नियम पालन गर्नु भनेको के हो र नियम पालना गर्नु र सत्यता अभ्यास गर्नुबीचमा के-कस्ता भिन्नताहरू छन्

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानिसले आज जे प्राप्त गर्नुपर्छ त्यो आजको मानिसको वास्तविक अवस्थासँग मिल्दोजुल्दो, अहिलेको मानिसको क्षमता र वास्तविक कदअनुसारको छ, अनि यसका निम्ति तैँले नियमहरू पालन गर्नुपर्दैन। यो तेरा पुरानो स्वभावमा परिवर्तन हासिल गर्न सकियोस् भनेर, अनि तेरा विचारहरूलाई पर पन्साउनका सकियोस् भनेर हो। के तँ ती आज्ञाहरू नियमहरू हुन् भनी सोच्छस्? ती मानिसलाई दिइएका सामान्य आवश्यकताहरू हुन् भनेर भन्‍न सकिन्छ। ती तैँले पालन गर्नैपर्ने नियमहरू होइनन्। उदाहरणको लगि, चुरोट पिउन निषेध गरिएको कुरालाई लिऔं—के यो नियम हो? यो नियम होइन। यो सामान्य मानवताले माग गरेको कुरा हो; यो नियम होइन, तर सारा मानवतालाई प्रतिबन्ध लगाइएको कुरा हो। आज प्रस्तुत गरिएका दर्जनौं वा त्योभन्दा बढी आज्ञाहरू पनि नियमहरू होइनन्, ती सामान्य मानवता प्राप्त गर्न चाहिने कुराहरू हुन्। विगतमा मानिसहरूमा यस्ता कुराहरू थिएनन् वा तीबारे तिनीहरूले जान्दैन थिए, यसैले आज मानिसहरूले ती कुरा प्राप्त गर्नु आवश्यक छ, अनि त्यस्ता कुराहरूलाई नियमको रूपमा मानिँदैन। व्यवस्थाहरू नियमहरूजस्ता होइनन्। मैले जुन नियमहरूको कुरा गर्दैछु, ती विधिविधानहरू, औपचारिकताहरू वा मानिसको भ्रष्ट र गलत अभ्यासहरू हुन्; ती त्यस्ता नियम र कानुनहरू हुन् जसले मानिसलाई कुनै सहायता गर्दैन, उसलाई फाइदा हुँदैन, तिनले काम गर्ने यस्तो मार्ग बनाउँछन् जसको कुनै अर्थ हुँदैन। नियमहरूको सार यही नै हो, र त्यस्ता नियमहरूलाई त्यागिदिनुपर्छ, किनकि तिनले मानिसलाई कुनै फाइदा गराउँदैन। जुन कुराले मानिसलाई फाइदा गराउँछ त्यसलाई नै व्यवहारमा लागू गर्नुपर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (१)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्‍वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्‍याओस् वा नडोर्‍याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियम-पालना हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियम र विधिहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्नेबारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमको रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियम र विधिहरू सबै मानवबाट आएका हुन्; ती परमेश्‍वरबाट आएका होइनन्। परमेश्‍वर न त नियमहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै काननको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक कार्य पूरा गर्दै दिनहुँ नयाँ काम गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्‍नुहुन्‍न, किनकि उनीहरूको हृदय नियमहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्‍वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू केवल व्यवस्थाको नियन्त्रणमा मात्र जिइरहन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सदा असक्षम हुन्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

