परमेश्‍वरले मानवजातिलाई कसरी आफ्‍नो स्वभाव प्रकट गर्नुहुन्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धार्मिक सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्‍वरको धार्मिक स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धार्मिक न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धार्मिक इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धार्मिक स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वर सबैभन्दा पछौटे र फोहर ठाउँमा देह बन्नुभयो, र यस्तो तरिकाले मात्र परमेश्‍वरले उहाँको पवित्र र धर्मी स्वभावको सम्पूर्णता स्पष्ट रूपमा देखाउन सक्नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव कुन माध्यमबाट देखाइन्छ? यो त्यस बेला देखाइन्छ जब उहाँले मानिसको पापको न्याय गर्नुहुन्छ, जब उहाँले शैतानको न्याय गर्नुहुन्छ, जब उहाँले पापलाई घृणा गर्नुहुन्छ, र जब उहाँको विरोध गर्ने र उहाँको विरुद्धमा विद्रोह गर्ने शत्रुहरूलाई तुच्छ ठान्नुहुन्छ। मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मको न्याय गर्न, मानिसको अनाज्ञाकारितालाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोली-वचनहरू र कामहरू—जुन सबै परमेश्‍वरको विरोधाभासमा छन्, ती सबलाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको अनाज्ञाकारितालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा नै केन्द्रित हुन्छन्; उहाँले आफ्नै धार्मिक स्वभाव प्रकट गर्न मानिसको अधर्मको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धार्मिक स्वभावको प्रतिनिधित्व हो, र वास्तवमा परमेश्‍वरको पवित्रता उहाँको धार्मिक स्वभाव नै हो। तिमीहरूका भ्रष्ट स्वभावहरू नै आजका वचनहरूको सन्दर्भ हुन्—म तिनलाई बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्नको लागि प्रयोग गर्दछु। वास्तविक काम यही मात्र हो, र यो यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्कने तुल्याउँछ। यदि तँमा भ्रष्ट स्वभावको कुनै छाप छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा एक भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसैद्वारा नै उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्‍वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, न त तेरो अधर्मका लागि तँलाई सजाय नै दिनुभयो, तब त्यसले उहाँ परमेश्‍वर हुनुहुन्न भन्ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोर हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्दछु, र तेरो भ्रष्टता र विद्रोहीपनको कारण म तँलाई सजाय दिन्छु। मैले वाहवाही पाउन वा जानी-जानी तिमीहरूलाई दमन गर्नका निम्ति मेरो शक्तिको प्रयोग गरिरहेको छैनँ; यस फोहोर देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले आफ्नो सत्यनिष्ठता र मानवता हराएका छौ र तिमीहरू संसारको सबैभन्दा फोहोर कुनाहरूमा जन्मेका सुँगुरहरूजस्ता भएका छौ, र त्यसैले गर्दा तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि मेरो क्रोध पोखाउँछु। ठीक यही न्यायको कारण तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारण नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि उहाँको आफ्नो क्रोध पोखाउनुहुन्छ। उहाँले मानिसहरूको विद्रोहपन देख्दा उहाँको धर्मी स्वभाव प्रकट गर्न सक्नुहुने भएकोले, र उहाँले मानिसको फोहोर देख्दा उहाँको पवित्रता प्रकट गर्न सक्नुहुने भएकोले, यही नै उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, जो पवित्र र मौलिक अवस्थाको हुनुहुन्छ, तापनि उहाँ फोहोरको देशमा बस्नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ। यदि व्यक्ति अरूसँग हिलोमा लडबडिन्छ, र उसमा केही पनि पवित्र छैन भने, र ऊसँग कुनै धार्मिक स्वभाव छैन भने, ऊ मानिसको अधर्मको न्याय गर्न योग्यको हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्यको हुन्छ। यदि कुनै व्यक्तिले अर्को व्यक्तिको न्याय गर्ने हो भने, के त्यो उनीहरूले आफैलाई अनुहारमा झापड हानेको जस्तो हुनेथिएन र? एक-अर्कामा एकसमान रूपले फोहोर रहेका व्यक्तिहरू आफूजस्तै व्यक्तिहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्‍वर स्वयम् मात्र सम्पूर्ण फोहोर मानव जातिको न्याय गर्न सक्षम हुनुहुन्छ। मानिसले कसरी मानिसकै पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्न सक्दछ, र ती पापहरूलाई दोषी ठहराउन मानिस कसरी योग्यको हुन सक्छ? यदि परमेश्‍वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्‍नथियो भने, उहाँ कसरी धर्मी परमेश्‍वर स्वयम्‌ हुन सक्नुहुन्थ्यो? जब मानिसहरूका भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्, परमेश्‍वर मानिसहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ र मात्र मानिसहरूले उहाँ पवित्र हुनुहुन्छ भनी देख्छन्। जब उहाँले मानिसका पापहरू प्रकट गर्दै मानिसलाई उसका पापहरूका निम्ति न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, कुनै पनि व्यक्ति वा थोक यस न्यायबाट उम्कन सक्दैन; सबै फोहोर कुराहरूलाई उहाँले नै न्याय गर्नुहुन्छ, र यसरी मात्र उहाँको स्वभावलाई धर्मी भन्न सकिन्छ। यदि यो अन्यथा थियो भने, तिमीहरू नाउँ र तथ्य, दुवैमा प्रतिभार हौ भनी कसरी भन्न सकिन्थ्यो?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

