आशिष् पाउने चाहना चकनाचुर भएपछि
सु यी, चीनसन् २०११ मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ, र त्यसको दुई वर्ष नबित्दै, बिमारका कारण मेरो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मैले र श्रीमतीले २००७ को शरद् ऋतुमा पालैपिलो परमेश्वरका आखिरी दिनहरूको काम स्विकाऱ्यौँ। परमेश्वरका वचनहरू पढेर सर्वशक्तिमान् परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ, जो मानवजातिलाई विपत्तिबाट बचाउन देह बन्नुभएको छ भन्नेमा पक्का भएँ। सोचेँ, बुढेसकालमा परमेश्वरको मुक्ति स्विकार्ने मौका पाउनु ठूलो आशिष् हो, र जीवनकालमा एकपटक आउने अवसर हो जुन हामीले छुटाउनु हुँदैन। हामी दुवैले सुसमाचार स्विकारेलगत्तै कर्तव्य लियौँ। म सुसमाचार सुनाउथेँ र नयाँ विश्वासीहरूलाई मलजल गर्थेँ, मेरी श्रीमतीले घरमा अतिथि सत्कार गर्थिन्। हाम्रा दिनहरू खुसीसाथ कटिरहेका थिए। केही समयपछि नै, मेरी श्रीमतीको पेटको समस्या, ब्रोनकाइटिस र अन्य केही बिमार आफै ठीक हुँदै गए। परमेश्वरले हामीलाई अनुग्रह र आशिष् दिनुभएको थियो। परमेश्वरप्रति हाम्रो आस्था बढ्यो र सुसमाचार सुनाउन म झनैँ प्रेरित भएँ। २०१२ मा, सुसमाचार सुनाइरहेको बेला मलाई पक्रेर सामुदायिक प्रहरी चौकीमा लगियो। मलाई छोडेपछि पनि आस्थाका कारण प्रहरीले हामीलाई बेलाबेला दुःख दिइरहन्छन्। हामीले आफ्नो आस्था छोडेनौँ भने हाम्रा छोराछोरी र नातिनातिनाको भविष्य अन्धकार हुनेछ भनेर पनि तिनीहरूले थर्काए। हाम्री बुहारीले चिनियाँ कम्युनिष्ट पार्टीले हाम्रो आस्थाबारे बोलेको झुटपत्याइन्, र चिनियाँ नयाँ वर्षको बेला हामी दुईलाई घरबाट निकालिन्। हाम्रो जाने ठाउँ कतै थिएन, हामीलाईदुःख लाग्यो र कमजोर महसुस भयो। हामीले एकअर्कालाई यसो भन्दै ढाडस दियौँ: “यो परमेश्वरको शोधन हो र हामीले यो कठिनाइ सहनुपर्छ। हामीले मन मार्नु हुँदैन। हामी कुनै कुराविना नै जिउन सक्छौँ, तर परमेश्वरविना हाम्रो अस्तित्व छैन।” त्यसपछि, हामी बेवारिसे घरमा बसेर अतिथि सत्कारको कर्तव्य गऱ्यौँ। हामी त्यहाँ ८ वर्ष बस्यौँ, यो जीर्ण हालतमा भए पनि, हामीलाई परमेश्वरमा विश्वास गर्न, उहाँका वचन खान र पिउन कहिल्यै कष्ट भएन, त्यसैले हाम्रो हृदय स्वतन्त्र थियो।
२०२२ को सेम्टेम्बरमा, मेरी श्रीमतीको छाती दुख्ने पुरानो समस्याबल्झिन थाल्यो, र दिनमा धेरैपटक दुख्थ्यो। यो दुखाइ झन्-झन् बारम्बार भइरहेको थियो। भेलामा, उनी प्रार्थना गर्न घुँडा टेक्नसमेत सक्दिनथिइन्। कहिलेकाहीँ मुख धुँदाधुँदै उनको मुटु दुख्न थाल्थ्यो। साह्रो दुख्दा उनी हलचल नगरी त्यहीँ उभिनुपर्थ्यो र दुख्न छोडेपछि मुख धुन्थिन्। दिनप्रतिदिन श्रीमतीको अवस्था खस्कँदै गएको देखेर म खिन्न र चिन्तित थिएँ, तर हामी त विश्वासी हौँ, त्यसैले हामीसँग परमेश्वरको रेखदेख र सुरक्षा छ भन्ने लाग्यो। परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, मरेकालाई जीवन दिन सक्नुहुन्छ र उहाँले गर्न नसक्ने केही छैन। पहिला उनलाई बिमारीले निकै चाप्यो, तर आस्था पाएपछि पूर्णतया निको भएकी थिइन्, त्यसैले, यो सानो स्वास्थ्य समस्या के हो र? मैले यसबारे धेरै सोचिनँ, र उन यसो भन्दै सान्तवना दिएँ: “नडराऊ—हामीसँग परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रो रक्षा गर्नुहुनेछ।” पछि मेरी श्रीमतीलाई झनैपीडा भयो, र औषधि बढाउँदा नि कम भएन। मैले परमेश्वर कसरी व्यावहारिक काम र मानिसलाई रक्षा गर्नुहुन्छ भनेर सोचेँ, तर हामीले व्यावहारिक तरिकाले सहकार्य गर्नुपर्छ। त्यसपछि मैले श्रीमतीलाई अस्पताल दौडाएँ। जाँचबाट उनको कलेजो, मृगौला र फोक्सो सबै खराब देखियो। डाक्टरले उनको जीवन एकदमै खतरामा छ भन्दै तुरुन्तै आईसीयूमा पठाए, र मलाई गम्भीर हालतको सूचनामा हस्ताक्षर गर्न लगाए। गम्भीर हालतको सूचना देखेर म स्तब्ध भएँ र झण्डै ढलेँ। मैले त्यो वास्तविकता स्विकार्नै सकिनँ। मलाई त्यो विश्वासै लागेन। कसरी त्यस्तो भयो? हामी परमेश्वरको सुरक्षा पाएका विश्वासी थियौँ, हामीलाई त्यस्तो नहुनेपर्ने। मैले डाक्टरलाई बिन्तीभाउ गरेँ, मेरी श्रीमतीको रोग जुन दबाइले निको हुन्छ, त्यो प्रयोग गरेर जसरी पनि निको बनाइदिन भनेँ। डाक्टरले कुनै ग्यारेन्टी दिन नसक्ने बताए। उनको कुरा सुनेर मलाई झनै पीडा भयो। सोचेँ, म डाक्टरमा भर पर्नु पर्न सक्दिनथेँ, त्यसैले म परमेश्वरमा भर पर्नेथेँ। मैले वार्डमा फर्केर परमेश्वरलाई प्रार्थनामा पुकारेँ: “हे परमेश्वर! मेरी श्रीमती सिकिस्त छिन् र के गर्ने भन्ने डाक्टरलाई थाहा छैन। म उनलाई तपाईँको हातमा सुम्पन्छ। तपाईँ सर्वशक्तिमान् डाक्टर हुनुहुन्छ, मरेकालाई पनि जीवन दिन सक्नुहुन्छ। तपाईँका लागि केही असम्भव छैन। उनी निको हुन सकिनन् भने पनि म तपाईँलाई दोष दिन्नँ।” मलाई थाहा थियो, परमेश्वर अहिले अलौकिक काम गर्नुहुन्न, तर मैले केही ब्रदर-सिस्टरको अनुभवात्मक गवाहीबारे सोचेँ। तिनीहरू सिकिस्त बिरामी हुन थालेपछि परमेश्वरमा भर परे, र चमत्कारिक ढङ्गमा निको भएका थिए। मैले अझैपनि चमत्कार भएर मेरी श्रीमतीको अवस्था सुध्रिएला भन्ने आशा गरिरहेको थिएँ, तर अचम्म, तेस्रो दिनको बिहान त उनी बोल्न पनि नसक्ने भइन्, उनले आँखै खोल्न सकिनन्। उनको अवस्था सुध्रिनु त होइन, झन्-झन् बिग्रँदै गइरहेको थियो। म अत्यन्त दुःखी भएँ र परमेश्वरलाई बारम्बार मनमनै यसो भन्दै पुकारेँ, “हे परमेश्वर! मेरी श्रीमती ठि भइरहेकी छैनन्। उनी साँचो विश्वासी हुन्, तपाईंलाई १० वर्षदेखि पछ्याइरहेकी छिन्। उनले आफ्नो आस्थाका खातिर कष्ट र दमन भोगेकी