गल्ती गर्नेबारे म किन चिन्ता गर्छु?

25 अप्रिल 2023

मण्डलीको लागि आर्ट डिजाइनको काम गर्दा, सुरुमा मलाई केही गाह्रो भएको थियो, तर परमेश्‍वरमा भरोसा गरेर र ब्रदर-सिस्टरहरूसँग सहकार्य गरेर, मेरो कार्यप्रस्तुतिमा सुधार आयो। पछि, सिस्टर लिसालाई पुनः नयाँ कर्तव्यमा खटाइएको बारेमा मलाई अप्रत्याशितरूपमा जानकारी गराइयो किनभने उनका डिजाइनहरूमा धेरै त्रुटि हुने गरेकाले प्रायः ती दोहोऱ्याएर गर्नुपर्थ्यो। ब्रदर-सिस्टरहरूले बारम्‍बार सम्झाउँदा, सङ्गति र सहयोग दिँदा पनि, उनमा सुधार आएन, जसले गर्दा मण्डलीको काममा गम्‍भीर असर पुग्यो। लिसालाई अर्को काममा खटाइएपछि, मैले मनमनै म आफ्‍नो काममा अझै सचेत भएर गल्तीहरू गर्नबाट बच्‍नुपर्छ भनेँ। यदि मैले धेरै गल्ती गरेँ र कामको लागि अयोग्य ठहरिएँ भने, अवश्यै मलाई अर्को काममा खटाइनेथ्यो। मैले मण्डलीमा डिजाइनरको रूपमा मात्रै काम गरेकी थिएँ र मसँग अरू कुनै सीप थिएन—यदि मलाई अर्को काम दिइयो र मैले अरू कर्तव्य पूरा गर्न नसकेकी भए, के मैले अझै मुक्ति पाउन सक्थेँ? त्यसपछि, मैले बनाएको हरेक डिजाइनको तीन-चारवटा संस्करण बनाउँथेँ, तर हरेक संस्करण अत्यन्तै नमिलेको हुन्थ्यो र सामान्यतया प्रयोग गर्न लायक हुँदैनथ्यो। वास्तवमा, दुइटा संस्करण पर्याप्त हुन्छ, तर मैले चलाख बन्‍ने प्रयास गरिरहेकी थिएँ, धेरैवटा संस्करण बनाएँ भने, तिनीहरूले एउटा त स्विकार्न लायक भेट्टाउनेछन् भन्‍ने सोचेँ। परिणामस्वरूप, म जति सावधान भएँ, मैले आफ्‍ना डिजाइनहरूमा त्यति नै गल्ती गरेँ। टोली अगुवाले मलाई आफ्‍नो काममा अझै गम्‍भीर र लगनशील हुनुपर्छ, हरेक डिजाइनको गुणस्तर सुनिश्‍चित गर्न समय लगाउनुपर्छ र झारा टार्नु हुँदैन भनेर सम्झाए। टोली अगुवाले मलाई यसो भन्दा, मैले आफ्‍ना समस्याहरूबारे मनन गरिनँ, वा आफ्‍नो कामका गल्तीहरू जाँचिनँ, तर अगुवाले मलाई काम लायक नठानेर अर्को काममा खटाउने हुन् कि भन्ने चिन्ता मात्रै गरेँ। पछि, मलाई आफ्‍ना डिजाइनहरूमा गल्तीहरू गर्छु भन्‍ने झन्-झन् डर लाग्यो। कहिलेकहीँ म अरू ब्रदर-सिस्टरहरूको सुझावमा सहमत नहुँदा, तिनीहरूलाई राम्ररी काम कसरी गर्ने भनेर बताउन मलाई मन लाग्थ्यो, तर यदि म बढी बोलेँ भने, म लापरवाही भएर परिमार्जन गर्न चाहन्‍नँ भन्‍ने तिनीहरूले सोच्लान् भन्‍ने मलाई लाग्थ्यो। यदि मैले मानिसहरूमा नराम्रो छाप पारेँ भने, मलाई अर्को काममा खटाइने सम्‍भावना हुन्थ्यो। मलाई आफू अझै बढी सतर्क हुनुपर्छ र म सुझावहरू मान्न सक्छु अनि लगनशील र जिम्‍मेवार छु भनेर सबैलाई देखाउनुपर्छ जस्तो लाग्यो। त्यसकारण मैले आफ्‍नो मुख बन्द गरेर बसेँ। त्यो अवधिमा, मलाई अर्को काममा लगाउँछ भनेर जति चिन्ता गर्थेँ, म त्यति नै धेरै गल्ती गर्थेँ। एउटा डिजाइन धेरैपटक फिर्ता भयो र हाम्रो काममा ढिलाइ भयो। मैले एक हप्तामा सामान्यतया सक्‍ने कामको एक चौथाइ भाग मात्रै सकाउन सक्थेँ। मेरो कार्यप्रस्तुति खस्किरहेको स्पष्टसित देखेर, टोली अगुवाले मलाई यसो भन्दै निराकरण गरे: “तपाईंका डिजाइनहरू आजभोली गुणस्तरका छैनन्, ती सधैँ फिर्ता गरिँदै छ र तपाईं निकै अदक्ष हुनुहन्छ—तपाईंले काममा ध्यान दिइरहनुभएको छ कि छैन? समस्या के हो? तपाईंले मनन गर्नुभएको छ?” टोली अगुवाको आलोचनाले मलाई साह्रै ठेस पुग्यो। मलाई आफूले हाम्रो कामको प्रगतिमा ढिलाइ गरिरहेकी छु र अहिले मेरो साँचो रूप सबैसामु उदाङ्गो भएको छ भन्‍ने महसुस भयो। मेरा यत्तिका धेरै समस्याहरूलाई हेर्दा मलाई अवश्य नै अर्को काममा खटाइनेछ भन्‍ने पक्‍का देखिन्थ्यो। म निराश भएँ र मलाई काममा जाँगर चलेन। म अगुवा आएर मलाई अर्को काममा खटाइएको छ भन्‍ने दिनको प्रतीक्षा मात्र गरिरहेको थिएँ।

मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र खोजी गरेँ: मलाई किन सधैँ गल्ती गर्छु र अर्को काममा खटाइन्छ भन्‍ने चिन्ता लाग्छ? एक दिन, मैले परमेश्‍वरको वचनहरूका यी खण्डहरू देखेँ। “ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्‍ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न पनि योग्य नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरूले यसलाई परमेश्‍वरबाट आशिष्‌ पाएको रूपमा हेर्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्। त्यसैले, आफ्नो कर्तव्यमा हेरफेर हुँदा, यदि यो बढुवा हो भने, ख्रीष्टविरोधीले ऊसँग आशिष पाउने आशा छ भन्‍ने ठान्छ। यदि यो टोली अगुवाबाट सहायक टोली अगुवामा, वा सहायक टोली अगुवाबाट सामान्य समूह सदस्यमा घटुवा गरिएको हो, वा तिनीहरूलाई कुनै कर्तव्य नै दिइएको छैन भने, तिनीहरूलाई यो ठूलो समस्या हो भन्‍ने लाग्छ र तिनीहरूले आशिष्‌ पाउने आशा थोरै छ भन्‍ने सोच्छन्। यो कस्तो दृष्टिकोण हो? के यो उचित दृष्टिकोण हो? अवश्य होइन। यो दृष्टिकोण हास्यास्पद छ। कसैले परमेश्‍वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्‍ने कुरा उसले कुन कर्तव्य पूरा गर्छ भन्‍नेमा आधारित हुँदैन, बरु उसमा सत्यता छ कि छैन, उसले साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्छ कि गर्दैन, र ऊ निष्ठावान छ कि छैन भन्‍ने कुरामा आधारित हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। परमेश्‍वरद्वारा मानवजातिलाई मुक्ति दिइने अवधिमा, मानिसहरूले धेरै परीक्षाहरूको सामना गर्नुपर्छ। विशेष गरी, आफ्‍नो कर्तव्य पूरा गर्दा, तिनीहरूले धेरै असफलता र बाधाहरू सामना गर्नुपर्छ, तर अन्त्यमा, तिनीहरूले सत्यता बुझे र तिनीहरूमा परमेश्‍वरप्रति साँचो आज्ञाकारिता भए, तिनीहरू परमेश्‍वरको अनुमोदन पाउने मानिसहरू बन्‍नेछन्। कर्तव्यमा स्थानान्तर गरिने विषयमा ख्रीष्टविरोधीहरूले सत्यता बुझ्दैनन्, र तिनीहरूमा सत्यता ग्रहण गर्ने कुनै क्षमता हुँदैन भन्‍ने कुरा देख्‍न सकिन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र)। “आफ्‍नो कर्तव्यमा हुने परिवर्तनप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति र दृष्टिकोणलाई हेर्दा, तिनीहरूको समस्या कहाँ हुन्छ? के यो समस्या ठूलो हुन्छ? (हुन्छ।) तिनीहरूले कर्तव्यमा हुने परिवर्तनलाई आशिष्‌हरू पाउने कार्यसँग जोड्नु हुँदैन, र तिनीहरूको गल्ती नै यही हो; यो तिनीहरूले गर्न हुँदै नहुने कुरा हो। वास्तवमा, यी दुई कुराबीच कुनै सम्‍बन्ध हुँदैन, तर ख्रीष्टविरोधीहरूको हृदय आशिष्‌ पाउने इच्‍छाले भरिएको हुनाले, तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, यसलाई आफूले आशिष्‌ पाउँछु कि पाउँदिनँ भन्‍ने कुरासँग जोड्छन्। त्यसकारण, तिनीहरू आफ्‍नो कर्तव्य उचित रूपमा निभाउन सक्दैनन्, अनि खुलासा भएर हटाइन मात्र सक्छन्; यो तिनीहरूको आफ्‍नै गल्ती हो, र तिनीहरू आफै यो निराशाजनक मार्गमा हिँडेका हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र)। ख्रीष्टविरोधीहरूसँग कसरी विशेष गरी दुष्ट स्वभाव र सत्यताको निरर्थक बुझाइ हुन्छ भनेर परमेश्‍वरका वचनहरूले प्रकट गरे। तिनीहरू कर्तव्य परिवर्तनजस्तो सामान्य कुरालाई आशिष पाउने वा गुमाउने कुरा सोच्छन् र यदि आफूलाई अर्कै काममा