मैले ईर्ष्या कसरी त्यागेँ
मेल्भिन, दक्षिण कोरियाम मण्डलीमा भिडिओहरू बनाउँथेँ, र सामान्यतया, मैले बनाएका भिडिओमा केही नयाँ पक्ष हुन्थे। ती भिडिओ हेर्दा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
फलामे बारहरू हुँदै सूर्यको किरण बरफजस्तो चिसो झ्यालखानाको कोठाभित्र छिर्यो। कैदीको पोसाक लगाएका महिला कैदीहरूको एउटा समूह एउटा सामूहिक कङ्क्रिटको पलङ्गमा चुपचाप बसेको थियो। लान यु दिक्दार देखिन्थिन्, उनको अनुहारमा दुःखको भाव स्पष्ट झल्किन्थ्यो। उनलाई आफ्नो गिरफ्तारी कुनै संयोग होइन; त्यसमा पक्कै पनि परमेश्वरको अभिप्राय छ भन्ने थाहा थियो। उनले आफ्नो गिरफ्तारीअघिको, आफूसँग सहकार्य गरिरहेकी सिस्टर शिआओझेनसँग निरन्तर ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्दाको समयलाई याद गरिन्। उनले अचानक परमेश्वरका केही वचन सम्झिइन्: “मिलेर सँगै काम गर्न तिमीहरूबाट आज गरिएको माग यहोवाले इस्राएलीहरूबाट माग गर्नुभएको सेवासमान छ: नत्र भने, सेवा गर्न बन्द गरिहाल” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। इस्राएलीहरूले गरे सरह सेवा गर्)। लान युले मनमनै सोचिन्, “के शिआओझेनसँग ख्याति र हैसियतका लागि प्रतिस्पर्धा गरेको र हाम्रो कर्तव्यमा उनीसँग मिलेर सहकार्य नगरेका कारणले गर्दा ममाथि परमेश्वरको धर्मी स्वभाव आइपरेको हो, र मेरो कर्तव्य निर्वाह गर्ने योग्यता खोसिएको हो त?” लान युले मनमनै परमेश्वरलाई प्रार्थना गरिन्, “हे परमेश्वर, कृपया म आफैलाई चिन्न र तपाईँको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।” लान युले शिआओझेनसँग आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेलाका दृश्यहरू याद गर्न थालिन्।
सन् २०१८ को गर्मीयाममा, लान यु लेखन-पठनको कामको जिम्मेवारीमा थिइन्। उनले भर्खरै आफूलाई प्रशिक्षित गर्न सुरु गरेकी भए तापनि, उनी कठिनाइसँग डराउँदिनथिन् र बोझ बोक्न तत्पर थिइन्। टोलीमा एक जना दुष्ट व्यक्ति थियो जसले अवरोध र बाधा पुर्याएको थियो, र लान युलाई दबाउने र बाँध्ने काम पनि गरेको थियो। लान यु पीडामा भए तापनि, उनी आफ्नो कर्तव्यमा दृढ रहिन्। उनले ती दुष्ट व्यक्तिलाई खुलासा र चिरफार गरी मण्डलीबाट निष्कासित गर्न अगुवाहरूसँग मिलेर काम गरिन्। त्यसपछि अगुवाहरूले लान युको कार्य सामर्थ्यको धेरै प्रशंसा गरे। अगुवाहरूले आफूलाई महत्त्व दिएको देखेपछि, लान यु आफ्नो कर्तव्यमा अझ बढी उत्प्रेरित भइन्। कामको बोझ बढ्दै गएपछि, अगुवाहरूले थप दुई जना सुपरिवेक्षक नियुक्त गरे, र शिआओझेन तीमध्ये एक थिइन्। शिआओझेन बुद्धिमान् र होशियार थिइन्, उनी नयाँ कुराहरू छिट्टै सिक्थिन् र ग्रहण गर्थिन्। शिआओझेनले यति चाँडो प्रगति गरिरहेको देख्दा लान यु खुसी थिइन्। एकपटक, उनीहरू टोलीका सदस्यहरूसँग मिलेर एउटा पटकथालाई परिमार्जन गर्दै थिए। शिआओझेनले पटकथामा भएका समस्याहरू पहिचान गर्न सकिन् र सिद्धान्तहरूअनुसार यसलाई कसरी परिमार्जन गर्ने भनेर औँल्याइन्। टोलीका सिस्टरहरू यस कुरामा सहमत भए। यसले लान युलाई झट्का दियो। “शिआओझेनमा पटकथा लेखनसम्बन्धी साँच्चिकै विशेष सीप छ, र सिद्धान्तहरूमा आधारित रहेर कुराहरू परिमार्जन पनि गर्न सक्छिन्। उनले मलाई छिट्टै उछिन्नेछिन् होला!” तर त्यसपछि उनले आफूसँग पटकथा लेखनको कर्तव्य निर्वाह गरेको केही अनुभव छ, र शिआओझेनभन्दा सिद्धान्तहरू अलिकति अझ राम्ररी बुझेकी छु भन्ने सम्झिइन्, अतः उनी त्यति धेरै चिन्तित भइनन्। पछि, उनीहरूले काम बाँडफाँड गरे। शिआओझेनले पटकथा लेखनको जिम्मेवारी लिइन्, अनि लान युले अन्य कामहरू सम्हालिन्। एकदिन, लान यु एउटा भेलामा गइन्, र टोली अगुवाले भनिन्, “शिआओझेन होशियार छिन् र सिद्धान्तहरू छिट्टै बुझ्छिन्। पटकथाहरूको समीक्षा गर्दा, उनले सिद्धान्तहरूमा आधारित रहेर समस्याहरू औँल्याउन र अगाडि बढ्ने मार्गहरू