रोगमार्फत शोधन: मेरो जीवनको आवश्यकता
वाङ क्वान, चीनसन् १९९९ मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। परमेश्वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, यो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
विगत केही वर्ष कोरोना महामारी संसारभरि फैलँदा, झन्-झन् धेरै मानिस यस भाइरसबाट सङ्क्रमित भए, तीमध्ये धेरैको त्यसबाट मृत्यु भयो। मैले मनमनै सोचेँ, “परमेश्वरको काम समाप्त भएपछि महा विपत्ति आउनेछ, अनि दुष्टता गर्ने र परमेश्वरको प्रतिरोध गर्ने सबै विपत्ति र विनाशमा पर्नेछन्। परमेश्वरका वचनको न्याय र सजाय स्विकारेर शुद्ध हुनेहरूले मात्र परमेश्वरको सुरक्षा पाउन र उहाँका राज्यमा प्रवेश गर्न सक्छन्। मैले सुसमाचार प्रचार र आफ्नो कर्तव्य निर्वाह अझै बढाउनुपर्छ र अझ धेरै सुकर्म तयार गर्नुपर्छ। त्यसपछि मात्र मैले राम्रो नतिजा र गन्तव्य पाउनेछु।” यस्तो पनि सोचेँ, “मैले परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेपछि, सुसमाचार सुनाउन आफ्नो काम त्यागेँ। म कैयौँपटक पक्राउ परेँ, तर मैले कहिल्यै ब्रदर-सिस्टरहरू वा मण्डलीलाई विश्वासघात गरिनँ। पछि, मैले पहिलेझैँ सुसमाचार सुनाइरहेँ, र मैले यी वर्षहरूमा निकै मानिसहरू प्राप्त गरेकी छु। म ७० वर्ष पुगिसकेकी भए पनि, अझै पनि कैयौँ मण्डलीको सुसमाचार कामको इन्चार्ज हुँ, र तिनको परिणाम नराम्रो छैन। मैले आफ्नो कर्तव्य उचित रूपमा गरिरहेँ भने, परमेश्वरले भविष्यमा मलाई अवश्य नै मुक्ति दिनुहुनेछ भन्ने भरोसा गर्छु!” यो सोच्दा, मलाई हृदयमा खुसी लाग्यो, र म आफ्ना कर्तव्यमा एकदमै सक्रिय भएँ।
डिसेम्बर २०२२ को एक दिन, बिहान उठ्दा मलाई अलि ज्वरो आइरहेको थियो, घाँटी खसखस भइरहेको र खोकी लागिरहेको थियो। म हालसालै कोविड लागेको व्यक्तिको सम्पर्कमा आएकी थिएँ, त्यसैले, मलाई आफू पनि कोविड सङ्क्रमित भएको शङ्का लाग्यो। तथापि, त्यतिबेला मेरो लक्षण त्यति गम्भीर थिएन, र म त्यो अझै सहन सक्थेँ, त्यसैले, मैले त्यसलाई त्यति गम्भीर रूपमा लिइनँ। केही दिन घरमा आराम गरेपछि, मलाई अलि बिसेक महसुस भयो। त्यो बेला म निकै खुसी भएँ, मैले यतिका वर्ष परमेश्वरमा विश्वास गर्दै आएकीले र मण्डलीमा आफ्नो कर्तव्य निभाइरहेकी हुनाले, परमेश्वरले मलाई चाँडै निको हुन मद्दत गर्नुभएको छ, त्यसैले मैले विशेष गरी सुसमाचार प्रचार्नुपर्छ र अझ धेरै सुकर्म तयार पार्नुपर्छ भन्ने सोचेँ। तर अप्रत्याशित रूपमा, पछि गएर मेरो बिमार झन् गम्भीर भयो। एक दिन, म सुसमाचार सुनाएर घर फर्केको मात्र के थिएँ, अचानक मलाई सारा शरीर कमजोर महसुस भयो, अनि हनहन ज्वरो आयो र रिँगटा लाग्यो। भोलिपल्ट पनि मलाई अझै हनहन ज्वरो थियो, त्यो घटेन। त्यो बेला म अलि आत्तिएँ, र सोचेँ, “बिमार पर्दा, मैले गुनासो गरिनँ र आफ्नो कर्तव्य सदाझैँ निभाइरहेँ। मैले परमेश्वरको सुरक्षा पाउनुपर्थ्यो, त्यसोभए किन अचानक मेरो अवस्था खराब हुँदै छ त? कोरोना भाइरस फैलिएदेखि, संसारभरि धेरै मानिस मरेका छन्, तीमध्ये धेरै त पाका उमेरका हुन्। यदि मेरो अवस्था खराब हुँदै गयो भने, के म पनि मर्नेछु?” ती केही दिनको दौरान, मैले ज्वरो झार्न केही औषधि लिएँ, तर ज्वरो झरेन। मलाई थकित महसुस भयो र लगातार खोकी लाग्यो। विशेष गरी, मैले चिनेका वृद्ध मानिसहरू कोविडले मरेका सुन्दा, मलाई अलि डर र चिन्ता लाग्यो, र सोचेँ, “परमेश्वरक काम चाँडै समाप्त हुनेछ। यदि म अहिले मरेँ भने पनि मुक्ति पाउन सक्छु? के मैले यतिका वर्ष परिश्रम गरेको व्यर्थ हुनेछ? मण्डलीमा कतिपय मानिस कुनै कर्तव्य निभाउँदैनन्; तिनीहरू कसरी अझै सङ्क्रमित भएका छैनन्? यसबीच, मैले आफ्नो परिवार र करियर त्यागेकी छु, सधैँ आफ्नो कर्तव्य निभाएकी छु, धेरै कष्ट भोगेकी छु र निकै मूल्य चिकाएकी छु। किन परमेश्वरले मेरो रक्षा गर्नुभएको छैन?” यो सोच्दा, म उदास नभई बस्नै सकिनँ। मैले केही नभनी आफ्नो कर्तव्य निभाइरहे पनि, मेरा हृदयमा जोसजाँगर गुमेको थियो, मेरा हृदयमा जोसजाँगर गुमेको थियो, अगुवाले मसँग मलाई अन्य केही मण्डलीको सुसमाचार कामको इन्चार्जमा खटाउनेबारे कुरा गर्दा, म त्यसबारे अलि बेखुस भएँ। सोचेँ, आफूलाई स्वस्थ राख्नु अझ महत्त्वपूर्ण छ। यदि मैले अति धेरै कुराबारे चिन्ता लिनुपऱ्यो भने, मेरो जीउले सहन सक्दैन। साथै, म अझै कोविड सङ्क्रणबाट राम्ररी निको भइसकेकी छैनँ। फेरि सङ्क्रित भएँ भने, म बाँच्नेछैनँ। त्यसपछि कर्तव्य निभाउँदा चिसो र खोकी लाग्दैपिच्छे, अवस्था बिग्रिएला भनेर मलाई डर लाग्थ्यो, र म प्रायः चिन्तित र भयभित हुन्थेँ। मलाई आफ्नो स्थिति ठिक छैन भन्ने महसुस हुन्थ्यो, र म परमेश्वरलाई प्रार्थना गर्थेँ, “हे परमेश्वर! तपाईंले मलाई यो बिमार लाग्न अनुमति दिनुभो, तर म तपाईंबाट माग चाहिँ गरिरहेकी छु तर म कहिल्यै समर्पित हुन सक्दिनँ। बिन्ती छ मलाई तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन अनि सत्यता खोज्न र त्यसबाट पाठ सिक्न मार्गदर्शन गर्नुहोस्!”
