म अब केही कर्तव्यलाई उच्च र केहीलाई निम्न ठान्दिनँ

4 अगस्ट 2026

सेलेना, मलेसिया

म मलेसियाली चिनियाँ हुँ, र म एउटा साधारण परिवारमा हुर्किएँ। मेरा आमाबुबाले आफ्नो गाँस काटेर मलाई स्कुल पढाउनुभयो। उहाँहरूले मलाई “गरिब हुँदा केही छैन, तर तिमीसँग मर्यादा हुनैपर्छ र अरूले तिमीलाई हेप्ने मौका दिनुहुँदैन भन्ने कुरा सिकाउनुभयो।” यी कुराबाट प्रभावित भएर, मैले मेहनत गरेर पढेँ र हरेक किसिमका कार्यक्रममा सक्रियतापूर्वक सहभागी भएँ, शिक्षक र सहपाठीहरूको नजरमा एउटी उदाहरणीय विद्यार्थी बनेँ। कलेज सकेपछि, मैले एउटा पत्रिकामा सहायक सम्पादक भएर काम गरेँ। केही वर्षको मेहनतपछि म सुपरिवेक्षकको पदमा बढुवा भएँ, जसले प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना पूरा गर्‍यो। परमेश्‍वरलाई पाएपछि म एकदमै सक्रिय भएँ, र छिट्टै नै मण्डली अगुवा चुनिएँ। त्यसपछि, सन् २०२३ डिसेम्बरमा, मैले वास्तविक काम गर्नुको सट्टा प्रतिष्ठा र हैसियत पछ्याएको, अहङ्कारी स्वभावका कारण अरूसँग सहकार्य गर्नै नसकेको, र अगुवाले मसँग सङ्गति गरेपछि पनि आत्मचिन्तन नगरेको भनेर मलाई बर्खास्त गरियो। म मलय भाषा बोल्ने भएकाले, अगुवाहरूले मलाई अनुवादको कर्तव्यमा खटाए। मैले पहिले सहकार्य गर्ने गरेका ब्रदर-सिस्टरहरू भेट्दा मलाई हीनताबोध हुन्थ्यो। उनीहरू सबै अगुवा र कामदार थिए, जबकि म चाहिँ एउटी सामान्य अनुवादक मात्र थिएँ। पहिले, सधैँ म नै उनीहरूको कामको अनुगमन गर्थेँ, अनि उनीहरू आफ्ना समस्या र कठिनाइहरू लिएर मकहाँ आउँथे। तर अहिले, अनुवादकका रूपमा, मलाई अरूले जे भन्छन् त्यही दोहोर्‍याउने एउटा मुखपात्र मात्र हुँ जस्तो लाग्थ्यो। मलाई आफू महत्त्वहीन भएको महसुस हुन्थ्यो। मलाई ब्रदर-सिस्टरहरूले हेप्ने त होइनन् सत्यता पछ्याउने व्यक्ति नभएकीले अनुवादको कर्तव्य निर्वाह गरिरहेकी छु भनी सोच्ने त होइनन् भन्ने लाग्थ्यो। कहिलेकाहीँ म सोच्थेँ, “समूहका दुई जना सिस्टर सुसमाचारको कामको सुपरिवेक्षकहरू हुन्, र उनीहरू पनि मलय भाषा बोल्छन्। उनीहरूले नै अनुवाद गर्न सक्थे नि। म जस्तो बर्खास्त भइसकेकी व्यक्तिलाई किन प्रयोग गर्नुपरेको होला? के यो मलाई लज्जित पार्नका लागि मात्र होइन र?” म साँच्चै यो कर्तव्य छोडेर अर्कै कर्तव्य निर्वाह गर्न चाहन्थेँ। सुसमाचार प्रचारको कर्तव्य मात्र पाएको भए पनि त्यो अलि बढी इज्जतदार हुन्थ्यो; कम्तीमा त्यसो हुँदा कसैले मलाई हेप्ने त थिएनन् नि। तर फेरि मैले सुसमाचार फैलाउने यो निकै महत्त्वपूर्ण समय हो, र मलेसियामा अनुवादकहरूको कति खाँचो छ भन्ने कुरा सम्झिएँ। यस्तो बेलामा आफ्नो कर्तव्य अस्वीकार गर्नु भनेको जानाजानी अटेरी गर्नु र परमेश्‍वरविरुद्ध विद्रोह गर्नु हुनेथियो। यदि निश्चित कामहरू समयमै बन्दोबस्त र कार्यान्वयन नगरिए, यसले सुसमाचारको काममा ढिलाइ गराउनेथियो, र त्यो परमेश्‍वरप्रतिको गम्भीर प्रतिरोध हुनेथियो। त्यसैले, मैले सुपरिवेक्षकसँग मेरो कर्तव्य परिवर्तन गरिदिन माग गरिनँ। तर कर्तव्य निर्वाह गरिरहँदा पनि, म आफ्नो हृदयदेखि साँचो रूपमा समर्पित भएकी थिइनँ, र मैले यसमा मेरो हृदय साँच्चिकै लगाएकी थिइनँ। व्यक्त गर्न गाह्रो हुने शब्दहरू भेट्टाउँदा, म त्यसको अर्थ सही रूपमा व्यक्त गर्नका लागि शब्दकोश पल्टाउने झन्झट गर्दिनथेँ। कहिलेकाहीँ, सुपरिवेक्षक भेलाका लागि आउँदा मैले अनुवाद गर्नुपर्ने हुन्थ्यो, तर मेरो हृदय त्यसमा हुँदैनथ्यो, जसले गर्दा गल्तीहरू हुन्थे र कतिपय कुरा छुट्थे। एउटा भेलापछि मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई यस कर्तव्यमा एकदमै निसास्सिएको महसुस हुन्छ। यसलाई कसरी अनुभव गर्ने मलाई थाहा छैन। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न र समर्पित हुन अगुवाइ गर्नुहोस्।”

