सत्यतालाई स्वीकार नगरी परमेश्‍वर स्वयम्‌लाई मात्र स्वीकार्नुका समस्याका प्रकृति र परिणामहरू

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

देहधारी परमेश्‍वरमा विश्‍वास नगर्ने जो कोही पनि—अर्थात् दृश्य परमेश्‍वरमा वा उहाँको काम र वचनहरूमा विश्‍वास नगर्ने, बरु स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरको आराधना गर्ने जो कोही पनि व्यक्तिको हृदयमा परमेश्‍वर हुनुहुन्न। यस्ता मानिसहरू परमेश्‍वरप्रति विद्रोही र प्रतिरोधी हुन्छन्। उनीहरूमा मानवता र सुझबुझको कमी हुन्छ, सत्यताको त कुरै नगरौं। यसको अलाबा, यी मानिसहरूका निम्ति दृश्य र मूर्त परमेश्‍वर अझ धेरै विश्‍वास गर्न सकिँदैन, तैपनि उनीहरूले अदृश्य र अमूर्त परमेश्‍वर धेरै विश्‍वासयोग्य र प्रशन्नकारी भएको ठान्छन्। उनीहरूले खोजेका कुरा वास्तविक सत्यता होइन, न त यो जीवनको साँचो सार नै हो; परमेश्‍वरको इच्छाको कुरा त परै जाओस्। बरु, उनीहरूले उत्तेजना खोज्छन्। जुन-जुन कुराहरूले उनीहरूलाई उनीहरूको आफ्नै इच्छा पूरा गर्न सक्षम तुल्याउँछन्, निसन्देह नै, ती उनीहरूले विश्‍वास गर्ने कुरा र खोजी गर्ने कुरा हुन्। उनीहरूले सत्यता खोज्न होइन, उनीहरूको आफ्नै चाहनाहरूलाई तृप्‍त पार्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। के यस्ता मानिसहरू दुष्कर्म गर्नेहरू होइनन् र? उनीहरू अति नै आत्मविश्‍वासी हुन्छन्, र अनि स्वर्गमा हुनुहुने परमेश्‍वरले उनीहरू जस्ता “असल मानिसहरू” लाई नष्ट गर्नुहुनेछ भनी उनीहरूले विश्‍वास गर्दैनन्। सट्टामा, परमेश्‍वरले उनीहरूलाई रहन दिनुहुनेछ र, परमेश्‍वरको निम्ति धेरै थोकहरू गरेका र उहाँप्रति देखाएका ठूलो “बफादारीता” ले गर्दा उहाँले उनीहरूलाई राम्रो इनाम दिनुहुनेछ भन्ने उनीहरूले विश्‍वास गर्छन्। यदि उनीहरूले दृश्य परमेश्‍वरको खोजी गर्नु परेको थियो भने पनि, उनीहरूको चाहनाहरू पूरा नहुने बित्तिकै, उनीहरू तुरुन्तै परमेश्‍वरको विरुद्ध फर्केर आक्रमण गर्थे वा अत्यन्त क्रोधित हुन्थे। उनीहरू आफूलाई सदैव तिनीहरूका आफ्नै चाहनाहरू तृप्‍त पार्न खोज्ने घृणित मानिसहरू जस्तो देखाउँछन्; उनीहरू सत्यताको खोजी गर्ने कुरामा सत्यनिष्ठा मानिसहरू होइनन्। यस्ता मानिसहरू ख्रीष्टलाई पछ्याउने कथित दुष्टहरू हुन्। सत्यतालाई नखोज्ने ती मानिसहरूले सम्भवतः सत्यतामा विश्‍वास गर्न सक्दैनन् र अझै मानवजातिको भविष्यको परिणाम बुझ्न असक्षम हुन्छन्, किनभने उनीहरूले दृश्य परमेश्‍वरको कुनै काम वा वचनहरूलाई विश्‍वास गर्दैनन्—साथै यसमा मानवजातिको भविष्यको गन्तव्यमा विश्‍वास गर्न सक्षम नहुने कुरा पनि पर्छ। यसकारण, उनीहरूले दृश्य परमेश्‍वरलाई पछ्याए तापनि, उनीहरूले अझै दुष्ट काम गर्छन् र सत्यता बिलकुलै खोज्दैनन्, न त उनीहरूले मैले चाहेको सत्यता अभ्यास गर्छन्। उनीहरूलाई नष्ट गरिनेछ भनी विश्‍वास नगर्नेहरूलाई नै यसको विपरीत नष्ट पारिनेहरू उनीहरू नै हुनेछन्। उनीहरूले आफैलाई निकै चलाख छन् भन्ने विश्‍वास गर्छन् र उनीहरूले उनीहरू आफैलाई सत्यता अभ्यास गर्ने मानिसहरू ठान्छन्। उनीहरूले उनीहरूका दुष्ट व्यवहारलाई सत्य ठान्छन्, र यसैले यसलाई रुचाउँछन्। यस्ता दुष्ट मानिसहरू निकै आत्मविश्‍वासी हुन्छन्; उनीहरूले सत्यतालाई सिद्धान्तको रूपमा लिन्छन् र उनीहरूको दुष्ट कर्महरूलाई सत्यताको रूपमा लिन्छन्, तर अन्तमा, उनीहरूले जे छरेका छन् त्यही मात्र कटनी गर्छन्। मानिसहरू जति धेरै आत्मविश्‍वासी हुन्छ र जति धेरै उनीहरू जथाभाबी अहङ्कारी हुन्छन्, र उत्ति नै धेरै उनीहरू सत्यता हासिल गर्न असक्षम हुन्छन्; जति धेरै स्वर्गमा हुनुहुने परमेश्‍वरमा विश्‍वास गर्छन्, उत्ति नै धेरै परमेश्‍वरको प्रतिरोध गर्छन्। दण्ड दिइने मानिसहरू यिनीहरू नै हुन्। मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरको सेवा गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलाबा, उनीहरू उनीहरूका दुष्ट व्यवहार बमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूका आज्ञाकारीताको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि दृश्य परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने दृश्य परमेश्‍वरप्रति अनाज्ञाकारी भइरहे र प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने कोही पनि, ऊ अन्तमा निष्कासन र विनाशको पात्र हुनेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्‍वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने कोही भविष्यमा अझ धेरै विनाश पारिने सम्भावनामा हुनेछ। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

आज, म पृथ्वीमा बस्छु र म मानिसका बीच बस्छु। मानिसहरूले मेरो कामको अनुभव गर्छन् र मेरा वाणीहरूको प्रतीक्षा गर्छन् र यसका साथै मेरा प्रत्येक अनुयायीहरूलाई म सबै सत्यहरू प्रदान गर्दछु कि उनीहरूले मबाट जीवन प्राप्त गर्न सक्छन्, र त्यसैले उनीहरू हिँड्ने बाटो पनि प्राप्त गर्न सक्छन्। किनकी म परमेश्‍वर हुँ, जीवनदाता हुँ। मेरा कामका धेरै वर्षहरूका दौरान मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन् र धेरै कुरा गुमाएका छन्, तर अझ पनि म भन्छु उनीहरू मलाई साँच्चिकै विश्‍वास गर्दैनन्। किनकी मानिसहरू मुखले मात्र मलाई म परमेश्‍वर हुँ भनी स्वीकार गर्छन्, तर, मैले भनेका सत्यहरूसँग विमति राख्छन्, र अझ मैले उनीहरूलाई भनेको सत्यको अभ्यास गर्दैनन्। भन्नुपर्दा, मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन् तर सत्यको अस्तित्वलाई होइन; मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन् तर जीवनको अस्तित्वलाई होइन। मानिसहरू परमेश्‍वरको नामलाई मात्र स्वीकार गर्छन् तर उहाँको तत्वलाई होइन। उनीहरूको उत्साहको लागि म उनीहरूलाई घृणा गर्छु किनकी मलाई झुक्याउन उनीहरू मीठो सुनिने शब्दहरू प्रयोग मात्र गर्छन्; उनीहरू कसैले पनि मलाई साँच्चिकै आराधना गर्दैनन्। तिमीहरूका भनाइहरूमा सर्पको प्रलोभन छ; अझ बढी, तिनमा चरम घमण्ड, प्रधान दूतको सत्य घोषणा झल्किन्छ; तिमीहरूका काम कलङ्कित हुने गरी लथालिङ्ग र भताभुङ्ग छन्; तिमीहरूका अधिक चाहनाहरू र लोभी अभिप्रायहरू सुन्न लाजमर्दो छन्। तिमीहरू सबै मेरो घरमा कीराहरू बनेका छौ घृणाको साथ खारेज गर्ने वस्तु बनेका छन्। तिमीहरू कोही पनि सत्यलाई मन पराउँदैनौ; सट्टामा, आशीर्वाद पाउन लालायित हुन्छौ, स्वर्ग चढ्ने इच्छा राख्छौ, ख्रीष्टले उहाँको शक्ति पृथ्वीमा प्रयोग गरेको भव्य दृश्य हेर्ने चाहना राख्छौ। तर के तिमीहरूले कहिल्यै सोचेका छौ तिमीहरू जस्ता पूरै भ्रष्ट जसलाई परमेश्‍वर जे हुनुहुन्छ भन्ने थाहा छैन, तिमीहरू कसरी परमेश्‍वरका अनुयायी हुन लायक हुन्छौ? कसरी तिमीहरू स्वर्गमा चढ्न सक्छौ? कसरी तिमीहरू यस्तो भव्य दृश्य, जुन दृश्यको भव्यताको कुनै पूर्ववर्ती कुरा छैन, त्यो हेर्न लायक हुन्छौ?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

तिमीहरूले धेरै वर्षदेखि मेरो सामु गरेका व्यवहारले मलाई पहिले कहिल्यै नसुनेको उत्तर दिएको छ अनि यो उत्तरको प्रश्नचाँहि यस्तो छ “सत्यता र साँचो परमेश्‍वरको सामने मानिसको प्रवृत्ति कस्तो छ?” मैले मानिसको निम्ति समर्पित गरेको कोसिसहरूले मानिसप्रति भएको मेरो प्रेमको सार प्रमाणित गर्छ, अनि मानिसले मेरो सामु गरेको हरेक कार्यले तिनीहरूले सत्यलाई घृणा गर्छन् र तिनीहरू मेरो विरोधमा छन् भनी प्रमाणित गर्दछ। हरसमय म मलाई पछ्याउनेहरूको सरोकार राख्छु, तापनि तुरुन्तै मेरो पछि लाग्नेहरू मेरो वचन ग्रहण गर्न सक्षम छैनन्, तिनीहरू मेरा सल्लाहहरू स्वीकार गर्न पनि सक्षम छैनन्। यही कुराले मलाई सबैभन्दा धेरै दुःखी बनाउँछ। कसैले पनि मलाई