इमानदार व्यक्ति हुनुको अभ्यासका सिद्धान्तहरू के-के हुन्

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुनसक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदी तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुशी छस्, तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने, सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने म भन्छु तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने, यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने म भन्छु त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन् र जो राज्यमा सदासर्वदा बस्नेछन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैंले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तैँले आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैंले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैंले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ। जब तँ प्रार्थना गर्छस्, यदि तेरो हृदयमा परमेश्‍वरका निम्ति प्रेम छ र परमेश्‍वरको वास्ता, सुरक्षा र जाँचको खोजी गर्छस् भने, यदि यी कुराहरू तेरो उद्देश्य हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, जब तँ सभाहरूमा प्रार्थना गर्छस्, यदि तैंले आफ्नो हृदय खोल्छस् र परमेश्‍वरसँग प्रार्थना गर्दै कुनै झूटो नबोली आफ्नो हृदयको कुरा उहाँलाई बताउँछस् भने तेरा प्रार्थनाहरू निश्चय प्रभावकारी हुनेछन्। …

परमेश्‍वरको विश्‍वासी हुनु भनेको तैंले गर्ने सबै कुरा उहाँको सामु ल्याउनु र उहाँको जाँचको अधीनमा राख्नु हो। यदि तैंले जे गर्छस् त्यो परमेश्‍वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्‍वरको शरीरको अगाडि ल्याउन सकिँदैन भने, त्यसले तँ उहाँको आत्माको जाँचको अधीनमा नआएको देखाउँछ। परमेश्‍वरको आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्‍वरले साक्षी दिनुहुन्छ? के तिनीहरू एउटै र उही होइनन् र? धेरैले उहाँहरूलाई दुई अलग प्राणीको रूपमा हेर्छन्, र परमेश्‍वरका आत्मा भनेको परमेश्‍वरका आत्मा नै हो, र परमेश्‍वरले जसको साक्षी दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्‍ने विश्‍वास गर्छन्। तर के तँ गलत हुँदैनस्? यो व्यक्तिले कसको तर्फबाट काम गर्दछ? जसले देहधारी परमेश्‍वरलाई चिन्दैनन् उनीहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्‍वरका आत्मा र उहाँको देहधारी शरीर एक हुनुहुन्छ, किनकि परमेश्‍वरको आत्मा शरीरमा परिणत भएको छ। यदि यो व्यक्ति तँप्रति निष्ठुर छ भने, के परमेश्‍वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्‍वरको जाँच स्वीकार नगर्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्‍वरलाई नचिन्नेहरू सिद्ध हुन सक्दैनन्। तैंले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्‍वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैंले गरेका सबै कुराहरू परमेश्‍वरको अगि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैंले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, तँ परमेश्‍वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्‍वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्‍वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र जति धेरै तँ परमेश्‍वरको इच्छाअनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र शरीरलाई छोड्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैंले तेरा भाइबहिनीहरूसित बातचित गर्दा समेत तैंले आफ्ना कार्यहरू परमेश्‍वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्; यसले तैंले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैंले गर्ने सबै कुराहरू परमेश्‍वरको सामु ल्याइस् र परमेश्‍वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्‍वरको उपस्थितिमा जिउँछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

