परमेश्‍वरको मुक्ति

21 अक्टोबर 2021

यिचेन, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्‍वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्‍वरले तँलाई मुक्ति दिनको लागि तँलाई निराकरण गर्नुहुन्छ, अनि तैंले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैंले पछि फर्केर हेर्नेछस्, र परमेश्‍वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैंले परमेश्‍वरको इच्छालाई साँच्चै बुझ्न सक्नेछस्” (वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)। यो अनुच्छेद पढेर पहिले म कत्तिको अहङ्कारी हुने गर्दथें भन्ने कुरा नसोची रहन सकिन। मसँग सदैव प्रसिद्धि र हैसियत खोज्ने, अति अनियन्त्रित चाहनाहरू हुने, अरूसँग लड्न भिड्न खोज्ने र आफूलाई अरूसँग तुलना गर्ने गर्दथें। मेरो जीवनमा मानवीय गुण नै थिएन। परमेश्‍वरको वचनहरूको न्याय, सजाय र अनुशासनको अनुभूत गरेपछि, मैले मेरो शैतानी स्वभावलाई केही मात्रामा बुझ्न थालें। म पछुतो र आत्मघृणा गर्ने सक्ने भएँ, र केही अझ इमान्दार र नम्र बनें। मैले मनैदेखि के महसुस गरें भने परमेश्‍वरको वचनहरूको न्याय र सजाय मानिसको लागि मुक्ति हुन्।

सन् २००५ मा, सर्वशक्तिमान परमेश्‍वरलाई स्वीकार गरेको एक वर्षभन्दा बढी भइसकेको थियो, म एउटा मण्डलीको अगुवाको रूपमा चुनिएँ। परमेश्‍वरबाट उत्थान गरिएर मेरा दाजुभाई र दिदीबहिनीहरूको भरोसा पाएकोले, मैले परमेश्‍वरलाई प्रार्थना गरें र उहाँको प्रेमको मूल्य तिर्न आफ्नो कर्तव्य राम्रोसँग पालना गर्ने प्रण गरें। म तुरुन्त मण्डली कार्यमा तल्लीन भएँ। जब अरू कुनै दुःख वा कठिनाइमा पर्थे, उनीहरूलाई मद्दत गर्न म परमेश्‍वरको केही वचनहरू खोज्थें, र मैले गरेको सङ्गति सामान्य भए पनि, म अझै पनि केही नतिजाहरू देख्थें। मेरो सङ्गतिले आफूलाई केही मद्दत गरेको दाजुभाई र दिदीबहिनीहरू बताउँथे। म मेरो कर्तव्यमा केही सफल भएकोले, एक जना अगुवाले पछि मलाई धेरै मण्डलीहरूको काम जिम्मा लगाउनुभयो। म रोमान्चित भएँ। विशेषगरी जब मैले आफूसँगै काम गर्ने सिस्टरले भन्दा छिटो परमेश्‍वरको वचनहरू बुझ्न थालेको पाएँ, र ती अगुवाले मेरो उच्च मूल्यांकन गर्न थाले, म आफैसँग केही खुशी थिएँ। मलाई लाग्यो ती अगुवाले मलाई वास्तविक क्षमता भएको व्यक्ति, मण्डलीमा एउटा अपरिहार्य प्रतिभाको रुपमा देखे। समयसँगै म अझ धेरै अहङ्कारी हुँदै गएँ र अब मसँग सत्यको थोरै मात्र यथार्थ छ भन्ने लाग्यो। मैले परमेश्‍वरको वचनहरू ग्रहण गर्नमा केन्द्रित हुन वा आफैलाई नियाल्न छोडें, र जब म कुनै मामलाको सामना गर्थें, मैले सत्य खोजिन। म सधैं आफैंमा पूर्ण थिएँ, अभिमानी थिएँ र मेरो दाजुभाई र दिदीबहिनीहरूलाई होच्याउथें। जब मैले उनीहरूमध्ये केही भ्रष्ट स्वभावहरूले गाँजिएको र आफ्नो कर्तव्यहरू उचित रुपमा पूरा गर्न नसकेको देखें, प्रेमको कारण उनीहरूलाई मद्दत गर्न मैले सत्यताको बारेमा सङ्गति गर्न छाडें, बरू दिक्क मान्दै उनीहरूलाई गाली गरें: “परमेश्‍वरको काम यो बिन्दुसम्म पुगेको छ, तर तिमीहरू अझै लालची भएर देहमा नै रमाइरहेका छौ। के तिमीहरू विपत्तिमा पर्नेछ र दण्ड पाउनेछ भन्ने डर छैन? यदि तिमीहरूले आफ्नो कर्तव्य राम्रोसँग गर्न सुरू गर्दैनौ भने, तिमीहरूलाई हटाइनेछ।” मैले उनीहरू आफैंमा तल्लीन रहेको र मलाई हेर्न नचाहेको देखें, तर मैले आफूमा नियालेर हेरिन, बरू उनीहरूले सत्यको अनुसरण नगरेको भनेर भुतभुताइरहें।

