ख्रीष्टको ईश्वरीय सारलाई कसरी जान्ने
परमेश्वरका प्रासंगिक वचनहरू:
देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, र परमेश्वरका आत्माले ख्रीष्टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्नताको कारण के हो भने ख्रीष्ट देह र रगतले बनिनुभएको हुनुहुन्न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवै छ। उहाँको ईश्वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्चालन गर्छ, र उहाँको ईश्वरत्वले परमेश्वर स्वयमको कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्टको सार भनेको आत्मा नै हो, जुन ईश्वरत्व हो। त्यसकारण, परमेश्वर स्वयम्को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्नुहुन्न, न त उहाँको आफ्नै इच्छा विरुद्ध जाने कुनै पनि वचन उहाँले कहिल्यै बोल्नुहुन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको
परमेश्वरलाई चिन्ने कार्य परमेश्वरका वचनहरू पढेर र बुझेर हासिल गर्नुपर्छ। कसै-कसैले भन्छन्: “मैले देहधारी परमेश्वरलाई देखेको छैनँ, त्यसैले मैले कसरी परमेश्वरलाई चिन्ने?” वास्तवमा, परमेश्वरका वचनहरू उहाँको स्वभावका अभिव्यक्ति हुन्। परमेश्वरका वचनहरूबाट, तैँले मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति, साथै तिनीहरूलाई मुक्ति दिने उहाँको तरिका देख्न सक्छस्…। किनकि वचनहरू परमेश्वर स्वयम्ले व्यक्त गर्नुभएको हो, मानिसद्वारा लेखिएको होइन। परमेश्वरले ती व्यक्तिगत रूपमा व्यक्त गर्नुभएको हो; परमेश्वर स्वयम्ले उहाँका वचनहरू र उहाँको भित्री आवाज व्यक्त गरिरहनुभएको हुन्छ। तिनलाई किन हृदयबाट निस्केका वचनहरू भनिन्छ? किनकि ती गहिराइबाट जारी गरिएका हुन्, र उहाँको स्वभाव, उहाँको इच्छा, उहाँका विचारहरू, मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिको निम्ति उहाँको मुक्ति र मानवजातिप्रतिको उहाँका अपेक्षाहरूलाई व्यक्त गर्दछन्…। परमेश्वरका वाणीहरूमा कठोर वचनहरू, र कोमल र विचारशील वचनहरू, साथै प्रकटीकरणका केही वचनहरू पनि समावेश छन्, जुन मानिसका इच्छाहरू अनुरूप छैनन्। यदि तैँले प्रकटीकरणका वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्वर त कठोर हुनुहुन्छ भन्ने लाग्न सक्छ। यदि तैँले कोमल वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्वर त्यत्ति धेरै अख्तियारपूर्ण हुनुहुन्न जस्तो लाग्छ। यसकारण तैंले ती वचनलाई सन्दर्भबाट बाहिर लैजानु हुँदैन; बरु, तिनलाई सबै कोणबाट हेर्नुपर्छ। कहिलेकहीँ परमेश्वर कोमल र दयालु दृष्टिकोणबाट बोल्नुहुन्छ, अनि मानिसहरूले मानवजातिप्रतिको उहाँको प्रेमलाई देख्छन्; कहिलेकहीँ उहाँ एकदमै कठोर दृष्टिकोणबाट बोल्नुहुन्छ, र मानिसहरूले उहाँको स्वभाव कुनै अपराध नसहने किसिमको छ भन्ने देख्दछ। मानिस दुःखद रूपमा फोहोरी छ, र परमेश्वरको अनुहार हेर्न वा उहाँको सामु आउन लायकको छैन। अहिले पूर्ण रूपमा परमेश्वरको अनुग्रहको कारण मात्र मानिसहरूलाई उहाँको सामुन्ने आउने अनुमति छ। परमेश्वरको काम गर्ने तरिकाद्वारा अनि उहाँको कामको महत्त्वमा उहाँको बुद्धिलाई देख्न सकिन्छ। मानिसहरूले परमेश्वरसँगको कुनै प्रत्यक्ष सम्पर्कविना नै उहाँका वचनहरूमा यी कुरा देख्न सक्छन्। जब परमेश्वरलाई साँचो रूपमा चिन्ने कुनै व्यक्ति ख्रीष्टको सम्पर्कमा आउँछ, तब ख्रीष्टसँगको उसको भेट परमेश्वर सम्बन्धी उसको ज्ञान अनुरूप हुन सक्छ; तापनि, जब सैद्धान्तिक ज्ञान मात्र भएको कुनै व्यक्तिको भेट परमेश्वरसँग हुन्छ, तब उसले त्यसमा परस्पर सम्बन्ध देख्न सक्दैन। सत्यताको यो पक्ष रहस्यहरूमध्ये सबैभन्दा गहन पक्ष हो; यो बुझ्न गाह्रो छ। देहधारणको रहस्यको विषयमा परमेश्वरका वचनहरू जोड्, ती वचनहरूलाई सबै कोणबाट हेर्, र त्यसपछि एकसाथ मिलेर प्रार्थना गर्, चिन्तन गर्, र सत्यताको यस पक्षमा थप सङ्गति गर्। त्यसो गर्दा, तैँले पवित्र आत्माको ज्ञान प्राप्त गर्न सक्छस् र बुझ्न सक्छस्। मानिससित परमेश्वरसँग सिधा सम्पर्क गर्ने कुनै सम्भावना नभएकोले, परमेश्वरको साँचो ज्ञान प्राप्त गर्ने बाटोमा अघि बढ्न र अलि-अलि गर्दै प्रवेश पाउनको लागि तिनीहरू यस किसिमको अनुभवमा भर पर्नुपर्छ।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “देहधारी परमेश्वरलाई कसरी चिन्ने”