इमानदार व्यक्ति हुनुको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने तेरो हृदय परमेश्‍वरको निम्ति खुल्ला हुनुपर्छ। पछि तँ अरू मानिसहरूका निम्ति खुल्ला हुन, इमानदारीपूर्वक र सत्यतामा बोल्न, तेरो हृदयमा भएका कुराहरू भन्‍न, मर्यादा, प्रतिष्ठा र चरित्रको भएको व्यक्ति बन्‍न, र ठुल्ठूला कुराहरू वा झुटा कुराहरू नबोल्न, वा आफैलाई लुकाउने वा अरूलाई धोका दिने कुराहरू नबोल्न सिक्‍न सक्छस्। इमानदार व्यक्ति हुने कार्यमा अभ्यासको अर्को पक्ष पनि सम्मिलित छ, जुनचाहिँ यो हो कि उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा इमानदार आचरण अपनाउनुपर्छ र त्यो काम इमानदार हृदयले गर्नुपर्छ। तँ सिद्धान्तहरू अनुरूप हुनुपर्छ र तिनलाई तेरो आफ्नो अभ्यासमा लागू गर्नुपर्छ; यो कुराकानीको विषय मात्र होइन, न त कुनै खास आचरण प्राप्त गर्नु र तैंले विश्राम गर्दा अरूलाई गएर ती कार्यहरू गर्न लाउनु नै हो। तैँले विश्राम गरिरहेको बेला इमानदार व्यक्ति हुनुको वास्तविकता कहाँ हुन्छ? कुनै वास्तविकता धारण नगरी नारा मात्र लगाएर केही पनि हुँदैन। परमेश्‍वरले मानिसलाई जाँच्नुहुन्छ, र, मानिसको भित्री हृदय जाँच्नु र मानिसको भित्री हृदय हेर्नुबाहेक उहाँले मानिसको व्यवहार र उसको अभ्यासलाई पनि हेर्नुहुन्छ। यदि तँ आफ्नो भित्री हृदयमा कुनै कुराको बारेमा विचार गर्छस्, तर त्यसलाई अभ्यास गर्दैनस् भने के त्यो इमानदार व्यक्तिको अभिव्यक्ति हो? त्यसो गर्नु भनेको एउटा कुरा भन्नु र अर्को कुरा सोच्नु हो; यो भनेको तँलाई राम्रो देखाउने कुरा गर्नु र यो भनेको तेरा कुराहरूले अरूलाई मूर्ख बनाउनु हो—जस्तो फरिसीहरूले गरेका थिए, जो धर्मशास्त्र पढ्न पोख्त थिए, र उनीहरूले यसलाई अगाडि र पछाडिबाट जान्दथे। तापनि, जब अभ्यास गर्ने समय आउथ्यो, जब उनीहरूले मूल्य चुकाउनु पर्ने हुन्थ्यो र हैसियतका आशिषहरू छोड्नु पर्ने हुन्थ्यो, तब उनीहरूले त्यसो गर्दैनथिए, र उनीहरूले परमेश्‍वरको न्याय गर्न र उहाँलाई दोषी ठहराउन थाल्थे र उहाँको स्थानका लागि प्रतिस्पर्धा गर्थे। परमेश्‍वरलाई त्यो घृणित लाग्यो; त्यो हिँड्नका लागि राम्रो बाटो थिएन! के यस प्रकारको मानिसलाई अरूले विश्‍वास गर्न सक्छन्? (सक्दैनन्।)

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”

इमानदार व्यक्ति बन्ने अभ्यास गर्दा, व्यक्तिले सबैभन्दा पहिला परमेश्‍वरको सामु आफ्नो हृदय खोल्न र दिनहुँ प्रार्थना गर्न सिक्नुपर्छ, उनीहरूको हृदयमा के छ त्यो परमेश्‍वरलाई भन्नुपर्छ। मानौं, आज तँ झूटो बोलेको छस्; त्यो अझसम्म कसैले पनि थाहा पाएको छैन, र तैँले अझसम्म सबैको सामु त्यो खुलस्त गर्ने साहस बटुल्न सकेको छैनस्। कम्तीमा, तैँले आज आफ्नो चाल-चलनमा भेट्टाएका र जाँचेका गल्तीहरू, गलत कार्यहरू र झूटा कुराहरूलाई एकचोटि परमेश्‍वरको सामु ल्याउनुपर्छ, र तेरा पापहरू स्वीकारलाई गर्नुपर्छ र यसो भन्नुपर्छ: “हे परमेश्‍वर, मैले फेरि झूटो कुरा बोलेको छु। मैले फलानो-फलानोको खातिर यो गरें। म तपाईंसँग बिन्ती गर्दछु कि मलाई अनुशासन कारबाही गर्नुहोस्।” यदि तँमा यस्तो आचरण छ भने, परमेश्‍वरले तँलाई स्वीकार गर्नुहुनेछ, र उहाँले त्यो याद गर्नुहुनेछ। हुन सक्छ, झूटो बोल्ने दोषको वा भ्रष्ट स्वभावको समाधान गर्न तेरो लागि धेरै कठोर र परिश्रमपूर्ण कार्य होला, तर कहिल्यै चिन्ता नगर—परमेश्‍वर तेरो साथमा हुनुहुन्छ, र उहाँले तँलाई यो दोहोरिरहने कठिनाइबाट पार गराउनुहुनेछ, झूटो नबोल्ने साहस दिनुहुन्छ, तैंले झूटो बोलेको छस् भनी स्वीकार गर्ने; तैंले कुन झूटो बोलिस्, किन झूटो बोलिस्, तेरा अभिप्रायहरू र उद्देश्यहरू के-के थिए ती स्वीकार गर्ने; तँ एक इमानदार व्यक्ति होइनस् भनेर स्वीकार गर्ने; तँ एक छली व्यक्ति होस् भनेर स्वीकार गर्ने साहस दिनुहुन्छ; र उहाँले तँलाई यो बाधा तोडेर पार गर्ने, र शैतानको पिञ्जरा तोडेर त्यसको नियन्त्रणबाट बाहिर निस्कने साहस दिनुहुनेछ। यस प्रकारले, तँ बिस्तारै ज्योतिमा, परमेश्‍वरको