छिट्टै एक जना अगुवा हाम्रो सभामा आए। यो मेरो पदोन्नतिको लागि थियो भन्ने मलाई लाग्यो। तर मलाई आश्चर्यमा पार्दै, उनले के भनिन् भने जीवनमा मेरो प्रवेश सतही किसिमको छ, मेरो सङ्गतिले समस्याहरू समाधान गर्न सकेन, र यति धेरै मण्डलीहरूको कामको जिम्मेवारीमा वस्न म योग्य छैन। यो सुनेर म अवाक भएँ—मेरो दिमाग पूरै खाली भयो। यो सभापछि म कसरी घर पुगें भन्ने समेत मलाई थाहा छैन। मलाई केवल यसो सोच्दै पूरै बाटोभरि रोइरहेको मात्र सम्झना छ: “मेरो कर्तव्य पूरा गर्नमा मैले यति धेरै परिश्रम गरें, तर अगाडि बढ्नुको साटो म तल डुबेको छु। यी दाजुभाई र दिदीबहिनीहरूले मेरो बारेमा के सोच्नेछन् होला? यस्तो देखिन्छ म यति ठूलो कामको क्षेत्र सम्हाल्न सक्दिन, तर यसप्रकारको सानोतिनो कर्तव्यहरूमा नै म आफूलाई कसरी राजीनामा दिन सक्छु?” केही दिनसम्म मेरो भोक निद्रा हरायो, तर म गहिरो दुःखमा डुबेको थिएँ। मैले केवल परमेश्‍वरसँग प्रार्थना गरें, मलाई अन्तर्दृष्टि प्रदान गरी मार्गदर्शन गर्न अनुरोध गरें, ताकि म उहाँको इच्छालाई बुझ्न सकूँ। प्रार्थना गरेपछि मैले धेरै शान्त महसुस गरें, र मैले परमेश्‍वरको यी वचनहरू पढें: “तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। … तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही समझ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझ पनि आफ्नो हैसियतको इच्छालाई पन्छाएका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरले खोजी गर्छौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू खोजी नै गर्दैनौ। हैसियतका आशिष्‌हरू सधैँ तिमीहरूको मनमा हुन्छन्। किन अधिकांश मानिसहरूले आफूलाई नकरात्मकताबाट हटाउन सक्दैनन्? के उत्तर सधैं ‘आशाहीन सम्भावनाहरूको कारणले’ भन्ने हुँदैन र? … तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर निराकरण गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट निराकरण र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्‍नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्‍ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्‍वरमाथिको तेरो विश्‍वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्‍ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्?” (वचन देहमा देखा पर्नुहुन्छको “तँ किन प्रतिभार हुन अनिच्छुक छस्?”)। यो पढेपछि मैले परमेश्‍वरको इच्छा बुझें। उहाँले ओहोदाप्रतिको मेरो चाहनाको निराकरण गर्न, आफैलाई नियाल्न र सत्य अनुसरणको सही मार्गमा लगाउन यो परिस्थिति खडा गर्नुभयो। मैले सोचें, मेरो उत्सुक खोजी कार्य र मेरो विश्‍वासमा गरिएको बलिदान साच्चैं नै सत्य अनुसरण गर्न र सृष्टि गरिएको एउटा प्राणीले गर्नुपर्ने कर्तव्य पूरा गर्नलाई थियो त। यथार्थ अर्कै थियो, यो अरूभन्दा अगाडि पुग्ने मेरो महत्वाकांक्षा पूरा गर्नको लागि मात्र थियो, र सत्यको अनुसरण गर्नको लागि बिल्कुलै थिएन! त्यसैले जब मलाई एउटा पद मिल्यो तब म आफैसँग धेरै खुशी थिएँ र अगाडि बढ्ने कोशिश गरन। जब मलाई हटाइयो, मैले आफूमा नियाल्ने काम नगरेको मात्र होइन, म नकारात्मक र कमजोर समेत भएँ, र परमेश्‍वरलाई दोष दिएँ। मैले हार खाएर भागेको र परमेश्‍वरलाई धोखा दिएको समेत सोच्न भ्याएँ। मैले विवेक र समझ पूरै गुमाएको थिएँ, धेरै स्वार्थी र नीच थिएँ। हटाइनु भनेको परमेश्‍वरले मलाई रक्षा गरिरहेको छ भन्ने थियो। मैले नकारात्मक हुनु वा परमेश्‍वरलाई गलत सम्झिनु हुँदैन थियो, बरू मेरो भ्रष्ट आचरण समाधान गर्न सत्य खोज्नु पर्ने थियो। जब मैले त्यो महसुस गरें, म प्रार्थनामा परमेश्‍वरको अघि आएँ: “हे परमेश्‍वर, अब म ओहोदाको पछि भाग्न चाहन्न। म तपाईंको नियम र व्यवस्थामा समर्पण हुन चाहन्छु, सत्यको पूर्ण अनुसरण गर्छु, र तपाईंलाई सन्तुष्ट पार्न मेरो कर्तव्य पूरा गर्छु।” त्यसपछिका दिनहरूमा, म परमेश्‍वरको वचनहरू खान र पिउन र आफैमा नियाल्नमा केन्द्रित भएँ, र जब मभित्र मेरो अहङ्कारी स्वाभाव फेरि आउँथ्यो, म तनमनले परमेश्‍वरलाई प्रार्थना गर्थें र आफैलाई इन्कार गर्थें। केही समयसम्म यसरी अभ्यास गरिसकेपछि मैले निकै राम्रो महसुस गरें, र मैले दाजुभाई र दिदीबहिनीहरूसँग राम्रोसँग अन्तरक्रिया गर्न सकें।

