व्यक्तिले किन आत्मज्ञानविना स्वभावगत परिवर्तन हासिल गर्न सक्दैन
परमेश्वरका प्रासंगिक वचनहरू:
मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानबाट र उसको सोचविचार, प्रवृत्ति, र मानसिक दृष्टिकोणको परिवर्तन, अर्थात् आधारभूत परिवर्तनहरूबाट सुरु हुन्छ। यस किसिमले मात्र मानिसको स्वभावमा साँचो परिवर्तनहरू प्राप्त हुनेछन्। मानिसको भ्रष्ट स्वभाव उसलाई शैतानद्वारा दूषित बनाइएको र कुल्चीमिल्ची गरिएको कुराबाट, शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्दृष्टि र चेतनामा चोट पुर्याएको असाधारण हानिबाट उत्पन्न हुन्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्ट बनाइएको कारण यस्तो भएको हो, र तिनीहरू परमेश्वरले तिनीहरूलाई मौलिक रूपमा सृष्टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै छैनन्, त्यसैले मानिसले परमेश्वरको विरोध गर्छ र सत्यता बुझ्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ। सबैभन्दा बढी भ्रष्ट भूमिमा जन्मेका व्यक्तिहरू परमेश्वर के हुनुहुन्छ, वा परमेश्वरमा विश्वास गर्नु भनेको के हो भन्ने कुरामा अनभिज्ञ हुन्छन्। मानिसहरू जति धेरै भ्रष्ट हुन्छन्, तिनीहरूलाई परमेश्वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको चेतना र अन्तर्दृष्टि त्यति नै कमजोर हुन्छ। परमेश्वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा भ्रष्ट बनाइएको उसको भ्रष्टता हो। शैतानको भ्रष्टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा उसलाई भ्रष्ट बनाइनुभन्दा अगाडि, मानिसले स्वाभाविक रूपमा परमेश्वरको अनुसरण गर्थ्यो र उहाँको वचनहरू सुनेपछि तिनीहरूको पालन गर्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्ट बनाइएपछि, मानिसको मौलिक चेतना, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा अस्वस्थ बनाइएको थियो। यसरी, उसले परमेश्वरप्रति उसको आज्ञाकारीता र प्रेम गुमाएको छ। मानिसको चेतना अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्नै भएन, र यो परमेश्वरको इच्छा अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्वरको सेवा गर्न सक्दैन र ऊ परमेश्वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्वरको आज्ञापालन गर्ने र उहाँप्रति विश्वासयोग्य हुने, परमेश्वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्वरको हुने, र परमेश्वरप्रति स्वस्थ विवेक कायम राख्ने कुरालाई दर्साउँछ। यसले परमेश्वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्ट बनाइएको कारण उसले परमेश्वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्वरको जानाजानी विरोध गर्छ, र उहाँको न्याय गर्छ, साथै उहाँको पिठ्यूँ पछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्वर हुनुहुन्छ भन्ने स्पष्ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँ पछाडि उहाँको न्याय गर्छ; मानिससँग परमेश्वरको आज्ञापालन गर्ने मनसाय छैन, र केवल अन्धाधुन्ध उहाँसँग माग्ने र अनुरोध गर्ने कार्य गर्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनःप्राप्त गरेका हुन्छन्; आफैलाई चिन्न नसकेका मानिसहरू जति धेरै परमेश्वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो
