सत्यता अभ्यास गर्नु भनेको के हो

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानिसले धारण गर्नुपर्ने सत्यता परमेश्‍वरको वचनमा पाइन्छ र सत्यता नै त्यो कुरा हो जुन मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुन्छ। यो तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हो, यस्तो कुरा जसले मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्छ। यो त त्यो सत्यता हो जुन कुराले मानिस सुसज्जित हुनुपर्छ। तिमीहरू जति बढी परमेश्‍वरको वचनलाई अभ्यास गर्छौ, त्यति नै चाँडै तिमीहरूको जीवन फक्रनेछ अनि त्यति नै धेरै सत्यता स्पष्ट हुनेछ। तिमीहरू कदमा बढ्दै जाँदा तिमीहरूले आत्मिक संसारका कुराहरलाई बढी स्पष्टतापूर्वक देख्नेछौ अनि शैतानमाथि विजय प्राप्त गर्न तिमीहरूले बढी शक्ति पाउनेछौ। तिमीहरूले परमेश्‍वरको वचनलाई अभ्यास गर्दा तिमीहरूले नबुझेका सत्यताको धेरै कुराहरू स्पष्ट हुनेछन्। धेरै मानिसहरू परमेश्‍वरको वचनको पाठलाई बुझे मात्र पनि सन्तुष्ट हुन्छन् र अभ्यासमा आफ्नो अनुभव गहिर्‍याउनुभन्दा सिद्धान्तहरूले आफूलाई सुसज्जित बनाउने कुरामा ध्यान दिन्छन् तर के त्यो फरिसीहरूको तरिका होइन र? त्यसैले “परमेश्‍वरको वचन जीवन हो” भन्ने वाक्यांश कसरी तिनीहरूका निम्ति वास्तविक हुन्छ त? परमेश्‍वरको वचन पढ्दैमा व्यक्तिको जीवन बढ्न सक्दैन, परमेश्‍वरको वचनलाई अभ्यास गरेर मात्रै व्यक्तिको जीवन बढ्न सक्छ। यदि जीवन र कद पाउनको निम्ति मात्र परमेश्‍वरको वचनलाई बुझ्नु आवश्यक छ भन्ने तेरो विश्‍वास हो भने तेरो बुझाइ गलत छ। साँचो प्रकारले परमेश्‍वरको वचन बुझ्ने काम तब हुन्छ जब तैँले सत्यतालाई अभ्यास गर्छस् अनि तैँले बुझ्नुपर्छ कि “सत्यतालाई अभ्यास गरेर मात्रै यसलाई बुझ्न सकिन्छ”। आज परमेश्‍वरको वचन पढेर तैँले परमेश्‍वरको वचनलाईचिन्छु भनेर मात्र भन्न सक्छस् तर यसलाई बुझ्छु भनेर तैँले भन्न सक्दैनस्। कोही भन्छन् कि सत्यतालाई अभ्यास गर्ने एउटै तरिका यसलाई पहिले बुझ्नु हो तर यो आंशिक रूपले मात्रै सही हो र निश्चय नै पूर्ण रूपले चाहिँसाँचो होइन। तैँले सत्यताको ज्ञान पाउनुअघि तैँले त्यो सत्यतालाई अनुभव गरेको हुँदैनस्। तैँले सुनेको कुनै उपदेशमा केही बुझेको अनुभूति गर्नु साँचो प्रकारले बुझ्नु होइन—यो त केवल सत्यताको आक्षरिक शब्दहरूलाई मात्रै ग्रहण गर्नु हो र यो भित्री साँचो अर्थलाई बुझ्नु जस्तै होइन। सत्यताको सतही ज्ञान हुँदैमा तँ वास्तवमै त्यसलाई बुझ्छस् वा तँसित त्यसको बारेमा ज्ञान छ भन्ने अर्थ लाग्दैन; सत्यताको साँचो अर्थ त त्यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, तैँले सत्यतालाई अनुभव गरेपछि मात्रै तैँले त्यसलाई बुझ्न सक्छस्, अनि मात्रै तैँले त्यसका लुकेका भागहरूलाई राम्ररी बुझ्न सक्छस्। शब्दमा लुकेको अन्य अर्थलाई राम्ररी बुझ्ने र सत्यताको सारलाई बुझ्ने एउटै उपाय भनेको अनुभवलाई गहिर्‍याउनु