आफ्‍नो सतर्कतालाई हटाउँदा

25 अप्रिल 2023

केही समयअघि, हामीले मण्डलीको छायाङ्कन कार्यका लागि केही तस्विरहरू बनाउनुपर्थ्यो। मेरा सहकर्मी ब्रदर साइमनले एउटा तस्विर डिजाइन गरेर समीक्षाको लागि पेश गरेका थिए। अगुवाले त्यो तस्विर नमिलेको र त्यसको बनावट गलत छ, र साइमनले झारा टारेको र लापरवाही गरेकोले त्यस्तो भएको हो भने। पछि, मैले साइमनलाई यसबारे सोधेँ। कामको चटारो भएकोले, तिनले यसमा राम्ररी काम गर्न पाएनन् भनी बताए। मैले त्यसको जवाफ दिइनँ, तर भविष्यमा अझै होसियार हुन, र चलचित्रको काम अत्यन्तै महत्त्वपूर्ण छ, हामी लापरवाह भएर संशोधन गर्नमा समय बरबाद गर्नु हुँदैन भनेर मात्रै सम्झाएँ। केही समयपछि नै, साइमनको अर्को तस्विरमा सिद्धान्तसम्‍बन्धी स्पष्ट गल्तीहरू देखा परे। लामो समयसम्‍म तालिम लिएर पनि यस्ता आधारभूत गल्तीहरू गरेकोमा र आफ्‍नो कर्तव्यमा सुस्त भएकोमा अगुवाले तिनको निराकरण गरे, र फलस्वरूप तिनलाई आफ्‍नो कर्तव्यबाट बर्खास्त गरे। यो नतिजाले मलाई साह्रै भयभीत तुल्यायो। मैले यो पूर्णरूपमा बुझेकी थिइनँ। साइमनले केवल दुइटा गल्ती गरेकै कारण अगुवाले तिनलाई बर्खास्त गरेका थिए, के त्यो अलिक कठोर भएन र? थाहै नपाई, मेरो हृदयमा गलतबुझाइ र सतर्कता पलाइसकेछ। मैले आफ्‍नो कर्तव्यमा कुनै ठूलो गल्ती गर्नु हुँदैन, नत्र सानातिना गल्तीहरूमा मलाई निराकरण गरिनेछ र गम्‍भीर गल्तीमा सायद बर्खास्त गरिनेछ, र मैले आफ्‍नो कर्तव्य पूरा गर्न सकिनँ भने मुक्ति पाउने सबै आशा गुमाउनेछु भन्‍ने मलाई लाग्यो। म अझै होसियार हुनुपर्थ्यो।

केही समयपछि, म आफ्ना तस्विरहरू समीक्षाको लागि अगुवाकहाँ पठाउन साह्रै घबराएँ। सोचेँ, साइमनलाई दुइटा मात्रै गल्ती गरेकोमा कसरी बर्खास्त गरिएको थियो, र यदि मेरो तस्विरमा पनि सिद्धान्तसम्‍बन्धी गल्तीहरू देखा परे भने, अगुवाले म त्यो काम राम्ररी गर्न सक्दिनँ त्यसैले म समूह अगुवा बन्नु हुँदैन भनेर भन्‍न सक्छन्। के मलाई पनि साइमनलाई जस्तै बर्खास्त गरिनेछ? यसबारे जति सोचेँ त्यति व्याकुल भएँ। मलाई आफ्‍नो कर्तव्य पूरा गर्न अप्ठ्यारो लाग्थ्यो, र आफ्‍नो हातमा भएको काम गर्ने मुड चल्दैनथ्यो। मलाई मेरो स्थिति गलत छ भन्‍ने थाहा भयो, र मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेर मेरो समस्या समाधान गर्न डोऱ्याइ मागेँ। पछि, मैले परमेश्‍वरको वचन पाठ गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “कहिलेकहीँ, परमेश्‍वरले तँलाई उदाङ्गो पार्न वा अनुशासनमा राख्‍न निश्‍चित मामला प्रयोग गर्नुहुन्छ। के यसको अर्थ तँलाई हटाइएको छ भन्‍ने हुन्छ? के यसको अर्थ तेरो अन्त्य आएको छ भन्‍ने हुन्छ? हुँदैन। यो त बच्‍चा अनाज्ञाकारी भएर गल्ती गरेको जस्तै हो; उसका आमाबुबाले उसलाई गाली गर्न र दण्ड दिन सक्छन्, तर उसले आमाबुबाको अभिप्राय जान्‍न वा तिनीहरूले किन यसो गरिरहेका छन् भनेर बुझ्‍न सक्दैन भने, उसले तिनीहरूको अभिप्रायलाई गलत रूपमा बुझ्‍नेछ। उदाहरणको लागि, आमाबुबाले छोराछोरीलाई यसो भन्‍न सक्छन्, ‘घर एक्लै नछाड्नु, र एक्‍लै आफै बाहिर नडुल्‍नू,’ तर यो कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउँदै, त्यो बच्‍चा लुकेर एकलै बाहिर जान्छ। त्यो थाहा पाएपछि, आमाबुबाले त्यो बच्‍चालाई हकार्छन् र सजायस्वरूप, उसलाई कुनामा उभ्याएर आफ्‍नो व्यवहारबारे सोच्‍न लगाउँछन्। त्यो बच्‍चाले आफ्ना आमाबुबाको अभिप्राय बुझ्दैन र शङ्का गर्न थाल्छ: ‘के मेरा आमाबुबाले मलाई चाहन छोडेका हुन्? के म साँच्‍चै उनीहरूको बच्‍चा हुँ? के मलाई धर्मपुत्र राखिएको हो?’ उसले यस्ता कुराहरू विचार गर्छ। आमाबुबाका वास्तविक अभिप्रायहरू के-के हुन्? त्यसो गर्नु अत्यन्तै खतरनाक हुन्छ र त्यसैले त्यसो नगर्नू भनेर आमाबुबाले बच्‍चालाई भनेका थिए। तर बच्‍चाले त्यो कुरा मानेन, एउटा कानले सुनेर अर्को कानले उडाइदियो। त्यसकारण, आमाबुबाले बच्‍चालाई उचित शिक्षा दिन र यसबाट केही सिकाउन कुनै किसिमको दण्ड प्रयोग गर्नु जरुरी भयो। यसो गरेर आमाबुबाले के हासिल गर्न चाहन्छन्? के बच्‍चालाई सिकाउन मात्रै यसो गरिएको हो? बच्‍चाले सिकोस् भन्‍ने मात्र तिनीहरूको अन्तिम चाहना होइन। आमाबुबाले यसो गर्नुको उद्देश्य बच्‍चालाई जे भन्यो त्यही गर्ने बनाउनु, आफ्नो सल्‍लाहअनुसार चल्ने तुल्याउनु, र आफ्नो अवज्ञा गर्ने वा आफूलाई चिन्तित तुल्याउने कुनै पनि काम नगर्ने पार्नु हो, र यही नै तिनीहरूले हासिल गर्न चाहेको परिणाम हो। यदि बच्‍चाले आफ्‍ना आमाबुबाको