अगुवाइमा र आशिषमा जिउन थाल्नेछस्। जब तँ शारीरिक सीमाहरू तोडेर बाहिर निस्कन्छस् र सत्यताको अधीनमा बस्न सक्छस्, तँ स्वतन्त्र र मुक्त भएको हुनेछस्। जब तँ यस प्रकारले जिउँछस्, तब मानिसहरूले मात्र होइन तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। कहिलेकहीँ तैँले अझै गलत कार्यहरू गर्ने भए पनि, र कहिलेकहीँ तैँले अझै पनि झूटो बोल्‍न सक्‍ने भए पनि, कहिलेकहीँ तँमा अझै पनि आफ्नै अभिप्रायहरू, साथै स्वार्थी उद्देश्यहरू हुने भए पनि, स्वार्थी र घृणित कार्यहरू र विचारहरू हुने भए पनि, तैँले परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस् र परमेश्‍वरको सामु तेरो हृदय, तेरो वास्तविक अवस्था प्रकट गर्न सक्छस्—यसरी तँसित अभ्यास गर्ने सही मार्ग हुनेछ। यदि तेरो अभ्यास गर्ने मार्ग सही छ र तेरो अगाडि बढ्ने दिशा सही छ भने, तेरा सम्भावनाहरू सुन्दर र उज्ज्वल हुनेछन्। यस प्रकार, तँ सहज हृदयसहित जिउनेछस्; तेरो आत्मा पोषित हुनेछ, र तैँले समृद्ध र आनन्दित भएको महसुस गर्नेछस्। यदि तँ यी शारीरिक सीमाहरूको यो बाधा तोड्न सक्दैनस् भने र सधैँ भावनाहरू र शैतानी सिद्धान्तहरूमा बाँधिन्छस् भने, र तेरा बोलीवचन र कार्यहरू सधैँ क्रोधपूर्ण र गोप्य हुन्छन्, कहिल्यै पनि दिनको उज्यालोमा हुँदैनन् भने, तँ त्यस्तो व्यक्ति होस् जो शैतानको अधीनमा बस्दछ। जब तैँले सत्यतालाई बुझ्छस् र शारीरिक सीमाहरूका बाधालाई तोड्न सक्छस्, तब तैँले बिस्तारै मानव स्वरूप धारण गर्छस्। तँ खुलस्त र स्पष्टसँग बोल्छस् र कार्य गर्छस्, र तँसित हुन सक्ने अन्य विचारहरू वा तैँले गरेको कुनै पनि गलत कुरा अरूलाई देखाउँछस् वा यसरी सबैले त्यो स्पष्ट रूपमा देख्न सक्छन्—र, आखिरमा उनीहरूले तँ पारदर्शी व्यक्ति होस् भनेर भन्नेछन्। पारदर्शी व्यक्ति भनेको के हो? यो त्यस्तो व्यक्ति हो जसले झूटो बोल्दैन, जो बोलीवचनमा अति नै इमानदार हुन्छ, र जसको कुरा सबैले सत्य हो भनी विश्‍वास गर्छन्। यदि उनीहरूले अनजानमा झूटो बोले पनि वा केही गलत कुरा भने पनि, उनीहरूले त्यो अनजानमा गरेका हुन् भनी बुझेर सबैले उनीहरूलाई क्षमा दिन सक्छन्। उनीहरूले यो थाहा पाएपछि, उनीहरू फर्केर क्षमा माग्न आउनेछन् र त्यसलाई सच्याउनेछन्। पारदर्शी व्यक्ति भनेको यही नै हो। यस किसिमको व्यक्तिलाई सबैले मन पराउँछन् र भरोसा गर्न सक्छन्। यदि तँ यो स्तरमा पुगिस् र परमेश्‍वर अनि अरू मानिसको विश्‍वास प्राप्त गरिस् भने, तैँले त्यति साधारण कार्य पूरा गरेको हुँदैनस्—यो एक व्यक्तिले प्राप्त गर्न सक्ने उच्चतम मर्यादा हो, र यस्ता मानिसहरूसित मात्र आत्म-सम्मान हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”

एक इमान्दार व्यक्तिको रूपमा, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहारको झलक पाउन सकून्; तैँले भेष बदल्ने वा आफूले आफूलाई राम्रो भएको भनी प्रस्तुत गर्नु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार मान्नेछन्। यही नै इमान्दार व्यक्तिको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वावश्यकता हो। तैँले सधैँ बहाना बनाइरहेको हुन्छस्, सधैँ पवित्रता, सच्चरित्रता, महानताको ढोंग गरिरहेको छस्, र उच्च नैतिक गुणहरूको स्वाङ पारिरहेको छस्। तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा असफलताहरू हेर्न दिँदैनस्। तैँले मानिसहरू समक्ष झूटो प्रतिरूप प्रस्तुत गर्छस् ताकि तिनीहरूले तँ इमानदार, महान्, आत्मत्यागी, निष्पक्ष र निस्वार्थ छस् भनी विश्‍वास गरून्। यो छलीपन हो। छली भेष प्रयोग नगर्, र ढोंग गर्दै आफूलाई प्रस्तुत नगर्; बरु अन्य व्यक्तिहरूले हेर्नको लागि आफूलाई र आफ्नो हृदयलाई उदाङ्गो पार्। यदि तैँले अन्य व्यक्तिहरूले हेर्नको लागि आफ्नो हृदयलाई उदाङ्गो पार्न सक्छस् भने, र आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सोचहरू र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के तँ इमानदार भएको हुँदैनस् र? यदि तैँले अन्य