हाम्रो हृदयमा रहने हरेक कुरा परमेश्वरको विरुद्धमा हुन्छ। यसमा हामीले असल भनी ठानेका कुराहरू, र हामीले पहिले नै सकारात्मक ठानेका कुराहरू समेत पर्छन्। हामीले यी कुराहरूलाई सत्यताका रूपमा, सामान्य मानवताको भागको रूपमा, र सकारात्मक कुराहरूको रूपमा सूचीकृत गरेका हुन्छौं; तैपनि, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, ती उहाँले घृणा गर्ने कुराहरू हुन्। हामीले सोच्ने कुराहरू र परमेश्वरले बोल्नुभएको सत्यताको बीचको धाँदो प्रगाढ छ। त्यसैले, हामीले आफैलाई चिन्नुपर्छ। हाम्रा विचार, दृष्टिकोण, र कार्यहरूदेखि हामीले प्राप्त गरेका सांस्कृतिक शिक्षासम्मका, हरेक कुरालाई गहिरिएर र विस्तृत रूपमा विश्लेषण गर्नु आवश्यक छ। यीमध्ये कतिपय कुरा सामाजिक वातावरणबाट आउँछन्, कतिपय परिवारबाट, कतिपय विद्यालयको शिक्षाबाट, अनि कतिपय पुस्तक-पुस्तिकाबाट आउँछन्। कतिपय हाम्रा कल्पना र धारणाहरूबाट पनि आउँछन्। यस्ता कुराहरू सबैभन्दा डरलाग्दा कुराहरू हुन्, किनभने तिनले हाम्रा बोलीवचन र कार्यहरूलाई बन्धनमा राख्छन् र नियन्त्रण गर्छन्, हाम्रा मन-मस्तिष्कलाई काबुमा राख्छन्, र हामीले गर्ने कार्यपछाडिका हाम्रा मनसाय, अभिप्राय, र लक्ष्यहरूलाई मार्गनिर्देश गर्छन्। यदि हामीले यी कुराहरूलाई खोतल्दैनौं भने, हामीले परमेश्वरका वचनहरूलाई आफूभित्र पूर्ण रूपमा कहिल्यै पनि स्वीकार गर्नेछैनौं, र हामीले परमेश्वरका मापदण्डहरूलाई निःसन्देह रूपमा कहिल्यै पनि स्वीकार गर्नेछैनौं र तिनलाई अभ्यास गर्नेछैनौं। यदि तैँले आफ्नै विचार र दृष्टिकोणहरू, र तैँले सही ठानेका कुराहरूप्रतिका दृढ निश्चयताहरूलाई आफूभित्र आश्रय दिन्छस् भने, तैँले परमेश्वरका वचनहरूलाई पूर्ण रूपमा वा निःसन्देह रूपमा कहिल्यै पनि स्वीकार गर्नेछैनस्, न त तैँले तिनलाई तिनको मूल रूपमा नै अभ्यास गर्नेछस्; तैँले अवश्य नै तिनलाई सुरुमा मनमा नापतौल गरेर मात्रै अभ्यास गर्नेछस्। तैँले काम गर्ने तरिका यही हुनेछ, र तैँले अरूलाई सहयोग गर्ने तरिका पनि यही हुनेछ: तैँले परमेश्वरका वचनहरूमा अझै सङ्गति गर्न सक्छस्, तर तैँले सधैँ आफ्ना अशुद्धताहरूलाई मिसाउनेछस्, र तैँले सत्यता अभ्यास गर्नु भनेको यही हो, तैँले सत्यतालाई बुझेको छस्, र तँसँग सबै कुरा छ भनेर सोच्नेछस्। के मानिसको स्थिति दयनीय छैन र? के यो डरलाग्दो छैन र? यी कुराहरूलाई पूर्ण रूपमा बताउनका लागि, वा तिनलाई सरल बनाउनको लागि एक-दुई वटा शब्द पर्याप्त हुँदैन। अवश्य नै, जीवनमा अन्य धेरै कुराहरू छन्, जस्तै यसभन्दा पहिले संक्षिप्त रूपमा उल्लेख गरिएको शैतानका एक सय विष। तैँले वचनहरू बुझेका छस्, तर तिनको तुलनामा तैँले आफूलाई कसरी मापन गर्छस्? के तैँले कहिल्यै आत्म-चिन्तन गरेका छस्? के तँमा पनि यी विषहरू छैनन् र? तैँले कस्तो विचार गर्छस् त्यसलाई पनि तिनले प्रतिबिम्बित गर्छन्, होइन र? जब तैँले काम-कुराहरू गरिरहेको हुन्छस्, के तँ पनि ती विषहरूमा भर पर्दैनस् र? तैँले आफ्ना व्यक्तिगत अनुभवहरूलाई गहिरिएर नियाल्नुपर्छ, र यसलाई ती वचनहरूद्वारा मापन गर्नुपर्छ। यदि हामीले शैतानका विषहरूको त्यो सूचीलाई लापरवाही रूपमा पढ्छौं वा झलक्क हेर्छौं, त्यसपछि त्यसलाई बन्द गरेर राख्छौं, अनि परमेश्वरका वचनहरूलाई बेपरवाह रूपमा पढ्छौं, तिनलाई वास्तविकतासँग जोड्न वा हाम्रा यथार्थ स्थितिहरूलाई हेर्न सक्दैनौं र हामीले सत्यता अभ्यास गरेका छौं भन्ने मान्यता राख्दै हाम्रो अभ्यासमा परमेश्वरका वचनहरूका अक्षर र नियमहरूलाई मात्रै पालन गर्छौं भने—के यो त्यति सरल हुन्छ र? मानिसहरू जीवित प्राणी हुन्: तिनीहरू सबैका विचारहरू हुन्छन्, र तिनीहरूका विचारहरूभित्रका तत्वहरूले तिनीहरूको हृदयमा जरा गाड्छन्। जब व्यक्तिले कार्य