कुरा सुन्छ भने, उसले कुरा बुझ्छ भन्‍ने देखिन्छ, र उसका आमाबुबा चिन्तामुक्त हुन सक्छन्। के त्यसपछि तिनीहरू ऊप्रति सन्तुष्ट हुनेछैनन् र? के तिनीहरूले अझै पनि उसलाई त्यसरी दण्ड दिनुपर्नेछ र? तिनीहरूले त्यसो गर्नुपर्नेछैन। परमेश्‍वरमा विश्‍वास गर्नु पनि त्यस्तै हो। मानिसहरूले परमेश्‍वरका वचनहरूमा ध्यान दिन र उहाँको हृदयलाई बुझ्‍न सिक्‍नुपर्छ। तिनीहरूले परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हुँदैन। वास्तवमा, धेरैजसो अवस्थामा, मानिसहरूको चिन्ता तिनीहरूका आफ्‍नै चासोहरूबाट पैदा भएका हुन्छन्। सामान्य शब्दमा भन्दा, यो आफूलाई कुनै परिणाम हात नलाग्ला कि भन्‍ने तिनीहरूको डर हो: तिनीहरूले सधैँ मनमनै सोच्छन्, ‘यदि परमेश्‍वरले मलाई उदाङ्गो पार्नुभयो, हटाउनुभयो, र इन्कार गर्नुभयो भने के गर्ने?’ यो तैँले परमेश्‍वरलाई गलत अर्थ्याएको हो; यी तेरा विचार मात्रै हुन्। तैँले परमेश्‍वरको अभिप्राय के हो त्यो पत्ता लगाउनुपर्छ। उहाँले मानिसहरूलाई उदाङ्गो पार्नु भनेको तिनीहरूलाई हटाउनको लागि होइन। तिनीहरूका कमीकमजोरी, गल्ती, अनि तिनीहरूको प्रकृतिको सारलाई खुलासा गर्न, तिनीहरूलाई आफ्‍नो बारेमा जान्‍न लगाउन, र साँचो पश्‍चात्ताप गर्न सक्‍ने तुल्याउनको लागि तिनीहरूलाई उदाङ्गो पारिन्छ; तसर्थ, मानिसहरूलाई उदाङ्गो पार्नु भनेको तिनीहरूको जीवनलाई वृद्धि हुन सहयोग गर्नको लागि हो। साँचो समझविना, मानिसहरूले परमेश्‍वरलाई गलत अर्थ्याउने र नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना हुन्छ। तिनीहरू निराशसमेत हुन सक्छन्। वास्तवमा, परमेश्‍वरद्वारा मानिसहरूलाई उदाङ्गो पारिनुको अर्थ तिनीहरूलाई हटाइनेछ भन्‍ने हुँदैन। यो त तँलाई तेरो आफ्नो भ्रष्टता चिन्‍न मदत गर्न, र तँलाई पश्‍चात्ताप गर्न लगाउनको लागि गरिन्छ। मानिसहरू विद्रोही हुने भएकोले, र भ्रष्टता प्रकट गर्दा समाधान खोज्‍नको लागि सत्यताको खोजी नगर्ने भएकोले, प्रायजसो परमेश्‍वरले अनुशासन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण कहिलेकाहीँ, उहाँले मानिसहरूलाई उदाङ्गो पार्नुहुन्छ, अनि तिनीहरूको कुरूपता र दयनीय अवस्थालाई खुलासा गरेर तिनीहरूलाई आफैलाई चिन्‍ने तुल्याउनुहुन्छ, जसले तिनीहरूको जीवन वृद्धि हुन सहयोग पुर्‍याउँछ। मानिसहरूलाई उदाङ्गो पार्नुका दुई वटा फरक आशय हुन्छन्: दुष्ट मानिसहरूको हकमा, उदाङ्गो पारिनुको अर्थ तिनीहरूलाई निकाल्‍नु भन्‍ने हुन्छ। सत्यता स्वीकार गर्न सक्‍ने मानिसहरूको हकमा, यो ताकिता र चेतावनी हुन्छ; तिनीहरूलाई आफ्‍नो बारेमा मनन गर्न, आफ्‍नो साँचो स्थितिलाई देख्‍न, र बाटो बिराउन र लापरवाही हुन छोड्न लगाउनको लागि यसो गरिन्छ, किनभने यसरी अघि बढ्नु खतरनाक हुन्छ। मानिसहरूलाई यसरी उदाङ्गो पार्नुको उद्देश्य तिनीहरूलाई सम्झाउनको लागि हो, ताकि जब तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, तब तिनीहरू झाराटारुवा र लापरवाह नबनून्, खेलाँची नगरून्, अलिअलि प्रभावकारी हुँदा नै आफूले स्वीकार्य मापदण्डअनुसार आफ्‍नो कर्तव्य पूरा गरेको छु भनेर सन्तुष्ट नबनून्—जबकि वास्तवमा परमेश्‍वरले अह्राउनुभएअनुसार मापन गर्दा, तिनीहरू धेरै चुकेका हुन्छन्, तर अझै पनि तिनीहरू आत्मसन्तुष्ट बन्छन्, र आफूले राम्ररी काम गरिरहेको छु भन्‍ने ठान्छन्। त्यस्तो परिस्‍थितिमा, परमेश्‍वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्छ, चेतावनी दिनुहुन्छ, र सम्झाउनुहुन्छ। कहिलेकहीँ, परमेश्‍वरले तिनीहरूको कुरूपतालाई उदाङ्गो पार्नुहुन्छ—र यसले ताकिताको रूपमा काम गर्नुपर्छ। त्यस्तो बेला तैँले आफ्‍नो बारेमा मनन गर्नुपर्छ: यसरी तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्नु पर्याप्त छैन, यसमा विद्रोहीपन लुकेको छ, यसमा नकारात्मक कुरा धेरै लुकेको छ, यो पूर्ण रूपमा झाराटारुवा तरिका हो, र तैँले पश्‍चात्ताप गरिनस् भने, तँलाई दण्ड दिइनेछ। जब परमेश्‍वरले तँलाई अनुशासनमा राख्‍नुहुन्छ, र उदाङ्गो पार्नुहुन्छ, यसको अर्थ तँलाई हटाइनेछ भन्‍ने हुँदैन। यो विषयलाई सही तरिकाले हेरिनुपर्छ। तँलाई हटाइयो नै भने पनि, तैँले यसलाई स्वीकार गर्नुपर्छ र यसमा समर्पित हुनुपर्छ, अनि तुरुन्तै मनन गरेर पश्‍चात्ताप गरिहाल्‍नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्‍वरको आज्ञापालन गरेर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ)। त्यसपछि मैले के बुझेँ भने, खुलासा गरिनुको अर्थ हटाइनु होइन। जस्तै, बच्‍चाले कुनै गल्ती