एउटी युरिमिया रोगीको चिन्तन
हे मु, चीनमैले चालिसको दशकमा सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले के देखेँ भने, परमेश्वरको आखिरी दिनहरूको काम...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २००८ मा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई ग्रहण गरेँ। परमेश्वरको वचन पढेर मैले आखिरी दिनहरूमा परमेश्वरले देहधारण गर्नु र सत्यता व्यक्त गर्नुको उद्देश्य मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु, मानिसहरूलाई पापबाट मुक्ति दिनु, र तिनीहरूलाई सुन्दर गन्तव्यमा ल्याउनु रहेछ भन्ने बुझेँ। म अत्यन्तै उत्साहित थिएँ र परमेश्वरको लागि कर्तव्य निभाउनमा आफूलाई समर्पित गर्न चाहन्थेँ। केही समयपछि नै मण्डली अगुवाले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने र केही भेला समूहहरू सम्हाल्ने जिम्मा दिनुभयो। आफ्नो कर्तव्य राम्ररी निभाउनको लागि, मैले वर्षौँदेखि सञ्चालन गर्दै आइरहेको मेरो क्लिनिक बन्द गरेँ र मण्डलीमा काम गर्दै आफ्ना दिनहरू बिताउन थालेँ। पछि, कम्युनिस्ट पार्टीले गरेको पक्राउ र सतावटको कारण, मेरो श्रीमानले मलाई डिभोर्स गर्नुभयो। ती वर्षहरूमा, म सधैँ घरदेखि टाढाको स्थानमा आफ्नो कर्तव्य निभाइरहेकी हुन्थेँ, र कहिलेकहीँ म कमजोर हुन्थेँ, तर मैले भोग्ने कष्टलाई परमेश्वरले स्मरण गर्नुहुन्छ भन्नेबारेमा सोच्नेबित्तिकै मैले विश्वास र सामर्थ्य पाइहाल्थेँ।
अप्रिल २०१७ मा, मेरो उच्च रक्तचाप र कमजोर स्वास्थ्य भएकोले, म घर गएर अलि आराम गर्न सकूँ भनेर अगुवाले मलाई केही समय कर्तव्य निर्वाह गर्नबाट रोक्नुभयो। म धेरै खिन्न भएँ र सोचें, “परमेश्वरले आफ्नो काम समाप्त गर्न लाग्नुभएको छ, त्यसैले अहिले मेरो कर्तव्य पूरा गर्ने र असल कर्म बटुल्ने महत्वपूर्ण समय हो। कर्तव्य पालनविना के मसँग असल गन्तव्य र परिणाम हुन सक्छ र? यदि मैले अन्त्यमा आशिष् पाइन भने, के यतिका वर्षको कडा मेहनत, मूल्य चुकाइ व्यर्थ हुनेछैन र?” पछि, एक सिस्टरले मलाई घर लग्नुभयो। उनले मसँग परमेश्वरको इच्छाबारे सङ्गति दिनुभयो, र मलाई मदत गर्नुभयो, तर मैले उहाँलाई सधैं कर्तव्यमा व्यस्त भएको देख्दा, मलाई धेरै जलन भयो। म स्वस्थ नभएकीले मैले मेरो कर्तव्य पूरा गर्न सक्दिनथेँ। कतै परमेश्वरले कर्तव्य निर्वाह गर्ने मेरो योग्यता खोस्न, र मलाई खुलासा गरी निकाल्नलाई मेरो अस्वस्थताको प्रयोग गरिरहनुभएको त होइन? यस विचारले मलाई लल्याकलुलुक बनायो, र म पूर्ण रूपमा दुःखी र आशारहित भएँ। परमेश्वरबारे गलत बुझाइ र गुनासो पनि देखा परे; मैले कसरी विगत केही वर्षहरूमा सबथोक छोडेकी र कुनै गुनासो नगरी धेरै कुरा भोगेकी थिएँ भनेर सोचेँ। कसरी म यस्तो अवस्थामा आइपुगेँ? त्यति बेला, मैले परमेश्वरका वचनहरू ग्रहण गर्नै सकिनँ र प्रार्थनामा परमेश्वरलाई के भन्ने मलाई थाहा भएन। मेरो भोक हरायो र राम्रोसित सुत्न सकिनँ। मेरो हृदय पूरै अँध्यारोमा थियो। मलाई यस्तो अवस्थामा देखेर ती सिस्टरले यसो भन्दै मेरो निराकरण गर्नुभयो, “तपाईंले साच्चै नै परमेश्वरका वचनहरू पढिरहनभएको छैन र तपाईं अहिले बिलकुलै अलग व्यक्ति बन्नुभएको छ। तपाईंले सत्यता खोजी गरिरहनुभएको छैन।” मलाई यसरी निराकरण गरिएको सुन्न निकै गाह्रो भयो र मैले आफ्नो खोजीमा परमेश्वरलाई प्रार्थना गरें: “हे परमेश्वर, यो अवस्थालाई कसरी सम्हाल्ने मलाई थाहा छैन, म तपाईंको इच्छा बुझ्दिनँ, र मैले कुन मार्ग लिनुपर्छ भन्ने मलाई थाहा छैन। म अँध्यारोमा जिइरहेकी छु र साँच्चै नै दुःखी छु। कृपया, मलाई अन्तर्दृष्टि दिएर मार्गदर्शन गर्नुहोस्।”
