चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई पागलझैं दमन गर्नु र सताउनुपछाडिको वास्तविक कारण

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

ठूलो रातो अजिङ्गरका प्रकटीकरणहरू मप्रतिको विरोध हुन्, मेरा वचनहरूको अर्थको ज्ञान र समझको कमी हुन्, मलाई गरिएको बारम्बारको सतावट र मेरो व्यवस्थापनमा बाधा पुर्‍याउने योजनाहरू प्रयोग गर्ने प्रयास हुन्। … मैले कुरा गरेको त्यो ठूलो रातो अजिङ्गर एउटा ठूलो रातो अजिङ्गर होइन; बरु यो मेरो विरुद्धको दुष्टात्मा हो, जसको लागि “ठूलो रातो अजिङगर” एक पर्यायवाची शब्‍द हो। यसैले, पवित्र आत्माबाहेकका अरू सबै आत्माहरू दुष्टात्माहरू हुन्, र तिनलाई ठूलो रातो अजिङ्गरको सन्तान पनि भन्न सकिन्छ। यो कुरा सबैले स्पष्ट रूपमा बुझ्नुपर्दछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ९६

हजारौं वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै,[१] निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहेको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू बन्द गरिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई थाहै नपाई पक्रनुहुनेछ र ती सबैलाई मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको शहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको मायालु र प्रेमिलोपनको आनन्द उठाएका छन्? मानव संसारका मामिलाको बारेमा तिनीहरूले कति बुझेका छन्? तिनीहरूमध्ये कसले परमेश्‍वरको उत्सुक इच्छालाई बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले परमेश्‍वरलाई तुच्छ ठानेको धेरै भइसक्यो, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। परमेश्‍वरको कामलाई कसले अङ्गालेको छ? परमेश्‍वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? किनकि एक पुस्तादेखि अर्को पुस्तामा, आमाबुबादेखि छोराछोरोसम्म दासत्वमा परेको मानिसले अमर्यादित रूपमा परमेश्‍वरलाई दास बनाएको छ—यसले कसरी क्रोध जगाउँदैन? सहस्राब्दी देखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्‍वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई आफ्नो इच्छाअनुसार समस्याहरू सुरु गर्न नदेऊ! समय अहिले नै हो: त्यस भूतको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसतिर आफ्नो पिठिउँ फर्काउने अनुमति दिनका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ नपाउञ्‍जेल किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ स्नेह कहाँ छ? मानिसहरूमाझ स्वागत कहाँ छ? परमेश्‍वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्‍वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्‍वरलाई किन उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुन कर लाउनु? यस अँध्यारो समाजमा, त्यसका दु:खी रक्षक कुकुरहरूले किन परमेश्‍वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

