आफ्नो भ्रष्ट स्वभावद्वारा जिउँदा व्यक्तिले पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्न सक्छ कि सक्दैन

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा बाहिर फालिने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई नियन्त्रण गर्न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा दखल दिन्छ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

परमेश्‍वरप्रतिको मानिसको सेवामा सबैभन्दा ठूलो निषेधित कुरा के हो? के तिमीहरूलाई थाहा छ? अगुवाको रूपमा सेवा गर्ने कतिपय मानिसहरूले सधैँ पृथक हुने, अरूभन्दा माथि हुने, र तिनीहरू कति सक्षम छन् भनी परमेश्‍वरलाई देखाउन केही नयाँ युक्तिहरू पत्ता लगाउने प्रयास गर्छन्। तैपनि, तिनीहरूले सत्यतालाई बुझ्‍ने र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान दिँदैनन्; तिनीहरूले सधैँ आफ्‍नो क्षमताको धाक देखाउने प्रयास गरिरहेका हुन्छन्। के अहङ्कारी प्रकृतिको प्रकटीकरण ठीक यही होइन र? कतिले त यसो पनि भन्छन्, “यदि मैले यो काम गरेँ भने, म निश्‍चित छु, परमेश्‍वर अत्यन्तै खुशी बन्‍नुहुनेछ; उहाँलाई यो कुरा धेरै मन पर्नेछ। यसपटक म परमेश्‍वरलाई यो कुरा हेर्न लगाउनेछु; म उहाँलाई गजबको सरप्राइज दिनेछु।” यो “सरप्राइज” को परिणामस्वरूप, तिनीहरूले पवित्र आत्‍माको कार्यलाई गुमाउँछन् र तिनीहरू परमेश्‍वरद्वारा हटाइन्छन्। आफ्‍नो मनमा जे आउँछ हतार-हतार त्यही नगर्। तैँले आफ्‍ना कार्यका परिणामहरूको बारेमा विचार गरिनस् भने काम-कुराहरू कसरी ठीकठाक हुन सक्छन्? जब तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछस् र उहाँका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्छस्, र त्यसपछि तँ हटाइन्छस् भने, तैँले भन्‍नुपर्ने केही पनि बाँकी हुनेछैन। तेरो अभिप्राय जे-जस्तो भए पनि, र तैँले यसलाई जानी-जानी गरेको भए पनि वा नभए पनि, यदि तैँले परमेश्‍वरको स्वभाव वा उहाँको इच्‍छालाई बुझ्दैनस् भने, तैँले सहजै उहाँको रिस उठाउनेछस् र उहाँका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्न पुग्‍नेछस्; हरेक व्यक्ति यही कुराबाट सचेत भई टाढा बस्‍नुपर्छ। तैँले गम्भीर रूपमा परमेश्‍वरको प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गरेपछि वा उहाँको स्वभावलाई चिढ्याएपछि, तैँले जानी-जानी कि अनजानमा त्यसो गरिस् त्यस कुरालाई उहाँले ध्यान दिनुहुनेछैन। यो तैँले स्पष्ट रूपमा देख्‍नुपर्ने कुरा हो। यदि तैँले यो कुरालाई बुझ्दैनस् भने, तैँले समस्याहरू पैदा गर्ने सम्‍भावना हुन्छ। परमेश्‍वरको सेवा गर्ने क्रममा, मानिसहरूले ठूला-ठूला प्रगति गर्न, ठूला-ठूला काम गर्न, महान् शब्‍दहरू बोल्‍न, महान् कार्य गर्न, ठूला-ठूला सभा आयोजना गर्न, र महान् अगुवा बन्‍न चाहन्छन्। यदि तँसँग सधैँ यस्ता ठूला महत्वाकांक्षाहरू हुन्छन् भने, तैँले परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्नेछस्; यसो गर्ने मानिसहरू चाँडै नै मर्नेछन्। यदि परमेश्‍वरप्रतिको सेवामा तँ सधैँ राम्रो व्यवहार गर्ने, समर्पित, र विवेकी छैनस् भने, ढिलो-चाँडो तैँले उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताविना, व्यक्तिले परमेश्‍वरलाई चिढ्याउने सम्‍भावना हुन्छ”

जसले परमेश्‍वरलाई आदर गर्दैन र जोसँग डरमा काँप्ने हृदय छैन, उनीहरूले परमेश्‍वरको प्रशासनिक विधि उल्लंघन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थालाई भङ्ग गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई बाहिर फ्याँकिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरूले आफ्नो अनभिज्ञ असल नियतको दममा परमेश्‍वरको भवनमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलो पल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने तेरो आवेगपूर्ण सेवाले परमेश्‍वरको घृणा र द्वेष मात्र निम्त्याउँछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

आजभोली, जब-जब मानिसहरू कुनै कुराको सामु आउँछन्, तब-तब, वास्तविक अवस्था जे-जस्तो भए पनि, तिनीहरूले यो र त्यो गर्न सक्छु भनी सोच्छन्, त्यसैले तिनीहरूका हृदयमा परमेश्‍वर हुँदैन, अनि तिनीहरूले त्यो कार्य तिनीहरूको आफ्नै इच्छाअनुसार गर्छन्। तिनीहरूको कार्यशैली उचित भए पनि नभए पनि, वा त्यो सत्यता अनुरूप भए पनि नभए पनि, तिनीहरू ढिठ गर्दै अघि बढ्छन् र आफ्नै व्यक्तिगत अभिप्रायहरू अनुसार कार्य गर्छन्। सामान्यतया तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्छ भन्‍ने जस्तो पनि देखिन्छ तर जब तिनीहरूले कार्य गर्छन् तब तिनीहरूका हृदयमा परमेश्‍वर हुँदैन। केही मानिसहरूले भन्छन्, “मैले गर्ने कुराहरूमा म परमेश्‍वरको नजिक जानै सक्दिनँ। विगतमा मलाई धार्मिक समारोहहरू आयोजना गर्ने बानी थियो, र मैले परमेश्‍वरको नजिक जाने कोसिस गरेँ, तर यो प्रयास व्यर्थ भयो। म उहाँको नजिक जानै सकिनँ।” त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वर हुँदैन; तिनीहरूका हृदयमा तिनीहरू आफै हुन्छन्, अनि तिनीहरूले गर्ने कुनै पनि कार्यमा तिनीहरूले सत्यताको अभ्यास गर्न सक्दै सक्दैनन्। सत्यता अनुरूप कार्य नगर्नु भनेको तिनीहरूका आफ्‍नै इच्छाअनुसार कार्य गर्नु हो, र तिनीहरूका आफ्‍नै इच्छाअनुसार कार्य गर्नु भनेको परमेश्‍वरलाई छाड्नु हो; यसको अर्थ, तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्न भन्‍ने हुन्छ। मानव विचारहरू मानिसहरूलाई प्रायजसो राम्रो र सही लाग्छ, अनि तिनीहरूले सत्यतालाई त्यति धेरै उल्लंघन नगर्लान् भन्‍ने जस्तो देखिन्छ। त्यस्तो शैलीमा काम गर्नु भनेको सत्यताको अभ्यास गर्नु हो भन्ने मानिसहरू ठान्छन्; त्यस्तो शैलीमा काम गर्नु भनेको परमेश्‍वरमा समर्पित हुनु हो भन्ने तिनीहरू ठान्छन्। वास्तवमा, तिनीहरूले सच्चा रूपमा परमेश्‍वरलाई खोजी गरिरहेका वा प्रार्थना गरिरहेका हुँदैनन् र तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गर्न परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुसार राम्रोसँग यसो गर्ने प्रयत्न गरिरहेका हुँदैनन्। तिनीहरूसित यो सच्चा अवस्था नै छैन, न त तिनीहरूसँग कुनै इच्छा नै छ। मानिसहरूले तिनीहरूको अभ्यासमा गर्ने सबैभन्दा ठूलो गल्ती यही हो। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तर तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई राख्दैनस्। यो कसरी पाप हुन सक्दैन र? के तैँले आफैलाई धोका दिइरहेको छैनस् र? यदि यस्तै शैलीमै विश्‍वास गरिरहन्छस् भने तैँले कस्ता किसिमका प्रभावहरू हासिल गर्न सक्छस् र? अझ भन्ने हो भने, कसरी विश्‍वासको महत्त्व प्रकटीकरण हुन सक्छ र?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरको इच्छाको खोजी गर्नु भनेको सत्यता अभ्यासको लागि हो”

आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा झारा टार्ने काम मात्रै गर्नु वर्जित गरिएको मुख्य कुरा हो। यदि तैँले यसरी नै व्यवहार गरिरहन्छस् भने, तैँले पर्याप्त रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछैनस्। तैँले यो काम तेरो हृदयदेखि गर्नुपर्छ! यो अवसर मानिसहरूले पाउनु निकै कठिन थियो! जब परमेश्‍वरले तिनीहरूलाई मौका दिनुहुन्छ, तर पनि तिनीहरूले यसलाई बुझ्दैनन् भने, तिनीहरूले त्यो अवसर गुमाउँछन्—अनि पछि यदि तिनीहरूले त्यस्तो अवसर पाउन चाहे भने पनि, यो फेरि तिनीहरूकहाँ नआउन सक्छ। परमेश्‍वरको कामले कसैलाई पनि पर्खँदैन, र न त व्यक्तिले गर्नुपर्ने कर्तव्यले नै पर्खन्छ। कतिपय मानिसहरू भन्छन्, “मैले पहिले मेरो कर्तव्य राम्ररी गरिनँ, तर अहिले म अझै यसलाई पूरा गर्न चाहन्छु, त्यसकारण यसपटक मैले सङ्कल्‍प गरेको छु; म अझै बढी कर्तव्यनिष्ठ बन्‍नेछु र अझै बढी परिश्रम गर्नेछु, र यसलाई राम्ररी पूरा गर्नेछु।” तैपनि, कहिलेकहीँ यो अवसर बाँकी नै हुँदैन। हरेक अवसर फेरि आइरहन्छन् भन्‍ने छैन, त्यसकारण ती अवसर आउँदा तैँले तिनलाई पक्रिहाल्नुपर्छ। तेरो प्रयास र समर्पणताको आवश्यक पर्ने, र तेरो तन, मन, र समय समर्पित गर्नुपर्ने कर्तव्यको सामना गर्नु पर्दा, तैँले कुनै पनि कुरालाई रोक्नु हुँदैन, कुनै पनि तुच्छ चतुर्‍याइँ मनमा राख्नु हुँदैन, वा कुनै कसर बाँकी छाड्नु हुँदैन। यदि तैँले कुनै कसर बाँकी छाड्छस्, हिसाबकिताब गर्छस्, वा कुटिल र धोकेबाज काम गर्छस् भने, तैँले अवश्य नै नराम्ररी काम गर्नेछस्। तैँले यसो भन्‍न सक्छस्, “मैले चलाकी तरिकाले काम गरेको कसैले पनि देखेन। कस्तो गजब भो!” यो कस्तो प्रकारको सोचाइ हो? तैँले मानिसहरूको, र परमेश्‍वरको पनि आँखा छलेको छस् भन्‍ने तँलाई लाग्छ। तैपनि वास्तवमा, तैँले जे गरेको छस् सो परमेश्‍वरलाई थाहा हुन्छ कि हुँदैन? (उहाँलाई थाहा हुन्छ।) साधारणतया, तँसँग लामो समयसम्‍म कुराकानी गर्ने मानिसहरूले पनि थाहा पाउनेछन्, र तँ सधैँ चलाकी गर्ने, कहिल्यै पनि लगनशील नहुने व्यक्ति होस्, र तैँले तेरो पचास-साठी प्रतिशत, वा बढीमा असी प्रतिशत प्रयास मात्रै लगाउँछस् भनेर मानिसहरूले भन्‍नेछन्। तैँले गर्ने हरेक काम अन्धाधुन्ध गर्दै दोधारे रूपमा गर्छस्; तेरो काममा तँ भरपर्दो छँदै छैनस् भनेर तिनीहरूले भन्‍नेछन्। यदि तँलाई कुनै काम गर्न लगाइयो भने मात्रै तैँले यसमा अलिकति प्रयास गर्छस्; तेरो काम मापदण्डअनुरूप छ कि छैन भनेर जाँच गर्न कोही व्यक्ति नजिकै छ भने, तैँले अलिक राम्रो काम गर्छस्—तर जाँच गर्ने कोही पनि छैन भने, तँ अलिक सुस्त हुन्छस्। यदि तँलाई निराकरण गरियो भने, तैँले यसलाई मनैबाट गर्छस्; अन्यथा, कसैले पनि पत्ता लगाउनेछैनन् भनेर सोच्दै, तैँले काममा निरन्तर अल्याङ्टल्याङ गर्छस् र जे सक्यो त्यही बहाना बनाउने प्रयास गर्छस्। समय बित्दै जान्छ, अनि मानिसहरूले थाहा पाउँछन्। तिनीहरू भन्छन्, “यो व्यक्ति भर पर्न र विश्‍वास गर्न नसिकने व्यक्ति हो; यदि तपाईंले उसलाई महत्त्वपूर्ण कर्तव्य पूरा गर्न दिनुभयो भने, उसलाई रेखदेख गर्नुपर्छ। उसले सिद्धान्तहरू आवश्यक नपर्ने साधारण कार्य र जिम्‍मेवारीहरू पूरा गर्न सक्छ, तर यदि तपाईंले महत्त्वपूर्ण कर्तव्य पूरा गर्न दिनुभयो भने, उसले यसलाई बरबाद गर्ने सम्‍भावना धेरै हुन्छ, त्यसपछि तपाईंलाई ठगिएको हुनेछ।” मानिसहरूले उसलाई राम्ररी चिन्‍नेछन्, र उसले सबै गरिमा र इज्‍जतलाई पूर्ण रूपमा त्यागेको हुनेछ। यदि कसैले उसलाई विश्‍वास गर्न सक्दैन भने, परमेश्‍वरले कसरी विश्‍वास गर्न सक्‍नुहुन्छ र? के परमेश्‍वरले उसलाई कुनै पनि महत्त्वपूर्ण कामहरू सुम्‍पनुहुनेछ र? त्यस्तो व्यक्ति भरोसा गर्न नसकिने व्यक्ति हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो कर्तव्य पूरा गरेको अनुभवद्वारा नै जीवन प्रवेशको सुरुवात हुनुपर्छ”

