ईर्ष्यालाई महानताले हटाऔं
फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०२० मा, म परमेश्वरको घरको शुद्धाशुद्धि जाँच टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्दै थिएँ। मसँग सहकार्य गरिरहेका धेरैजसो ब्रदर-सिस्टरको क्षमता तुलनात्मक रूपमा राम्रो थियो र उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नमा निकै दक्ष थिए, जबकि मेरो क्षमता औसत थियो र समस्याहरू आइपर्दा मैले प्रायः उनीहरूसँग सल्लाह माग्नुपर्ने हुन्थ्यो। मलाई आफू उनीहरूको स्तरमा छैन जस्तो लाग्थ्यो—म सबैभन्दा कमजोर छु भन्ने स्पष्ट देखिन्थ्यो। त्यो समयमा, म सधैँ अरूभन्दा हीन महसुस गर्थेँ। मलाई निसास्सिएको र दयनीय महसुस हुन्थ्यो, म नकारात्मक र निष्क्रिय स्थितिमा जिएँ, र त्यो ठाउँ छाडेर जानसमेत चाहन्थेँ। मेरो स्थितिमा कहिल्यै सुधार नआएको र मैले आफ्नो कर्तव्यमा नतिजाहरू हासिल नगरेकी हुनाले, मलाई अन्ततः बर्खास्त गरियो। त्यतिबेला, मलाई आफ्नो इज्जत पूरै गुमेको महसुस भयो, र मैले मनमनै सोचेँ, “जे सुकै होस्, म आफ्नो कर्तव्य निर्वाह गर्न यहाँ फेरि कहिल्यै फर्केर आउनेछैनँ। यो त साह्रै लाजमर्दो कुरा हो!” पछि, म मण्डलीमा जीवनका अनुभवात्मक गवाहीका लेखहरू छनोट गर्ने काम गर्दै थिएँ। मैले केही सिद्धान्त बुझेकी र आफ्नो कर्तव्यमा केही नतिजा हासिल गरेकी हुनाले, ब्रदर-सिस्टरहरू प्रायः आफ्ना समस्या र कठिनाइहरूबारे मलाई सोध्न आउँथे, र म सामान्यतया सधैँ उपयुक्त उत्तरहरू दिन सक्षम हुन्थेँ। उनीहरू मेरा सबै सुझाव स्वीकार गर्ने र त्यसमा सहमत हुने पनि गर्दथे, अनि सुपरिवेक्षकले मेरा लागि मण्डलीका केही महत्त्वपूर्ण लेखको अनुगमन गर्ने बन्दोबस्त पनि मिलाइदिनुभयो। म हृदयमा निकै खुसी थिएँ। मलाई यो कर्तव्य मेरा लागि एकदमै उपयुक्त र मेरो पहुँचभित्र छ भन्ने लाग्यो। मेरो कामले केही नतिजा हासिल गरेको मात्र नभई मैले ब्रदर-सिस्टरहरूको प्रशंसा पनि पाएँ र सुपरिवेक्षकले पनि मेरो कदर गर्नुभयो। मलाई अन्ततः एउटा उपयुक्त ठाउँ पाएको महसुस भयो र सधैँभरि यही कर्तव्य निर्वाह गरिरहन पाऊँ भन्ने आशा गरेँ।
सन् २०२४ को डिसेम्बरको अन्त्यतिर, सुपरिवेक्षकले मलाई मेरो बायोडाटा पठाउन भन्दै एउटा पत्र पठाउनुभयो। मेरो हृदयमा विभिन्न कुरा खेल्न थाले, “कतै सुपरिवेक्षकले मैले कर्तव्यमा केही नतिजा हासिल गरेको देखेर, मलाई परमेश्वरको घरको शुद्धाशुद्धि जाँच टोलीमा कर्तव्य निर्वाह गर्ने गरी बढुवा गर्न खोज्नुभएको त होइन?” पहिले त्यहाँ हुँदा म कसरी अरू सबैभन्दा हीन र सधैँ पुछारमा रहेकी थिएँ भन्ने सोच्नेबित्तिकै मभित्र पुरानो डर बल्झेर आयो, र मैले मनमनै सोचेँ, “म फेरि त्यहाँ गएर आफूलाई मूर्ख बनाउन चाहन्नँ। बरु चुपचाप बसेर, आफ्नो अहिलेकै कर्तव्यलाई नै निरन्तरता दिनु मेरा लागि बेस हुनेछ। कम्तीमा मेरो कामले केही नतिजा त दिन्छ, र ब्रदर-सिस्टरहरूले पनि मेरो प्रशंसा गर्छन्।” यस्तो सोचेर, मलाई बायोडाटा पठाउनै मन लागेन। पछि, सुपरिवेक्षकले मलाई आग्रह गर्दै पत्र पठाउनुभयो, र त्यसपछि मात्र मैले बायोडाटा पठाएँ। नभन्दै, केही दिनपछि सुपरिवेक्षकले साँच्चिकै शुद्धाशुद्धि जाँच टोलीमा कर्तव्य निर्वाह गर्न जानुपर्ने जानकारी गराउँदै मलाई एउटा पत्र पठाउनुभयो। मैले दुःखी र बेचैन हुँदै सोचेँ, “त्यहाँ गएर आफ्नो इज्जत गुमाउनुभन्दा त अहिलेकै कर्तव्य निर्वाह गरिरहनु बेस हुनेछ। यहाँ त्यति धेरै दबाब छैन, र म आफू वरपरका मानिसहरूको प्रशंसा पनि पाउन सक्छु। त्यहाँ जाँदा मेरो देहले कष्ट भोग्ने कुरा त छँदै छ, म पक्कै पनि फेरि पुछारमै हुनेछु। यदि आफ्नो कर्तव्यमा नतिजाहरू हासिल गर्न नसकेकी भन्दै मलाई फेरि बर्खास्त गरियो भने त, मेरो त पूरै इज्जत जानेछ!” म सुपरिवेक्षकलाई मेरो क्षमता कमजोर छ र ममा कार्य सामर्थ्यको अभाव छ, र म त्यहाँ गएँ भने पनि यो काम सम्हाल्न सक्षम हुनेछैनँ भनेर पत्र लेख्न चाहन्थेँ। तर मैले यस कर्तव्यलाई इन्कार गरेँ भने, मलाई आफ्नो हृदयमा आत्मग्लानि र बेचैनी महसुस हुनेथियो। वर्षौँदेखि, मैले परमेश्वरका धेरै वचनको मलजल र आपूर्तिको आनन्द लिएकी थिएँ। अहिले मण्डलीको काममा मानिसहरूको ठूलो खाँचो थियो, र यदि मैले यो कर्तव्य इन्कार गरेँ भने, त्यसले ममा विवेकको पूर्ण अभाव भएको देखाउनेथ्यो र परमेश्वरलाई गहिरोसँग निराश तुल्याउनेथ्यो। त्यसैले, मैले यो कर्तव्य स्वीकार गर्न इच्छुक रहेको भन्दै सुपरिवेक्षकलाई जवाफ लेखेँ।
