परमेश्‍वरप्रतिको आज्ञाकारिता भनेको के हो र परमेश्‍वरप्रतिको आज्ञाकारिताका निश्‍चित प्रकटीकरणहरू के-के हुन्

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई मुक्त गर्नुभयो र मानवजातिको निम्ति पापबलिको रूपमा सेवा गर्नुभयो। अन्तमा, उहाँले अझै मानवजातिलाई जित्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्त गर्नुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टिमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्ने हुन्छ। शैतानद्वारा भ्रष्ट भएपछि मानवजातिले परमेश्‍वरको भय मान्ने उनीहरूको हृदय साथै परमेश्‍वरको सृष्टिहरूको अनिवार्य कार्य गुमायो, त्यसैद्वारा उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी शत्रु भए। त्यसपछि मानवजाति शैतानको अधिकार-क्षेत्रमा जियो र शैतानको आज्ञा अनुसरण गर्‍यो; यसरी, परमेश्‍वरसित आफ्नो सृष्टिहरू माझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भयपूर्ण आदरलाई जित्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुमाउनुभयो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्त गर्नुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। मानवलाई परमेश्‍वरको उत्तम आराधना गर्न दिनको निम्ति र पृथ्वीमा उत्तम गरी जिउन दिनको निम्ति ती अनाज्ञाकारिताका सन्तानहरूको आखिरी विनाशलाई कार्यान्वयन पनि गरिनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई दृढ रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजातिचाहिँ उहाँको आराधना गर्ने, पूर्ण रूपमा उहाँको अधीनमा रहने र उहाँको महिमा प्रकट गर्ने मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरप्रति अनाज्ञाकारी भएका ती शत्रुहरूलाई उहाँले नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँप्रति अनाज्ञाकारी ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

परमेश्‍वरले गर्नुहुने काम एक अवधिदेखि अर्को अवधिमा फरक-फरक हुने गर्छ। यदि तँ कुनै एक चरणमा परमेश्‍वरले गर्नुभएको कामप्रति एकदमै आज्ञाकारी हुन्छस् तर अर्को चरणमा उहाँको कामप्रति तेरो आज्ञाकारीता कमजोर छ भने, वा तैँले आज्ञापालन गर्न नै सक्दैनस् भने, परमेश्‍वरले तँलाई छाड्नुहुनेछ। यदि परमेश्‍वरले यो कदम चाल्नुहुँदा तैँले कदममा कदम मिलाउँछस् भने, परमेश्‍वरले अर्को कदम उठाउनुहुँदा पनि तैँले कदममा कदम मिलाउन जारी राख्नुपर्छ; त्यसपछि मात्र तँ पवित्र आत्माको आज्ञापालन गर्ने व्यक्ति हुन सक्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तँ आफ्नो आज्ञाकारीतामा अटल रहनुपर्छ। तैँले केवल आफूलाई मन लागेको बेलामा आज्ञापालन गर्ने अनि आफूलाई मन नलागेको बेलामा आज्ञापालन नगर्ने गर्नु हुँदैन। यस्तो प्रकारको आज्ञाकारीतालाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्‍न। यदि मैले सङ्गति गरेको नयाँ कामको गतिलाई तैँले पछ्याउन सक्दैनस् भने, र अघिल्‍ला कुराहरूमा अल्झिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुनसक्छ र? परमेश्‍वरको काम भनेको उहाँका वचनहरूद्वारा तँलाई आपूर्ति गर्नु हो। जब तैँले उहाँका वचनहरूको आज्ञापालन गर्छस् वा तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले अवश्य पनि तँमाथि काम गर्नुहुनेछ। पवित्र आत्माले मैले जे बोल्छु ठ्याक्कै त्यस्तै गर्नुहुन्छ; मैले भनेको जस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। तिमीहरूले हेर्नको लागि म एक नयाँ ज्योति छाड्छु र तिमीहरूलाई वर्तमानको ज्योतिभित्र ल्याउँछु, र जब तँ यो ज्योतिमा हिँड्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। केही अटेरी व्यक्तिहरू पनि छन् जो भन्छन्, “म तपाईंले जे भन्नुहुन्छ त्यो गर्दै गर्दिनँ।” यो अवस्थामा म तँलाई भन्छु कि तँ अब मार्गको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस् र तँसँग अब बाँकी जीवन नै छैन। तसर्थ, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा तैँले वर्तमान ज्योतिसँग कदममा कदम मिलाउनुभन्दा महत्वपूर्ण अरू केही छैन। पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैंले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

यदि मानिसहरूले धार्मिक धारणाहरूलाई त्याग्‍न सक्छन् भने, तिनीहरूले आज परमेश्‍वरका वचनहरू र कामलाई नाप्न तिनीहरूले दिमाग लगाउन छाड्नेछन, त्यसको साटो प्रत्यक्ष रूपले तिनको पालन गर्नेछन्। आज परमेश्‍वरको कार्य स्पष्टतः विगतको जस्तो नभए पनि तैँले विगतको दृष्टिकोणलाई त्याग्न अनि परमेश्‍वरको आजको कार्यलाई सोझै पालन गर्न सक्छस्। विगतमा परमेश्‍वरले जस्तोसुकै प्रकारले कार्य गर्नुभएको भए तापनि, यदि तैँले आजका परमेश्‍वरको कामलाई महत्वपूर्ण स्थान दिनुपर्छ भन्‍ने कुरा बुझ्‍न सक्छस् भने, तँ आफ्‍ना धारणाहरूलाई त्यागिसकेको, परमेश्‍वरको आज्ञापालन गर्ने, अनि परमेश्‍वरका कार्य अनि वचनहरू पालन गर्न र उहाँका पाइलाहरू पछ्याउन सक्‍ने व्यक्ति होस्। यसमा, तँ साँचो रूपले परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्छस्। तैँले परमेश्‍वरको कार्यलाई विश्लेषण वा सुक्ष्म जाँच गर्दैनस्; यो कुरा परमेश्‍वरले आफ्‍नो पहिलेको काम बिर्सनुभएको, र तैँले पनि यसलाई बिर्सेको छस् भन्‍ने जस्तै हो। वर्तमान वर्तमान नै हो, अनि विगत विगत नै हो, विगतमा उहाँले गर्नुभएका कुराहरूलाई परमेश्‍वरले पन्छाउनुभएको छ, तँ त्यसैमा बसिरहनु हुँदैन। त्यस्तो व्यक्तिले मात्रै सम्पूर्ण रीतिले परमेश्‍वरको आज्ञा मान्छन् अनि आफ्‍ना धार्मिक धारणाहरूलाई पूर्ण रूपले त्यागेका हुन्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

परमेश्‍वरको कामप्रतिको समर्पणता यथार्थ र वास्तविक हुनुपर्छ, अनि यो समर्पणतामा जिउनुपर्छ। सतही समर्पणताले मात्रै परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्दैन, र आफ्नो स्वभाव परिवर्तन गर्न नखोजिकनै परमेश्‍वरका वचनहरूका सतही पक्षहरूको मात्र आज्ञापालन गर्नु परमेश्‍वरको हृदय अनुसारको हुनु होइन। परमेश्‍वरको आज्ञापालन र परमेश्‍वरको कामप्रतिको समर्पणता दुवै एउटै र उस्तै कुरा हुन्। परमेश्‍वरप्रति मात्र समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुने व्यक्तिहरूलाई आज्ञाकारी मान्‍न सकिँदैन, सच्चा रूपमा समर्पित नहुने बरु बाहिरी रूपमा चापलुसी गर्ने व्यक्तिहरूलाई आज्ञाकारी मानिने त झन् कुरै नगरौं। परमेश्‍वरप्रति सच्चा रूपमा समर्पित