हृदयको छुटकारा

11 अक्टोबर 2021

झेङ्ग क्षिङ, अमेरिका

२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही महिना पछिको कुरा हो, सिस्टर वाङ्ग, जसले मसँगै परमेश्‍वरको काम ग्रहण गर्नुभएको थियो, उहाँले छिटो प्रगति गरिरहनुभएको थियो, रसबै जनाले उनलाई राम्रो क्षमताको निम्ति प्रशंसा गरिरहेका थिए। मलाई यो पनि याद छ, कसरी एउटा भेलापछि, मैले सिस्टर लीनले यसो भनेको सुनें, “सिस्टर वाङ्गले आज सङ्गतिमा गर्नुभएको सबै कुरा, परमेश्‍वरको वचनको स्वीकार र बुझाइको बारेमा भन्नुभएको सबै कुरा, हृदयबाट नै बोलिएको थियो। र यसमा केही ज्योति छ, मेरो लागि यो धेरै उपयोगी भयो।” वास्तवमा, सुरुमा, सबैले भनेको कुरा सुन्दा, यसले मेरो मनमा उनीप्रति ईर्ष्या उत्पन्न गरेको थियो। तर एकैछिन पछि, मैले असन्तुष्ट महसुस गर्न थालेँ: कसरी सबैले उनको प्रशंसा गरिरहेका थिए, र मलाई होइन? के म वृद्धि भएकै थिइनँ त? के मेरो सङ्गतिमा कुनै त्रुटि थियो? उनी मभन्दा उत्तम थिइन् भनेर स्वीकार गर्न म तयार थिइनँ, र गोप्य रूपले उनको विरुद्धमा आफैँलाई उभ्याएँ। मलाई लाग्यो, तिमी परमेश्‍वरको वचनमा सङ्गति गर्न सक्छौ, तर म पनि गर्न सक्छु। मैले तिमीलाई उछिन्ने दिन आउनेछ। म परमेश्‍वरको वचनबाट पाएको बुझाई र ज्ञान सञ्चय गर्नेछु। अनि म यो केवल भेलाहरूमा मात्रै बाँड्नेछु। त्यसरी, मेरो सङ्‍गति निकै राम्रो छ र व्यावहारिक पनि छ भन्‍ने सबैले देख्‍नेछन्।

त्यसको केही समयपछि, मैले एउटा नोटबुकमा परमेश्‍वरको वचनबाट बुझेको र पाएको सबै कुरा लेखेँ। जब सभाको लागि भेला हुने समय भयो, मैले ध्यानपूर्वक मेरो हृदयमा त्यसबारे गहिरो विचार गर्नु पर्नेथियो, कि मैले सङ्गतिमा ती कुराहरू कसरी सिस्टर वाङ्गले जस्तै स्पष्ट, व्यवस्थित, र विधिवत् रूपमा बाँड्न सक्छु। तर कुनै कारणवश, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूको सामुन्ने धाक देखाउने जति धेरै कोसिस गरेँ, त्यति नै मैले आफूले आफैँलाई मूर्ख बनाएँ। सङ्गतिमा मेरो पालो अउनेबित्तिकै, कि त मेरो दिमाग खाली हुन्थ्यो कि त मेरा शब्दहरू पूरै गडबड भएर आउथ्यो। मैले भन्न चाहेको मेरा विचारहरू स्पष्ट रूपमा व्यक्त गर्न सकिनँ। उक्त सभा मेरो लागि एकदमै लाजमर्दो बन्‍न पुग्यो। एक दिन म घर पुगेपछि, मैले आफ्नो श्रीमानलाई भनेँ, “जब म भेलाको समयमा परमेश्‍वरको वचनको बारेमा सिस्टर वाङ्गले गरेकी सङ्गतिमा ज्योति हुन्छ भन्ने कुरा सुन्छु, मलाई साँच्चै असहज महसुस हुन्छ—” तर मैले बोलिसक्नुभन्दा पहिले नै, मेरो श्रीमानले मलाई हेर्नुभयो र सम्पूर्ण उत्साहका साथ मलाई भन्नुभयो, “सिस्टर वाङ्गको सङ्गतिमा ज्योति छ, र हाम्रो लागि उपयोगी छ। हामीले यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनुपर्दछ। तिमीले महसुस गर्ने यो असहजपन—के यो ईर्ष्या मात्र होइन र?” उहाँका शब्‍दहरू मेरो लागि अनुहारमा थप्पडले हाने झैँ भयो। मैले तुरुन्तै इन्कारमा मेरो टाउको हल्लाएँ: “होइन, यो त्यस्तो होइन। म त्यस्तो छैन।” मेरो श्रीमानले भन्दै जानुभयो, “हाम्रा सबै दाजुभाइ-दिदीबहिनीहरूले सिस्टर वाङ्गको सङ्गतिबाट आनन्द प्राप्त गरेका छन्, तर यो कुरा सुन्दा तिमीलाई अप्ठ्यारो महसुस हुन्छ। यसको मतलब तिमीलाई ईर्ष्या लाग्यो किनकि ऊ तिमीभन्दा बढी सक्षम छिन्, होइन र?” यो सुनेर मलाई झन् रीस उठ्यो। के साँच्चै म यति ईर्ष्यालु व्यक्ति हुन सक्छु त? मैले उहाँलाई भने, “अब चुप लाग्नुहोस्। मलाई शान्त हुन दिनुहोस्, र म आफै यसबारे केही सोच्नेछु।” त्यसपछि, मेरो श्रीमानले मण्डलीकी सिस्टर लीयूलाई मैले भोगिरहेको कुरा बताइदिनुभयो, यो आशामा कि तिनले मलाई सहायता गर्नेछिन्। जब मैले यस बारेमा सुनेँ, मैले उहाँलाई गाली गरेँ: “पहिले मलाई नसोधी तपाईंले कसरी तिनीसँग कुरा गर्न सक्नुभयो? यदि तिनले सबैलाई यस बारे बताइदिइन् भने, उनीहरूले मलाई कस्तो दृष्टिकोणले हेर्लान्?” मैले जति धेरै यस बारे सोचेँ, त्यति नै धेरै मलाई रीस उठ्यो। मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरें: “हे परमेश्‍वर! कृपया मलाई मार्गनिर्देशन दिनुहोस्। कृपया मलाई सहायता गर्नुहोस्।”