पछि, परमेश्‍वरका केही वचन पढेपछि, मैले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ भन्ने कुरा बुझ्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा स्विकार्ने र राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्नेबारे बारम्‍बार कुराकानी हुन्छ। त्यसोभए, कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? बृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ। खास रूपमा भन्दा, मानवजातिबीच परमेश्‍वरको व्यवस्थापनको कार्य गरिने क्रममा, विविध प्रकारका काम उत्पन्न हुन्छन्, र ती सबैका लागि मानिसहरूले आफ्नो भागको काम गर्नु र त्यो पूरा गर्नु आवश्यक हुन्छ। यसरी, मानिसहरूका जिम्‍मेवारी र मिसनहरू उत्पन्न हुन्छन्, अनि यी जिम्‍मेवारी र मिसनहरू नै परमेश्‍वरले मानिसहरूलाई प्रदान गर्ने कर्तव्यहरू हुन्। परमेश्‍वरको घरमा मानिसहरूले आफ्नो भूमिका निर्वाह गर्न आवश्यक हुने विभिन्‍न प्रकारका काम नै तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्य हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्‍ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको माग हुन्छ, र जबसम्म त्यो परमेश्‍वरको सुसमाचार फैलाउनका लागि आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ। कर्तव्यको मूल र परिभाषा नै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। “परमेश्‍वरको घरमा, जब तँलाई केही गर्नका लागि प्रबन्ध गरिन्छ, चाहे त्यो कठिन वा थकाइलाग्दो काम होस्, वा तँलाई त्यो गर्न मन परोस् वा नपरोस्, त्यो तेरै कर्तव्य हो। यदि तँ यसलाई परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा र जिम्मेवारीका रूपमा लिन सक्छस्, र त्यो कुरा आफ्नो सम्पूर्ण हृदय र शक्तिले पूरा गर्न सक्छस् भने, तैँले गर्ने काम—तैँले निर्वाह गर्ने कर्तव्य—मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामसँग सान्दर्भिक छ भनेर भन्न सकिन्छ। यदि तँ परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा इमानदारीपूर्वक र निष्कपटतासाथ स्वीकार गर्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? उहाँले तँलाई उहाँको परिवारको सदस्यका रूपमा हेर्नुहुनेछ। त्यो आशिष्‌ हो कि श्राप हो? (आशिष्‌।) यो एउटा ठूलो आशिष्‌ हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मानवजातिलाई मुक्ति दिने परमेश्‍वरले कामले नै हरेक प्रकारको कर्तव्यलाई जन्म दिएको हो। परमेश्‍वरको घरमा, राम्रो र नराम्रो, उच्च र निम्न, वा ठूलो र सानो भन्ने हिसाबले कर्तव्यहरूमा कुनै भेद हुँदैन। कर्तव्यमा फोहोरी वा थकाइलाग्दो काम किन नहोस्, र हामीलाई त्यो मन परोस् या नपरोस्, यदि त्यो परमेश्‍वरबाट आएको हो भने, हामीले त्यसलाई स्विकार्नुपर्छ। परमेश्‍वरको मुक्ति स्विकार्नेहरूका लागि यो एउटा ठूलो आशिष् हो। तर म भने कर्तव्यहरूलाई स्तरीकरण गरिरहेकी थिएँ। म सोच्थेँ, अगुवा र कामदारहरू भनेका हैसियत र पद भएका मानिसहरू हुन् जसलाई ब्रदर-सिस्टरहरूले सम्मान गर्छन्, र यस्तो प्रकारको कर्तव्य निर्वाह गर्नु भनेको प्रतिष्ठित कुरा हो। यसको विपरीत, मलाई अनुवादको कर्तव्य साधारण हो र यसले कुनै पहिचान दिँदैन, अनि यो अरू मानिसहरूका