गर्दा, उसलाई आमाबुबाले हप्काउँछन्, ताकि उसले कुरा सुनेर पाठ सिकोस्, र अनाज्ञाकारी हुन छोडोस्। यदि बच्‍चा आज्ञाकारी छ भने, आमाबुबाको मन ढुक्‍क हुन्छ, र स्वाभाविकरूपमा, तिनीहरूले बच्‍चालाई दण्ड दिनेछैनन्। हामी सत्यता बुझ्दैनौँ र सिद्धान्तविना काम गर्छौँ, हामीमा भ्रष्ट स्वभावहरू पनि हुन्छन्, त्यसैले हाम्रो कर्तव्यमा गल्ती त हुन्छै हुन्छ। कहिलेकाहीँ, हामी परिस्थिति स्पष्टसित बुझ्‍न सक्दैनौँ किनभने हामीमा क्षमताको कमी हुन्छ र हामी सत्यता बुझ्दैनौँ; कहिलेकाहीँ हामी स्वेच्‍छाचारी र मनमानी व्यवहार गर्छौँ, आफ्‍नो अहङ्कारी स्वभावअनुसार काम गरेर सिद्धान्तहरू उल्‍लङ्घन गर्छौँ, र मण्डलीको काममा बाधा दिन्छौँ; कहिलेकाहीँ काम राम्ररी हुँदैन किनभने हामी झाराटारुवा र लापरवाह र यस्तै इत्यादि हुन्छौँ। खुलासामा परेर मात्रै हामी आफ्ना भ्रष्टता र कमीकमजोरीहरू देख्‍न सक्छौँ, सत्यता खोज्न, आफ्‍नो परिपूर्ति गर्न, र सिद्धान्तअनुसार कामकुरा सम्हाल्न सक्छौँ। यसको पछाडि परमेश्‍वरका असल अभिप्रायहरू हुन्छन्। मैले परमेश्‍वरको इच्‍छा बुझेकी थिइनँ। साइमनलाई बर्खास्त गरिएको देख्दा, मलाई चिन्ता र डर लाग्यो। मलाई पनि क्षणिक गल्तीको कारण बर्खास्त गरिनेछ, र मेरो गल्ती गम्‍भीर भयो भने, मलाई हटाइनेछ र मैले मुक्ति पाउनेछैनँ भन्‍ने डर लागेको थियो। म परमेश्‍वरप्रति सतर्क भएँ र उहाँलाई मैले गलतरूपमा बुझेँ। मलाई साह्रै ग्लानि भयो। मैले साइमनलाई किन बर्खास्त गरियो भनेर सोच्‍न थालेँ। अगुवाले तिनका गल्तीहरू दुईपटक औँल्याइदिएका थिए भन्‍ने मलाई याद आयो। पहिलोपटक, अगुवाले तिनका विचारहरू पुराना छन् र तिनको डिजाइन एकदमै मिलेको छैन, विभिन्‍न आधारभूत प्राविधिक कुराहरू उचितरूपमा सम्‍हालिएका छैनन्, र साइमन लापरवाह भएकोले नै यस्तो भएको हो भनेका थिए। साइमन थप होसियार र सानोतिनो कुरालाई पनि ध्यान दिने बन्छन्, र आफ्‍नो कर्तव्यमा राम्रो परिणाम हासिल गर्छन् भन्‍ने आशाले अगुवाले यसो भनेका थिए। तर साइमनले यसलाई गम्‍भीरतासाथ लिएनन् र समयको कमीले यस्तो भएको हो भन्दै बहाना बनाए र पछि तिनले यस विषयमा मनन वा समीक्षा गरेनन्। दोस्रोपटक पनि तिनी आफ्‍ना डिजाइनहरूमा गैरजिम्‍मेवार र लापरवाह भएका कारण तिनको गल्ती औँल्याइएको थियो। तिनले आफ्‍नो काम उचितरूपले जाँच गरेनन् र हामीलाई त्यो जाँच्‍न दिएनन्, तिनले त्यो समीक्षाको लागि सिधै अगुवालाई पठाए। परिणामस्वरूप, सिद्धान्त स्पष्ट उल्लङ्घन भएको कुरा सच्याइएन र त्यो काम दोहोऱ्याउनुपऱ्यो, यसरी यो महत्त्वपूर्ण कामको प्रगतिमा ढिलाइ भयो। साइमनले आफ्‍नो कर्तव्य गम्‍भीररूपमा नलिएको र लापरवाही गरेको कारण यी सब असफलताहरू भएका थिए। अगुवाले साइमनलाई अति कठोरतासाथ निराकरण गरेर बर्खास्त गरेका थिए ताकि तिनले कर्तव्यप्रतिको आफ्‍नो मनोवृत्तिबारे मनन गरून्, आफ्‍ना तौरतरिका तुरुन्तै सुधारून्, आफ्‍नो कर्तव्य होसियारीसाथ र सानातिना कुरालाई पनि ध्यान दिएर गरून् अनि सत्यताका सिद्धान्तहरूअनुसार काम गरून्। निराकरण र बर्खासीमा पर्दा तिनलाई मनन गरेर पाठ सिक्‍न मद्दत मिल्छ भने, यो तिनको कर्तव्य र जीवन प्रवेशको लागि फाइदाजनक हुनेथ्यो। त्यो कुरा बुझेपछि, म निकै शान्त भएँ।

त्यो बेला, मेरो हृदयमा अर्को गाँठो पऱ्यो। साइमनले आफ्‍नो डिजाइनमा दुइटा मात्रै गल्ती गरेकोमा अगुवाले तिनलाई बर्खास्त गर्नु रूखो व्यवहार हो भन्‍ने मलाई लागेको थियो। यदि मैले पनि त्यस्तै गल्ती गरेँ भने मलाई पनि बर्खास्त गरिन्छ कि भन्‍ने सोचेकी थिएँ। यस विषयमा मैले अझै पनि गलत रूपमा बुझेर सतर्क भइरहेकी छु भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले परमेश्‍वरका केही सान्दर्भिक वचनहरू खोजेँ। परमेश्‍वरको वचनले भन्छ: “बाहिरबाट हेर्दा, आफ्नो कर्तव्य निर्वाह गर्ने समयभरि कतिपय मानिसहरूसँग कुनै पनि गम्भीर समस्या नभएजस्तो देखिन्छ। तिनीहरूले खुल्लमखुल्ला कुनै दुष्ट काम गर्दैनन्; तिनीहरूले अवरोध वा बाधा ल्याउँदैनन्, वा तिनीहरूले दुष्टले गर्ने काम गर्दैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले कुनै ठूलो गल्ती गर्दैनन् वा सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू पैदा हुँदैनन्, तर थाहै नपाई केही वर्षमा नै तिनीहरूले सत्यलाई पटक्‍कै स्वीकार नगरेको, तिनीहरू अविश्‍वासीहरूजस्ता भएको कुरा खुलासा हुन्छ। किन यसो हुन्छ त? अन्य मानिसहरूले समस्या देख्दैनन्, तर परमेश्‍वरले यी मानिसहरूको हृदयको गहिराइलाई जाँच्‍नुहुन्छ, र