बाइबल परमेश्‍वरको कामका दुई चरणहरू, अर्थात्, व्यवस्थाको युग र अनुग्रहको युगको मात्र अभिलेख हो; यो परमेश्‍वरको कामको सम्पूर्णताको अभिलेख होइन

14 अगस्ट 2021

सन्दर्भका लागि बाइबल पदहरू:

“येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो” (यूहन्‍ना २१:२५)

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

बाइबल कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको अवधिमा यहोवाले गर्नुभएका सबै कामहरू अनि उहाँले गर्नुभएको सृष्टिको काम अभिलेख गरिएको छ। यसका सबै भागहरूले यहोवाद्वारा गरिएको काम अभिलेख गर्दछन्, र यसले अन्ततः मलाकीको पुस्तकमा यहोवाको कामका विवरणहरू समापन गर्दछ। पुरानो नियममा परमेश्‍वरले गर्नुभएका दुईवटा कामहरू अभिलेख गरिएका छन: एउटा सृष्टिको काम हो, र अर्को व्यवस्थाको घोषणा हो। दुवै काम यहोवाले गर्नुभएको थियो। व्यवस्थाको युगले यहोवा परमेश्‍वरको नाउँमा गरिएको कामको प्रतिनिधित्व गर्दछ; यो आधारभूत रूपमा यहोवाको नाउँमा गरिएका कामहरूको सम्पूर्णता हो। त्यसैले, पुरानो नियमले यहोवाको कामको अभिलेख गर्दछ, र नयाँ नियमले येशूको कामको अभिलेख गर्दछ, त्यो काम जुन विशेष रूपले येशूको नाउँमा गरिएको थियो। येशूको नाउँको महत्त्व र उहाँले गर्नुभएको काम प्रायः नयाँ नियममा लेखिएको छ। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले इस्राएलमा मन्दिर र वेदी निर्माण गर्नुभयो, उहाँले पृथ्वीमा इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो, त्यसले तिनीहरू उहाँका चुनिएका मानिसहरू थिए, उहाँले पृथ्वीमा चुन्नुभएका र उहाँको जस्तै हृदय भएका मानिसहरूको पहिलो समूह र उहाँले व्यक्तिगत रूपमा डोऱ्याउनुभएको पहिलो समूह थिए भनी प्रमाणित गर्छ। इस्राएलका बाह्र कुल यहोवाले चुन्नुभएका पहिलो मानिसहरू थिए, र त्यसैले उहाँले सधैं व्यवस्थाको युगमा यहोवाको काम समाप्त नहुञ्जेल तिनीहरूमा काम गर्नुभयो। दोस्रो चरणको काम नयाँ नियमको अनुग्रहको युगको काम थियो, र त्यो यहूदीहरूको बीचमा, इस्राएलका बाह्र कुलमध्ये एकमा गरिएको थियो। यस कामको दायरा सानो थियो किनकि येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। येशूले यहूदियाको देशमा मात्र काम गर्नुभयो, र साढे तीन वर्ष मात्र काम गर्नुभयो; त्यसैले, नयाँ नियममा अभिलेख गरिएका कुराहरूले पुरानो नियममा अभिलेख गरिएको कामको मात्रालाई उछिन्न नसकेको हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

