मैले आफ्नी आमाको गिरफ्तारी र जेल सजायबाट सिकेको कुरा

4 अगस्ट 2026

सियाओ युसिन, चीन

अगस्ट २०२३ मा, मेरी आमालाई आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा सिसिपिले गिरफ्तार गर्‍यो। त्यसबेला, ब्रदर-सिस्टरहरू र मलाई केही थाहा थिएन। सेप्टेम्बर २०२४ मा उहाँले जेलबाट चिठी नपठाऊन्जेल हामीले उहाँबारे केही सुनेका थिएनौँ। त्यसरी हामीले उहाँलाई चार वर्षको सजाय दिइएको रहेछ भनेर थाहा पायौँ। त्यस खबरले मलाई पूरै कमजोर बनायो। मलाई हृदयमा साह्रै पीडा भयो, र मैले सोचेँ, “आमालाई यसअघि सुसमाचार प्रचार गरेकामा हिरासतमा राखिएको थियो। रिहा भएपछि, उहाँले घरबाट टाढा रहेर आफ्नो कर्तव्य निर्वाह गरिरहनुभयो। यतिका वर्षदेखि, प्रहरीले सधैँ हाम्रो घरमा आएर उहाँ कहाँ हुनुहुन्छ भनी जान्ने माग गर्दै आएको छ। अब उहाँ फेरि तिनीहरूको हातमा पर्नुभएको छ। तिनीहरूले उहाँलाई कसरी यातना दिनेछन् भनेर म कल्पना गर्न सक्दिनँ। जेलको जीवन कठिन हुन्छ। के उहाँ दृढ रहन सक्नुहुन्छ?” त्यसपछि एउटी सिस्टरले मसँग सङ्गति गरिन्। तिनले मलाई जीवनमा हामीले अनुभव गर्ने परिस्थितिहरू र भोग्ने कष्ट सबै परमेश्‍वरद्वारा पूर्वनियोजित हुन्छन् भनेर बताइन्। तिनले मलाई मैले आफ्नी आमालाई परमेश्‍वरको हातमा सुम्पनुपर्छ अनि म उहाँको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ भनेर भनिन्। मलाई म समर्पित हुनुपर्छ भन्ने थाहा थियो, तर मैले सिसिपिले सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरूलाई कति क्रूरतापूर्वक व्यवहार गर्छ, र मेरी आमाले पक्कै पनि भयानक कष्ट भोग्नुहुनेछ भनेर सम्झनेबित्तिकै, मेरो मन आकुलव्याकुल भयो, र मैले तिनले भनेको एक शब्द पनि मुस्किलले सुनेँ। त्यसपछि, मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेँ, तर जब-जब म फुर्सदमा हुन्थेँ वा राति निदाउन सक्दिनथेँ, तब-तब मेरो मन गिरफ्तार भएका ब्रदर-सिस्टरहरूलाई प्रहरीले क्रूरतापूर्वक यातना दिएको वा कैदीहरूले दुर्व्यवहार गरेको दृश्यहरूले भरिन्थ्यो, अनि मलाई मेरी आमाको एकदमै चिन्ता लाग्थ्यो। “उहाँ जेलमा कस्तो कस्तो हुनुहुन्छ होला?” भनेर म सोच्थेँ। “उहाँको चार वर्षको सजायमा अझै एकदमै धेरै दिन र रात बाँकी छन्। उहाँले यो कसरी पार गर्नुहुनेछ? कतिपय मानिस गिरफ्तार भएपछि यातना सहन सक्दैनन्, त्यसैले तिनीहरू यहूदा बन्छन्। अरूले चाहिँ तीन बयानको पत्रमा हस्ताक्षर गर्छन् र परमेश्‍वरलाई विश्वासघात गर्छन्। यदि आमा आफ्नो गवाहीमा दृढ रहन सक्नुभएन र उहाँले परमेश्‍वरलाई विश्वासघात गर्नुभयो भने नि? के उहाँले भोगेका सबै कष्ट व्यर्थ हुनेछैनन् र?” त्यसपछि मलाई केही महिनाअघि एउटी सिस्टरले तिनका श्रीमानलाई आस्थाका कारण साढे पाँच वर्षको सजाय दिइएको कुरा बताएकी याद आयो। सजायको अन्त्यमा उनी रिहा हुन लागेका थिए, तर उनले मण्डलीलाई घात गर्न वा परमेश्‍वरलाई इन्कार गर्न अस्वीकार गरेकाले, प्रहरीले वास्तवमा उनलाई कुटेर मारिदियो। तिनीहरूले तथ्यलाई बङ्ग्याएर उनले आत्महत्या गरेको दाबीसमेत गरे। अर्को ब्रदरलाई पनि गिरफ्तार भएको एक वर्षपछि यातना दिएर मारिएको थियो। यसबारे सोच्दा मलाई झनै चिन्ता लाग्यो। यदि प्रहरीले मेरी आमालाई यातना दिएर माऱ्यो भने, उहाँले परमेश्‍वरबाट कसरी मुक्ति पाउन सक्नुहुन्छ र? मैले यो कुरा बुझ्नै सकिनँ। म अन्योलमा परेँ, “आमाले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, लगनशील भई आफ्नो कर्तव्य निर्वाह गर्नुभयो। पछिल्लो पटक गिरफ्तार हुँदा उहाँले कहिल्यै कसैलाई वा मण्डलीलाई घात गर्नुभएन। त्यसपछि, उहाँले गिरफ्तारीबाट बच्न सधैँ घरबाट टाढा रहेर आफ्नो कर्तव्य निर्वाह गर्नुभयो। परमेश्‍वरले यी सब वर्षमा उहाँको हेरचाह र सुरक्षा गर्नुभएको छ, त्यसोभए यस पटक उहाँले किन उहाँको सुरक्षा गर्नुभएन? परमेश्‍वर किन सिसिपिलाई हामीलाई पक्रन र सताउन अनुमति दिनुहुन्छ? यदि यी सबै सतावट नभएका भए, हामी शान्तिमा परमेश्‍वरमा विश्‍वास गर्न र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्थ्यौँ, अनि आमाले जेलमा कष्ट भोग्नुपर्ने थिएन।” ती दिनहरूमा, मेरो मनस्थिति भारी र दबिएको थियो। प्रार्थनामा परमेश्‍वरलाई के भन्ने मलाई थाह थिएन, र मैले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नो हृदय