भोलिपल्ट, मैले त्यस समयावधिमा गरेको कामप्रति विचार गरें। मलाई यस्तो हुन आयो, कि सामान्यतया जब म परमेश्‍वरको वचन पढ्थें, म आफूले पाएको ज्योति साँचेर राख्थें, अनि म यसलाई भेलाको समयमा बाँड्थें। यस तरिकाले म अरू मानिसहरूले नजानेको कुराहरू गर्न सक्थेँ, ताकि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मप्रति उच्च विचार राख्नेछन्। जब सिस्टर वाङ्गको सङ्गतिमा ज्योति भएको देख्थें, मलाई सधैँ असहज महसुस हुन्थ्यो भन्‍ने मैले देखेँ अनि म उनलाई उछिन्न चाहन्थेँ। म अरूहरूसँग साँच्चै सहज महसुस गर्छु भन्ठान्थेँ। अनि कहिल्यै पनि स-साना चीजहरूलाई ठूलो बनाउन चाहन्नथें, किनकि म हृदयमा साधारण व्यक्ति थिएँ। तर अब थाहा भयो कि म कसैप्रति ईर्ष्यालु हुनसक्छु, र त्यसरी म आफैलाई गोप्य रूपमा उनीहरूको विरुद्ध उभाएर र उनीहरूसँग प्रतिस्पर्धा गर्न तयार हुन सक्छु। म कसरी त्यस्तो व्यक्ति हुन सक्छु? मैले एक जना बहिनीलाई फोन गरेँ, र उनलाई सोधेँ, “बहिनी, अरूले दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको वचनको बारेमा सङ्गति गर्दा ज्योति पाएको कुरा सुनेपछि के तपाईं कहिल्यै ईर्ष्यालु भएको महसुस गर्नुहुन्छ?” उनले जवाफ दिइन्, “अहँ, मलाई त्यस्तो हुँदैन। यदि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूको सङ्गतिमा ज्योति पाए भने, यो मेरो लागि उपयोगी नै हुन्छ। यसले मलाई साँच्चिकै खुसी बनाउँछ, र यसमा म धेरै आनन्द लिन्छु!” उनको कुरा सुनेर मलाई झन् नरमाइलो लाग्यो। मैले कति धेरै ईर्ष्या गरिरहेको रहेछु भनेर मलाई थाहा भयो। अरू कसैले पनि त्यो बहिनीको ईर्ष्या गर्दैन रहेछन्, केवल म मात्र रहेछु। यस अवस्थामा हुँदा मैले परमेश्‍वरसित प्रार्थना गरें, मैले उहाँलाई भने, “हे परमेश्‍वर, म एक ईर्ष्यालु व्यक्ति हुन चाहन्नँ, तर हरेक पल्ट जब मैले यी बहिनीको राम्रो सङ्गतिलाई सुन्छु, म अन्जानमै उनको ईर्ष्या गर्न पुग्छु। हे परमेश्‍वर! म के गरुँ मलाई थाहा छैन। कृपया, तपाईं मलाई ईर्ष्याको बन्धनबाट बाहिर निस्कन अगुवाइ गर्नुहोस्।”

