अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

9 नोभेम्बर 2021

“तपाईंले वास्तवमै आफूलाई बढावा दिइरहनुभएको छ यदि तपाईंले तपाईंसँग पैसा छैन भने पनि कलेजमा तपाईंको बच्चा पठाउन सक्नुहुन्छ भनेर सोच्नुहुन्छ भने!”

“ठ्याक्कै। यो केवल व्यर्थमा तपाईंको साधन भन्दा पर जान प्रयास गर्नु हो। यदि तपाईंसँग पैसा छैन भने, त्यसोभए तपाईंले आफ्नो बच्चालाई बाहिर गएर काम खोज्न लगाउनुपर्छ। कलेजको बारेमा बिर्सनुहोस्!”

…………

जब मैले मेरा आफन्त र नजिकका साथीहरूलाई यदि म मेरो बच्चाको लागि कलेज शुल्क तिर्नको लागि पैसा सापटी लिन सक्छु की भनी सोधें, उनीहरूको कटु टिप्पणीले मेरो मनमा बारम्बार छुरा प्रहार गरेको जस्तै लाग्यो। मलाई अप्ठेरो र असहाय महसुस भयो, र मैले सुस्केरा हाल्न बाहेक केही गर्न सकिनँ: “यो वास्तविकता हो: पैसाबिना म केवल थुप्रोको तल्लो भागमा हुन सक्छु, र साथीहरू र आफन्तहरूले पनि मलाई हेलाको दृष्टिले हेर्छन्!”

गिल्ला गरिनुबाट जोगिन, म पैसा कमाउन कडा परिश्रम गर्न थाल्छु

मेरो श्रीमानको मृत्युपछि, मेरो जीवन जहाँ सबै आधारभूत आवश्यकताहरू कुनै अनावश्यक चिन्ताविना प्रदान गरिएको थियो, ती सबै गइगयो। बैंकमा थोरै पैसा बाँकी थियो र मेरो छोरा अझै प्राथमिक स्कूलमा पढ्दै थियो। त्यसका लागि धेरै चीजहरूको भुक्तानी गर्नुपर्ने थियो: मेरी छोरी विश्वविद्यालयमा पढ्दै थिइन् र लागत अधिक थियो, र तीन पुस्ताको परिवारको हेरचाहको बोझ प्रायः मेरो काँधमा खस्यो। म गरिब हुन चाहन्नथें, अरूको विवादास्पद नजर र अरूको घृणास्पद झलक सहने कुरा त परै जाओस्, त्यसैले मैले गर्न सक्ने सबै भनेको मेरो मुट्ठी बन्द गरेर आफैंलाई यसो भन्नु थियो: “पैसाले सर्वोच्च शासन गर्ने समाजमा सबैले पैसा कमाउन ध्यान दिइरहेका छन् र पैसा भएका व्यक्तिहरू मात्रै चीज प्राप्त गर्न सक्छन्। जबसम्म म कडा परिश्रम गर्न इच्छुक हुन्छु तबसम्म म निश्चित रूपमा धेरै पैसा कमाउनेछु, राम्रो जीवन बिताउनेछु र अन्य मानिसहरूले अब उसो हेलाको दृष्टिले हेर्नेछैन!” त्यसैले मैले सख्त पैसा बनाउन कोशिस गर्ने आफ्नो जीवन शुरू गरें।

म पहिले ड्रेसमेकर रहिआएको थिएँ, त्यसैले मैले लुगा बनाउने एउटा जागिर पाएँ। किनकि मैले यो धेरै लामो समयदेखि गरेको थिइनँ, तथापि, म साह्रै खियायुक्त भएकी थिएँ, र मैले एक हप्तामा दुई सेट लुगा पनि तयार पार्न सक्दिनथें। यसको बाबजुद पनि, मालिकले मलाई एक जटिल शैली भएको र विभिन्न ढाँचामा आउने केही कपडा दिए र जसलाई अन्य कोही पनि बनाउन तयार थिएन। यसको मतलब यो हो कि मलाई केवल लुगाको एक थोक बनाउनमा अझ धेरै समय लाग्यो र अझ के छ भने, मलाई प्रति थोक भुक्तान गरिन्थ्यो। मालिकले कामको लागि यस तरीकाले छुट्याउनु वास्तवमै अनुचित थियो र म यस बारे खुसी थिइनँ। तर पैसा कमाउनको लागि, मैले गर्न सक्ने कुरा भनेको चुप लागेर यस अनुचित व्यवहारलाई निल्नु नै थियो। किनभने मैले कमाएको पैसा आधारभूत खर्चहरू व्यहोर्न पर्याप्त थिएन, मसँग घरका पैसा खर्चमा आर्थिक सहायता दिनका निम्ति हाम्रा घरमा भएका उपयुक्त मूल्यका कुनै पनि चिज बेच्नु बाहेक कुनै विकल्प थिएन। तथापि, म निराश भइनँ, बरू यसको साटो कडा परिश्रम गरेर पैसा कमाएर यस कठिन परिस्थितिलाई बदल्ने दृढ संकल्प गरें। बिस्तारै समय वित्दै जाँदा, म प्रतिदिन एक सेटको कपडा बनाउन सक्षम भएँ, र मैले थोरै बढी पैसा कमाउन पनि थालें। तर मलाई मालिकको लागि लुगा बनाउन मन लागेन जसले पर्याप्त पैसा तिर्दैनथ्यो, त्यसैले मैले अर्को मालिक भेट्टाएँ जसको लागि कपडा बनाउन सक्थे। त्यसैले म अझ धेरै लुगा बनाउन सक्थे, म प्रत्येक बिहान पाँच बजेपछि उठ्थे र, मैले एकपटक मेरो छोरालाई स्कूल लैजानासाथ, म काममा जान्थे र अर्को बिहान एक वा दुई बजे सम्म काम गर्थे। कहिलेकाँही जब त्यहाँ गर्नुपर्ने धेरै कुरा हुन्थ्यो, म अर्को बिहान तीन वा चार नबजेसम्म काम गर्थे। त्यो अवधिमा, म प्राय: काममा यति व्यस्त हुने गर्थें कि मैले खानेकुराको बेवास्ता गर्थें, र जब मलाई भोक लाग्थ्यो, मलाई भर्नको निम्ति केही पानी पिउँथे। किनकि मैले नियमित खाना खाइनँ र लामो समयसम्म पर्याप्त निद्रा पाइनँ, मलाई पेट दुखाइ र टाउको दुख्ने भयो। कहिलेकाहिं मेरो पेट यति दुख्थ्यो कि म मेरो शरीरलाई सीधा पार्न सक्दिनथे, र मेरो टाउको यति दुख्थ्यो कि म दुखाइ कम गर्नका लागि मात्र मेरो टाउको भित्तामा ठोक्थे। यी सबै हुँदाहुँदै पनि म विश्राम लिन राजी भइनँ। जब पीडा धेरै भयो, म दर्दनाशक एक जोडी औषधी लिन्थे र काम गर्न जारी राख्थे। समय बित्दै जाँदा, मैले दर्दनाशक औषधीलाई सहने वानी विकास गरें ताकि ती औषधीको कुनै प्रभाव नपरोस्। मेरो पेट अझै पनि पीडाको साथ धड्कन थाल्थ्यो, र कहिलेकाँही मेरो बिमारी धेरै नराम्रो हुन्थ्यो भने, यो यति दुख्थ्यो कि म केवल मेरो सिरकमा लपेटिएको हुन्थे र रून्थे। तर म अझै चुपचाप आफूलाई सान्त्वना र प्रोत्साहन दिन्थे, आफैलाई यसो भन्थे: “यो पीडा रहिरहनेछैन। म पक्कै अघि बढ्न जारी राख्नेछु। केवल धेरै पैसा कमाएमा मानिसहरूले मलाई हेला गर्नेछैन!”