व्यक्तिहरूले हेर्नको लागि आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई हेर्नुहुनेछ र भन्नुहुनेछ, “अन्य व्यक्तिहरूले हेर्नको लागि तैँले आफूलाई उदाङ्गो पारेको छस्, त्यसैले अवश्य तँ मेरो अगाडि पनि इमानदार छस्।” यदि तैँले आफू अन्य व्यक्तिको नजरभन्दा बाहिर भएको बेलामा परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरूको साथमा भएको बेलामा तँ सधैँ महान र सच्चरित्रवान वा न्यायसंगत र निस्वार्थ भएको बहाना गर्छस् भने, परमेश्‍वरले के सोच्नुहुनेछ र के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, “तँ साँच्चिकै छली होस्; तँ विशुद्ध रूपमा पाखण्डी र तुच्छ होस्; अनि तँ इमान्दार व्यक्ति होइनस्।” परमेश्‍वरले यसरी तँलाई दोषी ठहराउनुहुनेछ। यदि तँ इमान्दार बन्न चाहन्छस् भने तैँले परमेश्‍वर वा अन्य व्यक्तिहरूको अगाडि जेसुकै गरे पनि तैँले आफैलाई खुला गर्न र आफूलाई उदाङ्गो पार्न सक्नुपर्छ। के यो हासिल गर्न सजिलो छ त? यसको लागि समय लाग्छ; यसको लागि आन्तरिक संघर्ष चाहिन्छ, र हामीले निरन्तर अभ्यास गर्नुपर्छ। अलि-अलि गर्दै, हाम्रो हृदय खुल्नेछ र हामीले आफूलाई उदाङ्गो पार्न सक्‍नेछौं।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”

तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा निराकरणपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरको इच्छा बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले राम्ररी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू पूरा गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू पूरा गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वर नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तापनि, तिनीहरू खराब मनस्थितिमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्छन्, र तिनीहरूका जिम्मेवारीहरू पूरा गर्न वाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरको सामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाशहरू नै खस्यो भने पनि—जबसम्म परमेश्‍वरले मलाई जीवित रहन दिनुहुन्छ, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। मलाई जिउन दिइने प्रत्येक दिन नै मैले मेरो कर्तव्य पूरा गर्न कठिन परिश्रम गर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, थोक, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मनस्थिति वा बाहिरी परिस्थितिद्वारा नियन्त्रित नहुनेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्य वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा व्यावहारिक र वास्तविक अभिव्यक्ति यही हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो कर्तव्य पूरा गरेको अनुभवद्वारा नै जीवन प्रवेशको सुरुवात हुनुपर्छ”

तैँले जुनसुकै कुराको सामना गरे पनि, चाहे त्यो परमेश्‍वरले सीधै तँलाई आज्ञा गर्नुभएको कुरा होस् वा तैँले गर्नुपर्ने कर्तव्य होस्, वा त्यो कसैले तँलाई भनेको कुनै कुरा होस्, र त्यसमा तैँले आफैलाई कसरी संचालन गर्छस्, वा तैँले विभिन्न कुराहरू कसरी सम्हाल्छस् भन्ने कुरा सम्मिलित भए वा नभए पनि, तैँले यसलाई सधैँ इमानदार हृदयले अघि बढाउनुपर्छ। व्यक्तिले काम-कुराहरूलाई एक इमानदार हृदयको साथ अघि बढाउने अभ्यास कसरी गर्नुपर्छ? तँ जे सोच्छस् र बोल्छस् त्यो इमानदारीसाथ भन्; आधिकारिक शब्दहरू नबोल्, रमाइलो सुनिने, चापलुसीपूर्ण वा छली कुराहरू नबोल, तर तेरो हृदयमा भएका कुराहरू बोल् र तेरो हृदयमा भएका वास्तविक विचारहरू र दृष्टिकोणहरू व्यक्त गर्—इमानदार मानिसहरूले गर्नुपर्ने कुरा यही हो। यदि तँ आफ्नो हृदयमा सोचेका कुराहरू कहिल्यै भन्दैनस् वा प्रकट गर्दैनस् भने, तर तेरा ओठका शब्दहरू तैँले हृदयमा सोचेको जस्तो कहिल्यै पनि हुँदैनन् भने त्यो इमानदार व्यक्तिले गर्ने व्यवहार होइन। उदाहरणका निम्ति, मानौं तैँले एउटा कर्तव्य राम्ररी पूरा गरिनस्। कसैले तँलाई के भयो भनेर सोध्छ, र तँ भन्छस्, “म कर्तव्य राम्ररी गर्न चाहन्थें, तर यो वा त्यो कारणले गर्दा मैले त्यसो गरिनँ।” वास्तवमा, तँ निष्क्रिय दिइनस् भन्ने कुरा तँलाई आफ्नो हृदयमा थाहा हुन्छ, तर तँ खुलस्त र इमानदारीसाथ बोल्दैनस्, र तँ जिम्मेवारी अर्को व्यक्तिमा सार्छस्, अथवा तँ वास्तविक सत्यतालाई लुकाउन हरप्रकारका कारणहरू खोज्छस्। के यो इमानदार व्यक्ति हुनु हो? यसो भनेर तँ उम्कन सक्छस्, तर तैँले आफैभित्रका कुराहरू समाधान गर्न तिनलाई प्रकाशमा ल्याउनका लागि बाहिर निकालेको हुँदैनस्, जसले तँलाई हृदयमा बिरामी बनाउँछ। यदि त्यसले तेरो हृदयमा जरा गाड्यो भने, त्यो एउटा समस्याको कुरा हो। तँ खुलस्त र इमानदारीसाथ बोल्नुपर्छ: “यो कर्तव्य गर्दा म थोरै लापरवाही भएको छु, र मैले यसलाई गम्भीरतापूर्वक लिएको छैनँ। म थोरै बेर कडा मेहनत गर्छु र थोरै बेर म सुस्त बन्छु। जब मेरो मनस्थिति राम्रो हुन्छ, तब म केही मूल्य चुकाउन सक्छु, तर जब मेरो मनस्थिति राम्रो हुँदैन, म आफ्‍ना कोसिसहरूमा सुस्त हुन्छु, म मूल्य चुकाउन अनिच्छुक बन्छु, म निष्क्रिय हुन्छु र शारीरिक सुविधाहरूको चाहना गर्छु, त्यसैले मेरो कर्तव्य गराइले केही पनि हासिल गर्दैन। बितेका केही दिनहरूमा मैले आफैलाई परिवर्तन गरिरहेको छु र मेरा कर्तव्यहरूमा अगाडि बढ्ने क्रममा झन्-झन् राम्रो गर्ने, मेरो कार्य-कुशलतामा सुधार गर्ने र छिटोछिटो काम गर्ने कोसिस गर्दैछु।” यी दुई जबाफहरूमध्ये कुनचाहिँ इमानदार छ भनेर सुन्‍न सकिन्छ? तिमीहरू के भन्दछौ? यो स्पष्ट छ कि पहिलो प्रतिक्रिया निराकरण भइन्छ भन्ने डरले, र अरूले त्यहाँ समस्या छ भनी थाहा पाउला, र अनुसन्धान गरिएला अनि जिम्मेवार भेट्टाइएला भन्ने डरले र दोषहरूलाई रोक्न सत्यतालाई ढाकछोप गर्न पहिलेबाटै बहानाहरू खोज्‍ने, निराकरण नगरिओस् भनी जिम्मेवारी सार्ने व्यक्तिको प्रतिरक्षात्मक आक्रमण हो। उनीहरूको झूटको स्रोत यही हो। दोस्रोचाहिँ कसैले बोलेको सत्य कुरा थियो, र उनीहरूलाई निराकरण गर्नु र जिम्मेवारी लिनुपर्छ भन्‍ने कुरा तर्कसंगत भए पनि त्यो कुरा सत्य हुन्छ। मानिसहरूको सामान्य अवस्था यस्तै हुन्छ—यदि तैँले केही भनिनस् भने पनि मानिसहरूले जान्नेछन्। तैँले नबोल्ने निर्णय गरिनस्, र तैँले आफैलाई ठीक ठहराउने वा बचाउने निर्णय गरिनस्, त्यसको साटो सीधा कुरा बोलिस्। यसले के प्रमाणित गर्छ भने, तँ वास्तविक सत्यतालाई लुकाउन वा अरूलाई धोका दिनका निम्ति कठोर र हठी बन्दै आफ्नै बहानाहरूमा अल्झिरहँदैनस्, तँसित इमानदार आचरण छ र परिवर्तनको खोजी गर्दछस्। कुन मार्ग सही छ? इमानदार मानिसहरूले अभ्यास गर्ने मार्ग कुनचाहिँ हो? इमानदारीपूर्वक बोल्दै, आफ्‍नो वास्तविक अवस्था र वास्तविक समस्याको विवरण दिँदै खुला बन्‍ने र आफूलाई उदाङ्गो बनाउने—इमानदार मानिसहरूले यस्तै प्रकारले अभ्यास गर्छन्, र यस्तो प्रकारले अभ्यास गर्नु सही कुरा हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”

जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, तैँले पहिले उनीहरूलाई तेरो साँचो हृदय र इमानदारीता बुझ्न दिनुपर्छ। यदि, अरूसँग बोल्दा र सम्पर्क गर्दा र अरूसँग मिलेर काम गर्ने क्रममा कसैको बोलीवचनहरू लापरवाही, आडम्बरी, ठट्यौलीपूर्ण, चापलुसीले भरिएको, गैरजिम्मेवार, र काल्पनिक छन् भने वा यदि उनीहरू केवल अरूको कृपा पाउनका निम्ति मात्रै बोल्छन् भने उनीहरूका कुराहरूमा पूर्ण विश्‍वसनीयता वा सच्चाइको कमी हुन्छ, र उनीहरू अलिकति पनि इमानदार हुँदैनन्; अरू मानिसहरू जोसुकै भए पनि अरूसँग कुराकानी गर्ने उनीहरूको तरिका यही हो। के त्यस्तो व्यक्तिमा इमानदार हृदय हुन्छ? यो इमानदार व्यक्ति होइन। मानौं, कुनै व्यक्तिमा केही कमी-कमजोरी छ, र उनीहरूले इमानदारी र सत्यतापूर्वक तँलाई भन्छन्: “मलाई बताउनुहोस्, म किन यति धेरै नकारात्मक छु। मैले यो पत्ता लगाउन सकेको छैन!” र मानौं, वास्तवमा तँलाई आफ्नो हृदयमा उनीहरूको समस्या बारे थाहा छ, तर तँ त्यो कुरा उनीहरूलाई भन्दैनस्, त्यसको साटो