आमाको मृत्युको छायाबाट निस्कने प्रयास

17 डिसेम्बर 2024

वर्ष २०१२ मा, मैले कर्तव्य निर्वाह गरेको आरोपमा प्रहरीले मलाई पक्राउ गर्यो र पाँच वर्ष जेल हाल्यो। त्यो बेला मेरी आमा ६० वर्ष पार भइसक्नुभएको थियो। उहाँ हेमिप्लेजिया रोगले ग्रस्त हुनुहुन्थ्यो, तैपनि मलाई भेट्न जेलमा आउनुहन्थ्यो। आमा सजिलै हिँड्डुल गर्न वा सिधा उभिन नसकेको देखेर, मलाई निकै दुःख लाग्यो। यतिका वर्षसम्म उहाँले मेरो पालनपोषण गर्नुभयो, तर छोरीको नाताले मैले गर्नुपर्ने रेखदेख पाउनु भएन, उल्टै बुढेसकालमा मेरो चिन्ता पनि गर्नुहुन्थ्यो। जेलबाट छुटेपछि, प्रहरीले मेरो घर गई मबारे सोधपुछ गरेको भन्‍ने थाहा पाएँ। तिनीहरूले मेरी आमाको कुरा रेकर्ड गरेछन् र उहाँलाई धम्क्याएछन्। उहाँ डराउनुभएको थियो र उहाँको स्वास्थ्य स्थिति झन् बिग्रेको थियो। म साँच्चै उहाँको ऋणी थिएँ, मैले सोचेँ, “अबदेखि म आमालाई राम्ररी हेर्नेछु, उहाँलाई धेरै कष्ट हुनदिन्न।” तर मेरो इच्छा पूरा भएन। प्रहरीले अझैपनि मेरो छानबिन र निगरानी गरिरहेको थियो, र मेरै सुरक्षाका लागि मैले घर छोडेर कर्तव्य निर्वाह गर्न जानुपर्यो।

दुई वर्षपछि, आमा मेरी बहिनीको घरमा बस्न थालेको सुनेँ, त्यसैले, म सुटुक्क उहाँलाई भेट्न गएँ। मेरो आमाको आँखा झन् बिग्रेको रहेछ, राम्रोसँग देख्न नसक्ने हुनुभएछ; कुप्रो परी लट्ठी टेकी लड्खडाउँदै हिँड्नुहुन्थ्यो। राम्रोसँग हिँडडुल गर्न र बोल्न नसक्ने हुनुभएको थियो। उहाँलाई त्यस्तो हालतमा देख्दा मन कुँडिन्थ्यो। खास गरी उहाँले मलाई “अब फेरि कहिले आउँछेस्” भनेर सोध्दाखेरि। मसँग उहाँलाई दिने उत्तर नै थिएन। प्रहरीले अझै पनि मलाई खोजिरहेको हुनाले, यो पटक जोखिम मोलेर आएकी थिएँ। अहिले गएँ भने फेरि कहिले फर्कन्छु भन्‍ने मलाई थाहा थिएन। आमाले मेरो जवाफको प्रतीक्षा गर्दै मतिर हेर्नुभयो, तर के भन्‍ने-भन्‍ने भयो, त्यसैले म उहाँको काँध थपथपाउँदै बसेँ, तर एक शब्द बोलिनँ। त्यहाँबाट गएपछि, आमाको प्रश्न मेरो कानमा बज्न थाल्यो। यसबारे जति सोचेँ, उति नराम्रो लाग्यो। मैले उहाँलाई सामान्य वचन दिन पनि सकिनँ, र सन्तानको धर्ममा म चुकेको जस्तो लाग्यो। केही समयपछि, मैले मेरी बहिनी आफंप परमेश्‍वरप्रतिको आस्थाको कारण पक्राउ परेको खबर सुनेँ। अब मलाई उसको घर जाने आँट नै आएन। मेरो मुटुमा निकै पीडा भइरहेको थियो। मेरी बुढी आमा ओछ्यान पर्नुभएको थियो, हिँडडुल गर्न सक्नुहुन्नथ्यो। कुनै पनि दिन उहाँ निधन हुन सक्थ्यो। छोरी भएकी नाताले मैले आफ्नो जिम्मेवारी पूरा गर्ने मौका पनि पाएकी थिइनँ। केही समयपछि नै कोरोनाभाइरसको प्रकोप आयो, जताततै मानिस मरिरहेका थिए। मलाई फेरि चिन्ता लाग्न थाल्यो, सोचेँ, “आमालाई पनि भाइरस लाग्ने हो कि? उहाँ यसबाट बच्नु होला त? उहाँ मर्नुभयो भने अन्तिम पटक पनि देख्न पाउँदिनँ।” पछि, परिवारसँग सम्पर्क गर्ने माध्यम भेटेँ। आमा एक महिना पहिले नै बित्नुभएको थाहा पाएँ। यो खबर सुनेर म कुर्सीमा थच्चिएँ, दिमाग शून्य भयो, आँसु रोक्न हर कोसिस गरिरहेकी थिएँ। आमाको मृत्यु हुनुअघि अन्तिम पटक भेट्न नि पाइनँ। के उहाँले म विवेकहीन भएकी सोच्नुभो? मलाई निर्दयी ठान्नुभो? फर्केपछि, एकदमै डाँको छोडेर रोएँ। आमाले यत्तिका वर्षसम्म मेरो पालनपोषण गर्नुभो, तैपनि उहाँ जीवित हुन्जेलसम्म, मैले उहाँको ख्याल राख्न सकिनँ, र उहाँको निधन हुँदा पनि अन्तिम पटक हेर्न पाइनँ। मेरो विवेकले मलाई धिक्कार्दै थियो, र मलाई अपराधबोध भयो। त्यो बेला, वृद्धवृद्धाले आफ्नो मूल ढोकानेर बसी घाम तापिरहेको देखेँ, छेउमा बसेर छोरा र छोरीले रेखदेख गरिरहेका थिए, मैले सोचेँ, “आमा मूल ढोकानेर घाम ताप्दा म त्यहाँ थिइनँ, मैले उहाँको नङ काटिनँ, कपाल कोरिनँ।” मलाई बास दिने परिवारकी सिस्टरले मीठो खाना बनाउँदा, म सोच्थेँ, “मैले आमाका लागि यसरी नै खाना पकाउन सकिनँ, र फेरि कहिल्यै यो मौका पाउनेछैन।” वसन्त महोत्सवको बेला, सबै जना आआफ्नो घर जान बाटोमा हतारिँदै हिँडेका देखिन्थे। कति त छोराछोरी गाडीमा राखेर आमाबुबा भेट्न घर गइरहेका थिए। पछिल्लोपटक आमाको साथ रहेदेखिको वर्ष गनेँ। त्यो समय ममा उत्साह र लक्ष्य थिएन। मैले कर्तव्य निर्वाह गरिरहेकी भएपनि, फुर्सद हुनेबित्तिकै आमाबारे सोच्थेँ र उहाँप्रति ऋणी महसुस हुन्थ्यो। परमेश्‍वरको वचन पढ्दा पनि मेरो हृदय शान्त हुँदैनथ्यो, जतिबेला नि निद्रा लाग्थ्यो। म कर्तव्यमा लापरवाह हुन र झारा टार्न थालेँ, साझेदार भएर काम गरिरहेका ब्रदर-सिस्टरहरूसँग बोल्न मन लाग्दैनथ्यो, हामीले सँगै व्यावसायिक सीप सिक्दा मेरो ध्यान अन्यत्रै जान्थ्यो। अगुवा आएर कामबारे सोध्दा, मलाई बताउन मन नै लाग्दैनथ्यो, बताइहाले पनि केही झाराटारूवा शब्द बोलेर टार्थेँ। मैले कर्तव्यमा त्यति ध्यान दिइनँ। म अधोगतिउन्मुख थिएँ, कर्तव्यमा कुनै परिणाम आइरहेका थिएनन्। म कर्तव्यसँगै जागिर पनि खान चाहन्थेँ, पूरै समय आफूलाई समर्पित गर्न चाहन्नथेँ।