तैँले कति वटा धार्मिक अभ्यासहरू पालना गर्छस्? तैँले कति पल्ट परमेश्‍वरको वचन विरुद्ध विद्रोह गरेको छस् र आफ्नै बाटोमा हिँडेको छ? तैँले साँच्चै नै परमेश्‍वरको बोझको बारेमा बुझ्ने र उहाँको इच्छालाई पूरा गर्न चाहेको कारण तैँले कति पल्ट परमेश्‍वरको वचनलाई अभ्यास गरेको छस्? तैँले परमेश्‍वरको वचनलाई बुझ्नुपर्छ र तिनलाई सोही अनुरूप अभ्यास गर्नुपर्छ। आफ्ना सबै कार्यहरू र कर्महरूमा अनुशासित बन्, तर यसको मतलब नियमहरूमा बाँधिनु वा मन नलागी-नलागी देखाउनको लागि मात्र कुनै काम गर्नुपर्छ भन्ने होइन; बरु यसको अर्थ सत्यको अभ्यास गर्दै परमेश्‍वरको वचन अनुरूप जिउनु हो। परमेश्‍वरलाई सन्तुष्ट पार्ने जस्तो गरी मात्रै अभ्यास गर्। परमेश्‍वरलाई प्रसन्न गराउने कुनै पनि कार्यविधि नियम हुँदैन, तर यो सत्यको अभ्यास हुन्छ। कतिपय मानिसहरूलाई आफूतर्फ ध्यान खिच्नेप्रति विशेष रुचि हुन्छ। आफ्नो दाजुभाइ र दिदीबहिनीहरूको उपस्थितिमा उनीहरूले आफू परमेश्‍वरको ऋणी भएको बताउन सक्छन् तर तिनीहरूको पिठ्यूँपछाडि उनीहरू सत्यको अभ्यास गर्दैनन् र सम्पूर्ण रूपमा फरक तरिकाले व्यवहार गर्दछन्। के उनीहरू पाखण्डी फरिसीहरू होइनन् र? परमेश्‍वरलाई वास्तविक रूपमा माया गर्ने र सत्यता धारण गरेको व्यक्ति भनेको त्यस्तो व्यक्ति हो जो परमेश्‍वरप्रति बफादार हुन्छ तर बाह्य रूपमा कुनै पनि देखावटी व्यवहार प्रदर्शन गर्दैन। त्यस्तो व्यक्ति परिस्थिति आइपरेमा सत्यको अभ्यास गर्न इच्छुक हुन्छ र आफ्नो विवेकको विरुद्ध हुने गरी बोल्ने र कार्य गर्ने गर्दैन। यस्तो व्यक्तिले अवस्थाहरू आई परेमा बुद्धिको प्रदर्शन गर्छ र परिस्थिति जस्तोसुकै भए तापनि ऊ आफ्नो कार्यहरूमा अनुशासित रहन्छ। यस प्रकारको व्यक्तिले साँचो सेवा प्रदान गर्न सक्छ। यहाँ केही यस्ता छन् जो परमेश्‍वरप्रतिको ऋणीपनको लागि प्रायः मुखले मात्र सेवा गर्दछन्; उनीहरू आँखीभौँहरू चिन्तामा डुबेको देखाउँदै, कृत्रिमता अपनाउँदै र दयनीय भएको स्वाङ पार्दै दिन बिताउँछन्। कस्तो घृणा लाग्दो कुरो! यदि तैँले उनीहरूलाई “के तपाईंले तपाईं कसरी परमेश्‍वरप्रति ऋणी हुनुहुन्छ भनेर मलाई भन्न सक्नुहुन्छ?” भनेर सोधिस् उनीहरू अवाक् हुनेछन्। यदि तँ परमेश्‍वरप्रति बफादार छस् भने तैँले यसको बारेमा बाह्य रूपमा नबता; बरु वास्तविक अभ्यासमार्फत परमेश्‍वरप्रतिको प्रेम प्रदर्शित गर्, र साँचो हृदयले उहाँलाई प्रार्थना गर्। परमेश्‍वरसँग केवल मुखले र झारो टार्न मात्र व्यवहार गर्ने व्यक्तिहरू पाखण्डीहरू हुन्!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