कहिल्यै बुझ्न सकेका छैनन्, अनि त्यसबाहेक, मेरो मन निष्कपट र मेरा वचनहरू भद्र भए तापनि कोही पनि मलाई ग्रहण गर्न कहिल्यै सक्षम भएको छैन। प्रत्येक व्यक्तिले मैले तिनीहरूलाई दिएको काम तिनीहरूको आफ्नै विचारअनुसार गर्ने कोसिस गर्छ, तिनीहरू मेरा अभिप्रायहरू खोज्दैनन्, मैले तिनीहरूबाट के चाहन्छु भनी सोध्ने कुरा त परै जाओस्। तिनीहरूले निष्ठा पूर्वक मेरो सेवा गरेको दाबी गरे पनि मेरो विरुद्ध विद्रोह गर्छन्। धेरैले आफूले स्वीकार गर्न नसक्‍ने वा अभ्यास गर्न नसक्ने सत्यताहरूलाई सत्यता नै होइनन् भन्ने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरूमा, मेरा सत्यताहरू इन्कार गरिएको र फ्याँकिएको थोक बन्दछ। यसको साथसाथै मानिसहरूले मलाई वचनमा मात्र भएको परमेश्‍वरको रूपमा चिन्छन्, तापनि मलाई परदेशीको रूपमा विश्‍वास गर्छन् जो सत्य, बाटो वा जीवन होइन। यो सत्यता कसैले पनि जान्दैन: मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन, तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचनहरू ग्रहण गर्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने ती वचनहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, अत्यन्तै तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो विचार यति मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्, त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्ने मानिसहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूका कारण मुक्ति ग्रहण नगर्नेहरू तिनीहरू हुन् जसलाई मेरा वचनहरूद्वारा दोषी ठहराइएका छन्, अनि यसको अलाबा, मेरो मुक्ति गुमाएका छन्, अनि मेरो लहुरो तिनीहरूबाट कहिल्यै हट्नेछैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

परमेश्‍वरले यो सबै काम गर्नुभएको छ, र मानिसहरूले यसको अनुभव गरेका छन्, र तिनीहरूले आफ्‍नै आँखाले परमेश्‍वरको कार्यका यी सबै चरणलाई देखेका छन्। मानिसहरूले यसलाई जसरी हेरे पनि, परमेश्‍वरले गर्नुहुने काम र उहाँले बोल्‍नुहुने वचनहरू मानिसको प्रश्‍नभन्दा बाहिरका कुरा हुन्, र तिनलाई मानिसले शङ्का गर्नु हुँदैन। यो देहको शरीर जति सामान्य र आम भए पनि, मानिसहरूको सामुन्ने यो जति नै उल्‍लेखनीय नदेखिए पनि, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्नैपर्छ। कतिले भन्छन्, “तपाईंको देह अत्यन्तै महत्त्वहीन र सामान्य भएकोले, तपाईं जुन व्यक्ति हुनुहुन्छ त्यो व्यक्ति हामीमा आज्ञापालन वा आदर उत्प्रेरित गर्न, र हाम्रो निम्ति कुनै पनि ठूलो फाइदाको हुन नसक्‍ने भएकोले, हामीले तपाईंलाई साधारण व्यक्तिको रूपमा व्यवहार गर्नुपर्छ।” यस्तो दृष्टिकोणको बारेमा तिमीहरू के विचार गर्छौ? अरू भन्छन्, “तपाईंले गर्नुभएका कतिपय कुराहरूले हामीलाई अविश्‍वस्त तुल्याएको, हामीलाई धारणाहरू दिएको, र ती हाम्रो समझबाहिर रहेका हुनाले, र तपाईंले हाम्रो निम्ति अस्वीकार्य कुराहरू भन्‍नुभएको हुनाले, तपाईंले स्वर्गका परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्‍नुहुन्‍न—त्यसकारण हामी अन्तिमसम्‍मै तपाईंसँग लड्नुपर्छ। यदि तपाईंले हामीलाई सुसमाचार फैलाउन लगाउनुहुन्छ भने, हामी त्यसो गर्नेछैनौं, यदि तपाईंले हामीलाई हाम्रो कर्तव्य पूरा गर्न लगाउनुहुन्छ भने, हामी त्यसो गर्नेछैनौं, र यदि तपाईंले हामीलाई तपाईंका वचनहरूलाई जीवन र सत्यताको रूपमा स्वीकार गर्न लगाउनुहुन्छ भने, हामी त्यसो गर्नेछैनौं। तपाईंले जुन व्यक्ति हुनुहुन्छ त्यो व्यक्तिसँग हामी अन्तिमसम्‍मै लड्नेछौं—हेरौं तपाईंले हामीलाई के गर्न सक्‍नुहुन्छ।” कुनै पनि हालतमा सत्यतालाई स्वीकार नगर्ने यी मानिसहरूको हृदयमा, परमेश्‍वरको कार्यलाई इन्कार गर्ने, परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्ने कुरालाई इन्कार