धार्मिक संसारले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको बाइबलमा विश्‍वास गर्नु हो र बाइबलबाट टाढा जानु भनेको परमेश्‍वरमा विश्‍वास गर्नु होइन भन्ने सोच्छ; यो बुझाइ गलत छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढो हुनु भनेको प्रभुमा विश्‍वास गर्नु होइन, बाइबलबाट टाढो हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्‍वास गर्छस् भने तैंले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैंले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैंले त्यसो गरिस् भने तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास नै बाइबलमाथिको विश्‍वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्‍वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्‍वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्‍वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरूले बाइबललाई परमेश्‍वर जस्तो मानेर त्यसको आराधना गर्छन्, यो उनीहरूको जीवनरक्त जस्तो बन्छ, र यसलाई गुमाउनु आफ्नो जीवन गुमाउनुजस्तै हुन्छ। मानिसहरूले बाइबललाई परमेश्‍वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्‍वरभन्दा उच्च देख्‍नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँच्न सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ। यसरी प्रभुमा विश्‍वास गर्नेबित्तिकै मानिसहरू बाइबल पढ्न थाल्छन्, र बाइबल कण्ठ गर्न थाल्छन्, र तिनीहरूले जति धेरै बाइबल कण्ठ गर्न सक्छन्, त्यसले त्यति नै धेरै तिनीहरूले प्रभुलाई प्रेम गर्छन् र तिनीहरूमा ठूलो विश्‍वास छ भनी प्रमाणित गर्दछ। बाइबल पढेकाहरू र त्यसबारे अरूसँग कुरा गर्न सक्नेहरू सबै असल दाजुभाइ तथा दिदी-बहिनीहरू हुन्। यत्तिका वर्षहरूमा प्रभुप्रति मानिसहरूको विश्‍वास र बफादारितालाई उनीहरूको बाइबलको ज्ञानको हदअनुसार मापन गरिएको छ। धेरै मानिसहरू परमेश्‍वरमा किन विश्‍वास गर्ने भन्ने कुरा समेत बुझ्दैनन्, न त कसरी विश्‍वास गर्नुपर्छ भनेर नै बुझ्छन्, र बाइबलका अध्यायहरूको अर्थ बुझ्नका लागि अन्धाधुन्ध सुराकहरू खोज्नेबाहके अरू केही गर्दैनन्। मानिसहरूले कहिल्यै पनि पवित्र आत्माको कामको निर्देशन पछ्याएका छैनन्; शुरुदेखि नै, तिनीहरूले बाइबलको कठोर अध्ययन र अनुसन्धान गर्नुबाहेक अरू केही गरेका छैनन्, र कसैले पनि बाइबलबाहिर पवित्र आत्माको नयाँ काम कहिल्यै फेला पारेको छैन। कोही पनि कहिल्यै बाइबल छोडी अर्कोतिर गएको छैन, न त तिनीहरूले कहिल्यै त्यसो गर्ने आँट नै गरेका छन्। मानिसहरूले यति धेरै वर्षसम्म बाइबल अध्ययन गरेका छन्, तिनीहरूले यति धेरै व्याख्याहरू गरेका छन्, अनि तिनीहरूले यति धेरै काम गरेका छन्; तिनीहरूमा बाइबलको बारेमा विभिन्न मतभिन्नताहरू पनि छन् जसको बारेमा तिनीहरू निरन्तर बहस गर्छन्, त्यसैले आज दुई हजारभन्दा बढी सम्प्रदायहरू गठन भएका छन्। तिनीहरू सबै बाइबलमा भएका केही विशेष व्याख्याहरू वा अझ गहिरा रहस्यहरू फेला पार्न चाहन्छन्, तिनीहरू यसलाई अन्वेषण गर्न चाहन्छन् र यसमा इस्राएलमा भएको यहोवाको कामको पृष्ठभूमि, वा यहूदियामा येशूको कामको पृष्ठभूमि, वा अरू कसैले थाहा नपाएका थप रहस्यहरू पत्ता लगाउन चाहन्छन्। मानिसहरूको बाइबलप्रतिको दृष्टिकोण मोह र विश्‍वासको छ, र कोही पनि बाइबलको भित्री कथा वा तत्वबारे पूर्ण रूपमा स्पष्ट छैनन्। त्यसैले, आज बाइबलको कुरा आउँदा मानिसहरूमा अवर्णनीय आश्चर्य-भाव पैदा हुन्छ, र त्यसप्रति तिनीहरू अझ बढी मोहित हुन्छन् र त्यसमा अझ बढी विश्‍वास गर्छन्। आज, सबै जना बाइबलमा आखिरी दिनहरूको कामका अगमवाणीहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू परमेश्‍वरले आखिरी दिनहरूमा के काम गर्नुहुन्छ र आखिरी दिनहरूका चिन्हहरू के-के हुन् भनी पत्ता