शब्दहरू अनुवाद गर्ने काम मात्र हो र यसले कसैको प्रशंसा पनि दिलाउँदैन भन्ने लाग्थ्यो। यही भ्रामक दृष्टिकोणको कारण, मैले आफ्नो कर्तव्य निर्वाह जारी राखिरहेकी भए पनि, मलाई आफू कसैले नचाहने खुइलिएको कपडा जस्ती भएको महसुस भइरहन्थ्यो। म आफ्नो कर्तव्यमा कुनै उत्प्रेरणा नै जुटाउन सक्दिनथेँ र त्यहाँबाट उम्कन मात्र चाहन्थेँ। मण्डलीको काममा असर पर्छ कि पर्दैन भन्ने कुराको रत्तीभर विचार नगरी, म अरूको प्रशंसा बटुल्न सकिने अर्को कर्तव्यमा लाग्न चाहन्थेँ। मलाई बर्खास्त गरेपछि पनि मण्डलीले मलाई अनुवादको कर्तव्य गर्ने मौका दियो। यो मप्रति परमेश्‍वरको ठूलो कृपा थियो। मैले आफ्नो कर्तव्य कसरी पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने भनेर ध्यानपूर्वक मनन गर्नुपर्थ्यो। तर प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना पूरा नभएकाले, मैले अनुवादको कर्तव्यलाई तिरस्कार गरेँ। मैले केवल एउटा मुखपात्र जस्तो व्यवहार गरेँ, मेरा जिम्मेवारीहरू के-के हुन् भनेर ध्यानपूर्वक मनन गरिनँ, र आफूले गर्न सक्ने कामकुराहरू गर्न पनि तत्पर भइनँ। ममा विवेक वा समझ पटक्कै थिएन! म परमेश्‍वरप्रति कत्ति पनि समर्पित थिइनँ। म कसरी परमेश्‍वरको विश्‍वासी कहलिन सक्थेँ र? यो महसुस गरेपछि, मैले घुँडा टेकेँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, म तपाईँप्रति कत्ति पनि समर्पित छैनँ भन्ने देख्छु। मेरो प्रतिष्ठा र हैसियतको चाहना पूरा नहुँदा, मैले आफ्नो कर्तव्य उचित तरिकाले निर्वाह गरिनँ। म कति विद्रोही छु! म तपाईँतिरै फर्कन चाहन्छु। कृपया मलाई प्रतिष्ठा र हैसियतको सार स्पष्ट रूपमा देख्न मद्दत गर्नुहोस् ताकि म तिनलाई त्याग्न सकूँ।”

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र प्रतिष्ठा र हैसियत पछ्याउनुको सारबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको वातावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ भन्‍ने कुराको पर्याप्त प्रमाण हो—र यसैकारण तिनीहरू कुराहरूलाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरू ख्याति र हैसियतको पछ्याइ त्याग्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि, तिनीहरू अझै पनि ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुइटा कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथि विश्‍वास गर्दा सत्यताको पछ्याइ भनेको ख्याति र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो—प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफूले ख्याति, प्राप्ति वा हैसियत प्राप्त गरेको छैन, कसैले पनि आफूलाई आदरभावले हेर्दैन, उच्च सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू उदास हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै सोच्छन्, ‘के यसरी परमेश्‍वरमाथि विश्‍वास गरेर म असफल भएको हुँ? के मेरो लागि कुनै आशा छैन?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा तिनीहरूको गुणगान गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरले ख्रीष्टविरोधीहरूको सारलाई कति स्पष्ट रूपमा चिरफार गर्नुहुन्छ! ख्रीष्टविरोधीले आफ्नो सम्पूर्ण जीवनभर प्रतिष्ठा र हैसियत पछ्याउँछ। प्रतिष्ठा र हैसियत उनीहरूको हाड र रगतमै मिसिएको हुन्छ; यी कुराहरू नै उनीहरूको जीवन हुन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, उनीहरूले प्रतिष्ठा र हैसियतको पछ्याइलाई कहिल्यै त्याग्दैनन्। उनीहरूले