छोराको घातक रोगको सामना गर्दा

20 जनवरी 2022

लियाङ शिन्, चीन

दुई वर्षअघि मेरो छोराको कम्मरमा अचानक अत्यधिक पीडा सुरु भयो। हामीले जाँच गरायौं र डाक्टरले जाँचको रिपोर्ट चिन्ताजनक रहेको, र थप जाँच गर्न ठूलो प्रान्तीय अस्पतालमा जानुपर्छ भने। डाक्टरले त्यसो भन्दा मेरो मुटुको ढुकढुकी नै रोकिएला जस्तो भयो, र छोरालाई गम्भीर रोग लागेको हुन सक्छ भन्‍ने लाग्यो। तर त्यसपछि सोचें, “विश्‍वासी बनेदेखि नै मैले पूरै समय परमेश्‍वरको लागि त्यागहरू गर्दै र आफ्नो कर्तव्य निभाउँदै आएकी छु र यस क्रममा धेरै पीडा भोगेकी छु। कम्युनिष्ट पार्टीको उन्माद दमन र गिरफ्तारी अनि इष्टमित्र र आफन्तहरूको उपहास र निन्दा सामना गर्नुपर्ने अवस्थामा समेत, म कहिल्यै पछि हटिनँ, बरु आफ्नो कर्तव्यमा दृड भई डटिरहें। परमेश्‍वरको लागि मैले गरेका ती सबै त्यागहरूलाई विचार गर्दा, उहाँले मेरो छोरालाई जुनसुकै गम्भीर कुराबाट रक्षा गर्नुपर्छ।” जाँचको रिपोर्टले मलाई स्तब्ध पार्‍यो। मेरो छोरालाई कलेजोमा क्यान्सर र सिरोसिस भएको रहेछ। ऊ तीनदेखि ६ महिनासम्म मात्र बाँच्छ भनेर डाक्टरले भने। त्यो रिपोर्टले म त छाँगोबाट खसेझै भएँ, र त्यहीं थचक्‍क बसें, हातखुट्टै चलेन। मलाई विश्‍वासै लागेन। ऊ ३७ वर्ष मात्र पुग्दैथ्यो—कसरी उसलाई यति गम्भीर रोग लाग्यो? जाँचको रिपोर्ट मेरो हातमै थियो र मेरो हात थरथर काँपिरहेको थियो। कतै डाक्टरले गलत निदान पो गरे कि भनेर सोचें। म अक्‍क न बक्‍क भएर बेडको छेउमा बसें र केही क्षणसम्म कहाँ-कता छु केही थाहा पाइनँ। आँखाबाट बरबर आँसु झऱ्यो र सोचें, “ऊ जवानै छ—कसरी उसलाई यस्तो गम्भीर रोग लाग्‍न सक्छ? कलेजोको क्यान्सर र सिरोसिस? एउटै रोग त घातक हुन्छ, फेरि दुईदुई वटा? ऊ त हाम्रो परिवारको सहारा हो। ऊबिना हाम्रो परिवारले के गरिखाला? मानिसको लागि जीवनको सबैभन्दा पीडादायी कुरा भनेको आफ्ना बच्‍चालाई गाड्नु हो।” म त झन्‍झन् दयनीय स्थितिमा पुगिरहेकी थिएँ। आँखाबाट आँसुको भेल निरन्तर बग्‍न खोज्थ्यो र म हरेक दिन होस हराएझै हुन्थेँ। म वास्तवमै अन्धकारमा थिएँ। मैले प्रार्थना गरें, “हे परमेश्‍वर, मेरो छोरा सिकिस्त छ, मलाई असाध्यै कष्ट भइरहेको छ र म यो स्थिति सम्हाल्न सक्दिनँ। कृपया, तपाईंको इच्छा बुझ्न मलाई अन्तर्दृष्टि दिनुहोस्।”

एकदिन मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें: “परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्‍वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्‍वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्‍वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्‍ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्‍वास थामेर राख्यो … परमेश्‍वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, आस्था त्यसबेला चाहिन्छ। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले बलियो अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्‍ने हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरू पढेर मैले के बुझ्न सकें भने, मेरो छोरालाई गम्भीर रोग लाग्‍नु भनेको मेरो लागि एक प्रकारको परीक्षा र जाँच हो र यसबाट पार पाउन मैले आफ्नो विश्‍वासमा भर पर्नुपर्छ। मैले अय्यूबबारे सोचें, उनका सबै धनसम्पत्ति र गाईवस्तुहरू लुटिएको थियो, उनका सबै छोराछोरीको मृत्यु भयो, र उनको शरीरभरि पिलो आएको थियो। यस्तो ठूलो परीक्षा आइपर्दासमेत उनी परमेश्‍वरलाई दोष दिनुभन्दा आफूलाई सराप्‍न तयार थिए, र अझै पनि यहोवाको नाउँको प्रशंसा गर्न उनी सक्षम थिए। उनले अन्ततः परमेश्‍वरका लागि सानदार गवाही दिए। उनीमाथि यी सबै भइरहेको बेला, साथीहरूले उनको खिल्ली उडाए, र पत्‍नीले उनको आलोचना गर्दै उनलाई परमेश्‍वरको त्याग गरी मर्नूसमेत भनिन्। बाहिरबाट हेर्दा, उनलाई पत्‍नी र साथीहरूले आलोचना गरेजस्तो देखिन्छ, तर वास्तवमा, शैतानले अय्यूबलाई मानव शब्दहरूद्वारा परमेश्‍वरलाई नकार्ने र धोका दिने परीक्षा गरिरहेको थियो। तर अय्यूब त्यसको बहकाउमा परेनन् र उनले आफ्नी पत्‍नीलाई मूर्ख स्‍त्री भनेर निन्दासमेत गरे। यतिखेर मेरा इष्टमित्र र परिवारले गरेको अक्रमणको पछि शैतानका चालहरू लुकेका थिए। म अय्यूबजस्तो भएर परमेश्‍वरको गवाही भई खडा हुनुपर्थ्यो। म तिनीहरूको व्यर्थको कुरा सुन्‍न सक्दिनथेँ। यस्तो सोच आउँदा, मैले पहिलेजस्तो दयनीय र बेसहारा महसुस गरिनँ।