हो। त्यसकारण, तँ सत्यतासित जहाँ पनि जान सक्छस् तर यदि तँमा सत्यता छैन भने तेरो आफ्नो परिवारका सदस्यहरूलाई समेत तैँले विश्‍वस्त तुल्याउने प्रयास गर्ने कुरा सोच्दै नसोचे हुन्छ, धर्मी मानिसहरूको त कुरै छाडिदे। सत्यताविना तँ हावामा उडिरहेको हिमकण मात्रै होस्, तर सत्यताको साथमाले तँ खुशी र स्वतन्त्र हुनसक्छस् अनि कसैले तँलाई आक्रमण गर्न पनि सक्तैन। सिद्धान्त जतिसुकै बलियो भएतापनि त्यसले सत्यतामाथि विजय पाउन सक्दैन। सत्यताले संसार आफै झुल्न सक्छ अनि पहाडहरू र समुद्रहरू हल्लन सक्छन् जबकि सत्यताको कमीले बलियो शहरका पर्खालहरू पनि किराहरूद्वारा भग्नावशेषमा बदलिनसक्छ। यो एउटा स्पष्ट तथ्यहो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

सत्यताको अभ्यास गर्ने क्रममा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? के यो तैँले सबैभन्दा पहिले सिद्धान्तहरूलाई बुझ्‍नुपर्छ भन्‍ने होइन र? सिद्धान्तहरू भनेका के हुन्? सिद्धान्तहरू भनेका सत्यताका व्यवहारिक पक्षहरू हुन्। जब तैँले परमेश्‍वरका वचनहरूको एउटा वाक्य पढ्छस्, तँलाई यो सत्यता हो भन्‍ने लाग्छ, तर तैँले यसभित्रका सिद्धान्तहरूलाई बुझ्दैनस्; वाक्य सही छ भन्‍ने तँलाई लाग्छ, तर यो कुन रूपमा व्यवहारिक छ, वा यसले कुन स्थितिलाई सम्‍बोधन गर्छ भन्‍ने तँलाई थाहा हुँदैन। तैँले यसका सिद्धान्तहरूलाई वा यसको अभ्यासको मार्गलाई बुझ्‍न सक्दैनस्। तेरो लागि त, तैँले बुझ्‍ने यो सत्यता धर्मसिद्धान्त मात्रै हुन्छ। तैपनि, तैँले त्यो वाक्यको सत्यता वास्तविकतालाई, साथै परमेश्‍वरका मापदण्डहरू के-के हुन् भन्‍ने कुरालाई बुझेपछि—तैँले यी कुराहरूलाई साँचो रूपमा बुझेपछि, र मूल्य चुकाउन र तिनलाई अभ्यास गर्न सकेपछि—तैँले त्यो सत्यतालाई प्राप्त गर्न सक्‍नेछस्। तैँले त्यो सत्यतालाई प्राप्त गरेपछि, अलि-अलि गर्दै, तेरो भ्रष्ट स्वभाव समाधान हुन्छ, र तँमा सत्यताले काम गर्छ। जब तैँले सत्यताको वास्तविकतालाई अभ्यास गर्न सक्छस्, र जब तेरो कर्तव्य प्रदर्शन, तेरो हरेक कार्य, र व्यक्तिको रूपमा रहेको तेरो चाल-चलन यो सत्यताको अभ्याससम्‍बन्धी सिद्धान्तहरूमा आधारित हुन्छ, तब के तँ परिवर्तन भएको हुँदैनस् र? सबैभन्दा मुख्य कुरा, तँ सत्यता वास्तविकता भएको व्यक्ति बनेको हुन्छस्। के सत्यता वास्तविकता भएको व्यक्ति सिद्धान्तहरूअनुसार काम गर्ने व्यक्तिसरह होइन र? अनि के सिद्धान्तहरूअनुसार काम गर्ने व्यक्ति सत्यता भएको व्यक्तिसरह होइन र? के सत्यता भएको व्यक्ति परमेश्‍वरको इच्‍छाअनुरूपको हुन पनि सक्दैन र? यी कुराहरू यसरी नै सम्‍बन्धित हुन्छन्।

परमेश्‍वरको सङ्गतिबाट उद्धृत गरिएको

