मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

11 अक्टोबर 2021

गेन्सुइ, दक्षिण कोरिया

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धार्मिक स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। “सेवाकर्ताहरूको समयभन्दा पहिले मानिसले जीवनको खोजी गर्नु, परमेश्‍वरमा विश्‍वास गर्नु, वा परमेश्‍वरको कामको बुद्धि के हो भनी केही पनि बुझेका थिएन, न त उसले परमेश्‍वरको कामले मानिसलाई जाँच्‍न सक्छ भनी बुझेको नै थियो। सेवा गर्नेहरूको समयदेखि आजसम्म मानिसले परमेश्‍वरको काम कति अचम्मलाग्दो रहेछ भनी देख्दछ—यो मानिसका निम्ति बुझ्नै नसकिने छ। परमेश्‍वरले आफ्नो दिमाग प्रयोग गरेर कसरी काम गर्नुहुन्छ भनी मानिसले कल्पना गर्न सक्दैन, र उसले आफ्नो कद कति सानो रहेछ र ऊ कति धेरै अनाज्ञाकारी छ भनेर पनि देख्दछ। जब परमेश्‍वरले मानिसलाई सराप्नुभयो, त्यो एउटा परिणाम प्राप्त गर्नका निम्ति थियो, र उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन। उहाँले मानिसलाई सराप्नुभएको भए तापनि, उहाँले त्यो वचनहरूद्वारा गर्नुभयो, र उहाँको सरापहरू वास्तवमा मानिसमाथि आइलागेनन्, किनकि परमेश्‍वरका सरापहरू मानिसको अनाज्ञाकारिताका निम्ति थिए, त्यसैले उहाँका सरापका शब्दहरू मानिसलाई सिद्ध बनाउनका निम्ति पनि बोलिएका थिए। परमेश्‍वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्‍वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्‍वरका यी वचनहरू मेरा लागि अत्यन्तै हृदय-स्पर्शी छन्। मलाई परमेश्‍वरको न्याय र सजायको काम पूर्ण रूपमा मानवजातिलाई धुन र मुक्ति दिनको लागि नै हो भन्‍ने लाग्छ। मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गरिसकेपछि भोगेको पहिलो परीक्षाको बारेमा मेरो दिमागमा आइहाल्छ, जुन सेवाकर्ताहरूको परीक्षा थियो।

१९९१ को फेब्रवरीको एक दिन, म सधैँ झैँ एउटा भेलामा सहभागी थिएँ तब एक जना ब्रदरले हामीलाई खुशी हुँदै यसो भने, “पवित्र आत्‍माले वचनहरू बोल्‍नुभएको छ!” त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूले पढ्न थाले: “सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। अहा, सर्वशक्तिमान् परमेश्‍वर! ब्रह्माण्डका शिर, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सियोन पर्वतमा उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ, जुन सारा ब्रह्माण्डमा प्रताप र भव्यतामा अल्गिएको छ …” “तपाईंले विजेताहरूको समूह बनाउनुभएको छ र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। सबै मानिसहरू त्यो पर्वतमा ओइरिएर आउनेछन्। सबै मानिसहरूले त्यो सिंहासनको सामु घुँडा टेक्नेछन्! तपाईं एकमात्र सत्य परमेश्‍वर हुनुहुन्छ, र तपाईं महिमा र आदर पाउने योग्यका हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अधिकार त्यो सिंहासनलाई होस्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १)। त्यो बेला मैले