पछि, हाम्रो मण्डलीबाट सिस्टर लीयू मलाई भेट्न आइन्। मेरो अवस्था बुझेर मसँग सङ्गति गरिन्। अनि परमेश्‍वरको वचनको खण्डबाट पढिन् पनि। “कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नोको बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्‍ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको कर्तव्यहरूको बारेमा वा परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। जब मैले परमेश्‍वरका यी वचनहरू सुनेँ, मलाई यस्तो लाग्यो कि म ठ्याक्कै यहि अवस्थाबाट गुज्रेकी थिएँ। सिस्टर वाङ्गको परमेश्‍वरको वचन सम्‍बन्धी सङ्गतिले ज्ञानको प्रकाश दिइरहेको थियो, तर उनले भनेको कुराबाट मैले सत्यता बुझ्ने वा अभ्यास गर्ने मार्ग खोज्ने कोसिस गरिनँ। यसको विपरीत, मैले उनको ईर्ष्या गरें। जब मेरो आफ्नै सङ्गति राम्रो थिएन, र जब मैले धाक देखाउन सकिनँ, अनि यसको सट्टा, म आफैँ झन् लज्जित भएँ, मेरो दिमागमा आँधीबेहरी चल्थ्यो, अनि म धेरै नकारात्मक र उदास हुन्थें। मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई तुच्छ नजरले हेर्नेछन् भन्ने सोचले म साह्रै डराउथें। म अति स्वार्थी र तुच्छ थिएँ, मैले केवल मेरो बारेमा मात्रै सोचेँ—अरूले मैले भन्दा राम्रो गरेको बिलकुलै देख्न सकिनँ। के त्यो डाह र ईर्ष्या थिएन र? त्यहाँ सामान्य मानवताको टुक्रा पनि थिएन! पछाडि फर्केर हेर्दा, म परमेश्‍वरमा विश्‍वास गर्नुअघि त्यस्तै थिएँ। जब म मेरा साथीभाई र इष्टमित्र, छर-छिमेकी, अनि सहकर्मीहरूसँग अन्तरक्रिया गरिरहेको हुन्थें, अरूले मेरो बारेमा राम्रो कुरा गरून् भनेर मैले निरन्तर चाहिरहेको हुन्थें। कहिलेकाहीँ, जब मेरो सहकर्मीले मेरो अगाडि अरू कसैको कामको प्रशंसा गर्थे, मलाई असहज महसुस हुन्थ्यो, र अरूले मेरो बारेमा राम्रो भनोस् भनेर, म आफ्नो काम राम्ररी गर्न लागि पर्थें, अनि जतिसुकै गाह्रो वा थकित तुल्याउने काम किन नहोस् तर म खुशीसाथ त्यो काम गर्थेँ। मलाई त्यसको कुनै चेतना थिएन, तर त्यसलाई केवल प्रगतिको चाहनाको रूपमा मात्रै सोच्थें। त्यसपछि बल्ल मैले बुझेँ कि ती त शैतानको भ्रष्ट स्वभावका अभिव्यक्तिहरू थिए। त्यसपछि, म परमेश्‍वरको सामु बारम्बार आएँ र आफ्ना कठिनाइहरूको बारेमा उहाँसँग प्रार्थना गरेँ। भेलाको समयमा मैले आफ्नो हृदय शान्त पार्ने र अरूको सङ्गतिलाई सुन्ने कुरामा ध्यान केन्द्रित गरेँ। जब सङ्गतिमा मेरो पालो आउथ्यो, मैले अबदेखि सिस्टर वाङ्गभन्दा राम्रो सङ्गति कसरी गर्ने भनेर सोच्न छोडेँ। बरु यसको सट्टामा, मैले शान्तपूर्वक परमेश्‍वरको वचनमा चिन्तन गर्ने र तीबारे मैले बुझेको कुरा सङ्गतिमा बाँड्ने काम गरेँ। मैले यो तरिकाले अभ्यास गर्दा, वास्तवमै धेरै सहज र स्वतन्त्र भएको महसुस गरें।

केही समय अवधिपछि, मैले साँच्चै महसुस गरेँ कि मेरो ईर्ष्या पहिलेको तुलनामा कम भइसकेको थियो। तर शैतानी भ्रष्ट स्वभावले साँच्चिकै गहिरो जरा गाडेको रहेछ, अनि जब उपयुक्त परिस्थिति खडा हुन्छ यसले आफैलाई प्रकट गर्दछ। पछि, केही भेलाहरूको समयमा, जब-जब मैले अन्य दाजुभाइ-दिदीबहिनीहरूले सिस्टर वाङ्गको सङ्गतिको प्रशंसा गरिरहेको देख्थें, मलाई फेरि केही ईर्ष्या लाग्न थाल्यो। त्यसपछि, म र उनीबीच केही दूरीको महसुस गरेँ। तथापि, त्यस अवस्थामा रहँदा, मैले अरूसँग यसबारे कुराकानी गर्ने हिम्मत गरिनँ। यदि मैले त्यसो गरें भने उनीहरूले मलाई हेला गर्छन् कि भनेर मलाई डर लागेको थियो। त्यसैले, धेरैजसो भेलाहरूको समयमा मैले धेरै बाधा भएको महसुस गरें।