खटाइयो वा बर्खास्त गरियो भने, आफ्‍नो अन्तिम गन्तव्य गुम्छ भनेर चिन्ता गर्छन्। त्यसैले, तिनीहरू आफ्‍नो भविष्य जोगाउन गर्न सक्‍ने सबै गर्छन्। परमेश्‍वरका वचनहरू मनन गरेर मैले आत्मचिन्तन गरेँ। मेरो आफ्‍नै व्यवहार पनि ख्रीष्टविरोधीको जस्तै थियो। मैले आफ्‍नो कर्तव्यलाई आशिषहरू पाउने कुरा ठानेँ र मलाई अर्को काममा खटाइयो भने, मुक्ति पाउने मौका गुमाउँछु भन्‍ने चिन्ता गरेँ। लिसालाई अर्को काममा खटाइएको छ भन्‍ने सुन्दा, मलाई पनि अर्को काममा खटाइनेछ भन्‍ने चिन्ता लाग्यो। मैले कर्तव्यलाई आफ्‍नो छत्रछाया ठानेँ र यो गुम्यो भने मुक्ति प्राप्त हुनेछैन भन्‍ने सोचेँ। त्यसपछि म धूर्त बनेँ, र हरेक डिजाइनको धेरैवटा संस्करण बनाउँथेँ ताकि ती सबै इन्कार नगरियोस्। तर म डिजाइनको गुणस्तर सुधार्नमा ध्यान दिन असफल भएँ, परिणामस्वरूप, मेरो काममा झन्-झन् धेरै समस्याहरू देखा परे र मैले बनाएका स्वीकृत डिजाइनहरूको सङ्ख्या स्वात्तै घट्यो। ब्रदर-सिस्टरहरूसँग अन्तरक्रियामा म झनै कम बोल्ने भएँ र आफ्‍ना विचारहरू तिनीहरूलाई खुलस्त बताउँदिनथेँ, किनभने मैले तिनीहरूको सुझाव स्वीकार गरिरहेकी छैनँ भनी तिनीहरूले सोच्‍नेछन् र मलाई नराम्रो ठान्नेछन्, जसले गर्दा म अर्को काममा खटाइनेछु भन्‍ने मलाई चिन्ता लाग्थ्यो। म ब्रदर-सिस्टरहरूप्रति सधैँ सतर्क हुन्थेँ र देखावटी गर्थेँ। म सधैँ आशिषहरू प्राप्त गर्नेबारे चिन्ता गरिरहन्थेँ, त्यसैले आफ्‍नो काममा ध्यान दिन सक्दिनथेँ, र आफ्‍ना समस्याहरूबारे विचार गर्ने अनि सत्यता र सिद्धान्तहरू खोज्ने कष्ट गर्दिनथेँ। परिणामस्वरूप, मैले एकपछि अर्को गल्ती गरेँ, अदक्ष बनेँ र हाम्रो काममा बाधा दिएँ। म झन्-झन् निराश पनि हुँदै गएँ। टोली अगुवाले मलाई निराकरण र काटछाँट गरेपछि, मैले आत्मचिन्तन गर्ने कष्ट गरिनँ, तर नकारात्मक र प्रतिरोधी बनेँ। सोचेँ: “अब बरबाद भयो—टोली अगुवाले म आफ्‍नो कर्तव्यमा लगनशील छैनँ र सधैँ गल्तीहरू गरिरहेकी हुन्छु भन्‍ने सोच्छन्। मलाई अवश्य अर्को काममा खटाइनेछ।” म नकारात्मकतामा परेँ, लापरवाह भएँ, र मलाई आफ्‍नो कर्तव्य पूरा गर्न जाँगर चलेन। परमेश्‍वरले मलाई आफ्‍नो कर्तव्य पूरा गर्ने मौका दिनुभएको थियो ताकि मैले सत्यता खोज्न सकूँ, सिद्धान्तअनुसार काम गर्न सकूँ, र उहाँको मुक्ति प्राप्त गर्न सकूँ। तर म सही मार्गमा हिँडिनँ—मैले सत्यता खोज्नु र सिद्धान्तअनुसार काम गर्नुलाई महत्त्व दिइनँ। समस्या देखा पर्दा, मलाई अर्को काममा खटाइनेछ र मैले आशिष पाउने मौका गुमाउनेछु भन्‍ने चिन्ता मात्र लाग्थ्यो। मैले आफ्‍नो कर्तव्यलाई आशिषहरू पाउने माध्यम ठानेँ: मलाई लाग्यो, मैले आफ्‍नो कर्तव्यमा गल्ती गरिनँ र मलाई अर्को काममा खटाइएन भने, परमेश्‍वरको काम समाप्त भएपछि म सहजै मुक्ति प्राप्त गरेर स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु। मैले आशिषहरू प्राप्त गर्न मात्रै आफ्‍नो कर्तव्य पूरा गरेकी रहेछु। मैले आफ्‍नो कर्तव्यलाई “जीवन संरक्षक” को रूपमा लिएर परमेश्‍वरलाई प्रयोग गरिरहेकी र धोका दिइरहेकी रहेछु। यो सबैले गर्दा परमेश्‍वरले मलाई घिनाउनुभयो र तिरस्कार गर्नुभयो। मलाई ग्‍लानि र पछुतो भयो, त्यसैले परमेश्‍वरलाई प्रार्थना गरेँ र पश्‍चात्ताप गर्न तयार भएँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू देखेँ। “मलाई भन, यदि गल्ती गर्ने कुनै व्यक्ति साँचो बुझाइ हासिल गर्न सक्षम छ र ऊ पश्‍चात्ताप गर्न इच्‍छुक छ भने, के परमेश्‍वरको घरले उसलाई मौका दिँदैन र? परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, पूरा गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर मानिसहरूमा यदि कुनै विवेक वा समझ छैन, र तिनीहरूले आफ्‍नो काममा हेलचेक्र्याइँ गर्छन् भने, यदि तिनीहरूले कर्तव्य निभाउने मौका पाएका छन् तर यसलाई कदर गर्न जान्दैनन्, थोरै पनि सत्यता खोजी गर्दैनन्, र महत्त्वपूर्ण समय त्यसै जान दिन्छन् भने, तिनीहरूलाई खुलासा गरिनेछ। यदि तँ आफ्‍नो कर्तव्य निभाउने गर्ने क्रममा निरन्तर लापरवाह र झाराटारुवा भइरहन्छस्, र काटछाँट र निराकरण सामना गर्दा तँ पटक्‍कै समर्पित हुँदैनस् भने, के परमेश्‍वरको घरले तँलाई अझै पनि कर्तव्यपालनमा प्रयोग गर्नेछ? परमेश्‍वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ। सबै कुरामा परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ र उहाँले नै सबै थोकमाथि शासन गर्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्‍लेषण गर्नु आवश्यक छैन; तैँले सुन्‍ने र पालना गर्ने मात्रै गर्नुपर्छ। काटछाँट र निराकरणको सामना गर्दा, तैँले सत्यता स्विकारेर आफ्‍ना गल्तीहरू सुधार्न सक्‍नुपर्छ। यस्तो गर्न सकिस् भने, परमेश्‍वरको घरले कर्तव्य निभाउने तेरो पद खोस्‍नेछैन। यदि तँ सधैँ आफूलाई हटाइएला भन्‍ने डर मान्छस्, सधैँ बहाना बनाउँछस्, र सधैँ आफूलाई सही साबित गर्न खोज्छस् भने, त्यो समस्या हो। यदि तैँले अलिअलि पनि सत्यता अभ्यास गर्दैनस्, र तँसँग समझशक्ति छैन र त्यो कुरा अरूले देख्‍छन् भने, तँ समस्यामा हुन्छस्। मण्डली तँलाई तह लगाउन बाध्य हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “ख्रीष्टविरोधीहरूले यी कुराहरूलाई आफ्नो हृदयको गहिराइमा राख्छन्, र तिनीहरूले आफैँलाई चेतावनी दिन्छन्: ‘होसियारी सुरक्षाको जननी हो; सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ; र शिखरमा पुग्‍ने एक्लो हुन्छ।’ तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्, र उहाँको स्वभाव धर्मी र पवित्र छ भनेर पनि विश्‍वास गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूलाई मानव धारणा वा कल्पनाले हेर्छन्, र परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई व्याख्या गर्न शैतानको तर्क र सोच प्रयोग गर्दै, तिनीहरूले परमेश्‍वरको कामलाई पनि मानव दृष्टिकोण, मानव सोच र मानव धुर्तताद्वारा नै हेर्छन्। स्पष्ट रूपमा, ख्रीष्टविरोधीहरूले केवल परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई स्वीकार नगर्ने र नमान्‍ने मात्र होइन, तिनीहरू त परमेश्‍वरप्रतिका धारणा, प्रतिरोध, र विद्रोहले भरिएका हुन्छन्, र तिनीहरूमा उहाँको बारेमा अलिकति पनि वास्तविक ज्ञान हुँदैन। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको प्रेमसम्‍बन्धी ख्रीष्टविरोधीहरूको परिभाषा भनेको प्रश्‍नवाचक चिन्‍ह अर्थात् सन्देह मात्रै हुन्छ र तिनीहरू यसप्रति शङ्‍काले ग्रस्त र अस्वीकार र निन्दाले भरपुर हुन्छन्; त्यसो भए, उहाँको पहिचान के हो त? परमेश्‍वरको स्वभावले उहाँको पहिचानको प्रतिनिधित्व गर्छ; परमेश्‍वरको स्वभावबारेमा तिनीहरूको यस्तो सोच भएको हुँदा, परमेश्‍वरको पहिचानसम्बन्धी तिनीहरूको सोच स्वतः स्पष्ट छ—यो प्रत्यक्ष इन्कार हो। यो ख्रीष्टविरोधीहरूको सार हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग छ))। ख्रीष्टविरोधीहरू कसरी परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्, र कहिल्यै उहाँका वचनहरूअनुसार कामकुरा