मनमानी काम गर्नाले मलाई हानि गर्‍यो

25 फेब्रुअरी 2023

२०१२ को अन्त्यतिर, मैले मण्डली अगुवाको रूपमा सेवा गर्न थालेँ। मण्डलीका सबै प्रोजेक्टहरूको सुस्त प्रगति भइरहेको र एक-दुई सदस्यहरूले मात्रै आफ्‍नो कर्तव्य राम्ररी गर्न सक्छन् भन्‍ने मैले देखेँ। म भर्खरै विश्‍वासी बनेको र कर्मचारीहरू कसरी छनौट गर्ने त्यो आफूलाई राम्ररी थाहा नभएको कुरा जानेर, म प्रायः आफ्ना कठिनाइहरू प्रार्थनामा परमेश्‍वरलाई राख्थेँ र मिल्ने सिद्धान्तहरू खोजी गर्थेँ। यदि मैले कुनै कुरा बुझिनँ भने, म मेरा सहकर्मीहरूसँग खोजी र सङ्गति गर्थेँ। क्रमिक रूपमा, मानिस र परिस्थितिहरू मूल्याङ्कन गर्ने मेरो क्षमतामा सुधार हुन थाल्यो, म मानिसहरूलाई तिनीहरूको सामर्थ्यअनुसार कर्तव्यमा खटाउन सक्‍ने भएँ र मण्डलीको काममा हामीले केही प्रगति देख्‍न थाल्यौँ।

एकपटक कामबारे छलफल गर्दा, मैले सिस्टर लि झीलाई समूह अगुवाको रूपमा जगेर्ना गरिनुपर्छ भनी सुझाव दिएँ, तर अरू केही सहकर्मीहरूले मेरो दृष्टिकोणमा सहमति जनाएनन्, र लि झीलाई उनको परिवारले बन्धनमा पार्छ र उनले आफ्‍नो कर्तव्यमा जिम्मेमेवारी लिँदिनन् भनेर तर्क गरे। उनले नयाँ विश्‍वासीहरूलाई समयमा नै मलजल गर्दैनथिए, र केहीपटक सङ्गति गरिसकेपछि पनि, उनले अझै सुधार गरेकी थिइनन्। कर्तव्यप्रतिको उनको मनोवृत्ति हेर्दा, उनी समूह अगुवाको रूपमा सेवा गर्न उपयुक्त थिइनन्। मैले मनमनै सोचेँ: “लि झी विश्‍वासमा नयाँ छिन् र उनलाई परिवारबाट विवश पारिनु क्षणिक कमजोरी मात्र हो। क्षणिक परिस्थितिको आधारमा नै उनलाई हामीले उन्नति गराउनका लागि अयोग्य ठहराउनु हुँदैन, हामीले उनलाई प्रेमपूर्वक साथ र सहयोग दिनुपर्छ।” त्यसपछि, म लि झीलाई प्रायजसो सहयोग गर्थेँ, परमेश्‍वरका अभिप्रायहरू, र कर्तव्यको अर्थबारे सङ्गति दिन्थेँ। क्रमिक रूपमा, लि झीको स्थिति सुध्रिन थाल्यो—उनी आफ्‍नो परिवारको बन्धनमा पर्न छोडिन्, र नियमित रूपमा कर्तव्य पूरा गर्न थालिन्। त्यहाँ राम्रो क्षमता भएको स्पष्ट र छर्लङ्‍गै बुझिनेगरि सत्यतामा सङ्गति गर्न सक्ने, र आफ्‍नो कर्तव्य पूरा गर्नमा जिम्‍मेवार ब्रदर पनि थिए, त्यसकारण उनलाई मलजल कामको रेखदेख गर्न तालिम दिनुपर्छ भनेर मैले सुझाव दिएँ। तर मेरी सहकर्मी सिस्टरलाई शङ्का लागेको थियो। तिनको अहङ्कारी स्वभावले अरूलाई बन्धनमा पार्छ, त्यसकारण केही समयसम्म तिनी तालिम पाउन योग्य छैनन् भन्‍ने तिनलाई लागेको थियो। एउटा सिद्धान्तले यसो भन्छ भन्‍ने मलाई याद भयो: “अहङ्कारी स्वभाव भएका तर सत्यतालाई स्वीकार गर्न सक्‍ने, र असल क्षमता भएका र प्रतिभावान् वा वरदानप्राप्त व्यक्तिहरूलाई प्रवर्धन र वृद्धि-विकास गर्नुपर्छ। तिनीहरूलाई बहिष्कार गर्नु हुँदैन” (सत्यता अभ्यास गर्ने १७० सिद्धान्त, १३५. विभिन्‍न अहङ्कारी स्वभाव भएका मानिसहरूलाई व्यवहार गर्नेसम्‍बन्धी सिद्धान्तहरू)। ती ब्रदरमा अहङ्कारी स्वभाव थियो, तर तिनी सत्यता स्वीकार गर्थे, अनि अरूले तिनका समस्याहरू औँल्याइदिँदा, तिनी आलोचना स्विकारेर परिवर्तन हुन्थे। त्यसकारण समग्रमा, तिनले बढुवा र वृद्धि हुने सिद्धान्तहरू पूरा गरेका थिए। यस सिद्धान्तको आधारमा मैले मेरो तर्क राखेँ र मेरो कुरा सुनेपछि केही सहकर्मीहरूले सहमति जनाए। ती ब्रदरलाई मलजल कामको इन्‍चार्ज राखिएपछि, तिनले आफ्‍नो कर्तव्यमा ठूलो परिणाम प्राप्त गरे र आफ्‍नो काममा निकै सक्षम साबित भए। त्यसको केही पछि नै, तिनलाई बढुवा गरियो। त्यसपछि, मलाई आफूप्रति निकै खुसी लाग्यो, र सोचेँ: “म विश्‍वासमा नयाँ भए पनि, मेरो क्षमता राम्रो छ र मानिस र परिस्थितिहरू मूल्याङ्कन गर्न म अरूभन्दा सिपालु छु। यदि मण्डलीमा मजस्तो पारखी नभएको भए, कसले यी नयाँ प्रतिभाहरूलाई चिनेर उन्नति गराउनेथियो र?” मण्डलीको हरेक प्रोजेक्टको लागि मैले बुद्धिमानीपूर्वक सदस्यहरूलाई खटाएँ, कामको लागि उपयुक्त नरहेका सदस्यहरूलाई प्रतिस्थापन गरेँ, र चाँडै नै मण्डलीको काम अघि बढ्न थाल्यो। ब्रदर-सिस्टरहरूमा समस्या हुँदा, ती सबै सङ्गति गर्न र मेरो विचार बुझ्‍न मकहाँ आउँथे। कतिले त मेरै अगाडि मलाई यसो भन्दै प्रशंसा गर्थे: “पहिलेका मण्डली अगुवाहरू पुराना विश्‍वासी थिए, तर तिनीहरूले मण्डलीको काम राम्ररी पूरा गर्न सकेनन्। तपाईं विश्‍वासमा आउनुभएको त्यति धेरै समय भएको छैन, तर तपाईं आउनेबित्तिकै कामले गति लिन थाल्यो। तपाईं पक्‍कै पनि राम्रो क्षमता भएको प्रतिभावान् अगुवा हुनुहुन्छ।” यो सुनेपछि, मलाई आफैप्रति झनै खुसी लाग्यो, र म मण्डलीको साँच्‍चै दुर्लभ प्रतिभा हुँ भन्‍ने लाग्यो।