एक साँझ, सिस्टर लीयूले मलाई फोन गरिन्। मैले हालसालै कुनै कठिनाइ अनुभव गरिरहेको छु कि भनेर चिन्तित भावमा उनले मलाई सोधिन्। मैले अस्पष्ट रूपमा जवाफ दिएँ, “के म अति भ्रष्ट छु? के परमेश्‍वरले म जस्तो व्यक्तिलाई मुक्ति दिन चाहनुहुनेछैन?” उनले मलाई हेलाको नजरले हेर्छिन् कि भन्ने डरले गर्दा मैले अरू बढ्ता कुरा केही भनिनँ। तब सिस्टर लीयूले मेरो अवस्थालाई ध्यान दिँदै परमेश्‍वरको वचनको खण्डबाट पढ्नुभयो। “इमान्दार व्यक्ति हुनको लागि व्यक्ति खुल्नुपर्छ र आफूलाई उदाङ्गो पार्नुपर्छ भन्ने भनाइ जब केही मानिसहरूले सुन्छन् तब तिनीहरू भन्छन्, ‘इमान्दार हुन एकदमै कठिन छ। के मैले सोच्ने सबै कुरा मैले अरूहरूलाई भन्नु जरुरी छ? सकारात्मक कुराहरू बताउनु नै पर्याप्त छैन र? मैले अरूलाई मेरो अँध्यारो वा भ्रष्ट पक्षको बारेमा बताउनु जरुरी छैन, छ र?’ यदि तैँले यी कुराहरू अरूलाई बताउँदैनस् भने, र आफूले आफैलाई चिरफार गर्दैनस् भने, तैँले आफूलाई कहिल्यै चिन्नेछैनस्; तैँले आफू के चीज होस् भनेर कहिल्यै पहिचान गर्नेछैनस्, अनि अन्य मानिसहरूले तँलाई कहिल्यै पनि भरोसा गर्न सक्नेछैनन्। यो तथ्य हो। यदि अरूले तँलाई विश्‍वास गरून् भन्ने तँ चाहन्छस् भने, सर्वप्रथम तँ इमान्दार हुनुपर्छ। एक इमान्दार व्यक्तिको रूपमा, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहारको झलक पाउन सकून्; तैँले भेष बदल्ने वा आफूले आफूलाई राम्रो भएको भनी प्रस्तुत गर्नु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार मान्नेछन्। यही नै इमान्दार व्यक्तिको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वावश्यकता हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। परमेश्‍वरको वचनको त्यो खण्ड पढिसकेपछि ती बहिनीले मसँग सङ्गति गर्नुभयो, “सत्य खोज्नको लागि हामीले खुलेर भन्नुपर्छ र सङ्गति गर्नुपर्दछ; आत्मिक रिहाइ प्राप्त गर्ने एउटा तरिका यही हो। सत्यको अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने तरिका पनि यही हो। यसो गर्दा हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूबाट मदत पाउन सक्छौं। यसले हाम्रो भ्रष्ट स्वभावलाई झन् छिटो समाधान गर्न मदत गर्छ, र हामीलाई छुटकाराको अनुभूति गराउँछ। यदि हामी हाम्रा कठिनाइहरूलाई उदाङ्गो पार्न तयार छैनौं भने, हामी सजिलै शैतानको छलमा फस्नेछौं, र हाम्रो जीवन नोक्सानी भोग्न योग्य हुनेछ।” सिस्टर लीयूको सङ्गतिको कुरा सुनेपछि मैले आफूले भोगिरहेको अवस्थाबारे कुरा गर्ने आँट गरें। तब सिस्टर लीयूले परमेश्‍वरको वचनको अर्को खण्ड पढिदिनुभयो: “परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू तिनीहरू हुन् जो शैतानद्वारा भ्रष्ट पारिएका छन्, जसले गर्दा भ्रष्ट स्वभावका छन्। तिनीहरू एउटै पनि दाग नभएका सिद्ध मानिसहरू होइनन्, न त तिनीहरू शून्यतामै जिउँछन्। केही व्यक्तिहरूको हकमा, तिनीहरूको भ्रष्टता उदाङ्गो हुनेबित्तिकै तिनीहरूले सोच्छन्, ‘फेरि पनि, मैले परमेश्‍वरको प्रतिरोध गरेँ; मैले उहाँमाथि यतिका वर्षदेखि विश्‍वास गरेको छु, तर पनि म परिवर्तन भएको छैन। परमेश्‍वरले अवश्य पनि मलाई अब उप्रान्त चाहनुहुन्न!’ यो कस्तो प्रकारको आचरण हो? तिनीहरूले आफूमाथिको आशा मारिसकेका छन् र परमेश्‍वरले तिनीहरूलाई अब उप्रान्त चाहनुहुन्न भन्‍ने सोच्छन्। के यो परमेश्‍वरलाई गलत बुझेको अवस्था होइन र? यदि तँ यति धेरै नकारात्मक छस् भने, शैतानलाई तेरो कमजोरी पत्ता लगाउन सबैभन्दा सजिलो हुन्छ, अनि त्यो त्यसो गर्न सफल भयो भने, त्यसका परिणामहरू अकल्पनीय हुन्छन्। त्यसकारण, तँ जतिसुकै धेरै कठिनाइमा भए पनि वा तैँले जतिसुकै नकारात्मकता अनुभव गरे पनि, तैँले कहिल्यै पनि हरेस खानु हुँदैन! मानिसहरूको जीवन विकास हुँदै गर्दा र तिनीहरूलाई मुक्ति दिँदै गर्दा, तिनीहरूले कहिलेकाहीँ गलत बाटो लिन्छन् वा बाटो बिराउँछन्। तिनीहरूले जीवनमा केही समय केही अपरिपक्व मनस्थिति र व्यवहार प्रदर्शन गर्छन् वा कहिलेकाहीँ कमजोर र नकारात्मक बन्छन्, गलत कुराहरू बोल्छन्, चिप्लन्छन् र लड्छन् वा असफलता भोग्छन्। परमेश्‍वरको दृष्टिकोणमा, ती सबै कुराहरू सामान्य हुन् र उहाँले ती कुराहरू उपर रडाको मचाउनुहुन्‍न” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरमा विश्‍वास गर्नका निम्ति जीवनमा प्रवेश गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो”)।