हेर्दैनन् भनेर परमेश्‍वरका वचनहरूले प्रकट गर्छन्। बरु, तिनीहरू सबै कुरा आफ्‍नै छली र शैतानी तर्कअनुसार जोख्छन्। तिनीहरूको स्वभाव साँच्‍चै दुष्ट हुन्छ। परमेश्‍वरका वचनहरूको आधारमा आफूलाई विचार गर्दा, कामकुराप्रतिको मेरो दृष्टिकोण ख्रीष्टविरोधीको भन्दा फरक रहेनछ भन्‍ने जानेँ। लिसालाई अर्को काममा खटाइँदा, मैले यस कुरालाई सत्यता र सिद्धान्तहरूअनुसार हेरिनँ, बरु “होसियारी सुरक्षाको जननी हो” भन्‍ने शैतानी विचारलाई लागू गरेँ र म झन् सतर्क हुनु राम्रो हुनेछ र कुनै गल्ती गर्नु हुँदैन भन्‍ने विचार गरेँ। यदि मैले अति धेरै गल्ती गरेँ र मलाई अर्को काममा खटाइयो भने, मलाई पूर्णरूपमा खुलासा गरिनेछ र हटाइनेछ भन्‍ने मैले सोचेँ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, ब्रदर-सिस्टरहरूसँगको नियमित कुराकानीमा आफ्‍ना विचार त्यति व्यक्तसमेत गर्दिनथेँ र आफ्‍ना विचारहरूबारे खुलेर सङ्गति गर्दिनथेँ, किनभने मैले कुनै कुरा गलत भनेँ वा गरेँ भने, मलाई अर्को काममा खटाइनेछ भन्‍ने चिन्ता लाग्थ्यो। अगुवाले मलाई निराकरण गरेर आफ्‍नो कर्तव्यमा लगनशील हुन सम्झाएपछि, म असाध्यै सचेत भएँ, किनभने निराकरणमा पर्नु भनेको अर्को काममा खटाइने पक्‍का सङ्केत हो र मुक्ति पाउने मौका गुमाउनेछु भन्‍ने मलाई लागेको थियो। मलाई लाग्यो, मैले विश्‍वास अभ्यास गरेको धेरै भयो र परमेश्‍वरका धेरै वचनहरू पढेकी छु तर सत्यता खोजेकी छैनँ र कामकुरालाई परमेश्‍वरको वचनअनुसार हेरेकी छैनँ। बरु, मैले शैतानी तर्क र विश्‍वासहरू प्रयोग गरेर परमेश्‍वरको कामको मूल्याङ्कन गरेँ, परमेश्‍वर पनि निष्पक्षता र धार्मिकताविनाको संसारका अगुवाहरूजस्तै हुनुहुन्छ भन्ने सोचेँ। आफ्‍नो कर्तव्यमा, म खुकुरीको धारमा हिँडिरहेकी छु र मैले कुनै गलत गरेँ वा बोलेँ भने मलाई खुलासा गरिएला, हटाइएला र पश्‍चात्ताप गर्ने कुनै मौका नपाइएला जस्तो लाग्थ्यो। मैले आफ्‍नो विश्‍वासमा, परमेश्‍वरको धार्मिकता इन्कार गरेर उहाँको निन्दा गरिरहेकी थिएँ! मण्डलीमा, परमेश्‍वर र सत्यताको शक्ति चल्छ। मानिसहरूलाई हटाउने र अर्को काममा खटाउने काम सधैँ सिद्धान्तअनुसार गरिन्छ। मण्डलीले कुनै एउटा घटनाको आधारमा कहिल्यै मानिसहरूलाई दोष दिने र हटाउने गर्दैन, बरु, सत्यताप्रति व्यक्तिको मनोवृत्ति, उसको समग्र व्यवहार, प्रकृति र सारको आधारमा यसो गरिन्छ। लिसा आफ्‍नो कर्तव्यमा सधैँ झारा टार्थिन्, जसले गर्दा मण्डलीको काममा हानि पुग्यो। ब्रदर-सिस्टरहरूले उनलाई सत्यतामा सङ्गति दिए, सहयोग गरे, खुलासा र निराकरण गरे, तर उनले पश्‍चात्तापको कुनै सङ्केत देखाइनन् र अन्तिममा उनलाई अर्को काममा खटाइयो। साथै, उनलाई अर्को काममा खटाइनुको अर्थ पूर्णरूपमा हटाइनेछ भन्‍ने थिएन। यदि उनले गरेकी, सत्यता खोजेकी र पूर्णरूपमा पश्‍चात्ताप गरेर परिवर्तन भएकी भए, अझै पनि सत्यता र परमेश्‍वरको मुक्ति पाउने अवसर पाउनेथिइन्। तर उनले धेरैपटक सङ्गति र सहयोग अनि निराकरण पाउँदा पनि पश्‍चात्ताप गरिनन् र सत्यता स्वीकार गरिनन् भने, उनलाई पूर्णरूपमा खुलासा गरेर हटाइनेथ्यो। परमेश्‍वरले निनवेलाई कसरी व्यवहार गर्नुभयो भन्ने मलाई याद आयो। परमेश्‍वरलाई निनवेका मानिसहरूको भ्रष्टता, दुष्टता र पापबारे थाहा हुँदा, उहाँले तिनीहरूलाई चेतावनी दिन र पश्‍चात्ताप गर्न चालीस दिनको म्याद दिन योनालाई पठाउनुभयो। त्यसपछि निनवेका मानिसहरूले भाङ्ग्रा लगाए, खरानीमा बसे र साँचोरूपमा पश्‍चात्ताप गरे। परमेश्‍वरले तिनीहरूको इमानदारी देखेर तिनीहरूको