पछि, यसरी नै चलिरहनु मेरा लागि खतरनाक हुन्छ भन्‍ने लाग्यो, र हतारिँदै गई परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँका वचन पढेँ। परमेश्‍वरका वचनले भन्छन्: “तेरो आमाबुबा बिरामी पर्नु नै तेरो लागि ठूलो आघात हुन्छ, त्यसैले तेरा आमाबुबाको निधन हुनु त झन् ठूलो आघात हुन्छ। त्यसोभए, यस्तो हुनुअघि, तैँले आफूमाथि आइपर्ने अप्रत्याशित बज्रपातलाई कसरी लिनुपर्छ, ताकि यसले तेरो कर्तव्य निर्वाहमा वा तैँले हिँड्ने बाटोमा असर नगरोस्, हस्तक्षेप नगरोस् वा प्रभाव नपारोस्? सुरुमा, वास्तवमा मृत्यु भनेको के हो, र वास्तवमा बितेर जानु भनेको के हो भन्‍ने कुरालाई हेरौँ—के यसको अर्थ व्यक्ति यो संसार छोडेर जाँदैछ भन्‍ने हुँदैन र? (हो।) यसको अर्थ व्यक्तिसँग भएको जीवन, त्यसको शारीरिक उपस्थिति मानिसहरूले देख्‍न सक्‍ने भौतिक संसारबाट हट्छ र हराउँछ भन्‍ने हुन्छ। त्यसपछि त्यो व्यक्ति अर्को संसारमा, र अर्को रूपमा बाँच्न जान्छ। तेरा आमाबुबाको देहान्त हुनुको अर्थ यस संसारमा तँसँगको तिनीहरूको सम्बन्ध भङ्ग भएको, हराएको र समाप्त भएको छ भन्‍ने हुन्छ। तिनीहरू अर्कै संसारमा, अन्य रूपमा बाँचिरहेका छन्। जहाँसम्म तिनीहरूको जीवन त्यो अर्को संसारमा कसरी चल्नेछ, तिनीहरू यस संसारमा फर्कनेछन् कि छैनन्, तँलाई फेरि भेट्नेछन् कि छैनन्, वा तँसँग कुनै पनि प्रकारको शारीरिक नाता वा भावनात्मक बन्धनहरू हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा छ, त्यो कुरा परमेश्‍वरले तय गर्नुहुन्छ, र यसको तँसँग कुनै सम्बन्ध हुँदैन। संक्षेपमा, तिनीहरूको निधन हुनुको अर्थ यो संसारमा तिनीहरूको मिसन समाप्त भएको छ, र तिनीहरूको पछाडि पूर्ण विराम लगाइएको छ भन्‍ने हुन्छ। यस जीवनमा र यस संसारमा तिनीहरूका मिसन समाप्त भएका छन्, त्यसैले तिनीहरूसँगको तेरो सम्बन्ध पनि समाप्त भएको छ। … तेरा आमाबुबा बितेको खबर नै तैँले यस संसारमा तिनीहरूका बारेमा सुन्‍ने अन्तिम खबर हो, र तिनीहरूको जन्म, वृद्धावस्था, तिनीहरू बिरामी हुनु र मर्नु जस्ता अनुभवहरूबारे तैँले देख्‍ने र सुन्‍ने अन्तिम तगारो त्यही हुनेछ, यति हो। तिनीहरूको मृत्युले तँबाट केही पनि लैजानेछैन वा तँलाई केही दिनेछैन, र तिनीहरू केवल मरेका हुनेछन्, अनि मानिसहरूका रूपमा तिनीहरूको यात्रा समाप्त भएको हुनेछ। त्यसकारण, तिनीहरूको निधनको कुरा आउँदा, तिनीहरू आकस्मिक रूपमा मरे पनि, सामान्य रूपमा मरे पनि, रोगबाट मरे पनि, र यस्तै अन्य कारणले मरे पनि, यदि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त नभएको भए, कुनै पनि व्यक्ति वा शक्तिले तिनीहरूको जीवन खोस्‍न सक्नेथिएन। तिनीहरूको मृत्यु हुनुको अर्थ तिनीहरूको शारीरिक जीवनको अन्त्य भयो भन्‍ने मात्र हुन्छ। यदि तँलाई तिनीहरूको याद आउँछ र तिनीहरूको तृष्णा हुन्छ, वा आफ्‍ना भावनाहरूका कारण आफैप्रति लाज लाग्छ भने, तैँले यीमध्ये कुनै पनि कुरा महसुस गर्नु हुँदैन, र ती महसुस गर्न आवश्यक छैन। तिनीहरू यस संसारबाट बिदा भएका छन्, त्यसैले तिनीहरूको सम्झना गर्नु निरर्थक छ, होइन र? यदि तँ ‘के मेरा आमाबुबाले मलाई यतिका वर्षसम्‍म सम्झनुभयो? मैले यतिका वर्षसम्म तिनीहरूलाई सन्तानी निष्ठा देखाउँदै तिनीहरूका साथमा नरहेका कारण तिनीहरूले झन् कति कष्ट भोगे होलान्? यतिका वर्षसम्‍म, म सधैँ तिनीहरूसँग केही दिन बिताउन चाहन्थेँ, तिनीहरू यति चाँडै बित्‍ने अपेक्षा कहिल्यै गरेको थिइनँ। मलाई दुःख लागेको छ र आत्मग्‍लानि भएको छ’ भन्‍ने सोच्छस् भने, तैँले यसरी सोच्नु आवश्यक छैन, किनभने तिनीहरूको मृत्युको तँसँग कुनै सम्बन्ध छैन। तिनीहरूको मृत्युको किन तँसँग कुनै सम्‍बन्ध छैन? किनभने, यदि तैँले तिनीहरूलाई सन्तानी निष्ठा देखाएको वा तिनीहरूलाई साथ दिएको भए पनि, यो परमेश्‍वरले तँलाई दिनुभएको दायित्व वा काम होइन। तेरा आमाबुबाले तँबाट कति सौभाग्य