परमेश्‍वरबारे आफ्नो गलतबुझाइबाट म बल्‍ल मुक्त भएँ

25 फेब्रुअरी 2023

सन् २०१९ मा म मण्डली अगुवा थिएँ। म आफ्ना जिम्‍मेवारीहरू बेवास्ता गरेर नाम र हैसियतको पछि मात्रै लागिरहेकी थिएँ, सहकर्मीलाई ईर्ष्या गर्थेँ र सहयोग गर्दिनथेँ, र उनीसँग मिलेर काम गर्दिनथेँ, त्यसकारण हाम्रो काममा गम्‍भीर असर पुग्यो। अगुवाले मलाई निराकरण गरिन् र सहयोग र साथ धेरैपटक दिइन्, तर म भनेको मान्दिनथेँ। त्यसकारण अन्त्यमा मलाई बर्खास्त गरियो। आफ्‍नो कर्तव्य गुम्दा म निकै खिन्न भएँ। नाम र हैसियतको पछि लागेकोले मलाई पहिले पनि बर्खास्त गरिएको थियो, र फेरि त्यही समस्या आएको थियो। म प्रतिष्ठा र हैसियतलाई अति धेरै वास्ता गर्छु, र मण्डलीको काममा निरन्तर बाधा दिन्छु भन्‍ने मलाई थाहा भयो। म नेतृत्व पदको लागि पटक्‍कै उपयुक्त देखिँदिनथेँ।

केही महिनापछि मण्डली अगुवाको निर्वाचन हुनेवाला थियो। एक दिन एउटी सिस्टरले मलाई भनिन्: “म तपाईंलाई अगुवाको रूपमा भोट दिन्छु।” यो सुन्दा म घबराएँ। म पहिले अगुवा हुँदा, सधैँ नाम र हैसियतको पछि लाग्थेँ, मैले धेरै दुष्कर्म गरेँ, र मण्डलीको काममा बाधा दिएँ। नाम र हैसियत नै मेरा कमजोरी थिए, त्यसकारण म फेरि मण्डली अगुवा निर्वाचित भएँ र पुरानै कामकुरा गर्न, प्रतिष्ठा र हैसियतको पछि लाग्‍न, र मण्डलीको काममा बाधा दिन थालेँ भने, के हुन्छ? यदि मेरा दुष्ट कार्यहरू थुप्रिँदे गए भने, के मलाई दोषी ठहराएर हटाइनेछैन र? यो सोचेपछि, मैले उनलाई तुरुन्तै भनेँ, “तपाईं मलाई नचिनी भोट दिन चाहनुहुन्छ। तपाईं आफ्‍नो भोटप्रति जिम्‍मेवार हुनुपर्छ। यदि तपाईंले सिद्धान्तहरू पालना नगरी भोट लगाउनुभयो र गलत व्यक्ति चुनियो भने, त्यो दुष्कर्म गर्नु हो।” मलाई अगुवा वा सेवक नबन्‍नु नै सुरक्षित हुन्छ जस्तो लाग्यो। मेरो वर्तमान कर्तव्यमा जिम्‍मेवारीको क्षेत्र सानो थियो, त्यसकारण मैले केही गल्ती नै गरे पनि, मण्डलीको काममा धेरै क्षति हुँदैनथ्यो। तर अगुवा बन्‍नु फरक कुरा थियो। सानो गल्तीले पनि मण्डलीको समग्र काममा असर गर्न सक्छ र त्यसले मण्डलीका सबै ब्रदर-सिस्टरहरूलाई चोट पुर्‍याउँछ। त्यो ठूलो दुष्कर्म हो। जे भए पनि, म अगुवा बन्‍न चाहन्नथेँ। एकपटक एउटी सिस्टरले मलाई मण्डलीको निर्वाचनबारे मेरो विचार सोधिन्। उनले मलाई भोट दिन चाहन्थिन् जस्तो देखिन्थ्यो। मैले तुरुन्तै उनलाई भनेँ, “म सत्यताको पछि लाग्ने व्यक्ति होइन र ममा जीवन प्रवेशको कमी छ। मैले अगुवाको रूपमा नाम र हैसियतको पछि लागेकोले पहिले मण्डलीको काममा क्षति गरेकी छु।” साथै उनलाई म असल अगुवा बन्न सक्दिनँ भनेर सोच्न लगाउन, आफूले पहिले देखाएको भ्रष्टता, र आफ्ना कमीकमजोरी र गल्तीहरूबारे बताएँ।