केही हप्तापछि मेरो छोराको शल्यक्रिया भयो र उसको स्वास्थ्य सुधार हुन थाल्यो। मैले सोचेँ, “मेरो विश्‍वासले गर्दा परमेश्‍वरले उसमाथि कृपा देखाउनुभएको होला। आशा छ, उहाँले केही चमत्कार गर्नुहुनेछ, र उसलाई निको पार्नुहुनेछ। ऊ पुरै निको भयो भने त साह्रै जाती हन्थ्यो।” त्यसपछि परमेश्‍वरका वचनहरूको यो खण्ड अचानक मेरो मनमा फुऱ्यो: “तँ केवल परमेश्‍वरमा विश्‍वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्‌ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, ‘परमेश्‍वरको अङ्गालोमा’ जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूले विश्‍वासप्रतिका मेरा गलत दृष्टिकोण र आशिष्‌ पाउने मनसायहरू साँच्‍चै स्पष्टसित खुलासा गरिदिए। मलाई एकदमै लज्‍जित महसुस भयो। मैले प्रभुमा विश्‍वास गर्दा, म आशिष् र अनुग्रहको पछि लागिरहेकी थिएँ, मेरो सारा परिवार मेरो विश्‍वासको कारण आशिषित हुनेछ भनेर आशा गरिरहेकी थिएँ। मैले परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकार गरेदेखि परमेश्‍वरलाई अनुग्रह माग्दै निर्लज्‍जतापूर्वक प्रार्थना गरेकी नभए पनि, मैले सत्यता पछ्याइरहेकी र परमेश्‍वरलाई साँचो रूपमा बुझेकी थिइनँ। मैले आफ्नो विश्‍वासमा आशिष्‌ पाउने दृष्टिकोण पालेकी थिएँ र “यो जीवनमा सय गुणा र आउँदो जीवनमा अनन्त जीवन” भन्‍ने सोच्थेँ। मैले परमेश्‍वरको निम्ति त्यागहरू गरेकी हुनाले, उहाँले मलाई याद गर्नुहुनेछ र आशिष् दिनुहुनेछ, र उहाँले मेरो परिवारलाई रोगबिमार र विपत्तिबाट बचाउनु, र हाम्रो जीवनलाई सहज बनाई जुनसुकै भयानक दुर्घटनाबाट जोगाउनुपर्छ भनेर सोचें। सोही कारण, मैले आफ्नो कर्तव्य पूरा गर्नका लागि आफ्नो घर र जागिर त्यागें, र जुनसुकै पीडा सहन पूर्ण रूपले खुसी र तत्पर थिएँ। तर मेरो छोरालाई क्यान्सर भएको पत्ता लाग्दा, म निरन्तर पीडा र चिन्ताको दलदलमा डुबें, र कर्तव्यप्रतिको जोस-जाँगर सबै गुमाएँ। मैले कत्ति खर्चिएँ, कत्ति पीडा भोगें भन्दै तुच्छ हिसाबकिताब गरिरहेकी थिएँ, परमेश्‍वरसँग बहस गर्दै र मेरो छोरालाई रक्षा नगरेकोमा उहाँलाई दोष दिँदै थिएँ। मैले भोगेको परिस्थितिका साथै परमेश्‍वरका वचनहरूको प्रकाशले विश्‍वासको पछि लाग्‍नुपछाडिको मेरो दृष्टिकोण गलत थियो भनेर देखायो। मैले सत्यता पछ्‍याउन र आफूलाई भ्रष्टताबाट मुक्त गर्नका लागि विश्‍वासमा सबै कुरा त्यागिरहेकी थिइनँ, यो त परमेश्‍वरका अनुग्रह र आशिष् प्राप्त गर्नका लागि मात्र गरिरहेकी थिएँ। मैले परमेश्‍वरसँग लेनदेन गरिरहेको थिएँ, उहाँलाई प्रयोग र छल गरिरहेकी थिएँ। मेरो विश्‍वास त परमेश्‍वरले मेरो परिवारलाई रक्षा गर्दै सुरक्षित र सकुशल अनि बिमार र विपत्तिरहित राख्‍नुहुन्छ भन्‍ने एकोहोरो खोजी मात्र थियो। कसरी म ती धार्मिक मानिसहरूभन्दा फरक भएँ र, जो भोक मेट्नको लागि रोटी खोजिहिँड्छन्? खोजी गर्नुपछाडिको मेरो दृष्टिकोण कत्ति तुच्छ रहेछ भनेर मैले बुझें। यस्तो महसुस भएपछि, मैले परमेश्‍वरप्रति असाध्यै ऋणी भएको अनुभूति गरें, र म प्रार्थनामा उहाँसामु आएँ, र आफ्नो छोराको स्वास्थ्य परमेश्‍वरको हातमा छोड्न र उहाँका प्रबन्धहरूप्रति समर्पित हुन तयार भएँ।