आफैलाई पैसाको लागि व्यस्त गर्दै, मैले अचानक लगभग मेरो दृष्टि गुमाउने आँखाको स्थिति विकसित गर्दछु

एक वर्षपछि, म केही पैसा कमाउन सफल भएँ, त्यसैले मैले हाम्रो घरको मर्मत गर्ने निर्णय गरेँ र मैले सबै नयाँ घरेलु उपकरणहरू किनें। त्यसपछि मेरा आफन्तहरू, साथीहरू र छिमेकीहरूले मलाई देखेपछि उनीहरूले अब लामो दूरी कायम राखेनन्, बरू उनीहरूले मलाई अभिवादन गरे र मेरो घर भ्रमण गर्न थाले, र तिनीहरूले मेरो बारेमा धेरै प्रशंसा गरे र मेरो चापलूसी गरे। उनीहरूले यी कुरा भनेको सुन्न पाउँदा रमाईलो लाग्यो, र मैले साँच्चिकै बुझें कि पैसा छँदा चीजहरू फरक हुन्छन्! तत्पश्चात, अधिक पैसा कमाउनको लागि, म एक हावाले चल्ने घडी जस्तो भएँ र मैले सबै समय काम मात्र गरें।

धेरै वर्षदेखि, म केही हदसम्म अल्प दृष्टिको भएँ, र मेरो आँखा अलि धमिलो भएको थियो। कहिलेकाँही मेरो आँखामा छुरा प्रहार गरेको जस्तो पीडा महसुस हुन्थ्यो, र रातमा पीडा प्राय असह्य हुन्थ्यो। मेरो आँखा जाँच गर्न म अस्पताल जान चाहन्थें, तर मलाई लाग्यो कि यसले मेरो पैसा खर्च मात्र गर्दैनथ्यो तर समयको बर्बादी पनि हुनेथ्यो, र त्यसैले मैले दाँत किटेर काम गरिरहें। एक दिन, मेरो जेठो दाईले मेरो आँखा रातो भएको देखे, र उनले मलाई यसो भन्दै हप्काए, “यदि तिमी अन्धा हुन्छौ भने तिमीले केही पनि गर्न सक्दैनौं, र त्यसपछि तिमीले बचत गरेको पैसा बेकार हुनेछ। सकेसम्म चाँडो डाक्टरलाई भेट्।” मलाई डर पनि थियो कि म साँच्चिकै अन्धा हुनेछु र त्यसपछि मसँग पैसा कमाउने कुनै मार्ग हुनेछैन, त्यसैले म चिकित्सा सल्लाह लिन सिंगापुर गएँ। मेरो आँखा जाँच गरेपछि, डाक्टरले मलाई भने कि ती अत्यन्तै फुलेका छन् र मलाई अब मेरो काम नगर्नू भनी आग्रह गरे, नत्र म दुवै आँखामा अन्धो हुनेथिएँ। यो समाचार सूर्यलाई ढाक्ने कालो बादल जस्तै आयो, र यसले मलाई यत्तिको भयभित पार्यो कि मेरा खुट्टाहरू डगमगाए। मैले चिन्ता र फिक्री महसुस गर्नु बाहेक केही गर्न सकिनँ, र मैले सोचें: “मेरो परिवारको जीवनलाई राम्रो बनाउन यस्तो सङ्घर्ष भएको थियो, म कसरी यस्तो अचानक बिमारी हुन सक्छु? यदि म साँच्चिकै अन्धा भएँ भने, मेरो परिवारको हेरचाह कसले गर्नेछ? र यदि म पैसा कमाउन सक्दिनँ भने, के मानिसहरूले ममाथि अझ धेरै हेलाको नजरले हेर्नेछैन र?” यो सोच्दै, मैले निर्णय गरें कि मैले गर्न सक्ने कुरा भनेको कामबाट छुट्टि लिनु र उपचारको लागि जानु नै हो।

तथापि, यो पत्ता लगाउँदा म स्तब्ध भएँ, कि उपचारको दुई छोटो हप्तामा मैले छ महिनाको बचत बराबर खर्च गरें। यसबाहेक, मेरो आँखाको बिमारी पूर्ण रूपमा निको पार्न सकिएन, तर यसको सट्टामा मैले निरन्तर लक्षणहरू कम गर्न आयातित औषधी खानुपर्‍यो। यस अवस्थाको सामना गर्नु परेपछि, म त्यसलाई अब उप्रान्त सहन सक्दिन थिएँ। मेरो सिलाई मिसिनको अगाडि बसिरहँदा, विगत मेरो मनमा ज्वारभाट झैं दौड्योः मेरो श्रीमानको मृत्यु, मेरो वरिपरि रहेका मानिसहरूको अपमानजनक हेराइ र उपहास, पैसा कमाउन दिन-रात बर्षौसम्म काम गरिरहेको कुरा, र मेरो टाउको दुखाइको कारणले हुने व्याकुलता, मेरो पेट दुखाइ र मेरो आँखाको दुखाइ…। एक पलमा, मैले उजाड र असहायताको एक अतुलनीय चेतना महसुस गरें, र मैले सोच्न बाहेक केही गर्न सकिनँ: “यी सबै वर्षहरूमा आफू हड्डी खिइनी गरी काम गरेर मैले वास्तवमा के प्राप्त गरें? मैले त्यति धेरै पनि आर्जन गरेको छैन, र मैले धेरै रोगहरू विकास गरेको छु। म कसरी यस्तै बाँच्न सक्छु…?”

