आफ्नो विश्‍वासमा म सच्चा थिइनँ

15 फ्रेवुअरी 2022

मेरो परिवार निकै गरिब थियो, म ब्याङ्कको कार्यकारी बन्ने, समाजमा हैसियत बनाउने सपना देख्थेँ, ताकि हामीलाई यति साह्रो पैसाको खाँचो नहोस्। पढाइ सकेर मैले काम खोज्न थालेँ, धेरै ठाउँमा आवेदन दिएँ, तर मलाई काम पाउनै मुस्किल भयो र आफूले चाहेको जागिर कहिल्यै पाइनँ। मैले ठीकैको, कम तलबको काम मात्र पाएँ।

सन् २०१९ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ र केही समयपछि मण्डलीमा मलजल गर्ने कर्तव्य थालेँ। मैले सोचेँ, यदि मैले परमेश्‍वरको लागि सक्दो गरेँ भने, उहाँले पक्कै पनि मलाई आशिष् दिनुहुनेछ र राम्रो जागिर पाउन मदत गर्नुहुनेछ। त्यसैले, मैले आफ्नो कर्तव्यसँगै जागिरका लागि आवेदन दिइरहेँ। त्यसपछि, सन् २०२१ को जून महिनामा एउटा कम्पनीको प्रतिनिधिले मलाई फोन गरी अन्तर्वार्ताको लागि बोलाए। मैले अनलाइनमा त्यस संस्थाबारे जानकारी खोजेँ र यो बहुराष्ट्रिय कम्पनी रहेको र यसको प्रमुख कार्यकारी अधिकृत संसारभरि लगानी गरिरहेकाथिए। मैले काम गर्न चाहेको जस्तै उनको एउटा ठूलो ब्याङ्क थियो, तर अन्तर्वार्तामा म असफल भएँ। त्यो कम्पनीले मलाई अन्तर्वार्ताको लागि बोलाउला भन्ने सोचेकै थिइनँ। यो आशलाग्दो आश्चर्य थियो। परमेश्‍वरले मौका दिनुभएको हो भन्ने ठानेँ, र मैले त्यो बहुराष्ट्रिय कम्पनीमा काम पाएँ भने त्यो परमेश्‍वरको आशिष हुनेछ। मनमनै भनेँ, म पक्कै सफल हुन्छु र प्रबन्धकको तलब पाउनेछु किनभने परमेश्‍वरले मलाई मदत गर्नुहुनेछ। आफूले सपना देखेको जागिर खाने मौका पाउँदैछु र मैले कडा मेहनत गरेर अर्जेको मास्टर डिग्री काम लाग्नेछ भनेर म रोमाञ्चित भएँ। भविष्यमा मेरो जीवन कसरी परिवर्तन हुन्छ भनेर कल्पना गर्न थालेँ, मसँग पनि मनग्गे पैसा र आफ्नै घर हुनेछ, अनि आफूले चाहेको जुनसुकै कुरा किन्न सक्षम हुनेछु। म संसार घुम्न र आमाबुबालाई राम्रोसँग पाल्न सक्नेछु भनेर सोचेँ। त्यहाँ काम गर्न थालेपछि सबै कुरा राम्रो हुँदै जानेछ भन्ने मलाई लाग्यो। अन्तर्वार्तामा, मैले तीन जना उम्मेद्वार देखेँ, र म चयन हुँदिन होला भनेर डर लाग्न थाल्यो, तर मैले मनमनै भनेँ, “होइन, यो जागिर मेरो नै हुनेछ। म परमेश्‍वरको सन्तान हुँ र उहाँले पक्कै पनि मलाई आशिष् दिनुहुनेछ। जे भए पनि, परमेश्‍वरले मेरो लागि यो ठाउँ जुटाइदिनुहुनेछ।” मलाई आफ्नो क्षमतामा केही आत्मविश्‍वास पनि जाग्यो। अन्तर्वार्तामा मैले सबै प्रश्नको जवाफ दिएँ र अन्तरवार्ता लिने व्यक्तिले मलाई यदि म सफल भएँ भने पाँच दिनभित्र फोन आउने बताए। म चयन हुन्छु भनेर विश्‍वस्त थिएँ। पाँच दिनपछि, फोन आउँछ कि भन्दै छटपटीमा पर्खिरहेँ, तर त्यो दिनभरि पनि कल आएन। एक हप्ता बित्यो र अझै पनि कल आएन। अन्तर्वार्तामा फेल भएँ भन्ने मलाई लाग्यो। मन दुख्यो र आफैलाई सोध्न थालेँ मेरो के गल्ती भयो अनि म किन फेल भएँ। म परमेश्‍वरमा भर परेकी थिएँ, उहाँलाई प्रार्थना गरेकी थिएँ, तर म किन पास भइनँ? मलाई साह्रै नकारात्मक र कमजोर महसुस भयो र परमेश्‍वरलाई दोष दिन थालेँ। म विश्‍वासी भएको दुई वर्ष भइसकेको थियो र हरसमय आफ्नो कर्तव्य गरिरहेकी थिएँ। म कहिल्यै पनि परमेश्‍वरबाट तर्केकी थिइनँ, न त कर्तव्य नै छोडेकी थिएँ। किन उहाँले मलाई अनुग्रह र आशिष् दिनुहुन्न? म यहाँसम्म निराश र दुःखी भएँ कि एक हप्तासम्म भेलाहरूमा उपस्थित भइनँ, न त परमेश्‍वरका वचन नै पढें। ब्रदर-सिस्टरहरूले मलाई फोन गर्दा मैले झर्को मानें र उनीहरूसँग बोल्न मन लागेन। मलाई केही गर्न मन थिएन, घरबाट बाहिर निस्कन समेत मन लागेन। मैले सुसमाचार प्रचार गर्ने कर्तव्य र ब्रदर-सिस्टरहरूसँग परमेश्‍वरका वचन बाँड्ने काम बन्द गरें। म दिनभरि आफ्नो कोठामा बस्थेँ; उत्प्रेरणा, लक्ष्य र भोक सबै हराएको थियो। केही दिनमै निकै दुब्लाएँ।