हुने व्यक्तिहरू सबैले परमेश्‍वरको कामबाट फाइदा लिन सक्छन् र परमेश्‍वरको काम र स्वभावको बारेमा बुझाइ हासिल गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले मात्र आफूलाई सच्चा रूपमा परमेश्‍वरप्रति समर्पित गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले नयाँ ज्ञान प्राप्त गर्न सक्छन् अनि नयाँ कामबाट तिनीहरूमा नयाँ परिवर्तन आउन सक्छ। यी व्यक्तिहरूलाई मात्र परमेश्‍वरले स्याबासी दिनुहुन्छ, यी व्यक्तिहरूलाई मात्र सिद्ध तुल्याइन्छ, र यी व्यक्तिहरू मात्र स्वभाव परिवर्तन भएका व्यक्तिहरू हुन्। परमेश्‍वरले स्याबासी दिनुभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन् जो खुशीसाथ परमेश्‍वरप्रति र उहाँका वचन र कामप्रति समर्पित हुन्छन्। त्यस्ता व्यक्तिहरू मात्रै सही हुन्छन्, त्यस्ता व्यक्तिहरूले मात्रै इमान्दारीपूर्वक परमेश्‍वरलाई चाहन्छन् र इमान्दारीपूर्वक परमेश्‍वरको खोजी गर्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

परमेश्‍वर देह मा हुनुभएको समयमा, उहाँले मानिसहरूबाट चाहनुभएको समर्पणमा, तिनीहरूले कल्पना गरेजस्तो, दोष लाउने वा विरोध गर्ने कार्यबाट अलग बस्ने कुराहरू छैनन्। बरु, उहाँ मानिसहरूले जिउनका निम्ति र तिनीहरू जीवित रहने जगको रूपमा उहाँका वचनहरूलाई सिद्धान्तको रूपमा प्रयोग गरून्, तिनीहरूले उहाँका वचनहरूको सारलाई पूर्ण रूपमा व्यवहारमा उतारून् र उहाँको इच्छा पूर्ण रूपमा पूरा गरून् भन्ने चाहनुहुन्छ। मानिसहरूलाई देहधारी परमेश्‍वरको अधीनमा बस्‍न लगाउने मागको एउटा पक्षले उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई जनाउँछ भने, अर्को पक्षले उहाँको सामान्यता र व्यावहारिकतामा समर्पित हुन सक्‍नुलाई जनाउँछ। यी दुवै ठोस् हुनुपर्दछ। यी दुवै पक्षहरू हासिल गर्न सक्‍नेहरू सबै आफ्नो हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम राख्‍नेहरू हुन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरद्वारा प्राप्त गरिएका छन्, र तिनीहरू सबैले परमेश्‍वरलाई आफ्नो जीवनलाई प्रेम गरेजस्तै प्रेम गर्दछन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

त्यसो भए, यी तीन कुराहरू, अर्थात् परमेश्‍वर, उहाँको देहधारी शरीर, र सत्यताप्रति मानिसहरूको आचरण कस्तो हुनुपर्छ त? सुन्न र आज्ञापालन गर्न सक्ने हुनुपर्छ। त्यति सीधा र स्पष्ट केही पनि छैन। सुनेपछि, तैँले आफ्नो हृदयमा स्वीकार गर्नुपर्छ। यदि तैँले कुनै कुरालाई स्वीकार गर्न सक्दैनस् भने, तैँले पूर्ण स्वीकार्यता हासिल गर्न सकुन्जेलसम्म निरन्तर खोजी गरिरहनुपर्छ—त्यसपछि, तैँले स्वीकार गर्नेबित्तिकै आज्ञापालन गर्नुपर्छ। आज्ञापालन गर्नु भनेको के हो? यो भनेको कार्यान्वयन गर्नु हो। काम-कुराहरू सुनेपछि जानाजान तिनलाई बेवास्ता गर्ने नगर्; बाह्य रूपमा तँ ती काम गर्छु भनेर प्रतिज्ञा गर्छस्, र तैँले ती कुराहरूको टिपोट गर्छस्, तैँले तिनलाई लेख्छस्, तैँले तिनलाई आफ्नो कानैले सुन्छस्—तर ती तेरो हृदयमा विद्यमान हुँदैनन्, र जब काम गर्नुपर्ने समय आउँछ, तब तैँले आफूलाई जे मन लाग्यो त्यही गर्छस्, आफूले लेखेर राखेको कुरालाई महत्त्वहीन रूपमा लिँदै आफ्नो मस्तिष्कको पछाडितिर