धार्मिक संसारका फरिसीहरू र ख्रीष्टविरोधीहरूको छल र नियन्त्रणको अधीनमा कोही रहनुका परिणामहरू, र तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउन सक्छन् कि सक्दैनन्

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मुक्ति पाउनका लागि व्यक्तिले कुन-कुन सर्तहरू पूरा गर्नुपर्छ? सबैभन्दा पहिले, तिनीहरूमा शैतानी ख्रीष्टविरोधीहरूलाई चिन्ने क्षमता हुनुपर्छ; तिनीहरूसँग सत्यताको यो पक्ष हुनैपर्छ। सत्यताको यो पक्षलाई प्राप्त गरेर मात्र तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्न सक्छन् र मानिसलाई पुज्ने वा पछ्याउने कार्यबाट अलग रहन सक्छन्; जुन मानिसहरूले ख्रीष्टविरोधीहरू चिन्न सक्छन् तिनीहरूसँग मात्र वास्तवमा परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने र उहाँको गवाही दिने क्षमता हुन्छ। ख्रीष्ट विरोधीहरूलाई चिन्नका निम्ति, मानिसहरूले सबैभन्दा पहिले अरू मानिसहरू र थोकहरूलाई पूर्ण स्पष्टता र बुझाइको साथ हेर्न सिक्नुपर्छ; तिनीहरूले ख्रीष्ट विरोधीहरूको सारलाई बुझ्न सक्नुपर्छ, र तिनीहरूले तिनीहरूका सबै षड्यन्त्रहरू, युक्तिहरू, भित्री अभिप्रायहरू, र उद्देश्यहरूलाई स्पष्ट रूपमा देख्न सक्नुपर्छ। यदि तँ त्यसो गर्न सक्छस् भने तँ दह्रिलो गरी खडा हुन सक्छस्। यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले सफलता पाउनुपर्ने पहिलो जाँच भनेको शैतानलाई कसरी पराजित गर्ने र शत्रुका शक्तिहरू र बाहिरी संसारबाट आउने हस्तक्षेपहरूलाई कसरी जित्ने र विजय हासिल गर्ने भन्ने कुरा सिक्‍नु हो। शैतानका शक्तिहरू विरुद्धको लडाइँमा अन्त्यसम्म दृढ रहनका लागि तैँले कद र पर्याप्त सत्यता प्राप्त गरेपछि, र तिनीहरूलाई पराजित गरेपछि मात्र तँ अटल भई सत्यताको पछि लाग्न सक्छस्, र तब मात्र तँ स्थिरतासाथ र दुर्घटनामा नपरी सत्यताको पछि लाग्ने मार्गमा कदम राख्न सक्छस् र तँलाई मुक्ति प्रदान गरिन्छ। यदि तँ यो जाँचमा सफल भइनस् भने तँ ठूलो खतरामा छस्, र तँलाई ख्रीष्टविरोधीले समात्ने र तँ शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। यो सम्भव छ, कि अहिले तिमीहरूको बीचमा केही यस्ता मानिसहरू छन् जसले सत्यताको पछि लागिरहेका मानिसहरूलाई बाधा दिन्छन् र ठेस लगाउँछन्, अनि तिनीहरू मानिसहरूका शत्रुहरू हुन्। के तँ यो कुरा स्वीकार गर्छस्? कोही यस्ता पनि छन् जसले यस तथ्यको सामना गर्ने हिम्मत गर्दैनन्, न त तिनीहरू यसलाई तथ्यको रूपमा स्वीकार गर्ने हिम्मत गर्छन्। वास्तवमा, मण्डलीमा यस्तै कुराहरू साँच्चै छन्; यति मात्र हो, मानिसहरूले तिनलाई चिन्न सक्दैनन्। यदि तँ यो जाँचमा, अर्थात् ख्रीष्टविरोधीहरू सम्‍बन्धी जाँचमा सफल भइनस् भने—तँ कि त ख्रीष्ट विरोधीको छलमा पर्छस् र त्यसको नियन्त्रणमा पर्छस्, कि त तिनीहरूले तँलाई दुःख, यातना, धक्का दिन्छन्, तँलाई थिचोमिचो र दुर्व्यवहार गर्छन्। आखिरमा, तेरो तुच्छ सानो जीवन लामो समयसम्म टिक्दैन, र सुकेर जान्छ; तँमा उप्रान्त परमेश्‍वरमाथिको विश्‍वास हुँदैन, र तैँले यसो