केही समयको उपचारपछि, मेरो छोराको अवस्था सुधार हुन थाल्यो, र उसको मनको अवस्था पनि झन्झन् राम्रो हुँदै गयो। उसले राम्रसँग खानेकुरा खान थाल्यो र हल्का कसरतहरू गर्न सक्‍ने भयो। मेरो खुसीको सीमा नै रहेन, विशेष गरी, उसलाई माइक्रोफोन हातमा लिएर, पूर्ण स्वस्थ भएझैँ, आफ्नो छोरासित गाउँदै र नाच्दै गरेको देख्दा म साह्रै खुसी भएँ। उसको बाँच्ने ठूलो आशा छ भन्‍ने लाग्यो, र म के पनि सोच्दै थिएँ भने, “मानव दृष्टिकोणबाट हेर्दा, उसको रोग एउटा मृत्युदण्ड थियो र उसको लागि बाँच्ने समय छ महिना मात्र थियो। तर त्यो समय बितिसकेको छ र ऊ एकदमै राम्रोसित निको भएको छ। यो त परमेश्‍वरको अनुग्रह र सुरक्षा हो। यदि स्थिति यस्तै भइरह्यो भने, ऊ पुरै निको हुन्छ जस्तो देखिन्छ।” तर मैले सोचेजस्तो भएन। अचानक ऊ खानेकुरा निल्नै नसक्‍ने भयो, उसको पेट हरेक दिन झन्‍झन् फुल्दै गयो र बस्‍नै नसक्‍ने भयो। उसको जाँच गराइयो र क्यान्सर फेरि बल्झेको त थिएन, तर सिरोसिस झन् बढेको र कलेजोमा पानी जम्दै थियो। मलाई लाग्यो, उसको मृत्य पलपल नजिकिंदै छ, र मलाई फेरि निराशाले छोप्यो। मैले सोचेँ, “मेरो छोराको अवस्था स्पष्ट रूपमै सुधार हुँदै थियो, फेरि किन अवस्था बिग्रियो? ऊ असल छोरो हो, र सबैसित एकदमै मिल्छ। साथीसँगी, परिवार र छरछिमेक सबैले उसको गुणगान गाउँछन्। ऊ मेरो विश्‍वासबारे त्यति उत्साहित नभए पनि मेरो रोकावट बनेको छैन। किन उसलाई यस्तो घातक रोग लाग्यो? मैले विश्‍वासीको हैसियतमा आफ्नो सारा समय सुसमाचार बाँडेर बिताइरहेकी छु, मण्डलीमा आइपर्ने जुनसुकै काम गर्न म सक्रिय छु। कम्युनिष्ट पार्टीको दमन र गिरफ्तारीको बाबजुत, र आफन्तजनले मेरो विश्‍वासको विरोध र अवरोध गरे पनि, म कहिल्यै पछि हटिनँ। मैले आफ्नो कर्तव्य गरी नै रहेको छु। मैले धेरै कुरा त्यागेकी छु, तर मलाई यो किन आइलाग्यो? के यत्तिका वर्ष मैले गरेका त्यागहरूको सट्टा यही फल पाएकी हुँ त?” मैले भन्‍न त केही भनिनँ तर परमेश्‍वर अधर्मी हुनुहुन्छ भन्‍ने भावनाले मलाई छोप्यो। म निराशावादी र हतोत्साहित भएँ र रणभुल्लमा परें। मेरो आशै मऱ्यो। मलाई भयानक पीडा भयो र हरसमय आँसुमा डुबें।