त्यसपछि, म अरू केही मण्डलीको कामको इन्चार्ज बनेँ। कहिलेकहीँ माथिल्‍लो तहका अगुवाहरूले छनौट गर्दा मेरो सल्‍लाह लिन्थे। मसँग अगुवा बन्‍ने गुण छ भनेर म झन्-झन् विश्‍वस्त भएँ: मेरो क्षमता राम्रो छ, प्रतिभा छान्न म सिपालु छु र सिद्धान्तअनुसार समस्या समाधान गर्न सक्छु। ममा झन्-झन् बढी आत्मविश्‍वास जाग्‍न थाल्यो। त्यसपछि, जब-जब मलाई मैले परिस्थितिको सटीक मूल्याङ्कन गरेकी छु भन्‍ने लाग्थ्यो, तब-तब म अरू सहकर्मीहरूसँग सल्‍लाह नलिई आफै निर्णय गर्थेँ। मलाई मैले तिनीहरूले भन्दा राम्ररी सिद्धान्तहरू बुझेकी छु र राम्रो अन्तर्ज्ञान पाएको छु भन्‍ने लाग्थ्यो। तिनीहरूसँग छलफल गरे पनि, हामी मेरै योजनाअनुसार चल्नेछौँ, त्यसकारण छलफल गर्नु बेकार थियो। सहकर्मीहरूले सुझावहरू दिँदा, म ती मेरा विचारहरू जत्तिका राम्रा छैनन् भनी सोच्थेँ, र सिधै ती इन्कार गरेर आफ्‍नो योजनाअनुसार गर्थेँ।

एकपटक, मण्डलीलाई हाम्रा पुस्तकहरू सम्हाल्ने सदस्यको आवश्यकता पर्दा, मैले झेङ ये नामका नयाँ विश्‍वासीलाई त्यसमा खटाउन सुझाव दिएँ, किनभने तिनको मानवता राम्रो छ भन्‍ने मलाई थाहा थियो। एक सहकर्मीले मलाई यसो भन्दै सम्झाए: “झेङ ये नयाँ विश्‍वासी र तिनकी श्रीमती गैर-विश्‍वासी हुन्। अचानक अनपेक्षित परिस्थिति आइपर्‍यो भने, तिनले पुस्तकहरू जोगाउन सक्छन् भन्‍ने कुरामा म निश्‍चित छैनँ।” त्यो बेला, मेरो सुझाव इन्कार गरिएको छ भन्‍ने सोचेँ र मलाई अलिक अप्ठ्यारो लाग्यो। मैले सोचेँ: “अगुवा त म हुँ—के म पुस्तकहरू सम्हाल्ने मान्छे भेट्टाउन साँच्चै सक्षम छैनँ? आखिर, हामीले अगुवा छनौट गरिरहेका छैनौँ, त्यसकारण किन यति ठूलो मापदण्ड तय गर्ने?” मैले सहकर्मीको सल्‍लाह सुनिनँ र झेङ येलाई पुस्तकहरू सम्हाल्न खटाएँ। एक सिस्टरले थाहा पाएपछि मलाई यसो भन्दै निराकरण गरिन्: “तपाईंले कुन सिद्धान्तअनुसार झेङ येलाई नियुक्ति गर्नुभयो? किताबहरू राख्‍नको लागि हामीले सुरक्षित घर खोज्‍नुपर्छ। झेङ ये नयाँ विश्‍वासी हुन्, त्यति राम्रो जग बसालेका छैनन् र तिनकी श्रीमती तिनको विश्‍वासको विरोध गर्छिन्। यदि केही भयो भने, के यो मण्डलीको काममा हानिकारक हुँदैन र?” मैले यस्तो सोच्दै असहमति जनाएँ: “सिद्धान्तअनुसार, झेङ ये उपयुक्त नहोलान्, तर तिनको मानवता असल छ र तिनी यो कर्तव्य पूरा गर्न इच्छुक छन्। के तिमीहरूले अलिक बढी सोचिरहेका छैनौ र? के यो त्यति गम्‍भीर कुरो हो र?” त्यसकारण मैले भनेँ: “मैले तिनीसँग सङ्गति गरिसकेकी छु—यदि तपाईंले उपयुक्त व्यक्ति भेट्टाउनुभयो भने, हामी तपाईंको छनौटअनुसार गर्नेछौँ।” मैले उनको विचारलाई अलिकति पनि स्वीकार नगरेको देखेर, उनले थप केही भन्‍ने झमेला लिइनन्। त्यसको केही समयपछि नै, झेङ ये र तिनकी श्रीमतीबीच झगडा भयो र श्रीमतीले सबै पुस्तक बाहिर फ्याँकिदिइन्, र कति पुस्तकहरू क्षतिग्रस्त भए। ती पुस्तकहरू अर्को स्थानमा सार्न हामीले राती अबेरसम्‍म काम गर्नुपर्‍यो। त्यसपछि, मेरा सहकर्मीहरूले मलाई सिद्धान्तअनुसार काम नगरेकोमा र मेरा आफ्‍नै जिद्दीमा काम गरेर पुस्तकहरू क्षतिग्रस्त पारेकोमा मलाई निराकरण गरे। यस घटनाबारे मैले लामो समयसम्‍म र गहिरो मनन गर्नुपर्छ भनेर तिनीहरूले मलाई भने। मैले मुखले सहमति जनाएँ, तर मनमा सोचेँ: “यो एउटा गल्ती मात्रै हो। मैले त्यो बेलाको मण्डलीको वास्तविक परिस्थितिको आधारमा तिनलाई खटाएकी थिएँ। यस्तो घटना घट्छ भनेर कसलाई थाहा थियो र।” त्यसपछि, म आफ्‍नो कर्तव्यमा आफ्‍नै तालमा चलिरहेँ। कामबारे छलफल गर्दा, म सहकर्मीहरूका सल्‍लाह सिधै इन्कार गर्थेँ र आफूलाई उचित लागेअनुसार कामकुरो सम्‍हाल्थेँ। क्रमिक रूपमा, मेरा सहकर्मीहरू मद्वारा बन्धनमा परे र मैले निर्णय गरिसकेको कुरामा आफ्‍नो विचार बताउने आँट गर्दैनथे।