प्रार्थना गरेपछि, मैले परमेश्वरका केही वचन पढेँ: “जब मानिसहरूले परमेश्वरले योजनाबद्ध गर्नुभएका वातावरण र उहाँको सार्वभौमिकता स्पष्ट देख्न, बुझ्न, स्विकार्न वा त्यसमा समर्पित हुन सक्दैनन्, र जब मानिसहरूले आफ्नो दैनिक जीवनमा विभिन्न कठिनाइ सामना गर्छन्, वा जब यी कठिनाइहरू सामान्य मानिसहरूले सहन सक्नेभन्दा बढी हुन्छन्, तब तिनीहरूलाई अर्धचेतन रूपमै हरकिसिमको चिन्ता र बेचैनी हुन्छ, र हैरानीसमेत हुन्छ। तिनीहरूलाई भोलि, वा पर्सि कस्तो हुनेछ, वा तिनीहरूको भविष्य कस्तो हुनेछ भन्ने थाहा हुँदैन, त्यसैले तिनीहरू सबै किसिमका कुराहरूका बारेमा सन्तप्त, बेचैन, र चिन्तित हुन्छन्। यी नकारात्मक संवेगहरू उत्पन्न गर्ने सन्दर्भ के हो? त्यो के हो भने, तिनीहरू परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्दैनन्—अर्थात्, तिनीहरू परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्न र त्यसलाई छर्लङ्गै देख्न असक्षम हुन्छन् र तिनीहरूको हृदयमा परमेश्वरप्रति साँचो आस्था हुँदैन। तिनीहरूले परमेश्वरको सार्वभौमिकताका तथ्यहरू आफ्नै आँखाले देख्दा पनि त्यो बुझ्दैनन् वा त्यसलाई विश्वास गर्दैनन्। तिनीहरू परमेश्वरले तिनीहरूको भाग्यमाथि सार्वभौमिकता राख्नुहुन्छ, र तिनीहरूको पूरै जीवन परमेश्वरको हातमा छ भन्ने कुरामा विश्वास गर्दैनन्, त्यसकारण परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति तिनीहरूको हृदयमा अविश्वास उत्पन्न हुन्छ, र त्यसपछि गुनासाहरू पैदा हुन्छन्, र तिनीहरू समर्पित हुन सक्दैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “रोग लागेका मानिसहरूले प्रायजसो यस्तो सोच्ने गर्छन्, ‘अहो, ममा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने सङ्कल्प छ। मलाई यो रोग लागेको छ, र म परमेश्वरलाई मलाई सुरक्षा दिन बिन्ती गर्छु। परमेश्वरको सुरक्षा पाएपछि म डराउँदिनँ, तर यदि म कर्तव्य निर्वाह गर्ने क्रममा थकित भएँ भने, मेरो अवस्था झन् खराब हुने त होइन? यदि मेरो अवस्था साँच्चै झन् खराब भयो भने, मैले के गर्ने होला? यदि मलाई शल्यक्रिया गर्नको लागि अस्पताल भर्ना गर्नुपर्यो भने, बिल तिर्न मसँग पैसा छैन। यदि मैले उपचारका लागि सापटी लिइनँ भने, के मेरो अवस्था अझै खराब हुँदैन र? अनि अवस्था साँच्चै खराब भयो भने, म मरिहाल्ने पो हुँ कि? अनि के त्यस्तो मृत्युलाई सामान्य मृत्यु मानिनेछ? यदि म साँच्चै मरेँ भने, के परमेश्वरले मैले निर्वाह गरेका कर्तव्यहरू सम्झनुहुनेछ? के मैले असल कार्यहरू गरेको मानिनेछ? के मैले मुक्ति प्राप्त गरेको हुनेछु?’ … जब-जब तिनीहरूले यी कुराहरूबारे सोच्छन्, तिनीहरूलाई हृदयमा गहन बेचैनी पैदा भएको महसुस हुन्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न कहिल्यै नछाड्ने र आफूले गर्नुपर्ने कुरा सधैँ गर्ने भए पनि, तिनीहरू निरन्तर आफ्नो रोग, स्वास्थ्य स्थिति, भविष्य, र आफ्नो जीवन र मृत्युबारे सोचिरहन्छन्। अन्त्यमा, तिनीहरू आफ्नै मनोकामनामा मात्र आधारित एउटा यस्तो निष्कर्षमा आइपुग्छन्: ‘परमेश्वरले मलाई निको पार्नुहुनेछ, र मलाई सुरक्षा दिनुहुनेछ। परमेश्वरले मलाई त्याग्नुहुनेछैन, र म बिरामी भएको देख्दा परमेश्वर हात बाँधेर बस्नुहुनेछैन।’ त्यस्ता विचारहरूको कुनै आधार हुँदैन, र ती एक प्रकारका धारणा नै हुन् भनेर पनि भन्न सकिन्छ। मानिसहरूले यस्ता धारणा र कल्पनाहरूद्वारा आफ्ना व्यावहारिक कठिनाइहरू बिलकुलै समाधान गर्न सक्दैनन्, र तिनीहरूले हृदयभित्र अन्तस्करणमा आफ्नो स्वास्थ्य स्थिति र रोगबारे हैरानी, बेचैनी र चिन्ताको अस्पष्ट अनुभूति गर्छन्; यी कुराहरूको जिम्मेवारी कसले लिनेछ, वा तिनको जिम्मेवारी कसैले लिनेछ कि लिनेछैन भन्नेबारे तिनीहरूलाई केही थाहै हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मानिसहरू परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकतालाई साँचो रूपमा बुझ्दैनन् र सधैँ मृत्युदेखि डराउँछन् भनेर परमेश्वरले खुलासा गर्नुभयो। यसले गर्दा, तिनीहरू चिन्ता गर्ने र चिन्तित हुने नकारात्मक संवेगमा जिउँछन्। मेरो स्थिति ठ्याक्कै परमेश्वरले खुलासा गरेकोजस्तै थियो। कोविड लागेपछि, पहिले त म चाँडै ठिक भइहालेँ, त्यसैले म खुसी भएँ र परमेश्वरलाई उहाँको ख्याल र सुरक्षाका