देहधारी परमेश्वरको बाहिरी रूप दुरुस्त मानिसको जस्तो भए तापनि, अनि उहाँले मानव ज्ञान सिक्नुहुने र मानव भाषा बोल्नुहुने भए तापनि, अनि कहिलेकाहीँ मानवजातिको आफ्नै विधिहरू वा बोल्ने तरिकाहरूद्वारा आफ्ना विचारहरू व्यक्त गर्नुभए तापनि, उहाँले जुन प्रकारले मानिसहरूलाई हेर्नुहुन्छ र कुराहरूको सारलाई हेर्नुहुन्छ, त्यो भ्रष्ट मानिसहरूले मानवजाति तथा कुराहरूको सारलाई हेरे तरिका जस्तो छैन। उहाँको दृष्टिकोण र उहाँ जुन उचाइमा खडा हुनुहुन्छ, त्यो भ्रष्ट व्यक्तिको निम्ति अप्राप्य कुरा हो। किनकि परमेश्वर सत्य हुनुहुन्छ, किनकि उहाँले जुन देह धारण गर्नुहुन्छ, त्यसमा पनि परमेश्वरको सार छ, अनि उहाँका विचारहरू र उहाँको मानवताद्वारा व्यक्त हुने कुरा पनि सत्यता नै हुन्। भ्रष्ट मानिसहरूका निम्ति, उहाँले देहमा जे व्यक्त गर्नुहुन्छ, ती सत्यता अनि जीवनका प्रबन्धहरू हुन्। यी प्रबन्धहरू एउटा व्यक्तिको निम्ति मात्र होइनन्, तर सारा मानवजातिको निम्ति हुन्। कुनै भ्रष्ट व्यक्तिको हृदयमा केवल त्यस्ता थोरै मानिसहरू मात्र हुन्छन् जो तिनीहरूसित सम्बन्धित हुन्छन्। तिनीहरूले यी थोरै मानिसहरूका निम्ति मात्र वास्ता गर्छन् र चिन्ता गर्छन्। जब विनाश आउन लागेको हुन्छ, तिनीहरूले पहिले आफ्नै छोराछोरीहरू, जीवनसाथी वा आमाबाबुको बारेमा सोच्छन्। बढीमा, अलिक बढी दयालु व्यक्तिले कोही आफन्त वा असल साथीको केही विचार गर्लान्, तर त्यस्तो दयालु व्यक्तिका विचारहरू समेत त्यसभन्दा पर जान्छ र? अहँ, कदापि जाँदैन। किनकि मानिसहरू आखिर मानिसहरू नै हुन्, अनि तिनीहरूले मानवको उचाइ तथा दृष्टिकोणबाट मात्र सबै कुरालाई हेर्न सक्छन्। तथापि, देहधारी परमेश्वर भ्रष्ट मानिसभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ। परमेश्वरको देहधारी शरीर चाहे जतिसुकै साधारण, जतिसुकै सामान्य र न्यून भए तापनि अथवा मानिसहरूले जतिसुकै नीच दृष्टिकोणले उहाँलाई तिरस्कार गरे तापनि, मानवजातिप्रति उहाँका विचारहरू तथा उहाँको धारणा यस्ता कुराहरू हुन्, जुन कुनै मानिसले हासिल गर्न सक्दैन, कुनै मानिसले अनुकरण गर्न सक्दैन। उहाँले मानवजातिलाई सधैँ ईश्वरत्वको दृष्टिकोणबाट, सृष्टिकर्ताको रूपमा रहेको उहाँको उच्च स्थानबाट अवलोकन गर्नुहुन्छ। उहाँले मानवजातिलाई सधैँ परमेश्वरको सार र मानसिकताबाट हेर्नुहुन्छ। उहाँले मानवजातिलाई एउटा औसत व्यक्तिको न्यून उचाइबाट वा एउटा भ्रष्ट मानिसको दृष्टिकोणबाट बिलकुल हेर्नुहुन्न। जब मानिसहरूले मानवजातिलाई हेर्छन्, तिनीहरूले मानव दृष्टिद्वारा हेर्छन्, अनि तिनीहरूले मानव ज्ञान र मानव नियम तथा सिद्धान्तहरू जस्ता कुराहरूलाई तिनीहरूका मापकको रूपमा प्रयोग गर्छन्। यो मानिसहरूले आफ्नो आँखाले हेर्न सक्ने परिधिभित्र र भ्रष्ट मानिसहरूले हासिल गर्न सक्ने परिधिभित्र पर्दछ। जब परमेश्वरले मानवजातिलाई हेर्नुहुन्छ, उहाँले ईश्वरीय दृष्टिले हेर्नुहुन्छ, अनि उहाँले आफ्नो सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मापकको रूपमा प्रयोग गर्नुहुन्छ। यो परिधिभित्र मानिसहरूले देख्न नसक्ने कुराहरू पर्दछन्, अनि देहधारी परमेश्वर तथा भ्रष्ट मानिसहरू पूर्ण रूपले भिन्न हुनुभएको स्थान यहीँ नै हो। यो भिन्नता मानिसहरू र परमेश्वरको भिन्नाभिन्नै सारहरू द्वारा निर्धारित हुन्छ—यही भिन्नाभिन्नै सारहरूले नै उहाँहरूको पहिचान अनि स्थानहरू, साथै उहाँहरूले जुन दृष्टिकोण तथा उचाइबाट कुराहरू देख्नुहुन्छ, त्यसलाई निर्धारण गर्दछ।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