धकेल्छस्। यो आज्ञापालन होइन। आज्ञापालनको अर्थ त आफ्नो हृदयद्वारा सुन्नु र बुझ्नु हो, यसको अर्थ साँचो स्वीकार हो, कामको रूपमा, आदेशको रूपमा, बाध्यात्मक उत्तरदायित्वको रूपमा स्वीकार गर्नु हो। यो आफ्नो हृदयमा केही कुरालाई स्वीकार गर्नु मात्र होइन; तैँले त्यसलाई ठोस कार्यमा परिणत पनि गर्नुपर्छ। तैँले हिँड्ने बाटो र तँ जुन उद्देश्य र दिशातर्फ दौडन्छस्, त्यो उद्देश्य र दिशा तैँले परमेश्‍वरबाट सुनेका मापदण्डहरू हुन्; र तेरा हातले जे गरेका छन्, तेरो हृदयले जे चाहेको छ, र तेरो मस्तिष्कले जे सोचेको छ र तैँले चुकाएको मूल्य सबै नै परमेश्‍वरले तँबाट जे माग्नुहुन्छ त्यसैको खातिर हुन्। “कार्यान्वयन गर्नु” भनेको यही हो। आज्ञापालनको सूचित अर्थ के हुन्छ? केही कुरालाई कार्यमा उतार्नु, कार्यान्वयन गर्नु, वास्तविकतामा परिणत गर्नु। तैँले परमेश्‍वरले जे भन्नुहुन्छ र जे माग्नुहुन्छ त्यसलाई कागजमा टिपोट गर्छस्, लेखाइमा अभिलेख गर्छस्, तर त्यो कुरा तेरो हृदयमा हुँदैन, र जब कार्य गर्नुपर्ने समय आउँछ तैँले आफूलाई जे मन लाग्यो त्यही गर्छस्। बाह्य रूपमा तैँले यो काम गरेको जस्तो देखिन्छ, तर तैँले त्यो आफ्नै सिद्धान्तहरूअनुसार गरेको हुन्छस्। यो सुन्नु र आज्ञापालन गर्नु होइन, यो त सत्यताको अवहेलना हो, सिद्धान्तको ठाडो उल्लङ्घन, र परमेश्‍वरको घरको व्यवस्थापनप्रतिको अनादर हो। यो विद्रोह हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र परमेश्‍वरको आज्ञापालन गरे (२)”

नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरको अभिप्रायहरूको बारेमा थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो र परमेश्‍वरको वचन पालना गर्ने र सुन्‍ने कार्यले उसले गर्ने कामको विश्‍वासमा टेवा दियो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार आज्ञापालन थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिले हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। के उसले विपत्तिबाट आफूलाई बचाउनको निम्ति यसो गर्‍यो? होइन। के उसले परमेश्‍वरलाई संसारको विनाश हुनुभन्दा अघि कति लामो समय हुनेथ्यो भनी सोध्यो? सोधेन। के उसले जहाज बनाउनको निम्ति कति समय लाग्छ भनेर परमेश्‍वरलाई सोध्यो वा के उसलाई यो थाहा थियो? उसलाई त्यो पनि थाहा थिएन। उसले त आज्ञापालन गर्‍यो, सुन्यो र त्यसबमोजिम गर्‍यो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

व्यवस्थाको युगमा, परमेश्‍वरले अब्राहामलाई एउटा छोरो दिनेछु भनी भन्‍नुभयो। अब्राहामले त्यसको लागि के भने त? उनले केही पनि भनेनन्—उनले परमेश्‍वरले जे भन्‍नुभएको छ त्यो पूरा हुनेछ भनेर विश्‍वास गरे। यो अब्राहामको मनोवृत्ति थियो। के तिनले कुनै मूल्याङ्कन गरे? के तिनले खिल्‍ली उडाए? के तिनले कुनै कुरा गुप्त रूपमा गरे? (गरेनन्।) आज्ञापालन भनेको यही हो; आफ्‍नो स्थानमा दृढ बस्‍नु, आफ्‍नो कर्तव्यमा दृढ बस्‍नु भनेको यही हो। उनकी पत्‍नी, साराको बारेमा कुरा गर्दा—के तिनी अब्राहामभन्दा फरक थिइनन् र? परमेश्‍वरप्रति तिनको मनोवृत्ति कस्तो थियो? तिनले प्रश्‍न गरिन्, खिल्‍ली उडाइन्, अविश्‍वास गरिन्—अनि तिनले मूल्याङ्कन गरिन्, अनि तिनले अब्राहामलाई