धार्मिक पाष्टर र एल्डरहरूलाई वास्तवमै परमेश्‍वरले त्यस ठाउँमा राख्‍नुहुन्छ कि राख्‍नुहुन्न, र पाष्टर र एल्डरहरूको आज्ञापालन गर्नु परमेश्‍वरको आज्ञापालन गर्नु र उहाँलाई पछ्याउनु हो कि होइन

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

कुनै व्यक्तिलाई उहाँको सेवा गर्न छनौट गर्दा, परमेश्‍वरसँग सधैँ आफ्ना सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना गरेझैं, परमेश्‍वरको सेवा गर्नु भनेको कुनै पनि हालतमा केवल उत्साहको कुरा होइन। आज, तिमीहरू देख्छौ कि परमेश्‍वरको अघि सेवा गर्नेहरू सबैले त्यसो गर्दछन् किनभने उनीहरूसँग परमेश्‍वरको मार्गदर्शन र पवित्र आत्माको काम छ, र किनभने तिनीहरू सत्यको पछि लाग्ने मानिसहरू हुन्। यी परमेश्‍वरको सेवा गर्नेहरू सबैका निम्ति न्यूनतम सर्तहरू हुन्।

परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा बाहिर फालिने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई नियन्त्रण गर्न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा दखल दिन्छ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका लागि आफ्‍ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्‍म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्‍त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्‍नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्‍नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्‍ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्‍ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्‍त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

मञ्‍चमा खडा हुने ती महत्त्वपूर्ण व्यक्तिहरू सबैले ईश्‍वरशास्‍त्रको अध्ययन गरेका हुन्छन्, सेमिनारीमा तालिम पाएका हुन्छन्, ईश्‍वरशास्‍त्रीय ज्ञान र सिद्धान्त पाएका हुन्छन्—आधारभूत रूपमा इसाइत्वको मुख्य आधार तिनीहरू नै हुन्। इसाई जगतले त्यस्ता मानिसहरूलाई मञ्‍चमा प्रचार गर्न, प्रचार र काम गर्दै यता-उता जानको लागि तालिम दिन्छ। इसाई जगतको महत्त्व ईश्‍वरशास्‍त्रका यस्ता विद्यार्थीहरू, प्रवचन प्रचार गर्ने यस्ता पाष्टरहरू र ईश्‍वरशास्‍त्रीहरूमा नै हुन्छ भन्‍ने तिनीहरूलाई लाग्छ; तिनीहरू तिनीहरूका पूँजी हुन्। यदि मण्डलीको पाष्टर सेमिनारीबाट दीक्षान्त पाएको हो, धर्मग्रन्थको व्याख्या गर्न सिपालु छ, उसले केही आत्मिक पुस्तक-पुस्तिका पढेको छ, र उसमा वचनहरूसम्‍बन्धी थोरै ज्ञान र मार्ग छ भने, मण्डलीले उन्‍नति गर्छ, र त्यसको प्रतिष्ठा अरू मण्डलीहरूको भन्दा निकै राम्रो हुन्छ। इसाई जगतका यी मानिसहरूले के कुराको वकालत गर्छन् त? ज्ञान। अनि यो ज्ञान कहाँबाट आउँछ? यो प्राचीन समयदेखि हस्तान्तरण गरिँदै आएको हो। प्राचीन समयमा धर्मग्रन्थ थियो, जसलाई हरेक पुस्ताले पढ्दै र सिक्दै, एकपछि अर्को पुस्ता गर्दै आजको दिनसम्‍मै हस्तान्तरण गरियो। मानिसले बाइबललाई विभिन्‍न खण्डमा विभाजित गर्‍यो र मानिसहरूले त्यसलाई पढ्न र सिक्‍न सकून् भनेर विभिन्‍न संस्करणहरू सृजना गर्‍यो। तर तिनीहरूले सिक्ने भनेको सत्यता र परमेश्‍वरलाई कसरी बुझ्‍ने, वा कसरी परमेश्‍वरको इच्‍छालाई बुझ्‍ने र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने क्षमता प्राप्त गर्ने भन्‍ने बारेमा होइन; बरु, तिनीहरू त तीभित्र रहेका ज्ञानहरू बुझ्‍न लागिपर्छन्। बढीमा, तिनीहरूले बाइबलभित्र रहेका रहस्यहरूलाई हेर्छन्, प्रकाशको पुस्तकका कुन-कुन अगमवाणीहरू कहिले-कहिले पूरा भए, ठूला-ठूला विपत्तिहरू कहिले-कहिले आउनेछन्, सहस्राब्दीको युग कहिले आउनेछ भन्ने कुराहरूलाई हेर्छन्—तिनीहरूले अध्ययन गर्ने कुराहरू यिनै हुन्। अनि, के तिनीहरूले जे अध्ययन गर्छन् त्यो सत्यतासँग जोडिएको हुन्छ त? हुँदैन। किन तिनीहरूले सत्यतासँग कुनै सम्‍बन्ध नै नभएका कुराहरूको अध्ययन गर्छन् त? तिनीहरूले जति तिनको अध्ययन गर्छन्, त्यति नै तिनीहरूलाई बुझे झैँ लाग्छ, र त्यति नै तिनीहरूले आफूलाई अक्षरहरू र धर्मसिद्धान्तहरूले सुसज्‍जित गर्छन्। तिनीहरूको पूँजी पनि बढ्छ। तिनीहरूको योग्यता जति उच्‍च हुन्छ, तिनीहरूलाई आफू त्यति नै धेरै योग्य छु जस्तो लाग्छ, तिनीहरूलाई आफूले परमेश्‍वरमाथिको विश्‍वासमा त्यति नै धेरै उपलब्धि पाएजस्तो, र आफूले मुक्ति पाउने र स्वर्गीय राज्यमा प्रवेश गर्ने त्यति नै धेरै सम्‍भावना भएजस्तो लाग्छ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (३)”