सुझाउन सक्छिन्। उनीसँग राम्रो क्षमता छ। शिआओझेनसँग भेला हुनु धेरै लाभदायक हुन्छ।” यो सुनेर लान यु चिन्तित भइन्। “मैले यो कर्तव्य एक वर्षदेखि निर्वाह गरिरहेकी छु, तर टोली अगुवाले मेरो त्यसरी प्रशंसा गरेको कहिल्यै सुनेकी छैन। शिआओझेन भर्खरै यहाँ आएकी हुन्, र सबैले उनलाई धेरै राम्रो मान्न थालिसके। यदि उनले सिद्धान्तहरू अझ राम्ररी बुझ्दै गइन् भने, मैले ब्रदर-सिस्टरहरूको हृदयमा आफ्नो हैसियत गुमाउने पो हो कि?” लान युको हृदयमा सङ्कटको भाव पलाउन थाल्यो। पछि, अगुवाले लान युलाई शिआओझेनको कर्तव्यको कार्यसम्पादनका बारेमा सोधिन्, र शिआओझेनको मूल्याङ्कन मागिन्। लान युले अगुवा शिआओझेनलाई संवर्धन गर्नमा केन्द्रित हुन चाहनुहुन्छ भन्ने हल्का अनुमान गरिन्, अनि उनको हृदयमा तत्कालै ईर्ष्या उब्जियो। “कामको कुनै पनि पक्षमा म शिआओझेनभन्दा कम छैन, र म सामान्यतया कष्ट भोग्छु र मूल्य चुकाउँछु। शिआओझेनलाई थाहा नभएका कामहरूमा म उनलाई मद्दत समेत गर्छु। अगुवाले किन मलाई नभई उनलाई संवर्धन गर्दै हुनुहुन्छ? मैले उनीभन्दा लामो समयदेखि आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी छु। यदि उनको मभन्दा अघि बढुवा भयो भने, ब्रदर-सिस्टरहरूले पक्कै पनि उनी मभन्दा असल छिन् भनेर सोच्नेछन्, अनि मलाई पहिले जस्तो आदर गर्नेछैनन्। मैले अगुवालाई शिआओझेनका कमजोरीहरूका बारेमा थाहा दिनुपर्छ। सायद त्यसपछि अगुवा उनलाई संवर्धन गर्ने कुरामा लाग्नुहुन्न कि।” लान युको दिमाग द्रुत गतिमा चल्यो, अनि उनले अगुवालाई भनिन्, “शिआओझेनको क्षमता र बुझाइ राम्रो छ, र उनी आफ्नो कर्तव्यप्रति इमानदार र जिम्मेवार छिन्। तर उनी कठिनाइहरूबाट पछि हट्ने गर्छिन् र हामीमाथि अलि निर्भर हुन्छिन्। उनी बोझ बोक्न त्यति सिपालु छैनन्।” मुखबाट यी शब्दहरू निस्कनेबित्तिकै, लान युलाई आत्मग्लानिको महसुस भयो। उनलाई आफूले गरेको काम खुला र इमानदार छैन अनि यो घृणास्पद काम हो भन्ने लाग्यो। तर त्यसपछि उनले सोचिन्, “टोलीका सबैले शिआओझेनलाई राम्रो मान्छन्, र अगुवाले उनलाई संवर्धन गर्नमा ध्यान दिन थाल्नुभएको छ। यदि यस्तै चलिरह्यो भने, ढिलोचाँडो उनले मलाई उछिन्नेछिन्।” ईर्ष्याले उनको हृदयमा रहेको थोरै ग्लानिलाई पनि कुल्चिदियो।
जुलाई महिनाको हिरासत केन्द्र साउनाजस्तै तातो थियो। त्यो सानो ठाउँ कैदीहरूले खचाखच थियो, जसले गर्दा त्यहाँको हावा झनै निसास्सिने र भारी महसुस हुन्थ्यो। लान युको निधारबाट पसिनाका ठूला-ठूला थोपाहरू खसिरहेका थिए, तर शिआओझेनसँग सहकार्य गरिरहँदाको समयमा आफ्ना विभिन्न प्रकटीकरणहरूलाई सम्झिँदा उनको हृदयमा भने चिसो सिरेटो चलेको जस्तो भयो। एकपटक, शिआओझेनले एक जना टोली अगुवा आफूप्रति पूर्वाग्रह भएको र आफू अलि बाँधिएजस्तो भएको बताइन्। उनी लान युले यो समस्या समाधान गर्न मद्दत गरुन् भन्ने चाहन्थिन्। लान यु मनमनै दङ्ग परिन्। “टोलीका धेरै सदस्यहरूले तिमीलाई राम्रो मान्छन्, र अगुवा तिमीलाई संवर्धन गर्न चाहनुहुन्छ। यदि मैले तिमीलाई यस कुरामा मद्दत गरेँ भने, तिमी अझ असल देखिनेछैनौ र? के एउटा टोली अगुवाले गर्दा मात्रै तिमी नकारात्मक हुन सक्छौ र? तिमीले यसलाई सम्हाल्न नसक्नु धेरै राम्रो हो। यसरी, तिमीले कुनै पनि कार्य सामर्थ्य देखाउन पाउनेछैनौ, र तिमी मभन्दा असल भएको जस्तो देखिनेछैन।” त्यसैले लान युले जरुरी कामको बहाना बनाइन् र समस्या समाधान गर्न अघि सरिनन्। केही रातपछि, शिआओझेन दिक्दार देखिँदै सोफामा थुचुक्क बसिरहेकी थिइन्। लान युले उनलाई के भयो भनेर सोधिन्। शिआओझेनले टोली अगुवाको अहङ्कारी स्वभावले गर्दा आफू धेरै बाँधिएजस्तो भएको र भेला फलदायी नभएको कुरा बताइन्। उनलाई आफूसँग समस्या समाधान गर्ने कार्य सामर्थ्य नभएको र सुपरिवेक्षकका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने लाग्यो। शिआओझेनलाई यति धेरै दिक्दार