मानिसहरूले कर्तव्य र परमेश्‍वर दुवैलाई इमानदार हृदयले लिनुपर्छ—यही नै परमेश्‍वरप्रतिको भय हो। परमेश्‍वरलाई इमानदार हृदयले व्यवहार गर्दा मानिसहरूमा कस्तो आचरण हुनुपर्छ? मानिसहरूले त्यस कुराले उनीहरूका निम्ति विपत्ति ल्याउनेछ कि आशिष ल्याउनेछ भनी प्रश्न नगरी, कुनै सर्तहरू नराखी अनि परमेश्‍वरको योजनामा समर्पित हुँदै आफ्नो कर्तव्यमा आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ; यस्तो व्यक्तिमा इमानदार हृदय हुन्छ। के सधैँ शङ्का गर्नेहरू, सधैँ सर्त राख्नेहरू, र अन्त्यहीन अनुसन्धानमा संलग्न हुनेहरूमा इमानदार हृदय हुन्छ? त्यस्तो व्यक्तिको हृदयभित्र के हुन्छ? उनीहरूको हृदयमा छलकपट र दुष्टता हुन्छ, र उनीहरू सधैँ अनुसन्धानमा लागिरहेका हुन्छन्। जब उनीहरूको व्यक्तिगत रुचिलाई असर गर्ने कुनै कुरा आइपर्छ, तब उनीहरू सोच्छन्: “परमेश्‍वरले मलाई यो गर्नुहुँदा र मेरो निम्ति यस्तो परिस्थिति ल्याउनुहुँदा उहाँले के सोचिरहनुभएको थियो? के यो अरू मानिसहरूलाई पनि भएको कुरा हो? म यसबाट भएर गइसकेपछि त्यसको नतिजा कस्तो हुनेछ?” उनीहरूले यी प्रश्नहरूको अनुसन्धान गर्छन्; उनीहरूले के पाउन सक्छन् वा के गुमाउन सक्छन्, हातमा भएको कुराले उनीहरूका निम्ति विपत्ति ल्याउँछ कि आशिष् ल्याउँछ त्यो अनुसन्धान गर्छन्। उनीहरूले यी प्रश्नहरू अनुसन्धान गर्न थालेपछि के उनीहरूले सत्यताको अभ्यास गर्न सक्छन्? के उनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्? जब उनीहरूले कर्तव्य पूरा गर्न सुरु गर्छन्, तब उनीहरू त्यसको अनुसन्धान गर्छन् र प्रश्न गर्छन्: “मैले यो कर्तव्य पूरा गरें भने के मैले कष्ट भोग्नेछु? के मैले धेरै समय खर्च गर्नुपर्नेछ? के मैले नियमित भोजन र विश्राम पाउन सक्छु? अनि म कस्तो प्रकारका मानिसहरूको सम्पर्कमा आउनेछु?” उनीहरूले बाहिरी रूपमा यो कर्तव्यलाई स्वीकार गरे पनि, उनीहरूले आफ्‍नो हृदयमा छलछाम राख्छन् र त्यस्ता कुराहरूको बारेमा निरन्तर अनुसन्धान गरिरहेका हुन्छन्। वास्तवमा, उनीहरूले अनुसन्धान गर्ने यी सबै कुराहरू उनीहरूको व्यक्तिगत रुचिसँग सम्बन्धित हुन्छन्; उनीहरूले परमेश्‍वरको घरको हितमा ध्यान दिँदैनन्, केवल आफ्नै हितहरूको मात्र विचार गर्छन्। यदि मानिसहरूले आफ्नै हितको बारेमा मात्र विचार गर्छन् भने उनीहरूलाई सत्यता अभ्यास गर्न सहज हुँदैन र उनीहरूमा परमेश्‍वरप्रति साँचो आज्ञाकारिता पनि हुँदैन। यस किसिमको अनुसन्धानमा लागेका धेरैजसो मानिसहरूलाई अन्त्यमा के हुन्छ? कसै-कसैले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन्; अर्थात्, तिनीहरूले नकारात्मक भावनाहरूले भरिएका कामहरू गर्छन्, काम गर्दा तिनीहरूको आँखाहरू खुल्ला राख्छन्। यस्ता भावनाहरू ल्याउने कस्तो किसिमको स्वभाव हो? यो छली र दुष्ट हो; दुष्ट बन्नका निम्ति त्यत्ति टाढासम्म पुगेपछि यी मानिसहरूले आफैलाई परमेश्‍वरको विरुद्धमा खडा गरिरहेका हुन्छन्! जब मानिसहरू निरन्तर अनुसन्धान गरिरहेका हुन्छन्, तिनीहरूको ध्यान विभाजित हुन्छ, यस्तो अवस्थामा के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी गर्न सक्छन्? तिनीहरू इमानदारीसाथ र तिनीहरूका आत्‍माले परमेश्‍वरको आराधना गर्दैनन्, तिनीहरूमा इमानदार हृदय हुँदैन, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा सधैँ सचेत भइरहेका र कुरा लुकाइरहेका हुन्छन्। यसबाट के हुन्छ? परमेश्‍वरले तिनीहरूमा काम गर्नुहुन्न, तिनीहरूले जेसुकै गरे पनि सिद्धान्तहरू फेला पार्न सक्दैनन्, र तिनीहरूले जे गरे पनि सधैँ गलत हुन्छन्। किन काम-कुराहरू सधैँ गलत हुन्छन्? कहिलेकहीँ, परमेश्‍वरले तिनीहरूको पर्दाफास गर्नुभएको हुँदैन, तिनीहरूले आफैलाई बरबाद गरिरहेका हुन्छन्। तिनीहरू परमेश्‍वरको घरको कामको बारेमा वा परमेश्‍वरको घरका हितहरूको बारेमा ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नै हितको लागि षड्यन्त्र गरिरहेका र आफ्‍नै इज्जत र हैसियतका लागि योजनाहरू बनाइरहेका हुन्छन्। तिनीहरू यसो गरिरहन्छन्, त्यसपछि तिनीहरू तलमाथि हुन थाल्छन्। तिनीहरूले आफ्नै स्वार्थहरू र भविष्यका सम्भावनाहरूका लागि योजनाहरू बनाउने, र परमेश्‍वरको घरको काम र परमेश्‍वरको घरको हितलाई विचार गर्ने कार्यको बीचमा, के तिनीहरूको कामको नतिजा उस्तै हुन्छ? हुँदैन, अवश्य नै नतिजा उस्तै हुँदैन। तिनीहरूको पर्दाफास हुन्छ, अनि यस्तो व्यवहार आफ्नो कर्तव्य पूरा गर्नु होइन; यस व्यक्तिका कार्यहरूको सार र प्रकृति परिवर्तन भएको हुन्छ। यदि यो केही सानो क्षतिको कुरा मात्र हो भने तिनीहरूले मुक्ति पाउने सम्भावना हुन्छ—तिनीहरूसँग अझै मौका हुन्छ। तर यदि ठूलो नोक्सानी भयो भने, के तिनीहरूका लागि अझै कुनै मौका हुन्छ? यदि हातमा भएको मामिला एउटा गम्भीर मुद्दा हो र त्यसले विघटन र बाधाहरू समेत ल्याउँछ भने, त्यसमा सामेल व्यक्तिलाई हटाएर अर्कोलाई राख्नुपर्छ; कतिपय मानिसहरूलाई यस्तै प्रकारले हटाइएको छ। यसको जडमा के छ भनेर के तिमीहरूले पत्ता लगाएका छौ? यस विषयको मूल जड् के हो भने, मानिसहरूले सधैँ आफ्नै हितको बारेमा सोचिरहेका हुन्छन्, र सत्यताको जग बनाउन सत्यको सानो भाग वा परमेश्‍वरको आज्ञापालन गर्ने आचरण रत्तीभर पनि नभएको हुँदा तीद्वारा तिनीहरू बहकिन्छन्। त्यसो भए मानिसहरूले कसरी आज्ञापालन गर्नुपर्छ? अभ्यास गर्ने एउटा मार्ग यसप्रकार छ। कुनै समस्याको सामना गर्दा, कतिपय मानिसहरूले सबैभन्दा पहिले सोच्ने कुरा यस्तो हुन्छ, “यदि मैले यो कार्य यसरी गरें भने परमेश्‍वरको घरको हितमा हानि हुनेछ। यदि मैले यो काम त्यसरी गरें भने, तिनले हानि गर्नेछैन—तर मैले इज्जत गुमाउनेछु, र धेरै दुःख पाउनेछु, मैले काम-कुराहरूको बारेमा खोजी गर्नका निम्ति धेरै समय बिताउनु पर्छ, र अरू मानिसहरूसँग सरसल्लाह गर्नुपर्छ।” यस विषयमा तिनीहरूका मन घरी यता घरी उता हुन्छ: “परमेश्‍वरको घरको हितमा थोरै हानी भयो भने त्यो कुनै ठूलो कुरा होइन। म यो काम यसरी नै गर्छु, यस विषयमा अन्तिम निर्णय मेरै हुन्छ, यस विषयमा सबैसँग छलफल गर्नु आवश्यक छैन।” यस प्रकारले काम गर्दा यसले तिनीहरूको हैसियत र महत्त्वलाई देखाउँछ, यसले अरूको सामु तिनीहरूलाई निर्णायक, अनुभवी, र सक्षम देखाउँछ, कमजोर, अस्थिर, र नहिचकिचाउने जस्तो देखाउँछ भन्‍ने तिनीहरूलाई लाग्छ—तर आखिरमा, जब काम गरिन्छ, परमेश्‍वरको घरको काममा बाधा दिने, रोकावट ल्याउने र हानि पुऱ्याउने मानिसहरू तिनीहरू नै बन्छन्, र तिनीहरूको पर्दाफास गरिनेछ र हटाइनेछ। परिणामहरू यी नै हुनेछन्। तर यदि तिनीहरू परमेश्‍वरको व्यवस्था र योजनाको अधीनमा बसे भने, र सत्य सिद्धान्तहरू अनुसार कार्य गरे भने, परिणाम भिन्नै हुनेछ। जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, अन्तिम निर्णय गर्ने व्यक्ति तिनीहरू हुँदैनन्; धेरै जना मानिसहरू सँगसँगै सङ्गति र सरसल्लाह गर्छन्, र पवित्र आत्माले काम गर्न थाल्नुभएपछि, मानिसहरूले आफ्‍नो हृदयमा ज्ञान प्राप्त गर्छन्, तिनीहरूले मानिसको कल्पनाअनुसार काम गर्दा हुने दोष र त्रुटिहरू महसुस गर्छन्, तिनीहरूले अझ राम्रो मार्ग भेट्टाउनेछन्, र परमेश्‍वरको घरको हितलाई कुनै हानि हुँदैन। सबैले एकसाथ सङ्गति र सरसल्लाह गर्ने क्रममा तिनीहरूको व्यक्तिगत पहिचान, हैसियत, स्वतन्त्रता र दक्षतामा स्पष्ट रूपमा ध्यान दिइँदैन, त्यसकारण परमेश्‍वरको घरको हितलाई कुनै हानि हुनेछैन। यसैले परिणाम फरक हुनेछ। के अझै पनि तिनीहरूको स्थानमा अरूलाई राखिन्छ? (राखिँदैन।) परमेश्‍वरद्वारा याद गरिनु भनेको यस्तै हो। यदि कुनै समस्याको सामना गर्दा, मानिसहरूले सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्न सक्छन् भने, परमेश्‍वरले पर्दा पछाडिबाट सबै कुरालाई सुरक्षित गर्नुहुनेछ। यदि मानिसहरू परमेश्‍वरको घरको हित वा परमेश्‍वरको इच्छालाई विचार नगरी आफ्नै हितहरूलाई हेर्दै सधैँ षड्यन्त्र गरिरहन्छन्, स्वार्थी योजना र युक्तिहरू बनाइरहन्छन् भने र तिनीहरूमा परमेश्‍वरका व्यवस्थाहरू र योजनाहरू पालन गर्ने प्रवृत्ति अलिकति पनि छैन भने—यदि तिनीहरूमा यो प्रवृत्तिको समेत कमी छ भने—त्यसको अन्तिम परिणाम के हुनेछ? तिनीहरू नराम्रोसँग असफल हुनेछन्; तिनीहरू जे हुन त्यो प्रकट हुनेछ। के तिनीहरू यसैको योग्य हुन्छन्? के त्यस्ता मानिसहरू सहानुभूति पाउने योग्यका हुन्छन्? (हुँदैनन्।) आफ्नै हितका निम्ति योजना बनाउनुको अपरिहार्य परिणाम यही नै हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ”