र कति कष्ट भोग्‍नेछन् भनेर परमेश्‍वरले तय गर्नुभएको छ—तँसँग यसको कुनै सम्बन्ध छँदै छैन। तँ तिनीहरूका साथमा रहेकोले तिनीहरूले लामो जीवन जिउनेछन् भन्‍ने छैन, र तँ तिनीहरूबाट टाढा बसेकोले र तिनीहरूसँग प्राय भेट गर्न नसकेकोले तिनीहरूले छोटो जीवन जिउनेछन् भन्‍ने हुँदैन। तिनीहरू कति लामो समयसम्म बाँच्नेछन् भनेर परमेश्‍वरले तोक्‍नुभएको छ, र तँसँग यसको कुनै सम्बन्ध छैन। त्यसकारण, यदि तैँले आफ्‍नो जीवनकालमा नै आफ्ना आमाबुबाको निधन भएको समाचार सुनिस् भने, तैँले दोषी महसुस गर्नु पर्दैन। तैँले यस विषयलाई सही तरिकाले लिनुपर्छ र स्वीकार गर्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचनले मलाई निकै प्रभावित बनाए, खास गरी यी वचनले, “तेरा आमाबुबाले तँबाट कति सौभाग्य र कति कष्ट भोग्‍नेछन् भनेर परमेश्‍वरले तय गर्नुभएको छ—तँसँग यसको कुनै सम्बन्ध छँदै छैन।” मेरी आमाले जीवनमा जेजस्तो कष्ट भोगेपनि, अन्तमा उहाँको मृत्यु जेजसरी भए पनि, यो सब परमेश्‍वरद्वारा तय थियो। मैले उहाँको नजिक बसेर दिनदिनै उहाँको हेरचाह गरेकी भएपनि, म उहाँको शारीरिक रोग निको बनाउन सक्दिनँथेँ, उहाँलाई जीवित राख्नु त परको कुरा हो। जन्म, बुढ्यौली, रोग र मृत्यु परमेश्‍वरले मानिसका लागि निर्धारित गर्नुभएको अस्तित्वका नियम हुन्; सबैले यी नियम भोग्नैपर्छ, कसैले तोड्न सक्दैन। म अपराधबोधको स्थितिमा जिउनु हुँदैनथ्यो। मैले तर्कसङ्गत मनोवृत्ति राख्नुपर्थ्यो, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त स्विकारी समर्पित हुनुपर्थ्यो। मेरी आमा निकै बुढी हुनुहुन्थ्यो र उहाँको मृत्यु सामान्य थियो। उहाँको मृत्युले यो संसारमा उहाँको मिसन सकिएको जनाउँथ्यो। उहाँ २० वर्षभन्दा बढी समयदेखि बिरामी हुनुहुन्थ्यो, उहाँको जस्तै रोग लागेका धेरै मानिस रोग लागेको केही वर्षमा नै बितेका थिए। परमेश्‍वरले बोल्नुभएका वचन पढेर, सुनेरै उहाँ मर्न पाउनु भनेको परमेश्‍वरका अनुग्रह र आशिष् थियो। यो बुझेपछि मेरो हृदय केही स्वतन्त्र भयो, र आमाको मृत्यु भएकोमा आत्मग्लानि र पीडा कम हुँदै गयो।

एक दिन भेलामा मैले परमेश्‍वरका यी वचन पढेँ: “कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य निभाउने भएर आफ्नो परिवार त्याग्छन्। तिनीहरूले यही कारणले चर्चा कमाउँछन् र सरकारले बारम्बार तिनीहरूको घर खानतलास गर्छ, तिनीहरूका आमाबुबालाई दमन गर्छ, र तिनीहरूलाई सरकारसामु सुम्पन आमाबुबालाई धम्क्याउनेसमेत गर्छ। सारा छिमेकीहरू यसो भन्दै तिनीहरूबारे कुरा गर्छन्, ‘यो व्यक्तिमा विवेक छैन। ऊ आफ्ना पाका आमाबुबाको वास्ता गर्दैन। ऊ अनुत्तरदायी सन्तान त हो नै, उसले आमाबुबालाई धेरै समस्यामा समेत पार्छ। ऊ अनुत्तरदायी सन्तान हो!’ के यी कुनै शब्द सत्यतासँग मिल्छन्? (मिल्दैनन्।) तर के यी सबै शब्दहरू गैरविश्‍वासीहरूको नजरमा सही मानिँदैन र? गैरविश्‍वासीहरू यो नै यसलाई हेर्ने सबैभन्दा मान्य र व्यावहारिक तरिका हो, र यो मानव नैतिकतासँग मिल्दो, र मानव आचरणका मापदण्डबमोजिम छ भन्ठान्छन्। यी मापदण्डहरूमा आमाबुबाप्रति सन्तानीय आदर कसरी देखाउने, वृद्धावस्थामा उनीहरूको हेरचाह कसरी गर्ने, अनि दाहसंस्कार कसरी गर्ने, वा उनीहरूको मायाको ऋण कसरी तिर्नेजस्ता जतिसुकै कुराहरू समेटिएका भए पनि, र यी मापदण्डहरू सत्यतासँग मिले पनि नमिले पनि, गैरविश्‍वासीहरूको नजरमा, ती सकारात्मक कुराहरू हुन्, ती सकारात्मक ऊर्जा र सही कुरा हुन्, र ती सबै गुटका मानिसहरूको नजरमा दोषरहित हुन्छन्। गैरविश्‍वासीहरूको लागि त मानिसहरूले जिउने मापदण्डहरू यिनै हुन्, र तिनीहरूको हृदयमा पर्याप्त मात्रामा असल हुनलाई तैँले यिनै कामहरू गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गरेर सत्यता बुझ्नुअघि, के तैँले पनि यस्तो आचरण नै असल व्यक्ति हुनु हो भनेर विश्‍वास गर्थिनस् र? (गर्थेँ।) साथै, तैँले यी कुराहरूद्वारा नै आफूलाई मूल्याङ्कन गर्ने र संयमित पार्ने कामसमेत गर्थिस्, र तैँले आफूलाई यस्तो व्यक्ति हुन आवश्यक गराउँथिस्। यदि तँ असल व्यक्ति हुन चाहेको भए, तैँले आफ्ना आचरणका मापदण्डहरूमा आफ्ना आमाबुबाप्रति कसरी उत्तरदायी हुने, उनीहरूको चिन्ता कसरी घटाउने, उनीहरूलाई कसरी इज्जत र श्रेय दिने, र आफ्ना पुर्खाहरूलाई कसरी महिमा दिने भन्‍नेजस्ता कुराहरू निश्‍चय नै समावेश गरेको थिइस् होला। तेरो हृदयमा भएका आचरणका