यसको केही वर्षपछि, म फेरि एउटा मण्डली अगुवाको रूपमा चुनिएँ। त्यसको केही समयपछि मेरो मण्डली अर्कोसँग मर्ज भयो, त्यसैले फेरि अगुवाहरू चुन्न हामीले चुनाव गर्नुपर्ने भयो। यसैको कारणले ओहोदा पाउने मेरो चाहनाले फेरि आफ्नो टाउको उठायो र मेरो पद गुम्ला कि भनेर म निकै डराएँ। अरू मण्डली अगुवाहरूसँगको सभाहरूमा परमेश्‍वरको वचनहरूसम्बन्धी उनीहरूको बुझाइ र सत्य बारेको संगति त्यति उत्कृष्ट नरहेको मैले पाएँ त्यसैले अगुवाको रुपमा म नै चुनिन्छु भन्नेमा ढुक्क थिएँ। मेरो पद सुरक्षित गर्न र म कति धेरै सक्षम छु भनेर धेरै मानिसहरूलाई देखाउन एउटा कमजोर मण्डलीमा रहेका केही मामिलाहरू निराकरण गर्न जाने मैले प्रस्ताव गरें, र ती छिटै सुल्झाउने वाचा गरें। मैले हरेक दिन आफूलाई भेलाहरू, सङ्गति कार्य र समस्याहरू सुल्झाउने कार्यमा व्यस्त राखें, र मेरो सङ्गतिमा मैले जानीबुझी विगतमा मैले आफ्नो कार्य कसरी गरेको थिएँ भन्ने बारेमा कुरा गरें, के कस्तो महान उपलब्धि हासिल गरेको थिएँ र त्यो समयका अगुवाहरूले मलाई कति धेरै महत्व दिन्थें भन्ने बताएँ। त्यसैगरी अरू मण्डलीका अगुवाहरूको काममा भएका गल्ती र विचलनहरू बारे पनि मैले जानीबुझी कुरा गरें, यो आफूलाई गोप्य रूपमा माथि उठाउन र उनीहरूलाई तल गिराउनको लागि गरिएको थियो। तर परमेश्‍वरले मेरो हृदय र मनभित्र देख्नुहुन्छ, र मेरो कर्तव्यमा मेरो मनसाय गलत भएकोले, परमेश्‍वरले आफूलाई मबाट लुकाउनु भयो। त्यो समयमा म सधैं व्यस्त जस्तै भए पनि, मेरो कार्यमा मैले केही उपलब्धि हासिल गरिनँ। मेरो मुखमा घाउ आयो र पानी पिउँदा पनि पीडा हुन्थ्यो। म साच्चै नै पिडामा थिएँ र मैले सोचें म त्यहाँ हुँदा कसरी मैले कुनै पनि कुरा सुल्झाउन सकेको थिइँन र मेरो कामले कुनै नतिजा हासिल गर्न सकेको थिएन। अगुवाहरूले मलाई कसरी हेर्छन् होला भन्ने मलाई लागिरह्यो, यदि उनीहरूले म सक्षम छुइन भन्ने सोच्थे भने। चुनाव भन्दा अगाडि नै मलाई हटाइयो भने के होला? कस्तो अपमान! यो सोचले सबै समस्याहरू अहिले नै सुल्झाउँ जस्तो भइरहेको थियो, तर मैले जसरी सङ्गति गरे पनि, सबै कुरा पहिलेको जस्तै हुन पुग्थ्यो। मलाई धेरै पीडा महसुस भयो, त्यसैले म परमेश्‍वरको अगाडि आएँ र उहाँलाई प्रार्थनामा पुकारें: “हे परमेश्‍वर! म अध्याँरोमा खसेको छु र म कुनै पनि समस्या बिल्कुलै बुझ्दिन। हे परमेश्‍वर, मैले तपाईंको अवज्ञा गरेको हुनुपर्छ, त्यसैले मलाई मार्गदर्शन गराउन तपाईंसमक्ष बिन्ती गर्छु। म आफूभित्र नियाल्न र तपाईं समक्ष पश्चात गर्न तत्पर छु।”

पछि मैले परमेश्‍वरको वचनहरूको एउटा अनुच्छेद पढें: “तिमीहरूको मुखमा अधर्मी जिब्रो र दाँतहरू छन्। तिमीहरूको वचन र व्यवहार सर्पका जस्ता छन् जसले हव्वालाई पाप गर्न लोभ्यायो। तिमीहरूले एक-अर्काबाट आँखाको बदला आँखा र दाँतको बदला दाँत माग गर्छौ, र तिमीहरूले मेरो उपस्थितिमा आफ्नै लागि पद, प्रतिष्ठा, फाइदाको लागि सङ्घर्ष गर्छौ, तर पनि तिमीलाई थाहा छैन, कि मैले तिमीहरूको वचन र व्यवहार गोप्य रूपमा हेर्दैछु। तिमीहरू मेरो उपस्थितिमा आउनुभन्दा पहिले नै, मैले तिमीहरूको हृदयको भित्री आवाजलाई सुनिसकेको छु। मानिस जहिले पनि मेरो हातको पकडबाट उम्कन र मेरो नजरको अवलोकनबाट भाग्न चाहन्छ, तर म उसका वचनहरू वा व्यवहारहरूबाट कहिल्यै पछि हटिँन। यसको सट्टामा, मैले उद्देश्यपूर्ण रूपमा ती वचनहरू वा व्यवहारहरूलाई मेरो नजरमा प्रवेश गर्न दिन्छु, ताकि मैले मानिसको अधर्मको सजाय दिन सकूँ र उसको विद्रोहमाथि न्याय कार्यान्वयन गर्न सकूँ। यसरी, मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनकि उसको विद्रोह एकदमै धेरै छ” (वचन देहमा देखा पर्नुहुन्छको “सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो”)। परमेश्‍वरको न्याय र प्रकटीकरणका वचनहरूले मलाई डरले थर्कमान बनायो! मैले कसरी सोचिरहेको र कार्य गरिरहेको थिएँ भन्ने हेर्न मैले पहिलेका कुरा सोचें। एक अगुवाको रूपमा मेरो पद सुनिश्चित गर्न र धेरै मानिसले