भन्दै उहाँलाई छोड्नेछस्, “परमेश्‍वर धर्मी समेत हुनुहुन्न; परमेश्‍वर कहाँ हुनुहुन्छ? यो संसारमा कुनै धार्मिकता वा ज्योति छैन, र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ भन्ने कुनै कुरा छैन। हामीले पनि आफ्ना दिनहरू काम गर्नु र पैसा कमाउनुमा नै बिताउनु राम्रो हुन्छ!” तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र उहाँ हुनुहुन्छ भनेर विश्‍वास गर्न छोड्छस्; तैँले मुक्ति पाउने कुनै पनि आशा पूर्ण रूपमा समाप्त हुन्छ। यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई पर्दाफास गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसो भए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरिका छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभाव भित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतानलाई देख्न वा छुन सक्दैनस्, तर व्यावहारिक जीवनमा अस्तित्वमा रहने शैतान सबैतिर छ। सत्यतालाई घृणा गर्ने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा सेवक ख्रीष्ट विरोधी र दुष्ट व्यक्ति हो। के त्यस्ता व्यक्तिहरू जिउँदा शैतानहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू यिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आशा गरेको, सराहना गरेको, विश्‍वास गरेको वा भर परेको मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू ख्रीष्ट विरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई चिन्न र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको पासोहरूमा पर्न वा समातिन सक्छस् अनि तिनीहरूद्वारा लगिन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। के यो खतराबाट उम्कन सक्‍ने धेरै छन्? के तिमीहरू यसबाट उम्केका छौ?

आफैलाई सत्यताको पछि लाग्नेहरू भन्‍ने र तिनीहरू ख्रीष्ट विरोधीहरूसँग डराउँदैनन् भन्‍ने मानिसहरू पनि कतिपय छन्—के यो धाक मात्र होइन र? जब तैँले तीखा दाँतहरू देखाइरहेको र आफ्ना नङ्ग्राहरू हल्लाइरहेका, मानवजातिको खराबी र दुष्ट कार्यहरू गरिरहेको ख्रीष्टविरोधीको सामना गर्छस् तैँले निश्चित रूपमा तिनीहरूलाई चिन्छस्। तैपनि यदि पूर्ण रूपमा भक्त देखिने र मानिसहरूका धारणाहरूमा सहमत हुने, उत्कृष्ट मानवता भएको, बोलीवचन र व्यवहारमा धेरै कुशल, कोमल र विचारशील ख्रीष्टविरोधी छ भने, तैँले तिनीहरूलाई स्पष्ट रूपमा देख्न सक्दैनस्—तर तिनीहरूको व्यवहार, विचारहरू, र दृष्टिकोणहरू, साथै काम गर्ने तिनीहरूका तरिकाहरू र सत्यतालाई बुझ्ने तिनीहरूका तरिकाहरू, सबैले तँलाई प्रभाव पार्न सक्छन्। तिनीहरूको प्रभावको सीमा कतिसम्म हुन्छ? तिनीहरूले कार्य गर्ने तेरो तरिका, तँ हिँड्ने मार्ग, र परमेश्‍वरप्रतिको तेरो दृष्टिकोणलाई प्रभाव पार्न सक्छन्; आखिरमा, तिनीहरू तेरा मूर्तिहरू बन्नेछन् र तिनीहरूले तेरो हृदयमा ठाउँ ओगट्नेछन्, र तैँले आफैलाई तिनीहरूबाट छुटाउन सक्दैनस्। जब तँ त्यस हदसम्म प्रभावित हुन्छस्, मुक्ति पाउने तेरो आशा धेरै कम हुन सक्छ। परमेश्‍वर र