अरूसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरू
जिङ्सिन, चीनसन् २०२२ अगस्टमा म लिउ शुआन र झाङ कीसँग मिलेर भिडियो बनाउन सहकार्य गर्थेँ। म भिडियो बनाउने काममा नयाँ भएकीले र कतिपय...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मे २०२५ मा, मैले माथिल्लो तहका अगुवाहरूबाट उत्तर सहरी जिल्लामा भएको व्यापक गिरफ्तारीबारे एउटा पत्र प्राप्त गरेँ। सबै तीन जना जिल्ला अगुवा, अनि तिनीहरूसँगै मण्डली अगुवा, डिकन र अन्य ब्रदर-सिस्टरहरू गरी तीस जनाभन्दा बढी पनि पक्राउ परेका थिए। त्यसमाथि, हामीले तीनवटा मण्डलीसँगको सम्पर्क गुमाएका थियौँ। मैले यसअघि उत्तर सहरी जिल्लामा आफ्नो कर्तव्य निर्वाह गरेकी थिएँ, र म त्यहाँको अवस्थासँग राम्ररी परिचित थिएँ, त्यसैले अगुवाहरूले मलाई त्यहाँ गएर परिणाम सम्हाल्न भन्नुभयो। मलाई परिणाम सम्हाल्दा लापरवाही वा ढिलासुस्तीका लागि कुनै गुन्जाइस छैन भन्ने राम्ररी थाहा थियो, त्यसैले मैले यो काम राम्ररी गर्नका लागि मलाई मार्गदर्शन गर्नुहोस् भनी परमेश्वरलाई उत्कटतासाथ प्रार्थना गरेँ। म त्यहाँ पुगेपछि, ब्रदर-सिस्टरहरू र मैले एकचित्त भएर सहकार्य गर्यौँ। दुई हप्ताभन्दा केही बढी समयमै, हामीले परमेश्वरका भेटीहरू र परमेश्वरका वचनहरूका पुस्तकहरू सुरक्षित हेरचाह-गृहहरूमा सार्यौँ, अनि जोखिममा रहेका सबैलाई सुरक्षित ठाउँमा सार्यौँ। बल्ल मैले राहतको सास फेर्न सकेँ। केही दिनपछि, अगुवाहरूले अर्को पत्र पठाएर मलाई उत्तर सहरी जिल्लामै बस्न र कामको जिम्मा लिन भन्नुभयो। मलाई त्यस जिल्लाका धेरैजसो मण्डलीले अहिले सुरक्षा जोखिमको सामना गरिरहेका छन् र मण्डलीको कामको हरेक पक्ष कठिनाइहरूले भरिएको छ भन्ने थाहा थियो, त्यसैले मैले यो जिम्मेवारी लिनैपर्थ्यो। त्यसैले, म सक्रिय रूपमा काममा होमिएँ। उत्तर सहरी जिल्लाका मण्डलीका धेरै अगुवा र कामदार पक्राउ परेकाले, हामीले एक दर्जनभन्दा बढी नयाँ व्यक्तिहरू निर्वाचित गर्नुपर्ने थियो। मैले नयाँ जिल्ला अगुवाहरूसँग अगुवा र कामदारहरू निर्वाचित गर्नेसम्बन्धी सिद्धान्तहरूबारे तुरुन्तै सङ्गति गरेँ, अनि हामीले सकेसम्म छिटो छान्ने आशामा मिलेर सम्भावित उम्मेदवारहरूको मूल्याङ्कन गर्यौँ। तर केही ब्रदर-सिस्टरले वातावरणीय जोखिम सामना गरिरहेका थिए, केही आफ्ना परिवारको बन्धनमा परेका थिए, अनि अरूलाई चाहिँ पक्राउ परिने डर थियो। धेरै दिन बितिसक्दा पनि, हामीले कामको जिम्मा लिन सक्ने उपयुक्त मानिसहरू भेट्टाउन सकेनौँ। अझ गाह्रो कुरा त के थियो भने, हामीले केही मण्डलीसँगको सम्पर्क गुमाएका थियौँ र तिनीहरूसम्म पुग्ने उपाय खोज्नैपर्ने थियो, नत्र भने कतिपय पत्र समयमै पुर्याउन सकिनेथिएन। त्यसमाथि, केही मण्डलीका सुसमाचार सुपरिवेक्षक र मलजल टोली अगुवाहरू पक्राउ परेका थिए, र हामीले तिनीहरूको काम सम्हाल्ने मानिसहरू खोज्नुपर्ने थियो। अगाडिको काम कठिनाइहरूले भरिएको देखेर, र ती एक-एक गरी समाधान गर्न ठूलो प्रयास लाग्नेछ भन्ने जानेर, त्यो सोच्दा मात्रै पनि म अभिभूत भएँ। म आफ्नो अघिल्लो मण्डलीबारे नसोची रहन सकिनँ, जहाँ त्यति धेरै समस्या थिएनन् अनि त्यो त्यति चिन्ताजनक र थकाइलाग्दो थिएन। मैले सोचेँ, “मैले त्यहीँ फर्केर आफ्नो कर्तव्य निर्वाह गर्न पाएँ भने कति राम्रो हुन्थ्यो!” मलाई आफ्नो मनमा, जतिसुकै कठिनाइहरू भए पनि काम रोकिनु हुँदैन भन्ने थाहा थियो, तर यति धेरै चुनौती सामना गर्दा मैले आफू हताश भएको महसुस गरिसकेकी थिएँ। मैले मनमनै विचार गरेँ, “म यो काम गर्न अनिच्छुक भएकी त होइन, तर यहाँको परिवेशको वास्तविकता नै यही हो। यी कठिनाइहरू रातारात समाधान गर्न सकिँदैन। म जति सक्छु त्यति मात्र गर्छु, अनि आज नसकेको काम भोलि जारी राख्छु।” त्यही सोचका साथ, मैले यी समस्याहरू तत्परताका साथ समाधान गर्न छाडिदिएँ। एकै दिनमा गर्न सकिने कामलाई अर्को दिनसम्म लम्ब्याउन थालेँ। म कतिपय समस्यामा त वास्तवमा समाधान नै नगरी सङ्गतिमा केही झाराटारुवा कुराहरू मात्र गरिदिन्थेँ, जसले गर्दा कामको गति सुस्त भयो।