एकपटक, म झाङ फेन नामक अगुवालाई बर्खास्त गर्न अर्को मण्डलीमा गएँ। तिनलाई बर्खास्त गर्नुअघि, मैले कर्तव्यमा उनको समग्र कार्यप्रस्तुतिबारे सङ्गति गरेर तिनलाई विश्‍लेषण गर्नुपर्थ्यो र त्यसपछि तिनलाई बर्खास्त गर्नुपर्थ्यो। तर मैले यसअघि उनको कार्यप्रस्तुतिबारे उनलाई सङ्गति दिँदा, तिनले कसरी मेरो कुरा इन्कार गरेकी थिइन् र बहससमेत गरेकी थिइन् भनेर सोचेँ। त्यसकारण मलाई उनीसँग सङ्गति गर्नु बेकार छ र तिनलाई सिधै बर्खास्त गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि, मैले झाङ फेन र अरू केही डिकनहरूको भेला बोलाएँ र तिनलाई किन बर्खास्त गर्नुपर्छ भनेर छोटकरीमा बताएँ। तर झाङ फेनले भनेको मानिनन्, मसँग बहस गरिरहिन् र मलाई यसो भन्दै प्रश्‍नसमेत गरिन्: “मलाई स्पष्ट भन्‍नुहोस्—कुन सिद्धान्तअनुसार तपाईंले मलाई बर्खास्त गर्नुभएको हो?” मैले मनमनै सोचेँ: “मैले तिम्रो प्रस्तुतिको समस्याबारे पहिले नै बताइसकेँ, तर पनि तिमी गनगन र बहस गरिरहन्छौ, अनि ममा गल्ती खोज्‍ने प्रयास गर्छौ। तिमी आफूलाई पटक्‍कै चिन्दैनौ र तिमीसँग सङ्गति गर्ने झमेला म उठाउन सक्दिनँ।” त्यसकारण मैले तिनको कुरा बेवास्ता गरेँ। सिस्टर वाङ चेनले मलाई यसो भन्दै सम्झाइन्: “झाङ फेङ असाध्यै नाटीकुटी गर्छिन्—तर तपाईंले तिनलाई सिद्धान्तहरूमा सङ्गति गरेर किन बर्खास्त गरिएको हो, सो स्पष्ट पारिदिनुपर्छ।” वाङ चेनको कुरा सही हो भन्‍ने मलाई थाहा भए पनि, झाङ फेन मण्डली अगुवा भएकी हुनाले, यी सिद्धान्तहरू उनलाई राम्ररी थाहा छ, र उनीसँग यसबारे समय बरबाद गर्नु आवश्यक छैन भन्‍ने मलाई लाग्यो। त्यसकारण, मैले अगुवाहरूको कामलाई कसरी लिने भन्‍नेबारे परमेश्‍वरका वचनहरूको एउटा खण्ड मात्रै पढेँ, तर यो पढ्दा, मलाई अलिक ग्‍लानि भयो। मैले त उनलाई दमन गर्न परमेश्‍वरका वचनहरू प्रयोग गरिरहेकी थिएँ, उनको समस्या समाधान गरिरहेकी थिइनँ—त्यो सही कुरो थिएन। तर त्यसपछि, मैले यो पढिनँ भने उनलाई नियन्त्रणमा राख्‍न सक्दिनँ भन्ने मलाई लाग्यो। उक्त खण्ड पढिसकेपछि, कोठा चकमन्न भयो र झाङ फेन रिसले चूर हुँदै चुपचाप बसिरहिन्। मलाई त्यो मामिला सकियो भन्‍ने लाग्यो, तर अचम्‍मको कुरो, एउटा भेलामा, झाङ फेनले कतिपय अगुवा र सेवकहरूले सिद्धान्त पालना गरिरहेका छैनन्, जसले गर्दा अरू अगुवा र सेवकहरू बन्धनमा परेका छन् र मण्डलीको काममा बाधा पुगेको छ भनेर भनिन्। मलाई अलिक डर लाग्यो। यो सब मैले मनमानी ढङ्गमा काम गरेकोले र सिद्धान्त पालना नगरेकोले भएको थियो, तर यसबारे गम्‍भीर रूपमा मनन नगरी मैले यो गलत थियो भनेर मात्रै स्विकारेँ।

पछि, अर्का अगुवालाई बर्खास्त गर्दा, मैले फेरि पनि बर्खास्त गर्नुका निश्‍चित कारणहरू ब्रदर-सिस्टरहरूलाई बताइनँ। कतिपय ब्रदर-सिस्टरहरूले यस अगुवाको वास्तविकता बुझेका थिएनन् र ती अगुवालाई बर्खास्त गर्दा मैले सिद्धान्त पालना गरिनँ भनेर भेलाहरूमा तिनीहरू प्रायः तर्क गरिरहन्थे। यसले गर्दा मण्डलीको परिस्थिति अस्तव्यस्त भयो। एक सिस्टरले परिस्थितिबारे थाहा पाएपछि, मलाई यसो भन्दै सम्झाइन्: “तपाईंले तुरुन्तै गएर तिनीहरूसँग सङ्गति गर्नु राम्रो हुन्छ, नत्र भने त्यो मण्डलीको स्थिति झन्-झन् अस्तव्यस्त हुनेछ।” म यस्तो सोच्दै उनको कुरामा सहमत भइनँ: “झूटा अगुवाहरूलाई बर्खास्त गर्नुपर्छ, मैले कसैलाई दण्ड दिने प्रयास गरिरहेकी छैनँ, तर किन तिनीहरू तिललाई पहाड बनाइरहेका छन्?” मैले सिद्धान्तअनुसार काम नगरेको र आत्मचिन्तन गरेर आफूलाई नचिनेकोले गर्दा, मलाई मेरो कर्तव्य झन्-झन् गाह्रो लाग्‍न थाल्यो। मैले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न छोडेँ र मण्डलीको काममा सहभागी हुँदा म प्रायः अन्योलमा पर्थेँ। मेरो दैनिक प्रार्थनामा परमेश्‍वरलाई के भन्‍ने मलाई थाहा हुँदैनथियो र म इन्‍चार्ज रहेका मण्डलीहरूले आफ्‍नो काममा राम्रा परिणामहरू प्राप्त गरिरहेका थिएनन्। मलाई अबउसो म यो कर्तव्य सम्‍हाल्‍न सक्दिनँ होला भन्‍ने महसुस हुन थाल्यो।