आज तेरो ज्ञानको सीमा कति छ? तेरा उपायहरू, तेरा विचारहरू, तेरा व्यवहार, तेरा बोलीवचन र कामहरू—के यी सबै अभिव्यक्तिहरू परमेश्‍वरको धार्मिकता र पवित्रताका निम्ति तुलनाको आधार होइनन् र? के तिमीहरूका अभिव्यक्तिहरू परमेश्‍वरका वचनहरूद्वारा प्रकट गरिएको भ्रष्ट स्वभावका अभिव्यक्तिहरू होइनन् र? तेरा सोचाइ र विचारहरू, तेरा प्रेरणाहरू, र तँमा प्रकट भएको भ्रष्टताले के परमेश्‍वरको धर्मी स्वभाव, साथै उहाँको पवित्रतालाई देखाउँदैन र। परमेश्‍वर पनि फोहोरको देशमा जन्मिनुभएको थियो, तर उहाँ फोहोरद्वारा कलङ्कित नभई रहनुभयो। उहाँ तँ जस्तै त्यही फोहोर संसारमा बस्नुहुन्छ, तर उहाँमा विवेक र समझ छ, र उहाँले फोहोरलाई घृणा गर्नुहुन्छ। सायद तैँले आफ्नो बोलीवचन र काममा रहेको कुनै फोहोर फेला पार्न सक्दैनस्, तर उहाँले त्यसो गर्न सक्नुहुन्छ, र उहाँले तँलाई ती देखाउनुहुन्छ। तेरा ती पुराना थोकहरू—तँमा भएको विकास, समझ र ज्ञानको कमी, र तेरो पछाडिएको जीवन शैली—ती सबैलाई कसरी आजको प्रकाशले ज्योतिमा ल्याएको छ; परमेश्‍वर यसरी काम गर्न पृथ्वीमा आउनुभयो भने मात्रै मानिसहरूले उहाँको पवित्रता र धर्मी स्वभावलाई देख्छन्। उहाँले तेरो न्याय गर्नुहुन्छ र तँलाई सजाय दिनुहुन्छ, जसले गर्दा तैँले समझ प्राप्त गर्छस्; कहिलेकहीँ, तेरो शैतानी प्रकृति प्रकट हुन्छ, र उहाँले त्यो तँलाई देखाउनुहुन्छ। उहाँले आफ्नो हत्केलालाई जस्तै मानिसको सारलाई जान्नुहुन्छ। उहाँ तिमीहरूको बीचमा जिउनुहुन्छ, उहाँले तैँले खाने जस्तै भोजन खानुहुन्छ, र उहाँ उही वातावरणमा बस्नुहुन्छ—तर पनि, उहाँले अझ धेरै कुरा जान्नुहुन्छ; उहाँले तँलाई खुलासा गर्न सक्नुहुन्छ र मानवताको भ्रष्ट सारलाई देख्न सक्नुहुन्छ। उहाँले जिउनेसम्बन्धी मानिसका सिद्धान्तहरू र कुटिलता र छलीपनलाई भन्दा बढी अरू कुनै कुरालाई घृणा गर्नुहुन्न। उहाँले विशेष गरी मानिसहरूका शारीरिक अन्तरक्रियाहरूलाई घृणा गर्नुहुन्छ। उहाँ मानिसको जिउने सिद्धान्तहरूसित परिचित नहुन सक्‍नुहुन्छ, तर मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई उहाँले स्पष्ट रूपमा देख्न र पर्दाफास गर्न सक्नुहुन्छ। उहाँ यी कुराहरूका माध्यमबाट मानिससँग बोल्‍न र उसलाई सिकाउन काम गर्नुहुन्छ, मानिसहरूको न्याय गर्न, अनि उहाँको आफ्नै धर्मी र पवित्र स्वभाव प्रकट गर्न उहाँले यी कुराहरूको प्रयोग गर्नुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता नै उहाँको अद्वितीय सार हो; परमेश्‍वरको क्रोध उहाँको अद्वितीय स्वभाव हो; परमेश्‍वरको प्रताप उहाँको अद्वितीय सार हो। परमेश्‍वरको रिसपछाडिको सिद्धान्त भनेको उहाँको पहिचान र हैसियतको प्रदर्शन हो, जुन उहाँमा मात्रै छ। यो सिद्धान्त अद्वितीय परमेश्‍वर स्वयम्‌को सारको प्रतीक पनि हो भनेर भनिरहनु पर्दैन। परमेश्‍वरको स्वभाव उहाँको आफ्‍नै अन्तर्निहित सार हो, जुन समयको बहावद्वारा परिवर्तन हुँदै-हुँदैन, न त भौगोलिक अवस्थितिद्वारा नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव नै उहाँको अन्तर्निहित सार हो। उहाँले जसमाथि आफ्‍नो काम गर्नुभए तापनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्‍वरलाई रिस उठाउँछ, तब परमेश्‍वरले जे प्रकट गर्नुहुन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त परिवर्तन हुँदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनको कारण वा उहाँको स्वभावबाट फरक-फरक तत्वहरू उत्पन्‍न हुने कारणले उहाँरिसाउनुहुन्‍न, बरु उहाँविरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्‍छ। मानिसद्वारा परमेश्‍वरलाई हुने खुल्ला उक्साहट परमेश्‍वरको आफ्‍नै पहिचान र हैसियत प्रतिको गम्भीर चुनौती हो। परमेश्‍वरको दृष्टिकोणमा, जब मानिसले उहाँलाई चुनौती दिन्छ, तब मानिसले उहाँसँग होडबाजी गरिरहेको हुन्छ र उहाँको रिसको परीक्षा लिइरहेको हुन्छ। जब मानिसले परमेश्‍वरको विरोध गर्छ, जब मानिसले परमेश्‍वरसँग होडबाजी गर्छ, जब मानिसले निरन्तर रूपमा परमेश्‍वरको रिसको परीक्षा लिन्छ—र पापको बिगबिगी बढ्ने समयमा यस्तो हुन्छ—तब परमेश्‍वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफै प्रस्तुत हुनेछ। त्यसकारण, परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्‍ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्‍ने कुराको पनि प्रतीक हो। यो परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको क्रोधको अद्वितीयपन हो। जब परमेश्‍वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब न्यायका शक्तिहरूमा मानिसले बाधा पुर्‍याउँछ र उसले तिनलाई देख्दैन, तब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुनेछ। परमेश्‍वरको सारको कारणले गर्दा, परमेश्‍वरसँग लड्ने, र उहाँसँग संघर्ष गर्ने र होडबाजी गर्ने पृथ्वीका ती सबै शक्तिहरू दुष्ट, भ्रष्ट र अन्यायी हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै स्वामित्वमा हुन्छन्। परमेश्‍वर न्यायी हुनुहुन्छ र ज्योतिमय एवं कुनै त्रुटि नभएको पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको क्रोध वर्षिएपछि दुष्ट, भ्रष्ट र शैतानको स्वामित्वमा रहेका सबै कुराहरू लोप हुनेछन्।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