केही मानिसहरू अरूले तिनीहरूको प्रसिद्धि चोरेर लैजानेछन्, तिनीहरूलाई उछिन्नेछन्, तिनीहरू स्वयमलाई भने बेवास्ता गरिएको बेला अरूले पहिचान प्राप्त गर्नेछन् भनेर सधैं डराउँछन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्नो बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको कर्तव्यहरूको बारेमा कुनै सोचविचार नराख्ने, अनि आफ्नो हितको बारेमा मात्र सोच्ने तर परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले कसैलाई आफ्‍नो सिफारिस गरिस्, र त्यो व्यक्ति गोडमेल प्राप्त गरी प्रतिभावान् व्यक्ति बन्यो र यसरी परमेश्‍वरको घरमा अर्को एक प्रतिभावान् व्यक्ति भित्र्याइयो भने, के तैँले आफ्‍नो काम राम्ररी गरेको हुनेछैनस् र? त्यसपछि के तँ आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा निष्ठावान भएको हुँदैनस् र? यो परमेश्‍वरको अघि गरिएको असल कार्य हो, र मानिसहरूमा हुनुपर्ने विवेक र तर्कशक्ति यही हो। सत्यतालाई अभ्यास गर्नेहरूले काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्दछन्। जब तैँले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छस्, तेरो हृदयलाई सोझो तुल्याइन्छ। यदि तँ अरूलाई देखाउनका लागि मात्र काम गर्छस् भने, र परमेश्‍वरको छानबिनलाई स्वीकार्दैनस् भने, के परमेश्‍वर अझै पनि तेरो हृदयमा हुनुहुन्छ? यस्ता व्यक्तिहरूमा परमेश्‍वरको निम्ति कुनै आदर हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँ थोरै क्षमता, सतही अनुभव भएको व्यक्ति होस् भने वा तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र त्यसका परिणामहरू धेरै राम्रो नहुन सक्छ—तर तैंले आफ्नो सक्दो प्रयास लगाएको हुन्छस्। जब तैँले आफूले गर्ने कामहरूमा आफ्नै स्वार्थी चाहनाहरूको बारेमा सोचिरहेको हुँदैनस् वा आफ्नै हितको बारेमा विचार गरिरहेको हुँदैनस्, तर त्यसको साटो मनमा निरन्तर परमेश्‍वरको घरको हितहरूलाई ध्यान दिइरहेको छस्, र तेरो कर्तव्य राम्ररी पूरा गरिरहेको छस् भने, तैँले परमेश्‍वरको सामु असल कार्यहरू जम्मा गरिरहेको हुनेछस्। यस्ता असल कार्यहरू गर्ने मानिसहरू सत्यता भएका मानिसहरू हुन्; त्यसरी नै, उनीहरूले गवाही धारण गरेका हुन्छन्। यदि तँ सधैँ देह अनुसार जिउँछस्, निरन्तर आफ्नै स्वार्थी इच्छाहरूलाई पूरा गर्छस् भने, त्यस्ता मानिसहरूमा सत्यता हुँदैन; यो परमेश्‍वरलाई अनादर गर्ने कार्यको चिह्न हो। तँ भन्छस्, “मैले केही गरेको छैनँ; मैले कसरी परमेश्‍वरलाई अपमान गरेको छु?” तेरो विचार र धारणाहरूमा, तेरा कामहरूको पछाडिका अभिप्राय, लक्ष्य र आशयहरूमा, र तैंले गरेको कामको नतिजाहरूमा—हरप्रकारले तैंले शैतानलाई सन्तुष्ट पारिरहेको हुन्छस्, त्यसको हाँसोको पात्र बनिरहेको हुन्छस्, र त्यसलाई तँबाट केही प्राप्त गर्न दिइरहेको हुन्छस्। तँमा एक इसाइको हुनुपर्ने गवाही अलिकति पनि हुँदैन। तँ सबै कुरामा परमेश्‍वरको नाउँको अनादर गर्छस् र तँसँग साँचो गवाही हुँदैन। के तैंले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू र तैंले पूरा गरेको कर्तव्यको बारेमा कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनु पर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा बिरामीहरूलाई निको पार्ने र भूतहरू निकाल्नेहरू, प्रभुको नाउँमा प्रचार गर्न यात्रा गर्नेहरू किन दुष्ट काम गर्नेहरू बनेका छन्? यी दुष्ट काम गर्नेहरू को हुन्? के उनीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरू हुन्? उनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन्। उनीहरूले परमेश्‍वरका लागि काम-कुराहरूलाई पनि त्याग्छन्, आफूलाई परमेश्‍वरका निम्ति अर्पण गर्छन्, र आफ्‍ना कर्तव्य पूरा गर्छन्। तापनि, आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूमा भक्ति र गवाहीको अभाव हुन्छ, त्यसैले यो दुष्टता बन्छ। यसैले प्रभु येशू भन्नुहुन्छ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।”

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”

मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाको आशिष् पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छस्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, अधिकारका स्थानहरूमा बसेर अरूमाथि हुकुम चलाउँछन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो उद्देश्यहरू सही छन् तापनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो उद्देश्यहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरू परमेश्‍वरको इच्छामा कुनै ध्यान दिँदैनन्। तिनीहरू आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्नुहुने सूक्ष्म जाँचलाई स्वीकार गर्दैनन्। तिनीहरू सधैँ आफ्ना दाजु-भाइ, दिदी-बहिनीहरूसँग चलाखी र छल गर्छन्, अनि दाखबारीको चतुर स्याल जस्तो भएकोले तिनीहरू अङ्गुर चोर्छन् र दाख बारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यका छस्? तँ आफ्नै जीवन र मण्डलीका निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यका छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तँ यस्तो प्रकारले सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पने आँट गर्नुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने

हाल, तँलाई केही संख्यामा मण्डलीहरू अगुवाई गर्न भनिएको छ, तर तैँले आफैलाई परित्याग नगर्ने मात्र होइन, तर तँ यसो भन्दै आफ्नै धारणाहरू तथा विचारहरूमा लागिरहन्छस्, “मलाई लाग्छ, यो यसरी गरिनुपर्छ, किनकि परमेश्‍वरले भन्नुभएको छ, कि हामी अरूबाट नियन्त्रित हुनु हुँदैन अनि हिजोआज हामी अन्धाधुन्ध समर्पित हुनु हुँदैन।” त्यसैकारण, तिमीहरूमध्ये हरेक आफ्नै विचारमा दृढ रहन्छौ, अनि कसैले एक-अर्काको आज्ञा मान्दैन। तेरो सेवा गतिरोध बनेको छ भन्ने कुरा तैँले स्पष्टसित जाने तापनि तँ अझै यसो भन्छस्, “मैले देखे अनुसार, मेरो बाटो निशानाभन्दा टाढा छैन। कुनै पनि मामलामा, हामी हरेकको एउटा पक्ष हुन्छ: तपाईं आफ्नो कुरा गर्नुहोस्, म आफ्नो कुरा गर्नेछु; तपाईं आफ्नो दर्शनहरूको बारेमा सङ्गति गर्नुहोस्, अनि म आफ्नो प्रवेशको बारेमा कुरा गर्नेछु।” निराकरण गरिनुपर्ने धेरै कुराहरूको निम्ति तिमीहरू कहिल्यै जिम्मेवारी लिँदैनौ, वा तिमीहरूमध्ये हरेकले आफ्नै विचारहरू व्यक्त गर्दै अनि आफ्नै हैसियत, प्रतिष्ठा र मुहारलाई बुद्धिमानीपूर्वक बचाउँदै तिमीहरू झारा टार्ने काम गर्छौ। तिमीहरूमध्ये कोही पनि आफूलाई नम्र तुल्याउन इच्छुक छैनौ, अनि जीवन तीव्र गतिमा अघि बढोस् भनेर दुवै पक्षले आफैलाई परित्याग गर्ने र एक-अर्काको कमजोरीहरू पूर्ति गर्ने पहल गर्दैनौ। जब तिमीहरू सँगै सहकार्य गर्छौ, तब तिमीहरूले सत्यतालाई खोजी गर्न सिक्नुपर्छ। तैँले भन्छस् होला, “मसित सत्यताको यस पक्षको स्पष्ट बुझाइ छैन। यस बारेमा तपाईंसँग कस्तो अनुभव छ?” अथवा, तैँले यसो भन्छस् होला, “यस पक्षको सम्बन्धमा तपाईंसित मेरोभन्दा बढी अनुभव छ; कृपया के तपाईं मलाई केही मार्गदर्शन दिन सक्‍नुहुन्छ?” के त्यो काम सुरु गर्ने राम्रो तरिका हुने थिएन र? तिमीहरूले धेरै वचनहरू सुनेका छौ, अनि सेवा गर्ने विषयमा तिमीहरूसँग केही अनुभव छन्। यदि मण्डलीहरूमा काम गर्दा तिमीहरूले एक-अर्काबाट सिकेनौ, एक-अर्कालाई सहायता गरेनौ र एक-अर्काको कमी कमजोरीहरूलाई पूर्ति गरेनौ भने, तिमीहरूले कसरी कुनै पाठ सिक्न सक्छौ र? जब तिमीहरूले कुनै कुराको सामना गर्छौ, तिमीहरूले एक-अर्कासित सङ्गति गर्नुपर्छ ताकि तिमीहरूको जीवनले लाभ पाएको होस्। यसको अतिरिक्त, तिमीहरूले कुनै पनि निर्णयहरू गर्नुभन्दा अघि कुनै पनि प्रकारको कुराहरूको बारेमा होशियारीपूर्वक सङ्गति गर्नुपर्छ। त्यसो गरेर मात्रै तैँले लापरवाही ढङ्गले काम गर्नुको साटोमा मण्डलीको निम्ति जिम्मेवारी लिइरहेको हुन्छस्। तिमीहरू सबै मण्डलीहरूमा गइसकेपछि, तिमीहरू एक ठाउँमा भेला हुनुपर्छ र तिमीहरूले पत्ता लगाएका मामलाहरू र तिमीहरूले आफ्‍नो काममा सामना गरेका कुनै समस्याहरूको बारेमा सङ्गति गर्नुपर्छ, अनि त्यसपछि तिमीहरूले प्राप्त गरेको अन्तर्दृष्टि र प्रकाशको बारेमा कुराकानी गर्नुपर्छ—यो नै सेवाको अत्यावश्यक अभ्यास हो। तिमीहरूले परमेश्‍वरको कामको उद्देश्यको निम्ति, मण्डलीको फाइदाको निम्ति, अनि तिमीहरूका भाइबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन दिनको निम्ति मैत्रीपूर्ण सहकार्य हासिल गर्नुपर्छ। हरेकले अर्कालाई सुधार्दै र कामको उत्तम नतिजा प्राप्त गर्दै परमेश्‍वरको इच्छालाई वास्ता गर्नको निम्ति तैँले एक अर्कासित सहकार्य गर्नुपर्छ। साँचो सहकार्य भनेको यही नै हो, अनि यसमा लागिपर्नेले मात्रै साँचो प्रवेश पाउनेछ। सहकार्य गर्ने क्रममा, तैँले बोल्ने केही शब्दहरू असुहाउँदो होला तर त्यसले केही फरक पार्दैन। त्यसको बारेमा पछि सङ्गति गर्, अनि त्यसको स्पष्ट बुझाइ प्राप्त गर्; त्यसलाई बेवास्ता नगर्। यस प्रकारको सङ्गतिपछि, तैँले तेरा दाजुभाइ-दिदीबहिनीहरूका कमजोरीहरूको पूर्ति गर्न सक्छस्। तेरो काममा यसरी गहिरिँदै जाँदा मात्रै तैँले उत्तम नतिजाहरू प्राप्त गर्न सक्छस्। परमेश्‍वरलाई सेवा गर्ने मानिसहरू भएको हैसियतले तिमीहरू हरेकले तिमीहरूले गर्ने हरेक काममा आफ्ना हितहरूलाई विचार गर्नुको साटोमा मण्डलीका हितहरूलाई रक्षा गर्न सक्‍नुपर्छ। एकले अर्कालाई हानि पुर्‍याएर एकलै काम गर्नु ग्रहणयोग्य हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नेहरू परमेश्‍वरको सेवा गर्न योग्य हुँदैनन्! त्यस्ता मानिसहरूको स्वभाव भयानक हुन्छ; तिनीहरूमा अलिकति पनि मानवता बाँकी हुँदैन। तिनीहरू सय प्रतिशत शैतान हुन्! तिनीहरू पशुहरू हुन्! अहिले पनि, त्यस्ता कुराहरू अझै तिमीहरूका माझमा हुन्छन्; तिमीहरू यतिसम्म पनि जान्छौ कि कुनै सानातिना विषयमा विवाद गर्दै जानी-जानी निहुँ खोज्दै अनि अनुहार रातो पार्दै सङ्गतिको समयमा तिमीहरू एक-अर्कालाई आक्रमण गर्छौ, दुवै पक्षको व्यक्तिले आफैलाई एकातिर पन्साउँदैनन्, हरेक व्यक्तिले एक-अर्कासित आफ्ना भित्री विचारहरू लुकाउँछन्, अर्को पक्षलाई नियतपूर्वक हेर्छन् र सधैँ आक्रमक रहन्छन्। के यस्तो प्रकारको स्वभाव परमेश्‍वरको सेवाको निम्ति योग्य हुन्छ? तेरो त्यस्तो प्रकारको कामले तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै कुरा प्रदान गर्न सक्छ? तैँले मानिसहरूलाई एउटा सही जीवन मार्गमा डोर्‍याउन मात्र नसक्‍ने होइन, तर तैँले वास्तवमा तेरा दाजुभाइ-दिदीबहिनीहरूमाथि तेरो आफ्नै भ्रष्ट स्वभावहरू लादिरहेको छस्। के तैँले अरूलाई चोट पुर्‍याइरहेको छैनस् र? तेरो विवेक डरलाग्दो छ, अनि यो गुदीसम्मै कुहिएको छ! तँ वास्तविकताभित्र प्रवेश गर्दैनस्, न त तैँले सत्यतालाई नै अभ्यास गर्छस्। यसको अतिरिक्त, तैँले निर्लज्जतापूर्वक आफ्नो शैतानिक स्वभाव अरूलाई प्रकट गर्छस्। तँलाई कुनै लाज लाग्दैन! तँलाई यी दाजुभाइ-दिदीबहिनीहरू सुम्पिएका छन्, तापनि तँ तिनीहरूलाई नरकमा लिएर जाँदैछस्। के तँ विवेक कुहिएको व्यक्ति होइनस् र? तँसित लाज-सरम भन्‍ने कुरै छैन!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्

आफ्‍नो कर्तव्य पूरा गर्ने तरिकामा कतिपय मानिसहरू गैरजिम्‍मेवार हुन्छन्। यसको नतिजास्वरूप खराब काम पैदा हुन्छ जसलाई सधैँ दोहोर्‍याएर गरिनुपर्छ, जसले अगाडिको प्रगतिलाई निकै ठूलो असर गर्छ। अपर्याप्त अनुभव र व्यावसायिक अपर्याप्तताबाहेक यसका अरू कुनै कारण छन्? व्यावसायिकता र अनुभवलाई क्रमिक रूपमा सिक्‍न र जम्‍मा गर्न सकिन्छ, तर यदि मानिसहरूसँग आफ्‍नो स्वभावसँग सम्‍बन्धित समस्याहरू छन् भने, यो समस्यालाई कसरी समाधान गरिनुपर्छ? यसको लागि मानिसहरूलाई काट-छाँट र निराकरण गरिनुपर्छ; यसको लागि मानिसहरूले एक-अर्काको निगरानी गर्नुपर्छ र तिनीहरूले सत्यताको खोजी गर्नुपर्छ। कर्तव्य पूरा गर्ने क्रममा सधैँ दोहोर्‍याएर गर्नुपर्ने काम पैदा गर्ने सबैभन्दा ठूलो समस्या भनेको व्यावसायिक अपर्याप्तता होइन, र यो अपर्याप्त अनुभव पनि होइन; यो के हो भने मानिसहरू चरम रूपमा आत्म-धर्मी र अहङ्कारी छन्, र तिनीहरूले मैत्रीपूर्ण रूपमा सहकार्य गर्दैनन् तर एकलै र स्वेच्‍छाचारी ढङ्गले काम गर्छन्, जसले गर्दा तिनीहरूले कुनै काम पूरा गरेपछि तिनीहरूको काम यसको खास स्तरमा पुग्‍न सक्दैन, त्यसकारण यसमा लगाइएको प्रयास व्यर्थ हुन्छ। यसको पछाडि रहेको सबैभन्दा गम्‍भीर समस्या के हो? (मानिसको भ्रष्ट स्वभाव।) भ्रष्ट स्वभावले ठूलो बाधा ल्याउँछ। अनि भ्रष्ट स्वभावका कुन-कुन पक्षहरूले मानिसहरूको कर्तव्य प्रदर्शनको परिणाममा असर गर्छन्? (अहङ्कार र आत्म-धार्मिकता।) अहङ्कार र आत्म-धार्मिकता कसरी व्यवहारमा प्रकट हुन्छन्? आफै निर्णय गर्ने, अरूको कुरा नसुन्‍ने, अरूसँग सल्‍लाह नलिने, मैत्रीपूर्ण रूपमा सहकार्य नगर्ने, र काम-कुराहरूमा सधैँ आफूले नै अन्तिम निर्णय गर्न चाहने। केही असल दाजुभाइ-दिदीबहिनीहरूले निश्‍चित कर्तव्य पूरा गर्न सहकार्य गरिरहेको हुनसक्‍ने भए पनि, तिनीहरू प्रत्येक तिनीहरूको आ-आफ्‍नै काममा संलग्‍न भए पनि, समूहको अगुवा वा कार्यभारी व्यक्तिले नै सधैँ अन्तिम निर्णय गर्न चाहन्छ; तिनीहरूले जे गरिरहेको भए पनि, तिनीहरूले अरूसँग कहिल्यै मैत्रीपूर्ण रूपमा सहकार्य गर्दैनन् र तिनीहरू सङ्गतिमा सहभागी हुँदैनन्, र सुरुमा अरूसँग सहमति नजनाइकन हतारमा काम गर्न सुरु गर्छन्। तिनीहरूले अरू सबैलाई तिनीहरूको कुरा मात्रै सुन्‍न लगाउँछन्, र यसैमा समस्या हुन्छ। यसको साथै, जब अरूले समस्या देख्छन्, तैपनि कार्यभारी व्यक्तिलाई रोक्‍न अघि सर्दैनन्, तब यसले आखिरमा यस्तो परिस्थिति निम्त्याउँछ, जहाँ संलग्‍न हरेकले आफ्‍नो कार्य दोहोर्‍याउनुपर्छ, र यस क्रममा थकित हुनुपर्छ। त्यसो भए, के अरू मानिसहरूको पनि जिम्‍मेवारी हुन्छ? (हुन्छ।) अर्कोतर्फ, कार्यभारी व्यक्तिले एकलै मनोमानी ढङ्गले काम गर्छ, अरूलाई आफ्‍नै तरिकाले काम गर्नुपर्छ भनी जोड दिन्छ, र अरूले उसलाई रोक्‍न केही पनि गर्दैनन्, र, अझै गम्‍भीर कुरा के हुन्छ भने, तिनीहरूले पनि त्यसै गर्छन्; के यसले तिनीहरूलाई मतियार बनाउँदैन र? यदि तैँले यस्तो व्यक्तिलाई नियन्त्रण गर्दैनस्, रोक्दैनस्, वा खुलासा गर्दैनस्, बरु तिनीहरूलाई पछ्याउँछस् र तिनीहरूलाई चालबाजी गर्न दिन्छस् भने, के तैँले शैतानको दुर्व्यवहार कार्यलाई बेलगाम छोडिरहेको हुँदैनस् र? यो अवश्य नै तेरो समस्या हो। अर्कोतर्फ, जब तैँले कुनै समस्या देख्छस् तर यसको बारेमा जानकारी दिनुको सट्टा, हुन्छ हजुर भन्ने व्यक्तिको भूमिका खेल्छस् भने, के यो विश्‍वासघातको अभिव्यक्ति होइन र? हो, यो वास्तवमा यही हो—परमेश्‍वरप्रतिको विश्‍वासघातको अभिव्यक्ति। यो समस्यालाई के कुराले यति गम्‍भीर तुल्याउँछ भने, तैँले सधैँ शैतानको मतियारको रूपमा काम गर्छस्, तैँले यसको नोकर र अनुयायीको रूपमा सेवा गर्छस्, र तैँले आफ्‍नो कर्तव्य र आफ्‍नो जिम्‍मेवारीप्रति अलिकति पनि बफादारिता प्रस्तुत गरेको हुँदैनस्, तैपनि तँ शैतानप्रति भने निकै बफादार हुन्छस्। व्यावसायिक अपर्याप्तताको हकमा भन्दा, काम गर्ने क्रममा निरन्तर रूपमा सधैँ सिक्‍न र आफ्‍ना अनुभवहरूलाई जम्‍मा गर्न सम्‍भव हुन्छ। त्यस्ता समस्याहरूलाई सजिलै समाधान गर्न सकिन्छ। समाधान गर्न सबैभन्दा कठिन कुरा भनेको मानिसको भ्रष्ट स्वभाव हो। यदि यसलाई समाधान गरिएन भने; यदि तिमीहरूले सत्यताको खोजी गर्दैनौ, तर सधैँ पछि हट्छौ र हुन्छ-हुन्छ मात्रै भन्छौ भने; अनि यदि तिमीहरूले जिम्‍मेवारीको बोझ लिँदैनौ भने; र यदि कसैले कुनै गलत काम गर्दा तिमीहरूले यसलाई प्रकट वा खुलासा गर्दैनौ र तिनीहरूलाई तिमीहरूले निराकरण गर्दैनौ भने; यदि तिमीहरूले परमेश्‍वरको घरको कामलाई ठट्टा, खेलको रूपमा लिन्छौ भने; अनि यदि तिमीहरूले आफ्‍नो कर्तव्य र जिम्‍मेवारी पूरा गर्दैनौ भने, कामको प्रगतिमा बारम्‍बार ढिलाइ हुनेछ। कर्तव्यको त्यस्तो प्रदर्शन विश्‍वासघाती हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको

“कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि

मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ”

कतिपय मानिसहरू निश्‍चित रूपमा जिम्मेवारीको बोझ लिन डराउँछन्। यदि परमेश्‍वरको घरले तिनीहरूलाई कुनै काम सुम्पिन्छ भने, तिनीहरूले यसमा कुनै जिम्मेवारी लिनुपर्ने हुन्छ कि हुँदैन भनेर सोध्छन्। जब कसैले तिनीहरूलाई “तपाईंले निश्चय नै केही न कही जिम्मेवारी लिनुपर्छ, र यदि तपाईंले राम्रो काम गर्नुभएन भने तपाईंलाई पक्कै पनि निराकरण गरिनेछ” भनेर भन्छ, तब तिनीहरू भन्छन्, “त्यसो भए पहिले म यसको बारेमा विचार गर्छु।” तिनीहरूले रातभरि सोच्छन् र भोलि सो काम अस्वीकार गर्दै भन्छन्, “मैले यसको बारेमा सावधानीपूर्वक सोचेको छु, र मलाई लाग्छ म यो कर्तव्यको लागि उपयुक्त छैन। तपाईंले अरू कोही खोज्नुपर्छ।” यो व्यक्तिले केलाई इन्कार गरिरहेको हुन्छ? तिनीहरूले आज्ञालाई इन्कार गरिरहेका छन्। कतिपय त्यस्ता मानिसहरू पनि छन् जसलाई काम दिइँदा पहिले त्यो काम सजिलो होला भन्ने कल्पना गर्छन् मानौं कि तिनीहरू अविश्‍वासीहरूमाझ काम गरिरहेका छन्, जुन काम अलिकति प्रयत्न गरेर नै समाप्त गर्न सकिन्छ। त्यसपछि, जब तिनीहरूले त्यो काम आफूले कल्पना गरेजतिको सजिलो छैन भन्ने देख्छन्, तब तिनीहरूले चलाखी निकालिहाल्छन्: “जिम्मेवारी वहन गर्नबाट उम्‍किनको लागि, म तत्कालै मैले सामना गर्ने कुनै समस्याको रिपोर्ट गर्छु अनि अगुवालाई नै यो सम्हाल्न लगाउँछु। अगुवाले यसलाई जसरी मन लाग्यो त्यसरी सम्हाल्न सक्छ। आखिर मैले पहिले नै मेरो रिपोर्ट तयार गरिसकेको हुनेछु, त्यसैले यसलाई सम्हाल्ने काम अगुवाको हो। यो विषयबाट मैले मेरो हात धोइसकेको हुनेछु। यदि तिनीहरूले यसलाई राम्ररी सम्हाल्छन् भने, मैले यो कामलाई निरन्तर गरिराख्न सक्छु, र यदि तिनीहरूले राम्ररी सम्हाल्दैनन् भने मसँग यसको कुनै सम्बन्ध हुँदैन। मलाई निराकरण गरिनेछैन, र खराबै अवस्था आए पनि, मलाई बरखास्त गर्नको लागि यो पर्याप्त हुनेछैन, मलाई मण्डलीबाट नै निष्कासन गरिने कुरा त परै जाओस्।” तिनीहरूको अभिप्राय यही हो। परिणामस्वरूप, तिनीहरूले कुनै समस्या अनुभव गरेकै क्षण, तिनीहरूले गर्ने काम भनेको अगुवालाई टेलिफोन गर्नु र तिनीहरूले यो समस्यालाई आफूले सम्हाल्न नसकिने भो भनी बताउनु हो। यदि अगुवाले तिनीहरूलाई तिनीहरूले के गर्नुपर्छ भनी बताउँछन् भने, तिनीहरूले उक्त कार्य गर्न नसक्ने अरू कुनै बहाना भेट्टाउँछन् र अगुवालाई उक्त कामको जिम्मा आफै लिन भनी भन्छन्। समस्या सामना गर्दा, तिनीहरूले यसबारेमा मनन गर्दैनन्, र यसको पछाडि रहेको सत्यता सिद्धान्तहरूको खोजी गर्दैनन्, न त तिनीहरूले यसलाई निराकरण गर्नको लागि कुनै उपाय नै निकाल्छन्। यसको सट्टामा, तिनीहरूले यो समस्या सम्हाल्ने अगुवा फेला पार्नको लागि आफूले सक्ने जति सबै गर्छन्, र सधैँ उक्त समस्यालाई आफूले नै कसरी सम्हाल्न सक्छन् भनेर नसोचीकनै आफ्नो उक्त जिम्मेवारीलाई पन्छाउने कोसिस गर्छन्। के तिनीहरूले यसरी कर्तव्य पालन गर्नु परमेश्‍वरप्रति समर्पणता देखाउनु हो? (होइन।) यसलाई जिम्मेवारी पन्छाउनु र कर्तव्यलाई बेवास्ता गर्नु भनेर भनिन्छ। तिनीहरूले कपटी शैलीमा काम गर्छन् र जिम्मेवारी लिन अस्वीकार गर्छन्। तिनीहरूले केवल आफ्नो श्रम दिन्छन्, हृदय दिँदैनन्। तिनीहरू सोच्छन्, “यदि मैले यो जिम्मेवारी लिएर गल्तीहरू गरेँ भने के हुन्छ?” तिनीहरूको चिन्ताको केन्द्रमा यही कुरा हुन्छ। त्यसो भए, के तँ गल्ती नगर्ने प्रयास गर्न सक्छस्? सबै जनाले गल्ती गर्छन्। यदि तिनीहरूको अभिप्राय सही छन् तर तिनीहरूमा अनुभवको कमी छ भने, यदि तिनीहरूले यस प्रकारको समस्यालाई पहिले कहिल्यै सम्हालेका छैनन् तैपनि तिनीहरूले आफूले सक्ने जति सबै गर्छन् भने, के परमेश्‍वरले यी कुराहरू देख्नुहुन्छ त? तिनीहरूले उहाँले देख्नुहुन्छ भन्ने सोच्दैनन्। तिनीहरू भन्छन्, “होइन, जब समय आउँछ, मैले जुनसुकै गल्तीको लागि पनि जिम्मेवारी लिनुपर्छ। कोसिस गर्ने कार्यमा मैले आफ्नो हृदय लगाउनुको के अर्थ हुन्छ र? मैले हृदयदेखि नै कोसिस गरे पनि कसले नै थाहा पाउँछ र? कसले यसलाई देख्छ र? के निराकरण गरिने व्यक्ति म नै हुँदिन र? के मैले प्राथमिक जिम्मेवारी वहन गर्दिन र? मैले सहने अन्यायको बारेमा कुरा गर्न म कहाँ जान सक्छु र?” परमेश्‍वरको घरमा कसरी अन्याय समेत हुन सक्छ र? तँलाई कसैले तँलाई गलत रूपमा निराकरण गर्छ भने पनि परमेश्‍वरले त्यो कुरा देख्नुहुन्छ। तैँले त्यो कुरा विश्‍वास गर्नैपर्छ। परमेश्‍वरले सबै कुरा जाँच्नुहुन्छ, र उहाँले मानिसहरूको हृदयलाई जाँच्नुहुन्छ। यदि तँ त्यसलाई पनि विश्‍वास गर्दैनस् भने, तैँले आफ्नो कर्तव्य निर्वाह गर्नु र नगर्नुमा कुनै भिन्नता हुँदैन। जिम्मेवारी बोझ उठाउन डराएर, समस्या आउँदा तिनीहरूले सुरुमा अगुवालाई खोज्‍ने काम नै गर्छन्। तिनीहरूले त्यो समस्यालाई पहिले आफैले निराकरण र समाधान गर्नुको सट्टा अगुवालाई बताउँछन्। अवश्य पनि, कतिपय मानिसहरूले आफै त्यसलाई हल गर्ने काम गरिरहेको बेला अगुवालाई पनि बताउँछन्, तर अरूले त्यसो गर्दैनन्—तिनीहरू त अगुवालाई जानकारी दिइसकेपछि, उक्त समस्यालाई व्यवस्थापन गर्नुको साटो चुपचाप बस्छन्। तिनीहरू निष्क्रिय रूपमा आदेश कुरेर बस्छन्। अगुवाले बाटो देखाएपछि मात्रै तिनीहरूले काम गर्छन्, र तिनीहरूले अगुवाले गर्नु भनेको जति मात्रै गर्छन्। तिनीहरूलाई निर्देशन दिइएन भने तिनीहरूले केही पनि गर्दैनन्, बरु यसको साटो तिनीहरूले त्यो कामलाई पछि सार्छन्, कसैले तिनीहरूलाई चिच्याएर वा कुटेर काम नगराउन्जेलसम्म कुरेरै बस्छन्। के यस प्रकारको व्यक्तिले वास्तवमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छ त? यो त समर्पणताको साथ सेवा गरेको अवस्था पनि होइन्; तिनीहरू कर्तव्य निर्वाह गर्न योग्यका छैनन्। केही मानिसहरूसँग कर्तव्यप्रति यही प्रकारको आचरण भएको कारण तिनीहरूलाई निष्कासन गरिएको छ। अहिले पनि, तिनीहरूले अझै नबुझ्‍न सक्छन्: “मैले आफैलाई त्यति उत्साहपूर्वक आफ्नो कर्तव्यमा सुम्पिरहेको बेला मलाई किन यति निर्दयी पूर्वक निकालियो?” अहिले पनि, तिनीहरूले अझै बुझ्दैनन्। सत्यताको खोजी नगर्ने व्यक्तिहरूले सायद तिनीहरूको पूरै जीवनभर यसको बारेमा केही बुझ्दै बुझ्दैनन्, बरु यसलाई तिनीहरूको आफ्नै तर्कद्वारा व्याख्या गर्छन्। तिनीहरूले सोच्छन्, “आत्म-सुरक्षा भनेको जन्म-सिद्ध गुण हो र यो त हामीले गर्नुपर्ने कुरा हो। कसले आफूलाई सुरक्षा गर्दैन र? कसले आफ्नो रखवाला गर्दैन र? कसले आफ्नो लागि उम्‍कने बाटो खुला छोड्दैन र?” यदि तैँले आफैलाई सुरक्षा गर्छस् र आफ्‍नो लागि उम्‍कने बाटो खुला छोडिराख्छस् भने के तैँले सत्यतालाई अभ्यास गरिरहेको हुन्छस् र? तैँले अहिले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने तैँले आफ्नो कर्तव्य सम्पूर्ण हृदय लगाएर गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन ताकि तैँले परमेश्‍वरको घरको हितको संरक्षण गर्न सक्। यो तैँले अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्त हो। आफ्नो लागि उम्‍कने बाटो छोड्नु र आफैलाई संरक्षण गर्नु भनेको अविश्‍वासीहरूले पछ्याउने अभ्यासको सिद्धान्त हो, तिनीहरूको सबैभन्दा उच्च जीवनदर्शन हो। सबै कुराहरूमा आफ्नै बारेमा सबैभन्दा पहिले सोच्नु र आफ्नै हितलाई अन्य सबै कुराहरूभन्दा अगाडि राख्नु, अरूको बारेमा नसोच्नु, परमेश्‍वरको घरको हित र अन्य व्यक्तिहरूको हितको बारेमा कुनै सम्बन्ध नराख्नु, आफ्नै हितको बारेमा सबैभन्दा पहिले सोच्नु र त्यसपछि आफ्नो उम्‍कने बाटोको बारेमा सोच्नु—के अविश्‍वासी भनेको यही होइन र? आम अविश्‍वासी ठ्याक्‍कै यस्तै हुन्छ। यस प्रकारको व्यक्ति कर्तव्य निर्वाह गर्नको लागि उपयुक्त हुँदैन।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (१)”