समस्या देख्‍नुहुन्छ। तिनीहरू कर्तव्यपालनमा सधैँ झारा टार्ने र पश्‍चात्तापहीन रहँदै आएका हुन्छन्। समय बित्दै जाँदा, प्राकृतिक रूपमै तिनीहरूको खुलासा हुन्छ। पश्‍चात्तापहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरूले सधैँ आफ्नो कर्तव्य निर्वाह गरेका भए पनि तिनीहरूमा यसप्रति सधैँ गलत मनोवृत्ति रहेको हुन्छ, अर्थात् बेहोसी र अल्याङटल्याङ गर्ने, लापरवाह आचरण, र तिनीहरू कहिल्यै पनि विवेकशील हुँदैनन्, तिनीहरू समर्पित हुने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गर्न सक्छन्, तर तिनीहरूले झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले आफ्‍नो सम्पूर्णता दिइरहेका हुँदैनन्, र तिनीहरूको अपराधको कहिल्यै अन्त्य हुँदैन। परमेश्‍वरको स्थानबाट हेर्दा तिनीहरूले कहिल्यै पश्‍चात्ताप गरेका हुँदैनन्; तिनीहरूले सधैँ झारा टार्ने काम गर्दै आएका हुन्छन् र तिनीहरूमा कहिल्यै कुनै परिवर्तन भएको हुँदैन—अर्थात्, तिनीहरूले आफ्‍नो हातको दुष्टतालाई त्याग्दैनन् र उहाँको सामुन्ने पश्‍चात्ताप गर्दैनन्। परमेश्‍वरले तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति देख्‍नुहुन्‍न, र उहाँले तिनीहरूको मनोवृत्ति बदलिएको देख्‍नुहुन्‍न। तिनीहरूले त्यस्तै मनोवृत्ति र विधिअनुसार आफ्‍नो कर्तव्यलाई र परमेश्‍वरको आज्ञालाई अघि बढाइरहन्छन्। पूरै समय, यो जिद्दी, कट्टर स्वभावमा कुनै परिवर्तन आउँदैन, यति मात्र होइन, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरप्रति ऋणी अनुभव गरेका हुँदैनन्, तिनीहरूको लापरवाहीपन र झारातिराइ अपराध हो, दुष्कर्म हो भन्‍ने तिनीहरूले कहिल्यै अनुभव गरेका हुँदैनन्। तिनीहरूको हृदयमा, कुनै पनि ऋणी अनुभव, कुनै पछुतो, कुनै आत्मधिक्कार हुँदैन, आत्म-दोषारोपणको कुरा त परै राखौँ। अनि समय बित्दै जाँदा, परमेश्‍वरले यो मानिसलाई सुधार गर्न सकिँदैन भन्‍ने देख्‍नुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने यदि व्यक्तिले आफ्‍नो कर्तव्यलाई सधैँ हल्‍का रूपमा लिन्छ, आफूले गर्ने कुनै पनि काममा कहिल्यै सत्यताका सिद्धान्तहरू खोज्दैन, ऊ कहिल्यै सावधान वा लगनशील हुँदैन, तर आफ्‍नो कर्तव्य पूरा गर्दा झारा मात्रै टार्छ भने, उसले अत्यन्तै लापरर्बाही गरिरहेको छ। तिनीहरूले स्पष्ट बाधा वा व्यवधानहरू ल्याएका वा ख्रीष्टविरोधीको मार्गमा हिँडेका जस्ता नदेखिए पनि, यदि तिनीहरू आफ्‍नो लापरवाह मनोवृत्तिको लागि पश्‍चात्ताप गर्दैनन्, तिनीहरूको कर्तव्यमा सधैँ विचलन आउँछ भने, तिनीहरूलाई अन्त्यमा परमेश्‍वरले खुलासा गरेर हटाउनुहुनेछ। परमेश्‍वरको वचन मनन गरेर, मलाई साइमनले आफ्‍नो कर्तव्यमा देखाएका केही व्यवहार याद आयो। तिनले समूहमा काम गरेको धेरै समय भएको थियो र तिनी सबै प्राविधिक पक्षमा सिपालु थिए, तर प्रायजसो आधारभूत गल्तीहरू गर्थे। कहिलेकाहीँ तिनका साधारण डिजाइनहरू पनि धेरैपटक सच्याउनुपर्थ्यो। फाइलहरूलाई ब्याकअप गर्ने र नाम दिने क्रममा पनि तिनी गल्ती गर्थे। मैले तिनलाई यो कुरा धेरैपटक औँल्याइदिँदा, र अरूले पनि तिनलाई प्रायजसो सतर्क गराउँथे, तर तिनले यसलाई कहिल्यै गम्‍भीररूपमा लिएनन् वा आफ्‍ना समस्याहरू र कर्तव्यप्रतिको आफ्नो मनोवृत्तिबारे कहिल्यै मनन गरेनन्। पहिलोपटक अगुवाले तिनको निराकरण गर्दा, तिनले आफ्‍ना समस्याहरूबारे मनन गरेनन् तर आफ्‍नो प्रतिरक्षा गरिरहे, र समय नपाएकोले यस्तो भएको हो भन्थे, त्यसैले तिनी कहिल्यै परिवर्तन भएनन् र गल्तीहरू गरिरहे। साइमन कति जिद्दी छन् भन्‍ने मैले देखेँ। मैले विगतमा साइमनको व्यवहार केही बुझेकी भए पनि, यसबारे चिन्ता गरेकी थिइनँ किनभने यसले काममा कहिल्यै गम्‍भीर हानि पुऱ्याएएको थिएन। तर यसपटक तिनले लापरवाह भएर महत्त्वपूर्ण काममा ढिलाइ गरेका थिए; अगुवाले तिनलाई बर्खास्त गर्नु सिद्धान्तअनुरूप थियो र यो हदबाहिर गएको थिएन। परमेश्‍वरको वचनबाट मैले लापरवाह हुनु सानो समस्या होइन भन्‍ने देखेँ। यदि आफ्‍नो कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति सधैँ लापरवाह छ भने, ढिलो-चाँडो तिनीहरूले मण्डलीको काममा बाधा दिनेछन् र तिनीहरू खुलासा हुनेछन्। साइमनबारे सोच्दा, तिनले दुइटा मात्रै गल्ती गरेका जस्तो देखिन्थ्यो, तर नजिकबाट नियाल्दा, तिनलाई आफ्‍नो कर्तव्यप्रति लापरवाह भएको कारण बर्खास्त गरिएको रहेछ। त्यस्तो महत्त्वपूर्ण कर्तव्यमा तिनले लापरर्बाही गरे र काममा ढिलाइ गरे—तिनको बर्खासीले परमेश्‍वरको धर्मी स्वभावलाई प्रकट गऱ्यो!