जब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुन्छ, तब दुष्ट शक्तिहरू नियन्त्रित हुन्छन् र दुष्ट कुराहरू नष्ट हुन्छन्, जबकि न्यायसंगत र सकारात्मक कुराहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा प्राप्त गर्न पुग्छन् र तिनीहरूलाई निरन्तर रहन दिइन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुन्छ किनभने अन्यायी, नकारात्मक र दुष्ट कुराहरूले न्यायसंगत र सकारात्मक कुराहरूको सामान्य क्रियाकलाप र विकासलाई रोक्‍ने, बिथोल्ने वा नष्ट गर्ने गर्छन्। परमेश्‍वरको रिसको उद्देश्य भनेको उहाँको आफ्‍नै हैसियत र पहिचानलाई सुरक्षा गर्नु होइन, बरु न्यायसंगत, सकारात्मक, सुन्दर र असल कुराहरूलाई रक्षा गर्नु हो, मानवजातिको सामान्य अस्तित्वको नियम र सुव्यवस्थालाई सुरक्षा गर्नु हो। परमेश्‍वरको क्रोधको मूल कारण यही हो। परमेश्‍वरको क्रोध उहाँको स्वभावको अत्यन्तै उचित, प्राकृतिक र साँचो प्रकाश हो। उहाँको क्रोधमा कुनै गोप्‍य अभिप्रायहरू हुँदैनन्, न त कुनै छल वा षड्यन्त्र नै हुन्छन्, इच्‍छाहरू, धूर्तता, शत्रुभाव, हिंसा, दुष्टता वा भ्रष्ट मानवजातिको अरू कुनै पनि साझा गुणहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुभन्दा पहिले, उहाँले हरेक मामलाको सारलाई निकै स्पष्ट र पूर्ण रूपमा बुझिसक्‍नुभएको हुन्छ, र उहाँले पहिले नै यथार्थ, स्पष्ट परिभाषा र निष्कर्षहरू तयार गरिसक्‍नुभएको हुन्छ। यसैले, उहाँले गर्ने सबै कुरामा परमेश्‍वरको उद्देश्य उहाँको मनोवृत्ति जस्तै स्पष्ट हुन्छ। उहाँ बेवकुफ, अन्धो, आवेगशील, वा लापर्वाह हुनुहुन्‍न, र उहाँ अवश्य नै सिद्धान्तहीन हुनुहुन्‍न। परमेश्‍वरको क्रोधको व्यवहारिक पक्ष यही हो, र परमेश्‍वरको क्रोधको यही व्यवहारिक पक्षकै कारण मानवजातिले आफ्नो सामान्य अस्तित्व प्राप्त गरेको छ। परमेश्‍वरको क्रोधविना, मानवजाति अस्वाभाविक जीवन परिस्थितिहरूमा ओर्लनेथिए र न्यायसंगत, सुन्दर र असल सबै कुराहरू नष्ट हुनेथिए र अस्तित्वमा हुनेथिएनन्। परमेश्‍वरको क्रोधविना, सृष्टि गरिएका प्राणीहरूका कानूनहरू र नियमहरू तोडिनेथिए वा पूर्ण रूपमा उल्ट्याइने थिए। मानिसको सृष्टि भएदेखि नै, परमेश्‍वरले मानवजातिको सामान्य अस्तित्वलाई रक्षा गर्न र दिगो राख्‍नको लागि निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। उहाँको धर्मी स्वभावमा क्रोध र प्रताप हुने भएकोले, सारा दुष्ट मानिसहरू, वस्तु र चीजबीजहरू, अनि मानवजातिको सामान्य अस्तित्वलाई बाधा र हानी गर्ने सबै कुराहरूलाई उहाँको क्रोधको परिणामस्वरूप दण्डित, नियन्त्रित र नष्ट गरिन्छ। विगतका कैयौं सहस्‍त्राब्दीको अवधिमा, परमेश्‍वरको विरोध गर्ने र मानवजातिको व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यमा शैतानका मतियार अनि नोकरहरूका रूपमा काम गर्ने सबै प्रकारका अशुद्ध र दुष्ट आत्‍माहरूलाई प्रहार गरी ढाल्‍न र नष्ट गर्नको लागि परमेश्‍वरले निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। यसरी, मानिसको मुक्तिसम्‍बन्धी परमेश्‍वरको कार्य सधैँ नै उहाँकै योजना अनुसार अघि बढेको छ। भन्‍नुको अर्थ, परमेश्‍वरको क्रोधको अस्तित्वको कारणले गर्दा, मानिसका सबैभन्दा धर्मी अभियानहरू कहिल्यै नष्ट भएका छैनन्।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

मानवजाति जति नै मूर्ख र अज्ञानी भए पनि, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई गर्नुहुने व्यवहार मुख्यत: कृपा र सहनशीलतामा आधारित छ। अर्कोतर्फ, धेरैजसो समय र धेरैजसो घटनाहरूमा उहाँको क्रोध लुकाइएको हुन्छ, यो मानिसको लागि अज्ञात हुन्छ। परिणामस्वरूप, परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको मानिसले देख्न कठिन हुन्छ, र उहाँको क्रोधलाई बुझ्‍न पनि कठिन नै हुन्छ। त्यसो भएको हुँदा, मानिसले परमेश्‍वरको क्रोधलाई हल्‍कासित लिन्छ। जब मानिसले परमेश्‍वरको अन्तिम कार्य र मानिसको लागि उहाँको सहनशीलता र पापक्षमाको सामना गर्छ—अर्थात्, जब परमेश्‍वरको अन्तिम पटकको कृपा र उहाँको अन्तिम चेतावनी मानवजातिमा आइपर्छ—यदि मानिसहरूले अझै पनि परमेश्‍वरको विरोध गर्नको लागि उही विधिहरूको प्रयोग गर्छन् भने र पश्‍चात्ताप गर्न, तिनीहरूका मार्गहरूलाई सुधार्न र उहाँको कृपालाई स्वीकार गर्न कुनै पनि प्रयास गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूलाई अबउप्रान्त उहाँको सहनशीलता र धैर्यता प्रदान गर्नुहुनेछैन। यसको विपरीत, यस पटक परमेश्‍वरले आफ्‍नो कृपा फिर्ता लिनुहुनेछ। यसपछि, उहाँले आफ्‍नो क्रोध मात्रै वर्षाउनुहनेछ। जसरी उहाँले मानिसहरूलाई दण्ड दिन र नष्ट गर्नको लागि फरक-फरक विधिहरूको प्रयोग गर्नुहुन्छ त्यसरी नै उहाँले फरक-फरक तरिकाले आफ्‍नो क्रोध प्रकट गर्न सक्‍नुहुन्छ।

सदोम सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले गर्नुभएको आगोको प्रयोग मानवजाति वा अरू कुनै पनि कुरालाई पूर्ण नष्ट गर्ने उहाँको सबैभन्दा शीघ्र तरिका हो। सदोमका मानिसहरूलाई जलाउँदा यसले तिनीहरूका भौतिक शरीरलाई मात्र नष्ट गरेन; यसले तिनीहरूका आत्मा, तिनीहरूका प्राण र तिनीहरूका शरीरको सम्पूर्णता नष्ट गर्‍यो र त्यस सहरका मानिसहरूलाई भौतिक संसार र मानिसको निम्ति अदृश्य रहेको संसार दुवैमा अस्तित्वविहीन हुने कुरा सुनिश्‍चित गर्‍यो। परमेश्‍वरले आफ्‍नो क्रोधलाई प्रकाश पार्ने र व्यक्त गर्ने एउटा तरिका यही हो। जसरी यो प्राकृतिक रूपमा परमेश्‍वरको धर्मी स्वभावको सारको प्रकाश हो त्यसरी नै प्रकाश र अभिव्यक्तिको यो शैली परमेश्‍वरको क्रोधको सारको एउटा पक्ष हो। जब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुन्छ, उहाँले न त कुनै कृपा वा प्रेमिलो दयालुपन नै प्रकट गर्नुहुन्छ, न त त्यसपछि उहाँले उहाँको सहनशीलता वा धैर्यतालाई नै देखाउनुहुन्छ; उहाँलाई निरन्तर धैर्य रहिरहन, फेरि उहाँको कृपा प्रदान गर्न, फेरि एक पटक उहाँको सहनशीलता प्रदान गर्नको लागि उहाँलाई मनाउन सक्‍ने कुनै व्यक्ति, वस्तु वा कारण