एक दिन मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ: “परीक्षाहरूमा परमेश्‍वर जे चाहनुहुन्छ त्यो मानिसको साँचो हृदय हो।” “जब परमेश्‍वरले मानिसहरूको परीक्षा लिइरहनुभएको हुन्छ, तब उहाँले कस्तो प्रकारको वास्तविकता सृजना गर्न खोजिरहनुभएको हुन्छ? उहाँले मलाई तिमीहरूको हृदय देओ भनेर निरन्तर रूपमा मानिसहरूलाई भनिरहनुभएको हुन्छ। जब परमेश्‍वरले तेरो परीक्षा लिनुहुन्छ, तब उहाँले तेरो हृदय उहाँसँग छ कि, देहसँग छ वा शैतानसँग छ भनेर हेर्नुहुन्छ। जब परमेश्‍वरले तेरो परीक्षा लिनुहुन्छ, तब उहाँले तँ उहाँको विपक्षमा उभिएको छस् कि उहाँ अनुरूप हुने अवस्थामा उभिएको छस् भनेर हेर्नुहुन्छ, र उहाँले तेरो हृदय उहाँको पक्षमा छ कि छैन भनेर हेर्नुहुन्छ। तँ अपरिपक्व छस् र तैँले परीक्षाहरूको सामना गरिरहेको छस् भने, तँमा थोरै आत्मविश्‍वास हुन्छ र तैँले परमेश्‍वरका अभिप्रायहरू परिपूर्ति गर्नको लागि वास्तवमा के गर्नुपर्छ भन्ने कुरा जान्दैनस् किनभने सत्यतासम्बन्धी तेरो बुझाइ सीमित हुन्छ। तथापि, यदि तैँले अझै पनि साँचो रूपले र इमानदारीता पूर्वक परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस् भने, र यदि तँ परमेश्‍वरलाई हृदय दिन, उहाँलाई तेरो प्रभु बनाउन इच्छुक बन्न सक्छस् भने र तैँले सबैभन्दा अमूल्य भनी विश्‍वास गरेका तेरा सबै कुराहरू उहाँमा अर्पण गर्न इच्छुक बन्न सक्छस् भने, तैँले यसअघि नै परमेश्‍वरलाई तेरो हृदय दिइसकेको हुनेछस्। तैँले अझ बढी उपदेशहरू सुन्दै जाँदा र अझ बढी सत्यता बुझ्दै जाँदा, तेरो कद पनि क्रमिक रूपमा बढ्दै जानेछ। यो समयमा, परमेश्‍वरका सर्तहरूका मापदण्डहरू तँ अपरिपक्व भएको अवस्थामा भएका मापदण्हरूजस्तो दुरुस्तै हुनेछैनन्; उहाँले तँबाट अलि माथिल्लो तहको मापदण्ड पूरा गर्ने सर्त राख्नुहुनेछ। मानिसहरूले क्रमिक रूपमा परमेश्‍वरलाई हृदय दिँदै जाँदा, तिनीहरूको हृदय बिस्तारै उहाँको नजिक जान्छ; मानिसहरू परमेश्‍वरको नजिक हुँदै जाँदा, तिनीहरूको हृदयले उहाँको झन् बढी आदर गर्दै जानेछ। परमेश्‍वरले त्यस्तै हृदय चाहनुहुन्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। त्यसपछि मैले बुझेँ कि परमेश्‍वरले मानिसहरूलाई जाँच्नुहुँदा तिनीहरूको हृदय हेर्नुहुन्छ—कुन कुरामा चासो राख्छन्, परमेश्‍वरले बनाउनुभएको परिवेशमा रहेर उहाँप्रति समर्पित हुन्छन् कि हुँदैनन् त्यो हेर्नुहुन्छ। मैले उहाँलाई आफ्नो हृदय दिनुको सट्टा आफ्नै इच्छाहरू पूरा गर्न कसरी उहाँलाई प्रयोग गर्ने भनेर सोचिरहेकी थिएँ। आफूले चाहेको जागिर, धन र भौतिक सुखसुविधा नपाउँदा, म कमजोर भएँ, भेलाहरूमा उपस्थित हुन वा आफ्नो कर्तव्य गर्न चाहिनँ। यो परमेश्‍वरप्रति विश्‍वासघात थियो र मैले त्यस परिस्थितिमा परमेश्‍वरको लागि गवाही गुमाउँदै थिएँ। त्यसैले मैले प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्‍वर, म तपाईंप्रति समर्पित वा सच्चा छुइनँ भनेर तपाईंले खुलसा गर्नुभएको छ। म तपाईंको लागि गवाहीको रूपमा खडा भएकी छुइनँ, न त तपाईंप्रति समर्पित नै छु। हे परमेश्‍वर, मलाई कृपा गर्नुहोस्। म पश्चात्ताप गर्न चाहन्छु।”