मलाई सम्मानले हेरुन् भन्नका लागि, आफूलाई साबित गर्न र अरूहरूको हृदय जित्न सङ्गतिको माध्यमबाट समस्याहरूको हल गरेजस्तो गरें, आफूलाई उचाल्ने र हरेक मोडमा अरूलाई होच्याउने प्रयास गरें। मैले दाजुभाई र दिदीबहिनीहरूलाई प्रतिस्पर्धीको जस्तो व्यवहार गरें, चलाखी र युक्तिहरूको उपयोग गरें। मभित्र विश्‍वासीको जस्तो गुण थिएन, मानवता थिएन। खानाको एक टुक्राको लागि लडाइँ गर्ने जनावर भन्दा म कसरी अलग थिएँ र? म धेरै स्वार्थी र नीच थिएँ! मैले दुष्ट कार्य गरिरहेको थिएँ र आफ्नो कर्मले परमेश्‍वरको विरोध गरिरहेको थिएँ र धेरै पहिले नै उहाँको स्वभावको उल्‍लङ्‍घन गरेको थिएँ। ती घाउहरूको पीडा खप्नु र मेरो काममा केही उपलब्धि हासिल नहुनु परमेश्‍वरले मलाई दिनुभएको ताडना र अनुशासन थियो। उहाँको इच्छा थियो कि मैले आफैलाई नियालूँ, पश्चाताप गरूँ र बदलिउँ। मैले सोचें, किन म सदैव प्रसिद्धि र ओहोदाको पछि लागिरहेको थिएँ, ती कुरालाई अरू सबैभन्दा माथि राखेको थिएँ। यो पूर्ण रुपमा शैतानद्वारा छल गर्ने र भ्रष्ट बनाउने पतनको बाटो थियो। यसले शिक्षा र सामाजिक प्रभावहरूको प्रयोग गरी यी विषाक्त चीज र दर्शनशास्त्रमा मेरो मन डुबाउने खेल खेल्यो, जसरी “दिमाग खियाउनेहरू अरूमाथि शासन गर्छन्, हात खियाउनेहरू अरूद्वारा शासित हुन्छन्” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” भन्ने गरिन्छ। यी शैतानी दर्शनशास्त्रले मेरो मनमा गहिरो जरा गाडेको थियो र मेरा प्रकृति बनेको थियो। म यी विषहरूसँगै जीवन बिताइरहेको थिएँ, झन् धेरै अहङ्कारी र घमण्डी हुँदै गइरहेको थिएँ, प्रसिद्धि र ओहोदाको कामना गर्दै, अरूभन्दा सदैव अगाडि रहन र उनीहरूभन्दा अझ राम्रो बन्न कोशिश गरिरहेको थिएँ। म सही बाटोमा नभएको हुँदा, बरू यो भ्रष्ट शैतानी स्वभावभित्र जिइरहेको हुँदा, म अन्धो भएको थिएँ र कुनै पनि मामलाको जड देख्न सक्दिन थिएँ, न त म अरूको समस्याहरूको समाधान नै गर्न सक्थें, र मैले मण्डलीको काममा पनि ढिलाइ गरें। मैले आफ्नो कर्तव्य पूरा गरिरहेको थिइँन, दुष्ट कार्य मात्र गरिरहेको थिएँ। मैले आफूलाई परमेश्‍वरको अगाडि समर्पित गरें र उहाँ समक्ष पश्चाताप गरें: “परमेश्‍वर, मैले नाम र लाभको लागि आफ्नो कर्तव्यहरूको वेवास्ता गरेको छु, तपाईंलाई मूर्ख बनाउने र धोखा दिने कोशिश गरिरहेको छु। म श्रापित हुनुपर्छ! हे परमेश्‍वर, म अब यस्तो कदापि हुन चाहन्न। म तपाईं समक्ष पश्चाताप गर्न चाहन्छु।” मैले त्यसपछि परमेश्‍वरको यी वचनहरू पढें: “तिमीहरू परमेश्‍वरका प्राणीहरू भएकाले तिमीहरूले प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तिमीहरूका लागि अरू आवश्यक सर्तहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: ‘हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईँको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। … म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन’” (वचन देहमा देखा पर्नुहुन्छको “तँ किन प्रतिभार हुन अनिच्छुक छस्?”)। परमेश्‍वरको वचनहरूले मलाई अभ्यासको मार्ग दियो। चाहे मलाई प्रतिस्थापन गरिएको होस् वा नहोस्, चाहे मेरो कुनै ओहोदा होस् वा नहोस्, मैले अझै पनि सत्यको अनुसरण गर्नु र मेरो कर्तव्य राम्रोसँग पालना गर्नु परेको थियो, र आफ्नो कर्तव्यमा सत्यको अभ्यास गर्नु र आफ्नो शैतानी स्वभाव त्याग्ने कुरामा केन्द्रित हुनु परेको थियो। त्यसपछि मैले आफ्नो कर्तव्यमा आफ्नो मनसायलाई ठीक गरें र परमेश्‍वरको अगाडि आफूलाई शान्त राखी उहाँको वचनहरू पढ्ने र प्रार्थना गर्ने कार्यमा केन्द्रित भएँ। मैले मण्डलीको समस्याहरू परमेश्‍वरको हातमा राखें र उहाँतिर हेरें, र मैले दाजुभाई र दिदीबहिनीसँग मिलेर सत्यको खोजी गरें। मण्डलीमा रहेका ती मामिलाहरू चाँडै नै समाधान गरियो। म परमेश्‍वरप्रति कृतज्ञले भरिएँ। परमेश्‍वर अत्यन्त वास्तविक हुनुहुन्छ, अत्यन्त प्यारो हुनुहुन्छ, र उहाँ मेरो छेउमा हुनुहुन्थ्यो, र मलाई शुद्ध पार्न र रुपान्तरण गर्न सबै चाँजोपाँजो मिलाउँदै हुनुहन्थ्यो। मैले के पनि महसुस गरें भने सत्यको अनुसरण गर्नु र मेरो आस्थामा स्वभावत: परिवर्तन हुनु कति धेरै आपत्तिजनक छ।

