Christian song | म परमेश्‍वरको कार्यमा समर्पित हुन तयार छु

13 मे 2021

हे परमेश्‍वर! बिन्ती छ ममा न्यायको काम गर्नुहोस्,

अनि मलाई शुद्ध पार्नुहोस्, र मलाई परिवर्तन गर्नुहोस्,

यसरी मलाई सबै कुरामा तपाईंको इच्छा बुझ्‍ने बनाउनुहोस्,

र सबै कुरामा तपाईंको इच्‍छा पालन गर्ने बनाउनुहोस्।

तपाईंले मलाई दिनुभएको मुक्तिमा, तपाईंको सर्वोच्‍च प्रेम र तपाईंको इच्‍छा छ।

तपाईंले मलाई दिनुभएको मुक्तिमा, तपाईंको सर्वोच्‍च प्रेम र तपाईंको इच्‍छा छ।

म विद्रोही र ममा भ्रष्ट स्वभाव भए पनि,

मेरो प्रकृति धोका दिने किसिमको भए पनि,

आज मैले मानिसलाई मुक्ति दिने कार्यमा रहेको तपाईंको इच्छालाई बुझेको छु,

मैले मानिसलाई मुक्ति दिने कार्यमा रहेको तपाईंको इच्छालाई बुझेको छु।

मलाई अझै धेरै वातावरण, परीक्षा, र कष्ट दिनुहोस्,

यसरी मैले त्यस्तो कष्टको बीचमा तपाईंको हातलाई देख्‍न सकूँ

र तपाईंका कार्यहरूलाई देख्‍न सकूँ।

तपाईंले मलाई जाँच्‍नुभए पनि र शोधन गर्नुभए पनि, यो तपाईंको प्रेम नै हो भन्‍ने मलाई थाहा छ।

मेरा कमी-कमजोरीहरूअनुसार नै मलाई भरणपोषण गर्नुहोस् भनी म तपाईंलाई बिन्ती गर्छु,

मेरा कमी-कमजोरीहरूअनुसार नै मलाई भरणपोषण गर्नुहोस् भनी म तपाईंलाई बिन्ती गर्छु,

ताकि मैले जे-जस्तो परीक्षाको सामना गर्नु परे पनि

वा मैले जति धेरै कष्ट भोग्‍नु परे पनि,

म तपाईंको इच्‍छालाई बुझ्‍न सक्‍नेछु,

तपाईंविरुद्ध विद्रोह वा गुनासो गर्नेछैन,

र पूर्ण रूपमा तपाईंको आज्ञापलन गर्न र तपाईंलाई सन्तुष्ट तुल्याउन सक्‍नेछु,

र पूर्ण रूपमा तपाईंको आज्ञापलन गर्न र तपाईंलाई सन्तुष्ट तुल्याउन सक्‍नेछु।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्