छिन्, बिन्ती, चमत्कारद्वारा उनलाई निको बनाइदिनुस्। तपाईं उनलाई निको पार्न सक्नुहुन्छ, र यसले हाम्रो सुसमचारको काम र गवाहीलाई अझ पत्यारिलो बनाउनेछ।” तर चौथो दिन उनको सास बन्द हुँदा म स्तब्ध भएँ। म पूरै निराश भएँ। ममा आफ्नो पीडा व्यक्त गर्ने शब्दै थिएन; म आँसुमा डुबेँ, मैले परमेश्वरलाई दोष नदिई रहन सकिनँ: “परमेश्वर, जे भए नि, मेरी श्रीमती विश्वासी थिइन्। तपाईंलाई पछ्याउन निकै कष्ट र परिश्रम गरिन्, आफू जति नै बिरामी हुँदा पनि तपाईंलाई कहिल्यै दोष दिइनन्। तपाईंले उनलाई किन बचाउनुभएन? अब त उनी रहिनन्, म बेसहारा एक्लो भएको छु। म कसरी जिउनु? हामी सबै यसरी नै मर्छौं, चाहे विश्वासी हौँ या नहौँ, होइन त? म पनि बुढो हुँदै छु, ढिलोचाँडो मेरो दिन आउनेछ। विश्वासीलाई के आशा छ?” त्यसपछि मैले अब नहुने रहेछ भन्ठानेर परमेश्वरका वचनहरू पढ्न पनि चाहिनँ। म एक-दुई शब्दमा मात्र प्रार्थना गर्थेँ—मेरो भन्नु धेरै हुन्थेन। हामीले एकअर्कालाई कति भर गरेका थियौँ, अनि कठिन समयमा हामीले बिताएका मार्मिक क्षणहरू, परमेश्वरका वचन खाएको-पिएको, सँगै सङ्गति गरेको र एकअर्कालाई प्रोत्साहन दिएको सम्झँदैपिच्छे, मेरो आँखा रसाइहाल्थ्यो। मेरो रेखदेख प्रायः मेरी जीवनसङ्गिनीले गर्थिन्, र अब उनी नरहेपछि मेरो रेखदेख गर्ने कोही रहेन। मैले हरतरहको कठिनाइ भोगिरहेको थिएँ, र नितान्त एक्लो महसुस हुन्थ्यो। यस्तो पीडादायी जीवन जीउनुको अर्थ के? म मरेर यसबाट छुटकारा पाउन चाहन्थेँ। त्यो अवधि मेरो जीवन दुःख र कष्टले भरिएको थियो। मलाई भोक र निद्रा लाग्दैनथ्यो। मेरो हृदय ढुङ्गाले थिचेझैँ हुन्थ्यो। मेरो स्वास्थ्य दिनदिनै खस्किरहेको थियो। मेरो रक्तचाप बढ्यो र मुटुको धडकन निकै कम थियो; म अस्पताल भर्ना भएँ। तब मात्र मलाई त्यसरी जिउनु धेरै खतरनाक रहेछ भन्ने महसुस भयो, अनि प्रार्थनामा भनेँ: “हे परमेश्वर! मेरी श्रीमती बितेपछि, मलाई गाह्रो छ र एक्लो छु। ममा अघि बढ्ने शक्ति छैन र मृत्यु कुरेर बसिरहेको छु। मलाई थाहा छ, त्यस्तो सोचाइ तपाईंको इच्छाअनुसार छैन, तर पनि आफूविरुद्ध विद्रोह गर्न सक्दिनँ। बिन्ती, मलाई आस्था दिनुस्, ताकि म दह्रो हुन सकूँ र यो परीक्षामा असफल नहोऊँ।”
एक साँझ म सुत्नै लाग्दा अचानक परमेश्वरका केही वचन दिमागमा फुरे “परमेश्वरप्रतिको तेरो प्रेमको सार के हो? तँ मलाई प्रेम गर्छस् भने, मलाई विश्वासघात गर्नेछैनस्।” यो परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन हो भन्ने मलाई थाहा भो, त्यसैले तुरुन्तै परमेश्वरका वचनमा खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मैले भनेझैँ, मलाई पछ्याउनेहरू धेरै छन् तर मलाई साँचो रूपमा प्रेम गर्नेहरू थोरै छन्। सायद कतिपयले यसो भन्न सक्छन्, ‘यदि मैले तपाईँलाई प्रेम नगरेको भए के मैले यति धेरै मूल्य चुकाएको हुनेथिएँ र? यदि मैले तपाईँलाई प्रेम नगरेको भए के मैले तपाईँलाई यहाँसम्म पछ्याएको हुनेथिएँ र?’ मानौँ, तँसँग धेरैवटा कारण छन्, र तेरो प्रेम धेरै ठूलो छ, तर मप्रतिको तेरो प्रेमको सार कहाँ छ? ‘प्रेम’ भन्ने कुराले एउटा शुद्ध र निस्खोट स्नेहलाई जनाउँछ, जहाँ तैँले आफ्नो हृदयद्वारा प्रेम गर्छस्, महसुस गर्छस्, र ख्याल गर्छस्। प्रेममा सर्तहरू हुँदैनन्, बाधाहरू हुँदैनन्, र दूरी हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छल हुँदैन, र कुनै धूर्त्याइँ हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन, र त्यहाँ कुनै पनि प्रकारको मिसावट हुँदैन। यदि तँसँग प्रेम छ भने, तैँले छल, गुनासो, विश्वासघात, विद्रोह, माग गर्नेछैनस्, वा केही प्राप्त गर्न वा निश्चित मात्रामा केही कुरा प्राप्त गर्न खोज्नेछैनस्। यदि तँसँग प्रेम छ भने, तैँले खुसीसाथ आफूलाई समर्पित गर्नेछस् र खुसीसाथ कष्ट भोग्नेछस्, तँ मसँग मिल्दो हुनेछस्, र तैँले मेरो लागि आफूसँग भएका सबै कुरा त्याग्नेछस्, आफ्नो परिवार, आफ्ना सम्भावनाहरू, आफ्नो यौवन, र आफ्नो विवाहलाई त्याग्नेछस्। नत्रभने, तेरो प्रेम पटक्कै प्रेम हुनेछैन, बरु छल र विश्वासघात हुनेछ! तेरो प्रेम कस्तो प्रकारको प्रेम हो? के यो साँचो प्रेम हो? कि झूटो हो? तैँले कति त्यागेको छस्? तैँले कति अर्पण गरेको छस्? मैले तँबाट कति प्रेम प्राप्त गरेको छु? के तँलाई थाहा छ? तिमीहरूका हृदयहरू दुष्टता, विश्वासघात, र छलले भरिएका छन्—त्यसोभए तिमीहरूको प्रेममा अशुद्धता चाहिँ कति छ? तिमीहरू आफूले मेरा लागि पहिले नै पर्याप्त त्यागिसकेको सोच्छौ; तिमीहरू मप्रति तिमीहरूको प्रेम पहिले नै पर्याप्त छ भन्ने सोच्छौ। तर त्यसोभए तिमीहरूका शब्द र कार्यहरूमा किन सधैँ विद्रोहीपन र छल हुन्छन्? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू मेरो वचनलाई स्वीकार गर्दैनौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि मलाई इन्कार गर्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू ममाथि अविश्वास गर्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू मेरो अस्तित्वलाई स्वीकार गर्न सक्दैनौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ तर मलाई म जो हुँ त्यसअनुसार व्यवहार गर्दैनौ, र हरेक मोडमा मलाई कठिनाइमा पार्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू हरेक मामलामा मलाई मूर्ख बनाउने र मलाई धोका दिने प्रयास गर्छौ। के यो प्रेम हो? तिमीहरू मेरो सेवा गर्छौ, तैपनि तिमीहरू मेरो भय मान्दैनौ। के यो प्रेम हो? तिमीहरू यावत् पक्ष र यावत् कुरामा मेरो विरोध गर्छौ। के यीमध्ये कुनै प्रेम