शान्त पार्न सकिनँ। मैले मेरी आमा कस्तो हुनुहुन्छ भनी सोच्नबाट आफूलाई रोक्नै सकिनँ, अनि म चरम मानसिक पीडामा थिएँ। मलाई मेरो स्थिति गलत छ र आफूले परमेश्‍वरबारे धारणाहरू विकास गरेकी छु भन्ने थाहा थियो। त्यसपछि, मैले उहाँका वचनहरूको एउटा खण्ड सम्झेँ: “धारणाहरू प्रमुख समस्या हुन्। मानिसहरूमा परमेश्‍वरबारे धारणाहरू हुनु भनेको तिनीहरू र परमेश्‍वरबीच एउटा पर्खाल उभिनु हो, जसले तिनीहरूलाई परमेश्‍वरको वास्तविक अनुहार देख्नबाट रोक्छ, र जसले तिनीहरूलाई परमेश्‍वरको वास्तविक स्वभाव र सार देख्नबाट रोक्छ। किन रोक्छ? किनकि मानिसहरू धारणा र कल्पनाहरूमाझ जिउँदा, तिनीहरूले आफ्ना धारणाहरू प्रयोग गरेर परमेश्‍वरका वचनहरू र काम सही छन् कि गलत भनी निर्धारण गर्ने, र परमेश्‍वरले गर्नुहुने सबै कुरालाई मापन गर्ने, मूल्याङ्कन गर्ने, गलत ठहराउने, र दोषी ठहराउने सबैभन्दा बढी सम्भावना हुन्छ। यसो गरेर मानिसहरू प्रायः कस्तो अवस्थामा डुब्छन्? के मानिसहरू आफ्ना धारणाहरूमा जिउँदा साँच्चै परमेश्‍वरमा समर्पित हुन सक्छन्? के तिनीहरू परमेश्‍वरमाथिको साँचो विश्‍वास प्राप्त गर्न सक्छन्? (अहँ, तिनीहरू सक्दैनन्।) मानिसहरू परमेश्‍वरप्रति थोरै समर्पित हुँदा पनि, तिनीहरू आफ्नै धारणा र कल्पनाहरूअनुसार समर्पित हुन्छन्। यसरी व्यक्ति आफ्ना धारणा र कल्पनाहरूमा भर पर्दा, यसमा शैतानको र संसारको खालका व्यक्तिगत कुराहरू मिसिन्छन्, र यो कुरा सत्यतासित अमिल्दो हुन्छ। परमेश्‍वरबारेका मानिसहरूका धारणाहरूको समस्या गम्भीर समस्या हो; यो मान्छे र परमेश्‍वरबीचको एउटा प्रमुख समस्या हो, जसलाई तुरुन्तै समाधान गर्नु आवश्यक छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१))। परमेश्‍वरका वचनहरूबाट, मैले उहाँबारे धारणाहरू राख्नु कति खतरनाक हुन्छ भनी बुझेँ। तिनले व्यक्ति र परमेश्‍वरबीच गलतफहमी र तगारो सिर्जना गर्छन्। यदि कुनै व्यक्तिले हुने कामकुरापछाडिका परमेश्‍वरका अभिप्रायहरू बुझ्दैन भने, ऊ उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्दैन। त्यस अवधिमा मेरो स्थिति ठ्याक्कै त्यस्तै थियो। मैले मेरी आमा जेलमा हुनुहुन्छ भनी थाहा पाएदेखि नै, उहाँको कष्टबारे सोच्नेबित्तिकै र उहाँ जीवितै बाहिर निस्कनुहोला कि नहोला भनेर विचार गर्नेबित्तिकै, मैले परमेश्‍वरबारे धारणाहरू विकास गरेँ। मैले उहाँ किन ठूलो रातो अजिङ्गरलाई विश्‍वासीहरूलाई पक्रन र सताउन दिनुहुन्छ भनी बुझिनँ, उहाँले मेरी आमालाई सुरक्षा दिनुभएन भनेर मैले गुनासो गरेँ, अनि मेरो हृदय आफ्नो कर्तव्यमा थिएन। यदि म सत्यता खोज्नुको साटो आफ्ना धारणाहरूमा जिइरहेकी भए, परमेश्‍वर र मबीचको तगारो बढ्दै मात्र जानेथ्यो। त्यसैले मैले प्रार्थना गरेँ, “प्यारो परमेश्‍वर, मैले कहिल्यै आमाको गिरफ्तारी स्वीकार गर्न सकेकी छैनँ, र मैले तपाईँबारे धारणाहरू विकास गरेकी छु। म यति विद्रोही भइरहन चाहन्नँ। कृपया मलाई मार्गदर्शन गर्नुहोस् ताकि म तपाईँका अभिप्रायहरू बुझ्न सकूँ।”

मैले आफ्नो आत्मिक भक्तिको समयमा, परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई साँच्चै मद्दत गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले आफ्नो हृदयमा भएका परमेश्‍वरसँग नमिल्ने, वा उहाँबारे गलत बुझेको कुनै पनि कुरा बारम्बार जाँच गर्नुपर्छ। यी गलत बुझाइहरू कसरी उत्पन्न हुन्छन्? किन मानिसहरू परमेश्‍वरलाई गलत बुझ्छन्? (किनकि तिनीहरूको स्वार्थ प्रभावित हुन्छ।) मानिसहरूले यहूदियाबाट भएको यहूदीहरूको निर्वासनका तथ्यहरू देखेपछि, दुःख मान्छन्, र भन्छन्, ‘सुरुमा, परमेश्‍वरले इस्राएलीहरूलाई धेरै प्रेम गर्नुभयो। उहाँले तिनीहरूलाई मिश्रबाट निकालेर लाल समुद्र पार गराउनुभयो स्वर्गबाट मन्न बर्साइदिनुभयो र पिउनको लागि पानीको मुहान फुटाइदिनुभयो, त्यसपछि व्यक्तिगत रूपमै डोर्‍याउन व्यवस्था दिनुभयो, र जिउने तरिका सिकाउनुभयो। मान्छेको लागि परमेश्‍वरको प्रेम प्रचुर थियो—त्यतिखेरका मानिसहरू साह्रै भाग्यशाली थिए! कसरी तिनीहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति आँखा झिमिक्क गर्दै उल्टिन पुग्यो? उहाँको त्यत्रो प्रेम कहाँ हरायो?’ मानिसहरूको भावना यसबाट पर जान सक्दैन, र तिनीहरू शङ्का गर्न थाल्छन् र भन्छन्, ‘परमेश्‍वर प्रेम हुनुहुन्छ कि हुनुहुन्‍न? इस्राएलीहरूप्रतिको उहाँको पहिलेको मनोवृत्ति अहिले किन बिलकुलै देखिँदैन? उहाँको प्रेम त नामनिसान नरही हरायो। के उहाँमा अलिकति पनि प्रेम छ?’ मानिसहरूको गलत बुझाइ यहीँबाट सुरु हुन्छ। मानिसहरूले कुन सन्दर्भमा गलत बुझाइ राख्छन्? के त्यो परमेश्‍वरका कार्यहरू मान्छेका धारणा र कल्पनाहरूसँग नमिलेर हुन सक्छ? के यही तथ्यले गर्दा मानिसहरू परमेश्‍वरलाई गलत बुझ्छन्? मान्छेहरूले परमेश्‍वरको प्रेमलाई परिसीमित पार्ने भएकाले उहाँलाई गलत बुझ्छन्, होइन र? तिनीहरू सोच्छन्, ‘परमेश्‍वर प्रेम हुनुहुन्छ। त्यसकारण, उहाँले मानिसहरू ख्याल गर्नुपर्छ र सुरक्षा दिनुपर्छ, र तिनीहरूलाई अनुग्रह र आशिष्‌ प्रदान गर्नुपर्छ। परमेश्‍वरको प्रेम भनेकै यही हो! परमेश्‍वरले मानिसहरूलाई यसरी प्रेम गर्नुभएको मलाई मन पर्छ। परमेश्‍वरले मानिसहरूलाई कति प्रेम गर्नुहुन्छ भन्‍ने कुरा मैले विशेषतः उहाँले तिनीहरूलाई लाल समुद्र पार गराएर डोर्‍यानुहुँदा देखेँ। त्यतिखेरका मानिसहरू धेरै आशिषित् थिए! म तिनीहरूमध्ये एक हुन सके त!’ जब तँ यस कथाबाट मोहित हुन्छस्, तब तँ परमेश्‍वरले त्यस क्षणमा प्रकाश गर्नुभएको प्रेमलाई सर्वोच्च सत्यता र उहाँको सारको एक्लो निशानको रूपमा लिन्छस्। तैँले हृदयमा उहाँलाई परिसीमित पार्छस्, र परमेश्‍वरले त्यस क्षणमा गर्नुभएका सबै कुरा सर्वोच्च सत्यता हुन् भनेर फैसला सुनाउँछस्। तँ सोच्छस्, यो परमेश्‍वरको सबैभन्दा प्रेमिलो पक्ष, र मानिसहरूलाई सबैभन्दा धेरै उहाँको सम्मान गर्न र डर मान्‍न लगाउने कुरा हो, अनि यो परमेश्‍वरको प्रेम हो। वास्तवमा, परमेश्‍वरका कार्यहरू आफै सकारात्मक थिए, तर तेरो परिसीमनका कारण, ती तेरो दिमागका धारणाहरू, र परमेश्‍वरबारे फैसला सुनाउने तेरो आधार बन्‍न पुगे। ती कुराले तँलाई परमेश्‍वरको प्रेमलाई गलत बुझ्न लगाउँछन्, मानौँ त्यसमा कृपा, वास्ता, सुरक्षा, मार्गदर्शन, अनुग्रह, र आशिष्‌बाहेक अरू केही छैन—मानौँ, परमेश्‍वरको प्रेम यति नै हो। प्रेमका यी पक्षहरूलाई किन तँ यति धेरै प्रिय ठान्छस्? के यो तेरो स्वार्थसँग जोडिएकोले हो? (हो।) यो कुन-कुन स्वार्थसँग जोडिएको छ? (देह सुख र आरामदायी जीवन।) जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तब उहाँबाट यी चीजहरू प्राप्त गर्न चाहन्छन्, तर अरू चीज चाहँदैनन्। मान्छेले न्याय, सजाय, परीक्षा, शोधन, परमेश्‍वरको निम्ति कष्टभोग, विभिन्‍न कुराहरूको त्याग र आफूलाई समर्पित गर्ने वा यहाँसम्म कि आफ्नो जीवन बलिदान दिनेजस्ता कुराहरूबारे सोच्न चाहँदैनन्। तिनीहरू त केवल परमेश्‍वरको प्रेम, वास्ता, सुरक्षा, र मार्गदर्शनमा रमाउन चाहन्छन्, त्यसैले तिनीहरू परमेश्‍वरको प्रेम नै उहाँको सारको एक मात्र विशेषता, र उहाँको एक मात्र सार हो भनेर फैसला सुनाउँछन् गर्छन्। के परमेश्‍वरले इस्राएलीहरूलाई लाल समुद्र पार गराउँदै डोर्‍याउने क्रममा गर्नुभएका कुराहरू मान्छेका धारणाहरूको स्रोत बनेनन् र? (हो, बने।) यसले एउटा सन्दर्भ खडा गऱ्यो जसको आधारमा मानिसहरूले परमेश्‍वरबारे धारणाहरू बनाए। यदि तिनीहरूले यसरी परमेश्‍वरबारे धारणाहरू बनाए भने, के तिनीहरूले परमेश्‍वरको काम र स्वभावबारे साँचो बुझाइ प्राप्त गर्न सक्छन् त? यो प्रस्ट छ कि तिनीहरूले नबुझ्ने मात्र होइन, तिनीहरूको त्यसको गलत व्याख्या गर्नेछन् र त्यसबारे धारणाहरू बनाउनेछन्। यसले के प्रमाणित गर्छ भने मान्छेको बुझाइ अति सङ्कुचित हुन्छ, र त्यो साँचो बुझाइ हुँदैन। किनकि यो सत्यता नभई, मान्छेले आफ्नै धारणा, कल्पना, र स्वार्थी चाहनाको आधारमा परमेश्‍वरबाट आएको ठानी विश्लेषण गर्ने र अर्थ्याउने एक प्रकारको प्रेम र बुझाइ भएकोले, त्यो परमेश्‍वरको साँचो सारसँग मिल्दैन। परमेश्‍वरले मानिसहरूलाई कृपा, मुक्ति, वास्ता, सुरक्षा, र तिनीहरूको प्रार्थना सुनेरबाहेक अरू कुन तरिकाले प्रेम गर्नुहुन्छ? (ताडना, अनुशासन, काटछाँट, न्याय, सजाय, परीक्षा, र शोधनमार्फत।) त्यो सही हो। परमेश्‍वरले आफ्नो प्रेम अनेकौँ तरिकाले देखाउनुहुन्छ: प्रहार गरेर, ताडना दिएर, हप्काएर, अनि न्याय, सजाय, परीक्षा, शोधन आदि इत्यादिमार्फत। यी सबै परमेश्‍वरको प्रेमका पक्षहरू हुन्। यो दृष्टिकोण मात्र विस्तृत र सत्यताबमोजिम छ। यदि तैँले यो बुझिस् भने, आफूलाई जाँचेर आफूले परमेश्‍वरलाई गलत