केही दिनपछि, माथिल्लो तहका अगुवाहरूले मलाई काँटछाँट गर्दै एउटा पत्र पठाउनुभयो, “केही हप्ता बितिसक्यो, तैपनि नयाँ अगुवा र कामदारहरू निर्वाचित गर्ने काममा किन कुनै प्रगति भएको छैन? तिमी यस्तो जरुरी काममा पनि किन यति धेरै समय लिइरहेकी छौ?” त्यस पत्रले मेरा प्रकटीकरणहरू चिरफार पनि गर्यो, र तिनको प्रकृति आफ्नो कर्तव्य त्याग्नु हो भन्यो। मैले आफूमाथि निकै अन्याय भएको महसुस गरेँ अनि मनमनै तर्क गरेँ, “यहाँका वास्तविक कठिनाइहरूबारे तपाईँहरूलाई थाहा नभएको त होइन नि। मैले मूल्य चुकाएकी छु, तर कुनै नतिजा नै आएको छैन। मैले के गर्नुपर्थ्यो त? मैले सहकार्य नगरेकी पनि होइन। म कर्तव्य त्याग्दै छु भनेर तपाईँहरू कसरी भन्न सक्नुहुन्छ? अब म यो कर्तव्य गर्नै सक्दिनँ। कार्य सामर्थ्य भएको कुनै व्यक्तिलाई यो काम गर्न लगाउनुहोस्।” त्यही बेला, मैले अगुवाहरूको पत्रमा उद्धृत गरिएको परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “हरेक व्यक्तिले परमेश्वरमा विश्वास गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने र परमेश्वरको सेवा गर्ने क्रममा आफूले जस्तोसुकै प्रकारका कठिनाइहरू सामना गरिरहेको भए पनि, प्रायः आफूलाई नकारात्मकता र कमजोरीका वा उम्कन चाहने स्थितिहरूमा पाउँछ। किनभने परमेश्वरमा विश्वास गर्ने क्रममा, मानिसहरूले दैनिक जीवन र बचाइका धेरै कठिनाइ वा आफ्नो कर्तव्यका कठिनाइहरू, साथै व्यक्तिगत कठिनाइहरू अनिवार्य रूपमा सामना गर्नेछन्। यी कठिनाइहरूले प्रायजसो मानिसहरूलाई बाधा दिन्छन् र प्रभाव पार्छन्, जसले गर्दा तिनीहरू तिनीहरू कमजोर, नकारात्मक र पन्छिने बन्छन्, परमेश्वरबारे गलत बुझाइहरू विकास गर्छन् अनि आफ्नै हित, जीवन र मृत्यु इत्यादि कुराहरूसँग सम्बन्धित विशेष वातावरण र सन्दर्भहरूमा पवित्र आत्माको काम महसुस गर्न असक्षम हुन्छन्। यस्ता परिस्थितिहरूमा, जब मानिसहरू परमेश्वरका अभिप्रायहरू बुझ्दैनन् वा परमेश्वरमाथिको आस्था गुमाउँछन् वा जब तिनीहरू कुनै आशा देख्दैनन् र परमेश्वरको स्पष्ट काम महसुस गर्न सक्दैनन्, तब धेरैजसोले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू त्याग्ने छनौट गर्नेछन्। चाहे त्यो अस्थायी होस् वा स्थायी, मेरो विचारमा, तिनीहरूले यसरी त्याग्नु भनेको तिनीहरूले कामप्रति पिठ्युँ फर्काउनु हो। अर्थात्, जब मानिसहरू यी कठिनाइहरू सामना गर्छन् अनि नकारात्मकता र कमजोरीमा, परमेश्वरलाई गलत बुझ्नुमा र परमेश्वरसँग निराश हुनुमा फस्छन्, तब कठिनाइहरू सामना गर्नु वा आफ्नो पदमा अडिग रहनका लागि पीडा सहनुको सट्टा त्याग्ने र पन्छिने छनौट गर्नुलाई, मेरो नजरमा, यस प्रकारको प्रकटीकरण र व्यवहारलाई कामप्रति पिठ्युँ फर्काउनु भनिन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३७))। परमेश्वर के खुलासा गर्नुहुन्छ भने, मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा विभिन्न कठिनाइ सामना गर्दा नकारात्मक र कमजोर हुन्छन् अनि त्यसबाट भाग्न वा त्यसलाई त्याग्न चाहन्छन्। तिनीहरूले यसलाई अस्थायी रूपमा त्यागून् वा स्थायी रूपमा, यदि तिनीहरू आफ्नो कर्तव्यमा दृढ रहँदै डटेर