र दुःखी देखेर, लान युलाई अलि ग्लानि महसुस भयो। “शिआओझेन कठिनाइमा छिन्, र म मद्दत गर्नुको साटो, रमिते बनेर खुसी भइरहेकी छु। के यो मेरो दुर्भावपूर्ण सोच होइन?” केही आत्मग्लानि र बेचैनी महसुस गर्दै, लान यु भोलिपल्ट शिआओझेनसँगै टोलीको भेलामा गइन्। सोधपुछको क्रममा, लान युले ती टोली अगुवाको अहङ्कारी स्वभाव भएको, अनि तिनले बारम्बार आफूलाई उचाल्ने, देखावा गर्ने र हैसियतको धाक दिने गरेको कुरा थाहा पाइन्। सुपरिवेक्षकले उनको निगरानी गर्दा वा समस्याहरू औँल्याउँदा उनी स्वीकार गर्दिनथिन् र उनको कामका नतिजाहरू लगातार खराब आइरहेको थियो। अन्ततः, लान युले ती टोली अगुवालाई पदबाट हटाइन्। यो समस्या समाधान भएपछि, टोलीका सबै सदस्यले लान युसँग कार्य सामर्थ्य छ र उनले समस्याहरू सम्हाल्न सक्छिन् भन्ने महसुस गरे। लान यु दङ्ग परिन्। “अब, सबैको नजरमा, मेरो कार्य सामर्थ्य शिआओझेनको भन्दा राम्रो छ, होइन र?” तर, लान युलाई अझ बढी आत्मग्लानि पनि भयो। “यदि यो समस्या पहिले नै समाधान भएको भए, शिआओझेन र टोलीका सदस्यहरू दमित हुने थिएनन्। शिआओझेनलाई पछि पार्न र उनलाई असल देखिनबाट रोक्नका लागि मैले उनीसँगै मिलेर समस्या समाधान गर्नुको साटो ब्रदर-सिस्टरहरूलाई बन्धनमा पर्न र मण्डलीको काममा हानि पुग्न दिएँ। के यो स्वार्थी र घृणास्पद काम होइन र?” लान युको आङ सिरिङ्ग भयो। आफू यति डरलाग्दो र दुर्भावपूर्ण हुन सक्छु भनेर उनले कहिल्यै कल्पना गरेकी थिइनन्। आफ्नै व्यवहारदेखि उनी भयभीत भइन् र आफू यसरी नै अघि बढ्न हुँदैन भन्ने कुरा महसुस गरिन्। तर हरेक पटक अरूले शिआओझेनका सुझावहरूमा सहमति जनाएको देख्दा, लान युलाई बेचैनी हुन्थ्यो अनि उनी ईर्ष्यालु नभई र प्रतिस्पर्धा नगरी बस्नै सक्दिनथिन्। लेखहरूका बारेमा छलफल गर्दा होस् वा कामको विषयमा कुराकानी गर्दा, लान यु शिआओझेनको भन्दा राम्रो सुझाव ल्याउन आफ्नो दिमाग खियाउँथिन्; जब-जब शिआओझेनले कुनै राय व्यक्त गर्थिन्, तब लान यु त्यसको खण्डन गर्न चाहन्थिन्। धेरै पटक, लान युले शिआओझेनका सुझावहरूलाई ठाडै अस्वीकार गरिन्, आफ्ना शब्द र स्वरले उनलाई होच्याइन्। यसले शिआओझेनलाई झट्का लाग्यो र चोट पुग्यो। लान युले लामो समयसम्म उनीप्रति यस्तो मनोवृत्ति देखाएको कारण, शिआओझेनलाई आफ्नो कार्य सामर्थ्य कमजोर छ भन्ने लाग्यो र उनको अवस्था धेरै नकारात्मक भयो। धेरै पटक, उनले आफूले सुपरिवेक्षकका रूपमा काम गर्न नसक्ने कुरा बताइन्।
त्यो अवधिमा, शिआओझेनले जिम्मा लिएको कामले कुनै नतिजाहरू दिएन, र शिआओझेन आफूबाट टाढिँदै गएको कुरा लान युले महसुस गर्न सक्थिन्। केही पटक, लान यु शिआओझेनसँग खुलेर कुरा गर्न चाहन्थिन्, तर फेरि सोच्थिन्, यदि शिआओझेनलाई म कति घृणास्पद र दुर्भावपूर्ण छु भन्ने कुरा थाहा भयो भने, उनले मेरो बारेमा के सोच्लिन्? अन्ततः, लान युले त्यो विचार त्यागिन्। पछि, उनीहरूले मिलेर सहकार्य नगरेको कारण, कामका सबै पक्षको नतिजाहरू खस्कियो। लान युले उप्रान्त पवित्र आत्माको मार्गदर्शन महसुस गर्न सकिनन्। कहिलेकाहीँ उनलाई साँझपख निकै चाँडै निद्रा लाग्थ्यो, उनले आफ्नो कर्तव्यमा भएका समस्याहरू देख्न सक्दिनथिन्, अनि समस्याहरू समाधान गर्न सङ्घर्ष गर्थिन्। लान युलाई निरन्तर एक प्रकारको अस्पष्ट बेचैनी र डर लागिरहन्थ्यो, परमेश्वरले उनीबाट आफ्नो मुहार लुकाउनुभएको छ भन्ने उनलाई भान हुन्थ्यो। तर हरेक पटक शिआओझेनसँग भेलामा सहभागी हुँदा वा कामहरू कार्यान्वयन गर्दा, उनी शिआओझेनसँग प्रतिस्पर्धा नगरी बस्नै सक्दिनथिन्। यो स्थितिमा जिउँदा, लान युले शरीर र मन दुवै रूपमा थकित महसुस गरिन्। गिरफ्तार भएर आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर नगुमाउन्जेल लान युले यस अवधिमा आफ्नो स्थिति र प्रकटीकरणहरूमाथि चिन्तन गरेकी थिइनन्। आफ्ना कार्यहरूले धेरै अघिदेखि नै परमेश्वरको घृणा