सत्यताको अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्नु र केही वाक्यांशहरू भन्नु होइन। बरु, यसको अर्थ तैँले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा मानव चाल-चलनका सिद्धान्तहरू, घटनाहरू सम्‍बन्धी दृष्टिकोण, परमेश्‍वरमाथिको विश्‍वासका विषयहरू, सत्यता सिद्धान्तहरू, वा व्यक्तिले आफ्‍नो कर्तव्य पूरा गर्ने आचरण समावेश हुन्छ, तब हरेकले एउटा निर्णय गर्नुपर्छ—प्रत्येक व्यक्तिसँग अभ्यास गर्ने एउटा मार्ग हुनुपर्छ। उदाहरणका लागि, यदि तेरो मूल दृष्टिकोण तैँले कसैलाई दुःखी बनाउनु हुँदैन, तर शान्ति कायम राख्नुपर्छ र कसैलाई अपमान गर्नुबाट जोगिनुपर्छ, ताकि भविष्यमा, सबै जना मिलेर बस्न सकियोस् भन्ने छ भने, यस्तो दृष्टिकोणद्वारा खुम्चिएर जब तँ कसैले कुनै खराब काम गरेको, गल्ती गरेको, वा सिद्धान्तहरूको विरुद्धमा काम गरेको देख्छस्, तब तँ त्यो व्यक्तिको सामना गर्नुभन्दा बरु त्यस कुरालाई सच्याउन आफैमाथि लिन्छस्। तेरो आफ्नै दृष्टिकोणद्वारा खुम्चिएर, तँ कसैलाई पनि दुःखी बनाउन चाहँदैनस्। तँ जसको उपस्थितिमा भए पनि अनुहार, भावनाहरू र सम्बन्धहरूका विचारहरूद्वारा, वा धेरै वर्षदेखिको अन्तरक्रियाबाट उत्पन्न भएको भावनाहरूले खुम्चिएर तँ त्यस व्यक्तिको इज्जतको रक्षा गर्न सधैँ असल कुराहरू भन्छस्। जब तैँले कुनै असन्तोषजनक कुराहरू भेट्छस्, तब तँ तिनीहरूको पिठिउँ पछाडि आफ्नो रीस पोखाउँछस् र तिनीहरूको इज्‍जतलाई हानि पुऱ्याउनुको सट्टा गुप्तमा दाबी गर्छस्। यस्तो व्यहोराको बारेमा तँ के सोच्छस्? के त्यो चाकडीबाज होइन, जसले चिप्लो र छलपूर्ण कुरा बोल्छ? यसले सिद्धान्तहरू उल्लङ्घन गर्छ; के त्यस्तो प्रकारको व्यवहार गर्नु तुच्छता होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिसहरू होइनन्, न त तिनीहरू आदर्शमय व्यक्तिहरू नै हुन्। तैँले जति धेरै दु:ख भोगेको भए पनि, र तैँले जस्तै मूल्य चुकाएको भए पनि, यदि तैँले सिद्धान्तहरूविना व्यवहार गर्छस् भने, तँ असफल भएको छस्, र परमेश्‍वरको सामु कुनै स्वीकृति पाउनेछैनस्, न त उहाँद्वारा सम्झना गरिनेछस्, न तैँले उहाँलाई खुसी पार्न सक्छस्। यो कुरा बुझेपछि, के तँ व्याकुल हुन्छस्? (हो, हुन्छु।) तैँले महसुस गर्ने व्याकुलता नै तैँले अझै पनि सत्यतालाई प्रेम गर्छस्, तँमा सत्यतालाई प्रेम गर्ने इच्छा छ, र तेरो विवेक अझै समझदार छ भन्ने प्रमाण हो। … बुझ्ने शक्तिले तँलाई सही र गलत, र सकारात्मक र नकारात्मक कुराहरूको बीचमा भिन्नता छुट्ट्याउने क्षमता दिन्छ। बुझ्ने शक्ति र भेदशक्ति अभ्यास गर्ने क्षमताद्वारा यस्ता नकारात्मक कुराहरूलाई घृणा गर्नु र गलत विचारहरू र भ्रष्ट स्वभावहरूलाई घृणा गर्नु सहज हुन्छ। किनकि कम्तीमा पनि तँसँग पहिले नै सबैभन्दा आधारभूत कुरा हुन्छ—त्यो हो विवेक बोध। यो विवेक बोध एकदमै मूल्यवान् हुन्छ, साथै सही र गलत छुट्याउने क्षमता हो, साथसाथै धार्मिकता र सकारात्मक कुराहरूलाई मन पराउने मानवताको त्यो भाग हुनु पनि त्यत्तिकै बहुमूल्य छ। अत्यन्तै मूल्यवान् कुराहरू यिनै हुन्—ती व्यक्तिले चाहना गर्नुपर्ने र प्राप्त गर्नुपर्ने अति नै मूल्यवान् कुराहरू हुन्, र ती प्राप्त गरेपछि