मकुन्डो उतार्दा

20 जनवरी 2022

टिङहुवा, फ्रान्स

गत जून महिनाको कुरा हो, नयाँ अगुवाको रूपमा। सुरुमा त, मलाई फ्रेन्च भाषा आउने भएकोले र नयाँ सदस्यहरूसित कुराकानी गर्न सक्ने भएकोले गर्दा, केही दिदीबहिनीहरूले मलाई अनुवादको लागि मदत माग्थे, अनि तिनीहरूसित कुनै समस्या वा प्रश्न भएमा, मकहाँ आउँथे र म तिनीहरूलाई मदत गर्ने गर्थें। नयाँ विश्‍वासीहरूको मण्डलीमा, जुनै समूहमा गएर बोले तापनि, सबैले ध्यान दिएर सुन्थे, अनि मैले बोलिसकेपछि, तिनीहरूले म सहयोगी छु भनेर भन्थे। त्यसैले, मेरी पार्टनरको तुलनामा मसित भाषाको राम्रो सीप छ अनि म नयाँ नभएकीले राम्ररी सङ्गति गर्न सक्छु भन्ने मलाई लाग्यो। त्यस समूहमा कसैले पनि मेरो स्थान पूर्ति गर्न सक्दैन भनेर सोचें। यसले मेरो घमण्ड र अभिमानलाई सन्तुष्ट पाऱ्यो। तर मैले यसको परिणामस्वरूप, सबैको मनमा बसेको मेरो असल छापलाई कायम राख्न सधैँ प्रयास गर्थें। कुनै दाजुभाइ वा दिदीबहिनीले प्रश्न सोध्दा, कसरी जवाफ दिने भनेर मलाई थाहा नहुँदा समेत, थाहा भएको जस्तो ढोंग गर्थें।

यस्तै एक पटकको घटना मलाई याद छ, म एउटा नयाँ परियोजनाबारे सङ्गति गर्न गएँ। त्यहाँ, एक जना ब्रदरले मलाई प्रश्न सोधे। तर मैले यस प्रकारको काम पहिलो पटक गरिरहेकी हुनाले, निश्‍चित सिद्धान्त र मागहरूबारे मलाई पक्का रूपमा थाहा थिएन, त्यसैले, के भन्ने मलाई थाहा भएन। मैले केवल मनमनै सोचिरहें: “यदि मैले मलाई थाहा छैन भनेर भनें भने, के यी ब्रदरले मलाई कम क्षमताको सोच्‍नेछन्? तिनले भन्दा धेरै अघिदेखि मैले परमेश्‍वरमा विश्‍वास गरेकी भए तापनि, यस प्रश्नको उत्तर दिन सक्दिनँ र मलाई सत्यता थाहा रहेनछ भनेर के तिनले सोच्नेछन्? म लज्जित हुनेछु। यदि उप्रान्त सबैले म अगुवा हुनु हुँदैन भनेर सोचे भने नि? जे होस्, मलाई थाहा छैन भनेर मैले कसैलाई पनि थाहा दिनु हुँदैन।” त्यसैले, आफू शान्त भएको ढोंग गरें र केही सिद्धान्त बताएँ। मेरो जबाफले तिनको चित्त बुझेन भनेर मलाई थाहा भयो। यी सबै कुरापछि मलाई निकै दोषी महसुस भयो। के मैले तिनलाई केवल मूर्ख बनाइरहेकी थिइनँ र? तर आफ्नो इज्जत बचाउन र देखावटी गरिराख्न मैले तिनलाई साँचो कुरा बताइनँ। अर्को पटक, एक जना ब्रदरले आफ्नो कर्तव्य कसरी अझ कुशलतापूर्वक पूरा गर्न सकिन्छ भनेर सोधे। तिनले आफूलाई समय तालिका मिलाउन मदत चाहिएको कुरा बताए। तर यस कुरामा तिनलाई कसरी मदत गर्ने मलाई थाहा थिएन, किनकि मेरो समस्या पनि त्यही थियो। समय तालिका मिलाउन मलाई आउँदैन। म दिनमा निकै समय खर्च गर्छु। तर यदि मैले तिनलाई यत्तिका समयदेखि परमेश्‍वरमा विश्‍वास गरेर पनि मसित त्यही समस्या छ भनेर बताएँ भने, के तिनले मलाई कम क्षमताको ठान्‍नेथिएनन् र? के मैले तिनले भन्दा बढी बुझेकी रहेनछु भनेर तिनले भन्नेथिए? के तिनको नजरमा मेरो छवि खराब हुनेथियो? मैले पहिला सुनेका व्यवस्थापनसम्बन्धी सिद्धान्तहरू एकछिन तिनलाई बताएँ, र मैले पनि त्यही तरिका अपनाएकी थिएँ भनेर तिनलाई सोच्न लगाएँ। र त्यसपछि, तिनले केही पनि भनेनन्, न त मैले आफ्नो सङ्गतिले तिनलाई मदत गऱ्यो कि गरेन भनेर हेर्न सोधपुछ नै गरें। तिनले थप विस्तृत प्रश्नहरू सोध्लान् र यदि मैले त्यसको जवाफ दिन सकिनँ भने, म साँच्चै नराम्रो देखिनेछु भनेर डराएँ। त्यसैले, मैले तिनका समस्याहरू त्यतिकै ढाकछोप गरें। केही पटक मेरो आफ्नै स्थिति राम्रो थिएन। दाजुभाइ र दिदीबहिनीहरूसित काम गर्दा मैले केही भ्रष्ट स्वभावहरू देखाएँ, तर हाम्रा भेलाहरू हुँदा, मैले त्यसबारे इमानदारीपूर्वक कुरा गर्नदेखि जोगिएँ। म केवल परमेश्‍वरका केही वचनहरू पढ्थें, त्यसपछि खोक्रो सिद्धान्तबारे सङ्गति गर्थें, ताकि तिनीहरूले मसित सत्यताको बुझाइ अनि अझ धेरै विश्‍वास र कद छन् भनेर सोचून्। एक पटक, मैले पहिला पानी हालेकी सिस्टरबाट एउटा सन्देश पाएँ, तिनले मसितै उपस्थित हुने गरेका सभाहरूको धेरै याद आउँछ भनेर भनिन्। मैले सबैसित कुराकानी गर्दा, तिनीहरूले मेरो प्रशंसाका साथै सम्मान पनि गर्थे भनेर तिनीहरूको कामकुरा गर्ने तरिकाबाट बुझें। यसले मलाई खुसी तुल्यायो। मलाई साह्रै रमाइलो लाग्यो। मलाई मण्डलीमा महत्वपूर्ण व्यक्ति जस्तो महसुस गर्न मन पर्थ्यो, र सबैले त्यसरी मेरो मान गरून् भनेर मैले आशा गरेकी थिएँ। आफूलाई बढ्तै बुद्धिमान् भएको ढोंग गरेकोमा कहिलेकाहीँ मलाई अलिक असहज महसुस हुन्थ्यो। के मैले मानिसहरूलाई मेरो भक्ति गरोस् भनी आफूसामु ल्याइरहेकी थिइनँ र? यस्तो सोचाइ कहिलेकाहीँ मात्र मेरो मनमा आउँथ्यो। यसलाई मैले त्यति ध्यान दिइनँ।