यसो भन्छस्: “यो केही पनि होइन। म पनि प्रायः नकारात्मक हुने गर्छु।” सुन्‍नेहरूका लागि यी शब्दहरू ठूलो सान्त्वना बन्छन्, तर के तेरो आचरण इमानदार छ त? अहँ, छैन। तँ अर्को व्यक्तिलाई सहज बनाउन र सान्त्वना दिनका निम्ति उनीहरूसँग लापरवाह भइरहेको छस्; तँ उनीहरूसँग इमानदार भएर बोल्‍नबाट जोगिएको हुन्छस्। उनीहरूले आफ्नो नकारात्मकता त्यागून् भनेर तैँले गम्भीरता साथ उनीहरूलाई सहायता गरिरहेको हुँदैनस्। उनीहरूलाई सान्त्वना दिन र तिमीहरूको बीचमा कुनै प्रकारको दुश्‍मनी वा झगडा नहोस् भनेर मात्र तँ त्यसो गर्छस्, तैंले उनीहरूसँग खाली न्यूनतम गरेको हुन्छस्—र यसो गर्नु एक इमानदार व्यक्ति बन्‍नु होइन। यसैले, एक इमानदार व्यक्तिको रूपमा, यस प्रकारको परिस्थितिको सामना गर्नुपर्दा तैँले के गर्नुपर्छ? तैँले देखेका र जानेका कुराहरू उनीहरूलाई बताउनुपर्छ: “मैले जे देखेको र अनुभव गरेको छु त्यो म तपाईंलाई बताउँछु। मैले भनेको कुरा सही छ कि गलत छ तपाईंले नै निर्णय गर्नुहोस्। यदि यो गलत छ भने, तपाईंले यसलाई स्वीकार गर्नु पर्दैन। यदि यो सही छ भने, म आशा गर्दछु तपाईंले यसलाई स्वीकार गर्नुहुनेछ। यदि मैले भनेको कुनै कुरा तपाईंलाई सुन्न गाह्रो लाग्यो र तपाईंलाई चोट पुर्‍यायो भने, म आशा गर्दछु तपाईंले यस कुरालाई परमेश्‍वरबाट स्वीकार गर्न सक्नुहुन्छ। मेरो अभिप्राय र उद्देश्य भनेको तपाईंलाई सहायता गर्नु हो। म यो समस्यालाई स्पष्ट रूपमा देख्छु: तपाईंको व्यक्तिगत घमन्डमा चोट लागेको छ। कसैले पनि तपाईंको अहमतालाई पोषण गर्दैन, र तपाईंलाई सबैले तुच्छ ठान्छन्, तपाईंलाई आक्रमण गरिँदैछ र तपाईंसँग कहिल्यै त्यस्तो अन्याय भएको छैन भन्‍ने तपाईं सोच्नुहुन्छ। तपाईं त्यो सहन सक्नुहुन्न र नकारात्मक बन्नुहुन्छ। तपाईं के सोच्नुहुन्छ—के साँच्चै यस्तो भइरहेको छ?” अनि यो सुनेर उनीहरूले मामिला यही नै हो भन्‍ने महसुस गर्छन्। वास्तवमा तेरो हृदयमा यही कुरा हुन्छ, तर यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले त्यो कुरा भन्नेछैनस्। तैँले यसो भन्नेछस्, “म पनि प्रायः नकारात्मक नै बन्छु,” र जब अर्को व्यक्तिले सबै जना नकारात्मक हुँदोरहेछन् भन्ने सुन्छन्, तब उनीहरूलाई त्यो सामान्य नै हो भन्‍ने लाग्छ, र अन्त्यमा, उनीहरूले आफ्नो नकारात्मकतालाई छोड्दैनन्। यदि तँ एक इमानदार व्यक्ति होस् र तैँले इमानदार आचरण र इमानदार हृदयले उनीहरूलाई सहायता गर्छस् भने, तैँले उनीहरूलाई सत्यता बुझ्न र उनीहरूको नकारात्मकता छोड्न सहायता गर्न सक्छस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”

ख्रीष्‍टसँग मानिसहरूले के-कस्ता सिद्धान्तहरूअनुसार अन्तरक्रिया गर्नुपर्छ? चापलुसी गर्ने, चाकडी गर्ने र राम्रो प्रभाव पार्नको लागि आफूले बोल्‍ने शब्‍दहरू राम्ररी छनौट गर्नेबारेमा मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्तहरू के-के हुन्? इमानदार बन् र चापलुसी गर्ने वा चाकडी गर्ने कार्यमा आफूलाई संलग्‍न नगर्। चिप्लो घस्‍नुपर्ने कुनै कारण छैन—इमानदार बने पुग्छ। यसलाई विशेष गरी कसरी अभ्यास गर्नुपर्छ त? परमेश्‍वरसँग खुला हृदयको व्यक्ति बन्‍नको लागि, तैँले सुरुमा आफ्‍ना व्यक्तिगत इच्‍छाहरूलाई पन्छ्याउनुपर्छ। परमेश्‍वरले तँसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा, तेरो हृदयमा के छ त्यो कुरा बता, र तेरा शब्‍दहरूका परिणामहरू के हुनेछन् त्यसको बारेमा चिन्तन गर्ने वा विचार-विमर्श गर्ने नगर्; तैँले जे विचार गरिरहेको छस् त्यही भन्, तेरा उत्प्रेरणाहरूलाई पन्छ्याएर राख्, अनि कुनै उद्देश्य हासिल गर्नको लागि शब्‍दहरूको प्रयोग गर्ने प्रयास नगर्। जब तँसँग अति धेरै अभिप्रायहरू हुन्छन्, तब तँ सधैँ आफूले बोल्ने शैलीमा हिसाबकिताब गरिरहेको हुन्छस्। “मैले यसो भन्‍नुपर्छ, त्यसो होइन, मैले बोल्‍ने कुरामा म होशियार बन्‍नुपर्छ, मैले मेरो उद्देश्य हासिल गर्नुपर्छ”—के यसमा व्यक्तिगत उत्प्रेरणाहरू लुकेका छन्? यी मानिसहरूले शब्‍दहरू बोल्‍नुभन्दा