धार्मिक पाष्टर र एल्डरहरू सबैले फरिसीहरूको बाटो हिँडिरहेका छन् भनेर किन भनिन्छ, र तिनीहरूको सार के हो

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानिस भ्रष्ट पारिएको छ र शैतानको फन्दामा जिउँछ। सबै मानिसहरू शरीरमा जिउँछन्, स्वार्थी इच्‍छाहरूमा जिउँछन्, र तिनीहरूका बीचमा मप्रति उपयुक्त एक जना पनि छैन। मेरो निम्ति उपयुक्त छु भन्‍ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। तिनीहरूले मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, मभन्दा विपरीत दिशातर्फ बढ्ने मार्गमा तिनीहरू पाइला चाल्छन्, र तिनीहरूका वचनहरू अहङ्कार र आत्मविश्‍वासले भरिएका छन्। यसको कारण हो, मूल रूपमा तिनीहरू मेरो विरुद्धमा हुनु र मेरो निम्ति उपयुक्त छैनन्। हरेक दिन, तिनीहरूले बाइबलमा मेरो निसानाहरू खोज्छन् र जथाभाबी “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले अटुट रूपमा पढ्छन् र धर्मशास्‍त्रका रूपमा पाठ गर्छन्। मेरो निम्ति कसरी उपयुक्त हुने सो तिनीहरूलाई थाहा छैन न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो सो नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्‍त्रका खण्डहरू पढ्छन्। तिनीहरूले कहिल्यै नदेखेका र देख्न असक्षम भएका अस्पष्ट परमेश्‍वरलाई बाइबलभित्र सीमित गर्छन् र फुर्सतमा हेर्न यसलाई निकाल्छन्। तिनीहरूले बाइबलको क्षेत्रभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिन, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, तर यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्याधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनी धेरैले पनि विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले वचनहरू र अभिव्यक्तिहरूलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोज्‍ने कुरा मप्रति अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, तर बाइबलका वचनहरूप्रति अनुकूल हुने मार्ग हो, र बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा मेरो काम होइन, कुनै आपत्तिविना विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठा सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, तर तिनीहरूले यति हदसम्‍म व्यवस्थालाई शब्‍द-शब्द गरी लगनशीलताको साथ पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगे। तिनीहरूको सार के थियो? के तिनीहरूले सत्यताप्रति अनुकूल हुने मार्गलाई नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्‍त्रको एक-एक शब्‍दले ग्रस्त भए तर न त तिनीहरूले मेरो इच्‍छालाई ध्यान दिए न मेरो कामका चरणहरू र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन् तर शब्दहरूमा कठोरतासाथ लाग्ने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, तर बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। वास्तवमा, तिनीहरू बाइबलका रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका रुचिहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा कीला ठोकी मार्ने हदसम्‍म गए। तिनीहरूले बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक वचनको प्रतिष्ठालाई कायम गर्नको खातिर मात्रै तिनीहरूले यसो गरे। त्यसकारण तिनीहरूले येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलिलाई त्याग्न नै रुचाए, जसले मृत्युसम्म नै धर्मशास्‍त्रको सिद्धान्तअनुसार गर्नुभएन। के तिनीहरू सबै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