ईश्‍वरशास्‍त्र, धर्मग्रन्थ, र परमेश्‍वरको कार्यको इतिहाससमेतको अध्ययन गर्ने इसाई जगतका ती सबै मानिसहरू—के तिनीहरू साँचो विश्‍वासी हुन् त? के तिनीहरू परमेश्‍वरले भन्‍नुभएका विश्‍वासीहरू र परमेश्‍वरलाई पछ्याउनेहरूभन्दा फरक छन् त? परमेश्‍वरको नजरमा, के तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् त? (गर्दैनन्।) तिनीहरूले ईश्‍वरशास्‍त्रको अध्ययन गर्छन्, तिनीहरूले परमेश्‍वरको अध्ययन गर्छन्। परमेश्‍वरको अध्ययन गर्ने र अरू कुराको अध्ययन गर्नेहरूको बीचमा कुनै भिन्‍नता छ त? कुनै भिन्‍नता छैन। तिनीहरू इतिहास अध्ययन गर्ने, दर्शनशास्‍त्र अध्ययन गर्ने, कानुन अध्ययन गर्ने, जीवविज्ञान अध्ययन गर्ने, खगोलविज्ञान अध्ययन गर्ने मानिसहरू जस्तै हुन्—यति मात्रै हो कि, तिनीहरूलाई विज्ञान, वा जीवविज्ञान, वा अरू कुनै पनि विषय मन पर्दैन; तिनीहरूलाई ईश्‍वरशास्‍त्र मात्रै मन पर्छ। यी मानिसहरूले परमेश्‍वरको काममा सङ्केत र इसाराहरूको खोजी गर्दै परमेश्‍वरको अध्ययन गर्छन्—अनि तिनीहरूको अनुसन्धानबाट के आउँछ त? के तिनीहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरालाई निर्धारित गर्न सक्छन् त? तिनीहरूले कहिल्यै पनि त्यसो गर्न सक्दैनन्। के तिनीहरूले परमेश्‍वरको इच्‍छालाई निर्धारित गर्न सक्छन् त? (सक्दैनन्।) किन? किनभने तिनीहरू शब्‍द र वाक्यांशहरूमा जिउँछन्, तिनीहरू ज्ञानमा जिउँछन्, तिनीहरू जीवन-दर्शनमा जिउँछन्, तिनीहरू मानवका मष्तिष्क र विचारहरूमा जिउँछन्। तिनीहरूले परमेश्‍वरलाई कहिल्यै पनि देख्‍न सक्‍नेछैनन्, तिनीहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि कहिल्यै पनि प्राप्त गर्नेछैनन्। परमेश्‍वरले तिनीहरूलाई के भनेर परिभाषित गर्नुहुन्छ त? गैर-विश्‍वासीहरू, अविश्‍वासीहरूको रूपमा। यी गैर-विश्‍वासी र अविश्‍वासीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूजस्तो टोपलिँदै, इसाईहरूजस्तो टोपलिँदै तथाकथित इसाई समुदायमा उठबस गर्छन्—तर के वास्तवमा तिनीहरूले साँचो रूपमा परमेश्‍वरको आराधना गर्छन् त? के तिनीहरूले साँचो रूपमा उहाँको आज्ञापालन गर्छन् त? गर्दैनन्। किन? एउटा कुरा निश्‍चित छ: किनभने तिनीहरूको हृदयमा, तिनीहरूले परमेश्‍वरले नै संसार सृष्टि गर्नुभएको