लगाउन चाहन्छन्। यसप्रकार, तिनीहरूले गर्ने बाइबलको आराधना अझ बढी जोशिलो हुँदै जान्छ र आखिरी दिनहरू जति नजिकिंदै जान्छन् तिनीहरूले विशेष गरी आखिरी दिनहरूसम्बन्धी बाइबलका अगमवाणीहरूलाई अझ बढी अन्धाधुन्ध विश्‍वास गर्छन्। बाइबलमाथि त्यस्तो अन्धविश्‍वास भएकोले, बाइबलमा त्यस्तो भरोसा भएकोले, तिनीहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै इच्छा हुँदैन। मानिसहरूले आफ्ना धारणाहरूमा केवल बाइबलले मात्र पवित्र आत्माको काम ल्याउन सक्छ भन्ने सोच्छन्; तिनीहरूले सोच्छन् कि केवल बाइबलमा तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्न सक्छन्; केवल बाइबलमा परमेश्‍वरको कामका रहस्यहरू लुकेका छन्; अन्य पुस्तकहरू वा मानिसहरूले होइन, केवल बाइबलले परमेश्‍वरका सबै कुराहरू र उहाँको कार्यको सम्पूर्णता स्पष्ट पार्न सक्छ; बाइबलले स्वर्गको कामलाई पृथ्वीमा ल्याउन सक्छ; र बाइबलले दुवै युग सुरु र अन्त्य गर्न सक्छ। यस्ता धारणाहरू भएकाले मानिसहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै झुकाव हुँदैन। त्यसकारण, विगतमा मानिसहरूका निम्ति बाइबल जति नै धेरै सहयोगी भएको भए पनि यो परमेश्‍वरको नवीनतम काममा बाधा बनेको छ। बाइबलबिना, मानिसहरूले परमेश्‍वरका पाइलाहरू अन्यत्र खोजी गर्न सक्छन्, तैपनि आज, उहाँका पाइलाहरू बाइबलद्वारा रोकिएका छन्, र उहाँको नवीनतम काम विस्तार गर्नु दुई गुणा कठिन, र एक कडा संघर्ष बनेको छ। यो सबै बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरूका साथै बाइबलका विभिन्न अगमवाणीहरूको कारण भएको हो। मानिसहरूका मनमा बाइबल एउटा मूर्ति बनेको छ, यो उनीहरूका दिमागमा एउटा पहेली बनेको छ, र बाइबल बाहिर परमेश्‍वरले काम गर्न सक्नुहुन्छ भन्ने विश्‍वास गर्न तिनीहरू असमर्थ छन्, मानिसहरूले बाइबल बाहिर पनि परमेश्‍वर पाउन सक्छन् भनी तिनीहरू विश्‍वास गर्न सक्दैनन्, उनीहरूले अन्तिम कामको समयमा परमेश्‍वर बाइबलबाट टाढा हुन र फेरि पहिलेदेखि सुरु गर्न सक्नुहुन्छ भनी विश्‍वास गर्ने कुरा त परै जाओस्। यो मानिसहरूले सोच्नै नसक्ने कुरा हो; उनीहरू यसमा विश्‍वास गर्न सक्दैनन्, न त उनीहरूले यसको कल्पना गर्न नै सक्छन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्ने विषयमा बाइबल मानिसहरूका निम्ति ठूलो बाधा र परमेश्‍वरको यो नयाँ काम फैलाउने कार्यको कठिनाइ बनेको छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्लो दुई चरणको प्रमाण भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै समझ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको अवधिको परमेश्‍वरको कामको दुई चरणहरूलाई प्रस्तुत गर्दछ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यको इतिहासलाई वर्णन गर्दछ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामहरूको अभिलेख राख्दछ जुन सुसमाचारका चार पुस्तकहरूमा साथै पावलको काममा पनि छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्नुहुने कामको बारेमा केही बुझ्दैनौ भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वर खोज्नुको अर्थ के हो भन्ने तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्नका लागि बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने हुनाले, तैँले परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मरिसकेका अक्षरहरू, र धर्मसिद्धान्तहरू वा इतिहासलाई बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा खोज्नुपर्छ, र तैँले पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद होस् भने तैँले बाइबल पढ्न सक्ने थिइस्—तर तँ पुरातत्वविद होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेथियो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