अनि आजका मानिसहरूको बारेमा के भन्‍ने? ख्रीष्‍ट सत्यतालाई प्रकट गर्न आउनुभएको छ, तैपनि तिनीहरूले उहाँलाई यस संसारबाट निकाल्‍न चाहन्छन् ताकि तिनीहरूले स्वर्ग प्रवेश प्राप्त गरून् र अनुग्रह प्राप्त गरून्। तिनीहरूले बाइबलका रुचिहरूको संरक्षण गर्नको लागि बरु सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्छन्, र बाइबलको अनन्‍त अस्तित्वलाई सुनिश्‍चित गर्नको लागि तिनीहरूले बरु शरीरमा फर्कनुभएको ख्रीष्‍टलाई क्रूसमा फेरि टाँग्छन्। मानिसको हृदय मप्रति त्यति द्वेषपूर्ण छ र उसको स्वभाव मप्रति त्यति विरोधी छ भने उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको बीचमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। म मानिसमाथि मेरो ज्योति चम्‍काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझ अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्‍नो क्रोध बर्षाउँछु, उसले अझै अत्यन्तै जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिसले वचन अनुकूल हुन र बाइबल अनुकूल हुन खोज्छ, तैपनि सत्यताको अनुकूल हुने मार्गलाई खोज्‍न एक जना पनि मेरो सामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि शरीरमा मेरो लागि कसैले पनि वास्ता गर्दैन, किनभने मानिसको बीचमा बस्‍ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका वचनहरूसँग मात्रै अनुकूल हुन खोज्नेहरू र अस्पष्ट परमेश्‍वरसँग अनुकूल हुने प्रयास गर्नेहरू मेरो लागि दु:खदायी दृश्य हुन्। यसको कारण हो तिनीहरूले आराधना गर्ने कुराहरू मृत वचनहरू, र तिनीहरूलाई बेहिसाब सम्पत्ति दिन सक्‍ने परमेश्‍वर हुन्; तिनीहरूले जे आराधना गर्छन् सो आफैलाई मानिसको कृपामा समर्पित गर्ने परमेश्‍वर हुन्—अस्तित्वमा नै नभएको परमेश्‍वर। त्यसो भए, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? वचनहरूका निम्ति मानिस अत्यन्तै नीच छ। जो मेरो विरुद्धमा छन्, जसले मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मप्रति अनुकूल हुनसक्छन्?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? परमेश्‍वरको उपस्थितिमा आफूलाई उच्च सम्मान गर्ने व्यक्तिहरू नै सबैभन्दा नीच मान्छेहरू हुन् भने आफूलाई विनम्रताका साथ पेश गर्नेहरू सबैभन्दा सम्मानित व्यक्तिहरू हुन्। अनि परमेश्‍वरको कामको बारेमा जान्दछु भनी ठान्नेहरू र अझ भन्ने हो भने उहाँलाई सोझै हेर्दै अन्य मानिसहरूमाझ ठूलै तामझामको साथमा परमेश्‍वरको कामको बारेमा घोषणा गर्न सक्षम छु भनी ठान्नेहरू सबैभन्दा अज्ञानी मान्छेहरू हुन्। त्यस्ता मान्छेहरूसँग परमेश्‍वरको गवाही हुँदैन, तिनीहरू घमण्डी र अहङ्कारले भरिएका हुन्छन्। परमेश्‍वरको बारेमा वास्तविक अनुभव र व्यवहारिक ज्ञान हुँदाहुँदै पनि आफूसँग उहाँको बारेमा एकदमै कम मात्र ज्ञान छ भनी विश्‍वास गर्नेहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिने व्यक्तिहरू हुन्। त्यस्ता व्यक्तिहरूसँग मात्र वास्तवमै परमेश्‍वरको गवाही हुन्छ र तिनीहरू मात्र वास्तवमै परमेश्‍वरद्वारा सिद्ध पार्न सकिने हुन्छन्। परमेश्‍वरको इच्छा नबुझ्नेहरू परमेश्‍वरका विरोधीहरू हुन्; परमेश्‍वरको इच्छा बुझेर पनि सत्यको अभ्यास नगर्नेहरू परमेश्‍वरका विरोधीहरू हुन्; परमेश्‍वरका वचनहरू खाने-पिउने गरे पनि परमेश्‍वरका वचनहरूको सारको विरुद्ध जानेहरू परमेश्‍वरका विरोधीहरू हुन्; देहधारी परमेश्‍वरको बारेमा धारणा भएका साथै विद्रोहमा संलग्न हुने मन भएकाहरू परमेश्‍वरका विरोधीहरू हुन्; परमेश्‍वरको निन्दा गर्नेहरू परमेश्‍वरका विरोधीहरू हुन्; र परमेश्‍वरको बारेमा जान्न नसक्ने वा उहाँको साक्षी बन्न नसक्ने जोकोही परमेश्‍वरको विरोधी हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