मैले केही दिनसम्म धेरै प्रार्थना र खोजी गरिरहें। एक बिहान, परमेश्वरका वचनहरूको एक हरफ अचानक मेरो दिमागमा आयो: “के तँसँग आशिष्हरू प्राप्त गर्ने व्यक्तिको जस्तो अनुहारको बनोट छ?” यसको पूर्ण अनुच्छेद खोज्न मैले तुरुन्तै आफ्नो कम्प्युटर खोलें। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “केही हजार वर्षको भ्रष्टताको क्रममा, सबै मानिसहरू संवेदनहीन र मन्द बुद्धिका बनेका छन्; तिनीहरू सबै परमेश्वरको विरोध गर्ने दुष्ट पिशाच बनेका छन्, यतिसम्म कि परमेश्वरविरुद्ध तिनीहरूको विद्रोहीपन ऐतिहासिक अभिलेखहरूमा उल्लेख गरिएको छ, र मानिसहरू स्वयम् पनि आफ्नो विद्रोही व्यवहारको पूर्ण विवरण दिन असक्षम छन्—किनकि तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन्, र शैतानद्वारा बहकाइएका छन्, यतिसम्म कि कतातिर फर्कने भनेर तिनीहरूलाई थाहै छैन। आज पनि, मानिसहरू अझै परमेश्वरलाई धोका दिन्छन्। जब तिनीहरूले परमेश्वरलाई देख्छन्, तब तिनीहरूले उहाँलाई धोका दिन्छन्, र जब तिनीहरूले परमेश्वरलाई देख्न सक्दैनन्, तब पनि तिनीहरूले उहाँलाई धोका दिन्छन्। त्यस्ता पनि छन् जसले परमेश्वरका श्रापहरू र परमेश्वरको क्रोध देखेपछि पनि उहाँलाई धोका दिन्छन्। त्यसैले म भन्छु कि मानिसको समझले आफ्नो मौलिक काम गर्न छोडेको छ, र मानिसको विवेकले पनि आफ्नो मौलिक काम गर्न छोडेको छ। मेरो नजरमा, सबै मानिसहरू मानव भेषमा रहेका पशु र विषालु सर्प हुन्। तिनीहरूले मेरो नजरमा जतिसुकै दयनीय देखिन खोजे पनि, म तिनीहरूप्रति कहिल्यै कृपालु बन्नेछैन, किनकि तिनीहरूले कालो र सेतो बीचको फरक बिलकुलै बुझेका छैनन्, र तिनीहरूमध्ये कसैले पनि सत्यता र असत्यता बीचको फरक बुझ्दैन। तिनीहरूको समझ अत्यन्तै संवेदनहीन भएको छ, तैपनि तिनीहरू अझै आशिष्हरू प्राप्त गर्न चाहन्छन्; तिनीहरूको मानवता यति तुच्छ छ, तैपनि तिनीहरू अझै राजाका रूपमा शासन गर्न र शक्ति हातमा लिन चाहन्छन्। त्यस्तो समझ बोकेर तिनीहरू कसका राजा बन्न सक्छन्? त्यस्तो मानवता बोकेर तिनीहरू कसरी सिंहासनमा बस्न सक्छन्? मानिसहरू साँच्चिकै निर्लज्ज छन्! तिनीहरू आफूलाई बढी आँक्ने नीच हुन्! म आशिष्हरू प्राप्त गर्न चाहने तिमीहरूलाई पहिला एउटा ऐना लिएर आफ्नो कुरूप प्रतिविम्ब हेर्न सुझाव दिन्छु। के तँसँग राजा हुनलाई चाहिने कुरा छ? के तँसँग आशिष्हरू प्राप्त गर्ने व्यक्तिको जस्तो अनुहारको बनोट छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई व्यवहारमा लागू गर्न सकेको छैनस्, तैपनि तँ अझै सुन्दर भविष्यको कामना गर्छस्। यो पूर्ण रूपमा भ्रम हो!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो)। “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ? यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो। सायद, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा मण्डलीको जीवन जिउँदा, तिनीहरूलाई आफूले केही सत्यताहरू बुझेको छु र आफ्नो परिवार त्याग्न र खुसीसाथ आफूलाई परमेश्वरप्रति समर्पित गर्न सक्षम छु, र अब आफूलाई आशिष् प्राप्त गर्ने आफ्नो अभिप्रायको ज्ञान छ, र यो अभिप्राय त्यागेको छु, र अब यसद्वारा शासित वा बाँधिएको छैन भन्ने महसुस हुन्छ। त्यसपछि, तिनीहरूले अब आफूसँग आशिष् प्राप्त गर्ने अभिप्राय छैन भनी सोच्छन्, तर परमेश्वरले अर्कै सोच्नुहुन्छ। मानिसहरूले विभिन्न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू आफूलाई परमेश्वरप्रति समर्पित गर्न लागिरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्ने विश्वास गर्छन्। तिनीहरू अब आफ्नो कर्तव्य निर्वाहमा आफ्नो जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित भएको महसुस गर्दैनन्। यसको साटो, तिनीहरू आफूले सत्यता पछ्याउन सक्ने, र आफ्नो कर्तव्य निर्वाह गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गर्न सक्ने, जसले गर्दा तिनीहरूका भ्रष्ट स्वभावहरू शुद्ध हुने र तिनीहरूले केही साँचो परिवर्तन हासिल गर्न सक्ने विश्वास गर्छन्। तर, जब तिनीहरूको गन्तव्य र परिणामसँग प्रत्यक्ष रूपमा सम्बन्धित घटनाहरू घट्छन्, तब तिनीहरूका प्रकटीकरणहरू के-के हुन्छन्? तिनीहरूको साँचो अवस्था पूर्ण रूपमा प्रकाश हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरका न्यायका वचनहरूले मलाई कतै लुक्ने ठाउँ दिएनन्। यसभन्दा पहिले, परमेश्वरमाथिको विश्वास भनेको आशिष्को लागि मात्र हुन सक्दैन भन्ने सिद्धान्ततः मलाई थाहा थियो, तर