व्यक्तिले कसरी साँचो आत्मज्ञान हासिल गर्न सक्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानिसहरूलाई आफूले आफैलाई चिन्‍न लगाउनको लागि, परमेश्‍वरले विभिन्‍न विधिहरूको प्रयोग गर्नुहुन्छ। उहाँले मानिसहरूलाई अनुभवद्वारा क्रमिक रूपमा आफूलाई चिन्‍ने तुल्याउनुहुन्छ। उहाँले वचनहरूमा वा यथार्थमा परीक्षाहरू, न्याय वा सजायमध्ये जुनसुकै प्रयोग गर्नुभए पनि, परमेश्‍वरले मानिसहरूलाई निरन्तर रूपमा अनुभव गराउनुहुन्छ, अर्थात् परमेश्‍वरका वचनहरूको न्याय, सजाय र अनुशासनको अनुभव गर्न, र परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र ज्योति अनुभव गर्न दिनुहुन्छ। यसको साथै, उहाँले मानिसहरूलाई तिनीहरूका आफ्‍नै भ्रष्टता, विद्रोहीपन, र प्रकृति पहिचान गर्न लगाउनुहुन्छ। त्यसो भए, यसो गर्नुको पछाडि परमेश्‍वरको अन्तिम उद्देश्य के हो त? उहाँको उद्देश्य परमेश्‍वरको कार्य अनुभव गर्ने हरेक व्यक्तिलाई मानिस के हो भनी चिनाउनु हो। “मानिस के हो” भन्‍ने वाक्यांशले केलाई समावेश गर्छ? यसमा मानिसहरूलाई आफ्नो पहिचान, हैसियत, कर्तव्य, र जिम्‍मेवारी पहिचान गर्न लगाउने कार्य समावेश हुन्छ। यो तँलाई मानिस को हो र तँ आफै को होस् भनी चिनाउनको लागि हो। मानिसहरूलाई आफूले आफैलाई चिन्‍न लगाउनुको पछाडिको परमेश्‍वरको अन्तिम उद्देश्य यही हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वर स्वयम् अद्वितीय ३”

प्रकृतिमा परिवर्तन हासिल गर्ने मुख्य कुञ्जी भनेको आफ्नै प्रकृतिलाई जान्नु हो, र यो परमेश्‍वरबाट आउने प्रकाशहरू अनुरूप हुनुपर्दछ। परमेश्‍वरको वचनमा मात्र व्यक्तिले उसको आफ्नो घिनलाग्दो प्रकृतिलाई जान्न सक्छ, आफ्नै प्रकृतिमा रहेको शैतानका विभिन्न विषहरू पहिचान गर्नसक्छ, आफू मूर्ख र अज्ञानी छ भनी थाहा पाउनसक्छ, र आफ्नो प्रकृतिमा रहेका कमजोर र नकारात्मक तत्वहरूलाई चिन्न सक्छ। यी कुराहरू पूर्ण रूपमा जानेपछि, र तैँले आफैलाई साँचो रूपमा घृणा गर्न र शरीरलाई त्याग्न सकेपछि, निरन्तर परमेश्‍वरको वचन पूरा गरेपछि, र पवित्र आत्मा र परमेश्‍वरको वचनमा पूर्ण रूपमा समर्पित हुने इच्छा गरेपछि मात्र तँ पत्रुसको बाटोमा हिँड्न थालेको हुनेछस्। परमेश्‍वरको अनुग्रहविना र पवित्र आत्माको ज्ञान र निर्देशनविना यस मार्गमा हिँड्न गाह्रो हुन्छ, किनकि मानिसहरूसँग सत्यता छैन र तिनीहरूले आफैलाई धोका दिन सक्दैनन्। पत्रुसको सिद्धताको बाटो हिँड्ने कार्य मुख्य रूपमा दृढ संकल्‍प लिने, विश्‍वास गर्ने र परमेश्‍वरमा भरोसा राख्ने कुरामा निर्भर हुन्छ। यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनुपर्छ; सबै कुरामा, व्यक्तिले परमेश्‍वरको वचनविना केही पनि गर्न सक्दैन। मुख्य पक्षहरू यिनै हुन्, जसमध्ये कुनै पनि कुरालाई उल्लङ्घन गर्न सकिँदैन। अनुभवद्वारा आफैलाई चिन्‍नु धेरै कठिन छ; पवित्र आत्माको कामविना, यसमा प्रवेश गर्न धेरै गाह्रो छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफैलाई चिन्‍नु भनेको मुख्य रूपले मानव प्रकृतिबारे जान्नु हो”

आफैलाई चिन्नका निम्ति, तैँले तेरा आफ्‍नै भ्रष्टताका अभिव्यक्तिहरू, तेरा आफ्नै महत्त्वपूर्ण कमजोरीहरू, तेरो स्वभाव, र तेरो प्रकृतिको सारलाई जान्नुपर्छ। तैँले तेरो दैनिक जीवनमा प्रकट हुने कुराहरू—तेरा अभिप्रायहरू, तेरा दृष्टिकोणहरू, र प्रत्येक थोकको बारेमा तेरो आचरण—तिमी घरमा भए पनि बाहिर भए पनि, तँ जब भेला हुन्छस्, जब तैँले परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै गरिरहेको हुन्छस्, वा तैँले सामना गर्ने प्रत्येक कुराको बारेमा एक-एक गरी तँलाई सम्पूर्ण रूपमा थाहा हुनुपर्छ। यी कुराहरूद्वारा तैँले आफैलाई चिन्नुपर्छ। आफैलाई गहिरो रूपमा चिन्‍नका निम्ति तैँले परमेश्‍वरका वचनहरू लागू गर्नुपर्छ; उहाँका वचनहरूको आधारमा आफैलाई चिनेर मात्र तैँले परिणामहरू प्राप्त गर्न सक्छस्। परमेश्‍वरका वचनहरूको न्याय स्वीकार गर्दा हामी दु:ख-कष्टसँग डराउनु हुँदैन, न त हामी पीडादेखि नै डराउनु हुन्छ, र परमेश्‍वरका वचनहरूले हाम्रा हृदयहरू छेड्छ भनी डराउने कुरा त परै जाओस्। परमेश्‍वरले हामीलाई कसरी न्याय गर्नुहुन्छ र कसरी सजाय दिनुहुन्छ, र हाम्रा भ्रष्ट सारहरूलाई कसरी प्रकट गर्नुहुन्छ भन्ने विषयमा हामीले उहाँका वाणीहरू धेरै पढ्नुपर्छ। हामीले ती पढ्नैपर्छ, हामीले आफैलाई तिनको स्तरमा राख्नुपर्छ। अरूलाई तीसँग तुलना नगर्—हामीले आफैलाई ती वाणीहरूसँग तुलना गर्नुपर्छ। हामीलाई ती कुराहरूको एउटै पनि कमी छैन; हामी सबै ती समान हुन सक्छौं। यदि तँ यसमा विश्‍वास गर्दैनस् भने, गएर आफै अनुभव