यसलाई पूर्ण रूपमा नबुझेको भए तापनि जब मैले यो वचन सुनेँ मलाई यो अत्यन्तै विशेष, अत्यन्तै हृदय-स्पर्शी र यो कुनै पनि मानवले बोलेको वचन होइन भन्ने अनुभूति भयो। यी वचनहरू परमेश्‍वरबाट आएका हुन्, ती पवित्र आत्‍माका वाणी हुन् भन्‍ने कुराप्रति म निश्‍चित थिएँ। त्यसपछि, पवित्र आत्‍माका वचनहरूका अध्याय-अध्याय गरी हाम्रो मण्डलीमा सधैँ पठाउन थालियो, विश्‍वासका धेरै सत्यताहरू र बाइबलका रहस्यहरूलाई प्रकट गर्ने वचनहरू, र यी वचनहरूले हाम्रो लागि सत्यताको अभ्यास गर्ने र जीवनमा प्रवेश गर्ने मार्ग पनि खोले। त्यो अवधिमा हामी हरेक दिन नै पवित्र आत्‍माका वचनहरू पढ्न भेला हुन्थ्यौं। यो मेरो लागि अत्यन्तै भरणपोषण र पूर्णता दिने किसिमको थियो। सबै जना आनन्द र खुसीमा डुब्थे र अत्यन्तै आशिषित महसुस गर्थे। हामी सबैले परमेश्‍वरको अघि उठाइ लगिएका प्रथम मानिसहरू मध्येका हौं, परमेश्‍वरले बनाउनुहुने विजेताहरू हामी नै हौँ, हामीले निश्चित रूपमा स्वर्गको राज्यको हिस्सा पाएका छौं, र हामी परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू प्राप्त गर्न योग्य छौं भन्‍ने ठान्थ्यौं। विश्‍वासले भरिएर हामी सबैले परमेश्‍वरको लागि आफूलाई समर्पित गर्थ्यौं। कति जना पवित्र आत्‍माका वचनहरूको प्रतिलिपि हातैले तयार गर्ने काममा लागिपरेका हुन्थे, कतिले तिनलाई भजनमा परिवर्तन गर्न सङ्गीत भरिरहेका हुन्थे। त्यो बेला हाम्रा परिस्‍थितिहरू पनि निकै कठिन नै थिए, किनभने धेरै जना दाजुभाइ-दिदीबहिनीहरू भेलाबाट पक्राउ पर्थे। म डरपोक थिइनँ वा मलाई डर लागेको थिएन, तर मैले आफूलाई परमेश्‍वरको लागि जोसका साथ समर्पित गरिरहें।

म आशिषित् हुने र स्वर्गको राज्यमा प्रवेश गर्ने आशाले भरिएको बेला, परमेश्‍वरले नयाँ वचनहरू बोल्‍नुभयो र हामीलाई सेवाकर्ताहरूको परीक्षामा लैजानुभयो। अक्टोबर महिनाको एक दिन मलाई पवित्र आत्माले बोल्‍नुभएका नयाँ वचनहरू सङ्कलित गर्न २५ माइल टाढाको मण्डली भेलामा पठाउने जानकारी दिइयो। पक्‍कै पनि सुन्दर खबरहरू छन् भन्‍ने मलाई लागेको थियो, त्यसकारण म उत्साहित हुँदै मेरो बाइकमा चढेँ र भेला भएको स्थानसम्‍म गीत गुनगुनाउँदै र उत्साहले फुरुङ्ग हुँदै बाइक चलाएँ। जब म पुगेँ, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरू बेचैन भएर सबैले आफ्नो शिर निहुराएको देख्दा म छक्क परें। एक जना ब्रदरले मलाई भने, “पवित्र आत्माले वचनहरू बोल्‍नुभएको छ। उहाँले हामी सबै सेवाकर्ताहरू हौं भनेर भन्‍नुहुन्छ।” एक जना सिस्टरले गहभरि आँसु झार्दै भनिन्, “हामी सबै सेवाकर्ताहरू हौं। चिनियाँ मानिसहरू सेवा प्रदान गर्नका लागि हुन् र हामीले कुनै पनि आशिष्‌ पाउनेछैनौं।” यो साँचो हो भन्‍ने कुरामा मैले विश्‍वासै गर्न सकिनँ। मैले हतार-हतार पवित्र आत्‍माका वचनहरू पढेँ, र परमेश्‍वरको यो वचन पढेँ: “चीनमा, मेरा ज्येष्ठ पुत्रहरू र मेरा मानिसहरू बाहेक, अरू सबै ठूलो रातो अजिङ्गरका सन्ततिहरू हुन् र