लागि धन्यवाद दिएँ। पछि, मेरो अवस्था गम्भीर हुँदा, र मलाई हनहन ज्वरो आउँदा, म भयभित भएँ, आफू बुढी भएकीले, यदि यो बिमार झन् खराब भयो भने म मर्न सक्छु भनेर चिन्तित भएँ। म उदासीमा जिएँ, कर्तव्य निर्वाह गर्दा ममा ऊर्जा थिएन। विशेष गरी, अगुवाले मलाई अन्य केही मण्डलीका सुसमाचार कामको इन्चार्जमा खटाउन चाहँदा, यदि मेरा कर्तव्य एकदमै श्रमसाध्य भयो भने, मेरो अवस्था बिग्रनेछ, र म कोविडले मर्नेछु भनेर डराएँ, त्यसैले, मैले त्यो स्विकार्ने आँट गरिनँ। म प्रायः यो बिमारबीच चिन्ता र डरमा जिएँ, आफूले गर्नुपर्ने कर्तव्य निभाउने सही मनस्थितिमा समेत थिइनँ। परमेश्वर सबथोकमाथि सार्वभौमिकता र नियन्त्रण राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ। म बिमार पर्नु, म निको हुनु, मेरो जीवन समाप्त हुनु—यी सबै कुरा परमेश्वरका हातमा हुन्छन्, र म उहाँका योजनाबद्ध कार्य र बन्दबस्तहरूमा समर्पित हुनुपर्छ। तथापि, ममा परमेश्वरको सार्वभोमिकताप्रति विश्वास थिएन वा मैले उहाँले नै सबै कुरा नियन्त्रण गर्नुहुन्छ भनेर विश्वास गरिनँ, म सधैँ चिन्ता र डरमा जिएँ। म असाध्यै मूर्ख थिएँ! परमेश्वरले मलाई यो बिमार भोग्न अनुमति दिनुभो, र मैले सत्यता खोज्नुपर्छ र त्यसबाट पाठ सिक्नुपर्छ। यदि म सधैँ यस नकारात्मक संवेगमा जिएकी भए, आफूले एक दिन साँच्चै मृत्युलाई सामुन्ने देख्दा अझै परमेश्वरलाई गुनासो गर्नेथेँ, गलत बुझ्नेथेँ र दोष दिनेथेँ, त्यतिमात्र होइन उहाँको प्रतिरोध गर्ने शब्दहरूसमेत बोल्नेथेँ, जसलाई उहाँले घृणा र निन्दा गर्नुहुनेथ्यो। यो सोचेर, म डराएँ, र मलाई आतुरी बोध पनि भयो, सत्यता खोज्न र यो स्थिति हटाउन चाहेँ।
खोजीका क्रममा, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “सृष्टि गरिएको प्राणीको रूपमा तैँले कुन आधारमा परमेश्वरसँग मागहरू राख्छस्? मानिसहरू परमेश्वरसँग सर्त राख्न योग्य छैनन्। परमेश्वरसँग सर्तहरू राख्नु जत्तिको अनुचित कुरा अरू केही छैन। उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा तर्कसङ्गतता होइन; यो समानतावाद, वा तँलाई तैँले गरेको कामका लागि पाउनुपर्ने कुरा दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र तर्कसङ्गत हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्वरको धर्मी स्वभावलाई बुझ्न सक्ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्वरका लागि साक्षी दिएपछि उहाँले तिनलाई नष्ट पार्नुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्वर धर्मी हुनुहुन्छ भनेर भन्न तिनीहरूलाई निकै सहज हुन्छ; तर, यदि तिनीहरूले केही कुरा आफ्ना धारणाहरूसँग मिल्ने देखेनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। यदि परमेश्वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्नेथिएनन्। खासमा, मानिसहरू भ्रष्ट तुल्याइएका भए पनि वा नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्वरले मानिसहरूलाई आफूले नियोजन गरेका व्यवस्थाहरू बताउनैपर्छ र? त्यो आवश्यक छैन। परमेश्वरको नजरमा, भ्रष्ट र परमेश्वरको प्रतिरोध गर्न सक्ने व्यक्तिको कुनै मूल्य हुँदैन; परमेश्वरले तिनीहरूलाई जसरी सम्हाल्नुभए पनि त्यो उचितै हुनेछ, र यो सबै परमेश्वरका बन्दोबस्तहरू अनुसार हुन्छन्। यदि तँ परमेश्वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो उहाँको धार्मिकता हुनेथियो त? त्यो पनि हुनेथियो। … परमेश्वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले यो बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन्, र त्यसपछि तिनीहरू उहाँ धर्मी हुनुहुन्न भनेर भन्छन् भने, तिनीहरू सबैभन्दा समझहीन भइरहेका हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचन मनन गरेर, मलाई आफूले विगतमा परमेश्वरको धर्मी स्वभाव साँचो रूपमा बुझेकी रहेनछु भन्ने थाहा भयो। म सधैँ आफूले कर्तव्य निभाउँदा परमेश्वरका लागि आफूलाई समर्पित गरेकी हुनाले, मैले उहाँको ख्याल र सुरक्षा पाउनुपर्छ अनि बिमार वा मृत्युसमेत सामना गर्नु हुँदैन भन्ठान्थेँ। म यो परमेश्वरको धर्मीपन हो भन्ने सोच्थेँ। यो गलत दृष्टिकोणका प्रभावमा, म सधैँ आफूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएकीले, धेरै कष्ट भोगेकी र निकै मूल्य चुकाएकी