तर मलाई अलिक ग्‍लानि भयो। किन म सधैँ अरूलाई आफू अगुवा हुन योग्य छैनँ भनेर जोड दिइरहेकी थिएँ? मैले किन निर्वाचनप्रति समर्पित मनोवृत्ति राखिनँ? मैले आफ्नो भक्तिको समयमा परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “वास्तवमा, विश्‍वास भनेको परमेश्‍वर हुनुहुन्छ, र उहाँ सत्यता, बाटो, र जीवन हुनुहुन्छ, त्यसबाहेक केही पनि हुनुहुन्‍न भन्‍ने विश्‍वास राख्‍नु नै विश्‍वास हो भन्‍ने दृष्टिकोण मानिसहरूले लिनु हुँदैन। न त विश्‍वास भनेको तैँले परमेश्‍वरलाई स्वीकार गर्नु र उहाँ यावत् थोकका शासक हुनुहुन्छ, उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले संसारका सबै थोक सृष्टि गर्नुभएको छ, र उहाँ अद्वितीय र सर्वोच्‍च हुनुहुन्छ भनेर विश्‍वास गर्नु नै हो। विश्‍वास भनेको यस तथ्यमा विश्‍वास राख्‍ने कार्य मात्रै होइन। परमेश्‍वरको इच्‍छा भनेको तेरो सम्पूर्ण अस्तित्व र हृदय उहाँलाई दिइनुपर्छ र उहाँमा समर्पित हुनुपर्छ भन्‍ने हो—अर्थात्, तैँले परमेश्‍वरलाई पछ्याउनुपर्छ, आफूलाई तैँले परमेश्‍वरद्वारा प्रयोग हुन दिनुपर्छ, र खुशीसाथ तँले उहाँको सेवा गर्नुपर्छ; तैँले उहाँको लागि जे गर्न सक्छस्, तैँले त्यो गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई साँच्‍चै भावविभोर बनाए, र परमेश्‍वरलाई पछ्याउने साँचो विश्‍वास भएको व्यक्तिले उहाँलाई आफ्‍नो हृदय दिन, उहाँका बन्दोबस्तहरूमा समर्पित हुन, र उहाँको सेवा खुसीसाथ गर्न सक्छ भनेर महसुस गरेँ। उसले जुनसुकै कर्तव्य पूरा गरे पनि वा परमेश्‍वरले उसलाई जस्तो व्यवहार गर्नुभए पनि, उसले कुनै व्यक्तिगत छनौट वा मागहरू नगरी त्यो बिनासर्त स्विकार्छ र पालन गर्छ। यो सही विवेक र समझ हो। आत्मचिन्तन गर्दा, मसँग विश्‍वास भए पनि र मैले कर्तव्य गरे पनि, म परमेश्‍वरमा समर्पित नभई आफ्नो कर्तव्यमा सधैँ छनौट र मागहरू गर्थेँ। म सधैँ के सोच्थेँ भने अगुवाहरूको काम धेरै हुने भएकोले तिनीहरू चाँडै खुलासा हुन्छन्, तिनीहरूले गल्ती गरेर मण्डलीको काममा बाधा पुऱ्याएपछि, तिनीहरूको भविष्य र भाग्य खतरामा पर्छ, त्यसकारण म अगुवा वा सेवक बन्‍न चाहन्‍नँ। त्यो मण्डली निर्वाचनबाट बच्‍न मैले अनेक उपाय सोच्‍ने प्रयास गरेँ, आफ्ना समस्या र गल्तीहरूबारे अरूलाई जानाजानी बताएँ, किनभने म छनौट हुन्छु भन्‍ने मलाई डर थियो। त्यसपछि मलाई के महसुस भयो भने, म परमेश्‍वरप्रति सतर्क भएकी छु, मैले उहाँलाई गलतरूपमा बुझेकी छु, र म पटक्‍कै आज्ञाकारी भएकी छैनँ। मलाई परमेश्‍वरको आज्ञाप्रति नोआको मनोवृत्ति याद आयो। परमेश्‍वरले नोआलाई जहाज बनाउन आज्ञा दिनुहुँदा, तिनले आफ्‍नो व्यक्तिगत घाटा-नाफा, वा परमेश्‍वरले तिनलाई जलप्रलयबाट बच्न जहाज प्रयोग गर्न दिनुहुन्छ कि दिनुहुन्‍न भनेर सोचेनन्। तिनी परमेश्‍वरले अह्राउनुभएअनुसार जहाज बनाउने काममा लागिपरे। नोआ साँच्‍चै परमेश्‍वरप्रति आज्ञाकारी र विचारशील थिए, तर मैले आफ्‍नो भविष्य र भाग्यको लागि मात्रै विश्‍वास र कर्तव्य गरेकी थिएँ। म सधैँ आशिष पाउँछु कि पाउँदिन भनेर सोचिरहेकी हुन्थेँ। मैले कहिल्यै परमेश्‍वरको इच्‍छा वा मण्डलीको कामबारे विचार गरिनँ। म जिम्‍मेवारी लिनु नपर्ने कर्तव्य गर्न चाहन्थेँ। त्याग गर्नुपर्ने र जिम्‍मेवारी लिनुपर्ने कामबाट फुत्किन, म आफूले गर्न सक्‍ने सबै गर्थेँ। म परमेश्‍वरका इच्‍छा वा मापदण्डहरूलाई अलिकति पनि विचार गर्दिनथेँ, तर उहाँका आशिषहरू मात्रै पाउन चाहन्थेँ। त्यो कस्तो विश्‍वास थियो? मैले त परमेश्‍वरलाई प्रयोग गरिरहेकी, धोका दिइरहेकी मात्र थिएँ। ममा समर्पण वा भक्ति थिएन। यो महसुस भएपछि, मैले यस्तो प्रार्थना गरेँ, “हे परमेश्‍वर, कर्तव्य पूरा गर्ने मेरो मनसाय ठिक छैन, यो सत्यताको पछि लाग्नु र तपाईंको आज्ञापालन गर्नु होइन, तर तपाईंको इच्छालाई विचार नगरी असल गन्तव्य पाउनलाई हो। हे परमेश्‍वर, म यसरी तपाईंलाई धोका दिइरहन चाहन्‍नँ। म पश्‍चात्ताप गर्न चाहन्छु। मलाई जुनै कर्तव्य दिइए पनि, म यो स्विकार्नेछु र मान्‍नेछु।”

म निर्वाचनमा मण्डली अगुवाको रूपमा निर्वाचित हुन पुगेँ। अगुवाको रूपमा अभ्यास गरिरहने मौका पाउनु परमेश्‍वरको अनुग्रह हो भन्‍ने मलाई थाहा थियो, तर मसँग केही चिन्ता थिए। मण्डली अगुवा भएर, यदि म पहिलेजस्तै नाम र हैसियतको पछि लागेँ र मण्डलीको काममा बाधा दिएँ भने, के मलाई खुलासा गरेर हटाइन्छ? मलाई अझै पनि अगुवा बन्‍ने त्यति इच्‍छा लागेन, तर यो कर्तव्य अस्विकार गर्नु परमेश्‍वरको अवज्ञा गर्नु हुनेथ्यो। मैले यो मन नलागी-नलागी स्विकारेँ।

चाँडै नै, धेरै नयाँ विश्‍वासीहरू आबद्ध भइरहेकाले, हामीलाई मलजल काम लिने समूह अगुवाको आवश्यकता पर्‍यो। ब्रदर-सिस्टरहरूले केही उम्मेदवारहरू प्रस्ताव गरे। मेरी सहकर्मी अरू काममा व्यस्त थिइन्, त्यसकारण उनले मलाई ब्रदर-सिस्टरहरूले सम्भावित उम्मेदवारहरूबारे गरेका मूल्याङ्कनहरूको समीक्षा गर्न अनुरोध गरिन्। मैले सोचेँ, “यदि पहिला मैले मूल्याङ्कनहरू हेरेँ भने, सुरुमा विचार प्रस्तुत गर्ने व्यक्ति म नै हुनेछु। यदि म कुनै कुरामा गलत भएँ र गलत व्यक्ति छनौट गरेँ, र यसले मलजलको काममा रोकावट आयो भने नि? मैले आखिर यसबारे सहकर्मीसँग छलफल गरेर निर्णय गर्ने भए पनि, यदि विचार व्यक्त गर्ने पहिलो व्यक्ति म भएँ भने, जबाफदेही त म हुनेछु। यदि मेरा अपराधहरू थुप्रिरहे भने, मैले असल परिणाम वा गन्तव्य प्राप्त गर्नेछैनँ।” यो सोच्दा मलाई अलिक डर लाग्यो, र मैले आफ्‍नो दृष्टिकोण व्यक्त गर्ने पहिलो व्यक्ति बन्‍न चाहिनँ। मलाई म सही स्थितिमा छैनँ, मैले परमेश्‍वरलाई गलतरूपमा बुझिरहेकी र उहाँप्रति सतर्क भइरहेकी छु भन्‍ने मलाई थाहा भयो, तर मैले त्यसलाई हटाउन सकिनँ। त्यसकारण मैले ब्रदर-सिस्टरहरूसँग खुलस्त हुँदै सङ्गति गरेँ। एउटी सिस्टरले मलाई भनिन्, “यदि तपाईं परमेश्‍वरप्रतिको गलतफहमी र सतर्कता हटाउन चाहनुहुन्छ भने, तपाईंले कुन गलत धारणाले गर्दा यस्तो भइरहेको छ भनेर सोच्‍नुपर्छ।” यसबाट मलाई यो समस्या बुझ्‍ने बाटो मिल्यो। मैले प्रार्थना गरेँ र परमेश्‍वरसँग खोजी गरेँ, साथै उहाँका सान्दर्भिक वचनहरू पढेँ।