छ महिनापछि, मलाई केही अरू मण्डलीहरूको कामको जिम्मेवारी समेत दिइयो। ओहोदाको लागि मेरो चाहना कति प्रबल थियो, र मेरो स्वभाव कति अहङ्कारी थियो भन्ने कुरा जानेर नै मैले इमान्दारपूर्वक परमेश्‍वर समक्ष प्रार्थना गरें ताकि म आफ्नो मनसायलाई ठीक गर्न सकूँ र आफ्नो कर्तव्य राम्रोसँग पालना गर्न सकूँ। त्यो समयमा मलाई सिस्टर वांगसँग जोडी बनाइयो, उनी मामिलाहरूमा स्पष्ट दृष्टिकोण राख्थिन् र समस्याहरू सम्हाल्ने कुरामा परिपक्व थिइन्। मैले नियमित रुपमा उनको सल्लाह लिएँ र उनको सबल पक्षबाट सिकें। यसरी केही महिनापछि, मैले समस्याहरू समाधानका लागि सत्य बारेको सङ्गतिमा धेरै प्रगति हासिल गरें र विभिन्न प्रकारको मण्डली कार्य गर्न थालें। दाजुभाई र दिदीबहिनीले पनि मप्रति सम्मानपूर्वक हेर्न थाले। मैले थाहा पाउनुअघि नै, म फेरि आफूसँग खुशी महसुस गर्न थालें, यो विश्‍वासमा म अपेक्षाकृत नयाँ भए पनि मेरो संगति सिस्टर वांगको जत्तिकै राम्रो थियो र मामिलाहरू सम्हाल्ने मेरो क्षमता बढेको थियो। मेरो कद बढेको जस्तो मलाई लाग्यो। मलाई थाहा थिएन कि मेरो अहङ्कार हरेक मोडमा देखिइरहेको थियो र नाम र ओहोदाप्रति को मेरो चाहना पहिलेभन्दा धेरै नै प्रबल भएर फर्केको थियो। म चाहन्थें सिस्टर वांगले हरेक कुरामा मलाई सुनोस्। अरूले उनको संगति स्वीकार गरेको देख्दा मलाई असह्य हुन्थ्यो वा उनले मण्डलीको कुराहरूमा अगुवाइ गरेको मलाई पच्दैन थियो। मलाई लाग्यो मसँग केही अभ्यास थियो र धेरै अनुभव सँगालेको थिएँ, म कुनै अनजान सिकारू थिइँन, र मेरो क्षमता उनको बराबर थियो। हामी दुवै अगुवा थियौं, त्यसैले उनले सदैव नेतृत्व किन गर्छिन्? म उनको कुरा किन सुनूँ? यदि यस्तै चल्दै गयो भने म नाम मात्रको अगुवा त हुने त होइन? मैले कडा मेहनत गर्न र आफूलाई परमेश्‍वरको वचनहरूले भरिपूर्ण बनाउन सुरू गरें ताकि म उनी भन्दा अगाडि हुन सकूँ, र सहकर्मीहरूको भेलामा मण्डलीको कार्यबारे हाम्रो छलफलको दौरान, जब उनले आफ्नो राय व्यक्त गर्थिन्, मैले जानीबुझीकन त्यहाँ गल्ती खोज्न लाग्थें र खोट निकाल्थें। त्यसपछि उनलाई गिराउन र आफूलाई माथि उठाउन म आफ्नो “शानदार विचार” राख्ने गर्थें। केही समय पछि, मण्डलीको काममा छलफल गर्दा, केही सहकर्मीहरूले मेरो भनाइ मन पराउन थाले र उनीहरूलाई समस्या पर्दा म भएको ठाउँ आउन र मेरो सल्लाह सुन्न थाले। उनीहरू मेरो वरिपरि जम्मा भएर बसेको देख्दा मलाई धेरै आनन्द लाग्थ्यो। पछि, सिस्टर वांगलाई चिनियाँ कम्युनिष्ट पार्टीले पछ्याउन थालेकोले उनी आफ्नो कर्तव्य निभाउनको लागि बाहिर जान असमर्थ भइन्, त्यसैले यो समयमा मण्डलीको कार्यको लागि म मात्र पूर्ण रुपमा जिम्मेवार हुन पुगें। मलाई कामको भार महसुस भएन, बरू निकै आनन्द लाग्यो, र अन्तमा हरेक कुरामा मेरो नै अन्तिम निर्णय हुनेछ भन्ने मनमा आयो। त्यो समयमा मलाई महसुस भयो कि मेरो सोच्ने तरिका सही थिएन, तर मैले आफूमा नियाल्ने काम गरिन वा यसलाई मनमा बिल्कुलै लिइन।

एक दिन एक अगुवाले मलाई म अर्को क्षेत्रको एउटा सभामा उपस्थित हुनुपर्ने भयो भने। यसले ठूलो भूभाग समेट्ने भए पनि मात्र १० जना जति चुनिएका थिए। मैले मेरो पदोन्नति पनि हुन लागेको सुनें। मलाई साच्चै नै म पनि केही हूँ भन्ने लाग्न थाल्यो, म आफ्नो क्षेत्रको सबभन्दा उत्कृष्ट रोजाइ हूँ जस्तो लाग्यो। म उच्च जोशको साथ अन्य चार सिस्टरहरूसँग एउटा ट्रेनमा चढें तर बाटोमा केही अनपेक्षित घटना भयो। हामीलाई चिनियाँ कम्युनिष्ट पार्टीको प्रहरीले पछ्याए र पक्राउ गर्यो। उनीहरूको सोधपुछले केही भेउ पाउन सकेन, त्यसैले उनीहरूले मलाई दुई वर्षको कडा जेल सजाय