विगतमा, मानिसहरूले अनुभव गर्ने तरिकाहरूमा धेरै विचलनहरू र विसङ्गतिहरू थिए। तिनीहरूले परमेश्‍वरका मापदण्डहरूका स्तरहरूलाई बुझ्दै बुझेनन्, त्यसैले विभिन्‍न क्षेत्रहरूमा मानिसहरूका अनुभवहरू गलत भए। परमेश्‍वरले मानिसबाट के चाहनुहुन्छ भने मानिसले सामान्य मानव जीवन जिउन सकोस्। उदाहरणको लागि, खाने कुरा र लुगाफाटोको सम्बन्धमा आधुनिक परम्पराहरू अनुसरण गर्नु, सुट र टाई लगाउनु, आधुनिक कलाको बारेमा थोरै सिक्नु र तिनीहरूका फुर्सदको समयमा कला, संस्कृति र मनोरञ्जनको आनन्द लिनु ठीकै कुरा हो। तिनीहरूले केही अविस्मरणीय फोटोहरू लिन सक्छन्, तिनीहरूले पढेर केही उपयोगी ज्ञान प्राप्त गर्न सक्दछन्, र जिउने वातावरण तुलनात्मक रूपमा राम्रो बनाउन सक्छन्। यी सबै कुराहरू सामान्य मानव जीवनको लागि उपयुक्त छन्, तैपनि मानिसहरूले ती कुराहरूलाई परमेश्‍वरले घृणा गर्नुहुने कुराको रूपमा लिन्छन् र ती कामहरू गर्नदेखि आफूलाई रोक्छन्। उनीहरूको अभ्यासमा केही नियमहरू पालन गर्ने कार्य मात्र समावेश हुन्छ, जसले खाडलको पानी जस्तो सुस्त र पूर्णतया अर्थहीन जीवनतर्फ उन्मुख गराउँछ। वास्तवमा, परमेश्‍वरले कहिल्यै पनि मानिसहरूले यस तरिकाले काम गर्नुपर्छ भनी भन्नुभएको छैन। सबै मानिसहरू आफ्नो स्वभावलाई नियन्त्रण गर्न चाहन्छन् र परमेश्‍वरसँग नजिक रहनका लागि निरन्तर प्रार्थना गर्छन्, तिनीहरूले आफ्नो मनमा परमेश्‍वरका अभिप्रायहरूका बारेमा निरन्तर विचार गर्छन्, तिनीहरूका आँखाले निरन्तर यो वा त्यो कुराहरूको अवलोकन गर्छन्, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध कसरी-कसरी तोडिनेछ कि भनेर डराउँछन्। यी सबै मानिस आफैले निकाल्‍ने निष्कर्षहरू हुन्; ती मानिसहरू आफैले बनाएका नियमहरू हुन्। यदि तँलाई आफ्नै स्वभावको सार थाहा छैन र तेरो अभ्यास कुन स्तरमा पुग्न सक्छ भन्‍ने बुझ्न सक्दैनस् भने, परमेश्‍वरले मानिसबाट कुन मापदण्ड चाहनुहुन्छ त्यो निश्चित रूपले जान्ने तँसित कुनै उपाय हुँदैन, र तँसँग अभ्यासको सटीक मार्ग पनि हुनेछैन। परमेश्‍वरले मानिसबाट खास के चाहनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्‍न नसक्‍ने हुनाले, तेरो मन सधैँ चलिरहेको हुन्छ, तँ परमेश्‍वरका अभिप्रायहरूको विश्‍लेषण गर्दै आफ्‍नो मस्तिष्कलाई कष्ट दिन्छस् र पवित्र आत्माद्वारा प्रभावित हुन र अन्तर्दृष्टि प्राप्त गर्ने कुनै मार्गको खोजी गर्दै छामछुम गर्छस्। फलस्वरूप, तँ अभ्यासका त्यस्ता केही तरिकाहरूको विकास गर्छस् जुन उपयुक्त छ भन्‍ने