सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्न इन्कार गर्नेहरू विपत्तिहरूमा पर्नु नै परमेश्‍वरको दण्ड हो

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घृणा गर्नुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईश्‍वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्‍वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैन। यसको साथै, यो दिनदेखि उसो परमेश्‍वरबाट स्वीकृती प्राप्त गर्ने अर्को मौका तैँले पाउनेछैनस्; यदि तैँले आफैलाई छुटाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जे विरोध गर्छस् त्यो मानिस होइन, तैँले जे तिरस्कार गर्छस् त्यो कुनै तुच्छ कुरा होइन, तर ख्रीष्‍ट हुनुहुन्छ। यसको परिणामहरू के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, तर घृणित पाप गरेको हुनेछस्। त्यसैले म जोकोहीलाई सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाह आलोचना नगर भन्‍ने सल्‍लाह दिन्छु, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्य बाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि हेर्ने तुल्याउन सक्दैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू ग्रहण गर्न असक्षम मानिसहरू निश्‍चय नै नरकका सन्तानहरू, प्रधान स्वर्गदूतका सन्ततीहरू हुन्, जुन अनन्त विनाशमा अर्पण गरिएका श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्‍वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्‍वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्ने विश्‍वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र जीवनको साँचो मार्गको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

अन्त्यसम्‍मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्‍मै पछ्याउन नसक्‍ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्‍वास गर्ने ती “चलाख मानिसहरू” परमेश्‍वरको देखा पर्ने घटनालाई देख्‍न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्‍वास गर्छन्, र परमेश्‍वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन्, र परमेश्‍वरले तिनीहरूलाई अर्थात् “परमेश्‍वरप्रति उच्‍च बफादारीता हुनेहरू, परमेश्‍वरलाई पछ्याउनेहरू र परमेश्‍वरका वचनहरूलाई पालना गर्नेहरू” लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्‍चितताको साथ विश्‍वास गर्छन् भन्‍ने देखिन्छ। परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्‍च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्‍माको कामलाई विरोध गर्छन्, र धोका र छल गर्छन्। अन्तिमसम्‍मै नपछ्याउनेहरू, पवित्र आत्‍माको कार्यमा नलागिरहनेहरू, र पुरानो काममा मात्रै टाँसिरहनेहरूले परमेश्‍वरप्रति बफादारीता हासिल गर्न असफल मात्रै भएका छैनन्, तर यसको विपरीत, तिनीहरू परमेश्‍वरलाई विरोध गर्नेहरू बनेका छन्, नयाँ युगद्वारा इन्कार गरिएकाहरू बनेका छन्, र जो दण्डित हुनेछन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्‍वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई नचिन्ने जो कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई नचिन्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट—विरोधी हो!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