दु:खित र व्याकुल, परमेश्‍वरको मुक्ति ममा आउँछ

एक दिन, मैले फेसबुकमा एक जना इसाईलाई भेटें। उनी निष्कपट थिइन् र मेरो बारेमा धेरै चिन्तित थिइन्। उनी प्रायः मसँग परमेश्‍वरमाथीको विश्‍वासको कुराहरूको बारेमा कुरा गरिन्, र जब उनले त्यसो गरिन् मलाई भित्र न्यानो लाग्थ्यो। यस सिस्टरसँग कुराकानी गर्दा मैले पत्ता लगाएँ कि मानवजाति लगायत स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, शैतानले मानवजातिलाई भ्रष्ट पार्नुअघि तिनीहरूले परमेश्‍वरको कुरा सुन्थे र उहाँको आज्ञा पालन गर्थे र परमेश्‍वरको हेरचाह र सुरक्षामा उनीहरूले कुनै फिक्री वा चिन्ताबाट मुक्त, र बुढ्यौली, बिमारी र मृत्युको पीडाबाट मुक्त जीवन बिताए। तर मानवजाति शैतानको बहकाउमा परेर र भ्रष्ट भएपछि तिनीहरूले अब परमेश्‍वरको कुरा सुनेनन्‌ र परमेश्‍वरबाट झन्‌-झनै अलग हुदैँ गए। तिनीहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा गुमाए, बिरामी र समस्याहरूले उनीहरूलाई बढी भन्दा बढी सतायो र तिनीहरूको जीवन झन कष्टदायी भयो। मानवजातिलाई शैतानको हानीबाट मुक्त हुन सक्षम पार्न, परमेश्‍वरले मानवजातिको उद्धार गर्न निरन्तर आफ्नो काम गरिरहनुभएको छ। सर्वप्रथम, परमेश्‍वरले व्यवस्थाको घोषणा गर्नुभयो र पृथ्वीमा जन्मजात मानिसहरूलाई तिनीहरूको जीवनमा डोर्याउनुभयो, र उहाँले तिनीहरूलाई पाप के हो भनेर जान्ने अनुमति दिनुभयो; त्यसपछि, परमेश्‍वर आफैं देह बन्नुभयो र मानवजातिको खातिर क्रूसमा टाँगिनुभयो, यसैले मानवजातिलाई शैतानको चक्रबाट छुटकारा गरियो, र तिनीहरूको पापहरू स्वीकार र पश्चात्ताप गर्ने अनुमति दिनुभयो; आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभयो र सत्य प्रकट गर्न र मानवजातिलाई न्याय र शुद्धिकरण गर्ने काम गर्न यस संसारमा आउनुभयो, ताकि मानिसलाई पापको बन्धनबाट सदाको लागि एकपल्ट मुक्त गर्न, परमेश्‍वरको उद्धार प्राप्त गर्न, र मानवजातिलाई अदनको बगैंचामा तिनीहरूले आनन्द लिएको मौलिक, अद्भुत जीवनमा फर्काउन सकियोस्। अब, आखिरी दिनहरूका परमेश्‍वरको मुक्तिलाई स्वीकारेर, परमेश्‍वरका वचनहरू पढेर र सत्यलाई अझ बढी बुझेर, शैतानले मानवजातिलाई भ्रष्ट पार्ने माध्यम र विधिहरू स्पष्टसँग देखेर र सही लक्ष्यहरू पछ्याएर मात्र, हामी शैतानद्वारा तुल्याउन सक्ने हानिबाट मुक्त हुन र शान्ति र स्वतन्त्रताको जीवन जिउन सक्छौं। सिस्टरको सङ्गतिबाट मैले बुझें कि हाम्रो जीवनमा पीडाको मूल कारण नै शैतानको भ्रष्टता हो। मैले मानवजातिलाई बचाउनको लागि परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरको इच्छाको बारेमा पनि थोरै बुझें, र मैले आखिरी दिनहरूका परमेश्‍वरको कार्यलाई खुशीसाथ स्वीकारें। त्यसपछि, म भेलाहरूमा जान थालें र दाजूभाइ र दिदीबहिनीहरूसँग मिलेर हामीले परमेश्‍वरका वचनहरू पढ्यौं, परमेश्‍वरका वचनहरूको हाम्रा अनुभवहरू र बुझाइको बारे सङ्गति गर्यौ, र परमेश्‍वरको प्रशंसामा भजन गायौं। मैले पवित्र आत्माको कामले ल्याएको शान्ति र हर्षको आनन्द लिन थालें र म अब उप्रान्त त्यति दुःखी भइनँ।

हाम्रो भाग्य वास्तवमै परमेश्‍वरको हातमा छ

एक दिन, मैले सिस्टरलाई विगत केही वर्षहरूमा लामो समय काम गर्दाको मेरा दर्दनाक अनुभवहरूको बारेमा बताएँ। सिस्टरले मेरो कुरा सुन्नुभयो र मलाई परमेश्‍वरको वचनका अंशहरू देखाउनुभयो: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि, र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र?” (“मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु”)।