तँलाई लाग्छ। परमेश्‍वरले मानिसबाट वास्तवमा के माग गर्नुहुन्छ भन्‍ने बारेमा तँलाई अत्तोपत्तो छैन; नतिजाको बारेमा अलिकति पनि वास्ता नगरी र तेरो अभ्यासमा विचलन वा त्रुटिहरू छन् कि छैनन् भनी वास्ता नै नगरी, तेरो आफ्‍नै अभ्यासहरूलाई तँ अन्धाधुन्ध अघि बढाउँछस्। यसरी, तेरो अभ्यासमा प्राकृतिक रूपमा नै सटीकताको कमी हुन्छ र सिद्धान्त विहीन हुन्छ। यसमा खास गरी सामान्य मानव तर्क र विवेकको, साथै परमेश्‍वरको तारिफ र पवित्र आत्माको सहकार्यको कमी हुन्छ। तेरो आफ्नै बाटोमा हिँड्नु नै पूर्ण रूपमा सजिलो हुन्छ। यस किसिमको अभ्यास भनेको आफैलाई प्रतिबन्धित गर्न र नियन्त्रण गर्न नियमहरू पालना गर्नु वा जानाजानी अधिक भार उठाउनु हो। तापनि तँ आफ्नो अभ्यास सही र ठीक छ भनी सोच्छस्, तर तँलाई तेरो अधिकांश अभ्यासमा अनावश्यक प्रक्रिया वा नियम पालन समावेश छ भन्‍ने तँलाई थाहा छैन। आफ्नो स्वभावमा कुनै परिवर्तन नगरी, कुनै नयाँ बुझाइ र नयाँ प्रवेश प्राप्त नगरी वर्षौंसम्‍म यसरी अभ्यासहरू गर्नेहरू धेरै छन्। तिनीहरूले अन्जानमा उही पुराना गल्तीहरू दोहोऱ्याउँछन् र तिनीहरूले आफ्नो क्रूर स्वभावलाई पूर्ण रूपमा प्रकट हुन दिन्छन्, यहाँसम्म कि कति चोटि त तिनीहरूले विवेकहीन अमानवीय कार्यहरू गर्छन्, र त्यस्तो व्यवहार गर्दछन् जसले मानिसहरूलाई सोचमा पार्छन् र छक्क पर्छन्। के यस्ता मानिसहरूले स्वभावको परिवर्तन अनुभव गरेका छन् भनेर भन्न सकिन्छ?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (१)

कुनै व्यक्तिले सत्यताको अभ्यास गरिरहेको छ कि छैन भनी निर्धारण गर्ने मापदण्ड के हो त? यो तिनीहरूमा सत्यता छ कि छैन भन्ने तथ्य हो। व्यक्तिमा सत्यता छ कि छैन भनी निर्धारण गर्ने मापदण्ड के हो त? यो कुरा तैँले समस्या सामना गर्दा तेरो हृदयमा भएको परमेश्‍वरप्रतिको तेरो आचरण, र तँसँग आफ्नै बारेमा सही वा गहन ज्ञान र मापन छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। कतिपय मानिसहरूले समस्याको सामना गर्दा सधैँ सतही, साधारण कामकुराहरूको बारेमा कुराकानी गर्छन्, जसले तिनीहरूमा सत्यता वास्तविकता छैन भन्ने देखाउँछ। के सत्यता वास्तविकता धारण नगरेका व्यक्तिहरूले कुनै समस्या सामना गर्दा सत्यताको अभ्यास गर्न सक्छन् त? होइन, तिनीहरूले सक्दैनन्। तिनीहरूले सायद भन्‍लान्, “मैले यो समस्याको सामना गरेको छु र म केवल परमेश्‍वरको आज्ञापालन गर्छु।” त्यसो भए, यो समस्यामा किन तैँले परमेश्‍वर आज्ञापालन गर्नुपर्छ त? तैँले पछ्याएको सिद्धान्त सही छ, तर सायद तँ आफ्ना भावनाहरूअनुसार व्यवहार गर्छस् होला, जुन तैँले आफैले मापन र निर्धारण गरेको काम गर्ने तरिका हो। तँ भन्छस्, “म केवल परमेश्‍वरको आज्ञापालन गर्छु; म अन्य कुनै