प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वासकै बराबरीमा राख्छन्। परमेश्‍वरमाथि विश्‍वास र आफ्नो कर्तव्य निर्वाहसँगै उनीहरू आफ्नै उद्यममा लागिरहेका हुन्छन्, आफ्नो कर्तव्य निर्वाहमार्फत आफूले चाहेको हैसियत र शक्ति प्राप्त गर्ने षड्यन्त्र रच्छन्, र परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्। आफूलाई परमेश्‍वरका वचनहरूसँग दाँज्दा, मैले आफ्नो पछ्याइ ख्रीष्टविरोधीको जस्तै रहेको देखेँ। मैले ख्याति र प्राप्तिका लागि आफ्नो कर्तव्य निर्वाह गरेँ, र अरूको प्रशंसा पछ्याएँ। मेरो प्रशंसा गर्ने कोही भएन भने, म नकारात्मक र निष्क्रिय, अनि आफ्नो कर्तव्यमा झाराटारूवा बन्थेँ, मण्डलीका हितहरूलाई पूर्ण रूपमा बेवास्ता गर्दथेँ। म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” र “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” जस्ता विचारहरूबाट प्रभावित थिएँ। म बाँच्नका लागि हैसियत र राम्रो प्रतिष्ठा हुनुपर्छ; तब मात्र जीवन व्यर्थमा जिएको हुँदैन भन्ने ठान्दथेँ। मलाई हैसियत वा पदविना जिउनु भनेको असफल हुनु हो—अर्थात् दयनीय र मर्यादाविहीन हुनु हो भन्ने लाग्थ्यो। मेरा आमाबुबाले मलाई सानै उमेरदेखि मर्यादित रूपमा जिउन र अरूले हेप्ने मौका नदिन सिकाउनुभएको थियो। त्यसै कारणले मैले उच्च शिक्षाका लागि मेहनत गरेर पढेकी थिएँ, ताकि समाजमा जाँदा र जागिर खोज्न थाल्दा मानिसहरूले मलाई नहेपून्। परमेश्‍वरलाई पाएपछि, जब मैले अगुवाको कर्तव्य गर्न थालेँ, तब मलाई आफूसँग हैसियत छ र म अरूभन्दा उत्कृष्ट छु भन्ने लाग्यो, अनि म आफ्ना ब्रदर-सिस्टरहरूको प्रशंसामा रमाउन थालेँ। पछि, प्रतिष्ठा र हैसियत पछ्याएको, वास्तविक काम नगरेको, र आत्मचिन्तन गर्न वा आफैलाई बुझ्न नसकेको भनेर मलाई बर्खास्त गरियो। मलाई बर्खास्त गरेपछि, मण्डलीले मलाई अनुवादको कर्तव्यमा खटायो, तर मेरो दिमाग अझै पनि आफ्नै ख्याति, प्राप्ति र हैसियतमै थियो। मलाई अनुवादको कर्तव्यले कुनै प्रशंसा दिलाउँदैन भन्ने लाग्यो, त्यसैले म समर्पित हुन अनिच्छुक भएँ। मैले आफ्नो कर्तव्यलाई झाराटारुवा रूपमा लिएँ र कामको प्रगतिमा ढिलाइ गरेँ। आफ्नो कर्तव्यमा, मलाई सधैँ अरूको काम नै राम्रो छ जस्तो लाग्थ्यो। म सधैँ आफूलाई प्रशंसा दिलाउने कुनै उच्च दर्जाको कर्तव्य चाहन्थेँ। मेरा चाहनाहरू पूरा नहुँदा, मैले आफ्नो कर्तव्य छोड्न चाहेँ र परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन अस्वीकार गरेँ। यो परमेश्‍वरविरुद्ध विद्रोह गर्नु थियो! अहिले, परमेश्‍वरको राज्यको सुसमाचार तीव्र रूपमा फैलिँदैछ, र सहकार्य गर्न अझ धेरै मानिसहरूको खाँचो छ। मैले एक पटक सुपरिवेक्षकले अनुवादकहरूको निकै अभाव भएको, र अनुवादक नभेटिएकाले आफूहरू चिन्तित रहेको भनेको सुनेकी थिएँ। तर त्यतिबेला मैले मण्डलीको कामका खाँचोहरूलाई बेवास्ता गरेँ, र आफ्नो अभिमान र हैसियतबारे मात्र सोची आफ्नो कर्तव्यबाट पन्छिन खोजेँ। म कति स्वार्थी र घृणास्पद थिएँ! मैले यतिका वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेकी छु, उहाँका यति धेरै वचन खाएकी-पिएकी छु, र उहाँको आपूर्तिको आनन्द लिएकी छु। तैपनि मैले परमेश्‍वरको हृदयलाई कत्ति पनि ख्याल गरिनँ, अनि आफ्नो जिम्मेवारी कसरी पूरा गर्ने र अर्पित हुने भनेर कहिल्यै सोचिनँ। ममा विवेक र समझ पूर्ण रूपमा रित्तिएको देखेँ। मलाई ख्याति, प्राप्ति र हैसियत पछ्याउने मार्गमा हिँड्नु निकै खतरनाक छ भन्ने महसुस भयो—यो परमेश्‍वरको प्रतिरोध गर्ने