सत्यताद्वारा तँमा त्यस हदसम्म काम गरिएको थियो भने, त्यो स्वागतयोग्य र राम्रो कुरा हुनेथियो, तर शैतान वा शैतानद्वारा भ्रष्ट पारिएको मानिसद्वारा त्यस हदसम्म नियन्त्रित हुनु भनेको, तेरो निम्ति विपत्ति हुनेथियो कि आशिष् हुनेथियो? त्यो तेरो निम्ति विपत्ति हुनेथियो, र कुनै पनि प्रकारले आशिष् हुनेथिएन। तिनीहरूले तँलाई अस्थायी मार्ग दिए पनि वा अस्थायी रूपमा तेरो निम्ति प्रबन्ध, सहायता, सुधार, आदि गरे पनि, र यो तेरो लागि ठूलो फाइदा जस्तो देखिए पनि, तिनीहरूले तेरो हृदयमा निश्चित ठाउँ ओगट्ने बित्तिकै, र तेरा विचारहरू र दृष्टिकोणहरूलाई नियन्त्रण र योजनाबद्ध गरेर, तेरो अगाडिको दिशा समेत योजनाबद्ध गर्न सक्‍ने हदसम्‍म जान्छन् भने, तँ समस्यामा छस्—तँ त्यसपछि शैतानको नियन्त्रणमा हुनेछस्। ख्रीष्टविरोधीको बारेमा यसो भन्‍ने मानिसहरू पनि छन्, “ऊ शैतान होइन! ऊ आत्मिक व्यक्ति हो, जसले सत्यतालाई पछ्याउँछ!” के त्यो मान्य भनाइ हो? साँचो रूपमा सत्यताको पछि लाग्ने कुनै पनि व्यक्तिले तँलाई दिने मार्गनिर्देशन, सहायता, र प्रबन्धले—तिनीहरूले तँमाथि पार्ने प्रभाव वा तँलाई गराउने फाइदाले—तँलाई परमेश्‍वरको सामु ल्याउँछ, यसरी तैँले उहाँको वचन र सत्यको खोजी गर्न सक्छस्, अनि तँ परमेश्‍वरको सामु आउँछस् र उहाँमाथि भर पर्न र उहाँलाई खोज्न सिक्छस्, र उहाँसितको तेरो सम्बन्ध झन्-झन् घनिष्ठ हुँदैजान्छ। यसको विपरीत, यदि त्यो व्यक्तिसँगको तेरो सम्बन्ध झन्-झन् घनिष्ठ हुँदैजान्छ भने, के भइरहेको हुन्छ? तँ हिँडिरहेको मार्ग अब उल्टो हुन्छ, र तँ गलत बाटोमा अगाडि बढिरहेको हुन्छस्। त्यसले कस्तो परिणामहरूमा पुऱ्याउँछ? मानिसको अगाडि ल्याइएको हुनाले, तँ परमेश्‍वरबाट निकै टाढा हुनेछस्, र, परमेश्‍वरले तैँले पुजेको मूर्तिलाई कुनै फाइदा नहुने काम गर्नुहुने बित्तिकै, तैँले सीधै विद्रोह गर्नेछस्। यो एउटा सामान्य घटना हो। जब केही अगुवाहरूको स्थानमा अरूलाई राखिन्छ, वा कतिपय अवस्थाहरूमा तिनीहरूलाई निकालिन्छ, तब तिनीहरूका अनुयायीहरू पनि तिनीहरूसँगै जान्छन् र विश्‍वास गर्न छोड्छन्। के यो एउटा सामान्य घटना होइन र? तिनीहरूले कसरी विश्‍वास गर्न छाडेका हुन्छन्? तिनीहरू भन्छन्, “यदि मेरो अगुवाले मुक्ति पाउन सक्दैन भने मेरो झन् के आशा छ र?” यो भ्रमित कुरा होइन? तिनीहरूले त्यस्तो कुरा कसरी भन्न सक्छन्? तिनीहरूका अगुवाले तिनीहरूलाई धोका दिएका छन्। धोका खानुको परिणाम के हुन्छ? कुरा यो हो कि, तिनीहरू पहिले नै तिनीहरूको अगुवाको नियन्त्रणमा हुन्छन्। तिनीहरूले तिनीहरूका अगुवाहरूको हरेक शब्द र कार्य, हरेक काम र गतिविधि, र तिनीहरूको अगुवामा भएको कुनै पनि विचारहरूलाई अन्धाधुन्ध स्वीकार गर्छन्, र तिनलाई आधारभूत मापदण्ड र उदाहरणहरूको रूपमा प्रयोग गर्दछन्, अनि तिनलाई सर्वोच्च सत्यताको रूपमा लिन्छन्। यसकारण कसैले तिनीहरूका अगुवाका कुराहरू, कार्यहरू, वा विचारहरू गलत छन् भन्यो भने, वा तिनीहरूको बारेमा नकारात्मक कुरा भन्यो, वा निन्दा गऱ्यो र तिनीहरूको बारेमा निष्कर्ष