हुनाले र कोविड लागेपछि समेत आफ्नो कर्तव्य कायम राखेकी हुनाले, परमेश्वरले मलाई सुरक्षित राख्नुपर्छ वा बिमारबाट जतिसक्दो चाँडो निको हुन मद्दत गर्नुपर्छ भन्ने सोच्थेँ। तथापि, परिस्थिति मैले चाहेको जस्तो नहुँदा, मैले परमेश्वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ, आफ्नो कर्तव्य निर्वाहमा ममा ऊर्जा रहेन। विशेष गरी, मैले सधैँ उत्साहपूर्वक आफूलाई समर्पित गर्दा र आफ्नो कर्तव्य निभाउँदा पनि मलाई कोविड लागेको तर कुनै कर्तव्य ननिभाउने कतिपय ब्रदर-सिस्टरलाई भने कोविड नलागेको देख्दा, मलाई यो अन्यायपूर्ण र परमेश्वर अधर्मी हुनुहुन्छ भन्ने लाग्यो, आफ्ना कर्तव्यमा आफूलाई समर्पित गर्न छोडेँ र मण्डलीका केही थप कामको सुपरिवेक्षण गर्न इच्छुकसमेत भइनँ। सुरुमा त, मलाई वर्षौँ परमेश्वरमा विश्वास गरेपछि र सधैँ आफ्नो कर्तव्य कायम राखेपछि, म परमेश्वरप्रति अलि समर्पित भएकी छु भन्ने लाग्यो, तर सामुन्ने मृत्यु देखेपछि, मेरो विद्रोहीपन र प्रतिरोध प्रकट भयो र ममा पटक्कै समर्पण थिएन। मैले परमेश्वरका वचनबाट धेरै मलजल र भरणपोषण पाएकी थिएँ; मैले गर्नुपर्ने कुरा भनेको अलि आफ्नो कर्तव्य निभाउनु र आफूलाई समर्पित गर्नु थियो। तथापि, म ती कुरालाई परमेश्वरसँग मोलतोल र लेनदेन गर्ने पूँजीका रूपमा प्रयोग गर्ने हदसम्म पुगेँ, आफ्नो चाहना पूरा नहुँदा उहाँबारे गुनासो गरेँ। म साँच्चै एकदमै असमझदार थिएँ! परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ; परमेश्वरले जेसुकै गर्नुभए पनि र उहाँले मानिसहरूलाई जसरी व्यवहार गर्नुभए पनि, त्यो सब धार्मिक हुन्छ त्यो सबमा उहाँको अभिप्राय हुन्छ। मैले परमेश्वरले गर्ने कामकुरालाई आफ्ना धारणा र कल्पनाका आधारमा आलोचना गर्नै हुँदैन। मैले परमेश्वरको वचनको एउटा खण्ड सम्झेँ: “के आफूले निर्णय गर्न नसक्ने कुराहरूमा हैरानी, तनाव, र चिन्ता महसुस गर्नु मूर्खता होइन र? (हो।) मानिसहरू आफूले समाधान गर्न सक्ने कुराहरूलाई समाधान गर्नतिर लाग्नुपर्छ, र तिनीहरू आफैले गर्न नसक्ने कुराहरूका हकमा परमेश्वरलाई पर्खनुपर्छ; मानिसहरू चुपचाप समर्पित हुनुपर्छ र आफ्नो सुरक्षा गरिदिन परमेश्वरलाई बिन्ती गर्नुपर्छ—मानिसहरूमा यही मानसिकता हुनुपर्छ। जब रोगले साँच्चै तिनीहरूलाई प्रहार गर्छ र मृत्यु नजिकै आउँछ, तब मानिसहरू समर्पित हुनुपर्छ, र गुनासो गर्नु हुँदैन, परमेश्वरविरुद्ध विद्रोह गर्नु हुँदैन, वा परमेश्वरको ईशनिन्दा गर्ने वा उहाँलाई आक्रमण गर्ने कुराहरू भन्नु हुँदैन। बरु, मानिसहरूले सृजित प्राणीका रूपमा आफ्नो उचित स्थान लिनुपर्छ र परमेश्वरबाट आउने सबै कुरा अनुभव गर्नुपर्छ र तिनको कदर गर्नुपर्छ—तिनीहरू आफैले ती कुराहरू छनौट गर्ने प्रयास गर्नु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचन मनन गर्दा मलाई झनै आत्मग्लानि र लज्जित महसुस भयो। म परमेश्वरका मागहरू पूरा गर्नदेखि एकदमै टाढा थिएँ। मेरो स्वास्थ्य, मेरो मृत्यु र मेरा अन्य सबै कुरा परमेश्वरद्वारा योजनाबद्ध गरिएका थिए। यदि कोविडले मेरो ज्यान लिएको भए, यो परमेश्वरले अनुमति दिएको कुरा हुनेथ्यो, र म बाँचेको भए पनि वा मरेको भए पनि, म उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्थ्यो। यो त सृजित प्राणीमा हुनुपर्ने न्यूनतम मात्राको समझ थियो। त्यसैले, मैले घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म साह्रै विद्रोही छु! मेरो बिमार ठिक भए पनि वा नभए पनि, म तपाईंका बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छ। अबदेखि म तपाईंबारे गुनासो गर्नेछैनँ, र तपाईंबाट अनुचित मागहरू गर्नेछैनँ।”
पछि, मैले आत्मचिन्तन गरेँ, र सोचेँ, “म आफूले बिमार वा विपत्ति सामना गर्न नपर्दा, आफ्ना कर्तव्यमा सक्रिय हुन सक्छु अनि हामीलाई जे आइपरे पनि, हामी परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा सधैँ समर्पित हुनैपर्छ भनेर ब्रदर-सिस्टरहरूसँग बारम्बार सङ्गति गर्न सक्छु। त्यसोभए किन मैले आफ्नो बिमार अझ खराब हुँदा परमेश्वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ, आफ्नो कर्तव्य निभाउने ऊर्जासमेत गुमाएँ? किन मैले यो विद्रोहीपन र प्रतिरोध प्रकट गरेकी छु?” खोजीका क्रममा, मैले परमेश्वरका केही वचन पढेँ: “ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुअघि, हृदयभित्र आफ्नो भविष्य, आफ्ना आशिष्हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू सबैभन्दा बढी विश्वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्वरले अपेक्षा गर्नुहुने निष्कपटता, साँचो विश्वास र बफादारी हुन्छ त? यस बिन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारी, विश्वास, वा निष्कपटता देख्न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुअघि पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र चाहनाहरूको पूर्वसर्तका आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु हुन्छ। के भन्न सकिन्छ भने तिनीहरूले कर्तव्य निर्वाह गर्नका लागि तय गर्ने सर्तहरू यिनै हुन्: ‘यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्वरले मानवजातिका लागि तयार गरिएको छ भनेर भन्नुभएका सबै आशिष् र फाइदा प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।’ तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र चाहनाहरू लिएर परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही निष्कपटता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा भन्दा, यसलाई उत्साह भनेर पनि भन्न सकिन्छ। तर यसमा कुनै साँचो विश्वास वा बफादारी हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई निष्कपटता भन्न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्हरू प्राप्त गर्ने, स्वर्गको राज्यमा प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रति तिनीहरूका इच्छाहरूले भरिएको हुन्छ। त्यसकारण, बाहिरबाट हेर्दा के देखिन्छ भने, धेरै ख्रीष्टविरोधीले निष्कासित हुनुभन्दा पहिले, आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र तिनीहरूले औसत व्यक्तिले भन्दा बढी त्याग गरेका र कष्ट भोगेका हुन्छन्। तिनीहरूले समर्पित गर्ने कुरा र चुकाउने मूल्य पावलको जस्तै हुन्छ, र तिनीहरू पावलले भन्दा कम दौडधूप गर्दैनन्। यो कुरा सबैले देख्न सक्ने कुरा हो। तिनीहरूको व्यवहार अनि कष्ट भोग्ने र मूल्य चुकाउने तिनीहरूको सङ्कल्पका हिसाबमा हेर्दा त, तिनीहरूले केही पनि प्राप्त नगर्ने भन्ने त नहुनुपर्ने हो। तर परमेश्वर कुनै व्यक्तिलाई उसको बाहिरी व्यवहारका आधारमा होइन, उसको सार, उसको स्वभाव, उसले प्रकट गर्ने कुरा, र उसले गर्ने हरेक कुराको प्रकृति र सारका आधारमा हेर्नुहुन्छ। मानिसहरूले अरूको मूल्याङ्कन गर्दा र अरूसित व्यवहार गर्दा, उनीहरूले तिनीहरू को हुन् भन्ने कुरा तिनीहरूको बाहिरी व्यवहार, तिनीहरू कति कष्ट भोग्छन्, र तिनीहरू कति मूल्य चुकाउँछन् भन्ने आधारमा मात्रै निर्धारित गर्छन्, र यो गम्भीर गल्ती हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरले खुलासा गरेको कुराबाट मैले अन्त्यमा के बुझेँ भने, मैले यी वर्षहरूमा आफ्नो कर्तव्य निभाउँदा र आफूलाई जोसका साथ समर्पित गर्दा, परमेश्वरका अभिप्रायलाई साँचो रूपमा विचार गरिरहेकी र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निभाइरहेकी थिइनँ, न त त्यो परमेश्वरप्रतिको मेरो सच्चापन वा बफादारीबाट नै आएको थियो। बरु, मैले आफ्नो कर्तव्य निर्वाहलाई आशिष् पाउने आफ्नो चाहना पूरा गर्न चलाइने औजार र सौदाको माध्यम बनाएकी थिएँ, यसो गरेर म भविष्यमा बच्न र अनन्त आशिष् पाउन सक्थेँ। एकपछि अर्का विपत्तिहरू आइरहेका र परमेश्वरको काम लगभग समाप्त भएको देखेर, मैले आफूलाई बधाई दिएँ, मैले परमेश्वरको खातिर आफूलाई त्यागेकी र समर्पित गरेकी अनि आफ्नो कर्तव्य निभएकी हुनाले, निश्चय नै उहाँको सुरक्षा पाउनेछु र बच्नेछु भनेर सोचेँ। तथापि, मलाई कोविड लाग्दा र मेरो अवस्था खराब हुँदा, आफू बुढी भएकीले यो भाइरसले मर्छु होला भनेर चिन्तित भएँ, त्यसैले, म हतोत्साहित र निराश भएँ अनि आफ्नो विश्वास गुमाएँ। मैले परमेश्वरसँग तर्क गर्न आफ्नो तथाकथित पूँजी प्रयोग गर्नसमेत थालेँ, मैले आफ्ना कर्तव्यमा यति धेरै कष्ट भोगेकी र सुसमाचार सुनाउँदा परिणाहरू निकालेकी हुनाले, परमेश्वरले मलाई रक्षा गर्नुपर्छ भन्ने सोचेँ। मेरा अत्यधिक चाहना पूरा नहुँदा, परमेश्वरले मेरो रक्षा गरिरहनुभएको छैन र मलाई अन्यायी व्यवहार गरिरहनुभएको छ भन्ने सोचेँ, र ममा आफ्नो कर्तव्य