बहिनीले यो सङ्गतिको कुरा मसँग बाँड्नुभयो: “हामी सबैलाई शैतानले अत्यन्तै भ्रष्ट पारेको छ। हामी अहङ्कारी, धूर्त, दुष्ट, र क्रूर छौं। यी शैतानी स्वभावहरूले हामी सबै भित्र गहिरोसँग जरा गाडेको छ, अनि यो हाम्रै प्रकृति नै बनिसकेको छ। यसै कारण, हाम्रो व्यवहार र आचरणले हरेक पटक भ्रष्टता प्रकट गर्दछ। यसले मलाई वास्तवमै दुःख दिन्थ्यो: मलाई मेरो भ्रष्ट स्वभावको बारेमा केही ज्ञान थियो र यो प्रकट गरेपछि पछुताएँ, त्यसो भए म फेरि अर्को पटक किन त्यसै गर्छु? परमेश्‍वरको वचनहरू पढिसकेपछि, अन्ततः मैले बुझेँ कि मेरो शैतानिक स्वभाव साँच्चै गम्भीर थियो, र मैले यो बुझ्न सकेँ कि स्वभावमा आउने परिवर्तन भनेको एकै रातमा हुँदैन। मानिसहरू आफैले केही आत्म-ज्ञान प्राप्त गरेर त्यसै परिवर्तन हुन सक्दैनन्। दीर्घकालीन न्याय र परमेश्‍वरको वचनको सजायविना, काटछाँट र निराकरण नगरिकन, अनि परीक्षा र शोधन बिना, साँचो परिवर्तन असम्भव छ। न्याय र सजाय दिनको लागि परमेश्‍वरको आगमन हुनुको उद्देश्य हामीलाई शुद्धीकरण र परिवर्तन गर्नु हो। शैतानले हामीलाई कत्ति गम्भीर रूपमा भ्रष्ट बनाएको छ भनेर उहाँलाई थाहा छ, र हामीले हाम्रो स्वभाव बदल्ने कोसिस गर्दा हामीले सामना गर्ने कठिनाइहरू अनि हाम्रो कदबारे जान्नुहुन्छ, तसर्थ सत्यलाई पछ्याउनेहरूसँग उहाँ क्षमाशील र धीरज हुनुहुन्छ। हामीसँग सत्यको पछि लाग्ने अठोट छ, र हामी पूर्ण हृदयले आफ्नो स्वभाव बदल्न कोसिस गर्छौं भन्‍ने आशा परमेश्‍वर गर्नुहुन्छ। त्यसकारण हामी आफैले आफैलाई सही व्यवहार गर्नुपर्छ। हामीले अझै बढी परमेश्‍वरको वचन खानु र पिउनु पर्छ, उहाँको न्याय र सजाय स्वीकार गर्नुपर्छ, देहलाई इन्कार गर्नुपर्छ, र सत्यको अभ्यास गर्नुपर्छ। तब एक दिन हाम्रो भ्रष्ट स्वभावहरू पक्कै बदलिनेछन्।”

