म भावनामा बहेँ

25 फेब्रुअरी 2023

सन् २०१७ को मेमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि म बिरामीबाट निको भएर परमेश्‍वरको अनुग्रहमा रमाएको देखेपछि, मेरा श्रीमानले पनि परमेश्‍वरको काम स्विकारेर आफ्‍नो कर्तव्य पूरा गर्न थाले। पछि, तिनको ढाड दुख्‍ने गम्‍भीर समस्या बिस्तारै हट्यो र तिनले आफ्‍नो कर्तव्यमा धेरै शक्ति लगाउन सके। मण्डलीले अह्राएको काम गर्न तिनले आफ्‍नो सर्वस्व लगाउँथे, र ब्रदर-सिस्टरहरूलाई प्रायः उत्साहका साथ सहयोग गर्थे। मलाई मेरा श्रीमान खोजी गर्ने साँचो व्यक्ति हुन् भन्‍ने लाग्यो, र हामीले सँगै अन्तिमसम्‍मै विश्‍वास अभ्यास गर्नु, परमेश्‍वरलाई पछ्याउनु र राज्यमा प्रवेश गर्नु कति राम्रो कुरा हुनेछ भनेर म सपना देख्थेँ।

तर परिस्थिति मैले सोचेजस्तो भएन। सन् २०२१ को मार्चमा, ममा जीवन अनुभवको कमी भएकोले मैले व्यावहारिक काम गर्न सकिनँ, र मलाई प्रचारकको पदबाट बर्खास्त गरियो। अचम्‍मको कुरो, मेरो बर्खास्तप्रति मेरा श्रीमानको विचार एकदमै स्पष्ट थियो। तिनले भने: “तिमीले विगत दुई वर्षदेखि आफ्‍नो कर्तव्यमा तनमन लगायौ र म एकलैले घरका कामकुरा सम्हाल्नुपऱ्यो। यति धेरै त्याग गरेर पनि तिमीलाई निकालियो भने, म अवश्य नै विश्‍वासी रहनेछैनँ। म विश्‍वास छोड्छु!” मण्डलीले कसरी मलाई सिद्धान्तअनुसार बर्खास्त गरेको छ, र यसप्रति हाम्रो मनोवृत्ति सही हुनुपर्छ र परमेश्‍वरलाई गलत बुझ्‍नु हुँदैन भनेर व्याख्या गर्दै मैले तिनीलाई सङ्गति दिएँ। बर्खास्त हुनुको अर्थ मैले मुक्ति पाउने मौका गुमाएँ भन्‍ने होइन, र मैले सत्यता खोजेँ भने अझै आशा पाउँछु भनेर पनि तिनलाई भनेँ। तर मैले जे भने पनि, तिनले मेरो कुरा सुनेनन् र बेवास्ता गरे। अर्को महिनासम्‍म तिनी भेलाहरूमा गएनन् वा आफ्‍नो कर्तव्य पूरा गरेनन्। तिनले परमेश्‍वरका वचनहरू पढ्ने वा परमेश्‍वरलाई प्रार्थना गर्नेसमेत गर्दैनथिए। त्यो अवधिमा, तिनीसँग सङ्गति गर्न धेरैपटक अगुवा आइन्, तर तिनले उनको कुरा बेवास्ता गरे। पछि, तिनले परमेश्‍वरको काम लगभग समाप्त हुन लागेको छ, सबै प्रकारका विपत्ति झन्-झन् तीव्र भइरहेका छन्, र यदि हामीले विश्‍वास अभ्यास गर्ने मौकालाई मोल गरेर आफ्‍नो कर्तव्य पूरा गरेनौँ भने, विपत्तिहरू आइसकेपछि हामीले पश्‍चात्ताप गर्न ढिलो भइसकेको हुनेछ भनेर अगुवाले सङ्गति गरेको सुने। त्यसपछि मात्रै तिनी परिवर्तन भए र भेलाहरूमा जान र आफ्‍नो कर्तव्य पूरा गर्न थाले। मलाई निकै ढुक्‍क भयो—तिनी भेलाहरूमा गए, आफ्‍नो कर्तव्य पूरा गरे र सत्यता खोजी गरे भने, तिनको अझै मुक्ति पाउने आशा छ भन्‍ने मैले सोचेँ।

सुरुमा त, तिनमा केही जोस थियो र कर्तव्यमा निकै सक्रिय थिए। त्यो बेला तिनी मलजल डिकन थिए र अरूसँग समयमा नै भेलाहरूमा सहभागी हुन्थे। बेला-बेलामा, मण्डलीलाई सामान्य मामिला सम्हाल्न मदत चाहिँदा, तिनले काममा कठिनाइ भोग्न र त्यागहरू गर्न सक्थे। तर यो त्यति लामो टिकेन: एक-दुई महिनापछि, मेरा श्रीमानको भतिजलाई अचानक दुर्लभ रोग लाग्यो, तर दाजुको घरमा सघाउन जाँदा तिनी आफ्‍नो कर्तव्यबाट उम्के, र धेरै भेलाहरू छुटाए, जसले गर्दा केही समूहका ब्रदर-सिस्टरहरूलाई मलजल गर्ने मान्छे भएन। मैले तिनलाई हामीले आफ्ना कर्तव्यहरूलाई प्राथमिकता दिनुपर्छ र देहका मामिलाहरूमा धेरै समय बिताउनु हुँदैन किनभने यसले हाम्रो कर्तव्यमा असर गर्छ र हाम्रो जीवन प्रवेशमा ढिलाइ गर्छ भनेर सङ्गति दिएँ। ब्रदर-सिस्टरहरूले तिनीसँग सङ्गति गरे, तर तिनी त्यो सुन्दैनथिए। तर एक दिन तिनी लखतरान भएर घर आए अनि सडक छेउ हिँडिरहेको बेला तिनलाई झण्डै कारले हानेर मार्‍यो, र परमेश्‍वरले तिनको रक्षा गर्नुभयो भनेर तिनले मलाई बताए। त्यसपछि, तिनी फेरि भेलाहरूमा जान थाले। तर त्यो केही समयका लागि मात्रै थियो। तिनका दाजुले फेरि सहयोग माग्‍नेबित्तिकै, तिनले भेलाहरूमा जान र आफ्‍नो कर्तव्य पूरा गर्न छोडे। तिनी आफ्‍नो कर्तव्यमा जिम्‍मेवार नभएको र धेरैपटक सङ्गति गरेपछि पनि आफ्‍नो व्यवहार नसुधारेको देखेर, माथिल्ला अगुवाहरूले तिनलाई तिनका समग्र प्रस्तुतिको आधारमा पदबाट बर्खास्त गरे। बर्खास्त भएपछि, तिनी भेलाहरूमा जान छोडेर हरेक दिन दाजुलाई सघाउन गए। ब्रदर-सिस्टरहरूले तिनलाई धेरैपटक सङ्गति दिए, तर मौखिक रूपमा सहमति जनाए पनि, अन्तिममा तिनी भेलाहरूमा जाँदैनथे। तिनलाई यस्तो देख्दा, म साह्रै व्याकुल भएँ। तिनले