गैरजिम्‍मेवारीको स्वभाव भनेको के हो? यो धूर्तता हो। मानिसको जीवन-दर्शनको एउटा सबैभन्दा विचित्रको कुरा भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्‍भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरूलाई अप्रसन्‍न तुल्याउने वा कसैलाई चोट पुर्‍याउने कार्य नगर्ने हदसम्‍मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्‍न, आफ्‍नो रोजी-रोटीलाई सुरक्षा गर्न, र मानिसहरूका बीचमा दह्रिलो आधार बनाउन सक्छन् भन्‍ने तिनीहरूलाई लाग्छ। अविश्‍वासीहरूको संसारमा मानिसहरूले यस्तै व्यवहार गर्छन्; किन परमेश्‍वरको घरका कतिपय मानिसहरूले पनि अझै यस्तै व्यवहार गर्छन् त? कुनै कुराले परमेश्‍वरको घरका चासोहरूमा हानि पुर्‍याइरहेको देख्दा पनि, तिनीहरू केही बोल्दैनन्; तिनीहरूले यसो समेत भन्‍न सक्छन्, “अरू कसैले यसको बारेमा बोल्‍न चाहन्छन् भने, बोलून्—म त बोल्‍नेछैन। म कसैलाई बेखुशी तुल्याउन वा कसैलाई रिस उठाउने खतरा मोल्‍न चाहन्‍नँ।” यो गैरजिम्‍मेवारी र धूर्तता हो, र त्यस्ता मानिसहरूलाई विश्‍वास गर्नु हुँदैन। आफ्‍नै आत्मसम्मान, इज्‍जत, सत्यनिष्ठा, र गौरव सुरक्षित गर्नको लागि, तिनीहरूले आफूले भेटेको पैसा फिर्ता दिन्छन्, अरूलाई सहायता गर्दा आनन्द मान्छन्, न्यायसंगत अभियानको लागि आफ्‍नो जीवन समर्पित गर्छन्, अरूको लागि जे पनि गर्छन्, र कुनै पनि मूल्य चुकाउन पछि पर्दैनन्। तैपनि, जब परमेश्‍वरको घरका चासोहरूलाई रक्षा गर्न, सत्यताको रक्षा गर्न, र न्यायको रक्षा गर्न अत्यावश्यक हुन्छ, यो सबै उडेर जान्छ, र तिनीहरूले सत्यताको अभ्यास नै गर्न छोड्छन्। समस्या के हो त? यहाँ स्वभावले काम गरिरहेको हुन्छ, सत्यतालाई घृणा गर्ने स्वभावले। तिनीहरूसँग सत्यतालाई घृणा गर्ने स्वभाव हुन्छ भनेर म किन भनिरहेको छु त? जब कुनै कुराले सकारात्मक कुराहरूको वास्तविकतालाई छुन्छ, तब मानिसहरू भाग्छन् र तर्किएर जान्छन् भन्‍ने तथ्यबाट यो कुरा आउँछ। तिनीहरूले भित्री रूपमा आत्म-तिरस्कारको अनुभूति गर्न सक्‍ने भए पनि, तिनीहरूले यसलाई कुनै ध्यानै दिँदैनन्, र यसलाई दबाउन चाहन्छन्, अनि विचार गर्छन्, “म त्यसो गर्नेछैन—त्यो त मूर्खता हुनेछ,” अथवा यो त्यति महत्त्वपूर्ण कुरा होइन, र तिनीहरूले यसको बारेमा अर्कोपटक कुरा गर्न सक्छन् भन्‍ने तिनीहरूलाई लाग्छ। जब न्याय र सकारात्मक कुरालाई समर्थन गर्ने कुरा आउँछ, तिनीहरू भाग्छन् र जिम्‍मेवारी पूरा गर्न असफल हुन्छन्। तिनीहरूले आँखा चिम्‍लिन्छन् र काम-कुराहरूलाई गम्‍भीर रूपमा लिँदैनन्। यो सकारात्मक कुराहरूप्रति प्रेम नहुनु, र सत्यतालाई घृणा गर्नुको एउटा उदाहरण हो। त्यसो भए, यो समस्या आइपर्दा तिमीहरूले कसरी अभ्यास गर्नुपर्छ? सिद्धान्तहरू के-के छन्? यदि उक्त मामला परमेश्‍वरको घरका चासोहरू वा परमेश्‍वरको लागि गवाही दिने कार्यसँग सम्‍बन्धित छ भने, तैँले आफ्‍नै चासोहरूलाई जति गम्‍भीरताको साथ लिन्छस् यसलाई पनि त्यति नै गम्‍भीरताको साथ लिनुपर्छ, र कुनै पनि कसर बाँकी राख्‍नु हुँदैन—सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने, जिम्‍मेवारीहरू लिने व्यक्तिको मनोवृत्ति यही हो। यदि तिमीहरूमा यस्तो मनोवृत्ति छैन, र तिमीहरूले काम-कुरा सम्‍हाल्दा लापरवाही मात्रै गर्छौ, अनि “म मेरो आफ्‍नै कर्तव्य क्षेत्रभित्रका कुराहरू गर्नेछु, र अरू कुनै कुराको बारेमा मलाई केही मतलब छैन। यदि तिमीले मलाई केही कुराको बारेमा सोध्यौ भने, म तिमीलाई उत्तर दिनेछु—यदि म राम्रो मनस्थितिमा छु भने मात्रै त्यसो गर्नेछु। अन्यथा, त्यसो गर्नेछैन। मेरो मनोवृत्ति यही हो” भनेर विचार गर्छौ भने, तिमीहरूसँग यही प्रकारको मनोवृत्ति छ। आफ्‍नै पद, मान-मर्यादा, आत्मसम्‍मानलाई मात्रै रक्षा गरेर, अनि आफ्‍नै चासोहरूसँग सम्‍बन्धित कुराहरूलाई मात्रै रक्षा गरेर—के यसरी न्यायसंगत अभियानलाई रक्षा गर्न सकिन्छ र? के तिनले सकारात्मक कुराहरूको रक्षा गर्छन् त? यी सानातिना, स्वार्थी अभिप्रायहरू सत्यतालाई घृणा गर्ने स्वभाव हुन्। तिमीहरूमध्ये धेरैजसोले बारम्‍बार यस्ता बानीबेहोरा व्यक्त गर्छौ, र परमेश्‍वरको परिवारका चासोहरूसँग सम्‍बन्धित कुनै कुराको सामना गर्नेबित्तिकै, तिमीहरू छलकपट गर्छौ र भन्छौ, “मैले त देखिन…। मलाई त थाहै भएन…। मैले त सुनेकै छैन…।” तैँले कुनै कुरा साँच्‍चै जानेको छैनस् भने पनि वा जानेको छैनस् भन्‍ने बहाना गरिरहेको छस् भने पनि, छोटकरीमा भन्दा, यहाँ स्वभावले काम गरिरहेको हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो”

धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने संकल्प र इच्‍छा मात्रै हुन्छ; तिनीहरूभित्र सत्यताको जीवन हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—यसरी परमेश्‍वरको घरमा हानि पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई नोक्‍सानी पुर्‍याइरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यो यीमध्ये कुनै पनि होइन; यसको अर्थ के हो भने तँ धेरै प्रकारका भ्रष्ट स्वभावद्वारा नियन्त्रित छस्। यीमध्ये एउटा स्वभाव धूर्तता हो। तैँले पहिले आफ्‍नै बारेमा सोच्छस्, र यस्तो विचार गर्छस्, “यदि म बोलेँ भने, यसले मलाई कसरी फाइदा दिनेछ? यदि म बोलेँ र कसैलाई बेखुशी तुल्याएँ भने, भविष्यमा हामी कसरी मिलेर बस्‍न सक्‍नेछौं?” यो धूर्त मानसिकता हो, होइन र? के यो धूर्त स्वभावको परिणाम होइन र? अर्को स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, “परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। मैले यसो भएको देखेँ र सुनेँ भने पनि, मैले केही पनि गर्नु पर्दैन। यो मेरो जिम्‍मेवारी होइन—म अगुवा होइन।” त्यस्ता कुराहरू तँभित्र हुन्छन्, मानौं ती तेरा अचेतन मनबाट पैदा भएका हुन्, मानौं तिनले स्थायी रूपमा तेरा हृदयका स्थानहरू ओगटेका छन्—ती मानिसका भ्रष्ट, शैतानी स्वभाव हुन्। यी भ्रष्ट स्वभावहरूले तेरा विचारहरूलाई नियन्त्रण गर्छन् र तेरा हात-खुट्टा बाँध्छन्, अनि तिनले तेरो मुखलाई काबुमा राख्छन्। जब तैँले आफ्‍नो हृदयमा भएको कुनै कुरा भन्छस्, शब्‍दहरू तेरो मुखसम्‍म आइपुग्छन् तर तैँले ती बोल्दैनस्, वा, तैँले बोलिस् नै भने पनि तेरा शब्‍दहरू घुमाउरो हुन्छन्, अनि तैँले आफ्‍नो निम्ति चलखेलको ठाउँ छोडेको हुन्छस्—तैँले स्पष्‍ट रूपमा बोल्दै बोल्दैनस्। तेरो कुरा सुनेर अरूले केही पनि महसुस गर्दैनन्, र तैँले बोलेको कुराले समस्या समाधान गरेको हुँदैन। तैँले मनमनै विचार गर्छस्: “ठीकै छ, मैले बोलेँ। मेरो अन्तरात्मामा सहज अनुभूति भएको छ। मैले मेरो जिम्‍मेवारी पूरा गरेँ।” वास्तवमा, तैँले भन्‍नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, र परमेश्‍वरको घरको कामको हानि यथावत् छ भन्‍ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्‍मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्‍मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के तँ तेरो भ्रष्ट, शैतानी स्वभावहरूको पूर्ण नियन्त्रणमा छैनस् र? तैँले हृदयमा विचार गर्ने कुरा र तैँले सही ठानेका कुराहरू सकारात्मक र सत्यताअनुरूप भए पनि, तँ तेरो मुखको मालिक होइनस्, र तैँले जे भन्छस् त्यो कहिल्यै पनि तेरो हृदयको कुरासँग मिल्दैन। तैँले शब्‍दहरू बोल्‍नुभन्दा पहिले ती शब्‍दहरू तेरो मन र तेरा विचारहरूको प्रक्रिया हुँदै जानुपर्छ। तिनको पछाडिका अर्थ अरूले बताउन सक्दैनन्, र आफूप्रति तँलाई अत्यन्तै खुसी लाग्छ। काम गरिन्छ कि गरिँदैन त्यसको बारेमा तैँले त्यति वास्ता गर्दैनस्—यो तेरो मानसिकता हो। तेरो शैतानी, भ्रष्ट स्वभावले तँलाई नियन्त्रण गरिरहेको हुन्छ; तँ तेरो आफ्‍नै मुखको समेत मालिक होइनस्। तैँले इमानदार शब्‍दहरू बोल्‍न चाहे पनि, तैँले ती बोल्‍न पनि सक्दैनस् र तँ ती बोल्‍न पनि डराउँछस्। तैँले आफूले गर्नुपर्ने कुराहरू, आफूले भन्‍नुपर्ने कुराहरू, अनि तैँले लिनुपर्ने जिम्‍मेवारीको दश हजार भागको एक भाग गर्न वा बोल्‍न पनि सक्दैनस्; तेरा हात-खुट्टा तेरो शैतानी, भ्रष्ट स्वभावले बाँधिएका छन्। तँ आफूलाई काबुमा राख्‍ने अवस्थामा छैनस्। तेरो शैतानी, भ्रष्ट स्वभावले नै तँलाई कसरी बोल्‍ने भनेर बताउँछ, अनि तँ त्यसरी नै बोल्छस्; यसले तँलाई के गर्ने भनेर बताउँछ, अनि तैँले त्यही कुरा गर्छस्; तैँले आफ्‍नो हृदयमा यस्तो विचार गर्छस्, “यसपटक म कठिन परिश्रम गर्नेछु, र म परमेश्‍वरसँग प्रार्थना गर्नेछु। परमेश्‍वरको घरको काममा बाधा दिने, आफ्‍नो कर्तव्यमा जिम्मेवार नहुने व्यक्तिहरूको विरुद्धमा म खडा हुनैपर्छ र तिनीहरूलाई हप्काउनैपर्छ। मैले यो जिम्‍मेवारी लिनैपर्छ।” त्यसरी, ठूलो कठिनाइको साथ तैँले आफ्‍नो साहस बटुल्छस् र बोल्छस्। परिणामस्वरूप, अर्को व्यक्तिको रिस नियन्त्रणभन्दा बाहिर जानेबित्तिकै, तँ हल न चलको बन्छस् अनि लुरुक्‍क पर्छस्। के तँ साँच्चै नै प्रभारी होस् त? तेरो साहसको के अर्थ भयो र? तेरो दृढ़ता र संकल्पको के अर्थ भयो र? ती त व्यर्थ भए। अवश्य नै तिमीहरू सबै धेरैपटक यस्तै परिस्थितिहरूमा परेका छौ, र अन्त्यमा तिमीहरू सबै कृपाको लागि यसरी बिन्ती गर्छौ, “खतम भयो। म सत्यतालाई प्रेम गर्दिन, मलाई त उखालेर फ्याँकिएको छ र म सत्यताको खोजी गर्न सक्दिनँ जस्तै देखिन्छ।” तैँले सत्यतालाई प्रेम गर्दैनस् भन्‍ने कुरा साँचो हो, तर के तैँले सत्यताको खोजी गर्दै आएको छस् त? के तैँले सत्यताको अभ्यास गर्दै आएको छस्? तैँले सत्यताको खोजी गर्दैनस्, तैँले सत्यताको अभ्यास गर्ने कुरा त परै जाओस्, तैपनि तँ प्रार्थना गरिरहन्छस्, आफ्‍नो संकल्प निर्माण गरिरहन्छस्, अठोट लिइरहन्छस्, र शपथ खाइरहन्छस्। अनि यो सबैबाट के आउँछ? तँ अझै पनि होमा हो मिलाउने मान्छे नै रहन्छस्: “म कसैलाई पनि रिस उठाउनेछैन, न त म कसैलाई चिढ्याउनेछु। यदि कुनै विषयसँग मेरो कुनै सम्‍बन्ध छैन भने, म यसबाट टाढै बस्‍नेछु; मसँग कुनै सम्‍बन्ध नै नभएका कुराहरूको बारेमा म केही पनि बताउनेछैन, अनि यसमा कुनै अपवाद छैन। यदि कुनै कुराले मेरो चासोहरू, मेरो अभिमान, वा मेरो आत्मसम्‍मानमा चोट पर्‍याउँछ भने, म यसलाई कुनै ध्यान दिनेछैन, र म यसलाई होशियारीको साथ लिनेछु; मैले हतारमा काम गर्नु हुँदैन। जो पहिले अगाडि आउँछ त्यसैलाई ठटाइन्छ, र म त्यति मूर्ख पनि छैन!” तँ तेरो दुष्टता, धूर्तता, कठोरता, अनि सत्यतालाई घृणा गर्ने तेरा भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा नियन्त्रित छस्। तिनले तँलाई पूर्ण रूपमा काबुमा राखेका छन्, र तेरो लागि यो हनुमान राजाले लगाउने सुनौलो चक्रभन्दा पनि असहनीय र नियन्त्रण गर्न नसकिने भएको छ। भ्रष्ट स्वभावको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो! मलाई भन, यदि तिमीहरूले सत्यताको खोजी गर्दैनौ भने, के तिमीहरूको भ्रष्टतालाई त्याग्‍न सहज हुन्छ त? के यो समस्यालाई समाधान गर्न सकिन्छ त? म तिमीहरूलाई भन्छु, यदि तिमीहरूले सत्यताको खोजी गर्दैनौ र तिमीहरूको विश्‍वासमा तिमीहरू भ्रमित छौ भने, धेरै वर्षसम्‍म प्रवचनहरू सुने पनि यसको कुनै काम हुनेछैन, र तँ अन्त्यसम्‍मै यसरी नै दृढ भएर अघि बढिरहिस् भने, बढीमा तँ एक धर्म-ठग अनि फरिसी बन्‍नेछस्, अनि त्यही नै त्यसको अन्तिम नतिजा हुनेछ। यदि तँ योभन्दा पनि खराब छस् भने, तँ परीक्षामा पर्ने घटना आइपर्न सक्छ, र तैँले आफ्‍नो कर्तव्यलाई गुमाउनेछस् र परमेश्‍वरलाई धोका दिनेछस्। तेरो पतन भइसकेको हुनेछ। तँ सधैँ भीरको टुप्पामा हुनेछस्! अहिले, सत्यताको खोजी गर्नु जत्तिको महत्त्वपूर्ण कुरा अरू केही पनि छैन। योबाहेक अरू कुनै कुराको खोजी गर्नु व्यर्थ छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”