त्यसपछि हामीले परमेश्‍वरको वचनको अर्को खण्ड पढ्यौं: “यसमा ओहदा, मुहार, वा प्रतिष्ठाको कुरा उठ्नेबित्तिकै, हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक सधैँ अरूभन्दा माथि हुन, प्रसिद्ध हुन र सम्मानित हुन चाहन्छौं। परमेश्‍वरको घरमा प्रतिस्पर्धा गर्नु लाजमर्दो कुरो भए पनि र त्यहाँ प्रतिस्पर्धा गर्न अनुमति नदिइएको भए पनि, हरेक व्यक्ति सधैँ प्रतिस्पर्धा गर्ने चाहना गर्दै समर्पित हुन अनिच्‍छुक हुन्छ। तथापि, प्रतिस्पर्धा नगरिकन तिमीहरू सन्तुष्ट हुँदैनौ। जब तिमीहरूले कसैलाई माथि उठेको देख्छौ, तब तिमीहरू ईर्ष्या, घृणाको महसुस गर्छौ, अनि अन्याय भयो भन्ने ठान्छौ। ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ त्यो व्यक्ति मात्र माथि उठ्छ, अनि मेरो पालोचाहिँ कहिल्यै आउँदैन?’ अनि तिमीहरूले केही असन्तोष महसुस गर्छौ। तिमीहरूले यसलाई दबाउन कोसिस त गर्छौ तर सक्दैनौ। तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्नेबित्तिकै तिमीहरूले यसलाई काबूमा राख्न सक्दैनौं। के यसले अपरिपक्‍व कद प्रदर्शन गर्दैन र? के व्यक्ति त्यस्तो अवस्थामा जानु भनेको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ। … तैँले यी कुराहरूलाई छोडिदिन र पन्छाउन, अन्य व्यक्तिहरूलाई सिफारिस गर्न, अनि तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा गौरव प्राप्त गर्ने अवसर भेटाएको बेलामा फाइदा लिनको लागि संघर्ष वा हतार गर्ने नगर्। तैँले पछि हट्न सिक्नुपर्छ, तर आफ्नो कर्तव्य निर्वाह गर्न भने ढिलाइ गर्नु हुँदैन। यस्तो व्यक्ति बन्नू जो चुपचाप गुमनाम रहेर काम गर्छ, र जसले बफादारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहँदा अन्य व्यक्तिहरूलाई धाक देखाउँदै हिँड्दैन। तैँले आफ्नो प्रतिष्ठा र हैसियतलाई जति धेरै छाडिदिन्छस्, र तैँले आफ्ना चासोहरूलाई जति धेरै छाडिदिन्छस्, तँ त्यति नै धेरै शान्त हुनेछस् र तेरो हृदयभित्र त्यति नै धेरै ठाउँ खुला हुनेछ अनि तेरो अवस्था त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ यो कुरालाई विश्‍वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यस प्रकारको अवस्थालाई बदल्न चाहन्छस्, र यी कुराहरूबाट नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सर्वप्रथम तिनलाई एकातिर पन्छाउनुपर्छ र तिनलाई परित्याग गर्नुपर्छ। होइन भने, तैँले जति धेरै संघर्ष गर्छस्, तँलाई त्यति नै धेरै अँध्यारोले घेर्नेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि तेरो पाउने चाहना झन्-झन् प्रबल बन्दै जानेछ। तेरो पाउने चाहना जति प्रबल हुन्छ, तँ त्यसो गर्न त्यति नै कम सक्षम हुनेछस्, अनि तैँले अझ कम मात्र प्राप्त गरेपछि तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति धेरै अँध्यारो हुन्छस् तैँले त्यति नै कमजोर रूपले कर्तव्य निर्वाह गर्नेछस्; तैँले जति कमजोर रूपले कर्तव्य निर्वाह गर्छस्, तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्‍बन्धित, दुष्चक्र हो। यदि तैँले कहिल्यै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)।