यसपछि, अरूलाई बर्खास्त गरिँदा, के कारण मैले सत्यता खोजिनँ, म परमेश्‍वरप्रति सतर्क बनेँ र उहाँलाई गलत बुझेँ भनेर मैले विचार गरेँ। भक्तिको बेला, मैले परमेश्‍वरको यो वचन पढेँ। “मलाई भन, यदि गल्ती गर्ने कुनै व्यक्ति साँचो बुझाइ हासिल गर्न सक्षम छ र ऊ पश्‍चात्ताप गर्न इच्‍छुक छ भने, के परमेश्‍वरको घरले उसलाई मौका दिँदैन र? परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, पूरा गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर मानिसहरूमा यदि कुनै विवेक वा समझ छैन, र तिनीहरूले आफ्‍नो काममा हेलचेक्र्याइँ गर्छन् भने, यदि तिनीहरूले कर्तव्य निभाउने मौका पाएका छन् तर यसलाई कदर गर्न जान्दैनन्, थोरै पनि सत्यता खोजी गर्दैनन्, र महत्त्वपूर्ण समय त्यसै जान दिन्छन् भने, तिनीहरूलाई खुलासा गरिनेछ। यदि तँ आफ्‍नो कर्तव्य निभाउने क्रममा निरन्तर लापरवाह र झाराटारुवा भइरहन्छस्, र काटछाँट र निराकरण सामना गर्दा तँ पटक्‍कै समर्पित हुँदैनस् भने, के परमेश्‍वरको घरले तँलाई अझै पनि कर्तव्यपालनमा प्रयोग गर्नेछ? परमेश्‍वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ। सबै कुरामा परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ र उहाँले नै सबै थोकमाथि शासन गर्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्‍लेषण गर्न आवश्यक छैन; तैँले सुन्‍ने र पालना गर्ने मात्रै गर्नुपर्छ। काटछाँट र निराकरणको सामना गर्दा, तैँले सत्यता स्विकारेर आफ्‍ना गल्तीहरू सुधार्न सक्‍नुपर्छ। यस्तो गर्न सकिस् भने, परमेश्‍वरको घरले कर्तव्य निभाउने तेरो पद खोस्‍ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भन्‍ने डर मान्छस्, सधैँ बहाना बनाउँछस्, र सधैँ आफूलाई सही साबित गर्न खोज्छस् भने, त्यो समस्या हो। यदि तैँले अलिअलि पनि सत्यता अभ्यास गर्दैनस्, र तँसँग समझशक्ति छैन र त्यो कुरा अरूले देख्‍छन् भने, तँ समस्यामा हुन्छस्। मण्डली तँलाई तह लगाउन बाध्य हुनेछ। यदि कर्तव्य निभाउने क्रममा तैँले सत्यता पटक्‍कै स्वीकार गर्दैनस् र सधैँ खुलासा हुने र हटाइने डर मान्छस् भने, तेरो यो डरमा मानव अभिप्राय र भ्रष्ट शैतानी स्वभाव, र शङ्का, सतर्कता, र गलत बुझाइ मिसिएको छ। यीमध्ये कुनै कुरा पनि व्यक्तिमा हुनुपर्ने मनोवृत्ति होइनन्। तैँले सुरुमा आफ्‍नो डर, साथै परमेश्‍वरसम्‍बन्धी तेरा गलत बुझाइहरू समाधान गर्नुपर्छ। व्यक्तिमा परमेश्‍वरसम्‍बन्धी गलत बुझाइ कसरी पैदा हुन्छ? जब मान्छेको परिस्थिति ठीकठाक हुन्छ, तिनीहरूले उहाँलाई अवश्य नै गलत बुझ्दैनन्। तिनीहरूले परमेश्‍वर असल हुनुहुन्छ, सम्मानित, धर्मी, कृपालु र प्रेमिलो हुनुहुन्छ, र उहाँले गर्ने सबै कुरामा सही हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। तर जब तिनीहरूले आफ्नो धारणासँग नमिल्‍ने कुरा सामना गर्छन्, तब यस्तो सोच्छन्, ‘परमेश्‍वर त्यति धर्मी हुनुहुन्‍न रहेछ, कम्तीमा पनि यस मामलामा चाहिँ।’ के यो गलत बुझाइ हो? परमेश्‍वर कसरी अब धर्मी रहनुभएन? तेरो यो गलत बुझाइ पैदा गर्ने कुरा के थियो? के कुराले गर्दा तँमा परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍ने विचार र बुझाइ पैदा भयो? त्यो के थियो भनेर निश्‍चयसाथ भन्‍न सक्छस्? त्यो कुन वाक्य थियो? कुन मामला थियो? कुन परिस्थिति थियो? भन्, ताकि सबैले पत्ता लगाउन सकून् र तँमा खडा हुने साहस छ कि छैन हेर्न सकून्। अनि जब व्यक्तिले परमेश्‍वरलाई गलत बुझ्छ वा उसका धारणाहरूसँग नमिल्‍ने कुरा सामना गर्छ, तब तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? (सत्यता खोजी गर्ने र आज्ञापालन गर्ने मनोवृत्ति।) तिनीहरूले सुरुमा आज्ञापालन गर्दै यो विचार गर्नुपर्छ: ‘मैले बुझेको छैन, तर म आज्ञापालन गर्नेछु किनकि परमेश्‍वरले गर्नुभएको कुरा यही हो र यो मानिसले विश्‍लेषण गर्ने कुरा होइन। यसअलावा, मैले परमेश्‍वरका वचनहरू वा उहाँको काममा शङ्का गर्नु हुँदैन किनकि परमेश्‍वरको वचन सत्यता हो।’ के व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही होइन र? यस्तो मनोवृत्ति हुँदा, के तेरो गलत बुझाइले अझै पनि समस्या ल्याउँछ र? (ल्याउँदैन।) यसले तेरो कर्तव्यपालनमा हानि वा बाधा गर्दैन। के तिमीहरूलाई कर्तव्य निभाउँदा गलत बुझाइ बोकेर हिँड्ने व्यक्ति निष्ठावान्‌ हुन सक्छ जस्तो लाग्छ? कि गलत बुझाइ नभएको व्यक्तिचाहिँ निष्ठावान्‌ हुन सक्छ? (कर्तव्य निभाउँदा गलत बुझाइ नबोक्‍ने व्यक्ति नै निष्ठावान्‌ हुन सक्छ।) यसको अर्थ, सर्वप्रथम, तँमा आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। यसबाहेक, तैँले कम्तीमा पनि परमेश्‍वर सत्यता हुनुहुन्छ, परमेश्‍वर धर्मी हुनुहुन्छ, र परमेश्‍वरले गर्नुहुने सबै कुरा सही हुन्छ भनेर विश्‍वास गर्नुपर्छ। कर्तव्यपालनमा तँ निष्ठावान्‌ हुन सक्छस् कि सक्दैनस् भनेर निर्धारित गर्ने पूर्वसर्त यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचन पढेपछि मैले कुरा स्पष्ट बुझेँ। मैले परमेश्‍वरलाई गलत बुझेकी थिएँ र म उहाँप्रति सतर्क बसेँ किनभने ममा उहाँप्रति साँचो विश्‍वास थिएन र मैले उहाँको धार्मिकतालाई बुझेकी थिइनँ। गल्ती गरेकोमा साइमनलाई बर्खास्त गरिएको देख्दा, म परमेश्‍वरप्रति शङ्‍कालु र सतर्क बनेँ। सोचेँ, गल्ती गरेँ भने मलाई प्रतिस्थापित गरिनेछ वा निकालिनेछ। मैले परमेश्‍वरको घर बाहिरी संसारजस्तै रहेछ, अनि गल्ती गर्नेलाई बर्खास्त गरिन्छ र हटाइन्छ भन्‍ने ठानेँ, मानौँ परमेश्‍वरले मानिसहरूलाई हटाउनकै लागि खुलासा गर्नुहुन्छ। मण्डलीले मानिसहरूलाई कसरी बर्खास्त गर्छ र हटाउँछ भन्‍नेबारे सिद्धान्तहरू छन्। मानिसहरूलाई कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति, तिनीहरूको मानवता, क्षमता, तिनीहरू सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् इत्यादि कुराको आधारमा विस्तृत मूल्याङ्कन गरिन्छ। कहिलेकाहीँ अपराध गरेकोमा वा क्षणिक भ्रष्टता प्रकट भएकोमा तिनीहरूलाई बर्खास्त गर्ने वा हटाइने गरिँदैन। मेरो छेउछाउका अगुवा र सेवकहरूबारे सोच्दा, कतिलाई क्षमता कमजोर भएकोले र व्यावहारिक काम गर्न नसकेकाले, कतिलाई दक्षताको कमी भएकोले, कर्तव्यमा उपयुक्त नभएकाले, र कतिलाई अति भ्रष्ट स्वभाव भएकोले र ती स्वभाव हटाउन सत्यता नखोजेकोले बर्खास्त गरिएको रहेछ। तर तिनीहरू दुष्कर्मी नभएका र तिनीहरूले बाधा पैदा नगरेका भए, परमेश्‍वरले तिनीहरूलाई हटाउनुहुने वा बहिष्कार गर्नुहुनेथिएन। बरु, तिनीहरूलाई तिनीहरूको क्षमता र सामर्थ्यअनुसारको कर्तव्य दिइनेथ्यो, अनि मनन र पश्‍चात्ताप गर्ने मौका दिइनेथ्यो। यदि बर्खास्त गरिएपछि, तिनीहरूले सत्यता स्विकार्न, मनन गर्न, र साँचो पश्‍चात्ताप गरेर परिवर्तन हुन सकेका भए, मण्डलीले तिनीहरूलाई बढुवा दिएर फेरि प्रयोग गर्नेथ्यो। सत्यता पटक्‍कै स्वीकार नगर्ने, बर्खास्त वा खुलासा हुँदा मनन नगर्ने, अनि निरन्तर दुष्कर्म गरिरहने र बाधाहरू पैदा गरिरहने ख्रीष्टविरोधी र दुष्कर्मीहरूलाई मात्रै मण्डलीले पूर्णरूपमा हटाउनेछ। परमेश्‍वरको घरले हरेकलाई निष्पक्ष र धर्मी व्यवहार गर्छ, र त्यहाँ सत्यताले शासन गर्छ भन्‍ने मैले देखेँ। उदाहरणको लागि, साइमनले आफ्‍नो कर्तव्यमा अत्यन्तै लापरर्बाही गरेको र सधैँ झारा टारेर काममा ढिलाइ गरेकोले तिनलाई बर्खास्त गरिएको थियो। त्यो परमेश्‍वरको धार्मिकता तिनीमाथि आएको थियो। यदि तिनले यसलाई सही तरिकाले लिएर सत्यता खोज्न र मनन गर्न सकेका भए, यो तिनले आफूलाई चिन्‍ने, पश्‍चात्ताप गर्ने, र परिवर्तन हुने राम्रो मौका हुनेथ्यो। साइमनलाई बर्खास्त गरिनु मेरो लागि पनि चेतावनी थियो। ममा पनि तिनका जस्तै समस्याहरू थिए। म आफ्‍नो कर्तव्यमा प्रायः झारा टार्ने र लापरर्बाही गर्ने गर्थेँ। कहिलेकाहीँ मलाई आफ्ना डिजाइनहरूमा समस्या छन् भनेर राम्ररी थाहा हुन्थ्यो, तर म त्यसलाई सच्याउन लाग्‍ने समय र मेहनतबारे सोच्थेँ र समस्याहरू त्यति ठूला होइनन्, अगुवाले केही समस्या भेट्टाए भने, ती सबैलाई सँगै सच्याउन सकिहाल्छु भनेर ती अगुवाकहाँ समीक्षाको लागि पठाइहाल्थेँ। परिणामस्वरूप, एकै पटकमा पूरा गर्नुपर्ने कामलाई दोहोऱ्याउनुपर्थ्यो, यसरी कामको प्रगतिमा ढिलाइ हुन्थ्यो। कहिलेकाहीँ मेरा डिजाइन अवधारणाहरू पुराना हुन् भन्‍ने मलाई थाहा हुन्थ्यो, तर नयाँ कुरा सिर्जना गर्न धेरै स्रोतसाधन, सोच र अनुसन्धान आवश्यक हुन्छ। त्यो अति कष्टकर हो र मनग्गे