पाप क्षमा गर्नुभयो। पाप गर्ने सबैलाई हटाइँदैन भन्‍ने कुरा यो घटनाले देखाउँछ—मानिसहरू पश्‍चात्ताप गर्छन् कि गर्दैनन् र इमानदार छन् कि छैनन् भनेर परमेश्‍वर हेर्नुहुन्छ। मैले सत्यता खोजिनँ र यस कुरालाई परमेश्‍वरको वचनअनुसार हेरिनँ, बरु सावधान भएर गलत बुझाइ राख्ने मनोवृत्ति चुनेँ। मैले परमेश्‍वरको विरोध गरिरहेकी र उहाँको विरुद्ध गइरहेकी थिएँ र मैले पश्‍चात्ताप नगरेकी भए, मलाई खुलासा गरेर हटाइनेथ्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूका अरू दुईवटा खण्ड पढेँ जसले मलाई उहाँका अभिप्रायहरू अझ राम्ररी बुझाए। परमेश्‍वरका वचनहरूले भन्छ, “कतिपय मानिसहरू यसो भन्‍ने अवस्थामा पुग्छन्, ‘मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्‍लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै रहेको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न दिन सक्‍नुहुन्‍न र?’ मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, यदि आखिरमा तँ दयनीय रूपले घिनलाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरको सृष्टिको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै हेर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्‌; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैन। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्‍ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्‍वरका वचनहरू मनन गरेर मैले के महसुस गरेँ भने परमेश्‍वरले मानिसहरूको कर्तव्य, तिनीहरूले कति कष्ट भोगेका छन् वा कति पूँजी बटुलेका छन् त्यसको आधारमा नभई, तिनीहरू आफ्‍नो कर्तव्यमा निष्ठावान छन् कि छैनन्, परमेश्‍वरमा समर्पित छन् कि छैनन्, तिनीहरूमा सत्यता अभ्यासको गवाही छ कि छैन, र तिनीहरूको स्वभाव परिवर्तन भएको छ कि छैन त्यसको आधारमा तिनीहरूको अन्तिम गन्तव्य निर्धारण गर्नुहुन्छ। साथै, परमेश्‍वरले मानिसहरूको कर्तव्यमा माग गर्नुभएका सबै कुरा व्यावहारिक हुन्छन्। उहाँले मानिसहरूलाई सिद्धता हासिल गर्न र कहिल्यै गल्ती नगर्न माग गर्नुहुन्‍न, बरु तिनीहरूले आफ्‍नो क्षमतालाई काममा पूर्णरूपमा लगाऊन् सक्दो गरून् र झारा नटारून् अनि धूर्त नबनून् भन्ने माग गर्नुहुन्छ। यसरी आफ्‍नो कर्तव्य पूरा गर्दा परमेश्‍वर सन्तुष्ट बन्‍नुहुन्छ। मलाई के याद आयो भने, कतिपय मानिसहरू ठूलो गल्ती नगरी वा निराकरण र काटछाँटमा नपरी आफ्‍नो कर्तव्य सधैँ पूरा गर्ने भए पनि, सत्यता खोजी गर्दैनन्, तिनीहरू झारा टार्छन्, आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार हुन्छन् र आखिरमा परिणामहरू प्राप्त गर्दैनन्। अन्तिममा, त्यस्ता मानिसहरूलाई खुलासा गरेर हटाइन्छ, र गम्‍भीर अवस्थामा, मण्डलीबाट समेत हटाइन सकिन्छ। तर कतिपय ब्रदर-सिस्टरहरू आफ्‍नो कर्तव्यमा भ्रष्ट स्वभाव प्रकट गर्छन् वा सिद्धान्तहरू नबुझेको कारण तिनीहरूको काममा केही समस्या पैदा हुन्छन्, त्यसैले तिनीहरूलाई काटछाँट र निराकरण गरिन्छ। तैपनि, तिनीहरू आत्मचिन्तन गर्न ध्यान दिन्छन्, आफ्‍नो भ्रष्ट स्वभाव हटाउन सत्यता खोज्छन्, आफ्‍नो गल्ती जाँच्छन्, सत्यताका सिद्धान्तहरू खोज्छन्, र अन्तिममा, तिनीहरूको कार्यप्रस्तुति सुध्रिन्छ र जीवनमा तिनीहरूले प्रगति गर्छन्। तथ्यहरूले के देखाए भने मुक्ति पाउने कुराले हामीले पूरा गर्ने कर्तव्यसँग पटक्‍कै सम्‍बन्धित छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कर्तव्य पूरा गर्ने क्रममा, व्यक्तिले