उपपत्‍नीको रूपमा आफ्‍नी नोकर्नी दिएर छुद्र चलाखी गरिन्, जसले अन्त्यमा धेरै मूर्खतापूर्ण परिस्थितिहरू पैदा गर्‍यो। यो मानिसको इच्‍छाबाट आयो। सारा आफ्‍नो स्थानमा दृढ भई बसिनन्, र तिनीमा परमेश्‍वरको बारेमा प्रश्‍नहरू र उहाँप्रतिको अविश्‍वास पैदा भयो। तिनको अविश्‍वासको कारण के थियो? यसका विभिन्‍न कारण र प्रसङगगहरू थिए, जसमध्ये एउटा के थियो भने अब्राहाम त्यो बेला निकै वृद्ध भइसकेका थिए, अर्को के थियो भने तिनी आफै पनि निकै वृद्धा भइसकेकी र सन्तान जन्‍माउन नसक्‍ने भइसकेकी थिइन्। यी सबै कुराले गर्दा तिनले परमेश्‍वरले भन्‍नुभएको कुरा सम्‍भव छैन—यो त केटाकेटीलाई झुक्याउने कुरा हो भन्‍ने विश्‍वास गरिन्। परमेश्‍वरले जे भन्‍नुभएको थियो त्यसलाई तिनले सत्यताको रूपमा स्वीकार र विश्‍वास गरिनन्, बरु यसलाई झूट वा ठट्टाको रूपमा लिइन्। के यो सही मनोवृत्ति हो? परमेश्‍वरका वचनहरूलाई एउटा ठगका झूटहरूको रूपमा लिनु—के सृष्टिका प्रभुलाई हामीले यस्तै मनोवृत्तिले व्यवहार गर्नुपर्छ? (होइन।) त्यसकारण, तिनले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा होइन, बरु ठट्टाको रूपमा, ठग व्यक्तिका झूटहरूको रूपमा लिएकी हुनाले, र परमेश्‍वरले भन्‍नुभएको कुरा वा उहाँले गर्न लाग्‍नुभएको कुरामा तिनले विश्‍वास नगरेकी हुनाले, श्रृंखलावद्ध परिणामहरू आइलागे, जुन सबै नै मानिसको इच्‍छा र साराको अविश्‍वासबाट आए। मूल रूपमा, तिनले यसो भनिरहेकी थिइन्, “के परमेश्‍वरले यसो गर्न सक्‍नुहुन्छ? यदि उहाँले त्यसो गर्न सक्‍नुहुन्‍न भने, परमेश्‍वरका यी वचनहरूलाई पूरा गर्न सहायता गर्नको लागि मैले केही गर्नैपर्छ।” तिनीभित्र, गलत बुझाइ, मूल्याङ्कन, अनुमान, र प्रश्‍नहरू थिए, र ती सबैले संयुक्तु रूपमा परमेश्‍वरको विरुद्ध भ्रष्ट स्वभाव भएको व्यक्तिले गरेको विद्रोहको कामको स्वरूप लिए। अब्राहामले यी कुराहरू गरेनन्, त्यसकारण तिनीमाथि यो आशिष्‌ प्रदान गरियो। परमेश्‍वरले उहाँप्रतिको अब्राहामको भक्तिको हृदय, तिनको बफादारिता, र तिनको मनोवृत्तिलाई देख्‍नुभयो, र तिनी धेरै जातिका पिता बन्‍न सकून् भनेर परमेश्‍वरले तिनलाई एउटा छोरो दिनुभयो। अब्राहामलाई गरिएको प्रतिज्ञा र साराप्रतिको उहाँको विशेष व्यवहार यही थियो। त्यसकारण, आज्ञापालन अत्यन्तै महत्त्वपूर्ण कुरा हो। के आज्ञापालनभित्र प्रश्‍न गरिने कार्य हुन्छ? यदि प्रश्‍न गरिने कार्य हुन्छ भने, के यसलाई साँचो आज्ञापालनको रूपमा गन्ती गरिन्छ? यदि यसभित्र विश्‍लेषण र मूल्याङ्कन छ भने, यसलाई आज्ञापालनको रूपमा गन्ती गरिन्छ? (गरिँदैन।) यदि व्यक्तिले गल्तीहरू खोतल्‍ने प्रयास गर्छ भने त झन यसलाई आज्ञापालनको रूपमा गन्ती गरिने कुरै आउँदैन। त्यसो भए, साँचो प्रमाणित भएको आज्ञापालनभित्र के प्रकटीकरण र खुलासा हुन्छ—व्यवहार कस्तो हुन्छ? (विश्‍वास।) साँचो विश्‍वास एउटा कुरा हो। परमेश्‍वरले के भन्‍नुहुन्छ र गर्नुहुन्छ त्यसलाई सही रूपमा बुझ्‍नुपर्छ, र परमेश्‍वरले गर्नुहुने सबै कुरा सही र साँचो हुन्छ भनी पुष्टि गर्नुपर्छ; यसको बारेमा प्रश्‍न गर्ने कुनै आवश्यकता हुँदैन, न त अरूलाई यसको बारेमा सोध्‍नु नै आवश्यक हुन्छ, र यसलाई आफ्‍नो हृदयमा तौलनु र यसको बारेमा