मैले आफूलाई साँचो रूपमा चिनेकी थिइनँ। यस स्थितिले आशिष् पाउने मेरो मनसायलाई अचनाक पूरै उदाङ्गो पारिदियो। विगतका ती केही वर्षहरूमा मैले चाहे जेजस्तो भए पनि कर्तव्यको काम अघि बढाउनलाई आफ्नो घर र जागिर छाडेकी थिएँ। मैले ती सबै मूल्य चुकाएर निश्चित रूपमा परमेश्वरको स्वीकृति र आशिष् प्राप्त गर्नेछु र मालई असल गन्तव्य मिल्नेछ भन्ने सोचेकी थिएँ, त्यसैले म वास्तवमा आफ्नो कर्तव्यप्रति वास्तवमै उत्प्रेरित थिएँ। अहिले म स्वास्थ्यको कारण आफ्नो कर्तव्य पूरा गर्न सक्दिनथेँ, त्यसैले मैले आफ्नो गन्तव्य गुमाएँ र आशिष् पाउने मेरो सपना धराशायी भयो भन्ने लाग्यो। मलाई सबै कुरा छोडेकोमा पछुतो मात्र भएन, मैले त परमेश्वरलाई दोष पनि दिएँ, उहाँसँग तर्क पनि गरें र उहाँको विरोध पनि गरें। म अत्यन्तै निराश थिएँ, र हिँडसुल गर्नसमेत सक्दिनथेँ। मैले आफ्ना त्यागहरूलाई परमेश्वरका आशिष्सँग साट्ने पुँजीको रूपमा लिएँ, र मेरो पीडा र योगदानको अर्थ परमेश्वरले मलाई असल गन्तव्य र परिणाम दिनुपर्छ भन्ने सोचेकी थिएँ। त्यो नहुँदा, मैले गुनासो गरें र परमेश्वरलाई दोष लगाएँ। मेरो नकारात्मकताको पछाडि आशिषित हुने अभिप्राय लुकेको थियो। मेरो विश्वासमा रहेको त्यो दृष्टिकोणले परमेश्वरसँग लेनदेन गरिरहेको, र उहाँलाई आशिष् प्राप्त गर्नको लागि प्रयोग गरिरहेको थियो। यो परमेश्वरलाई धोका दिनु र उहाँको प्रतिरोध गर्नु थियो। पावलका सबै योगदान र खर्चाइ परमेश्वरसँग लेनदेन पक्का गर्न र उहाँबाट धार्मिकताको मुकुट माग गर्नका लागि थिए। यसले परमेश्वरको स्वभावलाई गम्भीर रूपमा चिढ्यायो र उनी दण्डित भए। मेरा केही त्यागहरू र खर्चाइपछि, मैल पनि उनले जस्तै परमेश्वरसँग इनाम, वाचा र आशिष्हरू मागें। मैले आशा गरेको कुरा नपाउँदा, मैले परमेश्वरलाई गलत सम्झें र दोष दिएँ, र उहाँलाई विश्वासघात गर्नेबारेमा समेत सोचें। म कसरी पावलभन्दा फरक भिएँ र? के मसित थोरै पनि तार्किकता वा विवेक थियो र? मैले आफ्नो कर्तव्यको दौरान केही समय आफूलाई खर्चेकी र केही मूल्य चुकाएकी त थिएँ, तर मैले सत्यता सिद्धान्तहरू नबुझेको र आफू भ्रष्टता र अशुद्धताहरूले भरिएको कारण, मैले आफ्नो कर्तव्यमा कुनै पनि असल नतिजाहरू ल्याउन सकिनँ, र कहिलेकाही त म विध्वंसात्मक पनि बनेँ। यसरी मैले आफ्ना योगदानहरू र खर्चाइलाई परमेश्वरसित लेनदेन पक्का गर्ने र आशिष्हरू प्राप्त गर्ने प्रयासमा पुँजीको रूपमा प्रयोग गरिरहेकी थिएँ। म असोचनीय रूपले निर्लज्ज थिएँ। यदि मेरो स्वास्थ्य स्थितिले मलाई आफ्नो कर्तव्य निर्वाह गर्नबाट नरोकेको भए, मैले आफ्नो विश्वासमा गरेको आशिष्को अनुचित खोजलाई कहिल्यै देख्नेथिनँ, र म गलत मार्गमा निरन्तर हिंडिरहन्थेँ, र अन्त्यमा पावलकै नियति भोग्थेँ। यस्तो सोच आएपछि ममा निरन्तर सताइरहने डर पैदा भयो, र परमेश्वरले यो परिस्थिति बन्दोबस्त गर्नु भनेको मेरो लागि उहाँको प्रेम र मुक्ति थियो भन्ने महसुस गरें। जब मैले परमेश्वरको इच्छा बुझें, म पछुतो र आत्मनिन्दाले भरिएँ, र मैले रुँदै प्रार्थना गरें, “हे परमेश्वर! म तपाईंको मुक्तिको लागि धेरै आभारी छु। यस तरिकाले मेरो खुलासा नभएको भए, मैले किन भन्ने थाहै नपाई तपाईंको विरोध गर्दै बस्नेवाला थिएँ। हे परमेश्वर, म तपाईंसामु पश्चात्ताप गर्न र आशिष्को पछि लाग्न छोड्न चाहन्छु। म केवल सत्यताको पछि लाग्न, भ्रष्ट स्वभाव त्याग्न, र मानव स्वरूपमा जिउन चाहन्छु।”
प्रार्थनापछि मैले परमेश्वरका थप वचनहरू पढें, जसमा पत्रुसका शोधनका अनुभवहरू छलफल गरिएका थिए। परमेश्वरका वचनहरूले भन्छन्: “मैले उसलाई अनगन्ती परीक्षाहरू अनुभव गर्न लगाएँ—त्यस्ता परीक्षाहरू, जसले स्वाभाविक रूपमा उसलाई अर्ध-मृत बनायो—तर यी सयौं परीक्षाहरूको बीचमा पनि उसले मप्रतिको आफ्नो विश्वास कहिल्यै पनि गुमाएन वा मप्रति कहिल्यै निराश भएन। मैले उसलाई त्यागिदिएको छु भन्दासमेत पनि ऊ निरुत्साहित वा निराशित भएन, र व्यावहारिक रूपमा र विगतको अभ्यासका सिद्धान्तहरू अनुसार मलाई प्रेम गरिरह्यो। उसले मलाई प्रेम गरे तापनि म उसको