बुझेको रहेछ भनी थाहा पाउँदा, के आफ्ना विकृतिहरू चिन्न, र आफूले कहाँनेर गल्ती गरेको रहेछु भनेर राम्ररी चिन्तन गर्न सक्दैनस् र? के यसले तँलाई परमेश्‍वरबारे तेरा गलतबुझाइहरू सुल्झाउन मद्दत गर्न सक्दैन र? (हो, सक्छ।) तैँले यो कुरा हासिल गर्न सत्यता खोजी गर्नैपर्छ। यदि मानिसहरूले सत्यता खोजी गरे भने, परमेश्‍वरबारे आफ्ना गलतबुझाइहरू हटाउन सक्छन्, र तिनीहरूले परमेश्‍वरबारे आफ्ना गलतबुझाइहरू हटाएपछि, परमेश्‍वरका सबै बन्दोबस्तहरू पालना गर्न सक्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले उहाँको प्रेमलाई निश्चित तरिकामा सीमित गरेकी हुनाले आफूले उहाँका कार्यहरू बुझ्न नसकेकी रहेछु भनेर बुझेँ। मैले परमेश्‍वरको प्रेम भनेको उहाँले मानिसहरूको हेरचाह र सुरक्षा गर्नुपर्छ, तिनीहरूलाई अनुग्रह र आशिषहरू दिनुपर्छ, अनि तिनीहरूलाई कहिल्यै पीडा वा सङ्कष्ट सामना गर्न दिनु हुँदैन भनेर विश्वास गरेँ। परमेश्‍वरका कार्यहरू मेरा धारणाहरूसँग मेल नखाँदा, म ती स्विकार्न वा तीप्रति समर्पित हुन सकिनँ। यो सब मलाई उहाँको काम साँच्चै थाहा नभएकाले गर्दा थियो। मलाई याद छ, म सानी छँदा, मेरी आमा मलाई परमेश्‍वरले कसरी मानवजाति सृष्टि गर्नुभयो र हाम्रा लागि सबै कुरा प्रबन्ध गर्नुभयो भनेर बताउनुहुन्थ्यो। व्यवस्थाको युगमा, उहाँले मोशालाई इस्राएलीहरूलाई मिश्रबाट निकालेर लाल समुद्र पार गराउन लगाउनुभयो, उजाडस्थानमा तिनीहरूका लागि बट्टाई चरा र मन्‍न पठाउनुभयो र तिनीहरूलाई कनानको असल भूमिमा पस्न मार्गदर्शन गर्नुभयो। अनुग्रहको युगमा, प्रभु येशूले बिरामी निको पार्नुभयो, पिशाचहरू निकाल्नुभयो, र उहाँ मानवजातिलाई छुटकारा दिन क्रूसमा टाँगिनुभयो। त्यसैले मेरो मनमा, परमेश्‍वरको प्रेम भनेकै हेरचाह र सुरक्षा, अनि अनुग्रह र आशिष्‌हरू प्रदान गर्नु नै थियो। मैले परमेश्‍वरमा विश्‍वास गरेपछि, उहाँले हामीलाई सुरक्षित र सकुशल राख्नुभएको देखेँ, अनि हामीले आफ्नो जीवनमा उहाँका अनुग्रह र आशिष्‌हरूको आनन्द लियौँ, जसले मलाई उहाँ हामीलाई धेरै प्रेम गर्नुहुन्छ भन्‍ने अझ बढी महसुस गरायो। तर यस पटक, मेरी आमा गिरफ्तार भएर जेलमा हुनुभएकाले, उहाँको देहले धेरै कष्ट भोग्ने निश्चित थियो। यदि उहाँ आफ्नो गवाहीमा दृढ रहन सक्नुभएन वा प्रहरीको यातनाद्वारा मारिनुभयो भने, उहाँले मुक्तिको मौका गुमाउनुहुनेछ भनेर म चिन्तित भएँ। त्यसैले मैले उहाँलाई सुरक्षा नदिनुभएकामा परमेश्‍वरबारे गुनासो गरेँ। मैले उहाँसँग तर्क गर्ने प्रयाससमेत गरेँ, उहाँ आफ्नो कर्तव्य निर्वाह गर्नमा कति लगनशील हुनुहुन्थ्यो र गिरफ्तार हुँदा उहाँले कसरी कहिल्यै कसैलाई वा मण्डलीलाई विश्वाशघात गर्नुभएको थिएन भनी औँल्याएँ। ममा एकदमै समझ थिएन! म देहले फाइदा र आशिष्‌हरू प्राप्त गर्छ कि गर्दैन भन्ने आधारमा परमेश्‍वरको प्रेम नाप्दै थिएँ, जुन सत्यतासँग पटक्कै मेल खाँदैन। परमेश्‍वरको प्रेम अनुग्रह र आशिष्‌हरू मात्र होइन; यसमा न्याय, सजाय, परीक्षा र शोधन पनि समावेश छन्। जब परमेश्‍वर मानिसहरूलाई अनुग्रह र आशिष्‌हरू दिनुहुन्छ, तब त्यो उहाँको प्रेम हो; तर जब उहाँ मानिसहरूलाई जाँच्न र शोधन गर्न परिस्थितिहरू खडा गर्नुहुन्छ, तब त्यो उहाँको प्रेमको अझ बढी प्रकटीकरण हो। उदाहरणका लागि, मेरी आमाको गिरफ्तारीलाई लिऊँ। दैहिक दृष्टिकोणबाट हेर्दा, मैले यसलाई नराम्रो कुराका रूपमा देखेँ र यो परमेश्‍वरको प्रेम होइन भनेर सीमित गरेँ। वास्तवमा, मेरो बुझाइ अत्यन्तै एकतर्फी थियो। यदि यस्तो नभएको भए, मैले आफूले परमेश्‍वरलाई सीमित गरेकी छु, ममा उहाँबारे धारणा र गलतफहमीहरू छन्, वा मसँग उहाँको काम र उहाँको प्रेमबारे साँचो ज्ञान छैन भनेर कहिल्यै बुझ्नेथिइनँ। त्यसै गरी, मेरी आमाले गिरफ्तारी र जेलको अनुभवबाट शारीरिक रूपमा कष्ट भोगिरहनुभएको भए पनि, यदि उहाँले परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमाथि भर पर्न अनि आफ्नो कठिनाइमा उहाँका अभिप्रायहरू खोज्न सक्नुभयो भने, उहाँ सत्यता बुझ्न, आफ्नो जीवनमा वृद्धि हुन सक्नुहुन्छ, र परमेश्‍वरमाथिको उहाँको आस्था पनि बढ्न सक्छ। त्यो उहाँका लागि राम्रो कुरा हुनेछ। परमेश्‍वरका धेरै काम हाम्रा धारणाहरूसँग मेल खाँदैनन् वा तिनले हाम्रा देहलाई फाइदा पुर्‍याउँदैनन्, तर तिनले हाम्रो जीवनलाई फाइदा पुर्‍याउँछन्, जसले उहाँको प्रेम अझ बढी प्रदर्शन गर्छ। यसबारे मनन गर्दा, मेरो हृदय झनै उज्यालो भयो।