कुरा भन्दिन र गर्दिन”, तर तैँले आफ्नो हृदयमा सधैँ यो सोचिरहेको हुन्छस्, “यो सबै केको बारेमा हो? परमेश्‍वरले जे गर्नुभयो, गलत गर्नुभयो।” तैँले परमेश्‍वरले किन त्यसरी कार्य गर्नुभयो भनेर बुझ्दैनस्, तैपनि तैँले आफैलाई आज्ञापालन गर्न भनिरहन्छस् जबकि वास्तवमा तेरो हृदयमा साँचो आज्ञापालन नै छैन। तँ बाह्य रूपमा कुनै कुरा नभन्ने वा नगर्ने जस्तो मात्र देखिन्छस्, मानौं कि तँ आज्ञाकारी नै होस्, जबकि वास्तवमा त्यस्तो आज्ञाकारिता केवल नियमहरूको पालना गर्ने कार्य मात्र हुन्छ, सत्यताको अभ्यास गर्ने कार्य हुँदैन। तैँले तँभित्रको त्यो अवज्ञाकारी भ्रष्ट स्वभावको बाटोलाई उल्टाएर भन्नुपर्छ: “म यो समस्यालाई देख्छु र बुझ्छु। म परमेश्‍वरको हृदयलाई बुझ्छु। परमेश्‍वरले यो कार्य किन गर्न चाहनुहुन्छ मलाई थाहा छ। मैले कष्ट भोगूँ वा नभोगूँ, वा म कमजोर होऊँ वा नहोऊँ, वा म लडेर उठ्न सकूँ वा नसकूँ, वा म दुखी होऊँ वा नहोऊँ, म परमेश्‍वरको आज्ञापालन गर्नेछु किनभने परमेश्‍वरले जे गर्नुहुन्छ असल कार्य गर्नुहुन्छ, परमेश्‍वरले गर्नुभएको हरेक कुरा सही हुन्छ, र परमेश्‍वरले कुनै गलत कार्य गर्न सक्नुहुन्न।” यो कुरा वास्तवमा आज्ञापालन गर्ने अभिप्राय नै नराखी “म केवल परमेश्‍वरको आज्ञापालन गर्छु” भनेर भन्नुभन्दा फरक छ। सतहमा, त्यो “आज्ञाकारिता” कुनै पनि अवज्ञाकारी शैलीमा व्यक्त गरिन्न—तर तेरो हृदयभित्र, उग्र आँधी र परमेश्‍वरबारेका गलत बुझाइहरू र उहाँविरुद्धका गुनासाहरू हुन्छन्। यो वास्तवमा तँभित्र रहेको पिलो हो—बाह्य रूपमा तेरो छाला राम्रै देखिए तापनि, त्यसभित्र रोग रहेको छ जुन ढिलोचाँडो फुटेर बाहिर निस्‍कने नै छ। तैँले कति धेरै वर्ष आज्ञापालन गरेको छस् वा यसरी तैँले कति धेरै पटक आज्ञापालन गरेको छस् भन्ने तथ्यले कुनै अर्थ राख्दैन; अन्त्यमा, तँमा अझै पनि परमेश्‍वरप्रतिको साँचो विश्‍वास हुँदैन, न त तँमा उहाँको बारेमा साँचो बुझाइ नै हुन्छ। अनि, यसको अर्थ के हो त? यसको अर्थ के हो भने तैँले नियमहरू पछ्याएर मात्र आज्ञापालन गर्छस् र तैँले जति नै धेरै पटक आज्ञापालन गरे पनि तैँले केवल नियमहरू मात्र पालना गरिरहेको हुन्छस्; तेरो भ्रष्ट स्वभाव परिवर्तन वा समाधान भएको हुँदैन। तैँले सामना गर्ने समस्याहरूमार्फत तेरो आफ्नै भ्रष्ट स्वभावको बारेमा ज्ञान हासिल गर्नुपर्छ, र परमेश्‍वरले के गर्नुहुन्छ भन्नेबारेमा तँमा बुझाइ, ज्ञान हुनुपर्छ र तैँले त्यसप्रति उचित ख्याल राख्नुपर्छ यसरी तैँले साँचो आज्ञाकारिता अर्थात् इच्छुक आज्ञाकारिता हासिल गर्न सक्छस्। यो तहमा पुगेपछि मात्र तैँले आफ्नो स्वभावमा साँचो परिवर्तन पाउनेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको अभ्यास गर्नु भनेको के हो?”