परमेश्‍वरको वचन सम्बन्धी सिस्टर सँगको सङ्गतिले मलाई के महसुस गरायो भने नाम र प्रतिष्ठाको लागि धेरै तीव्र इच्छा भएको कारण ममा ईर्ष्या उत्पन्न भएको थियो, र मेरो स्वभाव पनि ज्यादै अहङ्कारी भएको थियो। म सानो छँदादेखि नै चिनियाँ कम्युनिस्ट पार्टीको शिक्षा र शैतानी जीवनको सबै प्रकारका दर्शन र विषले भरिएको थिएँ, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख।” यी शैतानी विषहरू मेरो हृदय भित्र गहिरोसँग गाडेर राखिएको थियो, जसले मलाई अहङ्कारी, आत्म-अभिमानी, स्वार्थी, र मतलबी बनायो। म विशेष रूपमा महत्वाकांक्षी र आक्रामक भएको थिएँ; मैले जे गरे पनि, म सधैँ अरूलाई जित्‍नैपर्छ भन्‍ने महसुस गर्थेँ। म समाजमा त्यस्तै थिएँ, र म मण्डलीमा पनि त्यस्तै नै थिएँ। सभाहरूमा प्रार्थना गर्दा र सङ्गति गर्दा समेत, म अझै पनि अरू मान्छेहरू भन्दा राम्रो हुन चाहन्थें, र केवल त्यति बेला खुशी हुन्थें जति बेला अरूले मेरो प्रशंसा गर्थे। कसैले आफूलाई म भन्दा राम्रो प्रमाणित गर्ने बित्तिकै, म त्यो स्वीकार गर्न सक्दिनथेँ, र ईर्ष्यालु बन्थें। भित्रैदेखि, म त्यसको प्रतिरोध गर्थें र त्यस व्यक्तिको विरुद्धमा काम गर्थें। जब म वास्तवमै तिनीहरूलाई जित्न सक्दिनथेँ, तब म केवल नकारात्मकता र गलत बुझाइको बीचमा जिउथें, आफैलाई ठीकसँग व्यवहार गर्न सक्दिनथेँ। मैले परमेश्‍वरलाई समेत गलत अर्थमा बुझेँ र उहाँले म जस्तो मानिसलाई मुक्ति गर्नुहुन्न भन्‍ने ठान्थें। शैतानको भ्रष्टताले मलाई अहङ्कारी र नाजुक, स्वार्थी र तुच्छ बनाएको छ भन्‍ने मैले देखेँ, अनि मेरो जीवन अत्यन्तै दयनीय बन्‍न पुग्यो। परमेश्‍वरका यी वचनहरूबाट मैले अभ्यास गर्ने मार्ग भेट्टाएँ: मैले कति कुरा जान दिन, कति चीजहरू अलग गर्न, र परमेश्‍वरको वचन अनुसार अभ्यास गर्न सिक्‍नैपर्छ। मैले आफ्नो देहलाई त्याग्न र मेरो अहङ्कार र हैसियतलाई पन्छाउनैपर्छ, र सिस्टर वाङ्गको राम्रा पक्षहरूबाट सिक्‍नैपर्छ, अनि मेरो आफ्नै कमजोरीहरूलाई सुधार्नैपर्छ। अझै धेरै सत्यताहरू बुझ्ने र प्राप्त गर्ने एक मात्र तरिका यही हो।

पछि, मैले परमेश्‍वरको वचनबाट यो खण्ड पढेँ। “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँदछ। यसो गरेमा म सन्तुष्ट हुनेछु” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय २१”)। एक चोटि मैले परमेश्‍वरको वचनबाट यी खण्डहरू पढेपछि, मैले यो बुझेँ कि परमेश्‍वरले दिनुहुने क्षमता र वरदानहरू प्रत्येक व्यक्तिको लागि फरक-फरक हुने भएकोले प्रत्येक व्यक्तिको लागि उहाँको आवश्यकता फरक-फरक हुन्छ। वास्तवमा, जबसम्म हामी हाम्रा कर्तव्यहरू पूरा गर्न हाम्रो शक्तिले भ्याउने सबै गर्छौं, परमेश्‍वरको हृदय प्रसन्‍न हुनेछ। सिस्टर वाङ्ग राम्रो क्षमता भएको व्यक्ति हुनुहुन्छ र सत्यता बुझ्नको लागि उहाँ अति छिटो हुनुहुन्छ। आज परमेश्‍वरले हामीलाई एकसाथ भेला हुने प्रबन्ध मिलाउनुहुन्छ, र हाम्रो लागि उहाँको उद्देश्य भनेको, हामी एक-अर्काको सबल पक्षहरूबाट पाठ सिक्नु र आफ्नै कमी-कमजोरीहरू सुधार्नु हो ताकि हामीले सत्य बुझ्न सकौं अनि परमेश्‍वरको वचनको वास्तविकताभित्र प्रवेश गर्न सकौं। मैले मेरो आफ्नै सबल पक्षहरू र कमजोर पक्षहरूलाई ठीकसँग चलाउनुपर्छ। परमेश्‍वरले मलाई जस्तो-सुकै किसिमको क्षमताको लागि नियुक्त गर्नुभएको भए तापनि, मैले आफूलाई उहाँको नियम र व्यवस्थाको अधीनमा समर्पण गर्नैपर्छ, मेरो मनसाय सुधार्नुपर्छ, र मेरो सम्पूर्ण हृदयले सत्यको खोजी गर्नुपर्छ। मैले जति धेरै कुरा बुझेको भए तापनि मैले सङ्गति गर्नैपर्छ, र जति धेरै कुरा जानेको भए तापनि मैले अभ्यास गर्नैपर्छ। मैले यथासक्दो गर्नुपर्दछ, र यस प्रकारले, परमेश्‍वरले मलाई अन्तर्ज्ञान र मार्गदर्शन दिनुहुनेछ। अन्त्यमा, मैले परमेश्‍वरसामु निम्न संकल्पहरू गरें: अबदेखि उसो, म सत्यको खोजीमा कडा परिश्रम गर्न तयार छु, सङ्कुचित विचारको हुन र मभन्दा बढी सक्षम मान्छेको ईर्ष्या गर्ने हुनबाट आफूलाई रोक्‍नेछु, र एक साँचो मानिसको जस्तै जीवन बिताउनेछु ताकि परमेश्‍वरको इच्छा पूरा होस्।