त्यसपछि ती सिस्टरले सङ्गति गर्नुभयो: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र परमेश्‍वरले सबै कुरालाई शासन र नियन्त्रण गर्नुहुन्छ। हाम्रो भाग्य जस्तोसुकै भए पनि र हामी जीवनमा कति धनी हुनेछौं भन्ने कुरा पनि परमेश्‍वरको हातको नियन्त्रणमा हुन्छ, र ती हाम्रो आफ्नै योजना वा कडा परिश्रमद्वारा निर्णित हुँदैनन्। यसो भन्ने केही भनाइहरू छन् ‘मानिसको भाग्य स्वर्गले निर्धारण गर्छ,’ ‘मान्छेले योजना बनाउँछ तर परिणाम ईश्‍वरकै हातमा हुन्छ,’ र ‘स्वर्गका योजनाहरू हाम्रो अधिकारमा पर्छन्,’ जुनले यस तथ्यलाई स्पष्ट रूपमा चित्रण गर्दछ। तर किनकि हामी शैतानद्वारा भ्रष्ट भएका छौं र शैतानद्वारा सिकाइएका र प्रभावित भएका छौं, हामी शैतानका त्यस्ता झूटा भ्रमहरू सही भनाइहरू हुन् भनी मानिलिन्छौ, जस्तै ‘यो संसार परमेश्‍वरविहीन छ,’ ‘मुक्तिदाता कहिल्यै आएका छैनन्,’ ‘आफ्नो नियति आफ्नै हातमा हुन्छ,’ र ‘तिमीले आफ्नै खुशी जित्नुपर्छ’, र हामीले कडा परिश्रम गरेर हाम्रो आफ्नै जीवनको योजना बनाउन बेकारमा आशा गर्दै, हामी परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्न र परमेश्‍वरको सार्वभौमिकतालाई इन्कार गर्न थाल्छौं, र स्वयमको लागि खुशीयाली जीवनको निर्माण गर्दछौं। हामी हाम्रो आदर्शहरू महसुस गर्न, हाम्रो सम्पूर्ण समय र शक्ति खर्च गर्दै, हाम्रो आफ्नै स्वास्थ्यको लागतमा पनि, हामी कडा परिश्रम गर्न प्रयास गर्दछौं र हामी संघर्ष गर्दछौं। तर यी सबैको नतिजा के हुन्छ? के हामी आफूले चाहेको खुशीको जीवन प्राप्त गर्दछौं? धेरै मानिसहरू आफ्नै दुई हातको बलमा र वर्षौंसम्म पैसाको लागि हडबड गर्ने उनीहरूको कडा परिश्रममा भर पर्छन्। अन्ततः तथापि, तिनीहरू आफ्नो भाग्य परिवर्तन गर्न असमर्थ मात्र हुँदैनन्, तर यसको विपरित आफ्नै भाग्यको विरूद्ध उनीहरूको संघर्षले उनीहरूलाई ठूलो शारीरिक र मानसिक पीडा दिन्छ। हामी यी तथ्यहरूबाट देख्न सक्छौं कि परमेश्‍वर सारा मानवजातिको भाग्यमाथि शासन र प्रबन्ध गर्नुहुन्छ। हामी केवल सानो सृष्टि गरिएका प्राणीहरू हौं जो आफ्नै भाग्यलाई नियन्त्रण गर्न असमर्थ छन्। त्यसोभए, शैतानको झुटा भ्रमहरूद्वारा जीवन बिताएर हामी परमेश्‍वरबाट झन्‌-झन् बढ्दै जान्छौं, र अन्तमा हामी पीडाको अगाध खाडलमा फस्छौं, जसमा शैतानले खिलवाड़ गरेर हानि पुर्‍याउँछ। केवल परमेश्‍वरसामु आएर र परमेश्‍वरको उपासना गरेर, परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापनहरू स्वीकारेर र अधीनमा बसेर, साथै अझ धेरै परमेश्‍वरको वचनहरू पढेर, सत्य बुझेर र सही लक्ष्यहरू खोजी गरेर मात्र, हामी आफ्नो पीडादायी जीवनहरूबाट मुक्त हुन र शान्ति र खुशीसाथ बस्न सक्छौं।”

परमेश्‍वरको वचन र सिस्टरको सङ्गति सुनेपछि, मैले विगतका केही वर्षहरूका मेरा नराम्रा अनुभवहरू सम्झें र महसुस गरें कि म वास्तवमै शैतानको झुटा भ्रमहरूको अधीनमा छु; मैले परमेश्‍वरको सार्वभौमिकतालाई चिन्न सकेको थिइनँ, हाम्रा भाग्य परमेश्‍वरको हातमा छ भनी जानकार हुने कुरा त परै जाओस्। मेरो भाग्य बदल्ने र मेरो कडा परिश्रम र सङ्घर्षको कारणले मलाई अरूले उच्च नजरले हेर्ने तुल्याउने जीवन जिउने कोशिस गर्दै, मैले आफ्नो सबै कुरा दिएँ, तर अन्त्यमा मैले मेरो चाहनाहरू पूरा नगर्ने मात्र होइन, तर मेरो शरीर रोगबिमारको साथ कडा बन्यो, र मेरो जीवन दुःखमय बन्यो। परमेश्‍वरका वचनहरूले मलाई यो बुझ्ने अनुमति दियो कि हाम्रो भाग्य उहाँको हातमा छ र हामी आफैंमा तिनीहरूमा बिल्कुलै कुनै नियन्त्रण छैन। एकचोटि मैले यी चीजहरू बुझिसकेपछि, म परमेश्‍वरमा व्यग्रतासाथ विश्‍वास गर्न र हतोत्साहित कामको जीवन त्याग्न चाहन्थें, र म अझ बढी सत्य बुझ्न चाहन्थें, त्यसैले मैले मेरी सिस्टरसँग भेट्ने र परमेश्‍वरको वचनहरू पढ्ने समय मिलाएको थिएँ। त्यसबेला मैले दुवै मेरो काम गरें र परमेश्‍वरको वचनहरूमा चिन्तन गरे, र मैले परमेश्‍वरको वचनको भजन गाउन सिकें। यस तरिकामा बाँच्नाले मलाई पहिले मैले महसुस गरेको भन्दा बढी सहज र शान्त बनायो।

म फेरि प्रलोभनमा पर्दछु र मानिसहरू पैसाको लागि लामो समय किन काम गर्दछन् भन्ने जड कारण फेला पार्दछु

समय बित्दै गयो, र वार्षिक ईद उत्सव चाँडै इन्डोनेसियामा हुनेवाला छ। यो कपडाको लागि माग उच्चतम हुने महिना हो, र यो पैसा कमाउनको लागि “सुनहरा महिना” पनि हो। म सधैं मेरो मालिकबाट धेरै कपडा लिन्थें, र यदि मैले एक महिनाको लागि ओभरटाइम गरेँ भने, म दुई महिनाको ज्याला जति कमाउन सक्थें। तर यस पटक मैले अलिकति फाटिएको महसुस गरें: यदि मैले यो काम स्वीकारें भने यसले निश्चय नै मण्डलीका भेलाहरूमा भाग लिन बाधा पुर्‍याउने थियो, र मेरा आँखाहरूमा पूरै रात काम गर्ने सामर्थ्य हुने थिएन। तर मैले सोचें कि यो अवसर वर्षको एक पटक मात्र आउँदछ र त्यो व्यवसाय यो महिना समाप्त भएपछि धेरै घट्ने थियो। मैले सुरू गर्ने उत्सुकता महसुस गरें, मलाई लाग्थ्यो कि यदि मैले यो अवसर छोडिदिए भने मैले धेरै पैसा गुमाउनेछु। मैले यसबारे बारम्बार सोचेँ तर मैले अझै पनि पैसाको खिचाई प्रतिरोध गर्न सकिनँ, त्यसैले मैले यसबारे मेरो मण्डलीकी सिस्टरसँग छलफल गरें र हरेक हप्ता एउटा भेला छोड्ने आग्रह गरें र मैले मण्डली भेलाहरूमा जानको लागि समय निकाल्न सक्दो गर्ने निर्णय गरें। तर म मैले सोचे भन्दा ज्यादै धेरै व्यस्त भएँ। कपडाको एक सेट समाप्त गरिसकेपछि चाँडै म अर्को लुगा सुरू गर्न चाहन्थे, र म रोक्न सकिनँ। र यसैले म प्राय: स्वयमलाई मण्डलीका सभाहरूबाट बहिष्कार गर्थें, र कहिलेकाँही म अनलाइन भेलामा जाँदा मेरो मन आँधीबेहरीको हाँगाहरू झैं चन्चल हुनेथ्यो, बनाउनुपर्ने कति कपडा मेरो लागि पर्खिरहेका थिए भनेर सधैँ सोचिरहन्थ्यो। बिस्तारै, मेरो हृदय परमेश्‍वरबाट टाढा हुँदै गयो, र हरेक दिनको अन्तमा म शरीर र दिमाग दुवैमा असह्य थकान महसुस मात्र गर्दिन थिएँ, तर मेरो हृदय पनि रित्तो महसुस हुन्थ्यो, र म जहिले पनि असहज महसुस गर्थें। अन्तमा, म परमेश्‍वरसामु प्रार्थना गर्न र खोज्न आएँ र मैले परमेश्‍वरलाई मलाई डोर्याउन आग्रह गरें।

