर्केर जीवनमा आउन सक्छ। यस तरिकामा उहाँले चुपचाप सहेर तिनीहरूको बीचमा उहाँको उद्धारको कार्य गर्नुभयो। उहाँ क्रूसमा टाँगिनुभन्दा पहिले समेत, येशूले आफैमा मानवजातिको पापहरू लिइसक्नुभएको थियो र मानवजातिको लागि पापको एउटा बलिदान हुनुभयो। उहाँ क्रूसमा टाँगिनुभन्दा पहिले समेत, उहाँले मानवजातिको उद्धार गर्नको निम्ति बाटो खोलिसक्नुभएको थियो। अन्ततः उहाँ क्रूसमा काँटी ठोकेर झुन्ड्याइयो, क्रूसको खातिर आफैलाई बलिदान दिनुभयो, र उहाँले मानवजातिलाई आफ्नो सबै कृपा, दया, र पवित्रता दिनुभयो। मानवजाति प्रति, उहाँ सधैँ सहनशील हुनुहुन्थ्यो, कहिल्यै प्रतिशोधी हुनुहुन्नथ्यो, तिनीहरूको पापहरूको क्षमा दिँदै, तिनीहरूलाई पश्चाताप गर्नको लागि प्रेरित गर्दै, र धैर्यता, संयम र प्रेमद्वारा उहाँको कदम पछ्याउँदै र तिनीहरू आफैलाई क्रूसको खातिर बलिदान दिनको निम्ति सिकाउनुहुन्थ्यो। दाजुभाइहरू र दिदीबहिनीहरूको लागि उहाँको प्रेम मरियमको लागि भन्दा बढि थियो। ती काम जुन उहाँले यसको सिद्धान्तको रूपमा लिनुभयो बिमारीलाई चङ्गाइ गर्ने र भूतात्माहरू निकाल्ने, यी सबै उहाँको उद्धारको कार्यको खातिर गर्नुभएको थियो। उहाँ जहाँ गए तापनि, उहाँले उहाँलाई पछ्याउने सबैलाई अनुग्रही व्यवहार गर्नुभयो। उहाँले गरिबलाई धनी, लङ्गडोलाई हिँड्ने, अन्धोले देख्ने, र बहिरोले सुन्ने बनाउनुभयो। उहाँले सबैभन्दा तुच्छ, बेसाहाहरू, पापीहरूलाई उहाँसँगै एउटै मेचमा बस्नको निम्ति आमन्त्रित गर्नुभयो, तिनीहरूलाई कहिल्यै पनि अलग्याउनुभएन तर सधैँ धैर्यता राख्दै, यो पनि भन्नुभयो: जब एउटा गोठालोले सय ओटा भेडा मध्ये एउटालाई हराउँछ, उसले उनान्सय भेडालाई छोडेर त्यो एउटा हराएको भेडालाई खोज्न जान्छ, र जब उसले त्यसलाई भेट्टाउँछ उ अत्यन्त धेरै आनन्दित हुन्छ। उहाँले आफ्नो अनुयायीहरूलाई त्यसै गरी प्रेम गर्नुभयो जसरी एउटा आमा भेडाले आफ्नो पाठालाई प्रेम गर्छ। तिनीहरू मूर्ख र अज्ञानी भए पनि, र उहाँको आँखा अगाडि पापी भए पनि, र साथसाथै समाजका सबैभन्दा तुच्छ सदस्यहरू भए तापनि, उहाँले ती पापीहरूलाई—ती मानिसहरू जसलाई अरूले बहिष्कार गरेका थिए—आफ्नो आँखाको नानीको रूपमा लिनुभयो। उहाँले तिनीहरूको पक्ष लिनुभएको हुनाले, वेदिमा बलिदान चढाइएको थुमाको रूपमा उहाँले आफ्नो जीवन तिनीहरूको निम्ति दिनुभयो। उहाँ तिनीहरूको माझ यसरी जानुभयो जस्तो कि उहाँ तिनीहरूको दास हुनुहुन्थ्यो, तिनीहरूलाई उहाँको प्रयोग गर्न र उहाँको हत्या गर्न दिनुभयो, तिनीहरूमा निसर्त रूपमा आफैलाई सुम्पनुभयो। उहाँका अनुयायीहरूको लागि उहाँ प्रेमिलो मुक्तिदाता येशू हुनुहुन्थ्यो, तर फरिसीहरू, जसले मानिसहरूमा एउटा उच्च आसनबाट भाषण दिन्थे, तिनीहरूलाई उहाँले कृपा र प्रेमपूर्ण दया देखाउनुभएन, तर घृणा र आक्रोश देखाउनुभयो। उहाँले फरिसीहरूको माझमा त्यति धेरै कामहरू गर्नुभएन, केवल कहिलेकाहीँ तिनीहरूमा प्रवचन दिने र ताडना दिने गर्नुभयो; उहाँले तिनीहरूको बीचमा उद्धारको कार्य गर्दै जानुभएन, न त उहाँले चिन्हहरू र चमत्कार नै देखाउनुभयो। उहाँले आफ्नो अनुयायीहरूलाई सबै दया र प्रेमपूर्ण कृपा दिनुभयो, अन्तिमसम्म यी पापीहरूका खातिर उहाँले सहनुभयो र उहाँ क्रूसमा टाँगिनुभयो, र उहाँले पूर्ण रूपमा सबै मानवजातिलाई उद्धार नगरेसम्म हरेक अपमानलाई भोग्नुभयो। यो नै उहाँको कार्यको कूल आशय हो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा
येशूको उद्धार बिना, मानवजाति सदाको लागि पापमा जिउने थियो र पापको सन्तान बन्ने थियो, दुष्टका सन्तानहरू बन्ने थियो। यस प्रकारले यहि नै जारी रहेको भए, पुरै संसार त्यो जगत् बन्ने थियो जहाँ शैतान बसोबास गर्छ, त्यो बसोबास गर्ने ठाउँ। यद्यपि, उद्धारको कार्यको लागि दया देखाउन र मानवजातिप्रति प्रेमपूर्ण कृपा देखाउन आवश्यक थियो; केवल त्यस माध्यमबाट मात्रै मानवजातिले क्षमा प्राप्त गर्न सक्थ्यो र अन्ततः पूर्ण बनाइन र परमेश्वरद्वारा पूर्ण रूपले प्राप्त गरिने हक जित्न सक्थ्यो। यस चरणको कार्य बिना, छ-हजार-वर्षको व्यवस्थापनको योजनाले प्रगति गर्न सक्दैनथियो। यदि येशू क्रूसमा नटाँगिनुभएको भए, यदि उहाँले केवल बिरामीलाई चङ्गाइ गर्ने र दुष्ट आत्मा भगाउने कार्य मात्रै गर्नुभएको भए, मानिसहरूलाई तिनीहरूको पापबाट पूर्ण रूपले क्षमा गर्न सकिने थिएन। येशूले पृथ्वीमा आफ्नो कार्य गरी बिताउनुभएको साढे तीन वर्षसम्मको अवधिमा, उहाँले आफ्नो उद्धारको कार्यको केवल आधा कार्य मात्रै पूरा गर्नुभएको थियो; त्यसपछि, क्रूसमा झुण्ड्याएर र पापमय शरीरको समान बनेर, दुष्टको हातमा आफैलाई सुम्पिएर, उहाँले क्रूसमा मर्ने कार्यलाई पूरा गर्नुभयो र मानवजातिको गन्तव्यलाई पूरा गर्नुभयो। उहाँ शैतानको हातमा सुम्पिनु भएपछि मात्रै उहाँले मानवजातिलाई उद्धार गर्नुभयो। साढे तेत्तीस वर्षसम्म उहाँले पृथ्वीमा दुःख भोग्नुभयो, उहाँको ठट्टा गरियो, निन्दा गरियो, र उहाँलाई त्यागियो, त्यस परिस्थितिसम्म पुग्नुभयो जहाँ उहाँको शिर राख्ने ठाउँ भएन, विश्राम गर्ने स्थान भएन, र पछि उहाँलाई उहाँको पूर्ण अस्तित्व सहित क्रूसमा चढाइयो—एउटा पवित्र र निर्दोष शरीर—सँगै उहाँलाई क्रूसमा टाँगियो। उहाँले त्यहाँ भएको हरेक प्रकारको कष्ट भोगाइलाई सहनुभयो। तिनीहरू जो सत्तामा थिए तिनीहरूले उहाँको निन्दा गरे र उहाँलाई कोर्रा लगाए, यहाँसम्म कि सेनाहरूले उहाँको मुखमा थुकिदिए; तैपनि उहाँ चुप भई बस्नुभयो र अन्त्य सम्ममा सहनुभयो, निसर्त रूपमा आफैलाई मृत्युको अन्तिम बिन्दुसम्म पनि सुम्पँदै, उहाँले सबै मानवजातिलाई उद्धार दिनुभयो। तब मात्रै उहाँले विश्राम लिन अनुमति पाउनुभयो। येशूले गर्नुभएको कार्यले केवल अनुग्रहको युगको प्रतिनिधित्व गर्छ; यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन, न त यो अन्तिम दिनहरूको कार्यको लागि विकल्प थियो। यो नै अनुग्रहको युगमा येशूले गर्नुभएको कार्यको सार थियो, दोस्रो युग जुन मानवजातिले पार गरेका छन्—उद्धारको युग।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा
(३) राज्यको युगमा परमेश्वरको वचनको उद्देश्य र महत्त्व
परमेश्वरका प्रासंगिक वचनहरू:
जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्वर फेरि देह बन्नुभयो, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको
मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट पदार्थलाई पूर्ण रूपमा चिन्नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्वरले मानिसका अपराधहरू सम्झनुहुन्न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई दण्डको अधीनमा परिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्वरको प्यारो छोरा हुनू! परमेश्वर एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मर्छौं! प्राचीन शैतानको विरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरको विरुद्धमा विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्वरले हामीलाई पूर्ण बनाउनुभएको होस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूका पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरूले पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्वरको विरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