प्रार्थनापछि मेरो मन धेरै हलुका भएको महसुस भयो र मैले अरूबाट आएका मेसेजको जवाफ दिएँ। एकजना सिस्टरले मलाई मेरो स्थितिबारे सोधिन् र मैले उनलाई आफ्नो हाल बताएँ। उनले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्: “कसैले पनि आफ्‍नो सम्पूर्ण जीवन दुःखविना बिताउन सक्दैन। केही मानिसहरूले परिवारबाट कष्ट पाउँछन्, कसैले काममा, कसैले वैवाहिक सम्बन्धमा, र कतिले शारीरिक बिमारीबाट कष्ट भोग्छन्। सबैले नै दुःख भोग्छन्। कसैले भन्छन्, ‘मानिसहरूले किन दुःख भोग्नु परेको? सम्पूर्ण जीवन शान्ति र खुसीसँग जिउनु कति ठूलो कुरा हुनेछ। के हामी दुःख नभोग्न सक्दैनौं?’ सक्दैनौं—सबैले कष्ट भोग्नैपर्छ। दु:ख-कष्टले प्रत्येक व्यक्तिलाई शारीरिक जीवनका असङ्ख्य संवेदनाहरू अनुभव गराउँछ, चाहे ती संवेदनाहरू सकारात्मक, नकारात्मक, सक्रिय वा निष्क्रिय जस्तोसुकै होऊन्; कष्टले तँलाई भिन्नै भावनाहरू र बुझाइहरू दिन्छ, जुन सबै तेरो निम्ति जीवनको अनुभव हुन्। यदि तैँले यी कुराहरूबाट सत्यताको खोजी गर्न र परमेश्‍वरको इच्छालाई बुझ्‍न सक्छस् भने, तँ परमेश्‍वरद्वारा तँलाई दिइएको मापदण्डको अझ नजिक पुग्नेछस्। त्यो एउटा पक्ष हो, र यो मानिसहरूलाई अझ बढी अनुभवी बनाउनका लागि पनि हो। अर्को पक्ष परमेश्‍वरले मानिसलाई दिनुहुने जिम्मेवारी हो। कुन जिम्मेवारी? तँ दुःख-कष्टबाट भएर जानैपर्छ, यो दु:ख सहनैपर्छ, र यदि तैँले यसो गर्न सक्छस् भने, यो गवाही हो, र लाज मान्नुपर्ने कुरा होइन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)”)। परमेश्‍वरका वचनहरूले मलाई सबैको जीवनमा संघर्ष छ, चाहे विश्‍वासी हुन् या नहोऊन्, र कष्ट भनेको जीवनको भाग हो भन्ने सिकाए। कष्ट मूल्यहीन छैन। यसले मेरो अनुभवलाई समृद्ध बनाउन र मलाई परमेश्‍वरको नजिक ल्याउन सक्छ। म सत्यता र परमेश्‍वरको इच्छा खोज्न उहाँसामु आउन सक्छु। हामी शैतानद्वारा अति गहिरोसित भ्रष्ट पारिएका छौँ, सबै लोभी छौँ, महिमा पाउने लालच गर्छौं, हैसियत र उज्ज्वल भविष्यको पछि लाग्छौँ र सत्यतालाई प्रेम गर्दैनौँ। यदि हामी आरामको सहज जीवन बिताउँछौँ भने परमेश्‍वरबाट झन् टाढा र झन्‌ भ्रष्ट हुँदै जानेछौँ। मलाई लाग्यो, परमेश्‍वरले ममाथि त्यो हुन दिनुभएको मलाई प्रार्थनामा उहाँसामु ल्याउन र सत्यता खोज्न लगाउनका लागि हो, ताकि मैले परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गरूँ र उहाँ नजिक जान सकूँ। परमेश्‍वरको साँचो मनसाय बुझेपछि, मलाई अबउप्रान्त त्यो अवस्थासँग लड्न मन लागेन, बरु जे सुकै भए पनि, म पूर्ण रूपले परमेश्‍वरमा समर्पित रहन चाहन्थेँ।