तिनलाई हटाइनुपर्छ। तिमीहरू सबैले बुझ्नुपर्छ, चीन आखिर मबाट श्रापित राष्ट्र हो, र त्यहाँ भएका मेरा केही मानिसहरू अरू कोही नभएर मेरो भविष्यको काममा सेवा प्रदान गर्नेहरू हुन्। यसलाई अर्को शब्दमा भन्नुपर्दा, मेरा ज्येष्ठ पुत्रहरूबाहेक, त्यहाँ अरू कोही छैनन्—तिनीहरू सबैको विनाश हुन्छ। म मेरा कार्यहरूमा एकदमै ज्यादती गर्छु भनेर नसोच्—यो मेरो प्रशासनिक आदेश हो। मेरा श्रापहरू भोग्ने मेरो घृणाका पात्रहरू हुन्, र यो कुरालाई मेट्न सकिँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ९५)। यो पढेपछि त म तीनछक्‍क परेँ। पवित्र आत्‍माका वचनहरूमा धेरै पटक सेवाकर्ताहरूको बारेमा उल्‍लेख गरिएको रहेछ, र मैले सधैँ यसको अर्थ अविश्‍वासीहरू हुन् भन्ठान्‍ने गरेको थिएँ। तर यो त हाम्रै बारेमा पो रहेछ। यसमा चिनियाँ मानिसहरू सेवाकर्ताहरू हुन् जो परमेश्‍वरद्वारा श्रापित हुनेछन्, र जब तिनीहरूले आफ्‍नो सेवा पूरा गरेका हुन्छन् तब तिनीहरूलाई अतल कुण्डमा फ्याँकिनेछ भनेर भनिएको रहेछ। मेरो पुरै शरीर लखतरान भयो। म एक सेवाकर्ता हुँ भनेर मैले कहिल्यै पनि कल्‍पना गरेको थिइनँ। के ती सबै वर्षको विश्‍वास व्यर्थ भयो? मलाई स्वर्गको राज्यमा आशिष्‌ नदिइने मात्र होइन, मलाई त अतल कुण्डमा फ्याँकिने रहेछ! मलाई त अतल कुण्डमा फ्याँकिएको छ जस्तै लाग्यो। म अत्यन्तै व्याकुल भएँ, र गुनासाहरू देखा पर्न थाले। मैले प्रभुलाई पछ्याउनको लागि कसरी मेरो अध्ययनलाई त्यागेको थिएँ, संसारका मानिसहरूले कसरी मेरो निन्दा गरेका थिए, मेरा इष्टमित्र र परिवारले कसरी यो कुरालाई बुझ्न सकेनन्, र चिनियाँ कम्युनिस्ट पार्टीको सतावट र म धेरै पटक कसरी पक्राउ पर्नबाट मुस्किलले बाँचेको थिएँ त्यसको बारेमा मैले विचार गर्न थालेँ। तर म कहिल्यै पनि पछि परेको थिइनँ, बरु आफूलाई समर्पित र बलिदानहरू गर्ने कार्यलाई जारी राखेको थिएँ। मैले धेरै कष्ट भोगेको हुनाले म स्वर्गको राज्यमा प्रवेश गर्नेछु र आशिषहरूको आनन्द लिनेछु भन्ने मैले सोचेको थिएँ, तर अब म तुच्छ सेवाकर्ता थिएँ। मैले त यो कुराको शिर-पुच्छर नै पत्ता लगाउन सकिन। म केही समय हरेसको सुस्केरा हाल्दै त्यहीं बसिरहें। अरू दाजुभाइ-दिदीबहिनीहरूले शिर निहुराइरहेका थिए, कतिले आँसु झार्दै आफ्नो अनुहार छोपेर उच्च स्वरमा रुन थाल्थे, र कति दाजुभाइहरू त चिच्याउँदै रोए पनि।

भेलापछि घर फर्किँदै गर्दा मसँग मेरो बाइक चलाउने साम्यर्थ पनि मुस्किलले थियो। म बाटोभरि यसो भन्दै विचार गरिरहेको थिएँ, “म कसरी सेवाकर्ता हुन सक्छु?” मैले यसको बारेमा जति विचार गर्थेँ, त्यति नै ममाथि अन्याए भएको छ भन्ने लाग्थ्यो, र मेरो आँसु झरिरहन्थ्यो। घरमा पुगेपछि मलाई केही पनि गर्न मन लागेन, र म हिंडिरहेको बेला पनि शिर निहुराउँथें, कसैसँग बोल्ने इच्छा हुँदैनथ्यो। सास फेर्न पनि कठिन भइरहेको थियो। मैले आफूलाई सेवाकर्ता भएको तथ्यबाट मुक्त गर्नै सकिन जसले अन्त्यमा कुनै आशिष्‌ नै प्राप्त गर्नेथिएन।