त्यसपछि, विभिन्न कारणले गर्दा, सुपरिवेक्षकले मलाई टोलीमा सामेल हुनका लागि केही दिन पर्खन भन्नुभयो। पर्खिरहेकै समयमा, मेरा विचारहरू फेरि अनियन्त्रित रूपमा बहकिन थाले, “शुद्धाशुद्धि जाँच टोलीका ब्रदर-सिस्टरहरू सबै राम्रो क्षमताका छन्, र यदि म टोलीमा सामेल भएँ भने, म पक्कै पनि उनीहरू सबैभन्दा कमजोर हुनेछु।” यो सोच्दा, मेरो छातीमा एउटा गह्रौँ ढुङ्गाले थिचेको र मेरो सासै रोकिएला जस्तो महसुस भयो। मैले यो कर्तव्य सम्हाल्न भनी सुपरिवेक्षकले गरेको अनुरोधलाई स्वीकार गरेकोमा पछुताउनसमेत थालेँ। अन्यथा, म यस्तो उम्कनै नसकिने कठिन परिस्थितिमा पुग्ने नै थिइनँ। मेरो हृदयमा निरन्तर उथलपुथल भइरह्यो, र मलाई कुनै पनि काममा रुचि लागेन। मलाई साँझ पर्नेबित्तिकै निन्द्रा लाग्न थाल्थ्यो। मलाई आफ्नो स्थिति ठीक छैन भन्ने महसुस भयो, त्यसैले मैले प्रार्थना र खोजी गरेँ, “हे परमेश्वर, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सुरुसमेत गरेकी छैनँ, र म अहिल्यै पछि हट्न खोज्दैछु। मेरो स्थिति ठीक छैन भन्ने मलाई थाहा छ। कृपया मलाई अन्तर्दृष्टि दिएर तपाईँको अभिप्राय बुझ्न र पाठ सिक्न अगुवाइ गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले परमेश्वरका यी वचनहरू सम्झिएँ: “कुनै व्यक्तिले परमेश्वरको आज्ञा स्वीकार गर्दा, उसका कार्यहरू असल छन् कि खराब, उक्त व्यक्तिमा समर्पणता छ कि छैन, उक्त व्यक्तिले परमेश्वरका अभिप्रायहरू पूरा गरेको छ कि छैन, र उसका कार्यहरू र उसको व्यवहार मानकअनुरूप छ कि छैन भन्ने कुराको मूल्याङ्कन गर्नका निम्ति परमेश्वरसँग मानक छ। परमेश्वर मानिसका बाहिरी कार्यहरूको नभई उसको हृदयलाई महत्त्व दिनुहुन्छ। कसैले जुनसुकै तवरले कामकुरा गरे पनि, उसले केही न केही गर्छ भने, परमेश्वरले उसलाई आशिष् दिनुपर्छ भन्ने छैन। परमेश्वरबारे मानिसहरूमा रहेको एउटा गलत बुझाइ यही हो। परमेश्वर अन्तिम नतिजा मात्र हेर्नुहुन्न; बरु, उहाँ त व्यक्तिको हृदय कस्तो छ र कामकुराहरूको विकासको दौरान उसको मनोवृत्ति कस्तो छ भन्ने कुरामा ठूलो जोड दिनुहुन्छ, र उसको हृदयमा परमेश्वरलाई सन्तुष्ट पार्ने समर्पणता, ख्याल, र इच्छा छ कि छैन भनेर हेर्नुहुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १)। परमेश्वरका वचनहरू पढेपछि, सुपरिवेक्षकले मलाई विगत केही दिनदेखि टोलीमा सामेल हुने बन्दोबस्त नगरेको कुरामा मैले सिक्नुपर्ने एउटा पाठ छ भनी मैले बुझेँ। मैले यो कर्तव्य निर्वाह गर्न स्वीकार गरेकी भए पनि, मेरो हृदयमा, म साँचो रूपमा समर्पित भएकी थिइनँ, र परमेश्वरले मेरो हृदय सच्चा छ भनी देख्नुभएको थिएन। परमेश्वरले मलाई कर्तव्य दिइँदा म उहाँका अभिप्रायहरूलाई ख्याल राख्न सक्षम हुनेछु, र मैले उहाँमा समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने चाहना राखेर कर्तव्य स्वीकार गर्नेछु भन्ने आशा गर्नुभएको थियो, तर म भने आफ्नो अभिमानका बारेमा मात्र सोचिरहेकी थिएँ। मलाई म टोलीमा सबैभन्दा कमजोर हुनेछु र मैले आफ्नो इज्जत गुमाउनेछु भन्ने डर थियो, त्यसैले म पछि हट्न चाहन्थेँ। मैले यो कर्तव्य अनिच्छापूर्वक स्वीकार गरेकी भए पनि, पछि अरूसँग सहकार्य गर्ने क्रममा मैले आफू उनीहरू जत्तिको राम्रो छैन भन्ने देख्दा, आफ्नो इज्जत जोगाउन चाहनाकै कारण म नकारात्मकताको स्थितिमै डुब्न पुग्ने थिएँ, र आफ्नो कर्तव्यसमेत त्याग्न सक्ने थिएँ। परमेश्वरले कसरी मानिसको हृदयको गहिराइसम्म छानबीन गर्नुहुन्छ भन्ने मैले महसुस गरेँ, र परमेश्वरका श्रमसाध्य अभिप्रायहरू पनि मैले बुझेँ। मलाई विगत केही दिनदेखि टोलीमा सामेल नगराइनुको मुख्य कारण नै मलाई सत्यताको खोजी गर्ने, चिन्तन गर्ने, आफैँलाई चिन्ने, र आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने मौका दिनु थियो, ताकि म अभिमान र हैसियतको बन्धनमा नरही साँचो रूपमा आफ्नो कर्तव्य स्वीकार गर्न सकूँ। सत्यता प्राप्त गर्ने यो मौका म गुमाउन सक्दिनथेँ, त्यसैले मैले आफ्ना समस्याहरू समाधान गर्न निरन्तर प्रार्थना गर्दै सत्यता खोजिरहेँ।
मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वर मानिसमा मुख्यतया के हेर्नुहुन्छ? उहाँ तिनीहरूले सत्यता स्विकार्न र सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् अनि तिनीहरू परमेश्वरमाथिको आफ्नो विश्वासमा कुन मार्गमा हिँड्छन् भनेर हेर्नुहुन्छ। कसैले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भनेर परमेश्वर कसरी मापन गर्नुहुन्छ? उहाँ तिनीहरूलाई कुनै कुरा आइपर्दा तिनीहरू सत्यता खोज्न र परमेश्वरमा भर पर्न सक्छन् कि सक्दैनन् भनी हेर्नुहुन्छ। जब तिनीहरूको हृदयमा आफ्नो कर्तव्य निर्वाह र सत्यता अभ्यासलाई असर गर्ने कठिनाइ र अड्चनहरू हुन्छन्, तब परमेश्वर तिनीहरू के छनौट गर्छन् र कुन मार्गमा हिँड्छन् भनी हेर्नुहुन्छ। उदाहरणका लागि, मानौँ तँलाई छनौट गर्न दुइटा कर्तव्य दिइएका छन्। एउटाले तँलाई अरूको नजरमा देखिन दिन्छ, त्यो सजिलो छ र त्यसमा कुनै शारीरिक असुविधा समावेश हुँदैन। अर्को अलि गाह्रो छ, त्यो गर्न एकदमै कठिन हुन सक्छ र त्यो जस नपाइने कामसमेत हुन सक्छ; अनि यदि तँ त्यो राम्ररी गर्दैनस् भने, तँलाई काँटछाँट गरिनेछ। तँ यसबारे मनन गर्छस्: ‘त्यो गाह्रो कर्तव्य गर्दा मैले अझ धेरै सत्यता प्राप्त गर्न र परमेश्वरको घरका लागि बोझ बोक्न सक्ने भए पनि अनि त्यो गर्दा मैले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्ने भए पनि, त्यो जस नपाइने काम हो। यो सजिलो कर्तव्य छान्नु परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नु नभए पनि, मैले यो गर्दा कुनै कष्ट सहनुपर्नेछैन। म त्यही छान्नेछु।’ यदि तँ यसरी छनौट गर्छस् भने, परमेश्वरले के भन्नुहुनेछ? परमेश्वरले तँलाई एउटै नाम दिएर ‘सम्मान’ गर्नुहुनेछ: ‘धूर्त।’ त्यसपछि तँलाई किनारा लगाइनेछ र परमेश्वरको घरले तँलाई प्रयोग गर्नेछैन” (परमेश्वरको सङ्गति)। परमेश्वर के खुलासा गर्नुहुन्छ भने कतिपय मानिसहरूले कर्तव्य पाउँदा आफ्नो इज्जत बचाउने र आफ्नै हितहरूका बारेमा मात्र सोच्छन्। यस्ता मानिसहरू सजिलो हुने र आफ्नो अभिमान र हैसियतलाई फाइदा पुर्याउने जुनसुकै कर्तव्य पनि खुसीसाथ स्वीकार गर्छन्, तर इज्जत जान सक्ने सम्भावना भएका कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि उनीहरू त्यसलाई इन्कार गर्छन्। परमेश्वर भन्नुहुन्छ, यसो गर्नु भनेको चिप्ले बन्नु र उहाँसँग छलछाम गर्न खोज्नु हो। यसले परमेश्वरको घृणा र तिरस्कार निम्त्याउँछ र उहाँले यस्ता मानिसहरूलाई पन्छाउनुहुनेछ। परमेश्वरका वचनहरू पढ्दा, मेरो हृदयमै छेडिएको जस्तो महसुस भयो। परमेश्वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरो अहिलेको स्थिति थिएन र? सुपरिवेक्षकले मसँग मेरो बायोडाटा माग्दा, म विशेष गरी संवेदनशील भएकी थिएँ। मलाई शुद्धाशुद्धि जाँच टोलीमा बढुवा गरिनेछ भनेर म साह्रै डराएकी थिएँ, मलाई यो कर्तव्य धेरै गाह्रो हुनेछ र मापदण्डहरू उच्च हुनेछन् भन्ने लाग्यो। मलाई लाग्यो, यदि म त्यहाँ गएँ र अझै पनि पहिले जस्तै अरू सबैभन्दा कमजोर भएँ भने, मेरो इज्जत जानेछ, र यदि मलाई काँटछाँट वा बर्खास्त गरियो भने, त्यो अझ बढी अपमानजनक हुनेछ। त्यसको तुलनामा, मण्डलीमा अनुभवात्मक गवाहीका लेखहरू छनोट गर्ने काममा निकै कम दबाब थियो, र मैले ब्रदर-सिस्टरहरूको प्रशंसा पनि पाउन सक्थेँ। त्यसैले, म शुद्धाशुद्धि जाँच टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्न जान अनिच्छुक थिएँ, र त्यही कारणले मैले आफ्नो बायोडाटा दिन आलटाल गरेकी थिएँ। जब मैले साँच्चै नै शुद्धाशुद्धि जाँच टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्न जानैपर्छ भन्ने थाहा पाएँ, तब मेरो हृदयमा झन् धेरै कुरा खेल्न थाले, र प्रतिरोध भरियो। त्यसपछि मैले यसलाई इन्कार गर्नका लागि बहाना खोज्न चाहेँ, र टोलीमा सामेल हुन सहमत भइसकेपछि पनि म पछि हट्न चाहेँ। म बढुवा भएपछि, मैले आफ्नो इज्जत कसरी जोगाउन सक्छु भन्ने बारेमा मात्र सोचेँ। के म चिप्ले बन्दै र परमेश्वरसँग छलछाम गर्न खोजिरहेकी थिइनँ र? म साँच्चै स्वार्थी र छली थिएँ। मैले परमेश्वरका अभिप्रायहरूलाई पटक्कै ख्याल गरेकी थिइनँ, न त मण्डलीका हितहरूको नै ख्याल गरेकी थिएँ।
मैले चिन्तन गर्न सुरु गरेँ, “मेरो आफ्नै अभिमान र हैसियतमा थोरै मात्र आँच आउँदा पनि म किन समर्पित हुन सक्दिनँ, र म किन अनायासै परमेश्वरविरुद्ध विद्रोह गर्न पुग्छु?” मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र मेरो समस्याको जड पहिचान गरेँ। परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको वातावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ भन्ने कुराको पर्याप्त प्रमाण हो—र यसैकारण तिनीहरू कुराहरूलाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरू ख्याति र हैसियतको पछ्याइ त्याग्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि, तिनीहरू अझै पनि ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यी दुइटा कुरालाई समान स्तरमा राख्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्वरमाथि विश्वास गर्दा सत्यताको पछ्याइ भनेको ख्याति र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो—प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफूले ख्याति, प्राप्ति वा हैसियत प्राप्त गरेको छैन, कसैले पनि आफूलाई आदरभावले हेर्दैन, उच्च सम्मान गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू उदास हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै सोच्छन्, ‘के यसरी परमेश्वरमाथि विश्वास गरेर म असफल भएको हुँ? के मेरो लागि कुनै आशा छैन?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा तिनीहरूको गुणगान गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्। किन तिनीहरू सधैँ यस्ता कुराहरूलाई महत्त्व दिइरहन्छन् त? परमेश्वरका वचनहरू पढेपछि, प्रवचनहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा खुट्ट्याउन सक्षम छैनन् त? के परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्ने हुनाले समस्या तिनीहरूमै हुन्छ, फलस्वरूप तिनीहरू सत्यता ग्रहण गर्न सक्दै नसक्ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूको खुलासाले मभित्र लाज र ग्लानि भरिदियो। मैले प्रकट गरिरहेको स्वभाव त ख्रीष्टविरोधीको जस्तै पो रहेछ—मैले पनि प्रतिष्ठा र हैसियतलाई मेरै जीवन जसरी लिइरहेकी रहेछु। म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “सानो पोखरीको ठूलै माछा हुनु बेस” जस्ता शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ। मलाई परिस्थिति जस्तोसुकै भए पनि, आफू वरपरका मानिसहरूको प्रशंसा र अनुमोदन प्राप्त गरेर मात्रै मैले प्रतिष्ठा र मर्यादाको जीवन