परमेश्‍वरले हरप्रकारका विपत्तिहरू बर्साउनुको महत्त्व

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैन, तर सारा आकाशलाई हल्‍लाउँदै, म सम्पूर्ण ब्रह्माण्डको रूपलाई पनि परिवर्तन गर्दैछु। के मेरो न्यायको सामना नगर्ने कहीँ त्यस्तो कुनै ठाउँ छ? के मैले वर्षाउने विपत्तिहरू नपर्ने कुनै एउटा ठाउँ छ? म जहाँ-जहाँ जान्छु, मैले “विपत्तिका अनेक बीउहरू” छरेको छु। मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍नेमा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो। अझै धेरै मानिसहरूलाई मलाई चिन्‍ने र मलाई देख्‍न सक्‍ने तुल्याउने मेरो इच्‍छा छ, अनि, यसरी, तिनीहरूले धेरै वर्षसम्‍म देख्‍न नसकेका तर जो अहिले वास्तविक हुनुहुन्छ, उहाँ परमेश्‍वरलाई तिनीहरूले सम्‍मान गर्न पुग्छन्। के कारणले मैले संसारको सृष्टि गरेँ? मानव भ्रष्ट भएर पनि, मैले किन तिनीहरूलाई पूर्ण रूपमा सर्वनाश गरिनँ? के कारणले गर्दा सारा मानवजाति विपत्तिहरूको बीचमा जिउँछन्? देह धारण गर्नुमा मेरो उद्देश्य के थियो? जब म मेरो काम गरिरहेको हुन्छु, मानवजातिले तीतोलाई चाख्‍न मात्र होइन, तर मीठोलाई पनि चाख्‍न सिक्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १०

कामको यस चरणमा, परमेश्‍वरले उहाँलाई धोका दिने सबै मानिसहरू फेरि उहाँको सिंहासनको अधीनमा बस्न आउन सकून भनी आफ्ना सारा कामहरू संसारभरि प्रकट गर्न चाहनुभएको हुनाले परमेश्‍वरको न्यायमा अझै पनि उहाँको कृपा र प्रेमिलो-दयालुपन सम्मिलित हुनेछ। परमेश्‍वरले संसारभरिका वर्तमान घटनाहरूलाई मानिसहरूलाई त्रसित महसुस गराइ, तिनीहरूलाई परमेश्‍वरलाई खोज्न प्रेरित गर्ने मौकाहरूको रूपमा प्रयोग गर्नुहुन्छ ताकि तिनीहरू उहाँको सामु वापस आउन सकून्। त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍नेमा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो।”

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०

परमेश्‍वरको कामका चरणहरूमा, मुक्तिले अझै पनि विभिन्न विपत्तिहरूको रूप लिन्छ, र विनाश हुन निश्चित भएकाहरू कोही पनि तीबाट उम्कन सक्दैन। केवल अन्त्यमा मात्र पृथ्वीमा यस्तो अवस्था प्राप्त गर्न सकिन्छ जुन “तेस्रो स्वर्ग जस्तै शान्त हुन्छ: यहाँ ठूला-साना जीवित प्राणीहरू एकसाथ मिलेर बस्छन् र कहिल्यै पनि ‘मुख र जिब्रोको झगडा’ मा संलग्न हुँदैनन्।” परमेश्‍वरको कामको एक पक्ष भनेको सम्पूर्ण मानवजातिलाई विजय गर्नु र उहाँका वचनहरूद्वारा चुनिएका मानिसहरूलाई प्राप्त गर्नु हो; अर्कोचाहिं विभिन्न विपत्तिहरूद्वारा विद्रोहका सबै छोराहरूलाई जित्नु हो। यो परमेश्‍वरको ठूलो परिमाणको कामको एउटा हिस्सा हो। यस तरिकाले मात्र पृथ्वीमा परमेश्‍वरले चाहनुभएको राज्य पूर्ण रूपमा हासिल गर्न सकिन्छ, र यो उहाँको कामको हिस्सा हो जुन शुद्ध सुन हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १७