परमेश्वरले वस्तुहरूप्रति र मानवजातिप्रति उस्तै दृष्टिकोणहरू राख्नुभएको तैँले कहिल्यै देख्नेछैनस्, यसको साथै, समस्याहरूलाई सम्हाल्नका लागि उहाँले मानवजातिको दृष्टिकोण, ज्ञान, विज्ञान, दर्शनशास्त्र वा कल्पनाको प्रयोग गरेको तैँले कहिल्यै देख्नेछैनस्। बरु, परमेश्वरले गर्नुहुने सबै कुरा अनि उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यतासँग गाँसिएको हुन्छ। अर्थात्, उहाँले भन्नुभएको हरेक वचन अनि उहाँले गर्नुभएको हरेक कार्य सत्यतासँग बाँधिएको हुन्छ। यो सत्यता कुनै आधारहीन कल्पनाको उपज होइन; परमेश्वरले उहाँको सार र उहाँको जीवनको सद्गुणद्वारा यो सत्यता र यी वचनहरूलाई व्यक्त गर्नुहुन्छ। यी वचनहरू अनि परमेश्वरले गर्नुभएको हरेक कुराको सार सत्यता नै भएकोले, परमेश्वरको सार पवित्र छ भनेर हामी भन्न सक्छौं। अर्को शब्दमा भन्दा, परमेश्वरले भन्नुहुने अनि गर्नुहुने सबै कुराले मानिसहरूमा जीवन-शक्ति र ज्योति ल्याउँछ, मानिसहरूलाई सकारात्मक कुराहरू अनि ती सकारात्मक कुराहरूको वास्तविकतालाई देख्ने तुल्याउँछ, अनि मानवजातिको लागि मार्ग देखाउँछ ताकि तिनीहरू सही मार्गमा हिँड्न सकून्। यी सबै कुराहरूलाई परमेश्वरको सार र उहाँको पवित्रताको सारले निर्धारित गरेका हुन्छन्।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५
तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्न सकिन्छ, जबकि देहधारी परमेश्वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्न नसक्ने र मानिसको कानले सुन्न नसक्ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन जीवन जिउने दर्शन अनि मानिसहरूले बुझ्न नसक्ने आश्चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्न तर यसको सबै कुरा जान्नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्च अनि महान् मानवहरूभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्नुहुन्छ जो मानवताविहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको स्वभावलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको अवज्ञाको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधर्मसम्बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्ने कुरा होइन। उहाँको कामबाट मानिसले उहाँ कुन प्रकारको व्यक्ति हुनुहुन्छ भनेर भन्न सक्दैन। उहाँको कामको आधारमा पनि मानिसले उहाँलाई सृष्टि गरिएको प्राणीको रूपमा वर्गीकरण गर्न सक्दैन। उहाँको सारत्वले पनि उहाँलाई सृष्टि गरिएको व्यक्तिको रूपमा वर्गीकरण गर्न नसकिने तुल्याउँछ। मानिसले उहाँलाई गैर-मानव मात्रै ठान्छ, तर उहाँलाई कुन वर्गमा राख्ने हो सो कुरा जान्दैन, त्यसकारण मानिस उहाँलाई परमेश्वरको वर्गमा राख्न बाध्य हुन्छ। मानिसले त्यसो गर्नु अतार्किक छैन, किनभने परमेश्वरले मानिसहरूका बीचमा मानिसले गर्न नसक्ने धेरै काम गर्नुभएको छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको काम र मानिसको काम
शरीरमा काम गर्ने क्रममा उहाँले शरीरमा रहेको मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्न; उहाँ स्वर्गमा परमेश्वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्वरको स्वभाव छ, र उहाँको पहिचान परमेश्वर स्वयमको पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्टि गरिएको प्राणी बन्नुभएको छ र सृष्टि गरिएको प्राणीको बाहिरी आवरण लिनुभएको छ र, अहिले एउटा मानवतालाई लिनुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा परमेश्वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; उहाँ परमेश्वर स्वयम हुनुहुन्छ र मानिसले उहाँको अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्वर स्वयम नै हुनुहुन्छ। शरीरको दृष्टिकोणद्वारा उहाँले परमेश्वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “स्वर्गमा ख्रीष्टले परमेश्वरलाई आराधना गर्नुहुन्छ” भन्ने वचनहरू गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै स्वभाव हो; तिनीहरूबाट त्यस कुराको माग गर्नुभन्दा पहिले नै उहाँले मानिसबाट माग गर्नुहुने सबै कुरालाई पूरा गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै पनि माग गर्नुहुन्न, किनभने यो सबैले नै उहाँको स्वभावलाई निर्माण गर्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्वरलाई अवज्ञा गर्ने तरिकाले उहाँले कहिल्यै पनि काम गर्नुहुन्न। उहाँले मानिसबाट जे माग्नुभए तापनि, मानिसले पूरा गर्न सक्नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्वरको इच्छालाई पूरा गर्ने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्टको ईश्वरत्व सबै मानिसभन्दा माथि छ; त्यसकारण, सृष्टि गरिएका सबै प्राणीहरूका सबैभन्दा उच्च अख्तियार उहाँ नै हुनुहुन्छ। उहाँको अख्तियार नै उहाँको ईश्वरत्व हो, अर्थात् परमेश्वर स्वयमको स्वभाव र अस्तित्व, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्वर स्वयमको परिचय छ भन्ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि र उहाँले परमेश्वरको इच्छालाई जसरी पालन गर्नुभए तापनि, उहाँ परमेश्वर स्वयम हुनुहुन्न भनेर भन्न सकिँदैन।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
देहको कार्य गर्नको लागि मात्रै परमेश्वर देह बन्नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई सक्षम तुल्याउनको लागि मात्रै होइन। बरु, उहाँले आफ्नो कामलाई नै उहाँको पहिचान पुष्टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेको कुरालाई नै उहाँले आफ्नो स्वभावलाई प्रमाणित गर्न दिनुहुन्छ। उहाँको स्वभाव आधारहीन छैन; उहाँको पहिचानलाई उहाँको हातद्वारा खोसेर लिइएको थिएन; उहाँको कार्य र उहाँको स्वभावद्वारा नै यसलाई निर्धारित गरिन्छ। उहाँमा परमेश्वर स्वयमको स्वभाव भए तापनि र परमेश्वर स्वयमको कामलाई पूरा गर्न उहाँ सक्षम हुनुभए तापनि, आखिर उहाँ शरीर नै हुनुहुन्छ, जुन आत्माभन्दा फरक छ। उहाँ आत्माका गुणहरू भएको परमेश्वर हुनुहुन्न; उहाँ शरीरको आवरण भएको परमेश्वर हुनुहुन्छ। त्यसकारण, उहाँ जति सामान्य र जति कमजोर भए तापनि, र उहाँले परमेश्वर पिताको इच्छालाई जसरी खोज्नु भए तापनि, उहाँको ईश्वरत्व अखण्डनीय छ। देहधारी परमेश्वरभित्र सामान्य मानवता र यसको कमजोरीहरू मात्रै हुँदैनन्; त्यहाँ उहाँको ईश्वरत्वको उदेकता र अज्ञेयता साथै शरीरमा उहाँले गर्ने सबै कार्यहरू पनि हुन्छन्। त्यसकारण, मानवता र ईश्वरत्व दुवै ख्रीष्टभित्र अस्तित्वमा हुन्छ, वास्तविकतामा र व्यवहारिकता दुवैमा। यो सबैभन्दा रित्तो वा अलौकिक कुरामा पर्दैन। उहाँ आफ्नो कार्यलाई अघि बढाउने मुख्य उद्देश्यको साथ पृथ्वीमा आउनुहुन्छ; पृथ्वीमा काम अघि बढाउनको लागि सामान्य मानवता लिनु अपरिहार्य नै हुन्छ; अन्यथा, उहाँको ईश्वरत्वको शक्ति जति नै महान् भए तापनि, यसको मूल कार्यलाई असल रूपमा प्रयोग गर्न सकिँदैन। उहाँको मानवताको महत्त्व निकै ठूलो भए तापनि, यो नै उहाँको मूल स्वभाव भने होइन। उहाँको मूल स्वभाव भनेको ईश्वरत्व हो; त्यसकारण, उहाँले जुन क्षणमा पृथ्वीमा आफ्नो सेवकाइलाई सुरु गर्नुहुन्छ त्यही क्षणमा नै उहाँले आफ्नो ईश्वरत्वलाई व्यक्त गर्न सुरु गर्नुहुन्छ। उहाँको मानवता आफ्नो शरीरको सामान्य जीवनलाई कायम राख्नको लागि मात्रै अस्तित्वमा रहन्छ ताकि उहाँको ईश्वरत्वले शरीरमा सामान्य रूपमा आफ्नो कार्यलाई अघि बढाउन सकोस्; उहाँको कार्यलाई पूर्ण रूपमा निर्देशित गर्नेचाहिँ ईश्वरत्व नै हो। जब उहाँले आफ्नो कार्यलाई पूरा गर्नुहुन्छ, तब उहाँले आफ्नो सेवकाइलाई पूरा गर्नुभएको हुनेछ। उहाँको कार्यको सम्पूर्णता नै मानिसले जान्नु पर्ने कुरा हो, र उहाँको कार्यद्वारा नै उहाँलाई चिन्नको लागि उहाँले मानिसलाई सक्षम तुल्याउनुहुन्छ। आफ्नो कार्यको अवधिमा, आफ्नो ईश्वरत्वको स्वभावलाई लगभग पूर्ण रूपमा नै व्यक्त गर्नुहुन्छ, जुन मानवताद्वारा कलङ्कित भएको छैन, विचार र मानव आचरणद्वारा कलङ्कित भएको छैन। जब सारा सेवकाइ पूरा हुने समय आउँछ, उहाँले आफूले व्यक्त गर्नुपर्ने स्वभावलाई पहिले नै सिद्ध रूपमा र पूर्ण रूपमा व्यक्त गरिसक्नुभएको हुनेछ। उहाँको कार्य कुनै पनि मानिसको निर्देशनहरूद्वारा