निभाउँदा ऊर्जा थिएन। तथ्यहरू खुलासा हुँदा, मैले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै, त्यो त आशिष् पाउन गरिरहेकी रहेछु भनेर बुझेँ। मैले म परमेश्वरमा विश्वास गर्छु, कर्तव्य निभाउनु एकदमै स्वाभाविक र न्यायोचित हो भनेर बारम्बार भनेँ, तर वास्तवमा, मैले परमेश्वरलाई प्रयोग गरिरहेकी र ठगिरहेकी थिएँ। म साँच्चै एकदमै स्वार्थी र छली थिएँ! मैले पावललाई सम्झेँ, जसले अनुग्रहको युगको दौरान सुसमाचार प्रचार गर्दै, युरोपका धेरैजसो ठाउँका यात्रा गरेका थिए, उनले धेरै कष्ट भोगे र धेरै मानिसलाई विश्वासमा ल्याए। तथापि, उसको सब समर्पण र कष्ट स्वर्गका राज्यमा प्रवेश गर्न र इनाम पाउन सक्नका लागि थियो। त्यो लेनदेन र ठगी थियो, र परमेश्वरले उसको समर्पणलाई अनुमोदन नगर्नुभएको मात्र होइन, तर त्यसलाई एकदमै तिरस्कार पनि गर्नुभयो। अन्त्यमा, पावल परमेश्वरद्वारा आशिषित हुनुको सट्टा दण्डित भए। परमेश्वरको स्वभाव धर्मी र पवित्र छ, र जब उहाँ हाम्रो परिणाम र गन्तव्य निर्धारण गर्नुहुन्छ, तब हामी बाहिरी रूपमा कति कष्ट भोग्छौँ र काम गर्छौँ, वा कति राम्रो व्यवहार देखाउँछौँ भन्ने आधारमा न्याय गर्नुहुन्न। बरु, हामीले सत्यता प्राप्त गरेका छौँ कि छैनौँ र हाम्रो स्वभाव बदलिएको छ कि छैन भन्ने आधारमा न्याय गर्नुहुन्छ। यदि मैले दौजधूप र आफूलाई समर्पित गरेका बद्लामा सधैँ असल नतिजा पाउन चाहेकी भए, सत्यता नपछ्याएकी वा आफ्नो भ्रष्टता नहटाएकी भए, मेरो नतिजा पनि पावलको जस्तै हुनेथ्यो; म परमेश्वरद्वारा हटाइनेथिएँ र दण्डित हुनेथेँ। पावलको विफलताले मेरा लागि सम्झौटो र चेतावनीका रूपमा काम गर्छ! त्यसपछि, मैले परमेश्वर कसरी मानवजातिलाई मुक्ति दिनमा आफ्नो सारा हृदय लगाउनुहुन्छ, सारा प्रयास खर्चिनुहुन्छ, सारा मूल्य चुकाउनुहुन्छ, तर हामीबाट कहिल्यै कुनै कुरा माग गर्नुहुन्न वा माग्नुहुन्न भनेर सम्झेँ। परमेश्वर असाध्यै निस्वार्थी हुनुहुन्छ! यसबीच, मैले परमेश्वरले मलाई दिएका सबथोक उहाँका अभिप्रायलाई कहिल्यै विचारसमेत नगरी पाएकी थिएँ। मैले असल गन्तव्य पाउने उद्देश्यले आफ्नो कर्तव्य निभाउँदा, परमेश्वरसँग लेनदेनसमेत गरेकी थिएँ। म साँच्चै एकदमै स्वार्थी र घृणित थिएँ! मैले परमेश्वरलाई प्रयोग गरिने र ठग्नुपर्ने व्यक्ति ठानेँ। मैले आफूलाई समर्पित गरेको तरिकालाई विचार गर्दा, किन पो परमेश्वरले मलाई तिरस्कार र घृणा नगर्नुहोस् र? यो कुरा बुझेर, मलाई आत्मग्लानि र परमेश्वरप्रति ऋणी महसुस भयो, र मैले परमेश्वरलाई हृदयबाट प्रार्थना गरेँ, अबउसो आशिष पाउन उहाँसँग लेनदेन गर्न चाहन्नँ, बरु उचित रूपमा सत्यता पछ्याउन, सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निभाउन, र उहाँलाई सन्तुष्ट तुल्याउन चाहन्छु भनेर भनेँ।
पछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ, जसले मेरो मन निकै छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गर्ने भए पनि, यो सबैभन्दा उचित कुरा हो, र मानवजातिमाझ सबैभन्दा सुन्दर र न्यायवान् कुरा हो। मानिसहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृजित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरू परमेश्वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिनीहरूले आ-आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्वरले तोक्नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य यो मानव संसारमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र सद्गुणी हुन्छ; मानवजातिमाझ सृजित प्राणीको कर्तव्य पूरा गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृजित व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यस समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्ने, सृष्टिकर्ताले व्यक्त गरेका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरूअनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा गुञ्जायमान गवाही हो, र परमेश्वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृजित प्राणीले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र त्यो प्रशंसा गरिने आख्यानका रूपमा तिनीहरूमाझ फैलाइनुपर्छ। सृष्टिकर्ताले सृजित प्राणीहरूलाई