नै छैन। यी कुराहरूको स्थानमा, क्षणिक हिचकिचाहटविना नै परमेश्‍वरले आफ्‍नो इच्‍छाअनुसार आफ्‍नो क्रोध र प्रताप प्रकट गर्नुहुन्छ। उहाँले आफ्‍नै चाहनाहरूअनुसार यी कुराहरू शीघ्र र शुद्ध रूपमा गर्नुहुन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध र प्रताप निकाल्ने तरिका यही हो, जसलाई मानिसले चिढ्याउनु हुँदैन, र यो उहाँको धर्मी स्वभावको एउटा पक्षको अभिव्यक्ति पनि हो। जब परमेश्‍वरले मानिसप्रति चिन्ता र प्रेम देखाइरहेको मानिसहरूले देख्छन्, तिनीहरूले उहाँको क्रोधलाई पत्ता लगाउन, उहाँको प्रतापलाई देख्‍न वा उल्‍लङ्घनप्रति उहाँको असहनशीलतालाई महसुस गर्न सक्दैनन्। यी कुराहरूले मानिसहरूलाई सधैँ परमेश्‍वरको धर्मी स्वभाव भनेको कृपा, सहनशीलता र प्रेम मात्रै हो भनेर विश्‍वास गर्ने तुल्याउँछ। तैपनि, जब कसैले परमेश्‍वरले कुनै सहरलाई नष्ट गर्नुभएको वा मानवजातिलाई तिरस्कार गर्नुभएको देख्छ, तब मानिसको विनाशमा उहाँको प्रचुर रिस अनि उहाँको प्रतापले मानिसहरूलाई उहाँको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ। उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता यही हो। कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको स्वभावले सृष्टि गरिएको कुनै पनि प्राणीको कल्‍पनालाई नाघ्छ, अनि सृष्टि नगरिएका प्राणीहरूमाझ, यसलाई हस्तक्षेप गर्न वा यसलाई प्रभाव पार्न सक्‍ने कोही छैन; यसको नक्कल गर्न वा अनुकरण गर्न सक्‍ने कुरा त परै जाओस्। तसर्थ, परमेश्‍वरको स्वभावको यो पक्ष नै मानवजातिले सबैभन्दा बढी जान्‍नुपर्ने कुरा हो। परमेश्‍वर स्वयम्‌मा मात्रै यस प्रकारको स्वभाव छ, र परमेश्‍वर स्वयम्‌ले मात्रै यस प्रकारको स्वभाव धारण गर्नुभएको छ। उहाँले दुष्ट्याइँ, अन्धकार, विद्रोहीपन र शैतानको दुष्ट कार्यहरूलाई, अर्थात् मानवजातिलाई भ्रष्ट बनाउने र भस्‍म गर्ने कार्यहरूलाई तिरस्कार गर्नुहुने भएकोले, उहाँको विरुद्धमा रहेका सबै पापकर्महरूलाई उहाँले तिरस्कार गर्नुहुने भएकोले अनि उहाँको पवित्र र निष्कलङ्क सारको कारण परमेश्‍वरमा यस प्रकारको धर्मी स्वभाव हुन्छ। यही कारणले गर्दा उहाँले सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीले खुलेआम उहाँको विरोध गरेको वा उहाँसँग होडबाजी गरेको पीडा सहनुहुनेछैन। उहाँले कुनै बेला कृपा देखाउनुभएको वा उहाँले चुन्‍नुभएको व्यक्तिले समेत उहाँको स्वभावलाई एक पटक चिढ्याउनु र उहाँका धैर्यता र सहनशीलताका सिद्धान्तहरूलाई भङ्ग मात्रै गर्नुपर्छ, अनि अलिकति कृपा वा हिचकिचाहटविना नै उहाँले कुनै पनि उल्‍लङ्घन सहन नगर्ने आफ्‍नो धर्मी स्वभावलाई खुला छाडी प्रकट गर्नुहुनेछ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वर निनवेवासीहरूसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा लगाई खरानी घसेर बस्‍नेबित्तिकै, उहाँको हृदय कोमल हुन थाल्यो अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुहुँदा—तिनीहरूले आफ्‍नो पापको स्वीकार र पश्‍चात्ताप गर्नुभन्दा पहिलेको क्षणमा—परमेश्‍वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्‍चात्तापका श्रृंखलाबद्ध कार्यहरू गरिसकेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस तिनीहरूप्रतिको कृपा र सहनशीलतामा परिवर्तन भयो। एउटै घटनामा परमेश्‍वरको स्वभावका यी दुई पक्षहरू एकैसाथ प्रकाश भएको भए पनि त्यो विरोधाभासपूर्ण भने छैन। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ? निनवेका मानिसहरूले पश्‍चात्ताप गरेपछि परमेश्‍वरले यी दुई विपरीत-ध्रुवीय सारलाई व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्‍वरको सारको यथार्थता र रिस उठाउन नसकिने गुण देख्‍न दिनुभयो। मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्, र मानिसहरूले बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्‍नो हातको हिंसालाई त्याग्छन् भन्ने हो। अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्ने आशा गर्नुहुन्छ, अनि वास्तवमै उहाँ मानिसको साँचो पश्‍चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ। भन्‍नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध प्राप्त गर्छ, जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई, आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीहरूलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो त्यसमा परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छँदै-छैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्‍चात्ताप नै हो। जबसम्‍म मानिसहरू आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्‍ना हातको हिंसालाई त्याग्छन्, तबसम्‍म तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