सिद्धान्तअनुसार काम गर्न सक्‍ने बन्‍न सत्यता खोज्न र अभ्यास गर्न ध्यान दिनुपर्छ। यो मात्रै सही मार्ग हो। सोचेँ, मैले कसरी बाहिरीरूपमा आफ्‍नो कर्तव्य पूरा गरिरहेकी छु जस्तो देखिन्थ्यो, तर मेरो खुलासा हुँदा र म असफल बन्दा, प्रतिक्रियास्वरूप चिन्ता मात्रै गरेँ। मैले आफ्‍ना समस्याहरू समाधान गर्न कहिल्यै सत्यता खोजी गरिनँ। म अनिश्चित स्थानमा छु भन्‍ने मलाई महसुस भयो। त्यसपछि, म मनन गर्न तुरुन्तै परमेश्‍वरसामु आएँ—मैले आफ्‍नो कर्तव्यमा किन सधैँ गल्ती गरेँ र सुस्त भएँ, र म किन प्रभावकारी भइनँ? अन्तिममा मलाई के महसुस भयो भने मैले ब्रदर-सिस्टरहरूसँगको सहकार्यलाई महत्व दिएकी थिइनँ यदि मैले डिजाइनको काम थाल्नुअघि आफ्‍नो विचार अरूसँग छलफल गरेर सहमतिमा पुगेकी र सिद्धान्तहरूको आधारमा डिजाइनको स्पष्ट मार्गनिर्देशन पाएकी भए, मसँग अझै स्पष्ट विचार हुनेथ्यो र मेरो काम फिर्ता हुन र ढिलो प्रगति हुन पाउँदैनथ्यो। यति मात्र होइन, मैले आफ्‍नो कर्तव्यमा सुधार गर्ने प्रयास गरिनँ र म आफ्नो हालको स्तरमा नै सन्तुष्ट रहेँ। मैले आफूले गरेका कामका समस्याहरू जाँच्न, सिद्धान्तहरू खोज्न र निरन्तर अध्ययनका क्षेत्रहरू चिन्न ध्यान दिइनँ। तसर्थ, केही समस्याहरू देखा परिरहे र मेरो डिजाइन कामको गुणस्तर र प्रभावकारिता खस्कियो। यो सबै कुरा विचार गर्दा, मेरो काम गर्ने शैलीमा कति धेरै समस्या रहेछन् भन्‍ने मैले बल्‍ल थाहा पाएँ। टोली अगुवाले मलाई समस्याहरू देखाइदिए र मलाई सहयोग गरे ताकि मैले आफ्‍ना समस्याहरूलाई चिनेर तुरुन्तै समाधान गरूँ। तर, यसको सट्टा, म मेरा ब्रदर-सिस्टरहरूदेखि सावधान भएँ र मैले आफ्‍ना समस्याहरू चिन्न नसकेकी मात्र होइन, तर म नकारात्मक र प्रतिरोधी पनि बनेँ। मैले साह्रै अविवेकी व्यवहार गरिरहेकी रहेछु! मलाई साह्रै पछुतो र ग्‍लानि भयो र मैले आफ्ना समस्याहरू जतिसक्दो चाँडो सुल्झाउने सङ्कल्प गरेँ।

त्यसपछि, मैले परमेश्‍वरको वचनको यो खण्ड भेट्टाएँ। “यदि कोही खुला हृदयको छ भने ऊ इमान्दार व्यक्ति हो। यसको अर्थ उसले कुनै कुरा पनि नलुकाई र कुनै कुराबाट पनि लुक्‍नु नपरी, आफ्‍नो हृदय पूर्ण रूपमा परमेश्‍वरको निम्ति खोलिदिएको छ। तिनीहरूले आफ्‍नो हृदय पूर्ण रूपमा परमेश्‍वरलाई सुम्पेका र देखाएका हुन्छन्, जसको अर्थ तिनीहरूले आफ्नो सम्पूर्ण अस्तित्व उहाँमा सुम्पेका हुन्छन्। के तिनीहरू परमेश्‍वरबाट अझै पनि टाढा हुन्छन्? अहँ, हुँदैनन्। यसरी तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन सहज हुन्छ। यदि परमेश्‍वरले उनीहरू छली छन् भनी भन्नुभयो भने उनीहरू त्यो कुरा स्विकार्नेछन्। यदि परमेश्‍वरले उनीहरू अहङ्कारी र स्वधर्मी छन् भनी भन्नुहुन्छ भने, उनीहरूले त्यो स्विकार्नेछन्। तर तिनीहरूले यी कुराहरूलाई स्विकारेर त्यतिकै छोड्ने काम गर्दैनन्—तिनीहरू पश्‍चात्ताप गर्न, सत्यताका सिद्धान्तहरूमा लागिपर्न, र आफ्‍ना गल्तीहरू पहिचान गर्न र सुधार्न सक्षम हुन्छन्। थाहै नभई, तिनीहरूले आफ्‍ना धेरै गलत शैलीहरू सुधार गरिसकेका हुन्छन्, र तिनीहरू बिस्तारै कमभन्दा कम छली, जाली, लापरवाह र झाराटारुवा हुँदै जान्छन्। उनीहरू जति लामो समय यस प्रकारले जिउँछन्, त्यत्ति नै बढी खुला र सम्मानजनक बन्छन्, र त्यति नै बढी इमानदार व्यक्ति बन्ने लक्ष्यको नजिक पुग्छन्। ज्योतिमा जिउनु भनेकै यही हो। … के ज्योतिमा जिउनेहरूले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्छन्? के उनीहरूले अझै पनि परमेश्‍वरबाट आफ्नो हृदय लुकाउन