निम्त्याइरहेको थियो भन्ने कुरा उनले महसुस गरिन्। लान युले परमेश्वरका वचन सम्झिइन्: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूलाई संवर्धन गर्न सिक्नु पनि जरुरी हुन्छ र तैँले कदापि त्यस्ता व्यक्तिहरूको डाहा गर्नु र उनीहरूलाई दबाउनु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। यदि तँ सत्यता पछ्याउने केही व्यक्तिलाई संवर्धन गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र हरेक काम राम्रोसित गर्ने बनाउन सक्छस्, र अन्त्यमा, तिनीहरू सबैसँग अनुभवात्मक गवाहीहरू हुन्छन् भने, तँ मानकअनुरूपको अगुवा वा कामदार होस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तँ अर्पित भइरहेको छस्। कतिपय मानिसहरू आफूभन्दा अरू उत्तम र उच्च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूलाई मान्यता मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरूले अन्य व्यक्तिहरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई मन पराउनुहुन्न। यदि तँ साँच्चै परमेश्वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्वरको घरमा एक प्रतिभावान् व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचन मनन गर्दा, लान युले के बुझिन् भने एउटा असल अगुवा वा कामदारले, सत्यता पछ्याउने र आफ्नो कर्तव्यमा बोझ बोक्ने व्यक्तिलाई देखेपछि, उसलाई छिटो संवर्धन, मद्दत र सहायता गर्नेछन्, ताकि उसले सकेसम्म चाँडो कामको जिम्मेवारी लिन सकोस्; तर उनी भने ठीक उल्टो थिइन्। शिआओझेनसँग क्षमता र कार्य सामर्थ्य रहेको, अनि ब्रदर-सिस्टरहरूले शिआओझेनलाई उच्च आदर गरेको र अगुवाले महत्त्व दिएको देखेपछि, उनलाई ईर्ष्या लाग्यो। शिआओझेन जति धेरै चर्चा पाउँदै गइन्, शिआओझेन अरूको र अगुवाको हृदयमा आफ्नो ठाउँ लिनेछिन् कि भनेर उनी चिन्तित भइन्, त्यसैले उनले अगुवाको अगाडि शिआओझेनका कमजोरीहरू औँल्याएर जानीजानी उनलाई होच्याइन्। जब शिआओझेन दुष्ट व्यक्तिको बन्धनमा परिन् र मद्दत मागिन्, तब लान युले जानीजानी मद्दत गर्न इन्कार गरिन्। शिआओझेनसँग त्यति राम्रो क्षमता वा कार्य सामर्थ्य छैन भनेर सबैलाई देखाउनकै लागि उनी रमिते बनेर खुसी भइरहिन्। यसले गर्दा शिआओझेन ती दुष्ट व्यक्तिद्वारा दमित भइरहिन् र दिक्दारीमा जिइरहिन्। सँगै बसेर कामका बारेमा छलफल गरेको समयमा शिआओझेनले कामका लागि लाभदायक सुझावहरू दिँदा, आफू विशिष्ट पन् र नजरमा पर्न सक्दिनँ कि भन्ने डरले लान यु ती सुझावहरूलाई अस्वीकार गर्थिन्। उनी अरूले शिआओझेनको कार्य सामर्थ्य देखून् भन्ने चाहन्नथिन् र सधैँ उनलाई दबाउन चाहन्थिन्, जसले शिआओझेनलाई झट्का लाग्यो र गहिरो चोट पुग्यो। लान युलाई यी प्रकटीकरणहरू क्षमतावान् व्यक्तिप्रति ईर्ष्या गर्ने व्यक्तिका व्यवहारहरू हुन् भन्ने महसुस भयो। उनले आफू चर्चित बन्न सक्छु कि सक्दिनँ भन्ने मात्र सोचिन्, तर मण्डलीको काम वा आफूले आफ्नो जिम्मेवारी पूरा गरेँ कि गरिनँ भन्नेबारे कहिल्यै विचार गरिनन्। उनी कति दुर्भावपूर्ण र स्वार्थी थिइन्, उनीभित्र विवेक र समझको एकदमै कमी थियो! आफ्नो पीडामा, लान युले परमेश्वरको प्रार्थना गरिन्, “हे परमेश्वर, मैले गरेको गल्ती धेरै ठूलो छ…।”
“सधैँ बलिरहने बत्ती, उसिनेको सागसब्जी, अनि सबै जना टाउको बाहिरतिर फर्काएर सुत्नुपर्ने…।” केही कैदीहरूले आफ्नो दुःखमा अलिकति खुसी खोज्न हिरासत केन्द्रको जीवनका बारेमा ठट्टा गरे, तर लान युको हृदय भारी थियो; उनले त्यहाँ बस्नुको असह्य पीडा महसुस गरिन्। गिरफ्तारीअघिका आफ्ना प्रकटीकरणहरू सम्झँदा, उनी आफैप्रति तीव्र घृणा, पछुतो र आत्मग्लानिले भरिइन्। उनले मनमनै एउटा सङ्कल्प गरिन्: यदि उनले शिआओझेनलाई फेरि कहिल्यै भेट्ने मौका पाइन् भने, उनी पक्कै पनि उनीसँग माफी माग्नेछिन् र आफ्नो हृदय खोलेर, आफ्नो घृणास्पद र दुर्भावपूर्ण कुरूप पक्षलाई खुलासा