सबै किसिमका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै राष्‍ट्रहरू र ठाउँहरूले विपत्तिहरू अनुभव गर्नेछन्: विपत्ति, अनिकाल, बाढी, खडेरी, र भूकम्प सबैतिर हुनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यो एक वा दुई दिनमा सकिनेछन्; बरु, यी प्रकोपहरू अझ ठूला ठूला ठाउँहरूमा फैलिनेछन्, र अझ बढी कठोर हुँदै जानेछन्। यस समयावधिमा, सबै किसिमका किटजन्य विपत्तिहरू एकपछि अर्को गरी बढ्दै जानेछन्, नरभक्षी घटना जताततै हुनेछ। सबै राष्‍ट्रहरू र मानिसहरूमाथि यो मेरो न्याय हो। मेरा छोराहरू हो! तिमीहरूले विपत्तिहरूको पीडा वा कठिनाइ भोग्नु पर्दैन। मेरो यही चाहना छ, कि तिमीहरू चाँडै वयस्क बन, र सकेसम्म चाँडो तिमीहरूका काँधमा परेका बोझ उठाओ। तिमीहरू किन मेरो इच्छा बुझ्दैनौ? अगाडिको काम झन्-झन् कठिन हुँदैजानेछ। के तिमीहरूका हृदय यति कठोर छ कि तिमीहरू सबै काम मेरो हातभरि छोडेर, यो म आफैले कठिनाइसाथ गर्नका निम्ति मलाई छोडिदिन्छौ? म यसलाई अझ स्पष्ट रूपमा भन्छु: जसको जीवन परिपक्व हुन्छ तिनीहरू आश्रय स्थलमा प्रवेश गर्नेछन्, र कुनै पीडा वा कठिनाइ भोग्‍नेछैनन्। जसको जीवन परिपक्व भएको छैन तिनीहरूले पीडा र हानि भोग्नेछन्। मेरा वचनहरू स्पष्ट छन्, के ती छैनन् र?

मेरो नाउँ सबै दिशातिर र सबै स्थानमा फैलिनुपर्छ, यसैले कि सबैले मेरो पवित्र नाउँलाई चिन्‍न सकून् र मलाई चिन्‍न सकून्। अमेरिका, जापान, क्यानाडा, सिंगापूर, सोभियत रसिया, मकाउ, हङकङ र अन्य देशहरूका सबै क्षेत्रका मानिसहरू साँचो मार्गको खोजी गर्दै एकसाथ चीनमा भेला हुनेछन्। तिनीहरूलाई अघि नै मेरो नाउँको साक्षी दिइएको छ; अब तिमीहरू हरसम्भव चाँडो परिपक्व हुनु मात्र बाँकी छ, यसैले कि तिमीहरूले गोठालो बनेर उनीहरूलाई डोऱ्याउन सक। यसैले म भन्छु, कि गर्नुपर्ने काम अझ धेरै छ। विपत्ति सुरु हुँदा मेरो नाउँ व्यापक रूपमा प्रसारित हुनेछ, र यदि तिमीहरू होसियार भएनौ भने, तिमीहरूले आफ्नो आधिकारिक हिस्सा गुमाउनेछौ। के तँ डराउँदैनस्? मेरो नाउँ सबै धर्म, जीवनका सबै क्षेत्र, सबै जाति, र सबै सम्प्रदायमा फैलिनेछ। यो व्यवस्थित तरिकामा भइरहेको, नजिकबाट जोडिएको काम हो; यो सबै मेरो बुद्धिमानी व्यवस्थाद्वारा हुन्छ। म केवल यो इच्छा गर्दछु कि तिमीहरू मेरा पाइलाहरू नजिकबाट पछ्याउँदै प्रत्येक चरणको साथमा अगाडि बढ्न सक।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५