कठिनाइहरू सामना गर्न सक्दैनन्, भने यस्तो प्रकटीकरण भनेको आफ्नो कर्तव्य त्याग्नु नै हो। मैले आत्मचिन्तन गरेँ अनि मेरा प्रकटीकरणहरू ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएझैँ रहेछन् भन्ने देखेँ। मलाई व्यापक गिरफ्तारीका कारण मण्डलीहरूमा एक दर्जनभन्दा बढी अगुवा र कामदारहरूको अभाव छ, र तिनलाई तत्काल निर्वाचित गर्न आवश्यक छ भन्ने राम्ररी थाहा थियो। ब्रदर-सिस्टरहरूले सामान्य मण्डली जीवन पुनः सुरु गर्न र कामहरू अगाडि बढ्न सकून् भनेर मैले छिट्टै नयाँ अगुवा र कामदारहरू राख्नुपर्थ्यो। यो मेरो जिम्मेवारी थियो; यो मैले पूरा गर्नुपर्ने कर्तव्य थियो। तर यी समस्याहरू समाधान गर्न ठूलो मूल्य चुकाउनुपर्ने थियो, त्यसैले म निष्क्रिय र नकारात्मक बनेँ। म डटेर कठिनाइहरू सामना गर्न र तिनलाई पार गर्न चाहन्नथेँ; बरु, म भाग्न र आफ्नो कर्तव्य छोडेर जान चाहन्थेँ। यस व्यवहारको प्रकृति कर्तव्य त्याग्नु थियो, अनि यो परमेश्वरलाई धोका दिनु थियो। केही समयपछि नै, मैले उत्तर सहरी जिल्लाका केही मण्डलीमा अगुवा र कामदारहरूको अभावका कारण केही ब्रदर-सिस्टरले परमेश्वरका सबैभन्दा नयाँ वचनहरू पढ्न वा मण्डली जीवन जिउन नपाएको, अनि तिनीहरू सबै नकारात्मकता, कमजोरी, डरपोकपन र भयको अवस्थामा बाँचिरहेका छन् भन्ने थाहा पाएँ। यो थाहा पाउँदा, मैले गहिरो आत्म-ग्लानि महसुस गरेँ। मैले तुरुन्तै नयाँ अगुवा र कामदारहरू निर्वाचित गर्न नसक्दा यति गम्भीर परिणामहरू निस्कन्छन् भन्ने सोचेकी पनि थिइनँ!
त्यतिखेर, मैले मानिसहरूले आफ्नो कर्तव्य त्याग्नुका परिणामहरू खुलासा गरिएका परमेश्वरका वचनहरू सम्झिएँ, त्यसैले ती वचनहरू खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि कामप्रति पिठ्युँ फर्काउने समस्या साधारण विश्वासीहरूमा देखा पर्छ भने, यसले मण्डलीको काममा थोरै मात्र प्रभाव पार्छ र व्यक्तिलाई मात्र प्रभाव पार्छ। तर जब यो परमेश्वरको सेवा गर्ने व्यक्ति हुन्छ, ऊ जुनसुकै स्तरको अगुवा वा कामदार भए पनि, यदि ऊ कामप्रति पिठ्युँ फर्काउँछ र त्यो त्याग्छ भने, यसले परमेश्वरको घरको काममा गम्भीर प्रभाव पार्छ। यसले मण्डली जीवनलाई मात्र असर नगरी, सुसमाचार फैलाउने कामलाई पनि असर गर्छ। यो व्यक्ति पन्छिने बनेकाले र उसले कामप्रति पिठ्युँ फर्काएकाले मण्डलीको काम वा परमेश्वरको घरको समग्र काममा यसरी प्रभाव र बाधा पुग्छ। … यदि अगुवा र कामदारहरू वास्तविक काम गर्दैनन्, काम लागू गर्दैनन् वा त्यसको अनुगमन गर्दैनन् भने, यसले पहिलो केही दिनसम्म त्यति धेरै प्रभाव पार्दैन—दाजुभाइ-दिदीबहिनीहरूले सामान्य रूपमा परमेश्वरका वचनहरू खान र पिउन अनि सामान्य रूपमा भेला हुन र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नेछन्। तर, यदि यो लामो समयसम्म चलिरह्यो भने, दाजुभाइ-दिदीबहिनीहरूले माथिबाट कार्य प्रबन्धहरू वा आफ्नो जीवन प्रवेशका लागि भरणपोषण, साथ र मद्दत प्राप्त नगर्ने हुनाले, तिनीहरूको मण्डली जीवन र तिनीहरूको मण्डलीको कामले ध्यान र एकताको कमी, गतिहीनता र पवित्र आत्माको काम गुमाउनेजस्ता परिणामहरू भोग्नेछ। त्यसकारण यो अत्यन्तै गम्भीर समस्या हो। यदि यस्तो परिस्थिति परमेश्वरको सेवा गर्ने क्रममा उत्पन्न भयो भने, परमेश्वरको सेवा गर्ने यस व्यक्तिले वा ऊभन्दा एक तह माथिको अगुवा वा कामदारले जिम्मेवारी लिनुपर्छ। वास्तवमा, यो जिम्मेवारी तैँले बोक्न नसक्ने कुरा हो—त्यसोभए, किन म जिम्मेवारी लिने कुरा गर्छु त? किनभने, जब तँ परमेश्वरसामु लेखा दिन आउँछस्, तब तैँले लेखा दिन सक्नेछैनस्। परमेश्वरले तँलाई एक वा बढी