विश्‍वास अभ्यास गरेनन् भने, तिनी विपत्तिमा पर्नेछन् र दण्डित हुनेछन् भन्‍ने मलाई चिन्ता लाग्यो। मैले तिनलाई किन भेलाहरूमा नगएको भनेर सोधेँ, र अचम्‍मको कुरा, तिनले भने: “हाम्रो परिवारका धेरै सदस्यले परमेश्‍वरमा विश्‍वास गर्छन्, तर परमेश्‍वरले मेरो भतिजलाई यस्तो घातक रोगबाट जोगाउनुभएन…।” त्यसपछि मात्रै मलाई तिनले तिनको भतिजलाई स्वास्थ्य सुरक्षा नदिएकोमा परमेश्‍वरलाई दोष दिएका रहेछन् भन्‍ने झट्ट थाहा भयो। मेरा श्रीमानले विश्‍वासमा यस्तो गलत धारणा राखेको र अनुग्रह प्राप्त गर्न मात्रै चाहेको देखेर, मैले तिनीलाई यसो भन्दै सङ्गति दिएँ: “हामीले आशिष र अनुग्रह पाउन मात्रै परमेश्‍वरमा विश्‍वास गर्ने गर्नु हुँदैन। हामीले सत्यता खोजेर परमेश्‍वरका बन्दोबस्तहरू पालना गर्नुपर्छ।” मैले तिनीसँग निकैपटक सङ्गति गरेँ, तर तिनी सधैँ प्रतिरोध गर्थे र रिसाउँथे। मैले मनमनै सोचेँ: “तिनले सत्यता स्विकार्दैनन् र गैरविश्‍वासीले जस्तो कुरा गर्छन्।” तर त्यसपछि सोचेँ: “सायद तिनी विश्‍वासमा नयाँ भएकोले र सत्यता नबुझेकोले यस्तो भएको होला। मैले तिनलाई सहयोग गर्न अझै बढी प्रयास गर्नुपर्छ।” तर मैले जसरी सङ्गति गरे पनि, तिनले मेरो कुरा सुन्दैसुन्थेनन्। केही दिनपछि, माथिल्‍ल अगुवा सफाइको काम गर्न आए। हामीले गैरविश्‍वासी, ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई चिन्नुपर्थ्यो, तिनीहरूको मूल्याङ्कनहरू सङ्कलन गर्नुपर्थ्यो, र तिनीहरूलाई हटाउनु वा निकाल्‍नुपर्थ्यो। पहिचान गरिएकाहरूमध्ये मेरा श्रीमान एक थिए। तिनको समग्र व्यवहारअनुसार, तिनी आशिष पाउन मात्र परमेश्‍वरमा विश्‍वास गर्ने, अनि आफूले सोचेजस्तो नहुँदा वा परमेश्‍वरको अनुग्रह नपाउँदा परमेश्‍वरविरुद्ध धारणाहरू विकास गर्ने, भेलाहरूमा जान र कर्तव्य पूरा गर्न नमान्‍ने गरेको पाइए। तिनी “रोटी खाएर तृप्त हुन” मात्रै चाहने गैर-विश्‍वासी हुन् भन्‍ने ठहर भयो। म आत्तिन थालेँ: “के यसको अर्थ तिनीहरूले मेरा श्रीमानलाई हटाउँछन् भन्‍ने होइन र? त्यसपछि के तिनले मुक्ति पाउने मौका गुमाउँदैनन् र?” मैले यी तथ्यलाई स्विकार्न सकिनँ र मनमनै तर्क गरेँ: “के तिमीहरूले गल्ती त गरेका छैनौ? तिनी विश्‍वासमा नयाँ छन् र सत्यता बुझ्दैनन्। तिनी पहिले आफ्‍नो कर्तव्य पूरा गर्थे, हाम्रो परिवारमा केही घटना घटेकोले मात्रै तिनी केही समयको लागि कमजोर बनेका हुन्। हामीले तिनलाई साथ र सहयोग दिनुपर्छ। तिनको स्थिति सुध्रिएपछि, तिनी सामान्य रूपमा भेलामा जान थाल्‍नेछन्।” तर परमेश्‍वरको घरकामा सफाइको काम अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने मलाई थाहा थियो। त्यतिबेला म मण्डली अगुवा थिएँ, र त्यसलाई लागू गर्ने कर्तव्य मेरो थियो, त्यसकारण मैले जानकारी प्रदान गर्ने सहमति जनाएँ। तर, मैले अझै पनि तिनलाई सहयोग गर्ने योजना बनाएँ। म तिनलाई परमेश्‍वरका वचनहरू पढ्न र भेलाहरूमा जान आग्रह गर्दै बारम्बर सङ्गति दिन्थेँ, तर तिनी मेरो कुरा पटक्‍कै सुन्थेनन्। कहिलेकाहीँ तिनी मसँग रिसाउँथे र चुप लाग् भनेर भन्थे। कहिलेकाहीँ, यदि म मण्डलीको काममा व्यस्त भएर घरका कामकुरा गर्न भ्याइनँ भने, तिनले मलाई गाली गर्थे र कराउँथे। मलाई तिनीदेखि अत्यन्तै निराश लाग्थ्यो अनि तिनलाई मुक्ति दिने कुनै उपाय छैन जस्तो लाग्यो। मैले तिनलाई सहयोग गर्न जति प्रयास गरे पनि तिनी सुध्रिएनन्।

एक दिन, मैले गैरविश्‍वासीहरूको व्यवहार खुलासा गर्ने परमेश्‍वरको वचनको एउटा खण्ड भेट्टाएँ। त्यसमा यसो भनिएको थियो: “गैरविश्‍वासीका प्रतीकचिन्‍हहरू के-के हुन्? परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास अवसरवादी हुन्छ, मण्डलीबाट लाभ लिने, विपत्तिबाट बच्‍ने, सहयोग र भात खाने स्थिर माध्यम पाउने उपाय हुन्छ। तिनीहरूमध्ये कतिको त सरकारमा सामेल भएर सरकारी नियुक्ति पाउने राजनीतिक आकाङ्क्षासमेत हुन्छ। यस्ता हरेक मानिसहरू गैरविश्‍वासी हुन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यी मनसाय र अभिप्रायहरू लुकेका हुन्छन्, र तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वर हुनुहुन्छ भनेर सतप्रतिशत विश्‍वास गर्दैनन्। उहाँलाई स्वीकार गरे पनि, तिनीहरूले शङ्काको साथ त्यसो गर्छन्, किनभने तिनीहरूको दृष्टिकोण नास्तिक हुन्छ। तिनीहरू भौतिक संसारमा देख्‍न सकिने कुराहरूमा मात्रै विश्‍वास गर्छन्। … यी मानिसहरूले परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास नगर्ने भएकाले नै तिनीहरू साहसका साथ र कुनै सङ्कोच नमानी आफ्‍नै अभिप्राय र उद्देश्यहरू लिएर मण्डलीमा घुसपैठ हुन सक्षम हुन्छन्। तिनीहरू मण्डलीमा आफ्‍ना प्रतिभाहरू व्यक्त गर्न, वा आफ्‍नो सपना पूरा गर्न, वा त्यस्तै अन्य कुरा हासिल गर्न चाहन्छन्—अर्थात्, तिनीहरू मण्डलीमा घुसपैठ गरेर प्रतिष्ठा र हैसियत पाउन, आशिष्‌रू पाउने आफ्‍नो अभिप्राय र इच्‍छा पूरा गर्न, र यसरी भात खाने टिकट पाउन चाहन्छन्। तिनीहरूको व्यवहारका साथै तिनीहरूको प्रकृति र सारबाट तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको तिनीहरूको लक्ष्य, मनसाय, र अभिप्रायहरू अनुचित छन् भन्‍ने देख्‍न सकिन्छ। तिनीहरूमध्ये कसैले पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले मण्डली प्रवेश गर्न पाए नै भने पनि, तिनीहरू मण्डलीले स्वीकार गर्नुपर्ने मानिसहरू होइनन्। यसको अन्तर्निहित अर्थ के हो भने, तिनीहरू मण्डलीमा घुसपैठ हुन त सक्छन्, तर तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्। ‘परमेश्‍वरका चुनिएका मानिसहरू होइनन्’—यो वाक्यांशलाई कसरी अर्थ लगाउने? यसको अर्थ परमेश्‍वरले तिनीहरूलाई पूर्वनिर्धारित गर्नुभएको र चुन्‍नुभएको हुँदैन; उहाँले तिनीहरूलाई उहाँको काम र मुक्तिका प्रापकहरूका रूपमा हेर्नुहुन्‍न; न त उहाँले तिनीहरूलाई उहाँले बचाउनुहुने मानिसहरूका रूपमा पूर्वनिर्धारित नै गर्नुभएको हुन्छ। तिनीहरू मण्डलीमा प्रवेश गरेपछि, हामीले स्वाभाविक रूपमै तिनीहरूलाई हाम्रा दाजुभाइ-दिदीबहिनीहरूका रूपमा लिन सक्दैनौँ, किनभने तिनीहरू साँचो रूपमा सत्यता स्वीकार गर्ने वा परमेश्‍वरको काममा समर्पित हुने मानिसहरू होइनन्। कतिपय मानिसहरूले सोध्न सक्छन्, ‘तिनीहरू साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनीहरू होइनन्, त्यसकारण मण्डलीले किन तिनीहरूलाई बढारेर फाल्ने र निष्कासन गर्ने गर्दैन?’ परमेश्‍वरको इच्‍छा भनेकै उहाँका चुनिएका मानिसहरूले यी मानिसहरूमार्फत असल-खराब चिन्‍ने समझ विकास गर्न सकून्, र यसरी शैतानका युक्तिलाई भित्रैदेखि चिनेर शैतानलाई त्याग्‍न सकून् भन्‍ने हो। परमेश्‍वरका चुनिएका मानिसहरूले समझ विकास गरिसकेपछि, यी गैरविश्‍वासीहरूलाई बढारेर फाल्ने समय हुनेछ। समझशक्ति विकास गर्नुको एउटा उद्देश्य भनेको आफ्‍ना अभिलाषा र इच्‍छाहरू लिएर परमेश्‍वरको घरमा घुसपैठ गर्ने यी गैरविश्‍वासीहरूलाई खुलासा गर्ने र मण्डली सफाइ गर्दै तिनीहरूलाई हटाउनु हो, किनभने तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासी होइनन्, तिनीहरू सत्यता स्विकार्ने र पछ्याउने मानिसहरू हुनु त परको कुरा हो। तिनीहरू मण्डलीमा रहेर कुनै असल कुरा आउँदैन—तर कैयौँ खराबीहरूचाहिँ पक्कै आउँछन्। पहिलो, मण्डलीमा घुसपैठ गरेपछि, तिनीहरूले परमेश्‍वरका वचनहरू खाने-पिउने गर्दैनन् र थोरै सत्यता पनि स्विकार्दैनन्; तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवनप्रवेशमा हानि गर्ने काम मात्रै गर्छन्। दोस्रो, तिनीहरू मण्डलीमा नै रहे भने, तिनीहरूले गैरविश्‍वासीहरूजस्तै बेकाबू हुनेछन्। यसले मण्डलीको काममा बाधा र व्यवधान ल्याउनेछ, र मण्डलीलाई धेरै गुप्त खतराहरूमा पार्नेछ। तेस्रो, तिनीहरू मण्डलीमा रहे भने, तिनीहरूले स्वेच्छाले सेवाकर्ताको रूपमा व्यवहार गर्दैनन्, र तिनीहरूले थोरै सेवा पुर्‍याए पनि, यो आशिष्‌ पाउनका लागि मात्रै हुन्छ। कुनै दिन तिनीहरूले आशिष्‌ पाउन सक्दैनन् भन्‍ने थाहा पाए भने, तिनीहरू क्रोधित बनेर मण्डलीको काममा बाधा र हानि गर्छन्। त्यो हुनुभन्दा पहिले नै तिनीहरूलाई मण्डलीबाट निकालेर फाल्‍नु राम्रो हुन्छ। चौथो, गैरविश्‍वासीहरूले मण्डलीमा गिरोह बनाउने र गुटबन्दी गर्ने पनि सम्‍भावना हुन्छ। तिनीहरूले ख्रीष्टविरोधीहरूलाई अङ्गाल्‍ने र पछ्याउने, अनि मण्डलीको काममा ठूलो खतरा पर्ने गरी मण्डलीभित्रैबाट दुष्ट शक्ति निर्माण गर्ने सम्‍भावना हुन्छ। यी चार वटा कुराहरूलाई ध्यान दिँदै, मण्डलीमा घुसपैठ गर्ने गैरविश्‍वासीहरूलाई पत्ता लगाएर खुलासा गर्नु, र तिनीहरूलाई बढारेर फाल्नु अत्यावश्यक हुन्छ। मण्डलीको कामलाई सामान्य रूपमा अघि बढ्न दिने एउटै उपाय यही हो; र यही नै परमेश्‍वरका चुनिएका मानिसहरूले सामान्य रूपमा परमेश्‍वरका वचनहरू खाने-पिउने र सामान्य मण्डली जीवन जिउने