बाइबल इतिहासको एक पुस्तक हो। नि:सन्देह, यसमा अगमवक्ताहरूका केही भविष्यवाणीहरू पनि समावेश छन् र त्यस्ता भविष्यवाणीहरू कुनै पनि प्रकारले इतिहास होइनन्। बाइबलमा थुप्रै भागहरू छन्—त्यहाँ अगमवाणी मात्र छैन, वा यहोवाको काम मात्र छैन, न त त्यहाँ केवल पावलका पत्रहरू मात्र छन्। बाइबलमा कति भागहरू छन् तँलाई थाहा हुनुपर्दछ; पुरानो नियममा उत्पत्ति, प्रस्थान…, आदि छन् र त्यहाँ अगमवाणीहरूका पुस्तकहरू पनि छन् जुन अगमवक्ताहरूले लेखेका थिए। अन्त्यमा, पुरानो नियम मलाकीको पुस्तकमा गएर समाप्त हुन्छ। यसले व्यवस्थाको युगको काम अभिलेख गर्छ, जसको नेतृत्व यहोवाले गर्नुभएको थियो; उत्पत्तिदेखि मालाकीको पुस्तकसम्म, यो व्यवस्थाको युगको सबै कामको विस्तृत अभिलेख हो। भन्नुको अर्थ, पुरानो नियमले ती सबै कुराहरू अभिलेख गर्छ जुन व्यवस्थाको युगमा यहोवाद्वारा डोऱ्याइएका मानिसहरूले अनुभव गरेका थिए। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले खडा गर्नुभएका धेरै अगमवक्ताहरूले उहाँको निम्ति अगमवाणी व्यक्त गरे, विभिन्न कुल र जातिहरूलाई निर्देशनहरू दिए र यहोवाले गर्नुहुने कामबारे भविष्यवाणी गरे। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाले अगमवाणी गर्ने आत्मा दिनुभएको थियोः तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; तिनीहरू त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। उत्पत्ति र प्रस्थानका पुस्तकहरूको तुलना यशैया र दानिएलका पुस्तकहरूसँग गर्न नसकिएझैं, यी पुस्तकहरूले यहोवाले खडा गर्नुभएका अगमवक्ताहरूले बोलेका भविष्यवाणीको स्थान लिन सक्दैनन्। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। यसरी, जब तिमी बाइबल पढ्छौ, तिमीहरूले मुख्य रूपमा यहोवाले इस्राएलमा जे गर्नुभयो त्यो पढिरहेका हुन्छौ; बाइबलको पुरानो नियमले मुख्य रूपमा यहोवाले इस्राएललाई डोऱ्याउनुभएको काम, इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकाल्न मोशालाई प्रयोग गर्नुभएको कुराको अभिलेख गर्दछ, जसले तिनीहरूलाई फारोको बन्धनबाट मुक्त गरे, र तिनीहरूलाई उजाडस्थानमा लगे, अनि त्यहाँबाट तिनीहरू कनानमा प्रवेश गरे, र त्यसपछि आउने सबै कुराहरू कनानमा जिइएको तिनीहरूको जीवन थियो। यसबाहेकका अरू सबै भागहरू इस्राएलभरि यहोवाले गर्नुभएको कामका अभिलेखहरूले भरिएको छ। पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, यो यहोवाले त्यही देशमा गर्नुभएको काम हो जहाँ उहाँले आदम र हव्वालाई बनाउनुभएको थियो। नोआपछि परमेश्‍वरले आधिकारिक रूपमा पृथ्वीमा मानिसहरूलाई डोऱ्याउन थाल्नुभएको कुरादेखि नै पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलको काम हो। अनि इस्राएलदेखि बाहिरको कुनै पनि काम किन अभिलेख गरिएको छैन त? किनकि इस्राएल देश मानवजातिको उद्गमस्थल हो। सुरुमा, इस्राएलबाहेक अरू कुनै देश थिएन, र यहोवाले अरू कुनै ठाउँमा काम गर्नुभएन। यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्‍वर स्वयम्‌को कामको भविष्यवाणी गर्छन्। यी सबै परमेश्‍वरबाट आएका हुन्, यो पवित्र आत्माको काम हो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुराहरू यहोवाको कामको बारेमा मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।

मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले सृष्टिको काम भयो, तर उत्पत्ति पुस्तक मानवजाति सृष्टि गरिएपछि मात्र आयो; यो व्यवस्थाको युगको अवधिमा मोशाद्वारा लेखिएको पुस्तक थियो। यो आज तिमीहरूमाझ भइरहने कुराहरू जस्तै छः घटनाहरू घटेपछि तिमीहरूले भविष्यका मानिसहरूलाई देखाउनका निम्ति ती कुराहरू लेख्छौ, अनि तिमीहरूले जे अभिलेख गरेका हुन्छौ ती कुराहरू भविष्यका मानिसहरूको लागि विगतमा घटेका घटनाहरू हुन्—ती इतिहासभन्दा बढी अरू केही होइनन्। पुरानो नियममा अभिलेख गरिएका कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, र नयाँ नियममा लेखिएका कुराहरूचाहिँ अनुग्रहको युगको अवधिमा येशूले गर्नुभएको काम हो; तिनीहरूले दुई फरक-फरक युगहरूमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छन्। पुरानो नियमले व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छ, र यसरी पुरानो नियम एक ऐतिहासिक पुस्तक हो भने नयाँ नियमचाहिँ अनुग्रहको युगको कामको उपज हो। जब नयाँ काम सुरु भयो, तब नयाँ नियम पनि पुरानो भयो—र यसरी नयाँ नियम पनि एउटा ऐतिहासिक पुस्तक हो। निश्चय नै, नयाँ नियम पुरानो नियम जत्तिकै व्यवस्थित छैन, न त यसले त्यति नै धेरै कुराहरूको अभिलेख नै गर्दछ। यहोवाले बोल्नुभएका अनेकौं वचनहरू सबै बाइबलको पुरानो नियममा अभिलेख गरिएका छन् भने चारवटा सुसमाचारका पुस्तकहरूमा येशूका केही वचनहरू मात्र अभिलेख गरिएका छन्। निश्चय नै, येशूले पनि धेरै काम गर्नुभयो, तर त्यसलाई विस्तृत रूपमा अभिलेख गरिएको छैन। येशूले जति काम गर्नुभयो त्यसैको कारण नयाँ नियममा थोरै मात्र अभिलेख गरिएका छन्; उहाँले पृथ्वीमा साढे तीन वर्षमा गर्नुभएको काम र प्रेरितहरूले गरेका कामहरू जति छन् ती यहोवाले गर्नुभएको कामभन्दा धेरै नै कम थिए। अनि यसैकारण, नयाँ नियममा पुरानो नियममा भन्दा थोरै पुस्तकहरू छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

बाइबललाई पुरानो र नयाँ करार पनि भनिन्छ। “करार” ले केलाई जनाउँछ के तिमीहरूलाई थाहा छ? पुरानो करारमा रहेको “करार” यहोवाले मिश्रीहरूलाई मारेर इस्राएलीहरूलाई फारोबाट बचाउनुभएपछि इस्राएलका मानिसहरूसँग गर्नुभएको करारबाट आएको हो। अवश्य नै, ढोकाको चौकोसमा पोतिएको थुमाको रगत नै यो करारको प्रमाण थियो। त्यसमार्फत परमेश्‍वरले मानिससँग करार स्थापित गर्नुभएको थियो। जसमा के भनिएको थियो भने, ढोकाको चौकोस माथि र दुवै छेउमा थुमाको रगत पोतिएका जति सबै इस्राएलीहरू हुन्। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए र तिनीहरू सबैलाई यहोवाले क्षमा दिनुभएको थियो (किनभने त्यति बेला यहोवाले मिश्रका सबै ज्येष्ठ पुत्र र पहिले जन्मेको भेडा र गाईवस्तुलाई मार्न लाग्नुभएको थियो)। यो करारको अर्थ दुई तहमा छ। मिश्रका कुनै पनि मानिस वा पशुलाई यहोवाले बचाउनुहुने थिएन; उहाँले तिनीहरूको ज्येष्ठ पुत्र र पहिले जन्मेको भेडा र गाईवस्तुलाई मार्नु हुनेथियो। तसर्थ, भविष्यवाणीका थुप्रै पुस्तकहरूमा मिश्रीहरूलाई यहोवाबाट बाँधिएको करारको परिणामस्वरूप कठोर सजाय हुने भनी पहिला नै भनिएको थियो। करारको पहिलो तहको अर्थ यही हो। यहोवाले मिश्रका ज्येष्ठ पुत्र र पहिले जन्मेका सबै पशु मार्नुभयो र इस्राएलीलाई जोगाउनुभयो, जसको मतलब इस्राएली भूमिमा रहेका सबैलाई यहोवाले रेखदेख गर्नुभयो र उहाँले सबैलाई बचाउनुभयो; उहाँले तिनीहरूमा दीर्घकालीन काम गर्न चाहनुभयो, र थुमाको रगत प्रयोग गरेर उनीहरूसँग करार स्थापना गर्नुभयो। त्यस बेलादेखि यहोवाले इस्राएलीहरूलाई मार्नुहुनेथिएन र तिनीहरू सधैँका लागि उहाँका चुनिएका जनहरू हुनेथिए भनी भन्‍नुभयो। उहाँ इस्राएलका बाह्र कुलमाझ, सम्पूर्ण व्यवस्थाको युग सुरु गर्ने काममा लाग्नुहुनेथियो, उहाँले इस्राएलीहरूका बीचमा आफ्‍ना सबै व्यवस्था सार्वजनिक गर्नुहुनेथियो, तिनीहरू मध्येबाट भविष्यवक्ता र न्यायकर्ताहरू छान्नुहुनेथियो र तिनीहरू उहाँको कामको केन्द्र हुनेथिए। यहोवाले तिनीहरूसँग एउटा करार गर्नुभयो: युग परिवर्तन नभएसम्म उहाँबाट चुनिएकाहरूमाझ मात्र उहाँ काम गर्नुहुनेथियो। यहोवाको करार अपरिवर्तनीय थियो, किनकि यसको निर्माण रगतमा गरिएको थियो, र उहाँका चुनिएका मानिससँग यो स्थापित गर्नुभएको थियो। अझ महत्त्वपूर्ण कुरा, उहाँले सम्पूर्ण युगको लागि आफ्नो काम सुरु गर्न उपयुक्त दायरा र निसाना रोज्नुभयो, त्यसैले मानिसहरूले करारलाई विशेष महत्त्वका साथ हेरे। करारको दोस्रो तहको अर्थ यही हो। करारको स्थापना हुनुभन्दा अघिको उत्पत्तिको बाहेक, पुरानो करारका अन्य सबै पुस्तकले करारको स्थापनापछि इस्राएलीहरूका बीचमा परमेश्‍वरले गर्नुभएको कामको अभिलेख राख्दछ। अवश्य पनि, कहिलेकहीँ अन्यजातिहरूका विवरणहरू छन्, तर समग्रमा, पुरानो करारले इस्राएलमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेज राख्छ। इस्राएलीहरूसँग यहोवाको करारको कारण व्यवस्थाको युगमा लेखिएका पुस्तकहरूलाई पुरानो करार भनिन्छ। ती इस्राएलीहरूसँग यहोवाले बाँध्नुभएको करार अनुसार नामकरण गरिएका छन्।