आखिरी दिनहरूका काम उनीहरूका किसिमअनुसार सबैलाई छुट्याउनु, र परमेश्वरको व्यवस्थापन योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्वरको दिन आएको छ। उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई परमेश्वरले ल्याउनुहुन्छ—अन्तिमसम्म उहाँप्रति निष्ठावान् हुनेहरू सबैलाई—परमेश्वर स्वयम्को युगमा। परमेश्वर स्वयम्को युगमा आइपुग्नुभन्दा पहिले, परमेश्वरको काम मानवका कार्यहरूलाई अवलोकन गर्नु होइन, वा मानवको जीवनको सोधपूछ गर्नु होइन, तर मानवको अनाज्ञाकारितालाई न्याय गर्नु हो, किनकि परमेश्वरको सिंहासनको सामुन्ने आउने सबैलाई उहाँले पवित्र पार्नुहुन्छ। यस दिनसम्म परमेश्वरका पाइलाहरूलाई पछ्याउनेहरू सबै परमेश्वरको सिंहासनका सामुन्ने आउनेहरू हुन्, अनि यो यस्तो हुँदा, अन्तिम चरणको परमेश्वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, अन्तिम चरणमा भएको परमेश्वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको न्यायको पात्र हुन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
आखिरी दिनहरूमा ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खासगरी, मानवले कसरी परमेश्वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको वासस्थान हो, र परमेश्वरका विरुद्धको शत्रुवत् दबाब हो भन्ने विषयमा बोलिएको हुन्छ। न्यायको आफ्नो कामलाई कार्यान्वयन गर्नुहुँदा परमेश्वरले थोरै वचनहरूद्वारा मानवको प्रकृतिलाई स्पष्ट मात्र पार्नुहुन्न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म छिँवल्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्वरमा समर्पित हुनका लागि पूर्ण रूपमा विश्वस्त हुन्छ, र यसका साथसाथै परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्वरको इच्छा, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको गहिरो बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सारतत्व, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा विश्वास राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्वरले गर्नुभएको न्यायको काम हो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्वरको गवाही दिन र परमेश्वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्वरको साक्षी भएको छ, र परमेश्वरको हृदयअनुरूप भएको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्ने हो। परमेश्वरको गवाही दिनेहरूसँग परमेश्वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय र सजाय, निराकरण र काँट-छाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँले उहाँको गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरको गवाही बन्न सक्छन्
राज्यको युगमा, परमेश्वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। फरक-फरक दृष्टिकोणहरूबाट बोल्न उहाँ देह बन्नुभयो, ता कि मानिसले देहमा वचनको रूपमा प्रकट हुनुभएको परमेश्वरलाई साँच्चिकै हेर्न सकून्, र उहाँको बुद्धि र आश्चर्यजनकता देख्न सकून्। यस्ता काम मानिसलाई जित्ने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई हटाउने लक्ष्यहरू अझै राम्ररी प्राप्त गर्नलाई गरिन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। यी वचनहरूद्वारा मानिसहरूले परमेश्वरको काम, परमेश्वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो त्यो थाहा पाउँछन्। वचनहरूद्वारा परमेश्वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको कामलाई यसको पूर्णतामा साकार बनाइन्छ। यी