त्यसपछि, मैले अर्को खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूको जीवनका अनुभवहरूमा, भने मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, र उहाँले चाहिँ मलाई के दिनुभएको छ भनेर तिनीहरूले प्रायजसो आफैसँग विचार गर्ने गर्छन्? मैले यसमा थप्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु? यस समयमा मैले धेरै थोक दिएको छु, मैले धेरै दौडधूप गरेको छु, र मैले धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्‍वरले मलाई कुनै पनि प्रतिज्ञाहरू दिनुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्‍वरको आशिष् पाउन सक्छु? … प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाब-किताब गर्दछ, र उनीहरूले आफ्‍ना अभिप्राय, महत्वाकांक्षा र लेनदेनले भरिएको मागहरू परमेश्‍वरसँग गर्छन्। भन्नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत उद्देश्यका लागि निरन्तर परमेश्‍वरसँग तर्क गर्दछ, अनि उसले चाहेको कुरा परमेश्‍वरले दिन सक्नुहुन्छ कि सक्‍नुहुन्न भनी हेर्न परमेश्‍वरबाट एउटा अभिव्यक्ति निकाल्ने कोसिस गर्दछ। यसको साथै, परमेश्‍वरको पछि लाग्दा पनि मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि परमेश्‍वरसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरिरहेको छ, र उसलाई औँलो दिँदा संसार निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिइरहेको हुन्छ। मानिसले परमेश्‍वरसँग सौदाबाजी गर्नुका साथसाथै उहाँसँग तर्क पनि गर्दछ, अनि कति जना यस्ता मानिसहरू पनि हुन्छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा उनीहरूले कुनै विशेष परिस्थितिहरूको सामना गर्नु पर्दा कमजोर, निष्क्रिय र आफ्नो काममा सुस्त हुन्छन् अनि परमेश्‍वरको विषयमा गुनासोहरूले भरिएका हुन्छन्। मानिसले पहिलो पटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, हरेक समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्‍वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति उपलब्ध गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू सबैले ‘परमेश्‍वरमाथिको विश्‍वास’ को आधारभूत बुझाइ यस्तै हुन्छ, र परमेश्‍वरमा विश्‍वास गर्ने भन्ने अवधारणाको बारेमा उनीहरूको गहिरो बुझाइ यस्तै हुन्छ। मानिसको प्रकृति र सारदेखि उसको व्यक्तिपरक खोजसम्म, परमेश्‍वरको भयसँग सम्बन्धित कुनै कुरा छैन। मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने उद्देश्यसँग परमेश्‍वरको आराधना गर्नुको सम्भवतः कुनै सम्बन्ध छैन। भन्नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्दा परमेश्‍वरको भय मान्नु र उहाँको आराधना गर्नु पनि आवश्यक छ भन्‍ने कुरा मानिसले कहिल्यै विचार गरेको छैन, न त बुझेको नै छ। यस्ता सर्तहरूको प्रकाशमा मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण छ, उसले मनमा धोखा र छल राख्छ, निष्पक्षता र धार्मिकता, साथै जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी छ। मानिसको हृदय परमेश्‍वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो परमेश्‍वरलाई पटक्कै दिएको छैन। परमेश्‍वरले कहिल्यै मानिसको वास्तविक हृदय देख्नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ। परमेश्‍वरले जति नै ठूलो मोल तिर्नुभए पनि वा उहाँले जति धेरै काम गर्नुभए पनि, वा उहाँले मानिसका निम्ति जति धेरै उपलब्ध गराउनु भए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन हुन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नो हृदयलाई ध्यान दिन, र आफ्नै निर्णयहरू लिन चाहन्छ—जसको सार भनेको के हो भने, मानिसले परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग रहने बाटो पछ्याउन वा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्न चाहँदैन, न त उसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा आराधना गर्न चाहन्छ। आज मानिसको अवस्था यस्तै छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २”)। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक अवस्था खुलासा गरी मलाई साह्रै लज्जित महसुस गराए। मेरो विश्‍वास आशिषको लागि मात्र थियो, र मैले आफूलाई परमेश्‍वरमा समर्पित गरिरहेकी भए तापनि, आखिर त्यो परमेश्‍वरबाट इनाम पाउनकै लागि थियो। परमेश्‍वरले मलाई आशिष् र अनुग्रह दिनुहुन्छ भन्ने आशामा मैले आफ्नो कर्तव्यमा समय र ऊर्जा खर्चें, उत्साहपूर्वक उहाँको सेवा गरें, ताकि मैले अध्ययन गरेकै विषय क्षेत्रमा धेरै तलबको जागिर पाउन सकूँ। त्यसपछि, मेरो जीवन सुखी हुनेछ र कुनै कुराको कमी हुनेछैन, अनि त्यसपछि मेरो परिवार र मैले दुःख भोग्नुपर्ने छैन। त्यो मेरो सोच र लक्ष्य थियो। तर दुई वर्षभन्दा बढी विश्‍वासमा रहेपछि पनि मैले खोजेको आशिष् साकार भएको थिएन। मैले आशा गरेको जागिर नपाउँदा परमेश्‍वरलाई पछ्याउने र सेवा गर्ने मेरो उत्साह हरायो। मैले सधैँ परमेश्‍वरलाई धोका दिइरहेकी थिएँ, उहाँसँग लेनदेन गर्न खोजिरहेकी थिएँ भनेर तथ्यहरूले मलाई देखाइदिए। यस्तो लाग्थ्यो, म परमेश्‍वरको लागि कडा परिश्रम गर्दैथिएँ, भेलाहरूमा जान्थेँ र कर्तव्यमा सक्रिय थिएँ, तर यथार्थमा, मेरो भित्री मनसायहरू थिए—परमेश्‍वरबाट अझ धेरै अनुग्रह र आशिष प्राप्त गर्ने मनसाय। परमेश्‍वरका वचनभित्रको अन्तर्ज्ञानले मलाई मेरो स्वार्थीपन देखायो, मैले केवल आफू र आफ्नो परिवारबारे सोचिरहेकी थिएँ, परमेश्‍वरमा आफ्ना मागहरू थोपर्दैथिएँ, उहाँलाई असाधारण मागहरू गर्दैथिएँ। मैले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गरिरहेकी थिइनँ र आफ्नो विश्‍वासमा उहाँको साँचो भक्ति गरिरहेकी थिइनँ। मैले परमेश्‍वरबाट भुक्तान मागिरहेकी थिएँ मानौँ उहाँ मेरो ऋणी हुनुहुन्छ, उहाँलाई मेरो लागि विशेष उपकार गर्न लगाइरहेकी थिएँ, आफ्ना इच्छा पूरा गर्न प्रयोग गरिरहेकी थिएँ। परमेश्‍वरले हामीलाई पहिले नै जीवन दिनुभएको छ र निशर्त धेरै सत्यता दिनुभएको छ। शैतानद्वारा भ्रष्ट पारिएका हामी मानिसजातिलाई मुक्ति दिन परमेश्‍वर देह हुनुभएको छ र धेरै कष्ट भोग्नुभएको छ। यो सब, हामीले सत्यता प्राप्त गर्न, भ्रष्टाचारलाई हटाउन र परमेश्‍वरबाट पूर्ण रूपमा मुक्ति पाउन सकौँ भनेर नै हो। हामीप्रति परमेश्‍वरको प्रेम अथाह छ र उहाँले हामीलाई एकदमै धेरै अनुग्रह दिनुभएको छ। तर मैले परमेश्‍वरको प्रेम देखिनँ र उहाँको इच्छालाई वास्तै गरिनँ। कसरी माग गर्ने भनेर मात्र मलाई थाहा थियो। मसँग कुनै विवेक वा तर्कशक्ति थिएन! परमेश्‍वरका वचनहरूले सधैँ मेरो साँचो अवस्थाहरू खुलासा गर्छन्। यदि मैले मेरो त्यागलाई परमेश्‍वरबाट आफूले चाहेका आशिष् माग्न प्रयोग गर्छु, आफ्नो कर्तव्यलाई लेनदेनको भागको रूपमा लिन्छु भने, त्यस्तो प्रकारको विश्‍वास र सेवा संसारमा हाकिमको लागि काम गर्नु जस्तै हो। यो केवल बदलामा केही प्राप्त गर्नका लागि हो, त्यसमा कुनै इमानदारिता हुँदैन।