नयाँ करार भन्‍ने नाम येशूले क्रूसमा बगाउनुभएको रगत र उहाँमा विश्‍वास गर्ने सबैसँग बाँध्नुभएको उहाँको करारबाट राखिएको हो। येशूको करार यही थियो: उहाँले बगाएको रगतको कारण पापबाट क्षमा पाउन उहाँमाथि विश्‍वास गर्ने बाहेक तिनीहरूले केही पनि गर्न सक्दैन थिए, यसरी उनीहरूले मुक्ति पाउनेथिए, अनि उहाँ मार्फत पुनर्जन्म पाउने थिए, र अबदेखि उसो पापीहरू हुने थिएनन्; उहाँको अनुग्रह प्राप्त गर्नको लागि र मरेपछि नरकको कष्टमा नजानको लागि उहाँमा विश्‍वास गर्ने बाहेक मानिसहरूले केही पनि गर्न सक्दैनथिए। अनुग्रहको युगको अवधिमा लेखिएका सबै पुस्तक यही करारमा आधारित थिए र ती सबै करारमा अन्तर्निहित कार्य र वाणीको दस्तावेज हुन्। ती पुस्तकहरू प्रभु येशूको क्रूसीकरणबाट भएको मुक्ति वा करारभन्दा बाहिर जाँदैनन्; ती सबै प्रभुमा रहेका अनुभवप्राप्त दाजुभाइहरूले लेखेका पुस्तक हुन्। तसर्थ, ती पुस्तकहरूलाई पनि करारअनुसार नामकरण गरिएको छ: तिनीहरूलाई नयाँ करार भनिन्छ। यी दुई करारले व्यवस्थाको युग र अनुग्रहको युगलाई मात्र समावेश गर्दछ, र अन्तिम युगसँग यिनको कुनै सम्बन्ध छैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (२)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के कुराहरू यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्लो दुई चरणको प्रमाण भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै समझ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको अवधिको परमेश्‍वरको कामको दुई चरणहरूलाई प्रस्तुत गर्दछ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यको इतिहासलाई वर्णन गर्दछ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामहरूको अभिलेख राख्दछ जुन सुसमाचारका चार पुस्तकहरूमा साथै पावलको काममा पनि छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्नुहुने कामको बारेमा केही बुझ्दैनौ भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वर खोज्नुको अर्थ के हो भन्ने तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्नका लागि बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने हुनाले, तैँले परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मरिसकेका अक्षरहरू, र धर्मसिद्धान्तहरू वा इतिहासलाई बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा खोज्नुपर्छ, र तैँले पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद होस् भने तैँले बाइबल पढ्न सक्ने थिइस्—तर तँ पुरातत्वविद होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेथियो। बाइबल पढेर बढीमा तैँले इस्राएलको थोरै इतिहास बुझ्न सक्नेछस्, अब्राहाम, दाऊद र मोशाको जीवनको बारेमा जान्न सक्नेछस्, उनीहरूले कसरी यहोवालाई आदर गरे र कसरी उहाँको विरोध गर्नेहरूलाई यहोवाले जलाउनुभयो, र उहाँले कसरी त्यो युगका मानिसहरूसँग बोल्नुभयो भनेर तैँले पत्ता लगाउनेछस्। तैँले केवल विगतमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा पत्ता लगाउनेछस्। बाइबलका अभिलेखहरू कसरी प्रारम्भिक इस्राएलका मानिसहरूले परमेश्‍वरको आदर गरे र यहोवाको अगुवाइमा जीवन बिताए भन्ने कुरासँग सम्बन्धित छन्। इस्राएलीहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए, त्यसकारण पुरानो करारमा तैँले इस्राएलका सबै मानिसहरूका यहोवाप्रतिको बफादारीता, कसरी यहोवाको आज्ञा पालन गर्नेहरू सबैले उहाँबाट हेरचाह पाए र तिनीहरूलाई उहाँले आशिष् दिनुभयो सो देख्न सक्छस्; जब परमेश्‍वरले इस्राएलमा काम गर्नुभयो उहाँ कृपा र प्रेमले भरिपूर्ण हुनुहुन्थ्यो, साथसाथै उहाँले भस्म पार्ने आगोको ज्वाला पनि धारण गर्नुभएको थियो, र नम्रदेखि लिएर शक्तिशालीसम्मै, सारा इस्राएलीहरूले यहोवाको आदर गर्थे र त्यसैले सम्पूर्ण देश नै परमेश्‍वरद्वारा आशिषित भए भन्‍ने कुरा तैँले जान्‍न सक्छस्। पुरानो करारमा अभिलेख राखिएको इस्राएलको इतिहास यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो नियम पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ नियम पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्न सक्छस् त? तैँले आजका परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनका अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो परमेश्‍वरले पृथ्वीमा भर्खरै गर्नुभएको काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वी र इस्राएलदेखि बाहिर अझ ठुलो, अझ नयाँ काम गर्नुभएको छ भनी मानिसहरूलाई थाहा छैन, जुन इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बाइबलको अन्तर्निहित महत्त्व र व्यक्तिले परमेश्‍वरको इच्छासँग मेल खाने गरी कसरी बाइबललाई लिनुपर्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:बाइबल इस्राएलमा परमेश्‍वरले गर्नुभएको कार्यको ऐतिहासिक अभिलेख हो, र यसले प्राचीन भविष्यवक्ताहरूको धेरै...

धार्मिक संसारले पवित्र शास्‍त्र सबै परमेश्‍वरको प्रेरणाद्वारा आएको हो भन्ने विश्‍वास गर्छ; यो दृष्टिकोण गलत छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू...

धार्मिक संसारले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको बाइबलमा विश्‍वास गर्नु हो र बाइबलबाट टाढा जानु भनेको परमेश्‍वरमा विश्‍वास गर्नु होइन भन्ने सोच्छ; यो बुझाइ गलत छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये...

यदि व्यक्तिले बाइबलको पालना र आराधना गर्छ भने, किन ऊ अनन्त जीवन प्राप्त गर्न असफल हुन्छ

सन्दर्भका लागि बाइबल पदहरू:“शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्