वचनहरूद्वारा, मानिसहरूलाई पर्दाफास गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले परमेश्वरका वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरूले परमेश्वरको अस्तित्वमा, परमेश्वरको सर्वव्यापकता र बुद्धिमा, साथै मानिसको लागि परमेश्वरको प्रेममा र मानिसलाई मुक्ति दिने उहाँको इच्छामा विश्वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द सरल र सामान्य हुन सक्ला, तर देहधारी परमेश्वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनीहरूले मानिसहरूका हृदय बदलिदिन्छन्, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू बदलिदिन्छन्, र सम्पूर्ण संसार प्रकट हुने तरिकालाई बदलिदिन्छन्। युगौँ-युगदेखि, आजका परमेश्वरले मात्र यस प्रकारले काम गर्नुभएको छ, र केवल उहाँ मात्रै यसप्रकारले बोल्नुहुन्छ र यसप्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयबाट अगाडि मानिस परमेश्वरका वचनहरूद्वारा निर्देशित र पोषित भएर उहाँका वचनहरूको मार्गदर्शनको अधीनमा जिउँछ। मानिसहरू परमेश्वरका वचनहरूको संसारमा, परमेश्वरका वचनहरूको श्रापहरू र आशीर्वादहरूको माझ जिउँछन्, र अझ धेरै मानिसहरू त उहाँका वचनहरूका न्याय र सजाय अन्तर्गत जिउन थालेका छन्। यी वचनहरू र यो काम पूर्ण रूपमा मानिसको छुटकाराको लागि, परमेश्वरको इच्छालाई पूरा गर्नको लागि, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नको लागि हुन्। वचनहरू प्रयोग गरेर परमेश्वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले मानिसहरूलाई ब्रह्माण्डभरि अगुवाई गर्नुहुन्छ, र वचनहरू प्रयोग गरेर नै उहाँले उनीहरूलाई जित्नुहुन्छ र मुक्ति दिनुहुन्छ। अन्ततः, उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ र उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
आखिरी दिनहरूमा, परमेश्वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्वस्त तुल्याउन चिह्नहरू र अचम्मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्वरको शक्तिलाई स्पष्ट बनाउन सक्दैन। यदि परमेश्वरले चिह्नहरू र अचम्मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्वरको वास्तविकता स्पष्ट पार्न असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्वरले चिह्नहरू र अचम्मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण आज्ञाकारीता र मानिसमा परमेश्वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, निराकरण र काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्वरको काम, बुद्धि र अद्भुदताको ज्ञान दिन परमेश्वर विभिन्न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। … मैले पहिलेबाटै भनेको थिएँ, कि विजेताहरूको एउटा दल पूर्वबाट जितिन्छ, ती विजेताहरू जो, महासंकष्टको बीचबाट निस्कन्छन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यही हो, कि ती प्राप्त गरिएका मानिसहरूले न्याय र सजाय, निराकरण र काटछाँट र हरकिसिमका शोधनबाट भएर गएपछि मात्र साँचो रूपमा आज्ञापालन गर्न सके। यी मानिसहरूको विश्वास अस्पष्ट र अमूर्त हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र अचम्मका कामहरू वा कुनै आश्चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै बुझ्न नसकिने अक्षरहरू र सिद्धान्तहरू वा गहन अन्तर्दृष्टिहरूको बारेमा कुरा गर्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता, परमेश्वरका वचनहरू र परमेश्वरको वास्तविकताको साँचो ज्ञान हुन्छ। के यस्तो झुण्ड परमेश्वरको शक्तिलाई स्पष्ट पार्न अझ बढी सक्षम हुँदैन र?