सत्यतालाई अभ्यास गर्न सकिन्छ। हामी अहिलेका निम्ति दोस्रो दुई वटालाई पन्साऔं। जबसम्म तँमा समझदार विवेक हुन्छ, तब के एक दुष्ट व्यक्ति, जसले बाधा र अशान्ति उत्पन्न गर्ने जघन्य दुष्ट कार्य गर्छ त्यसले तँभित्र भावनाहरू र विचारहरू उत्पन्न गर्छ? (हो, गर्छ।) यदि तँसित विचारहरू र भावनाहरू छन् भने तैँले सत्यता अभ्यास गर्नका लागि चाहिने सबैभन्दा आधारभूत आवश्यकताहरूमध्ये एउटालाई पूरा गरेको छस्। यदि तैँले तिनीहरूले जे गरेका छन् त्यो दुष्ट कार्य हो भन्‍ने देख्छस् र महसुस गर्छस्, र तँ कारबाही गर्न कदम बढाउँछस् भने, के यो सत्यताको अभ्यास होइन र? सत्यताको अभ्यास गर्नु भनेको के हो? (यस्ता कार्यहरूको पर्दाफास गर्नु, जानकारी दिनु, र रोक्नु हो।) हो। जब त्यस्ता कुराहरू उत्पन्न हुन्छन्, र तैँले ती सिद्धान्तहरू अनुसार तेरो जिम्मेवारी पूरा गर्छस्, तब सत्यताको अभ्यास गर्नु भनेको त्यही हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्य राम्ररी पूरा गर्नको लागि कम्तीमा पनि विवेक चाहिन्छ”

यदि तैँले सत्यता अभ्यास गर्न सक्‍छस् भने, तेरो जीवनमा तँमाथि आइपर्ने हरेक घटनमा, तेरो सम्पर्कमा आएका हरेक व्यक्तिमा र परमेश्‍वरले तँलाई जिम्मा दिनुभएको हरेक कार्यमा, तैँले यसलाई आफूले बुझ्ने र अभ्यास गर्ने सत्यताहरूसँग जाँच गर्नुपर्छ। अर्थात्, जब कुनै घटना घट्छ, तैँले कुन-कुन माध्यमहरूद्वारा कार्य गर्नुपर्छ र तेरो सैद्धान्तिक जग के हुनुपर्छ र तेरो अस्तित्वको आधार के हुनुपर्छ? परमेश्‍वरका वचनहरू। उदाहरणको लागि, मानौं, तँलाई कुनै कर्तव्य दिइयो: तैँले यो कर्तव्य निर्वाह गर्ने तरिकामा, तँसँग अभ्यास गर्ने एउटा बाटो हुनुपर्छ जसमा सर्वप्रथम सत्यताको सिद्धान्तको आधार हुनु जरुरी हुन्छ। परमेश्‍वरको इच्छाअनुसार हुनको लागि यो कर्तव्यलाई कसरी निर्वाह गर्नुपर्छ त? तँ लापरवाह र बेहोसीको हुनु हुँदैन; निष्क्रिय पक्षको हिसाबमा, कम्तीमा पनि हासिल गरिनुपर्ने कुरा यही हो। उदाहरणको लागि, मानौं तैँले थालबटुकाहरू धोइपखाली गर्दैछस्। यो तेरो कर्तव्य हो जसलाई तैँले स्वीकार गरेको छस्। तैँले हरेक थाल वा बटुकालाई पानीले छिटो-छिटो, सरसर पखाल्छस् र त्यसपछि रोकिन्छस्। के यसो गर्नु सत्यता अभ्यास गर्नु हो त? तैँले सत्यता अभ्यास गरेको छस् भन्ने तँ सोच्छस्। तैँले थालबटुकाहरूलाई धोइपखाली गरेको छस्; तिनीहरूलाई पखालेर सफा पारेको छस्। त्यसो भए, ती थालबटुकाहरूलाई धोइपखाली गर्दा तैँले के सोचिरहेको थिइस् त? थालबटुकाहरू धोइपखाली गर्नको लागि तेरो सिद्धान्त के थियो त? यदि तैँले यो कार्य गर्दा कुनै सिद्धान्त पालना गर्छस् भने, तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस्। त्यसो भए, तँलाई तेरो कर्तव्यको रूपमा कुनै काम दिइयो भने, त्यसमा सत्यता अभ्यास गर्नको लागि तैँले के गर्नुपर्छ त? के त्यसमा कुनै सिद्धान्त हुन्छ? यहाँ कुरा उठाइएको सिद्धान्त नै सैद्धान्तिक