संसारको व्यापक फैलावटमा अनगिन्ती परिवर्तनहरू भएका छन्, महासागरहरू भरिएर मैदानमा परिणत हुँदैछन्, जमिनहरू बगेर महासागरहरूमा परिवर्तन भइरहेका छन् र यो क्रम जारी नै रहन्छ। ब्रम्‍हाण्डमा भएका सबै थोकमाथि शासन गर्नुहुने बाहेक अरू कोही पनि मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशित गर्न सक्षम छैन। मानवजातिको निम्ति काम गर्ने वा तयारी गर्न सक्ने शक्तिशाली व्यक्ति कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने र संसारका अन्यायहरूबाट मुक्त गर्न सक्‍ने व्यक्ति अझै कम छन्। मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस फर्कन नसक्‍ने विनाशको मार्गतिर क्रमिक रूपमा लागिरहेको कुराले उहाँलाई पीडा दिन्छ। मानवजातिले परमेश्‍वरको हृदयलाई छियाछिया बनाएको छ र दुष्‍टलाई खोज्नको लागि उहाँलाई त्यागेको छः के मानवजाति यस्तो मार्गमा लागेको हुन सक्छ भन्ने कुराप्रति कसैले कहिल्यै विचार गरेको छ? यसैकारणले गर्दा कसैले पनि परमेश्‍वरको क्रोध थाहा गर्दैन, कसैले परमेश्‍वरको मार्गलाई खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, किन कसैले पनि परमेश्‍वरको शोक र पीडालाई बुझ्न खोज्दैन। परमेश्‍वरको आवाज सुनेपछि पनि परमेश्‍वरको अनुग्रह र वास्ताबाट तर्केर उहाँको सत्यतालाई त्यागेर मानिस आफ्नै मार्गमा हिँडिरहन्छ र परमेश्‍वरको शत्रु शैतानको हातमा आफूलाई बेच्न रुचाउँछ। के मानिस आफ्नो जिद्दीमा लागिरहनुपर्छ, अनि परमेश्‍वरलाई फर्केर नहेरिकन नै उहाँलाई छोड्ने मानवजातिप्रति परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले विचार गरेको छ? परमेश्‍वरले यस अघि कहिल्यै नभएको विपत्ति उहाँको बाहुलीले तयार पार्नुभएको हुनाले उहाँले पटक-पटक याद दिलाउनुभएको र अर्ती दिनुभएको कसैले जान्दैनन्, जुन विपत्ति मानव देह र प्राणको निम्ति असह्‍य हुनेछ। यो विपत्ति देहको निम्ति मात्र दण्ड होइन, तर प्राणको निम्ति पनि हो। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ र उहाँका याद दिलाउने कुराहरू र अर्तीहरूले कुनै जवाफ पाउँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुन्छ होला? यो कुनै पनि सृष्‍टि गरिएका प्राणीहरूले कहिल्यै नभोगेका र नसुनेका किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति पहिले कहिल्यै आएको थिएन र फेरि कहिल्यै आउने छैन। मानवजातिलाई सृष्‍टि गर्ने परमेश्‍वरको योजना यो एक पटकको लागि मात्रै हो र मानवजातिलाई मुक्ति दिने पनि यो एक पटकको लागि मात्रै हो। यो पहिलो पटक पनि र अन्तिम पनि हो। यसकारण, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षालाई कसैले बुझ्दैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

परमेश्‍वर धेरै मानिसहरूले दण्ड पाऊन् भन्ने चाहनुहुन्न, तर त्यसको साटो धेरै मानिसहरूले मुक्ति पाऊन्, र धेरै मानिसहरूले उहाँका पाइलाहरूलाई पछ्याऊन् र उहाँको राज्यमा प्रवेश गरून् भन्ने आशा गर्नुहुन्छ। तर यदि मानिसहरूले आफ्ना गल्तीहरू स्वीकार गर्न मान्दैनन् भने, यदि तिनीहरूले नम्र हृदयले सत्यतालाई स्वीकार गर्न सक्दैनन्, तर त्यसको साटो नचाहिँदो आलोचना गर्दै, दोष पत्ता लगाउने कोसिस गर्छन् र केही नबुझे पनि बुझेको जस्तो ढोङ्ग गर्छन् भने, तिनीहरू अन्त्यमा हार्ने मानिसहरू बन्‍नेछन्। परमेश्‍वरको कामले कसैलाई पर्खँदैन। उहाँको मुक्ति विनाउद्देश्य कसैको अघि फाल्न सकिने कसिंगरको टुक्रा जस्तो होइन। बरु यो एउटा उद्देश्य र छनौट सहितको लक्षित कुरा हो। यदि तँ त्यसलाई कदर गर्न जान्दैनस् भने, तँलाई परमेश्‍वरको धार्मिक न्याय र दण्डले मात्र पर्खिरहेको हुनेछ। परमेश्‍वरले सबै मानिससँग धार्मिकताको साथ व्यवहार गर्नुहुन्छ; तेरो उमेर जति भए पनि, तँ जति नै वरिष्ठ भए पनि, वा तैँले जति धेरै दुःख-पीडा भोगेको भए पनि यी सबै कुराहरूप्रति परमेश्‍वरको धार्मिक स्वभाव सधैँ अपरिवर्तनीय रहन्छ। परमेश्‍वरले कसैसित उच्च सम्मानका साथ व्यवहार गर्नुहुन्न, न त उहाँले कसैको पक्ष नै लिनुहुन्छ। मानिसहरूप्रति उहाँको व्यवहार भनेको तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् कि सक्दैनन् र सबै कुरा त्यागेर उहाँको नयाँ कामलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरामा आधारित हुन्छ। यदि तँ उहाँको नयाँ कामलाई ग्रहण गर्न सक्छस् र उहाँले व्यक्त गर्नुहुने सत्यतालाई ग्रहण गर्न सक्छस् भने, तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्नेछस्। यदि तँ आफ्नो अनुभवी हैसियतमा गर्व गर्छस् र परमेश्‍वरका सर्तहरूलाई त्याग्दै तेरो वरिष्ठताको फुर्ती देखाउँछस् भने, तँलाई परमेश्‍वरको मुक्तिबाट हटाइनेछ। यहूदीहरू जस्तै, जसले येशू ख्रीष्टलाई स्वीकार्न सकेनन्, तर मसीहलाई पर्खेर मात्र बसे, अनि आखिरीमा तिनीहरूमाथि सराप र परमेश्‍वरको क्रोध आइलाग्यो; यो सबैले देख्न सक्‍ने तथ्य हो। …