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ
विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो दण्ड र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउने अनुमति दिन र त्यसपछि तिनीहरूका आ-आफ्नै प्रकारअऩुसार वर्गीकरण गर्नका लागि होइन र? यसलाई मानवजातिलाई जित्नु भन्नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्न वर्गहरूका मानिसहरूलाई प्रकट गर्दै त्यसद्वारा तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा आज्ञापालन गर्ने मानिसहरूलाई-अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई-सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछन् र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट काम गर्नेहरू दुष्टहरूको समूहमा राखिनेछन्, फेरि सूर्यको किरणसँग नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन्, जसले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउँनेछन्। सबै चीजहरूको अन्त्य नजिक छ; मानिसको अन्त्य उसको आँखाको अघि स्पष्ट देखाइएको छ, र सबै चीजहरू त्यसको प्रकारअनुसार वर्गीकृत गरिनेछ। त्यसोभए, मानिसहरूले तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिएको पीडाबाट कसरी उम्कन सक्छन्? सबै चीजहरूको अन्त्य नजिक आउँदा मानिसका प्रत्येक वर्गको विभिन्न अन्त्यहरू प्रकट हुन्छन्, र यो (विजयका सबै कामहरू लगायत, वर्तमान कार्यबाट सुरु गर्दै) सम्पूर्ण ब्रह्माण्डलाई जित्ने काम गरिने अवधिमा गरिन्छ। सबै मानवजातिको अन्त्यको प्रकाश न्यायको सिंहासनअघि, दण्ड दिने अवधिमा, र आखिरी दिनहरूको विजयको कामको क्रममा गरिन्छ। … विजयको अन्तिम चरणको उद्देश्य मानिसहरूलाई मुक्त गर्नु र उनीहरूको अन्त्य प्रकट गर्नु हो। यो न्यायको माध्यमबाट मानिसहरूको पतित अवस्था प्रकट गर्नु, र त्यसो गरेर उनीहरूलाई पश्चात्ताप गर्न, माथि उठ्न, र जीवन र मानव जीवनको सही मार्गलाई पछ्याउने बनाउनु हो। यो चेतनाहीन र मन्द बुद्धिका मानिसहरूको हृदयलाई ब्युँझाउनु र न्यायद्वारा तिनीहरूका भित्री विद्रोहीपन देखाउनु हो। तथापि, यदि मानिसहरू अझै पनि पश्चात्ताप गर्न असमर्थ छन् भने, अझै पनि मानव जीवनको सही बाटोको पछि लाग्न असमर्थ छन् भने र यी भ्रष्टताहरू त्याग्न असमर्थ छन् भने, तिनीहरू मुक्तिभन्दा धेरै पर छन् र शैतानद्वारा निलिनेछन्। परमेश्वरको विजयको महत्त्व यस्तो छ: मानिसहरूलाई मुक्त गर्नु, र तिनीहरूका अन्त्यहरू पनि देखाउनु। असल अन्त्यहरू, खराब अन्त्यहरू-ती सबै विजयको कामद्वारा प्रकट हुनेछन्। मानिसहरू मुक्त बनाइनेछन् वा श्रापित हुनेछन् यी सबै विजयको कामको दौरान प्रकट गरिनेछ।
आखिरी दिनहरू ती हुन् जब सबै चीजहरूलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, मानिसहरूलाई वर्गीकृत कसरी गर्न सकिन्छ? वर्गीकरणको काम जुन तिमीहरूको बीचमा गरिन्छ त्यो सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरूवात हो। त्यसपछि, सबै देशहरू र सबै मानिसहरूलाई पनि विजयको कामको अधीनमा ल्याइनेछ। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरी न्याय गरिनको लागि न्यायको आसन अगाडि ल्याइनेछ। कुनै व्यक्ति वा कुनै पनि कुरा यस दण्ड र न्याय भोग्नुबाट बच्न सक्दैन, न ता कुनै व्यक्ति वा चीजलाई त्यसको प्रकारले वर्गीकृत नगरिएको हुन्छ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि सबै चीजको अन्त्य नजिकै आउँदैछ, अनि आकाशमा र पृथ्वीमा भएका सबै कुरा आफ्नो निष्कर्षमा पुगेको छ। मानिस कसरी मानवजातिको अस्तित्वको अन्तिम दिनबाट उम्कन सक्छ?