हामीले धार्मिक क्षेत्रका धेरै जना अगुवाहरूलाई बारम्‍बार सुसमाचार प्रचार गरेका छौं, तर हामीले तिनीहरूसँग सत्यताको बारेमा जसरी सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्। किन यस्तो हुन्छ त? यस्तो किन हुन्छ भने अज्ञानता तिनीहरूको दोस्रो प्रकृति बनेको छ, र तिनीहरूको हृदयमा अब परमेश्‍वरको कुनै पनि स्थान छैन! कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “धार्मिक संसारका कतिपय पाष्टरहरूको नेतृत्वमा रहेका मानिसहरूसँग साँच्‍चै नै धेरै दृढ सङ्कल्‍प हुन्छ; यस्तो लाग्छ कि तिनीहरूको बीचमा परमेश्‍वर हुनुहुन्छ!” के तैँले जोशलाई अन्त:प्रेरणा भन्‍ने ठान्छस्? यी पाष्टरहरूका प्रवचन जति नै उत्कृष्ट सुनिए पनि, के तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्? यदि तिनीहरूले भित्री मनदेखि नै परमेश्‍वरलाई साँचो रूपमा आदर गर्ने भए, के तिनीहरूले मानिसहरूलाई तिनीहरूको पछि लाग्‍न र तिनीहरूको बढाइ गर्न लगाउँथे? के तिनीहरूले अरूमाथि एकाधिकार चलाउँथे? के तिनीहरूले अरूलाई सत्यताको खोजी गर्न र साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने आँट गर्थे? यदि परमेश्‍वरका भेडाहरूलाई तिनीहरूले वास्तवमा तिनीहरूका आफ्नै भेडाहरू भएको, र ती भेडाहरू सबैले तिनीहरूको कुरा सुन्‍नुपर्छ भन्‍ने विश्‍वास गर्छन् भने, के तिनीहरूले आफैलाई परमेश्‍वरको रूपमा हेर्दैनन् र? त्यस्ता मानिसहरू फरिसीहरूभन्दा पनि खराब हुन्छन्। के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? तसर्थ, तिनीहरूको यो अहङ्कारी प्रकृतिले तिनीहरूलाई नियन्त्रण गरे परमेश्‍वरलाई धोका दिने कामहरू गर्न लगाउन सक्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो”