पछि मैले “परमेश्‍वरको कार्य र मानिसको अभ्यास” को अन्तिम भागमा अर्को खण्ड पढेँ। “तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्‍वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र भयरहित हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र?” (वचन देहमा देखा पर्नुहुन्छ)। परमेश्‍वरका वचनले हामीलाई के बताउँछन् भने, आफ्नो हृदयमा परमेश्‍वरको लागि ठाउँ भएकाहरू मात्र उहाँका परीक्षा मार्फत गवाहीको रूपमा खडा हुन सक्छन्, तर हृदयमा परमेश्‍वरको लागि ठाउँ नभएकाहरूले आफ्नै हितबारे मात्र सोच्छन्। तिनीहरूले केही दैहिक लाभ पाउँदा आफूलाई जबरजस्ती आज्ञाकारी बनाउँछन्, तर आफूले चाहेको कुरा नपाउँदा परमेश्‍वरलाई शत्रु ठान्दै दोष लगाउँछन् र धोका दिन्छन्। यस प्रकारका मानिसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र हटाउनुहुनेछ—तिनीहरू पिशाच जस्तै हुन्। परमेश्‍वरका वचनहरू मनन गरेर म पनि त्यस्तै प्रकारको व्यक्ति त होइन भन्ने कुरा बुझेँ? मेरो विश्‍वास आशिषको लागि थियो। मेरो परिवारका सदस्यहरू स्वस्थ रहँदा र मैले राम्रो जागिर पाउँदासम्म, म परमेश्‍वरको लागि कडा परिश्रम गर्न तयार थिएँ। तर ती कुरा आफूले चाहेजस्तो नहुँदा म निष्क्रिय भएँ र परमेश्‍वरप्रति गुनासो गरेँ। परमेश्‍वरप्रति मेरो कुनै भक्ति वा समर्पण थिएन। परमेश्‍वरप्रतिको मेरो विश्‍वास साँचो नभएको मैले देखेँ, मैले परमेश्‍वरलाई धोका दिइरहेकी थिएँ र उहाँसित लेनदेन गरिरहेकी थिएँ, र उहाँले त्यस्तो विश्‍वासलाई कहिल्यै स्वीकार्नुहुन्न। परमेश्‍वरले आखिरी दिनहरूमा विजयीहरूको समूह पूरा गर्नुहुँदैछ। तिनीहरूले आफ्नो हृदय पूर्णतया परमेश्‍वरतर्फ फर्काउन सक्छन् र उहाँलाई सन्तुष्ट पार्नेगरी पूर्ण रूपमा जिउन सक्छन्। तिनीहरूसँग परमेश्‍वरको लागि कष्ट भोग्ने दृढता छ, र अय्यूब जस्तै कठिनाइ मार्फत दृढ रहन र गवाही दिन सक्छन्। तिनीहरूलाई परमेश्‍वरले अन्त्यमा सिद्ध पार्नुहुनेछ, र तिनीहरू मात्र परमेश्‍वरको अनुमोदन र आशिष पाउन योग्य हुनेछन्। अय्यूबले आफ्नो परीक्षाहरूमा धेरै कष्ट भोगे, तर उनले त्यस कष्टका लागि परमेश्‍वरलाई कहिल्यै दोष दिएनन्। वास्तवमा, परमेश्‍वरप्रति उनको विश्‍वास कहिल्यै डगमगएन, र उनले आफ्ना सबै छोराछोरी र सम्पत्ति गुमाउँदा समेत, परमेश्‍वरको नाउँको प्रशंसा गर्न सके र उहाँको शासनको अधीनमा बस्न सके। उनी परमेश्‍वरको निम्‍ति गजबको गवाही थिए। तर आफूलाई हेर्दा, परमेश्‍वरको मापदण्ड पूरा गर्नबाट म धेरै टाढा थिएँ।