बाइबल एउटा ऐतिहासिक पुस्तक हो, र यदि तैंले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको छस् भने—यदि तैंले अनुग्रहको युगको अवधिमा पुरानो करारको समयमा चाहिने कुराको अभ्यास गरेको छस् भने—येशूले तँलाई अस्वीकार गर्नुहुनेथियो, र तँलाई दण्ड दिनुहुनेथियो; यदि तैंले येशूका कामहरूमा पुरानो करार लागू गरेको थिइस् भने, तँ एक फरिसी हुने थिइस्। यदि आज, तैंले खान र पिउन अनि प्रयोग गर्नका लागि पुरानो र नयाँ करारलाई एकसाथ राख्छस् भने, आजका परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ; तँ आजको पवित्र आत्माको कामको पछि पतन भएको हुनेछस्! यदि तँ पुरानो करार र नयाँ करार खान्छस् र पिउँछस् भने, तँ पवित्र आत्माको प्रवाहभन्दा बाहिर छस्! येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तरता दिनका लागि थिएन, किनकि उहाँको कामले बाइबल त्यसको आधार हो कि होइन भन्ने कुरामा कुनै ध्यान दिएन; येशू केवल उहाँले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो। यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिन पालना गर्नु र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

पहिले, इस्राएलका मानिसहरूले केवल पुरानो करार पढ्थे। यसको मतलब, अनुग्रहको युगको शुरूमा मानिसहरूले पुरानो करार पढ्थे। नयाँ करार केवल अनुग्रहको युगमा देखा पर्‍यो। जब येशूले काम गर्नुभयो त्यो बेला नयाँ करार अस्तित्वमा थिएन; उहाँ पुनरुत्थान हुनुभएपछि र स्वर्गमा उक्लनुभएपछि मानिसहरूले उहाँको कामको अभिलेखीकरण गरे। त्यसपछि मात्र चारओटा सुसमाचारका पुस्तकहरू आए र यसका अतिरिक्त पावल र पत्रुसका पत्रहरू, साथै प्रकाशको पुस्तक पनि आए। येशू स्वर्गमा उक्लनुभएको तीन सयभन्दा बढी बर्षपछि, त्यसपछिका पुस्ताहरूले यी कागजातहरूलाई छनौट गर्दै एकत्रीकरण गरे, र त्यसपछि मात्र बाइबलको नयाँ करार अस्तित्वमा आयो। यो काम पूरा भएपछि मात्र त्यहाँ नयाँ करार अस्तित्वमा आयो; यो पहिले अस्तित्वमा थिएन। परमेश्‍वरले ती सबै कामहरू गरिसक्नुभएको थियो, र पावल र अन्य प्रेरितहरूले विभिन्न स्थानहरूमा भएका मण्डलीहरूलाई धेरै पत्रहरू लेखिसकेका थिए। त्यसपछिका मानिसहरूले तिनीहरूका पत्रहरूलाई एकत्रित गरे, र यसमा तिनीहरूले पत्मोस टापुमा युहन्नाले अभिलेख राखेका सबैभन्दा ठूलो दर्शनलाई परिशिष्टको रूपमा संलग्न गरे, जसमा परमेश्‍वरको आखिरी दिनहरूको कार्यको बारेमा अगमवाणी गरिएको थियो। मानिसहरूले यो अनुक्रम बनाए, जुन आजका वाणीहरू भन्दा फरक छ। आज जे अभिलेख गरिएको छ त्यो परमेश्‍वरको कार्यको चरणहरूअनुसार छ; आज मानिसहरू जे कुरामा संलग्न हुन्छन् त्यो नै व्यक्तिगत तवरमा परमेश्‍वरले गर्नुभएको काम हो, र व्यक्तिगत तवरमा उहाँले बोल्नुभएका वचनहरू हुन्। तैँले—मानवजातिले—हस्तक्षेप गर्न आवश्यक छैन; आत्माबाट सीधै आएका वचनहरूलाई चरणबद्ध रूपमा क्रमबद्ध गरिएको छ, र तिनीहरू मानिसका अभिलेखहरूको बन्दोबस्त भन्दा फरक छन्। तिनीहरूले जे अभिलेख राखे, यो भन्न सकिन्छ कि त्यो तिनीहरूको शिक्षा र मानव क्षमताको स्तरअनुसारको थियो। तिनीहरूले जे अभिलेख राखे त्यो मानिसहरूको अनुभवहरू थियो, र प्रत्येकको अभिलेख राख्ने र जान्ने आफ्नै तरिका थियो, र प्रत्येक अभिलेख फरक थियो। तसर्थ, यदि तैँले बाइबललाई परमेश्‍वरको रूपमा पुज्छस् भने, तँ अत्यन्तै अनभिज्ञ र मूर्ख छस्! किन तँ आजका परमेश्‍वरको कामको खोजी गर्दैनस्? केवल परमेश्‍वरको कामले मानिसलाई मुक्त गर्न सक्छ। बाइबलले मानिसलाई मुक्त गर्न सक्दैन, मानिसहरूले यसलाई हजारौं बर्षसम्म पढ्न सक्छन् र अझै पनि तिनीहरूमा थोरै पनि परिवर्तन नहुन सक्छ, र यदि तैँले बाइबललाई पुज्छस् भने, तैँले पवित्र आत्माको काम कहिल्यै पनि प्राप्त गर्न सक्नेछैनस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