गर्ने, र उहाँको देहधारी शरीरलाई इन्कार गर्ने हजारौं, लाखौं कारण हुन्छन्। तर तिनीहरूको लागि त्यति स्पष्ट नभएको हुनसक्‍ने एउटा कुरा छ: तिनीहरूसँग जति नै धेरै कारण भए पनि, यदि तिनीहरूले यी सत्यताहरूलाई स्वीकार गर्दैनन् भने, तिनीहरूले मुक्ति पाउनेछैनन्। यदि तैँले मैले धारण गरेको व्यक्तिलाई वा परमेश्‍वरको कामलाई स्वीकार गर्दैनस्, र परमेश्‍वरका यी वचनहरूलाई स्वीकार गर्दैनस् भने, ठीकै छ—तर यदि तैँले यी वचनहरूलाई सत्यताको रूपमा लिँदैनस् र तिनलाई अभ्यास गर्दैनस् भने, म इमानदारिताको साथ तँलाई भन्छु: तैँले कहिल्यै पनि मुक्ति पाउनेछैनस्, न त तँ कहिल्यै स्वर्गको राज्यको ढोकाबाट भित्र प्रवेश नै गर्नेछस्। किनभने यदि तँ परमेश्‍वरका यी वचनहरू, यी सत्यताहरू, र काम गर्ने यस व्यक्ति, यस ख्रीष्‍टबाट तर्किन्छस् भने, तैँले जति नै धेरै धर्मसिद्धान्त बुझे पनि, वा तैँले जति नै धेरै काम गरेको भए पनि, तैँले केही पनि प्राप्त गर्नेछैनस्; तँ फोहोरको टुक्रा मात्रै होस्। तैँले जसको नाममा तेरो कर्तव्य पूरा गरे पनि, तैँले जुनसुकै नामअन्तर्गत परमेश्‍वरमा विश्‍वास गरे पनि, तैँले मुक्ति पाउनेछैनस्। अनि यदि तैँले मुक्ति पाउन सक्दैनस् भने, तैँले के आशिष् पाउन सक्छस् र? कतिपय मानिसहरूले स्वर्गका परमेश्‍वरसँग होडबाजी गर्छन्, कतिपयले पृथ्वीका परमेश्‍वरसँग होडबाजी गर्छन्, कतिपयले परमेश्‍वरको वचनहरूसँग संघर्ष गर्छन्, र कतिपयले सत्यतासँग संघर्ष गर्छन्—तर तिनीहरूले कहिल्यै पनि आफ्‍नै गन्तव्यसँग संघर्ष गर्दैनन्। के यो दुष्टता होइन र? यी गुन्डाहरू यति घृणित छन् कि, तिनीहरू प्रत्येक नै दुष्ट छन्। तिनीहरू गैर-विश्‍वासी, अवसरवादी, लाजविहीन मानिसहरू हुन्, र यो ख्रीष्टविरोधीहरूको सार हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (६)”

तिमीहरूको बफदारिता शब्दमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूका विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरूले सत्यताको हरेक वचनप्रति ध्यान दिदैनौं। परमेश्‍वर के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, ख्रीष्ट के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, यहोवा वा परमप्रभुलाई कसरी आदर गर्ने सो तिमीहरू जान्दैनौं, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने सो तिमीहरू जान्दैनौं, परमेश्‍वर स्वयम्‌को काम र मानिसको छल बीच कसरी फरक छुट्टाउने सो तिमीहरू जान्दैनौं। तेरो विचारसित नमिल्ने परमेश्‍वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यको वचनको निन्दा गर्न मात्र तँ जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो आज्ञाकारिता कहाँ छ? तेरो बफदारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्‍वरको निम्ति तेरो आदर कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू ग्रहण गर्न असक्षम मानिसहरू निश्‍चय नै नरकका सन्तानहरू, प्रधान स्वर्गदूतका सन्ततीहरू हुन्, जुन अनन्त विनाशमा अर्पण गरिएका श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्‍वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्‍वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्ने विश्‍वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र जीवनको साँचो मार्गको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको आगमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न असक्षमहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नैपर्छ र पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन र सत्यतालाई इन्कार गर्नुहुँदैन। तँ निर्बुद्धि र अहङ्कारी व्यक्ति हुनुहुँदैन, तर पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा गर्ने