धेरैजसो मानिसहरू आफूले केही सीपको विकास गरेपछि अहङ्कारी बन्छन् र जब कुनै कुराप्रति तिनीहरूसँग निश्‍चित सामर्थ्य हुन्छ, तिनीहरूले आफैलाई असाधारण ठान्छन् र आफ्‍ना उपलब्धिहरूप्रति गर्व गर्छन्। तिनीहरूले त्यस हिसाबमा आफू पूर्ण रूपमा फरक भएको सोच्दै अरू कसैले भन्‍ने कुनै कुरा पनि सुन्दैनन्—यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कार र अविवेक हो। मानौं कसैले आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको छ, र अर्को व्यक्तिले तिनीहरूलाई यसको बारेमा योजना दिन्छ। त्यस बेला, तिनीहरूले यसको बारेमा अत्यन्तै प्रशंसनीय तरिकाले प्रतिक्रिया दिन्छन् र टिपोट गर्छन्, तर तिनीहरू पछाडि फर्कनेबित्तिकै यसलाई बिर्सन्छन्, यसरी यसलाई अघि बढाउने कुनै पनि अभिप्राय नराखी आफ्‍नो मनमस्तिष्कको पछाडिको भागमा थन्क्याउँछन्। यो कस्तो प्रकारको मनोवृत्ति हो, र यो कस्तो प्रकारको स्वभाव हो? यो आत्म-धर्मी, अहङ्कारी स्वभाव हो। के यसमा कुनै पनि कठोरता छ? हरेक व्यक्तिमा केही हदसम्‍म कठोरता र अहङ्कार हुन्छ। जब कसैले अर्को व्यक्तिबाट सही र तर्कसंगत कुरा सुन्छ, तब यदि तिनीहरूले त्यस विषयलाई सामान्य मानवताको चेतनाद्वारा लिन्छन् भने, तिनीहरूलाई आफूले सुझाव स्वीकार गर्नुपर्छ भन्‍ने लाग्‍नेछ। के त्यसको अर्थ तिनीहरूले त्यस कुरालाई अभ्यास गर्न सक्‍नेछन् भन्‍ने हुन्छ? तिनीहरूलाई त्यसो गर्नको लागि कस्तो मनोवृत्ति र मनस्थितिको आवश्यकता पर्छ? सर्वप्रथम, तिनीहरूले आफ्‍नो पूर्वकल्पित कल्‍पनाहरू, मूल्याङ्कन-आलोचना, वा गलत बुझाइहरूलाई त्याग्‍नुपर्छ, त्यसपछि सही कुराहरूलाई निचोरेर निकाल्नुपर्छ र तिनलाई होसियारीसाथ छानबिन र मनन गर्नुपर्छ, आफैलाई ती कुराहरूको अनुरूप बनाउन सक्‍नुपर्छ, र तिनलाई अभ्यास गर्न सक्‍नुपर्छ। यो अहङ्कारी मनोवृत्ति होइन, बरु एक प्रकारको विवेकशील, जिम्‍मेवार मनोवृत्ति हो। यो सत्यतालाई स्वीकार गर्ने, सकारात्मक कुराहरूलाई प्रेम गर्ने मनोवृत्ति हो। सायद, त्यो बेला अर्को व्यक्तिको सुझाव राम्रो सुनिन सक्छ, र लाजबाट बच्न-बचाउन वा त्यस क्षणको केही बोधको कारण, तिनीहरूले त्यसलाई स्वीकार गर्छन्। पछि जब तिनीहरूले पछि काम गरिरहेका हुन्छन्, यदि तिनीहरूले आफूलाई जे मन लाग्यो त्यही गर्छन् र त्यो सुझावलाई पन्छ्याएर आफूले गर्न आवश्यक पर्ने काम मात्रै गर्छन् भने, के यो सत्यता अभ्यास गर्ने मनोवृत्ति हो त? यस प्रकारको मनोवृत्ति घृणास्पद हुन्छ। बाहिरी रूपमा, तिनीहरूले टाउको हल्याउँदै स्वीकार गर्छन्, अनि यसो भन्दै पूर्ण सहमति पनि जनाउँछन्, “यो मेरो जिम्‍मा भयो। कुनै चिन्ता नलेऊ, पक्‍का म यसलाई समाधान गर्नेछु। तिमीलाई मेरो विश्‍वास लाग्दैन? म कस्तो प्रकारको व्यक्ति तिमीलाई थाहा छैन?” तिनीहरूसँग राम्रो विश्‍वसनीयता र सत्यनिष्ठा छ जस्तो देखिन्छ, तर जब तिनीहरूले मामलाहरू सम्‍हाल्‍ने समय हुन्छ, तब तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ र तिनीहरूका आफ्‍नै विचारहरू नै अघि आउँछन्: “मलाई यही लाग्छ, र मलाई यो तरिका राम्रो लाग्‍ने हुनाले, म मेरै तरिकाले यो काम गर्नेछु।” तिनीहरूले अर्को व्यक्तिले आफूलाई के भन्यो सो सम्झँदैनन्, तिनीहरूले त्यसलाई अभ्यास गर्दैनन् बरु आफ्नो मस्तिष्कको पछिल्लो भागमा थन्क्याएर राख्छन्। तिनीहरूले यो अहङ्कार र विद्रोहीपन हो; यो सत्यतालाई स्वीकार गर्न नसक्‍नु, आफ्‍नै इच्‍छालाई प्राथमिकता दिनु हो। तिनीहरूको आफ्‍नै विचार र दृष्टिकोणहरू प्रमुख बन्छन्, र तिनीहरूले सत्यता सिद्धान्त, सकारात्मक कुराहरू र परमेश्‍वरका वचनहरूलाई मस्तिष्कको पछिल्लो भागमा थन्क्याएर राख्छन्।