त्यसपछि चाँडै, मेरो रिपोर्ट गर्दै केही ब्रदर-सिस्टरहरूले पत्र लेखेछन् र मलाई लापरवाह काम गरेको र सत्यता पटक्‍कै नस्विकारेको दोष लगाएछन्। मेरो परिस्थितिबारे एक जना माथिल्‍लो तहका अगुवाले थाहा पाएपछि, उनले यसो भन्दै मलाई खुलासा र निराकरण गरिन्: “मण्डली अगुवाको हैसियतले, मानिसहरूलाई छनौट र बर्खास्त गर्ने महत्त्वपूर्ण कुरा गर्दा, तपाईंले सहकर्मीहरूसँग सल्‍लाह गर्नुभएन, सिद्धान्तहरू खोज्नुभएन, तर आफ्‍नै योजना लागू गर्दै मनमानी गर्नुभयो। ब्रदर-सिस्टरहरूले सम्झाउँदा, तपाईंले मान्‍नुभएन। तपाईं अत्यन्तै अहङ्कारी र आत्म-धर्मी हुनुहुन्छ। तपाईं असफल भएर खुलासा हुँदा, तपाईंले आत्मचिन्तन गर्नुभएन तर मन लागेअनुसार गरिरहनुभयो। तपाईंको मनमानी व्यवहारले मण्डलीलाई अस्तव्यस्त पाऱ्यो र ब्रदर-सिस्टरहरूको जीवनमा क्षति पुग्यो। तपाईंको कामलाई हेर्दा, तपाईं अबदेखि अगुवाको रूपमा सेवा गर्न योग्य हुनुहुन्‍न। यो पदमा तपाईंलाई राख्दा फाइदाभन्दा घाटा बढी हुन्छ।” यसरी अगुवाले मलाई खुलासा र निराकरण गरेको सुनेर, मलाई निकै दुःख र नरमाइलो लाग्यो र आँसु झारेँ। मैले आफैलाई सोधेँ: “मैले कसरी मण्डलीको कामलाई यति बरबाद गरेँ?” मैले अगुवाको रूपमा आफ्ना कर्तव्य पूरा गर्न नसकेको मात्र थिइनँ, तर मण्डलीको काममा पनि बाधा दिएकी थिएँ। मलाई कतै गएर लुकूँ जस्तो लाग्यो। घर फर्किँदा, मेरो होस गुम भएको थियो। मैले आफ्‍नो कर्तव्यमा मनमानी, लापरवाही काम गरेको र मण्डलीको काममा बाधा पुर्‍याएको हुनाले, परमेश्‍वरले अवश्य नै मलाई घृणा गर्नुहुनेछ भन्‍ने मलाई लागेको थियो। के परमेश्‍वरले मजस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्छ? मैले यसबारे जति सोचेँ, मलाई त्यति नै नराम्रो लाग्यो र घर कसरी आइपुगेँ, त्यो समेत थाहा छैन। मैले ओछ्यानमा घुँडा टेकेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ: “प्यारो परमेश्‍वर! म कसरी यस्तो अवस्थामा आइपुगेँ मलाई थाहा छैन। मलाई आफ्‍नो बारेमा कुनै वास्तविक ज्ञान छैन रहेनछ। हे परमेश्‍वर! बर्खास्त हुँदा पाठ सिक्‍नुपर्छ भन्‍ने मलाई थाहा छ, तर म अत्यन्तै चेतनाशून्य भएकी छु। बिन्ती छ, आफूलाई चिन्‍न र तपाईंका अभिप्रायहरूलाई बुझ्‍न मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”

मलाई भक्तिको समयमा आफूले प्रायः गाउने गरेको परमेश्‍वरका वचनहरूको भजन याद आयो: “तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, र म जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र?

धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ। त्यस्तो सजाय र न्यायको सामना गर्नुपर्दा तिमीहरूले के भन्नुपर्ने हुन्छ? के तिमीहरूले सुरुदेखि अन्त्यसम्म सधैँ मुक्तिको आनन्द लिइरहेका छैनौ र? तिमीहरूले देहधारी परमेश्‍वरलाई देखेका छौ र उहाँको सर्वशक्तिमान्‌ता र बुद्धिलाई महसुस गरेका छौ; यसबाहेक अझै तिमीहरूले बारम्बारको पिटाइ र अनुशासनको अनुभव गरेका छौ। तापनि, के तिमीहरूले सर्वोच्च अनुग्रह पनि प्राप्त गरेका छैनौ र?(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, परमेश्‍वरको न्याय र सजाय मानिसलाई मुक्ति दिनका लागि हुन्)। परमेश्‍वरका वचनहरूले साँच्‍चै मेरो मन छोए। ठिक भन्‍नुभयो। परमेश्‍वरका आखिरी दिनहरूको काम भनेको न्याय गर्नु र सजाय दिनु हो। चाहे यो ताडना दिनु, अनुशासनमा राख्‍नु, निराकरण गर्नु होस् वा खुलासा गर्नु, उहाँले यो सब मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिनका लागि गर्नुहुन्छ। बर्खास्त भएपछि मलाई नरमाइलो लाग्‍न सक्छ, तर यो आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने राम्रो मौका थियो। यो परमेश्‍वरको प्रेम र मुक्ति थियो। मैले परमेश्‍वरको अभिप्रायलाई गलत रूपमा बुझ्‍नु हुँदैनथियो। यो सब बुझेपछि, मलाई अलिक शान्ति भयो। म सत्यता खोजी गर्न आत्मचिन्तन गरेर आफूलाई चिन्‍न र जतिसक्दो चाँडो साँचो पश्‍चात्ताप गर्न चाहन्थेँ।