गर्नेछिन्। लान युको सजायको अवधि सकिन चार महिनाभन्दा कम समय बाँकी हुँदा, शिआओझेनलाई पनि उनी बसेकै झ्यालखानाको कोठामा पठाइयो। हत्कडी लगाएर र आफ्नो ओढ्ने-ओछ्याउने बोकेर शिआओझेन भित्र पसेको देख्नेबित्तिकै, उत्साहले लान युको मुटु ढुकढुक गर्न थाल्यो। उनलाई गल्ती सुधार्ने यो एउटा मौका हो भन्ने लाग्यो। लान युले शिआओझेनसँग हिरासत केन्द्रमा बितेका तीन वर्षका आफ्ना अनुभवहरूका बारेमा कुरा गरिन्। लान यु शिआओझेनसँग माफी माग्न चाहन्थिन्, तर इज्जत जाने डरले उनी त्यसो गर्न सकिरहेकी थिइनन्। यदि मैले सबै कुरा बताएँ भने शिआओझेनले मेरो बारेमा के सोच्लिन् भनेर उनलाई चिन्ता लाग्यो। के शिआओझेनले म अहङ्कारी, दुर्भावपूर्ण र खराब मानवता भएको मान्छे रहेछु भनेर सोच्नेछिन्? “सायद मैले यो कुरालाई सामान्य रूपमा मात्रै बताउनुपर्छ कि?” लान यु दुविधामा परिन्। त्यसपछि उनले परमेश्वरका वचन सम्झिइन्: “सामान्य मानवतामा जिउनको लागि व्यक्तिहरूले कसरी खुलेर कुरा गर्नु र आफैलाई उदाङ्गो पार्नुपर्छ? अरूलाई आफ्नो हृदयको भित्री वास्तविकता देखाउँदै, आफ्नो भ्रष्ट स्वभावको प्रकटीकरणबारे खुलस्त कुरा गरेर, र त्यसपछि परमेश्वरका वचनहरूको आधारमा समस्याको सारलाई चिरफार र पहिचान गरेर, र आफ्नो हृदयको भित्री कुनाबाट आफूलाई घृणा र तिरस्कार गरेर। आफैलाई उदाङ्गो पार्दा, तिनीहरूले आफैलाई उचित साबित गर्ने वा स्पष्टीकरण दिएर पन्छिने कोसिस गर्नु हुँदैन, बरु यसको साटो तिनीहरूले सत्यता अभ्यास गर्नुपर्छ र इमानदार व्यक्ति हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्जस्यपूर्ण सहकार्यको विषयमा)। परमेश्वरका वचन मनन गर्दा लान युले के बुझिन् भने साँचो पश्चात्ताप र परिवर्तन गर्नु भनेको सत्यताको अभ्यास गर्न तत्पर हुनु, अरूसामु खुलस्त भएर आफूलाई उदाङ्गो पार्नु, आफ्नो भ्रष्ट स्वभावलाई खुलासा र चिरफार गर्नु, अरूलाई आफ्नो कुरूप पक्ष देख्न दिनु, आफ्नो अभिमान वा हैसियतको वास्ता नगर्नु, र अरूले आफूलाई तिरस्कार वा घृणा गरे पनि वास्ता नगर्नु—अनि केवल एउटा इमानदार व्यक्ति बन्ने अभ्यास गर्नु हो। उनले आफू पहिले शिआओझेनसँग सहकार्य गर्दा पनि खुलस्त भएर आफूलाई उदाङ्गो पार्न चाहेको, तर अरूले हेयभावले हेर्लान् भन्ने डरले उनले त्यसको अभ्यास गर्न नसकेको कुरा सम्झिइन्। उनलाई आफू अब हठी र विद्रोही बनिरहन हुँदैन; आफूले जे बुझेको हो त्यसको अभ्यास गर्नुपर्छ भन्ने कुरा थाहा थियो। लान युले आफ्नो साहस बटुलेर शिआओझेनलाई भेटिन्, र सहकर्मी रहँदा आफू कति अहङ्कारी र ईर्ष्यालु थिएँ भनेर बताइन्…। लान युले वर्षौंदेखिको आफ्नो ग्लानि पोखिन् र आफ्नो हृदयको गहिराइमा लुकेका कुराहरू बाहिर निकालिन्। त्यस क्षण, उनलाई ठूलो बोझ हटेजस्तो महसुस भयो। उनलाई अचम्म लागेको कुरा, शिआओझेनले उनलाई दोष दिइनन्। उनले पनि खुलेर लान युका बारेमा आफ्ना विचारहरू राखिन्। त्यस क्षण, लान युले शिआओझेनसँग एकदमै नजिक भएको महसुस गरिन्।
सन् २०२२ को अक्टोबरमा, लान युले अन्ततः आफ्नो सजाय अवधि पूरा गरिन् र रिहा भइन्। उनले ब्रदर-सिस्टरहरूलाई आफ्नो अनुभव बताइन्, र उनीहरूले लान युलाई सत्यताको खोजी र आत्मचिन्तन गरिरहन सम्झाए। लान युले परमेश्वरका वचन पढिन्, अनि ख्याति र प्राप्ति पछ्याउनुको प्रकृति र परिणामहरू स्पष्ट रूपमा देखिन्। परमेश्वर भन्नुहुन्छ: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, आफ्नै उद्यममा संलग्न हुने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्य रूपमा कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्ने कुरामा असर पुर्याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्न गर्छ, उनीहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्याउँछ—र यसले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्छ र बरबादीमा