काम गरे पुगिहाल्यो नि भन्‍ने म सोच्थेँ, त्यसैले धेरै वर्षसम्‍म पनि मेरो डिजाइनमा कुनै प्रगति भएको थिएन। साइमनको असफलताले मलाई गम्‍भीर पाठ सिकायो। मैले यस विषयमा सत्यता खोजिरहेकी वा पाठ सिकिरहेकी थिइनँ, परमेश्‍वरको इच्‍छा बुझेकी थिइनँ, र उहाँलाई गलत बुझेर म उहाँविरुद्ध सतर्क पनि भएकी थिएँ। म साह्रै छली थिएँ। यो सोच्दा मलाई पछुतो र ग्लानि भयो। मैले उचितरूपमा सत्यता खोजी गर्नुपर्थ्यो, अभ्यासको सही मार्ग खोज्‍नुपर्थ्यो, र परमेश्‍वरलाई गलत बुझ्‍न र उहाँविरुद्धमा सतर्क हुन छोड्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरको यो वचन पढेँ। “यदि कोही खुला हृदयको छ भने ऊ इमान्दार व्यक्ति हो। यसको अर्थ उसले कुनै कुरा पनि नलुकाई र कुनै कुराबाट पनि लुक्‍नु नपरी, आफ्‍नो हृदय पूर्ण रूपमा परमेश्‍वरको निम्ति खोलिदिएको छ। तिनीहरूले आफ्‍नो हृदय पूर्ण रूपमा परमेश्‍वरलाई सुम्पेका र देखाएका हुन्छन्, जसको अर्थ तिनीहरूले आफ्नो सम्पूर्ण अस्तित्व उहाँमा सुम्पेका हुन्छन्। के तिनीहरू परमेश्‍वरबाट अझै पनि टाढा हुन्छन्? अहँ, हुँदैनन्। यसरी तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन सहज हुन्छ। यदि परमेश्‍वरले उनीहरू छली छन् भनी भन्नुभयो भने उनीहरू त्यो कुरा स्विकार्नेछन्। यदि परमेश्‍वरले उनीहरू अहङ्कारी र स्वधर्मी छन् भनी भन्नुहुन्छ भने, उनीहरूले त्यो स्विकार्नेछन्। तर तिनीहरूले यी कुराहरूलाई स्विकारेर त्यतिकै छोड्ने काम गर्दैनन्—तिनीहरू पश्‍चात्ताप गर्न, सत्यताका सिद्धान्तहरूमा लागिपर्न, र आफ्‍ना गल्तीहरू पहिचान गर्न र सुधार्न सक्षम हुन्छन्। थाहै नभई, तिनीहरूले आफ्‍ना धेरै गलत शैलीहरू सुधार गरिसकेका हुन्छन्, र तिनीहरू बिस्तारै कमभन्दा कम छली, जाली, लापरवाह र झाराटारुवा हुँदै जान्छन्। उनीहरू जति लामो समय यस प्रकारले जिउँछन्, त्यत्ति नै बढी खुला र सम्मानजनक बन्छन्, र त्यति नै बढी इमानदार व्यक्ति बन्ने लक्ष्यको नजिक पुग्छन्। ज्योतिमा जिउनु भनेकै यही हो। यो सबै महिमा परमेश्‍वरलाई जान्छ। जब मानिसहरू ज्योतिमा जिउँछन् यो परमेश्‍वरले गर्दा नै भएको हुन्छ—यो तिनीहरूले घमण्ड गर्ने कुरा होइन। जब तिनीहरू ज्योतिमा जिउँछन्, तब तिनीहरूले विभिन्‍न सत्यताहरू बुझ्छन्, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, तिनीहरूलाई आफूले सामना गर्ने हरेक समस्यामा सत्यता कसरी खोजी गर्ने र त्यसलाई कसरी अभ्यास गर्ने भनेर थाहा हुन्छ, र तिनीहरू विवेक र समझसाथ जिउँछन्। तिनीहरूलाई धर्मी मानिसहरू भन्‍न नसकिए पनि, परमेश्‍वरको नजरमा तिनीहरूमा केही न केही मानव स्वरूप हुन्छ, र कम्तीमा पनि, तिनीहरू आफ्नो बोली वा व्यवहारमा परमेश्‍वरसँग होड गरिरहेका हुँदैनन्, आफूलाई समस्या आइपर्दा तिनीहरूले सत्यता खोजी गर्न सक्छन्, र तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्छन्। यसरी तिनीहरू तुलनात्मक रूपमा सकुशल र सुरक्षित हुन्छन्, र सम्भवतः परमेश्‍वरलाई धोका दिँदैनन्। उनीहरूमा सत्यताको त्यति गहन ज्ञान नहुन सक्‍ने भए पनि, उनीहरू आज्ञापालन गर्न र समर्पित हुन, हृदयमा परमेश्‍वरको डर मान्‍न, र दुष्टताबाट आफूलाई टाढा राख्‍न सक्छन्। जब उनीहरूलाई कुनै कार्य वा कर्तव्य दिइन्छ, उनीहरूले आफ्नो सम्पूर्ण हृदय र मन प्रयोग गर्न सक्छन् र उनीहरूको उच्चतम क्षमतासहित त्यस कार्यलाई गर्छन्। यस प्रकारको व्यक्ति भरोसायोग्य हुन्छ र ऊप्रति परमेश्‍वरलाई आत्मविश्‍वास हुन्छ—यस्ता मानिसहरू ज्योतिमा जिउँछन्। के ज्योतिमा जिउनेहरूले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्छन्? के उनीहरूले अझै पनि परमेश्‍वरबाट आफ्नो हृदय लुकाउन सक्छन्? के अझै पनि तिनीहरूले परमेश्‍वरलाई भन्‍न नसक्‍ने गोप्य कुराहरू हुन्छन्? के तिनीहरूमा अझै पनि गुप्त र सानातिना चलाकीहरू हुन्छन्? हुँदैनन्। तिनीहरूले परमेश्‍वरसामु पूर्ण रूपमा हृदय खोलेका हुन्छन्, र तिनीहरूले कुनै पनि कुरा लुकाउँदैनन्। तिनीहरूले परमेश्‍वरलाई आफ्ना व्यक्तिगत कुराहरू बताउन, उहाँसँग कुनै पनि कुराको बारेमा सङ्गति गर्न, र उहाँलाई सबै कुरा थाहा दिन सक्छन्। तिनीहरूले परमेश्‍वरलाई नभन्‍ने र नदेखाउने कुरा केही पनि हुँदैन। जब