एक दिन, अक्टोबरको सुरुतिरको कुरा हो, एक जना सिस्टर र म केही कामबारे समूह अगुवासित छलफल गर्दै थियौं। ती सिस्टरले समूह अगुवालाई हामीले आफ्नो कर्तव्यमा सामना गरिरहेका समस्या र कमीकमजोरीहरूबारे बताइन्। तर समूह अगुवाले मलाई चकित पारिन्। तिनले भनिन्, “म यहाँ चिनियाँ दाजुभाइ र दिदीबहिनीहरूको निकै भक्ति गर्छु, विशेषगरी तपाईंको। तपाईंले भन्नुभएका कुराहरू परमेश्‍वरका वचनहरूभन्दा महत्वपूर्ण छन् भन्ने मलाई अक्सर लाग्छ। म तपाईंको कुरा सुन्नेछु।” त्यो कुरा सुन्दा मेरो मुटु ढुकढुक भयो, र मलाई मेरो अनुहार रातो भएको जस्तो लाग्यो। तिनी भन्दै गइन्। “मलाई थाह छ, मानिसहरूको भक्ति गर्नु गलत हो, तर मैले तपाईंलाई एक वर्षदेखि चिनेकी छु र मैले तपाईंसँग कुनै भ्रष्टता वा कमजोरीहरू देखेकी छैनँ। त्यसले गर्दा मलाई लाग्छ तपाईंसँग भ्रष्टता छैन। तपाईं वास्तवमै सिद्ध हुनुहुन्छ। त्यसैले, म तपाईंको सम्मान र प्रशंसा गर्छु।” त्यो कुरा सुनेर म छक्क परें र अलिक डराएँ। सुरुमा म एक शब्द पनि बोलिनँ तर समूह अगुवाका भनाइहरूलाई ती सिस्टरका लागि अनुवाद मात्र गरें, सबै कुरा हडबडाउँदै बताएँ। अनि त्यसपछि, ती बहिनीले आफ्नो स्थितिबारे समूह अगुवासित सङ्गति गरिन्। मैले अनुवाद मात्र गरें, के भन्ने मलाई थाहा थिएन। अनि त्यसपछि भेला अलिक अनौठो तरिकामा समाप्त भयो।

त्यसपछि मेरो सारा शरीर कमजोर भएको महसुस भयो। उनका शब्दहरू विशेषगरी म भ्रष्ट छैनँ, म सिद्ध छु र तिनले मेरो भक्ति गर्छिन्, र तिनलाई मेरा शब्दहरू परमेश्‍वरका वचनहरूभन्दा महत्वपूर्ण लाग्छ भन्ने कुराहरू मेरो कानमा गुञ्जिरह्यो, दिमागमा खेलिरह्यो। मैले आफूबारे नबुझी, आफूलाई पुरै अन्याय भएको महसुस गरें र निकै डराएँ। तिनको कुरा मलाई हास्यास्पद लाग्यो। मैले मेरो बोली परमेश्‍वरका वचनहरू जत्तिकै महत्वपूर्ण छन् भनेर कहिल्यै भनेकी थिइनँ। तर तिनको भनाइको अर्थ समस्या निकै गम्भीर छ भन्ने होइन र? के मैले तिनलाई मेरो सामु ल्याएकी र ख्रीष्टविरोधी भएकी थिइनँ र? त्यस दिन, मैले अरू कुनै कुराबारे सोच्न सकिनँ। त्यही कुरा मेरो मनमा घरीघरी आइरह्यो। प्रार्थना र खोजी गर्न म परमेश्‍वरसामु आएँ। “प्यारो परमेश्‍वर। तिनले भनेका कुराबारे सोच्दा मलाई डर लाग्छ। तिनले मेरोबारे त्यस्तो सोच्छिन् भनेर मैले कहिल्यै पनि कल्पना गरेकी थिइनँ। हे परमेश्‍वर, यस परिस्थितिमा कसरी परें मलाई थाहा छैन। मैले अहिलेसम्म आफूलाई बुझेकी छैनँ। आफूलाई चिन्न कृपया मलाई मार्गदर्शन गर्नुहोस्। म पश्चात्ताप गर्नेछु र तपाईंलाई घृणा लाग्ने कुराहरू गर्न छोड्नेछु।” एक दिन बिहान, मैले परमेश्‍वरका वचनहरूमा यी कुरा पढेँ। “परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूले आफ्नो कर्तव्य जहाँ सुकै निर्वाह गरिरहेका भए पनि, ख्रीष्ट विरोधीले तिनीहरू कमजोर नभएको, तिनीहरू सधैँ बलिया भएको, आत्मविश्‍वासले भरपूर भएको, कहिल्यै पनि नकारात्मक नभएको देखाउने कोसिस गर्छन् र त्यस्तो छाप छोड्छन्। तिनीहरूले परमेश्‍वरप्रति आफ्नो वास्तविक विचार वा वास्तविक मनोवृत्ति कहिल्यै प्रकट गर्दैनन्। तिनीहरूको हृदयको गहिराइमा, के साँच्चै तिनीहरूले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छन्? के तिनीहरूले साँच्चै कमजोरीपन, नकारात्मकता वा भ्रष्टता रहित छन् भनी विश्‍वास गर्छन्? बिलकुलै गर्दैनन्। तिनीहरू अभिनय गर्न सिपालु हुन्छन्, चीजहरू लुकाउन बाठा हुन्छन्। तिनीहरू मानिसहरूलाई आफ्नो बलियो र सम्मानजनक पक्ष