जिउन सक्छु भन्ने लाग्थ्यो। तर हरप्रकारले अरूभन्दा हीन हुनु—त्यो त एउटा निसास्सिने र दयनीय जीवन जिउनु हुनेथियो। म संसारमा हुँदा, म सधैँ आफूभन्दा तलका मानिसहरूसँग सङ्गत गर्न रुचाउँथेँ, यसले मलाई उनीहरूमाझ विशिष्ट देखिने अवसर दिन्छ भन्ठान्थेँ। म आफूभन्दा अब्बल मानिसहरूसँग सङ्गत गर्न अनिच्छुक हुन्थेँ, किनभने उनीहरूको सामु म हीन हुनेछु र आफूलाई विशिष्ट देखाउन असमर्थ हुनेछु भन्ने लाग्थ्यो। परमेश्वरमा विश्वास गर्न थालेपछि पनि, मैले यही दृष्टिकोण राखिरहेँ, अरूको प्रशंसा पाउनुलाई नै आफ्नो पछ्याइको लक्ष्य र आफ्नो जीवनको मूल्य बनाएँ, अनि समय वा स्थान जस्तोसुकै भए पनि, मैले आफ्नो इज्जत र हैसियतका बारेमा मात्र सोचेँ। शुद्धाशुद्धि जाँच टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्दाको बेला, मसँग सहकार्य गरिरहेका सिस्टरहरू हरेक कुरामा मभन्दा अब्बल रहेका र उनीहरूसँग मेरो तुलना हुन नसक्ने देखेपछि, मलाई निसास्सिएको र दयनीय महसुस भयो, र म पीडामा डुबेँ। म यतिसम्म नकारात्मक थिएँ कि मैले आफ्नो कर्तव्य निर्वाहमा हृदय नै लगाउन सकिनँ। मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न फर्केपछि, मैले आफ्ना समस्याहरूबारे चिन्तन नगरेकी मात्र होइन, मैले प्रतिष्ठा र हैसियतलाई समेत पछ्याइरहेँ। आफू अरूभन्दा अब्बल छु भन्ने देख्दा र मेरो अभिमान र हैसियतको चाहना पूरा हुँदा, म खुसी भएँ र त्यो भावनाको एकदमै आनन्द लिएँ। यो बढुवा पाउँदा, मैले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ अनि यसलाई स्वीकार गरेर समर्पित हुनुपर्छ भन्ने मलाई राम्ररी थाहा थियो, तर इज्जत र हैसियत गुम्ने डरले, म प्रतिरोधले भरिएँ, र निरन्तर यो कर्तव्य इन्कार गर्न चाहिरहेँ। मैले यसलाई अनिच्छापूर्वक स्वीकार गरे पनि, म टोलीको पुछारमा हुनेछु र अरूभन्दा हीन हुनेछु भन्ने सोच्नेबित्तिकै, मेरो प्राण नै गएजस्तो हुन्थ्यो, अनि म दिक्दार र निरुत्साहित हुन्थेँ। मैले यो कर्तव्य स्वीकार गरेकोमा पछुतोसमेत गरेँ र अन्तिम क्षणमा आएर पछि हट्न चाहेँ। सुरुदेखि अन्त्यसम्म, मैले पछ्याएका कुराहरू प्रतिष्ठा र हैसियत मात्र थिए, र अरूले मेरो प्रशंसा गर्दा र मलाई साथ दिँदा म रमाउँथेँ। म एउटा ख्रीष्टविरोधीको बाटोमा हिँडिरहेकी थिएँ। परमेश्वर सर्वोच्च हुनुहुन्छ, तर उहाँ विनम्र र गुप्त हुनुहुन्छ, अरूले प्रशंसा गरून् भनेर उहाँ कहिल्यै देखावटी गर्नुहुन्न। तर म भने, शैतानद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएकी, फोहोरले भरिएकी, र प्रशंसा गर्न लायक केही पनि नभएकी व्यक्ति, अझै पनि सधैँ अरूले मेरो प्रशंसा गरून् भन्ने चाहन्थेँ। म साँच्चै निर्लज्ज थिएँ! मैले प्रतिष्ठा र हैसियतलाई सत्यताभन्दा महत्त्वपूर्ण, र एउटा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा महत्त्वपूर्ण ठानेँ। आफ्नो इज्जत र हैसियत जोगाउनकै लागि, मैले यो कर्तव्य इन्कार गर्नसमेत चाहेँ; ममा साँच्चै मानवता नै रहेनछ! मैले पावलले कसरी मानिसहरूले आफ्नो प्रशंसा गरून् र आफूलाई पुजून् भनेर सधैँ प्रतिष्ठा र हैसियत पछ्याए, तर सत्यता पछ्याएनन् वा आफैलाई चिनेनन् भन्ने कुरा सम्झिएँ। तिनको स्वभाव अलिकति पनि परिवर्तन भएन, न त तिनमा परमेश्वरप्रति कुनै साँचो डर वा समर्पणता नै थियो। तिनले त आफ्ना निम्ति जिउनु नै ख्रीष्ट हो भनी गवाहीसमेत दिए। तिनको ठूलो प्रतिष्ठा भए पनि र तिनले मानिसहरूको प्रशंसा र पूजनीयता पाए पनि, तिनले जे गरे त्यसले परमेश्वरको स्वभावलाई चिढ्यायो, र तिनी कट्टर ख्रीष्टविरोधी थिए, र अन्ततः परमेश्वरद्वारा हटाइए र दण्डित भए। यदि मैले पश्चात्ताप गरिनँ भने, मेरो परिणाम पनि पावलकै जस्तो हटाइने र दण्डित हुने मात्रै हुनेथ्यो। यो महसुस गरेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो हृदयमा, मैले प्रतिष्ठा र हैसियतका खातिर आफ्नो कर्तव्य इन्कार गरेँ, र ममा तपाईँप्रति साँचो समर्पणता नै छैन। म साँच्चै तपाईँसामु जिउन अयोग्य छु। म उप्रान्त शैतानका विषहरूअनुसार जिउन चाहन्नँ; म आफैविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गरेर तपाईँलाई सन्तुष्ट पार्न चाहन्छु। कृपया मलाई अगुवाइ गर्नुहोस्।”
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ र परमेश्वरका अभिप्रायहरूसँग मिल्ने गरी मैले कसरी अभ्यास गर्नुपर्छ भनी सिकेँ। परमेश्वर भन्नुहुन्छ: “तिमीहरूमध्ये कोही पनि अहिले परमेश्वरको घरमा संयोगले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छैनौ—तिमीहरूमध्ये जोसुकै जुनसुकै पृष्ठभूमिबाट आफ्नो कर्तव्य निर्वाह गर्न आएको भए पनि, त्यो संयोगले भएको थिएन। परमेश्वरको घरमा कर्तव्य निर्वाह गर्ने कुनै पनि मानिसलाई कुनै व्यक्तिले जथाभावी छानेको थिएन; कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो युगहरूभन्दा अघि नै परमेश्वरद्वारा पूर्वनियोजित गरिएको थियो। … तेरो उचाइ, तेरो रूपरङ्ग, तेरा आँखा कस्ता देखिन्छन्, तेरो आकृति, तेरो स्वास्थ्य अवस्था, तेरा जीवन अनुभवहरू के-कस्ता छन् र तँ निश्चित उमेरमा कुन कर्तव्यहरू