मानिसहरूले यस्तो खुलस्त अवस्था हासिल गर्छन्, तब तिनीहरूको जीवन सहज, स्वतन्त्र र मुक्त हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचन पढेपछि मेरो हृदय साह्रै प्रसन्न भयो। परमेश्‍वरले हामी इमानदार मानिस र उहाँप्रति खुला हृदयका बन्‍न सक्छौँ भन्‍ने आशा गर्नुहुन्छ। परमेश्‍वरले हामीलाई खुलासा, वा काटछाँट, निराकरण र बर्खास्त गर्नुभए पनि नभए पनि, पहिले हामी समर्पित हुनैपर्छ, परमेश्‍वरप्रति आफ्नो हृदयमा कुनै प्रतिरोध हुनु हुँदैन, उहाँले गर्नुहुने सबै कुरा असल छन् भनेर विश्‍वास गर्नुपर्छ, त्यसपछि सत्यताका सिद्धान्तहरूबारे मनन र खोजी गर्नुपर्छ। जब हाम्रो हृदय परमेश्‍वरप्रति खुला हुन्छ, हामी सत्यतालाई प्रेम गर्छौँ, र परमेश्‍वरमा समर्पित हुन इच्छुक हुन्छौँ, तब पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्नु, सत्यताको साँचो बुझाइ प्राप्त गर्नु, आफ्ना समस्याहरू चिन्‍नु, आफ्ना गल्तीहरू सच्याउनु, पश्‍चात्ताप गर्नु र परिवर्तन हुनु अनि परमेश्‍वरको वचन र मापदण्डअनुसार आफ्‍नो कर्तव्य पूरा गर्नु सहज हुन्छ। साथै, हामीले परमेश्‍वरको धार्मिकतामा विश्‍वास गर्नैपर्छ। परमेश्‍वर मानिसहरूलाई तिनीहरूको बाहिरी रूपको आधारमा न्याय गर्नुहुन्‍न, उहाँ तिनीहरूको अभिप्राय उहाँलाई सन्तुष्ट पार्ने र सत्यताका सिद्धान्तहरू खोज्ने हो कि होइन भनेर हेर्नुहुन्छ। हामी आफ्‍नो मनोवृत्ति सच्याउन र सक्दो गर्न सक्छौँ भने, प्रक्रियामा चुक्यौँ भने पनि, हामीले यसलाई सहीरूपमा लिन, आफ्ना असफलताहरूबाट सिक्‍न र विचलनहरूको समीक्षा गर्न सक्छौँ। मैले आफ्नो मनोवृत्ति सच्याएपछि मेरा चिन्ताहरू स्वभाविकरूपमा हराए।

त्यसपछि, मैले समीक्षाको लागि मेरा चित्रहरू अगुवालाई पठाउँदा, मलाई त्यस्तो डर लागेन वा प्रतिरोधी भइनँ। म आफ्‍नो अभिप्राय सच्याउन, सिद्धान्तहरू खोज्न, र आफूलाई कर्तव्यमा समर्पित गर्न इच्छुक भएँ। अघि गएर, अगुवाले मेरा तस्विरहरूको समीक्षा गर्दा उठाएका समस्याको प्रतिक्रियास्वरूप मैले तौरतरिका अनुसन्धान गर्न र अध्ययनका लागि राम्रो सन्दर्भ सामग्री खोज्न प्रयास गरेँ। साथै मैले परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरूअनुसार काम गर्दै निरन्तर परीक्षण गरिरहेकी हुन्थेँ। केही समयपछि, मेरो प्राविधिक सीप सुध्रियो र मेरो कामको गुणस्तर धेरै वृद्धि भयो। मलाई निकै ढुक्क लाग्यो। केही दिनपछि, मैले अगुवालाई एउटा तस्विर समीक्षा गर्न पठाउँदा, तिनले यसो भनेको सुनेर म छक्‍क परेँ: “यो डिजाइन निकै राम्रो छ, यसलाई हामी प्रयोग गर्न सक्छौँ!” यो सुनेर, मलाई निकै खुसी लाग्यो, र म यति भावुक भएँ कि बयान गर्न सक्दिनँ। पछि, साइमनले आफ्‍नो भ्रष्ट स्वभावलाई बुझे र पश्‍चात्ताप गरेर परिवर्तन हुन चाहे, त्यसैले मण्डलीले तिनलाई कर्तव्य दिइरह्यो। साइमनको बर्खासीले मलाई कर्तव्यप्रतिको मेरो लापरवाह आचरणलाई परिवर्तन गर्न पनि लगायो। अहिले म पहिलेभन्दा सावधान, र कम लापरवाह छु। यस अनुभवबाट, परमेश्‍वरले मानिसहरूलाई हटाउनका लागि काटछाँट, निराकरण, वा बर्खास्त गर्नुहुन्‍न भन्‍ने कुरा सिकेँ। यदि हामी समर्पित हुन र सत्यता खोज्न सक्छौँ भने, यस्तो अनुभवबाट हामी आफ्‍नो भ्रष्ट स्वभावबारे ज्ञान प्राप्त गर्न, र हामीले आफ्‍नो कर्तव्य पूरा गर्ने शैलीका समस्या र विचलनहरू पत्ता लगाउन सक्छौँ, यसरी हामी तुरुन्तै परिवर्तन भएर ती समाधान गर्न, र आफ्‍नो जीवन प्रवेश र कर्तव्यमा प्रगति गर्न सक्छौँ। यो निकै राम्रो कुरा हो! परमेश्‍वरविरुद्धको आफ्‍नो गलतबुझाइ र सतर्कतालाई पन्छाएर, आफ्‍नो कर्तव्यमा होसियार भएर र स-साना कुरामा ध्यान दिएर, अनि सबै कुरामा आफ्‍नो जिम्‍मेवारी पूरा गरेर, मलाई शान्त र ढुक्क महसुस भयो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बन्धन

सन् २००४ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, र केही समयपछि नै, सुसमाचार प्रचार गरेको निहुँमा मलाई...

मैले असफलताबाट सिकेको पाठ

सन् २०१४ मा, मैले मण्डलीको लागि भिडियो निर्माताको तालिम लिएँ। त्यो बेला, एउटा नयाँ भिडियोको निर्माण सुरु भयो। तयारी चरणको समयमा, त्यहाँ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्