देखाउन मन पराउँछन्; तिनीहरू आफ्नो कमजोर र अँध्यारो पक्ष अरूले देखेका चाहँदैनन्। तिनीहरूको उद्देश्य स्पष्ट हुन्छ: स्पष्ट रूपमा नै यो अरूको अगाडि इज्जत बचाउनु, यी मानिसहरूको हृदयमा तिनीहरूको स्थान सुरक्षित गर्नु भन्‍ने हुन्छ। यदि तिनीहरूले आफ्नो नकारात्मकता र कमजोरीहरू अरूको अगाडि प्रकट गरे भने, यदि तिनीहरूले आफ्नो विद्रोही र भ्रष्ट पक्ष प्रकट गरे भने, त्यो तिनीहरूको हैसियत र प्रतिष्ठाका लागि गम्भीर खतरा हुनेछ—हुनुपर्ने भन्दा ठूलो समस्या हुनेछ भनी सोच्छन्। त्यसैले तिनीहरू आफ्नो कमजोरी र विद्रोहलाई कडाइका साथ आफैमा सीमित राख्छन्। अनि यदि एक दिन सबैले तिनीहरूको कमजोर र विद्रोही पक्ष देखे भने, तिनीहरूले अभिनय गर्न जारी राख्नुपर्छ; यदि तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण व्यक्ति, कोही सानो र नगण्य भएको स्वीकार गरे मानिसहरूका हृदयमा आफ्नो स्थान गुमाउनेछन्, र पूर्ण रूपमा असफल हुनेछन् भनी सोच्छन्। त्यसैले, जे भए पनि, तिनीहरू मानिसहरूको अगि खुलस्त हुन सक्दैनन्; चाहे जे भए पनि, तिनीहरूले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिन सक्दैनन्; बरु, तिनीहरूले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्छन्, र कहिल्यै हार मान्दैनन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस)”)। “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम र सबैभन्दा सिद्ध पक्ष प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्डिपन हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। … यी कुराहरूलाई नचिन्नेहरूले आफ्ना दोषहरू, कमीहरू र भ्रष्ट स्थितिहरूको बारेमा कहिल्यै कुरा गर्दैनन्, न त तिनीहरूले कहिल्यै आफैलाई चिन्‍ने बारेमा नै कुरा गर्छन्। तिनीहरू के भन्छन्? ‘मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु। जब म केही गर्छु, त्यस बेला मैले के सोचिरहेको हुन्छु, मैले के विचार गरिरहेको हुन्छु, म के गर्नका निम्ति उपयुक्त छु त्यो तिमी जान्दैनौ!’ के यो एक अहङ्कारी स्वभाव हो? अहङ्कारी स्वभावको मुख्य विशेषता के हो? तिनीहरू कुन लक्ष्य हासिल गर्न चाहन्छन्? (मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून् भन्ने चाहन्छन्।) मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून् भन्‍ने चाहनाको उद्देश्य भनेको यी मानिसहरूको मनमा तिनीहरूप्रति प्रतिष्ठा जगाउनु हो। जब कसैको मनमा तैँले हैसियत प्राप्त गर्छस्, तब तिनीहरू तेरो सङ्गतमा हुँदा, तिनीहरू तँप्रति श्रद्धापूर्ण हुन्छन्, र विशेषगरी तँसित बोल्दा तिनीहरू विनम्र हुन्छन्, तिनीहरू सधैँ तँप्रति आदरपूर्ण हुन्छन्, तिनीहरूले सबै कुरामा सधैँ तँलाई पहिले जान दिन्छन्, तिनीहरूले तँसित चापलुसी गर्छन्, र तिनीहरूले तँलाई चोट पुर्‍याउने कुनै कुरा भन्दैनन्, तर सबै कुरामा तँसित छलफल गर्छन्। वास्तवमा, के यी सबै कुराबाट तँलाई फाइदा हुँदैन र? मानिसहरूले चाहना गर्ने कुरा ठीक यस्तै हुन्छ। … जब तिनीहरू मानिसहरूलाई झुक्याउँछन्, कुनै अभिनय गर्छन्, आफैलाई ढाकछोप गर्छन्, आफूलाई अगाडि राख्छन्, आफैलाई सिँगार्छन् तब तिनीहरूको उद्देश्य अरूले तिनीहरूलाई सिद्ध ठानून् भन्ने र हैसियतको जालको आनन्द लिने हुन्छ। यदि तँ यो विश्‍वास गर्दैनस् भने, यसमाथि ध्यानपूर्वक विचार गर्; तँ किन सधैँ मानिसहरूले तेरो बारेमा उच्च सोचून् भन्ने चाहन्छस्? तैँले त्यति उत्साहसाथ खोजेको हैसियतले तेरो निम्ति के ल्याउनेछ? यो तेरो लागि राम्रो हुन्छ, यसले फाइदाहरू र तैँले उपभोग गर्न सक्ने कुराहरू ल्याउँछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। परमेश्‍वरले ख्रीष्टविरोधीहरूका स्वभावहरू विशेषगरी दुष्ट छन् भनेर प्रकट गर्नुभयो। तिनीहरूले अरू मानिसहरूमाझ आफ्नो हैसियत र छवि बनाइराख्न आफ्नो असली रूप लुकाउँछन्। तिनीहरूले अरूलाई आफ्नो कुनै भ्रष्टता वा नकारात्मक कुरा हेर्न दिँदैनन्, तिनीहरू केवल मानिसहरूको मनमा आफ्नो हैसियत बनाइराख्न र त्यसबाट