प्राचीन संस्कृतिको ज्ञानले मानिसलाई अन्धविश्‍वासपूर्ण रूपमा परमेश्‍वरको उपस्थितिबाट चोरेर लगेको छ र उसलाई शैतानहरूका राजा र त्यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू[क] ले मानिसका सोच र धारणाहरूलाई विद्रोहको अर्को युगतिर लगेको छ, जसले उसलाई त्यो पुस्तक/उत्कृष्ट दस्तावेज सङ्कलन गर्नेहरूलाई पहिलेको तुलनामा अझ बढी प्रशंसा दिने बनाउँछ, र यसको फलस्वरूप उसले परमेश्‍वर सम्बन्धी आफ्नो धारणालाई अझ बढी खराब बनाउँछ। मानिसले थाहा नपाई, शैतानहरूको राजाले क्रूर बन्दै उसको हृदयबाट परमेश्‍वरलाई निकाल्छ र त्यो ठाउँमा आफै बस्दै विजय बनेकोमा हर्षित हुन्छ। त्यस समयदेखि नै, मानिस दुष्ट र घिनलाग्दो आत्माको अधीनमा छ र ऊसित शैतानहरूको राजाको अनुहार छ। परमेश्‍वरप्रतिको घृणाले उसको छाती भरिन्छ, र शैतानहरूको राजाको खराब दुर्भावना मानिसहरूभित्र तबसम्‍म दिनदिनै फैलिन्छ जबसम्म ऊ पूर्ण रूपमा नष्ट हुँदैन। मानिससँग अलिकति पनि स्वतन्त्रता थिएन र शैतानहरूको राजाको कष्टबाट स्वतन्त्र हुने कुनै उपाय थिएन। त्यही ठाउँमा कैदीको रूपमा लगिनु, आत्मसमर्पण गर्नु र त्यसको उपस्थितिमा समर्पण हुनुबाहेक ऊसँग अरू विकल्प थिएन। धेरै पहिले, जब मानिसको हृदय र आत्मा त्यसको शैशवकालमा नै थियो, तब शैतानहरूको राजाले त्यसमा नास्तिकताको रोगको बीउ रोप्यो र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर; चार आधुनिकीकरण महसुस गर; संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन” भन्‍ने झुटहरू सिकायो। त्यति मात्र होइन, यो हरेक मौकामा यसो भन्दै चिच्याउँछ: “एउटा सुन्दर जन्मभूमि निर्माण गर्न हामी आफ्नो मेहनती परिश्रममा भरोसा गरौं,” र प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई विश्‍वासयोग्य सेवा प्रदान गर्न तयार हुनुपर्छ भन्छ। मानिसलाई अनजानमा त्यसको उपस्थितिमा ल्याइयो, जहाँ यसले कुनै सङ्कोच नमानिकन अहङ्कारका साथ सबै श्रेय आफैले लियो (अर्थात्, सबै मानव जातिलाई उहाँकै हातमा राख्ने परमेश्‍वरको श्रेयलाई)। त्यसमा कहिल्यै पनि शर्मको कुनै अनुभूति थिएन। यसबाहेक, यसले लाजै नमानी परमेश्‍वरका मानिसहरूलाई समात्यो र तानेर फेरि आफ्नो घरमा ल्यायो, जहाँ यो मुसोझैं टेबलमा उफ्रियो र त्यसलाई परमेश्‍वरको रूपमा पूजा गर्न मानिसलाई लगायो। कस्तो निराशलाग्दो कुरा! यसले विवादास्पद र स्तब्ध पार्ने कुराहरू चिच्याउँदै भन्छ, जस्तै: “संसारमा परमेश्‍वर भन्ने कुनै कुरा छैन। बतास प्राकृतिक नियमअनुसार रूपान्तरणबाट आउँछ; वर्षा तब हुन्छ जब पानी बाफ बनेर चिसो तापक्रमसँग मिल्छ, बाक्ला थोपाहरू बन्छ अनि जमिनमा झर्छ; भूकम्प भनेको भूगर्भीय परिवर्तनको कारण पृथ्वीको सतह हल्लिनु हो; खडेरीचाहिँ सूर्यको सतहमा न्यूक्लियोनिक विघटन हुँदा हावामा सुक्खापन हुने भएकोले गर्दा हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबै थोकमा, के परमेश्‍वरको काम छ र?” यस्ता व्यक्तिहरू पनि छन् जो निम्न कुराहरू भन्दै कराइरहेका हुन्छन्, त्यस्ता भनाइहरू जसलाई समर्थन गर्नु हुँदैन: “मानिस विगतमा बाँदरबाट विकसित भएको थियो, र आज संसार करिब लामो युगभन्दा पहिलेदेखि सुरु भएको आदिम समाजहरूको उत्तराधिकारबाट आएको हो। कुनै देश फस्टाउँछ कि पतन हुन्छ भन्‍ने कुरा रूपमा त्यसको जनताको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई त्यसलाई भित्तामा झुण्ड्याउने वा टेबलमा राखेर श्रद्धाञ्जली दिने र त्यसलाई भेटी चढाउने बनाउँछ। यसको साथसाथै यो यसो भन्दै कराउँछ, “परमेश्‍वर हुनुहुन्न,” यसले आफैलाई परमेश्‍वरजस्तो उच्च बनाउँछ, परमेश्‍वरको स्थानमा उभिएर र राजाको भूमिकालाई ग्रहण गर्दै अन्त्यमा अभद्रतासाथ परमेश्‍वरलाई पृथ्वीको सिमानाबाट बाहिर धकेल्छ। कति नराम्रो घतले विवेक गुमाएको! यसले एक व्यक्तिलाई त्यसलाई अत्यन्तै घृणा गर्ने बनाउँछ। यस्तो देखिन्छ कि परमेश्‍वर र यो शपथ लिइएका शत्रुहरू हुन्, र ती दुई सँगसँगै रहन सक्दैनन्। यसले व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै[३] परमेश्‍वरलाई बाहिर लखेट्ने योजना बनाउँछ। यो शैतानहरूको कस्तो राजा हो! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? जबसम्म यसले परमेश्‍वरको कामलाई नाश पार्दैन र सबैलाई पूरै लथालिङ्ग[४] बनाउँदैन तबसम्म यसले विश्राम गर्दैन, मानौं यसले माछा नगरुञ्‍जेल या त जाल नफाटुञ्जेल अन्त्यसम्मै कडा विरोध गर्न चाहन्छ, जानी-जानी आफैलाई परमेश्‍वरको विरोधमा राख्छ र झन्-झन् नजिकतिर बढ्छ। त्यसको घृणित अनुहार लामो समयदेखि पूर्ण रूपमा उदाङ्गो भएको छ, अब त्यो चोट लागेको र कुटपिट गरिएको[५] छ र दुःखत स्थितिमा छ, तैपनि परमेश्‍वरप्रतिको आफ्नो घृणामा यो अझै नरम हुँदैन, मानौं परमेश्‍वरलाई एक गाँसमा खाएपछि मात्र त्यसको हृदयको घृणालाई त्यसले कम गर्न सक्छ। हामी कसरी यसलाई सहन सक्छौं, यो परमेश्‍वरको शत्रुलाई! केवल यसलाई समाप्त गरेर अनि पूर्ण नाश पारेर मात्र हाम्रो जीवनको इच्छा सफल हुनेछ। त्यसलाई जताततै त्यसरी दगुरिहिँड्ने अनुमति कसरी दिन सकिन्छ? यसले मानिसलाई यति भ्रष्ट पारेको छ कि मानिसले स्वर्ग-सूर्यलाई जान्दैन, र ऊ मृत्यु-अन्त र भावहीन भएको छ। मानिसले सामान्य मानव-तर्क हराएको छ। भविष्यका सबै चिन्ताहरू हटाउनका लागि यसलाई नाश गर्न र जलाउन र परमेश्‍वरको कार्यलाई चाँडै अभूतपूर्व महिमामा पुग्‍न दिनका निम्ति हाम्रो सम्पूर्ण अस्तित्व नै किन समर्पण नगर्ने? बदमासहरूको यो गिरोह मानिसहरूको