गर्छ, यी तत्वहरू अवश्य नै देखा पर्छन्, किनभने ती कुराहरू व्यक्तिको जीवनको भाग बनिसकेका हुन्छन्। त्यसकारण, तैँले गर्ने हरेक कुरामा, तैँले यसलाई कसरी गर्छस् भन्ने कुरालाई नियन्त्रण गर्ने दृष्टिकोण र सिद्धान्त हुन्छ, जसले तेरो दिशालाई नियन्त्रण गर्छ। जब तैँले काम गर्छस्, तब तँभित्र यस्ता कुराहरू छन् कि छैनन् सो तैँले थाहा पाउनेछस्। अवश्य नै, अहिले तैँले आफ्ना विचार र दृष्टिकोणहरूलाई जाँच्दा, त्यहाँको कुनै पनि कुरा परमेश्वरको निम्ति शत्रुवत् छैनन् जस्तो तँलाई लाग्छ; तँ इमानदार र निष्ठावान छस्, तेरो कर्तव्य पूरा गर्न निकै इच्छुक छस्, परमेश्वरको लागि बलिदानहरू गर्न र आफैलाई समर्पित गर्न समर्थ छस्, र तँ हरेक क्षेत्रमा निकै दह्रिलो छस् भन्ने तँलाई लाग्छ। तैपनि, यदि परमेश्वरले तेरो उत्साह जाँच्नुभयो, वा तँलाई कुनै काम गर्न लगाउनुभयो भने, वा परमेश्वरले तँमाथि आइपर्ने कुनै कुरा गर्नुभयो भने, तैँले त्यसलाई कसरी सम्हाल्नेथिइस्? त्यस्तो बेला, तेरा विचार र दृष्टिकोणहरू बाँध भत्किएर उर्ली आएको बाढी जस्तै बाहिर दृढ रूपमा निस्कनेछन्; ती तेरो नियन्त्रणभन्दा बाहिर हुनेछन्—तेरो हातबाट बाहिर—अनि, चाहे तैँले घृणा गरे पनि, ती सबै बाहिर निस्केर नै छाड्नेछन्, परमेश्वरको विरोधमा रहेका कुराहरू बाहिर निस्कनेछन्। जब तँ यसो भन्छस्, “मैले किन यसको बारेमा केही पनि गर्न सकिन? म परमेश्वरलाई विरोध गर्न चाहन्न, त्यसकारण म किन यसो गर्नेथिएँ? म परमेश्वरको मूल्याङ्कन वा आलोचना गर्न चाहन्न, र उहाँले गर्ने कुराहरूको बारेमा म धारणाहरू राख्न चाहन्न, तब मसँग कसरी यस्ता धारणाहरू हुन सक्यो?”—त्यही समयमा तैँले आफैलाई चिन्ने प्रयास गर्नुपर्छ, तँभित्र परमेश्वरलाई विरोध गर्ने कुरा के छ, र तँभित्र भएको के कुराचाहिँ उहाँले अहिले गरिरहनुभएको कामको निम्ति शत्रुवत् र विरोधी छ भनी जाँच्नुपर्छ।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तिम्रा बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र तिमी आफैलाई चिन्न सक्छौ”
मानिसहरूभित्र कतिपय स्थितिहरू हुन्छन्, जसलाई तिनीहरूले बिझ्दैनन् र ती गलत छन् भन्ने महसुस गर्दैनन् भने, तिनीहरूले जति नै इमानदारिताका साथ खोजी गरे पनि वा तिनीहरू जति नै उत्साहित भए पनि, तिनीहरू एक दिन पतन हुनेछन्। आखिर, अल्पसङ्ख्यक मानिसहरूले मात्रै सत्यता प्राप्त गर्न सक्छन्। सत्यतालाई बुझ्नु त्यति सरल कुरा होइन। यसलाई अलि-अलि बुझ्न पनि धेरै समय लाग्छ, अनुभवसँग सम्बन्धित ज्ञान प्राप्त गर्न, कुनै कुराको विशुद्ध बुझाइ प्राप्त गर्न वा थोरै ज्योति प्राप्त गर्न धेरै समय लाग्छ। यदि तैँले आफूभित्र भएका सबै अशुद्धताहरूलाई समाधान गर्दैनस् भने, त्यो थोरै ज्योति कुनै पनि समय वा स्थानमा निभ्न सक्छ। अहिले मानिसको मुख्य कठिनाइ के हो भने हरेक व्यक्तिभित्र केही कल्पना, धारणा, इच्छा र रित्तो आदर्शहरू हुन्छन्, जसलाई तिनीहरू आफैले पनि पत्ता लगाउन सकेका हुँदैनन्। यी कुराहरूले मानिसहरूलाई तिनीहरूभित्र रहेको अपमिश्रणको रूपमा निरन्तर साथ दिइरहन्छन्। यो वास्तवमा अत्यन्तै खतरनाक छ, र मानिसहरूले कुनै पनि क्षणमा गुनासो व्यक्त गर्न सक्छन्। मानिसभित्र अत्यन्तै धेरै अपमिश्रणहरू छन्। मानिसहरूका आकांक्षा राम्रो भए पनि, तिनीहरूले सत्यताको खोजी गर्न र परमेश्वरमा इमानदारितापूर्वक विश्वास गर्न चाहे पनि, तिनीहरूले यसलाई अझै हासिल गर्न सक्दैनन्। यस प्रकारको कुरा हरेक व्यक्तिको अनुभवमा प्रायजसो भइरहन्छ: तिनीहरूले सानोतिनो कुराको सामना गर्छन्, र तिनीहरूले यसलाई सहजै त्याग्न सक्नुपर्छ भनी अरूले सोच्छन्। किन तिनीहरूले त्यसो गर्न सक्दैनन् त? तुलनात्मक रूपमा प्रायजसो अनुभवी रहेका, अरूका निम्ति तुलनात्मक रूपमा दह्रिला देखिने, र स्पष्ट रूपमा सोच्न सक्ने मानिसहरूले सानातिना कुराको सामना गर्नुपर्दा किन तिनीहरू यति तुरुन्तै पतन भइहाल्छन् त? मानिस साँच्चै नै अनिश्चित परिणामहरूको अधीनमा हुन्छ; उसले कसरी यसको पूर्वानुमान गर्न सक्छ र? हरेक व्यक्तिभित्र, तिनीहरूले खोजी गर्न र प्राप्त गर्न चाहने केही न केही कुरा हुन्छ, र हरेकको आ-आफ्नै मनपर्ने कुराहरू हुन्छन्। प्रायजसो, मानिसहरू आफैले यस कुरालाई बुझ्न सक्दैनन्, वा तिनीहरूले यी कुराहरू ठीकै हुन्, तिनमा केही पनि खराब छैन भनेर विश्वास गर्छन्। त्यसपछि एक दिन यस्तो कुनै कुरा आइपर्छ र तिनीहरूले ठक्कर खान्छन्; तिनीहरू नकारात्मक र कमजोर बन्छन्, र तिनीहरू खडा हुन सक्दैनन्। तिनीहरू आफैले समस्या के हो सो जान्न सक्दैनन्, अनि तिनीहरूले आफू सही नै भएको तर तिनीहरूलाई परमेश्वरले नै अन्याय गर्नुभएको महसुस गर्छन्। यदि मानिसहरूले आफैलाई बुझ्दैनन् भने, तिनीहरूका कठिनाइहरू कहाँ छन्, वा तिनीहरू कुन क्षेत्रमा असफल हुने र पतन हुने सम्भावना हुन्छ सो कुरा तिनीहरूले कहिल्यै पनि जान्न सक्नेछैनन्। तिनीहरू दयनीय छन्। त्यसकारण, आफैलाई नचिन्ने मानिसहरू कुनै पनि क्षणमा पतन हुन, असफल हुन र आफै बरबाद हुन सक्छन्।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तेरो आफ्नै अवस्थालाई बुझेर मात्र तँ सही मार्गमा हिँड्न थाल्छस्”
वर्तमानमा, धेरैजसो मानिसहरू यही स्थितिमा जिउँछन्, तिनीहरूसँग भएको कदको चरण यही हो: तिनीहरूले काम-कुरा गर्ने शैलीहरू गलत छन्, तिनीहरू गलत व्यक्ति हुन्, तिनीहरू दियाबलस शैतान हुन् भन्ने कुरालाई तिनीहरू स्वीकार गर्छन्। तर तिनीहरूको क्षमता कमजोर छ र तिनीहरूको बुझाइ गलत छ, वा परमेश्वरले प्रकट गर्नुभएको कुरासँग तिनीहरूको प्रकृति र सारको कुन-कुन पक्षहरू मिल्छन् भन्ने कुरालाई तिनीहरूले विरलै स्वीकार गर्छन्। यो साँचो रूपमा आत्मज्ञानको कमी हो। अनि के आफूलाई साँचो रूपमा नचिनेकाहरूले तिनीहरू भ्रष्ट छन् भनेर स्वीकार गर्न सक्छन्? (सक्दैनन्।) मानिसहरूलाई तिनीहरू भ्रष्ट छन् भनेर स्वीकार गर्न लगाउनु सजिलो काम होइन। मानिसहरूका बीचमा निरन्तर देखिने उही व्यवहार के हो भने तिनीहरूले कुनै गलत काम गरेपछि तिनीहरूले गल्ती गरेका छन् भन्ने तिनीहरूले स्वीकार गर्छन्, तर तैँले तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावसम्बन्धी तिनीहरूको बुझाइको बारेमा सोधिस् भने, तिनीहरूले ती दुई कुरा सम्बन्धित छैनन् भनी भन्छन्। तिनीहरूले यो त क्षणिक गल्ती मात्रै थियो, तिनीहरूले यसको बारेमा विचार गरेका थिएनन्, तिनीहरूले आवेगमा यसो गरे, र यो जानी-जानी गरिएको थिएन भनी दाबी गर्छन्। अन्य वस्तुगत कारणहरू दिनु साथै यो क्षणिक गल्ती वा अनजानमा गरिएको त्रुटि थियो भनेर भन्नु नै तिनीहरूले आफ्नै भ्रष्ट स्वभावलाई स्वीकार नगर्नको निम्ति प्रायजसो प्रयोग गर्ने ढाल र बहाना हो। के यो तिनीहरूको भ्रष्टताको सच्चा स्वीकार हो त? यदि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूको निम्ति बारम्बार बहाना बनाइरहन्छस् वा उम्कने बाटो खोज्छस् भने, तैँले आफ्नो भ्रष्ट स्वभावलाई साँचो रूपमा सामना गर्न वा यसलाई सच्चा रूपमा स्वीकार गर्न सक्दैनस्, यसलाई जान्ने कुरा त परै जाओस्। … तँमाथि