सक्छन्? के अझै पनि तिनीहरूले परमेश्‍वरलाई भन्‍न नसक्‍ने गोप्य कुराहरू हुन्छन्? के तिनीहरूमा अझै पनि गुप्त र सानातिना चलाकीहरू हुन्छन्? हुँदैनन्। तिनीहरूले परमेश्‍वसामु पूर्ण रूपमा हृदय खोलेका हुन्छन्, र तिनीहरूले कुनै पनि कुरा लुकाउँदैनन्। तिनीहरूले परमेश्‍वरलाई आफ्ना व्यक्तिगत कुराहरू बताउन, उहाँसँग कुनै पनि कुराको बारेमा सङ्गति गर्न, र उहाँलाई सबै कुरा थाहा दिन सक्छन्। तिनीहरूले परमेश्‍वरलाई नभन्‍ने र नदेखाउने कुरा केही पनि हुँदैन। जब मानिसहरूले यस्तो खुलस्त अवस्था हासिल गर्छन्, तब तिनीहरूको जीवन सहज, स्वतन्त्र र मुक्त हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने कर्तव्य राम्ररी पूरा गर्न व्यक्तिमा इमानदार मनोवृत्ति हुनैपर्छ। इमानदार व्यक्तिको सबैभन्दा बहुमूल्य पक्ष भनेको सत्यता र परमेश्‍वरको छानबिन स्विकार्ने क्षमता हो। तिनीहरू जसरी खुलासा भए पनि वा असफल भए पनि, तिनीहरूले आफ्‍ना त्रुटिहरू चिन्न, सत्यता खोज्न, आत्मचिन्तन गर्न र आफ्‍नो कामका गल्तीहरू सच्याउन सक्छन्। यस्ता मानिसहरूले परमेश्‍वरको अन्तर्दृष्टि र डोऱ्याइ प्राप्त गर्ने सम्‍भावना धेरै हुन्छ, र आफ्नो कर्तव्यका परिणामहरू निरन्तर सुध्रिन्छन्। मानिसहरू सही मार्गमा ऊर्जा लगाउन थाल्छन्, तिनीहरूले आफ्नो सुधार हुँदै गएको देख्छन्, र सबै चिन्ता र डर आफै हराएर जान्छन्।

परमेश्‍वरको इच्‍छा बुझेपछि, मैले त्यसरी आफ्‍नो कर्तव्यमा सचेत भएर अभ्यास गरेँ। त्यसपछि मैले एलिसियासँग डिजाइनको काममा सहकार्य गर्न थालेपछि, मैले सिद्धान्त नबुझेकीले मेरो खाका फिर्ता भयो र फेरि पनि धेरै गल्ती गरेँ भने मलाई अर्को काममा खटाइन्छ भन्‍ने चिन्ता लाग्यो। तर, मलाई यस्तो लाग्नेबित्तिकै, मैले तुरुन्तै फेरि आफ्नै भावी आशाहरूबारे विचार गरिरहेकी छु भन्‍ने थाहा पाएँ, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ र आफ्‍नो मनोवृत्ति सच्याउन, परमेश्‍वरदेखि सतर्क नहुन, आफ्‍ना कमजोरीहरूप्रति सही दृष्टिकोण राख्‍न, आफ्‍ना गल्तीहरू जाँच्न, आफू प्रवेश गर्नुपर्ने सिद्धान्तहरू खोज्न तयार भएँ। त्यसपछि, मैले आफ्‍नो स्थितिबारे एलिसियालाई खुलस्त बताएँ र उनले मलाई गाली नगरेकी मात्र होइन, तर मेरा कमीकमजोरीहरूका लागि केही निश्‍चित मार्गहरूबारे सङ्गतिसमेत दिइन्। मेरा डिजाइनहरूमा निकै सुधार आयो। अघि गएर, मेरो काममा यो समस्या त्यति धेरै देखिएन। मैले आफ्‍नो प्रवेशलाई सकारात्मक रूपमा लिँदा, म परमेश्‍वरदेखि धेरै कम सतर्क भइनँ, मलाई अर्को काममा खटाइन्छ भनेर चिन्ता लिइनँ, र सत्यता खोज्न र आत्मचिन्तन गर्नमा ध्यान लगाउन सकेँ। समय बित्दै जाँदा, मैले आफ्‍नो कर्तव्यमा प्रगति गरेँ र झन्-झन् थोरै गल्ती गर्दै गएँ। मैले आफ्‍नो जीवन प्रवेशमा पनि धेरै कुरा प्राप्त गरेँ र मलाई शान्ति र ढुक्क महसुस भयो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हैसियतको तृष्णाबारे मनन

सन् २०१९ को कुरा हो, मलाई मण्डली अगुवा छनौट गरियो। त्यो बेला, मैले मुख्यतः भिडियो प्रडक्सनको रेखदेख गरिरहेको थिएँ। मैले केही टोली...

बोझ परमेश्‍वरको आशिष् हो

योङ्ग्सुइ, दक्षिण कोरिया भर्खरै सम्पन्न भएको मण्डली चुनावमा म अगुवाको रूपमा चयन भएँ। यो कुरा सुन्दा म अवाक् भएँ र विश्‍वासै लागेन। म,...

झूटो अगुवाको चेतना खुल्छ

सन् २०१९ मा, म मण्डली अगुवा चयन भएँ, यो, परमेश्‍वरले मलाई उच्च पार्नुभको हो भनेर मलाई थाहा थियो र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्