संसारमा आयो र यसलाई उत्पातमा पुर्‍यायो। गोप्य रूपमा धकेलेर उनीहरूलाई टुक्रा-टुक्रा पारी तिनीहरूको लास खानलाई गोप्यमा योजना बनाउँदै तिनीहरूले सारा मानवजातिलाई भीरको टुप्‍पामा ल्याएका छन्। तिनीहरू परमेश्‍वरको योजना तोड्ने र उहाँसँग खेलमा प्रवेश गरी एउटै दाउमा सबै जित्‍ने[६] व्यर्थको आशा गर्छन्। त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर दियाबलसहरूको राजाको लागि नै क्रूस तयार पारिएको छ, जो सबैभन्दा जघन्य अपराधको दोषी छ। परमेश्‍वर क्रूसको स्वामित्वमा हुनुहुन्न। उहाँले पहिले नै यसलाई दियाबलसको लागि टाढा पन्साई सक्नुभएको छ। परमेश्‍वर धेरै समय अगाडि नै विजयी हुनुभएको छ, र मानव जातिको पापको लागि उप्रान्त दु:ख महसुस गर्नुहुन्न, तर सबै मानवजातिको लागि उद्धार ल्याउनुहुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्‍वरको कार्यलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक सम्पदा,” बहुमूल्य “पुरातन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादको शिक्षा,” र “कन्फ्युसियसवादका उत्कृष्ट लेखहरू र सामन्ती संस्कार,” यी सबै कुराले मानिसलाई नरकमा लगेको छ। उन्नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्च विकसित उद्योग, कृषि, र व्यवसाय हराएर गएको छ। बरु, यसले परमेश्‍वरको कार्यलाई जानाजानी बिथोल्न, विरोध गर्न र ध्वस्त पार्नका लागि पुरानो समयका “बाँदरहरू” ले फैलाएको सामन्ती संस्कारलाई जोड दिने बाहेक केही पनि गर्दैन। यसले आजको दिनसम्म मानिसलाई कष्ट दिइरहेको मात्र छैन, तर यसले मानिसलाई पूरै निल्न[७] पनि चाहन्छ। सामन्तवादको नीति शास्‍त्र र नैतिक शिक्षाको प्रचार-प्रसार र प्राचीन संस्कृतिको ज्ञानको अस्तित्वले मानवतालाई ठूला र साना दियाबलसहरूमा परिणत गर्दै लामो समयदेखि सङ्क्रमित गर्दै आएको छ। खुसीसाथ परमेश्‍वरलाई ग्रहण गर्नेहरू थोरै छन्, खुशीसाथ उहाँको आगमनलाई स्वागत गर्नेहरू थोरै छन्। सम्पूर्ण मानवताको अनुहार हत्या गर्ने अभिप्रायले भरिएको छ, र सबै ठाउँमा, हत्या गर्ने सास हावामा फैलिन्छ। तिनीहरूले यस भूमिबाट परमेश्‍वरलाई निकाल्ने प्रयास गरिरहेका छन्; हातमा छुरी र तरबारहरू लिएर तिनीहरू परमेश्‍वरको “विनाश” गर्ने युद्धको लागि तयारी गर्दछन्। मानिसलाई परमेश्‍वर हुनुहुन्न भनी निरन्तर सिकाइने शैतानको यस देशभरि, मूर्तिहरू फैलिएको छ, र माथिको हावामा जलेको कागज र धूपको वाकवाक लाग्ने दुर्गन्ध व्याप्त भएकोले, त्यो निस्सासिदिने किसिमको बाक्लो छ। यो फोहोरको दुर्गन्धजस्तै हो जुन विषालु सर्पको गुँडुल्क्याईले फैलिएर आउँछ, यतिसम्म कि बान्ता रोक्न समेत सकिँदैन। यसबाहेक, दुष्ट भूतहरूले धर्मशास्त्रका वचनहरूको कीर्तन गरेको आवाज सुन्न सकिन्छ, यस्तो आवाज जुन टाढा नरकबाट आइरहेको छ जस्तो लाग्छ, यतिसम्म कि थरथर नकाँपी रहन सकिँदैन। यस देशका जताततै इन्द्रेनीका सबै रङ्गका मूर्तिहरू राखिएका छन् र भूमिलाई कामुक आनन्दको संसारमा परिणत गरिएको छ, जबकी दियाबलसहरूका राजा मूर्खतापूर्ण तरिकाले हाँस्दैछन्, मानौं यसको विनाशकारी षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेपरवाह रहन्छ, र न त शैतानले उसलाई चेतनाशून्य हुने गरी भ्रष्ट पारेको छ र उसलाई हराएर उसको शिर झुण्ड्याइएको छ भन्‍ने कुनै अनुभूति नै उसलाई छ। त्यसले परमेश्‍वरमा भएका सबै कुरा मेटाउन र फेरि अशुद्ध पार्ने र उहाँको हत्या गर्ने इच्छा गर्छ; यसले उहाँको काम बिगार्न र त्यसमा बाधा पुर्‍याउन चाहन्छ। यसले कसरी परमेश्‍वरलाई समान दर्जाको हुन दिन्छ र? पृथ्वीमा मानिसहरू बीचको काममा परमेश्‍वरले “हस्तक्षेप” गर्नुभएको यसले कसरी सहन सक्छ? यसले कसरी परमेश्‍वरलाई त्यसको घिनलाग्दो अनुहार उदाङ्गो पार्ने अनुमति दिन सक्छ? यसले परमेश्‍वरलाई कसरी त्यसको काम लथालिङ्ग पार्ने अनुमति दिन सक्छ? क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्‍वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्च पराक्रमको अगि झुक्न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्ने कि रुने कसैलाई केही थाहा छैन, र यसको बारेमा कुरा गर्नु साँच्चै गाह्रो छ। के यसको सार यही होइन र? घिनलाग्दो प्राण सहितको, यसले अझै पनि आफू विश्‍वासै गर्न नसकिने गरी सुन्दर छु भनी विश्‍वास गर्छ। यो अपराधमा लागिपर्ने साथीहरूको समूह[८] हो! तिनीहरू सुख विलासमा लिप्त हुन मरणशील क्षेत्रमा ओर्लेर आउँछन् र अराजकता मच्चाउँदै होहल्‍ला गर्छन्, यहाँसम्‍म कि संसार भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेको छ कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो, अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि लिन चाहन्छन्। तिनीहरूले परमेश्‍वरको कामलाई यति बाधा दिन्छन् कि त्यो एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजाय बाहेक अरू केही कुराको आशा गरिरहेका छन्? भूतात्माहरू र दुष्टात्माहरू केही समयसम्‍म यस पृथ्वीमा यता-उता उन्मत्तताको साथ दौडिरहेका छन्, र परमेश्‍वरको इच्छा र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न सकिँदैन। साँच्चै, यो मरणशील पाप हो! परमेश्‍वर चिन्तित नभई कसरी बस्‍न सक्‍नुहुन्छ र? परमेश्‍वर कसरी क्रोधित हुन सक्नुहुन्न र? तिनीहरूले परमेश्‍वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्‍याएका छन् र विरोध गरेका छन्: कति विद्रोही!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