मापदण्डहरू र तेरो आचरणका निर्देशनहरू यिनै थिए। तर तैँले परमेश्‍वरका वचन र उहाँका प्रवचनहरू सुनेपछि, तेरो दृष्टिकोण बदलिन थाल्यो, र तैँले बुझिस् कि सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउन तैँले सबथोक त्याग्नुपर्छ, र परमेश्‍वर मानिसहरूले आफूलाई यस्तै आचरणमा ढालून् भन्‍ने मापदण्ड दिनुहुन्छ। सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु नै सत्यता हो भनी तँ निश्‍चित हुनुअघि, तैँले आफू आमाबुबाप्रति उत्तरदायी हुनुपर्छ भन्‍ने सोच्थिस्, तर तँलाई तैँले सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनुपर्छ भन्‍ने पनि लाग्थ्यो, र तँ भित्री रूपमा दोधारमा थिइस्। परमेश्‍वरका वचनहरूको निरन्तरको मलजल र रखवारीमार्फत, तैँले बिस्तारै सत्यता बुझिस्, र त्यसपछि नै तैँले सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु पूर्णतया स्वाभाविक र न्यायसङ्गत कुरा हो भन्‍ने महसुस गरिस्। आजको दिनसम्ममा, धेरै मानिसहरूले सत्यता स्विकार्न र मान्छेको परम्परागत धारणा र कल्पनाहरूमा भएका आचरणका मापदण्डहरू पूरै त्याग्न सकेका छन्। अनि यी कुराहरू पूरै त्यागेपछि, अबउप्रान्त तैँले परमेश्‍वरलाई पछ्याउँदा र सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउँदा, तँ गैरविश्‍वासीहरूका आलोचना र निन्दाका वचनहरूद्वारा बाधित हुनेछैनस्, बरु तिनलाई सजिलै मिल्काउन सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। मेरो मनका सोचलाई परमेश्‍वरले खुलासा गरिदिनुभयो। मेरा नजरमा, मानिसहरू आमाबुबाप्रति निष्ठावान छन्, बुढेसकालमा रेखदेख गर्छन् र मृत्यु संस्कार पूरा गर्छन् भने, तिनीहरू कर्तव्यपरायण हुन्; असल मानिस हुन्। यदि कोही आमाबुबाप्रति निष्ठावान हुन सक्दैनन् भने, तिनमा विवेक हुँदैन र तिनीहरू असल मानिस होइनन्। म आचारशास्त्र, सद्गुण र नैतिकताका आधारमा असल वा खराब मानिस भनेर छुट्याउँथेँ। यो परमेश्‍वरका वचनअनुरूप छैन, न सत्यताअनुरूप छ। म परम्परागत संस्कृतिलाई सकारात्मक मान्थेँ, आमाले मलाई हुर्काउनुभएको हो, मैले पनि बुढेसकालमा उहाँको हेरचाह गर्नुपर्छ भन्ठान्थेँ। तर, मैले कर्तव्य निर्वाह सँगसँगै आमाबुबाप्रतिको धर्म निर्वाह गर्न नसकेकीले, म पक्राउ परी जेल पर्दा मेरो समस्यामा आमा पनि जोडिनु भएकाले, मलाई आफूमा विवेक र मानवता नभएको लाग्यो। मेरो विचार गैरविश्‍वासीको जस्तो रहेछ; यो अविश्‍वासीभित्र हुने विचार थियो। मैले प्रभु येशूलाई पछ्याउने चेला, अनि धर्म-प्रचारकहरूलाई सम्झेँ। तिनीहरू परमेश्‍वरको सुसमाचार प्रचार गर्न टाढाका भूमिसम्म पुगे। मानिसका नजरमा, तिनले आमाबुबा र परिवार छोडेर हिँड्नु निर्दयी हुनु थियो, मानवता नहुनु थियो। तर तिनीहरू, जसले सुसमाचार प्रचार गरे र आफ्ना कर्तव्य पूरा गरे, साँचो विवेक र मानवता भएका मानिस थिए। परमेश्‍वरका वचनले भनेझैँ: “तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (या पति), छोरा-छोरीहरू, र अभिभावकहरू प्रति असाधारण रूपमा मिलनसार र समर्पित छस् होला र कहिल्यै पनि अरूको फाइदा उठाएको छैनस् होला, तर यदि तँ ख्रीष्ट अनुरूप हुन सक्दैनस्, यदि तँ उहाँसँगको एकतामा अन्तरक्रिया गर्न सक्दैनस् भने तैँले आफ्‍ना छिमेकीहरूको राहतका निम्ति आफ्‍नो सबथोक अर्पण गर्छस् या आफ्नो बुवा, आमा, र तेरो घरका सदस्यहरूलाई सावधानीपूर्वक हेरचाह नै गरेको छस् भने पनि, म त भन्छु तँ अझै पनि खराब व्यक्ति होस्, साथै धूर्त छलहरूले भरिएको छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्)। परमेश्‍वरका वचनमार्फत् परिवारका सदस्यको राम्ररी ख्याल गरेको भएपनि, सत्यताको अभ्यास गर्न सक्दैनन्, कर्तव्य राम्ररी गर्दैनन् वा ख्रीष्टसँग मिल्दो छैनन् भने ती दुष्ट व्यक्ति हुन् भन्‍ने बुझेँ। आमाको मृत्युपछि म सधैँ शोकमा डुबिरहन्थेँ, र मेरो कर्तव्य राम्ररी निभाउनेबारे सोच्दिनँथेँ, बरु सबै समय कर्तव्य निर्वाहमा खर्चेकोमा पछुतोसमेत गर्थेँ। यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेको भएपनि, कामकुराबारे मेरो हेराइ गैरविश्‍वासीको जस्तै थियो। म अविश्‍वासी थिएँ। म निकै दुःखी भएँ, र रुँदै परमेश्‍वरलाई प्रार्थना गरे, उहाँसामु पश्चात्ताप गरेँ, मेरा हेराइ बदल्न चाहन्छु, यो नकारात्मक स्थितिमा जिउन चाहन्नँ भने।