आधार हो। सबैभन्दा पहिला, तँ लापरवाह र बेहोसी हुनु हुँदैन; सुरुमा, यो सिद्धान्तको पालना गर्। तैँले मनमस्तिष्कमा के सोचिरहेको हुनुपर्छ त र लापरवाह र बेहोसी नहुनको लागि तैँले के गर्नुपर्छ त? यसका धेरै वटा चरण छन्। तैँले ती थालबटुकाहरू फोहोर भएका र घिनलाग्दा देख्छस्, जसले पानीले खलखल पखाल्नु मात्र पर्याप्त हुँदैन भन्ने देखाउँछ; तिनमा ब्याक्टेरिया हुन सक्छ, त्यसकारण तैँले ब्याक्टेरिया मार्नको लगि थालबटुका धुने घोल प्रयोग गर्नुपर्छ, थालबटुकाहरूलाई सफा गर्नको लागि धेरै पटक पानीले पखाल्नुपर्छ, र यसलाई पूर्ण रूपमा निरीक्षण गर्नुपर्छ। यसो गर्नु भनेको लापरवाह र बेहोसी नहुनु हो। यसो गर्नु भनेको आफ्नो मनमस्तिष्कमा कुनै सिद्धान्त राख्नु र सिद्धान्तअनुसार कुनै काम गर्नु हो। थालबटुकाहरूलाई झट्ट हेर्ने र तिनीहरूमा भएका चिल्लो पदार्थ र व्याक्टेरियालाई बेवास्ता गर्दै, र “मलाई यो काम गर्न लगाइयो, त्यसैले म यो काम गर्नेछु—जबसम्म म यो काम गर्छु तबसम्म म लापरवाह र बेहोसी बन्दिन” भनी मनमनै सोच्दै, ती थालबटुकाहरूलाई पानीले खलखल पखाल्ने मात्र कार्य गरिँदैन र त्यो कामलाई त्यही छोडिँदैन। यसो गर्नु भनेको सत्यताको अभ्यास गर्नु होइन, यसो गर्नु भनेको त केवल केही ऊर्जाको प्रयोग गर्नु हो, सेवा गर्नु हो, र पूर्ण रूपमा शारीरिक मेहनत गर्नु हो। तैँले थालबटुकाहरूलाई धोइपखाली गर्ने काम सकिस्; तर कसरी तैँले सत्यताको अभ्यास गरिरहेको थिइनस् त? कसरी यो काम केवल “केही ऊर्जाको प्रयोग” मात्र बन्यो त? यदि तँ सिद्धान्तअनुसार कार्य गर्दैनस् भने तैँले सत्यता अभ्यास गरिरहेको हुँदैनस्, र यसको अर्थ त्यो काम सत्यता सिद्धान्तहरूलाई पालना नगरीकनै गरियो भन्ने हुन्छ; तेरो हृदयमा कुनै सिद्धान्त थिएन, र तैँले आफ्नै झुकाव, संवेग, कल्पना र धारणहरूअनुसार काम गरिस्। “म चाँडो, खलखल पखालिदिन्छु, त्यति भए हुन्छ—किन थालबटुका धुने घोल किन प्रयोग गर्ने र? यसमा कुनै ब्याक्टेरिया छैन। प्रयोग गर; कुनै पनि समस्या हुनेछैन।” के त्यो तेरो आफ्नै विचार होइन र? तैँले यो शैलीमा सोच्छस्, त्यसकारण तैँले तेरो आफ्नै विचारहरूअनुसार काम गर्छस्—यसो गर्नु भनेको सत्यता अभ्यास गर्नु होइन। सत्यता सिद्धान्तहरूअनुसार काम गर्नको लागि तैँले मनमनै यस्तो सोच्नुपर्छ, “म लापरवाह र बेहोसी बन्नु हुँदैन, यसको सिद्धान्त भनेको यिनीहरूलाई सफासँग धुनु र ब्याक्टेरियालाई मार्नु हो, ताकि यो सबैले प्रयोग गर्नको लागि सुरक्षित र स्वस्थ होस्।” यो एउटा सिद्धान्त हो र यदि तैँले सबै काम यही सिद्धान्तको आधारमा गर्छस् भने, तँ लापरवाह र बेहोसी बन्‍नेछैनस्, बरु तँ मेहनती बन्नेछस्, तैँले आफूले सकेसम्म उत्तम काम गर्नेछस्, त्यस हकमा तैँले आफ्नो सम्पूर्ण हृदय र आफ्नो सम्पूर्ण मन लगाएर आफ्नो कर्तव्य पूरा गर्नेछस्। सत्यता अभ्यास गर्नु भनेको यही हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा महत्वपूर्ण भाग सत्यताको अभ्यास गर्नु हो”