गर्। परमेश्‍वरका वचनहरू पढिसकेपछि, कतिपय मानिसहरूले तिनलाई आफैमा प्रयोग गर्न सक्दैनन्; उनीहरू यी वचनहरूका केही भागहरू उनीहरूको बारेमा होइनन्, तर ती अरू मानिसहरूको बारेमा हुन् भनी सोच्छन्। उदाहरणको लागि, जब परमेश्‍वरले मानिसहरूलाई चरित्रहीन स्त्री र वेश्याको रूपमा प्रकट गर्नुहुन्छ, केही दिदी-बहिनीहरूले तिनीहरू आफू आफ्ना पतिप्रति विश्‍वासयोग्य भएका कारण त्यस्ता वचनहरू उनीहरूका बारेमा भनिएको होइन भनी विचार गर्छन्; केही दिदी-बहिनीहरू उनीहरू अविवाहित भएकाले र कहिल्यै यौन-सम्पर्क नगरेकोले त्यस्ता वचनहरू उनीहरूका निम्ति पनि होइनन् भनी सोच्छन्। केही दाजुभाइहरू यी वचनहरू केवल महिलालाई मात्र भनिएका हुन्, र उनीहरूसँग तिनको कुनै सम्बन्ध छैन भनी विचार गर्छन्; कतिपय मानिसहरू परमेश्‍वरका त्यस्ता वचनहरू सुन्नमा अप्रिय छन् भन्‍ने विश्‍वास गर्छन्, र तिनलाई स्वीकार गर्न मान्दैनन्। त्यस्ता मानिसहरू पनि छन् जसले कतिपय अवस्थामा परमेश्‍वरका वचनहरू गलत हुन्छन् भनी भन्छन्। के यो परमेश्‍वरका वचनहरूप्रति हुनुपर्ने सही दृष्टिकोण हो? मानिसहरूले परमेश्‍वरका वचनहरूको आधारमा आफ्नै बारेमा चिन्तन गर्न सक्दैनन्। यहाँ, “चरित्रहीन स्त्रीहरू” र “वेश्याहरू” ले मानिसहरूको व्यभिचारको भ्रष्टतालाई दर्साउँछ। चाहे पुरुष होस् वा स्त्री, विवाहित होस् वा अविवाहित सबै जनामा व्यभिचारको भ्रष्टता हुन्छ—यसैले तँसँग यसको कुनै सम्बन्ध कसरी नहुन सक्छ? परमेश्‍वरका वचनहरूले मानिसहरूको भ्रष्ट स्वभावलाई प्रकट गर्दछ; चाहे पुरुष होस् वा महिला, भ्रष्टताको स्तर एकसमान छ। के यो तथ्य होइन? कुनै पनि कार्य गर्नुभन्दा पहिले, हामीले के बुझ्नुपर्छ भने परमेश्‍वरले बोल्नुभएका सबै वचनहरूलाई हामीले स्वीकार गर्नैपर्छ, चाहे ती वाणीहरू सुन्नमा प्रिय लागोस् वा नलागोस्, चाहे तिनले हामीलाई तीतो अनुभव गराओस् वा मीठो अनुभव गराओस्। परमेश्‍वरका वचनहरूप्रति हाम्रो आचरण यस्तै हुनुपर्छ। यो कस्तो किसिमको आचरण हो? के यो भक्तिपूर्ण आचरण, धैर्यताको आचरण, दुःखलाई अङ्गाल्ने आचरण हो? म तिमीहरूलाई भन्छु, कि यो यीमध्ये कुनै पनि होइन। हाम्रो विश्‍वासमा, हामीले परमेश्‍वरका वचनहरू सत्य छन् भनी दृढ विश्‍वास गर्नुपर्छ। ती वास्तवमै सत्य छन्, त्यसैले हामीले तिनलाई बुद्धिमानीसाथ स्वीकार गर्नुपर्छ। चाहे हामी परमेश्‍वरको वचनलाई पहिचान गर्न वा स्वीकार गर्न सकौं वा नसकौं, त्यसप्रति हाम्रो पहिलो दृष्टिकोण भनेको त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने हुनुपर्छ। परमेश्‍वरका वचनहरूको प्रत्येक पङ्‌क्ति एक खास अवस्थासँग सम्बन्धित हुन्छ। अर्थात्, उहाँको वाणीहरूको कुनै पङ्‌क्ति बाहिरी स्वरूपसँग सम्बन्धित हुँदैनन्, बाहिरका नियमहरूसँग वा मानिसहरूका व्यवहारको साधारण तरिकासँग सम्बन्धित हुने कुरा त परै जाओस्। ती भनाइहरू त्यस्ता हुँदैनन्। यदि तँ परमेश्‍वरले बोल्नुभएको प्रत्येक पङ्क्तिलाई सामान्य प्रकारको मानवीय व्यवहार वा बाहिरी स्वरूपको रूपमा हेर्छस् भने, तँसँग कुनै आत्मिक बुझाइ छैन र तैँले सत्यता के हो भन्‍ने बझ्दैनस्। परमेश्‍वरका वचनहरू गहन छन्। ती कसरी गहन छन्? परमेश्‍वर भन्नुहुने सबै कुरा, उहाँले प्रकट गर्नुहुने सबै कुरा, सबै मानिसका भ्रष्ट स्वभावहरू, र तिनीहरूको जीवनका सारगत कुराहरू अनि जरा गाडेर बसेका कुराहरू हुन्। ती सारगत कुराहरू हुन्, बाहिरी स्वरूपहरू होइनन्, र निश्‍चित रूपमा बाहिरी व्यवहार होइनन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यलाई पछ्याउनुको महत्त्व र त्यसलाई पछ्याउने मार्ग”

परमेश्‍वरका वचनहरू पढ्दा, पत्रुसले धर्मसिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले ईश्‍वरशास्त्रीय ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्; बरु, तिनले सत्यताको बोध गर्न र परमेश्‍वरको इच्छा बुझ्न, साथसाथै उहाँको स्वभाव र उहाँको प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्‍वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथसाथै मानिसको भ्रष्ट प्रकृति र वास्तविक कमजोरी बुझ्न पनि प्रयास गरे र यसरी तिनले उहाँलाई सन्तुष्ट पार्न मानिसको लागि परमेश्‍वरका आवश्यक मापदण्डहरूका सबै पक्षहरू पूरा गरे। पत्रुससँग परमेश्‍वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए; यो कुरा परमेश्‍वरका इच्छा अनुरूपको थियो र व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्ने सर्वोत्तम शैली यही नै थियो। परमेश्‍वरबाट सयौं परीक्षाहरू सामना गर्दा पत्रुसले आफूलाई परमेश्‍वरले गर्नुहुने मानिसको न्यायका हरेक