एक दिन मैले परमेश्‍वरका वचनको यो खण्ड पढेँ, त्यो हो, “तँ कोप्रति निष्ठावान् छस्?” को अन्तिम खण्ड, “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष लगाइन भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यलाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकी दोधारेहरूले एउटा हातले पैसा हडप्नेथिए र अर्को हातले सत्यता टिप्नेथिए। तिमीहरूको साँचो रङ त्यसपछि आफै स्पष्ट नहोलान् त? तिमीहरूले सत्यता र तिमीहरू निष्ठावान् भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही छनौट गर्थ्यौ र तिमीहरूको मनोवृत्ति उस्तै रहन्थ्यो। के त्यो यस्तै हो नि, होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचको प्रतिस्पर्धामा, तिमीहरूले परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, शान्ति र अवरोध, सम्पत्ति र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र पन्छाइनु र यस्तै अन्य कुराहरूको बीचमा तिमीहरूले गरेको छनौटको बारेमा तिमीहरूलाई अवश्य नै थाहा होला। शान्तिपूर्ण परिवार र टुक्रिएको परिवारको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने[क] इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमान अनि मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणा र सत्यताको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका सबै दुष्कर्महरूको सबै तरिकालाई सामना गरेको कारण, मैले तिमीहरूमाथिको विश्‍वासलाई गुमाएको छु। तिमीहरूको हृदय यसलाई कोमल बनाउने कार्यप्रति अत्यन्तै प्रतिरोधी छ भन्‍ने कुराले मलाई साँच्‍चै अचम्‍मित पार्छ। समर्पण र प्रयासका धेरै वर्षहरूले स्पष्ट रूपमा मलाई तिमीहरूको परित्याग र निराशाभन्दा धेरै अरू केही दिएन, तर तिमीहरूको लागि मेरा आशाहरू बितेको प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अँध्यारो र दुष्ट कुराहरूको खोजमा छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र दुर्भाग्यपूर्ण शोक ल्याइदिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको सानो टुक्रा बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो मुटुलाई सान्त्वना दिन के गर्नुपर्छ सोबारे अनभिज्ञ हुनेथियौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूमा समर्पित हुन्छौ कि तिनीहरूप्रति निरस महसुस गर्छौ? मेरो दिन तिमीहरूकै आँखाअगाडि छ र तिमीहरूले जे देख्छौ सो नयाँ जीवन र एक नयाँ सुरुवातको विन्दु हो। यद्यपि, मैले तिमीहरूलाई के भन्‍नुपर्छ भने, यो सुरुवातको विन्दु पहिलेको नयाँ कामको आरम्भ होइन, तर पुरानोको निष्कर्ष हो। अर्थात्, अन्तिम कार्य यही नै हो। यस सुरुवातको विन्दुको बारेमा के असामान्य छ सो तिमीहरू सबैले बुझ्‍न सक्छौ भन्‍ने मलाई लाग्छ। तैपनि, एक दिन चाँडै तिमीहरूले यस सुरुवातको विन्दुको साँचो अर्थलाई बुझ्नेछौ, त्यसकारण हामी एकसाथ अघि बढौं र आउने समापनलाई स्वागत गरौं” (वचन देहमा देखा पर्नुहुन्छ)। परमेश्‍वरका वचनहरूले मेरो मन साह्रै छोए र मानिसहरूमा परमेश्‍वरलाई धोका दिने प्रकृति साच्चै हुँदो रहेछ भनेर बुझेँ। हामी केवल भौतिक सम्पत्ति, पैसा, हैसियत र प्रसिद्धिलाई प्रेम गर्छौं, सत्यतालाई प्रेम गर्दैनौँ। परमेश्‍वरले हाम्रो प्रकृतिलाई घृणा गर्नुहुने, हाम्रो विद्रोह र भ्रष्टाचारलाई उपेक्षा गर्नुहुने भए तापनि, हामी अहिले सत्यको पछि लागिरहेका, हामीले पश्चात्ताप गरेका र परिवर्तन गरेका छौँ कि छैनौँ भनेर हेर्नुहुन्छ। परमेश्‍वर हामीलाई शैतानको प्रभावबाट पूर्णतः मुक्ति दिन र उहाँको राज्यमा लैजान चाहनुहुन्छ। तर मैले परमेश्‍वरको अनुग्रहको मोल गरिनँ वा सत्यलाई पछ्याइनँ। म धेरै तलब पाइने राम्रो जागिर खोज्नमा तल्लीन थिएँ, धनसम्पत्ति र दैहिक सुखसयलको पछि लाग्ने ध्याउन्नमा थिएँ। म धेरै मूर्ख थिएँ! सत्यताले मात्र मानिसहरूलाई मुक्ति दिन सक्छ, हाम्रो भ्रष्टाचार धुन सक्छ, असल र खराब छुट्याउन अनि शैतानको छल र हानिबाट बच्न मदत गर्न सक्छ। सत्यताको बुझाइले हामीलाई परमेश्‍वरलाई चिन्न, जिउने तरिका जान्न, व्यक्तिको अर्थ खोज्न मदत गर्छ। पैसा र भौतिक सुखको पछि लाग्दा म परमेश्‍वरबाट टाढा मात्र हुनेथिएँ, अझ भ्रष्ट, लोभी र अतिभोगी बन्नेथिएँ अनि मुक्ति पाउने मौका गुमाउनेथिएँ। प्रभु येशुले भन्नुभए जस्तै, “अनि म तिमीहरूलाई फेरि भन्छु, धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा, ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सहज हुन्छ” (मत्ती १९:२४)। धेरै धनी हुनु, धेरै सुखसुविधा हासिल गर्नु राम्रै हुन्छ भन्ने छैन। हितोपदेशमा भनिएको छ, “अनि मूर्खहरूको उन्‍न्तिले तिनीहरूलाई नष्ट गर्नेछ” (हितोपदेश १:३२)। प्रभु येशूले हामीलाई चेतावनी दिनुभयो, “यसैले हामी के खाऔँला? वा हामी के पिऔँला? वा हामीले के पहिरौँला? भनेर नसोच। (किनकि आखिर अन्यजातिहरू यी नै कुराहरूको खोजी गर्छन्:) किनभने तिमीहरूलाई यी सबै कुराहरूको खाँचो छ भन्‍ने कुरा तिमीहरूका स्वर्गका पितालाई थाहा छ। तर तिमीहरूले पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर; अनि यी सबै कुराहरू तिमीहरूलाई थपिनेछन्” (मत्ती ६:३१-३३)। विपत्तिहरू हर समय बढिरहेका छन्। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यताले आफूलाई सुसज्जित पार्नु र आफ्ना कर्तव्यमा कडा परिश्रम गर्नु हो। हामीले आफ्ना कर्तव्यमा भ्रष्टाचारलाई त्याग्न र परमेश्‍वरप्रति समर्पित हुन, परमेश्‍वरको नजरमा सृष्टि गरिएको योग्य प्राणी हुन खोज्नुपर्छ। अरू कुनै कुराको मूल्य वा अर्थ छैन। मैले के पनि सिकेँ भने, मैले राम्रो जागरि पाउने-नपाउने कुरा पूर्णतया परमेश्‍वरको हातमा छ। म परमेश्‍वरको प्रबन्धको अधीनमा बस्न र आफूलाई पूर्णतया उहाँको हातमा सुम्पन तयार थिएँ।