निर्देशित छैन; उहाँको स्वभावको अभिव्यक्ति पनि पूर्णतया स्वतन्त्र नै छ, र यो मनद्वारा नियन्त्रित वा विचारद्वारा सञ्चालित छैन, तर स्वाभाविक रूपमा नै यो प्रकट हुन्छ। यो कुनै पनि मानिसले प्राप्त गर्न नसक्ने कुरा हो। वातावरणहरू कठोर भए पनि वा अवस्थाहरू प्रतिकूल भए तापनि, उहाँले उचित समयमा आफ्नो स्वभावलाई व्यक्त गर्न सक्नुहुन्छ। जो ख्रीष्ट हुनुहुन्छ, उहाँले ख्रीष्ट सारलाई प्रकट गर्नुहुन्छ, तर जो होइनन् तिनीहरूमा ख्रीष्टको स्वभाव हुँदैन। त्यसकारण, सबैले उहाँलाई विरोध गरे पनि वा उहाँलाई विरोध गर्ने धारणा राखे पनि, ख्रीष्टले व्यक्त गर्नुभएको स्वभाव परमेश्वरको स्वभाव हो भन्ने कुरालाई मानिसको विचारहरूको आधारमा कसैले पनि इन्कार गर्न सक्दैन। ख्रीष्टलाई साँचो हृदयले पछ्याउने वा मनैबाट परमेश्वरलाई खोज्ने हरेकले, उहाँको ईश्वरत्वको अभिव्यक्तिको आधारमा उहाँ नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरालाई स्वीकार गर्नेछन्। मानिसको विचारहरूसँग नमिल्ने उहाँको कुनै पनि पक्षहरूको आधारमा तिनीहरूले ख्रीष्टलाई कहिल्यै पनि इन्कार गर्दैनन्। मानिस अत्यन्तै मूर्ख भए तापनि, मानिसको इच्छा के हो र परमेश्वरबाट के आउँछ भन्ने कुरा सबैलाई यथार्थ रूपमा थाहा छ। के मात्रै हो भने आफ्ना अभिप्रायहरूका परिणामस्वरूप धेरै मानिसहरूले ख्रीष्टलाई जानी-जानी विरोध गर्छन्। यसको लागि होइन भने, ख्रीष्टको अस्तित्वलाई इन्कार गर्ने कारण कुनै पनि मानिससँग हुनेथिएन, किनभने ख्रीष्टले व्यक्त गर्नुभएको ईश्वरत्व वास्तवमा अस्तित्वमा छ, र उहाँको कार्यलाई नाङ्गो आँखाले देख्न सकिन्छ।
ख्रीष्टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभावलाई निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्नुहुन्छ। उहाँले स्वर्गका परमेश्वरलाई साँचो हृदयले आराधना गर्न सक्नुहुन्छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्वर पिताको इच्छालाई खोज्नुहुन्छ। यी सबैलाई उहाँको सारद्वारा नै निर्धारित गरिन्छ। र उहाँको सारद्वारा नै उहाँको प्राकृतिक प्रकाशलाई निर्धारित गरिन्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण होइन, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले गरेको धेरै वर्षको परिश्रमको परिणाम होइन। उहाँले यो सिक्नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो उहाँ आफैमा अन्तर्निहित छ। मानिसले उहाँको कार्य, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई इन्कार गर्न सक्छ, तर उहाँले स्वर्गमा परमेश्वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नको लागि आउनुभएको हो भन्ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन, र उहाँले परमेश्वर पितालाई जुन इमानदारीताको साथ खोज्नुहुन्छ त्यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूका लागि आकर्षक नभए तापनि, उहाँको उपदेश असाधारण नभए तापनि, र उहाँको कार्य मानिसले कल्पना गरेजस्तो पृथ्वीलाई छताछुल्ल पार्ने वा स्वर्गलाई हल्लाउने किसिमको नभए तापनि, उहाँ वास्तवमा नै ख्रीष्ट हुनुहुन्छ, जसले साँचो हृदयको साथ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नुहुन्छ, जो स्वर्गीय पिताप्रति पूर्ण रूपमा समर्पित हुनुहुन्छ, र मृत्युसम्मै आज्ञाकारी हुनुहुन्छ। किनभने उहाँको सार ख्रीष्टकै सार हो। मानिसले यो सत्यतालाई विश्वास गर्न कठिन छ, तर सत्य यही नै हो। जब ख्रीष्टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, उहाँको कार्यद्वारा मानिसले के कुरालाई देख्न सक्छ भने उहाँको स्वभाव र उहाँको अस्तित्वले स्वर्गको परमेश्वरको स्वभाव र अस्तित्वलाई प्रतिनिधित्व गर्छ। त्यो समयमा, उहाँको सम्पूर्ण कार्यको योगले उहाँ वास्तवमा देहधारी हुनुहुने वचन हुनुहुन्छ, र शरीर र रगतले बनिएको मानिसजस्तो हुनुहुन्न भन्ने कुरालाई पुष्टि गर्न सक्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