वचनहरू, मानिसको बारेमा परमेश्‍वरको गर्नुभएको प्रकाशका हरेक वचन, अनि मानिसले पूरा गर्नुपर्ने उहाँका मागहरूका हरेक वचनसँग कठोर रूपले दाँजेर जाँच गरे र ती वचनहरूको अर्थ बोध गर्न लागिपरे। येशूले भन्नुभएका हरेक वचनहरूलाई इमान्दारीपूर्वक चिन्तन गर्ने र याद गर्ने प्रयास तिनले गरे, र राम्रो नतिजा हासिले गरे। यस शैलीको अभ्यासद्वारा तिनले परमेश्‍वरका वचनहरूबाट आफ्नै बारेमा बुझाइ हासिल गर्न सके, र तिनले मानिसका विविध भ्रष्ट अवस्थाहरूको बुझाइ मात्र होइन, बरु तिनले त मानिसको सार, प्रकृति र विविध कमजोरीहरूको बारेमा समेत बुझे। आफूलाई साँचो रूपमा बुझ्नु भनेकै यही हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”

जब मानिसको प्रकृतिको बारेमा जान्ने कुरा आउँछ, तब सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई संसारलाई हेर्ने मानिसको दृष्टिकोण, जीवन सम्‍बन्धी दृष्टिकोण र मूल्य-मान्यताहरूको दृष्टिकोणबाट हेर्नु हो। जो व्यक्तिहरू दियाबलसका हुन् तिनीहरू सबै आफ्नो लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्‍बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” दियाबलस राजाहरू, महान व्यक्तिहरू र धर्तीका दार्शनिकहरूले बोलेका शब्दहरू मानिसको जीवन नै बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूद्वारा “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूका बारम्बार उद्धृत गरिने चिरपरिचित भनाइहरू पनि छन्; ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका रूपरेखाहरू हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्; तिनीहरूको सानो अंश पनि परमेश्‍वरबाट आएको होइन्। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्‍वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूको वास्तविकताहरू परमेश्‍वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा जीवन सम्‍बन्धी उसको दृष्टि अनि उसका मूल्य-मान्यताहरूबाट देख्न सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। समाजमा दशकौंदेखि सक्रिय कुनै व्यक्तिलाई यो प्रश्न सोधेको कल्पना गरौं: “तपाईं यो संसारमा यति लामो समय जिउनुभएको छ र यति धेरै उपलब्धि हासिल गर्नुभएको छ, त्यसकारण तपाईं जुन उक्तिहरूद्वारा जिउनुहुन्छ ती प्रसिद्ध उक्तिहरू के-के हुन्?” उसले भन्न सक्छ, “एउटा सबैभन्दा महत्वपूर्ण चाहिँ ‘अधिकारीहरूले उपहार दिनेलाई कठिनाइहरूमा पार्दैनन्, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्‍ने हो।” के यी शब्दहरूले त्यो व्यक्तिको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु त्यो व्यक्तिको प्रकृति बनेको छ, र अधिकारी बन्ने कुराले नै उसलाई जीवन प्रदान गर्छ। मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्; तिनीहरूमा सत्यता लगभग हुँदैन। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानबाट आएका कुराहरू हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिक्रियावादी छ अनि शैतानका दर्शनहरूले भरिपूर्ण छ र ती दर्शनहरूमा डुबेको छ भन्‍ने देख्‍न सकिन्छ—यो यसको पूर्णतामा यस्तो प्रकृति हो जसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्। यदि मानिसको प्रकृतिलाई यसरी चिरफार गर्ने हो भने उसले आफूलाई सजिलै चिन्‍नसक्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”

मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले दुष्कर्म गर्ने केही व्यक्तिहरूलाई किन तिनीहरूले त्यस्तो व्यवहार गरेको भनेर सोध्छस् भने तिनीहरूले जबाफ दिनेछन्, “किनभने यो अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। तिनीहरूले यो वा त्यो उद्देश्यको लागि काम-कुराहरू गर्दछन् तर तिनीहरूले यो कार्य केवल आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। हरेक व्यक्तिले सोच्छ कि हरेक मान्छे केवल ऊ आफ्नै लागि हो, बाँकी त सब दियाबलसका हुन्, त्यसैले मानिसहरू आफ्नै लागि बाँच्नुपर्छ र तिनीहरूले खाना र वस्त्रको लगि राम्रो ओहदा सुरक्षित गर्न आफ्नो सामर्थ्यमा भएका सबै कुराहरू गर्नुपर्छ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन र दर्शन यही हो र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ। शैतानले गर्ने सबै कुरा आफ्नो लागि हो। यसले परमेश्‍वरलाई उछिन्न, उहाँबाट स्वतन्त्र हुन, र आफैले शक्ति प्रयोग गर्न, अनि परमेश्‍वरका सबै सृष्टिहरूलाई काबूमा राख्न चाहन्छ। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, धेरै मानिसहरूका आदर्श वाक्यहरूले तिनीहरूको प्रकृतिलाई प्रतिनिधित्व र प्रतिबिम्बित गर्छन्। मानिसहरूले जति नै आफूलाई बाहिरी भेषमा लुकाउन खोजे पनि, तिनीहरूले गर्ने सबै कुराहरूमा र तिनीहरूले भन्ने सबै कुराहरूमा तिनीहरूले तिनीहरू जे हुन् सो कुरालाई लुकाउन सक्दैनन्। केही व्यक्तिहरू छन् जो कहिल्यै पनि सत्यता बोल्दैनन् र बहाना बनाउन खप्पिस हुन्छन्, तर अन्य व्यक्तिहरूले केही समयसम्‍म तिनीहरूसँग अन्तरक्रिया गर्नेबित्तिकै तिनीहरूको छली प्रकृति र पूर्ण बेइमान पत्ता लाग्छन्। अन्त्यमा, अरूले निम्न निष्कर्षहरू निकाल्छन्: त्यस व्यक्तिले कहिल्यै पनि सत्य बोल्दैन र ऊ छली हो। यो भनाइले त्यस्तो व्यक्तिको प्रकृतिको सत्यतालाई प्रतिनिधित्व गर्छ; यो तिनीहरूको प्रकृतिको सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको जीवनको दर्शन भनेको कसैलाई सत्य नभन्नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा यस प्रकारका धेरै दर्शनहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई पनि त्यसको बारेमा थाहा नहुन सक्छ, र तैँले यसलाई बुझ्दैनस्; तैपनि तेरो जीवनको हरेक क्षण त्यसैमा आधारित हुन्छ। अझ भन्ने हो भने, तैँले यो दर्शन निकै सही र मनासिब छ र यो गलत छँदै छैन भन्‍ने ठान्छस्। शैतानको दर्शन मानिसहरूको प्रकृति बनेको छ, र तिनीहरू यही दर्शन अनुरूप, यस विरुद्ध अलिकति पनि विद्रोह नगरिकनै बाँचिरहेका छन् भन्ने देखाउन यो कुरा नै काफी छ। त्यसकारण, तिनीहरूले निरन्तर रूपमा आफ्‍नो शैतानी प्रकृति प्रकट गरिरहेका छन्, र सबै पक्षमा तिनीहरू निरन्तर रूपमा शैतानको दर्शन अनुरूप बाँचिरहेका छन्। शैतानको प्रकृति मानवजातिको जीवन बनेको छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”

तैँले मानव प्रकृतिलाई कसरी बुझ्छस्? तेरो प्रकृतिलाई बुझ्नु भनेको वास्तवमा तेरो प्राणको गहिराइको विश्लेषण गर्नु हो; यो तेरो जीवनमा जे छ त्यससँग सम्‍बन्धित हुन्छ। तँ शैतानको तर्क र शैतानको दृष्टिकोणअनुसार जिउँदै आइरहेको छस्; अर्थात्, तँ शैतानको जीवन अनुसार जिउँदै आएको छस्। तेरो प्राणको गहिराइका भागहरूलाई पत्ता लगाएर मात्र तैँले आफ्नो प्रकृतिलाई बुझ्न सक्छस्। यी कुराहरूलाई कसरी पत्ता लाउन सकिन्छ? एउटा वा दुई वटा घटनाद्वारा मात्र ती कुराहरूलाई पत्ता लाउन वा विश्लेषण गर्न सकिँदैन; धेरै चोटि, तैँले केही कार्य गरिसकेपछि, तैँले अझै पनि बुझेको हुँदैनस्। सानो समझशक्ति र बुझाइ पाउनका निम्ति तँलाई तीनदेखि पाँच वर्षसम्म लाग्न सक्छ। धेरै परिस्थितिमा, तैँले आत्म-चिन्तन गर्नुपर्छ अनि आफैलाई चिन्नुपर्छ, र जब तैँले गहिराइमा जाने अभ्यास गर्छस् तब तैँले परिणामहरू देख्नेछस्। जब सत्यसम्बन्धी तेरो ज्ञान झन्-झन् बढ्दै र झन्-झन् गहिरो हुँदैजान्छ, तब तैँले आत्म-चिन्तन र आत्म-ज्ञानद्वारा आफ्नो प्रकृतिको सारलाई बिस्तारै जान्न थाल्‍नेछस्। तेरो प्रकृतिलाई जान्नका लागि तैँले केही कुराहरू सम्पन्न गर्नुपर्छ। पहिलो, तँलाई के मन पर्छ त्यसबारे तँमा स्पष्ट बुझाइ हुनुपर्छ। यसले तँलाई के खान वा लगाउन मन पर्छ त्यसलाई बुझाउँदैन; बरु, यसको अर्थ तैँले आनन्द लिने किसिमका कुराहरू हुन्, तैँले ईर्ष्या गर्ने, तैँले आराधना गर्ने, तैँले खोजी गर्ने, र तैँले आफ्नो हृदयमा ध्यान दिने कुराहरू, तँलाई सम्पर्कमा रहन मन लाग्ने मानिसहरू, तँलाई गर्न मन लाग्ने कुराहरू, र तैँले आफ्नो हृदयमा पुजेर राखेका व्यक्तिहरू हुन्। उदाहरणको लागि, धेरैजसो मानिसहरूले ठूलो पदमा बसेका, बोली र व्यवहारमा उत्कृष्ट रहेका, वा मीठो बोलेर चापलुसी गर्ने वा अभिनय गर्दै बोल्ने मानिसहरूलाई मन पराउँछन्। माथि भनिएका व्यक्तिहरू तिनीहरूले कुराकानी गर्न मन पराउने मानिसहरू हुन्। मानिसहरूलाई मनपर्ने कार्यहरूको कुरा गर्दा, तिनमा गर्न सहज हुने कुराहरू गर्न इच्‍छुक हुनु, अरूले असल ठानेका र मानिसहरूले प्रशंसा गर्ने र शुभेच्छाहरू दिने कार्यहरू गर्न मन पराउनु जस्ता कार्य पर्छन्। मानिसहरूको प्रकृतिहरूमा, तिनीहरूले मन पराउने थोकहरूको एउटा सामान्य विशेषता हुन्छ। अर्थात्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण अरूले ईर्ष्या गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र कुराहरू मन पराउँछन्, जुन सुन्दर अनि विलासपूर्ण देखिन्छन्, र तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण मानिसहरूले तिनीहरूको आराधना गर्छन्। मानिसहरूले अति नै मन पराउने यी कुराहरू निकै राम्रा, अचम्मका, आकर्षक र भव्य हुन्छन्। सबै मानिसहरूले यी थोकहरूको पूजा गर्छन्। यो देख्न सकिन्छ कि मानिसहरूमा कुनै पनि सत्यता छैन, न त तिनीहरूसँग मानिसको साँचो स्वरूप