परमेश्‍वरका वचनहरू अध्याय-अध्याय गरी निस्कन्थे, र म हरेक अध्यायलाई उत्कटताको साथ पढ्थें, किनभने मलाई उहाँका वचनहरूमा आशाको सानो टुक्रा छ कि, मेरो परिणाम परिवर्तन हुन्छ कि भन्ने तृष्णा थियो। तर मैले आशा गरेको आशिषको बारेमा मैले केही नदेखेको मात्र होइन, यो सबै कठोर न्याय मात्रै थियो। परमेश्‍वरका केही निश्‍चित वचनहरूमा यसो भनिएको थियो: “सेवा गर्ने र दियाबलसका मानिसहरू आत्मारहित मृतकहरू हुन्, र तिनीहरू सबैलाई उन्मूलन गरिनुपर्छ र शून्यतामा पठाइनुपर्छ। यो मेरो व्यवस्थापन योजनाको रहस्य हो, र मानवजातिले ठम्याउन नसक्ने मेरो व्यवस्थापन योजनाको हिस्‍सा हो; तैपनि, यही बेला, मैले यो सबैका लागि सार्वजनिक गरिदिएको छु। जो मेरा होइनन् ती मेरो विरुद्धमा छन्; जो मेरा हुन् तिनीहरू मेरो अनुकूल छन्। यो एकदमै अपरिवर्तनीय कुरा हो, र यो शैतानप्रतिको मेरो न्याय पछाडिको सिद्धान्त हो। यो सिद्धान्त सर्वविदित हुनुपर्छ ताकि तिनीहरूले मेरो धार्मिकता र निष्पक्षता देख्न सकून्। शैतानबाट आउने जोकोहीको पनि न्याय गरिनेछ, निजलाई जलाइनेछ, र खरानीमा रूपान्तरित गरिनेछ। यो पनि मेरो क्रोध हो, र यसबाट मेरो स्वभाव थप स्पष्ट हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०८)। “आज मेरो सेवा गरेर, तिनीहरू सबै जानुपर्नेछ! मेरो घरमा आलटाल नगर्; तेरो निर्लज्ज भई सित्तैँमा लिने प्रक्रिया बन्द गर्! शैतानका सबै मानिसहरू दियाबलसका पुत्रहरू हुन्, र तिनीहरू अनन्तको लागि विनाश हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०९)। परमेश्‍वरले सेवाकर्ताहरूलाई न्याय गर्नुभएको र श्राप दिनुभएको देखेपछि, मैले सबै आशा गुमाएँ र मलाई साँच्‍चै नै अतल कुण्‍डमा फ्याँकिएको जस्तो अनुभूति भयो। त्यो दुर्गतिको आभासलाई कसरी व्याख्या गर्ने त्यो समेत मलाई थाहा छैन। मैले म कसरी परमेश्‍वरको प्रेममा आनन्द लिँदै उहाँको अङ्गालोमा थिएँ, तर अहिले मलाई परमेश्‍वरले फ्याँक्‍नुभएको, दोषी ठहर्याउनुभएको र श्राप दिनुभएको, अनि अतल कुण्डमा फ्याँक्नुभएको थियो, त्यसको बारेमा विचार गरें। म हैरानीको शोधनमा डुबेँ र अत्यन्तै नकारात्मक बनेँ। मसँग प्रार्थना गर्ने, भजन सुन्ने र परमेश्‍वरका वचनहरू पढ्ने ऊर्जाशक्ति नै थिएन। मलाई त मैले पहिले अर्पण र बलिदान गरेको सबै कुराप्रति समेत पछुतो लाग्‍न थाल्यो। यदि मलाई यस्तो हुन्छ भन्‍ने थाहा भएको भए मैले आफ्नो लागि उम्कने बाटो राख्नेथिएँ, तर अब मसँग केही पनि थिएन। यदि मेरा अविश्‍वासी इष्टमित्र र परिवारका सदस्यहरूले म सेवाकर्ता भएको छु र मेरो हात रित्तो हुनेछ भन्‍ने थाहा पाए भने के तिनीहरूले मलाई अन्त्यसम्मै गिल्ला गर्ने थिएनन् र? मैले कसरी मेरो अनुहार देखाउन सक्थेँ र? मैले के गर्न सक्थेँ? जब मैले त्यसको बारेमा विचार गरें, मलाई अत्यन्तै तिरस्कारको अनुभूति भयो। मेरो विश्‍वासका सारा वर्षहरूका बारेमा विचार गर्दा, मैले निकै कष्ट भोगेको भए तापनि परमेश्‍वरको धेरै अनुग्रह र आशिषहरू प्राप्त गरेको थिएँ। आज मलाई परमेश्‍वरले उहाँका नयाँ वचनहरू सुन्‍ने अवसर दिनुभएको थियो, र मैले धेरै रहस्य र सत्यताहरू सिकेको थिएँ। जेसुकै भए पनि म परमेश्‍वरबाट अलग हुन सक्दिनथिएँ।