पहिले नै मनमा अनेक कुरा खेलाइसकेका हुन्छन्, तिनीहरूले भन्‍न लागेका कुराहरूलाई धेरैपटक सोचविचार गरेका, र आफ्‍नो मस्तिष्कमा यसलाई धेरैपटक छानेका हुन्छन्। तिनीहरूको मुखमा आइपुग्दा, यी शब्‍दहरूले शैतानका छली युक्तिहरू बोकेका हुन्छन्; अर्थात्, तेरो मुखबाट निस्केका वचनहरूले आशय र व्यक्तिगत लक्ष्यहरू बोकेका हुन्छन्; त्यस्ता वचनहरू सच्‍चा हुँदैनन् अनि तिनीहरू हृदयबाट पनि आएका हुँदैनन्। परमेश्‍वरप्रति खुला हृदयले व्यवहार गर्ने तरिका यो होइन। यसलाई के भनिन्छ? यसलाई दुष्ट अभिप्रायहरू राख्‍नु भनिन्छ। यसबाहेक, तैँले बोल्‍ने क्रममा व्यक्तिको अनुहार र आँखाका हाउभाउहरूलाई निरन्तर रूपमा अवलोकन गरिरहन सक्छस्, र उसको हाउभाउ सकारात्मक छ भने मात्रै तैँले बोल्‍ने कार्यलाई जारी राख्‍न सक्छस्। जब तैँले नकारात्मक हाउभाउ पत्ता लगाउँछस्, तब तैँले आफ्‍ना शब्‍दहरूलाई रोकेर राख्छस्। आफूले सुनिरहेको कुरा उसलाई मन परेन भन्‍ने कुरा तैँले देख्‍नेबित्तिकै, तँ बोल्‍न छोड्छस्। उसलाई तेरो कुरा सुन्‍न मन नलागेको र ऊ अनिच्‍छुक भएको तैँले देख्‍नेबित्तिकै, तैँले मनमनै विचार गर्छस्, “तपाईंलाई चासो लाग्‍ने र तँपाईंलाई मेरो कुरा सुन्‍ने तुल्याउनको लागि मैले के भन्‍न सक्छु? म तपाईंलाई कसरी म असल हुँ भनेर सोच्‍ने बनाउन सक्छु? म तपाईंलाई कसरी मलाई मन पराउने बनाउन सक्छु? म कसरी मप्रति भएको तपाईंको दृष्टिकोणलाई परिवर्तन गर्न सक्छु? तँपाईंलाई खुशी पार्न म के भन्‍न सक्छु, ताकि तपाईंले मलाई निराकरण नगर्नुहोस्। वास्तविक अवस्था पत्ता लगाउनबाट तपाईंलाई रोक्‍नको लागि म के भन्‍न सक्छु? तपाईंलाई सुन्‍न मन नपर्ने विषयबाट म कसरी कुरा बङ्ग्याउन सक्छु? यो हासिल गर्नलाई जे भन्‍नुपर्ने हो म भन्‍नेछु।” के इमानदार हुनु भनेको यही हो त? (अहँ, होइन।) कतिपय मानिसहरूले यस्तो विचार गर्छन्, “यदि तपाईंलाई यसको बारेमा थाहा छैन भने म यसको बारेमा उजुरी दिनेछैन। बरु, अरू कसैले यसको उजुरी दिओस् भनेर म प्रतीक्षा गर्नेछु, त्यसपछि मात्रै अरूसँगै यसको बारेमा म पनि बोल्‍नेछु। यसो गरेर मैले तपाईंलाई मेरो उजुरी साँचो हो भन्‍ने जानकारी दिन्छु, तर यसको बारेमा उजुरी दिने पहिलो व्यक्ति म नै भएँ भने मलाई निराकरण गरिने सम्‍भावना हुन्छ। आफ्‍नो टाउको बाहिर निकाल्‍ने चरालाई नै गोली लाग्छ, र म त्यो चरा हुन चाहन्‍नँ। अवश्य नै सुरुमा अघि सर्ने व्यक्ति म बन्‍नेछैन।” के त्यो इमानदार बन्‍नु हो त? मानौं तैँले कसैको बारेमा साँचो जानकारी थाहा पाइस्, अनि यदि यसको बारेमा जान्‍ने तँ मात्रै होस् र अरू कसैलाई थाहा छैन, र तिनीहरूले अझै पनि त्यो व्यक्ति असल छ भन्‍ने सोच्‍छन् भने, र यसको बारेमा ख्रीष्‍टलाई पनि थाहा छैन भने, यस्ता परिस्‍थितिहरूमा के तैँले ख्रीष्‍टलाई यसको बारेमा पूर्ण रूपमा बताउनेछस्? यदि तैँले यसलाई लुकाउँछस्, पन्छ्याउँछस्, र यसको बारेमा कहिल्यै केही भन्दैनस्, यसको बारेमा कहिल्यै खुलासा गर्दैनस् भने, र त्यो व्यक्तिको यथार्थ प्रकट भएपछि र उसलाई पदबाट मुक्त गरिएपछि वा परमेश्‍वरको घरबाट निकालिएपछि मात्रै तँ खडा हुन्छस् र त्यसको बारेमा बोल्छस् भने, के त्यो इमानदार बन्‍नु हो त? समस्या छ भनेर जसलाई खुलासा गरिएको भए पनि वा अरू जुनसुकै समस्याको बारेमा उजुरी गरिएको भए पनि, तँ सधैँ अन्तिममा बोल्‍ने व्यक्ति हुन्छस्। के त्यो इमानदार बन्‍नु हो त? मानौं तँलाई व्यक्तिगत रूपमा कुनै व्यक्ति मन पर्दैन वा कुनै व्यक्तिसँग तँप्रति ईख छ। त्यो व्यक्ति दुष्ट व्यक्ति नहुन सक्छ वा त्यो व्यक्तिले कुनै दुष्ट कार्य नगरेको नहुन सक्छ, तर तैँले उसलाई घृणा गर्छस् र ऊसको पतन गराउन, उसलाई मूर्ख देखाउन चाहन्छस्, त्यसकारण तँ उसको बारेमा खराब कुरा भन्‍ने उपायहरू र अवसरहरूको प्रतीक्षा गर्छस्। तैँले यो व्यक्तिको बारेमा निर्णयात्मक अभिव्यक्तिहरू नदिई बोलिरहेको मात्रै हुनसक्‍ने भए पनि, तैँले मामलाको बारेमा गरेको व्याख्याको हरेक भागमा तेरा मनसायहरू स्पष्ट बन्छन्। तैँले तिनीहरूको निराकरण गर्न माथिको हातको प्रयोग गर्ने प्रयास गरिरहेको हुन्छस्। सतही रूपमा, तैँले साँचो तथ्यहरूको बारेमा कुरा गरिरहेको छस् भन्‍ने देखिन्छ, तर ती तेरा व्यक्तिगत मनसायहरूद्वारा कलङ्कित भएका हुन्छन्; यो इमानदार बन्‍नु होइन।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, जानी-जानी सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको अवहेलना गर्छन् (२)”