नै छ। यी थोकहरूको आराधना गर्नुको अलिकति पनि महत्त्व छैन, तरै पनि मानिसहरूले ती मन पराउँछन्। मानिसहरूले मन पराउने यी कुराहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरूलाई विशेष गरी राम्रो लाग्छ, र उनीहरू नै ती कुराहरूको पछि लाग्न विशेष गरी इच्छुक हुन्छन्। … ती कुराहरूको चाहना गर्नु भनेको सांसारिक मानिसहरूसँग हिलोमा लडीबडी गर्नु हो। परमेश्‍वरले यो कुरालाई घिनाउनुहुन्छ। यसमा सत्यताको अभाव हुन्छ, यसमा मानवताको कमी हुन्छ, र यो शैतानी कुरा हो। व्यक्तिका रुचिहरूभित्रबाट उनीहरूको प्रकृति खोजेर निकाल्नु भनेको यही नै हो। मानिसहरूका रुचिहरू उनीहरूले लगाउने पोसाकमा देख्न सकिन्छ: केही मानिसहरू अरूको ध्यान खिँच्ने, रङ्गीचङ्गी वा अनौठा पोसाकहरू लगाउन इच्छुक हुन्छन्। उनीहरू यस्ता सरसामानहरू बोक्छन् जुन पहिले कसैले पनि बोकेको हुँदैन, र तिनीहरू विपरीत लिङ्गलाई आकर्षित गर्ने चीजहरू मन पराउँछन्। उनीहरूले लगाउने यी पोसाकहरू र सरसामानहरूले उनीहरूले आफ्नो जीवनमा र उनीहरूको हृदयको गहिराइमा यी चीजहरूमा रुचि राख्छन् भन्ने देखाउँछ। उनीहरूले मन पराउने चीजहरू मर्यादित वा भद्र हुँदैनन्। ती सच्‍चा व्यक्तिलाई सुहाउने चीजहरू होइनन्। तिनीहरूले ती मन पराउनुमा अधर्म लुकेको हुन्छ। तिनीहरूका दृष्टिकोण ठ्याक्‍कै सांसारिक मानिसहरूको जस्तै हुन्छ। तिनीहरूमा अलिकति पनि सत्यता देख्‍न सकिँदैन। तँलाई जे मनपर्दछ, तँ जुन कुरामा ध्यान दिन्छस्, तैँले जे कुराको आराधना गर्छस्, तैँले जुन कुराको ईर्ष्या गर्छस्, र तैँले प्रत्येक दिन आफ्नो हृदयमा जे सोच्छस् ती सबै तेरो प्रकृतिलाई प्रतिनिधित्व गर्ने कुराहरू हुन्। तेरो प्रकृतिले अधर्मलाई मन पराउँछ, र गम्भीर अवस्थाहरूमा, तेरो प्रकृति दुष्ट र सुधार गर्न नसकिने छ भनी प्रमाणित गर्न यो पर्याप्त छ। तैँले यस तरिकाले आफ्नो स्वभावको विश्लेषण गर्नुपर्दछ; अर्थात्, तँलाई धेरै मन पर्ने कुरा के हो र तैँले आफ्नो जीवनमा के कुरालाई त्याग्छस् त्यसलाई जाँच गर्। तँ केही समयको लागि कसैको निम्ति असल हुन सक्छस्, तर त्यसले तैँले तिनीहरूलाई धेरै मन पराउँछस् भनी प्रमाणित गर्दैन। तँलाई साँच्चिकै जे मन पर्छ तेरो प्रकृतिमा ठीक त्यही नै हुन्छ; यदि तेरा हड्डीहरू भाँचिए पनि, तँ अझै पनि त्यही कुरामा रमाउनेछस् र तैँले त्यसलाई कहिल्यै पनि छोड्न सक्नेछैनस्। यसलाई परिवर्तन गर्न सजिलो छैन। उदाहरणको लागि, जीवनसाथी खोज्ने कुरालाई लिऊँ। यदि एउटी महिला कसैसँग साँच्चिकै प्रेममा फसेकी छिन् भने, कसैले पनि उनलाई रोक्न सक्दैन। यदि उसका खुट्टाहरू भाँचिदिए पनि, उनी अझै पनि त्यो व्यक्तिको साथमा हुन चाहन्छिन्; यदि मर्नै परे पनि उनी त्यो व्यक्तिसँग बिहे गर्न चाहन्छिन्। यो कसरी हुन सक्छ? किनकि मानिसहरूको हृदयभित्र जे हुन्छ त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यदि व्यक्ति मऱ्यो भने पनि उसको प्राणले अझै पनि तिनै थोकहरूलाई मन पराउँछ; यी मानवीय प्रकृतिका कुराहरू हुन्, र तिनले व्यक्तिको सारलाई प्रतिनिधित्व गर्छन्। मानिसहरू जुन कुराहरू मन पराउँछन् तिनमा केही अधर्महरू हुन्छन्। कतिपय व्यक्तिहरू ती कुराहरूप्रतिको उनीहरूका सोखको बारेमा स्पष्ट हुन्छन्, कोही हुँदैनन्; कसै-कसैले ती कुराहरूको ठूलो चाहना गर्छन् भने अरूले गर्दैनन्; कतिपय मानिसहरूमा संयमता हुन्छ भने, अरूले आफैलाई नियन्त्रण गर्न सक्दैन। कतिपय मानिसहरू अन्धकारमा डुब्ने सम्‍भावना हुन्छ, जसले उनीहरूमा रत्तीभर पनि जीवन छैन भन्‍ने प्रमाणित गर्दछ। यदि मानिसहरू ती थोकहरूमा व्यस्त रहने वा तीद्वारा बाध्य हुने कार्यबाट मुक्त हुन सक्छन् भने, यसले उनीहरूको स्वभाव अलि-अलि रूपान्तरण भएको छ र उनीहरूसँग अलि-अलि कद छ भन्‍ने प्रमाणित गर्दछ। कतिपय मानिसहरूले केही सत्यतालाई बुझ्छन् र उनीहरूसित जीवन छ र उनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन् भन्‍ने महसुस गर्छन्। वास्तवमा, यी कुराको लागि अझै बेला भएको हुँदैन, र व्यक्तिको स्वभावमा रूपान्तरण हुनु साधारण कुरा होइन। के व्यक्तिको स्वभावलाई बुझ्नु सजिलो छ? यदि तैंले यसलाई अलि-अलि बुझिस् भने पनि, त्यसलाई परिवर्तन गर्नु सजिलो हुँदैन। यो मानिसहरूको समस्याको क्षेत्र हो। तेरो वरिपरिका मानिसहरू, मामलाहरू, वा थोकहरू जसरी परिवर्तन भए पनि र संसार जसरी उलटपुलट भए पनि, यदि सत्यताले तँलाई भित्रैबाट अगुवाइ गरिरहेको छ भने, यदि त्यसले तँभित्र जरा गाडेको छ र यदि परमेश्‍वरका वचनहरूले तेरो जीवन, तेरा रुचिहरू, तेरा अनुभवहरू र तेरो अस्तित्वलाई अगुवाइ गरिरहेको छ भने, त्यस स्थितिमा तँ साँच्चै रूपान्तरण भएको हुनेछस्। अब यो तथाकथित रूपान्तरण भनेको मानिसहरूले थोरै सहकार्य गरिरहेका हुन्छन् र थोरै उत्साह र विश्‍वास हुनु मात्रै हो, तर यसलाई रूपान्तरण मान्न सकिँदैन र यसले मानिसहरूसँग जीवन छ भन्‍ने प्रमाणित गर्दैन; यो केवल मानिसहरूको रुचि मात्र हो—त्योभन्दा बढी केही होइन।