लिन सक्छस्, र तेरो गुणस्तर र क्षमता कस्तो छ—परमेश्वरले तेरो निम्ति यी कुराहरू धेरै अघि पूर्वनिर्धारित गर्नुभएको थियो, र ती निश्चय नै अहिले प्रबन्ध गरिएका होइनन्। परमेश्वरले धेरै अघि तेरो निम्ति यी कुराहरू पूर्वनिर्धारित गर्नुभएको छ, भन्नुको मतलब, यदि उहाँले तँलाई प्रयोग गर्ने मनसाय बनाउनुभयो भने, उहाँले तँलाई यो आज्ञा र यो मिसन दिनुअघि नै तँलाई तयार गरिसक्नुभएको हुनेछ। त्यसैले, के तँ त्यसबाट भाग्नु स्वीकार्य हुन्छ त? के तँ त्यसबारे अर्धमनको हुनु स्वीकार्य हुन्छ त? ती दुवै स्वीकार्य हुँदैनन्; त्यसो गर्नु परमेश्वरलाई निराश तुल्याउनु हो! मानिसहरूले आफ्नो कर्तव्य त्याग्नु भनेको सबैभन्दा घटिया खालको विद्रोह हो। त्यो जघन्य कार्य हो। परमेश्वरले विचारशील र गम्भीर भएर मिहिनेत गर्नुभयो, अनादिकालदेखि नै तँलाई आजसम्म ल्याउन र यो मिसन दिन पूर्वनिर्धारित गर्नुभयो। त्यसोभए के यो मिसन तेरो जिम्मेवारी होइन त? के तेरो यो जीवनलाई मूल्य दिने कुरा यही होइन र? … तैँले आफ्नो कर्तव्य निर्वाह गरिसकेपछि मात्रै परमेश्वरको आज्ञा पूरा गरेको हुन्छस्, तँ आफ्नो पूरै जीवन आफ्नो मिसन र परमेश्वरले तँलाई दिनुभएको आज्ञाका निम्ति जिउँछस्, तँसँग सुन्दर गवाही हुन्छ, र तँ मूल्यवान् जीवन जिउँछस्—तब मात्र तँ वास्तविक व्यक्ति बन्छस्! अनि म किन तँलाई वास्तविक व्यक्ति भन्छु? किनभने परमेश्वरले तँलाई चुन्नुभएको छ र उहाँको व्यवस्थापनअन्तर्गत तँलाई सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निभाउने तुल्याउनुभएको छ। यो तेरो जीवनको सबैभन्दा ठूलो मूल्य र अर्थ हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरू पढ्दा मेरो हृदय न्यानो भयो; मैले उज्यालो अनुभूति गरेँ र मैले अघि बढ्ने मार्ग पाएँ। मेरो क्षमता कस्तो छ, मसँग कस्ता अनुभवहरू छन्, र मैले कुन समयमा कस्तो कर्तव्य निर्वाह गर्छु—यी सबै कुरा परमेश्वरद्वारा धेरै पहिल्यै पूर्वनियोजित भएका छन्। आज, मलाई आफूभन्दा राम्रो क्षमता भएका ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्दै आफ्नो कर्तव्य निर्वाह गर्न बढुवा गरिएको छ। यो कुनै व्यक्तिको बन्दोबस्त थिएन, न त कसैले मेरो इज्जत जाओस् भनेर जानाजानी मेरा लागि कामकुरालाई कठिन बनाइरहेको नै थियो। यो सबै परमेश्वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूमा पर्दथे, र एउटा सृजित प्राणीका रूपमा, मैले विनासर्त समर्पित हुनुपर्थ्यो, आफ्नो इज्जत र हैसियतलाई त्यागेर अनि मण्डलीका हितहरूलाई पहिलो स्थानमा राख्नुपर्थ्यो। खुला र इमानदार ढङ्गले जीवन जिउने एकमात्र मार्ग यही नै हो। परमेश्वरका अभिप्राय र मागहरू बुझेपछि, मेरो हृदयले शान्ति महसुस गर्यो। मैले विगतका केही वर्षदेखि आफूले कसरी लेखन-पठनको कर्तव्य गर्दै आएकी थिएँ र केही सिद्धान्त बुझेकी थिएँ भन्ने कुरा फर्केर सोचेँ। अहिले, सुपरिवेक्षकले सिद्धान्तहरूअनुसार नै मलाई यो कर्तव्य निर्वाह गर्ने बन्दोबस्त गरिदिनुभयो। मैले आफ्नै अभिमान र हितहरू त्याग्नुपर्ने, यो कर्तव्य स्वीकार गर्नुपर्ने, र यो काम गर्न सक्दो प्रयास लगाउनुपर्ने थियो। यदि मेरो मेहनतका बाबजुद पनि म टोलीमा सबैभन्दा कमजोर नै रहेँ भने, वा केही समयपछि यो कर्तव्यका लागि उपयुक्त नभएका कारण मलाई फेरि बर्खास्त गरियो भने पनि, म त्यसलाई स्वीकार गरी समर्पित हुनेथिएँ, उप्रान्त आफ्नो अभिमानद्वारा बाँधिएर नियन्त्रित हुनेथिइनँ।
आफैमाथि चिन्तन गर्दा, मैले एउटा गलत दृष्टिकोण पालिरहेकी रहेछु भन्ने महसुस गरेँ। म सधैँ मेरो क्षमता कमजोर भएकाले म निश्चय नै आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दिनँ भनेर सोच्थेँ, जुन कुरा सत्यतासँग मेल खाँदैन। मैले परमेश्वरका वचनहरू पढेँ: “त्यसैले यस्तो विचार गर्नुपर्छ: के सत्यताको बुझाइ र प्राप्ति मानिसहरूको रूप, क्षमता, शिक्षाको स्तर, तिनीहरूको जन्मको पृष्ठभूमि, उमेर, पारिवारिक वातावरण, प्रतिभा, वा तिनीहरूले निपुणता हासिल गरेको व्यावसायिक सीपसँग सम्बन्धित छ? तिमीहरू भन्न सक्छौ कि ती आधारभूत रूपमा असम्बन्धित छन्। कतिपय मानिसहरू कमजोर क्षमताका हुन्छन्, तर तिनीहरू धेरै भरपर्दा हुन्छन्। तिनीहरू बेइमान र छली नभई, आफूसँग भएजति सबै ऊर्जा प्रयोग गर्छन्, र तिनीहरू लगनशील हुन्छन् र आफूले गरेका कुराहरूको जिम्मेवारी लिन्छन्। यदि तिनीहरूले गल्ती गरे भने, तिनीहरू सत्यता स्वीकार गर्न र सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम हुन्छन्; जब तिनीहरू कठिनाइमा पर्छन्, तिनीहरू सत्यता खोज्न सक्षम हुन्छन्। तिनीहरूको कर्तव्य गराइको नतिजा झन्झन् राम्रो हुँदै जान्छ, र प्रतिभाशाली मानिसहरूले तिनीहरूलाई तुच्छ माने पनि, परमेश्वरले यस्तो व्यक्तिलाई मन पराउनुहुन्छ। जब परमेश्वरले मानिसहरूलाई अनुग्रह दिनुहुन्छ र जब तिनीहरूलाई सत्यता बुझ्ने तुल्याउनुहुन्छ, तब उहाँले तिनीहरूको रूप, तिनीहरूको शिक्षाको स्तर, तिनीहरूको क्षमताको गुणस्तर, वा तिनीहरूको वाक्पटुता हेर्नुहुन्न—परमेश्वरले यी कुनै पनि कुरा