एकदिन मैले परमेश्‍वरका अरु वचन पढेँ: “आमाबुबाका अपेक्षाहरू सम्हाल्ने सम्बन्धमा, कस्ता सिद्धान्तहरू पछ्याउनुपर्छ र कस्ता बोझहरू त्याग्नुपर्छ भन्‍ने कुरा के अब प्रस्ट छ? (प्रस्ट छ।) त्यसोभए, मानिसहरूले बोक्ने बोझहरू ठ्याक्कै के-के हुन्? तिनीहरूले आफ्ना आमाबुबाका कुरा सुन्नैपर्छ र आमाबुबालाई राम्रो जीवन जिउन दिनैपर्छ; तिनीहरूका आमाबुबाले गर्ने सबथोक तिनीहरूकै राम्रोको लागि हो; र कर्तव्यनिष्ठ सन्तान हुनको लागि तिनीहरूले आफ्ना आमाबुबाले जे भन्छन् त्यो गर्नैपर्छ। साथै, वयस्क व्यक्तिको रूपमा, तिनीहरूले आफ्ना आमाबुबाको लागि काम गर्ने, आमाबुबाको मायाको ऋण तिर्ने, उनीहरूप्रति कर्तव्यनिष्ठ हुने, उनीहरूलाई साथ दिने, उदास वा दुखित नबनाउने, निराश नपार्ने, र उनीहरूको दुःख कम गर्न वा पूर्ण रूपमा हटाउन सबथोक गर्ने गर्नैपर्छ। यदि तँ यो कुरा पूरा गर्न सक्दैनस् भने, तँ बैगुनी र अनुत्तरदायी होस्, तँ दैवी प्रतिशोध र अरूको तिरस्कार भोग्न लायक छस्, र तँ खराब व्यक्ति होस्। के यी तेरा बोझहरू होइनन् र? (हुन्।) यी कुराहरू मान्छेका बोझहरू भएकाले, मानिसहरूले सत्यता स्विकारेर उचित रूपमा यी कुराहरू सामना गर्नुपर्छ। सत्यता स्विकारेर मात्र यी बोझ र गलत सोच तथा दृष्टिकोणहरू त्याग्न र बदल्न सकिन्छ। यदि तँ सत्यता स्विकार्दैनस् भने, के तेरो लागि अर्को मार्ग हुन्छ? (हुँदैन।) यसर्थ, चाहे त्यो परिवारको बोझ त्याग्ने होस् वा देहको, त्यो सबैको लागि सुरुमा सही सोच तथा दृष्टिकोणहरू अनि सत्यता स्विकार्नुपर्छ। जब तैँले सत्यता स्विकार्न सुरु गर्छस्, तब तँभित्रका यी गलत सोच तथा दृष्टिकोणहरू बिस्तारै भत्किने, खुट्टिने र बुझिनेछन्, र बिस्तारै ती नकारिनेछन्। यी गलत सोच तथा दृष्टिकोणहरूलाई भत्काउने, खुट्ट्याउने, अनि त्याग्ने र इन्कार्ने क्रममा, तैँले बिस्तारै यी मामलाहरूप्रतिको तेरो मनोवृत्ति र हेराइ परिवर्तन गर्नेछस्। तेरो मानव विवेक र भावनाबाट आउने ती सोचहरू बिस्तारै कमजोर हुनेछन्; त्यसउप्रान्त तिनले तँलाई समस्या दिन वा तेरो मनमस्तिष्कको गहिराइमा तँलाई बाँध्न, तेरो जीवन नियन्त्रित वा प्रभावित पार्न, वा तेरो कर्तव्यपालनमा हस्तक्षेप गर्न छाड्नेछन्। उदाहरणको लागि, यदि तैँले सही सोच तथा दृष्टिकोणहरू अनि सत्यताको यो पक्ष स्विकारेको छस् भने, जब तैँले आफ्ना आमाबुबाको मृत्युको समाचार सुन्छस्, तब उनीहरूको निम्ति आँसु मात्र झार्नेछस्, तर यतिका वर्षसम्म तँलाई हुर्काउनमा उनीहरूले देखाएको मायाको ऋण आफूले नतिरेको, उनीहरूलाई ज्यादै दुःख दिएको, उनीहरूलाई अलिकति पनि त्यसको परिपूर्ति नगरेको, वा उनीहरूलाई राम्रो जीवन जिउन नदिएकोबारे तैँले केही पनि सोच्‍नेछैनस्। तैँले यी कुराहरूको लागि आफूलाई दोष दिन छोडिसकेको हुनेछस्—बरु, तैँले सामान्य मानव भावनाका जरुरतहरूबाट निस्कने सामान्य अभिव्यक्तिहरू प्रस्तुत गर्नेछस्; तैँले आँसु झार्नेछस् र त्यसपछि उनीहरूप्रतिको थोरै तड्पन अनुभव गर्नेछस्। परिस्थितिहरू चाँडै नै स्वाभाविक र सामान्य बन्नेछन्, र तँ चाँडै सामान्य जीवनमा फर्किनेछस् र कर्तव्यहरू निर्वाह गर्नेछस्; तँ यस मामलाद्वारा समस्यामा पर्नेछैनस्। तर यदि तैँले यी सत्यताहरू स्विकार्दैनस् भने, जब तैँले तेरा आमाबुबाको मृत्युको खबर सुन्छस्, तब तँ अनवरत रूपमा रुनेछस्। तँलाई उनीहरूप्रति दुःखी महसुस हुनेछ किनकि तेरा आमाबुबाको पूरै जिन्दगी सहज थिएन र उनीहरूले तँजस्तो अनुत्तरदायी सन्तान हुर्काए; उनीहरू बिरामी हुँदा तँ उनीहरूको नजिक भइनस्, र उनीहरूको मृत्यु हुँदा तैँले उनीहरूको अन्त्येष्टिमा बिलौना गर्ने वा जूठो बार्ने गरिनस्; तैँले उनीहरूलाई निराश तुल्याइस् र राम्रो जीवन जिउन दिइनस्। तँ लामो समयसम्म यो दोषी भावना बोकेर जिउनेछस्, र त्यसबारे सोच्दा तँ रुनेछस् र हृदयमा कताकता दुखाइ महसुस गर्नेछस्। जब-जब तैँले त्यससँग सम्बन्धित परिस्थितिहरू वा मानिस, घटना र वस्तुहरू सामना गर्छस्, तब-तब तैँले भावुक प्रतिक्रिया जनाउनेछस्; यो दोषी भावना तेरो बाँकी जीवनभर तँसँगै रहनसमेत सक्छ। अनि, यसको कारण के हो? त्यो के हो भने, तैँले सत्यता वा सही सोच तथा दृष्टिकोणहरूलाई कहिल्यै तेरो जीवनको रूपमा स्विकारिनस्; तेरा पुराना सोच तथा दृष्टिकोणहरू तँमाथि निरन्तर हाबी भएका छन्, र तिनले तेरो जीवन प्रभावित पारेका छन्। त्यसैले, तैँले तेरो बाँकी जीवन तेरा आमाबुबाको मृत्युको पीडामा बिताउनेछस्। यो अविरल दुःखले थोरै दैहिक असहजताभन्दा ठूला परिणामहरू निम्त्याउनेछ; त्यसले