क्रममा, तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्न सकून् भनेर तिनीहरूको रक्षा गर्ने एकमात्र प्रभावकारी तरिका हो। यस्तो किन हो भने मण्डलीमा यी गैरविश्‍वासीहरूको घुसपैठ परमेश्‍वरका चुनिएका मानिसहरूको जीवनप्रवेशको लागि ठूलो बाधा हुन्छ। तिनीहरूलाई पहिचान गर्न नसक्‍ने, अनि तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूकै रूपमा व्यवहार गर्ने मानिसहरू धेरै हुन्छन्। तिनीहरूमा केही वरदान वा सबल पक्षहरू रहेको देखेर कतिपय मानिसहरूले तिनीहरूलाई अगुवा र सेवकहरूका रूपमा सेवा गर्न चुन्छन्। मण्डलीमा झूटा अगुवा र ख्रीष्टविरोधीहरू यसरी नै खडा हुन्छन्। तिनीहरूको सार हेर्दा, तिनीहरूले परमेश्‍वर हुनुहुन्छ, उहाँका वचनहरू सत्यता हुन्, अनि उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन् भनेर देख्‍न सकिन्छ। परमेश्‍वरको नजरमा तिनीहरू अविश्‍वासीहरू हुन्। उहाँले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न, र पवित्र आत्‍माले तिनीहरूमा काम गर्नुहुन्‍न। त्यसकारण, तिनीहरूको सारको आधारमा, तिनीहरू परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू होइनन्, र तिनीहरू अवश्य नै उहाँले पूर्वनिर्धारित गर्नुभएका वा चुन्‍नुभएका मानिसहरू होइनन्। परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिने सम्‍भावना हुँदैन। यस कुरालाई जसरी हेरे पनि, यी मानिसहरू मण्डलीमा रहनु हुँदैन। तिनीहरूलाई तुरुन्तै र सही ढङ्गले पहिचान गरेर, सोहीअनुरूप तह लगाउनुपर्छ। तिनीहरूलाई मण्डलीमा बसेर अरूलाई बाधा दिन दिनु हुँदैन(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनबाट मैले के महसुस गरेँ भने, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास नगर्नु नै गैरविश्‍वासीहरूको सार हो। परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि लुकेको तिनीहरूका अभिप्राय, उद्देश्य र मनसाय सबै अशुद्ध हुन्छन्। तिनीहरू आफ्‍नो व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्न मात्रै मण्डलीमा प्रवेश गर्छन्, परमेश्‍वरमा साँचो विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्दैनन् र सत्यता स्विकार्दैनन्। तिनीहरू आफूलाई फाइदा हुँदा, अलिक उत्साह देखाउँलान्, तर केही प्राप्त नहुँदा वा विपत्ति आइपर्दा, तुरुन्तै परमेश्‍वरलाई धोका दिन्छन्। यी मानिसहरूले मण्डलीमा नकारात्मक असर पार्छन्, तिनीहरू परमेश्‍वरको मुक्तिका पात्र होइनन् र तिनीहरूलाई सफाइ गरेर हटाउनुपर्छ। मैले आफ्‍नो सोचाइलाई शान्त पारेर श्रीमानका व्यवहारहरूबारे मनन गरेँ। सुरुमा, परमेश्‍वरमा विश्‍वास गरेपछि मेरो रोग निको भएको देख्दा, तिनले विश्‍वास अभ्यास गरेर परमेश्‍वरको अनुग्रह र आशिष प्राप्त गर्न सकिने रहेछ भन्ने सोचे, त्यसकारण तिनी विश्‍वासी बने। परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनको ढाड दुख्‍ने पुरानो समस्या निको भयो, त्यसकारण तिनी आफ्‍नो कर्तव्य पूरा गर्न इच्‍छुक भए, ब्रदर-सिस्टरहरूलाई उत्साहका साथ सहयोग गरे। विश्‍वास अभ्यास गर्नुपछाडि मेरा श्रीमानका अभिप्रायहरू सुरुदेखि नै गलत थिए भन्‍ने मैले देखेँ। तिनी आशिष र अनुग्रह मात्रै प्राप्त गर्न चाहन्थे। म बर्खास्त भएपछि, तिनीभन्दा धेरै उत्साहित भए पनि मलाई बर्खास्त गरिएकोले, जति नै खोजी गरे पनि, कहिल्यै आशिषहरू नपाइने रहेछ भन्‍ने तिनलाई लाग्यो, त्यसकारण तिनले उप्रान्त विश्‍वास अभ्यास गर्न चाहनेन्। पछि, विपत्तिहरू आउँदा आशिषहरू पाइँदैन भन्‍ने चिन्ताले मात्रै तिनी भेलाहरूमा जान्थे र आफ्‍नो कर्तव्य पूरा गर्थे। त्यसपछि, तिनले भतिज बिरामी हुँदा, परमेश्‍वरलाई सुरक्षा नदिएको दोष लगाए अनि फेरि भेला हुन र कर्तव्य पूरा गर्न छोडे। अन्तिममा, तिनलाई मलजल डिकनको पदबाट निकालेपछि, तिनले विश्‍वास अभ्यास गर्न पूर्णरूपमा छोडे। त्यसपछि मात्रै मलाई मेरा श्रीमान आशिषहरू प्राप्त गर्न मात्रै मण्डलीमा प्रवेश गरेका गैर-विश्‍वासी रहेछन् भन्ने महसुस भयो। तिनले विगतमा केही असल कार्य गरेका भए पनि, आशिष र लाभ पाउने अभिप्रायले मात्रै ती गरेका थिए। आफूले चाहेको कुरा नपाएपछि, आफ्‍नो रङ बद्ले। विगतमा, तिनले सत्यता नबुझेकोले र केही समय कमजोर भएकोले तिनी भेलामा नगएक र कर्तव्य पूरा नगरेका हुन् भन्ने मलाई सधैँ लाग्थ्यो। तर परमेश्‍वरका वचनहरूको आधारमा तिनलाई बुझ्दा, तिनले सत्यता नबुझेका होइनन्, तर प्रकृतिले नै तिनी सत्यताप्रति दिक्‍क मान्छन् भनेर स्पष्टसित देखेँ। त्यसकारण, मैले तिनीसँग जसरी सङ्गति गरे पनि, तिनले कहिल्यै सत्यता स्विकार्नेथिएन। तिनी साँच्‍चै गैरविश्‍वासी थिए। यो सब बुझेपछि, मैले मेरा श्रीमानको अविश्‍वासी सारबारे केही बुझेँ र तिनलाई मण्डलीले सफाइ गर्नु सही हो भन्‍ने कुरा हृदयदेखि स्विकारेँ।