हेर्नुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। “परमेश्वरमा विश्वास गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? कसैको क्षमता धेरै छ कि थोरै, उसमा आत्मिक बुझाइ छ कि छैन, वा उसले कस्तो खालको काँटछाँट सामना गर्छ—यी मध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैनन्। अहिले महत्त्वपूर्ण कुरा के हो? तिमीहरू सत्यता वास्तविकताहरूमा कसरी प्रवेश गर्छौ, त्यो महत्त्वपूर्ण कुरा हो। त्यसो गर्नको लागि, व्यक्तिमा हुनुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तिनीहरूमा निष्कपट हृदय हुनैपर्छ। निष्कपट हुनु भनेको के हो? यसको अर्थ केही कुरा आइलाग्दा चिप्ले नहुनु, आफ्नो स्वार्थको ख्याल नगर्नु, अरूविरुद्ध षड्यन्त्र नगर्नु, र परमेश्वरसित छल्ने खेल नखेल्नु हो। यदि तँ परमेश्वरलाई धोका दिन सक्छस् र तँमा उहाँप्रति निष्कपटता छैन भने, तँ पूर्ण रूपमा सक्किन्छस् र तँलाई परमेश्वरले मुक्ति दिनुहुनेछैन, तब सत्यता बुझेको के मतलब भयो र? … तेरो क्षमता जति नै राम्रो देखिए पनि, तँ जति नै बाठो, बोल्न सिपालु वा क्षमतावान् भए पनि, वा समस्याहरू सम्हाल्न तँ जति नै राम्रो भए पनि, त्यो कुनै कामको हुँदैन र यो मुख्य कुरो होइन। त्यसोभए मुख्य कुरा के हो त? मुख्य कुरा, व्यक्तिको हृदयले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने हो। त्यो तिनीहरू के भन्छन्, त्यो सुन्नु होइन, बरु तिनीहरू कस्तो व्यवहार गर्छन्, त्यो हेर्नु हो। तैँले परमेश्वरसामु के भन्छस् वा के प्रतिज्ञा गर्छस्, परमेश्वर त्यो हेर्नुहुन्न। उहाँ त तैँले गर्ने कार्यमा सत्यता वास्तविकता छ कि छैन भनेर हेर्नुहुन्छ। परमेश्वर तेरा शब्दहरू कति उच्च, गहन, वा भव्य छन् भनी हेर्नुहुन्न। तैँले कुनै सानो काम गरे पनि, यदि परमेश्वरले तेरो हरेक कदममा तेरो निष्कपटता देख्नुभयो भने, उहाँले भन्नुहुनेछ, ‘यो व्यक्ति ममा निष्कपट रूपमा विश्वास गर्छ। उसले कहिल्यै ठूला-ठूला दाबीहरू गरेको छैन। ऊ आफ्नो उचित स्थानमा रहन्छ। उसले परमेश्वरको घरमा ठूलो योगदान नगरेको र ऊ कमजोर क्षमताको भए पनि, ऊ आफूले गर्ने हरेक कुरामा धेरै भरपर्दो हुन्छ र उसमा निष्कपटता हुन्छ।’ यो ‘निष्कपटता’ मा के समावेश हुन्छ? यसमा परमेश्वरप्रतिको डर र समर्पणता, साथै साँचो आस्था र प्रेम समावेश हुन्छ—यसभित्र परमेश्वरले देख्न चाहने सबै कुरा हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, तपाईँले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नुहुन्छ कि हुन्न भन्ने कुरामा क्षमता सबैभन्दा महत्त्वपूर्ण कारक होइन। विगतमा मेरो सम्पर्कमा रहेका कयौँ ब्रदर-सिस्टरसँग निकै राम्रो क्षमता थियो। सिद्धान्तहरू पढ्दा, उनीहरूले मुख्य बुँदाहरू बुझ्ने मात्र होइन, त्यसबाट निष्कर्षसमेत निकाल्न सक्थे, र धेरै मानिस उनीहरूको ईर्ष्या र प्रशंसा गर्थे। तर उनीहरूको स्वभाव विशेष गरी अहङ्कारी थियो, र उनीहरू सत्यतालाई अलिकति पनि स्वीकार गरेनन्। जब उनीहरूले काँटछाँट भोगे, उनीहरू नकारात्मक भए र प्रतिरोध गरे अनि दम्भ देखाउँदै आफ्नो कर्तव्यसमेत छोडे, र अन्ततः उनीहरूलाई पदमुक्त गरियो र हटाइयो। कतिपय मानिसहरूसँग प्रतिभा थियो, उनीहरू वाक्पटु थिए, र आफ्नो काममा निकै दक्ष थिए, तर उनीहरू प्रतिष्ठा र हैसियत पछ्याउनमै लागिरहे, आफूसँग असहमत हुनेहरूलाई दबाए र पाखा लगाए अनि हरप्रकारका दुष्टता गरे। अन्ततः उनीहरू निष्कासित गरिए। अर्कोतर्फ, कतिपय ब्रदर-सिस्टरहरूको क्षमता औसत भए पनि, उनीहरूले साँचो हृदयले आफ्नो कर्तव्य निर्वाह गरे, र साँच्चिकै मूल्य चुकाउन र मेहनत गर्न सके। उनीहरूले हरेक काम इमानदार भएर राम्ररी गरे, र आफ्ना विचलनहरूको सार निकालेर तिनलाई तुरुन्तै सुधार्न सक्षम भए, त्यसैले उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नमा झन्-झन् राम्रो हुँदै गए। फर्केर सोच्दा, मलाई पहिले बर्खास्त गरिनुको कारण मेरो क्षमता स्तरअनुरूप नभएर मात्रै होइन रहेछ, मैले आफ्नो उचित मामिलाहरूमा ध्यान नदिएकीले, प्रतिष्ठा र हैसियतलाई मात्र पछ्याएकीले रहेछ। मलाई बर्खास्त गरिनुको एकमात्र कारण मलाई काँटछाँट गरिँदा मैले त्यसलाई स्वीकार नगर्नु र कामकुरामा सुधार नगर्नु नै थियो। वास्तवमा, मेरो क्षमता औसत भए पनि, परमेश्वरले ममाथि अन्याय गर्नुभएको छैन, र जब मैले आफ्ना अभिप्रायहरूलाई सुधारेँ, आफ्नो कर्तव्यमा हृदय लगाएँ, र मूल्य चुकाएँ, तब मैले परमेश्वरको मार्गदर्शन महसुस गर्न र केही सिद्धान्त बुझ्न पाएँ—त्यसैले म पूर्ण रूपमा अयोग्य नै थिएँ भन्ने त होइन रहेछ। मैले फेरि यो टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्न बढुवाको मौका पाउनु परमेश्वरको अनुग्रह थियो, र परमेश्वरको प्रेमको प्रतिदान गर्न मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने प्रयास गर्नुपर्थ्यो। मैले परमेश्वरका थप वचनहरू सम्झिएँ: “कार्यहरू फरक छन्, तर एउटा मात्र शरीर छ। तिमीहरूमध्ये प्रत्येकले आ-आफ्नै कार्य निर्वाह गर्नुपर्छ, आफ्नै स्थानमा रहनुपर्छ, र आफूले सक्दो गर्नुपर्छ, आफूसँग भएको न्यानोपनको अनुपातमा ज्योति दिनुपर्छ, र