एक भेलामा, मैले सिस्टरलाई आफू कस्तो अवस्थामा थियो त्यसको बारेमा भनें, र उनले मलाई परमेश्‍वरको वचनको एउटा अंश देखायो: “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको दर्शन हो, र यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ। यो हरेक व्यक्तिको हृदयमा हालिएको हुनाले यो प्रचलन बनेको छ भनेर भन्‍न सकिन्छ। सुरुदेखि नै, मानिसहरूले यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्‍दहरू वास्तवमा साँचो छन् भन्‍ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? … यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्‍ने नकरात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येकलगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। प्रकट हुने यो कुरालाई कसरी अर्थ लगाउनुपर्छ त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्‍ने देखिन्छ! त्यसकारण मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले यो प्रवृत्ति प्रयोग गरिसकेपछि, तिनीहरूमा यो कसरी प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्‍न सक्‍दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्‍भव हुन्छ भन्‍ने अनुभव गर्छौ त? मानिसहरूको सम्‍मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्‍नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्‍नो उच्‍च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्‍च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरैजसो मानिसहरूले पैसाको लागि जे पनि बलि चढाउन सक्छन् भन्‍ने कुरा साँचो होइन र? … के मानिसहरूलाई त्यस हदसम्‍म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र? तँमा यस प्रसिद्ध भनाइलाई इन्कार गर्नेदेखि लिएर यसलाई सत्यताको रूपमा स्वीकार गर्ने सम्‍मको परिवर्तन हुँदै जाँदा, तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा पर्छ, अनि त्यसकारण, तँ अपरिहार्य रूपमै यो भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्‍म प्रभाव पारेको छ? तैँले साँचो मार्ग चिनेको हुनसक्छस्, र तँलाई सत्यता थाहा हुनसक्छ, तर यसलाई खोजी गर्न तँ शक्तिहीन छस्। परमेश्‍वरका वचनहरू नै सत्यता हो भन्‍ने तँलाई स्पष्ट रूपमा थाहा हुनसक्छ, तर तँ सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउन वा कष्ट भोग्‍न अनिच्‍छुक छस्। बरु, अन्त्यसम्‍मै परमेश्‍वरलाई विरोध गर्नको लागि तैँले तेरो आफ्‍नै भविष्य र गन्तव्यलाई बलिदान दिनेछस्। परमेश्‍वरले जे भन्‍नुभए पनि, परमेश्‍वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्‍वरको प्रेम कति गहन र कति महान् छ भन्‍ने तैँले बुझे पनि, तँ हठी भई तेरो आफ्‍नै मार्गमा हिँड्न र यस भनाइको लागि मूल्य चुकाउन जिद्दी गर्छस्। भन्‍नुको अर्थ, यो भनाइले तेरो बानीबेहोरा र तेरा विचारहरूलाई नियन्त्रण गर्छ, र तैँले यसलाई त्याग्‍नुको सट्टा यसैलाई तेरो भाग्य नियन्त्रण गर्न दिन्छस्। मानिसहरूले यसरी व्यवहार गर्छन्, तिनीहरू यो भनाइको नियन्त्रण र चालबाजीमा छन् भन्‍ने तथ्यले मानिसलाई भ्रष्ट तुल्याउने शैतानको काम प्रभावकारी छ भन्‍ने कुरालाई चित्रण गर्दैन र? के यो भनेको शैतानको दर्शन र भ्रष्ट स्वभावले तेरो हृदयमा जरा गाडिरहेको कुरा होइन र? यदि तैँले यसो गरिस् भने, के शैतानले त्यसको लक्ष्य हासिल गरेको हुँदैन र?” (“परमेश्‍वर स्वयम् अद्वितीय ५”)।