पीडमा मैले परमेश्‍वरका वचनहरूमा उहाँको इच्छाको खोजी गरेँ। यस क्रममा मैले पढेको एउटा खण्ड यो हो: “धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा तर्कसङ्गतता होइन; यो समानतावाद, वा तँलाई तैँले गरेको कामका लागि पाउनुपर्ने कुरा दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र तर्कसङ्गत हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्न सक्‍ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्‍वरका लागि साक्षी दिएपछि उहाँले तिनलाई नष्ट पार्नुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भन्‍न तिनीहरूलाई निकै सहज हुन्छ; तर, यदि तिनीहरूले केही कुरा आफ्ना धारणाहरूसँग मिल्ने देखेनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। खासमा, मानिसहरू भ्रष्ट तुल्याइएका भए पनि वा नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्‍नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्‍वरले मानिसहरूलाई आफूले नियोजन गरेका व्यवस्थाहरू बताउनैपर्छ र? त्यो आवश्यक छैन। परमेश्‍वरको नजरमा, भ्रष्ट र परमेश्‍वरको प्रतिरोध गर्न सक्‍ने व्यक्तिको कुनै मूल्य हुँदैन; परमेश्‍वरले तिनीहरूलाई जसरी सम्‍हाल्‍नुभए पनि त्यो उचितै हुनेछ, र यो सबै परमेश्‍वरका बन्दोबस्तहरू अनुसार हुन्छन्। … परमेश्‍वरको सार धार्मिकता हो। उहाँले गर्ने कुरा बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईँले गर्ने सबै कुरामा तपाईँका असल अभिप्रायहरू छन्; ती सबैमा धार्मिकता छ। तपाईँको बुद्धि र कार्यहरूका लागि म तपाईँको प्रशंसा नगरी बस्‍न कसरी सक्छु र?’ अब त तिमीहरूले देख्‍नुपर्ने हो, परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्‍म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्‍न सकून्, अनि परमेश्‍वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्‍न सकून् भन्‍ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखेका हुन्छन्, तब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। शैतानलाई नष्ट पार्ने समय निर्धारणमा परमेश्‍वरको स्वभाव र बुद्धि निहित हुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले यो बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन्, र त्यसपछि तिनीहरू उहाँ धर्मी हुनुहुन्‍न भनेर भन्छन् भने, तिनीहरू सबैभन्दा समझहीन भइरहेका हुन्छन्। तैँले देख्छस् कि पत्रुसले बुझ्न नसकिने केही कुरा भेट्टाए, तर तिनमा परमेश्‍वरको बुद्धि उपस्थित छ र ती कुरामा उहाँको असल इच्छा छ भनी तिनी निश्चित थिए। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्‍न नसक्‍ने कुरा धेरै छन्। यसैले, परमेश्‍वरको स्वभाव जान्‍नु कुनै सजिलो कुरा होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, उहाँको धार्मिकता मैले सोचेजस्तो होइन—यो शतप्रतिशत निष्पक्ष र समानतावादी छ, र यसको अर्थ आफूले जे रोप्यो त्यही फल पाइन्छ भन्‍ने होइन। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ र उहाँको सार नै धर्मीपन हो, त्यसकारण, उहाँले दिऊन् वा लिऊन्, हामीले अनुग्रह पाऔं वा परीक्षामार्फत कष्ट भोगौं, यी सबैमा उहाँको बुद्धि हुन्छ। यो सबै उहाँको धर्मी स्वभावको प्रकटीकरण हो। अय्यूबले परमेश्‍वरको मार्ग पछ्याए, उहाँको डर माने र जीवनभरि दुष्टताबाट अलग बसे। परमेश्‍वरको दृष्टिमा उनी सिद्ध व्यक्ति थिए, तर पनि परमेश्‍वरले उनको परीक्षा लिनुभयो। परमेश्‍वरप्रतिको उनको विश्‍वास र डर एकपछि अर्को परीक्षाद्वारा झन् उच्‍च भयो, र अन्त्यमा उनी परमेश्‍वरको लागि प्रभावशाली गवाही भए र शैतानमाथि पूर्ण विजयी भए। त्यसपछि उनीकहाँ परमेश्‍वर देखा पर्नुभयो र उनलाई अझ धेरै आशिष् दिनुभयो। त्यसले परमेश्‍वरको धर्मी स्वभाव प्रकट गऱ्यो। मैले पावलबारे पनि सोचें। उनले धेरै पीडा भोगे र प्रभुको सुसमाचार फैलाउन टाढाटाढा यात्रा गरे, तर उनीसित परमेश्‍वरप्रति साँचो समर्पण वा डर थिएन। उनले केवल कडा परिश्रम गरेर परमेश्‍वरबाट आशिष्‌ प्राप्त गर्न चाहन्थे। उनले निकै काम गरिसकेपछि यसो भने: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले कष्ट भोग्‍नु र योगदान दिनुपछाडि उनका महत्वाकाङ्क्षा र चाहनाहरू लुकेका थिए र ती लेनदेनका लागि थिए। उनको स्वभाव फिटिक्‍कै परिवर्तन भएन र उनी परमेश्‍वरविरुद्धको मार्गमा थिए। अन्त्यमा उनलाई परमेश्‍वरले सजाय दिनुभयो। यसबाट हामी के देख्‍न सक्छौं भने, परमेश्‍वर मानिसले कत्ति धेरै काम गर्छन् त्यो हेर्नुहुन्‍न तर तिनीहरूले उहाँप्रति प्रेम र समर्पण गर्छन् कि गर्दैनन्, र तिनीहरूको जीवन स्वभाव परिवर्तन हुन्छ कि हुँदैन, त्यो हेर्नुहुन्छ। परमेश्‍वरको अत्यन्तै पवित्र र धर्मी हुनुहुन्छ। मैले मेरो योगदानको भुक्तानी पाउँछु, मेरो योगदानबराबर केही फिर्ता पाउँछु भनेर सोचें। त्यो मानव लेनदेनको दृष्टिकोण हो, र त्यो परमेश्‍वरको धार्मिकताभन्दा बिल्कुलै बेग्लै कुरा हो। मैले विश्‍वासीको हैसियतमा केही त्यागहरू र केही असल कुराहरू गरेकी थिएँ, तर विश्‍वासमा गरिने खोजीप्रतिको मेरो दृष्टिकोण गलत थियो र म साँचो अर्थमा परमेश्‍वरप्रति समर्पित थिइनँ। मेरो छोरा बिमार हुँदा, मैले अझै पनि परमेश्‍वरलाई दोष लगाएँ र विरोध गरें। मेरो जीवन स्वभाव बद्लेको थिएन, र म परमेश्‍वरको विरोध गर्ने व्यक्ति र शैतानको मान्छे थिएँ। म पटक्‍कै परमेश्‍वरको आशिष् प्राप्त गर्न योग्य थिइनँ। मैले परमेश्‍वरको धर्मी स्वभाव बुझेकी थिइनँ, र मैले आफ्नो कर्तव्यमा केही त्यागहरू गरेकी हुनाले, परमेश्‍वरले मेरो छोराको रक्षा र देखभाल गर्नुपर्छ भनेर सोचेँ। के मैले मानव लेनदेनको दृष्टिकोणको आधारमा परमेश्‍वरसित मागहरू राखिरहेकी थिइनँ र? अनि, मैले परमेश्‍वरका यी वचनहरूबारे सोचें: “हरेकको एउटा सुहाउँदो गन्तव्य छ, जुन हरेक व्यक्तिको सारअनुसार निर्धारित हुन्छ, अनि यसको अरू मानिसहरूसँग बिलकुलै सरोकार छैन। एउटा बालकका दुष्ट कार्यहरू उसका आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उसका आमाबुबासँग बाँड्न नै सकिन्छ। एउटा अभिभावकका दुष्ट कार्यहरू उसका छोराछोरीहरूमा सार्न सकिँदैन, न त एउटा अभिभावकको धार्मिकतालाई उसका छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। सबैले आ-आफ्नै पापहरू वहन गर्छन्, र सबैले आ-आफ्ना आशिष्‌को आनन्द उठाउँछन्। कोही व्यक्तिले पनि अर्को व्यक्तिको ठाउँ लिन सक्दैन। यो धार्मिकता हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। म सधैँ के सोच्थेँ भने, मैले आफ्नो विश्‍वासमा धेरै कुरा त्यागेकी छु, त्यसैले परमेश्‍वरले मेरो छोरालाई निको पार्नुपर्छ। नत्र त उहाँलाई म अधर्मी ठान्‍ने थिएँ। त्यो त मेरो पूर्णतया हास्यास्पद कुरा थियो! मैले जतिसुकै कष्ट भोगेकी र मूल्य चुकाएकी भए तापनि, त्यो मेरो कर्तव्य थियो, र सृष्टि गरिएको प्राणीको रूपमा मैले गर्नुपर्ने कुरा थियो। मेरो छोराको रोग, उसको भवितव्य वा गन्तव्यसित यसको बिलकुलै कुनै सरोकार थिएन। मैले त्यसलाई परमेश्‍वरसित लेनदेन गर्नका लागि वार्ता गर्ने माध्यम बनाउनु हुँदैनथ्यो।