एक दिन, मैले परमेश्‍वरको वचनका केही खण्ड पढेँ। “कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको केही वर्ष भइसकेको हुन्छ र पनि तिनीहरूले थोरै पनि सत्यता बुझेका हुँदैनन्। तिनीहरूको दृष्टिकोण अविश्‍वासीहरूको जस्तै हुन्छ। तिनीहरूले झूटा अगुवा वा ख्रीष्टविरोधीलाई खुलासा गरेर हटाइएको देख्दा सोच्छन्, ‘परमेश्‍वरमा विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरको अघि जिउनु—यो सब भिरको बाटो हिँड्नुसरह हो! यो चक्कूको धारमा उभिनुजस्तै हो!’ अनि अरूले भन्छन्, ‘परमेश्‍वरको सेवा गर्नु—“राजालाई साथ दिनु भनेको बाघको साथी बन्‍नुसरह हो”। एक शब्‍द गलत बोलियो, एउटा गल्ती गरियो भने, हामीले परमेश्‍वरको स्वभाव चिढ्याउँछौँ, अनि हामीलाई हटाइन्छ र दण्ड दिइन्छ!’ के यी टिप्पणीहरू सही छन्? ‘भीरको बाटो हिँड्नु’ अनि ‘चक्‍कुको धारमा उभिनु’—यी भनाइको अर्थ के हो? यिनको अर्थ ठूलो खतरा भन्‍ने हुन्छ, हरेक क्षणमा ठूलो खतरा छ, थोरै लापरवाहीले पनि, लड्न सकिन्छ भन्‍ने हुन्छ। ‘राजालाई साथ दिनु भनेको बाघको साथी बन्‍नुसरह हो’ भन्‍ने भनाइ अविश्‍वासीहरूको एउटा आम भनाइ हो। यसको अर्थ दुष्ट राजाको साथमा बस्‍नु अत्यन्तै खतरनाक हुन्छ भन्‍ने हो। यदि यो भनाइलाई परमेश्‍वरको सेवा गर्ने कार्यमा लागू गरियो भने, कहाँ गल्ती हुन्छ? परमेश्‍वर अर्थात् सृष्टिका प्रभुलाई दुष्ट राजासँग तुलना गर्नु—के यो ईश्‍वर-निन्दा होइन र? यो गम्‍भीर समस्या हो। परमेश्‍वर धर्मी र पवित्र परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वरलाई विरोध गरेकोमा वा उहाँप्रति शत्रुवत् बनेकोमा मानिसलाई दण्ड दिइनुपर्छ भन्‍ने कुरा स्वर्गले तोकेको र पृथ्वीले स्विकार गरेको कुरा हो। दियाबलस शैतानसँग अलिकति पनि सत्यता छैन; यो फोहोरी र दुष्ट छ, र यसले निर्दोषहरूको हत्या गर्छ, असलहरूलाई ठाडै निल्छ। यसलाई कसरी परमेश्‍वरसँग तुलना गर्न सकिन्छ? किन मानिसहरू तथ्य बङ्ग्याएर परमेश्‍वरलाई बदनाम गर्छन्? यो उहाँविरुद्धको ठूलो निन्दा हो! प्रायजसो नकारात्मक बन्‍ने र इमानदारिताको साथ आफ्‍नो कर्तव्य निर्वाह नगर्ने केही मानिसहरूलाई जब काटछाँट र निराकरण गरिन्छ, तब तिनीहरूलाई हटाइन्छ कि भन्‍ने चिन्ता हुन्छ, र तिनीहरूले प्राय यस्तो सोच्‍ने गर्छन्, ‘परमेश्‍वरमा विश्‍वास गर्नु साँच्‍चै भिरको बाटो हिँड्नुजस्तै हो! कुनै गल्ती गर्नेबित्तिकै, निराकरण गरिन्छ; झूटा अगुवा वा ख्रीष्टविरोधी ठहरिनेबित्तिकै, प्रतिस्थापित गरिन्छ र हटाइन्छ। परमेश्‍वरको घरमा, परमेश्‍वर रिसाउनु असामान्य कुरो होइन, र जब मानिसहरूले खराब काम गरेका हुन्छन्, तब तिनीहरूलाई एकै शब्‍दले हटाइन्छ। परमेश्‍वरको घरले तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौकासमेत दिँदैन।’ के तथ्यको हिसाबमा अवस्था यस्तै हुन्छ त? के परमेश्‍वरको घरले मानिसहरूलाई पश्‍चात्ताप गर्ने मौका दिँदैन? (त्यो गलत कुरा हो।) यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तिनीहरूले गरेका अनगिन्ती दुष्कर्महरूका कारण काटछाँट र निराकरण गर्दा पनि, धेरैपटक अर्ती दिँदा पनि, तिनीहरूले आफ्‍नो मार्ग नबदलेको कारण हटाइएको हुन्छ। अनि, यसरी सोच्‍ने मानिसहरूमा के समस्या हुन्छ? तिनीहरूले बस आफ्‍नो कुरालाई सही साबित गर्न खोजिरहेका हुन्छन्। तिनीहरूले सत्यता खोजी गर्दैनन्, न त तिनीहरूले उचित रूपमा सेवा नै दिन्छन्, अनि बढारेर फालिने र हटाइने डरको कारण, तिनीहरूले नमिठो गुनासो गर्छन् र धारणाहरू फैलाउँछन्। स्पष्ट रूपमै, तिनीहरूको मानवता कमजोर छ, र तिनीहरू आफ्‍नो काममा लापरवाही र झाराटारुवा अनि नकारात्मक र सुस्त हुन्छन्। तिनीहरूलाई आफूलाई खुलासा गरेर हटाइएला भन्‍ने डर हुन्छ, त्यसकारण तिनीहरूले सबै दोष मण्डली र परमेश्‍वरमाथि थोपर्छन्। यहाँ कस्तो चरित्रले काम गरिरहेको हुन्छ? यो परमेश्‍वरलाई आलोचना गर्ने, उहाँप्रति रुष्ट हुने र उहाँको विरोध गर्ने चरित्र हो। यी टिप्पणीहरू स्पष्ट रूपमै भ्रम र हास्यास्पद दाबीहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “निष्कासित भएपछि, कतिपय अगुवाहरू र सेवकहरूले यसो भन्दै गलत धारणाहरू फैलाउँछन्, ‘अगुवा नबन, र हैसियत प्राप्त नगर। कुनै हैसियत प्राप्त गर्नेबित्तिकै मानिसहरू खतरामा हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई खुलासा गर्नुहुनेछ! तिनीहरूको खुलासा भएपछि, तिनीहरू साधारण विश्‍वासी हुनसमेत योग्य हुँदैनन्, र तिनीहरूले कदापि आशिष्‌ पाउनेछैनन्।’ त्यो कस्तो प्रकारको भनाइ हो? सबैभन्दा राम्रो अवस्थामा पनि यसले परमेश्‍वरको गलत बुझाइलाई प्रतिनिधित्व गर्छ; सबैभन्दा नराम्रो अवस्थामा त यो उहाँविरुद्धको ईश्‍वर निन्दा नै हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्‍वरका वचनहरूले ठ्याक्कै मेरो स्थिति खुलासा गरिदिए। यो निरर्थक दृष्टिकोणले मेरो जीवन चलाइरहेको थियो। मैले त परमेश्‍वरलाई अधिपतिको रूपमा कल्‍पना गरिरहेकी थिएँ, मानौँ अगुवा बन्‍नु भनेको खुकुरीको धारमा हिँड्नुसरह हो। यदि व्यक्तिले सानो गल्ती वा भूल गऱ्यो भने, परमेश्‍वरले उसलाई दोषी ठहराउन र कुनै पनि बेला खुलासा गरेर हटाउन सक्नुहुन्थ्यो। म त्यो विचार लिएर जिइरहेकी थिएँ र मैले आफूलाई बर्खास्त गरिएदेखि नै परमेश्‍वरलाई गलतरूपमा बुझ्दै आइरहेकी थिएँ। म के सोच्थेँ भने अगुवाको रूपमा हामी जति माथि चढ्छौँ, त्यति नै जोडले खस्छौँ, र मेरो खुलासा हुनुको कारण त्यही थियो। त्यो गलत दृष्टिकोणको कारण मण्डलीको काममा जिम्‍मेवारी लिने मानिसहरूको धेरै खाँचो छ भन्‍ने मलाई थाहा भए पनि, म निर्वाचनबाट तर्किरहेँ, किनभने म अगुवाको रूपमा छनौट हुनेछु र त्यसपछि मैले गल्ती गरेँ भने, मेरो परिणाम राम्रो हुनेछैन भन्‍ने मलाई डर लागेको थियो। म अगुवा निर्वाचित हुँदा, परमेश्‍वरको अनुग्रहप्रति कृतज्ञ हुनुको सट्टा, मलाई म खुकुरीको धारमा हिँडिरहेकी छु र म विशेषरूपमा होसियार हुनुपर्छ, र यदि मैले गल्ती गरेँ भने विश्‍वास अभ्यास गर्ने मौकासमेत गुमाउन सक्छु, मुक्ति पाउने कुरा त परै जाओस् भन्‍ने लाग्थ्यो। म परमेश्‍वरप्रति सधैँ अत्यन्तै सतर्क हुन्थेँ, आफ्‍नो कर्तव्यमा निकै डरपोक थिएँ। हामीले मलजल गर्ने समूह अगुवा छनौट गर्नुपर्दा, मैले आफ्‍नो विचार व्यक्त गर्ने आँटसमेत गरिनँ, किनभने गलत कुरा भन्छु र मलाई जवाफदेही ठहराइनेछ भन्‍ने डर लागेको थियो। मैले परमेश्‍वरलाई कति गलतरूपमा बुझेकी रहेछु भनेर मलाई थाहा भयो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँको स्वभाव पवित्र र धर्मी छ, र उहाँले मानिसहरूलाई सिद्धान्तअनुसार व्यवहार गर्नुहुन्छ। यदि परमेश्‍वरले कसैलाई दोषी ठहराउनुभयो वा हटाउनुभयो भने, त्यो सधैँ परमेश्‍वर र सत्यताप्रति ती व्यक्तिको मनोवृत्तिमा आधारित हुन्छ। मलाई निनवेवासीको याद आयो। तिनीहरूका दुष्ट कार्यहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्थ्यो, त्यसकारण तिनीहरूलाई नष्ट गर्ने निर्णय गर्नुभयो। तर तिनीहरूले परमेश्‍वरले भन्‍नुभएको कुरा योनामार्फत सुनेपछि, तिनीहरू सबैले भाङ्ग्रा लगाए र खरानी घसे, अनि पाप स्विकारेर पश्‍चात्ताप गरे। तिनीहरूले गर्दैगरेको दुष्टता त्यागे र दुष्ट मार्ग छोडे। तिनीहरूको साँचो पश्‍चात्ताप देखेर, परमेश्‍वरले तिनीहरूप्रतिको आफ्‍नो मनोवृत्ति फेर्नुभयो र तिनीहरूलाई नष्ट गर्नुभएन। सदोमवासी पनि त्यसरी नै दुष्टताले भरिएका थिए, तर तिनीहरू हठी भए र पश्‍चात्ताप गर्न चाहेनन्। तिनीहरूले परमेश्‍वरका दुई दूतहरूलाई देख्दा, उनीहरूलाई हानि गर्न चाहे। तिनीहरू परमेश्‍वरलाई घृणा र घोर विरोध गर्थे, त्यसकारण तिनीहरूले परमेश्‍वरको श्राप र दण्ड भोगे। यी दुई सहरका मानिसहरूप्रति परमेश्‍वरका फरक-फरक मनोवृत्तिबाट हामी के देख्‍न सक्छौँ भने मानिसहरूले दुष्कर्म र अपराध गर्दा, साँचो पश्‍चात्ताप गरे भने, परमेश्‍वरले तिनीहरूलाई मौका दिनुहुनेछ। सत्यतालाई घृणा गर्ने, परमेश्‍वरको विरोध गर्ने, र कुनै पश्‍चात्ताप नदेखाउनेहरूलाई चाहिँ परमेश्‍वरले दोषी ठहराएर दण्ड दिनुहुनेछ। त्यसपछि मैले आफूबारे सोचेँ। मैले आफ्‍नो कर्तव्यलाई बेवास्ता गरिरहेकी थिएँ, र आफ्नो शैतानी स्वभावले गर्दा म नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र मण्डलीको काममा बाधा पुऱ्याइरहेकी थिएँ। परमेश्‍वरको लागि मेरो व्यवहार घृणित थियो, त्यसकारण मैले पवित्र आत्‍माको काम गुमाएँ र मलाई नेतृत्वको पदबाट बर्खास्त गरिएको थियो। तैपनि, परमेश्‍वरले मलाई हटाउनुभएन। जब मैले मनन गरेर आफूलाई चिनेँ, र परमेश्‍वरअघि पश्‍चात्ताप गर्न इच्छुक भएँ, तब उहाँले मलाई नेतृत्वको पदमा अर्को मौका दिनुभयो ताकि मैले पर्याप्त अभ्यास गर्न सकूँ, अझै धेरै सत्यता सिकेर चाँडै प्रगति गर्न सकूँ। के त्यो पूर्णतया मप्रति परमेश्‍वरको कृपा र प्रेम थिएन र? तर मैले परमेश्‍वरका गम्भीर अभिप्रायहरूलाई बुझिनँ। म सधैँ धूर्त र दुष्ट बन्दै परमेश्‍वरलाई अडकल लगाइरहेकी र उहाँदेखि सतर्क भइरहेकी हुन्थेँ। अगुवा बनेँ भने मलाई खुलासा गरेर हटाइनेछ भन्‍ने मलाई लाग्थ्यो। मैले परमेश्‍वरलाई साँच्‍चै चिनेकी रहेनछु! परमेश्‍वरप्रति मेरो मनोवृत्तिलाई हेर्दा, त्यो कसरी कुनै विश्‍वास थियो र? मैले त परमेश्‍वरलाई कलङ्कित तुल्याइरहेकी, निन्दा गरिरहेकी, र उहाँको स्वभावलाई चिढ्याइरहेकी थिएँ!

मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्वीकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने)। यी वचनहरू मनन गरेपछि, मलाई म प्रकृतिले नै कति धूर्त र दुष्ट रहेछु भन्‍ने थाहा भयो। मैले आशिषहरू पाउनकै लागि परमेश्‍वरलाई विश्‍वास गरेकी र पछ्याएकी रहेछु। ममा परमेश्‍वरप्रति कुनै साँचो विश्‍वास वा प्रेम थिएन—म पटक्‍कै सच्‍चा थिइनँ। म आफ्नो धूर्तताको कारण सबै कुरामा परमेश्‍वरप्रति शङ्का गर्थेँ र सतर्क हुन्थेँ, किनभने गल्ती गर्छु, त्यसपछि मलाई खुलासा गरेर निकालिन्छ भन्‍ने मलाई डर लाग्थ्यो। परमेश्‍वर यस्तो विश्‍वासलाई पटक्‍कै अनुमोदन गर्नुहुन्‍न। यसले परमेश्‍वरको घृणा र इन्कारलाई मात्रै निम्त्याउन सक्छ। यो सोचेपछि, मलाई साह्रै ग्‍लानि भयो र अप्ठ्यारो लाग्यो, र म केवल पश्‍चात्ताप गर्न चाहन्थेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “आफ्नो शैतानी स्वभावमार्फत हैसियत प्राप्त गरेपछि, मानिसहरू खतरामा हुन्छन्। त्यसो भए, के गरिनुपर्छ? के तिनीहरूसँग पछ्याउने कुनै मार्ग हुँदैन? त्यस्तो खतरनाक परिस्थितिमा परिसकेपछि, के तिनीहरूको लागि फर्कने कुनै उपाय हुँदैन? मलाई बताओ त, भ्रष्ट मानिसहरू जोसुकै भए पनि, के हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्दैनन् र? के यो निरपेक्ष कुरा हो? (यदि तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछन्, तर तिनीहरूले सत्यताको खोजी गर्छन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछैनन्।) यो पूर्ण रूपमा सही छ: यदि मानिसहरू सत्यको पछि लाग्दैनन् भने, तिनीहरू निश्‍चित रूपमा ख्रीष्टविरोधीहरू हुनेछन्। के ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने सबैले हैसियतका निम्ति यसै गर्छन्? होइन, यो मुख्य रूपले तिनीहरूमा सत्यताप्रति प्रेम नभएकोले, तिनीहरू सही नभएकोले गर्दा हो। चाहे तिनीहरूको हैसियत होस् वा नहोस्, सत्यको पछि नलाग्‍नेहरू सबै ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छन्। जतिसुकै प्रवचनहरू सुने पनि त्यस्ता मानिसहरूले सत्यलाई स्वीकार गर्दैनन्, तिनीहरू सही मार्गमा हिँड्दैनन् र निश्‍चित रूपले बाङ्गो मार्गमा हिँड्छन्। यो त मानिसहरूको खाने बानी जस्तै हो: कतिपयले आफ्‍नो शरीरलाई पोषण दिने र सामान्य जीवन जिउन सहयोग गर्ने खाने कुराहरू खाँदैनन्, बरु आफूलाई हानि गर्ने कुराहरू खान्छन्, र यसरी तिनीहरूले आफ्‍नै खुट्टामा बन्चरो हान्छन्। के यो तिनीहरूको आफ्‍नै निर्णय होइन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने व्यक्ति अगुवा वा सेवक बनेपछि उसलाई खुलासा गरिन्छ र हटाइन्छ, अनि हैसियत पाएपछि दोषी ठहराइने सम्‍भावना धेरै हुन्छ भन्‍ने होइन। व्यक्तिले आफ्‍नो विश्‍वासमा मुक्ति पाउने वा उसलाई निकालिने कुरा उसको खोजी र उसले लिने मार्गमा पूर्णतया निर्भर हुन्छ। यदि तिनीहरूसँग सत्यताप्रति हार्दिक प्रेम छ भने, अगुवा वा सेवक बनेपछि तिनीहरूले सत्यता पछ्याउन र सिद्धान्तअनुसार चल्न ध्यान दिन सक्छन्। तिनीहरूले अपराध गर्दा, आत्म-चिन्तन गरेमा अनि काटछाँट र निराकरण स्विकारेमा, तिनीहरूलाई नहटाइने मात्र होइन, तर तिनीहरूले क्रमिकरूपमा सत्यता सिक्न, आफ्‍नो भ्रष्ट स्वभाव त्याग्न सक्छन्, र अन्तिममा मुक्ति पाउँछन्। मलाई मैले अन्तरक्रिया गरेका कतिपय अगुवाहरूबारे याद आयो। तिनीहरूले भ्रष्टता देखाए पनि र अपराध गरे पनि, तिनीहरू असफल हुँदा र ठक्कर खाँदा, वा काटछाँट र निराकरणमा पर्दा, तिनीहरूले आत्मचिन्तन गर्न, परमेश्‍वरअघि पश्‍चात्ताप गर्न, र सिद्धान्तअनुसार काम गर्न सके। तिनीहरूलाई दोषी नठहराइएको वा नहटाइएको मात्र होइन, तर यी अनुभवहरूबाट तिनीहरूले बिस्तारै सत्यता बुझे, र जीवनमा वृद्धि गर्दै गए। यस बेला मलाई के कुरा स्पष्ट भयो भने अगुवा बन्दा खुलासा भइने, हटाइने, दोषी ठहरिने, वा मुक्ति नपाइने होइन। म दह्रिलो हुन वा मुक्ति पाउन सक्छु कि सक्दिनँ भन्‍ने कुरा मैले आफ्‍नो कर्तव्यमा सत्यता पछ्याएकी छु कि छैन, र आफ्‍नो भ्रष्ट स्वभाव हटाउन ध्यान दिएकी छु कि छैन, त्यसमा भर पर्छ। मलाई मेरो विगत याद आयो, जतिबेला म सधैँ प्रतिष्ठा र हैसियतको पछि लागिरहेकी हुन्थेँ। म डाहा गर्थेँ र आफ्नी सहकर्मीलाई परपरै गर्थेँ। म उनीसँग राम्रो काम गर्दिनथेँ। मैले मण्डलीको काममा बाधा पुऱ्याएँ, पश्‍चात्ताप गर्न जानिनँ, र मलाई बर्खास्त गरियो। म सत्यताको पछि नलागेकोले अनि अन्धाधुन्ध नाम र हैसियतको पछि लागेकोले र गलत मार्ग अपनाएकोले म असफल भएकी थिएँ, म अगुवा भएकोले होइन। त्यसपछि मलाई के थाहा भयो भने, मैले आफ्‍नो भ्रष्टता देख्दा, नकारात्मक र सतर्क भएर मात्रै समस्या समाधान हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यताको पछि लाग्‍नु र समस्या समाधान गर्न सत्यता खोज्नु हो। म नाम र हैसियत कमाउन अत्यन्तै तल्‍लीन भएको कारण म अगुवा भएपछि पनि त्यो कुरा देखिनेथ्यो, तर मैले सत्यता स्विकारेँ, देहसुख त्यागेँ, र सत्यता अभ्यास गरेँ भने, मेरो भ्रष्ट स्वभाव अलि-अलि गर्दै परिवर्तन हुन सक्थ्यो। यदि म सत्यताको पछि लागिनँ, र आफ्नो भ्रष्ट स्वभावअनुसार मात्रै जिएँ भने, मैले जुनसुकै कर्तव्य पूरा गरे पनि, कुनै पनि बेला परमेश्‍वरलाई घृणा लाग्ने काम गर्नेथिएँ र म खुलासा भएर हटाइनेथिएँ। मैले यो बेला आफू अगुवा हुँदाको क्षण सम्झेँ। मैले धेरै समस्या र कठिनाइ सामना गरे पनि, र धेरै भ्रष्टता प्रकट गरेकी र मलाई काटछाँट र निराकरण गरिएको भए पनि, आफ्नो भ्रष्ट स्वभावबारे केही कुरा सिकेकी थिएँ। मैले सत्यताका सिद्धान्तहरू खोजी गरेर चालै नपाई धेरै अन्योलपूर्ण कुरा र कठिनाइहरू बुझेकी थिएँ, र त्यसले मेरा कमीकमजोरीहरू परिपूर्ति गरिदियो। यी व्यावहारिक उपलब्धिहरू सबै म अगुवा हुँदाको समयमा प्राप्त भएका थिए, र यो मप्रति परमेश्‍वरको अनुग्रह थियो। म परमेश्‍वरविरुद्ध विद्रोह गरेर आफ्‍नो कर्तव्यबाट पछि हट्न चाहन्नथेँ। म यो कर्तव्यलाई साँच्‍चै मोल गर्नेछु, यसमा पूर्ण समर्पित भएर परमेश्‍वरको प्रेमको ऋण तिर्छु भनेर मैले शपथ खाएँ।

