Nepali Christian Movie Trailer | मुक्ति

23 जुन 2024

मुक्ति भनेको के हो? प्रभु येशूमा विश्‍वास गर्ने मानिसहरूले के सोच्छन् भने, तिनीहरूले इमानदारिताको साथ प्रार्थना गरे, पाप स्वीकार गरे, र पश्‍चात्ताप गरे भने, तिनीहरूको पाप क्षमा हुनेछ, र तिनीहरूलाई मुक्ति दिइनेछ, र जब प्रभु आउनुहुन्छ, तब तिनीहरूलाई सीधै स्वर्गको राज्यमा उठाइनेछ। तर के मुक्ति साँच्‍चै त्यति सरल छ?

चलचित्रका नायक सु झिकियान ले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, तिनले परमेश्‍वरको लागि उत्साहको साथ मेहनत गर्छन्, र आफ्‍नो कर्तव्य पूरा गर्न सबै कुरा त्यागेका हुन्छन्। यसले गर्दा, तिनलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरेर यातना दिन्छ। तिनी जेलबाट छुटेपछि, तिनले आफ्‍नो कर्तव्य पूरा गर्ने कार्यलाई जारी राख्छन्, केही व्यावहारिक अनुभव प्राप्त गर्छन्, अनि तिनका प्रवचन र कामले तिनका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका केही व्यावहारिक समस्याहरू समाधान गर्छन्। पछि, तिनकी श्रीमती पनि पक्राउ पर्छिन्, तर तिनले गुनासो गर्दैनन्, नकारात्मक हुँदैनन्, वा तिनको विश्‍वास तोडिँदैन…। यो सब कुराले गर्दा तिनले तिनका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट तारिफ र प्रशंसा प्राप्त गर्छन्। सु झिकियानले के विश्‍वास गर्छन् भने, तिनीसँग सत्यताको वास्तविकता छ, र स्वर्गको राज्यमा प्रवेश गर्न तिनलाई कुनै समस्या छैन। तर चाँडै नै, अनपेक्षित परीक्षा तिनको जीवनमा आउँछ—चिनियाँ कम्युनिस्ट पार्टीको पुलिसको यातनामा परेर तिनकी श्रीमतीको मृत्यु हुन्छ। सु झिकियान व्याकुल हुन्छन्, तिनमा धारणा, गलफहमी पैदा हुन्छ, र तिनले परमेश्‍वरको बारेमा गुनासो गर्छन्, साथै तिनमा परमेश्‍वरको विरुद्धमा विद्रोह र धोकाका विचारहरू आउँछन्…। पछि, जब तिनले आफूले परमेश्‍वरलाई धोका दिइरहेको छु भन्‍ने महसुस गर्छन्, तब तिनले मनन गर्न सुरु गर्छन्, र तिनी जस्ता परीक्षाहरूबाट गुज्रेर जाने त्यसपछि गुनासो गर्ने, परमेश्‍वरलाई गलत रूपमा बुझ्‍ने र परमेश्‍वरलाई धोका दिने मानिसहरूले साँच्‍चै मुक्ति पाउँछन् कि पाउँदैन भनेर प्रश्‍न गर्छन्। के तिनीहरू साँच्‍चै परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन्छन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्