सत्यतालाई अभ्यास गर्नको लागि पूरा गर्नुपर्ने मापदण्ड वास्तवमा के-के हुन्? तैँले सत्यतालाई अभ्यास गरिरहेको छस् कि छैनस् भन्‍ने कुरालाई कसरी मापन र परिभाषित गरिन्छ? तँ उहाँका वचनहरूलाई सुनेर तिनलाई स्वीकार गर्ने व्यक्ति होस् भनेर परमेश्‍वरले कसरी निर्धारित गर्नुहुन्छ? तैँले उहाँमा विश्‍वास गरेको र उहाँका प्रवचनहरू सुनेको समय अवधिमा, तेरो आन्तरिक स्थितिहरूमा, उहाँप्रतिको तेरो अवज्ञामा, र तेरो भ्रष्ट स्वभावका विभिन्‍न पक्षहरूको सारमा कुनै परिवर्तनहरू भएका छन् कि छैनन् उहाँले त्यही कुरालाई हेर्नुहुन्छ। तैँले यी कुराहरूलाई सत्यताले प्रतिस्थापन गरिस् कि गरिनस्, र तैँले तेरो बाहिरी बानीबेहोरा र कार्यहरूलाई वा तेरो हृदयको अन्तस्करणमा रहेको तेरो भ्रष्ट स्वभावको सारलाई परिवर्तन गरेको छस् कि छैनस् भनी उहाँले हेर्नुहुन्छ। परमेश्‍वरले तँलाई यी कुराहरूअनुसार मापन गर्नुहुन्छ। यतिका वर्षदेखि प्रवचनहरू सुनेर अनि परमेश्‍वरका वचनहरू खाएर अनि पिएर, आएका तेरा परिवर्तनहरू सतही छन्, कि सारभूत छन्? के तेरो स्वभावमा परिवर्तनहरू आएका छन्? के परमेश्‍वरप्रतिको तेरा भ्रमहरूमा, परमेश्‍वरप्रतिको तेरो अवज्ञामा, र परमेश्‍वरले तँलाई सुम्पनुहुने कार्यभार र कर्तव्यहरूलाई लिने तेरो शैलीमा कुनै परिवर्तनहरू आएका छन्? के परमेश्‍वरविरुद्धको तेरो अवज्ञा घटेको छ? जब कुनै घटना घट्छ र तँ अवज्ञाकारीको रूपमा खुलासा हुन्छस्, तब के तैँले आफ्‍नै बारेमा मनन गर्न सक्छस्? के तैँले आज्ञापालन गर्न सक्छस्? के तँ परमेश्‍वरले तँलाई सुम्‍पनुहुने कार्यभार र कर्तव्यहरूप्रति अझै बढी बफादारी बनेको छस्, र के यो बफादारिता विशुद्ध छ? तैँले प्रवचनहरू सुनिरहेको समय अवधिमा, के तेरा आसय, महत्वाकांक्षा, इच्‍छा, र अभिप्रायहरूलाई धोइएका छन्? के यी मापनका मापदण्ड होइनन् र? त्यसै गरी, परमेश्‍वरको बारेमा रहेका तेरा भ्रमहरू पनि छन्: के तँ अझै तेरा मूल धारणाहरूलाई, अस्पष्ट र अमूर्त कल्‍पनाहरूलाई, र निष्कर्षहरूलाई नै पक्रिरहन्छस्? के तँसँग अझै पनि गुनासो र अन्य नकारात्मक भावनाहरू छन्? के यी कुराहरूको हकमा कुनै परिवर्तन आएका छन्? यदि यी पक्षहरूमा कुनै परिवर्तन आएका छैनन् भने, तँ कस्तो प्रकारको व्यक्ति होस् त? यसले एउटा तथ्यलाई प्रमाणित गर्छ: तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरका वचनहरू अभ्यास गरेर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ”