पुर्याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको मार्ग हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत त्याग्न लगाउनुहुन्छ, तब उहाँले तिनीहरूको स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार हटाइरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्याउँछन्, र अझ धेरै मानिसलाई परमेश्वरका वचनहरू खान र पिउन र सत्यता बुझ्न, अनि परमेश्वरको मुक्ति प्राप्त गर्नमा समेत असर पुर्याउँछन्, त्यसैले यसो गरिन्छ। यो नकार्न नसकिने तथ्य हो। जब मानिसहरू आफ्नै ख्याति, प्राप्ति र हैसियत पछ्याउँछन्, तब तिनीहरू सत्यता पछ्याउँदैनन् र तिनीहरूले अर्पित भएर आफ्नो कर्तव्य पूरा गर्दैनन् भन्ने कुरा निश्चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्नेमा कुनै सन्देह छैन; यो परमेश्वरको काममा अवरोध गर्नु र बाधा दिनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचारको फैलावट र मण्डलीभित्रको परमेश्वरको इच्छा अघि बढाउनमा रोकावट पैदा गरिरहेका हुन्छन्। त्यसकारण, ख्याति, प्राप्ति र हैसियत पछ्याउने मानिसहरू परमेश्वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेका छन् भनेर निश्चयका साथ भन्न सकिन्छ; उनीहरू जानीजानी उहाँको प्रतिरोध गरिरहेका र उहाँलाई इन्कार गरिरहेका छन्—अनि परमेश्वरको प्रतिरोध गर्न शैतानसँग सहकार्य गरिरहेका र उहाँविरुद्ध उभिरहेका छन्। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र हैसियतको खोजीको प्रकृति हो। मानिसहरूले आफ्ना हितहरू पछ्याउनुको त्रुटि भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानी हुन्—र ती दुष्ट र अन्यायपूर्ण लक्ष्यहरू हुन्। जब मानिसहरूले ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरू पछ्याउँछन्, उनीहरू अनजानमै शैतानको औजार, शैतानका लागि निकासद्वार, र त्योभन्दा पनि बढी, शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरका वचनबाट, उनले के देखिन् भने जब कुनै व्यक्ति ख्याति र प्राप्ति पछ्याउँछ, तब उसले आफ्नो कर्तव्यमा जतिसुकै कष्ट भोगे पनि वा जुनसुकै मूल्य चुकाए पनि, उसले मण्डलीको कामलाई भत्काउने र बाधा पुर्याउने काम मात्र गर्छ। लान युले शिआओझेनसँग झन्डै एक वर्षसम्म सहकार्य गर्दा, उनीसँग निरन्तर प्रतिस्पर्धा गर्ने स्थितिमा आफू कसरी जिइरहेकी थिएँ भन्ने कुरा सोचिन्। जब शिआओझेनका केही दृष्टिकोण र सुझावहरू स्वीकार गरिन्थ्यो र उनले आफ्नो कर्तव्यमा नतिजाहरू ल्याउँथिन्, तब लान युलाई तत्कालै सङ्कटको आभास हुन्थ्यो। उनी शिआओझेनको भन्दा राम्रो र प्रभावशाली विचारहरू ल्याउने प्रयास गर्दै आफ्नो दिमाग खियाउँथिन्, र आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भन्ने बारेमा सोच्न उनको ध्यान नै जाँदैनथ्यो। लान युले सधैँ शिआओझेनलाई दबाइरहेकी हुनाले, शिआओझेनले आफू सुपरिवेक्षक बन्न नसक्ने निर्क्यौल गरिन्। उनी निरन्तर नकारात्मक र कमजोर भइन्, र राजीनामा दिन चाहिन्। शिआओझेनको जिम्मेवारीमा रहेको कामका नतिजाहरू पनि लगातार खस्कँदै गए। लान यु निरन्तर आफ्नो भ्रष्ट स्वभावमा जिइरहेकी हुनाले, उनले पवित्र आत्माको काम गुमाएकी थिइन्। उनले आफ्नो कर्तव्यमा भएका समस्याहरू स्पष्ट रूपमा देख्न सकिनन्, जसले गर्दा काम रोकियो र लेखन-पठनको काममा गम्भीर बाधा र अवरोध पुग्यो। यी सबै क्षमतावान् मानिसहरूप्रतिको उनको ईर्ष्या र दमनका कारणले आएका गम्भीर परिणामहरू थिए। लान यु त्रसित भइन्। उनी यस्तो महत्त्वपूर्ण कामको प्रभारी रहेकी थिइन्, तैपनि उनले आफ्ना जिम्मेवारीहरूलाई बेवास्ता गर्दै अरूसँग प्रतिस्पर्धा गरेर दिन बिताएकी थिइन्। उनले साँच्चै अरूलाई र आफूलाई हानि पुर्याइरहेकी थिइन्! लान युले जति धेरै चिन्तन गरिन्, उनको हृदय त्यति नै धेरै दुख्यो। उनलाई आफूले गरेको दुष्टता एकदमै ठूलो छ भन्ने महसुस भयो। उनले परमेश्वरको प्रार्थना गरिन्, “हे परमेश्वर, म कति स्वार्थी, दुष्ट, कुटिल र दुर्भावपूर्ण छु। हैसियत र प्रतिष्ठाका लागि, मैले ब्रदर-सिस्टरहरूलाई र मण्डलीको काममा यति ठूलो हानि पुर्याएकी छु। म तपाईँको दण्ड र श्राप पाउन लायक छु। हे परमेश्वर, म पश्चात्ताप गर्न र परिवर्तन हुन तत्पर छु।”