… परमेश्‍वरले निरन्तर आफ्नो नयाँ काम गर्दैहुनुहुन्छ, उहाँको व्यवस्थापनको योजना अगाडि बढाइरहनुभएको छ, जुन सधैँ नयाँ रहन्छ र कहिल्यै पुरानो हुँदैन। अनि मानिसहरूको बारेमा के भन्‍ने? तिनीहरू सधैँ कुनै अप्रचलित कुराहरूमा लागिरहन्छन्, जसलाई तिनीहरूले परमेश्‍वरका अभिव्यक्तिहरूको पूर्णता ठानेका हुन्छन्, आफैलाई स्याबासी दिन्छन्, अहङ्कारले फुलेका हुन्छन्, परमेश्‍वरले तिनीहरूलाई कहिल्यै फाल्नुहुन्न, तिनीहरूसित कहिल्यै दुर्व्यवहार गर्नुहुन्न भन्ने विश्‍वास लिएर परमेश्‍वरले तिनीहरूलाई दिनुहुने इनाम पर्खिरहेका हुन्छन्। अनि त्यसको परिणाम के हुन्छ? परमेश्‍वरको काम विनाबाधा अगाडि बढ्छ, नयाँ युगका धेरै मानिसहरूले उहाँलाई पछ्याउँछन् र उहाँको नयाँ कामलाई स्वीकार गर्छन्, जबकि परमेश्‍वरले तिनीहरूलाई इनाम दिनुहुनेछ भनी पर्खनेहरू चाहिँ परमेश्‍वरको नयाँ कामद्वारा हटाइन्छन्, अनि अझ धेरै मानिसहरू परमेश्‍वरको दण्डमा पर्छन्। तिनीहरूको दण्ड सुरु भएको क्षणमा नै परमेश्‍वरमाथि विश्‍वास गर्ने तिनीहरूको जीवन समाप्त हुन्छ, र तिनीहरूको अन्त्य, तिनीहरूको गन्तव्यलाई टुङ्गोमा पुऱ्याइन्छ। यो कसैले हेर्न नचाहने कुरा हो, तर यो हामीले थाहै नपाई हाम्रो आँखा अगाडि हुन्छ। त्यसो भए यो परमेश्‍वरको स्वभाव अति निर्दयी भएकोले हो, कि मानिसहरूको खोजीमा दोष भएकोले हो? के मानवजातिले आफैलाई पूर्ण रूपमा जाँच्नु साँच्चै उचित छैन र?

सर्वशक्तिमान्‌ परमेश्‍वरको विरोध गर्दा दिइने दण्डको उत्कृष्ट उदाहरणहरू सन्दर्भग्रन्थबाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले हरप्रकारका विपत्तिहरू बर्साउनुको महत्त्व

परमेश्‍वरका प्रासंगिक वचनहरू:आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैन, तर सारा आकाशलाई हल्‍लाउँदै, म सम्पूर्ण ब्रह्माण्डको...

विजेता भनेको को हो र विपत्तिहरूअघि परमेश्‍वरद्वारा कसरी विजेता बनाइन सकिन्छ

सन्दर्भका लागि बाइबल पदहरू:“यिनीहरू महा-संकष्टबाट भएर आएका, र आफ्‍ना वस्त्र धोएर, तिनलाई थुमाको रगतमा सेतो बनाउनेहरू हुन्” (प्रकाश...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्