सोझो र सीधा हुन सक्नु भनेको इमानदार व्यक्ति बन्‍नु हो। यसको अर्थ कुनै व्यक्तिले केही पनि नलुकाई र केहीबाट पनि नलुकी आफ्‍नो हृदय र आत्मा पूर्ण रूपमा परमेश्‍वरको निम्ति खोलिदिनु हो। यस प्रकारका मानिसहरूको हृदय परमेश्‍वरमा अर्पित गरिएको हुन्छ र परमेश्‍वरलाई पूर्ण रूपमा देखाइएको हुन्छ। अर्थात्, उनीहरू जे हुन् ती सबै परमेश्‍वरलाई दिइएको हुन्छ। यदि परमेश्‍वरले उनीहरू खराब छन् भनी भन्नुभयो भने उनीहरू त्यो कुरा स्वीकार गर्छन्। यदि परमेश्‍वरले उनीहरू अहङ्कारी र स्व-धर्मी छन् भनी भन्नुहुन्छ भने, उनीहरूले त्यो मानिलिन्छन् र त्यसलाई पूर्ण रूपमा स्वीकार गर्दछन्। के उनीहरूले त्यसलाई सजिलै स्वीकार गरेर, त्यसपछि त्यसलाई त्यस्तै छोडिदिन सक्छन्? तिनीहरूले अझै पश्‍चात्ताप गर्नुपर्छ, सत्यता सिद्धान्त प्राप्त गर्ने कोसिस गर्नुपर्छ, उनीहरूले थाहा पाएका गल्तीहरूलाई सुधार्नुपर्छ, र उनीहरूका गल्तीहरूको जड् खोज्नुपर्छ। त्यसपछि उनीहरूले त्यो थाहा पाउनुभन्दा अघि नै आफ्ना सबै गलत व्यवहार सच्याएका हुन्छन्, र उनीहरूले गर्ने गरेका धोका दिने, ठग्ने, हलकासाथ काम गर्ने, र काम-कुराहरूमा लापरवाही गर्ने तरिकाहरू झन्-झन् घट्दै जान्छन्। उनीहरू जति लामो समयसम्म यस प्रकारले जिउँछन्, त्यत्ति नै बढी उनीहरू निष्कपट र सोझा हुन्छन्, उनीहरू इमानदार व्यक्ति बन्ने लक्ष्यको अझ नजिक पुग्छन्। ज्योतिमा जिउनु भनेको यही हो। यो सबै महिमा परमेश्‍वरलाई जान्छ। मानिसहरूलाई ज्योतिमा जिउने बनाउने त परमेश्‍वर नै हुनुहुन्छ—यसमा मानिसहरूले घमण्ड गर्नुपर्ने कुनै कारण छैन। जब मानिसहरू ज्योतिमा जिउँछन्, उनीहरूले सबै सत्यता बुझ्दछन्, उनीहरूसँग परमेश्‍वरको भय मान्ने हृदय हुन्छ, उनीहरूले सामना गर्ने सबै विषयमा सत्यता खोज्न जान्दछन्, र उनीहरू मानवीय स्वरूपमा जिउँछन्। उनीहरूलाई पूर्ण रूपमा असल व्यक्ति भन्न नसकिए पनि, परमेश्‍वरको नजरमा उनीहरूसित केही मानवीय स्वरूप हुन्छ र तिनीहरू अब झगडालु वा विरोधी हुँदैनन्, र उनीहरूले अबदेखि परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने वा उहाँलाई अस्वीकार गर्ने जोखिम हुँदैन। उनीहरूमा सत्यताको त्यति गहन ज्ञान नहुन सक्‍ने भए पनि, उनीहरू आज्ञापालन गर्न सक्छन्, र जब उनीहरूलाई कुनै कार्य वा कर्तव्य दिइन्छ, उनीहरूले आफ्नो सम्पूर्ण हृदय र मन प्रयोग गर्न सक्छन् र उनीहरूको उच्चतम क्षमतासहित त्यस कार्यलाई गर्छन्। उनीहरू भरोसायोग्य हुन्छन् र परमेश्‍वरले उनीहरूका निम्ति कुनै चिन्ता गर्नु पर्दैन—यस्ता मानिसहरू ज्योतिमा जिउँछन्। के ज्योतिमा जिउनेहरूले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्छन्? के उनीहरूले अझै पनि परमेश्‍वरबाट आफ्नो हृदय लुकाउन सक्छन्? के उनीहरूले अझै पनि केही स-साना युक्तिहरू प्रयोग गर्छन्? के उनीहरूसँग कुनै गुप्त कुराहरू हुन्छ? (हुँदैन।) उनीहरूको हृदय परमेश्‍वरका निम्ति पूर्ण रूपमा खोलिएको हुन्छ। अर्थात्, केही पनि लुकाइएको हुँदैन, उनीहरूलाई भन्न सर्म लाग्ने केही पनि हुँदैन, र कुनै यस्तो कुरा हुँदैन जसको निम्ति उनीहरूले लाज मानेर आफ्नो शिर निहुराउनुपर्छ। उनीहरू ती सबै कुरा परमेश्‍वरलाई दिन्छन्—र परमेश्‍वर सबै कुरा जान्नुहुन्छ। जब मानिसहरूले यो अवस्था हासिल गर्न सक्छन्, तब उनीहरू हल्‍का र सहजताको साथ जिउँछन्, र उनीहरू स्वतन्त्र भएर जिउँछन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू इमानदार भएर मात्र साँचो रूपमा खुसी हुन सक्छन्”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्