के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा घृणा गरिएका र तिरस्कार गरिएका मानिसहरू होइनन् र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ मानिसहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” लाई गाभ्ने प्रयास गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो जन्मजात स्वभावलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसको अतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्र गरे, तैपनि जीवनको सत्यताको खोजी गरेनन्। त्यसैले, तिनीहरूले आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो सो जान्दैनन्। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरका आशिष्‌ कसरी प्राप्‍त गर्न सक्थे भनी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा गर्न सकेनन्, किनभने तिनीहरूले येशूले बोल्नुभएको सत्यता जानेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा नरहेका हुनाले, तिनीहरूले मसीहको सारलाई सम्भावित कुनै पनि साधनहरूले विरोध गरिरहँदा मसीहको नाउँमा व्यर्थमा टाँसिरहने गल्ती गरे। वस्तुतः यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यी विचारहरू उपहासपूर्ण र हाँस्यस्पद छैनन्? म तिमीहरूलाई अझै अरू प्रश्‍नहरू सोध्नेछुः तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तैँले पनि प्राचीन फरिसीहरूले गरेका गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? तैँले येशूको विरोध गर्नेछैन भनी के तैँले साँच्चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुशरण गर्न सक्छस्? यदि तँले ख्रीष्टको विरोध गर्नेछ कि गर्नेछैन भनी जान्दैनस् भने, म भन्छु कि, तँ अघिदेखि नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसका अतिरिक्त, तिनीहरूले येशूको आगमनलाई शैतानको छलको रूपमा देख्न सक्छन् र धेरै मानिसहरूले येशू देहमा फर्कनुभएको कुराको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वर-निन्दा, मण्डलीहरूका लागि पवित्र आत्माको वचनको बरबादी र येशूले व्यक्त गर्नुभएका सबै कुराको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरूले आफ्ना त्रुटिलाई महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, येशू सेतो बादलमा मानिसहरूकहाँ आउनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यसो भन्छुः सत्यता ग्रहण नगर्ने, तैपनि सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्द प्रतीक्षा गर्ने मानिसहरूले पवित्र आत्माका विरुद्ध निश्‍चय नै निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्छन्। तिमीहरूले येशूको अनुग्रहको मात्र चाहना गर्छौ, स्वर्गको उल्लासपूर्ण राज्यको आनन्द लिन मात्र चाहन्छौं; तैपनि येशूले बोल्नुभएका वचनहरू तैँले कहिल्यै पालन गरेको छैनस्, र येशू देहमा आउनुहुँदा बताउनुभएको सत्यता कहिल्यै ग्रहण गरेको छैनस्। सेतो बादलमा येशूको आगमनको तथ्यको सट्टामा तिमीहरूले के समाती राख्नेछौ? तिमीहरूले पटकपटक पाप गर्ने अनि बार-बार स्वीकार गर्ने, के सच्चाइ यही हो? सेतो बादलमा आउनुहुने येशूलाई तिमीहरूले के बलिदान चढाउनेछौ? के यो तिमीहरूले आफैलाई उच्च पार्ने कार्यको वर्ष हो? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा गराउन तिमीहरूले के समाती राख्नेछौ? कुनै सत्यता पालन नगर्ने के तिमीहरूको त्यही अहङ्कारी स्वभाव नै हो?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