मनमानी र लापरवाह काम गरेकोमा अगुवाले मलाई कसरी खुलासा र निराकरण गरेकी थिइन् भनेर सोचेपछि, मैले परमेश्‍वरका वचनहरूका सान्दर्भिक खण्डहरू खान-पिउन र मनन गर्नका लागि खोजेँ। मैले परमेश्‍वरका कतिपय वचनहरू भेटेँ, जसमा भनिएको छ: “कतिपय मानिसहरू कसैसँग छलफल नगरी वा कसैलाई नभनी कामकुरा आफै गर्न मन पराउँछन्। तिनीहरूले जसरी काम आएको छ त्यसलाई त्यसरी नै गर्छन्, चाहे अरूले ती कामलाई जसरी नै किन नहेरून्। तिनीहरू सोच्छन्, ‘म अगुवा हुँ, र तिमीहरू परमेश्‍वरका चुनिएका मानिसहरू हौ, त्यसकारण तिमीहरूले मैले जे गर्छु त्यही पछ्याउनुपर्छ। म जे भन्छु त्यही गर—यो यस्तै हुनुपर्छ।’ तिनीहरूले काम गर्दा अरूलाई जानकारी दिँदैनन्; तिनीहरूको काममा कुनै पारदर्शिता हुँदैन। तिनीहरू सधैँ गुप्त रूपमा कुनै कुरामा लागिपरेका र गुप्त रूपमै काम गरिरहेका हुन्छन्। सत्तामाथि एकदलीय एकाधिकार कायम राख्‍ने ठूलो रातो अजिङ्गरले जस्तै, तिनीहरूले अरूलाई मूल्यहीन र महत्त्वहीन ठान्छन्, र तिनीहरूको आँखामा छारो हाल्‍ने र तिनीहरूलाई नियन्त्रण गर्ने गर्छन्। तिनीहरूले सधैँ अरूसँग छलफल वा कुराकानी नगरी कामकुराबारे अन्तिम निर्णय आफै गर्न चाहन्छन्, र तिनीहरूले अरूसित कहिल्यै परामर्श गर्दैनन्। तिमीहरूलाई यस्तो शैली कस्तो लाग्छ? के यसमा सामान्य मानवता हुन्छ? (हुँदैन।) के यो ठूलो रातो अजिङ्गरको प्रकृति होइन र? ठूलो रातो अजिङ्गर तानाशाही र स्वेच्‍छाचारी छ। के यस्तो भ्रष्ट स्वभाव भएका मानिसहरू ठूलो रातो अजिङ्गरका सन्तान होइनन् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण समन्वय सम्बन्धमा)। “तेरो कर्तव्य पर्याप्त रूपमा पूरा गर्नका निम्ति, तैँले परमेश्‍वरमा कति वर्षदेखि विश्‍वास गरेको छस्, तैँले आफ्नो कर्तव्यमा कतिसम्म गरेको छस् भन्ने कुराको कुनै महत्त्व हुँदैन, न त तैँले परमेश्‍वरको घरमा कति योगदान दिएको छस् भन्ने कुराको नै महत्त्व हुन्छ, तँ आफ्नो कर्तव्यमा कतिको अनुभवी छस् भन्ने कुरा त परै जाओस्। परमेश्‍वरले हेर्नुहुने मुख्य कुरा भनेको, व्यक्तिले कुन बाटो लिन्छ भन्ने तथ्य हो। अर्को शब्दमा, उहाँले सत्यताप्रतिको व्यक्तिको आचरण र व्यक्तिका कार्यहरूको पछाडि रहेका सिद्धान्तहरू, दिशा, मूल र प्रेरक शक्तिलाई हेर्नुहुन्छ। परमेश्‍वरले यी कुराहरूमा ध्यान केन्द्रित गर्नुहुन्छ; तिनै कुराहरूले तँ हिँड्ने बाटो निर्धारित गर्छन्। यदि, तेरो कर्तव्य पूरा गर्ने क्रममा, तँमा यी सकारात्मक कुराहरू पटक्कै देखिँदैनन् भने, र तेरो कार्यको सिद्धआन्त, मार्ग र आधार तेरा आफ्नै विचार, उद्देश्य र युक्तिहरू हुन् भने; तेरो प्रेरक शक्ति तेरो आफ्नै हितको रक्षा गर्नु र तेरो इज्जत र ओहदा बचाउनु हो, तेरो काम गर्ने शैली एकलै निर्णयहरू लिएर काम गर्नु र अन्तिम निर्णय आफै गर्नु, कामकुराहरूको विषयमा अरूसँग कहिल्यै छलफल नगर्नु वा सामञ्जस्य रूपमा सहकार्य नगर्नु, र आफूले गल्ती गर्दा सत्यता खोज्‍नु त कता हो कता कसैको सल्लाह-सुझावसमेत कहिल्यै नसुन्‍नु हो भने, परमेश्‍वरले तँलाई कसरी हेर्नुहुनेछ? यदि तैँले यसरी आफ्नो कर्तव्य पूरा गर्छस् भने, तँ मापदण्डमा पुगेको छैनस्; तैँले सत्यताको पछि लाग्ने मार्गमा पाइला टेकेको छैनस्, किनकि तैँले आफ्‍नो काम गर्दा, तँ सत्यताको सिद्धान्त खोजी गर्दैनस् र सधैँ आफ्नो इच्छाअनुसार काम गर्दै आफूलाई जे मन लाग्यो त्यही गर्छस्। यही कारणले गर्दा धेरै जना मानिसहरूले आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गले गर्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। यी खण्डहरूलाई मनन गर्दा, परमेश्‍वरका वचनहरूले मलाई साँच्‍चै असर गरे। ती वचनहरूले अहङ्कारी हुनु, घमन्डी बन्‍नु र मनमानी काम गर्नु ठूलो रातो अजिङ्गरको प्रकृति हो भनेर खुलासा गरिदिए। त्यस्ता मानिसहरूको खोजीसम्‍बन्धी दृष्टिकोण र तिनीहरूले हिँड्ने मार्ग सबै परमेश्‍वरविपरीत हुन्। मण्डलीले मलाई प्रशासकको रूपमा नभई अगुवाको रूपमा सेवा गर्ने अवसर दिएको थियो। तिनीहरूले मलाई जिम्‍मेवारी दिएका थिए र मैले परमेश्‍वरको इच्‍छा पालना गरेको, मण्डलीको काम राम्ररी पूरा गर्न अरूसँग मिलेर काम गरेको अनि आफ्‍नो कर्तव्य पूरा गरेको तिनीहरू चाहन्थे। तर मैले मण्डलीको कामलाई आफ्‍नै व्यक्तिगत उद्यमको रूपमा लिएँ। मैले आफ्‍नो काममा केही परिणाम प्राप्त गर्न थाल्दा र प्रतिभालाई छान्न थोरै अनुभव प्राप्त गर्दा, मसँग राम्रो क्षमता, काम गर्ने असाधरण सीप अनि परिस्थिति र मानिसहरूलाई राम्ररी मूल्याङ्कन गर्ने क्षमता छ भन्‍ने सोचेँ। विशेष गरी ब्रदर-सिस्टरहरू आफ्‍ना जिज्ञासा लिएर मकहाँ आउन थालेपछि, मैले आफूलाई ठूलो ठानेँ, र तिनीहरूले भन्दा बढी सत्यता बुझेकी छु भन्‍ने सोचेँ। मैले बडप्पन देखाउन छोडिनँ, र मण्डलीको काममा भएको सबै प्रगति मैले गर्दा भएको हो, र ब्रदर-सिस्टरहरू सबै मभन्दा तलका हुन् र तिनीहरूसँग आफ्नो विचार व्यक्त गर्ने अधिकार छैन भन्‍ने सोचेँ। कुनै पनि कामबारे छलफल गर्नुपर्दा मेरा विचारहरूलाई प्राथमिकता दिनुपर्थ्यो। त्यसकारण म आफ्‍नो काममा कसरी तर्केकी छु भनेर ब्रदर-सिस्टरहरूले औँल्याउँदा, मैले ती कुरामा कुनै ध्यान दिइनँ र आफ्‍नै तरिकाले काम गरिररहेँ। कहिलेकहीँ तिनीहरूले फरक विचार प्रस्तुत गर्दा, म विचार नै नगरी ती इन्कार गरिहाल्थेँ। म तिनीहरूलाई मेरो योजना पालन गराउन जोड गर्थेँ र कहिलेकहीँ सहकर्मीहरूसँग सल्‍लाह नलिई योजनाहरू अघि बढाउँथेँ। मैले पुस्तकहरू सम्हाल्न सिद्धान्तसँग नमिल्‍ने व्यक्तिलाई छनौट गर्ने जोड गरेको, र सहकर्मीहरूले मलाई सम्झाउँदा र त्यसो नगर्न चेतावनी दिँदा नमानेको कारण, कतिपय पुस्तकहरू क्षतिग्रस्त भए। त्यसको बाबजुद, मैले आत्मचिन्तन गरिनँ। मैले झाङ फेनका समस्याहरू नदेखाई र सङ्गति नदिई तिनलाई बर्खास्त गरेँ, जसले गर्दा उनी आक्रोशित भइन्, अटेरी बनिन्, र गल्ती खोतल्‍ने प्रयास गरिन्। यसले ठूलो बाधा पैदा गर्‍यो र मण्डली जीवन अस्तव्यस्त भयो। मैले आफ्‍नो कर्तव्यमा सत्यता खोज्नुलाई प्राथमिकता दिइनँ र अरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न डोऱ्याइनँ। बरु, म सिद्धान्तहरू उल्‍लङ्घन गर्ने मार्गमा हिँडेँ, सबैलाई मेरा आदेशहरू पालन गर्न कर गरेँ, तिनीहरूलाई फरक विचार व्यक्त गर्न दिइनँ र सबै कुरामा अन्तिम निर्णय गर्न चाहेँ। के मैले तानाशाहले जस्तो व्यवहार गरिरहेकी थिइनँ र? मण्डली अगुवाको रूपमा, हामीले सिद्धान्तअनुरूप काम गर्नैपर्छ भन्‍ने मैले स्पष्टसित बुझेकी थिएँ, तर मैले ती बेवास्ता गरेर आफ्‍नै तरिकाले काम गरेँ र सधैँ अन्तिम निर्णय गर्न चाहेँ। के मैले आफूलाई परमेश्‍वरविरुद्ध खडा गरिरहेकी थिइनँ र? मेरा हरेक कार्यले मेरो ख्रीष्टविरोधी स्वभाव प्रकट गरेको थियो। मेरो कार्यशैलीलाई मनन गर्दा, मेरा सबै व्यवहार परमेश्‍वरको लागि घृणास्पद रहेछन् भन्‍ने मलाई थाहा भयो। मैले पश्‍चात्ताप गरेर आफ्‍नो व्यवहारलाई नसुधारेकोभए, के मैले पनि ख्रीष्टविरोधीहरूले जस्तै परिणाम भोग्‍नुपर्नेथिएन र?