मण्डलीको अर्को भेला एकदम चाँडै आयो। म आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई सिस्टर वाङ्गप्रति म कति ईर्ष्यालु भएकी थिएँ, अनि मैले देखाएको मेरो भ्रष्ट स्वभावका के-कस्ता पक्षहरू थिए सो खुलस्त बताउन चाहन्थेँ, तर मैले यो विषयमा सोच्ने बित्तिकै, उनीहरूले मलाई कस्तो नजरले हेर्लान् भनेर म डराएँ, अनि यदि सिस्टर वाङ्प्रति म कति ईर्ष्यालु बनेकी थिएँ भनेर सिस्टर वाङ्गले थाहा पाउनुभयो भने उहाँले मेरो बारेमा के सोच्नुहोला भनि म डराएँ। हृदयको भित्री तहमा, मैले त्यो परिस्थितिको सामना गर्न अलि अप्ठेरो महसुस गरें। मैले मनमनै परमेश्‍वरसँग प्रार्थना गरें। मैले भने, “हे परमेश्‍वर! मलाई विश्‍वास र साहस दिनुहोस्। म मेरो घमण्ड र प्रतिष्ठालाई पन्छाउन चाहन्छु, मेरा दाजुभाइ तथा दिदीबहिनीहरूसँग सङ्गतिमा खुलेर कुराकानी गर्न चाहन्छु, र हाम्रो बीचको बाधा हटाउन चाहन्छु। तपाईं, परमेश्‍वर, मेरो मार्गदर्शक हुनुहोस्।” प्रार्थना गरिसकेपछि मलाई धेरै शान्ति भएको महसुस गरेँ। र त्यसैले म कुन अवस्थामा थिएँ र कस्तो परिस्थितिबाट गुज्रिरहेको थिएँ भनेर मैले सबै कुरा भनेँ। मेरो कुरा सबै सुनेपछि, मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले तुच्छ नजरले हर्नुभएन र त्यति मात्र होइन, तर इमानदारीताको अभ्यास गर्न सक्षम भएकोमा उहाँहरू सबैले वास्तवमै मेरो साहसको प्रशंसा गर्नुभयो। उहाँहरूले भन्नुभयो कि मेरो अनुभवले उहाँहरूलाई यो अनुभूति गरायो केवल परमेश्‍वरको वचनको अभ्यास गरेर मात्र आफ्नो शैतानिक भ्रष्ट स्वभावलाई त्याग्न सकिन्छ अनि छुटकारा र स्वतन्त्रता पाउन सकिन्छ। उहाँहरूले अब त्यस्तो अवस्था सामना गर्नु पर्दा के गर्नुपर्ने रहेछ सो पनि उहाँहरूलाई थाहा छ भनेर पनि उहाँहरूले भन्‍नुभयो। त्यसपछिका भेलाहरूमा मैले सिस्टर वाङ्गको धेरै सबल पक्षहरू पत्ता लगाएँ: परमेश्‍वरको वचन खाँदा र पिउँदा, उहाँले आफ्नो अवस्थालाई आफ्नो सङ्गतिमा समाहित गर्न सक्षम हुनुहुन्थ्यो। जब-जब उहाँले कुनै समस्याको सामना गर्नुहुन्थ्यो, उहाँ परमेश्‍वरको अघि आउने र उहाँको अभिप्रायको खोजी गर्ने कुरामा ध्यान केन्द्रित गर्न सक्षम हुनुहुन्थ्यो, अनि उहाँको वचन भित्रैबाट अभ्यासको लागि बाटो पत्ता लगाउन सक्नुहुन्थ्यो। उहाँमा भएका ती सबल पक्षहरू देखेपछि मात्र मैले बुझ्न सकेँ कि उहाँ मेरो प्रतिद्वन्द्वी होइन, तर मलाई मदत गर्नसक्ने एक सहायक हुनुहुन्छ। तब मात्र मैले मेरो हृदयको भित्री तहबाट महसुस गरें, कि हाम्रो लागि उहाँको बन्दोबस्त भनेकै हामी एक-अर्काका कमी-कमजोरीहरू सुधार्न एक-अर्काका सबल पक्षहरूबाट पाठ सिक्नु हो। जब मैले त्यस्तो तरिकाले सोचेँ, तब मैले पूर्ण रूपले स्वतन्त्र भएको महसुस गरेँ। अब मलाई यस्तो लाग्छ कि हरेक भेला एक प्रकारको रमाइलो नै हो। म अब अलिकति पनि ईर्ष्याबाट प्रभावित छैन, तर म मेरो आफ्नै कमजोरीहरूलाई हटाउन अरूको सबल पक्षहरूबाट लिन, उनीहरूसँग मिलापमा बस्न, र आत्मामा स्वतन्त्र महसुस गर्न सक्छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन“आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...

नाम र लाभका लागि लडेका ती दिनहरू

मैले गत जून महिनामा मण्डलीको मलजल गर्ने कामको जिम्मेवारी सम्हालेँ, र मलजल गर्ने कर्मचारीहरूको अभावले गर्दा हाम्रो काम प्रभावित भइरहेको...

ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्