त्यसपछि त्यो सिस्टरले यसो भन्दै, सङ्गति गरिन्, “हामीले पैसा कमाउनको लागि लामो समय काम गरेर भोग्ने पीडाको स्वाद पाइसकेका छौं, र परमेश्‍वरका वचनहरूबाट बुझ्दछौं कि परमेश्‍वरले मानवजातिको भाग्यमाथि शासन गर्नुहुन्छ। त्यसोभए हामी किन धनको प्रलोभनबाट मुक्त हुन सक्दैनौं? हामीले भर्खर पढेका परमेश्‍वरका वचनहरूले मुद्दाको मूल कारण प्रकट गर्दछ; किनभने शैतानका यस्ता स्वयंसिद्ध तर्क र झुटा भ्रमहरूले हामीलाई गहिरो प्रभाव पारेको छ जस्तै ‘पैसा नै पहिलो कुरा हो,’ र ‘दुनियाँ पैसाको इसारामा चल्छ।’ उनीहरूको प्रभावमा, हामी विश्‍वास गर्छौं, यस संसारमा जहाँ सबै पैसाको पछि लाग्छन्, केवल धनी भएर हामी खुशीसाथ बाँच्न र अरूको सम्मान जित्न सक्छौं, र यदि हामी धनी भएनौं भने, तब हामीलाई अरूले निम्न र तुच्छ ठानिनेछ र हाम्रो समाजमा कुनै ठाउँ हुनेछैन। यी गलत दृष्टिकोणको वशमा परेर, हामी धेरै पैसा कमाउनको लागि, हाम्रो आफ्नै स्वास्थ्यको पर्वाह नगरी आफैंले काम गर्छौं। परिणाम यो छ कि हामी यति थकित हुन्छौं कि हामी बिरामी हुन्छौं, र हाम्रो शरीर र हाम्रो दिमाग दु: ख र सतावटले ग्रस्त हुन्छन्। हामीले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, हामी यो कुरा राम्ररी जान्दछौ कि धनसम्पत्तिको पछि लाग्नु अर्थहीन र बेकार हो, हामीले परमेश्‍वरको वचनलाई अझ बढी पढ्नुपर्दछ र सत्यलाई बुझ्ने कोशिस गर्नुपर्दछ, केवल त्यसो गरेर हामी शैतानको हानिबाट मुक्त हुन सक्छौं, र तैपनि हामी अझै सम्पत्तिको हामीमाथिको खिंचाई पार गर्न असमर्थ छौं। धेरै पैसा कमाउनको खातिर हामी मण्डलीका थोरै भेलाहरूमा उपस्थित हुन्छौं, भेलाबाट आफूलाई बहिष्कार गर्छौं र हाम्रो जीवनलाई कुनै ध्यान दिदैनौं। तर अन्तमा, हामी फेरि एक पटक शैतानको पासोमा पर्दछौं, र हामी परमेश्‍वर हाम्रो छेउमा नहुनुको पीडाको साथ बाँचिरहेका छौं। के यो सबै शैतानको पूर्ण झूटले हामीलाई धोका दिएर भ्रष्ट बनाएको कारणले होइन? सिस्टर, हामी देख्न सक्छौं कि यस संसारमा धेरै व्यक्तिहरू छन् जसले पैसा कमाउन अत्यन्तै कठिनका साथ आफ्नो जीवन बिताउँछन्, तर यी सबैको अन्तिम परिणाम यो हो कि उनीहरूले आफ्नो जीवनको पहिलो आधा पैसा कमाउन आफ्नो जीवन खर्च गर्छन्, र त्यसपछि उनीहरू तिनीहरूको जीवनको दोस्रो आधा जीवन किन्नका लागि आफ्नो पैसा खर्च गर्छन्। त्यसोभए केही सेलिब्रेटीहरू र केही धनी र शक्तिशाली व्यक्तिहरू छन्, यद्यपि तिनीहरूको धनी जीवनले उनीहरूलाई अस्थायी शारीरिक सान्त्वना दिन सक्दछ, तिनीहरूको आत्माहरू पूर्ण रूपमा खाली र पीडामा छन्, र कतिले यो पीडाबाट स्वतन्त्र हुनको लागि आफूलाई मार्ने छनौट पनि गर्दछन्। यसले हामीलाई देखाउँदछ कि धन, प्रसिद्धि र लाभले हामीलाई खुशी दिन सक्दैन; ती कुराहरूले गर्न सक्ने सबै भनेको हामीलाई दु: ख भोग्ने र अधिक भन्दा अधिक पतन हुने तुल्याउनु हो—धन, प्रसिद्धि र लाभको खोजी सही मार्ग होइन। ‘पैसा नै पहिलो कुरा हो,’ र ‘दुनियाँ पैसाको इसारामा चल्छ’ जस्ता शैतानका यस्ता स्वयंसिद्ध तर्क र झुटा भ्रमहरू हामीलाई धनको खोजीमा खराबको मार्गमा डोर्‍याउन, र हामीलाई धनको सर्व-उपभोग भोकमा फस्न लगाउन, पैसाको दास बनाउन, र अन्तमा शैतानद्वारा मार्न प्रयोग गर्दछ। के शैतान यति धेरै कपटी र छली छैन? सिस्टर, परमेश्‍वरले आखिरी दिनहरूमा शैतानले मानवजातिलाई भ्रष्ट पार्न प्रयोग गर्ने गोप्य साधनको साथै त्यसको खराब अभिप्रायलाई पर्दाफास गर्न सत्यलाई अभिव्यक्त गर्नुहुन्छ, यस आशामा कि दुवै हृदय र आत्मा भएकाहरू परमेश्‍वरसामु उहाँको वचन ग्रहण गर्न, सत्यलाई बुझ्न, शैतानका धूर्त युक्तिहरू देख्न, शैतानका विविध झुटा भ्रमहरू अस्वीकार गर्न, परमेश्‍वरसँग डराउने र खराबीबाट टाढा रहने मार्ग हिड्न, र भलाइको लागि शैतानको हानिबाट मुक्त हुनलाई आउन सकोस्। हामी मानवजातिको लागि, यो सबैभन्दा परम ठुलो असल सौभाग्य हो!”