मार्ग थियो। कामकुरामा परिवर्तन नल्याए, मैले पक्कै पनि परमेश्‍वरको स्वभावलाई चिढ्याउनेथिएँ, उहाँको घृणाको पात्र बन्नेथिएँ, र अन्ततः हटाइनेथिएँ र मुक्तिको मौका गुमाउनेथिएँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, म प्रतिष्ठा र हैसियतलाई त्याग्न र मेरा गलत अभिप्रायहरूविरुद्ध विद्रोह गर्न तत्पर भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस् भनेर मनन गर्नुपर्छ, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। “सृजित प्राणीका रूपमा तिमीहरूको भूमिका के हो? यो तिमीहरूको अभ्यास र कर्तव्यसँग सम्बन्धित छ। तँ एक सृजित प्राणी होस्, र यदि परमेश्‍वरले तँलाई गायनको वरदान दिनुभयो, अनि परमेश्‍वरको घरले तँलाई गाउने व्यवस्था मिलायो भने, तैँले राम्ररी गाउनुपर्छ। यदि तँसँग सुसमाचार प्रचार गर्ने प्रतिभा छ, र परमेश्‍वरको घरले तँलाई सुसमाचार प्रचार गर्ने व्यवस्था मिलायो भने, तैँले त्यो राम्ररी गर्नुपर्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले तँलाई अगुवा चुन्छन् भने, तैँले अगुवाइको कार्यभार काँधमा लिनुपर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन, सत्यता सङ्गति गर्न, र वास्तविकतामा प्रवेश गर्न डोर्‍याउनुपर्छ। त्यसो गर्दा, तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको हुनेछस्। परमेश्‍वरले मान्छेलाई दिनुहुने आज्ञा अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छ! अनि, तैँले यो आज्ञा कसरी पालना गर्नुपर्छ र आफ्नो भूमिका कसरी निभाउनुपर्छ? यो भन्न सकिन्छ कि, यो तैँले सामना गर्ने सबैभन्दा ठूला समस्याहरूमध्ये एक हो, जुन तैँले सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तँलाई परमेश्‍वरद्वारा सिद्ध पार्न सकिन्छ कि सकिँदैन भनी तय गर्ने निर्णायक क्षण हो। तैँले एउटा कुरा रोज्नैपर्छ। यदि तँ आफ्नै इच्छाको भरमा काम गर्छस् र अन्धाधुन्ध दुष्कर्महरू गर्छस् भने, तैँले परमेश्‍वरको आज्ञा पूरा नगर्ने मात्र नभई परमेश्‍वरको घरको काम पनि खल्बल्याउनेछस्। फलस्वरूप, तैँले पावलले जस्तै गरी सजाय भोग्नुपर्ने हुन्छ। जब परमेश्‍वरले तँलाई केही काम गर्नू भन्नुहुन्छ, त्यतिबेला तेरो कार्य के हो? उक्त काम राम्ररी गर्नु र भद्रगोल नपार्नु हो। यसो गर्दा, तैँले राम्ररी सेवा प्रदान गरिरहेको हुन्छस्। परमेश्‍वरले तँलाई जे सेवा प्रदान गर्नू भन्नुभए पनि, तैँले त्यो राम्ररी र आज्ञाकारीपूर्वक गर्नुपर्छ। यसो गर्दा, तँ कुरा सुन्ने र समर्पित हुने व्यक्ति हुन्छस्। यदि तैँले आज्ञाकारीपूर्वक सेवा प्रदान गर्दैनस्, जहिले पनि व्यक्तिगत अभिप्रायहरू राख्छस्, र सधै राजाजस्तो भएर शासन गर्न चाहन्छस् भने, तँ शैतान र ख्रीष्टविरोधी होस्, र तैँले दण्डित हुनैपर्छ। कतिपय मानिसहरूले सत्यता बुझ्दैनन् वा सत्यता पछ्याउँदैनन्; तिनीहरूले आफ्ना काममा मात्र बल गर्छन्। त्यसो भए, सृष्टि गरिएका प्राणीहरूको रूपमा तिनीहरूको कार्यचाहिँ के हो त? परिश्रम गर्नु र श्रम गर्नु मात्र हो। उसो भए निष्कर्षमा, परमेश्‍वरको नजरमा सृष्टि गरिएका प्राणीहरूले ठ्याक्‍कै निर्वाह गर्नुपर्ने कर्तव्यहरू के-के हुन् र तिनीहरूले कस्तो मानव स्वरूपमा जिउनुपर्छ? यो तिमीहरूको अभ्याससँग सम्बन्धित कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने आफ्नो कर्तव्य पूरा गर्न, मैले पहिले आफ्ना अभिप्रायहरू सही राख्नुपर्छ। मैले व्यक्तिगत अभिमान र हैसियत त्याग्नुपर्छ, सधैँ परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्न