सारा सृष्टिमाथिको अख्तियार परमेश्वरका आत्मासँग छ। परमेश्वरको आधारभूत स्वभाव सहितको शरीर पनि अख्तियारको अधीनमा हुन्छ, तर देहमा हुनुभएका परमेश्वरले ती सबै कार्यहरूलाई गर्न सक्नुहुन्छ, जुन कार्यहरूले स्वर्गमा हुनुहुने पिताको इच्छालाई पालन गर्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्वर स्वयम् नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्टले परमेश्वर पिताको इच्छालाई पालन गर्नुहुन्छ” भनेर भन्ने क्रममा यही कुरालाई सूचित गरिन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र जसरी परमेश्वर मानिस बन्न सक्नुहुन्छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्नुहुन्छ। जे भए तापनि, परमेश्वर स्वयमले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँले बाधा दिनुहुन्छ न त हस्तक्षेप नै गर्नुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नु त परै जाओस्, किनभने आत्मा र शरीरले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा शरीर, दुवैले एउटै इच्छालाई पूरा गर्न र एउटै कार्यलाई व्यवस्थापन गर्नको लागि काम गर्नुहुन्छ। आत्मा र शरीरका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका आधारभूत स्वभावहरू उस्तै छन्; दुवैमा परमेश्वर स्वयमको आधारभूत स्वभाव, अनि परमेश्वर स्वयमको पहिचान छ। परमेश्वर स्वयममा कुनै पनि अनाज्ञाकारीताको तत्वहरू छैन; उहाँको स्वभाव असल छ। उहाँ सारा सुन्दरता र भलाइ, साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्न जसले परमेश्वर पिताको अवज्ञा गर्छ। आफ्नो जीवन बलिदान दिनु पर्दा समेत उहाँले हृदयदेखि त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुभएन। परमेश्वरमा स्वःधार्मिकता वा स्वःमहत्त्व, वा अभिमानी र अहङ्कारीको कुनै तत्व छैन; उहाँमा कुटिलका कुनै तत्वहरू छैनन्। परमेश्वरको अवज्ञा गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्टताको स्रोत शैतान नै हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ र त्यसले मानिसमा काम गर्छ। ख्रीष्टलाई शैतानले भ्रष्ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्वरका चरित्रहरू मात्रै छन्, तर शैतानको कुनै चरित्रहरू छैनन्। काम जतिसुकै कठिन होस् वा शरीर जतिसुकै कमजोर होस्, जब परमेश्वर शरीरमा बस्नुहुन्छ, उहाँले परमेश्वर स्वयमको कार्यलाई बाधा दिने कुनै कुरा कहिल्यै पनि गर्नुहुनेछैन, अनाज्ञाकारीतामा परमेश्वर पिताको इच्छालाई त्याग्ने कुरा त परै जाओस्। उहाँले परमेश्वर पिताको इच्छालाई धोका दिनुभन्दा शरीरको पीडालाई भोग्नुहुन्छ; यो, येशूले प्रार्थनामा भन्नुभएको जस्तै छ, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्टले त्यसो गर्नुहुन्न। उहाँसँग परमेश्वर स्वयमको पहिचान भए तापनि, उहाँले परमेश्वर पिताको इच्छालाई खोज्नुहुन्छ, र परमेश्वर पिताले उहाँलाई सुम्पनुभएको कुरालाई शरीरको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्ने कुरा हो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
परमेश्वरको आत्माले पहिरनुभएको देह परमेश्वरको आफ्नै देह हो। परमेश्वरको आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले मानवजातिको निम्ति धर्मी, हितकारी, पवित्र, महिमित र शक्तिशाली काम मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्घन गर्ने, नैतिकता र न्यायको उल्लङ्घन गर्ने केही पनि गर्न सक्नुहुन्न, परमेश्वरको आत्मालाई विश्वासघात कुरा त परै जाओस्। परमेश्वरको आत्मा पवित्र हुनुहुन्छ र उहाँको देहलाई शैतानले भ्रष्ट पार्न सक्दैन; उहाँको देहको सार मानिसको देहभन्दा फरक छ। किनकि शैतानले मानिसलाई भ्रष्ट पारेको हो, परमेश्वरलाई होइन; शैतानले परमेश्वरको देहलाई कदापि भ्रष्ट पार्न सकेन। यसैले मानिस र ख्रीष्ट एउटै स्थानमा बास गर्नुहुने भए तापनि मानिसलाई मात्र शैतानले वश राख्छ, प्रयोग गर्छ र पासो पारेको छ। यसको विपरीत, ख्रीष्ट अनन्तदेखि शैतानको भ्रष्टतादेखि अभेद्य हुनुहुन्छ, किनकि शैतान कहिले पनि उच्च स्थानमा उक्लन सक्षम हुनेछैन र कहिले पनि परमेश्वरको नजिक जान सक्नेछैन। आज तिमीहरू सबैले बुझ्नुपर्छ कि मलाई विश्वासघात गर्ने मानवजातिलाई मात्र शैतानले भ्रष्ट पारेको छ। विश्वासघातको कुरा ख्रीष्टमा कुनै पनि हालतमा लागू हुँदैन।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