सन् २०२३ को जुलाईमा, लान युले फेरि एकपटक सुपरिवेक्षकका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सुरु गरिन्। उनले फेरि शिआओझेनलाई सम्झिइन्। उनले सोचिन्, “शिआओझेनको क्षमता र बुझाइ राम्रो छ। उनी लेखन-पठनको कर्तव्य निर्वाह गर्न पनि उपयुक्त छिन्। सजायको अवधि पूरा गरेपछि उनी अहिले रिहा भएकी छिन्। यदि शिआओझेनले यस कर्तव्यमा मसँग सहकार्य गर्न सकिन् भने, उनी पक्कै पनि म जस्तै असल हुनेछिन्। सायद मैले उनलाई लेखन-पठनको कर्तव्यका लागि सिफारिस गर्नुपर्छ कि?” तर त्यसपछि उनलाई फेरि चिन्ता लाग्यो, “शिआओझेनको क्षमता राम्रो छ र उनले छिट्टै प्रगति गर्छिन्। यदि उनी यहाँ आइन् भने, उनले सुपरिवेक्षकका रूपमा मेरो ठाउँ पो लिनेछिन् कि?” लान युलाई आफू फेरि पनि आफ्नै अभिमान र हैसियतका बारेमा सोच्दै छु भन्ने महसुस भयो। त्यसपछि उनले परमेश्वरका वचन सम्झिइन्: “तैँले यी कुराहरू त्याग्न र छोड्न, अरूलाई सिफारिस गर्न, र राम्रा अवसरहरू आउँदा अरूलाई अलग देखिन दिन सिक्नैपर्छ। अलग देखिने र चम्कने अवसरहरू आउँदा तिनका लागि प्रतिस्पर्धा वा होडबाजी नगर्। तँ आफ्ना व्यक्तिगत स्वार्थहरू त्याग्न सक्षम हुनैपर्छ, तर तैँले आफ्नो कर्तव्य निर्वाह पटक्कै रोक्नु पनि हुँदैन। गुमनाम भएर काम गर्ने, धाक नलगाउने, र अर्पित भएर आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनबाट, लान युले के बुझिन् भने मण्डलीले कसैलाई संवर्धन गर्दा, त्यसको एउटा कारण उसलाई आफ्नो भ्रष्ट स्वभावको समाधान गर्न र आफ्नो कर्तव्यमा सत्यता प्राप्त गर्न प्रशिक्षित गर्नु हो, र अर्को कारण अझ धेरै मानिसहरूलाई उठेर बोझ बोक्न र आफ्नो कर्तव्य पूरा गर्न सक्षम बनाउनु पनि हो, ताकि सुसमाचार अझ राम्ररी फैलाउन सकियोस्। अहिले लेखन-पठनको कामका लागि मानिसहरूको आवश्यकता थियो, त्यसैले उनले सधैँ आफ्नै अभिमान र हैसियतका बारेमा सोचिरहन मिल्दैनथ्यो; उनले मण्डलीको कामलाई पहिलो स्थानमा राख्नुपर्थ्यो र मण्डलीका हितहरूलाई प्राथमिकता दिनुपर्थ्यो। त्यसैले, लान युले लेखन-पठनको कर्तव्यका लागि शिआओझेनलाई सिफारिस गरिन्। सन् २०२३ को अन्त्यतिर, लान यु र शिआओझेनको पुनर्मिलन भयो। शिआओझेन कामसँग अपरिचित थिइन्, त्यसैले लान युले उनलाई विस्तृत रूपमा कुराहरू बुझाइन् र सिद्धान्तहरूबारे उनीसँग सङ्गति गरिन्। लान युको हृदय ईर्ष्या र चिन्ताबाट मुक्त थियो; उनले शिआओझेनलाई चाँडो संवर्धन गर्ने बारेमा मात्र सोचिन् ताकि शिआओझेनले सकेसम्म छिटो कामको जिम्मेवारी लिन सकुन्। शिआओझेनको क्षमता र बुझ्ने शक्ति दुवै धेरै राम्रो थियो, र उनले आफ्नो कर्तव्यमा बोझ बोकिन्। केही समयपछि, उनी स्वतन्त्र रूपमा कामको जिम्मा लिन सक्षम भइन्।
पछि, लान युलाई अर्को कर्तव्यमा खटाइयो, जहाँ उनले आफूले पहिलेदेखि चिनेकी सिस्टर झाउ युएलाई भेटिन्। कयौँ वर्ष बितिसकेको थियो, र लान युले के देखिन् भने झाउ युएले छिट्टै प्रगति गरेकी थिइन्, आफ्नो काम व्यवस्थित रूपमा सम्हालेकी थिइन्, र आफ्नो जीवन प्रवेशमा धेरै प्रगति गरेकी थिइन्। कहिलेकाहीँ, उनीहरूले जटिल समस्याहरूको सामना गर्दा, झाउ युए सिद्धान्तहरूमा आधारित रहेर सङ्गति र विश्लेषण गर्थिन् अनि तिनलाई उचित रूपमा सम्हाल्थिन्। उनीहरूको वरपरका ब्रदर-सिस्टरहरूले प्रायः झाउ युएसँग सल्लाह माग्थे, अनि उनीहरू झाउ युएलाई राम्रो मान्थे र उनीमाथि भरोसा गर्थे। लान यु अलि निराश नभई बस्नै सकिनन्। तर उनलाई आफू फेरि आफ्नो अभिमान र हैसियतका बारेमा सोच्दै छु र अरूसँग प्रतिस्पर्धा गर्न चाहँदै