मण्डलीहरूका परमेश्वरका चुनिएका मानिसहरू र काम सुम्पनुभयो, तर कतिपय विशेष परिस्थिति उत्पन्न हुँदा, तैँले काम गर्न छोडिस् र त्यसको सट्टा आफ्नै निजी मामिला र कठिनाइहरूमा ध्यान दिइस्, मण्डलीको कामबाट हात झिकिस्। परमेश्वरको नजरमा, यो तैँले परमेश्वरको सेवा गर्ने क्रममा गरेको गम्भीर अपराध हो; यो परमेश्वरले घृणा गर्ने र दोषी ठहराउने कुरा हो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३७))। परमेश्वर के खुलासा गर्नुहुन्छ भने, आफ्नो कर्तव्य त्याग्नुका परिणामहरू निकै गम्भीर हुन्छन्; यो एउटा गम्भीर अपराध हो। जब अगुवा र कामदारहरूले आफ्नो कर्तव्य त्याग्छन्, तब मण्डली जीवन र मण्डलीको काम दुवै नराम्ररी प्रभावित हुन्छन्, अनि मण्डलीको काम त ठप्पसमेत हुन सक्छ। मैले अगुवाका रूपमा एउटा सङ्कटपूर्ण घडीमा आफ्नो कर्तव्य त्यागेँ। नयाँ अगुवा र कामदारहरूलाई तुरुन्तै निर्वाचित नगरेर, मैले पूरै जिल्लाको कामलाई प्रभावित पारेँ। सिसिपीले उन्मत्त रूपमा हाम्रा ब्रदर-सिस्टरहरूलाई पक्राउ गरिरहेको छ अनि परमेश्वरको काममा बाधा दिइरहेको छ, तर मैले मण्डलीको कामलाई सुरक्षित राख्न आफ्नो सक्दो प्रयास गरिनँ। बरु, मेरै देहले कम कष्ट भोग्नुपरोस् भनेर, मण्डलीको काम लथालिङ्ग हुँदा पनि, म भावशून्य भएर हेरिरहेँ। ममा मानवताको कत्ति धेरै कमी रहेछ! एउटा सङ्कटपूर्ण घडीमा, म शैतानको पक्ष लिइरहेकी थिएँ अनि मण्डलीको काममा रोकटोक गरिरहेकी थिएँ। मैले पश्चात्ताप नगरेकी भए, मलाई परमेश्वरले घृणा गर्नुहुनेथ्यो र हटाउनुहुनेथ्यो। त्यसैले, मैले पश्चात्ताप गर्न इच्छुक हुँदै परमेश्वरलाई प्रार्थना गरेँ। म अबउप्रान्त यी कठिनाइहरूका बीचमा जिउन चाहन्नथेँ र मैले यी समस्याहरू समाधान गर्न मार्गदर्शन गर्नुहोस् भनी परमेश्वरसँग बिन्ती गरेँ।
त्यसपछि, मैले अगुवाहरूले पठाउनुभएको परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “तैँले कुनै कठिन कुरा सामना गर्दा के गर्नुपर्छ? नडरा—कठिनाइविना, तेरो कद र क्षमता प्रदर्शित हुन सक्दैन। जीवन विभिन्न कठिनाइहरूले भरिएको हुन्छ र मानिसहरू एकपछि अर्को कठिनाइ सामना गर्दै आफ्नो जीवन बिताउँछन्। निरन्तर कठिनाइहरू सामना गर्ने क्रममा, यदि तँ सत्यता सिद्धान्तहरू खोज्छस् र यी कठिनाइहरू समाधान गर्छस् भने, के तैँले कठिनाइहरू समाधान गर्ने सामर्थ्य प्राप्त गर्नेछैनस् र? के तेरो क्षमता र चरित्रमा सुधार आउनेछैन र? साथै, जब तँसँग कठिनाइहरू समाधान गर्ने सिद्धान्तहरू हुन्छन् र तँ ती अभ्यास गर्छस्, तब के तँसँग जीवन प्रवेश हुनेछैन र? तँ कठिनाइहरू समाधान गरेर सत्यता वास्तविकता प्राप्त गर्छस्—के तेरो जीवन अनुभवको क्रमिक वृद्धि हुनेछैन र? त्यसकारण, कठिनाइहरू राम्रो कुरा हुन्। तँ जति धेरै कठिनाइ सामना गर्छस्, तेरो सच्चापन त्यति नै धेरै प्रकट हुन सक्छ र परमेश्वरप्रतिको तेरो आस्थाको त्यति नै धेरै जाँच हुन्छ। कठिनाइहरूसँग नडरा अनि असफलता र रोकावटहरूसँग नडरा” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३७))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, आफ्नो कर्तव्यमा कठिनाइहरू सामना गर्नु नराम्रो कुरा होइन, बरु राम्रो कुरा हो। कठिनाइहरूले व्यक्तिको साँचो कद प्रकट गर्छन्, अनि कठिनाइहरूको बीचमा मात्र मानिसहरू उत्कटतासाथ परमेश्वरलाई प्रार्थना गर्छन्, परमेश्वरमा भर पर्छन् र उहाँका अभिप्रायहरू खोज्छन्। कठिनाइहरू समाधान गर्ने क्रममा, परमेश्वरप्रतिको हाम्रो आस्था बढ्ने मात्र होइन, हामी केही सत्यता सिद्धान्त बुझ्न पनि पुग्छौँ, अनि हाम्रो जीवनको वृद्धि हुन्छ। मलाई