कुनै कुरा आइपर्छ र तैँले भ्रष्ट स्वभाव प्रकट गर्छस्, तर तैँले गरेको गल्ती जति नै गम्भीर हो भनेर मानिसहरूले भने पनि वा परिणामहरू जति नै गम्भीर भए पनि, तैँले आफूले गल्ती गरेँ भनेर स्वीकार गर्नेबाहेक केही पनि गर्दैनस्। यो तेरो भ्रष्ट स्वभाव बाहिर आएको कारण आएको परिणाम हो भन्ने कुरालाई तँ स्वीकार गर्न इच्छुक हुँदैनस्। तँ गल्तीलाई सुधार गर्न मात्रै इच्छुक हुन्छस्, तर तेरो भ्रष्ट स्वभावको अस्तित्वलाई स्वीकार गर्न कहिल्यै इच्छुक हुँदैनस्। त्यसकारण, जब तैँले फेरि त्यही समस्याको सामना गर्छस्, तेरो व्यवहार र काम-कुराप्रतिको तेरो शैलीमा परिवर्तन आए पनि, तेरो स्वभाव पूर्ण रूपमा अपरिवर्तित नै रहन्छ। व्यक्तिको स्वभाव परिवर्तन गर्नुको कठिनाइ यही हो। यदि तैँले जे प्रकट गरिस् त्यो तँसँग भ्रष्ट स्वभाव भएकोले हो, जसको कारण तैँले आफूलाई जे मन लाग्यो त्यही गर्ने, आफ्नो नियम आफै बनाउने, अरूसँग राम्ररी काम गर्न नसक्ने, र अहङ्कार पैदा भएको हो भनेर तैँले स्वीकार गरिस् भने, यदि यो अहङ्कारी स्वभावले पैदा गरेको हो भनेर तैँले स्वीकार गरिस् भने, तेरो लागि के-कस्ता फाइदाहरू हुनेछन् त? अघि बढ्ने क्रममा, तैँले यी तथ्यहरूलाई खुलासा गर्नेछस् र तँमा प्रकट भएका भ्रष्ट स्वभावलाई समाधान गर्ने प्रयास गर्नेछस्। तर तैँले कुनै गलत काम गरेको छस् भनेर स्वीकार मात्रै गरिस् भने परिणामहरू के-के हुनेछन् त? तैँले आफ्नो काम गर्ने शैलीमा मात्रै ध्यान दिनेछस् र प्रयास लगाउनेछस्; तैँले काम-कुरा गर्ने शैलीहरूलाई सुधार गर्नेछस्, र बाहिरी रूपमा, तैँले ती कार्य उचित रूपमा गर्छस् भन्नेजस्तो देखिनेछ। तैँले तेरो स्वभावका प्रकटीकरणहरूलाई ढाकछोप गर्नेछस्। त्यसो गरेर, तँ पहिलेभन्दा बढी धूर्त बन्नेछस्, र अरूलाई धोका दिने तेरा शैलीहरू अझै परिष्कृत बन्छन्। तैँले विचार गर्नेछस्, “यसपटक सबैले मेरो गल्ती देख्नुको कारण के हो भने यसपटक म पर्याप्त मात्रामा होसियार भइनँ; मैले जे भने त्यो अत्यन्तै स्पष्ट थियो, र मैले तिनीहरूलाई मेरा कमजोर पक्षहरू देखाएँ र मेरो विरुद्धमा प्रयोग गर्ने कुराहरू भेट्टाउन दिएँ। म फेरि यही गल्ती दोहोर्याउनेछैन—म तिनीहरूले अझ नबुझ्ने बन्नेछु, मेरो लागि खेल्ने ठाउँ छोड्नेछु।” तैँले आफ्नो काम गर्ने शैलीलाई बदलेको छस् र आफ्नो स्वभावलाई लुकाएको छस् यसरी तँ अझै बुझ्न नसकिने, अझै घुसघुसे, अझै बढी फरिसीजस्तो बनेको छस्। तैँले काम-कुरा गर्ने वा बोल्ने आफ्नै शैलीमा ध्यान दिन्छस् र त्यहीअनुसार काम गर्छस्; सतही रूपमा कुनै पनि समस्याहरूलाई पत्ता लगाउन सकिँदैन, कसैले पनि गल्ती भेट्टाउन सक्दैन, यो त्रुटिविहीन देखिन्छ। तैपनि, तेरो भित्री स्वभावमा अलिकति पनि परिवर्तन आएको हुँदैन। यसलाई नस्विकारीकन र नमानीकन, तेरो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्दैन।
परमेश्वरको सङ्गतिबाट उद्धृत गरिएको
के भ्रष्ट स्वभावहरू समाधान गर्न सजिलो हुन्छ त? यसमा व्यक्तिको प्रकृति सार समावेश हुन्छ। मानिसहरूसँग यो सार, यो जड हुन्छ, र यसलाई एक-एक गरी खोतलेर निकाल्नुपर्छ। यसलाई हरेक स्थितिबाट, तैँले बोल्ने हरेक शब्दपछाडिका हरेक इरादाहरूबाट खोतलेर निकालिनुपर्छ। यसलाई तैँले बोल्ने शब्दहरूबाट चिरफार गरेर बुझ्नुपर्छ। जब त्यस्तो चेतना अझै स्पष्ट बन्दै जान्छ र तेरो आत्मा अझै चलाख बन्दै जान्छ, तब तैँले परिवर्तनहरू हासिल गर्न सक्छस्। भ्रष्ट स्वभावको समाधान गर्नको लागि वास्ता र लगनशीलताको आवश्यकता पर्छ। तैँले निकै बढी ध्यान