मानिस भ्रष्ट पारिएको छ र शैतानको फन्दामा जिउँछ। सबै मानिसहरू शरीरमा जिउँछन्, स्वार्थी इच्‍छाहरूमा जिउँछन्, र तिनीहरूका बीचमा मप्रति उपयुक्त एक जना पनि छैन। मेरो निम्ति उपयुक्त छु भन्‍ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। तिनीहरूले मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, मभन्दा विपरीत दिशातर्फ बढ्ने मार्गमा तिनीहरू पाइला चाल्छन्, र तिनीहरूका वचनहरू अहङ्कार र आत्मविश्‍वासले भरिएका छन्। यसको कारण हो, मूल रूपमा तिनीहरू मेरो विरुद्धमा हुनु र मेरो निम्ति उपयुक्त छैनन्। हरेक दिन, तिनीहरूले बाइबलमा मेरो निसानाहरू खोज्छन् र जथाभाबी “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले अटुट रूपमा पढ्छन् र धर्मशास्‍त्रका रूपमा पाठ गर्छन्। मेरो निम्ति कसरी उपयुक्त हुने सो तिनीहरूलाई थाहा छैन न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो सो नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्‍त्रका खण्डहरू पढ्छन्। तिनीहरूले कहिल्यै नदेखेका र देख्न असक्षम भएका अस्पष्ट परमेश्‍वरलाई बाइबलभित्र सीमित गर्छन् र फुर्सतमा हेर्न यसलाई निकाल्छन्। तिनीहरूले बाइबलको क्षेत्रभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिन, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, तर यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्याधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनी धेरैले पनि विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले वचनहरू र अभिव्यक्तिहरूलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोज्‍ने कुरा मप्रति अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, तर बाइबलका वचनहरूप्रति अनुकूल हुने मार्ग हो, र बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा मेरो काम होइन, कुनै आपत्तिविना विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठा सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, तर तिनीहरूले यति हदसम्‍म व्यवस्थालाई शब्‍द-शब्द गरी लगनशीलताको साथ पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगे। तिनीहरूको सार के थियो? के तिनीहरूले सत्यताप्रति अनुकूल हुने मार्गलाई नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्‍त्रको एक-एक शब्‍दले ग्रस्त भए तर न त तिनीहरूले मेरो इच्‍छालाई ध्यान दिए न मेरो कामका चरणहरू र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन् तर शब्दहरूमा कठोरतासाथ लाग्ने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, तर बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। वास्तवमा, तिनीहरू बाइबलका रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका रुचिहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा कीला ठोकी मार्ने हदसम्‍म गए। तिनीहरूले बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक वचनको प्रतिष्ठालाई कायम गर्नको खातिर मात्रै तिनीहरूले यसो गरे। त्यसकारण तिनीहरूले येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलिलाई त्याग्न नै रुचाए, जसले मृत्युसम्म नै धर्मशास्‍त्रको सिद्धान्तअनुसार गर्नुभएन। के तिनीहरू सबै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