विचार-विमर्श वा विश्‍लेषण गर्नु पनि आवश्यक हुँदैन। आज्ञापालनको एउटा पक्ष यही हो। परमेश्‍वरले विश्‍वास गर्नुहुने सबै कुरा सही छ भनेर विश्‍वास गर। जब व्यक्तिले कुनै काम गर्छ, हामीले कुन व्यक्तिले यो गर्‍यो भन्ने कुरालाई, तिनीहरूको पृष्ठभूमिलाई र चरित्रलाई हेर्न सक्छौं। यी कुराहरूलाई विश्‍लेषण गर्नु आवश्यक हुन्छ। अर्कोतर्फ, यदि कुनै कुरा परमेश्‍वरबाट आएको हो र उहाँले गर्नुभएको हो भने, हामीले हाम्रो मुख तुरुन्तै ढाक्‍नुपर्छ—यसको बारेमा प्रश्‍न गर्ने र यसको बारेमा जिज्ञासा उठाउने होइन, बरु यसलाई पूर्ण रूपमा स्वीकार गर्नुपर्छ। अनि त्यसपछि के गर्नुपर्छ त? यहाँ केही सत्यता छन् जसलाई मानिसहरूले त्यति बुझ्दैनन्, र ती परमेश्‍वरबाट टाढा छन्। तिनीहरूले विश्‍वास गर्ने र समर्पणता जनाउन र यो कुरा परमेश्‍वरले गर्नुभएको हो भन्‍ने पहिचान गर्न सक्‍ने भए पनि, यस तथ्यसम्‍बन्धी तिनीहरूको पहिचान अझै पनि केही हदसम्‍म धर्म-सैद्धान्तिक प्रकृतिको हुन्छ, र तिनीहरू हृदयमा अशान्त हुन्छन्। त्यस्तो बेला, व्यक्तिले यस्तो प्रश्‍न गर्दै खोजी गर्नुपर्छ, “यसमा के सत्यता छ? मेरो सोचाइमा कहाँ गल्ती छ? म परमेश्‍वरबाट कसरी टाढा भएँ? मेरा आफ्‍नै दृष्टिकोणहरूमध्ये कुनचाहिँ परमेश्‍वरले भन्‍नुहुने कुरासँग बाझिन्छ?” त्यस्ता उत्तरहरू खोज्‍न सक्‍नु नै आज्ञापालनको मनोवृत्ति र अभ्यास हो। आफूलाई आज्ञाकारी छौं भनी भन्‍ने, तर तिनीहरूमा कुनै कुरा आइलाग्दा यसो भन्‍ने मानिसहरू पनि छन्, “परमेश्‍वरले के गर्नुहुन्छ सो कसलाई थाहा छ र? हामी सृष्टि गरिएका प्राणीहरूले हस्तक्षेप गर्न सक्दैनौं। परमेश्‍वरले जे चाहनुहुन्छ उहाँलाई त्यही गर्न दिऔं!” के यो आज्ञापालन हो? यो कस्तो प्रकारको मनोवृत्ति हो? यो जिम्‍मेवारी लिने कार्यलाई घृणा गर्नु हो; यो परमेश्‍वरले जे गर्नुहुन्छ त्यसप्रति चासो नगर्नु हो; यो रुखो उदासीनता हो। अब्राहामले आज्ञापालन गर्न सके किनभने तिनले धेरै सिद्धान्तको पालना गरे, अनि उनले आफ्‍नो विश्‍वासमा परमेश्‍वरले जे गर्नुहुन्छ त्यो गरिनेछ र पूरा हुनेछ, त्यसमा कुनै शङ्का भनी दृढ़ थिए। त्यसकारण, तिनीसँग कुनै प्रश्‍न थिएन, तिनले कुनै मूल्याङ्कन गरेनन्, न त तिनी चलाखी गर्ने कार्यमा नै लागे। तिनले यस्तै व्यवहार गरे।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति”

मानिसका निम्ति परमेश्‍वरले धेरै कुरा गर्नुहुन्छ जुन बुझ्नै नसकिने र अविश्‍वसनीय पनि हुन्छ। जब परमेश्‍वरले कसैलाई योजनाबद्ध रूपमा चलाउन चाहनुहुन्छ, यो योजनाबद्ध कार्य प्रायः मानिसको धारणासँग मिल्दैन र उसले बुझ्न नसक्ने हुन्छ, तैपनि यो बेमेल र बुझ्न नसक्ने कुरा नै मानिसको निम्ति परमेश्‍वरको परीक्षा र जाँच हो। यसै बीच, अब्राहाम आफूभित्रै परमेश्‍वरप्रति आज्ञाकारीता प्रकट गर्न सक्षम थिए, जुन तिनी परमेश्‍वरको माग पूरा गर्न सक्षम हुनुको सबैभन्दा आधारभूत सर्त थियो। जब अब्राहामले परमेश्‍वरको माग पूरा गर्न सक्षम भएर इसहाकलाई बलि चढाए, तब मात्र परमेश्‍वर साँच्चै मानव जातिप्रति, अर्थात् उहाँले चुन्नुभएको अब्राहामप्रति सुनिश्‍चितता र स्वीकृतिको महसुस गर्नुभयो। तब मात्र परमेश्‍वर उहाँले चुन्नुभएको यो व्यक्ति अति आवश्यक अगुवा