दिनुपर्छ र आफ्ना अभिप्राय र स्थितिहरूलाई अलिअलि गरी जाँच गर्नुपर्छ। जब तैँले यी कुराहरूलाई निरन्तर जाँच गर्छस्, एक दिन तेरो सामान्यतया बोल्ने शैलीलाई तैँले अचानक पहिचान गर्नेछस्: “यो दुष्टता हो, र यो सामान्य मानवताको अभिव्यक्ति होइन। यो सत्यतासँग मिल्दैन र मैले आफ्नो बोल्ने शैलीलाई परिवर्तन गर्नुपर्छ।” तैँले यो चेतना प्राप्त गरेको दिनदेखि, यो दुष्ट स्वभावको अत्यन्तै भयानक गम्भीरतालाई झन्-झन् स्पष्ट अनुभूति गर्दै जानेछस्। त्यसो भए, त्यसपछि तैँले के गर्नुपर्छ त? तैँले त्यसरी बोल्ने शैलीभित्र लुकेका अभिप्रायहरूलाई निरन्तर जाँच गर्, अनि तेरो अनवरत जाँचबुझको प्रक्रियाद्वारा, तैँले पहिलेभन्दा अझै साँचो रूपमा र सटीक तरिकाले तँसँग यस किसिमको सार र स्वभाव छ भन्ने निर्धारित गर्नेछस्। तैँले सच्चा रूपमा तँमा दुष्ट स्वभाव छ भनेर स्वीकार गर्न सकेको दिन, तैँले बल्ल यसलाई घिनाउन र घृणा गर्न सक्नेछस्। जब कुनै व्यक्ति ऊ असल व्यक्ति हो, उसले सीधा र न्यायसंगत काम गर्छ, उसमा न्यायको बुझाइ छ, ऊ सम्मानजनक र निष्कपट छ भन्ने विश्वास गर्ने अवस्थाबाट उसको प्रकृति सार अहङ्कारी, कठोर, छली, दुष्ट छ, र सत्यताको निम्ति उसँग कुनै प्रेम छैन भन्ने पहिचान गर्ने अवस्थामा पुग्छ भने, तब मात्रै उसले आफ्नो स्थानलाई सही रूपमा पहिचान गर्न, र ऊ वास्तवमा के हो भन्ने कुरा जान्न सक्छ। तिनीहरूसँग त्यस्तो प्रकटीकरण र स्थिति छ भनेर स्वीकार गरेर वा आनन्दित रूपमा पहिचान गरेर मात्रै, तिनीहरूले साँचो प्रकारले आफूलाई घृणा गर्न सक्दैनन्; तिनीहरूसँग यी स्वभाव र सार छन् भन्ने कुरा तिनीहरूले व्यवहारमा पहिचान गरेपछि मात्रै साँचो घृणा प्राप्त गर्न सकिन्छ। …
मानिसहरूले विभिन्न स्वभावले प्रकट गरेका विभिन्न स्थितिहरूलाई पहिचान गर्न थालेपछि मात्रै, तिनीहरूको स्वभावमा परिवर्तन आउन थाल्नेछ। यदि मानिसहरूले यी स्थितिहरूलाई पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरूले तिनलाई आत्मसात् गर्न र तिनलाई आफूमा लागू गर्न सक्दैनन् भने, के तिनीहरूको स्वभावमा परिवर्तन हुन सक्छ त? (सक्दैन।) विभिन्न स्वभावले पैदा गरेका विभिन्न स्थितिहरूलाई पहिचान गरेपछि मात्रै स्वभाव परिवर्तन सुरु हुन्छ। यदि कसैले यसलाई पहिचान गर्न थालेको छैन भने, यदि ऊ वास्तविकताको यो पक्षमा प्रवेश गरेको छैन भने, व्यक्तिको स्वभावमा परिवर्तनहुने प्रश्नै उठ्दैन। त्यसकारण, स्वभावमा परिवर्तन हुने प्रश्नै नउठ्ने भएकोले, बहुसंख्यक मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा के भूमिका खेल्छन् त? तिनीहरूले आफैलाई प्रयत्न गर्नमा लगाउँछन्, काममा आफूलाई व्यस्त पार्छन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्, तर धेरैजसोले परिश्रम गरिरहेका हुन्छन्। कहिलेकहीँ राम्रो मनस्थितिमा तिनीहरूले यसमा अझै बढी प्रयास लगाउँछन्, अनि त्यस्तो राम्रो मनस्थितिमा नहुँदा, तिनीहरूले कम प्रयास लगाउँछन्। त्यसपछि, तिनीहरूले यसको बारेमा विचार गर्छन् र केही हदसम्म पछुताउँछन्, त्यसकारण तिनीहरूले थप ऊर्जा लगाउँछन् र तिनीहरूले आफूले पश्चात्ताप गरिसकेको अनुभूति गर्छन्। वास्तवमा, यो साँचो परिवर्तन होइन; यो साँचो पश्चात्ताप होइन। साँचो पश्चात्ताप तेरो बानीबेहोराबाट सुरु हुन्छ। यदि तेरो बानीबेहोरामा परिवर्तन आएको छ, तैँले आफूलाई त्याग्न र काम-कुरा अबउप्रान्त त्यसरी नगर्न सक्छस्, तेरा कार्यहरू सिद्धान्तहरू अनुरूप देखिन्छन्, र अलि-अलि गर्दै तँ वचन र कार्य दुवैमा सिद्धान्त-केन्द्रित हुन सक्छस् भने, यो स्वभाव परिवर्तनको सुरुवात हो।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तैँले आफैलाई चिनेपछि मात्रै तैँले सत्यताको खोजी गर्न सक्छस्”