पछि, मैले फेरि चिन्तन गरेँ: मैले किन आफ्नी आमाको गिरफ्तारी स्वीकार गर्न सकिनँ? त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढेँ: “म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म दैहिक भावनाविहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका नजरमा ‘तेस्रो पक्ष’ भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो ‘विवेक’ उठाउने मौका प्रयोग गर्छ; मानिसहरूका भावनाहरूका कारण नै ऊ सधैँ मेरो सजायदेखि वितृष्ण हुन्छ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ मलाई सधैँ पक्षपातपूर्ण र अन्यायपूर्ण भन्छ, र कामकुराहरूलाई सम्हाल्दा म मानिसहरूका भावनाहरूलाई ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो भोक र निन्द्राबारे नसोची कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिनरात काम गरेको छ? मानिस कसरी परमेश्‍वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्‍वरसित मिल्‍न सक्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २८)। “मानवजाति सबै भावनाका स्थितिमा जिउँछन्—त्यसकारण परमेश्‍वर तिनीहरूमध्ये एक जनाबाट पनि तर्कनुहुन्न, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुन्छ। किन मानिसहरूलाई आफ्ना भावनाहरू फाल्न यति गाह्रो हुन्छ? के यसो गर्दा विवेकका मानकहरू नाघिन्छन्? के विवेकले परमेश्‍वरको इच्छा पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूलता पार गर्न मद्दत गर्न सक्छ? परमेश्‍वरका नजरमा, भावनाहरू उहाँका शत्रु हुन्—के परमेश्‍वरका वचनहरूमा यो कुरा प्रस्ट रूपमा बताइएको छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय २८)। मैले चिन्तन गरेँ र म दैहिक स्नेहमा जिइरहेकी हुनाले समर्पित हुन नसकेकी हुँ भनेर बुझेँ। धर्मसिद्धान्तको सन्दर्भमा भन्दा, मलाई हामीमाथि हरेक दिन आउने मानिस, घटना र कामकुराहरू राम्रा होऊन् वा नराम्रा, परमेश्‍वरद्वारा अनुमति दिइएका हुन्छन् र ती परमेश्‍वरबाट आएका हुन भनी स्विकार्नुपर्छ भनेर थाहा थियो। तर जब मैले मेरी आमा जेलमा हुनुहुन्छ भन्ने थाहा पाएँ, तब यो परमेश्‍वरबाट आएको भनी स्विकार्न सकिनँ, अनि झन् उहाँका अभिप्रायहरू खोज्नु त परै जाओस्। जेलमा उहाँको शारीरिक र मानसिक पीडा अनि यातना सम्झँदा मात्र पनि मेरो हृदय छियाछिया भयो। म उहाँले कष्ट भोगेको चाहन्नथेँ। मलाई उहाँ आफ्नो गवाहीमा दृढ रहन असफल हुनुहोला, यहूदा बन्नुहोला र यसरी उहाँले मुक्ति नपाउनुहोला, वा प्रहरीले उहाँलाई जेलमा यातना दिएर मार्छ होला र मैले आफ्नी आमा गुमाउँछु होला भन्ने डर भयो। मैले आफ्ना दैहिक स्नेहहरूको पक्ष लिएँ र परमेश्‍वरसँग तर्क गरेँ, उहाँले आमाको सुरक्षा गर्नुभएन भनी गुनासो गरेँ। मैले सोचेका सबै कुरा परमेश्‍वरप्रतिको प्रतिरोधमा थिए। म आफूलाई परमेश्‍वरविरुद्ध खडा गरिरहेकी र उहाँको विरोध गरिरहेकी थिएँ। मैले अय्यूबबारे सोचेँ, जसले त्यतिबेला परीक्षा भोगेका थिए। उनले आफ्ना सबै गाईवस्तु, आफ्ना सबै सम्पत्ति, र आफ्ना दसै जना छोराछोरी गुमाए, र उनको शरीर पीडादायी खटिराहरूले भरिएको थियो। तर अय्यूबले कहिल्यै गुनासो गरेनन्। उनले सबै कुरा परमेश्‍वरको हातमा छ र आपतसमेत परमेश्‍वरको अनुमतिले आएको हो भनी विश्‍वास गरे, अनि उनी अझै परमेश्‍वरमा समर्पित भए र उनले उहाँको नामको प्रशंसा गरे। मैले अय्यूबमा परमेश्‍वरको डर मान्‍ने हृदय छ भन्ने देखेँ। म त उनीभन्दा धेरै कम छु! जब मैले मेरी आमा गिरफ्तार भएर जेलमा हुनुहुन्छ भनी सुनेँ, तब मैले त्यो स्विकार्नै सकिनँ। म पूर्ण रूपमा स्नेहहरूमा जिइरहेकी थिएँ। मलाई यसमा परमेश्‍वरको अनुमति छ भनी थाहा भए पनि, म समर्पित हुन सकिनँ। मैले परमेश्‍वरसँग तर्क गरेँ र भित्रभित्रै उहाँको विरोध गरेँ। परमेश्‍वरको डर मान्‍ने मेरो हृदय कहाँ थियो त? स्पष्ट छ, परमेश्‍वरलाई घृणा गर्ने अनि विश्‍वासीहरूलाई पक्रने र सताउने ठूलो रातो अजिङ्गर नै थियो, र त्यसैले गिरफ्तार भएपछि मेरी आमाले यति धेरै कष्ट भोगिरहनुभएको छ। तर मैले सिसिपिलाई घृणा गर्नुको साटो, परमेश्‍वरबारे गुनासो गरेँ। मैले सबै कुरा उल्टो बुझेकी थिएँ अनि सही र गलत छुट्याउन सकिनँ!