लाग्थ्यो, परमेश्वरका भेटीहरू र परमेश्वरका वचनहरूका पुस्तकहरू सार्न जोखिम मोल्ने मेरो तत्परताको अर्थ ममा केही सत्यता वास्तविकता र कद छ भन्ने हो। तर नयाँ अगुवा र कामदारहरू निर्वाचित गर्दा कठिनाइहरू सामना गर्दा म प्रकट भएँ। मैले आफ्ना कठिनाइहरूका बीचमा परमेश्वरलाई प्रार्थना गरिनँ वा उहाँमा भर परिनँ, न त ती समस्याहरू समाधान गर्न सत्यता सिद्धान्तहरू नै खोजेँ। बरु, म भाग्न र पछि हट्न खोजेँ, अनि कर्तव्य त्याग्ने र परमेश्वरलाई धोका दिने विचारसमेत गरेँ। ममा त कत्ति पनि कद रहेनछ! व्यापक गिरफ्तारीपछि मण्डलीले साँच्चै नै सबै प्रकारका कठिनाइहरू सामना गरिरहेको थियो, तर मेरा लागि यो परमेश्वरमा भर पर्न सिक्ने र उहाँको मार्गदर्शनमा जीवनमा वृद्धि गर्ने ठूलो मौका थियो। परमेश्वरका वचनहरू पढेर मैले आस्था पाएँ, अनि म यी कठिनाइहरू समाधान गर्न परमेश्वरमा भर पर्न इच्छुक भएँ, त्यसैले सहकार्य गर्न इच्छुक हुँदै मैले परमेश्वरलाई प्रार्थना गरेँ। त्यसपछि, हामीले अगुवा र कामदारहरूका उम्मेदवारहरूको सूची संशोधन गर्यौँ। हामीले यी ब्रदर-सिस्टरहरूका कठिनाइ र समस्याहरू समाधान गर्न मद्दत पुगोस् भनेर सत्यताबारे सङ्गति गरेर समाधान खोज्यौँ, अनि छिट्टै मण्डलीको कामका लागि केही उपयुक्त मानिसहरू छान्यौँ। त्यसपछि, लगभग सबै ब्रदर-सिस्टरले परमेश्वरका नयाँ वचनहरू प्राप्त गर्न र मण्डली जीवन जिउन सके। मैले यस व्यावहारिक सहकार्यमा साँच्चै परमेश्वरको मार्गदर्शन देखेँ, अनि मेरो आस्था बढ्यो!
अनि मैले मनमनै विचार गरेँ, “म किन कठिनाइहरू सामना गरेपिच्छे किन कर्तव्य त्याग्नेबारे सोच्छु त? यो समस्याको मूल कारण के हो?” खोज्ने क्रममा, मैले परमेश्वरका वचनहरूका दुईवटा खण्ड पढेँ: “धेरै वर्षदेखि, आफ्नो अस्तित्वका निम्ति मानिसहरू जुन सोचहरूमा भर परेका छन् तिनले तिनीहरूका हृदयलाई यति हदसम्म क्षयीकृत गरेका छन् कि तिनीहरू छली, डरपोक र घृणास्पद बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्प नभएको मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने समेत बनेका छन्। तिनीहरूसँग स्वयम्लाई पार गर्ने सङ्कल्प छँदै छैन, र अझ बढी, यी अन्धकारका प्रभावहरूको बन्धनबाट मुक्त हुने अलिकति पनि साहस छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्वरमाथि विश्वास गर्नुपछाडिका तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित र सुन्न पनि नसकिने किसिमका छन्। मानिसहरू सबै डरपोक, शक्तिहीन, घृणास्पद र कमजोर हुन्छन्। तिनीहरू अन्धकारका शक्तिहरूलाई घृणा गर्दैनन् र ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु, तिनीहरू ज्योति र सत्यतालाई निष्कासित गर्ने भरमग्दुर प्रयास गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। “झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, तर अधिकारीझैँ व्यवहार कसरी गर्ने भनी तिनीहरूलाई थाहा हुन्छ। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो कुरा के हो? त्यो मानिसहरूको निगाह किन्नु हो। तिनीहरूले ‘नयाँ अधिकारीहरू आफ्नो प्रभाव छोड्न साह्रै उत्सुक हुन्छन्’ भन्ने शैली अपनाउँछन्: सुरुमा तिनीहरूले मानिसहरूलाई रिझाउन केही कार्यहरू गर्छन् र सबैजनाका दैनिक सुख-सुविधाहरू सुधार्ने केही कामकुराहरू सम्हाल्छन्। तिनीहरूले सुरुमा मानिसहरूमा राम्रो छाप छोड्ने, आफू जनमतको पक्षमा छु भनेर देखाउने प्रयास गर्छन्, ताकि सबैले तिनीहरूको तारिफ गरून् र ‘यो अगुवाले हामीप्रति आमाबुबाले जस्तै व्यवहार गर्छ!’ भनेर भनून्! त्यसपछि तिनीहरूले आधिकारिक रूपमै पद हातमा लिन्छन्। तिनीहरूले धेरैजसो मानिसहरूको साथ पाएको र तिनीहरूको पद सुरक्षित भएको महसुस गर्छन्; त्यसपछि तिनीहरू हैसियतका फाइदाहरूको आनन्द उठाउन थाल्छन्, मानौँ तिनीहरू तिनका हकदार हुन्। तिनीहरूका आदर्श वाक्यहरू यस्ता हुन्छन्, ‘मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,’ ‘जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ,’ अनि ‘आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ।’ तिनीहरूले चिन्ता नलिई हरेक दिनको आनन्द उठाउँछन्, जतिसक्दो रमाइलो गर्छन्, र भविष्यका बारेमा कुनै विचार गर्दैनन्, अगुवाले के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ र के-कस्ता कर्तव्य निर्वाह गर्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु त परै जाओस्। तिनीहरूले दिनचर्याका रूपमा केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र देखाउनका लागि एकदुई वटा काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीका वास्तविक समस्याहरूलाई खोतलेर तिनलाई पूर्ण रूपमा समाधान गरिरहेका हुँदैनन्, त्यसैले तिनीहरूले त्यस्ता सतही कार्य गर्नुको अर्थ के हुन्छ? के यो छली हुँदैन र? के यस्तो झूटो अगुवालाई महत्त्वपूर्ण कार्यहरू सुम्पन मिल्छ? के तिनीहरू अगुवा र कामदारहरू छनौट गर्नेसम्बन्धी परमेश्वरको घरका सिद्धान्त र सर्तहरूअनुरूप हुन्छन्? (हुँदैनन्।) यी मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, तिनीहरूमा कुनै जिम्मेवारी बोध हुँदैन, तैपनि तिनीहरू अझै पनि मण्डलीमा कुनै आधिकारिक पदमा बस्ने, अगुवा बन्ने इच्छा राख्छन्—तिनीहरू किन यति धेरै निर्लज्ज हुन्छन्? जिम्मेवारीको बोध भएका कतिपय मानिसहरूका हकमा, यदि तिनीहरू कमजोर क्षमताका छन् भने, तिनीहरू अगुवा हुन सक्दैनन्—अनि कुनै जिम्मेवारी बोध नभएका निकम्मा मानिसहरूको त के कुरा गर्ने र! तिनीहरू त अगुवा बन्न झनै अयोग्य हुन्छन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका वचनहरू मनन गर्दै गर्दा, मैले आफ्नो कर्तव्यमा कठिनाइहरू सामना गर्दा म पछि हट्नु र आफ्नो कर्तव्य त्याग्नुको मूल कारण मेरो देहले कष्ट भोग्नुपर्ला भन्ने डर रहेछ भनेर बुझेँ। म “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” अनि “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ” जस्ता शैतानी विषहरूबाट प्रभावित भएकी रहेछु। मलाई मानिसहरू दैहिक सुखसयलको आनन्द लिन जिउनुपर्छ र धेरै कष्ट भोग्नु हुँदैन, अनि दिनभरि कष्ट भोग्नु र परिश्रम गर्नु भनेको धेरै नै दुःखदायी हुन्छ भन्ने लाग्थ्यो। त्यसैले, म आफूले गर्ने कुनै पनि काममा कष्ट भोग्न वा मूल्य चुकाउन चाहन्नथेँ। उदाहरणका लागि, पहिले कारखानामा काम गर्दा, मलाई त्यो काम निकै थकाइलाग्दो र अत्यन्तै कष्टदायी लाग्थ्यो, त्यसैले मैले आफ्नै पसल खोलेँ। यसरी, म आफूले चाहेको बेला आराम गर्न सक्थेँ र तनावरहित अनि आरामदायी जीवन जिउन सक्थेँ। परमेश्वरमा विश्वास गर्न थालेपछि पनि म यस्तै थिएँ। जब-जब कुनै गाह्रो काम हुन्थ्यो वा समाधान गर्न धेरै विचार गर्नुपर्ने कुरा हुन्थ्यो, म आफ्नो सहकर्मी ब्रदरले त्यो काम सुरु गर्न पर्खन्थेँ, अनि म उनको पछि-पछि मात्र लाग्थेँ। यस पटक, मण्डलीले व्यापक गिरफ्तारी सामना गरेको थियो, अनि नयाँ अगुवा र कामदारहरूको निर्वाचन अत्यन्तै जरुरी थियो। मण्डलीको काम सामान्य रूपमा चल्न सकोस् भनेर मैले सकेसम्म छिटो तिनीहरूलाई निर्वाचित गर्ने उपाय खोज्नुपर्थ्यो। तर म अझ धेरै कष्ट भोग्न वा अझ ठूलो मूल्य चुकाउन अनिच्छुक थिएँ, त्यसैले मैले कामकुराहरू