भूतात्माहरू र दुष्टात्माहरू केही समयसम्‍म यस पृथ्वीमा यता-उता उन्मत्तताको साथ दौडिरहेका छन्, र परमेश्‍वरको इच्छा र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न सकिँदैन। साँच्चै, यो मरणशील पाप हो! परमेश्‍वर चिन्तित नभई कसरी बस्‍न सक्‍नुहुन्छ र? परमेश्‍वर कसरी क्रोधित हुन सक्नुहुन्न र? तिनीहरूले परमेश्‍वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्‍याएका छन् र विरोध गरेका छन्: कति विद्रोही! ती ठूला र साना भूतात्माहरूले समेत सिंहको कुर्कुच्चोमा रहेका स्यालहरूझैँ व्यवहार गर्छन् र वर्तमानको खराब प्रवाहलाई पछ्याउँछन्, अघि बढ्दै जाँदा बाधाहरू ल्याउँछन्। सत्य जानेपछि तिनीहरूले जानी-जानी त्यसको विरोध गर्दछन्, यी विद्रोहका छोराहरू! मानौं तिनीहरूका नरकको राजा राजाको शाही सिंहासन बसेको छ, तिनीहरू अरू सबैलाई घृणाको साथ व्यवहार गर्दै आफूप्रति गर्व गर्छन् र आत्म-सन्तुष्ट बनेका छन्। तिनीहरूमध्ये कति जना सत्यताको खोजी गर्छन् र धार्मिकताको पछि लाग्छन्? तिनीहरू सबै सुँगुर र कुकुरभन्दा नीच जनावरहरू हुन्, गन्हाउने झिँगोहरूको हूलको अगुवाहरू हुन्, र तिनीहरूले आत्म-सन्तुष्ट बनी आफैलाई बधाई दिँदै टाउको हल्लाउँछन् र तिनीहरूले गोबरको थुप्रोको बीचमा सबै किसिमका समस्याहरू उत्पन्‍न गर्छन्।[१] तिनीहरूको नरकको राजा सबैभन्दा महान् राजा हुन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्, तिनीहरू आफैचाहिं दुर्गन्धित झिँगोहरूभन्दा बढी केही पनि होइनन् भन्‍ने तिनीहरूलाई थाहै छैन। र अझै पनि, तिनीहरूले आमाबाबुलाई परमेश्‍वरको अस्तित्वमा हानि गर्न लगाउनको निम्ति तिनीहरूका सुँगुरहरू र कुकुरहरूको शक्तिको फाइदा उठाउँछन्। अति नीच झिँगोहरूझैं, उनीहरूले आफ्ना आमाबुबालाई दाँत भएका ह्वेल माछाहरू[२] जत्तिकै ठूलो छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफै अति साना छन्, तिनीहरूका आमाबुबा अशुद्ध सुँगुरहरू र कुकुरहरू हुन् जो तिनीहरूभन्दा करोडौँ गुणा ठूला छन् भन्‍ने बारेमा तिनीहरूलाई थाहै हुँदैन। उनीहरूको आफ्नै तुच्छताको बारेमा अनजान रहेर, तिनीहरू भावी सन्तान उत्पन्न गर्न अनियन्त्रित भएर दगुर्नका निम्ति सुँगुरहरू र कुकुरहरूले निकालेका सडेका दुर्गन्धहरूमा भरोसा राख्छन्, तिनीहरूलाई कुनै लाज-सर्मको बारेमा थाहा हुँदैन! तिनीहरूका ढाडमा हरियो पखेटा लिएर (यसले तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौं भनी गर्ने दाबीलाई जनाउँछ), तिनीहरू आफैले पूर्ण हुन्छन् र सबै ठाउँमा आफ्नो सुन्दरता र आकर्षणको घमण्ड गर्छन्, जबकि तिनीहरूले गोप्य रूपमा आफ्नै शरीरमा भएका अशुद्धता मानिसहरूमा फैलाउँछन्। यसको साथै, तिनीहरू आफैसँग अत्यन्त प्रसन्न हुन्छन्, मानौं तिनीहरूले आफ्ना अशुद्धताहरू लुकाउनका इन्द्रेनी रङ्गका पखेटाहरूको जोडी प्रयोग गर्न सक्छन्, र यस तरिकाले तिनीहरूले सत्य परमेश्‍वरको अस्तित्वमाथि अत्याचार ल्याउँछन् (यसले धार्मिक संसारको दृश्य पछाडि के हुन्छ भन्ने कुरालाई सङ्केत गर्दछ)। झिँगोका पखेटाहरू मन्त्रमुग्ध पार्ने सुन्दर हुन सक्‍ने भए पनि, त्यो झिँगा आफै आखिर एउटा क्षुद्र प्राणी मात्र हो, जसको पेट फोहरले भरिएको र शरीर कीटाणुहरूले ढाकेको हुन्छ भन्‍ने कुरालाई मानिसले कसरी जान्‍नेथियो? सुँगुरहरू र कुकुरहरूको बललाई तिनीहरू आमाबुबा मान्छन्, तिनीहरू देशभरि अनियन्त्रित अन्धाधुन्ध दौडन्छन् (यसले देशको सरकारको बलियो समर्थनमा परमेश्‍वरको खेदो गर्ने धार्मिक अधिकारीहरूलाई सङ्केत गर्दछ, जसले परमेश्‍वर र सत्यको विरुद्ध विद्रोह गर्दछ), उनीहरूको क्रूरतामा कुनै सीमा हुँदैन। मानौं, यो यहूदी फरिसीहरूका प्रेतहरू परमेश्‍वरसँगै तिनीहरूका पुरानो गुँड, अर्थात् ठूलो रातो अजिङ्गरको देशमा फर्केर आएका छन्। तिनीहरूले हजारौं वर्ष अघिको उनीहरूको कामलाई जारी राख्दै, अर्को सतावट कार्य सुरु गरेका छन्। पतित मानिसहरूको यो समूह अन्त्यमा पृथ्वीमा नाश हुने निश्चित छ! यस्तो देखिन्छ कि, हजारौं वर्षपछि ती अशुद्ध आत्माहरू अझ बढी धूर्त र चलाक भएका छन्। तिनीहरू गोप्य रूपमा परमेश्‍वरको कामलाई कमजोर पार्ने तरिकाहरूका बारेमा निरन्तर सोचिरहेका छन्। प्रशस्त चलाकी र छलसहित, तिनीहरूले आफ्नो मातृभूमिमा हजारौं वर्ष पहिलेको दुःखद घटनालाई फेरि प्रस्तुत गर्न चाहन्छन्, परमेश्‍वरलाई चिढाएर रुने अवस्थामा पुऱ्याउँछन्। तिनीहरूलाई नाश पार्न तेस्रो स्वर्गमा फर्केर जानबाट उहाँ आफैलाई मुस्किलले रोक्न सक्नुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