हो, उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ, उहाँ देह बन्‍न सक्‍नुहुन्छ भनेर विश्‍वास गर्दैनन्, तिनीहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास गर्ने कुरा त परै जाओस्। यो अविश्‍वासले के कुराको सङ्केत गर्छ त? परमेश्‍वरले बोल्‍नुभएका अगमवाणीहरूको—विशेष रूपमा विपत्तिहरूसम्‍बन्धी अगमवाणीहरूको—शङ्का, इन्कार, र ती सत्य नहोऊन् र पूरा नहोऊन भनी आशा गर्ने मनोवृत्तिलाई सङ्केत गर्छ। परमेश्‍वरमाथिको विश्‍वासलाई तिनीहरूले यही मनोवृत्तिका साथ व्यवहार गर्छन्, र तिनीहरूको तथाकथित विश्‍वासको सार र खास अनुहार पनि यही हो। तिनीहरूसँग विद्वता र ईश्‍वरशास्‍त्रको ज्ञानको बारेमा विशेष रुचि भएको हुनाले, र परमेश्‍वरको कार्यको ऐतिहासिक तथ्यहरूमा रुचि भएको हुनाले, तिनीहरूले परमेश्‍वरको अध्ययन गर्छन्। तिनीहरू ईश्‍वरशास्‍त्र अध्ययन गर्ने बुद्धिजीवीको एउटा झुण्डभन्दा केही पनि होइनन्। यी “बुद्धिजीवीहरूले” परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, त्यसकारण जब परमेश्‍वर आउनुहुन्छ र उहाँका वचनहरू पूरा हुन्छन्, तब तिनीहरूले के गर्छन् त? परमेश्‍वर देह बन्‍नुभएको छ र उहाँले नयाँ काम गर्दैहुनुहुन्छ भनेर सुन्दा तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ त? “असम्‍भव!” तिनीहरूले परमेश्‍वरको नयाँ कामको बारेमा प्रचार गर्ने जोसुकैलाई दोषी ठहर्‍याउँछन्, र तिनीहरूलाई मार्न समेत चाहन्छन्। यो के कुराको प्रकटीकरण हो त? के यो तिनीहरू कट्टर ख्रीष्टविरोधीहरू हुन् भन्‍ने कुराको प्रकटीकरण होइन र? तिनीहरू परमेश्‍वरको कार्य र उहाँका वचनहरूको परिपूर्णताप्रति शत्रुवत् छन्, उहाँको देहधारी शरीरप्रति तिनीहरू कस्तो हुन्छन् भन्नेबारेमा त कुरै नगरौं: “यदि तपाईं देहधारी नहुनुभएको भए र तपाईंका वचनहरू पूरा भएका छैनन् भने, तपाईं परमेश्‍वर हुनुहुन्छ। यदि तपाईंका वचनहरू पूरा भएका छन् र तपाईं देहधारी हुनुभएको हो भने, तपाईं परमेश्‍वर हुनुहुन्‍न।” यसको मुख्य अर्थ के हो त? यसको अर्थ के हो भने तिनीहरू जबसम्‍म अस्तित्वमा रहन्छन् तबसम्‍म तिनीहरूले परमेश्‍वरको देहधारणलाई अनुमति दिँदैनन्। के यो वास्तविक ख्रीष्टविरोधी होइन र? यो सच्‍चा ख्रीष्टविरोधी हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (३)”

हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन र उनीहरूलाई छल्नको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाममात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, “हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको माध्यम एउटा मानव हो; के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र? …

यसभन्दा पहिले, परमेश्‍वरका विश्‍वासीहरूले व्यक्तिलाई पछ्याएका हुन सक्छन्, वा तिनीहरूले परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट नतुल्याएका हुन सक्छन्; यस अन्तिम चरणमा, तिनीहरू परमेश्‍वरको सामुन्ने आउनुपर्ने हुन्छ। यदि तेरो जग यस चरणको कामको तेरो अनुभव हो, तैपनि तैँले व्यक्तिलाई पछ्याउने कार्यलाई जारी राख्छस् भने, तँलाई क्षमा हुँदैन, र तँ पावलजस्तै बन्‍न पुग्‍नेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु हो”

परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरको आज्ञापालन र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले ती मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्‍वरको निम्ती असहनीय हुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्‍वरका निम्ति आफू स्‍वयम्‌लाई समर्पण गर्ने बारेमा बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्‍न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरामा प्रश्‍न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन् भन्‍ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यदि परमेश्‍वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम बन्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्‍याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काउने विश्‍वासघातीहरू मात्र हुन्।

तैंले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैंले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैंले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैंले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैंले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिसर्न सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै सम्मानको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।

कुनै पनि अवस्थामा पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै सत्यका लागि गैर-विश्‍वासी र विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैंले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैंले सत्यको मार्गलाई चुनेको हुनाले, तैंले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैंले यो बुझ्नुपर्छ कि परमेश्‍वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्‍वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई पागलझैं दमन गर्नु र सताउनुपछाडिको वास्तविक कारण

परमेश्‍वरका प्रासंगिक वचनहरू:ठूलो रातो अजिङ्गरका प्रकटीकरणहरू मप्रतिको विरोध हुन्, मेरा वचनहरूको अर्थको ज्ञान र समझको कमी हुन्, मलाई गरिएको...

धार्मिक संसारका फरिसीहरू र ख्रीष्टविरोधीहरूको छल र नियन्त्रणको अधीनमा कोही रहनुका परिणामहरू, र तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउन सक्छन् कि सक्दैनन्

परमेश्‍वरका प्रासंगिक वचनहरू: मुक्ति पाउनका लागि व्यक्तिले कुन-कुन सर्तहरू पूरा गर्नुपर्छ? सबैभन्दा पहिले, तिनीहरूमा शैतानी...

प्रभु येशूले किन फरिसीहरूलाई श्राप दिनुभयो र फरिसीहरूको सार के थियो

सन्दर्भका लागि बाइबल पदहरू: “त्यसपछि यरूशलेमका शास्‍त्री र फरिसीहरू येशूकहाँ आए, र यसो भने, किन तपाईंका चेलाहरूले पुर्खाको परम्‍परा...

धार्मिक पाष्टर र एल्डरहरू सबैले फरिसीहरूको बाटो हिँडिरहेका छन् भनेर किन भनिन्छ, र तिनीहरूको सार के हो

परमेश्‍वरका प्रासंगिक वचनहरू:मानिस भ्रष्ट पारिएको छ र शैतानको फन्दामा जिउँछ। सबै मानिसहरू शरीरमा जिउँछन्, स्वार्थी इच्‍छाहरूमा जिउँछन्, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्