पन्छाएँ, कठिनाइहरूबाट तर्केँ, अनि आफ्नो कर्तव्य त्यागेँ, जसले गर्दा काममा ढिलाइ भयो। मैले शैतानी विषहरूअनुसार जिएर आफू अत्यन्तै स्वार्थी र नीच बनेको देखेँ। परमेश्वरको घरको काम जतिसुकै महत्त्वपूर्ण वा जरुरी भए पनि, मैले आफूलाई कष्ट नदिने कुरा मात्र सोचेँ। मैले मेरो आफ्नै दैहिक सुखको मात्र वास्ता गरेँ र परमेश्वरका अभिप्रायहरूलाई कत्ति पनि ख्याल गरिनँ। न त मैले परमेश्वरको घरको काम वा मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई नै ख्याल गरेँ। ममा त अलिकति पनि विवेक वा समझ रहेनछ! म एउटी अगुवा थिएँ, तर मैले वास्तविक काम गरेकी थिइनँ, जसको परिणाम स्वरूप मेरा ब्रदर-सिस्टरहरू मण्डलीको जीवन जिउन सकिरहेका थिएनन्। के म झूटी अगुवा थिइनँ र? केही न कामको व्यक्ति थिइनँ र? यो कुरा महसुस गरेपछि, मैले आफूलाई गहिरो घृणा गरेँ। मैले अबउप्रान्त आफू यी शैतानी विषहरूअनुसार नजिउने भनी परमेश्वरलाई प्रार्थना गरेँ।
पछि, मैले फेरि कठिनाइहरू सामना गर्दा कसरी अभ्यास गर्नुपर्छ भन्ने बारे मनन गरेँ। एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ: “पवित्र आत्माद्वारा प्रयोग गरिने मानिससँग कामप्रति पिठ्युँ नफर्काउने सम्बन्धमा केही व्यावहारिक अभ्यास हुन्छन्। अर्थात्, कठिनाइहरू सामना गर्दा वा मण्डलीको काममा समस्याहरू सामना गर्दा, ऊ उम्कने बाटो खोज्दैन वा आफ्ना लागि उम्कने बाटो छोड्दैन। यसबाहेक, ऊ नकारात्मक वा कमजोर बन्दैन, झन् उसले गुनासो गर्नु त परै जाओस्। बरु, ऊ सक्रिय र सकारात्मक रूपमा कठिनाइहरू सामना गर्छ, प्रार्थना गर्न र खोजी गर्न हरसम्भव प्रयास गर्छ अनि त्यसपछि परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शनको प्रतीक्षा गर्छ। यी सब कामप्रति पिठ्युँ नफर्काउनुका ठोस प्रकटीकरणहरू हुन्। … त्यो जुनसुकै अवधि भएको भए पनि, उसले जस्तोसुकै कठिनाइहरू सामना गरेको भए पनि र परिस्थितिहरूले कठिनाइहरू समाधान गर्न दिएका भए पनि वा नदिएका भए पनि, पवित्र आत्माद्वारा प्रयोग गरिने मानिसले कहिल्यै त्यागेको छैन वा ऊ पछि हटेको छैन, त्यसैले उसले यस मार्गमा ठूलो प्रतिफल प्राप्त गरेको छ। उसले जस्तोसुकै परिस्थिति सामना गरे पनि, ऊ पछि नहट्ने अनि सक्रिय र सकारात्मक रूपमा सहकार्य गर्ने, खोजी गर्ने र प्रार्थना गर्न परमेश्वरसामु आउने हुनाले नै, उसको सक्रिय र सकारात्मक सहकार्यका क्रममा, परमेश्वरले उसलाई अलि-अलि गर्दै अन्तर्दृष्टि दिनुभएको छ र बुझ्नुपर्ने धेरै सत्यता, काम गर्ने सिद्धान्त र विधिहरू, साथै कामको हरेक पक्ष गर्दा परमेश्वरले हासिल गर्न चाहने लक्ष्य र हरेक पक्ष गर्नुको महत्त्व ऊभित्र हालिदिनुभएको छ, ताकि उसले ती अलि-अलि गर्दै बुझ्न र बोध गर्न सकोस्। उसले यो प्रतिफल प्राप्त गर्न सक्नुको एउटा एकदमै महत्त्वपूर्ण कारण के हो भने ऊ विभिन्न कठिनाइहरू सामना गर्दा कहिल्यै पछि हटेको छैन; बरु, नोआजस्तै ऊ परमेश्वरको आज्ञा स्वीकार गरेदेखि नै सधैँ आफ्नो पदमा अडिग रहेको छ—ऊ आफूले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, प्रार्थना गर्छ र परमेश्वरमा भर पर्छ, ती समाधान गर्न हरप्रयास गर्छ र उसले कहिल्यै कामप्रति पिठ्युँ फर्काएको छैन” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३७))। पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसले कठिनाइहरू सामना गर्दा कहिल्यै आफ्नो कर्तव्य त्याग्दैन। मण्डलीको काममा जतिसुकै ठूला कठिनाइहरू भए पनि, ऊ कहिल्यै गुनासो गर्दैन वा नकारात्मक बन्दैन। ऊ सक्रिय रूपमा प्रार्थना गर्छ र खोज्छ, अनि कठिनाइहरू समाधान