निकाल्यो भने तिनीहरूले त्यो कुरा सहन गर्न सक्दैनन्। त्यस अगुवालाई निकाल्‍ने वा खारिज गर्ने बित्तिकै तिनीहरूले नियन्त्रणमा राखेका व्यक्तिहरू पनि तिनीहरूसँगै निस्केर जान्छन्, तिनीहरू आफ्नो दृढ विश्‍वासमा अटल हुन्छन्, र तिनीहरूलाई जति नै सम्झाए पनि फर्काएर ल्याउन सकिँदैन। के तिनीहरू आफ्ना अगुवाको नियन्त्रणमा हुँदैनन् र? तिनीहरूको नियन्त्रणमा रहेर मात्र तँ तिनीहरूको पक्षमा न्यायको लागि लड्छस्, वा तिनीहरूका चिन्ताहरू, तिनीहरूका विचारहरू, तिनीहरूका आँसुहरू, र तिनीहरूका गुनासोहरूमा सहभागी हुन्छस्, यतिसम्म कि तैँले परमेश्‍वरलाई स्वीकार गर्न समेत छोड्छस्। तिनीहरूको लक्ष्य भनेको तेरो प्रभु, तेरो परमेश्‍वर, तैँले भरोसा गर्ने कुरा बन्‍नु भन्‍ने हुन्छ, ताकि तैँले आफ्नो हृदयको गहिराइमा आज्ञाकारी बन्दै तिनीहरूलाई पछ्याउन सक्, र तैँले परमेश्‍वरलाई तिरस्कार गर्ने आचरण अपनाउन सक्। तैँले ख्रीष्ट विरोधीलाई परमेश्‍वर जस्तै मान्नेछस्, र तैँले तिनीहरूलाई तेरा प्रभु र परमेश्‍वर बनाएको हुनेछस्। तेरो निम्ति परमेश्‍वर केही पनि हुनुहुनेछैन—परिणाम त्यही नै हो। तैँले ख्रीष्ट विरोधीको धोकामा पर्ने चिन्ता गर्दैनस् र तँ त्यस्तो कुनै व्यक्तिको पछि लाग्न डराउँदैनस् भन्नुको कुनै अर्थ हुँदैन, किनकि यदि तँ हिँड्ने बाटो नै गलत छ भने, अन्त्यमा अपरिहार्य परिणाम यही नै हुन्छ। तँ यसबाट उम्कन सक्दैनस् र तैँले यो तथ्यलाई परिवर्तन गर्न सक्दैनस्। तैँले चुनेको यो मार्गमा हिँड्दै जाँदा यो परिणाम अलिअलि गर्दै सतहमा निस्कन्छ र आफैलाई प्रस्तुत गर्दछ; यो अपरिहार्य छ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्”

तिमीहरूले ख्रीष्टविरोधीहरूलाई चिन्‍नुपर्छ। यदि तैँले यसलाई कहिल्यै पनि गम्‍भीरताको साथ लिएको छैनस् भने, तिनीहरूले तँलाई कस्तो प्रकारको अवस्थामा बहकाएर लैजानेछन्, सो जान्‍ने कुनै उपाय तँसँग हुनेछैन, र, अन्योलताको तुवाँलोमा, तँलाई यस्तो भइरहेको छ भन्‍ने थाहै नपाई, तैँले ख्रीष्टविरोधीहरूलाई पछ्याइरहेको समेत हुन सक्छस्। जब तैँले तिनीहरूलाई पछ्याउन सुरु गरेको हुन्छस्, तब तैँले कुनै कुरा गलत छ भनेर पत्ता लगाएको हुँदैनस्, र ख्रीष्टविरोधीहरूले जे भनिरहेका छन् त्यो वास्तवमा सही हो भन्‍नेसमेत तँलाई लाग्‍न सक्छ। अनजान रूपमा, तँलाई गलत बाटोमा बहकाइएको हुन्छ। तँलाई धोका दिइएपछि, परमेश्‍वरले त्यसउप्रान्त तँलाई चाहनुहुन्‍न। कतिपय मानिसहरूले सामान्यतया ठीकै देखिन्छन्, र तिनीहरू अस्थायी रूपमा ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका हुन्छन्, त्यसकारण तिनीहरूलाई चेतावनी दिएर र तिनीहरूसँग सङ्गति गरेर तिनीहरूलाई मण्डलीले आखिरमा फर्काएर ल्याउन सक्छ। तैपनि, कतिपय मानिसहरूले जस्तोसुकै प्रकारको सङ्गति प्राप्त गरे पनि, तिनीहरू कहिल्यै पनि फर्केर आउँदैनन्; बरु, ख्रीष्टविरोधीहरूलाई पछ्याउने कार्यमा तिनीहरू दृढ रूपमा लागिपरेका हुन्छन्। के यो बरबाद हुनु होइन र? किन तिनीहरू फर्केर आउँदैनन्? किनभने परमेश्‍वरले यसो हुन दिनुहुन्‍न। कतिपय