शैतानले मानिसहरूलाई छल गरेर आफ्‍नो प्रतिष्ठा निर्माण गर्छ, र यसले बारम्बार आफैलाई धार्मिकताको अग्रगामी र आदर्शको रूपमा स्थापित गर्छ। धार्मिकताको रक्षा गर्ने झूटो बहाना गर्दै, यसले मानिसहरूलाई हानि गर्छ, तिनीहरूको प्राण निल्छ, अनि मानिसलाई अचेत बनाउन, धोका दिन र उक्साउन हरेक किसिमका माध्यमहरूको प्रयोग गर्छ। यसको उद्देश्य भनेको मानिसलाई यसका दुष्ट चाल स्वीकार गर्न र त्यसमा साथ दिन लगाउनु, परमेश्‍वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्ने कार्यमा आफूसँगै मानिसलाई संलग्‍न गराउनु हो। तैपनि, जब कसैले यसका युक्तिहरू र षडयन्त्रहरूलाई देख्छ र यसका खराब विशेषताहरूलाई देख्छ, अनि जब कसैले यसद्वारा निरन्तर कुल्चिइन र यसद्वारा मूर्ख तुल्याइन वा यसको वशमा निरन्तर पर्न, वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब त्यसको वास्तविक अनुहार प्रकट गर्नको लागि, अर्थात् दुष्ट, आक्रमक, कुरूप र जङ्गली अनुहार प्रकट गर्नको लागि पहिले सन्त का जस्तैलाग्ने त्यसका विशेषताहरू परिवर्तन गर्छ र त्यसको झूटो मुकुण्डोलाई च्यात्छ। त्यसलाई पछ्याउन इन्कार गर्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्नेबाहेक यसले अरू केही चाहँदैन। यस विन्दुमा, शैतानले त्यसपछि फेरि विश्‍वासयोग्य, भद्र स्वरूप धारण गरिरहन सक्दैन; बरु, भेडाको भेषमा लुकेको यसको वास्तविक कुरूप र दुष्ट विशेषताहरू प्रकट हुन्छन्। शैतानका युक्तिहरूको वास्तविकता बाहिर आइसकेपछि र यसका साँचो विशेषताहरूको खुलासा भइसकेपछि, यो रिसले चूर हुनेछ र आफ्नो जङ्गलीपनलाई प्रकट गर्नेछ। यसपछि, मानिसहरूलाई हानि गर्ने र निल्‍ने यसको इच्‍छा झन्-झन् तीव्र मात्रै हुँदै जानेछ। किनभने जब मानिस सत्यतामा बिउँझिन्छ तब यो रिसले चूर हुन्छ, अनि स्वतन्त्रता र ज्योतिको तृष्णा गर्ने अनि त्यसको कैदबाट मुक्त हुने मानिसको आकाङ्क्षाप्रति त्यसले शक्तिशाली प्रतिकारको भावना विकसित गर्छ। त्यसको रिसको अभिप्राय भनेको त्यसको दुष्टताको प्रतिरक्षा गर्न र त्यसलाई कायम गराउनको लागि हो, र यो त्यसको जङ्गली प्रकृतिको साँचो प्रकटीकरण पनि हो।