हो? तिमीहरूले धेरै कुरा समर्पित गरेका छौ, यो साँचो हो, तैपनि मैले तिमीहरूसँग माग गर्ने कुरा तिमीहरूले कहिल्यै अभ्यास गरेका छैनौ। के यो प्रेम हुन सक्छ? ध्यानपूर्वक हेर्दा तिमीहरूमा मप्रतिको प्रेमको सङ्केत रत्तिभर छैन भन्ने देखिन्छ। यति धेरै वर्ष काम गरेपछि र मैले यति धेरै वचन आपूर्ति गरेपछि, तिमीहरूले वास्तवमा कति प्राप्त गरेका छौ? के यो ध्यानपूर्वक पछाडि फर्केर हेर्न लायक छैन र? म तिमीहरूलाई चेतावनी दिन्छु: म जसलाई आफूकहाँ बोलाउँछु तिनीहरू कहिल्यै भ्रष्ट नतुल्याइएका हुँदैनन्; बरु, जसले मलाई साँचो रूपमा प्रेम गर्छन् म तिनैलाई चयन गर्छु। त्यसकारण, तिमीहरू आफ्ना शब्द र कार्यहरूमा सतर्क हुनैपर्छ, र तिमीहरूले आफ्ना अभिप्राय र विचारहरू जाँच्नैपर्छ ताकि तिनले सीमा पार नगरून्। आखिरी दिनहरूको समयमा, मेरो सामुन्ने आफ्नो प्रेम अर्पण गर्न तिमीहरू आफ्नो सक्दो प्रयास गर, नत्र मेरो क्रोध तिमीहरूबाट कहिल्यै हट्नेछैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ)। परमेश्वरले हर प्रश्नसँगै मेरो हृदय जाँचिरहनुभएको थियो, म लाजले बोल्न सकिनँ। पढ्दै जाँदा पछुतोले आँसु थाम्न सकिनँ। परमेश्वरले मसँग ती सबै माग गर्नुभयो, तर मैले एउटै पूरा गरिनँ। परमेश्वरप्रतिको मेरो प्रेम साँचो थिएन, झुटो प्रेम थियो, अशुद्ध र लेनदेनको प्रेम। तर अझै पनि आफूमा परमेश्वरप्रति प्रेम छ भन्ठान्थेँ। मैले आफूलाई अलिकति पनि चिनेको थिइनँ। सामान्यतया, म आफूले कठिनाइ भोग्दा वा बिरामी भएको बेला परमेश्वरको रेखदेख र सुरक्षा पाउँदा, वा मुक्ति पाउने र राज्यमा प्रवेश गर्ने आशा छ भन्ने महसुस हुँदा, परमेश्वरलाई धन्यवाद दिन्थेँ र असीमित ऊर्जा पाउँथेँ। आस्था कठिन र कष्टकर हुँदा, जस्तै ठूलो रातो अजिङ्गरले पक्राउ गर्दा, आफ्ना सन्तानले थिचोमिचो र तिरस्कार गर्दा, आफन्त र छिमेकीले खिसीटिउरी र निन्दागर्दा, म ती सबै कठिनाइ सम्हाल्न सक्थेँ। परमेश्वरलाई विश्वासघात गर्नुभन्दा बरु घरबाट भागी भीख मागेर गुजारा गर्नेथेँ, सडकसडक भौँतारिनेथेँ। मलाई लाग्थ्यो, यो नै परमेश्वरप्रति साँचो प्रेम र साँचो समर्पण हो, र अन्त्यमा परमेश्वरको मुक्ति पाउनेछु र अस्तित्वमा रहनेछु। तर वास्तविक घटना हुँदा, र मेरो जीवनसङ्गिनीको मृत्युले चोट पुग्दा, एक्लो हुँदा, वेदनामा छटपटिँदा र भरपर्ने कोही नहुँदा, साथै श्रीमतीसँगै राज्य प्रवेश गर्ने आफ्नो सपना चकनाचूर हुँदा, म पूर्ण रूपमा खुलासा भएँ। मैले मेरी श्रीमतीलाई नबचाएकोमा परमेश्वरलाई दोष मात्र दिइनँ, प्रश्नसमेत गरेँ अनि उहाँको प्रतिरोध गरेर मर्छु भन्ने मनमा आयो। ममा आज्ञाकारिता थिएन। ममा परमेश्वरप्रति रत्तिभर प्रेम थिएन। परमेश्वर मानवजातिलाई मुक्ति दिन दुईपटक देहधारी हुनुभएको छ, सबै प्रकारका कष्ट भोग्नुभएको छ, वर्षौँदेखि हामीलाई मलजल र गोठालो गर्न सत्यता व्यक्त गर्नुभएको छ, हामीले सत्यता बुझ्न सकौँ भनेर ठूलो मूल्य चुकाउनुभएको छ। म जति नै विद्रोही र प्रतिरोधी भए पनि, परमेश्वर मप्रति बारम्बार धीर, सहनशील र कृपालु हुनुभो, मलाई पश्चाताप गर्ने मौका दिनुभो। खतरा र कठिनाइ आउँदा परमेश्वरले हामीलाई धेरैपटक देखभाल गर्नुभो, खतराबाट जोगाउनुभो। म कमजोर र नकारात्मक हुँदा, परमेश्वरका वचनहरूको साथ र भरणपोषण पाएँ, जसले मलाई शक्ति दियो र मेरो आत्मालाई बलियो बनायो। उहाँले मलाई आजसम्म कदम कदममा मार्गदर्शन गर्नुभो। परमेश्वरको प्रेम अत्यन्तै व्यावहारिक, र एकदमै साँचो छ। यसमा कुनै मिलावटी र सर्त छैन। तर परमेश्वरप्रतिको मेरो प्रेम साह्रै अशुद्ध र लेनदेनको थियो। परमेश्वरका वचनले कसरी मेरो हृदयमा सर्वोच्च शासन गर्नुपर्छ भनी म सँधै चिच्याउँथेँ, तर मेरी श्रीमती परलोक भएपछि उनीबारे मात्रै सोचेँ। जीवनसङ्गिनीप्रतिको मेरो प्रेमले परमेश्वरप्रतिको प्रेमलाई उछिन्यो—मेरो हृदयमा उहाँको ठाउँ थिएन। मैले मेरो तथाकथित प्रेम केवल थेगो, धर्मसिद्धान्त रहेछ भन्ने देखेँ। मैले परमेश्वरलाई मूर्ख बनाइरहेको र छल गरिरहेको थिएँ। म परीक्षामा खरो उत्रन सकिनँ—यो पूर्णतः नक्कली थियो! मैले यो बुझेपछि अति विद्रोही भएको र विवेक गुमाएकोमा पछुतो गरेँ। परमेश्वरलाई प्रार्थना गरेर पश्चाताप गरेँ। “हे परमेश्वर! तपाईंका वचन पढेपछि, तपाईंप्रति ऋणी महसुस गरेँ। मैले तपाईंलाई पछ्याएका यतिका वर्षमा तपाईंले मलाई मलजल, गोठालो, भरणपोषण गर्नुभो, र साथ दिनुभो, यति ठूलो मूल्य चुकाउनुभो। मप्रति तपाईँको प्रेम अति सच्चा छ, तर तपाईंप्रतिको मेरो प्रेम केवल नारा, शब्द हो। यो सबै नक्कली थियो; यो छल थियो। म तपाईंसामु आउनयोग्य छैन। म तपाईंलाई अबउप्रान्त चोट पुऱ्याउन चाहन्नँ। भविष्यमा मलाई जेजस्तो कठिनाइ वा परिस्थिति आइपरे पनि, परिस्थिति जति नै कठिन भए पनि, म तपाईंलाई अबउसो दोष दिनेछैनँ। म तपाईंको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन तयार छु।” त्यसपछिका दिनहरूमा मैले आफूलाई शान्त राखेँ, परमेश्वरका वचन खाएँ र पिएँ, भिडियो हेरेँ, भजन सुनेँ, त्यसपछि मलाई पहिलेजस्तो पीडा भएन।
एकदिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, त्यसपछि मात्र मैले श्रीमतीको मृत्यु भुल्न नसक्नुको, परमेश्वरलाई दोष दिनु र गलत बुझ्नुको कारण त पछ्याइप्रति मेरो दृष्टिकोण गलत भएकाले रहेछ भनेर बुझेँ। परमेश्वरका वचनहरू भन्छन्ः “तँ केवल परमेश्वरमा विश्वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, ‘परमेश्वरको अङ्गालोमा’ जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्वरमा विश्वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरू पढेर मेरो आस्था सत्यताको पछ्याइका लागि थिएनन्, बरु आशिष्, लाभ र शान्ति पाउनका लागि थिएछन् भन्ने बुझेँ। म त परमेश्वरसँग सौदाबाजी गर्दैथेँ। श्रीमती र मैले परमेश्वरको नयाँ काम स्विकारेदेखि नै, मलाई हामीमा अस्था छ, परमेश्वरलाई पछ्याएका छौँ र कष्ट भोग्न र उहाँका लागि मूल्य तिर्न सक्छौँ, त्यसैले उहाँले हामीलाई पक्कै शान्ति र स्वास्थ्य दिनुहुनेछ, र उहाँको काम सकिएपछि, हामी सँगै राज्यमा प्रवेश गरी त्यहाँका आशिष् पाउनेछौँ भन्ने लाग्यो। असल गन्तव्य पाउन हामी विश्वासी बन्नेबित्तिकै कर्तव्यमा सक्रिय भयौँ। मैले मेरी श्रीमतीको कतिपय गम्भीर स्वास्थ्य समस्याहरू अचानक निको भएको देखेँ। हामीले परमेश्वरको आशिष् र अनुग्रह पाएका थियौँ। म झन् धेरै उत्प्रेरित भएँ, अनि हामीले ठूलो रातो अजिङ्गरको पक्राउ र परिवारको दमन भोगे पनि, अनि सन्तानले घरबाट निकाले पनि, त्यो जति नै कठिन भए पनि हामी पछि हटेनौँ र परमेश्वरलाई अन्त्यसम्मै पछ्याउने सङ्कल्प गऱ्यौँ। मलाई लाग्थ्यो, यो आफ्नो गवाहीमा दृढ हुनु, परमेश्वरको भक्ति गर्नु हो र अन्त्यमा हामी मुक्ति पाउनेछौँ, र अस्तित्वमा रहनेछौँ। श्रीमती बिरामी हुनु मेरो धारणासँग मेल खाएन, र चमत्कार गरी मेरी श्रीमतीलाई निको बनाउन परमेश्वरसँग माग गरेँ। आफ्नो विगतकाका कष्ट र दमनलाई पूँजीको रूपमा चलाएर परमेश्वरसँग सौदाबाजी गरेँ, सर्त राखेँ। मेरी श्रीमतीको मृत्युले हामी दुई राज्यमा प्रवेश गर्ने र त्यहाँको आशिष् पाउने मेरो सपना चकनाचूर भयो। म तुरुन्तै बद्लिएँ, र मेरी श्रीमतीलाई परमेश्वरले किन रक्षा गर्नुभएन भनेर जान्न खोजेँ। परमेश्वरको प्रतिरोध गरेरै मर्छु भन्नेसमेत मनमा आयो, उहाँको धार्मिकतामा प्रश्न उठाएँ, र आस्था राख्नु व्यर्थ रहेछ भन्ने ठानेँ। विश्वासमा मैले आफूलाई धर्मका आफ्नै मात्र धोक्रो भर्न खोज्नेहरूजस्तै पाएँ। यो सबै आशिष् र शान्ति पाउनलाई मात्र थियो। मैले आशिष् पाउँदा परमेश्वरलाई धन्यवाद दिएँ, स्तुति गरेँ र उहाँको धार्मिकताको सराहना गरेँ। आशिष् नपाउँदा, परमेश्वरलाई दोष दिएँ, उहाँसँग विवाद गरेँ, असन्तुष्टि जनाएँ। मैले आफ्नो आस्थामा केवल परमेश्वरबाट अनुग्रह र आशिष् पाउन चाहेँ, सदैव आफूमा परमेश्वरप्रति प्रेम र समर्पण छ भनेर दाबी गरेँ। के यो उहाँलाई छल र खेलबाड गरेको होइन? मेरो जीवन र मेरा सबै कुरा परमेश्वरको देन थियो। मेरो विवाह पनि उहाँकै बन्दोबस्त थियो। परमेश्वरले मलाई यति धेरै अनुग्रह र आशिष् दिनुभएको थियो, तर पनि म सन्तुष्ट थिइनँ। मैले सोचेअनुसार नहुँदा पूर्ण रूपमा बदलिएँ र गुनासो गरेँ। मेरो विवेक कहाँ थियो? के म मानव त थिएँ? म कुकुरभन्दा खराब थिएँ! कुकरले मालिकको घरको रखवारी गर्न सक्छ, बफादारी देखाउँछ, तर मैले परमेश्वरको विश्वासी र अनुयायी भएर उहाँबाट यति धेरै मलजल र हेरचाह पाएँ, प्रशस्त अनुग्रह प्राप्त गरेँ, तैपनि उहाँको प्रेमको ऋण तिर्न चाहिनँ, उहाँसँग छल र सौदाबाजी गर्नसमेत खोजेँ। ममा मानवता पटक्कै थिएन! मैले त आशिष् पाउन मात्र आस्था राखेको रहेछु, सत्यता प्राप्त गर्न, आफ्नो जीवन स्वभाव बदल्न लागिपर्न, वा सार्थक जीवन जीउन होइन रहेछ भन्ने देखेँ। आस्थाको त्यतिका वर्षपछि पनि ममा अलिकति पनि सत्यता वास्तविकता थिएन। हरेक मोडमा, म परमेश्वरसँग तर्क गर्थेँ, र अत्यधिक चाहनामा डुबेर सर्तहरू राख्थेँ। तैपनि, म राज्यमा प्रवेश गर्ने र त्यहाँ आशिष् पाउने अपेक्षा गर्थेँ। कस्तो कोरा सोचाइ! कस्तो भ्रमपूर्ण सपना! यदि त्यो अवस्थाको खुलासा नभएको भए, मैले अझै आफूलाई चिन्नेथिइनँ, र ममा विवेक र समझको कति कमी रहेछ भन्ने देख्नेथिइनँ। पहिले म वर्षौदेखिको विश्वासी हुँ, हरदिन प्रार्थना गर्छु, परमेश्वरका वचन पढ्छु, सतावट भोग्दा कहिल्यै पछि हट्दिनँ, म कद भएको व्यक्ति हुँ, परमेश्वरप्रति समर्पित छु, त्यसैले समय आएपछि पक्कै मुक्ति पाउनेछु र म राज्यमा प्रवेश गर्नेछु भनी सधैँ सोच्थेँ। तर पछि मैले जानेँ कि मैले मुक्ति पाउन चाहनेहो भने सत्यता अभ्यास गरी सत्यता वास्तविकतामा जिउनु महत्त्वपूर्ण छ। मैले आशिष् प्राप्त गर्ने आफ्नो पछ्याइलाई मैले बद्लिनँ भने, अन्त्यसम्म विश्वास त गर्न सकूँला, तर स्वभाव परिवर्तन नै नभए परमेश्वरले मलाई हटाउनुहुनेछ, नष्ट गर्नुहुनेछ।
मैले पछि ब्रदर-सिस्टरहरूलाई भेट्दा, तिनीहरूले मलाई परमेश्वरका वचनहरूको दुइटा खण्ड पढ्न दिए, जसले मेरो स्थितिलाई हल गरिदिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिको जन्मलाई उसको अघिल्लो जीवनले निर्धारित गरेको हुन्छ भने, उसको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्म यो जीवनमा उसको मिसनको सुरुवात हो भने, उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। प्रत्येक व्यक्तिको जन्मका लागि सृष्टिकर्ताले निश्चित परिस्थितिहरू तय गर्नुभएको हुँदा, पक्कै पनि उहाँले तिनीहरूको मृत्युका लागि पनि निश्चित परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्दमा भन्दा, कोही पनि संयोगले जन्मँदैन, कसैको पनि मृत्यु अचानक आउँदैन, अनि जन्म र मृत्यु दुवै व्यक्तिको अघिल्लो जीवन र वर्तमान जीवनसँग अपरिहार्य रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्मका परिस्थितिहरू कस्ता हुन्छन् र उसको मृत्युका परिस्थितिहरू के हुन् भन्ने कुरा सृष्टिकर्ताले गर्ने पूर्वनियोजनहरूसँग सम्बन्धित हुन्छ; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्मसम्बन्धी विभिन्न व्याख्याहरू रहेका हुनाले, व्यक्तिको मृत्युका पनि