मानिसहरूले अत्यन्तै राम्रो अभिप्रायको साथ भन्छन्, “अहो, तर ऊ निकै असल व्यक्ति हो। उसले परमेश्‍वरलाई धेरै वर्ष विश्‍वास गरेको छ र धेरै बलिदान र समर्पण गरेको छ। ऊ साँच्‍चै नै सोझो छ र आफ्‍नो कर्तव्यमा अत्यन्तै समर्पित छ, साथै परमेश्‍वरमाथिको उसको विश्‍वास उल्‍लेखनीय छ। ऊ साँचो विश्‍वासी हो।” मानिसहरूको असल अभिप्रायहरूका आधारमा हेर्दा, सतही रूपमा यो यस्तै देखिन्छ, तर तैँले त्यस व्यक्तिको अन्तस्करणलाई देख्‍न सक्दैनस्। ऊ वास्तवमा कस्तो प्रकारको व्यक्ति हो, उसको सार के हो त्यो तैँले देख्‍न सक्दैनस्। यसको साथै, तैँले उसलाई तेरो हृदयको असलपनको कारण बचाउने प्रयास गर्न सक्छस्, तर तैँले जसरी नै सङ्गति गरे पनि, ऊ फर्केर आउनेछैन, र यसको पछाडि के कारण छ सो तँलाई थाहा हुँदैन। वास्तवमा, कारण के हो भने परमेश्‍वरले उसलाई अबउप्रान्त चाहनुहुन्‍न। परमेश्‍वरले किन उसलाई अबउप्रान्त चाहनुहुन्‍न त? यसको एउटा निकै स्पष्ट र सहजै देख्‍न सकिने कारण छ। कतिपय ख्रीष्टविरोधीहरू स्पष्ट रूपमा नै दुष्ट आत्‍माहरू हुन्छन्, जबकि कतिपय ख्रीष्टविरोधीहरू आफैलाई दुष्ट आत्‍माहरूको रूपमा प्रस्तुत गर्ने सम्‍मको हदमा जाँदैनन्, त्यसकारण तिनीहरूलाई त्यसरी परिभाषित गर्न सकिँदैन। ती ख्रीष्टविरोधीहरू जो स्पष्‍ट रूपमा दुष्ट आत्‍माहरू हुन्, तिनीहरूको हकमा, कसैले तिनीहरूलाई पछ्याइसकेपछि, परमेश्‍वरको सार र स्वभावलाई ध्यानमा राखी भन्दा के परमेश्‍वरले त्यस्तो व्यक्तिलाई अझै पनि स्वीकार गर्नुहुन्छ त? परमेश्‍वर पवित्र हुनुहुन्छ, र उहाँ डाही परमेश्‍वर हुनुहुन्छ—दुष्ट आत्‍माहरूलाई पछ्याएकाहरूलाई उहाँले इन्कार गर्नुहुन्छ। यदि सतही रूपमा यो व्यक्ति तँलाई असल लागे पनि, परमेश्‍वरले त्यो पक्षलाई हेरिरहनुभएको हुँदैन। “डाही” भनेको के हो त? यहाँ “डाही” को अर्थ के हुन्छ त? यदि शब्‍दद्वारा मात्रै यो स्पष्ट हुँदैन भने, मेरो व्याख्याबाट तैँले यसलाई बुझ्‍न सक्छस् कि हेर्। व्यक्तिलाई परमेश्‍वरले छनौट गर्नुभएको समयदेखि सुरु गरेर तिनीहरूले परमेश्‍वर नै सत्यता हुनुहुन्छ, उहाँ नै धार्मिकता, बुद्धि, र सर्वशक्तिमान्‌ता हुनुहुन्छ, उहाँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भनेर निर्धारित गरुञ्‍जेलसम्‍म—तिनीहरूले यी सबैलाई बुझेपछि, तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा परमेश्‍वरको स्वभाव र सारको बारेमा, साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा आधारभूत बुझाइ प्राप्त गर्छन्। त्यसपछि, यही आधारभूत बुझाइ नै तिनीहरूको विश्‍वास बन्छ, र यो नै परमेश्‍वरलाई पछ्याउने, परमेश्‍वरको लागि आफैलाई अर्पण गर्ने, र आफ्‍नो कर्तव्य पूरा गर्न तिनीहरूलाई अघि धकेल्ने वस्तु बन्छ। यो तिनीहरूको कद हो, होइन त? (हो।) यी कुराहरूले तिनीहरूको जीवनमा पहिले नै जरा गाडिसकेका हुन्छन् र तिनीहरूले परमेश्‍वरलाई फेरि कहिल्यै पनि इन्कार गर्नेछैनन्। तर यदि तिनीहरूसँग ख्रीष्‍टको बारेमा वा व्यावहारिक परमेश्‍वरको बारेमा साँचो ज्ञान छैन भने, तिनीहरूले