हरेक मामलामा, शैतानको बानीबेहोराले यसको दुष्ट प्रकृतिलाई उदाङ्गो पार्छ। शैतानले मानिसमा गर्ने सबै दुष्ट कार्यहरूमध्ये—मानिसलाई बहकाएर त्यसको पछि लाग्‍ने तुल्याउने त्यसको प्रारम्भिक प्रयासदेखि, यसले मानिसलाई त्यसका दुष्कर्महरूमा घिस्याउँदै लगेर गरेको शोषणसम्म, अनि यसका साँचो विशेषताहरूलाई उदाङ्गो पारिसकिएपछि र मानिसले यसलाई पहिचान गरेर त्यागिसकेपछि मानिसविरुद्धको यसको प्रतिकारसम्‍म—यीमध्ये एउटै पनि कार्यले शैतानको दुष्ट सारलाई उदाङ्गो पार्न चुक्दैन, न त सकारात्मक कुराहरूसँग शैतानको कुनै सम्‍बन्ध छैन र सारा दुष्ट कुराहरूको स्रोत शैतान नै हो भन्‍ने तथ्य प्रमाणित गर्न नै चुक्छ। त्यसका हरेक कार्यहरूले त्यसको दुष्टतालाई रक्षा गर्छ, त्यसका दुष्ट कार्यहरूको निरन्तरता कायम राख्छ, न्यायसंगत र सकारात्मक कुराहरूको विरुद्धमा जान्छ, र मानवजातिको सामान्य अस्तित्वका कानूनहरू र व्यवस्थालाई नष्ट गर्छ। शैतानका यी कार्यहरू परमेश्‍वरको विरुद्ध छन्, र तिनीहरूलाई परमेश्‍वरको क्रोधले नष्ट गर्नेछ। शैतानको आफ्‍नै रिस भए तापनि, यसको रिस भनेको यसको दुष्ट प्रकृतिलाई पोखाउने माध्यम मात्रै हो। शैतान किन भड्किन्छ र क्रोधित हुन्छ त्यसको कारण यही हो: त्यसका अकथनीय युक्तिहरूलाई खुलासा गरिएको छ; त्यसका षडयन्त्रहरूलाई सहजै जान दिइएको छैन; परमेश्‍वरको प्रतिस्थापन गर्ने र परमेश्‍वरको रूपमा काम गर्ने यसको उग्र महत्वाकांक्षा र इच्‍छालाई प्रहार र अवरुद्ध गरिएको छ; अनि सारा मानवजातिलाई नियन्त्रण गर्ने यसको लक्ष्य अहिले व्यर्थ र कहिल्यै हासिल गर्न नसकिने भएको छ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