त्यसपछि मलाई परमेश्‍वरको वचनको अर्को खण्ड याद आयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “सानो अपराध गरेका केही मानिसहरू अचम्म मान्दै सोध्छन्, ‘के परमेश्‍वरले मलाई उदाङ्गो पारेर बहिष्कार गर्नुभएको छ? के उहाँले मलाई प्रहार गर्नुहुनेछ?’ यसपटक, परमेश्‍वरले मानिसहरूलाई प्रहार गर्नको निम्ति काम गर्न आउनुभएको होइन, तर तिनीहरूलाई जति हदसम्म सम्भव हुन्छ, त्यति हदसम्म मुक्ति दिन आउनुभएको हो। को पूर्ण रूपले भूलदेखि मुक्त छ र? यदि सबैलाई प्रहार गरिए भने, यो कसरी ‘मुक्ति’ हुनसक्थ्यो र? केही अपराधहरू नियतवश गरिएका हुन्छन्, जबकि अरू अन्जानमा भएका हुन्छन्। यदि तँअन्जानमा गरेका अपराधहरूलाई पहिचान गरेर परिवर्तन हुन सक्छस् भने, के परमेश्‍वरले तँ परिवर्तन हुनअघि नै तँलाई प्रहार गर्नुहुन्छ र? के त्यसरीपरमेश्‍वरलेमानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ र? उहाँले काम गर्ने तरिका त्यस्तो होइन! तँमा विद्रोही स्वभाव भए पनि वा तैँले अनजानमा काम गरेको भए पनि, यो कुरा याद गर्: तैँले मनन गरेर आफूलाई चिन्‍नुपर्छ। तुरुन्तै आफूलाई परिवर्तन गर्नुपर्छ, र सारा शक्तिले सत्यतामा लागिपर्नुपर्छ—अनि, जस्तोसुकै परिस्‍थिति आइपरे पनि, हताश बन्‍नु हुँदैन। परमेश्‍वरले गरिरहनुभएको काम मुक्तिको काम हो, र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई त्यत्तिकै प्रहार गर्नुहुन्न। यो कुरा निश्‍चित छ। यदि वास्तवमै परमेश्‍वरले उहाँको कुनै विश्‍वासीलाई अन्त्यमा प्रहार गर्नुभयो भने पनि, परमेश्‍वरले गर्नुभएको त्यो काम अवश्य नै धर्मी हुन्छ। समय बित्दै जाँदा, उहाँले तँलाई त्यस व्यक्तिलाई प्रहार गर्नुको कारण बताउनुहुनेछ, अनि तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। अहिले तैँले परमेश्‍वरको धार्मिकतालाई बुझ्न नसके तापनि, एक दिन तँ विश्‍वस्त हुनेछस्। परमेश्‍वरले आफ्नो काम ज्योतिमा गर्नुहुन्छ र न्यायोचित ढङ्गले गर्नुहुन्छ; उहाँले सबै कुरा खुल्लमखुल्ला जान्न दिनुहुन्छ। यदि तिमीहरूले ध्यानपूर्वक यस विषयमाथि चिन्तन गर्यौ भने, परमेश्‍वरको कामले मानिसहरूलाई मुक्ति दिने र तिनीहरूको स्वभावलाई परिवर्तन गर्ने काम गर्दैछ भन्ने निष्कर्षमा तिमीहरू पुग्नेछौ। परमेश्‍वरको काम मानिसहरूको स्वभाव रूपान्तरण गर्ने काम भएकोले, मानिसहरूमा भ्रष्टता प्रकट नहुनु असम्‍भव कुरा हो। आफ्नो भ्रष्ट स्वभाव प्रकट भएपछि मात्रै व्यक्तिले आफूलाई चिन्‍न सक्छ, र उसँग भ्रष्ट स्वभाव छ भनेर स्वीकार गरी परमेश्‍वरको मुक्ति प्राप्त गर्न इच्‍छुक बन्‍न सक्छ। यदि मानिसहरूले भ्रष्ट स्वभाव प्रकट गरेपछि थोरै पनि सत्यता स्वीकार गर्दैनन्, केवल आफ्‍नो भ्रष्ट स्वभावमै जिइरहन्छन् भने, तिनीहरूले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्‍भावना हुन्छ। परमेश्‍वरले तिनीहरूमाथि विभिन्न हदहरूको सजायहरू कार्यान्वयन गर्नुहुनेछ, अनि तिनीहरूले आ-आफ्ना अपराधहरूको निम्ति मूल्य तिर्नेछन्। समय समयमा, तँ अन्जानमै स्वछन्द हुन्छस्, र परमेश्‍वरले तँलाई त्यो कुरा औँल्याइदिनुहुन्छ, तँलाई छिँवल्नुहुन्छ अनि तँलाई निराकरण गर्नुहुन्छ। यदि तँ सुध्रिस् भने, परमेश्‍वरले तँलाई जवाफदेही बनाउनुहुनेछैन। यो स्वभाव रूपान्तरणको सामान्य प्रक्रिया हो, र यस प्रक्रियामा मुक्तिको कामको साँचो महत्त्व प्रकट हुन्छ। यो नै कुञ्जी हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। त्यो खण्डबाट मैले परमेश्‍वरको इच्‍छा बुझेँ। परमेश्‍वर मानवजातिको भ्रष्ट स्वभाव शुद्ध पार्न र परिवर्तन गर्न आखिरी दिनहरूमा देह बनेर देखा पर्नुभएको र काम गरिरहनुभएको छ। परमेश्‍वरले हामीलाई सम्‍भव भएसम्‍म मुक्ति दिइरहनुभएको छ। कसैले केही भ्रष्टता देखायो वा क्षणिक अपराध गर्‍यो भन्दैमा उहाँ उसलाई दोषी ठहराइहाल्‍नुहुन्‍न। उहाँ उसले भ्रष्टता देखाएपछि साँचो पश्‍चात्ताप गर्छ कि गर्दैन र परिवर्तन हुन्छ कि हुँदैन, त्यो हेर्नुहुन्छ। हामीमा भ्रष्ट स्वभाव भएको कारण, हामी परमेश्‍वरविरुद्ध विद्रोह र विरोध गरेर अपराध नगरी बस्‍न सक्दैनौँ। तर यदि हामीले पछि पछुतो गर्‍यौँ, र परमेश्‍वरले माग गर्नुभएको कुरा गर्‍यौँ भने, उहाँले हामीलाई पश्‍चात्ताप गर्ने मौका दिनुहुनेछ। विश्‍वास गरेर कर्तव्य लिएपछि, आफ्नो अहङ्कारी स्वभावको कारण म नाम र हैसियतको पछाडि नलागी बस्‍नै सकिनँ। मैले मण्डलीको काममा हानि गर्ने केही विघटनकारी काम गरेँ। तर परमेश्‍वरले मेरा अपराधहरूको कारण मलाई दोषी ठहराउनुभएन। जब मैले नाम र हैसियतको पछि लाग्‍ने आफ्नो गलत मार्गबारे केही बुझेँ, र पश्‍चात्ताप गर्न चाहेँ, तब परमेश्‍वरले मलाई कृपा गर्नुभयो र आफ्‍ना वचनहरूद्वारा अन्तर्दृष्टि दिनुभयो, जसले गर्दा मैले सत्यता बुझेर आफ्‍नो भ्रष्ट स्वभाव चिनेँ, यसरी मैले आफ्‍नो असफलताबाट पाठ सिक्‍न, सत्यता खोज्न, र आफ्ना अपराधहरू हटाउन सकेँ। यो कुरा बुझेर मैले मानिसलाई मुक्ति दिने परमेश्‍वरको उत्कट इच्छा देखेँ। शैतानले हामीलाई कति गहनरूपमा भ्रष्ट तुल्याएको छ र हामीमा शैतानी प्रकृतिले कति गहिरो जरा गाडेको छ, जसले गर्दा हामी प्रायः परमेश्‍वरविरुद्ध र उहाँको अवज्ञा हुने काम गर्छौँ भन्‍ने उहाँलाई राम्ररी थाहा छ। त हामीले पश्‍चात्ताप गर्न र परमेश्‍वरका वचन पालना गर्न सक्यौँ भने, उहाँले हामीलाई दोषी ठहराउनुहुनेछैन। उहाँले हामीलाई डोर्‍याइरहनुहुनेछ, हामीलाई सत्यता बुझ्‍न, र हाम्रो भ्रष्ट स्वभावका साङ्ला र बन्धनहरूलाई तोड्न सहयोग गर्नुहुनेछ। मैले यी कुराहरू बुझेपछि, परमेश्‍वरसम्‍बन्धी मेरो गलत बुझाइ हराएर गयो र म आफ्‍नो कर्तव्यमा अत्यन्तै सतर्क हुन छोडेँ। मेरो काममा त्रुटि वा गल्तीहरू हुँदा, म इमानदारीपूर्वक ती सामना गर्न, सत्यता खोज्न, र तुरुन्तै सुधार गर्न सक्‍ने भएँ। यसरी आफ्‍नो कर्तव्य पूरा गर्दा स्वतन्त्र अनुभव भयो।