अझै पनि ख्रीष्टविरोधीहरूलाई आराधना गर्न र पछ्याउन सक्छन्। यस्तो व्यक्ति अझै पनि खतरामा हुन्छ। तिनीहरूले दुष्ट ख्रीष्‍टविरोधीलाई पछ्याउनको लागि देहमा रहनुभएका ख्रीष्‍टलाई पिठ्यूँ फर्काउन सक्छन्; यो भनेको ख्रीष्‍टलाई खुलेआम इन्कार गर्नु र परमेश्‍वरसँगको सम्‍बन्धलाई तोड्नु हुनेछ। यसको मुख्य कुरा यही हो: “म अब तपाईंलाई पछ्याउनेछैन, तर म शैतानलाई पछ्याइरहेको छु। म शैतानलाई प्रेम गर्छु र यसको सेवा गर्न चाहन्छु; म शैतानलाई पछ्याउन चाहन्छु, र यसले मलाई जसरी व्यवहार गरे पनि, यसले मलाई जसरी बरबाद गरे पनि, कुल्चीमिल्ची पारे पनि, र भ्रष्ट तुल्याए पनि, म अत्यन्तै इच्‍छुक छु। तपाईं जति नै धर्मी र जति नै पवित्र हुनुभए पनि, म अब तपाईंलाई पछ्याउन चाहन्‍न। तपाईं परमेश्‍वर हुनुभए पनि, म तपाईंलाई पछ्याउन चाहन्‍न।” अनि तिनीहरूले आफूसँग सम्‍बन्धित नै नभएको कसैलाई, परमेश्‍वरको शत्रु वा दुष्ट आत्मासमेत रहेको कसैलाई पछ्याउँदै तिनीहरू त्यसरी छोडेर जान्छन्।. के परमेश्‍वरले अझै पनि यस्तो व्यक्तिलाई चाहनुहुन्छ त? के परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नु उचित हुन्छ त? यो पूर्ण रूपमा उचित हुन्छ। सामान्य ज्ञानबाट नै, मानिसहरू सबैलाई के कुरा थाहा हुन्छ भने परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, तर योपछाडि वास्तवमा कस्तो अवस्था हुन्छ के तैँले बुझ्छस् र? के मैले यहाँ जे भनिरहेको छु त्यो सही होइन र? (हो।) हो भने, के परमेश्‍वरले त्यस्तो व्यक्तिलाई त्याग्‍ने कार्यलाई उहाँले क्रूरता गर्नुभयो भनेर गन्ती गरिन्छ त? परमेश्‍वरले सिद्धान्तअनुसार काम गर्नुहुन्छ—यदि तँलाई परमेश्‍वर को हुनुहुन्छ भन्‍ने थाहा छ तर तँ उहाँलाई पछ्याउन चाहँदैनस्, र तँलाई शैतान को हो भन्‍ने थाहा छ र तँ अझै पनि यसलाई पछ्याउन चाहन्छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन। म तँलाई सदासर्वदा शैतानलाई नै पछ्याउन दिनेछु र म तँलाई फर्केर आउन अनुरोध गर्नेछैन, तर म तँलाई त्याग्‍नेछु। यो परमेश्‍वरको कस्तो प्रकारको स्वभाव हो? के यो जिद्दीपन हो त? उहाँले भावनाको आधारमा व्यवहार गरिरहनुभएको छ कि गरिमापूर्ण बनिरहनुभएको छ? यो गरिमा होइन, न त जिद्दीपन नै हो, बरु यो त परमेश्‍वरको “डाहा” को भाग हो। अर्थात्, यदि सृष्टि गरिएको प्राणीको रूपमा, तँ खुशीसाथ भ्रष्ट बन्छस् भने, परमेश्‍वरले के भन्‍न सक्‍नुहुन्छ र? यदि तँ भ्रष्ट बन्‍न चाहन्छस् भने, त्यो त तेरो व्यक्तिगत निर्णय हो—अन्त्यमा तैँले नै परिणामहरू भोग्‍नेछस्, र त्यसको दोषी तँ आफै हुनेछस्। मानिसहरूसँग व्यवहार गर्ने परमेश्‍वरका सिद्धान्तहरू अपरिवर्तनीय छन्, त्यसकारण यदि तँ भ्रष्टतामा खुशी छस् भने, तेरो अपरिहार्य अन्त्य भनेको दण्ड पाउनु नै हो। तैँले पहिले परमेश्‍वरलाई पछ्याएको जति धेरै वर्ष भएको भए पनि, त्यसले केही फरक पार्दैन; यदि तँ भ्रष्ट हुन चाहन्छस् भने, परमेश्‍वरले तँलाई तेरो निर्णयमा सहायता गर्नुहुनेछैन, न त उहाँले तँलाई जबरजस्ती नै गर्नुहुनेछ। तँ आफै शैतानलाई पछ्याउन, शैतानको भ्रममा पर्न र शैतानद्वारा अशुद्ध पारिन चाहन्छस्, त्यसकारण अन्त्यमा तैँले आफै परिणामहरू भोग्‍नुपर्छ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (२)”