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्डमा यस्तो लेखिएको देखेँ: “सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्‍नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरको वचनबाट मैले के थाहा पाएँ भने, मैले आफ्‍नै योजनाअनुसार मनमानी काम गर्नुको मूल कारण त मेरो प्रकृति अत्यन्तै अहङ्कारी भएकोले रहेछ। म आफूलाई अति उच्‍च ठान्थेँ, म अरूभन्दा असल छु, मानिस र परिस्थितिलाई राम्ररी मूल्याङ्कन गर्न सक्छु भन्‍ने सोच्थेँ। कसैप्रति ममा कुनै आदर थिएन। सहकर्मीहरूसँग कामबारे छलफल गर्दा, म सधैँ आफूलाई सही ठान्थेँ, र मसँग जोसुकै असहमत भए पनि, कहिल्यै कुरा सुन्दिनथिएँ। मैले आफ्नो अहङ्कार र आत्म-धर्मीपनको कारण मण्डलीमा बाधा र अस्तव्यस्त अवस्था सिर्जना गर्दासमेत, आफूलाई नम्र तुल्याइनँ, यो त एकपटक हुने गल्ती मात्रै हो भन्‍ने सोचेँ। एक सिस्टरले मलाई सम्झाउँदा, मैले आत्मचिन्तन गरेर आफूलाई चिन्‍न सकिनँ, र अरूले तिललाई पहाड बनाइरहेका छन् भन्‍ने सोचेँ। मलाई म साँच्‍चै नै अहङ्कारी रहेछु भन्‍ने महसुस भयो। मेरो समझ कहाँ थियो? मैले काममा पाएका परिणामहरू र मैले गरेका असल छनौटहरू परमेश्‍वरको डोऱ्याइ र उहाँको वचनले ममा पारेको असरका परिणाम थिए। यदि मसँग परमेश्‍वरको अन्तर्दृष्टि, डोऱ्याइ र उहाँको घरका सिद्धान्तहरू नभएको भए, म कुनै कुरा गर्न सक्षम हुनेथिइनँ। तर पनि मैले सबै श्रेय लिएँ, र यी परिणामहरूलाई आफ्नो अहङ्कार र आत्म-धर्मीपनका लागि पूँजीको रूपमा प्रयोग गरेँ। म निर्लज्ज थिएँ। यदि मेरा अगुवाले कठोर रूपमा खुलासा र बर्खास्त नगरेकी भए, मैले कहिल्यै आत्मचिन्तन गर्नेथिइनँ। त्यसपछि मात्रै मलाई के थाहा भयो भने खुलासा गरेर बर्खास्त गर्नु परमेश्‍वरले मलाई रक्षा गर्ने तरिका थियो। नत्र त, मैले आफ्‍नो अहङ्कारी स्वभावद्वारा अरू कुन दुष्कर्म गर्नेथिएँ कसलाई थाहा? यो सब महसुस गरेपछि, मलाई निकै डर र लाज लाग्यो र मैले परमेश्‍वरलाई यसरी प्रार्थना गरेँ: “प्यारो परमेश्‍वर! म अबदेखि आफ्नो अहङ्कारी स्वभावमा जिउन चाहन्‍नँ, न त मनमानी र लापरवाही रूपमा नै काम गर्न चाहन्छु। बिन्ती छ, अभ्यासको मार्ग भेट्टाउन मलाई डोऱ्याउनुहोस्।”