प्रशंसा गर्दिनँ, अन्त्यमा म उसलाई शैतानको हातमा सुम्पिदिनेछु भनेर मैले उसलाई भनेँ। तर त्यस्ता परीक्षाहरूको बीचमा पनि, उसको शरीरमा आएका होइनन्, तर वचनमा आएका परीक्षाहरूको बीचमा, उसले अझै पनि मसँग प्रार्थना गर्दै भन्यो, ‘हे परमेश्वर! हे सर्वशक्तिमान्, स्वर्ग र पृथ्वी र सबै थोकहरूको माझमा, तपाईँको हातमा नभएको के कुनै यस्तो मानिस, कुनै प्राणी वा कुनै थोक छ र? जब तपाईँ मप्रति कृपालु बन्नुहुन्छ, तब तपाईँको कृपाले गर्दा मेरो हृदय अति आनन्दित हुन्छ। जब तपाईँले मेरो न्याय गर्नुहुन्छ, तब म जत्ति नै अयोग्य भए पनि तपाईँका कामहरूको बुझ्न नसकिने अवस्थाको अझ अधिक ज्ञान प्राप्त गर्छु, किनकि तपाईँ अधिकार र बुद्धिले भरिनुभएको छ। मेरो शरीरले कष्ट भोगे तापनि मेरो आत्माले सान्त्वना पाएको छ। म तपाईँको बुद्धि र कार्यहरूलाई प्रशंसा नगरी कसरी रहन सकुँला र? तपाईँलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म खुसी र आनन्दसाथ किन त्यसो गर्न नसकुँला र? हे सर्वशक्तिमान्! के मैले तपाईँलाई देखेको तपाईँ साँच्चै चाहनुहुन्न र? के म साँच्चै तपाईँको न्याय पाउन अयोग्य छु र? के ममा कुनै यस्तो कुरा छ जुन तपाईँ देख्न चाहनुहुन्न?’ त्यस्ता परीक्षाहरूको समयमा, पत्रुसले मेरा अभिप्रायलाई विशुद्ध प्रकारले बुझ्न नसके पनि, यो स्पष्ट थियो कि (उसले मेरो इन्साफ प्राप्त गरेको भए पनि मानवजातिले मेरो प्रताप र क्रोध देख्न सकोस् भनेर) मद्वारा प्रयोग हुने कुरामा ऊ गौरवान्वित र सम्मानित भयो, र ती परीक्षाहरूद्वारा ऊ दुःखी भएन। मेरो सामुन्ने उसको निष्ठाको कारण र मैले उसमाथि राखिदिएको मेरो आशीषको कारण ऊ हजारौं वर्षसम्म मानिसको निम्ति एउटा उदाहरण र नमुना बनेको छ। के तिमीहरूले अनुकरण गर्नुपर्ने कुरा पनि बिलकुल यही होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ६)। मैले परमेश्वरका वचनहरूमा पत्रुस आफ्नो भवितव्य वा गन्तव्यको बन्धनमा परेनन् भन्ने देखें। परमेश्वरले पत्रुसलाई उनको प्रेमको बावजुत पनि उनलाई स्वीकार नगर्ने र अन्त्यमा शैतानलाई सुम्पिने कुरा गर्नुहुँदा पनि, उनले परमेश्वरलाई प्रेम गरिरहे र मृत्युसम्मै समर्पित रहिरहे। परमेश्वरप्रतिको पत्रुसको प्रेममा कुनै लेनदेन वा अपवित्रता थिएन। यो साँचो प्रेम र आज्ञाकारिता थियो। मैले परमेश्वरका वचनहरूबाट अभ्यासको मार्ग भेटें र पत्रुसले झैं परमेश्वरलाई प्रेम गर्नका लागि खोजी गर्न इच्छुक भएँ। परमेश्वरले मसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, मेरो परिणाम वा गन्तव्य भए पनि नभए पनि, म परमेश्वरको शासन र बन्दोबस्तप्रति समर्पित हुनेछु। त्यतिबेला पहिलेको जस्तै मण्डलीमा मैले आफ्नो कर्तव्य पूरा गर्न सकेकी थिइनँ, तर पनि पछिल्ला केही वर्षहरूमा परमेश्वरका वचनहरूको भरणपोषण पाइरहेकी र केही अनुभव बटुलिरहेकी थिएँ, त्यसैले मैले परमेश्वरको लागि गवाही दिन उहाँको कार्यबाट अनुभव गरेका कुराहरू लेख्न सक्थेँ। यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु पनि हो। त्यसपछि, मैले आफूलाई परमेश्वरसामु धेरै हदसम्म शान्त राख्न, उहाँका वचनहरू मनन गर्न र अनुभव गवाहीहरू लेख्न थालें। मैले आफूलाई परमेश्वरसित निकै नजिक भएको महसुस गरें र आफ्नो भविष्य र सम्भाव्यताहरूबारे चिन्ता गर्न बन्द गरें। मलाई मुक्त र तवानरहित भएको ठूलो अनुभूति भयो। केही समयको तङग्राइपश्चात, मेरो रक्तचाप लगभग सामान्य भयो, र मैले मण्डलीमा आफ्नो कर्तव्य फेरि सुरु गरें।
मैले त्यो अनुभवपछि परमेश्वरप्रतिको विश्वाससम्बन्धी आफ्ना दृष्टिकोणहरूबारे केही बुझाइ प्राप्त गरेकी छु, र म आशिष्को आशाले अबउप्रान्त बाँधिनेछैनँ भन्ने सोचेकी थिएँ। तर केही समयपछि, आशिष् पाउने चाहनाले फेरि टाउको उठायो।