जब निनवेका मानिसहरूप्रति परमेश्‍वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी थियो? अवश्य थिएन! त्यसो भए परमेश्‍वरले यो एउटा परिस्थितिको सामना गर्ने क्रममा परमेश्‍वरको स्वभावको यी दुई पक्षमा एकदेखि अर्कोमा भएको परिवर्तनले के देखाइएको छ? परमेश्‍वरको स्वभाव पूर्ण रूपमा सिङ्गो छ—यो विभाजित छैन। उहाँले मानिसहरूप्रति रिस वा कृपा र सहनशीलता जे व्यक्त गरिरहनुभएको भए तापनि, यी सबै उहाँको धर्मी स्वभावका अभिव्यक्तिहरू हुन्। परमेश्‍वरको स्वभाव महत्त्वपूर्ण र स्पष्ट रूपमा देखिनेछ, र अवस्था जे-जसरी विकसित हुन्छन् त्यसरी नै उहाँले आफ्‍ना विचार र मनोवृत्तिहरूलाई परिवर्तन गर्नुहुन्छ। निनवेवासीहरूप्रतिको उहाँको मनोवृत्तिको रूपान्तरणले मानवजातिलाई उहाँसँग उहाँका आफ्‍नै सोचाइ र विचारहरू छन् भन्‍ने बताउँछ; उहाँ रोबोट वा माटोको मूर्ति हुनुहुन्‍न, जीवित परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ। उहाँ निनवेका मानिसहरूप्रति त्यसरी नै रिसाउन सक्‍नुहुन्थ्यो जसरी उहाँले तिनीहरूको मनोवृत्तिको कारण तिनीहरूको विगतलाई क्षमा गरिदिन सक्‍नुभयो। उहाँले निनवेवासीहरूमाथि दुर्दशा ल्याउने निर्णय गर्न सक्‍नुहुन्थ्यो, र तिनीहरूको पश्‍चात्तापको कारण उहाँले आफ्‍नो निर्णय पनि परिवर्तन गर्न सक्‍नुहुन्थ्यो। मानिसहरू त्यसरी नै कठोर रूपमा नियमहरू लागू गर्न अनि त्यस्ता नियमहरू परमेश्‍वरलाई सीमांकित र परिभाषित गर्न प्रयोग गर्न चाहन्छन्, जसरी तिनीहरू परमेश्‍वरको स्वभाव बुझ्‍ने प्रयास गर्न सूत्रहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, जहाँसम्म मानव सोचको कुरो छ, तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले सोच्नुहुन्न, न त उहाँसँग कुनै अत्यावश्यक विचारहरू नै हुन्छन्। तर वास्तविकतामा, वस्तुहरू र वातावरणहरूमा आउने परिवर्तनहरूअनुसार परमेश्‍वरका विचारहरू अटुट रूपान्तरणको अवस्थामा हुन्छन्। यी विचारहरू रूपान्तरण हुँदै गर्दा, परमेश्‍वरको सारका फरक-फरक पक्षहरू प्रकट हुन्छन्। रूपान्तरणको यो प्रक्रियाको अवधिमा, परमेश्‍वरमा परिवर्तित हृदय भएकै क्षणमा, उहाँले मानवजातिलाई जे देखाउनुहुन्छ त्यो उहाँको जीवनको यथार्थ अस्तित्व हो, र उहाँको धर्मी स्वभाव गतिशील जीवन शक्तिले भरिपूर्ण छ। यसको साथै, परमेश्‍वरले उहाँको क्रोध, उहाँको कृपा, उहाँको प्रेमिलो दयालुपन, र उहाँको सहनशीलताको अस्तित्वको सत्यता मानवजातिसामु प्रमाणित गर्नको लागि उहाँले उहाँका आफ्‍नै साँचो प्रकाशहरू प्रयोग गर्नुहुन्छ। अवस्था जे-जसरी विकसित हुन्छन् त्यसैअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा उहाँको सारलाई प्रकट गरिनेछ। उहाँमा सिंहको क्रोध र आमाको कृपा र सहनशीलता छ। उहाँको धर्मी स्वभावले कुनै पनि व्यक्तिलाई कुनै पनि सवाल उठाउन, उल्लंघन गर्न, परिवर्तन गर्न, वा बिगार्न दिँदैन। सबै मामला र सबै थोकमध्ये, परमेश्‍वरको धर्मी स्वभावलाई—अर्थात्, परमेश्‍वरको क्रोध र परमेश्‍वरको कृपालाई—कुनै पनि समय र कुनै पनि स्थानमा प्रकट गर्न सकिन्छ। उहाँले सारा सृष्टिको हरेक कुनामा यी पक्षहरूको अत्यावश्यक प्रकटीकरण गर्नुहुन्छ, र बितेर जाने हरेक क्षणमा उहाँले तिनलाई जीवन्त शक्तिको साथ कार्यान्वयन गर्नुहुन्छ। परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानद्वारा सीमित छैन; अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानका पाबन्दीअनुसार यान्त्रिक रूपमा होइन, बरु पूर्ण सहजताको साथ र सबै समय र स्थानमा व्यक्त वा प्रकट गरिन्छ। जब तैँले परमेश्‍वरको हृदय परिवर्तन भएको र उहाँले आफ्‍नो क्रोध व्यक्त गर्न छोड्नुभई निनवे सहरलाई नष्ट गर्नबाट पछि हट्नुभएको देख्छस्, के तँ परमेश्‍वर कृपालु र प्रेमिलो मात्र हुनुहुन्छ भनेर भन्‍न सक्छस्? के परमेश्‍वरको क्रोध खोक्रा शब्‍दहरूले बनेको छ भनेर भन्‍न सक्छस्? जब परमेश्‍वर भीषण क्रोधले चूर बन्‍नुहुन्छ र उहाँले आफ्‍नो कृपा फिर्ता लिनुहुन्छ, तब के तँ उहाँले मानवजातिप्रति कुनै साँचो प्रेमको अनुभूति गर्नुहुन्‍न भनेर भन्‍न सक्छस्? यो भीषण क्रोध मानिसहरूका दुष्ट कार्यहरूको प्रतिक्रियास्वरूप परमेश्‍वरले व्यक्त गर्नुहुन्छ; उहाँको क्रोध त्रुटिपूर्ण छैन। मानिसहरूको पश्‍चात्तापको प्रतिक्रियास्वरूप परमेश्‍वरको हृदयमा भावनाको स्पर्श हुन्छ, र यही पश्‍चात्तापले नै उहाँको हृदयमा परिवर्तन ल्याउँछ। जब उहाँले भावनाको स्पर्श महसुस गर्नुहुन्छ, जब उहाँको हृदय परिवर्तन हुन्छ, र जब उहाँले मानिसप्रति आफ्‍नो कृपा र सहनशीलता देखाउनुहुन्छ, यी सबै पूर्ण रूपमा त्रुटिविहीन हुन्छन्; ती चोखो, विशुद्ध, निष्खोट र मिश्रणरहित हुन्छन्। जसरी उहाँको कृपा, कृपाभन्दा अरू केही पनि होइन, त्यसरी नै परमेश्‍वरको सहनशीलता ठ्याक्‍कै त्यही हो: सहनशीलता। उहाँको स्वभावले मानिसको पश्‍चात्ताप र मानिसको चालचलनमा आउने अन्तरहरूअनुसार क्रोध वा कृपा र सहनशीलतालाई प्रकट गर्छ। उहाँले जे प्रकट गर्नुभए पनि र जे व्यक्त गर्नुभए पनि, यो सबै विशुद्ध र प्रत्यक्ष हुन्छ; यसको सार सृष्टिको जुनसुकै कुराको सारभन्दा पृथक हुन्छ। जब परमेश्‍वरले उहाँका कार्यहरूका अन्तर्निहित सिद्धान्तहरू व्यक्त गर्नुहुन्छ, ती कुनै पनि त्रुटि वा दागहरूबाट मुक्त हुन्छन्, अनि उहाँका सोचहरू, उहाँका विचारहरू, र उहाँले गर्नुहुने हरेक निर्णय र उहाँले गर्नुहुने हरेक कार्य पनि त्यस्तै हुन्छन्। परमेश्‍वरले त्यसरी निर्णय गर्नुभएको हुनाले र उहाँले त्यसरी कार्य गर्नुभएको हुनाले, उहाँले आफ्‍ना काम-कार्यवाहीहरूलाई पनि त्यसरी नै पूरा गर्नुहुन्छ। उहाँका काम-कार्यवाहीहरूको स्रोत त्रुटिविहीन र निष्खोट भएकै कारणले ती सही र त्रुटिविहीन छन्। परमेश्‍वरको क्रोध त्रुटिविहीन छ। त्यसरी नै, परमेश्‍वरको कृपा र सहनशीलता—जुन सारा सृष्टिको बीचमा कसैसँग पनि छैन—पवित्र र त्रुटिविहीन छन्, र तिनले ध्यानपूर्वक गरिने सोचविचार र अनुभवलाई सामना गर्न सक्छन्।