एक दिन मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढें, र त्यसले मलाई मेरो गलत दृष्टिकोणको सार बुझ्न मदत गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधी प्रकारको व्यक्तिले आफूलाई चाहे जति धेरै कुराहरू आइपरे पनि परमेश्‍वरका वचनहरूमा सत्यताको खोजी गरेर तिनलाई सम्बोधन गर्ने प्रयास कहिल्यै गर्दैन, कामकुराहरूलाई परमेश्‍वरका वचनहरू मार्फत हेर्ने कोसिस गर्नु त परै जाओस्—जुन पूर्ण रूपमा यस कारणले हो कि उनीहरू परमेश्‍वरका वचनहरूको प्रत्येक पङ्क्ति सत्यता हो भनी विश्‍वास गर्दैनन्। परमेश्‍वरको घरले चाहे जसरी सत्यतामा सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरू त्यसलाई ग्रहण गर्दैनन्, र परिणामस्वरूप तिनीहरूले जस्तोसुकै परिस्थितिको सामना गर्दा पनि तिनीहरूमा सही मनोवृत्ति हुँदैन; विशेषगरी, तिनीहरूले परमेश्‍वर र सत्यतालाई कसरी लिन्छन् भन्‍ने सन्दर्भमा, ख्रीष्टविरोधीहरू जिद्दी हुँदै आफ्ना धारणाहरू पन्छाउन मान्दैनन्। तिनीहरूले विश्‍वास गर्ने ईश्‍वर त चिन्ह र आश्चर्यकर्महरू देखाउने अलौकिक ईश्‍वर हो। चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्ने जोकोही होस्—चाहे त्यो गुआनयिन बोधिसत्त्व, बुद्ध, वा माजु होस्—तिनीहरू तिनलाई ईश्‍वर भनी बोलाउँछन्। … ख्रीष्टविरोधीहरूका मनमा, ईश्‍वरहरूले वेदीको पछाडि लुकेर उनीहरूलाई भेटीहरू चढाइन लगाउनुपर्छ, मानिसहरूले चढाएका खानेकुराहरू खानुपर्छ, उनीहरूले बालेका धूपको धुँवामा सास लिनुपर्छ, उनीहरू समस्यामा पर्दा सहयोगको हात फैलाउनुपर्छ, उनीहरू आफैँ निकै शक्तिशाली भएको देखाएर तिनीहरूले बुझ्न सक्ने दायराभित्रबाटै तिनीहरूलाई तत्काल सहायता प्रदान गर्नुपर्छ, र मानिसले सहायता माग्दा र तिनीहरू आफ्नो बिन्तीमा इमानदार हुँदा तिनीहरूका आवश्यकताहरू पूरा गर्नुपर्छ। ख्रीष्टविरोधीहरूका लागि, यस्तो ईश्‍वर मात्र साँचो ईश्‍वर हो। यसबीचमा, आज परमेश्‍वरले गर्नुहुने सबै कुरालाई ख्रीष्टविरोधीहरूले तिरस्कार गर्छन्। अनि त्यस्तो किन हुन्छ? ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई विचार गर्दा, उनीहरूलाई सृष्टिकर्ताले सृजित प्राणीहरूमाथि गर्नुहुने मलजल, रखवारी र मुक्तिको काम चाहिँदैन, बरु सबै कुरामा समृद्धि र आफ्ना इच्छाहरूको परिपूर्ति चाहिन्छ, यो जीवनमा दण्डित नहुने, र आउँदो संसारमा स्वर्गमा जाने कुरा चाहिन्छ। उनीहरूको दृष्टिकोण र आवश्यकताहरूले तिनीहरूको सत्यताप्रतिको घृणाको सारलाई पुष्टि गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक))। परमेश्‍वरको हर वचन ट्वाक्‍कै मिल्ने खालको हुन्छ। चिन्तन गर्दा मैले महसुस गरेँ कि मैले मेरो विश्‍वासमा गरेका सबै त्याग र योदानहरूको निम्ति परमेश्‍वरले मलाई इनाम र आशिष् दिनुपर्छ, र मेरो परिवारलाई सुरक्षित र स्वस्थ, अनि विपत्ति र रोगबिमाररहित राख्‍नुपर्छ भनेर सधैं सोच्ने गर्थेँ। त्यसैले, मेरो छोराको स्वास्थ्य निकै राम्रो भएको देख्दा, यो परमेश्‍वरको अनुग्रह हो भन्‍ने मलाई लाग्यो र म कृतज्ञ भएँ र मैले उहाँको प्रशंसा गरें। तर, उसको स्वास्थ्य फेरि बिग्रँदा, परमेश्‍वरले चमत्कार गरेर उसलाई निको पार्नुभएको म चाहन्थें। मैले चाहेको जस्तो परमेश्‍वरले नगर्नुहुँदा, मेरो सबै मुस्कान द्वेषमा परिणत भए, मेरो छोरालाई रक्षा गर्न र निको पार्न परमेश्‍वरले मेरा सबै त्याग र योगदानहरूलाई नसम्झनुभएकोमा म रिसले पागल भएँ। आफूले दिएका र त्यगेका सबै कुराप्रति पछुतोसमेत