त्यतिबेला म मण्डली अगुवाको रूपमा सेवा गर्थेँ। एउटा भेलामा, हाम्रा अगुवाले हामीलाई प्रत्येक समूह अगुवाको व्यावहारिक कार्य गर्ने क्षमता जाँच गर्न आग्रह गर्नुभयो र कुनै पनि धूर्त मानिस वा सत्यता स्वीकार नगर्नेहरू कुनै पनि हालतमा त्यो पदमा चुनिनु हुँदैन भनेर भन्नुभयो। यो कुरा सुनेपछि, मलाई लाग्यो, मैले त्यो काम तुरुन्तै गर्नुपर्छ, नत्र गलत व्यक्तिको प्रयोगले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई नोक्सान पुऱ्याउन सक्छ। यस्तो अवस्थामा, मलाई अगुवाबाट बर्खास्त हुन सक्ने मात्र नभई, त्यो एक अपराध, र दुष्कर्म पनि हुनेछ। एक महिनापछि कामदारहरूको आवश्यक हेरफेर गरिएको थियो र मलाई धेरै खुसी लाग्यो। तर आश्चर्यको कुरा, मैले रोजेको एउटा व्यक्ति धूर्त भएको हाम्रा अगुवाले छिटै थाहा पाउनुभयो। यसले मलाई निकै नै खिन्न पार्यो। मलाई लाग्यो, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गरेकी छैनँ र मण्डलीको काममा बाधा उत्पन्न गरेकी छु। त्यसको लगत्तै, केही दाजुभाइ-दिदीबहिनीहरूले मैले रोजेको अर्को व्यक्तिसित पनि एकदमै अहङ्कारी स्वभाव छ भनेर रिपोर्ट गरे। उनी आफ्नो कर्तव्यमा निरङ्कुश थिए, अरूका सुझावहरू इन्कार गर्थे, र दाजुभाइ-दिदीबहिनीहरूलाई गाली गर्ने र विवश पार्ने गर्दा रहेछन्। समस्यामाथि समस्या निस्किएको देखेर, म अचानक हल न चलकी भएँ। मलाई लाग्यो, मसँग सत्यताको सतही बुझाइ छ र ममा सत्यता वास्तविकताको कमी छ। यदि अरू कुनै समस्या आएर मण्डलीको काममा असर परेको भए, त्यो ठूलो दुष्कर्म हुनेथ्यो। त्यसपछि, के मेरो भविष्य र गन्तव्य समाप्त हुँदैनथ्यो र? मलाई लाग्यो, मैले तुरुन्तै कर्तव्य फेर्नुपर्छ। एक बिहान मलाई चक्कर लाग्न थाल्यो, र मेरो रक्तचाप सामान्यभन्दा धेरै नै बढेको पाएँ। मैले हाम्रा अगुवालाई यसबारे बताएँ, र मेरो स्वास्थ्यमा समस्या देखिएकोले उहाँले मलाई अर्को कर्तव्यमा सार्दा राम्रो हुनेछ भन्ने मैले सोचेकी थिएँ। त्यसपछि मसँग त्यति धेरै जिम्मेवारी हुँदैनथ्यो। मसँगै काम गरेकी सिस्टरलाई मैले शान्त भएर भनें, “यदि मलाई घरमा पठाइयो भने पनि, म आज्ञापलन गर्न तयार छु, र त्यसपछि मैले गर्नसक्ने जुनसुकै कर्तव्य दिए पनि गर्नेछु।” मैले त्यसो भनेपछि उनले मेरो निराकरण गरिन्, र मैले नकारात्मकता देखाउँदै छु र मैले आत्मसमीक्षा गर्नुपर्छ भनेर भनिन्। मैले यसलाई स्वीकार गर्न चाहिनँ। मैले सोचें, म आज्ञापालन गर्न र मैले पूरा गर्नसक्ने जुनसुकै कर्तव्य पूरा गर्न तयार छु। त्यो कसरी नकारात्मक देखाएको भयो? तर फेरि मलाई लाग्यो कि परमेश्वरले नै उनलाई यो कुरा बोल्न लगाउनुभएको हो, त्यसैले मैले मार्गदर्शनको लागि परमेश्वरलाई प्रार्थना गरें ताकि मैले आफ्नो साँचो स्थिति जान्न सकूँ।
तब मैले परमेश्वरका वचनहरूको यो खण्ड पढें: “हृदयमा परमेश्वर हुनेहरूलाई जस्तोसुकै जाँच गरिए पनि, तिनीहरूको निष्ठा अपरिवर्तित रहन्छ; तर हृदयमा परमेश्वर नहुनेहरूका लागि, परमेश्वरको काम तिनीहरूको देहका लागि लाभदायक नहुनेबित्तिकै, तिनीहरूले परमेश्वरप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्छन्, र परमेश्वरबाट टाढा समेत जान्छन्। यिनीहरू नै अन्तमा दृढतापूर्वक खडा नहुनेहरू हुन्, जो केवल परमेश्वरका आशिष्हरू खोज्छन् र परमेश्वरका लागि आफूलाई समर्पित गर्ने र उहाँप्रति आफूलाई अर्पित गर्ने कुनै चाहना राख्दैनन्। यस्ता नीच मानिसहरू सबैलाई परमेश्वरको कामको अन्त्य भएपछि ‘खेदिनेछ,’ र तिनीहरूलाई अलिकति पनि कृपा देखाइनेछैन। मानवता नभएकाहरूमा परमेश्वरप्रति साँचो प्रेम पटक्कै हुँदैन। जब वातावरण सहज हुन्छ, वा तिनीहरूले केही पाउन सक्छन्, तब तिनीहरू परमेश्वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन्छन्, तर जब तिनीहरूका चाहनाहरूमाथि खतरा उत्पन्न हुन्छ वा ती अन्ततः चकनाचुर हुन्छन्, तब तिनीहरू तुरुन्तै विद्रोहमा उत्रन्छन्। केवल एक रातको अन्तरालमा समेत, तिनीहरू मुस्कुराउने, ‘दयालु’ व्यक्तिबाट जङ्गली देखिने जल्लादमा परिणत हुन्छन्, र कुनै तुक वा कारणविना, अप्रत्याशित रूपमा हिजोको आफ्नो हितकारीलाई आफ्नो घोर शत्रुका रूपमा व्यवहार गर्छन्। यदि आँखा झिमिक्क नगरी मार्ने यी दुष्ट पिशाचहरूलाई फालिएन भने, के तिनीहरू गम्भीर अन्तर्निहित खतरा बन्नेछैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)। परमेश्वरका