तेरो जीवन, कर्तव्यपालनप्रतिको तेरो मनोवृत्ति, मण्डलीको कामप्रतिको तेरो मनोवृत्ति, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, साथै कुनै पनि व्यक्तिप्रतिको वा तेरो प्राणसँग सम्बन्धित मामलाप्रतिको तेरो मनोवृत्तिलाई असर पार्नेछ। तँ अझ बढी मामलाहरूप्रति निराश र निरुत्साहित, आशाहीन र निष्क्रिय बन्न सक्छस्, र तैँले जीवनप्रतिको आस्था अनि कुनै पनि कुराप्रतिको उत्साह वा उत्प्रेरणा, आदि इत्यादिसमेत गुमाउन सक्छस्। समयक्रममा, त्यसको असर तेरो सामान्य दैनिक जीवनमा मात्र सीमित हुनेछैन; त्यसले कर्तव्यपालनप्रतिको तेरो मनोवृत्ति र जीवनमा तैँले लिने मार्गलाई पनि असर पार्नेछ। यो एकदमै खतरनाक कुरा हो। यो खतराको परिणामस्वरूप तैँले सृष्टि गरिएको प्राणीको रूपमा पर्याप्त मात्रामा कर्तव्य निभाउन नसक्‍ने हुन सक्छ, र तैँले बीचैमा कर्तव्यपालन छोड्न वा आफूले निभाउने कर्तव्यहरूप्रति प्रतिरोधी मुड र मनोवृत्ति राख्नसमेत सक्नेछस्। छोटकरीमा भन्‍नुपर्दा, समयसँगै यस्तो परिस्थिति अपरिहार्य रूपमा खराब बन्नेछ र यसले तेरो मुड, भावना, र मानसिकता घातक दिशातिर अगाडि बढाउनेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१६))। मैले सोचेँ, यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्दा मैले सधैँ “आमाबुबाप्रतिको धर्म नै सबभन्दा ठूलो पुण्य हो”, “आमाबुबाको काँध नछोड्नू” जस्ता परम्परागत भनाइलाई सकारात्मक चिज, आफ्नो आचरणको मापदण्ड मानेकी थिएँ। मेरो कर्तव्य र आमाको हेरचाहबीच विरोधाभास देखा पर्दा, म घर छोडेर कर्तव्य गर्न हिँडेकी भएपनि, मलाई सधैँ उहाँको चिन्ता लाग्थ्यो, र उहाँको हेरचाह गर्न नपाउँदा उहाँप्रति ऋणी महसुस हुन्थ्यो। आमा बितेको खबर पाएपछि, बुढेसकालमा उहाँलाई हेरचाह नगरेकोमा, अन्तिम संस्कार समेत गर्न नसकेकोमा आत्मग्लानि र पीडामा रहेँ। आमाले मलाई हुर्काउनुभएको थियो, तर मैले उहाँको हेरचाह त गरिनँ, गरिनँ, मर्नुअघि उहाँलाई अन्तिम पटक हेर्न नि पाइनँ। मलाई आफूमा विवेक र मानवता नभएको लाग्यो, र मलाई अरुले धिक्कार्नेछन्, आलोचना गर्नेछन् भन्‍ने लाग्यो। म त्यो पीडाभित्र जिउनुको कारण, “आमाबुबाप्रतिको धर्म नै सबभन्दा ठूलो पुण्य हो”, “बुढेसकालमा आमाबुबाको हेरचाह गर्नू र अन्तिम संस्कार प्रबन्ध गर्नू” जस्ता भनाइलाई मैले पालना गर्नुपर्ने सत्यता मान्नु थियो। तर मैले यी भनाइको पालना नगरेकीले अपराधबोधमा जिइरहेँ, आफूलाई क्षमा गर्न सकिनँ, र कर्तव्यप्रति निष्क्रिय भएँ। मलाई यी परम्परागत धारणाले बहकाएका थिए। जब मैले आमा बितेको सुनेँ, म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन सकिनँ, निराशा, पछुतो र आत्मदोषको अवस्थामा जिएँ, र कर्तव्यमा सुस्त हुन पुगेँ। थाहै नपाई म परमेश्‍वरको विरोधमा खडा भएको थिएँ, उहाँविरुद्ध विद्रोह गरिरहेकी र उहाँको प्रतिरोध गरिरहेकी थिएँ।

त्यसपछि, परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ र आमाबुबालाई कसरी लिने भन्‍ने जानेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “कतिपय मानिसहरू कर्तव्य निभाउन चाहन्छन् तर आफ्ना आमाबुबालाई आदर गर्नैपर्छ भन्‍ने महसुस पनि गर्छन्, र त्यसमा भावना संलग्न हुन्छ। यदि तँ निरन्तर आफ्ना भावनाहरू काटछाँट गरिरहन्छस्, र आफूलाई आमाबुबा र परिवारबारे नसोच्न र परमेश्‍वरबारे मात्र सोच्न र सत्यतामा ध्यान दिन भनिरहन्छस्, तर तँ अझै पनि आफ्ना आमाबुबाबारे नसोची बस्नै सक्दैनस् भने, यसले मूलभूत समस्या समाधान गर्न सक्दैन। यो समस्या समाधान गर्न, तैँले आफूलाई सही लागेका कुराहरू, साथै तेरा पुर्खाहरूबाट आएका र मानव धारणासँग मिल्ने भनाइ, ज्ञान र सिद्धान्तहरूलाई विश्‍लेषण गर्नुपर्छ। यसअलावा, आमाबुबालाई सम्हाल्ने सन्दर्भमा, तैँले सन्तानको रूपमा तिनीहरूलाई हेरचाह गर्ने दायित्वहरू पूरा गर्छस् गर्दैनस् भन्‍ने कुरा पूर्णतया तेरा व्यक्तिगत अवस्था र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा आधारित हुनुपर्छ। के यसबाट उक्त मामला एकदमै प्रस्ट हुँदैन र? कतिपय मानिसहरू आफ्ना आमाबुबालाई छाड्दा आफू आमाबुबाप्रति एकदमै ऋणी रहेको र आफूले आमाबुबाको लागि केही पनि नगरेको अनुभूति गर्छन्। तर सँगै बस्दा, तिनीहरू आमाबुबाप्रति रत्तीभर कर्तव्यनिष्ठ हुँदैनन्, र कुनै पनि दायित्व पूरा गर्दैनन्। के यस्तो व्यक्ति साँच्चिकै कर्तव्यनिष्ठ व्यक्ति हो