हो, जसले उहाँको प्रतिज्ञा र त्यसपछिको व्यवस्थापन योजना पूरा गर्न सक्छ भनी निश्‍चित हुनुभयो। यो एउटा परीक्षा र जाँच मात्र रहेको भए पनि, परमेश्‍वरले सन्तुष्ट महसुस गर्नुभयो, उहाँले उहाँप्रतिको मानिसको प्रेम महसुस गर्नुभयो, र मानिसद्वारा उहाँले अघि कहिल्यै अनुभव नगर्नुभएको सान्त्वना महसुस गर्नुभयो। जुन क्षण अब्राहामले इसहाकलाई मार्न छुरी उठाए, के परमेश्‍वरले तिनलाई रोक्नुभयो? परमेश्‍वरले अब्राहामलाई इसहाकको बलि चढाउन दिनुभएन, किनकि इसहाकको ज्यान लिने अभिप्राय परमेश्‍वरको थिएन। यसैले परमेश्‍वरले ठीक समयमा अब्राहामलाई रोक्नुभयो। परमेश्‍वरका लागि, अब्राहामको आज्ञाकारीता अघि नै परीक्षामा सफल भइसकेको थियो, तिनले जे गरे त्यो पर्याप्त थियो, र परमेश्‍वरले आफूले गर्न चाहनुभएको कामको नतिजा देखिसक्नुभएको थियो। के यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो? यो भन्न सकिन्छ, कि यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो, यो परमेश्‍वरले चाहनुभएकै कुरा थियो, र परमेश्‍वरले हेर्न चाहनुभएको कुरा यही थियो। के यो सत्य हो? विभिन्न सन्दर्भहरूमा, परमेश्‍वरले प्रत्येक व्यक्तिलाई जाँच्ने विभिन्न तरिकाहरू प्रयोग गर्नुहुने भए पनि, उहाँले अब्राहामको हृदय साँचो छ, र तिनको आज्ञाकारीता सर्तरहित छ भन्‍ने देख्नुभयो। वास्तवमा परमेश्‍वरले चाहनुभएको पनि त्यस्तै “सर्तरहित” कुरा थियो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुरालाई पालना गर्न खोजे। अलिकति पनि गुनासो नगरिकन, उनले सजाय र न्याय, साथै शोधन, संकष्ट र उसको जीवनमा नरोकिकन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरप्रतिको तिनको प्रेमलाई परिवर्तन गर्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो परमेश्‍वरको एकजना सृष्टिको कर्तव्यको पूर्णता थिएन र? सजाय, न्यायमा होस् या संकष्टमा होस्, तैँले सँधै मृत्युसम्‍मै आज्ञापालन हासिल गर्न सक्छस्, र परमेश्‍वरको एकजना सृष्टिले हासिल गर्नुपर्ने यही नै हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही नै हो। यदि मानिसले यतिसम्‍म हासिल गर्न सक्छ भने, ऊ परमेश्‍वरको सुयोग्य प्राणी हो, र सृष्टिकर्ताको चाहनालाई यसले जत्तिको राम्ररी सन्तुष्ट पार्नेअरू केही छैन। मानौं तँ परमेश्‍वरको लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्‍वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी, तैँले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई पूरा नगरेको मात्रै हुने छैनस्, तर तँलाई परमेश्‍वरले दोषी पनि ठहर्याउनुहुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जसले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैन, र जो परमेश्‍वरप्रति अनाज्ञाकारी छ। तैँले परमेश्‍वरको लागि काम गर्ने बारेमा मात्रै चासो गर्छस्, र सत्यतालाई अभ्यास गर्ने वा आफैलाई चिन्‍ने बारेमा चासो गर्दैनस्। तैँले सृष्टिकर्तालाई भुज्दैनस् वा चिन्दैनस्, र सृष्टिकर्ताको आज्ञापालन गर्दैनस् वा उहाँलाई प्रेम गर्दैनस्। तँ परमेश्‍वरप्रति अन्तर्निहित रूपमा अनाज्ञाकारी रहेको व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्‍न।