मेरा वचनहरूद्वारा सबै कुरा सम्पन्न हुनेछन्; मैले गर्ने काममा कुनै मानिस सहभागी हुन सक्दैन, र त्यो कुनै पनि मानिसले गर्न सक्दैन। म सबै देशहरूको हावा सफा गर्नेछु र पृथ्वीमा भएका भूतात्माहरूका सबै छापहरू मेटाउनेछु। मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु। यसैले मेरो ताडना सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ, र त्यो ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कन असक्षम हुनेछन् भन्‍ने देख्‍न सकिन्छ, किनकि म सबै देशहरूमाथि नजर लगाउनेछु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ, अर्थात्, जब न्यायको युगको अन्त्य हुन्छ, ठूलो रातो अजिङ्गरलाई म औपचारिक रूपमा सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिइएको मेरो धार्मिक सजाय निश्चय देख्नेछन्, मेरो धार्मिकताको कारण निश्चय प्रशंसाको गीत गाउनेछन्, र मेरो धार्मिकताको कारण सदासर्वदा मेरो पवित्र नाउँको प्रशंसा गर्नेछन्। यसैले तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २८

यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्ने कुरा हुन्। परमेश्‍वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्‍वरले भन्‍नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, यसैले कि संसारभरका ती मानिसहरू माझ तिनलाई स्वीकार गरियोस्, जो सबैले आत्म-समर्पण गर्छन्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्‍वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्‍वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्‍वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्‍वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्‍वर देखा पर्नुहुनेछ भन्ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्‍वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्‍वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्‍वर भन्नुहुन्छ, “अब महान् योजनाहरू अगाडि बढाउने समय आएको छ।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्‍वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्‍वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्‍वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्‍वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्‍वरको कामको भविष्यका चरणहरू हुन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४२

जब परमेश्‍वरले उहाँको क्रोध पोखाउनुहुन्छ, तब परिणामस्वरूप ज्वालामुखी विस्फोटन भएजस्तै सारा संसारले हरप्रकारका विपत्तिहरू भोग्नेछ। आकाशको उच्च स्थानमा उभिएर पृथ्वीमा हरप्रकारको विपत्ति सारा मानवजातिको नजिक आइरहेको, दिन-प्रतिदिन क्रमिक रूपमा झन्-झन् नजिक आइरहेको देख्न सकिन्छ। माथिबाट तल हेर्दा, पृथ्वीले भूकम्प आउनुअघिका विविध प्रकारका दृश्यहरू प्रस्तुत गरेजस्तो देखिन्छ। तरल आगो कुनै नियन्त्रणविना दौडिन्छ, लाभा स्वतन्त्र रूपले बग्छ, पहाडहरू यताउता सर्छन्, र चिसो ज्योति झलिमिलाउँछ। सम्पूर्ण संसार नै आगोमा डुबेको छ। यो परमेश्‍वरले उहाँको क्रोध बर्साउनुभएको दृश्य हो, र यो उहाँको न्यायको समय हो। मासु र रगतले बनेकाहरू सबै नै उम्कन असमर्थ हुनेछन्। यसरी, सम्पूर्ण संसारलाई विनाश गर्नको लागि राष्ट्रहरूबीचका युद्धहरू र मानिसहरूबीचका द्वन्द्वहरूको आवश्यकता पर्दैन; यसको सट्टा, परमेश्‍वरको सजायको कोक्रोभित्र यो संसारले “सचेतन रूपले आफै आनन्द मनाउनेछ”। कोही पनि उम्कन सक्‍नेछैनन्; हरेक व्यक्तिले एक-एक गरी यो अग्निपरीक्षामार्फत गुज्रनुपर्छ। तत्पश्चात, सम्पूर्ण ब्रह्माण्ड फेरि एकपल्ट पवित्र चमकको साथमा चम्कनेछ र सारा मानवजातिले फेरि एकपल्ट नयाँ जीवनको सुरुवात गर्नेछन्। अनि ब्रह्माण्डमाथि परमेश्‍वर विश्राम गरी बस्नुहुनेछ र हरेक दिन सारा मानवजातिलाई आशिष् दिनुहुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १८