त्यसपछि मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता”)। मैले यो खण्डबाट के सिकेँ भने, परमेश्‍वरले हामीलाई आशिष दिनुहोस् वा विपत्ति, हामीले आफ्नो कर्तव्य गर्नुपर्छ र परमेश्‍वरको आज्ञा पूरा गर्नुपर्छ। यसो गर्नु हाम्रो निशर्त दायित्व हो। फर्केर सोच्दा, स्थायी र सम्मानजनक जागिर खोज्ने सन्दर्भमा केही असफलताहरू अनुभव गरेपछि, म साँच्चै निराश र नकारात्मक भएँ, त्यसपछि आफ्नो कर्तव्य गर्न चाहिनँ। आफ्नो कर्तव्यप्रति त्यो सही दृष्टिकोण थिएन। परमेश्‍वर हामीलाई बताउनुहुन्छ, सृष्टि गरिएका प्राणीको नाताले आफ्नो भूमिका पूरा गर्नु हामी सबैको जिम्मेवारी रहन्छ। परमेश्‍वरले हामीलाई जुनसुकै परिस्थितिमा हाल्नुभए पनि, हामीलाई कमजोरी महसुस भए पनि वा उहाँको इच्छा नबुझे पनि, हामीले आफ्नो कर्तव्य गरिरहनुपर्छ। निशर्त परमेश्‍वरप्रति समर्पित हुनुपर्ने हामी सृष्टि गरिएका प्राणी हौँ। उहाँलाई कुनै कुराको माग गर्ने वा उहाँसँग लेनदेन गर्ने अधिकार हामीसित छैन। सृष्टि गरिएका प्राणीको नाताले आफ्नो भाग पूरा गर्नु हाम्रो बाध्यकारी कर्तव्य हो र कुनै लेनदेनले यसलाई बिटुलो पार्न सक्दैन! यो सही र उचित प्राकृतिक प्रक्रिया हो, जसरी छोराछोरीले आमाबाबुलाई आदर गर्नुपर्छ, ठीक त्यस्तै हो।