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरको लागि गुञ्जायमान गवाही दिने कुरा मुख्य रूपले तँसँग व्यावहारिक परमेश्‍वरको बारेमा बुझाइ छ कि छैन र तँ यो व्यक्तिमा समर्पित हुन, मृत्युसम्‍म समेत समर्पित हुन सक्छस् कि सक्दैनस् भन्ने कुरासँग सम्बन्धित हुन्छ, जो व्यक्ति साधारण मात्र हुनुहुन्‍न तर सामान्य पनि हुनुहुन्छ। यदि, समर्पणताद्वारा तैँले साँच्चै परमेश्‍वरको गवाही दिन्छस् भने, त्यसको अर्थ तँलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ भन्ने हुन्छ। यदि तँ मृत्युसम्‍मै अधीनमा बस्न सक्छस् र उहाँको अगि गुनासो मुक्त हुन्छस्, कुनै दोष लाउँदैनस्, कुनै निन्दा गर्दैनस्, कुनै धारणाहरू राख्दैनस् र कुनै गुप्त अभिप्रायहरू राख्दैनस् भने यसरी परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। एक सामान्य, मानिसद्वारा हेला गरिएको व्यक्तिको अगाडि समर्पित हुनु र कुनै धारणाहरू नराखी मृत्युसम्म समर्पित हुन सक्नु—साँचो गवाही यही हो। मानिसहरू जुन वास्तविकताभित्र पसून् भन्ने परमेश्‍वर चाहनुहुन्छ त्‍योचाहिँ तँ उहाँका वचनहरू पालन गर्न सक्ने, तिनलाई अभ्यास गर्न सक्ने, व्यावहारिक परमेश्‍वर अगाडि झुक्न र तेरा आफ्नै भ्रष्टतालाई जान्न सक्ने, उहाँको सामु तेरो हृदय खोल्‍न, र अन्त्यमा उहाँका यी वचनहरूमार्फत उहाँद्वारा प्राप्त हुन सक्‍ने व्यक्ति बन् भन्ने हो। जब यी वाणी हरूले तँलाई जित्दछ र तँलाई पूर्ण रूपमा उहाँको आज्ञाकारी बनाउँदछ तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ; यसद्वारा उहाँले शैतानलाई लाजमा पार्नुहुन्छ र उहाँको काम पूरा गर्नुहुन्छ। जब तँमा देहधारी परमेश्‍वरको व्यावहारिकताको बारेमा कुनै धारणा हुँदैन—अर्थात्, जब तँ यो परीक्षामा दृढ भएर खडा हुन्छस्—तब तैँले यो गवाही राम्रोसँग बोकेको हुन्छस्। यदि तैँले यस व्यावहारिक परमेश्‍वरलाई पूर्ण रूपमा बुझ्ने र पत्रुसजस्तै मृत्युसम्म समर्पित हुन सक्‍ने दिन आउँछ, तब तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछ र सिद्ध तुल्याउनुहुनेछ। परमेश्‍वरले गर्नुहुने कुनै पनि कुरा तेरा धारणाहरूसँग मेल खाँदैन भने त्यो तेरो लागि परीक्षा हो। यदि परमेश्‍वरको काम तिम्रो विचारसँग मेल खान्थ्यो भने त्यसका निम्ति तैँले दुःख भोग्नु वा तँलाई शुद्ध पारिनु आवश्यक हुँदैनथियो। उहाँको काम अति व्यावहारिक र तेरा धारणाहरू अनुरूप नभएकोले तैँले ती धारणाहरूलाई छोड्नुपर्छ। त्यसैकारणले गर्दा यो तेरो लागि एउटा परीक्षा हो। परमेश्‍वरको व्यावहारिकताको कारणले नै सबै मानिसहरू परीक्षाहरूका बीचमा छन्; उहाँको काम व्यावहारिक छ, अलौकिक होइन। कुनै पनि धारणाहरू नराखी उहाँका व्यावहारिक वचनहरू र उहाँको व्यावहारिक वाणीहरू पूर्ण रूपमा बुझेर, अनि उहाँको काम अझ बढी व्यावहारिक हुँदै जाँदा उहाँलाई साँचो रूपमा प्रेम गर्न सकेर, तँलाई उहाँले प्राप्त गर्नुहुनेछ। परमेश्‍वरद्वारा प्राप्त गरिने मानिसहरूको समूह ती हुन् जसले परमेश्‍वरलाई चिन्छन्; अर्थात्, तिनीहरू जसले उहाँको व्यावहारिकतालाई जान्दछन्। यसबाहेक, तिनीहरू ती हुन् जो परमेश्‍वरको व्यावहारिक कामप्रति समर्पित हुन सक्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्