तेरो आफ्नो भ्रष्टतालाई पहिचान गर्न तँ जति धेरै सक्षम बन्छस्, यो पहिचान त्यति नै धेरै सही हुन्छ, र तैँले आफ्नो सारलाई जति धेरै जान्न सक्छस्, तैँले मुक्ति पाउने सम्भावना त्यति नै धेरै हुन्छ र तँ मुक्तिको त्यति नै धेरै नजिक पुग्छस्; तँ आफ्ना समस्याहरू पहिचान गर्न जति धेरै असमर्थ हुन्छस्, तैँले आफूलाई जति धेरै असल व्यक्ति, निकै महान् व्यक्ति ठान्छस्, तँ मुक्तिको मार्गबाट त्यति नै धेरै टाढा हुन्छस् र तँ अझै पनि ठूलो खतरामा हुन्छस्। आफूलाई प्रदर्शन गर्दै सारा दिन बिताउने कुनै व्यक्ति—आफ्ना उपलब्धिहरूका बारेमा तडकभडक गर्ने, आफू बोल्न सिपालु, तर्कशील छु भनेर बताउने, आफूले सत्यतालाई बुझेको, आफू सत्यतालाई अभ्यास गर्न र बलिदानहरू गर्न समर्थ भएको बताउने व्यक्ति—त्यो सानो कद भएको व्यक्ति हो। कस्तो प्रकारको व्यक्तिसँग मुक्तिको ठूलो आशा हुन्छ, र ऊ मुक्तिको मार्ग हिँड्न सक्षम हुन्छ? जसले आफ्नो भ्रष्ट स्वभावलाई साँचो रूपमा जानेका हुन्छन्। तिनीहरूको ज्ञान जति प्रगाढ हुन्छ, तिनीहरू मुक्तिको त्यति नै नजिक आउँछन्। तेरो भ्रष्ट स्वभावलाई जान्नु, तँ केही पनि होइनस्, व्यर्थ छस्, तँ शैतानको मूर्त रूप होस् भनेर जान्नु—जब तैँले आफ्नो सारलाई साँचो रूपमा जानेको हुन्छस्, यो गम्भीर समस्या होइन। यो असल कुरा हो, खराब कुरा होइन। के आफूलाई जति धेरै चिन्छन् त्यति नै बढी नकारात्मक बनेर यस्तो विचार गर्ने कुनै व्यक्ति छ: “सब खतम भयो, ममाथि परमेश्वरको न्याय र सजाय आइपरेको छ, यो दण्ड र प्रतिकार हो, परमेश्वरले मलाई चाहनुहुन्न र मसँग मुक्तिको कुनै आशा छैन”? के यी मानिसहरूमा त्यस्ता भ्रम हुनेछन्? वास्तवमा, मानिसहरूले तिनीहरू जति आशाविहीन छन् भनेर पहिचान गर्छन्, तिनीहरूको लागि त्यति नै ठूलो आशा हुन्छ; तिनीहरू नकरात्मक हुनु हुँदैन र तिनीहरूले हरेस खानु हुँदैन। आफैलाई चिन्नु असल कुरा हो—यो मुक्ति पाउनको लागि हिँड्नैपर्ने मार्ग हो। यदि तेरो भ्रष्ट स्वभाव र विविध तरिकाले परमेश्वरप्रतिको विरोधमा रहेको तेरो सारको बारेमा तँलाई संवेदनशील छैनस् भने, र तँसँग अहिलेसम्म परिवर्तनको कुनै योजना छैन भने, तँ समस्यामा छस्; त्यस्ता मानिसहरू पहिले नै चेतनाशून्य बनिसकेका हुन्छन्, तिनीहरू मृतकहरू हुन्। के मृतकहरूलाई जीवनमा फर्काएर ल्याउन सकिन्छ त? तिनीहरू पहिले नै मरिसकेका हुन्छन्—तिनीहरूलाई जीवनमा फर्काएर ल्याउन सकिँदैन।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तैँले आफैलाई चिनेपछि मात्रै तैँले सत्यताको खोजी गर्न सक्छस्”
जीवनको खोजी गर्नेहरूमध्ये, पावल त्यो व्यक्ति थिए जसलाई आफ्नै सार थाहा थिएन। तिनी कुनै पनि हालतमा नम्र वा आज्ञाकारी थिएनन्, न त तिनलाई परमेश्वरको विरोधमा रहेको उसको सारबारे नै थाहा थियो। त्यसकारण तिनी विस्तृत अनुभवहरूबाट गुज्रेर नगएका व्यक्ति, र सत्यतालाई अभ्यास नगरेकाव्यक्ति थिए। पत्रुस फरक थिए। तिनलाई आफ्ना असिद्धताहरू, कमजोरीहरू, र परमेश्वरको सृष्टिको रूपमा रहेको आफ्नो भ्रष्ट स्वभावको बारेमा थाहा थियो, र त्यसकारण उनमा आफ्नो स्वभाव परिवर्तन गर्नको लागि अभ्यासको मार्ग थियो; तिनी धर्मसिद्धान्त मात्रै भएका तर कुनै वास्तविकता नभएकाहरूमध्ये एक थिएनन्। परिवर्तन हुनेहरू मुक्ति पाएका नयाँ मानिसहरू हुन्, तिनीहरू