हुने लाभ प्राप्त गर्न चाहन्छन्। मेरो आफ्नै स्वभाव परमेश्‍वरले व्यक्त गर्नुभएको ख्रीष्टविरोधीको जस्तै थियो। म त्यहाँ अगुवा भएदेखि, मैले आफ्नो छवि जोगाउन भेष बद्लेँ, किनभने मलाई अरूले भक्ति र आदर गरेको मन पर्थ्यो। दाजुभाइ र दिदीबहिनीहरूले मदत पाउने आशामा मलाई कामकुराबारे सोध्ने गर्थे, तर मलाई त्यसबारे वास्तवमै थाहा हुँदैनथियो। साँच्चै मदत गर्नुको सट्टा म खोक्रो सिद्धान्त बताउथें। कहिलेकाहीँ दाजुभाइ र दिदीबहिनीहरूसित काम गर्दा, मेरो भ्रष्टता प्रकट हुन्थ्यो, तर सङ्गतिको दौडान म मेरो साँचो स्थितिबारे बताउनदेखि जोगिन्थें, तिनीहरूले मलाई तुच्छ ठान्छन्, र यत्तिका वर्षसम्म विश्‍वासमा रहेर पनि तिनीहरू जत्तिकै भ्रष्ट रहेछु भनी सोच्छन् भनेर डराउथें। मैले प्रायः अरू कसैसित पनि आफ्नो साँचो स्थितिबारे वा मलाई कस्तो लागिरहेको छ भनेर खुलेर कहिल्यै कुरा गरिनँ। मैले सिद्धान्त बताएँ र मानिसहरूलाई बहकाएँ, आफूले मानिसहरूलाई मदत गरिरहेकी छु कि छुइनँ, वा मेरो सङ्गति उपयोगी हुन सक्छ कि सक्दैन भनेर पटक्कै सोचिनँ। म केवल आफ्नो हैसियत कायम राख्न र अरूले मेरो प्रशंसा गरून् भन्ने चाहन्थें। यस्तो काम गर्नु घृणित र दुष्ट कुरा थियो। हामीले यसरी आफ्नो असली रूप लुकाउँदा, दाजुभाइ र दिदीबहिनीहरूले हाम्रा भ्रष्टता र कमीकमजोरीहरू देख्न सक्दैनन्, त्यसपछि समयको दौडान तिनीहरूले अवश्यै हाम्रो मान गर्छन्। मैले नवआगन्तुकहरूलाई पानी हाल्दाको समयलाई फर्केर हेर्दा, ती दाजुभाइ र दिदीबहिनीहरूलाई परमेश्‍वरबारे केही थाहा थिएन तर अन्त्यमा गएर तिनीहरूले मेरो भक्ति गरे। यहाँसम्म कि तिनीहरूले मेरो बोलीलाई परमेश्‍वरका वचनहरूभन्दा महत्त्वपूर्ण ठाने। के मैले तिनीहरूलाई लज्जास्पद ढङ्गमा आफूसामु ल्याइरहेकी थिइनँ र? मैले आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइनँ। मैले केवल दुष्ट काम गरिरहेकी थिएँ। मैले सधैँ अरू मानिसहरूबाट प्रशंसा खोजें। तर ती सिस्टरले मलाई कसरी सम्मान गर्छिन् भनेर बताउँदा, मलाई कुनै खुसी व आनन्द महसुस भएन। मैले केही नराम्रो कुरा गरेकी झैं म आतङ्कित र चिन्तित भएँ। आफू प्रसिद्धि र हैसियतको पछि लागेकी, प्रशंसा पाउन आफ्नो असली रूप लुकाएकी कुरा बुझ्दा यो सही मार्ग होइन, यो त परमेश्‍वर विरुद्धको मार्ग हो भन्ने मलाई महसुस भयो। मैले अन्त्यमा के बुझें भने, तिनका शब्दहरू परमेश्‍वरले दिनुभएका स्मारक हुन्। परमेश्‍वरले मलाई रक्षा गरिरहनुभएको थियो। नत्र त मैले ढोंग गरिरहनेथिएँ, जुन एकदमै खतरनाक कुरा हो।

पछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ। “केही मानिसहरू सत्यको पछि लाग्दैनन्, र तिनीहरूले एकपटक अगुवा बन्‍ने मौका पाए भने तिनीहरूले प्रतिष्ठा प्राप्त गर्नका निम्ति विभिन्‍न तरिकाहरू अपनाउँदै प्रयत्‍न लगाउँछन् र मूल्य चुकाउँछन्। आखिरमा, तिनीहरूले प्रतिष्ठा प्राप्त गर्न, मानिसहरूलाई धोका दिन र उनीहरूको मन जित्‍न सक्छन् ताकि मानिसहरूले तिनीहरूको भक्ति गरून् र तिनीहरूलाई ठूलो व्यक्ति ठानून्। तिनीहरूले पूर्ण शक्ति प्राप्त गरिसकेपछि, र हैसियत सम्‍बन्धी तिनीहरूको इच्‍छालाई पूर्ण रूपमा सन्तुष्ट पारिसकेपछि, त्यसको अन्तिम परिणाम के हुन्छ? तिनीहरूले मानिसहरूलाई घूस दिन ससाना कृपाहरू गर्नाको बाबजुत, तिनीहरूले आफ्ना वरदान र प्रतिभाहरू प्रदर्शन गर्नाको बाबजुत, र मानिसहरूमा आफ्नो राम्रो छाप छोड्न उनीहरूलाई धोका दिने जुनसुकै तरिकाहरू प्रयोग गर्नाको बाबजुत, र मानिसहरूको हृदय जित्‍न र उनीहरूको हृदयमा ठाउँ ओगट्न तिनीहरूले जुनसुकै उपायहरू अवलम्बन गर्नाको बाबजुत, तिनीहरूले के गुमाएका हुन्छन् त? तिनीहरूले अगुवा बनेर आफ्ना कर्तव्यहरू पूरा गर्दा सत्यता प्राप्त गर्ने मौका गुमाएका हुन्छन्। त्यसको साथसाथै, तिनीहरूले विभिन्‍न तरिकाले व्यवहार गरेकाले दुष्कर्महरू पनि थुपारेका हुन्छन्, जसले तिनीहरूको अन्तिम परिणाम ल्याउनेछ। यी ससाना कृपाहरू वा प्रदर्शन गर्ने कार्य वा भ्रमद्वारा मानिसहरूलाई धोका दिने माध्यमहरू बाहिरबाट हेर्दा यी लागू गर्ने व्यक्तिलाई धेरै फाइदा र सन्तुष्टि दिने देखिए पनि, अहिले जब तँ यसलाई हेर्छस्, तब के यो बाटो लिनु राम्रो हो भनेर भन्छस्? के यो सत्यताको पछि लाग्ने बाटो हो? के यो मुक्ति ल्याउन सक्ने मार्ग हो? स्पष्ट छ, होइन। यी विधिहरू र युक्तिहरू, चाहे जत्तिकै बुद्धिमानीसाथ बनाइएको भए पनि, त्यसले परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन, र अन्त्यमा यी सबैलाई परमेश्‍वरले निन्दा गर्नुहुन्छ र घृणा गर्नुहुन्छ, किनकि त्यस्ता व्यवहारहरूको पछाडि व्यक्तिगत महत्वाकांक्षा र आफैलाई उहाँको विरुद्धमा राख्ने आचरण र इच्छाको सार लुकेको हुन्छ। भित्री रूपमा, परमेश्‍वरले त्यस्तो व्यक्तिलाई आफ्नो कर्तव्य पूरा गर्ने व्यक्तिको रूपमा कहिल्यै चिन्नुहुन्न, र बरु तिनीहरूलाई दुष्टको रूपमा परिभाषित गर्नुहुन्छ। दुष्कर्मीहरूसँग व्यवहार गर्ने क्रममा परमेश्‍वरको निष्कर्ष के हुन्छ? ‘हे अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ!’ जब परमेश्‍वरले ‘मबाट दूर होओ’ भन्‍नुभयो, तब उहाँले मानिसहरूलाई शैतानकहाँ, शैतानसँग जम्‍मा हुने ठाउँमा पठाइरहनुभएको थियो, र उहाँले तिनीहरूलाई उप्रान्त चाहनुहुन्‍नथियो। तिनीहरूलाई चाहनुभएन भन्नुको अर्थ उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। यदि तँ परमेश्‍वरको बगालमध्ये एक होइनस् भने, उहाँका अनुयायीहरूमध्ये एक पनि होइनस् भने, तँ उहाँले मुक्ति दिनुहुनेहरूमध्येको एक हुँदैनस्। यस्तो व्यक्तिलाई यसरी नै परिभाषित गरिएको छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्”)। मैले यो पढिसकेपछि, मलाई हुनसम्मकै डर लाग्यो। परमेश्‍वरको स्वभावले उल्‍लङ्घन सहँदैन। मैले सधैँ ढोंग गरिरहेकी र लोकप्रियता प्राप्त गर्ने प्रयास गरिरहेकी थिएँ। यस्तो लाग्छ, मानिसहरूको हृदयमा परमेश्‍वरको सट्टा म हुन चाहन्थें, र यसरी मैले तिनीहरूलाई म परमेश्‍वर हुँ जस्तै गरी व्यवहार गर्न लगाएँ। मैले परमेश्‍वरसित होड गरिरहेकी थिएँ, यस कुराले परमेश्‍वरलाई गहिरोसित चिढ्याउँछ। सबैसित कुराकानी गरेको त्यस समयलाई फर्केर हेर्दा, मैले हरेक दिन ढोंग गरें। म कस्तो प्रकारको व्यक्ति हुँ बनेर कसैलाई थाहा भएन। मैले सत्यता बुझेकी छु र मसित भ्रष्टताहरू छैनन् भन्ने तिनीहरूलाई लाग्थ्यो। तिनीहरूले अन्धाधुन्ध मेरो भक्ति गरे। मानिसहरूलाई धोका दिएर र मूर्ख बनाएर म दुष्ट र परमेश्‍वरको विरोधी भएकी थिएँ। यस कुराले मलाई पुरातन फरिसीहरूको सम्झना दिलाउँछ, जसले परमेश्‍वरको सेवा गरे तर उहाँलाई कहिल्यै उच्च पारेनन् र उहाँको गवाही दिएनन्। तिनीहरूले मन्दिरमा धर्मशास्त्रका सिद्धान्तहरू र ज्ञान पढेर ढोङ गर्थे। तिनीहरूले बाहिर सडकमा प्रार्थना गर्थे, र यसरी तिनीहरूले आफ्नो व्यवस्था पत्री ठूला बनाए र वस्त्रका झुम्काहरू लामो तुल्याए। तिनीहरूसित धेरै असल आचरण थिए र तिनीहरू भक्त देखिन्थे, अनि तिनीहरूलाई सबैले उच्च आदर गर्थे, मान गर्थे र भक्ति गर्थे। तर परमेश्‍वरले तिनीहरूलाई दुष्कर्मी र सर्पको सन्तानको रूपमा निन्दा गर्नुभयो, र सात वटा विपत्तिहरूको आरोप लगाउनुभयो। परमेश्‍वरको स्वभाव धार्मिक र पवित्र छ, यसले मानिसको अपराधलाई सहँदैन। यस्तो लोकप्रियता चाहने कपटीहरूलाई परमेश्‍वर निन्दा र घृणा गर्नुहुन्छ। यसरी काम गर्ने मानिसहरूलाई उहाँले मुक्ति दिनुहुन्न। विगतमा मैले गरेका सबै कुरा यस्तै थिए। मैले केही काम पूरा गरें र भेलाहरूमा गएँ र आफ्नो कर्तव्य निर्वाह गरें, तर मेरो अभिप्राय परमेश्‍वरलाई सन्तुष्ट पार्नु नभई, आफ्नो छवि र हैसियत जोगाउनु थियो। मैले जहिले पनि सत्यता र कामकुराहरू बुझेकी छु भन्ने ढोंग गरें। अरूले मेरो प्रशंसा गरून् भनेर म आफ्नो कमजोरीबारे कुरा समेत गर्दिनथिएँ, त्यसैले अन्त्यमा मैले मानिसहरूलाई आफूसामु ल्याएँ। यदि पुरातन फरिसीहरू जस्तै मैले आफ्नो असली रूप लुकाइरहेकी भए, परमेश्‍वरले मलाई हटाउनुहुनेथियो। यस्ता प्रकारका मानिसहरूलाई परमेश्‍वर निन्दा गर्नुहुन्छ भनेर बुझ्दा म