त्यो बेला, मैले आफ्ना श्रीमानबारे केही बुझे पनि, तिनलाई खुलासा गरेँ र तिनको अविश्‍वासी व्यवहारबारे बताएँ भने मलाई तिनले घृणा गर्नेछन् र ममा हाम्रो विवाहप्रति अलिकति पनि कदर छैन भन्‍नेछन् भन्‍ने चिन्ता लाग्यो। के तिनले मलाई अविश्‍वासी धोकेबाज भन्‍नेछन्? विशेष गरी दिनभरि काम गरेर तिनलाई अति थकित देख्दा मलाई विशेष यस्तो चिन्ता हुन्थ्यो: यदि मेरा श्रीमानलाई निकाल्यो भने, विपत्तिहरू आउँदा तिनले पक्‍कै पनि परमेश्‍वरको सुरक्षा पाउनेछैनन्। यो सोच्दा मलाई निकै नरमाइलो लाग्थ्यो र तिनलाई निकालिनबाट रोक्‍न सक्‍ने कुनै उपाय भए हुन्थ्यो भन्‍ने कामना गरेँ। पछि, तिनले आफ्‍नो फोनमा परमेश्‍वरका वचनहरू पढ्दा रहेछन् भन्‍ने मलाई थाहा भयो, त्यसकारण अगुवाले मलाई तिनका अविश्‍वासी व्यवहारबारे बताउन अनुरोध गर्दा, तिनको प्रतिरक्षा गर्दै तिनी प्रायजसो परमेश्‍वरका वचनहरू पढ्छन्, भनेर भनेँ, र अगुवालाई तिनको फोनबाट प्रमाण देखाएँ। मैले श्रीमानप्रति भावनामा बहेर तिनको रक्षा गरिरहेकी छु भन्‍ने थाहा पाएर, अगुवाले मलाई परमेश्‍वरका वचनहरू पढेर सुनाए: “सारगत रूपमा, भावनाहरू के हुन्? ती एक प्रकारका भ्रष्ट स्वभाव हुन्। भावनाहरूको प्रकटीकरणलाई धेरै वटा शब्‍दमा व्याख्या गर्न सकिन्छ: कृपावाद, अधिक रक्षात्मकता, भौतिक सम्‍बन्धहरूको परिपालन, पक्षपात; भावनाहरू भनेका यिनै हुन्। मानिसहरूले भावनाहरू बोक्‍नु र तिनमा जिउनुका सम्भावित परिणामहरू के-के हुन्? परमेश्‍वरले किन मानिसहरूका भावनाहरूलाई सबभन्दा बढी घृणा गर्नुहुन्छ? कतिपय मानिसहरू सधैँ आफ्‍ना भावनाहरूको नियन्त्रणमा हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्, र चाहेर पनि तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्। त्यसकारण, तिनीहरूले भावनात्मक रूपमा कष्ट भोग्छन्। अनि, धेरै मानिसहरूले सत्यता बुझेर पनि यसलाई अभ्यास गर्न सक्दैनन्। यो पनि तिनीहरू भावनाहरूको नियन्त्रणमा भएकोले गर्दा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको वास्तविकता भनेको के हो?)। “भावनाहरूसँग के-कस्ता समस्याहरू सम्बन्धित हुन्छन्? नम्बर एक, तैँले आफ्नो परिवारलाई कसरी मूल्याङ्कन गर्छस्, तिनीहरूले गर्ने कामहरूप्रति कस्तो प्रतिक्रिया दिन्छस्। ‘तिनीहरूले गर्ने कामहरू’ मा तिनीहरूले मण्डलीको काममा बाधा र रोकावट ल्याउने, पिठिउँपछाडि मानिसहरूको आलोचना गर्ने, अविश्‍वासीहरूले गर्ने कामहरू गर्ने, आदि-इत्यादि कुराहरू पर्छन्। के तँ आफ्नो परिवारले गर्ने कुराहरूप्रति निष्पक्ष हुन सक्छस्? यदि तँलाई लिखित रूपमा आफ्नो परिवारको मूल्याङ्कन गर्न भनियो भने, के तैँले आफ्ना भावनाहरू पन्साएर वस्तुनिष्ठ र निष्पक्ष रूपमा त्यो काम गर्छस्? यो कुरा तैँले आफ्नो परिवारका सदस्यहरूको सामना कसरी गर्नुपर्छ भन्‍ने कुरासँग सम्बन्धित छ। अनि जोसँग तेरो सुमधुर सम्बन्ध छ वा जसले तँलाई पहिले सहयोग गरेका छन्, के तँ ती व्यक्तिहरूप्रति भावुक हुन्छस्? के तँ तिनीहरूका कार्य र व्यवहारको बारेमा वस्तुनिष्ठ, निष्पक्ष, र सटीक हुन्छस्? तिनीहरूले मण्डलीको काममा बाधा र रोकावट ल्याएको थाहा पाइस् भने, के तैँले त्यसबारेमा रिपोर्ट वा खुलासा गर्छस्? यसबाहेक, के तँ आफ्नो नजिकका र तेराजस्तै रुचि भएका मानिसहरूप्रति भावुक हुन्छस्? के तिनीहरूको कार्य र व्यवहारप्रतिको तेरो मूल्याङ्कन, परिभाषा, र प्रतिक्रिया निष्पक्ष र वस्तुनिष्ठ हुन्छ? अनि यदि तँसित भावनात्मक सम्बन्ध भएको कुनै व्यक्तिको विरुद्ध मण्डलीले कारबाही गर्नुपर्छ भनी सिद्धान्तले भन्यो भने, र त्यस्तो कारबाही तेरा आफ्नै धारणाहरूसँग बाझिन्छ भने, तैँले कस्तो प्रतिक्रिया दिन्छस्? के तँ आज्ञापालन गर्छस्? के तँ गोप्य रूपमा तिनीहरूसँग सम्पर्कमा रहिरहनेछस्, के अझै पनि तिनीहरूको छललाई सत्य मानिरहनेछस्, के तँ तिनीहरूद्वारा तिनीहरूकै निम्ति बहाना बनाउन, तिनीहरूलाई उचित ठहराउन र तिनीहरूको बचाउ गर्न प्रेरित हुनेछस्?