यी नगण्य मानिसले हामीलाई परमेश्वरको कामको एक कदमदेखि अर्कोमा अगुवाइ गर्नुभएको छ भन्ने हामीलाई जानकारी नहोला। हामी असंख्य परीक्षाहरू भएर जान्छौं, असंख्य ताडनाहरू भोग्छौं, र मृत्युद्वारा जाँच गरिन्छौं। हामी परमेश्वरको धर्मी र प्रतापी स्वभावबारे सिक्छौं, उहाँको प्रेम र कृपामा आनन्द मनाउँछौं, परमेश्वरको महान् शक्ति र बुद्धिको सराहना गर्छौं, परमेश्वरको प्रेमिलोपन साक्षी हुन्छौं, र मानवलाई मुक्ति दिने परमेश्वरको उत्कट इच्छालाई हेर्छौं। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्वरका स्वभाव र सारलाई जान्न, परमेश्वरको इच्छालाई बुझ्न, मानवको प्रकृति र सारलाई जान्न, र मुक्ति र सिद्धताको बाटोलाई देख्न पाउँछौं। उहाँका वचनहरूले हामीलाई “मर्न” लगाउँछन्, र तिनीहरूले हामीलाई “नयाँगरी जन्मन” लगाउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तापनि हामीलाई दोषले चकनाचूर र ऋणी भएको आभास दिएर छोड्छन्; उहाँका वचनहरूले हामीमा आनन्द र शान्ति ल्याउँछन्, तर असीमित पीडा पनि ल्याउँछन्। कहिलेकहीँ हामी उहाँका हातहरूमा काटिन लगिएका थुमाहरूजस्तै हुन्छौं; कहिलेकहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौं, र उहाँको कोमल प्रेमको आनन्द लिन्छौं। कहिलेकहीँ हामी उहाँका शत्रु जस्तै हुन्छौं, र उहाँका हेराइमा उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौं। हामी उहाँद्वारा मुक्ति दिइएका मानवजाति हौँ, हामी उहाँका नजरमा भुसुना हौँ, अनि हामी हराएका थुमाहरू हौँ, उहाँ हामीलाई भेट्टाउन दिन र रात लागी पर्नुहुन्छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँले हामीलाई तिरस्कार गर्नुहुन्छ, उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र हामीलाई प्रोत्साहित गर्नुहुन्छ, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, उहाँले हामीलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले हामीलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्नुहुन्छ, अनि उहाँले हामीलाई श्राप पनि दिनुहुन्छ। रात र दिन, हाम्रा बारेमा फिक्री गर्न उहाँ कहिल्यै रोकिनुहुन्न, र हाम्रो सुरक्षा गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ, रात र दिन, हाम्रो पक्षलाई कहिल्यै छोड्नुहुन्न, तर हाम्रो खातिर आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ र हाम्रा निम्ति कुनै पनि मूल्य चुकाउनुहुन्छ। यो सानो र मासुले बनेको साधारण शरीरका वाणीहरूभित्र, हामीले परमेश्वरको सम्पूर्णताको आनन्द लिएका छौँ र परमेश्वरले हामीलाई दिनुभएको गन्तव्यलाई हेरेका छौँ। यसको बाबजुद पनि, व्यर्थताले हाम्रा हृदयभित्र अझै समस्या ल्याउँछ, र यस किसिमका व्यक्तिलाई हाम्रा परमेश्वरका रूपमा सक्रिय पूर्वक स्वीकार गर्न हामी अझै अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्न दिनुभएको भएको छ, आनन्द लिनको लागि धेरै कुरा दिनुभएको छ, तापनि यो कुनैले पनि हाम्रा हृदयमा प्रभुको स्थानलाई लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र दर्जालाई अति नै अनिच्छुक भएर मात्र आदर गर्छौं। उहाँ परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्न उहाँले आफ्नो मुख खोलेर हामीलाई आग्रह नगरेसम्म, हामीले उहाँलाई चाँडै आउनुहुने परमेश्वरको रूपमा स्वीकार गर्न आफै अग्रसर हुँदैनौं, तापनि उहाँले हाम्रो माझमा लामो समयदेखि काम गरिरहनुभएको छ।
हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन र उहाँको हृदयमा आवाज दिएर परमेश्वरले विभिन्न तरिकाहरू र दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई देखाउँछन्, र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूद्वारा खिँचिन थाल्छौं, हामी उहाँका बोलाइको सुर र तरिकामा ध्यान केन्द्रित गर्न सुरु गर्छौं, र यस अतुलनीय व्यक्तिका भित्री भावनाहरूमा अवचेतन रूपमा हामी चासो दिन सुरु गर्छौं। हाम्रा पक्षमा काम गर्न उहाँले आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ, हाम्रो खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रो निम्ति रुनुहुन्छ, हाम्रो निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रो निम्ति शोक गर्नु, हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमानित हुनुहुन्छ र हाम्रा संवेदन विहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। हुने र लिने यो तरीका कुनै साधारण व्यक्तिको हुँदैन, नत कुनै पनि भ्रष्ट मानवजातिले नै यसलाई प्राप्त गर्न वा हासिल गर्न सक्छ। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँले देखाउनुहुन्छ, र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा विचारहरू जान्दैन, वा हाम्रा प्रकृति र सारलाई स्पष्ट र पूर्ण रूपमा बुझ्दैन, वा मानवजातिको विद्रोह र भ्रष्टता न्याय गर्दैन, वा हामीसँग बोल्दैन र स्वर्गका परमेश्वरका पक्षमा यसरी हाम्रा बीचमा काम गर्दैन र बोल्दैन। उहाँले बाहेक अरू कोहीले पनि अख्तियार, बुद्धि, र परमेश्वरको गरिमा दिँदैन; परमेश्वरको स्वभाव र परमेश्वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूका पूर्णतामा ल्याइन्छ। उहाँ बाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र हामीलाई ज्योतिमा ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्वरले प्रकट नगर्नुभएको रहस्यलाई उहाँ बाहेक अरू कसैले प्रकट गर्न सक्दैन। उहाँ बाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रो आफ्नै भ्रष्ट स्वभावबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्वरको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले परमेश्वरको भित्री हृदय, परमेश्वरका अर्तीहरू, र सबै मानवजातिमाथि परमेश्वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड सुरु गर्नुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, र उहाँले अस्पष्टतामा लैजाने जीवनलाई अन्त्य गरी हामीमा आशा ल्याउनुभएको छ, र मुक्तिमा लैजाने मार्ग पूर्ण स्पष्टतामा हेर्न हाम्रो सम्पूर्ण अस्तित्वलाई सक्षम बनाउनुभयो। उहाँले हाम्रो सम्पूर्ण अस्तित्वलाई जित्नुभएको छ र हाम्रा हृदयहरूलाई प्राप्त गर्नुभएको छ। त्यस क्षणपछि, हाम्रा मन चेतनशील भए, र हाम्रा आत्मा पुनर्जीवित भए: यी साधारण, नगण्य व्यक्ति, जो हाम्रो बीचमा बस्नुहुन्छ र लामो समयदेखि हामीद्वारा तिरस्कृत हुनुभएको छ—के यो हाम्रा प्रभु येशू नै हुनुहुन्न र, जो जहिले पनि हाम्रा विचारहरूमा हुनुहुन्छ, बिउँझिँदा वा सपनामा हुँदा, र जसलाई हामी रात दिन चाह गर्छौं? यो उहाँ नै हुनुहुन्छ! के यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ! उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ र हाम्रा हृदयहरूलाई बहकिनबाट रोक्नुभएको छ। हामी परमेश्वरका घरमा फर्केका छौँ, हामी उहाँको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ। यस बेला, उहाँले हाम्रा हृदयलाई पूर्ण रूपमा जित्नुभएको छ; उहाँ को हुनुहुन्छ भन्ने कुरालाई अब हामी शङ्का गर्दैनौं, उहाँको काम र उहाँका वचनलाई विरोध गर्दैनौं, र हामी उहाँका सामु लम्पसार पर्छौं। हाम्रा पूरै बाँकी जीवनभरि परमेश्वरका पाइलाहरू पछ्याउन, उहाँद्वारा सिद्ध पारिन, उहाँको अनुग्रहको ऋण तिर्न, र हाम्रा निम्ति भएको उहाँको प्रेमको ऋण तिर्न गर्न, उहाँको योजनाबद्ध कार्यमा र प्रबन्धमा आज्ञाकारी हुन, र उहाँको काममा साथ दिन, र उहाँले हामीलाई जिम्मा दिनुभएका कुराहरूलाई पूरा गर्न सक्नुभन्दा अरू हामीले केही कुराको पनि चाहना गर्दैनौं।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।