फूटनोटहरू:

१. “सबै किसिमका समस्याहरू उत्पन्‍न गर्छन्” भन्‍ने भनाइले भूतात्माग्रस्त मानिसहरूले कसरी दङ्गा मच्चाउँछन्, परमेश्‍वरको काममा बाधा पुर्‍याउँछन् र विरोध गर्छन् सो कुरालाई जनाउँछ।

२. “दाँत भएका ह्वेल माछाहरू” भन्‍ने वाक्य खिसी गर्नको लागि प्रयोग गरिन्छ। यो झिँगोहरू यति सानो हुन्छन् कि सुँगुरहरू र कुकुरहरू पनि तिनीहरूलाई ह्वेल माछाहरू जस्तै ठूलो लाग्छ भन्‍ने कुरालाई जनाउने एउटा उपमा हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

धार्मिक संसारका फरिसीहरू र ख्रीष्टविरोधीहरूको छल र नियन्त्रणको अधीनमा कोही रहनुका परिणामहरू, र तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउन सक्छन् कि सक्दैनन्

परमेश्‍वरका प्रासंगिक वचनहरू: मुक्ति पाउनका लागि व्यक्तिले कुन-कुन सर्तहरू पूरा गर्नुपर्छ? सबैभन्दा पहिले, तिनीहरूमा शैतानी...

चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई पागलझैं दमन गर्नु र सताउनुपछाडिको वास्तविक कारण

परमेश्‍वरका प्रासंगिक वचनहरू:ठूलो रातो अजिङ्गरका प्रकटीकरणहरू मप्रतिको विरोध हुन्, मेरा वचनहरूको अर्थको ज्ञान र समझको कमी हुन्, मलाई गरिएको...

धार्मिक पाष्टर र एल्डरहरूलाई वास्तवमै परमेश्‍वरले त्यस ठाउँमा राख्‍नुहुन्छ कि राख्‍नुहुन्न, र पाष्टर र एल्डरहरूको आज्ञापालन गर्नु परमेश्‍वरको आज्ञापालन गर्नु र उहाँलाई पछ्याउनु हो कि होइन

परमेश्‍वरका प्रासंगिक वचनहरू:कुनै व्यक्तिलाई उहाँको सेवा गर्न छनौट गर्दा, परमेश्‍वरसँग सधैँ आफ्ना सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना...

प्रभु येशूले किन फरिसीहरूलाई श्राप दिनुभयो र फरिसीहरूको सार के थियो

सन्दर्भका लागि बाइबल पदहरू: “त्यसपछि यरूशलेमका शास्‍त्री र फरिसीहरू येशूकहाँ आए, र यसो भने, किन तपाईंका चेलाहरूले पुर्खाको परम्‍परा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्