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरू पढेपछि, अगुवाले यसो भन्दै सङ्गति गरे: “मण्डलीले सबै किसिमका ख्रीष्टविरोधी, दुष्ट मानिस र गैरविश्‍वासीहरूलाई हटाउनुको कारण मण्डलीलाई सफा गर्नु र परमेश्‍वरका चुनिएका जनहरूलाई अझै राम्रो मण्डली जीवन जिउने, कुनै पनि बाधाविना भेला हुने र आफ्‍नो कर्तव्य पूरा गर्ने मौका दिनु हो। मण्डली अगुवाको हैसियतमा, तपाईंले सत्यताका सिद्धान्तहरू पालना गर्नैपर्छ र भावनामा बहेर बोल्नु र काम गर्नु हुँदैन। यदि आज हामीले तपाईंसँग असम्बन्धित कसैलाई सफाइ गरेका भए, के तपाईं तिनीहरूको पक्षमा बहस गर्नुहुन्थ्यो? के तपाईंले तिनीहरूको व्यवहारबारे तुरुन्तै बताउनुहुनेथिएन र? भावनामा बहेर काम गर्नुभयो र बोल्नुभयो भने के तपाईं तटस्थ र निष्पक्ष हुन सक्‍नुहुन्छ? सत्यताप्रति दिक्‍क मान्‍ने र सत्यता इन्कार गर्ने तपाईंका श्रीमानको प्रकृति छ। तिनले आशिषहरू प्राप्त गर्ने माध्यमको रूपमा मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्, वास्तवमा तिनी गैरविश्‍वासी हुन्। हामीले तिनलाई मण्डलीमा रहन नै दियौँ भने पनि, तिनले सत्यता खोज्दैनन् र परमेश्‍वरको मुक्ति पाउँदैनन्। यदि हामीले भावनामा बहेर काम गर्‍यौँ र मण्डलीको काम कायम राख्‍न सिद्धान्तहरू पालना गरेनौँ भने, हामी परमेश्‍वरविरुद्ध खडा भइरहेका हुन्छौँ। यदि त्यो व्यवहारलाई सुधारिएन भने, परमेश्‍वरले हामीलाई घृणा गर्नुहुन्छ र हामीले पवित्र आत्‍माको कार्य गुमाउछौँ। हामीले भावनामा बहेर बोल्‍नु हुँदैन, हामी सत्यताको पक्षमा उभिनैपर्छ र मानिसहरूलाई तटस्थ र निष्पक्ष भई मूल्याङ्कन गर्नैपर्छ। परमेश्‍वर धर्मी हुनुहुन्छ र उहाँको घरमा सत्यताले शासन गर्छ। असल मानिसहरूलाई अन्याय गरिनेछैन र गैरविश्‍वासी र दुष्कर्मीहरूलाई मण्डलीमा रहन अवश्य नै दिइनेछैन।”

अगुवाले मलाई यो सङ्गति दिएपछि, तिनले खुलासा गरेका कुरा तथ्यहरू र मेरो वास्तविक स्थिति हुन् भन्‍ने कुरा मलाई हृदयबाट नै थाहा भयो। यदि मसँग असम्‍बन्धित व्यक्तिबारे बताउन मलाई अनुरोध गरिएको भए, म सबैले बुझून् भनेर अलिकति पनि नहिचकिचाई बताउँथेँ। तर मैले भावनाका कारण, आफ्ना श्रीमान गैरविश्‍वासीको रूपमा खुलासा भएका छन् भन्‍ने कुरा स्पष्‍ट रूपमा जानेर पनि, तिनको प्रतिरक्षा गरेँ र तिनको पक्षमा बहस गर्ने उपायहरू खोजेँ, यसरी अगुवाले तिनलाई छुट दिएर मण्डलीमा रहन दिनेछन् भन्‍ने अपेक्षा गरेँ। के मैले परमेश्‍वरविरुद्ध काम गरिरहेको र मण्डलीको काममा बाधा दिइरहेकी थिइनँ र? मेरा भावनात्मक सम्‍बन्ध अत्यन्तै दह्रिला थिए। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ र भावनामा बहेर व्यवहार गर्नुको मूल कारण बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “यदि कुनै व्यक्ति परमेश्‍वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्‍वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, तेरो मूल्याङ्कनअनुसार ऊ दुष्कर्मी होइन, र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, त्यो व्यक्तिलाई घृणा गर्न तँलाई गाह्रो पर्न सक्छ, तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध नबदलिन सक्छ। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूलाई तिरस्कार गर्नुहुन्छ भन्‍ने सुनेर तँ विचलित हुनेछस्, र तैँले परमेश्‍वरको पक्षमा उभिन र तिनीहरूलाई निर्दयतापूर्वक अस्वीकार गर्न सक्‍नेछैनस्। तँ सधैँ भावनाको बन्धनमा हुन्छस्, र तँ तिनीहरूलाई त्याग्‍न सक्दैनस्। यसको कारण के हो? तैँले भावनालाई अत्यन्तै धेरै महत्त्व दिने हुनाले यस्तो हुन्छ, र यसले तँलाई सत्यताको अभ्यास गर्नबाट रोक्छ। त्यस व्यक्तिले तँसँग राम्रो व्यवहार गर्छ, त्यसकारण तैँले उसलाई घृणा गर्नै सक्दैनस्। उसले तँलाई चोट पुर्‍याएको छ भने मात्रै तैँले उसलाई घृणा गर्न सक्छस्। के त्यो घृणा सत्यताका सिद्धान्तअनुरूप हुन्छ? यसको साथै, तँ परम्‍परागत धारणाहरूको बन्धनमा हुन्छस्, र तिनीहरू तेरा बुबाआमा वा आफन्त हुन्, त्यसकारण तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले गाली गर्नेछ र जनमतले तेरो निन्दा गर्नेछ र तँलाई छोराछोरी हुनलायक नभएको, विवेक नभएको, र मानवसमेत बन्‍न नसकेको भनी दोष लाग्‍नेछ भन्‍ने सोच्छस्। तँलाई आफू ईश्‍वरद्वारा दोषी ठहरिएर दण्डित हुनेछु भन्‍ने लाग्छ। तैँले तिनीहरूलाई घृणा गर्न चाहिस् नै भने पनि तेरो विवेकले तँलाई त्यसो गर्न दिँदैन। किन तेरो विवेकले