परमेश्‍वरको स्वभावलाई उहाँको कामबाट कसरी जान्ने

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व मानिसदेखि लुकेता पनि, मानिसमा उहाँको काम गर्दै, उहाँको स्वभाव अभिव्यक्त गर्दै, सारा मानवजातिलाई आफ्नो सारले मार्गनिर्देश गर्दै र हरेक व्यक्तिमा उहाँको शक्ति, उहाँको बुद्धि र उहाँको अधिकारद्वारा आफ्नो काम गर्दै उहाँ सधैँ मानिसको छेउमा रहँदै आउनुभएको छ, यसरी उहाँले व्यवस्थाको युग, अनुग्रहको युग र आजको राज्यको युगलाई अस्तित्वमा ल्याउनुभयो। परमेश्‍वरले उहाँको व्यक्तित्व मानिसबाट लुकाउनु भएता पनि, उहाँको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र मानवजातिप्रति उहाँको इच्छा मानिसले देख्‍न र अनुभव गरून् भनेर खुला रूपमा मानिसको सामु प्रकट गरिएका छन्। अर्को शब्दमा, मानवजातिले परमेश्‍वरलाई देख्‍न र छुन नसकेता पनि, मानवजातिले सामना गरेको परमेश्‍वरको स्वभाव र सार पूर्णतया परमेश्‍वर स्वयम्‌को अभिव्यक्तिहरू हुन्। के त्यो सत्य होइन? परमेश्‍वरले उहाँको कामको निम्ति जुनसुकै मार्ग वा तरिकाको प्रयोग गरेता पनि, उहाँले सधैँ आफ्नो साँचो पहिचानका साथ मानिसहरूसँग व्यवहार गर्नुहुन्छ, उहाँले अनिवार्य रूपमा गर्नुपर्ने काम गर्नुहुन्छ र उहाँले भन्‍नै पर्ने वचनहरू भन्‍नुहुन्छ। परमेश्‍वरले जुनसुकै ओहोदाबाट बोल्नुभएता पनि—उहाँ तेस्रो स्वर्गमा खडा भइरहनु भएको हुन सक्छ, वा शरीरमा खडा भइरहनु भएको हुन सक्छ, वा सामान्य व्यक्तिको रूपमा—उहाँ सधैँ आफ्नो सारा हृदय र सारा मनले मानिससँग बोल्‍नुहुन्छ, कुनै कपट वा गोप्यताविना। उहाँले आफ्नो काम सम्पन्न गर्नुहुँदा परमेश्‍वरले कुनै पनि किसिमको आरक्षणविना, आफ्नो वचन र आफ्नो स्वभाव अभिव्यक्त गर्नुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हो भन्‍ने कुरा अभिव्यक्त गर्नुहुन्छ। उहाँले आफ्नो जीवन, उहाँको अस्तित्व र सम्पत्तिहरूद्वारा मानवजातिलाई मार्गनिर्देश गर्नुहुन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

परमेश्‍वरको स्वभाव सबैका निम्ति खुला छ र लुकेको छैन, किनकि परमेश्‍वरले कहिले पनि जानाजान कुनै व्यक्तिलाई बेवास्ता गर्नुभएको छैन र मानिसहरूले उहाँलाई नचिनून् वा नबुझून् भनेर जानाजान कहिले पनि आफूलाई लुकाउनुभएको छैन। जहिले पनि खुला रहनु र खुला रूपले हरेक व्यक्तिको सामना गर्नु परमेश्‍वरको स्वभाव हो। परमेश्‍वरको व्यवस्थापनमा, हरेकको सामना गरेर परमेश्‍वरले उहाँको काम गर्नुहुन्छ र हरेक व्यक्तिमा उहाँको काम गरिन्छ। उहाँले यो काम गर्ने क्रममा, हरेक व्यक्तिलाई दिशानिर्देश गर्न र उपलब्ध गराउनको निम्ति उहाँले आफ्नो स्वभावलाई निरन्तर रूपमा प्रकट गर्दै हुनुहुन्छ र आफ्नो सार, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती कुरा को प्रयोग निरन्तर रूपमा गर्दै हुनुहुन्छ। हरेक युग र हरेक चरणमा, परिस्थितिहरू असल र खराब जस्ता भए पनि, परमेश्‍वरको स्वभाव हरेकको निम्ति सधैँ खुला छ र उहाँको सम्पत्तिहरू र अस्तित्व हरेकको लागि सधैँ खुला छन्, जसरी उहाँको जीवन नित्य र अटुट रूपमा मानवजातिको निम्ति उपलब्ध गराइरहेको र सहायता गरिरहेको छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

