Christian Dance | परमेश्‍वरको मुक्तिमा हाम्रो आनन्द | Praise Song

19 अप्रिल 2024

हामी गाउँछौँ र हामी नाच्छौँ! अहो, हामी जोसिलो हृदयका आनन्दित मानिसहरू।

तपाईंको मुक्ति पाएर, हामी हाम्रो हृदय अर्पण गर्छौँ,

हामी चर्को स्वरमा तपाईंको प्रशंसा गर्छौँ र तपाईंको लागि खुसीसाथ नाच्छौँ।

हामी सत्यता पछ्याउन आफैलाई क्रियाशील गराउँछौँ।

हामी नकारात्मक हुन छाडिसक्यौँ, हाम्रो हृदयले स्वतन्त्रता पाएको छ।

हामी आफ्नो हृदय खोल्छौँ, लय पछ्याउँछौँ,

र हातमा हात जोडेर, हृदयमा हृदय मिलाउँछौँ।

हामी आफ्नो हृदय खोल्छौँ, लय पछ्याउँछौँ,

र तपाईंले हाम्रो खुसी अनुभूत गर्नुभएको चाहन्छौँ।

हामी अबउप्रान्त तपाईंको मन दुखाउन चाहँदैनौँ।

हामी आफ्ना हृदय खोल्छौँ, हात फैलाएर नाच्छौँ।

हाम्रा हृदय कसले घच्घच्याउँछ? हामी कसको निम्ति आँशु बगाउँछौँ?

तपाईंको न्यायले हामीलाई शुद्ध पार्छ; भावनामा हाम्रो आँशु झर्छ।

हामी आशालाई स्वागत गर्छौँ।

हामी सत्यता अभ्यास गर्छौँ, परमेश्‍वरलाई प्रेम गर्न खोज्छौँ, र परमेश्‍वरको निम्ति जिउँछौँ।

दुःख विस्तारै हट्दै जान्छ।

परमेश्‍वर कृपालु हुनुहुन्छ, उहाँ प्रेमका बिउहरू छर्नुहुन्छ।

धूलो भएकाले हामी राम्रो फल बन्छौँ।

परमेश्‍वर कृपालु हुनुहुन्छ, उहाँ प्रेमका बिउहरू छर्नुहुन्छ।

भ्रष्ट मानवजातिले यति धेरै निगाह पाउँछ

उसले यति ठूलो मुक्तिको आनन्द लिन्छ।

हे, सर्वशक्तिमान् परमेश्‍वर! तपाईं हामीलाई यसरी प्रेम गर्नुहुन्छ!

यो जुनीमा, हामी तपाईंकै निम्ति जिउँछौँ।

परीक्षाहरूले हामीलाई पीडा दिए पनि, तपाईंको प्रेम हामीसँगै हुन्छ।

हामी अन्त्यसम्मै तपाईंलाई पछ्याउनेछौँ।

हामी सत्यता अभ्यास गर्छौँ, हामी बफादार र आज्ञाकारी छौँ।

हामी तपाईंलाई हाम्रो बारे चिन्तित तुल्याउन चाहँदैनौँ।

यो जुनीमा, हामी तपाईंकै निम्ति जिउँछौँ।

हामी अन्तिम सास रहुन्जेल आफूलाई तपाईंप्रति समर्पित गर्नेछौँ।

यो जुनीमा, हामी तपाईंकै निम्ति जिउँछौँ।

यति राम्रा गीतहरू, यति मनमोहक नृत्यहरू,

तपाईंकै निम्ति, तपाईंकै निम्ति, तपाईंकै निम्ति, तपाईंकै निम्ति।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्