कतिपय मानिसहरूले अरूको छेउमा आफ्‍नो कर्तव्यप्रति अत्यन्तै सहमति जनाउँछन्, तर त्यसपछि भने तिनीहरूले काम-कुरा त्यसरी गर्दैनन्, र सोच्छन्, “सिद्धान्तहरूअनुसार काम-कुरा गर्नु अत्यन्तै झमेलापूर्ण र थकाइलाग्दो हुन्छ। यसको लागि अत्यन्तै धेरै समय लाग्छ र धेरै छलफल गर्नुपर्छ। यो समस्याबाट बच्‍नको लागि म यसलाई यसरी गर्नेछु। यदि तिनीहरू सहमत छैनन् भने पनि, सबैले मेरै तरिकाले काम गर्नु पर्नेछ। मैले जे भन्छु त्यही हुनुपर्छ!” यो कस्तो मनोवृत्ति हो त? यो धूर्त मनोवृत्ति हो। जब त्यो बेला तिनीहरूले कुनै कुरामा सहमति जनाउँछन्, तब तिनीहरू इमानदार, विश्‍वासयोग्य, निष्कपट र भक्त देखिन्छन्, र अरूको सुझावहरू र सत्यतालाई स्वीकार गर्न सक्‍ने जस्तो देखिन्छन्। तर तिनीहरूले काम गर्ने बेला आएपछि त्यो कुरा परिवर्तन हुन्छ। किन परिवर्तन हुन्छ त? किन तिनीहरूको मनोवृत्तिले कुरो उल्ट्याउने काम गर्छ त? के कुराले यस्तो अवस्था पैदा गर्छ त? तिनीहरूलाई यो अत्यन्तै धेरै देहगत कष्ट हो, यो अत्यन्तै बढी झमेलापूर्ण छ भन्‍ने लाग्छ। तिनीहरू अनिच्‍छुक, अनुत्प्रेरित बन्छन्। त्यो बेला तिनीहरूले के प्रतिज्ञा गरेका थिए वा के सहमति जनाएका थिए, वा तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार कामकुरालाई सम्हालिरहेका छन् कि छैनन् भन्‍ने कुराको तिनीहरूलाई कुनै मतलब हुँदैन। आफ्‍नै देहलाई सन्तुष्ट पार्ने कार्य नै सबैभन्दा मुख्य कुरा बन्छ—यसले पहिलो स्थान लिन्छ। परमेश्‍वरका आज्ञाहरूलाई पङ्क्तिको पछाडिको भागमा राखिन्छ, तिनलाई गम्‍भीरताको साथ लिइँदैन। के यो जिम्‍मेवारी लिने व्यक्ति हो त? के यो भरपर्दो व्यक्ति हो त? के यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो त? कुनै व्यक्तिको सामुन्ने तिनीहरूलाई ढुक्‍क पार्ने गरी तिनीहरूले काम गर्न सक्छन् भनी प्रत्याभूति दिनेहरू पनि हुन्छन्; तिनीहरूसँग यसलाई सम्‍हाल्‍ने सिद्धान्तहरू छन् भनेर भन्छन्। तर तिनीहरूले काम गर्न सुरु गरेकै क्षणदेखि समस्याहरू पैदा हुन थाल्छन्। सुरुमा नै, तिनीहरूले यस्तो विचार गर्छन्, “यसरी गर्दा, मैले केही घाटा बेहोर्नुपर्नेछ, मेरो स्वाभिमानमा चोट पुग्‍नेछ, र अरूले मलाई नीच नजरले हेर्नेछन्। मेरो आफ्‍नै इज्‍जत, आत्मसम्मान, हैसियत र गरिमामा चुनौती आइपर्नेछ, र यदि मैले यो काम राम्ररी गर्नुछ भने, मैले यसमा धेरैभन्दा धेरै प्रयास लगाउनुपर्छ र यसको बारेमा धेरै सोच-विचार गर्नुपर्छ। धेरै दिनसम्‍म मैले राम्ररी सुत्‍न वा खान पनि नपाउने हुन सक्छ। यसपटक म आफैलाई समर्पित गर्नेछु, यसको लागि धेरै परिश्रम गर्नेछु। मैले कम्‍मर कसेर यसमा लागिपर्नुपर्छ। मैले यसलाई सत्यता सिद्धान्तहरूअनुसार गर्नुपर्छ, मेरो स्वाभिमान वा इज्‍जतलाई कुनै ध्यान दिनु हुँदैन, तर परमेश्‍वरको घरका चासोहरूलाई पहिलो र सर्वश्रेष्ठ प्राथमिकता दिनुपर्छ।” केही दिन बितेपछि तिनीहरूले ऐनामा हेर्छन् र विचार गर्छन्, “म कस्तो सञ्चो नभएको जस्तो देखिएको! यी विगत दुई दिन अत्यन्तै कठिन थियो, म दुब्लाएछु। मैले यसरी काम गर्नु हुँदैन नत्र मेरो हालत झन् खराब हुनेछ। मैले छिटोछरितो तरिका पत्ता लगाउनुपर्छ। म यस कुरालाई राम्ररी बुझ्‍न सक्छु, तर यस प्रक्रियामा म दुःख पाउन चाहन्‍नँ। अन्तिममा, मैले जसरी भए पनि टार्नेछु, यसलाई चलाकी गरेर नै अघि बढाउनेछु।” त्यो क्षणदेखि, तिनीहरूले कठिन परिश्रम गर्न छोड्छन् र परमेश्‍वरको घरका चासोहरूको रक्षा गर्ने आफ्‍नो प्रयासलाई तिनीहरूले त्याग्छन्। तिनीहरू विचार गर्छन्, “म जस्तो पर्छ त्यस्तै टार्दै जानेछु। मेरा व्यक्तिगत चासोहरूमा असर नभएसम्‍म यसरी गर्दा पनि ठीकै हुन्छ।” तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ, हुँदैन त? के तिनीहरू अझै पनि समर्पित हुन्छन् त? (हुँदैनन्।) के तिनीहरू अझै पनि आफ्‍नो कर्तव्यमा सबै कुरा समर्पण गर्न सक्‍ने हुन्छन् त? सक्दो प्रयास गर्न सक्‍ने हुन्छन् त? तिनीहरूको आत्म-प्रेमी हृदय प्रकट हुन्छ। यदि तिनीहरूका आफ्‍नै चासोहरूमा खतरा भयो भने, तिनीहरूले यसलाई छोडिदिन्छन्। सत्यता जति नै सही हो भन्‍ने तिनीहरूलाई थाहा भए पनि, आफूलाई कष्टबाट लुकाउनु नै तिनीहरूको लागि अझै बढी महत्त्वपूर्ण हुन्छ। कुनै पनि कुराले तिनीहरूको आफ्‍नै चासोलाई जित्‍न सक्दैन। तिनीहरूका चासोहरूलाई खतरामा पार्न सक्‍ने कुनै कुरा आइपर्नेबित्तिकै, तिनीहरूले त्यस कार्यलाई त्यागिहाल्छन्—तिनीहरूको निम्ति व्यक्ति बन्‍नुको सबैभन्दा उच्‍च मापदण्ड यही नै हुन्छ। के यो जिम्मेवार मनोवृत्ति हो त? के यो गलत मार्गमा हिँड्ने कार्य होइन र? के तिनीहरूले खराब कामहरू गर्नेछैनन् र? अरूले देख्दा, तिनीहरूले आफ्‍नो काम पूरा गर्न दिन-रात काम गरिरहेका छन्, र तिनीहरूले यो काम राम्ररी गरिरहेका छन् जस्तो देखिन्छ। परमेश्‍वरको लागि चाहिँ यो कस्तो देखिन्छ त? के परमेश्‍वरले यस प्रकारको व्यवहारलाई याद गर्नुहुन्छ? के परमेश्‍वरले मानिसहरूको हृदय र मनलाई छानबिन गर्नुहुन्छ? (हो, गर्नुहुन्छ।) अनि, परमेश्‍वरले यो छानबिनबाट के भेट्टाउनुहुन्छ त? मानिसहरूले आफ्‍नो कर्तव्यमा मोलतोल गर्ने प्रयास गरिरहेका छन् भन्‍ने उहाँले भेट्टाउनुहुन्छ, मानिसहरूको हृदय छली र दुष्ट छन् भन्‍ने उहाँले पत्ता लगाउनुहुन्छ, तिनीहरूले देहका चासोहरूको तृष्‍णा गर्छन्, तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरू त सत्यतादेखि नै वाक्‍क भएका छन् भन्‍ने उहाँले भेट्टाउनुहुन्छ। के मानिसहरूले यी कुराहरू आफै बुझ्‍न सक्छन् त? (सक्दैनन्, तिनीहरूले त्यसो गर्न सक्दैनन्।) किन सक्दैनन् त? बाँच्‍नको लागि तिनीहरू भर पर्ने तिनीहरूभित्रका कुराहरू शैतानको भ्रष्ट स्वभाव हुन्, र तिनीहरूको सार शैतानकै सार हुन्। मानिसहरूले आफ्‍नो जीवनमा यिनै कुराको भरोसा गर्छन्, र आफ्‍नै इज्‍जत, हैसियत, मर्यादा, र आफ्‍ना देहगत चासोहरूलाई कायम राख्नु तिनीहरूको बानी नै बन्छ। त्यसकारण, तिनीहरूलाई सत्यता अभ्यास गर्न लगाउनु, परमेश्‍वरका मापदण्डहरू र सत्यता सिद्धान्तहरूअनुसार काम-कुराहरू सम्‍हाल्‍न लगाउनु, परमेश्‍वरको घरका चासोहरूलाई कायम राख्‍न, परमेश्‍वरको आज्ञापालन गर्न, परमेश्‍वरका वचनहरूलाई पूर्ण रूपमा पालन गर्न, परमेश्‍वरको इच्‍छाअनुसार र सत्यताका सर्त र मापदण्डहरूअनुसार काम गर्न लगाउनु अत्यन्तै कठिन हुन्छ—यो शारीरिक र मानसिक रूपमा अत्यन्तै बोझपूर्ण हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो”

तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला, यदि समस्या पत्ता लगाइस् भने, तैँले त्यो समाधान गर्नैपर्छ; समाधान नगरिएका समस्याहरू सधैँभरि रहिरहन्छन् र समय बित्दैजाँदा अझ खराब बन्छन्। मैले अझ खराब हुन्छ भन्नुको अर्थ के हो? मेरो भनाइको अर्थ यही हो कि यदि तैँले आफ्नो समस्या समाधान गरिनस् भने त्यसले तेरो अवस्थामा प्रभाव पार्नेछ, र त्यसले अरू मानिसहरूलाई पनि प्रभाव पार्नेछ। समय बित्दैजाँदा, तेरो समस्याले तँलाई आफ्नो कर्तव्य पूरा गर्न, सत्यतालाई बुझ्न र परमेश्‍वरको सामु आउनबाट रोक्‍नेछ। यी सबै समस्याहरू हुन्, होइनन् र? यो एउटा गम्भीर समस्या हो, सानो समस्या होइन। व्यक्तिको गुनासो, असन्तुष्टि, परमेश्‍वर सम्‍बन्धी गलत धारणाहरू, परमेश्‍वरको परिवारको बारेमा भ्रमहरू, अरूको बारेमा दुर्भावनाहरू, र मानिसहरूबाट अलग्याइ—समय बित्दैजाँदा यी कुराहरू भित्रभित्रै निर्माण हुँदै जान्छन्, तब तिनका परिणामहरू के-के हुन्छन्? तिनले तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्ने मार्गमा डोऱ्याउँछन् कि तँलाई दुष्ट मानिसहरूको मार्गतिर डोर्‍याउँछन्? त्यो मार्गमा, तँ झन्-झन् राम्रो बन्दै जानेछस् कि झन्-झन् खराब हुँदै जानेछस्? (झन्-झन् खराब।) कतिसम्म खराब? जब मानिसहरू भित्र लामो समयसम्म यी कुराहरू निर्माण हुन्छन्, तिनीहरूको विश्‍वास बिस्तारै हराउँदै जान्छ; जब उनीहरूको तथाकथित विश्‍वास हराउँछ, तब तिनीहरूको उत्साह पनि हराउँछ। तिनीहरूको उत्साह हराएपछि, के उनीहरूमा आफ्‍नो कर्तव्य पूरा गर्ने ऊर्जा र इच्छाशक्ति झन्-झन् कम हुँदै जाँदैन र? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको आनन्दलाई महसुस गर्न सक्दैनन्, न त उनीहरूले आफ्नो कर्तव्य गरिरहँदा उहाँका आशिषहरूलाई नै महसुस गर्न सक्छन्; त्यसरी नै, उनीहरूले आफ्नो आन्तरिक शक्ति प्राप्त गर्न सक्दैनन्, र उनीहरू गुनासोहरू, नकारात्मकता, धारणाहरू, र गलत विचारहरूले भरिन्छन् र तिनैद्वारा नियन्त्रित हुन्छन्। जब उनीहरू यी कुराहरूभित्र जिउँछन्, र तीद्वारा बेरिन्छन् र नियन्त्रित हुन्छन्, तब आफ्नो कर्तव्य गरिरहँदा उनीहरूले आफूलाई घोट्न, सहन र आवेगहरूबाट भएर जान मात्र सक्छन्; तिनीहरूले गर्ने सबै कुरामा, तिनीहरू लगनशीलता र आत्मसंयमतामा भर पर्नुपर्छ। तिनीहरू परमेश्‍वरको अगुवाइ वा उहाँका आशिषहरू देख्न असमर्थ हुन्छन्। त्यसपछि के हुन्छ? उनीहरूले आफ्ना कर्तव्यहरू जसरी गरे पनि, तिनीहरूले सिद्धान्तहरू प्राप्त गर्न सक्दैनन्। उनीहरू अगि बढ्दै जाँदा अझ बढी अलमलमा पर्छन्, र अगाडि बढ्ने बाटो गुमाउँछन्, र उनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने सबै उत्साह गुमाउँछन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानवीय स्वरूप पाउनका निम्ति आफ्नो सम्पूर्ण हृदय, मस्तिष्क र प्राणसहित उचित ढङ्गले आफ्नो कर्तव्य पूरा गर्न आवश्यक हुन्छ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्