सुनाए “कानूनको प्रवर्तनलाई कमजोर पार्न पन्थ संगठनलाई संगठित गरेर प्रयोग गरेको आरोपमा” यो सजाय सुनाइएको थियो। मेरो जेल सजायपछि मेरो समय निकै कष्टदायी बित्यो। मेरो मनमा परमेश्‍वरको बारेमा भ्रम र शंका उठ्यो: “जब मेरो पदोन्नति हुन लागेको थियो भने मलाई किन पक्राउ गरियो र जेल हालियो? के परमेश्‍वरले नै मलाई रोकिरहनु भएको त छैन, मेरो खुलासा गर्न र मलाई हटाउन यो प्रयोग गर्नुभएको त होइन? के मैले आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउने मौका गुमाएँ त?” म यति धेरै पीडामा थिएँ र म पूरै हराएको थिएँ। म कयौं पटक रोएँ र परमेश्‍वरसँग प्रार्थना गरें: “हे परमेश्‍वर, म अब तपाईंको इच्छा बुझ्न सक्दिन। यस्तो लाग्छ तपाईंले मलाई अस्वीकार गर्दै हुनुहुन्छ, तपाईं मलाई चाहनुहुन्न। परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु मलाई अन्तर्दृष्टि दिनुहोस् र तपाईंको इच्छा बुझ्न मार्गदर्शन गर्नुहोस्, ताकि यो स्थितिमा कसरी सत्यमा प्रवेश गर्ने भन्ने मैले थाहा पाउन सकूँ।” मेरो प्रार्थना सुन्नु भएकोमा परमेश्‍वरलाई धन्यवाद। एक दिन, जेलको उही वार्डमा रहेकी एउटा सिस्टरले परमेश्‍वरको केही वचनहरू भएको कागजको टुक्रा मलाई सुटुक्क दिइन् जुन उनले लेखेकी थिइन्। ती वचनहरूले भन्दछन्: “सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टिप्रदान गर्नुहुन्छ र थप वास्तविक काट-छाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यको बीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नै बारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र मानिसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त उहाँले कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त उनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशयहरू, उसका पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, परमेश्‍वरप्रतिको उसको प्रेम बदल्नु, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एक प्रकारको वास्तविक तालिम हो, र शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ”)। मेरो हृदय तत्काल उज्यायो भयो। यो परिस्थिति मेरो लागि परमेश्‍वरले लिएको परीक्षा थियो। मलाई हटाउने उहाँको इच्छा थिएन, बरू आफैलाई नियाल्न र चिन्न, र सत्यमा प्रवेश गर्न सक्ने गरी योग्य बनाउनको लागि थियो। मलाई थाहा थियो म अब नकारात्मक र कमजोर हुन सक्दिन, र म साच्चै नै आफ्नो स्वयमको धारणाहरूअनुरुप गएर परमेश्‍वरको इच्छाको बारेमा अनुमान लगाउन सक्दिन थिएँ। बरू मैले आफूलाई शान्त गर्नुपर्छ र सत्य खोज्नुपर्छ, र इमान्दार भएर आफूलाई नियाल्दै चिन्नुपर्छ।

एक रात, मलाई त्यत्तिकै निद्रा लागेन, र मेरो बावजुद पनि, परमेश्‍वरले मसँग यस्तो हुन किन दिनुभयो भन्ने मनमा आश्चर्य जाग्यो। तब परमेश्‍वरको वचनहरू मेरो दिमागमा आए: “के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ? के तिमीहरू साँच्चै, इमानदारीसाथ घृणा गर्छौ? मैले किन तिमीहरूलाई धेरै पटक सोधेको छु? म किन तिमीहरूलाई बारम्बार यो प्रश्न सोध्ने गर्छु?” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय २८”)। मैले आफूलाई बारम्बार सोधें: “के म साच्चै नै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छु? के म वास्तवमा नै, साच्चै नै यसलाई घृणा गर्छु?” तब मलाई जीवनमा प्रवेश गर्ने विषयको प्रवचन र सङ्गतिको यो अनुच्छेद आयो: “कतिपय मानिसहरूले यस्तै भन्छन्, ‘म ठूलो रातो अजिङ्गरलाई अरू कुनै कुरालाई भन्दा धेरै घृणा गर्छु। यसले मलाई दमन गरेको छ र पिरोलेको छ, अनि मैले यसको दुष्ट अनुहार धेरै अघि नै देखेको छु। मैले यसलाई पिठ्यूँ फर्काएको छु।’ तपाईं भन्नुहुन्छ, तपाईंले त्यसलाई पिठ्यूँ फर्काउनुभएको छ, त्यसैले के त्यसको अर्थ तपाईं परमेश्‍वरमा पूर्णतया समर्पित हुनुहुन्छ त? त्यो ठूलो रातो अजिङ्गरलाई त्यागेको केही ठोस सङ्केत हुनु आवश्यक छ। यदि तपाईं अझै त्यो ठूलो रातो अजिङ्गरको विषहरूले भरिनुभएको छ र अझै त्यसका दृष्टिकोणहरूअनुसार कामकुराहरूको न्याय गर्नुहुन्छ भने, तपाईंले त्यसलाई साँच्चै त्याग्नुभएको छैन भनेर देखिन्छ। तपाईंले त्यसलाई जतिसुकै घृणा गर्नुभए पनि, यदि तपाईंसित अझै यसको सोचाइ र दृष्टिकोण, झूटो शिक्षा र भ्रमबारे बुझाइको कमी छ, तपाईंका दृष्टिकोणहरू र कार्यहरू त्यसको विषहरूद्वारा शासित छन् भने, तपाईंले त्यो ठूलो रातो अजिङ्गरलाई आफ्नो पिठ्यूँ फर्काउनुभएको छ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? तपाईंका सोचाइहरू, जीवनबारे तपाईंको दृष्टिकोण, तपाईंका दृष्टिकोणहरू ठ्याक्कै त्यो ठूलो रातो अजिङ्गरको जस्तै छ—ती सबै त्यसका हुन् र त्यसैले तपाईं अझै पनि शैतानको अधीनमा बाँचिरहनुभएको छ। … शैतानको प्रभावबाट साँच्चै उम्कन, हामी परमेश्‍वरको न्याय र सजायबाट गुज्रनुपर्छ; हामीले आफूभित्र भएका शैतानी विषहरूलाई पुरै हटाउनैपर्छ र सफा गर्नैपर्छ। परमेश्‍वरलाई हृदयभित्रैदेखि प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्नुपर्छ। यसो गर्दा मात्र त्यो ठूलो रातो अजिङ्गरलाई साँच्चै त्यागिएको हुन्छ। जब सत्यता र परमेश्‍वरका वचनहरूले हाम्रो भित्री हृदयहरूलाई शासन गर्छन्, जब हामी परमेश्‍वरलाई महान् ठानेर प्रशंसा गर्छौं अनि परमेश्‍वरलाई अटुट समर्पण र भक्ति चढाउँछौं र कुनै पनि हालतमा त्यो ठूलो रातो अजिङ्गरका धोकाहरू, बाधाहरू र भ्रष्टतामा पर्दैनौं—तब मात्र, हामी शैतानको प्रभावबाट साँच्चै उम्केका छौँ भनेर भन्न सकिन्छ।” यी वचनहरूको प्रकाशमा, मलाई के महसुस भयो भने ठूलो रातो अजिङ्गरलाई मैले यसकारण मात्र घृणा गर्थें कि यसले दाजुभाई र दिदीबहिनीहरूलाई पक्राउ गरेको थियो र सताएको थियो, र परमेश्‍वरको काममा बाधा उत्पन्न र क्षति गरेको थियो, तर त्यो साच्चिकै घृणा गर्ने र त्याग्नु पर्ने खालको थिएन। साच्चिकै घृणा गर्ने र त्याग्ने त केवल यसको दुष्ट, प्रतिक्रियावादी सार, पूर्ण रुपमा देखेर मात्र आउँछ, तब मात्र हामीले यसलाई आफ्नो अन्तरआत्मा देखि नै घृणा गर्न सक्छौं, र हामीभित्र रहेको यसको विषाक्त चीजलाई त्याग्न सक्छौं। ठूलो रातो अजिङ्गरबाट भएको पक्राउ, उत्पीडन र यातनाको आफैले अनुभव गरी र जबरजस्ती पाठ पढाइएकोले गर्दा, मैले वास्तवमा सत्यलाई घृणा गर्ने र परमेश्‍वरलाई घृणा गर्ने यो भूतप्रेत नै रहेछ भन्ने देखें। मैले यसको कुरूप अनुहारलाई मानिसलाई छलकपट गर्ने र भ्रष्टाचारीको रुपमा देखें। यसले नास्तिकता र भौतिकतावादको ढोल पिट्छ, परमेश्‍वरको अस्तित्व नकार्न उद्दत छ, र आफू “महान, गौरवशाली र सही” छु भन्ने कुरामा आफ्नो बखान गरी आफूलाई उच्च देखाउन गर्न सक्ने जति सबै गर्छ। मानिसको रक्षक हुँ भनेर आफ्नै प्रशंसा गर्छ र आफू परमेश्‍वर भए झैं गरी आफूलाई सबैले पूजा गरोस् र विश्‍वास गरोस् भन्ने चाहन्छ मानिसहरूको हृदयमा परमेश्‍वरको ठाउँ लिने व्यर्थको आशा गर्दछ। ठूलो रातो अजिङ्गर धेरै नीच, दुष्ट र निर्लज्ज छ। र मलाई के महसुस भयो भने मेरो सार यसको सारको बराबर थियो। परमेश्‍वरले मलाई उच्च पार्नुभयो, अगुवाको कर्तव्य अभ्यास गर्न दिनुभयो र सत्य बारेको सङ्गतिको माध्यमबाट मामिलाहरूको समाधान कसरी गर्ने भन्ने सिक्न दिनुभयो ताकि अरूले परमेश्‍वरलाई चिन्न र उहाँ समक्ष समर्पण गर्न सकून्, तर मैले त्यो अवसरलाई सकेसम्म धेरै भन्दा धेरै देखावटी गर्नको लागि उपयोग गरें, केवल यो चाहना राखेर कि अरूले मप्रति हेरुन् र म जे भन्छु त्यो गरुन्। यस्तो गरेर मैले परमेश्‍वरको बिरोध त गरिरहेको थिइँन? मलाई सिस्टर वांगसँग इर्ष्या थियो र मैले उनलाई बहिष्कार गरें, सदैव उनको गल्तीमाथि झम्टिएँ र उनलाई होच्याएँ। म उनलाई हटाउनको लागि पनि मरिमेटेर लागिरहेको थिएँ ताकि मण्डलीमा मैले नै अन्तिम निर्णय गर्न सकूँ। के मैले तानाशाहको जस्तो