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)
आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो शैतानको अधिकार क्षेत्रबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्त रूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानलाई त्याग्नेछ र पूर्ण रूपमा परमेश्वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानको विरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन, वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्वरको व्यवस्थापन कार्यको मुख्य भाग मानव जातिको मुक्तिको लागि हो। प्रारम्भिक मानव जाति परमेश्वरको हातमा थियो, तर शैतानको परीक्षा र भ्रष्टताको कारण, मानिस शैतानको बन्धनमा पर्यो र दुष्टको हातमा पर्यो। तसर्थ, शैतान परमेश्वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वसमा पारेकोले र मानिस परमेश्वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात्, मानिसलाई शैतान कैदबाट फिर्ता लिनैपर्छ। यसैले मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर शैतानलाई हराउनैपर्छ, यस्तो परिवर्तन जसले मानिसको सुरुको तर्कको अनुभूतिलाई पुनर्स्थापित गर्दछ। यस प्रकार जुन मानिस कैद बनाइएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिनुपर्ने पात्र बन्छ, त्यसपछि मानव जातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
अन्तका दिनहरूको अवधिमा परमेश्वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा दृढ खडा रहन सक्षम हुनेहरू नै—परमेश्वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्वरद्वारा हासिल गरिएका यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। सजाय र न्यायको परमेश्वरको कामको मूलभूत उद्देश्य मानवजातिको शुद्धीकरण गर्नु र उनीहरूलाई उनीहरूको अन्तिम विश्रामको निम्ति तयारी गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सकिँदैनथ्यो। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र ती टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछन्। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछन् र उनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा उनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, उनीहरूले विश्रामको उनीहरूको मानव दिन सुरुवात गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, उनीहरू सबैलाई नष्ट पारिनेछन् र शैतानलाई झैँ उनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त उनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। उनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र उनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; उनीहरू पनि कुनै समय परमेश्वरको सेवा गरे। यद्यपि, जब अन्तको दिन आउँछ, उनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई उनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप उनीहरूलाई अझ पनि हटाइनेछन् र नष्ट पारिनेछन्; उनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र उनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। चाहे उनीहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, सबै दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू सबैलाई मानवजाति माझ एक पटक पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि नष्ट पारिनेछन्। जहाँ सम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, दुष्ट काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछन्, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तको युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, उनीहरू परमेश्वरप्रति अनाज्ञाकारी भएका थिए वा थिएनन्, उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्नेहरू र मुक्ति पाउन नसक्नेहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई उनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिन्छन्। एक पटक यसरी वर्गीकरण गरिसकेपछि, उनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्वरले अन्तको दिनहरूमा विजयको उहाँको कार्यको कार्यान्वयनलाई सिद्ध्याउनुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम कार्यान्वयन गर्नुहुनेछ। वास्तवमा, उहाँले मानवजाति माझ काम गर्न सुरुवात गर्नुभएदेखि नै उनीहरूलाई असल र खराब गरी छुट्टाउँदै आइरहनुभएको छ। यो यस्तो मात्र हुन्छ कि उहाँको काम समाप्त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; यो यस्तो होइन कि उहाँको काम पूरा भएपछि उनीहरूलाई वर्गहरूमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्नुहुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध मानवजाति ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्वरले दुष्टलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असक्षम हुने थियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैन थियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्वर शान्तिपूर्वक विश्राममा बस्न सक्षम हुनुहुनेछ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।