गर्न हरसम्भव उपाय अपनाउँछ, र आफ्नो क्षमताले भ्याएसम्म सबै कुरा पूरा गर्न सक्दो प्रयास गर्छ। परमेश्वरको घरको कामप्रतिको आफ्नो मनोवृत्तिलाई पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसको मनोवृत्तिसँग दाँजेर हेर्दा, मलाई निकै लाज लाग्यो, अनि म निकै उत्प्रेरित पनि भएँ। मैले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसको सिको गर्नुपर्थ्यो। कठिनाइहरू सामना गर्दा, म पछि हट्नु वा आफ्नो कर्तव्य त्याग्नु हुँदैनथ्यो, बरु परमेश्वरमा भर पर्दै ती समाधान गर्न सत्यता खोज्नुपर्थ्यो।
सेप्टेम्बरको अन्त्यतिर, सिसिपीले फेरि अर्को व्यापक गिरफ्तारी सुरु गर्यो, अनि जिल्लाभरि अरू धेरै ब्रदर-सिस्टर पक्राउ परे। यो वास्तविक परिवेशको सामना गर्दा, म फेरि अप्ठ्यारो स्थितिमा परेँ। हामीले अघिल्लो गिरफ्तारीपछि प्रतिस्थापन गर्नुपर्ने सबै अगुवा र कामदार निर्वाचित गरिसकेका पनि थिएनौँ, अनि अब अर्को गिरफ्तारी हामीमाथि आइपरेको थियो। अब त अगुवाको पदका लागि उपयुक्त उम्मेदवारहरू खोज्न झनै गाह्रो हुनेथ्यो। मैले मण्डलीको काम राम्ररी गर्न धेरै कष्ट भोग्नुपर्नेथ्यो। यस बिन्दुमा, मैले फेरि दैहिक सुखको लालसा गरिरहेकी छु भन्ने महसुस गरेँ, त्यसैले मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ। मैले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसबारे परमेश्वरले सङ्गति गर्नुभएको कुरा सम्झिएँ—जतिसुकै कठिन परिस्थिति आए पनि उनी कहिल्यै पछि हट्दैनथे वा आफ्नो कर्तव्य त्याग्दैनथे, अनि आफ्नो सम्पूर्ण शक्ति लगाएर आफ्नो कर्तव्य निर्वाह गर्थे। मैले नूहबारे पनि सोचेँ, जो १२० वर्षसम्म जहाज बनाउने काममा निरन्तर लागिरहे। उनले सामना गरेका कठिनाइहरू मेरो कर्तव्यमा आइपरेका कठिनाइहरूभन्दा धेरै ठूला थिए। यी कुराहरू सम्झँदा, म अत्यन्तै उत्प्रेरित भएँ अनि परमेश्वरमा भर पर्ने र काम गर्ने सङ्कल्प प्राप्त गरेँ। मैले सुरुमा जिल्ला अगुवाहरूलाई कठिनाइहरूका बीचमा नजिउन प्रोत्साहित गर्दै सङ्गति गर्न एउटा पत्र लेखेँ, अनि त्यसपछि मैले अगुवाको पदका उम्मेदवारहरूका लागि मण्डलीका सदस्यहरूको मूल्याङ्कन गरेँ। कठिनाइहरू सामना गर्दा, मैले सक्रिय रूपमा तिनको सामना गरेँ, प्रार्थना गरेँ र परमेश्वरसँग खोजेँ, अनि सत्यता बुझ्ने ब्रदर-सिस्टरहरूसँग पनि सङ्गति गरेँ। कठिनाइहरू एक-एक गरी समाधान हुँदै गए, अनि केही दिनपछि, हामीले केही उपयुक्त मानिस भेट्टायौँ। यस अवधिको अनुभवमार्फत, मैले कठिनाइहरूमा परमेश्वरमा भर पर्न सिकेँ, अनि मैले स्वार्थी, नीच हुने र दैहिक सुखमा लिप्त हुने आफ्नो भ्रष्ट स्वभावबारे पनि केही बुझाइ प्राप्त गरेँ। मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न अभ्यासका केही सही मार्ग पनि फेला पारेँ। यी यस्ता प्राप्तिहरू थिए जुन मैले आरामदायी वातावरणमा प्राप्त गर्न सक्नेथिइनँ। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
जिङ्सिन, चीनसन् २०२२ अगस्टमा म लिउ शुआन र झाङ कीसँग मिलेर भिडियो बनाउन सहकार्य गर्थेँ। म भिडियो बनाउने काममा नयाँ भएकीले र कतिपय...
सिआङ्ग वाङ्ग, चीनहालै, मेरा सुपरभाइजर, मेङ्ग जीएले मलाई लि पिङ्गले सत्यता स्वीकार नगर्ने, सधैँ मानिस र कामकुराहरूको अतिविश्लेषण गरेर...
जीना, फिलिपिन्ससन् २०२२ मा, मैले लेखन-पठनको कर्तव्य गरेँ। संयोगले, मैले जिल्ला अगुवा केलीलाई भेटेँ। उनको अनुभव सुनेर, मैले उनी पाँच...
मूल लेखिका: केके, चीनसानैदेखि, म एकदमै अन्तर्मुखी स्वभावकी छु। मलाई बोल्न र अरूलाई अभिवादन गर्न मन पर्दैनथ्यो। जब म बाहिर जान खोज्थेँ र...