सत्यताको खोजी गर्नको लागि सुयोग्य मानिसहरू हुन्। परिवर्तन नहुने मानिसहरू स्वभाविकरूपमै थोत्रा मानिसहरू हुन्; तिनीहरू मुक्ति नपाएका, अर्थात् परमेश्वरले तिरस्कार र इन्कार गर्नुहुने मानिसहरू हुन्। तिनीहरूको काम जति नै ठूलो भए तापनि तिनीहरूलाई परमेश्वरले स्मरण गर्नुहुनेछैन। जब तँ यसलाई तेरो आफ्नै खोजीसँग तुलना गर्छस्, तब तँ आखिरमा पत्रुसजस्तो व्यक्ति हो कि पावलजस्तो व्यक्ति होस् त्यो आफै स्पष्ट हुन्छ। तैँले जे खोजी गर्छस् त्यसमा अझै कुनै सत्यता छैन भने, र आज समेत तँ पावलजस्तै अहङ्कारी र अटेरी छस्, र तिनीजस्तै अझै पनि गफ हाँक्ने र घमण्डी छस् भने, तँ असफल हुने अपभ्रष्ट व्यक्ति होस् भन्नेमा कुनै शङ्का छैन। यदि तँ पत्रुसले खोजी गरेकै कुरा खोज्छस्, यदि तँ अभ्यासहरू र साँचो परिवर्तनहरूको खोजी गर्छस्, अनि तँ अहङ्कारी वा मनोमानी गर्ने छैनस्, तर तैँले आफ्नो कर्तव्य पूरा गर्छस् भने, तँ परमेश्वरको विजय हासिल गर्न सक्ने सृष्टि बन्नेछस्। उसको आफ्नो सार वा भ्रष्टताको बारेमा पावललाई थाहा थिएन, तिनलाई आफ्नै अनाज्ञाकारीताको बारेमा थाहा हुने कुरा त परै जाओस्। ख्रीष्टप्रतिको तिनको घृणित अनाज्ञाकारितालाई तिनले कहिल्यै उल्लेख गरेनन्, न त तिनी अत्यन्तै अपसोसी नै थिए। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र, आफ्नो हृदयको अन्तस्करणमा, तिनी परमेश्वरमा पूर्ण रूपमा समर्पित भएनन्। तिनी दमस्कसको बाटोमा लडेको भए तापनि, तिनले आफैभित्रको गहिराइमा हेरेनन्। तिनी निरन्तर काम गरिरहनमा नै सन्तुष्ट थिए, र तिनले आफैलाई चिन्नु र आफ्नो पुरानो स्वभावलाई परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण समस्याको रूपमा लिएनन्। तिनी सत्यता बोल्नुमा, उसको आफ्नो विवेकको मलमको रूपमा अरूको लागि जुटाउनुमा, र आफ्नो विगतको पापहरूको लागि आफैलाई सान्त्वना दिन र आफैलाई क्षमा दिन येशूका चेलाहरूलाई त्यस उप्रान्त नसताउनुमामात्रै सन्तुष्ट थिए। तिनले पछ्याएको उद्देश्य भविष्यको मुकुट र परिवर्तनात्मक कार्यभन्दा बढी केही पनि थिएन, उनले पछ्याएको उद्देश्य प्रशस्त अनुग्रह थियो। तिनले पर्याप्त सत्यतालाई खोजी गरेनन्, न त तिनी पहिले तिनले नबुझेको सत्यतामा अझै गहन रूपमा अघि बढ्न नै खोजे? त्यसकारण आफ्नो बारेमा रहेको तिनको ज्ञानलाई झूट भनेर भन्न सकिन्छ, र तिनले सजाय वा न्यायलाई स्वीकार गरेनन्। तिनले काम गर्न सके भन्दैमा तिनलाई आफ्नो प्रकृति वा सारको ज्ञान थियो भन्ने होइन; तिनको ध्यान भनेको बाहिरी अभ्यासहरूमा मात्रै केन्द्रित थियो। यसको साथै, तिनी जेको लागि मरिमेट्थे त्यो परिवर्तन होइन, तर ज्ञान थियो। तिनको काम पूर्ण रूपमा दमस्कसको बाटोमा येशू देखा पर्नुभएको घटनाको परिणाम थियो। यो तिनले मूल रूपमा गर्ने भनी अठोट गरेको कुरा थिएन, न त उसको पुरानो स्वभावलाई काट-छाँट गर्ने कार्यलाई तिनले स्वीकार गरिसकेपछि गरिएको कार्य नै थियो। तिनले जसरी काम गरेको भए तापनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, र त्यसकारण तिनको कार्यले तिनलाई तिनको पापहरूबाट प्रायश्चित गरेन तर त्यो समयका निश्चित मण्डलीहरूका बीचमा निश्चित भूमिका मात्रै निर्वाह गर्यो। यस्तो कुनै व्यक्ति, जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्नुको अर्थ, तिनले मुक्ति प्राप्त गरेनन्, र तिनमा सत्यताको अझै कमी थियो—तिनी प्रभु येशूले स्वीकार गरेकाहरूमध्ये एक बन्न सक्दैन थिए।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।