विभिन्न विशेष परिस्थिति अवश्य नै हुन्छन्। यसर्थ, मानवजातिका बीचमा फरक-फरक आयु अनि मानिसहरूको मृत्युका फरक-फरक तरिका र समयहरू अस्तित्वमा आए। कतिपय मानिसहरू बलिया र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू बुढेसकालसम्म बाँच्छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अप्राकृतिक कारणले मर्छन्, अरूहरू प्राकृतिक रूपमा मर्छन्। कतिपय घरबाट टाढा हुँदा मर्छन्, अरूहरूले आफ्ना प्रियजन आफ्नै छेउ हुँदा आफ्ना आँखाहरू अन्तिम पटक चिम्लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुबेर मर्छन्, अरू विपत्तिमा परेर मर्छन्। कोही बिहान मर्छन्, कोही राती। … हरेक व्यक्तिले चहकिलो जन्म, शानदार जीवन, अनि गौरवशाली मृत्यु चाहन्छ, तर कसैले पनि आफ्नो नियतिलाई उछिन्न सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्कन सक्दैन। मानव नियति यही हो। मानिसहरूले आफ्नो भविष्यका लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छन्, तर कसैले पनि आफू जन्मने तरिका र संसारबाट बिदा हुने तरिका र समयको योजना बनाउन सक्दैन। सबै मानिसहरूले मृत्युको आगमनबाट बच्न र त्यसलाई प्रतिरोध गर्न सक्दो कोसिस गरे पनि, तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। आफ्नो मृत्यु कहिले वा कसरी हुने हो भन्ने कुरा कसैलाई थाहा हुँदैन, यो कहाँ हुनेछ भन्ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्ट रूपमा, आफ्नो जीवन र मृत्युमाथिको सर्वोच्च शक्ति मानिस आफैसँग छैन, न त प्राकृतिक संसारको कुनै प्राणीसँग नै छ, तर सृष्टिकर्तासँग छ, जोसँग अद्वितीय अख्तियार छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताको नतिजा हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। “यस जीवनमा, सुझबुझ प्राप्त गर्नेदेखि अवसर पाउने, क्षमता हासिल गर्ने, सृष्टिकर्तासँग संवादमा संलग्न हुन आवश्यक सर्त पूरा गर्ने, सृष्टिकर्ताबारे साँचो बुझाइ, ज्ञान र डर हुन पुग्ने, अनि परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग हिँड्नेसम्मका कार्य गर्नका लागि मानिसहरूसँग वास्तवमा धेरै समय हुँदैन। यदि तँ अहिले परमेश्वरले तँलाई चाँडै लैजानुहोस् भन्ने चाहन्छस् भने, तँ आफ्नो यस जीवनका लागि जिम्मेवार भइरहेको छैनस्। आफ्नै जीवनका लागि जिम्मेवार हुन, तैँले आफूलाई सत्यताले सुसज्जित गर्न हतार गर्नुपर्छ, आफूलाई परिस्थितिहरू आइपर्दा झन् बढी आत्मचिन्तन गर्नुपर्छ, अनि आफ्ना कमीकमजोरीलाई तुरुन्तै परिपूर्ति गर्नुपर्छ, सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार कार्य गर्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, परमेश्वरबारे अझ धेरै थाहा पाउन, अनि परमेश्वरका अभिप्रायहरू जान्न र बुझ्न—आफ्नो जीवन व्यर्थमा नजिउन सक्षम हुन पुग्नुपर्छ। तँ सृष्टिकर्ता कहाँ हुनुहुन्छ, सृष्टिकर्ताका अभिप्रायहरू के हुन्, अनि सृष्टिकर्ताका हर्ष, रिस, दुःख र खुसी कस्ता हुन्छन् भनेर जान्न सक्षम हुन्छस्। तैँले यी कुराहरूसम्बन्धी अझ गहिरो ज्ञान प्राप्त गर्न वा ती सबैका बारेमा पूर्ण ज्ञान प्राप्त गर्न सकिनस् भने पनि, तँसँग कम्तीमा परमेश्वरबारे आधारभूत बुझाइ हुनुपर्छ, उहाँलाई कहिल्यै विश्वासघात गर्नु हुँदैन, आधारभूत रूपमा परमेश्वरसँग मिल्नुपर्छ, परमेश्वरप्रति समझ देखाउनुपर्छ, परमेश्वरलाई आधारभूत सान्त्वना दिनुपर्छ, अनि एउटा सृजित प्राणीले गर्नुपर्ने र आधारभूत रूपमा हासिल गर्न सक्ने कुराहरू गर्नुपर्छ। यो वास्तवमै सजिलो कुरा होइन। मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, आफूलाई बिस्तारै चिन्दै जान सक्छन्, र त्यसरी परमेश्वरलाई चिन्न पुग्न सक्छन्। वास्तवमा, यो प्रक्रिया सृष्टिकर्ता र सृजित प्राणीबीचको अन्तरक्रिया हो, र यो मानिसहरूको जीवनभर स्मरणयोग्य हुने प्रक्रिया हुनुपर्छ। यो प्रक्रिया पीडादायी र सहन कठिन नभई, मानिसहरूले वास्तवमै आनन्द लिने खालको हुनुपर्छ। त्यसकारण, मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा बिताएका दिन-रात, वर्ष र महिनाहरूको कदर गर्नुपर्छ। तिनीहरूले यस समयावधिको कदर गर्नुपर्छ, र आफ्नो कर्तव्यलाई झन्झट वा बोझ ठान्नु हुँदैन। तिनीहरूले आफ्नो कर्तव्यको यस चरणको दौरान जीवनको स्वाद लिनुपर्छ र अनुभव गर्नुपर्छ, आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियाको आनन्द लिनुपर्छ, अनि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता बुझ्न, मानव रूपमा जिउन र परमेश्वरको डर मान्ने हृदय राख्न पुग्नुपर्छ। यसरी तेरो समर्पणता झन्-झन् बढ्दै जानेछ, र तेरा दुष्ट कार्यहरू झन्-झन् कम हुँदै जानेछन्। तैँले सत्यता झन्-झन् बुझ्दै गएपछि स्वाभाविक रूपमा मानकअनुरूप हुने गरी आफ्नो कर्तव्य निर्वाह गर्नेछस्, तैँले गर्ने कुराहरू जसले परमेश्वरलाई दुःखी बनाउँछन् वा जसप्रति उहाँलाई वितृष्णा लाग्छ, ती कम-कम हुँदै जानेछन्, अनि तँ परमेश्वरको अघि आउँदा, तेरो हृदयमा शान्ति र आनन्द हुनेछ, र तैँले आफूलाई परमेश्वरले उप्रान्त घृणा गर्नुहुन्न भन्ने महसुस गर्नेछस्। त्यो कति अद्भुत कुरा हो! व्यक्ति यो बिन्दुमा पुगेपछि उप्रान्त मृत्युदेखि डराउनेछैन, ऊ परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सक्षम हुनेछ, र मृत्यु नजिकिँदा समेत, उसको हृदयमा शान्ति हुनेछ। त्यसोभए, अहिले मर्न चाहने ती मानिसहरूलाई के भएको छ त? तिनीहरू केवल उम्कन चाहन्छन् र कष्ट भोग्न चाहँदैनन्। तिनीहरू चाँडै यो जीवन अन्त्य गर्न मात्र चाहन्छन्, ताकि