सुम्पने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिका लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने सबैका लागि योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। … जब कुनै व्यक्ति सृजित प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँ मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दैगर्दा परमेश्वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यसमार्फत आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र शुद्ध पारिन, परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनको सही मार्गमा लाग्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्न सक्षम हुन्छन्। परमेश्वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर हासिल गर्ने अभिप्राय राख्नुभएको आखिरी प्रभाव यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरको वचन पढेपछि, मैले के बुझेँ भने, सृजित प्राणीले सृष्टिकर्तासामु आफ्नो कर्तव्य निभाउनु सबैभन्दा अर्थपूर्ण र सबैभन्दा राम्रो कुरा हो। त्यो त छोराछोरीले आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुजस्तै हो; त्यो मानिसहरूले कुनै लेनदैन वा पट्क्कै माग नगरी पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व हो। अझ महत्त्वूर्ण त, आफ्नो कर्तव्य निभाउने क्रममा, परमेश्वर हाम्रा भ्रष्टता र कमीकमजोरी प्रकाश गर्ने विभिन्न परिस्थिति प्रस्तुत गर्नुहुन्छ, हामीलाई सत्यता खोज्न, आफूलाई बुझ्न, आफ्ना भ्रष्ट स्वभाव हटाउन, उहाँको वचनका आधारमा मानिसहरू र परिस्थितिको मूल्याङ्कन गर्न, अबदेखि शैतानको भ्रष्टता र हानीको कष्ट नभोग्न, र अन्ततः मुक्ति पाउन मद्दत गर्नुहुन्छ; यो परमेश्वरको अभिप्राय हो। वर्षौँको दौरान, मलाई प्रहरीले धेरैपटक गिरफ्तार गरेको थियो, र म पीडामा हुँदा, परमेश्वरका वचनले नै मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिए, विश्वास र बल दिए अनि ती पिशाचहरूको क्रूरतालाई जित्न मद्दत गरे। साथै, मैले आफ्ना कर्तव्यमा आफूलाई उच्च पार्दा र धाक देखाउँदा, अहङ्कारी स्वभाव प्रकट गर्दा, परमेश्वरले मलाई ताडना दिन र अनुशासनमा राख्न परिस्थितिहरू सिर्जना गर्नुभयो। उहाँको वचनले खुलासा गरेको कुरामार्फत्, मैले आफूलाई केही मात्रामा बुझेँ र उहाँसामु तुरुन्तै पश्चात्ताप गर्न सकेँ। यो सब परमेश्वरको मुक्ति थियो! परमेश्वरले ममाथि एकदमै धेरै प्रयास खर्चनुभयो, तैपनि मैले सत्यता पछ्याइनँ वा उहाँको प्रेमको ऋण तिरिनँ, कर्तव्य निभाउँदा आशिषमा मात्र ध्यान लगाएँ। ममा साँच्चै पटक्कै विवेक थिएन। यसपटक म बिमार पर्दा, सत्यता खोजेपछि र आत्मचिन्तन गरेपछि, मैले अन्त्यमा यतिका वर्ष आशिष् पाउन मात्र कर्तव्य निभाउने आफ्नो घृणित मनसायलाई प्रस्टसित देखेँ, मैले अन्त्यमा यतिका वर्ष आशिष् पाउन मात्र कर्तव्य निभाउने आफ्नो घृणित मनसायलाई प्रस्टसित देखेँ, यो सब परमेश्वरले मलाई मुक्ति दिइरहनुभएको थियो। अहिले, परमेश्वरले मलाई सास र जिउन दिनुभएको थियो, अनि यो उहाँको कृपा र अनुग्रह थियो। मैले आशिष पाउने आफ्नो अभिप्राय त्याग्नुपर्थ्यो र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्थ्यो।
पछि, मैले अझ धेरै परमेश्वरको वचन पढेँ: “यस संसारमा जन्मने कुनै पनि व्यक्तिका लागि, जन्म अत्यावश्यक र मृत्यु अपरिहार्य छ; यी घटनाक्रमहरूभन्दा माथि कोही पनि उठ्न सक्दैन। यदि व्यक्ति यस संसारबाट पीडारहित रूपमा बिदा हुन चाहन्छ भने, यदि ऊ जीवनको अन्तिम बिन्दुलाई त्याग्ने अनिच्छारहित वा चिन्तारहित रूपमै सामना गर्न सक्ने हुन चाहन्छ भने, एक मात्र तरिका भनेको कुनै पनि पछुतो नराख्नु हो। अनि कुनै पछुतोविना बिदा हुने एक मात्र तरिका भनेको सृष्टिकर्ताको सार्वभौमिकता जान्नु, उहाँको अख्तियार जान्नु, र तिनमा समर्पित हुनु हो। यसरी मात्रै व्यक्ति मानव कलह, दुष्टता र शैतानको बन्धनबाट टाढा बस्न सक्छ, र यसरी मात्रै ऊ अय्यूबको जस्तो सृष्टिकर्ताद्वारा मार्गनिर्देशित र आशिषित, आजाद र स्वतन्त्र जीवन, मूल्यवान् र अर्थपूर्ण जीवन, सिधा र खुला जीवन जिउन सक्छ। यसरी मात्रै व्यक्ति अय्यूब जस्तै सृष्टिकर्ताका परीक्षा र वञ्चना, अनि सृष्टिकर्ताका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सक्छ। यसरी मात्रै व्यक्तिले