यसरी काम गर्छ? यो तेरो परिवारले तँलाई बच्‍चादेखि नै प्रदान गरेको, तेरा आमाबुबाले तँलाई सिकाएको र सामाजिक संस्कृतिले तेरो दिमागमा घुसाएको सोच्ने शैली हो। यसले तेरो हृदयमा निकै गहिरो जड बसालेको हुन्छ, जसले गर्दा तँ पितृभक्ति स्वर्गले आदेश गरेको र पृथ्वीले स्विकारेको कुरा हो, यो आफ्‍ना पितापुर्खाबाट आएको कुरा हो र यस्तो कुरा सधैँ असल हुन्छ भन्‍ने गलत विश्‍वास गर्छस्। तैँले सुरुमा यही कुरा सिकेको थिइस् र यही नै तँमा हावी रहन्छ, जसले तेरो विश्‍वासमा र सत्यता स्वीकार गर्ने कार्यमा ठूलो बाधा र रोकावट पैदा गर्छ, र तँ परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न, अनि परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ हुन्छस्। … शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न नसक्‍ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्‍वरका वचनहरू स्विकार्न नसक्‍ने तुल्याइएको छ। तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र खैलाबैला मच्चाउँछन्, अनि तँलाई सत्यता र परमेश्‍वरको मापदण्डको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्‍ने बनाउँछन्। केही समयसम्‍म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्ने निर्णय गर्छस्: तैँले नैतिकताका परम्‍परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्‍वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउनेबारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, यी मानिसहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्‍ने सोचिरहेको हुन्छस्। समाजको दोषारोपण सहन नसकेर, तँ सत्यता र परमेश्‍वरका वचनहरू त्याग्‍न रुचाउँछस्, र यसरी परमेश्‍वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँदै, तैँले आफैलाई नैतिकताका परम्‍परागत धारणाहरू र शैतानको प्रभावमा होमिदिन्छस्। के मानिस दयनीय छैन र? के तिनीहरूलाई परमेश्‍वरको मुक्तिको खाँचो छैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरू मनन गरेपछि मैले के महसुस गरेँ भने मैले आफ्ना श्रीमानप्रति भावुक भएर तिनलाई सहारा दिनु र रक्षा गर्नुको कारण त म परम्‍परागत धारणाहरूको बन्धनमा परेकोले गर्दा पो रहेछ। मैले “विवाह गहिरो र गम्‍भीर बन्धन हो” र “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” जस्ता विचारहरू अपनाउँथेँ। मलाई भावनात्मक सम्‍बन्ध र बफादारीविनाका मानिसहरूमा विवेकको कमी हुन्छ भन्‍ने लाग्थ्यो। यी शैतानी विचारहरूद्वारा ब्रेनवास गरिएको हुनाले, मैले मण्डलीले अनुरोध गर्दा मेरा श्रीमानको अविश्‍वासी व्यवहारबारे बताएँ भने हाम्रो वैवाहिक सम्‍बन्धलाई धोका दिइरहेकी हुन्छु भन्‍ने सोचेँ। मैले आफ्नो विवेकविपरीत काम गर्नु हुँदैनथ्यो, तिनकी श्रीमती भएर, म तिनीप्रति बफादार हुनुपर्छ, तिनको रक्षा गर्नुपर्छ र तिनको पक्षमा बोल्‍नुपर्छ भन्‍ने मलाई लाग्थ्यो। त्यसकारण, अगुवासामु मैले तिनको प्रतिरक्षा गर्ने प्रयास गरेँ। म यी परम्‍परागत धारणा र शैतानी विषहरूको बलियो बन्धनमा परेकी थिएँ। यो परम्‍परागत संस्कृति र शैतानी जीवन दर्शनले मेरो सोचाइलाई नियन्त्रण गरेको थियो, मेरा विचारहरू खल्बल्याइदिएको थियो, त्यसले गर्दा म गलत र सही, खराब र असल छुट्याउन सक्दिनथिएँ, मैले सिद्धान्त बोध गुमाएकी थिएँ, र आफ्ना श्रीमानलाई रक्षा गर्न र सहारा दिन परमेश्‍वरलाई विरोध गर्न इच्छुक भएकी थिएँ। मेरो हृदय भावनामा बगेको थियो। परमेश्‍वर हामीलाई उहाँले प्रेम गर्नेहरूलाई प्रेम गर्न र घृणा गर्नेहरूलाई घृणा गर्न माग गर्नुहुन्छ। परमेश्‍वर सत्यता खोज्ने र अभ्यास गर्नेहरूलाई प्रेम गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ। सत्यताप्रति दिक्‍क मान्ने मेरा श्रीमानजस्ता मानिसहरूलाई परमेश्‍वरले गैरविश्‍वासी ठानेर न्याय गर्नुहुन्छ। उहाँले त्यस्ता मानिसहरूलाई कहिल्यै स्विकार्नुहुन्न र मुक्ति दिनुहुन्‍न। मैले भावनामा बहेर आफ्ना श्रीमानलाई मण्डलीमा रहन दिएको भए पनि, तिनले सत्यता खोज्नेथिएनन् र तिनको स्वभाव परिवर्तन हुनेथिएन। आफूले भनेको जस्तो नहुँदा, तिनले परमेश्‍वरलाई दोष र धोका दिए। तिनलाई समयमा नै मण्डलीबाट ननिकालेको भए, तिनले मण्डली जीवनमा बाधा दिनेथिए। मैले यो महसुस गरेपछि परमेश्‍वरलाई प्रार्थना गरेँ, अनि आफ्‍नो देहसुख त्याग्‍न, सत्यता अभ्यास गर्न, र आफ्ना श्रीमानका अविश्‍वासी व्यवहारबारे सबै कुरा बताउन तयार भएँ।