परमेश्वरसमक्ष जान र हाजिर हुन सकून्। तँ परमेश्वरसमक्ष हाजिर हुन चाहन्छस्, तर परमेश्वर अझै तँलाई चाहनुहुन्न। परमेश्वरको बोलावट नै नआई, तँ किन उहाँसमक्ष हाजिर हुने हो? तेरो समय नआई उहाँसमक्ष हाजिर नहू। यो राम्रो होइन। यदि तँ अर्थपूर्ण र मूल्यवान् जीवन जिउँछस् अनि परमेश्वरले तँलाई लैजानुहुन्छ भने, त्यो एकदमै राम्रो कुरा हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनका यी दुई खण्ड पढेपछि, मेरो हृदय निकै प्रफुल्ल भयो। पहिले म सोच्थेँ, मेरी श्रीमती वर्षौँदेखिको विश्वासी थिइन् र मृत्युपर्यन्त परमेश्वरलाई दोष दिइनन्, त्यसैले, परमेश्वरले उनलाई चाँडै मर्न दिन हुँदैनथ्यो; उनलाई जिउन दिनुपर्थ्यो ताकि हामी सँगै राज्यमा प्रवेश गरेर असल गन्तव्य र परिणाम पाउन सक्थ्यौँ। यसैले मैले उनको मृत्यु भुल्न सकिनँ अनि मेरो हृदय परमेश्वरप्रतिको दोष र गलतफमीले भरिएको थियो। मैले परमेश्वरका वचनहरू पढेर आस्था हुँदैमा व्यक्ति नमर्ने ग्यारेन्टी हुँदैन भन्ने बुझेँ। जन्म, बुढ्यौली, बिमार र मृत्युलाई कसैले टार्न नसक्ने कुरा हुन्। मानिसहरू कति उमेरसम्म बाँच्छन् त्यो परमेश्वरले नै निर्धारण गर्नुहुन्छ। मेरी श्रीमतीको जन्म र मृत्यु उनको अघिल्लो र अहिलेको जिवनद्वारा प्रभावित थियो, र परमेश्वरले त्यो सबै उनी जन्मनुभन्दा पहिले नै तय गर्नुभएको थियो। उनी जन्मने समय, उनको जीवनपथ, जीवनको अभिप्रेरित मिसन, उनी बाँच्ने उमेर, मर्ने समय—यी कुनै पनि संयोग थिएनन्। मानिस अक्सर भन्छन्, हाम्रो नियति स्वर्गबाट तय हुन्छ। यो स्वर्गको नियम हो, यसलाई कसैले तोड्न सक्दैन। मेरी श्रीमतीको जीवन आयु सकिँदा, उनको स्वभाविक मृत्यु भयो, र त्यो कसैले बदल्न सक्दैनथ्यो। मेरी श्रीमतीको मृत्यु भएकाले उनले अब मुक्ति पाउन सक्दिनन् भनी म सोच्थेँ। तर अब थाहा भो, कसैको मृत्यु उसको मुक्तिसँग सम्बन्धित हुँदैन। उसको मुक्तिका लागि त उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, परमेश्वरका वचनको वास्तविकतामा जिउँछ कि जिउँदैन भन्ने कुरा महत्त्वपूर्ण हो। परमेश्वरको आज्ञापालन गर्ने, र सत्यता पछ्याउने र प्राप्त गर्नेहरूको आत्माले मृत्युपछि मुक्ति पाउनेछ। अब्राहम, अय्युब र पत्रुसलाई हेर—तिनीहरू सबैका देह बितेर गए, तर तिनीहरूको आत्माले मुत्युपछि मुक्ति पाए, र तिनीहरूले असल परिणाम र गन्तव्य पाए। कतिपय विश्वासीमा साँचो अस्था हुँदैन, तिनीहरू ठ्याक्कै गैरविश्वासीझैँ हुन्छन्। तिनीहरू अहिले जिइरहेका भए पनि, मुक्ति पाउन सक्दैनन्। मेरी श्रीमतीले धेरै वर्ष परमेश्वरमा विश्वास गरिन्, र मैले उनको आस्था साँचो वा झुटो थियो, त्यो थाहा पाउन सकिनँ। परमेश्वरले उनको परिणाम जसरी तय गर्नुभए पनि, उनलाई नरक वा स्वर्ग जहाँ पठाउनुभए पनि, परमेश्वर धर्मी हुनुहुन्छ र कुनै गलत कुरा गर्नुहुनेछैन। म सृजित प्राणीको नाताले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुपर्छ। ममा त्यस प्रकारको समझ हुनुपर्छ। पहिले मलाई स्पष्ट थिएन र म परमेश्वरको नियम र बन्दोबस्तमा समर्पित हुन इच्छुक थिइनँ। मेरी श्रीमतीको मृत्यु हुँदा म मरेर यसबाट छुटकारा पाउन चाहन्थेँ। तर अब मैले मेरी श्रीमतीको मृत्य परमेश्वरद्वारा तय थियो, र उहाँले यसको अनुमति दिनुभयो भनेर बुझेँ। साथै, मर्न चाहनु त परमेश्वरको अवज्ञा गर्नु थियो, यो उहाँप्रति समर्पित हुनु थिएन; यो उहाँविरुद्ध विद्रोह थियो। मेरी श्रीमतीको मृत्युले मलाई पीडा भयो र दुःख लाग्यो, तर यसको पछि परमेश्वरको असल इच्छा थियो। एउटा कुरा, यसले मेरो भ्रष्टता खुलासा गऱ्यो, आशिषका लागि परमेश्वरसँग सौदाबाजी गर्ने मेरो भित्री चाहनालाई हटाउन सक्यो। यसले मलाई परमेश्वरको धर्मी स्वभाव बुझ्न पनि मद्दत गर्यो। त्यो परमेश्वरको प्रेम र मुक्ति थियो। परमेश्वरले मलाई यो वृद्धावस्थामा जिउन दिइरहनुभएको थियो। मैले यो समयको कदर गर्दै परमेश्वरले तय गरेको वातावरणमा लगनशील भई सत्यता पछ्याई आफ्नो भ्रष्ट स्वभाव र परमेश्वरको कामलाई बुझ्नुपर्छ, परमेश्वरप्रति समर्पित भई उहाँको आराधना गर्नुपर्छ, परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँलाई चोट पुर्याउन बन्द गर्नुपर्छ। भविष्यमा परमेश्वरले जे गर्नुभए पनि, जस्तो वातावरण बन्दोबस्त गर्नुभए पनि, मैले उहाँको कुरा सुन्नुपर्छ, आफ्नो जीवन राम्रोसँग जिउनुपर्छ, सुसमाचार सुनाएर परमेश्वरको गवाही दिनुपर्छ, सृजित प्राणीको कर्तव्य निर्वाह गर्न जिउनुपर्छ, अनि परमेश्वरको नियम र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। मैले उहाँको दयालु अभिप्रायलाई हतोत्साहित गर्नु हुँदनथ्यो। मर्ने सोचलाई छोड्नुपर्थ्यो। त्यसैले, मैले परमेश्वरलाई सच्चा रूपमा प्रार्थना गरेँ, “हे परमेश्वर! मलाई अनुग्रह र आशिष् चाहिँदैन। ममा सत्यताको कमी छ, त्यसैले म अरू सत्यताबाहेक अरू केही माग्दिनँ। ममा भ्रष्ट, शैतानी स्वभाव छ र मलाई नियन्त्रणमा राख्न र उदण्ड हुन नदिन तपाईंको न्याय र सजायको खाँचो छ।” यो बुझेर मलाई आफ्नो पूरै शरीर झनै हल्का लाग्यो। मैले राम्रोसँग खान र निदाउन सकेँ। प्रतिकूल परिस्थितिका कारण ब्रदर-सिस्टरहरूसँग भेला हुन सकिनँ, तर पनि नियमित भक्ति गरिरहेँ अनि परमेश्वरका वचन खाएँ र पिएँ। उहाँका वचनहरूले मलाई मलजल र भरणपोषण गरे, अनि मलाई ढुक्क, शान्ति, र स्वतन्त्र महसुस भयो। मेरो स्वास्थ्य पनि बिस्तारै राम्रो हुँदै आयो। मलाई देख्ने गाउँलेहरूले म फूर्तिलो देखिएको, ७० वर्षको मान्छे जस्तो नदेखिएको बताउँथे। मैले हृदयबाट परमेश्वरलाई धन्यवाद दिँए र स्तुति गरेँ!
पछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसबाट मैले आफ्नो भ्रष्टतालाई अझ राम्रोसँग बुझ्न मद्दत पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधी प्रकारको व्यक्तिले आफूलाई चाहे जति धेरै कुराहरू आइपरे पनि परमेश्वरका वचनहरूमा सत्यताको खोजी गरेर तिनलाई सम्बोधन गर्ने प्रयास कहिल्यै गर्दैन, कामकुराहरूलाई परमेश्वरका वचनहरू मार्फत हेर्ने कोसिस गर्नु त परै जाओस्—जुन पूर्ण रूपमा यस कारणले हो कि उनीहरू परमेश्वरका वचनहरूको प्रत्येक पङ्क्ति सत्यता हो भनी विश्वास गर्दैनन्। परमेश्वरको घरले चाहे जसरी सत्यतामा सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरू त्यसलाई ग्रहण गर्दैनन्, र परिणामस्वरूप तिनीहरूले जस्तोसुकै परिस्थितिको सामना गर्दा पनि तिनीहरूमा सही मनोवृत्ति हुँदैन; विशेषगरी, तिनीहरूले परमेश्वर र सत्यतालाई कसरी लिन्छन् भन्ने सन्दर्भमा, ख्रीष्टविरोधीहरू जिद्दी हुँदै आफ्ना धारणाहरू पन्छाउन मान्दैनन्। तिनीहरूले विश्वास गर्ने ईश्वर त चिन्ह र आश्चर्यकर्महरू देखाउने अलौकिक ईश्वर हो। चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्ने जोकोही होस्—चाहे त्यो गुआनयिन बोधिसत्त्व, बुद्ध, वा माजु होस्—तिनीहरू तिनलाई ईश्वर भनी बोलाउँछन्। … ख्रीष्टविरोधीहरूका मनमा, ईश्वरहरूले वेदीको पछाडि लुकेर उनीहरूलाई भेटीहरू चढाइन लगाउनुपर्छ, मानिसहरूले चढाएका खानेकुराहरू खानुपर्छ, उनीहरूले बालेका धूपको धुँवामा सास लिनुपर्छ, उनीहरू समस्यामा पर्दा सहयोगको हात फैलाउनुपर्छ, उनीहरू आफैँ निकै शक्तिशाली भएको देखाएर तिनीहरूले बुझ्न सक्ने दायराभित्रबाटै तिनीहरूलाई तत्काल सहायता प्रदान गर्नुपर्छ, र मानिसले सहायता माग्दा र तिनीहरू आफ्नो बिन्तीमा इमानदार हुँदा तिनीहरूका आवश्यकताहरू पूरा गर्नुपर्छ। ख्रीष्टविरोधीहरूका लागि, यस्तो ईश्वर मात्र साँचो ईश्वर हो। यसबीचमा, आज परमेश्वरले गर्नुहुने सबै कुरालाई ख्रीष्टविरोधीहरूले तिरस्कार गर्छन्। अनि त्यस्तो किन हुन्छ? ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई विचार गर्दा, उनीहरूलाई सृष्टिकर्ताले सृजित प्राणीहरूमाथि गर्नुहुने मलजल, रखवारी र मुक्तिको काम चाहिँदैन, बरु सबै कुरामा समृद्धि र आफ्ना इच्छाहरूको परिपूर्ति चाहिन्छ, यो जीवनमा दण्डित नहुने, र आउँदो संसारमा स्वर्गमा जाने कुरा चाहिन्छ। उनीहरूको दृष्टिकोण र आवश्यकताहरूले तिनीहरूको सत्यताप्रतिको घृणाको सारलाई पुष्टि गर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक))। परमेश्वर सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको खुलासा गर्नुहुन्छ। तिनीहरूले जति नै वर्ष परमेश्वरका वचन खाए र पिएपनि, कुनै कुरालाई परमेश्वरका वचनअनुसार कहिल्यै हेर्दैनन्। तिनीहरू परमेश्वरमा विश्वास गरे पनि सत्यता पछ्याउँदैनन्; चमत्कार मात्र चाहन्छन्। तिनीहरू सधैँ हृदयमा परमेश्वरले तिनीहरूको समस्या समाधान गरेको, तिनीहरूले चाहने कुरा दिएको, यो जीवनमा सबै कुरा तिनीहरूको अनुकूल होस्, र अर्को जीवनमा सधैँभरि जिउन सकूँ भन्ने माग गर्छन्। तिनीहरूको आस्था पूर्ण रूपमा आशिष् पाउनका लागि हुन्छ। आफ्नो आस्थामा पछ्याइबारे मेरो दृष्टिकोण ख्रीष्टविरोधीको जस्तै थियो। मैले परमेश्वरलाई मूर्तिझैँ ठानेर आराधना गरिरहेको थिएँ। प्राय: हामीलाई कठिनाइ आइपर्दा वा स्वास्थ्य समस्या हुँदा, म परमेश्वरलाई प्रार्थना गरेर हाम्रो देखभाल र समस्या समाधान गरिमाग्थेँ। मलाई लाग्थ्यो, परमेश्वरले हामीलाई चाहिएको कुरा दिनुपर्छ, हाम्रो हर माग पूरा गर्नुपर्छ। मेरो मनमा परमेश्वर भनेको यस्तै थियो। आफ्नो माग पूरा गर्न परमेश्वरको शोषण गर्नु भनेको के उहाँलाई धोका दिनु र निन्दा गर्नु थिएन र? अनि यो अनुग्रहको युग होइन, त्यसैले परमेश्वर बिरामी निको पार्ने र भूत धपाउने काम गर्नुहुन्न। आज उहाँको काम न्याय र सजायको हो। यो मानवजातिको भ्रष्ट स्वभाव हटाउने, हामीलाई शैतानको प्रभावबाट जोगाउने काम हो। तर मैले सत्यतालाई प्रेम गरिनँ, वा परमेश्वरको कामको कदर गरिनँ। मैले त केवल परमेश्वरबाट अनुग्रह र आशिष् मागिरहेँ। वास्तवमा, म गैरविश्वासी थिएँ। मैले परमेश्वरलाई वर्षौँदेखि पछ्याएको थिएँ, परमेश्वरका वचनको मलजल, भरणपोषण, उहाँको हेरचाह र सुरक्षा पाइरहेको थिएँ, तर मैले सत्यता पछ्याइनँ वा परमेश्वरको प्रेमको ऋण तिर्ने प्रयास गरिनँ। मैले परमेश्वरसँग अनुचित मागसमेत गरेँ। मेरो त्यस्तो पछ्याइ त परमेश्वरको शत्रु बन्नु थियो, र मैले निश्चय नै परमेश्वरको दण्ड पाएको हुनेथेँ। यो बुझेर म भयभीत भएँ। म त्यो गलत मार्गमा हिँडिरहन चाहन्नथेँ, बरु पाप स्वीकार गरी पश्चाताप गर्न चाहन्थेँ।
पछि, मैले अय्युबको अनुभवबारे पढेर थप कुरा हासिल गरेँ। मैले परीक्षा आइपर्दा कसरी त्यसको सामना गर्ने र पार पाउने भन्ने सिकेँ। मैले परमेश्वरका वचनमा अझ धेरै कुरा पढेँ: “अय्यूबले परमेश्वरसँग सौदा गर्न खोजेनन्, परमेश्वरप्रति कुनै माग राखेनन्, र परमेश्वरबाट केही पनि मागेनन्। तिनले परमेश्वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि सार्वभौमिकता राख्ने परमेश्वरको महान् शक्ति र अख्तियार थियो, र त्यो तिनले आशिष् प्राप्त गरे कि विषमता भोगे भन्ने कुरामा निर्भर थिएन। तिनी विश्वास गर्थे कि चाहे मानिसहरूले परमेश्वरबाट आशिष् पाऊन् वा विषमता, परमेश्वरको महान् शक्ति र अख्तियार परिवर्तन हुनेछैन, यसैले व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्वरको नाउँको प्रशंसा गरिनुपर्छ। मानिस परमेश्वरद्वारा आशिषित् हुनु परमेश्वरको सार्वभौमिकताका कारणले हो, र जब मानिसलाई विषमता आइपर्छ, त्यो पनि परमेश्वरको सार्वभौमिकताकै कारणले हो। परमेश्वरको महान् शक्ति र अख्तियारले मानिसमाथि सार्वभौमिकता राख्छन् र मानिसबारे सबै कुराको प्रबन्ध गर्छन्; मानिसको भाग्यका उतारचढावहरू परमेश्वरको महान् शक्ति र अख्तियारकै प्रकटीकरण हुन्, र तैँले यसलाई जस्तोसुकै दृष्टिकोणबाट हेरे पनि, परमेश्वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्नो जीवनकालमा अनुभव गरेको र थाहा पाएको कुरा यही हो। अय्यूबका सबै विचार र कार्यहरू परमेश्वरका कानमा परे र उहाँसामु आइपुगे, र उहाँले तिनलाई महत्त्व दिनुभयो। परमेश्वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई बहुमूल्य ठान्नुभयो। त्यो हृदयले सधैँ र सबै ठाउँमा परमेश्वरको आज्ञा पर्खन्थ्यो र समय वा स्थानको पर्वाह नगरी आफूलाई आइपरेको हर कुरालाई स्वागत गर्थ्यो। अय्यूबले परमेश्वरसँग कुनै माग राखेनन्। तिनले आफैसँग गरेको माग भनेको परमेश्वरबाट आएका सबै बन्दोबस्तहरूको प्रतीक्षा गर्नु, तिनलाई स्वीकार