अय्यूबले जस्तै आफ्नो जीवनभरि सृष्टिकर्ताको आराधना गर्न र उहाँको अनुमोदन हासिल गर्न, उहाँको आवाजलाई सुन्न र उहाँ प्रकट हुनुभएको देख्न सक्छ। यसरी मात्रै अय्यूबजस्तै अलिकति पनि पीडा, चिन्ता, पछुतोविना नै खुसीसाथ जिउन र मर्न सकिन्छ। यसरी मात्रै व्यक्ति अय्यूब जस्तै ज्योतिमा जिउन, र ज्योतिमा आफ्नो जीवनको हर मोड पार गर्न, ज्योतिमा आफ्नो यात्रा सहज रूपमा पूरा गर्न, सफलतापूर्वक आफ्नो मिसन पूरा गर्न—सृजित प्राणीका रूपमा सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्न र जान्न पुग्न—अनि ज्योतिमै बितेर जान, र त्यसपछि सृजित मानवका रूपमा सृष्टिकर्ताको अनुमोदन पाएर उहाँको छेउमा बस्न सक्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरको वचन पढेपछि, मेरो हृदय निकै उज्यालो भयो। पहिले, म आफू बुढी भएकीले र मेरो बिमार झन्-झन् गम्भीर हुँदै गएकाले, म आफ्नो जीवन कुनै पनि समय गुमाउने खतरामा छु, अनि यदि म कोविडले मरेँ भने, मैले राम्रो परिणाम वा गन्तव्य पाउनेछैनँ भनेर सधैँ सोच्थेँ। मैले परमेश्वरको वचनबाट के बुझेँ भने, वास्तवमा, प्रत्येक व्यक्ति मर्नेछ, तर मानिसहरूका मृत्युहरू फरक-फरक प्रकृतिका हुन्छन्। कतिपय मानिसको मृत्युले के देखाउँछ भने, तिनीहरू परमेश्वरद्वारा खुलासा भएका र हटाइएका छन्, जबकि अरूको शरीर बाहिरी रूपमा मृत होला, तर तिनीहरूको प्राण बाँचेको हुन्छ। उदाहरणका लागि अय्यूबलाई लिऊँ, जससित परमेश्वरप्रति साँचो विश्वास थियो र उनले परीक्षाबीच समेत परमेश्वरको नामको प्रशंसा गर्न र उहाँसामु साँचो गवाही दिन सके, सृजित प्राणीका रूपमा आफ्नो मिसन पूरा गरे। अय्यूबको मृत्यु हुँदा, उनमा कुनै चिन्ता व डर थिएन, र बरु उनले सन्तुष्ट र कृतज्ञ भई संसार छोडे। उनको शरीर मऱ्यो, तर उनको प्राण बाँच्यो। पत्रुस पनि थिए, जसले आफ्नो जीवनभरि परमेश्वरलाई प्रेम गरिरहे र सन्तुष्ट तुल्याइरहे अनि उनी परीक्षा र सङ्कष्टसामु मृत्युसम्मै समर्पित हुन सके। अन्त्यमा, उनी परमेश्वरका निम्ति उँधोमन्टो क्रूसमा लट्किए, उनले असल गवाही दिए र परमेश्वरको अनुमोदन पाए। अब, मैले के बुझेँ भने, कसैको शरीरको मृत्यु हुनुको अर्थ उसले खराब परिणाम र गन्तव्य पाउनेछ भन्ने होइन। महत्त्वपूर्ण कुरा त उसले आफ्ना जीवनकालमा सत्यता पछ्याउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छ कि सक्दैन भन्ने हो। अन्त्यमा कसैसित असल नतिजा र गन्तव्य छ कि छैन भनेर निर्धारित गर्ने वास्तविक कडी यही हो। मैले गर्नुपर्ने कुरा भनेको आफ्ना स्थानमा सृजित प्राणीका रूपमा दृढ रहनु अनि परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु थियो। मैले आफू जीवित होउन्जेल, परमेश्वरमा भर पर्नुपर्थ्यो र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्थ्यो, आफ्नो कर्तव्य निभाउने क्रममा सत्यता पछ्याउनुपर्थ्यो र सिद्धान्तअनुसार कामकुरा गर्नुपर्थ्यो, त्यसरी आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउनुपर्थ्यो र परमेश्वरको हृदयलाई सान्त्वना दिनुपर्थ्यो। यो कुरा बुझेर, मलाई निकै ढुक्क लाग्यो, र म आफ्नो बिमारले सीमित हुन छोडेँ। मैले के आशा गरेकी थिइनँ भने, केही दिनपछि मेरो अवस्था सुध्रियो।
कोविड लागेको यस अनुभवले मलाई के बुझ्न मद्दत गऱ्यो भने, ममा आफ्ना विश्वासमा गलत दृष्टिकोण थियो, मैले हरकुरा आशिष् पाउन र परमेश्वरसँग लेनदेन गर्नका लागि गरिरहेकी थिएँ। मैले आशिष् पाउने आफ्ना केही चाहना त्याग्न सक्नु र कर्तव्य निभाउनका लागि आफ्नो अभिप्राय ठिक गर्न सक्नु यो सब परमेश्वरले मलाई मुक्ति दिने तरिका हो।
वाङ क्वान, चीनसन् १९९९ मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। परमेश्वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, यो...
शिजि, चीनसानैदेखि मेरो स्वास्थ्य राम्रो रहेको छैन। किशोरावस्थामा छँदा मेरो खुट्टा दुख्थ्यो। डाक्टरले मलाई बाथरोग भएको र उपचार आवश्यक रहेको...
लि लान, चीनविश्वासी भएको यत्तिका वर्षमा, मैले सिद्धान्तत: सधैँ जानेकी थिएँ हाम्रो भाग्य अनि हाम्रा जन्म र मृत्यु सबै परमेश्वरकै हातमा...
ओउयाङ, चीनम पन्ध्र वर्षको हुँदा, मलाई पल्मोनरी हाइपरटेन्सन भनिने एउटा दुर्लभ रोग लागेको पत्ता लाग्यो। सुरुमा, म केवल कडा व्यायाम गर्न...