अनि आजका मानिसहरूको बारेमा के भन्‍ने? ख्रीष्‍ट सत्यतालाई प्रकट गर्न आउनुभएको छ, तैपनि तिनीहरूले उहाँलाई यस संसारबाट निकाल्‍न चाहन्छन् ताकि तिनीहरूले स्वर्ग प्रवेश प्राप्त गरून् र अनुग्रह प्राप्त गरून्। तिनीहरूले बाइबलका रुचिहरूको संरक्षण गर्नको लागि बरु सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्छन्, र बाइबलको अनन्‍त अस्तित्वलाई सुनिश्‍चित गर्नको लागि तिनीहरूले बरु शरीरमा फर्कनुभएको ख्रीष्‍टलाई क्रूसमा फेरि टाँग्छन्। मानिसको हृदय मप्रति त्यति द्वेषपूर्ण छ र उसको स्वभाव मप्रति त्यति विरोधी छ भने उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको बीचमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। म मानिसमाथि मेरो ज्योति चम्‍काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझ अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्‍नो क्रोध बर्षाउँछु, उसले अझै अत्यन्तै जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिसले वचन अनुकूल हुन र बाइबल अनुकूल हुन खोज्छ, तैपनि सत्यताको अनुकूल हुने मार्गलाई खोज्‍न एक जना पनि मेरो सामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि शरीरमा मेरो लागि कसैले पनि वास्ता गर्दैन, किनभने मानिसको बीचमा बस्‍ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका वचनहरूसँग मात्रै अनुकूल हुन खोज्नेहरू र अस्पष्ट परमेश्‍वरसँग अनुकूल हुने प्रयास गर्नेहरू मेरो लागि दु:खदायी दृश्य हुन्। यसको कारण हो तिनीहरूले आराधना गर्ने कुराहरू मृत वचनहरू, र तिनीहरूलाई बेहिसाब सम्पत्ति दिन सक्‍ने परमेश्‍वर हुन्; तिनीहरूले जे आराधना गर्छन् सो आफैलाई मानिसको कृपामा समर्पित गर्ने परमेश्‍वर हुन्—अस्तित्वमा नै नभएको परमेश्‍वर। त्यसो भए, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? वचनहरूका निम्ति मानिस अत्यन्तै नीच छ। जो मेरो विरुद्धमा छन्, जसले मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मप्रति अनुकूल हुनसक्छन्?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

धार्मिक संसारले पवित्र शास्‍त्र सबै परमेश्‍वरको प्रेरणाद्वारा आएको हो भन्ने विश्‍वास गर्छ; यो दृष्टिकोण गलत छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू...

बाइबल परमेश्‍वरको कामका दुई चरणहरू, अर्थात्, व्यवस्थाको युग र अनुग्रहको युगको मात्र अभिलेख हो; यो परमेश्‍वरको कामको सम्पूर्णताको अभिलेख होइन

सन्दर्भका लागि बाइबल पदहरू:“येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि...

बाइबलको अन्तर्निहित महत्त्व र व्यक्तिले परमेश्‍वरको इच्छासँग मेल खाने गरी कसरी बाइबललाई लिनुपर्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:बाइबल इस्राएलमा परमेश्‍वरले गर्नुभएको कार्यको ऐतिहासिक अभिलेख हो, र यसले प्राचीन भविष्यवक्ताहरूको धेरै...

यदि व्यक्तिले बाइबलको पालना र आराधना गर्छ भने, किन ऊ अनन्त जीवन प्राप्त गर्न असफल हुन्छ

सन्दर्भका लागि बाइबल पदहरू:“शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्