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूका थप केही खण्ड पढेँ र परमेश्‍वर सतावट र सङ्कष्टहरू आउन किन अनुमति दिनुहुन्छ भन्ने कुराको महत्त्वबारे अलि बुझ्न थालेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले आफ्‍नो कामको सिलसिलामा सुरुवातदेखि नै हरेक व्यक्तिको लागि—तिमीहरूले उहाँलाई पछ्याउने हरेक व्यक्तिको लागि पनि भन्न सक्छौ—परीक्षाहरू तय गर्नुभएको छ र यी परीक्षाहरू विविध आकारहरूमा आउँछन्। आफ्ना परिवारहरूबाट इन्कारको परीक्षा अनुभव गरेकाहरू छन्, प्रतिकूल वातावरणको परीक्षा अनुभव गरेकाहरू छन्, पक्राउ पर्ने वा यातना पाउने परीक्षा अनुभव गरेकाहरू छन्, विविध विकल्पहरूको सामना गर्ने परीक्षा अनुभव गरेकाहरू छन्, र पैसा र हैसियतको परीक्षा सामना गरेकाहरू छन्। सामान्य रूपमा भन्दा, तिमीहरूमध्ये हरेकले हरेक प्रकारका परीक्षाहरू सामना गरेका छौ। परमेश्‍वरले किन यसरी काम गर्नुहुन्छ? किन उहाँले हरेकलाई यस प्रकारले व्यवहार गर्नुहुन्छ? उहाँले कस्तो प्रकारको नतिजाको खोजी गर्नुहुन्छ? मैले तिमीहरूलाई बताउन चाहने मुख्य कुरा यसप्रकार छ: परमेश्‍वरले उक्त व्यक्ति परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हो कि होइन भनेर हेर्न चाहनुहुन्छ। यसको अर्थ के हो भने, परमेश्‍वरले तँलाई कुनै परीक्षा दिनुहुँदा र तँलाई कुनै परिस्थिति वा अन्य कुराहरूसँग सामना गराउनुहुँदा, उहाँको अभिप्राय भनेको तँ उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भनेर जाँच गर्नु हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। “मानिसका निम्ति परमेश्‍वरको टिकाउ प्रबन्ध र सहयोगको कामको क्रममा, उहाँ मानिसलाई आफ्ना सम्पूर्ण अभिप्राय र मागहरू बताउनुहुन्छ, साथै उहाँको काम, स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कुरा मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्‍जित पार्नु हो, र परमेश्‍वरलाई पछ्याउँदा मानिसलाई उहाँबाट विभिन्‍न सत्यताहरू प्राप्त गर्न दिनु हो—त्यस्ता सत्यताहरू जुन परमेश्‍वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका शक्तिशाली हतियार हुन्। यसरी सुसज्‍जित भएपछि मानिसले परमेश्‍वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्‍वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती प्रत्येकका लागि परमेश्‍वरको शत्रु शैतानको ‘सहकार्य’ आवश्यक पर्छ। यसो भन्‍नुको अर्थ, मानिसलाई शैतानसँग लड्ने शक्तिशाली हातहतियारहरू दिएपछि परमेश्‍वरले मानिसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद ‘जाँच्न’ दिनुहुन्छ। यदि मानिस शैतानले खडा गरेका युद्ध संरचनाहरूलाई तोडेर बाहिर निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा उत्तीर्ण भएको हुनेछ। तर यदि मानिस शैतानको युद्ध संरचना छोड्न असफल हुन्छ र शैतानको वशमा पर्छ भने, ऊ त्यो जाँचमा उत्तीर्ण भएको हुनेछैन। परमेश्‍वरले मानिसको जुनसुकै पक्षको परीक्षा लिनुभए पनि, उहाँले लिने परीक्षाका मापदण्डहरू शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्‍वरलाई त्यागेर शैतानसामु झुक्ने र आत्मसमर्पण गर्ने गर्छ कि गर्दैन भन्‍ने हुन्। यो भन्‍न सकिन्छ कि मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले शैतानलाई जित्‍न र पराजित गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा भर पर्छ, र उसले स्वतन्त्रता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा शैतानको बन्धनलाई जित्नका लागि परमेश्‍वरद्वारा दिइएका हातहतियारहरू ऊ आफ्नै बलबूताले चलाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशा मार्ने र उसलाई छोडिदिने बनाउन सक्छ कि सक्दैन भन्‍ने कुरामा भर पर्छ। यदि शैतानले आशा मारेर कसैलाई छोडिदिन्छ भने त्यसको अर्थ यही हुन्छ कि अब शैतानले फेरि कहिल्यै त्यस व्यक्तिलाई परमेश्‍वरबाट खोस्‍ने कोसिस गर्नेछैन, फेरि कहिल्यै त्यस व्यक्तिलाई आरोप लगाउनेछैन र बाधा दिनेछैन, फेरि कहिल्यै उसलाई मनोमानी रूपमा यातना दिने वा आक्रमण गर्नेछैन; त्यस्तो व्यक्ति मात्र साँच्चिकै परमेश्‍वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्‍वरले व्यक्तिलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। “परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू आफ्‍नो कामको जाँच खप्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्‍ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्‍वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। ‘गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन’ भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले नराम्रो व्यवहार गर्नुहुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने उहाँ मानिसहरूलाई सिद्ध पार्न अनि उहाँप्रति बफादार र समर्पित बनाउन तिनीहरूमाथि सतावट र सङ्कष्ट आउन दिनुहुन्छ। त्यससँगसँगै, उहाँ उहाँप्रति निष्कपट नहुनेहरूलाई प्रकट गर्नुहुन्छ र हटाउनुहुन्छ। आखिरी दिनहरूमा, परमेश्‍वर हाम्रो भरणपोषण गर्न सत्यता व्यक्त गर्नुहुन्छ र हामीलाई उहाँका सबै माग बताउनुहुन्छ। त्यसपछि, उहाँ हामी उहाँप्रति निष्कपट र समर्पित छौँ कि छैनौँ भनेर हेर्नका लागि हामीलाई जाँच्‍न र परीक्षा गर्न केही वास्तविक परिस्थिति खडा गर्नुहुन्छ। यदि हामी शैतानसँग लड्न सत्यतालाई आफ्नो हतियार बनाउन, परीक्षाहरूको समयमा परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहन, र शैतानलाई पूर्ण रूपमा लज्जित पार्न सक्छौँ भने, हामी परमेश्‍वरद्वारा प्राप्त गरिएका मानिस बन्छौँ। उदाहरणका लागि, सिसिपिको गिरफ्तारी र सतावटलाई लिऊँ। निष्कपट विश्‍वासीहरू, आफ्ना पीडा र कमजोरीको बाबजुद, परमेश्‍वरलाई इन्कार वा विश्वासघात गर्दैनन्। त्यसको साटो, शैतानको सतावटमार्फत, तिनीहरू दियाबलसको कुरूप अनुहार स्पष्ट रूपमा देख्छन्। कमजोरी र पीडाको समयमा, परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनले तिनीहरूलाई अझ ठूलो आस्था दिन्छ, अनि तिनीहरू आफ्नो गवाहीमा दृढ रहनका लागि आफ्नो ज्यान जोखिममा हाल्न इच्छुक हुन्छन्। यस्तो प्रकारको परिस्थितिमार्फत, परमेश्‍वर मानिसहरूका निष्कपट हृदय प्राप्त गर्नुहुन्छ र तिनीहरूभित्र सत्यता हालिदिनुहुन्छ। यो ‘द रिफाइनर्स फायर’ चलचित्रको मुख्य पात्रजस्तै हो। प्रहरीले उनलाई परमेश्‍वरलाई विश्वासघात गर्न बाध्य पार्न, निर्वस्त्र पारे र उनको पूरै शरीरमा विद्युतीय लट्ठीले झट्का दिए। उनले चरम यातना सहिन्, तर परमेश्‍वरका वचनहरूले उनलाई आस्था दिए। उनले परमेश्‍वरलाई विश्वासघात वा इन्कार गर्नुभन्दा मर्न रुचाइन्। उनले उहाँका लागि जोरदार गवाही दिइन् र अन्ततः शैतानलाई लज्जित पारिन्। मैले के देखेँ भने निष्कपट विश्‍वासीहरूले, जस्तोसुकै परिस्थिति अनुभव गरे पनि वा जतिसुकै कष्ट वा यातना भोगे पनि, तिनीहरू परमेश्‍वरप्रतिको आफ्नो बफादारीमा दृढ रहन सक्छन्। तिनीहरूका लागि, सङ्कष्ट र कष्ट सिद्ध हुने तरिका हो, र परमेश्‍वरबाट आउने विशेष आशिष्‌ पनि हो। तर परमेश्‍वरप्रति निष्कपट नहुनेहरू शारीरिक यातना, पीडा, वा मृत्युको धम्की सामना गर्दा आफूलाई जोगाउनका लागि परमेश्‍वरलाई इन्कार र विश्‍वासघात गर्छन्। यस्ता मानिसहरू प्रकट हुने सामा, परमेश्‍वरले हटाउने व्यक्ति हुन्। परमेश्‍वर मानिसहरूलाई प्रकट र सिद्ध दुवै गर्नका लागि ठूलो रातो अजिङ्गरलाई सेवाकर्ताका रूपमा प्रयोग गर्नुहुन्छ। परमेश्‍वर एकदमै बुद्धिमान्‌ हुनुहुन्छ! मलाई याद छ, मेरी आमाले आफ्नो अघिल्लो गिरफ्तारीपछि सङ्कल्प गर्नुभएको थियो: यदि फेरि गिरफ्तार भइएछ भने पनि, उहाँ आफ्नो आस्थामा दृढ रहनुहुनेथ्यो र उहाँले परमेश्‍वरलाई पछ्याइरहनुहुनेथ्यो, र परमेश्‍वरलाई कहिल्यै विश्वासघात गर्नुहुनेथिएन। यो गिरफ्तारी उहाँका लागि परमेश्‍वरको जाँच हो। यदि उहाँले आफ्नो देहको सुरक्षा गर्न परमेश्‍वरलाई विश्वासघात गर्नुभयो भने, उहाँ प्रकट हुनुहुनेछ। तर यदि उहाँले परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमाथि भर पर्न, र शैतानले जतिसुकै सतावट दिए पनि परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहन सक्नुभयो भने, यस परिस्थितिले उहाँलाई सिद्ध पार्नेछ, उहाँको आस्था र प्रेम बढाउनेछ। यो परमेश्‍वरले उहाँलाई गवाही दिन प्रदान गरेको मौका—उहाँबाट आएको विशेष आशिष्‌ हो। यो बुझेपछि, मैले आफ्नो हृदयमा भएको आमाप्रतिको केही चिन्ता त्यागेँ।

मैले खोजी गरिरहँदा, मसँग अर्को गलत दृष्टिकोण पनि छ भनेर बुझेँ। मैले यदि कसैलाई जेलमा सतावट दिएर मारियो भने, उसले मुक्ति पाउन सक्दैन भन्ने सोचेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड नपढिन्जेल मेरो दृष्टिकोण बद्लिएन। परमेश्‍वर भन्‍नुहुन्छ: “हामी ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका कार्यहरूमाथि परमेश्‍वरको फैसलाका बारेमा कुरा नगरौँ, तर यो सोधौँ: जब ती शहीदहरू अन्त्यमा पुगे, के तिनीहरूको जीवन मानव धारणाहरूसँग मिल्ने तरिकाले अन्त्य भयो? (अहँ, भएन।) मानव धारणाहरूको दृष्टिकोणबाट हेर्दा, ती शहीदहरूले परमेश्‍वरको काम प्रसार गर्न त्यति ठूलो मूल्य चुकाए, तर अन्ततः तिनीहरू शैतानद्वारा गम्भीर रूपमा हानि पुर्‍याएर मारिए। यो मानव धारणाहरूसँग मिल्दो छैन। तर, तिनीहरूमाथि ठ्याक्कै तिनै कुरा आइपरेका हुन्—परमेश्‍वरले यही नै हुन दिनुभएको हो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्‍वरले तिनीहरूलाई यसरी मर्न अनुमति दिनु उहाँको श्राप र निन्दा थियो, कि यो उहाँको प्रबन्ध र आशिष्‌ थियो? यो दुवै थिएन। यो के थियो? ती शहीदहरूको मृत्युका बारेमा सोच्दा मानिसहरूलाई हृदयमा पीडा हुन्छ, तर वास्तवमा तथ्यहरू यिनै हुन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरू यसरी मर्नुको के स्पष्टीकरण दिइनुपर्छ? हामीले यो विषय उल्लेख गर्दा, तिमीहरू आफूलाई तिनीहरूको स्थानमा राख्छौ, त्यसैले के तिमीहरूलाई हृदयमा व्याकुलता र थोरै लुकेको पीडा महसुस हुन्छ? तिमीहरू सोच्छौ, ‘यी मानिसहरूले परमेश्‍वरको सुसमाचार प्रसार गर्ने आफ्नो कर्तव्य निर्वाह गरे, र तिनीहरूलाई असल मानिस मान्नुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्‍न सक्यो?’ वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्‍ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्‍वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्‍वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन—आफ्नो जीवनको अन्तिम क्षण—लाई परमेश्‍वरका कार्यहरूको गवाही दिन, परमेश्‍वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्‍वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि, सबैभन्दा कदर गरिनलायक, सबैभन्दा बहुमूल्य कुरा जीवन हो, अनि, ठ्याक्कै यिनै मानिसहरूले मानवजातिप्रति परमेश्‍वरको प्रेम पुष्टि गर्न र त्यसको गवाही दिन, आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्पण गर्न सके। आफ्नो मृत्युसम्मै, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनका अन्तिम क्षणहरू यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य निर्वाह गर्ने सर्वोत्तम तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो भयो। म के सोच्थेँ भने, प्रहरीद्वारा सताइएर मारिनुको अर्थ परमेश्‍वरबाट मुक्ति पाउन नसक्नु हो, तर परमेश्‍वर यसलाई त्यसरी पटक्कै हेर्नुहुन्न। प्रभु येशूले भन्‍नुभयो: “जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरा खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ(मत्ती १६:२५)। मैले यहूदा बन्नेहरूलाई सम्झेँ। गिरफ्तार भएपछि, प्रहरीको यातनादेखि त्रसित भएर, तिनीहरूले अगुवा र कामदारहरू, वा आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरे अनि तीन बयानको पत्रमा हस्ताक्षर पनि गरे। तिनीहरूले शारीरिक कष्ट भोगेनन् र रिहा भए—तिनीहरू आज पनि अझ जीवितै छन्—तर तिनीहरूले मुक्तिको मौका सदाका लागि गुमाएका छन् र भविष्यमा अनन्त दण्ड सामना गर्नेछन्। तर ठूलो रातो अजिङ्गरद्वारा सतावट दिई मारिएर सहिद भएकाहरू—तिनीहरूलाई यातना दिएर मारिए पनि, तिनीहरू आफ्नो ज्यानको मूल्य चुकाएर आफ्नो गवाहीमा दृढ रहे। त्यो सबैभन्दा अर्थपूर्ण र बहुमूल्य कुरा हो, र यसलाई परमेश्‍वर सम्झनुहुन्छ। यो अनुग्रहको युगका चेलाहरूजस्तै हो जो प्रभु येशूको नाम घोषणा गरेका कारण सहिद भएका थिए। तिनीहरू परमेश्‍वरप्रति बफादार थिए। तिनीहरू मरेपछि, तिनीहरूका आत्माहरू परमेश्‍वरकहाँ फर्के, र उहाँले तिनीहरूका लागि उचित बन्दोबस्तहरू गर्नुभयो। त्यसबाहेक, तिनीहरूको मृत्यु शैतानले परमेश्‍वरका चुनिएका मानिसहरूलाई क्रूरतापूर्वक व्यवहार गर्नमा गरेको दुष्टताको प्रमाण हो, अनि त्यो परमेश्‍वरले महिमा प्राप्त गरेको र शैतानलाई पराजित गरेको विजयी गवाही हो। मेरी आमाको भवितव्य परमेश्‍वरको हातमा छ। उहाँले अनुभव गर्ने सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत छ। उहाँलाई सतावट दिएर मारियो भने पनि, त्यो धार्मिकताका खातिर हुनेछ, र त्यो गौरवशाली कुरा हुनेछ। म त सानो सृजित प्राणी मात्र हुँ; परमेश्‍वरलाई के गर्ने भनेर बताउने ममा कुनै अधिकार छैन। म उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनैपर्छ। यो बुझ्दा, मेरो हृदयको सास्ती कम हुन थाल्यो।

गएको जनवरीमा, मेरो हजुरबाले मेरी आमाले जेलबाट चिट्ठी पठाउनुभएको छ भनेर भन्न पत्र लेख्नुभयो। उहाँले श्रम निकै कठिन छ र उहाँको दृष्टि निकै कमजोर भएको छ भनेर भन्नुभयो। यो सुनेर मलाई रिस उठ्यो र म मर्माहत भएँ। “आमालाई पहिले नै आँखाको समस्या थियो,” मैले सोचेँ। “हरेक दिन यस्तो भारी श्रम गर्दा—उहाँ अन्धी हुनुभयो भने नि? उहाँको सजाय अझै धेरै बाँकी छ। आउँदा दिनहरू उहाँका लागि एकदमै गाह्रो हुनेछन्!” त्यसपछि, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “परमेश्‍वरले हामीलाई डोऱ्याउनुहुने मार्ग सिधा छैन, तर खाल्डा-खुल्डीले भरिएको घुमाउरो बाटो हो; यसबाहेक, परमेश्‍वर भन्नुहुन्छ, कि मार्ग जति धेरै ढुङ्गेनी हुन्छ, त्यत्ति नै बढी त्यसले हाम्रो प्रेमिलो हृदयहरूलाई प्रकट गर्न सक्छ। तर हामीमध्ये कसैले पनि त्यस्तो बाटो खोल्न सक्दैनौं। मेरो अनुभवमा, म धेरै ढुङ्गेनी, धोकेबाज मार्गहरू हिँडेको छु र मैले ठूलो यातना भोगेको छु; कहिलेकहीँ म शोकले यति धेरै ग्रस्त भएको छु कि म रुन चाहन्थें, तर म आजको दिनसम्म यो मार्गमा हिँडेको छु। म विश्‍वास गर्दछु कि यो परमेश्‍वरले डोऱ्याउनुभएको बाटो हो, त्यसैले म सबै दुःखको यातना सहन्छु र अगाडि बढिरहन्छु। किनकि परमेश्‍वरले ठहराउनुभएको यही हो, त्यसकारण त्यसबाट को उम्कन सक्छ र? म कुनै आशिष् पाऊँ भनी माग्दिनँ; म यति मात्र माग्छु कि मैले जुन मार्गमा हिँड्नुपर्छ त्यसमा म परमेश्‍वरका अभिप्रायहरूअनुसार हिँड्न सकूँ। म अरूको अनुकरण गर्दै तिनीहरू हिँड्ने मार्गमा हिँड्न खोज्दिनँ; म यति मात्रै खोज्छु कि मैले आफ्नो अर्पण चढाउन र अन्तिमसम्म आफ्नो तोकिएको मार्गमा हिँड्न सकूँ। म अरूबाट सहायता माग्दिनँ; स्पष्ट भन्नुपर्दा, म पनि कसैलाई सहायता गर्न सक्दिनँ; यस्तो लाग्छ कि यस विषयमा म अत्यन्तै संवेदनशील छु। अरूले के सोच्छन् मलाई थाहा छैन। किनकि मैले सधैँ यो विश्‍वास गरेको छु कि एउटा व्यक्तिले कति दुःख भोग्नुपर्छ र उसले आफ्नो मार्गमा कति दूरी हिँड्नुपर्छ भन्ने कुरा परमेश्‍वरद्वारा पूर्वनियोजित हुन्छ, र कसैले पनि अरू कसैलाई साँच्चिकै मद्दत गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (६))। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने आस्थाको मार्ग सुगम हुँदैन; हामी सबैले धेरै कष्ट सहन गर्नैपर्छ। हरेक व्यक्तिले अनुभव गर्ने कठिनाइहरू परमेश्‍वरद्वारा पूर्वनियोजित हुन्छन्। प्रहरी मेरी आमालाई कस्तो व्यवहार गर्छ, उहाँ जेलमा कति कष्ट भोग्नुहुन्छ, उहाँ अन्धी हुनुहुनेछ कि हुनुहुनेछैन—यो सब परमेश्‍वरको हातमा छ। अब मैले गर्न सक्ने भनेको अझ धेरै प्रार्थना गर्ने, मेरी आमालाई परमेश्‍वरको हातमा सुम्पने, अनि यो परिस्थिति अनुभव गर्न उहाँलाई आस्था माग्ने मात्र हो। अहिले, जब म मेरी आमाबारे सोच्छु, तब मलाई अझै अलि चिन्ता र फिक्री लागे पनि, यसले मेरो स्थितिलाई असर गर्दैन। म आफ्नो हृदय शान्त पार्न र आफूलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा समर्पित गर्न सक्छु, किनभने म परमेश्‍वरले गर्ने सबै कुरा असल हुन्छ र त्यसमा उहाँका असल अभिप्रायहरू हुन्छन् भनेर बुझ्छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

निराकरणपछिको परिवर्तन

गत मार्चमा, मैले मण्डलीको भिडियो काम जिम्‍मा लिएँ। त्यो कर्तव्यमा म नयाँ भएकोले मैले धेरै सत्यता पूर्णरूपमा बुझेको थिइनँ त्यसकारण हरेक दिन...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्