जब हामी पीडामा जिइरहेका थियौं, एकपटक हामीले एउटा भेलामा परमेश्‍वरका यी वचनहरू पढ्यौं: “तिमीहरूले तिमीहरूका सारा हृदय र मनले, अनि तिमीहरूको क्षमताले भ्याउने गरी तिमीहरूको सारा शक्ति मलाई अर्पण गर भन्‍ने मात्रै म चाहन्छु। आज होस् या भोली, तिमीहरू मलाई सेवा दिने व्यक्ति भए पनि वा आशिषहरू प्राप्त गर्ने व्यक्ति भए पनि, तिमीहरूले मेरो राज्यको लागि आफ्‍नो सारा शक्ति खर्च गर्नुपर्छ। यो सृष्टि गरिएका सारा मानिसहरूले लिनुपर्ने दायित्व हो, र यसलाई यसरी नै गरिनुपर्छ र कार्यान्वयन गरिनुपर्छ। मेरो राज्यको सुन्दरता सदा नयाँ बनाउनको लागि, र मेरो घरलाई मैत्रीपूर्ण र एकीकृत तुल्याउनको लागि सेवा प्रदान गर्न म सबै कुरालाई परिचालन गर्नेछु। कसैलाई पनि मेरो अवज्ञा गर्ने अनुमति छैन, र त्यसो गर्ने जो-कोहीले न्याय भोग्‍नैपर्छ र श्रापित हुनैपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १००)। त्यो बेला मण्डलीका अगुवाले पनि माथिबाट आएको केही सङ्गति बाँडे। “धेरैजसो मानिसहरू सेवाकर्ता हुनु लाजमर्दो हो भन्ठान्छन्, तर त्यो बिल्कुलै गलत हो। आज हामीले परमेश्‍वरको सेवा गर्न सक्‍नु भनेको उहाँले पूर्वनिर्धारण गर्नुभएको कुरा हो र त्योभन्दा पनि बढी हामीलाई परमेश्‍वरले त्यो काम गर्नको लागि चुन्नु भएको थियो। वास्तवमा सर्वोच्च र सर्वशक्तिमान परमेश्‍वरको सेवा गर्नु भनेको निकै महिमित कुरा हो! हामी सबै शैतानले भ्रष्ट तुल्याएका मानव हौं, र परमेश्‍वरको अघि हामी सबै साना प्राणीहरू मात्र हौँ। परमेश्‍वरको लागि सेवा गर्न को योग्य छ र? सबै मानवजातिको बीचमा, परमेश्‍वरले हामीलाई नै उहाँको सेवा गर्नको निम्ति चुन्‍नुभएको छ। हामीले धेरै कुरा पाएका छौं, र यो परमेश्‍वरले हामीलाई निकै माथि उठाउनुभएको तथ्य हो। यो सबैभन्दा उचित अभिव्यक्ति हो, र यदि हामी यसलाई बुझ्‍न सक्दैनौँ भने हामी अत्यन्तै अहङ्कारी हौँ। साँच्चै भन्नुपर्दा, परमेश्‍वरले हामीलाई—हामी जोसँग मानवताको कमी छ—उहाँको सेवा गर्न दिनुभएको छ; तैपनि उहाँले कति धेरै अपमान सहनुभएको छ भन्‍ने के तपाईंहरूलाई थाहा छ? उहाँले हरेक दिन हामी जस्ता भ्रष्ट मानिसहरूको सामना गर्नुहुन्छ, तैपनि परमेश्‍वरले भोग्नुपरेको अपमानको बारेमा हामीमध्ये कसैले कहिल्यै कुनै विचार गरेका छौं? हामीले सधैँ उहाँको विरुद्धमा विद्रोह गर्‍यौं र उहाँको अवज्ञा गर्‍यौं र हाम्रो आफ्नै धारणा र अल्पना अनुसार उहाँको आलोचना गर्‍यौं, र हामीले उहाँको हृदय तोडेका छौं। परमेश्‍वरले कति धेरै वेदना सहनुभएको छ? सत्य कुरा भनिनुपर्छ, हामी भ्रष्ट स्वभावले भरिएका छौं, र जब हामी उहाँको सेवा गर्छौं, हामी उहाँको मापदण्डहरूबाट चुक्छौँ। यस्तो व्यवहार गरेपछि हामी