गरें। मैले के पाएँ वा के गुमाएँ भन्‍ने कुरामै मेरो दिमाग घुमिरह्यो। मैले आफ्नो विश्‍वासमा, परमेश्‍वरलाई सृष्टिका प्रभुको रूपमा आराधना गरेकी र उहाँप्रति समर्पित भएकी थिइनँ, मैले त उहाँलाई मेरा मागहरू पूरा गर्ने र मलाई आशिष् दिने “मूर्ति” को रूपमा हेरेकी थिएँ। बुद्ध वा गुवान यिनलाई पुज्ने अविश्‍वासीहरूभन्दा म कसरी फरक भएँ र? म साँचो विश्‍वासी बनेकी थिइनँ! देहधारण गरी परमेश्‍वर दुईपटक पृथ्वीमा आउनुभएको छ, र उहाँले असाध्यै अपमान, मानिसहरूको निन्दा, विरोध, विद्रोह र गलत बुझाइहरू सहनुभएको छ। यी सबै हामीलाई उहाँका वचनहरू र सत्यता प्रदान गर्न, हामीलाई उहाँका वचनहरूअनुसार जिउन र हाम्रो भ्रष्ट स्वभावबाट उम्कन मदत गर्न, र अन्त्यमा हामीलाई मुक्ति दिनलाई हो। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनका लागि यस्तो ठूलो मूल्य चुकाउनुभएको छ। मैले विश्‍वासी भएका यत्तिका वर्षसम्म परमेश्‍वरको अनुग्रह प्रशस्तै पाएकी छु, र धेरै सत्यताहरूको सिञ्‍चन र पोषण प्राप्त गरेकी छु। तर, म परमेश्‍वरप्रति पटक्‍कै इमानदार थिइनँ। त्यो कुरा उहाँको लागि अत्यन्तै चोट पुऱ्याउने र निराश तुल्याउने थियो। मलाई आफू परमेश्‍वरप्रति झन्‍झन् धेरै ऋणी भएको महसुस भयो, र मैले उहाँसामु घुँडा टेकें, पछुतो र दोषी भावनाले पिरोलिएर आँखाबाट आँसु बरबर झऱ्यो। मैले परमेश्‍वरलाई प्रार्थना र पश्‍चात्ताप गर्दै भनें, “हे परमेश्‍वर, यत्तिका वर्ष विश्‍वासी भएर पनि मैले सत्यताको पछ्याएकी छैनँ। मेरो छोरा बिरामी हुँदा म तपाईंको गवाही भई खडा हुन सकेकी छैनँ, र तपाईंलाई दुःखी बनाएकी छु। हे परमेश्‍वर, म तपाईंसामु पश्‍चात्ताप गर्न चाहन्छु, र मेरो छोरा निको होस् या नहोस्, म तपाईंको शासन र प्रबन्धहरूप्रति समर्पित हुन तयार छु। कृपया, मलाई विश्‍वास प्रदान गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, ममाथिको गह्रौं बोझ हटेको महसुस भयो र मलाई असाध्यै हलुको महसुस भयो।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढें जसले मलाई उहाँको इच्छाबारे केही थप बुझाइ प्रदान गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि सन्ताप भोग्छ भन्‍ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्‌हरूलाई जनाउँछ। सन्ताप आइपर्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, ऊ सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे उसले आशिष्‌हरू पाओस् वा ऊमाथि सन्ताप आइपरोस्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; व्यक्तिले, परमेश्‍वरको पछि लाग्ने व्यक्तिले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले सन्ताप आइपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले निर्वाह गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो। आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामार्फत नै मानिस बिस्तारै परिवर्तन हुन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो बफादारी प्रदर्शन गर्छ। यसरी, तँ आफ्नो कर्तव्य जति निर्वाह गर्छस्, तैँले त्यति नै धेरै सत्यता प्राप्त गर्न सक्नेछस्, र तेरो अभिव्यक्ति त्यति नै व्यावहारिक हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्‍वरका वचनहरूले मलाई आफ्नो कर्तव्य पूरा गर्नु र आशिष् वा श्राप पाउनुबीच कुनै सम्बन्ध छैन भन्‍ने देखाए। आफ्नो विश्‍वासमा आशिष्‌ पाए पनि नपाए पनि, सृष्टि गरिएको प्राणीको हैसियतमा, व्यक्तिले