साह्रै डराएँ। मलाई एकदमै पछुतो भयो। परमेश्‍वरले मलाई अगुवाको पद दिनुभएको थियो, मैले नवआगन्तुकहरूलाई पानी हाल्छ र सहयोग गर्छ, दाजुभाइ र दिदीबहिनीहरूलाई सत्यता बुझ्न र साँचो मार्गमा जग बसाल्न मार्गदर्शन गर्छ भनेर आशा गर्नुभएको थियो। तर मैले यो काम राम्ररी गरिनँ। म आफ्नो अगुवाइको काममा असफल भएँ, आफ्नै हैसियतलाई पक्रिराखें। मैले तिनीहरूलाई तिनीहरूको जीवन प्रवेशमा जसरी मदत गर्नुपर्थ्यो त्यसो गरिरहेकी थिइनँ, वास्तवमा मैले तिनीहरूलाई हानि पुऱ्याइरहेकी थिएँ। म कस्तो घृणित र विवेकहीन व्यक्ति थिएँ। यसबारे जति धेरै सोचें, उति नै धेरै नराम्रो लाग्यो। त्यसैले, परमेश्‍वरसामु घुँडा टेकेँ र प्रार्थना गरें। “हे परमेश्‍वर, म आफ्नो कर्तव्यमा सत्यताको पछि लागिनँ, तर प्रसिद्धिको पछि लाग्दै गलत मार्ग पछ्याएँ। तपाईंद्वारा तिरस्कृत हुन योग्य ठहरिएँ। हे परमेश्‍वर, म यसो गरिरहन चाहन्नँ। म पश्चात्ताप गर्न र परिवर्तन हुन चाहन्छु। मलाई मार्गदर्शन दिनुहोस्।”

मैले परमेश्‍वरका वचनहरूका केही खण्डहरू पढेँ। “पहिले, तैँले सृष्टिको गरिएको एक वास्तविक प्राणी भनेको के हो त्यो बुझ्नुपर्छ: सृष्टि गरिएको वास्तविक प्राणी एक महामानव होइन, तर एक जना यस्तो व्यक्ति हो जो पृथ्वीमा सोझो र नम्र बनेर जिउँछ र बिलकुलै असाधारण हुँदैन। असाधारण नहुनु भनेको अर्थ के हो? यसको अर्थ हो, तँ जति नै अग्लो खडा हुन सके पनि वा तँ जति नै उच्च उफ्रन सके पनि, तेरो वास्तविक उचाइ परिवर्तन हुनेछैन, र तँसँग कुनै असाधारण क्षमता हुँदैन, तँसित असाधारण योग्यता हुँदैन भन्‍ने तथ्य कायमै रहन्छ। यदि तँ सधैँ अरूलाई उछिन्न चाहन्छस्, अरूभन्दा माथिको दर्जामा हुन चाहन्छस् भने त्यो तेरो अहङ्कार, शैतानी स्वभावद्वारा उत्पन्न भएको हो, र यो तेरो भ्रम हो। वास्तवमा, तैँले त्यो कुरा हासिल गर्न सक्दैनस्, र तैँले त्यसो गर्नु असम्भव हुन्छ। परमेश्‍वरले तँलाई त्यस्तो प्रतिभा वा सीप दिनुभएको हुँदैन, न त उहाँले तँलाई त्यस्तो सार नै दिनुभएको हुन्छ। यो नबिर्सी कि तँ मानवजातिको एक सामान्य, साधारण सदस्य होस्, अरूभन्दा कुनै प्रकारले फरक छैनस्, तापनि तेरो रूपरङ्ग, परिवार, र तँ जन्मेको दशक फरक हुन सक्छ, र तेरा प्रतिभाहरू र वरदानहरूमा केही भिन्नता हुन सक्छ। तर यो कुरा नबिर्सी: तँ जति नै फरक भए पनि, यी स-साना तरिकाहरूमा, र तेरा भ्रष्ट स्वभावमा मात्र अरू जस्तो छस्, र तेरो कर्तव्य पूरा गर्दा तैँले पालन गर्ने सिद्धान्तहरू, लक्ष्यहरू र पूर्वाभिमुखीकरण अरूको जस्ता छन्। मानिसहरू तिनीहरूका शक्तिहरू र वरदानहरूमा मात्र फरक हुन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। “प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्‍नो हैसियतलाई कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठा भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। मैले यी खण्डहरूबाट के बुझें भने, म त केवल एक सामान्य सृष्टि गरिएकी प्राणी हुँ र अरू सबै जना पनि त्यस्तै हुन्। म आफ्नो स्थानमा रहन सकूँ, इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्दै असल व्यवहार गरूँ भन्ने परमेश्‍वर आशा गर्नुहुन्छ। परमेश्‍वरले मलाई केही क्षमता र भाषागत सीप दिनुभयो। त्यसैले, मैले उहाँलाई धन्यवाद दिनुपर्छ र त्यसलाई आफ्नो कर्तव्यमा प्रयोग गर्नुपर्छ। तर मैले ती कुरालाई आफू सफल हुन पूँजीको रूपमा प्रयोग गरें। स्पष्ट रूपमा नै म शैतानको स्वभावद्वारा भ्रष्ट भएकी थिएँ। मैले आफ्ना भ्रष्टताहरू लुकाउन सबै प्रयास गरें, सिद्ध व्यक्तिको भेष धारण गरें ताकि अरूले मेरो भक्ति गरून्। म जुन कुराको पछि लागिरहेकी थिएँ त्यो त केवल कपटपूर्ण र लज्जास्पद कुरा थियो। त्यो, परमेश्‍वरको दृष्टिमा घृणित र नीच कुरा थियो। मैले सधैँ बाहिरी भेष बदलेँ, आफ्ना भ्रष्टताहरू लुकाएँ, तर कसैलाई थाहा नभए तापनि, ती भित्री भ्रष्टताहरू मेरै अंश थिए, त्यसैले, के मैलै आफैलाई छक्याइरहेकी थिइन र? सत्यता खोज्न मैले आफूबारे खुलस्त नबताई ती भ्रष्टताहरू कहिल्यै पनि साँचो तरिकामा समाधान गर्न सकिँदैनथियो। मैले आफ्नो जीवनमा पीडा मात्र भोगिनँ, तर अरूलाई बहकाएँ र धोका पनि दिएँ। मैले आफ्नो खुट्टामा आफै बन्चरो हानें। ढोंग गर्नु र छल गर्नु स्पष्टतया असल मार्ग होइन।

