Christian Dance | कनान भूमिमा पाइने खुसी | Praise Song

7 मार्च 2024

परमेश्‍वरको घरमा फर्कँदा, मलाई अनुपम खुसी र उत्साह हुन्छ।

व्यावहारिक परमेश्‍वरलाई देख्‍न पाउनु मेरो सौभाग्य हो,

मेरो वर्षौँदेखिको तृष्णा पूरा भएको छ।

सर्वशक्तिमान् परमेश्‍वरका वाणीहरूले मानिसहरूलाई राज्यको युगमा प्रवेश गर्न डोर्‍याउँछन्।

परमेश्‍वरका वचनहरू पढेर, मैले मार्ग भेट्टाएको छु,

र आफूले एक व्यक्तिको रूपमा लिनुपर्ने मार्ग के हो बुझ्छु।

मैले जीवनको जिउँदो जलको मलजल पाएको छु,

परमेश्‍वरसित आमनेसामने हुनु अतुलनीय आनन्द हो।

मैले खोज्न छोडिसकेँ, स्वर्गको राज्य पुग्ने मेरो सपना साकार भएको छ।

सुन्दर कनान भूमि परमेश्‍वरका वचनहरूको संसार हो,

उहाँको प्रेममा जिउनु अतुलनीय आनन्द हो।

सुन्दर कनान भूमि परमेश्‍वरका वचनहरूको संसार हो,

उहाँको प्रेममा जिउनु अतुलनीय आनन्द हो।

मैले थुमाको भोजमा भाग लिएको छु,

मैले राज्यको व्यावहारिक तालिम स्विकारेको छु।

मैले आँसुका सागरहरू भोगेको भए पनि,

मैले परमेश्‍वरबाट चाखेको प्रेम अत्यन्तै वास्तविक छ।

कठिनाइ र परीक्षाहरूले मेरो हृदय धोएका छन्,

र उहाँप्रति मेरो प्रेम झनै शुद्ध पारिएको छ।

परमेश्‍वरप्रति मेरो प्रेम दिनानुदिन बढ्छ, यही प्रेमको कारण मेरो हृदय रमाउँछ।

परमेश्‍वरका भरोसायोग्यता र धर्मीपनले मलाई मोहित पार्छन् र आकर्षित गर्छन्।

परमेश्‍वरको स्वभाव ज्यादै प्रेमिल छ, यो मेरो हृदयमा अडिग रूपमा गढेको छ।

म परमेश्‍वरको सुन्दरता र पवित्रतालाई पर्याप्त प्रेम गर्न सक्दिनँ,

म हृदयको गहिराइदेखि नै उहाँप्रति प्रशंसाका गीतहरूले भरिएको छु।

म परमेश्‍वरको सुन्दरता र पवित्रतालाई पर्याप्त प्रेम गर्न सक्दिनँ,

म हृदयको गहिराइदेखि नै उहाँप्रति प्रशंसाका गीतहरूले भरिएको छु।

ताराहरू आकाशबाट मलाई हेर्दै मुस्काउँछन्, सूर्य मतिर शिर निहुराउँछ।

घामले सबथोकमाथि ज्योति छर्छ, शीतले सबथोक ओसिलो पार्छ।

परमेश्‍वरका वचनहरू मलाई बलियो बनाउन मेरो साथ छन्।

परमेश्‍वरका वचनहरू प्रचुर र अतुलनीय छन्, हाम्रो भोज साँच्चै अति मिठो छ।

परमेश्‍वरका प्रचुर र पूर्ण भरणपोषणले हामीलाई यस्तो प्रचुर वैभव दिन्छ।

परमेश्‍वरका सबै मानिसहरू उहाँसँगै जिउँछन्, धर्तीको जीवन स्वर्गजस्तै छ।

कुनै निराशा वा आँशु छैन, यो हाम्रो शास्वत जीवन हो।

कनान भूमिमा परमेश्‍वर मानिसहरूसँगै जिउनुहुन्छ,

हामी उहाँसामु जिउँछौँ र उहाँबाट कहिल्यै छुट्टिनेछैनौँ।

कनान भूमिमा परमेश्‍वर मानिसहरूसँगै जिउनुहुन्छ,

हामी उहाँसामु जिउँछौँ र उहाँबाट कहिल्यै छुट्टिनेछैनौँ।

शुद्ध चम्किलो चन्द्रमाले जुनेली छर्छ, मेरो जीवन अत्यन्तै सुन्दर छ।

मेरो प्रिय, तपाईंको प्रेमिलोपन भनिसाध्य छैन।

तपाईंका वचनहरू अति मिठा छन्, तिनले मेरो हृदय न्यानो पार्छन् र मेरो प्रेम जगाउँछन्।

तपाईंको न्याय धर्मी र पवित्र छ, यसले मेरो हृदय शुद्धीकरण र धोइपखाली गर्छ।

तपाईंप्रति मेरो मिठो प्रेम छ, यो प्रेमले मलाई खुसीले नाच्‍ने तुल्याउँछ।

यो जुनीभर म तपाईंसँगै हुन सकूँ, किनकि मेरो हृदय सधैँ तपाईंप्रतिको प्रेममा रमाउँछ।

कनान भूमि ख्रीष्टको राज्य हो,

परमेश्‍वरका मानिसहरूले अनन्तसम्‍म परमेश्‍वरको आराधना गर्नेछन्।

कनान भूमि ख्रीष्टको राज्य हो,

परमेश्‍वरका मानिसहरूले अनन्तसम्‍म परमेश्‍वरको आराधना गर्नेछन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्