परमेश्‍वरको सेवा गर्न समेत योग्य हुँदैनौँ। हामी कसरी उहाँका मानिसहरू हुन योग्य हुन सक्छौं?” यो सुनेपछि यसले मलाई बिउँझायो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सर्वोच्च हुनुहुन्छ। म नीच र सानो छु, त्यसकारण उहाँको लागि सेवा गर्न पाउनु परमेश्‍वरले गर्नुभएको उत्थान र दया हो। तर मलाई मेरो आफ्‍नै पहिचान वा हैसियतको बारेमा थाहा थिएन, किनभने मैले सेवाकर्ता हुनु भनेको नीच कुरा हो भन्‍ने विश्‍वास गरेको थिएँ, र परमेश्‍वरको लागि त्यसो गर्न अनिच्छुक थिएँ। म अत्यन्तै अहङ्कारी र अव्यावहारिक थिएँ। अहिले यसको बारेमा विचार गर्दा, मैले बलिदानहरू गर्दै र आफूलाई समर्पित गर्दै तनमनले खोजी गरेको भए तापनि, यो सबै आशिष्‌हरू प्राप्त गर्नको लागि, स्वर्गको राज्यका आशिष्‌हरूमा रमाउने लोभका लागि नै थिए। जब मैले मानिसलाई दिइएका परमेश्‍वरका प्रतिज्ञा र आशिषहरूका वचनहरू पढ्थें, म अत्यन्तै उत्प्रेरित हुन्थेँ, र चिनियाँ कम्युनिस्ट पार्टीको सतावटको बीचमा पनि म अघि बढिरहेँ। तर जब मैले हामी अतल कुण्‍डमा फ्याँकिने सेवाकर्ताहरू हौं भन्‍ने परमेश्‍वरका वचनहरू पढेँ, मैले परमेश्‍वरसँग गुनासो गर्न र उहाँलाई दोष दिन थालेँ, र परमेश्‍वरलाई धोका दिने र त्याग्ने विचार समेत समेत गरेँ। म कसरी कुनै पनि प्रकारको साँचो विश्‍वासी थिएँ र? मैले जे दिएँ, मैले जे बलिदान र समर्पित गरें, ती सबै मेरा मनसाय र अशुद्धताहरूले कलुषित थिए। यो आशिष्‌हरू प्राप्त गर्नका लागि थियो, र यो परमेश्‍वरलाई ठग्ने र उहाँसँग सम्झौता गर्ने प्रयास थियो। म अत्यन्तै स्वार्थी र घृणित थिएँ। मैले परमेश्‍वरको धेरै अनुग्रह र आशिष्‌हहरूको आनन्द लिएको थिएँ, उहाँका वचनहरूका पोषण र मलजल प्राप्त गरेको थिएँ, तर यसमा मेरो लागि आशिष्‌हरू छैनन् भन्‍ने देख्‍ने बित्तिकै मैले उहाँलाई धोका दिन चाहेँ। ममा कुनै पनि विवेक वा तर्कशक्तिको कमी थियो। यो विचारले मलाई ग्‍लानि र आत्मतिरस्कारले भर्‍यो। म ठूलो रातो अजिङ्गरको सन्तान थिएँ। म शैतानको स्वामित्वमा थिएँ र म परमेश्‍वरको घरको व्यक्ति थिइन, र मेरो विश्‍वास समेत आशिषित हुने इच्‍छाद्वारा उत्प्रेरित थियो। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ, र उहाँको स्वभावले कुनै पनि उल्‍लङ्घन सहँदैन। परमेश्‍वरप्रतिको मेरो व्यवहार र आचरणको आधारमा त म सेवाकर्ता हुन समेत योग्यको थिइनँ। मलाई त परमेश्‍वरले धेरै पहिले नै श्रापित गरेर नरकमा पठाइसक्‍नु पर्नेथियो। परमेश्‍वरले मलाई दण्ड दिइरहनुभएको थिएन, बरू हरेक सासमा जिउन दिइरहनुभएको थियो, ताकि मैले उहाँका वाणीहरू सुन्‍ने मौका पाउन सकूँ, जीवनप्रतिको उहाँको भरणपोषणलाई स्वीकार गर्न, सर्वोच्च परमेश्‍वरको लागि सेवा गर्न सकूँ। यो त असाधारण उत्थान थियो, र मैले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। मसँग गुनासो गर्ने के अधिकार छ र? मैले परमेश्‍वरको लागि राम्ररी सेवा गर्नुपर्छ भन्‍ने मलाई थाहा भयो!