धेरै मानिसहरूमा निश्‍चित बाहिरी आचरण हुन्छन्, जस्तै आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू पूरा गर्न सक्नु, र यसरी तिनीहरू आफूले सत्य अभ्यास गरिरहेका छौं भन्‍ने विश्‍वास गर्छन्। तापनि, तिनीहरूले सत्यको अभ्यास गरिरहेका छन् भनी परमेश्‍वरले पहिचान गर्नुहुन्न। यदि तैँले गर्ने सबै कुराको पछि कुनै व्यक्तिगत उद्देश्य र मिश्रण छ भने, तैँले सत्यको अभ्यास गरिरहेको हुँदैनस्; तैँले केवल सतही आचरण देखाइरहेको हुन्छस्। निश्‍चित रूपमा भन्नुपर्दा, परमेश्‍वरले सायद तेरो चरित्रलाई दोषी ठहराउनुहुनेछ; उहाँले त्यसको प्रशंसा वा सम्झना गर्नुहुनेछैन। यसलाई अझ विश्‍लेषण गर्दै जाँदा, तैँले खराबी गरिरहेको हुन्छस् र तेरो चरित्र परमेश्‍वरको विरोधमा हुन्छ। बाहिरबाट, तैँले कुनै कुरालाई रोकावट वा बाधा दिइरहेको हुँदैनस् र तैँले वास्तविक क्षति गरेको वा कुनै सत्यलाई उल्लङ्घन गरेको हुँदैनस्। यो तर्कसंगत र उचित देखिन्छ, तर तेरो कार्यको सार खराबी गर्ने र परमेश्‍वरको विरोध गर्ने कार्यसित सम्बन्धित हुन्छ। त्यसकारण, तेरो स्वभावमा परिवर्तन आएको छ वा छैन र परमेश्‍वरको वचनको आधारमा तेरा कामहरूको पछि रहेका हेतुहरूलाई ध्यान दिँदै तैँले सत्यको अभ्यास गरेको छस् कि छैनस् सो तैँले निर्धारण गर्नुपर्छ। तेरा कार्यहरू मानवीय कल्पना र मानवीय अभिप्रायहरू अनुरूप छन् वा छैनन्, वा ती तेरा स्वाद सुहाउँदो छन् कि छैनन् भन्ने कुरा मानवीय दृष्टिकोणमा निर्भर हुँदैन; त्यस्ता कुराहरू महत्त्वपूर्ण हुँदैनन्। बरु, यो त तँ परमेश्‍वरको इच्छाअनुसार चलेको छस् कि छैनस्, तेरा कार्यहरूमा साँचो वास्तविकता छन् वा छैनन्, र तिनले उहाँका मागहरू र मापदण्डहरू पूरा गर्छन् कि गर्दैनन् भन्ने विषयमा उहाँले भन्नुहुने कुरामा निर्भर हुन्छ। परमेश्‍वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ। स्वभावमा रूपान्तरण ल्याउने र सत्यलाई अभ्यास गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल र सजिलो हुँदैन। के अब तिमीहरूले यो बुझ्यौ? के तिमीहरूसँग यसको बारेमा कुनै अनुभव छ? जब समस्याको सारको कुरा आउँदछ, तिमीहरूले यसलाई नबुझ्न सक्छौ; तिमीहरूको प्रवेश अत्यन्तै सतही भएको छ। तिमीहरू चाँडै उठेर ढिलो सुतेर बिहानदेखि बेलुकीसम्‍मै दिनभर दौडधूप गर्छौ, तर तिमीहरूले आफ्नो जीवनको स्वभावमा रूपान्तरण प्राप्त गर्न सकेका छैनौ, र त्यस्तो परिवर्तनमा के समावेश हुन्छ भन्ने कुरा तिमीहरूले बुझ्न सक्दैनौ। यसको अर्थ तिमीहरूको प्रवेश अत्यन्तै सतही छ भन्‍ने हुन्छ, होइन र? तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, तिमीहरूले स्वभावमा रूपान्तरण हासिल गर्नका लागि अनुभूति गर्नुपर्ने सार र गहिरा चीजहरूलाई तिमीहरूले सायद महसुस गरेका छैनौ। तिमीहरूको स्वभाव परिवर्तन भएको छ भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले तँलाई स्याबासी दिनुहुन्छ कि दिनुहुन्‍न भनी तैँले कसरी जान्दछस्? कम्तीमा पनि, आफूले गर्ने सबै कार्यहरूमा तैँले आफूलाई अत्यन्तै अटल भएको महसुस गर्नेछस्, र तैंले तेरा कर्तव्यहरू पूरा गरिरहेको बेला, परमेश्‍वरको भवनमा कुनै पनि काम गरिरहेको बेला वा साधारण काम गरिरहेको बेला पवित्र आत्माले तँलाई अगुवाइ गर्नुभएको र ज्ञान दिइरहनुभएको महसुस गर्नेछस्। तेरो आचरण परमेश्‍वरको वचनसँग मिल्दोजुल्दो