न्याय र प्रकाशका वचनहरूले मलाई लज्जा अनुभूत गराए। के म ठ्याक्कै उहाँले खुलासा गरिरहनुभएको व्यक्तिजस्तो थिइनँ र? मेरो कर्तव्यले आशिष् दिलाउँछ भन्ने सोच्दा, म उत्साहित हुन्थेँ र कडा मेहनत गर्थें। त्यसो नहुँदा, म अचानक वैरीजस्तो बन्थेँ र त्यसउप्रान्त त्यो कर्तव्य गर्न चाहन्नथेँ। मैले केवल आफ्नो भविष्य र गन्तव्यको बारेमा सोचिरहेकी थिएँ। मैले मेरो कर्तव्यमा गल्ती गर्दा, आफ्नो असफलताको सन्दर्भमा समीक्षा गर्ने वा सत्यता खोज्ने, वा आफ्नो कमजोरीको परिपूर्ति गर्ने, वा आफ्नो कर्तव्यमा सक्दो राम्रो गर्ने प्रयास गरिनँ; बरु, मलाई जिम्मेवारी लिनुपर्ला र आफ्नो भविष्य खतरामा पर्ला भन्ने डर थियो। म यो कर्तव्य पन्छाएर योभन्दा कम जिम्मेवारी हुने कर्तव्यसँग यसलाई साट्न चाहन्थें, र यसको लागि मेरो रक्तचापलाई बहाना बनाएँ। म बाहिरबाट निकै तर्कसङ्गत देखिन्थें, तर त्यसको पछाडि मेरो घृणित अभिप्राय लुकेको थियो। म असाध्यै धूर्त थिएँ!
मैले मेरो विश्वासमा निरन्तर आशिष् खोज्नुपछाडिको असली जड के हो त भनेर चिन्तन गर्न थालें। मैले परमेश्वरका वचनहरूमा यो कुरा पढें: “भ्रष्ट मानव सबै आफ्नै लागि जिउँछन्। अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरू सबैले आफ्नै खातिर परमेश्वरमा विश्वास गर्छन्; तिनीहरू आशिषित् हुनकै लागि कामकुरा त्याग्छन् र आफूलाई समर्पित गर्छन्, साथै तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सहने कष्ट र चुकाउने मूल्य पनि इनाम प्राप्त गर्नका लागि हो। छोटकरीमा भन्दा, यो सबै आशिषित् हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्यले गरिन्छ। संसारमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्, र परमेश्वरको घरमा, तिनीहरू आशिष्हरू प्राप्त गर्नका लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्हरू प्राप्त गर्नका खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्छन् र धेरै कष्ट सहन सक्छन्। यो सबै मानिसहरूमा शैतानी प्रकृति हुन्छ भन्ने कुराको सबैभन्दा प्रस्ट प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका यी वचनहरूबाट के सिकें भने, मैले सधैं आफ्नो भविष्य र गन्तव्यको बारेमा सोचिरहेकी थिएँ किनभने म शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएकी थिएँ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “इनामविना औँलो पनि नउठाउनू,” जस्ता जीवन-अस्तित्वसम्बन्धी यी शैतानी नियमहरू धेरै पहिलेदेखि नै मेरो प्रकृति बनेका थिए, र यसबाट म अझ धेरै स्वार्थी, घृणित र आत्मसेवा गर्ने व्यक्ति बनेकी थिएँ। आफूले गरेका हरेक कुरामा म व्यक्तिगत लाभबारे सोच्थें। ती वर्षहरूमा विश्वासमा रहँदाको मेरो मार्गलाई हेर्दा, कर्तव्य पालन गर्नको लागि मेरो प्रस्थान बिन्दु भनेकै आशिषित हुनु, इनाम पाउनु, र अन्ततः स्वर्गको राज्यमा प्रवेश गरेर असल गन्तव्य पाउनु रहेको थियो। मेरो वर्षौंको कडा मेहनत र पीडा परमेश्वरको खातिर इमान्दारीसाथ गरिएको खर्चाइ, वा सृष्टि गरिएको प्राणीको कर्तव्यपालन थिएन। यो त केवल परमेश्वरलाई प्रयोग गर्नु, उहाँलाई छल्नु र उहाँसँग सौदा गर्नु थियो। यो बिलकुलै पनि परमेश्वरलाई प्रेम गर्न र सन्तुष्ट पार्नको खातिर थिएन। कसरी मलाई विश्वासमा भएको व्यक्ति भन्न सकिन्थ्यो र? अगुवाको रूपमा तालिम लिन पाउनु परमेश्वरको अनुग्रहले गर्दा भएको थियो—परमेश्वरको इच्छा मलाई समस्याहरू सुल्झाउन सत्यता प्रयोग गर्ने अभ्यास गर्न र समझशक्ति र अन्तर्दृष्टि प्राप्त गर्न सिक्न लगाउनु थियो, तर मैले यो मौकाको कदर गरिनँ। मैले आफूलाई सत्यताले सुसज्जित गर्ने र सत्यतामा प्रवेश गर्ने काम गरिनँ, बरु केवल आफ्नो भविष्य र भवितव्यबारे सोचें। म परमेश्वरको शत्रुको बाटो हिँडिरहेकी थिएँ। मलाई थाहा थियो, मैले पश्चात्ताप गर्नु र सत्यता पछ्याउनुपर्छ, नत्र म निश्चित रूपमा नष्ट हुनेछु।