नोभेम्बरको अन्त्यतिर हामीले परमेश्‍वरका थप नयाँ वचनहरू प्राप्त गर्‍यौं। परमेश्‍वर भन्नुहुन्छ, “म सियोनमा फर्केपछि, पृथ्वीमा भएकाहरूले मलाई विगतमा जस्तै प्रशंसा गरी रहनेछन्। मेरो सेवा गर्न ती वफादार सेवाकर्ताहरू सधैँ झैँ पर्खिनेछन्, तर तिनीहरूको कामको पनि अन्त्य आउनु पर्ने हुन्छ। तिनीहरूले गर्नसक्ने सबैभन्दा राम्रो कुरा भनेको पृथ्वीमा मेरो उपस्थितिको परिस्थितिको बारेमा चिन्तन गर्नु हो। त्यो समयमा, म विपत्ति भोग्नेहरूमाथि विपत्ति ल्याउन सुरु गर्नेछु; तैपनि सबैले म धर्मी परमेश्‍वर हुँ भनेर विश्‍वास गर्छन्। म ती वफादार सेवाकर्ताहरूलाई निश्चय नै सजाय दिनेछैन, तर मेरो अनुग्रह मात्रै प्राप्‍त गर्न दिनेछु। किनकी म स्वयम् धार्मिकता र निष्ठाको परमेश्‍वर स्‍वयम्‌ हुँ भन्ने कुरा प्रदर्शन गर्दै, म दुष्कर्मीहरूलाई सजाय दिनेछु, र असल कार्य गर्नेहरूले मैले दिने भौतिक आनन्द प्राप्‍त गर्नेछन् भनेर मैले भनेको छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२०)। मैले परमेश्‍वरले हामीलाई त्याग्‍नुभएको छैन, र हामी ठूलो रातो अजिङ्गरका सन्तान भएकै कारण उहाँले हामीलाई दण्ड दिइरहनुभएको छैन भन्‍ने देखेँ। परमेश्‍वरले हामीलाई अझै पनि पृथ्वीमा उहाँको निम्ति सेवाकर्ता हुन र उहाँको प्रशंसा गर्न अनुमति दिइरहनुभएको छ भन्‍ने देखेँ। यसले मलाई न्यानो आभास गरायो र म अत्यन्तै ऊर्जाले भरिएँ। मैले परमेश्‍वरको लागि सेवा गर्न सक्‍नु भनेको उहाँद्वारा उचालिनु हो भन्‍ने देखेँ र यो एउटा आशिष् थियो। त्यो समय अवधिमा, हामीले हरेक भेलामा “परमेश्‍वरको सेवा गर्नु हाम्रो सौभाग्य हो” भन्ने भजन गाउथ्यौँ: “… परमेश्‍वरका वचनहरूको प्रकाश र न्यायद्वारा मात्रै हामीले आफू भ्रष्ट छौँ, आशिषित् हुने अभिप्राय, इच्‍छाले भरिएका छौँ भन्‍ने थाहा पाउँछौँ। हामी परमेश्‍वरसामु जिउन कसरी योग्यका छौँ र? हामी स्वर्गीय राज्यमा प्रवेश गर्न; परमेश्‍वरको सेवा गर्न अयोग्य छौं भन्‍ने कुरा नै उहाँले हामीलाई गर्नुभएको उत्थान हो। अहो! परमेश्‍वरको अनुग्रहद्वारा हामी सेवा गर्छौं, र सेवा गर्नु हाम्रो सौभाग्य हो। चाहे सौभाग्य होस् वा विपत्ति, म अन्तिमसम्‍म सेवा मात्रै गर्न चाहन्छु। आज, आफूलाई अयोग्य लागे पनि हामी उहाँको सेवा गर्छौँ। हाम्रो परिणाम जे-जस्तो भए पनि, हामी परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने छौँ। हामीलाई शुद्ध पार्न अनि हाम्रो तर्क र विवेकलाई सच्याउन परमेश्‍वरले आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ। अहो, हामी परमेश्‍वरको लागि कठिन परिश्रम गर्न, उहाँका योजनाहरू र बन्दोबस्तहरूमा समर्पित हुन, हाम्रो सारा जीवनभरि सारा हृदयले सेवा गर्न, सधैँ उहाँको धार्मिकताको प्रशंसा गर्न, इच्छुक छौँ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)