फूटनोटहरू:

१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।

२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।

३. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्‍ने सङ्केत गर्दछ।

४. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भनी सङ्केत गर्दछ।

५. “चोट लागेको र कुटपिट गरिएको” भनेको शैतानको राजाको कुरूप अनुहार हो।

६. “एउटै दाउमा सबै जित्‍ने” भनेको अन्तमा जित्ने आशामा आफ्नो सबै पैसा एकल सर्तमा राख्नु हो। यो शैतानको भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।

७. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्दछ।

८. “अपराधमा लागिपर्ने साथीहरूको समूह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।

क. चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू चीन देशको कन्फ्युसियस धर्मको आधिकारिक पुस्तकहरू हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

धार्मिक पाष्टर र एल्डरहरूलाई वास्तवमै परमेश्‍वरले त्यस ठाउँमा राख्‍नुहुन्छ कि राख्‍नुहुन्न, र पाष्टर र एल्डरहरूको आज्ञापालन गर्नु परमेश्‍वरको आज्ञापालन गर्नु र उहाँलाई पछ्याउनु हो कि होइन

परमेश्‍वरका प्रासंगिक वचनहरू:कुनै व्यक्तिलाई उहाँको सेवा गर्न छनौट गर्दा, परमेश्‍वरसँग सधैँ आफ्ना सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना...

धार्मिक संसारका फरिसीहरू र ख्रीष्टविरोधीहरूको छल र नियन्त्रणको अधीनमा कोही रहनुका परिणामहरू, र तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउन सक्छन् कि सक्दैनन्

परमेश्‍वरका प्रासंगिक वचनहरू: मुक्ति पाउनका लागि व्यक्तिले कुन-कुन सर्तहरू पूरा गर्नुपर्छ? सबैभन्दा पहिले, तिनीहरूमा शैतानी...

प्रभु येशूले किन फरिसीहरूलाई श्राप दिनुभयो र फरिसीहरूको सार के थियो

सन्दर्भका लागि बाइबल पदहरू: “त्यसपछि यरूशलेमका शास्‍त्री र फरिसीहरू येशूकहाँ आए, र यसो भने, किन तपाईंका चेलाहरूले पुर्खाको परम्‍परा...

धार्मिक पाष्टर र एल्डरहरू सबैले फरिसीहरूको बाटो हिँडिरहेका छन् भनेर किन भनिन्छ, र तिनीहरूको सार के हो

परमेश्‍वरका प्रासंगिक वचनहरू:मानिस भ्रष्ट पारिएको छ र शैतानको फन्दामा जिउँछ। सबै मानिसहरू शरीरमा जिउँछन्, स्वार्थी इच्‍छाहरूमा जिउँछन्, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्