जब परमेश्‍वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्‍वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि रहनेछैनन्। त्यसै गरी, परमेश्‍वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्‍वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। एक पटक परमेश्‍वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्‍वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। … परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गरेपछि, शैतान अस्तित्वमा हुनेछैन; त्यसै गरी, ती दुष्ट मानिसहरू पनि अस्तित्वमा रहन बन्द हुनेछन्। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्न अघि पृथ्वीमा परमेश्‍वरलाई सताउनेहरू साथै उहाँका अनाज्ञाकारी भएका वैरीहरूलाई पहिले नै नष्ट गरिएको हुनेछ; तिनीहरूलाई अन्तका दिनहरूको महाविपत्तिहरूद्वारा निर्मूल गरिएका हुनेछन्। एक पटक ती दुष्ट मानिसहरूलाई पूर्ण रूपमा नष्ट पारेपछि, पृथ्वीले शैतानको उत्पीडन कहिल्यै पनि भोग्नेछैन। त्यसपछि मात्र मानवजातिले पूर्ण मुक्ति हासिल गर्नेछ र परमेश्‍वरको काम पूर्ण रूपमा सिद्धिनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नलाई जरुरी कुराहरू यी नै हुन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरुप्रति दण्ड हुनेछ, यही समयमा, यो मेरो धार्मिक स्वभावको सटिक प्रमाण हो, र अझै थप, मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरु भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरु तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरुले पनि उनीहरुको पापबाट छुटकारा पाउने छैनन्; उनीहरु पनि, विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षहरुमा विरलै देखिएको छ, र उनीहरु सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरु आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरुले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातीलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्व दिन्छु र उनीहरुको दुष्ट कर्मलाई तिरस्कार गर्दछु। मैले मानवजातीको नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरुको समूह प्राप्त गर्ने आशा मैले व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरुलाई पनि म कहिल्यै बिर्सिन्न; उनीहरुलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरुलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र यो हेर्दा मलाई आनन्द आउँनेछ। अब अन्ततः मेरो दिने आएको छ, र मैले अब पर्खनु पर्नेछैन!

मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन्, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नका लागि पनि हो। यसका अतिरिक्त, यो कार्य मानिसले मेरो व्यवहार र कार्यहरुप्रति कृतज्ञ रहुन् भन्नका लागि हो। मैले गरेका सबै कार्यहरु सही छ र मैले गरेका सबै कार्यहरु मेरो स्वभावको अभिव्यक्ति हो भनेर प्रत्येक व्यक्तिले देखुन् भन्ने मेरो चाहाना हो। यो मानिसका कार्यले होइन्, मानिसलाई अगाडि ल्याएको प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जिवित प्राणीको पालनहार म नै हुँ। मेरो अस्तित्वविना, मानवजाती नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातीले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातीले कठ्याङ्ग्रिदो चिसो रात र मृत्युको छायाँको निर्मम उपत्यकाको सामना मात्र गर्नेछन्। म मानवजातीको एकमात्र मुक्ति हुँ। म मानवजातीको एकमात्र आशा हुँ र, अझै थप, ममा नै सबै मानवजातीको अस्तित्व निर्भर रहन्छ। मविना, मानवजाती तत्कालै अवरुद्ध हुनेछ। मविना, मानवजातीले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैँतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैनन्। कसैले पनि गर्न नसकेका कार्य मेले गरेको छु, र केही असल कार्यहरुमार्फत् मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर गर्ने मेरो कार्यको अर्को कदमको प्रारम्भ गर्नेछु, किनभने मानिसको बीचमा यी वर्षहरुमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुशी छु। म मानिसहरुको सङ्ख्याका बारेमा चासो दिन्न, बरु उनीहरुको असल कार्यहरुप्रति चासो राख्छु। जे भए पनि, तिमीहरुले तिमीहरुको आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरुमाथि आइपर्ने विपत्तिबाट तिमीहरु कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि, मबाटै व्यवस्था हुन्छ। यदि तिमीहरु मेरा आँखामा असल देखा पर्न सकेनौ भने, तिमीहरु विपत्तिको भोगाइबाट उम्कन सक्नेछैनौ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विजेता भनेको को हो र विपत्तिहरूअघि परमेश्‍वरद्वारा कसरी विजेता बनाइन सकिन्छ

सन्दर्भका लागि बाइबल पदहरू:“यिनीहरू महा-संकष्टबाट भएर आएका, र आफ्‍ना वस्त्र धोएर, तिनलाई थुमाको रगतमा सेतो बनाउनेहरू हुन्” (प्रकाश...

सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्न इन्कार गर्नेहरू विपत्तिहरूमा पर्नु नै परमेश्‍वरको दण्ड हो

परमेश्‍वरका प्रासंगिक वचनहरू:ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्