पछि मलाई माथिल्ला अगुवाले एउटा प्रोजेक्ट दिए। त्यो निकै महत्त्वपूर्ण काम थियो। मैले यसमा गडबड गरेँ भने जिम्‍मेवारी भारी हुनेथ्यो, र अरू ब्रदर-सिस्टरहरूसँग यो कामबारे छलफल गरेर निर्णय गर्नुपर्ने भए पनि, निर्णयमा समस्या भएकोले काममा बाधा पुग्यो भने, इन्‍चार्जको नाताले म मुख्यरूपमा जिम्‍मेवार हुनेथिएँ। यस्तो लागेपछि, मलाई त्यो प्रोजेक्ट लिन मन लागेन। त्यसपछि मलाई परमेश्‍वरले भन्‍नुभएको कुरा याद आयो: “कतिपय मानिसहरूले यसो पनि भन्छन्, ‘मेरो क्षमता कमजोर छ, म शिक्षित छैनँ, ममा प्रतिभा छैन, र मेरो चरित्रमा कमजोरीहरू छन्। मलाई आफ्‍नो कर्तव्य निभाउन सधैँ कठिन हुन्छ। यदि मैले कुनै खराब काम गरेँ र मलाई प्रतिस्थापन गरियो भने, मैले के गर्ने?’ तँलाई के कुराको डर लागेको? के काम भनेको तँ एक्लैले पूरा गर्न सक्‍ने कुरा हो? तैँले एउटा भूमिका मात्रै निर्वाह गरिरहेको हुन्छस्, तँलाई पूरै काम एक्लै गर्न लगाइएको हुँदैन। यदि तैँले आफूले गर्नुपर्ने काम जिम्मा लिइस् भने, त्यो नै पर्याप्त हुन्छ। के त्यसपछि तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गरेको हुँदैनस् र? यति सरल छ—तर तैँले सधैँ के कुराको अनुमान गरिरहेको हुन्छस्? यदि तँलाई आफ्‍नै छायाको डर लाग्छ, र तैँले सुरुमा आफू कसरी उम्‍कने भन्‍नेबारेमा सोच्छस् भने, के तँ केही न कामको होइनस् र? केही न कामको भनेको के हो? यो आफ्‍नो प्रगतिमा कुनै ध्यान नदिने र तनमन लगाउन इच्‍छा नगर्ने, सधैँ खानेबारेमा मात्रै सोच्‍ने र मस्तीमा रमाउन चाहने मानिस हो। त्यस्तो व्यक्ति कसिङ्गरजस्तै हो। कतिपय मानिसहरू अति सङ्कुचित सोचका हुन्छन्—तिनीहरूलाई व्याख्या गर्ने एउटा तरिका छ। कस्तो तरिका? (अत्यन्तै दयनीय चरित्र भएको।) अत्यन्तै दयनीय चरित्र भएका मानिसहरू नीच मानिसहरू हुन्। नीच मानिसहरू सबैले आफूभन्दा राम्राहरूको मापन गर्न आफ्‍नो मनको प्रयोग गर्छन्; तिनीहरूका लागि, हरेक व्यक्ति तिनीहरूजस्तै स्वार्थी र निष्ठुर हुन्छ। त्यस्तो व्यक्ति केही न कामको हुन्छ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास त गर्लान्, तर सहजै सत्यता स्वीकार गर्दैनन्। के कुराले मानिसहरूलाई यति थोरै विश्‍वास राख्‍ने तुल्याउँछ? सत्यताको बुझाइको कमीले यस्तो हुन्छ। यदि तैँले पर्याप्त मात्रामा सत्यता बुझ्दैनस्, र तेरो बुझाइ अत्यन्तै सतही हुन्छ भने, परमेश्‍वरले आफ्‍नो काममा अघि सार्नुहुने हरेक परियोजना, वा उहाँले गर्नुहुने हरेक कुरा, वा उहाँले तँलाई दिनुहुने सबै मापदण्ड बुझ्‍नका लागि त्यो पर्याप्त हुनेछैन। यदि तैँले त्यो बुझाइ हासिल गर्न सक्दैनस् भने, तँमा परमेश्‍वरसम्‍बन्धी अनेक किसिमका अनुमान, कल्‍पना, गलतबुझाइ, र धारणाहरू पैदा हुनेछन्। अनि यदि तेरो हृदयमा यी कुराहरू मात्रै छन् भने, के तैँले परमेश्‍वरमा साँचो विश्‍वास गर्न सक्छस्?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ७: तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (भाग दुई))। परमेश्‍वरका वचनहरूले मलाई मैले फेरि परमेश्‍वरलाई अडकल लगाइरहेकी र उहाँदेखि सतर्क भइरहेकी छु भन्‍ने कुरा देखायो। यदि त्यो प्रोजेक्टमा केही गल्ती भयो भने मैले जिम्‍मेवारी लिनुपर्छ, र यसले मेरा भावी सुअवसरहरूमा असर गर्छ भन्‍ने डरले, म यसबाट उम्‍कन चाहन्थेँ। मेरो स्वभाव कति धूर्त रहेछ भन्‍ने मलाई थाहा भयो—ममा साँचो विश्‍वास थिएन। मैले परमेश्‍वरलाई शङ्का गर्दै यसरी आफ्‍नो कर्तव्यबाट पछि हटिरहनु हुँदैनथ्यो। ममा धेरै त्रुटि र सत्यताको वास्तविकता नभए पनि, मैले अरूसँग काम गर्न, आफ्ना कमीकमजोरीहरूलाई परिपूर्ति गर्न तिनीहरूका सबलताबाट सिक्‍न, परमेश्‍वरलाई प्रार्थना गर्न, र सत्यताका सान्दर्भिक सिद्धान्तहरू खोज्न सक्थेँ। परमेश्‍वर साँच्‍चै मानिसहरूबाट धेरै माग गर्नुहुन्‍न। मैले यसमा आफ्‍नो सर्वस्व लगाएँ भने, परमेश्‍वरले मलाई डोऱ्याइ दिनुहुनेछ, र कुनै पनि समस्या बिस्तारै समाधान गर्न सकिन्छ भन्‍ने मलाई थाहा थियो। यो सोचेपछि, मैले त्यो काम खुसीसाथ स्विकारेँ।