गर्नु, सामना गर्नु, र तीप्रति समर्पित हुनु थियो; अय्यूबले यो आफ्नो कर्तव्य हो भन्ने विश्वास गरे, र परमेश्वरले पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो। अय्यूबले कहिल्यै पनि परमेश्वरलाई देखेका थिएनन्, न त तिनले उहाँले कुनै वचन बोल्नुभएको, कुनै आदेश जारी गर्नुभएको, कुनै शिक्षा दिनुभएको वा तिनलाई निर्देशन दिनुभएको नै सुनेका थिए। आजका शब्दमा भन्नुपर्दा, परमेश्वरले सत्यताको सम्बन्धमा तिनलाई कुनै अन्तर्दृष्टि, मार्गनिर्देशन वा भरणपोषण प्रदान नगर्नुभएको अवस्थामा पनि, तिनमा परमेश्वरप्रतिको त्यस्तो ज्ञान र मनोवृति हुनु बहुमूल्य कुरा थियो, र तिनले त्यस्तो कुरा प्रकट गर्नु परमेश्वरका लागि पर्याप्त थियो, र तिनको गवाहीलाई परमेश्वरले प्रशंसा र कदर गर्नुभयो। अय्यूबले कहिल्यै परमेश्वरलाई देखेका वा परमेश्वरले आफूलाई व्यक्तिगत तवरमा कुनै शिक्षा दिनुभएको सुनेका थिएनन्, तर परमेश्वरका निम्ति तिनको हृदय र तिनी स्वयम् ती सबै व्यक्तिहरूभन्दा धेरै बहुमूल्य थिए जो परमेश्वरको सामु गहन सिद्धान्तको हिसाबमा मात्र कुरा गर्न सक्थे, जसले केवल बलिदानहरू चढाएका कुराहरूको गफ लाउन र घमन्ड गर्न सक्थे, जोसँग परमेश्वरबारे कहिल्यै पनि साँचो ज्ञान थिएन, र जो कहिल्यै पनि परमेश्वरको भय मान्दैनथे। किनभने अय्यूबको हृदय शुद्ध र परमेश्वरबाट लुकेको थिएन, र तिनको मानवता इमानदार र दयालु थियो, र तिनले न्याय र सकारात्मक कुरालाई प्रेम गर्थे। यस्तो हृदय र मानवता भएको मानिसले मात्र परमेश्वरको मार्ग अनुसरण गर्न सक्थ्यो, र परमेश्वरको भय मान्न र दुष्टताबाट अलग बस्न सक्थ्यो। त्यस्तो व्यक्तिले परमेश्वरको सार्वभौमिकतालाई देख्न सक्थ्यो, उहाँको अख्तियार र शक्तिलाई देख्न सक्थ्यो, र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पण हासिल गर्न सक्थ्यो। केवल त्यस्तो मानिसले मात्र परमेश्वरको नाउँको प्रशंसा गर्न सक्थो। किनकि परमेश्वरले तिनलाई आशिष् दिनुहुन्छ कि तिनीमाथि विपत्ति ल्याउनुहुन्छ भन्ने कुरालाई तिनले हेरेनन्; किनकि सबै कुरा परमेश्वरकै हातले नियन्त्रण गर्छ, र मानिसले चिन्ता गर्नु भनेको मूर्खता, अज्ञानता र समझहीनताको सङ्केत हो, र साथै सबै कुरामा परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्यप्रति शङ्का गर्नु र परमेश्वरसँग नडराउनुको सङ्केत हो भन्ने तिनी जान्दथे। अय्यूबको ज्ञान परमेश्वरले चाहनुभएको जस्तै थियो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचनमा मैले देखेँ, अय्युब सबै कुरा, सबै मामिलालाई परमेश्वर शासन गर्नुहुन्छ भन्ने विश्वास गर्थे। उनले आशिष् पाए पनि वा विपत्ति भोगे पनि, त्यो सबै परमेश्वरबाट आएको थियो। उनको परीक्षा हुँदा, उनको परिवारको सम्पत्ति र सबै छोराछोरी खोसेर लगियो, उनको शरीरभरि खटिरा आयो, तैपनि उनले पटक्कै गुनासो गरेनन्, बरु यसो भन्दै परमेश्वरको नामको स्तुति गरे: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्युबको आस्थामा कुनै लेनदेन वा माग थिएन। उनले परमेश्वरको शक्तिको स्तुति गरे, किनभने उनी परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्थे। परमेश्वर जे गर्नुहुन्छ त्यो राम्रो हुन्छ भन्ने उनी ठान्थे। अय्युबको चरित्र नै इमानदार र दयालु थियो, जसले गर्दा मलाई ग्लानि र लज्जाबोध भयो। अय्युबको तुलनामा ममा धेरै कमी थियो। अय्युबले जे सुनेका थिए त्यसबाट मात्रै परमेश्वरलाई चिनेका थिए; उनले परमेश्वरका वचनको मलजल र भरणपोषण पाएका थिएनन्। तर परीक्षा आइपर्दा, उनले परमेश्वरलाई दोष दिएनन्। उनले आशिष् पाए पनि वा विपत्ति भोगे पनि, उनी यो परमेश्वरबाट आएको भनी स्विकार्न र समर्पित हुन सक्थे। त्यस कुरासँग आफूलाई दाँज्दा त मैले परमेश्वरका धेरै वचन खाएको र पिएको थिएँ, तर परमेश्वरको प्रेमको ऋण तिर्न जानेको थिइनँ। म आफूले परमेश्वरको अनुग्रह र आशिष् पाउँदा उहाँको शक्ति र सार्वभौमिकतामा विश्वास गर्थेँ। मेरी श्रीमती बिरामी भएर बितेपछि मैले परमेश्वरको शक्ति र सार्वभौमिकतामा शङ्का गरेँ। म परमेश्वरप्रति समर्पित भइरहेको थिइनँ। म उहाँसँग विवाद पनि गरिरहेको थिएँ। मेरो हृदयमा परमेश्वरका लागि ठाउँ थिएन, र मैले परमेश्वरको नियम र बन्दोबस्तमा विश्वास गरिनँ। मैले देखेँ, परमेश्वरको अख्तियार र शक्तिप्रतिको मेरो प्रशंसा त मेरो आआशिष् र विपत्तिहरूको मूल्याङ्कनमा आधारित थियो। म निशर्त परमेश्वरको नियम र बन्दोबस्तमा समर्पित हुन सकिनँ। कठिनाइ उत्पन्न हुँदा, मैले परमेश्वरसँग विवाद गरेँ, उहाँको प्रतिरोध गरेँ, गनासो गरेँ। अय्यूबको तुलनामा ममा अलिकति पनि मानवता वा समझ थिएन। यो परमेश्वरले घृणा र तिरस्कार गर्ने कुरा थियो। म अबउप्रान्त उहाँलाई चोट पुर्याउन चाहन्नथेँ। मैले कसम खाएँ, परमेश्वरले पछि जुनै परिस्थिति तय गर्नुभए पनि, चाहे मैले आशिष् पाऊँ वा दुर्भाग्य भोगूँ, म अय्यूबको उदाहरण पछ्याउनेछु र परमेश्वरसँग फेरि कहिल्यै मोलतोल गर्नेछैनँ, उहाँको नियम र बन्दोबस्तप्रति पूर्ण समर्पित हुनेछु। मैले सत्यता प्राप्त नगरे पनि र अन्त्यमा हटाइए पनि, म गुनासो गर्नेछैनँ। केही समयपछि म त्यस्तो खतरनाक स्थितिमा थिइनँ, र म फेरि भेलाहरूमा सहभागी हुन सकेँ। मैले ब्रदर-सिस्टरहरूसँग परमेश्वरका वचनहरू खान र पिउन अनि मण्डली जीवन जिउन सकेँ। मण्डलीले पनि मलाई कर्तव्य दियो। म अहिले एकदमै खुसी छु।
मेरी श्रीमतीको मृत्युले मेरो विद्रोहीपनका धेरै कुरा खोलिदियो। परमेश्वरका वचनहरूको न्याय र प्रकटीकरणले मलाई आफ्नो आस्थामा आशिष् पछ्याउने घृणित कार्य देख्न मद्दत गऱ्यो। मैले त्यो गलत मार्गमा प्रयास लगाउन बन्द गरेँ। साथै मैले के बुझेँ भने, मेरी श्रीमतीको जीवन आयु सकिएर उनको मृत्यु भएको हो। त्यो कुरालाई उचित रूपमा सामना गर्दा मेरो पीडा हराएर गयो। मैले अब गर्नुपर्ने कुरा भनेको लगनशील भई सत्यता पछ्याउनु र स्वभाव परिवर्तन गर्नु हो। मैले आशिष् पाऊँ वा दुर्भाग्य भोगूँ, परमेश्वरका वचनहरू सुन्नुपर्छ अनि उहाँका शासन र बन्दोबस्तमा समर्पित हुनुपर्छ।
सु यी, चीनसन् २०११ मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ, र त्यसको दुई वर्ष नबित्दै, बिमारका कारण मेरो...
झेनछेङ, चीनसन् २००८ मा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई ग्रहण गरेँ। परमेश्वरको वचन पढेर मैले आखिरी दिनहरूमा...
सु एन्ज, चीनमलाई उच्च रक्तचाप छ, जुन हाम्रो परिवारमा वंशाणुगत हो। सन् २०१३ मा, मलाई गम्भीर टाउको दुखाइ पनि सुरु भयो जुन हरेक एक वा दुई...
लु यी, चीनसन् २०२४ को जुलाई महिनाको एक दिन, मसँग सहकार्य गर्ने सिस्टरहरू र म लेखहरूको मूल्याङ्कन गर्दै थियौँ, त्यति नै बेला सिस्टर जेनले...