जति धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, उहाँले तिनीहरूको विश्‍वासलाई धर्म वा समूहको विश्‍वास भनी परिभाषित गर्नुभएपछि, उहाँले तिनीहरूलाई मुक्ति दिन सकिँदैन भनी पहिले नै निर्धारण गरिसक्नुभएको हुन्छ। म किन यसो भन्दैछु त? परमेश्‍वरको काम र मार्गनिर्देशनरहितका र उहाँलाई आराधना गर्दै नगर्ने मानिसहरूको गिरोह वा भीडमा, तिनीहरूले कसलाई आराधना गर्छन् त? तिनीहरूले कसलाई पछ्याउँछन् त? स्वरूप र नाममा, तिनीहरूले कुनै व्यक्तिलाई पछ्याउँछन् तर तिनीहरूले आधारभूत रूपमा कसलाई पछ्याउँछन् त? अन्तस्करणमा तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्छन्, तर वास्तविक रूपमा भने, तिनीहरू मानव चालबाजी, बन्दोबस्तहरू र नियन्त्रणको अधीनमा रहन्छन्। तिनीहरूले शैतान, दियाबलसलाई पछ्याउँछन्; तिनीहरूले परमेश्‍वरसँग शत्रुवत् रहेका शक्तिहरू र उहाँका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्‍वरले मानिसहरूको यस्तो झुण्डलाई मुक्ति दिन चाहनुहुन्छ? (चाहनुहुन्न।) किन चाहनुहुन्न त? के तिनीहरू पश्‍चात्ताप गर्न समर्थ हुन्छन् त? (हुँदैनन्।) तिनीहरूले मानव उद्यम अघि बढाउँदै र तिनीहरूका आफ्नै व्यवस्थापन सञ्चालन गर्दै विश्‍वासको झण्डा हल्लाउँछन् र तिनीहरू मानवजातिको मुक्ति सम्‍बन्धी परमेश्‍वरको व्यवस्थापन योजनाको विपरीत दौडन्छन्। तिनीहरूको अन्तिम परिणाम भनेको परमेश्‍वरद्वारा घृणित र तिरस्कृत हुनु हो; उहाँले यी मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्न, तिनीहरूले पश्‍चात्ताप गर्न सक्दैनन्, तिनीहरूलाई शैतानले पहिले नै बन्दी बनाइसकेको छ—तिनीहरू सम्पूर्ण रूपमा शैतानको हातमा छन्। तेरो विश्‍वासमा, के तैँले कति वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छस् भन्ने तथ्यले उहाँले तँलाई स्याबासी दिनुहुन्छ कि दिनुहुन्न भन्ने कुरामा कुनै अर्थ राख्छ र? के तैँले पालना गर्ने रीतिरिवाज र नियमहरूले कुनै अर्थ राख्छन् र? के परमेश्‍वरले मानिसहरूको अभ्यासको विधिलाई हेर्नुहुन्छ र? के उहाँले कति जना मानिसहरू छन् भन्ने कुरालाई हेर्नुहुन्छ र? उहाँले मानवजातिको एक भागलाई छनौट गर्नुभएको छ; उहाँले तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदै र तिनीहरूलाई मुक्ति दिनुपर्छ कि दिनुपर्दैन भन्ने कुराको मापन कसरी गर्नुहुन्छ त? यी मानिसहरूले हिँड्ने मार्गहरूको आधारमा उहाँले यो निर्णय गर्नुहुन्छ। अनुग्रहको युगमा, परमेश्‍वरले मानिसहरूलाई बताउनुभएका सत्यताहरू आजका भन्दा कम संख्यामा र कम विशिष्ट भएका भए तापनि, उहाँले त्यो बेलाका मानिसहरूलाई पनि सिद्ध पार्न सक्नुहुन्थ्यो, र मुक्ति पनि सम्भव नै थियो। त्यसकारण, जहाँसम्म धेरै सत्यताहरू सुनेका र परमेश्‍वरका इच्छाहरू बुझेका यस युगका मानिसहरूको कुरा छ, यदि तिनीहरू उहाँको मार्ग पछ्याउन असमर्थ छन् र उनीहरूले मुक्तिको बाटो हिँड्न सक्दैनन् भने, तिनीहरूको अन्तिम परिणाम के हुनेछ त? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्ममा विश्‍वास गर्नेहरूको जस्तै हुनेछ; त्यसमा कुनै पनि भिन्नता हुनेछैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो! तैँले जति नै धेरै उपदेशहरू सुनेको भए पनि वा तैँले जति नै धेरै सत्यता बुझेको भए पनि, यदि आखिर तैँले मानिसहरू र शैतानलाई पछ्याउँछस् भने, र अन्ततः तँ परमेश्‍वरको मार्ग पछ्याउन असमर्थ हुन्छस् र तँ परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनस् भने, त्यस्ता मानिसहरूलाई परमेश्‍वरले घृणा र तिरस्कार गर्नुहुनेछ। बाह्य स्वरूप सबैलाई हेर्दा, परमेश्‍वरद्वारा घृणा र तिरस्कार गरिएका यस्ता मानिसहरूले अक्षरहरू र धर्मसिद्धान्तहरूको बारेमा धेरै कुरा बताउन सक्छन्, र तिनीहरूले धेरै सत्यता बुझेका पनि हुन सक्छन्, तैपनि तिनीहरू परमेश्‍वरको आराधना गर्न असमर्थ हुन्छन्; तिनीहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनन्, र तिनीहरू उहाँप्रति पूर्ण रूपमा समर्पित हुन असमर्थ हुन्छन्। परमेश्‍वरको नजरमा, उहाँले तिनीहरूलाई धर्मको हिस्साको रूपमा, मानिसहरूको समूहको रूपमा—मानिसहरूको गिरोहको रूपमा—र शैतानको वास बस्ने ठाउँको रूपमा परिभाषित गर्नुहुन्छ। तिनीहरू सबैलाई सामूहिक रूपमा शैतानको गिरोह भनिन्छ, र यी मानिसहरूलाई परमेश्‍वरले सम्पूर्ण रूपमा घृणा गर्नुहुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “निरन्तर परमेश्‍वरको अघि जिएर मात्र व्यक्तिले मुक्तितर्फको बाटोमा हिँड्न सक्छ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभु येशूले किन फरिसीहरूलाई श्राप दिनुभयो र फरिसीहरूको सार के थियो

सन्दर्भका लागि बाइबल पदहरू: “त्यसपछि यरूशलेमका शास्‍त्री र फरिसीहरू येशूकहाँ आए, र यसो भने, किन तपाईंका चेलाहरूले पुर्खाको परम्‍परा...

धार्मिक पाष्टर र एल्डरहरूलाई वास्तवमै परमेश्‍वरले त्यस ठाउँमा राख्‍नुहुन्छ कि राख्‍नुहुन्न, र पाष्टर र एल्डरहरूको आज्ञापालन गर्नु परमेश्‍वरको आज्ञापालन गर्नु र उहाँलाई पछ्याउनु हो कि होइन

परमेश्‍वरका प्रासंगिक वचनहरू:कुनै व्यक्तिलाई उहाँको सेवा गर्न छनौट गर्दा, परमेश्‍वरसँग सधैँ आफ्ना सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना...

धार्मिक पाष्टर र एल्डरहरू सबैले फरिसीहरूको बाटो हिँडिरहेका छन् भनेर किन भनिन्छ, र तिनीहरूको सार के हो

परमेश्‍वरका प्रासंगिक वचनहरू:मानिस भ्रष्ट पारिएको छ र शैतानको फन्दामा जिउँछ। सबै मानिसहरू शरीरमा जिउँछन्, स्वार्थी इच्‍छाहरूमा जिउँछन्, र...

चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई पागलझैं दमन गर्नु र सताउनुपछाडिको वास्तविक कारण

परमेश्‍वरका प्रासंगिक वचनहरू:ठूलो रातो अजिङ्गरका प्रकटीकरणहरू मप्रतिको विरोध हुन्, मेरा वचनहरूको अर्थको ज्ञान र समझको कमी हुन्, मलाई गरिएको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्