सत्यताको अभ्यास गर्नु भनेको के हो? जब तैँले कुनै निश्चित काम गर्छस्—जब तैँले कुनै काम पूरा गर्छस् वा कुनै कर्तव्य निर्वाह गर्छस्—त्यो कुराको बारेमा भन्‍नुपर्दा, सत्यताको अभ्यास हुने गरी त्यो काम कसरी गरिन्छ, र सत्यताको अभ्यास नहुने गरी त्यो काम कसरी गरिन्छ? सत्यताको अभ्यास नगर्दा सत्यतासँग त्यसको कुनै सम्बन्ध हुँदैन। तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन सक्छस्, तर सत्यतासँग यसको सम्बन्ध कमै मात्र हुन्छ; यो केवल एक प्रकारको असल व्यवहार हो र यसलाई असल कर्म भनेर पनि भन्न सकिन्छ, तर अझै पनि सत्यता अभ्यास गर्नु र यसको बीचमा केही दूरी हुन्छ। तिनीहरू भिन्न कुरा हुन्। त्यसो भए, के आधारमा तिनीहरूको बीचमा भिन्नता छुट्ट्याउन सकिन्छ त? जब तैँले यो कामकुरो गरिरहेको हुन्छस्, तैँले केही निश्चित दायरा र केही निश्चित नियम पालना गर्छस्। यीमध्ये एउटा के हो भने तैँले परमेश्‍वरको घरको हितमा हानि गर्दैनस्; अर्को के हो भने तँ अलि यताउता दौडन्छस्, अनि तैँले अलि कष्ट भोग्छस्, समयमा खाना खान र सुत्न सक्दैनस्। तैँले यी सबै कुराहरू हासिल गरेको छस् र यदि तँमा कुनै कठोर मापदण्ड लागू गरिएन भने पनि, तेरो कर्तव्य सन्तुष्ट रूपमा नै पूरा हुन सक्छ। तथापि, यसमा अर्को कुरा छ: यो कामकुरो गर्दा, तँभित्र के-कस्ता भ्रष्ट स्वभावहरू छन् भन्ने कुरा के तैँले खोतलेको र पत्ता लगाएको छस् त? भन्नुको मतलब, के तैँले यो समस्या सामना गर्दा तँभित्र परमेश्‍वरलाई बेखुसी तुल्याउने के-कस्ता विचारहरू र के-कस्ता कुराहरू छन् सो खोतलेको र पत्ता लगाएको छस् त? यो कर्तव्य निर्वाह गरेर अनि यो काम गरेर, के तैँले आफ्नै बारेमा कुनै नयाँ बुझाइ प्राप्त गरेको छस्, र तैँले आफूले अभ्यास गर्न नहुने र प्रवेश गर्न नहुने कुनै सत्यता पत्ता लगाएको छस् त? (त्यस्तो त विरलै हुन्छ। कहिलेकाहीँ, मैले आफ्नो अहङ्कारको बारेमा सतही बुझाइ प्राप्त गर्छु, र त्यसपछि म यस कार्यलाई थप अघि बढाउँदिन।) त्यसपछि, धेरैजसो समय तैँले सुत्रगत र सैद्धान्तिक बुझाइ प्राप्त गर्छस्, वास्तविक बुझाइचाहिँ प्राप्त गर्दैनस्। यदि तैँले सत्यताको खोजी गर्दैनस् भने, तैँले एकदमै नराम्रो गरी कुनै गलत वा दुष्ट कामकुरो गरेको नभए तापनि, र तैँले मुख्य सिद्धान्तहरूलाई उल्लङ्घन नगरेको भए तापनि, र बाह्य रूपमा, तँ केही मानवता भएको असल व्यक्तिजस्तो देखिए पनि, तैँले अझै पनि सत्यतालाई अभ्यास गरिरहेको हुँदैनस्, न त तैँले कुनै सत्यता नै हासिल गरेको हुन्छस्। तेरो “कुनै गलत कामकुरो नगरको अवस्था” र तँ बाह्य रूपमा केही मानवता भएको देखिनु भनेको सत्यताअनुरूप हुनु वा सत्यता अभ्यास गर्नु बराबर होइन। यो कुरा र सत्यता अभ्यास गर्ने कार्यको बीचमा एक दरार छ, एक भिन्नता छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको अभ्यास गर्नु भनेको के हो?”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्