एक पटक भेलामा, हामीले परमेश्‍वरका वचनहरू पढिरहेका थियौं, र मैले अभ्यासको मार्ग भेट्टाएँ। “‘अनुभवहरू आदानप्रदान र सङ्गति गर्नु’ भनेको तेरो हृदयमा भएको हरेक विचार, तेरो अस्तित्वको अवस्था, परमेश्‍वरका वचनहरूको सम्बन्धमा तेरा अनुभवहरू र ज्ञान, र तँभित्र भएको भ्रष्ट स्वभावलाई व्यक्त गर्नु, अनि अरूलाई ती कुराहरूबीचका भिन्‍नता छुट्ट्याउन दिनु, सकारात्मक भागहरूलाई स्वीकार गर्न, र नकारात्मक कुराहरूलाई चिन्‍न दिनु हो। यसो गर्नु मात्र आदानप्रदान गर्नु हो र यो मात्र साँचो सङ्गति गर्नु हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। “तैँले आफैलाई तँमाथि भएको हैसियतको नियन्त्रणबाट मुक्त गर्नका निम्ति सबैभन्दा पहिले त्यसलाई तेरा उद्देश्यहरू, तेरा विचारहरू र तेरो हृदयबाट हटाउनुपर्छ। यो कसरी हासिल हुन्छ? पहिले, जब तँ हैसियत विनाको थिइस्, तैँले आफूलाई मन नपर्ने मानिसहरूलाई बेवास्ता गर्थिस्। अब जब तँसित हैसियत छ, यदि तैँले कुनै अनाकर्षक व्यक्ति, वा समस्यामा परेको कसैलाई देखिस् भने तिनीहरूलाई सहायता गर्न आफू जिम्मेवार भएको महसुस गर्छस्, त्यसैले तिनीहरूसित भएका केही व्यावहारिक समस्याहरू समाधान गर्ने प्रयास गर्दै, तिनीहरूसँग सङ्गतिमा धेरै समय बिताउँछस्। अनि यस्ता कामहरू गर्दा तेरो मनमा कस्तो भावना हुन्छ? यो आनन्द र शान्तिको अनुभव हो। त्यसैले तैँले पनि मानिसहरूमा भरोसा राख्नुपर्छ र तँ कठिनाइमा पर्दा वा असफल हुँदा, तेरा समस्याहरू र कमजोरीहरू, तैँले कसरी परमेश्‍वरको आज्ञा उल्लङ्घन गरिस्, र त्यसबाट तँ कसरी बाहिर निस्किस् र परमेश्‍वरको इच्छा पूरा गर्न सक्ने भइस् भनी बताउँदै तिनीहरूसित सङ्गति गर्नुपर्छ। अनि यस प्रकारले तिनीहरूलाई भरोसा गर्नुको प्रभाव कस्तो हुन्छ? निस्सन्देह, त्यो सकारात्मक हुन्छ। कसैले पनि तँलाई तुच्छ ठान्नेछैनन्—तर तिनीहरूले तेरा अनुभवहरूका निम्ति तँसँग ईर्ष्या पनि गर्न सक्छन्। केही मानिसहरू सधैं यो सोच्छन् कि जब मानिसहरूसित हैसियत हुन्छ, तिनीहरूले अधिकारीहरूले जस्तै व्यवहार गर्नुपर्छ, र तिनीहरू विशेष प्रकारले बोले भने अरूले तिनीहरूलाई गम्भीरताका साथ लिनेछन् र तिनीहरूलाई सम्मान गर्नेछन्। यदि तैँले यस प्रकारको सोच्ने शैली गलत छ भनेर बुझ्न सक्छस् भने, तैँले परमेश्‍वरसित प्रार्थना गर्नुपर्छ र दैहिक कुराहरूप्रति पिठिउँ फर्काउनुपर्छ। तँ त्यो मार्गमा हिँड्नु हुँदैन। जब तँसँग यस्ता विचारहरू हुन्छन्, तँ त्यो स्थितिबाट बाहिर निस्कनैपर्छ, र आफूलाई यसमा अल्झाउनु हुँदैन। तँ यसमा अल्झिएपछि, र ती विचार र दृष्टिकोणहरूले तँभित्र आकार लिएपछि, तैँले यसरी भेस बदल्‍नेछस्, आफैलाई यस्तो आवरणले ढाक्‍नेछस् कि कसैले पनि तेरो वास्तविकतालाई देख्‍न वा तेरो मन र मस्तिष्कलाई बुझ्न सक्दैनन्। तँ अरूसँग मकुन्डो लगाएझैँ बोलिरहेको हुनेछस्। तिनीहरूले तेरो हृदयको कुरा देख्‍न सक्‍नेछैनन्। तेरो हृदयमा के छ त्यो अरू मानिसहरूलाई देखाउन, मानिसहरूमा भरोसा राख्‍न र तिनीहरूको नजिक जान तैँले सिक्‍नुपर्छ। तँ शारीरिक अभिरुचिहरूबाट टाढा जानुपर्छ—र यसमा कुनै पनि गलत छैन; यो पनि एउटा अपनाउन सकिने मार्ग हो। तँमाथि चाहे जेसुकै आइपरे पनि, तैँले पहिले तेरो आफ्नै सोचविचारमा समस्याहरूमाथि चिन्तन गर्नुपर्छ। यदि तेरो झुकाउ अझै पनि कुनै प्रकारको अभिनय गर्न वा बहाना बनाउनमा छ भने, तैँले जतिसक्दो चाँडो परमेश्‍वरसित प्रार्थना गर्नुपर्छ: ‘हे परमेश्‍वर! म फेरि पनि आफूमा देखावटी आवरण लगाउन चाहन्छु, र म फेरि पनि युक्ति र छलमा संलग्‍न हुन लागेको छु। म कस्तो दियाबलस रहेछु! मैले तपाईंसामु आफूलाई यसरी घृणित तुल्याएको छु! मलाई अहिले आफैप्रति अत्यन्तै घृणा जागेको छ। बिन्ती छ, मलाई अनुशासनमा राख्‍नुहोस्, धिक्कार्नुहोस्, र दण्ड दिनुहोस्।’ तैँले प्रार्थना गर्नुपर्छ, र तेरो मनोवृत्ति उजागर गर्नुपर्छ। यसमा तैँले अभ्यास कसरी गर्छस् भन्‍ने कुरा समावेश हुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ”)। परमेश्‍वरका वचनहरूले मलाई अझ धेरै अन्तर्दृष्टि दिए। हामीले हैसियतको नियन्त्रणबाट उम्कन वास्तविक इमानदारीता अभ्यास गर्नैपर्छ। हामीले आफ्नो मन खोल्नुपर्छ, र अरूलाई आफ्ना भ्रष्टताहरूबारे खुलस्तसित बताउनुपर्छ, र यसरी दाजुभाइ र दिदीबहिनीहरूलाई आफ्नो वास्तविक रूप देखाउनुपर्छ। अरूले प्रश्नहरू सोध्दा, हामीले सक्नेजति उत्तर दिनुपर्छ, र उत्तर थाहा छैन भने इमानदार भएर थाहा छैन भन्नुपर्छ ताकि हामीले सँगै सत्यता खोजी गर्न सकौं। यदि यसलाई अझ धेरै अभ्यास गऱ्यौं भने, प्रसिद्धि र हैसियतको चाहनादेखि हामी मुक्त हुनेछौं। ती सबै घटनापछि, मलाई के थाहा भयो भने, म खुलस्त हुनुपर्छ र मैले सधैँ कसरी आफ्नो असली रूप लुकाएँ भनेर सबैलाई बताउनुपर्छ। तर म दोधारमा थिएँ। त्यसपछि के होला? यदि मैले आफ्नो साँचो स्वभावबारे बताएँ भने, सबैले के सोच्लान्? के तिनीहरूले मलाई तुच्छ ठान्छन्? म अत्यन्तै घबराएँ। त्यसपछि, मैले फेरि ढोंग गर्ने प्रयास गर्दैछु भनेर मलाई थाहा भयो, त्यसैले मैले हृदयबाटै परमेश्‍वरलाई प्रार्थना गरें। परमेश्‍वर मबाट के माग गर्नुहुन्छ भनेर कहिल्यै नसोची अरूले मलाई के ठान्लान् भनेर मैले कसरी धेरै ध्यान दिएँ भन्नेबारे विचार गरें। मैले आफ्नो हैसियत जोगाउन प्रयास नगर्ने निर्णय गरें। मैले इमानदारीता अभ्यास गर्नु, खुलस्त हुनु र आफ्ना भ्रष्ट मार्गहरूलाई खुलासा गर्नु, आफू प्रशंसा पाउन अयोग्य र भ्रष्ट व्यक्ति हुँ भनेर तिनीहरूलाई थाहा दिनु आवश्यक थियो। यसरी सोच्दा मलाई निकै शान्ति महसुस भयो, र त्यसपछि मैले आफ्ना भ्रष्टताहरू लुकाएर कसरी मैले आफ्नो हैसियतलाई जोगाएकी थिएँ भनेर बताएँ। साथै, प्रसिद्धिको पछि लाग्दा हुने खतराहरूबारे मैले सिकेको कुरा पनि बताएँ ताकि सबैले मेरा असफलताहरूबाट पाठ सिक्न सकून्। त्यसपछि, मलाई एकदमै हलुका महसुस भयो, र यसबाट अरूलाई पनि मदत मिल्यो भनेर तिनीहरूले भने। मैले सत्यता अभ्यास गर्दा र इमानदार व्यक्ति बन्दा पाइने शान्ति र आनन्द महसुस गरें। अहिले म दाजुभाइ र दिदीबहिनीहरूसित मन खोलेर कुरा गर्छु, र मैले कसरी आफ्ना भ्रष्टताहरू खुलासा गरें, कसरी त्यसबारे मलाई थाहा भयो र कसरी मैले सत्यता खोजें भनेर बताउँछु। यदि अभ्यास गर्ने तरिका मलाई थाहा छैन भने, थाहा छैन भन्छु, तिनीहरूले मलाई के सोच्लान् भनेर चिन्ता गर्दिनँ। यसरी आफ्नो कर्तव्य पूरा गर्दा, मलाई गाह्रो लाग्न सक्ने कुराहरूबारे खुलस्तसित बताउँछु। मैले केही कुरा नबुझ्दा पनि अझ धेरै इमानदार हुन्छु, र तिनीहरूलाई आफ्नो सुझाव र विचारहरू राख्न लगाउँछु, ताकि त्यस तरिकामा हामीले एक-अर्काबाट सिक्न सिकौं। समयको दौडान, तिनीहरू आफ्ना कर्तव्यमा अझ धेरै भार उठाउन सक्षम भए, तिनीहरूले आफ्ना भ्रष्टताहरूबारे चिन्तन गरे र अझ धेरै परमेश्‍वरका वचनहरू पढेँ, र आफूबारे सिके। यी सबै परिवर्तनहरू देख्दा, मैले हृदयबाटै परमेश्‍वरलाई धन्यवाद दिएँ। यस अनुभवबाट मैले अत्यन्तै महत्त्वपूर्ण कुरा सिकें। मैले के सिकें भने, सृष्टि गरिएका प्राणी हुनुको महत्त्वपूर्ण भाग भनेको आफ्नो कर्तव्य राम्ररी गर्नु, दृढ व्यक्ति हुनु, र साथै परमेश्‍वर र अरू मानिससित इमानदार हुनु हो। त्यसरी अरूले हाम्रो जिउने तरिकाबाट लाभ उठाउन सक्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ

सियुआन, फ्रान्सकेही वर्ष पहिले मैले एउटा मण्डली अगुवाको कर्तव्य पूरा गरिरहेकी थिएँ। मण्डलीमा चेन नाम गरेका एकजना ब्रदर थिए, जो राम्रो...

वृद्ध-वृद्धाले पनि परमेश्‍वरको गवाही दिन सक्छन्

मैले ६२ वर्षको उमेरमा प्रभुमा विश्‍वास गरेँ। प्रभुले आफ्‍ना जनहरूलाई राज्य प्रवेश र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको कुरा थाहा पाउँदा, यो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्