छु भन्ने महसुस भयो, त्यसैले उनले यसलाई समाधान गर्न सत्यताको खोजी गरिन्। पछि, उनले परमेश्वरका वचन पढिन्: “त्यसोभए अरू मानिसहरूले तँलाई सम्मान गर्छन् भने नि? के त्यसले तेरो सत्यता पछ्याइलाई प्रतिस्थापित गर्न सक्छ? यदि अरूले तँलाई तुच्छ ठाने भने, के तँ नकारात्मक बन्नेछस् र परमेश्वरमा विश्वास गर्न छोड्नेछस्? अरूको उच्च सम्मानले तँलाई कस्तो प्रभाव पार्न सक्छ? के यसले तँलाई प्रेरित वा प्रोत्साहित गर्न सक्छ? यसले केही पनि गर्दैन” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२८))। त्यो सही हो। अरूले उच्च सम्मान गर्दैमा तपाईँलाई सत्यता बुझ्न मद्दत पुग्दैन। यसले तपाईँलाई सत्यता पछ्याउन वा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न कुनै मद्दत गर्दैन। यसको विपरीत, जब तपाईँ उच्च सम्मान पाउनुहुन्न, तब तपाईँ ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्ने अवस्थामा जिउन, अनि अरूलाई हानि पुर्याउने, आफैलाई हानि पुर्याउने, र मण्डलीको काममा अवरोध र बाधा पुर्याउने कामहरू गर्न पुग्नुहुन्छ। लान युलाई आफूले अब आफ्नै अभिमान र हैसियतमा ध्यान केन्द्रित गर्नु हुँदैन भन्ने महसुस भयो। उनले सत्यताको अभ्यास गर्न र आफ्नो कर्तव्य पूरा गर्नमा ध्यान केन्द्रित गर्नुपर्थ्यो। यही नै सही मार्ग थियो। त्यसपछि, लान युले अरू सिस्टरहरूलाई झाउ युएसँग सल्लाह मागिरहेको देख्दा आफ्नो हृदय शान्त पार्थिन् र झाउ युएको सङ्गति सुन्थिन्। झाउ युएको सङ्गतिको माध्यमबाट, लान युले बिस्तारै आफ्नो दृष्टिकोण फराकिलो हुँदै गएको, समस्याहरू कसरी सम्हाल्ने भन्ने बारेमा उनको सोचाइ अझ स्पष्ट हुँदै गएको, र आफूले राम्ररी नबुझेका केही सत्यतामा आफूले अझ बढी स्पष्टता प्राप्त गरिरहेको महसुस गरिन्। कहिलेकाहीँ लान युले आफ्ना विचार र सुझावहरू पनि राख्थिन्, र यदि ती कुरा कर्तव्यका लागि लाभदायक भएमा, सबैले ती कुरामा विचार गर्थे र तिनलाई सुन्थे। सबैले एकअर्कासँग सहकार्य गरे, उनीहरूको कर्तव्यमा भएका समस्याहरू समयमै समाधान भए, र उनीहरूको कर्तव्यका नतिजाहरूमा सुधार आयो। अभिमान र हैसियतलाई त्याग्नु र अरूसँग मिलेर सहकार्य गर्नु मण्डलीको काम र आफ्नै जीवन प्रवेशका लागि कति लाभदायक हुँदो रहेछ भन्ने कुरा लान युले अनुभव गरिन्।
लान युले यस अनुभवलाई फर्केर हेरिन्। सीसीपीद्वारा गिरफ्तार भई सतावट भोग्दा उनले देहमा केही कष्ट भोगेकी भए तापनि, उनले आफ्नो अभिमान र हैसियतको पछ्याइको परमेश्वर-प्रतिरोधी सारका बारेमा केही बुझाइ प्राप्त गरेकी थिइन्। साथसाथै, लान युले के पनि बुझिन् भने यदि अरूसँग बलियो कार्य सामर्थ्य छ भने, आफूले उनीहरूबाट सिक्नुपर्छ र उनीहरूसँग सहकार्य गरी मिलेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। अरूले उनको उच्च सम्मान गर्छन् वा गर्दैनन् भन्ने कुरा उनको सत्यता पछ्याइ र मुक्ति प्राप्त गर्ने कुरासँग कुनै रूपले सम्बन्धित छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा त उनको आफ्नै कर्तव्य पूरा गर्नु, र स्वभावमा परिवर्तन हासिल गर्न सत्यता पछ्याउनु हो। लान युलाई यो सबै परमेश्वरको मुक्ति हो भन्ने लाग्यो, र यी बुझाइ तथा प्राप्तिहरू धेरै बहुमूल्य छन्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
मेल्भिन, दक्षिण कोरियाम मण्डलीमा भिडिओहरू बनाउँथेँ, र सामान्यतया, मैले बनाएका भिडिओमा केही नयाँ पक्ष हुन्थे। ती भिडिओ हेर्दा...
झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान् र मैले परमेश्वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...
ली मिन, स्पेन“आफ्नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...
ओवेन, स्पेनसन् २०१८ मा, म भिडियो बनाउने कामको इन्चार्ज थिएँ। कहिलेकहीँ एकैपटकमा धेरै वटा भिडियो बनाउने काम आउँथ्यो र प्रोडक्शनको लागि सही...