एउटा सृजित प्राणीको स्थानमा उभिनुपर्छ। परमेश्‍वरले मलाई मलय भाषा बोल्ने क्षमता दिनुभयो, त्यसैले मण्डलीले मलाई अनुवादको कर्तव्यमा खटाउँदा, मैले कर्तव्यहरूलाई श्रेणीकरण नगरी, कुनैलाई उच्च र कुनैलाई निम्न नठानी आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक यसलाई पूरा गर्नुपर्थ्यो। परमेश्‍वरको घरमा, सबै जना सृजित प्राणीको कर्तव्य निर्वाह गरिरहेका हुन्छन्। परमेश्‍वरले हामी प्रत्येकलाई फरक-फरक क्षमता र सबल पक्षहरू दिनुहुन्छ, र हामी प्रत्येकले आफ्नै स्थानमा रहेर सेवा गर्छौं। यो एउटा मेसिन जस्तै हो: हरेक पुर्जाले आफ्नो काम पूरा गर्छ। यदि एउटा मात्र पुर्जा भएन भने पनि, मेसिन राम्ररी चल्दैन। मेरो अनुवादको कर्तव्य साधारण देखिएला, तर म अझै पनि एउटा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दैछु। परमेश्‍वरको नजरमा कुनै व्यक्ति बहुमूल्य छ कि छैन भन्ने कुरा ऊ आफ्नो कर्तव्यमा अर्पित र समर्पित छ कि छैन भन्ने कुरामा निर्भर गर्छ, उसले कस्तो प्रकारको कर्तव्य निर्वाह गर्छ वा उसको हैसियत के हो भन्नेमा होइन। परमेश्‍वरको अभिप्राय बुझेपछि, मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, अनुवादको कर्तव्य साधारण देखिए तापनि, म मेरो कार्य पूरा गर्न चाहन्छु। म मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर सहकार्य गर्न, मेरा कमजोरीहरूको परिपूर्ति गर्न उनीहरूका सबल पक्षहरूबाट सिक्न, र तपाईँलाई सन्तुष्ट पार्न सुसमाचार फैलाउने काममा आफ्नो सानो भूमिका निर्वाह गर्न चाहन्छु।” त्यसपछि, मैले आफ्नो कर्तव्य निर्वाह गर्दा ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्छन् भनेर वास्ता गर्न छाडिदिएँ। मैले नजानेका शब्दहरू भेट्टाउँदा, म शब्दकोशमा ती शब्दहरू खोज्ने गर्थेँ। मैले आफ्ना कमीहरूको परिपूर्ति गर्न लगनशीलता भई व्यावसायिक सीपहरू अध्ययन गरेँ। बिस्तारै, म कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो हृदयलाई शान्त पार्न सक्षम भएँ।

पछि, परमेश्‍वरका थप वचनहरू पढेपछि, मैले उहाँको अभिप्रायलाई अझ स्पष्ट रूपमा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँसँग परमेश्‍वरप्रति समर्पित हुने र सत्यता पछ्याउने मानसिकता हुनैपर्छ अनि परमेश्‍वरप्रति सक्रिय रूपमा समर्पित हुने इच्छुकता हुनैपर्छ र तैँले उहाँको विरोध गर्नै हुँदैन। परमेश्‍वर अरूलाई आशिष् दिनुहुन्छ तर तँलाई आशिष् दिनुहुन्न भने पनि वा परमेश्‍वर स्पष्ट रूपमा अरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ तर तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्न भने पनि वा उहाँ अरूलाई बढुवा गर्नुहुन्छ तर तँलाई बढुवा गर्नुहुन्न भने पनि, तँ क्रोधित वा ईर्ष्यालु हुनु हुँदैन। यो किन हो? परमेश्‍वरले यसरी कार्य गर्नुको उद्देश्य र महत्त्व हुन्छ र उहाँसँग आफूले चाहेअनुसार कार्य गर्ने स्वतन्त्रता छ। तैँले आफू सृजित प्राणी हुँ भनेर कहिल्यै बिर्सनै हुँदैन र तैँले परमेश्‍वरसँग अनुचित मागहरू गर्नु मिल्दैन। यदि परमेश्‍वर अरूलाई प्रयोग गर्नुहुन्छ र तँलाई प्रयोग गर्नुहुन्न अनि तँलाई अगुवा बन्न दिनुहुन्न भने, तँ अनुयायी मात्र बन्नुपर्छ; तेरा लागि परमेश्‍वरप्रति समर्पित मात्र हुनु सही कुरा हो। तैँले आफ्नो क्षमता कम पर्ने हुनाले मण्डलीको कामको जिम्मा लिन नसकेको हुन सक्छ वा तँमा यो कद नै नभएको हुन सक्छ। यदि तँलाई कामको जिम्मा लिन भनिएको भए र परमेश्‍वरले तँलाई अरूलाई भन्दा