त्यसपछि, मैले मेरा श्रीमानका सबै अविश्‍वासी व्यवहारबारे लेखेँ। लेख्दा म अलिक हिचकिचाएँ, र मैले सबै कुरा खुलासा गरेँ भने तिनलाई झनै छिटो हटाइनेछ भन्‍ने चिन्ताले केही कुरा लुकाउन चाहेँ, तर परमेश्‍वरका वचनहरूबारे सोच्दा र उहाँले हेरिरहनुभएको हुन्छ भन्‍ने जान्दा, मलाई मैले मानिसहरूलाई मूर्ख बनाउन सके पनि परमेश्‍वरलाई मूर्ख बनाउन सक्दिनँ भन्‍ने थाहा भयो। त्यसकारण मैले आफूलाई त्यागेँ र आफूलाई थाहा भएका सबै कुरा लेखेँ। परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गरेपछि, मलाई शान्ति र सहज महसुस भयो। मैले मेरा श्रीमानका व्यवहारहरूबारे मूल्याङ्कनहरू सङ्कलन गरिसकेपछि अर्को भेलामा सबैलाई पढेर सुनाएँ, र तिनलाई सफाइ गरिनुपर्छ कि पर्दैन भनेर राय दिन सबैलाई अनुरोध गरेँ। अचम्‍मको कुरो, कतिपय ब्रदर-सिस्टरहरूले सहमति जनाएनन्। तिनले तिनीहरूलाई विगतमा प्रायः सहयोग गर्थे र तिनी गैरविश्‍वासीजस्तो देखिँदैनथे भनेर तिनीहरूले भने। ब्रदर-सिस्टरहरूले यसो भनेको सुन्दा, मलाई मेरा श्रीमानले पहिले साँच्‍चै आफूलाई उत्साहसाथ समर्पित गरेका थिए, र ब्रदर-सिस्टरहरूलाई सहयोग गरेका थिए भन्‍ने याद आयो। मैले सोचेँ: “के तिनलाई अर्को मौका दिनुपर्छ? सायद मैले तिनीसँग सङ्गति गर्नुपर्छ र तिनलाई यति चाँडै निकाल्‍नु हुँदैन।” ठिक त्यही बेला, मलाई फेरि पनि आफ्ना श्रीमानलाई सहारा दिने प्रयास गरिरहेकी छु भन्‍ने महसुस भयो। मण्डलीले तिनलाई मौका नदिएको होइन, तर तिनले जीवनमा परमेश्‍वरलाई चाहेनन् र स्वेच्छाले विश्‍वास त्यागेका थिए। जति नै सङ्गति गरे पनि काम लाग्‍नेथिएन। तिनमा गैरविश्‍वासीको सार थियो र गैरविश्‍वासीले कहिल्यै पश्‍चात्ताप गर्दैन। परमेश्‍वरले गैरविश्‍वासीहरूलाई मुक्ति दिनुहुन्‍न। यदि मैले अझै पनि तिनलाई दया र प्रेम देखाएको भए, परमेश्‍वरले मलाई तिरस्कार र घृणा गर्नुहुनेथियो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “यदि कुनै मण्डलीमा सत्यको अभ्यास गर्न इच्छुक र परमेश्‍वरको गवाही दिन सक्ने कोही छैन भने त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई तिरस्कार गर्नु भनेको यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचनहरूले मलाई उहाँको धर्मी स्वभावलाई चिढ्याउन सकिँदैन भन्‍ने कुरा बुझाइदिए। ब्रदर-सिस्टरहरूले मेरा श्रीमानको वास्तविकता नबुझेको हुनाले तिनको प्रतिरक्षा गरिरहेका छन् भन्‍ने मलाई थाहा थियो। यदि मैले तिनलाई सहारा दिएको र सत्यता अभ्यास नगरेको भए, जानाजानी पाप गरिरहेकी हुनेथिएँ र परमेश्‍वरविरुद्ध विद्रोह गरेर उहाँको विरोध गरिरहेकी हुनेथिएँ। विशेष गरी म मण्डली अगुवा हुँ भन्‍ने कुरा ध्यानमा राख्दा, यदि मैले मण्डलीको काम कायम राख्न सत्यता अभ्यास गर्ने मार्गमा अगुवाइ नगरेको, र शैतानको पक्षमा उभिएर गैरविश्‍वासीलाई मण्डलीमा रहन दिएको भए, परमेश्‍वरले सायद मलाई घृणा गर्नुहुनेथियो र मैले पवित्र आत्‍माको काम गुमाउनेथिएँ। मैले आफूलाई मात्रै होइन, ब्रदर-सिस्टरहरूलाई पनि हानि गरिरहेकी हुनेथिएँ। म शैतानको कुटिल षड्यन्त्रमा पर्नु हुँदैनथ्यो, र मैले ब्रदर-सिस्टरहरूलाई समझ प्राप्त गर्न सहायता दिन तिनीहरूसँग सङ्गति गर्नुपर्थ्यो। यो मेरो जिम्‍मेवारी थियो। त्यसकारण, मैले परमेश्‍वरका वचनहरू चलाउँदै मेरा श्रीमानको अविश्‍वासी व्यवहारबारे सङ्गति दिएँ। सङ्गतिपछि, तिनीहरूले मेरा श्रीमानबारे केही बुझे, र तिनलाई हटाउने सहमति पत्रमा आफ्‍नो नाम लेखर हस्ताक्षर गर्न तयार भए। यसरी अभ्यास गरेपछि मलाई निकै सहज महसुस भयो।

यो अनुभवबाट गुज्रेपछि, मैले भावनामा बहेर व्यवहार गर्नुको मूल कारण बुझेँ। आफ्ना भावनामा बहेर व्यवहार गर्नु भनेको परमेश्‍वरविरुद्ध उभिनु र उहाँको विरोध गर्नु हो भन्‍ने मैले बुझेँ। अबउसो, म भावनामा बहेर व्यवहार गर्नेछैनँ। समस्याहरू सामना गर्दा, म सत्यता खोज्नेछु, र सत्यताअनुसार अभ्यास गर्नेछु र सत्यता खोज्ने मार्गमा हिँड्नेछु। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफूलाई जे गर्न मन गरिँदैन त्यो अरूलाई पनि नगर्नेसम्बन्धी अत्मचिन्तन

मेरो काममा ठूलासाना धेरै समस्याहरू आइरहेका थिए। केही समस्याहरू लापरबाहीले त केही समस्या सिद्धान्त नबुझेकाले निम्तिएका थिए। म केही चिन्तित...

के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्