मानिसहरूले उनीहरूका प्रकृतिमा रुचि राख्ने कुराहरू पत्ता लगाउनु बाहेक, तिनीहरूको प्रकृतिसित सम्बन्धित अन्य कुराहरूलाई पनि पत्ता लगाउनु आवश्यक हुन्छ। उदाहरणका लागि, विभिन्न थोकहरूप्रति मानिसहरूका दृष्टिकोणहरू, जीवनमा मानिसहरूका तरिका र उद्देश्यहरू, जीवनको विषयमा मानिसहरूका मूल्य-मान्यताहरू र जीवनका दृष्टिकोणहरू, साथै सत्यतासँग सम्बन्धित सबै कुराप्रतिका दृष्टिकोणहरू। यी सबै कुरा मानिसको प्राणको गहिराइमा हुन्छन् र स्वभावको रूपान्तरणसित तिनको प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यसो भए, भ्रष्ट मानवजातिको जीवनप्रतिको दृष्टिकोण कस्तो हुन्छ? यो यस्तो हुन्छ भनेर भन्न सकिन्छ: “हरेकले आफ्‍नै दुनो सोझ्याउनुपर्छ, अरूको होइन।” मानिसहरू सबै आफ्नै निम्ति जिउँछन्; अझ स्पष्टसँग भन्नुपर्दा, उनीहरू देहका लागि बाँचिरहेका हुन्छन्। उनीहरू पेट भर्नका निम्ति मात्र बाँचिरहेका हुन्छन्। यस्तो अस्तित्व जनावरको भन्दा कसरी भिन्न हुन्छ र? यस प्रकारले जिउनुको कुनै महत्त्व हुँदैन, न त कुनै अर्थ नै हुन्छ। व्यक्तिको जीवनप्रतिको दृष्टिकोण, तँ संसारमा जिउनका निम्ति कुन कुरामा भर पर्छस्, तँ केका निम्ति जिउँछस्, र तँ कसरी जिउँछस् भन्ने कुरामा निर्भर हुन्छ—यी सबै कुराहरू मानव प्रकृतिको सारसँग सम्बन्धित हुन्छन्। मानिसहरूका प्रकृतिलाई विश्लेषण गर्दा, तैँले सबै मानिसहरूले परमेश्‍वरको विरोध गरिरहेका छन् भन्‍ने पत्ता लगाउँछस्। उनीहरू सबै दियाबलसहरू हुन् र साँचो रूपमा असल व्यक्ति कोही पनि छैन। मानिसहरूका प्रकृतिलाई विश्लेषण गरेर मात्र तैँले मानिसको सार र भ्रष्टतालाई वास्तविक रूपमा बुझ्न सक्छस्, मानिसहरू वास्तवमा कसको अधीनमा छन्, मानिसहरूमा वास्तवमा के कुरा कमी छ, तिनीहरू कुन कुराद्वारा सुसज्जित हुनुपर्छ र मानिसको स्वरूपमा तिनीहरू कसरी जिउनुपर्छ सो बुझ्न सक्छस्। व्यक्तिको प्रकृतिलाई साँचो रूपमा विश्लेषण गर्नु सजिलो हुँदैन, र परमेश्‍वरका वचनहरूको अनुभव नगरी वा साँचो अनुभवहरू प्राप्त नगरी यो काम गर्न सकिँदैन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कसैको स्वभाव रूपान्तरण गर्ने बारेमा के थाहा हुनुपर्दछ”

यदि मानिसहरूले आफैलाई बुझ्नु छ भने, तिनीहरूले आफ्ना वास्तविक स्थितिहरू बुझ्नुपर्छ। आफ्नै अवस्थालाई बुझ्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आफ्नै भावनाहरू र विचारहरूलाई बुझ्नु हो। प्रत्येक समय अवधिमा, मानिसहरूका विचारहरू एउटा मुख्य कुराद्वारा नियन्त्रित हुँदै आएको छ। यदि तैँले आफ्ना विचारहरूलाई नियन्त्रण गर्न सक्छस् भने, तैँले तिनका पछाडि रहेका कुराहरूलाई पनि नियन्त्रण गर्न सक्छस्। मानिसहरूले आफ्ना भावनाहरू र विचारहरूलाई नियन्त्रण गर्न सक्दैनन्, तर ती भावनाहरू र विचारहरू कहाँबाट आउँछन्, ती पछाडि रहेका अभिप्रायहरू के-के हुन्, ती भावना र विचारहरू कसरी उत्पन्न हुन्छन्, तिनलाई कुन कुराले नियन्त्रण गर्छ र तिनका प्रकृति के हो सो तिनीहरूले जान्नु आवश्यक हुन्छ। तेरो स्वभाव परिवर्तन भएपछि, तेरा भावनाहरू र विचारहरू, तेरो हृदयले खोजेका चाहनाहरू, र खोजी गर्ने विषयमा तेरा दृष्टिकोणहरू—जुन तेरो परिवर्तन भएको भागबाट उत्पन्न भएको हुन्छ—त्यो भिन्नै हुनेछ। जुन भावनाहरू र विचारहरू तेरो परिवर्तन नभएका भागहरूबाट उत्पन्न हुन्छन्, जुन कुराहरूलाई तैँले स्पष्ट रूपमा बुझेको हुँदैनस्, र जुन कुराहरूलाई तैँले सत्यका अनुभवहरूद्वारा प्रतिस्थापन गरेको हुँदैनस्, ती फोहोर, मैला र घिनलाग्दा हुन्छन्। हिजोआज धेरै वर्षसम्म परमेश्‍वरको कार्यको अनुभव गरेका मानिसहरूसँग यी कुराहरूका बारेमा केही ज्ञान र बुझाइ हुन्छ। छोटो समयसम्‍म परमेश्‍वरको कामको अनुभव गरेका मानिसहरूले अझै यी कुराहरूलाई बुझ्दैनन्; तिनीहरू अझै अस्पष्ट हुन्छन्। तिनीहरूलाई आफ्नो कमजोरी कहाँ छ वा कुन क्षेत्रमा तिनीहरू सजिलै पतन हुन्छन् सो थाहा हुँदैन। तिमीहरूलाई अहिले तिमीहरू कस्तो किसिमका व्यक्ति हौ भन्‍ने थाहा छैन, र अरू मानिसहरूले तिमीहरू कस्ता किसिमका व्यक्ति हौ भन्‍ने बारेमा केही हदसम्म देख्‍न सके पनि, तैँले त्यसको महसुस गर्न सक्दैनस्। तैँले आफ्ना सामान्य विचारहरू वा आशयहरूलाई स्पष्ट रूपमा छुट्याउन सक्दैनस्, र यी कुराहरूको सार के हो भन्ने तँसँग स्पष्ट बुझाइ हुँदैन। तैँले कुनै पक्षलाई जति गहिराइमा बुझ्छस्, तँ त्यस पक्षमा त्यत्ति नै बढी रूपान्तरण हुनेछस्; त्यसरी नै, तैँले गर्ने कार्यहरू सत्यअनुसारको हुनेछन्, तैँले परमेश्‍वरका मागहरूलाई पूरा गर्न सक्नेछस्, र तँ परमेश्‍वरको इच्छाको नजिक हुनेछस्। यस प्रकारले खोजी गरेर मात्र तैँले परिणामहरू प्राप्त गर्न सक्नेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरसँग निरन्तर माग गर्ने मानिसहरू सबैभन्दा अविवेकशील मानिसहरू हुन्”