बढी अन्तर्दृष्टि दिनुभएको भए, त्यसले तेरो अहङ्कारी स्वभावलाई बढावा दिने सम्भावना हुन्थ्यो। त्यसकारण, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि नदिनुभएको वा तँलाई अगुवा बन्न नदिनुभएको तथ्य तेरा लागि सुरक्षाको एउटा रूप हो; तैँले परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझ्नैपर्छ। परमेश्‍वर तँप्रति बिलकुलै कुनै गुप्त मनसायहरू पाल्नुहुन्न; बरु, उहाँसँग श्रमसाध्य अभिप्रायहरू हुन्छन्। … यदि तैँले सत्यता खोजेर, आत्मचिन्तन गरेर अनि आफूलाई चिरफार गरेर हैसियत र प्रतिष्ठाप्रतिका लागि आफ्नो चाहना र महत्त्वाकाङ्क्षा अझै पनि एकदमै प्रबल छ भन्‍ने देखिस् भने, परमेश्‍वरले अरूलाई प्रयोग गर्नु र तँलाई प्रयोग नगर्नु पूर्ण रूपमा उचित छ र यो पनि तेरा लागि सुरक्षाको एउटा रूप हो भन्‍ने कुरा तैँले बुझ्नुपर्छ। यो तेरा धारणाहरूअनुरूप भए पनि वा नभए पनि र तैँले यो स्विकार्न सके पनि वा नसके पनि, छोटकरीमा भन्दा, तैँले एक सृजित प्राणीको दृष्टिकोण र स्थान अपनाउनुपर्छ अनि समर्पणको मनोवृत्ति वा कम्तीमा पनि समर्पित हुने इच्छुकता राख्नुपर्छ। समर्पित हुने इच्छुकताले केलाई जनाउँछ? त्यसले यसलाई जनाउँछ: ‘मलाई जेसुकै आइपरेको भए पनि वा आइनपरेको भए पनि, पहिले मैले आफ्नो हृदय तयार पार्नैपर्छ र म परमेश्‍वरप्रति समर्पित हुनैपर्छ। मसँग हुनुपर्ने समझ, मैले गर्नुपर्ने अभ्यास यही हो र यो सृजित प्राणीका रूपमा सृष्टिकर्ताप्रति मसँग हुनुपर्ने मनोवृत्ति पनि हो।’ यो नै समर्पित हुने इच्छुकता हो। तँसँग यो भएपछि, तँलाई कुनै कुराहरू आइपर्दा परमेश्‍वरप्रति समर्पित हुन त्यति गाह्रो हुनेछैन। के यो तेरा लागि सुरक्षाको एउटा रूप होइन र? (हो।) यस सुरक्षाले गर्दा, तैँले धेरै कम गल्तीहरू गर्नेछस् र धेरै कम घुमाउरो बाटो लिनेछस्; यसले तँलाई अवरोध र बाधाहरू खडा गर्नबाट रोक्नेछ, तँलाई कामकुराहरू जबरजस्ती गर्न खोज्नबाट रोक्नेछ र साथसाथै तँलाई माथिबाट स्वेच्छाचारी रूपमा कार्य गर्नबाट रोक्नेछ। यसले तँलाई धेरै अपराध गर्नबाट रोक्छ र तँलाई परमेश्‍वरद्वारा निन्दा गरिने धेरै दुष्ट कार्य गर्नबाट रोक्छ। यसरी, जब एक दिन तैँले सत्यता बुझ्छस्, आफूलाई साँच्चै चिन्छस्, सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस् र तँसँग धेरै असल कार्य हुन्छन्, तब तेरो कद अलि-अलि गर्दै बढ्नेछ र तैँले घुमाउरो बाटो लिने वा गल्तीहरू गर्ने सम्भावना घट्नेछ। अर्थात्, तैँले अवरोध र बाधाहरू खडा गर्ने, स्वेच्छाचारी रूपमा कार्य गर्ने, उपद्रो मच्चाउने, खराब कुराहरू गर्ने र दुष्टता गर्ने सम्भावना घट्नेछ। के त्यसपछि भविष्यमा तैँले दण्ड पाउने सम्भावना कम हुनेछैन र? के यो राम्रो कुरा होइन र? (हो।) त्यसकारण, अगाडिको बाटो जस्तोसुकै भए पनि र परमेश्‍वरले जस्तोसुकै वातावरणहरू खडा गर्नुभए पनि, तैँले पहिले समर्पित हुने इच्छुकता तयार गर्नुपर्छ र आफूले परमेश्‍वरसँग गर्ने अनुचित मागहरू अनि परमेश्‍वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्नुपर्छ। तैँले पहिले आफूलाई इन्कार गर्नुपर्छ, आफ्नै धारणा र कल्पनाहरू त्याग्नुपर्छ अनि तँसँग समर्पित हुने इच्छुकता हुनुपर्छ। एक सृजित प्राणीसँग हुनुपर्ने सोच र दृष्टिकोणहरू यिनै हुन् अनि एक सृजित प्राणीसँग सृष्टिकर्ताप्रति हुनुपर्ने मनोवृत्ति पनि यही हो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३२))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने एउटा सृजित प्राणीमा हुनुपर्ने समझ भनेको परमेश्‍वरले जे योजनाबद्ध गर्नुहुन्छ र बन्दोबस्त गर्नुहुन्छ त्यसलाई स्विकार्नु र त्यसमा समर्पित हुनु हो। परमेश्‍वरले गर्नुहुने सबै कुरा उचित हुन्छ, र यसको उद्देश्य मानिसहरूलाई मुक्ति दिनु हो, जसले हामीलाई आफैलाई चिन्न र हाम्रा व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई त्याग्न सक्षम बनाउँछ। यसरी, हामी परमेश्‍वरद्वारा सुरक्षित हुन सक्छौँ र गलत मार्गमा हिँड्नबाट, अपराध गर्नबाट, र दण्ड पाउनबाट जोगिन सक्छौँ। उदाहरणका लागि, कतिपय ब्रदर-सिस्टरहरूको क्षमता सामान्य भए पनि, उनीहरूले आफ्नो कर्तव्यमा बोझ बोक्छन्। उनीहरू परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न र आफ्नो पूर्ण शक्तिले सहकार्य गर्न सक्षम हुन्छन्। उनीहरू कठिनाइ र बाधाहरूमा पनि दृढ रहन्छन् र आफ्नो कर्तव्यमा अडिग रहन सक्छन्। उनीहरू सही मार्गमा हिँडिरहेका हुनाले, पवित्र आत्माले उनीहरूमा काम गर्नुहुन्छ, र उनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ। तपाईँले जुनसुकै कर्तव्य निर्वाह गरे तापनि, सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँ हिँड्ने मार्ग हो, तपाईँ आफ्नो कर्तव्यप्रति अर्पित हुनुहुन्छ कि हुनुहुन्न, र तपाईँ सत्यता र स्वभावमा परिवर्तनलाई पछ्याउनुहुन्छ वा हुँदैन भन्ने कुरा हो। मैले आफू अगुवा भएको समयलाई फर्केर हेरेँ। आफूसँग हैसियत भएको महसुस गर्दै, म प्रशंसित हुन पाउँदा रमाउँथेँ। म वास्तविक काम नगरी पद ओगटेर बसेकी थिएँ। यसले मण्डलीको सुसमाचारको कामलाई सुस्त बनायो, जसले गर्दा सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले जति सक्दो चाँडो परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्विकार्न सक्थे, त्यति चाँडो स्विकार्न सकेनन्। यदि मण्डलीले मलाई त्यतिबेला बर्खास्त नगरेको भए र मलाई अगुवाकै रूपमा निरन्तरता दिन दिएको भए, मैले आत्मचिन्तन गर्ने वा आफैलाई बुझ्ने थिइनँ, र म गलत मार्गमै लागिरहने थिएँ। मेरा अपराधहरू थपिँदै जाने थिए, र अन्तमा, हटाइने र दण्डित हुने बाहेक मेरो अर्को कुनै विकल्प हुने थिएन। अनुवादको कर्तव्यमा खटाइएपछि मैले आफ्ना गलत अभिप्राय र पछ्याइहरूबारे चिन्तन गर्न पाएँ। म समयमै फर्कन, आफ्नो कार्य निष्ठापूर्वक पूरा गर्न, र आफैलाई शान्त पार्न र जीवन प्रवेशमा ध्यान केन्द्रित गर्न अझ बढी समय निकाल्न सक्षम भएँ। यो मप्रति परमेश्‍वरको सुरक्षा र मुक्ति थियो। परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझेपछि, म उप्रान्त परमेश्‍वरविरुद्ध विद्रोह गरिरहन तत्पर भइनँ; म मेरो अनुवादको कर्तव्य व्यावहारिक भएर निर्वाह गर्न चाहन्थेँ। मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अबउप्रान्त ख्याति, प्राप्ति र हैसियत पछ्याउन चाहन्नँ। म सत्यता पछ्याउन, आफ्नो कार्य पूरा गर्न एउटा सृजित प्राणीको स्थानमा उभिन, र तपाईँका अपेक्षा र श्रमसाध्य अभिप्रायहरूअनुरूप जिउन चाहन्छु।” त्यसपछि, मैले आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा अर्पित गरेँ र यसलाई निम्न कोटिको ठान्न छोडेँ। यसरी अभ्यास गर्दा, मेरो हृदयले निकै बन्धनमुक्त भएको महसुस गर्‍यो। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्या हड्डीहरूको सडन हो

सु वान, चीन द्वारा२०२० को नोभेम्बर महिनामा, मलाई मण्डलीको मलजल कार्यको जिम्मेवारी दिई एक टोलीको अगुवाको रूपमा चयन गरियो। त्यो समयमा म धेरै...

ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्