परमेश्‍वरको प्रेमको पैँचो तिर्न आफ्नो कर्तव्य निर्वा गर्नुपर्छ। त्यो नै सही र उचित हो। यो त आमाबाबुले छोराछोरीलाई हुर्काएर व्ययस्क बनाउनु जस्तै हो—छोराछोरीले आमाबुबाप्रति भक्तिभाव देखाउनुपर्छ। यो सम्पत्तिको उत्तराधिकार र शर्तमा आधारित हुनु हुँदैन। यो त व्यक्तिले मान्छेको रूपमा गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा हो। तर मैले आफ्नो कर्तव्यमा परमेश्‍वरको प्रेमको पैँचो कसरी तिर्ने भनेर सोचेकी थिइनँ। त्यसको सट्टा, परमेश्‍वरले दिनुभएको कर्तव्यलाई मैले उहाँसित लेनदेन गर्ने माध्यमको रूपमा प्रयोग गर्न चाहें, र आफूले अलिअलि दिएको र त्यागेको सट्टा परमेश्‍वरबाट अनग्रह र आशिष मागेँ। त्यो नपाउँदा, मैले परमेश्‍वरलाई दोष दिएँ। मसित पटक्‍कै विवेक थिएन र मैले परमेश्‍वरलाई असाध्यै निराश पारेँ। विशेष गरी मेरो छोरा बिरामी भएपछि, मसँग मागैमाग मात्र थिए र मैले सधैं परमेश्‍वरलाई गलत ठानें र दोष लगाएँ। यो सोचपछि मैले आफूलाई असाध्यै घृणा गरें। अनि मैले सङ्कल्प गरें, “मेरो छोरा निको होस् या नहोस्, परमेश्‍वरलाई कहिल्यै दोष दिदिनँ।” त्यसपछि मेरो छोराको हालत झन्झन् बिग्रियो। उसको स्वास्थ्य दिनदिनै बिग्रिंदै गएको स्पष्ट थियो। यसले मलाई पीडा भयो, र म कष्टमा थिएँ, तर पनि मैले परमेश्‍वरसमक्ष फेरि मागहरू राख्‍ने काम गरिनँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें: “परमेश्‍वरले सृष्टि गरिएका सबै प्राणीहरूको उत्पत्ति, आगमन, आयु, परिणाम, साथै तिनीहरूको जीवनको मिसन र तिनीहरूले सम्पूर्ण मानवजातिमा खेल्ने भूमिकाको पूर्ण योजना पहिले नै बनाइसक्‍नुभएको छ। यी कुराहरू कसैले परिवर्तन गर्न सक्दैन; यो सृष्टिकर्ताको अख्तियार हो। सृष्टि गरिएको प्रत्येक प्राणीको आगमन, तिनीहरूको जीवनको मिसन, तिनीहरूको आयु कहिले सक्किन्छ—यी सबै नियमहरू परमेश्‍वरद्वारा धेरै अघि निर्धारित गरिएका छन्, ठ्याक्‍कै त्यसरी नै जसरी परमेश्‍वरले प्रत्येक खगोलीय पिण्डको परिक्रमा कक्ष निर्धारित गर्नुभएको छ; यी खगोलीय पिण्डहरूले कुन कक्ष पछ्याउँछन्, कति वर्षसम्म पछ्याउँछन्, कसरी परिक्रमा गर्छन्, र कुन नियमहरू पालन गर्छन्—यो सबै परमेश्‍वरले धेरै पहिले नै निर्धारित गर्नुभएको थियो, जुन हजारौं, दस हजारौँ, र लाखौँ वर्षदेखि अपरिवर्तित छ। यो परमेश्‍वरद्वारा निर्धारित कुरा हो, र यो उहाँको अख्तियार हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो साँचो हो। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ र हाम्रो जीवनकाल उहाँले नै निर्धारण गर्नुहुन्छ। हामीले कति जिउँछौं, जीवन जिउने क्रममा हामीले कति पीडा भोग्छौं र कति आशिष् पाउँछौं, यी सबै कुरा परमेश्‍वरको हातमा छन्। कसैले पृथ्वीमा असल काम गरेको कारण परमेश्‍वरले उसको जीवनकाल लम्ब्याउनुहुन्‍न, र धेरै खराबी गरेकोले गर्दा उसको जीवन समयअगावै टुङ्ग्याउनुहुन्‍न। कुनै व्यक्ति असल होस् या खराब, उसको जीवनकाल परमेश्‍वरले नै निर्धारित गर्नुहुन्छ। कसैले पनि यसलाई उल्टाउन सक्दैन। मेरो छोरा कति समय बाँच्छ भनेर परमेश्‍वरले धेरैअघि नै निर्धारण गर्नुभएको थियो। उहाँले गर्नुहुने जुनसुकै कुरा धर्मी हुन्छ र म केवल उहाँको शासन र प्रबन्धहरूप्रति समर्पित हुनुपर्छ। यो कुरा महसुस गर्दा, मेरो पीडा केही कम भयो। मेरो छोरालाई जे भए पनि, मैले सृष्टि गरिएको प्राणीको हैसियतमा कर्तव्य निर्वाह गर्नुपर्छ र परमेश्‍वरको प्रेमको पैँचो तिर्नुपर्छ भनेर मलाई थाहा भयो।