र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होशीयारीपूर्वक हिँड्न म तिमीहरूलाई सल्लाह दिन्छु। निचोडमा नआइहाल; अझ बढी, परमेश्‍वरप्रति तेरो विश्‍वासमा लापरवाह र असावधान नहोऊ। कम्तीमा पनि तिमीहरूले जान्नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरू नम्र र श्रद्धामय हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र निर्बुद्धिहरू हुन्। सत्यता सुनेका तैपनि लापरबाही रूपमा निचोडमा पुगेका वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कसैले अरूहरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनैपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी वचनहरूमध्ये १०,००० मा एउटा मात्र तेरो दृढ निश्‍चयताहरू र बाइबल अनुरूप छन्, त्यसकारण तैँले यी वचनहरूको १०,०००औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। नम्र हुन, धेरै आत्माविश्‍वासी नहुन र आफैलाई अति उच्च नपार्न म तँलाई अझै सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदरसँगै तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछौ। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, तिनीहरू जीवन हुन् वा होइनन् सो तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टि बाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई धोका दिने झुटा ख्रीष्ट हुन्” भनी यी शब्दहरूका अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्नेहरू अनभिज्ञताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरका काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, कामचलाउबाट नै फेरि सुरु गर्नका लागि म तँलाई सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टको देखा पर्ने घटनाले गर्दा परमेश्‍वरले भन्नुभएका वचनहरूको तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नुहुँदैन र तँ छलमा पर्ने डरले तैँले पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यी वचनहरू सत्य होइन, बाटो होइन, परमेश्‍वरको अभिव्यक्ति होइन भनी तैँले अझै विश्‍वास गर्छस् भने तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट रूपमा र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, तब के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनौं र? के तँ परमेश्‍वरको सिंहासन सामु फर्कनलाई पर्याप्‍त आशिषित् नभएको व्यक्ति होइनौं र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घृणा गर्नुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईश्‍वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्‍वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैन। यसको साथै, यो दिनदेखि उसो परमेश्‍वरबाट स्वीकृती प्राप्त गर्ने अर्को मौका तैँले पाउनेछैनस्; यदि तैँले आफैलाई छुटाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जे विरोध गर्छस् त्यो मानिस होइन, तैँले जे तिरस्कार गर्छस् त्यो कुनै तुच्छ कुरा होइन, तर ख्रीष्‍ट हुनुहुन्छ। यसको परिणामहरू के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, तर घृणित पाप गरेको हुनेछस्। त्यसैले म जोकोहीलाई सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाह आलोचना नगर भन्‍ने सल्‍लाह दिन्छु, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्य बाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि हेर्ने तुल्याउन सक्दैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ख्रीष्ट परमेश्‍वरको पुत्र हुनुहुन्छ कि परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ

सन्दर्भका लागि बाइबल पदहरू:“येशूले उसलाई भन्‍नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन। यदि तिमीहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्