हामी परमेश्‍वरको लागि सेवा गर्न इच्‍छुक भएपछि, सर्वशक्तिमान् परमेश्‍वरले नयाँ वचनहरू बोल्‍नुभयो। फेब्रवरी २०, १९९२ को कुरा हो। उहाँले हामीलाई उत्थान गरेर राज्यका मानिसहरू बनाउनुभयो र सेवाकर्ताहरूको परीक्षालाई समाप्त गर्नुभयो। परमेश्‍वरका वचनहरूले भन्छ, “अहिलेको परिस्थिति पहिलेको जस्तो छैन, र मेरो काम एउटा नयाँ सुरुआतको बिन्दुमा प्रवेश गरेको छ। त्यसो भएको हुनाले, पहुँचको शैली पनि नयाँ नै हुनेछ: जस-जसले मेरो वचन देख्छन् र यसलाई तिनीहरूका आफ्नै जीवनको रूपमा स्वीकार गर्छन् तिनीहरू मेरो राज्यका मानिसहरू हुन्, र मेरो राज्यमा भएकाले तिनीहरू मेरो राज्यका मानिसहरू हुन्। तिनीहरूले मेरा वचनहरूको मार्गदर्शनलाई स्वीकार गर्ने हुनाले, तिनीहरूलाई मेरा मानिसहरू भनी सम्बोधन गरिए पनि, तर यो उपाधि मेरा ‘छोराहरू’ कहलिनुभन्दा कम महत्त्वको होइन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। परमेश्‍वरले सेवाकर्ताहरूलाई राज्यको युगका उहाँका मानिसहरूमा परिवर्तन गर्नुभएको देखेर, मैले पछुतो र आत्मतिरस्कार मिसिएको खुशी अनुभव गरेँ। म सेवाकर्ताहरूको परीक्षामा नकरात्मक, कमजोर र आशाहीन भएकोमा, र परमेश्‍वरसँग गुनासो गरेको, उहाँलाई गलत रूपमा बुझेको र दोष समेत दिएकोमा मलाई पछुतो भयो। म उहाँको सेवाकर्ता हुन अनिच्‍छुक थिएँ। ममा परमेश्‍वरप्रतिको भक्ति र आज्ञापालनको पूर्ण कमी थियो। यसले मलाई अत्यन्तै ग्‍लानि र परमेश्‍वरप्रति ऋणी भएको अनुभूति गरायो। म खुशी थिएँ किनभने ठूलो रातो अजिङ्गरको सन्तान यति विद्रोही र भ्रष्ट भए पनि, हामीले परीक्षाको अवधिमा हरेस नखाएकै कारण, उहाँले हामीलाई उत्थान गरेर उहाँको राज्यका, उहाँको घरका सदस्यहरू बनाउनुभयो। मैले हामीप्रतिको परमेश्‍वरको महान् प्रेमको अनुभूति गर्न सकेँ, र परमेश्‍वरप्रतिको कृतज्ञता र प्रशंसाले मेरो हृदय भरियो।

सेवाकर्ताको परीक्षा पार गरेपछि, मैले परमेश्‍वरको काममा रहेको अपार बुद्धिलाई देखेँ। उहाँले मानिसहरूलाई आफ्‍ना वचनहरूद्वारा न्याय गर्नुहुन्छ, सजाय दिनुहुन्छ, र श्राप समेत दिनुहुन्छ, र ती कठोर भए पनि, तिनले हामीलाई पीडा दिने र व्याकुल तुल्याउने भए पनि, यो सबै हामीलाई शुद्ध पार्न र रूपान्तरण गर्नको लागि हो। मलाई परमेश्‍वरका वचनहरूले शोधन गरेको भए तापनि, मैले उहाँको धर्मी स्वभावलाई देखेको थिएँ। उहाँले हाम्रा मनसाय र अशुद्धताहरूलाई घृणा गर्नुहुन्छ, आशिषको लोभले जागेको विश्‍वासलाई घृणा गर्नुहुन्छ। यो अनुभवपछि विश्‍वास सम्बन्धी मेरो दृष्टिकोण अलिक परिवर्तन भयो। मैले एकोहोरो भएर आशिष्‌हरू र स्वर्गको राज्यको प्रवेशको खोजी गर्न छोडेँ, तर मलाई के लाग्यो भने सृष्टिकर्ताको सेवा गर्ने सेवाकर्ता हुनु भनेको परमेश्‍वरद्वारा उत्थान गरिनु हो, र यो मेरो लागि आशिष् हो। यसले मलाई गौरवान्वित र सम्‍मानित महसुस गरायो!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अब म डरले लुरुक्क पर्दिनँ

मैले सेप्टेम्‍बर २ मा एउटी सिस्टर पक्राउ परेकी सुनेँ। त्यो दिन म अगुवाको घर जाँदै थिएँ, तर घरमा कोही थिएन। अगुवाको घर छेउमा बस्‍ने सिस्टर...

एउटा “असल छवि” को पछाडि के रहन्छ

वेइ चेन, दक्षिण कोरियासन् २०१९ डिसेम्बरमा, म मण्डलीमा सुसमाचार डिकनको रूपमा कार्य गरिरहेको थिएँ। केही समयपछि मैले के पाएँ भने जब अगुवाहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्