व्यवहार गरिरहेको थिइँन त? के म ठूलो रातो अजिङ्गरको विषहरूले नियन्त्रित भइरहेको थिइँन त, जस्तो कि, “महापुरुष एक जना मात्रै हुन सक्छ” र “समस्त ब्रह्माण्डमा, सर्वोच्‍च शासन गर्ने म मात्र हुँ”? परमेश्‍वरको प्रशासनिक उर्दीले भन्छ, “मानिस आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च बनाउनु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश”)। मैले गरेका हरेक व्यवहारलाई फर्केर हेर्दा, त्यो मैले आफ्नो कर्तव्यको नै पालना गरिरहेको थिएँ भनेर कसरी भन्न सकिन्छ? मैले त दुष्ट कार्य गरिरहेको र परमेश्‍वरको विरोध गरिरहेको थिएँ! मेरा कार्यहरूले धेरै पहिले परमेश्‍वरको प्रशासनिक उर्दीहरूको उल्लङ्घन गरेको थियो, र यदि परमेश्‍वरले मलाई अनुशासन नगर्नु भएको भए, यदि उहाँले मलाई मेरो दुष्ट बाटोमा रोक्न त्यो परिस्थिति प्रयोग नगर्नु भएको भए, यदि मैले मेरो आफ्नै प्रकृति र महत्वकांक्षाअनुसार अघि बढेको भए, म यकीनको साथ भन्न सक्छु कि प्रसिद्धि र ओहोदाको लागि म कतै पनि रोकिन्न थिएँ अन्ततः मैले ठूलो दुष्टता गरेर परमेश्‍वरबाट दण्डित नभइञ्जेलसम्म। यो मेरो लागि एउटा आखाँ खोल्ने गम्भीर आह्वान थियो भन्ने महसुस भयो। म यस्तो खतरनाक बिन्दुमा पुगेको थिएँ, तर पूर्ण रुपमा बेखबर थिएँ। एउटा छलको रुपमा यो दियाबलस, ठूलो रातो अजिङ्गर नभएको भए, मैले शायद कहिल्यै देख्दिन थिएँ होला यसको विष मभित्र कति धेरै थियो, र म वास्तवमा यसको दूत हूँ भन्ने कुरा। मैले साच्चै नै यसलाई पूर्ण रुपमा त्याग्न र यसको विषबाट आफूलाई मुक्त गर्न सक्षम हुन्न सक्दिन थिएँ होला। मैले के देखें भने परमेश्‍वरले गर्नुभएको हरेक कुरा मलाई शुद्ध गर्नको लागि थियो र मलाई उद्दार गर्नु भएकोमा उहाँलाई मैले मेरो अन्तरआत्माबाट धन्यवाद दिएँ।

जेलमा हुँदा मैले आफूलाई धेरै नियालें र मैले आफ्नो कर्तव्य पालना गर्न पाएको बहुमूल्य अवसरहरूलाई सँगाल्न नसकेको विशेष पछुतो लाग्यो। यसको साटो मैले प्रसिद्धि र ओहोदा खोज्न जोड गरेको थिएँ र शैतानको विषहरूले भरिएको जीवन बाँचेको थिएँ। मैले धेरै यस्तो कामहरू गरेको थिएँ जुन सत्यको विरुद्ध थियो, र जसले दाजुभाई र दिदीबहिनीहरूलाई चोट दिन्थ्यो, र मैले मण्डलीको कार्यमा बाधा व्यवधान गरें। मैले परमेश्‍वरलाई धेरै चोट पुर्याएँ; ममाथि यति धेरै ऋण थियो र म पछुतोले भरिएको थिएँ। तब मात्र मभित्र सत्यको अनुसरण गर्ने र परमेश्‍वरको न्याय र ताडनाको अनुभव गर्ने गहिरो इच्छा जाग्यो, ताकि म चाँडै नै ती विषहरूबाट छुटकारा पाउन सकूँ र मानवीय गुण जियाउन सकूँ। जेलबाट बाहिर निस्किएपछि मैले मेरो कर्तव्य फेरि सुरू गरें, र जब म फेरि मण्डलीको अगुवा चुनिएँ, मैले पहिलेको जस्तो आत्मसन्तुष्टि र आत्म-वाहवाही महसुस गरिन। बरू मलाई यो एउटा ठूलो जिम्मेवारी थियो, यो मेरो लागि परमेश्‍वरको आदेश थियो जसलाई मैले सँगालेर राख्नुपर्छ भन्ने महसुस भयो, र सत्यको अनुसरण गर्न र मेरो कर्तव्य पालना गर्न मैले मेरो सक्दो प्रयास गर्नुपर्छ भन्ने अनुभूत भयो। समय समयमा गरिएको ताडना र अनुशासनको पाठले अन्ततः शैतानले छलपूर्वक कैद गरेको मेरो आत्मालाई जगायो। मैले स्वीकार गरें कि सत्यको खोजी, मेरो स्वभावमा हुने परिवर्तनको खोजी र सृष्टि गरिएको प्राणीको कर्तव्य पालना राम्रोसँग गर्नु नै सही खोज हो! प्रसिद्धि र ओहोदाप्रतिको मेरो चाहना अहिले त्यति प्रबल छैन, जति पहिले थियो र म कम अहङ्कारी पनि हुँदै गइरहेको छु। म अरूसँग मिलेर राम्रोसँग कार्य गर्न र मेरो कर्तव्यको उचित पालना गर्न सक्छु, र म अहिले केही मानवीय गुणलाई जियाउँछु। मलाई अन्तरआत्मा देखि नै के महसुस हुन्छ भने यो सानो परिवर्तन त्यति सजिलै आएको होइन। यो सबै परमेश्‍वरको वचनहरूको न्याय र ताडनाबाट प्राप्त भएको हो। मेरो यो मुक्तिको लागि सर्वशक्तिमान परमेश्‍वरलाई म धन्यवाद दिन्छु!

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्