परमेश्‍वरको वचन र सिस्टरको संगति सुनेपछि, मैले धेरै उत्साहित भएको महसुस गरें र मैले परमेश्‍वरको हरेक वचन सत्यको प्रकाश भएको महसुस गरें। म कसरी शैतानको झूटा भ्रमद्वारा गहिरो रूपमा प्रभाव पारिएको थिएँ भन्ने बारेमा र कसरी मैले हरेक दिन बिहानदेखि बेलुका साँझसम्म पैसा कमाउने मेसिनको रूपमा काम गरिरहँदै, पैसा कमाउन एकदमै मेहनत गरिरहँदै, निरन्तर धनको खोजी गरिरहेको थिएँ भन्ने बारेमा मैले सोचेँ। जब मैले लगभग मेरो आँखाको दृष्टि हराउनै लागेको थिएँ कि मैले अन्ततः रोक्नु पर्यो। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, मैले परमेश्‍वरका वचनहरू पढ्न र सत्य बुझ्ने प्रयास गर्न आफ्नो अनमोल समयको कदर गर्न सकिनँ। यसको सट्टामा, म धनको पछि लागिरहेको थिएँ, यहाँसम्म कि पैसा कमाउँदा मण्डलीका भेलाहरूमा उपस्थित हुनमा बाधा पुग्थ्यो र मेरो हृदय परमेश्‍वरबाट झन् टाढा भइरहेको थियो। तब मात्र मैले बुझ्न सकें कि शैतानको गलत विचार र दृष्टिकोणहरूले म कत्तिको गहिरो भ्रष्ट भएको थिएँ; मैले आफ्नो जीवनभन्दा पनि पैसालाई अझ महत्त्वपूर्ण ठानें र म पैसाको दास भएको थिएँ। त्यसपछि, मैले मेरो जेठो दाइको बारेमा सोचें जसले दिनभर हरेक दिन नै कसरी उसले अझ बढी पैसा कमाउने भनेर सोचिरहन्थ्यो ताकि उसले शीर्ष जीवन जिउन सकोस्, र त्यसपछि चालीस वर्षको उमेर ताका ऊ उदासिनताबाट ग्रसित हुन थालिसकेको थियो। उसले धेरै पैसा ऋण लिए तर पनि उसले आफ्नो उदासिनता निको पार्न सकेन, र सम्पूर्ण परिवारले यसबाट दुःख भोगे। त्यसपछि मेरो कान्छो पुरूष भतिजा थियो; सफल हुनको लागि, उनले पैसा कमाउन निकै मेहनत गरे, र उनले धेरै कमाए पनि, तर अन्ततः उनलाई क्यान्सर भयो र मर्यो। परमेश्‍वरका वचनहरूका साथै मेरो वरपरका जीवित उदाहरणहरूबाट मैले देखें कि शैतानका विचार र दृष्टिकोणहरू हामीलाई धोका दिन, हामीलाई बाँध्न, हामीलाई मूर्ख बनाउन र हामीलाई हानि पुर्‍याउनका लागि थिए। यद्यपि पैसाले हामीलाई अस्थायी भौतिक आनन्द र अन्य व्यक्तिको प्रशंसा र सम्मान ल्याउन सक्छ, यसले हामीले महसुस गर्ने शोक र पीडालाई हटाउन सक्दैन, न त यसले आत्मिक शान्ति र आनन्द, न सत्यता किन्न सक्दछ, र यसले जीवन किन्न सक्ने कुरा त परै जाओस्। मैले अन्तमा बुझें कि धनको खोजी वास्तवमा जीवनको सही मार्ग होइन, र प्रत्येक दिन पैसाको खातिर जिउनु साँच्चै ज्यादै थकाउने र कष्टकर हुन्छ। मलाई थाहा भयो कि यदि म सत्यमा नव्यूँउझेको भने म केवल मेरो जेठो दाइ र मेरो भतिजाको पाइलामा हिंड्नेथ्यो र त्यतिन्जेलसम्ममा त पश्‍चात्ताप गर्न एकदम्मै ढिला हुने थियो!

मैले सुखी जीवन पाएँ र म शान्तिमय र सहज महसुस गर्छु

तब म परमेश्‍वरको वचनहरूको अर्को अंश पढ्छु: “तर यो स्थितिबाट आफूलाई मुक्त गर्ने एउटा अत्यन्तै सरल तरिका छ र यो सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जीवनशैली, जीवन सम्‍बन्धी दृष्टिकोण, खोजी, इच्‍छा, र आदर्शहरूलाई सारांशित र विश्‍लेषण गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रतिको परमेश्‍वरका इच्‍छा र मागहरूसँग तुलना गरेर तीमध्ये कुनै पनि कुराहरू परमेश्‍वरका इच्‍छा र मागहरूअनुरूप छन् कि छैनन्, तीमध्ये कुनै पनि कुराहरूले जीवनका सही मूल्यहरू प्रदान गर्छन् कि गर्दैनन्, व्यक्तिलाई सत्यतासम्‍बन्धी वृहद बुझाइमा लैजान्छन् कि लैजाँदैनन्, अनि व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछन् कि तुल्याउँदैनन् भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका जिउने अनेक तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीसाथ विश्‍लेषण गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले जुन अभिप्राय राख्‍नुभएको थियो त्यो मौलिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्‍याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले गर्नुपर्ने काम भनेको जीवनसम्‍बन्धी तेरो पुरानो विचारलाई पन्छ्याउनु हो, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नु हो, परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरो लागि बन्दोबस्तहरू गर्न दिनु हो; यो भनेको परमेश्‍वरका योजनाबद्ध कार्यहरू र अगुवाइमा मात्रै समर्पित हुने प्रयास गर्नु हो, व्यक्तिगत छनौटविना नै जिउनु हो, अनि परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्‍नु हो” ( “परमेश्‍वर स्वयम् अद्वितीय ३”)।

परमेश्‍वरलाई धन्यवाद छ कि उहाँको वचनले मलाई अनुसरण गर्ने सही दिशा देखायो। मैले पैसा कमाउनलाई गएको केही बर्षहरूमा कसरी कडा परिश्रम गरेको थियो र मेरो भौतिक जीवनमा कसरी केही सुधार भएको थियो भन्ने बारेमा मैले सोचेँ। तर पैसाको निम्ति हड्बड्ले ल्याएको शोक र दु:खहरू भनेको पैसाले तिर्न नसक्ने कुराहरू हुन्। म अन्धाधुन्ध धनको खोजीमा लागिरहेको थिएँ र शैतानले यति नराम्रो चोट पुर्‍याएको थियो, तर अब म आखिरी दिनहरूको परमेश्‍वरको काम स्वीकार्न भाग्यशाली भएँ। केवल ईमान्दारीसाथ परमेश्‍वरलाई पछ्याउँदै, सत्यको पछि लाग्ने मार्गमा हिंड्दै, परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापनको अधीनमा बस्दै, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पालन गर्नु जीवनमा पछ्याउनु पर्ने सही लक्ष्यहरू हुन्, र यी चीजहरू मात्रै व्यक्तिको जीवनमा अति खुसी ल्याउने कुराहरू हुन्। यो कसरी हुन सक्छ भनी मैले सोचें, यद्यपि मण्डलीका धेरै दाजुभाइ र दिदीबहिनीहरू उच्च दर्जारहित छन्, न त उनीहरू धनी जीवन बिताउँछन्, तैपनि उनीहरूले केही सत्यता बुझेका छन् र पैसालाई ठीकसँग बुझ्न सक्षम भएका छन्; तिनीहरू धनको लोभ गर्दैनन्, तिनीहरू सबै कुरामा परमेश्‍वरको योजना र प्रबन्धहरूको अधीनमा हुन्छन्, तिनीहरू सत्यको पछि लाग्नमा ध्यान केन्द्रित गर्दछन्, उनीहरू आफ्नो कर्तव्यहरू पूरा गर्दछन्, उनीहरू शान्तिमय, स्थिर जीवन बिताउँछन् र तिनीहरूको आत्मा स्वतन्त्र हुन्छन्—यो त्यस्तो चीज हो जुन कुनै पनि रकमको पैसाले किन्न सक्दैन, र यस्तो चीज हो जुन परमेश्‍वरलाई विश्‍वास नगर्नेहरू केवल अनुभव गर्न असमर्थ छन्। मैले फेरि कहिल्यै पनि पैसाको दास नहुने, र खानेकुरा र कपडाको आधारभूत आवश्यकताहरूको लागि पर्याप्त पैसाले सन्तुष्ट हुने संकल्प गरें। “म भेलाहरूमा सक्रियताका साथ भाग लिनेछु,” मैले आफैमा संकल्प गरें, “र परमेश्‍वरका वचनहरू अझ पढ्नेछु ताकि म अझ धेरै सत्य बुझ्न सक्दछु। म परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापनहरूको अधीनमा बस्नेछु र आफूलाई पैसाको खातिर लामो समय काम गर्ने कष्टकर जीवनबाट छुटकारा दिनेछु।”

