Nepali Christian Song | परमेश्‍वरको नयाँ कामलाई मानिसले स्वीकार गर्ने विषयमा बाइबल बाधा बनेको छ | with lyrics

13 अप्रिल 2022

पद १

सबैजना बाइबलमा, आखिरी

दिनहरूका अगमवाणी खोज्न चाहन्छन्,

परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुहुने काम

र यसका चिन्हहरू भेट्टाउन चाहन्छन्।

बाइबलको आराधना झन् जोशिलो हुँदै जान्छ

र आखिरी दिनहरू जति नजिकिँदै जान्छन्

त्यस सम्बन्धी बाइबलका अगमवाणीहरूलाई,

अझ बढी विश्‍वास गर्छन्।

पूर्व कोरस १

बाइबलमाथिको त्यस्तो अन्धविश्‍वास र भरोसाले,

तिनीहरू पवित्र आत्माको काम चाहँदैनन्।

कोरस

उहाँको नयाँ कामलाई स्वीकार गर्न

बाइबल ठूलो बाधा बनेको छ,

र नयाँ काम फैलाउन उहाँलाई

त्यसले कठिन पार्छ, कठिन पार्छ!

पद २

मानिस सोच्छ केवल बाइबलले ल्याउन सक्छ

पवित्र आत्माको काम र उहाँका पाइला,

बाइबलले लुकाउँछ उहाँको कामको रहस्य

र बताउँछ उहाँको सबै कुरा र कामबारे।

यसले स्वर्गको काम पृथ्वीमा ल्याउन सक्छ,

र युगको सुरु र अन्त्य दुवै गर्न सक्छ।

यस्ता धारणाले मानिसमा पवित्र

आत्माको काम खोज्ने इच्छा हुँदैन।

पूर्व कोरस २

विगतमा बाइबलले मानिसलाई सहयोग गरे पनि,

यो उहाँको नयाँ काममा बाधा बनेको छ।

पद ३

बाइबलबिना मानिसले उहाँका पाइला

अन्यत्र खोज्न सक्थे तर

उहाँका पाइला बाइबलले रोकेका छन्।

उहाँको नयाँ काम फैलाउन दुई गुणा कठिन छ।

पूर्व कोरस ३

यो सबै बाइबलका प्रसिद्ध भनाइ

र अगमवाणीका कारण भएको हो।

कोरस

उहाँको नयाँ कामलाई स्वीकार गर्न

बाइबल ठूलो बाधा बनेको छ,

र नयाँ काम फैलाउन उहाँलाई

त्यसले कठिन पार्छ, कठिन पार्छ!

ब्रिज

मानिसको मनमा बाइबल एउटा मूर्ति

र दिमागमा पहेली बनेको छ।

बाइबल बाहिर पनि उहाँ काम गर्न सक्नुहुन्छ र उहाँलाई

पाउन सकिन्छ भनेर तिनीहरू विश्‍वास गर्न सक्तैनन्

न विश्‍वास गर्छन् कि अन्तिम कामको बेला

उहाँ बाइबल छोडेर फेरि सब सुरू गर्न सक्नुहुन्छ।

पूर्व कोरस ४

मानिसले सोच्न, विश्नास वा

कल्पना गर्नै नसक्ने कुरा हो यो।

कोरस

उहाँको नयाँ कामलाई स्वीकार गर्न

बाइबल ठूलो बाधा बनेको छ,

र नयाँ काम फैलाउन उहाँलाई

त्यसले कठिन पार्छ, कठिन पार्छ!

उहाँको नयाँ कामलाई स्वीकार गर्न

बाइबल ठूलो बाधा बनेको छ,

र नयाँ काम फैलाउन उहाँलाई

त्यसले कठिन पार्छ, कठिन पार्छ!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्