अहिले सोच्दा, म धारणा र गलतबुझाइमा जिएँ, सधैँ परमेश्‍वरलाई अडकल लगाएँ र उहाँदेखि सतर्क भएँ, उहाँप्रति पटक्‍कै समर्पित भइनँ, तर त्यसले गर्दा उहाँले मलाई मुक्ति दिन छोड्नुभएन। बरु, उहाँले मलाई आफ्‍ना वचनहरूद्वारा अन्तर्दृष्टि र मार्गदर्शन दिइरहनुभयो, ताकि मैले मानिसलाई मुक्ति दिने उहाँको इच्‍छा बुझ्‍न, र आफ्‍नो धूर्त र दुष्ट स्वभाव देख्‍न सकूँ, परमेश्‍वरबारे मेरा गलतबुझाइलाई हटाउन, सत्यता खोज्‍ने र उहाँलाई सन्तुष्ट पार्ने सङ्कल्प गर्न सकूँ। परमेश्‍वरको स्वभाव कति धर्मी छ र मानिसप्रति उहाँको प्रेम कति वास्तविक छ भनेर मैले व्यक्तिगतरूपमा महसुस गरेँ! अबदेखि म आफ्‍नो कर्तव्यमा सत्यताको पछि लाग्न मात्रै ध्यान दिन, अनि परमेश्‍वरको प्रेमको ऋण तिर्न आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

आलोचनाबाट सिकाइ

सोंग यु, नेदरलेण्डस् यस वर्षको मेइ महिनामा, एक जना सिस्टरले मलाई सिस्टर लूले उनलाई कम्तीमा पनि तीन जना मण्डली अगुवाहरू व्यवहारिक काम...

वृद्ध-वृद्धाले पनि परमेश्‍वरको गवाही दिन सक्छन्

मैले ६२ वर्षको उमेरमा प्रभुमा विश्‍वास गरेँ। प्रभुले आफ्‍ना जनहरूलाई राज्य प्रवेश र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको कुरा थाहा पाउँदा, यो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्