हुनेछ, र तैंले केही हदसम्म अनुभव प्राप्त गरेपछि, तैंले विगतमा जसरी व्यवहार गरिस् त्यो तुलनात्मक रूपमा उचित थियो भन्‍ने महसुस गर्नेछस्। तापनि, निश्‍चित अवधिसम्म अनुभव प्राप्त गरेपछि, यदि तैंले विगतमा गरेका केही कामहरू उचित थिएन जस्तो लाग्यो भने, र तँ तीप्रति असन्तुष्ट हुन्छस्, र तैंले गरेका कार्यहरूमा कुनै सत्यता थिएन भन्‍ने महसुस गर्छस् भने, तैंले गरेको सबै कुराहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने यसले प्रमाणित गर्छ। यो तेरा सेवा विद्रोहीपन, प्रतिरोध र काम गर्ने मानवीय तरिकाहरूले भरिएको थियो भन्ने कुराको प्रमाण हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कसैको स्वभाव रूपान्तरण गर्ने बारेमा के थाहा हुनुपर्दछ”

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर सत्यताको पछि लाग्दैनस् भने, तैँले दश वर्षसम्म कुनै परिवर्तनको अनुभव नगरी विश्‍वास गर्न सक्छस्। आखिरमा, तैंले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको ठीक यही हो भनी सोच्नेछस्; तँ पहिले संसारमा जसरी जिइरहेको थिइस् यो झन्डै त्यस्तै रहेछ, अनि जीवित रहनु अर्थहीन कुरा रहेछ भनी सोच्नेछस्। यसले वास्तवमा सत्यताविना, जीवन रित्तो छ भन्‍ने देखाउँछ। तैँले धर्म-सिद्धान्तका केही शब्दहरू बोल्न सक्छस् होला, तर अझै पनि असुविधा र असहज महसुस गर्नेछस्। यदि मानिसहरूमा परमेश्‍वर सम्‍बन्धी केही ज्ञान छ भने, कसरी अर्थपूर्ण जीवन जिउनुपर्छ भन्‍ने जान्दछन्, र परमेश्‍वरलाई प्रसन्न पार्ने केही कुराहरू गर्न सक्छन् भने, उनीहरूले वास्तविक जीवन यही हो, र यस तरिकाले जिउँदा मात्रै उनीहरूको जीवनको अर्थ हुन्छ, र परमेश्‍वरलाई थोरै सन्तुष्ट दिन र तृप्ति दिनका लागि यस्तै प्रकारले जिउनुपर्छ भन्‍ने महसुस गर्नेछन्। यदि उनीहरूले जानी-जानी परमेश्‍वरलाई सन्तुष्ट पार्न, सत्यतालाई अभ्यास गर्न, आफैलाई त्याग्न, आफ्ना विचारहरूलाई त्याग्न र परमेश्‍वरको इच्छाप्रति आज्ञाकारी र विचारशील हुन सक्छन् भने—यदि उनीहरूले यी सबै कुरा होसियार भएर गर्न सक्छन् भने—सत्यतालाई सही रूपमा अभ्यास गर्नु, र सत्यतालाई साँचो रूपले अभ्यास गर्नु भनेको यही नै हो, र यो आफ्ना कल्पनाहरूमा भर पर्ने र आफ्‍ना धर्म-सिद्धान्त र नियमहरू पालन गर्ने तिनीहरूको पहिलेको अवस्थाभन्दा फरक हुन्छ। वास्तवमा, उनीहरूले सत्यतालाई नबुझ्दा, कुनै पनि कार्य गर्नु थकाइलाग्दो हुन्छ, धर्म-सिद्धान्त र नियमहरू पालन गर्नु थकाइलाग्दो हुन्छ, र कुनै लक्ष्य नहुँदा र अन्धाधुन्ध रूपमा काम गर्दा थकाइलाग्दो हुन्छ। सत्यताद्वारा मात्र उनीहरू स्वतन्त्र हुन सक्छन्—यो झूटो कुरा होइन—र यसद्वारा, उनीहरूले सजिलै र खुसीसाथ कार्यहरू गर्न सक्छन्। यस किसिमको अवस्था भएका मानिसहरू तिनै हुन् जोसँग सत्यता हुन्छ; उनीहरू तिनै हुन् जसको स्वभाव रूपान्तरण भएको हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्