निनवेको कथासम्‍बन्धी तेरो बुझाइबाट, के अब तिमीहरू परमेश्‍वरको धर्मी स्वभावको सारको अर्को पक्षलाई देख्छौ? के तिमीहरू परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको अर्को पक्षलाई देख्छौ? के मानवजातिमाझ कसैसँग यस प्रकारको स्वभाव छ? के कसैमा यस प्रकारको क्रोध, परमेश्‍वरको क्रोध छ? के कसैसँग परमेश्‍वरसँग भएको जस्तो कृपा र सहनशीलता छ? सृष्टिमध्ये कसले त्यति भयंकर क्रोध आह्‍वान गरी मानवजातिलाई नष्ट गर्ने वा त्यसमाथि विपत्ति ल्याउने निर्णय गर्न सक्छ? मानिसलाई कृपा प्रदान गर्न, सहन र क्षमा गर्न, र यसरी मानिसलाई नष्ट गर्ने आफ्‍नो पहिलेको निर्णयलाई परिवर्तन गर्न को योग्य छ? सृष्टिकर्ताले आफ्‍नै अद्वितीय विधि र सिद्धान्तहरूमार्फत आफ्‍नो धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ, र उहाँ कुनै पनि मानिसहरू, घटनाहरू, वा कुराहरूले लादेको नियन्त्रण वा प्रतिबन्धहरूको अधीनमा हुनुहुन्‍न। उहाँको अद्वितीय स्वभाव भएकोले, कसैले पनि उहाँका सोचाइ र विचारहरूलाई परिवर्तन गर्न सक्दैन, न त कसैले उहाँलाई मनाउन र उहाँका कुनै पनि निर्णयहरूलाई परिवर्तन गर्न नै सक्छ। सारा सृष्टिमा अस्तित्वमा रहेका बानीबेहोरा र विचारहरूको सम्पूर्णता उहाँको धर्मी स्वभावको न्यायअन्तर्गत अस्तित्वमा हुन्छन्। कसैले पनि उहाँले क्रोध वा कृपा के अभ्यास गर्नुहुन्छ सो नियन्त्रण गर्न सक्दैन; सृष्टिकर्ताको सारले मात्रै—वा अर्को शब्‍दमा भन्दा, सृष्टिकर्ताको धर्मी स्वभावले मात्रै—यसको निर्णय गर्न सक्छ। सृष्टिकर्ताको धर्मी स्वभावको अद्वितीय प्रकृति यही हो!

निनवेका मानिसहरूप्रति भएको परमेश्‍वरको मनोवृत्ति रूपान्तरणलाई विश्‍लेषण गरेर अनि बुझेर, के तिमीहरूले परमेश्‍वरको धर्मी स्वभावभित्र पाइने कृपालाई व्याख्या गर्न “अद्वितीय” शब्‍दको प्रयोग गर्न सक्छौ? परमेश्‍वरको क्रोध उहाँको अद्वितीय धर्मी स्वभावको सारको एउटा पक्ष हो भनेर हामीले यसअघि नै भनेका थियौं। अब म यी दुई वटा पक्षलाई—परमेश्‍वरको क्रोध र परमेश्‍वरको कृपालाई—उहाँको धर्मी स्वभावको रूपमा परिभाषित गर्नेछु। परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ; यसले चिढ्याएको वा सवाल उठाएको सहँदैन; यो सृष्टि गरिएका वा सृष्टि नगरिएका प्राणीहरू कसैमा पनि नहुने कुरा हो। यो परमेश्‍वरमा मात्र लागू हुने अद्वितीय र अनन्य दुवै छ। भन्‍नुको अर्थ परमेश्‍वरको क्रोध पवित्र र अनुल्‍लङ्घनीय छ। त्यसरी नै, परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्ष—परमेश्‍वरको कृपा—पवित्र छ र यसलाई उल्‍लङ्घन गर्न सकिँदैन। सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीले उहाँका कामहरूमा परमेश्‍वरलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न सक्दैन, न त कसैले सदोमको विनाश वा निनवेको मुक्तिमा उहाँलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न नै सक्थ्यो। परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको साँचो अभिव्यक्ति यही हो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरको दया र सहिष्णुता साँच्चै अस्तित्वमा छ, तर परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको बेला पनि परमेश्‍वरको पवित्रता र धार्मिकताले मानिसलाई परमेश्‍वरको त्यो पक्षलाई देखाउँछ, जसले कुनै उल्‍लङ्घन सहँदैन। जब मानिस परमेश्‍वरका आज्ञाहरू पालन गर्न र परमेश्‍वरका आवश्यकताहरू अनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ, तब परमेश्‍वर मानिसप्रति उहाँको कृपामा प्रशस्त हुनुहुन्छ; जब मानिस उहाँप्रतिको भ्रष्टता, घृणा र शत्रुताले भरिन्छ, परमेश्‍वर गम्भीर रूपले रिसाउनुहुन्छ। कुन हदसम्म उहाँ गम्भीर रूपले रिसाउनुहुन्छ? जबसम्म परमेश्‍वरले मानिसको प्रतिरोध र कुकर्महरू देख्‍नुहुनेछैन, जबसम्म तिनीहरू उहाँको नजरबाट हट्दैनन् तबसम्म उहाँको क्रोध रहनेछ। तब मात्र परमेश्‍वरको रीस हराउनेछ। अर्को वचनमा, व्यक्ति चाहे जो सुकै भए पनि, यदि तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा भएको छ र परमेश्‍वरबाट कहिल्यै नफर्कने गरी तर्किगएको छ भने चाहे जुनसुकै उपस्थितिहरूमा वा तिनीहरूका व्यक्तिगत चाहनाहरूको आधारमा तिनीहरूले जस्तै प्रकारले आराधना गर्ने, तिनीहरूका शरीर र सोचविचारमा परमेश्‍वरलाई पछ्याउने र आज्ञापालन गर्ने चाहना गरे पनि, परमेश्‍वरको क्रोध नरोकिने गरी पोखाइनेछ। यस्तो हुनेछ कि मानिसलाई प्रशस्त मौकाहरू दिइसकेपछि जब परमेश्‍वरले गम्भीर रूपमा आफ्नो क्रोध पोखाउनुहुन्छ तब त्यो फिर्ता लिने कुनै उपाय हुनेछैन, र उहाँ त्यस्तो मानव जातिसित फेरि कहिल्यै दयालु र सहनशील हुनुहुनेछैन। यो परमेश्‍वरको स्वभावको एक पक्ष हो, जसले कुनै उल्‍लङ्घन सहँदैन। … उहाँ दयालु र सुन्दर र असल कुराहरूप्रति सहनशील र कृपालु हुनुहुन्छ; खराब, पापी र दुष्ट कुराहरूप्रति उहाँ गम्भीर रूपमा क्रोधित हुनुहुन्छ, यहाँसम्म कि उहाँको क्रोध कहिल्यै समाप्त हुँदैन। परमेश्‍वरका स्वभावका दुई वटा सिद्धान्त र अति प्रमुख पक्षहरू यिनै हुन्, र यसबाहेक ती परमेश्‍वरद्वारा सुरुदेखि अन्त्यसम्मै प्रकट गरिएका छन्: प्रशस्त कृपा र गम्भीर क्रोध।