जीवनमा परिपक्वता पछ्याउनुपर्छ। यसो गरेमा म सन्तुष्ट हुनेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २१)। परमेश्वरका वचनहरूले मेरो हृदयलाई अझ बढी उज्यालो बनाए। परमेश्वरले हरेक व्यक्तिलाई दिनुहुने क्षमता र सबल पक्षहरू फरक-फरक हुन्छन्, र सबैसँग सबल पक्ष र कमजोरीहरू हुन्छन्। यदि तपाईँले सत्यतालाई पछ्याउँदै र जीवन प्रवेशमा केन्द्रित हुँदै आफ्नो स्थान फेला पार्न र आफ्नो कार्य राम्रोसँग निर्वाह गर्न सक्नुहुन्छ भने, परमेश्वर यसैमा सन्तुष्ट हुनुहुन्छ। मेरो क्षमता औसत भए पनि, म ब्रदर-सिस्टरहरूसँग मिलिजुली सहकार्य गर्न, उनीहरूका सबल पक्षहरूद्वारा आफ्ना कमीहरूको परिपूर्ति गर्न र आफूले सकेको सबै गर्न; आत्मचिन्तन गर्ने र आफ्नो कर्तव्यमा सत्यता पछ्याउने कुरामा केन्द्रित हुन; परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा स्वेच्छाले समर्पित हुन, अनि आफ्ना वास्तविक अनुभवहरू प्रयोग गरेर परमेश्वरको गवाही दिनका लागि तत्पर छु। यसरी सोच्दा, मेरो हृदयले निकै चैनको अनुभूति गर्यो, र म शान्त भावका साथ आफ्नो कर्तव्यको सामना गर्न सक्षम भएँ।
टोलीमा सामेल भएपछि, मैले टोली अगुवा, सियाओ रानलाई तेजिलो दिमाग भएको, छिटो प्रतिक्रिया दिनसक्ने, र आफ्नो काममा पनि निकै दक्ष रहेको देखेँ; अर्की सिस्टर वाङ लीको स्वास्थ्य कमजोर भए पनि क्षमता राम्रो र कार्य सामर्थ्य बलियो थियो। बिरामी भए पनि, उनले टोली अगुवा र मैले सँगै मिलेर गर्नेभन्दा पनि बढी काम गर्थिन्। म उनको स्तरमा कहिल्यै पुग्न सक्दिनँ जस्तो मलाई लाग्यो, र मैले असीमित ईर्ष्याको अनुभूति गरेँ। जब सुपरिवेक्षकले हामीसँग सिद्धान्तहरूबारे सङ्गति गर्नुभयो र कामका बारेमा कुराकानी गर्नुभयो, मैले आफ्नो प्रतिक्रिया अरूको भन्दा ढिलो रहेको स्पष्ट महसुस गरेँ। हामीले लेखहरू सँगै हेर्दाखेरि, सियाओ रानले प्रायः मैले भन्दा अगाडि नै समस्याहरू पत्ता लगाउँथिन्; मलाई सधैँ म अरू सबैभन्दा एक स्तर तल छु जस्तो लाग्थ्यो। सियाओ रान हरेक दिन आफ्नो काम सजिलै सिध्याउने मात्र होइन, मेरो जिम्मेवारीभित्र पर्ने पत्रहरू व्यवस्थित गर्नसमेत मद्दत गर्थिन्। यसको विपरीत, म सधैँ अलमलिएकी हुन्थेँ, आफ्नै जिम्मेवारीभित्रका काम सिध्याउन र पत्रहरू सम्हाल्नसमेत असमर्थ हुन्थेँ। सुरुमा कहाँबाट काम थाल्ने भनेर थाहा नहुनु र अलमलमा पर्नु सामान्य हो, र बानी परेपछि सबै कुरा ठीक हुनेछ भन्दै सुपरिवेक्षकले मलाई सान्त्वना र हौसला दिनुहुन्थ्यो। तर म मनमनै सोच्थेँ, “मसँग सहकार्य गरिरहेका दुई सिस्टरको क्षमता राम्रो छ र उनीहरू निकै दक्ष छन्, जबकि म उनीहरूसँग सार मिलाउनै सक्दिनँ। मैले जति नै मेहनत गरे पनि, म उनीहरूभन्दा अघि पुग्न सक्नेछैनँ। यो कुरा स्पष्ट छ—म पक्कै पनि फेरि टोलीको पुछारमै हुनेछु।” भविष्यमा हरेक दिन सधैँ मूर्खको ट्याग लगाएर जिउनुपर्ने कुरा सोच्दा, मेरो हृदय अलिक व्याकुल भयो, र मैले दमित र चिडचिडापन महसुस गरेँ। यस घडीमा, मलाई आफू फेरि अभिमान र हैसियतमा जिइरहेकी छु भन्ने महसुस भयो। त्यसपछि मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो भ्रष्टता धेरै गहिरो छ, र म प्रतिष्ठा र हैसियतद्वारा असाध्यै नराम्ररी बाँधिएकी छु। मलाई तपाईँको मुक्तिको खाँचो छ। कृपया मलाई आफैविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न अगुवाइ गर्नुहोस्।” प्रार्थनापछि, मैले परमेश्वरका वचनहरू पढेँ: “तँसँग परमेश्वरप्रति समर्पित हुने र सत्यता पछ्याउने मानसिकता हुनैपर्छ अनि परमेश्वरप्रति सक्रिय रूपमा समर्पित हुने इच्छुकता हुनैपर्छ र तैँले उहाँको विरोध गर्नै हुँदैन। परमेश्वर अरूलाई आशिष् दिनुहुन्छ तर तँलाई आशिष् दिनुहुन्न भने पनि वा परमेश्वर स्पष्ट रूपमा अरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ तर तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्न भने पनि वा उहाँ अरूलाई बढुवा गर्नुहुन्छ तर तँलाई बढुवा गर्नुहुन्न भने पनि, तँ क्रोधित वा ईर्ष्यालु हुनु हुँदैन। यो किन हो? परमेश्वरले यसरी कार्य गर्नुको उद्देश्य र महत्त्व हुन्छ र उहाँसँग आफूले चाहेअनुसार कार्य गर्ने स्वतन्त्रता छ। तैँले आफू सृजित प्राणी हुँ भनेर कहिल्यै बिर्सनै हुँदैन र तैँले परमेश्वरसँग अनुचित मागहरू गर्नु मिल्दैन। यदि परमेश्वर अरूलाई प्रयोग गर्नुहुन्छ र तँलाई प्रयोग गर्नुहुन्न अनि तँलाई अगुवा बन्न दिनुहुन्न भने, तँ अनुयायी मात्र बन्नुपर्छ; तेरा लागि परमेश्वरप्रति समर्पित मात्र हुनु सही कुरा हो। तैँले आफ्नो क्षमता कम पर्ने हुनाले मण्डलीको कामको जिम्मा लिन नसकेको हुन सक्छ वा तँमा यो कद नै नभएको हुन सक्छ। यदि तँलाई कामको जिम्मा लिन भनिएको भए र परमेश्वरले तँलाई अरूलाई भन्दा बढी अन्तर्दृष्टि दिनुभएको भए, त्यसले तेरो अहङ्कारी स्वभावलाई बढावा दिने सम्भावना हुन्थ्यो। त्यसकारण, परमेश्वरले तँलाई अन्तर्दृष्टि नदिनुभएको वा तँलाई अगुवा बन्न नदिनुभएको तथ्य तेरा लागि सुरक्षाको एउटा रूप हो; तैँले परमेश्वरका श्रमसाध्य अभिप्रायहरू बुझ्नैपर्छ। परमेश्वर तँप्रति बिलकुलै कुनै गुप्त मनसायहरू पाल्नुहुन्न; बरु, उहाँसँग श्रमसाध्य अभिप्रायहरू हुन्छन्। तँमा परमेश्वरप्रति समर्पण हुनैपर्छ; तैँले नबुझे पनि, तँ समर्पित हुनुपर्छ र तँ अन्त्यसम्मै समर्पित हुनुपर्छ। … परमेश्वरसँग उहाँ कसरी कार्य गर्नुहुन्छ भन्ने कुरामा स्वतन्त्रता छ, तर कतिपय मानिसमा समझ हुँदैन र तिनीहरू सधैँ परमेश्वरसँग मागहरू गर्छन्। तिनीहरू भन्छन्, ‘परमेश्वर धर्मी हुनुहुन्न। उहाँ किन त्यस व्यक्तिलाई उत्कृष्ट हुन र अरूको नजरमा देखिन दिनुहुन्छ? उहाँ किन तिनीहरूलाई प्रयोग गर्नुहुन्छ र मलाई गर्नुहुन्न?’ यदि तँलाई प्रयोग गरिएको भए, के तँ काम राम्ररी गर्न सक्थिस्? तँ सधैँ उत्कृष्ट हुन र अरूको नजरमा देखिन अनि देखावटी गर्न चाहन्छस्; यदि तँलाई प्रयोग गरिएको भए, त्यसले तेरा भ्रष्ट स्वभावहरूलाई बलियो बनाउने काम मात्र गर्नेथ्यो। कसैलाई प्रयोग गर्ने कि नगर्ने भनी परमेश्वरको घरले गर्ने छनौट सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ। तैँले आफूलाई यस परिस्थितिमा पाउँदा, तँ समर्पित हुनैपर्छ र तैँले सत्यता खोज्नैपर्छ। यदि तैँले सत्यता खोजेर, आत्मचिन्तन गरेर अनि आफूलाई चिरफार गरेर हैसियत र प्रतिष्ठाप्रतिका लागि आफ्नो चाहना र महत्त्वाकाङ्क्षा अझै पनि एकदमै प्रबल छ भन्ने देखिस् भने, परमेश्वरले अरूलाई प्रयोग गर्नु र तँलाई प्रयोग नगर्नु पूर्ण रूपमा उचित छ र यो पनि तेरा लागि सुरक्षाको एउटा रूप हो भन्ने कुरा तैँले बुझ्नुपर्छ। यो तेरा धारणाहरूअनुरूप भए पनि वा नभए पनि र तैँले यो स्विकार्न सके पनि वा नसके पनि, छोटकरीमा भन्दा, तैँले एक सृजित प्राणीको दृष्टिकोण र स्थान अपनाउनुपर्छ अनि समर्पणको मनोवृत्ति वा कम्तीमा पनि समर्पित हुने इच्छुकता राख्नुपर्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३२))। परमेश्वरका वचनहरूले मेरो हृदयलाई तत्कालै उज्यालो बनाइदिए, र मैले परमेश्वरका श्रमसाध्य अभिप्रायहरू पनि बुझेँ। प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना धेरै बलियो भएकाले, मण्डलीमा लेखहरू छनोट गर्ने सम्बन्धमा जब ब्रदर-सिस्टरहरू प्रश्न सोध्न मकहाँ आउँथे, तब म अरूबाट प्रशंसित भएको त्यो भावनामा एकदमै रमाउने गर्दथेँ। यसले गर्दा मेरो अहङ्कारी स्वभाव झन्-झन् बढ्दै गयो, र म आत्मसन्तुष्ट भएँ अनि प्रगति गर्ने कुनै प्रयास नै गरिनँ। अहिले, मभन्दा अब्बल मानिसहरूको सामना गर्दा, म अन्ततः आफ्नो साँचो कद स्पष्ट रूपमा देख्न र आफ्ना कमीहरू पहिचान गर्न सक्षम भएकी छु। यसले मलाई सत्यता सिद्धान्तहरूले अझ बढी सुसज्जित हुन र आफ्नो कर्तव्य निर्वाहमा प्रगति गर्न प्रेरित गर्न सक्छ। यो मेरा लागि सत्यता खोज्ने र मेरो जीवनको वृद्धि हुने राम्रो अवसर पनि हो। यदि मैले यो बढुवाको अनुभव नगरेकी भए, म अझै पनि आफ्नै प्रशंसा गरिरहेकी हुनेथिएँ, निर्लज्जतापूर्वक अरूको प्रशंसामा रमाइरहेकी हुनेथिएँ। परमेश्वरले जे गर्नुभएको छ त्यो मेरो लागि धेरै लाभदायक छ र यसले मलाई सुरक्षा दिइरहेको छ; म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन, सत्यता पछ्याउनमा केन्द्रित हुन, सिद्धान्तहरूमा बढी मेहनत लगाउन, अरूका सबल पक्षहरूद्वारा आफ्ना कमीहरू परिपूर्ति गर्न, र जतिसक्दो चाँडो आफ्नो कर्तव्यको अभिभारा लिन तत्पर छु।
पछि, मैले बुझाएका सबै लेखमा सियाओ रानले केही विचलन औँल्याउन, र मैले आफूले भोगेका कठिनाइहरूबारे सोध्दाखेरि, सधैँ सजिलै उत्तर दिन सक्थिन्। यस्ता कुराहरू हुँदाखेरि, आफू अझै पनि अपूर्ण छु भन्ने महसुस हुन्थ्यो, र मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दा अरूले मेरो ईर्ष्या गर्ने र प्रशंसा गर्ने ती दिनहरूको सम्झनासमेत आउँथ्यो। तर, परमेश्वरले जे बन्दोबस्त गर्नुहुन्छ त्यो नै उत्तम हुन्छ भन्ने जानेर, मैले देहविरुद्ध विद्रोह गर्न र इज्जतको बन्धनमा नपर्नका लागि सचेत भई प्रार्थना गर्न सकेँ। मेरो बुझ्ने क्षमता कमजोर छ, र अरूको सङ्गतिबाट सिद्धान्तहरू बुझ्न र केही कुरा प्राप्त गर्न सक्नु परमेश्वरकै अनुग्रह हो। ममाथि आइपरेका यी कुराहरूले मेरा धेरै कमी र कमजोरी प्रकट गरे पनि, मैले परिस्थितिहरूको सामना गर्दा परमेश्वरलाई अझ बढी प्रार्थना गर्न, अभिमान त्याग्न, र ब्रदर-सिस्टरहरूसँग अझ बढी सल्लाह माग्न सिकेँ। सबैको मद्दतमार्फत, मैले विभिन्न पक्षमा सत्यता सिद्धान्तहरूको अझ स्पष्ट बुझाइ प्राप्त गरेँ, र आफ्नो कर्तव्य निर्वाह र जीवन प्रवेश दुवै कुरामा पहिलेको तुलनामा केही प्रगति गरेकी छु। म हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिन्छु!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...
एमिलिया, इटाली विगत केही वर्षदेखि, म अनुभवात्मक गवाही भिडियोहरू खिच्ने कलाकारका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी छु। पछि, म जस्तै...
मिबु, स्पेन“आफ्नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...
एलेना, अमेरिकासन् २०२० को नोभेम्बरमा, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने अभ्यास गर्न थालेँ। त्यसको लगत्तै, अगुवाले मलाई समूहका भेलाहरू...