मैले आफ्नो एउटा भक्तिमा परमेश्वरका यी वचनहरू पढें: “देहधारी परमेश्वर देहमा आउनुको एकमात्र कारण भ्रष्ट मानिसहरूका आवश्यकता हो। परमेश्वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो र उहाँका सबै बलिदानहरू र दुःखकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्वर स्वयमको फाइदाका लागि होइनन्। परमेश्वरका लागि कुनै फाइदा र बेफाइदा वा इनाम भन्ने हुँदैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँकै थियो त्यसको कटनी गर्नुहुनेछ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्नका लागि भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ)। यसमाथि चिन्तन गर्दा, मलाई परमेश्वरको प्रेमले गहिरो गरी छोयो। भयानक अपमान र पीडा भोगिरहेका र गहन रूपले भ्रष्ट पारिएका मानवजातिलाई मुक्ति दिन सर्वोच्च, पवित्र र आदरणीय परमेश्वरले दुईपटक देहधारण गर्नुभएको छ। मानवजातिलाई छुटकारा दिलाउन, प्रभु येशू आफ्नो जीवनको मूल्य चुकाउँदै क्रूसमा टाँगिनुभयो। आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्वर चीनमा आउनुभयो, र मानिसलाई धुन र मुक्ति दिन सत्यता व्यक्त गर्नुभयो, र उहाँले चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारको सतावट, खेदो र निन्दामा पर्नुभयो। उहाँ हामीमाझ काम गर्न, हामीबाट बदलामा केही नखोजी आफ्ना वचनहरू बाँड्न सबथोक सहनुहुन्छ, र यो केवल हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनका गर्नुहुन्छ। मानवजातिलाई मुक्ति दिन परमेश्वर यत्ति ठूलो मूल्य चुकाउनुहुन्छ, आफ्नो लाभ या हानि कहिल्यै सोच्नुहुन्न। उहाँलाई हामीबाट बदलामा केही चाहिँदैन, उहाँले हामीबाट केही पनि अपेक्षा गर्नुहुन्न। परमेश्वरको प्रेम निस्वार्थ र साँचो छ। परमेश्वरको सार कति सुन्दर र असल छ! तर आफूलाई हेर्दा, मैले मसँग विश्वास छ र परमेश्वरलाई प्रसन्न गर्न चाहन्छु भनेर भनेकी त थिएँ, तर म उहाँप्रति बिलकुलै इमान्दार थिइनँ। मैले उहाँप्रतिको समर्पणको झण्डा बोकेँ, तर त्यो केवल आशिष् पाउन लेनदेन गर्नको लागि थियो। यो त परमेश्वरलाई प्रयोग गर्नु र उहाँलाई छल्नु थियो। मैले आफू कति धूर्त, तुच्छ र निर्लज्ज छु भन्ने देखें। मजस्तो व्यक्तिले कहिल्यै पनि परमेश्वरको स्वीकृति पाउँदैन, चाहे उसले जति नै ठूलो त्याग किन नगरोस्। मैले परमेश्वरका वचनहरूमा यो पनि पढें: “सृजित प्राणीका रूपमा, मानिसले सृष्टिकर्तालाई जान्न र सृजित प्राणीको कर्तव्य पूरा गर्न खोज्नुपर्छ, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, अरू कुनै छनौटहरू बिलकुलै नगरी परमेश्वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्वरलाई प्रेम गर्नुको पछि लाग्नेहरूले कुनै पनि व्यक्तिगत लाभ वा व्यक्तिगत आशाहरू पछ्याउनु हुँदैन; पछ्याउने सबैभन्दा सही तरिका यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। मैले परमेश्वरका वचनहरूमा के देखें भने, सृष्टि गरिएको प्राणीको रूपमा हामीले आशिष्को लागि विश्वास अपनाउनुहुँदैन। हामीले परमेश्वरप्रतिको प्रेम पछ्याउनुपर्छ र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्न खोज्नुपर्छ। यो नै जिउने सबैभन्दा अर्थपूर्ण तरिका हो। मैले परमेश्वरसँग प्रार्थनामा यो भनें: “हे परमेश्वर, म तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु, आशिष् खोज्न छोड्न चाहन्छु। मेरो अन्तिम गन्तव्य जेसुकै भए पनि, म तपाईंको प्रेमको पैँचो तिर्न आफ्नो कर्तव्य राम्रोसँग गर्न चाहन्छु।” मैले आफ्नो स्थिति ठीक गरेपछि, मेरो रक्तचाप स्थिर भयो।
पछि, मैले परमेश्वरका वचनहरूका केही खण्डहरू पनि पढेँ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि सन्ताप भोग्छ भन्ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। सन्ताप आइपर्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, ऊ सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे उसले आशिष्हरू पाओस् वा ऊमाथि सन्ताप आइपरोस्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; व्यक्तिले, परमेश्वरको पछि लाग्ने व्यक्तिले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले सन्ताप आइपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले निर्वाह गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो। आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामार्फत नै मानिस बिस्तारै परिवर्तन हुन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो बफादारी प्रदर्शन गर्छ। यसरी, तँ आफ्नो कर्तव्य जति निर्वाह गर्छस्, तैँले त्यति नै धेरै सत्यता प्राप्त गर्न सक्नेछस्, र तेरो अभिव्यक्ति त्यति नै व्यावहारिक हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। “कुनै व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसले कुन कर्तव्य निर्वाह गर्छ भन्नेमा निर्भर हुँदैन, बरु उसले सत्यता बुझ्न र प्राप्त गर्न सक्छ कि सक्दैन, र अन्ततः परमेश्वरप्रति पूर्ण समर्पण हासिल गर्न र आफूलाई उहाँको योजनाबद्ध कार्यको कृपामा राख्न, अब उप्रान्त आफ्नो भविष्य र नियतिलाई ख्याल नगर्न, र मानकअनुरूपको सृजित प्राणी बन्न सक्छ कि सक्दैन भन्नेमा निर्भर हुन्छ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँले सबै मानवजातिलाई मापन गर्न यही मानक प्रयोग गर्नुहुन्छ, र यो मानक कहिल्यै परिवर्तन हुनेछैन—तैँले यो कुरा याद गर्नुपर्छ। यो मानकलाई आफ्नो मनमा दृढतापूर्वक राख्, र ती अवास्तविक कुराहरू पछ्याउनका लागि सत्यता पछ्याउने मार्ग छोड्नेबारे कहिल्यै नसोच्। मुक्ति पाउनुपर्ने सबैका लागि परमेश्वरले माग गर्नुभएको मानक सधैँ अपरिवर्तनीय छ। तँ जोसुकै भए पनि यो उस्तै रहन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका यी वचनहरूले मलाई के बुझ्न मदत गरे भने, हामी अन्त्यमा आशिषित हुन्छौं वा श्रापित हुन्छौं भन्ने कुरासित हाम्रो कर्तव्यको कुनै लिनुदिनु छैन। पूर्ण मुक्ति हासिल गर्ने चाबी भनेको हामी सत्यता पछ्याउन र प्राप्त गर्न, अनि आफ्नो स्वभाव बदल्न सक्छौं कि सक्दैनौं भन्ने हो। म कुन कर्तव्य कहिले निर्वाह गर्छु भन्ने कुरा परमेश्वले निर्धारित गर्नुहुन्छ र मेरो परिणाम र गन्तव्य योभन्दा पनि बढ्ता रूपमा परमेश्वरको शासन र बन्दोबस्तहरूको अधीन हुन्छन्। मैले गर्नुपर्ने भनेको परमेश्वरका योजनाबद्ध कार्यहरू स्वीकार गर्नु र भक्तिपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नु हो। मलाई के पनि महसुस भयो भने, मैले मण्डली अगुवाको रूपमा सेवा गर्नु भनेको परमेश्वरले मलाई माथि उठाउनुभएको अवस्था हो र यो मेरो कर्तव्यको दौरान मेरा कमीकमजोरी र अपर्याप्तताहरू देखाउनको लागि परमेश्वरले मलाई दिनुभएको अभ्यासको मौका हो। हरपक्षमा सत्यताको खोजी र सत्यता सिद्धान्तहरूको बुझाइ हुँदा, यसबाट मेरो जीवनको वृद्धिमा मदद मिल्न सक्थ्यो। यो कुरा बुझेपछि, म आफ्नो भविष्य र भवितव्यको चिन्ताद्वारा बाँधिएको महसुस गर्न छोडेँ र त्यसपछि फेरि कर्तव्यहरू साटफेर गर्न चाहिनँ। म समर्पित हुन, अनि सत्यता खोजी गर्दै र आइपरेका समस्याहरू समाधान गर्दै व्यावहारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएँ। समयसँगै, मैले केही सिद्धान्तहरू बुझें र आफ्नो कर्तव्यमा बिस्तारै कम गल्ती गर्न थालेँ। परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नु र आशिष्को खातिर कर्तव्य निर्वाह नगर्नु मेरो लागि वास्तवमै मुक्ति दिलाउने कुरा थियो। मेरा कर्तव्यहरू परमेश्वरद्वारा मार्गनिर्देशित भएका छन्, र मैले राम्रोभन्दा राम्रो नतिजाहरू प्राप्त गरेकी छु। सर्वशक्तमान् परमेश्वरको मुक्तिलाई धन्यवाद होस्!
हे मु, चीनमैले चालिसको दशकमा सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले के देखेँ भने, परमेश्वरको आखिरी दिनहरूको काम...
झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...
वु यु, चीनविगत केही वर्षयता, म मण्डलीमा सफा गर्ने काम गर्दै आएकी छु, र केही सुपरिवेक्षकहरूलाई एकपछि अर्को गर्दै बर्खास्त गरिएको र कतिलाई...
अगुवाले मलाई केही समूह भेलाहरूको जिम्मा दिइन् केही अभ्यासपछि, मैले केही सिद्धान्तहरू बुझें र मानिसहरूले भोग्ने केही स्थिति चिन्न सिकें।...