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँछ भने पनि, के उहाँले मानिसलाई पन्छ्याउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि तय गरेको मापदण्डहरूको उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले माग गरेको कुरालाई सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन्, वा तैँले तिनलाई कति लामो समयदेखि पक्रिराखेको छस् म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्गमा हिँड्छस् कि हिँड्दैनस्, र तैँले सत्यलाई प्रेम गर्छस् कि गर्दैनस् र यसको तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ, र यसको सट्टा तैँले मेरो नाउँमा सर्म ल्याउँछस्, र कुनै वास्ता वा चिन्ता नगरिकन पछ्याउने काम मात्रै गर्दै मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर भन्‍न तँ सक्षम हुनेछस् त? आज, मैले बोलेका वचनहरूलाई तैँले पाल गरेका छस् भने, तँ त्यस्तो प्रकारको व्यक्ति होस् जसलाई म स्वीकार गर्छु। परमेश्‍वरलाई पछ्याउने क्रममा सँधै कष्ट भोगेको छस्, दु:ख र सुख दुवै अवस्थामा तैँले उहाँलाई पछ्याएको छस्, र उहाँसँग खुशीका पलहरू र दु:खका पलहरू बिताएको छस् भनेर तँ भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएका छैनस्; तैँले परमेश्‍वरको लागि दौडधूप गर्ने र हरेक दिन आफैलाई परमेश्‍वरको निम्ति खर्च गर्ने इच्छा मात्रै गर्छस्, र तैँले अर्थपूर्ण जीवन जिउने बारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “कुनै हालतमा पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँको लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरी हिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे तापनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन, र यो शरीर, वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्ग अनुसार नहिँड्नेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन, र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछन् र उनीहरूले मेरो आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिने तिनीहरू नै हुन्। तैँले के-कस्ता परिस्थितिहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउने बाहेक अरू तिमीहरूले के प्राप्त गरेका? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच वटा मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तैपनि बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय तँसँग छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशा गर्दै यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिफल हो, र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्‍म नै पछ्याए तापनि मेरो मार्गमा नहिँड्ने सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता यही नै हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभावलाई प्रकट गरिन्छ, मानिस अवाक् हुनेछ, र परमेश्‍वरलाई पछ्याउने क्रममा उहाँको मार्गमा नहिँडेकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्‍वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्‍वरको मार्गमा हिँडिनँ। के बहानाहरू छन् र? सजाय पाउने बाहेक अरू कुनै पनि विकल्‍प छैन!” तैपनि उसले आफ्‍नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्‍मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन, र यो सजाय दिइसक्‍नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सँधैभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती मानिसहरूजस्तो छैन जसलाई नष्ट गरिनेछन्; नष्ट गरिनेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्‍का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्‍नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारको साथ निराकरण गरिनेछ भन्‍ने होइन। धार्मिकता भनेको पवित्रता हो, र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्‍लङ्घनलाई सहँदैन, र सबै अशुद्ध र परिवर्तन नभएकाहरू परमेश्‍वरको घृणाका निसानाहरू हुन्। परमेश्‍वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो, र यो प्रशासनिक आदेश सत्यता नहुने र परिवर्तन नभएका र मुक्तिको लागि कुनै गुन्जाइस नभएका जोकोहीको धर्मी दण्डको लागि हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुनेछ समय हो, जुन समयपछि, त्यस उप्रान्त मानिसलाई मुक्ति दिने कार्य गरिनेछैन, र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। सेवा गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धार्मिक स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानवलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका दुष्ट कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूका सल्लाहमा हिँडून् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र सेवा गर्न पनि योग्य नभएकाहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको शुद्धीकरण हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू अविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धार्मिक स्वभावले कसैलाई पनि दया देखाउँदैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

मेरा वचनहरूद्वारा सबै कुरा सम्पन्न हुनेछन्; मैले गर्ने काममा कुनै मानिस सहभागी हुन सक्दैन, र त्यो कुनै पनि मानिसले गर्न सक्दैन। म सबै देशहरूको हावा सफा गर्नेछु र पृथ्वीमा भएका भूतात्माहरूका सबै छापहरू मेटाउनेछु। मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु। यसैले मेरो ताडना सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ, र त्यो ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कन असक्षम हुनेछन् भन्‍ने देख्‍न सकिन्छ, किनकि म सबै देशहरूमाथि नजर लगाउनेछु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ, अर्थात्, जब न्यायको युगको अन्त्य हुन्छ, ठूलो रातो अजिङ्गरलाई म औपचारिक रूपमा सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिइएको मेरो धार्मिक सजाय निश्चय देख्नेछन्, मेरो धार्मिकताको कारण निश्चय प्रशंसाको गीत गाउनेछन्, र मेरो धार्मिकताको कारण सदासर्वदा मेरो पवित्र नाउँको प्रशंसा गर्नेछन्। यसैले तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!