त्यसपछि, मैले मेरो समस्याबारे खोजी गरेँ र परमेश्‍वरका वचनहरूमा यो खण्ड भेट्टाएँ: “अनि, तेरो स्चेच्छाचारीपन र अविवेकीपन कसरी समाधान गर्छस्? उदाहरणको लागि, मानौं तँलाई केही भयो र तेरा आफ्‍नै विचार र योजनाहरू छन्; के गर्ने भनेर निर्धारित गर्नुभन्दा पहिले, तैँले सत्यताको खोजी गर्नुपर्छ र कम्तीमा पनि यसबारेमा तँ के सोच्छस् र के विश्‍वास गर्छस् भन्‍नेबारेमा सबैसँग सङ्गति गर्नुपर्छ, अनि सबैलाई तेरा विचार र योजनाहरू सही र सत्यताअनुरूप छन् कि छैनन् भनेर सोधी तेरो लागि ती कुराहरूको अन्तिम जाँच गर्न लगाउनुपर्छ। यो स्वेच्छाचारिता र हतारिने समस्याको समाधान गर्ने सबैभन्दा राम्रो उपाय हो। पहिलो, तँ तेरो दृष्टिकोणलाई प्रकाश पार्न र सत्य खोज्‍न सक्छस्; स्वेच्छाचारिता र अविवेकीपन हल गर्नको निम्ति तैँले अभ्यासमा ल्याउन सक्‍ने पहिलो चरण यही हो। दोस्रो चरण तब हुन्छ जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिन तैँले कस्तो अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। त्यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरको इच्छा पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तँ आफ्नै विचारमा लिप्त हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्‍वरका वचनहरूमा आधार खोज्‍नुपर्छ, र त्यसपछि परमेश्‍वरका वचनहरूको आधारमा कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो। जब मानिसहरूले सत्यताको खोजी गर्छन् र सबैसामु समस्या उजागर गर्दै त्यस विषयमा सङ्गति गर्छन् र उत्तरको खोजी गर्छन्, तब पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्धान्तहरूअनुसार अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तिमीहरूको मनोवृत्ति हेरेर लेखाजोखा गर्नुहुन्छ। आफ्नो सही वा गलत दृष्टिकोणको पर्वाह नगरी, यदि तँ आफ्‍नै कुरामा जिद्दी गर्छस् भने, परमेश्‍वरले तँबाट आफ्‍नो अनुहार लुकाउनुहुन्छ र तँलाई बेवास्ता गर्नुहुन्छ; उहाँले तँलाई ठक्‍कर खान लगाउनुहुन्छ, र तेरो खुलासा गरेर तेरो कुरूप स्थिति पर्दाफास गरिदिनुहुन्छ। तर यसको विपरीत, यदि तेरो मनोप्रवृत्ति सही छ भने, तँ आफ्नै तरिकालाई जोड दिँदैनस् भने र तँ आत्म-धर्मी, स्वेच्छाचारी र अविवेकी छैनस् भने, बरु सत्यताको खोजी गर्ने र त्यसलाई स्वीकार गर्ने मनोवृत्तिको छस् भने, यदि तैँले सबैसँग यसबारे सङ्गति गर्छस् भने, पवित्र आत्माले तिमीहरूमा काम गर्न थाल्नुहुनेछ, र सायद कसैका वचनहरूमार्फत उहाँले तँलाई अगुवाइ गर्नुहुनेछ। कहिलेकहीँ, जब पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तँलाई केही शब्‍द वा वाक्यहरूद्वारा वा तँलाई समझशक्ति प्रदान गरेर मामलाको निचोड बुझ्‍न अगुवाइ गर्नुहुन्छ। त्यही क्षण, तैँले जुन कुरामा अडान राख्दै आइरहेको छस् त्यो गलत छ भन्‍ने थाहा पाउँछस्, र त्यही क्षणमा नै, काम गर्ने सबैभन्दा उचित तरिकालाई बुझ्छस्। त्यो स्तरमा पुगेपछि, के तैँले दुष्कर्म गर्न, र गल्तीका परिणामहरू भोग्नबाट आफूलाई सफलतापूर्वक उम्काउन सकेको छस्? यस्तो कुरा कसरी हासिल गरिन्छ? यस्तो कुरा तबमात्र हासिल हुन्छ, जब तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, र तैँले आज्ञाकारी हृदयले सत्यताको खोजी गर्छस्। तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गरेर अभ्यासका सिद्धान्तहरू निर्धारित गरेपछि, तेरो अभ्यास सत्यताअनुरूप हुनेछ, र तैँले परमेश्‍वरको इच्‍छा पूरा गर्न सक्‍नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले अभ्यासको मार्ग देखाए। आफ्‍नो अहङ्कार, आत्म-धर्मीपन र लापरवाहीलाई हटाउन, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको डर मान्‍ने हृदय हुनु, सत्यता खोजी गर्ने मनोवृत्ति राख्‍नु, र अरूसँग मिलेर सहकार्य गर्ने इच्‍छा राख्‍नु हो। समस्याहरू सामना गर्दा, अरूसँग छलफल गर्नुपर्छ र अघि बढ्नुअघि सहमतिमा पुग्‍नुपर्छ। यदि अरूले फरक विचारहरू राख्छन् भने, आफूलाई नम्र तुल्याउन सिक्‍नुपर्छ, र अरूसँग सत्यता र सिद्धान्तहरू खोजी गर्नुपर्छ। सिद्ध कोही पनि छैन—मण्डलीको कुनै पनि प्रोजेक्ट एक जना व्यक्तिले मात्रै पूरा गर्न सक्दैन, ती सबै उचित रूपमा पूरा गर्न सहकार्य र छलफल गर्नुपर्छ। यो असफलताले मलाई आफ्‍नो कर्तव्यमा सत्यता खोजी गर्नु र सिद्धान्तअनुसार काम गर्नु कति महत्त्वपूर्ण छ भनेर बुझ्न सहयोग गर्‍यो। यसरी काम गर्दा म बाधा र व्यवधान ल्याउनबाट टाढा बस्‍नेथिएँ। यदि व्यक्ति अहङ्कारी, आत्म-धर्मी, स्‍वेच्‍छाचारी र लापरवाह छ भने, ऊ जति नै बाठो भए पनि, उसले असल परिणामहरू हासिल गर्नेछैन, र मण्डलीको काममा बाधा र व्यवधान मात्रै ल्याउनेछ। केही समयपछि, मैले पश्‍चात्ताप गरेकी छु र आफ्‍नो कर्तव्य पूरा गर्दै अलिक परिवर्तन भएकी छु भन्‍ने ब्रदर-सिस्टरहरूले देखेपछि, फेरि मलाई मण्डली अगुवा चयन गरे। म कसरी आफ्‍नो कर्तव्यमा सधैँ अन्तिम निर्णय गर्न चाहन्थेँ, र यो अरूको लागि कति हानिकारक भएको थियो र यसमा मैले धेरै पछुताउनुपर्‍यो भन्‍ने सोच्दा, मैले परमेश्‍वरलाई यो प्रतिज्ञा गरेँ: म मनमानी ढङ्गमा काम गर्नेछैनँ र अरूलाई मेरो कुरा मान्न कर लगाउनेछैनँ र अरूसँग मिलेर सहकार्य गर्नेछु।