पछि, मैले एउटा काम पाएँ जुन त्यति व्यस्त थिएन, र म मेरो नयाँ मालिकसँग मैले दिनमा कपडाको कति टुक्रा बनाउनु पर्थ्यो भन्ने बारेमा सहमत भएँ। म पनि मण्डलीमा मेरा दाजूभाइ र दिदीबहिनीहरूसँग नियमित भेलाहरूमा उपस्थित हुने गर्थें, र जब मसँग समय हुन्थ्यो म परमेश्‍वरको वचनहरू पढ्थे र भजनहरू सिक्थे। समय बित्दै जाँदा, मैले केही सत्यहरू बुझें, र जब म जीवनमा समस्या र कठिनाइहरूको सामना गर्थे, म परमेश्‍वरलाई प्रार्थना गर्थे र तिनीहरूलाई परमेश्‍वरको वचनहरूमा समाधान गर्ने बाटो फेला पार्दथे। मेरो जीवनको प्रत्येक दिन समृद्ध र आनन्दित भएको थियो, र मैले साँच्चिकै परमेश्‍वरका वचनहरूका यी पंक्तिहरूलाई सराहना गरें: “मानिसले धारण गर्नुपर्ने सत्यता परमेश्‍वरको वचनमा पाइन्छ र सत्यता नै त्यो कुरा हो जुन मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुन्छ। यो तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हो, यस्तो कुरा जसले मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्छ। यो त त्यो सत्यता हो जुन कुराले मानिस सुसज्जित हुनुपर्छ” ( “सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ”)।

मैले यो थाहा पाउनुअघि, २०१८ को ईदको उत्सवको समय आइसकेको थियो। मेरो नयाँ मालिकले मलाई यसो भन्दै सधैंको भन्दा बढी कपडा बनाउन आग्रह गरे, “यो अवसरलाई नभुल्नुहोस् किनभने यो फेरि आउँदैन। अब यस समयको फाइदा लिनुहोस् र केही पैसा कमाउनको लागि आफ्नो शक्ति प्रयोग गर्नुहोस्, र तब तपाईंले बुढेसकालमा जीवनको आनन्द उठाउन सक्नुहुनेछ।” मेरो मालिकको वचनले मलाई अलिकता धक्का पुर्‍यायो, तर त्यसपछि मैले सोचें कि मेरो जीवन कत्ति दर्दनाक र पीडादायी थियो जब मैले पैसा कमाउन कडा मेहनत गरेको थिएँ। मैले यो पनि सोचेँ, परमेश्‍वरको आशिषबिना, हामी मानिसहरू आफूले चाहेको चीजहरू प्राप्त गर्न सक्दैनौं, हामी ती कुराहरूको लागि जति नै मेहनत किन नगरौं। चाहे म गरीब होस् वा धनी, यो परमेश्‍वरको हातमा छ। मैले गर्नुपर्ने कुरा भनेको नियमित घण्टा काम गर्नु थियो ताकि मेरो जागिरले मण्डलीका भेलाहरू वा मेरो स्वास्थ्यमा असर नगरोस् र चाहे मैले धेरै पैसा कमाएको होस् वा नहोस्, म परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापनहरूको अधीनमा बस्नेछु। म अब शैतानद्वारा हानी पारिन चाहन्नथे, न शैतानले मलाई अब वशमा पारेको नै चाहन्थे। र यसैले, मैले मेरो मालिकलाई इन्कार गरें। अचम्मको कुरा, ईद सकिनासाथ, दिनहुँ लुगाका लागि कपडा काट्न भन्दै लगातार मानिसहरूको भिड लाग्थ्यो, र आधा घण्टामा मैले सम्पूर्ण कपडाको सेट बनाउँदा कमाउने जति पैसा कमाउन सक्थें। मैले वास्तवमै बुझें कि कसरी मेरो जीवनमा परमेश्‍वरकै हातहरूमा सबै कुरामाथि शासन गरियो र व्यवस्थित गरियो र मैले कत्ति धेरै पैसा कमाउन सक्छु भन्ने कुरा पनि परमेश्‍वरले पूर्वनियुक्ति गर्नुभएको थियो। केवल परमेश्‍वरको वचन अनुरूपको अभ्यास गरेर र परमेश्‍वरको योजना र व्यवस्थापनहरूको अधिनमा रहेर मात्र म स्वतन्त्रता र शान्तिमा बस्न सक्छु।

आजकल, मेरो जागिरमा नियमित घण्टा काम गर्नुको अलावा, म मण्डलीमा मेरो कर्तव्यलाई मेरो क्षमताले भ्याएसम्म पुरा गर्दछु र मैले मेरा दाजूभाइ र दिदीबहिनीहरूसँगै परमेश्‍वरको राज्यको सुसमाचार फैलाउँदछु। म यस प्रकारको जीवन धेरै अर्थपूर्ण र खुशी भएको महसुस गर्छु। मेरो पेट दुखाइ पहिले भएको जत्तिकै बारम्बार हुने गर्दैन, र मलाई दिनहुँ औषधीय आँखा थोप्ले प्रयोग गर्ने आवश्यक पर्दैन। यी तथ्यहरूले मलाई परमेश्‍वरको साँचो प्रेम र उहाँका अचम्मका कामहरू बुझ्न अनुमति दिन्छ, र मैले सदाको लागि परमेश्‍वरलाई पछ्याउने संकल्प गरेको छु। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे

युटिंग, जापान द्वारा प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें,...

त्रीएकत्वको रहस्य खुलासा

म २० वर्षअघि एक जना एल्डर मार्फत इसाई भएको थिएँ। उहाँले मलाई ब्रह्माण्डका सबै कुरामध्ये साँचो परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, जसले...

मैले आखिरी दिनहरूमा झुटा कुराहरूमा विश्वास गरेकी कारण येशू ख्रीष्टको उद्धार झन्डै गुमाएँ

ली शेंगमेई, दक्षिण कोरियाद्वारा परिचय जब उनले प्रभुको पुनरागमनको खबर सुनिन्, उनी आखिरी दिनहरूमा हुने परमेश्‍वरको कामको गम्भीरतासाथ खोजी र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्