त? यो त खोक्रो कुराहरू बोल्‍नु हो। तैँले जेसुकै गरे पनि, जेसुकै सोचे पनि, वा जेसुकै योजना गरे पनि, ती कुराहरू महत्त्वपूर्ण होइनन्। महत्त्वपूर्ण कुरा त तैँले सम्पूर्ण सृष्टि गरिएका प्राणीहरू परमेश्‍वरका हातमा हुन्छन् भनी बुझ्न र साँच्चिकै विश्‍वास गर्न सक्छस् सक्दैनस् भन्‍ने हो। कतिपय आमाबुबाले ठूलो र समृद्ध परिवारको घरायसी आनन्द र खुसी पाउने आशिष् र नियति पाएका हुन्छन्। यो परमेश्‍वरको सार्वभौमिकता हो, र यो तिनीहरूलाई परमेश्‍वरले दिनुहुने आशिष् हो। कतिपय आमाबुबाको यो नियति हुँदैन; परमेश्‍वरले तिनीहरूको लागि यस्तो बन्दोबस्त गर्नुभएको हुँदैन। तिनीहरूले सुखी परिवार पाउने, वा आफ्ना सन्तान आफ्नै छेउमा रहने आशिष् पाएका हुँदैनन्। यो परमेश्‍वरको योजनाबद्ध कार्य हो र मानिसहरूले यसमा दबाब दिन सक्दैनन्। जे होस्, अन्ततः सन्तानीय भक्तिको सन्दर्भमा, मानिसहरूमा कम्तीमा समर्पणको मानसिकता हुनैपर्छ। यदि परिस्थितिले साथ दियो र तँसित त्यसो गर्ने अवस्था भयो भने, तैँले आमाबुबालाई सन्तानीय भक्ति देखाउन सक्छस्। यदि परिस्थितिले साथ दिएन र तँसित त्यसो गर्ने अवस्था छैन भने, जबरजस्ती गर्ने कोसिस नगर्—यसलाई के भनिन्छ? (समर्पण।) यसलाई समर्पण भनिन्छ। यो समर्पण कसरी आउँछ? यो समर्पणको आधार के हो? यो परमेश्‍वरले बन्दोबस्त र शासन गर्नुहुने यी सबै कुराहरूमा आधारित हुन्छ। मानिसहरूलाई रोज्ने चाहना हुन सक्छ, तर तिनीहरूले त्यसो गर्न सक्दैनन्, तिनीहरूलाई रोज्ने अधिकार हुँदैन, र तिनीहरू समर्पित हुनुपर्छ। जब तँलाई मानिसहरू समर्पित हुनुपर्छ र सबथोक परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको हुन्छ भन्‍ने अनुभूति हुन्छ, के तँलाई हृदयमा शान्ति अनुभूति हुँदैन र? (हुन्छ।) तब के तेरो विवेकले अझै घोच्नेछ र? त्यसले त्यसउप्रान्त निरन्तर घोच्नेछैन, र आमाबुबाप्रति आफू कर्तव्यनिष्ठ नभएको कुरा तँभित्र हाबी हुनेछैन। कहिलेकाहीँ तैँले यसबारे अझै सोच्न सक्छस् किनकि ती मानवताभित्रका केही सामान्य सोच र प्रवृत्तिहरू हुन्, र तीबाट कोही पनि पन्छिन सक्दैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। व्यक्तिले आमाबुबालाई कसरी लिनुपर्छ भन्‍ने अभ्यासका सिद्धान्तबारे परमेश्‍वरका वचन स्पष्ट छन्। त्यो मुख्य गरी उनीहरूकै अवस्था र क्षमतामा आधारित हुनुपर्छ। व्यक्तिको परिस्थितिहरू अनुकूल छन् र क्षमता पर्याप्त छन् भने, तिनले आफ्ना जिम्मेवारी पूरा गर्न, र सन्तान धर्म निभाउन सक्छन्। तर, परिस्थितिले त्यसो हुन दिएन भने, व्यक्तिले आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित गर्नुपर्छ। यी वर्षहरूमा मैले आमाको हेरचाह गर्न नसक्नुको अर्थ, म उहाँको हेरचाह गर्न वा मेरो जिम्मेवारी पूरा गर्न चाहन्नथेँ भन्‍ने थिएन। यो त प्रहरीले लगातार मेरो पिछा गरिरहेकाले थियो। म आफ्नै सुरक्षा समेत सुनिश्चित गर्न सक्दिनँथेँ, अनि कसरी आमाको हेरचाह गर्न सक्थेँ र? मैले कम्युनिष्ट पार्टीलाई घृणा गरिनँ, बरु परमेश्‍वरलाई नै दोषी ठहराएँ। म तथ्यमा नै भ्रमित रहेछु, राम्रो नराम्रो छुट्याउन नसक्ने भएकी रहेछु; मसँग तर्क गर्नु सम्भव नै रहेनछ! सधैँ मनमा आउँथ्यो, मैले आमाको ख्याल राख्न सकिनँ, उहाँलाई खुसी जीवन दिन सकिनँ, उहाँको जीवनको उत्तरार्धमा हेरचाह गरिनँ वा उहाँको अन्तिम संस्कार गर्न सकिनँ, त्यसैले उहाँप्रति ऋणी रहेको महसुस भयो। म सोच्थेँ, मेरो रेखदेखमा आमा खुसीसँग जिउनुहुने थियो। वास्तवमा, यो गलत विचार थियो। मेरी आमा वर्षौँदेखि हेमिप्लेजियाबाट पीडित हुनुहुन्थ्यो, उहाँको पूरै शरीर दुख्थ्यो। पहिले, म घरमा रहेर उहाँको रेखदेख गर्दा, म डाक्टरलाई फोन गरिरहन्थेँ र उहाँको औषधि ल्याइरहन्थेँ। मैले उहाँको उपचार गराउने र रेखदेख गर्ने कोसिस गरिरहेकी भएपनि, यसले उहाँको दुखाइ अलिकति पनि कम भएन। मेरी आमाले कति कष्ट सहनुपर्छ भन्‍ने कुरा परमेश्‍वरले नै निर्धारण गर्नुभएको थियो। अब त आमाको मृत्यु भइसक्यो, अर्थात् उहाँको समय आइसकेको थियो। अब उहाँलाई शारीरिक कष्ट थिएन। यो राम्रो कुरा थियो, र म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्थ्यो। तर, यस विषयमा मैले सत्यता खोजेकी थिइनँ, न परमेश्‍वरद्वारा निर्धारित कुराप्रति समर्पित थिएँ। म नकारात्मक थिएँ, कर्तव्यमा सुस्त हुन्थेँ, र मेरो व्यवहारको सार परमेश्‍वर विरोधी थियो; ममा मानवता वा समझ बिलकुलै थिएन!

मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ, र आमाबुबालाई कसरी लिने भन्‍नेबारे थप स्पष्ट भएँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “बाहिरी रूपमा हेर्दा, तेरा आमाबुबाले तँलाई दैहिक रूपमा जन्म दिए, र तँलाई जीवन दिने तेरा आमाबुबा नै हुन् भन्‍ने देखिन्छ। तर, यदि हामीले यसलाई परमेश्‍वरको दृष्टिकोणबाट, र यस कुराको मूलबाट हेर्‍यौँ भने, तँलाई तेरो दैहिक जीवन तेरा आमाबुबाले दिएका होइनन्, किनभने मानिसहरूले जीवन सृष्टि गर्न सक्दैनन्। सरल शब्दमा भन्‍नुपर्दा, कुनै पनि व्यक्तिले मानिसको सास सिर्जना गर्न सक्दैन। तिनीहरूमा त्यो सास हुने हुनाले, हरेक व्यक्तिको देह व्यक्ति बन्‍न सक्छ। मानिसको जीवन यही सासमा निहित हुन्छ, र यो जीवित व्यक्तिको चिन्ह हो। मानिसहरूसँग यो सास र जीवन हुन्छ, र यी कुराहरूको स्रोत र मूल तिनीहरूका आमाबुबा होइनन्। मानिसहरू तिनीहरूका आमाबुबाले तिनीहरूलाई जन्म दिने कार्यमार्फत पैदा भएका मात्र हुन्—मूल रूपमा, मानिसहरूलाई यी कुराहरू दिने त परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्, तेरो जीवनको मालिक त परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, उहाँले मानवजातिको जीवन सृष्टि गर्नुभयो, र उहाँले मानवजातिलाई जीवनको सास दिनुभयो, जुन मानिसको जीवनको स्रोत हो। तसर्थ, के ‘तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्’ भन्‍ने हरफ बुझ्न सजिलो छैन र? तँलाई तेरा आमाबुबाले सास दिएका होइनन्, र तेरा आमाबुबाले तँलाई यसको निरन्तरता दिनु त परको कुरा हो। परमेश्‍वरले तेरो जीवनको हरेक दिनको हेरचाह र त्यसमाथि शासन गर्नुहुन्छ। तेरा आमाबुबाले तेरो जीवनको हरेक दिन कसरी बित्छ भनेर, प्रत्येक दिन खुसीसाथ र सहज रूपमा चल्छ कि चल्दैन, तैँले हरेक दिन कसलाई भेट्छस्, वा तँ प्रत्येक दिन कुन परिवेशमा जिउँछस् भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्। यति मात्र हो कि, परमेश्‍वरले तँलाई तेरा आमाबुबामार्फत तेरो हेरचाह गर्नुहुन्छ—तेरा आमाबुबा भनेको परमेश्‍वरले तेरो हेरचाह गर्न पठाउनुभएका मानिस मात्र हुन्। तँ जन्मँदा तँलाई जीवन दिने तेरा आमाबुबा थिएनन् भने, के तँलाई जीवन दिएर अहिलेसम्म बाँच्न दिने तेरा आमाबुबा थिए त? तिनीहरू अझै पनि थिएनन्। तेरो जीवनको स्रोत तेरा आमाबुबा नभई परमेश्‍वर नै हुनुहुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। परमेश्‍वरका वचन धेरै स्पष्ट छन्—मान्छेको जीवनको मूल परमेश्‍वर हुनुहुन्छ। आमाले मलाई जन्माएको भएपनि, मेरो जीवन परमेश्‍वरको देन हो। परमेश्‍वरको सुरक्षा र आपूर्तिविना, आमाले मलाई हुर्काउन सक्नुहुने थिएन। परमेश्‍वरले मलाई हुर्काउन मेरी आमाको उपयोग गर्नुभयो, आफूसामु ल्याउन उहाँको प्रयोग गर्नुभयो, घरका समस्याबारे मेरो चिन्ता दूर गर्न उहाँको प्रयोग गर्नुभयो। आमाले मेरा लागि खर्चेका सबै कुरा परमेश्‍वरले मलाई दिनुभएका कुराबाट नै आएका थिए। तर मेरो सोच विपरीत थियो, मैले मेरी आमाले मेरा लागि आफूलाई अति धेरै खर्चेको विश्‍वास गरेको र सधैँ आमको ऋण तिर्न चाहेकोले मैले परमेश्‍वरको सार्वभौमिकता र निर्धारणहरूलाई नजरअन्दाज गरिदिएँ। वास्तवमा, आमाले यति धेरै कुरा खर्चेर आमा हुनुको जिम्मेवारी पूरा गरिरहनुभएको थियो, र यो पनि परमेश्‍वरको बन्दोबस्त र सार्वभौमिकता थियो। धन्यवादको पात्र परमेश्‍वर नै हुनुहुन्थ्यो। मैले के पनि बुझेँ भने, यो संसारमा मेरो आफ्नै मिसन छ, र त्यो सृजित प्राणी भएको नाताले आफ्नो कर्तव्य गर्नु हो, आमाको दयालुपनको ऋण तिर्नु होइन। यो बुझेर मैले अपराधबोधमा जिउन, आफैलाई धिक्कार्न र ऋणी महसुस गर्न छोडेँ। मैले मेरो हृदय शान्त राखी कर्तव्य निर्वाह गर्न सकेँ।

परमेश्‍वरका वचन प्रकाशका किरण थिए। परमेश्‍वरका वचनले बेलैमा अन्तर्दृष्टि र मार्गदर्शन नदिएका भए, मैले अझैपनि शैतानले मभित्र हाल्देको “आमाबुबाप्रतिको धर्म नै सबभन्दा ठूलो पुण्य हो” र “आमाबुबाको काँध नछोड्नू” भन्‍ने भनाइहरू खुट्ट्याउन सक्नेथिइनँ, र म आमाप्रति ऋणी छु भनेर नै जिउनेथिएँ, शैतानको हानि भोग्नेथिएँ। अब म स्पष्ट देख्नु सक्छु कि, परम्परागत संस्कृति प्रतिक्रियावादी भ्रम हो, जसले परमेश्‍वरको प्रतिरोध गर्दछ, र यी सोच र विचारहरू एकदमै बहकाउने खालका छन्। परमेश्‍वरका वचनले मलाई शैतानका भ्रमबाट निकाले, र मलाई आमाको मृत्युबारे सही ढङ्गले सोच्न सक्षम बनाए। मेरो हृदय मुक्त र स्वतन्त्र भयो! मलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

एक जना सरकारी अधिकारीको निर्णय

छिन झेङ, चीनमेरो जन्‍म हुनुभन्दा पहिले मेरो बुबाले कानुन उल्‍लङ्घनको आरोपमा पक्राउ पर्नुभएको थियो। १९७० को दशकमा चीनको गाउँघरमा यस्तो हुनु...

मैले कसरी सुरक्षित जागिर छोडेँ

मेरो जन्‍म गरिब र दुर्गम गाउँको परिवारमा भएको थियो। बालक हुँदा समेत, मेरो बुबाले मलाई धेरै मेहनत गरेर पढ्नू, यसरी मैले भविष्यमा राम्रो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्