एकपटक, निश्‍चित मण्डलीको मलजलको कामबारे सहकर्मीहरूसँग छलफल गर्दा, मलाई वाङ चेन जिम्‍मेवार र प्रतिभाशाली छिन् र उनलाई मलजल डिकनको रूपमा प्रगति गराउनुपर्छ भन्‍ने लाग्यो। तर दुई सहकर्मीहरू सहमत भएनन्: वाङ चेन केही जिम्‍मेवार र प्रतिभावान् भए पनि, उनीसँग त्यति जीवन अनुभव छैन र समस्याहरू सामना गर्दा उनले सत्यताका सिद्धान्तहरू खोजी गर्नुलाई प्राथमिकता दिँदिनन्, त्यसकारण मलजल कामको रेखदेख गर्न उनी योग्य छैनन् भन्‍ने तिनीहरूलाई लागेको थियो। यो सुनेपछि, मलाई मभित्र रिस उम्लेको महसुस भएको थियो: “अगुवा त म हुँ—मानिसहरूलाई मूल्याङ्कन गर्न मभन्दा सिपालु छौ जस्तो लाग्छ?” मैले आफ्‍नो दृष्टिकोण दोहोर्‍याउनै लाग्दा, फेरि पनि आफ्नो अहङ्कारी स्वभाव प्रकट गरेर मनमानी गर्ने चाहना गरिरहेकी छु भन्‍ने मलाई अचानक महसुस भयो। मैसे मेरो पहिलेको असफलता सम्झिँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, आफूलाई नम्र तुल्याएर सिद्धान्तअनुसार काम गर्न सहयोग मागेँ। प्रार्थना गरेपछि, मैले के महसुस गरेँ भने यदि हामीले मलजलको पदमा गलत व्यक्तिलाई छनौट गर्‍यौँ भने, ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा धेरै हानि पुग्नेछ, त्यसकारण मैले होसियारीपूर्वक काम गर्नुपर्छ। त्यसपछि, मैले अरूसँग मिलेर मानिसहरूलाई बढुवा गर्ने र तालिम दिनेसम्‍बन्धी सिद्धान्तहरू खोजी गरेँ, र वाङ चेनसँग भेला भएर सङ्गति गरिसकेपछि, उनमा साँच्‍चै नै जीवन अनुभवको कमी रहेछ, उनले समस्याहरू सामना गर्दा आत्मचिन्तन गरेर आफूलाई चिन्दिनन्, ती समस्या समाधान गर्न सत्यता खोजी गर्दिनन्, र उनी मलजल कामको लागि उपयुक्त छैनन् भन्‍ने मलाई थाहा भयो। आखिर, म अरूका विचारसँग सहमत भएँ। यसरी अभ्यास गरेपछि मलाई निकै सहज महसुस भयो। मेरो अनुभवलाई फर्केर हेर्दा, मनमानी काम गर्नुका परिणामहरू भोग्दा मलाई धेरै भावनात्मक पीडा र पछुतो भयो अनि आफूप्रति घृणा जाग्यो। यसले मलाई आफ्‍नो अहङ्कारी स्वभाव चिन्न र कर्तव्यमा आफ्‍नै विचारहरूअनुसार मात्रै काम गर्नु हुँदैन, परमेश्‍वरका अभिप्रायहरू अझै खोजी गर्नुपर्छ, सिद्धान्तअनुसार काम गर्नुपर्छ, र परमेश्‍वरलाई अरू सबै कुराभन्दा माथि उचाल्‍नुपर्छ भन्‍ने बुझ्न पनि मदत गऱ्यो। यसो गरेर मात्रै मैले परमेश्‍वरको डोऱ्याइ प्राप्त गर्नेथिएँ र बाटो बिराउनेथिइनँ। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सुसमाचार सुनाउने कठिन मार्ग

आना, म्यान्मारम म्यान्मारकी हुँ। मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम सन् २०१९ मा स्विकारेँ। मैले परमेश्‍वरको वचन पढेर के थाहा...

कर्तव्य करियर होइन

काइली, फ्रान्सगत वर्ष म दुईटा मण्डलीहरूको कामको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, अर्को ठाउँमा कर्तव्य निर्वाह गर्नको लागि हाम्रा...

आफ्नो विश्‍वासमा म सच्चा थिइनँ

मेरो परिवार निकै गरिब थियो, म ब्याङ्कको कार्यकारी बन्ने, समाजमा हैसियत बनाउने सपना देख्थेँ, ताकि हामीलाई यति साह्रो पैसाको खाँचो नहोस्।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्