आत्म-चिन्तन गर्नु र आफैलाई चिन्‍नुको कुञ्जी यही हो: तैँले कुनै निश्‍चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्‍ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्‍वरको इच्छा पूरा गर्न सक्छस् वा निश्‍चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तब तैँले आफैलाई चिन्नु त्यति नै धेरै उचित हुन्छ र तँमा कुनै अशुद्धताहरू छन् कि भनेर, साथै तँभित्र भएका कुन-कुन कुराहरूले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन सो जान्नका लागि ती क्षेत्रहरूलाई गहन रूपमा बुझ्‍नु तेरो लागि धेरै उचित हुन्छ। उदाहरणको रूपमा हामी पावललाई लिऔं। पावल विशेष रूपले जाने-बुझेका व्यक्ति थिए र तिनले आफ्नो प्रचार कार्यमा धेरै दुःख भोगे। तिनलाई धेरैले विशेष रूपमा प्रेम र सम्मान गर्थे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, तिनका निम्ति एउटा मुकुट राखिएको हुनेछ भन्‍ने तिनलाई लाग्यो। यसले तिनलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा तिनले परमेश्‍वरद्वारा दण्ड पाए। यदि, त्यस समयमा तिनले आफ्नै बारेमा चिन्तन र आफैलाई विश्लेषण गरेका भए, तिनले त्यस्तो सोच्ने थिएनन्। अर्को शब्दमा भन्दा, पावलले प्रभु येशूका वचनहरूमा सत्यको खोजी गर्न ध्यान दिएका थिएनन्; तिनले केवल आफ्नै विचारहरू र कल्पनाहरूमा विश्‍वास गरेका थिए। तिनले जबसम्म केही असल कुराहरू गर्छन् र असल व्यवहार देखाउँछन् तबसम्‍म परमेश्‍वरले तिनलाई स्याबासी दिनुहुनेछ र तिनलाई इनाम दिनुहुनेछ भनी तिनले सोचेका थिए। अन्त्यमा, तिनको आफ्नै धारणा र कल्पनाले तिनको आत्मालाई दृष्टिविहीन बनाएको थियो र तिनको वास्तविक अनुहार ढाकेको थियो। तापनि, मानिसहरूले यो कुरा जान्दैनथिए, र परमेश्‍वरले यो कुरा प्रकाशमा नल्याउनुभएकोले, तिनीहरूले पावललाई निरन्तर पुग्‍नु पर्ने एउटा मापदण्डको रूपमा, जिउने उदाहरणको रूपमा लिए, र तिनलाई यस्तो व्यक्ति ठाने जुन व्यक्ति जस्तो बन्‍ने इच्छा तिनीहरूले गर्थे र तिनीहरूले पछ्याउनुपर्ने व्यक्ति, र तिनीहरूले अनुकरण गर्न सक्‍ने व्यक्तिको रूपमा ठाने। पावलको यो कथाले परमेश्‍वरमा विश्‍वास गर्ने सबैका लागि एउटा चेताउनीको रूपमा काम गर्दछ, जुन के हो भने जब हामी आफूले विशेष रूपले राम्रो काम गरेको महसुस गर्दछौं वा हामी कुनै विषयमा विशेष रूपमा वरदानप्राप्त छौं भनी विश्‍वास गर्छौं, वा हामी परिवर्तन हुनु आवश्यक छैन वा कुनै विषयमा सुध्रिनु आवश्यक छैन भनी सोच्छौं तब हामीले त्यसै विषयमा चिन्तन गर्ने र आफैलाई राम्ररी जान्ने कोसिस गर्नुपर्छ; यो महत्त्वपूर्ण छ। किनकि तैँले आफ्‍ना जुन पक्षहरू असल छ भनी विश्‍वास गरेको हुन्छस् तिनमा वास्तवमा परमेश्‍वरलाई विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर तैँले अवश्य नै खोजतलास गरेको, ध्यान दिएको, वा चिरफार गरेको छैनस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तिम्रा बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र तिमी आफैलाई चिन्न सक्छौ”

व्यक्तिको सार के हो भनेर तैँले कसरी भन्न सक्छस्? जब मानिसहरूले केही गर्दैनन् वा जब तिनीहरू कुनै सानातिना काम गर्छन् तब त्यस व्यक्तिको प्रकृति सार के हो भनी बताउन सक्दैनस्। यस्ता कुराहरू तिनीहरूले नियमित रूपमा प्रकट गर्ने कुराहरूमा, तिनीहरूले गर्ने कामको पछाडि रहेका अभिप्रायहरूमा, तिनीहरूले जे गर्छन् त्यसको पछि रहेका आशयहरूमा, तिनीहरूले मनमा राखेका चाहनाहरूमा र तिनीहरू हिँड्ने मार्गमा देखिन्छन्। अझ महत्त्वपूर्ण कुरा, यी कुराहरू त्यस बेला देखिन्छन्, जब तिनीहरूले परमेश्‍वरले बन्दोबस्त गर्नुभएको वातावरणको सामना गर्दछन्, जब परमेश्‍वरले तिनीहरूका निम्ति व्यक्तिगत रूपमा गर्नुभएको कुनै कुराको सामना गर्दछन्, जब तिनीहरूको जाँच र शोधन हुन्छ, वा तिनीहरूलाई निराकरण गरिन्छ र छिँवलिन्छ, वा जब परमेश्‍वरले व्यक्तिगत रूपमा तिनीहरूलाई प्रकाश दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ। यी सबै केसँग सम्बन्धित हुन्छ? यो व्यक्तिका कार्यहरू, तिनीहरूको जिउने तरिका, र तिनीहरूका चालचलनका सिद्धान्तहरूसित सम्बन्धित हुन्छ। यो तिनीहरूले पछ्याउने दिशा र लक्ष्यहरूसित, अनि तिनीहरूले पछ्याउने माध्यमहरूसित सम्बन्धित हुन्छ। अर्को शब्दमा, यो त्यस व्यक्तिले लिने मार्गसित, तिनीहरू कसरी जिउँछन्, तिनीहरू के गरेर बाँच्छन्, र तिनीहरूका अस्तित्वको आधार के हो सो कुरासित सम्बन्धित हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पावलको प्रकृति सार कसरी चिन्ने”