त्यसपछि, म आफ्नो कर्तव्यप्रति अझ गम्भीर भएँ र सुसमाचार बाँड्ने काममा आफूलाई लगाएँ। यसरी जिउँदा मलाई शान्ति महसुस भयो। एक दिन एउटा विद्यालयले मलाई अन्तर्वार्ताका लागि बोलायो। यो निकै प्रतिष्ठित स्कूल थियो, र यहाँ जागिर पाएको खण्डमा धेरै तलब पाउँछु भनेर मलाई थाहा थियो। तर अन्तर्वार्ताको क्रममा, मैले मनमनै परमेश्‍वरलाई भनेँ, “हे परमेश्‍वर, सबै कुरा तपाईंले नै प्रबन्ध गर्नुभएको हो। मैले यो अन्तर्वार्तामा राम्रो वा नराम्रो जे गरे पनि यो जागिर दिलाइदिन तपाईंसँग माग गर्दिनँ। म केवल तपाईंको प्रबन्धप्रति समर्पित हुन चाहन्छु। मैले यो जागिर पाइनँ भने पनि, म तपाईंको प्रशंसा गर्नेछु र आफ्नो कर्तव्य गरिरहनेछु।” लिखित परीक्षाको नतिजा निस्कियो र म शीर्ष पाँच उम्मेदवारमा परेँ। मलाई असाध्यै खुसी लाग्यो। केही दिनपछि, मौखिक अन्तर्वार्तापछि म छनोट भएकी मलाई थाहा भयो। एकजना साथीले उनी पनि छानिएको कुरा मलाई बताए, र त्यसमा मलाई खुसी लागे पनि, अलिक निराश भएँ। मैले परमेश्‍वरसँग मलाई आन्तरिक शान्ति दिन र मेरो हृदयलाई नियाल्न आग्रह गरेँ ताकि म उहाँको शासनप्रति समर्पि हुन सकूँ। प्रार्थना गरेपछि मलाई एकदम शान्ति महसुस भयो र म त्यो दिउँसो सामान्य रूपमा आफ्नो कर्तव्य गर्न गएँ। मलाई थाहा थियो, म त्यो स्कुलमा काम गरूँ भन्ने परमेश्‍वरको चाहना भयो भने मैले त्यो जागिर पाउनेथिएँ, अन्यथा कुनै पनि कडा परिश्रमले मलाई त्यो उपलब्ध हुनेथिएन। सबै कुरा परमेश्‍वरको हातमा छ र कसैले पनि परमेश्‍वरलाई ओझेलमा पार्न सक्दैन भन्ने कुरामा म विश्‍वस्त भएँ। यसबारे त्यसरी सोच्दा मैले यो आन्तरिक प्रेरणादायी शक्ति महसुस गरेँ र मैले जे भए पनि वास्तवमै आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न चाहेँ।

यसले मलाई साँचो अर्थमा के सिकायो भने, ती कठिन परिस्थितिहरू वास्तवमा परमेश्‍वरको अनुग्रह र आशिष् थिए। परमेश्‍वरले मेरो विश्‍वासको जाँच गर्न र कठिन समयमा परमेश्‍वरप्रति सच्चा रहन सक्छु कि सक्दिनँ भनेर हेर्न मलाई यी सब पार गर्न लगाउनुभएको थियो। यी तथ्यहरू प्रकट हुँदा मेरो विश्‍वास कति बिटुलो रहेछ र मैले परमेश्‍वरलाई छल गर्न सक्ने रहेछु भन्ने कुरा मैले थाहा पाएँ। परमेश्‍वरका वचनको मार्गदर्शनले मलाई आफैलाई बुझ्न र आफ्ना खोजीलाई परिवर्तन गर्न मदत गऱ्यो। मैले यी सब कुरा सहज परिस्थितिमा कहिल्यै प्राप्त गर्न सक्नेथिइनँ। परमेश्‍वरको प्रेमको लागि म धेरै कृतज्ञ छु!

फूटनोट:

क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्‍ने हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू बीचको भिन्नता छुट्याउन सक्छु

शियाङवाङ, मलेशिया “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ।...

मोआबका सन्तानहरूको परीक्षा

झुवान्वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय,...

परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्