जब न्यायको युग त्यसको चरम सीमामा पुग्दछ, म आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउन हतार गर्नेछैनँ, तर यसमा सजायको युगको प्रमाण मिलाउनेछु र यो प्रमाण मेरा सबै मानिसहरूलाई देखाउनेछु; यसमा धेरै फल फलाइनेछ। यो प्रमाण नै मैले ठूलो रातो अजिङ्गरलाई दण्ड दिने माध्यम हुनेछ, र म मेरा मानिसहरूलाई यो उनीहरूका आफ्नै आँखाले हेर्न लगाउनेछु, यसैले कि तिनीहरूले मेरो स्वभावको बारेमा अझ धेरै जानून्। मेरा मानिसहरूले ममा त्यसबेला धेरै आनन्द पाउनेछ जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई मेरो योजना अनुसार खडा गरिन्छ र त्यसको विरुद्ध विद्रोह गर्न लगाइन्छ, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसहरूका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो मौका हो। … आज म मानिस सँगसँगै सजायको युगमा अगाडि बढ्दछु, उसको छेउमा रहेर अगि बढदछु। म मेरो काम गर्दैछु, भन्नुको अर्थ, म मानिसको माझमा मेरो लौरो प्रहार गर्दछु र त्यो मानिसको विद्रोही कुरामाथि पर्छ। मानिसको नजरमा, मेरो लौरोमा विशेष शक्ति भएको जस्तो देखिन्छ: यो ती सबैमाथि आउँछ जो मेरा शत्रुहरू हुन् र तिनीहरूलाई सहजै छोड्दैन; मेरो विरोध गर्नेहरू सबै माझ यो लौरोले यसको अन्तर्निहित काम गर्दछ; मेरो हातमा हुनेहरू सबैले मेरो अभिप्रायअनुसार आफ्नो कर्तव्य पूरा गर्छन्, र तिनीहरूले कहिल्यै मेरो इच्छाहरूलाई उल्लङ्घन गरेका छैनन् वा आफ्नो दृढतालाई बदलेका छैनन्। फलस्वरूप, समुद्रहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूल्ठुला नदिहरू भङ्गालिनेछन्, मानिसलाई सधैं परिवर्तन हुन दिइन्छ, सूर्य मधुरो हुँदैजानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसको निम्ति शान्तिमा जिउने धेरै दिन हुँदैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र अझ धेरै सहनेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्‍नो मूल स्वरूप फेरि प्राप्त गर्नेछ। पृथ्वीका सबै परिवारहरू भत्कनेछन्, र पृथ्वीका सबै जातिहरूलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच फेरि मिलन हुने दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैन, फेरि कहिल्यै बाबु र छोरी भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २८

मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरुप्रति दण्ड हुनेछ, यही समयमा, यो मेरो धार्मिक स्वभावको सटिक प्रमाण हो, र अझै थप, मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरु भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरु तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरुले पनि उनीहरुको पापबाट छुटकारा पाउने छैनन्; उनीहरु पनि, विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षहरुमा विरलै देखिएको छ, र उनीहरु सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरु आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरुले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातीलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्व दिन्छु र उनीहरुको दुष्ट कर्मलाई तिरस्कार गर्दछु। मैले मानवजातीको नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरुको समूह प्राप्त गर्ने आशा मैले व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरुलाई पनि म कहिल्यै बिर्सिन्न; उनीहरुलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरुलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र यो हेर्दा मलाई आनन्द आउँनेछ। अब अन्ततः मेरो दिने आएको छ, र मैले अब पर्खनु पर्नेछैन!

मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन्, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नका लागि पनि हो। यसका अतिरिक्त, यो कार्य मानिसले मेरो व्यवहार र कार्यहरुप्रति कृतज्ञ रहुन् भन्नका लागि हो। मैले गरेका सबै कार्यहरु सही छ र मैले गरेका सबै कार्यहरु मेरो स्वभावको अभिव्यक्ति हो भनेर प्रत्येक व्यक्तिले देखुन् भन्ने मेरो चाहाना हो। यो मानिसका कार्यले होइन्, मानिसलाई अगाडि ल्याएको प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जिवित प्राणीको पालनहार म नै हुँ। मेरो अस्तित्वविना, मानवजाती नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातीले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातीले कठ्याङ्ग्रिदो चिसो रात र मृत्युको छायाँको निर्मम उपत्यकाको सामना मात्र गर्नेछन्। म मानवजातीको एकमात्र मुक्ति हुँ। म मानवजातीको एकमात्र आशा हुँ र, अझै थप, ममा नै सबै मानवजातीको अस्तित्व निर्भर रहन्छ। मविना, मानवजाती तत्कालै अवरुद्ध हुनेछ। मविना, मानवजातीले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैँतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैनन्। कसैले पनि गर्न नसकेका कार्य मेले गरेको छु, र केही असल कार्यहरुमार्फत् मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर गर्ने मेरो कार्यको अर्को कदमको प्रारम्भ गर्नेछु, किनभने मानिसको बीचमा यी वर्षहरुमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुशी छु। म मानिसहरुको सङ्ख्याका बारेमा चासो दिन्न, बरु उनीहरुको असल कार्यहरुप्रति चासो राख्छु। जे भए पनि, तिमीहरुले तिमीहरुको आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरुमाथि आइपर्ने विपत्तिबाट तिमीहरु कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि, मबाटै व्यवस्था हुन्छ। यदि तिमीहरु मेरा आँखामा असल देखा पर्न सकेनौ भने, तिमीहरु विपत्तिको भोगाइबाट उम्कन सक्नेछैनौ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको स्वभाव र सारलाई जान्नेसम्बन्धी वचनहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वर जो हुनुहुन्छ उहाँ त्यही हुनुहुन्छ, र उहाँसँग जे छ, उहाँसँग त्यही छ। उहाँले व्यक्त गर्नुभएका र प्रकट...

परमेश्‍वरको स्वभावलाई उहाँको कामबाट कसरी जान्ने

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै...

परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि प्रकट हुने प्राथमिक तरिकाहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्