परमेश्‍वरले मानिसलाई सकारात्मक र नकारात्मक दुवै पक्षमा सिद्ध तुल्याउन सक्नुहुन्छ। यो कुरा तँ परमेश्‍वरद्वारा सिद्ध भएको अनुभव गर्न सक्षम छस् कि छैनस् अनि तैँले परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् कि खोज्दैनस् भन्ने कुरामा निर्भर गर्दछ। यदि तैँले साँच्चै परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् भने, नकारात्मकताले तेरो हानि गर्न सक्दैन, बरु त्यसले तँमा ती कुराहरू ल्याउन सक्छ जुन अझ बढी वास्तविक छन्, र तँमा जुन कुराको कमी छ त्यो कुरा जान्न, तेरो वास्तविक अवस्थालाई बुझ्न, अनि मानिससँग केही छैन, र मानिस केही पनि होइन भन्ने कुरा बुझ्न तँलाई अझ बढी सक्षम बनाउँछ; यदि तैँले परीक्षाहरूको अनुभव गर्दैनस् भने, तँलाई ज्ञान नै हुँदैन, र तैँले जहिले पनि आफूलाई अरूभन्दा माथि र सबैभन्दा उत्तम महसुस गर्नेछस्। यी सबै कुराहरूबाट तैँले पहिले आएका सबै कुरा परमेश्‍वरद्वारा गरिएका अनि परमेश्‍वरद्वारा संरक्षित थिए भनी बुझ्नेछस्। परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा विश्‍वासरहित अवस्थामा छोडिन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ अनि तँ भजन गाउन असमर्थ हुन्छस्, र यसैबीच तैँले महसुसै नगरी आफैलाई जान्न थालिसकेको हुन्छ। परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको निराकरण गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई नाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई निराकरण गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई नाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरैवटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई निराकरणगरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

एकातिर, परमेश्‍वरले जाँच गर्नुहुँदा मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ महत्त्वहीन, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ, अर्कोतिर, उहाँले परीक्षा गर्नुहुँदा परमेश्‍वरले मानिसका लागि विभिन्न वातावरणहरू सृजना गर्नुहुन्छ, जसले मानिसलाई परमेश्‍वरको प्रेमिलोपनको अनुभव गर्न अझ बढी सक्षम बनाउँदछ। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ समाधान गर्न नसकिने भए तापनि—चकनाचूर पार्ने दुःखको तहसम्म पनि पुग्‍ने भए तापनि—यस्तो अनुभव गरिसकेपछि मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी बुझ्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरको निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्‍वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको अस्तित्व बुझ्‍ने बारेमा त कुरै नगरौं। केवल परमेश्‍वरको शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र ऊ केही पनि होइन भनी जान्न सक्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

धेरै पटक असफल हुनु र लड्नु नराम्रो कुरा होइन; न त खुलासा हुनु नै नराम्रो कुरा हो। तेरो निराकरण गरिएको, तँलाई छिँवलिएको वा प्रकट गरिएको होस् वा नहोस्, तैंले हरसमय यो कुरा याद राख्नुपर्छ: खुलासा गरिनुको अर्थ तँलाई दोषी ठहराइएको छ भन्ने होइन। खुलासा गरिनु राम्रो कुरा हो; यो तैंले आफैलाई चिन्ने सबैभन्दा राम्रो मौका हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, म प्रसंग नै हुन्छ। यदि तैंले आफूभित्रका कुराहरू, र तँभित्रका लुकेका सबै पक्षहरूलाई, चिन्न गाह्रो र खोतल्न कठिन हुने कुराहरूलाई जान्न सकिस् भने, त्यो राम्रो कुरा हो। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैंले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस् र वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैंले त्यस मौकालाई लिन सक्‍छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैंले यो सँघार नाघेपछि, तैंले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता प्राप्त गर्नको लागि तैंले आफ्नो वरिपरिका मानिसहरू, मामलाहरू र स्थितिहरूबाट सिक्नुपर्छ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्