यसै वर्षको मार्च महिनामा, हामीले हाम्रो छोरालाई सदाको लागि बिदा गर्‍यौँ। परमेश्‍वरका वचनहरूको मार्गदर्शनले गर्दा, मैले उसलाई गुमाउनुपर्दाको स्थितिलाई सही तरिकाले सामना गर्न सकें र निकै कम पीडा महसुस गरें। मेरो छोरा बिरामी पर्न थालेदेखिको यी दुई वर्षभरि, मैले निकै पीडा भोगेकी भए पनि, यो पीडा र जाँचको प्रकाशमार्फत मैले आफ्नो विश्‍वासमा आशिष्‌को पछि लाग्‍ने मेरो घृणित उद्देश्य, भ्रष्टता, र अशुद्धता पनि देखे‍न सकेकी छु। मैले परमेश्‍वरको धर्मी स्वभावको बारेमा पनि अझ धेरै जानेकी छु र अबउप्रान्त म परमेश्‍वरसित कहिल्यै पनि अविवेकी मागहरू राख्‍नेछुइनँ। म अब उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छु। यस अनुभवले वास्तवमै के देखाएको छ भने चाहे जेसुकै भए पनि, र मानिसहरूले कुनै कुरालाई खराब वा असल ठाने पनि, जबसम्म हामी परमेश्‍वरलाई प्रार्थना गर्दै सत्यताको खोजी गर्छौँ, तबसम्म हामीले यसबाट फाइदा र लाभ प्राप्त गर्न सक्छौँ।

सम्बन्धित विषयवस्तु

एक प्रतिभारको परीक्षा

क्षियाङदाओ, दक्षिण कोरिया“हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले...

मैले बुढेसकालमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्न नसक्ने कुरामा चिन्ता लिनै छोडेँ

सु लियाङ, चीनसन् १९९९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। मैले आखिरी दिनहरूमा प्रभुको स्वागत गर्न...

रोगले सिकाएका पाठ

ली जिए, चीन सन् २०२२ को अन्त्यतिर, एक बिहान उठ्दा मलाई एक्कासि रिङ्‌गटा लाग्यो। म हतारिएर उठेकीले यस्तो भएको होला भन्ठानेर मैले छिट्टै आँखा...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्