Christian Song | परमेश्‍वरको लागि साँचो रूपमा समर्पित हुनेहरू धन्य छन्

13 डिसेम्बर 2021

आज, ज-जसले परमेश्‍वरकाे इच्‍छा पूरा गर्न सक्छन्,

ज-जसले उहाँकाे बोझहरूलाई उचित ध्यान दिन सक्छन्,

र ज-जसले साँचो हृदय र इमानदारिताको साथ

आफ्‍नो सम्पूर्णता उहाँलाई दिन सक्छन् तिनीहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।

उहाँले तिनीहरूलाई निरन्तर रूपमा अन्तर्दृष्टि दिनुहुनेछ।

र तिनीहरूलाई उहाँबाट फुत्केर टाढा हुन दिनुहुनेछैन।

उहाँ प्रायजसो भन्‍ने गर्नुहुन्छ,

“मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।”

आशिष्‌” ले केलाई जनाउँछ? के तँलाई थाहा छ?

पवित्र आत्‍माको वर्तमान कार्यको प्रसङ्गमा,

यसले परमेश्‍वरले हामीहरूलाई दिने बोझहरूलाई जनाउँछ।

उहाँ प्रायजसो भन्‍ने गर्नुहुन्छ,

“मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।”

मण्डलीको लागि बोझ बोक्‍न सक्‍ने,

र उहाँकाे खातिर आफूलाई इमानदारितापूर्वक अर्पण गर्न सक्‍नेहरू सबैका लागि,

तिनीहरूका बोझ र तिनीहरूको तत्परता दुवै उहाँबाट आउने आशिष्‌ हुन्।

यसको साथै, उहाँले तिनीहरूलाई दिने प्रकाशहरू पनि उहाँबाट तिनीहरूले पाउने आशिष्‌ नै हुन्।

उहाँ प्रायजसो भन्‍ने गर्नुहुन्छ,

“मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।”

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्