कार्यका तीन चरणहरू परमेश्‍वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्‍वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्ति गरिन्छ। परमेश्‍वरका कार्यका तीन चरणहरू नजान्नेहरूले परमेश्‍वरले उहाँको स्वभाव कसरी व्यक्त गर्नुहुन्छ भन्ने जान्दैनन्, न त तिनीहरूले परमेश्‍वरको कार्यको बुद्धिलाई नै जान्दछन्। उहाँले मानवजातिलाई मुक्ति दिने धेरै तरिकाहरू र समग्र मानवजातिको निम्ति उहाँको इच्छाबारे पनि तिनीहरू अनभिज्ञ नै हुन्छन्। कार्यका तीन चरणहरू मानवजातिलाई बचाउने कार्यको पूर्ण अभिव्यक्ति हुन्। कार्यका तीन चरणहरू नजान्‍नेहरू पवित्र आत्माको कामको विभिन्न विधिहरू र सिद्धान्तहरूबारे अनभिज्ञ हुन्छन् र कार्यको कुनै चरणबाट बाँकी रहेको सिद्धान्तमा नै कठोरतापूर्वक टाँसिरहनेहरू परमेश्‍वरलाई सिद्धान्तमा सीमित पार्ने मानिसहरू हुन् र परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास अस्पष्ट र अनिश्‍चित हुन्छ। यस्ता मानिसहरूले कहिल्यै पनि परमेश्‍वरको मुक्ति प्राप्‍त गर्नेछैनन्। परमेश्‍वरका कार्यका तीन चरणहरूले मात्र परमेश्‍वरको समग्र स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ र सारा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय साथै मानवजातिको मुक्तिको समग्र प्रक्रियालाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। उहाँले शैतानलाई पराजित गर्नुभएको छ र मानवजातिलाई प्राप्‍त गर्नुभएको छ भन्ने कुराको प्रमाण यही हो; यो परमेश्‍वरको विजयको सबुत हो र परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो। परमेश्‍वरका कार्यका तीन चरणहरूमध्ये एक चरणलाई मात्र बुझ्नेहरूले परमेश्‍वरको आंशिक स्वभावलाई मात्र जान्दछन्। मानिसको धारणामा, यो कार्यको एक चरण सजिलै सिद्धान्त बन्न सक्छ, र मानिसले परमेश्‍वरबारे निर्दिष्ट नियमहरू स्थापित गर्ने र परमेश्‍वरको स्वभावको यही एउटा हिस्सालाई परमेश्‍वरको सम्पूर्ण स्वभावको प्रतिनिधित्वको रूपमा प्रयोग गर्ने सम्भावना हुन्छ। यसको अलाबा, यसभित्र मानसको धेरै कल्पना मिसिन्छ, यहाँसम्‍म कि कुनै समय परमेश्‍वर यस्तो हुनुहुन्थ्यो, अनि उहाँ हरसमय यस्तै रहनुहुनेछ र कहिल्यै परिवर्तन हुनुहुनेछैन भन्ने विश्‍वास गरेर यस्ता मानिसले परमेश्‍वरको स्वभाव, अस्तित्व र बुद्धिलाई साथै परमेश्‍वरको कार्यको सिद्धान्तहरूलाई सीमित मापदण्डहरूभित्र कठोरतापूर्वक कैद गर्छन्। कार्यका तीन चरणहरू जान्‍नेहरूले मात्र परमेश्‍वरलाई पुर्ण रूपमा र सही रूपमा चिन्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरलाई इस्राएलीहरू वा यहूदीहरूका परमेश्‍वरको रूपमा परिभाषित गर्दैनन् र उहाँलाई मानिसको खातिर सदासर्वदा क्रूसमा टाँगिएको परमेश्‍वरको रूपमा हेर्नेछैनन्। यदि कसैले परमेश्‍वरलाई उहाँको कार्यको एक चरणबाट मात्र चिन्छ भने तिनीहरूको ज्ञान अत्यन्तै सानो र महासागरको एक थोपाभन्दा बढी हुँदैन। होइन भने, धेरै पुरानो धार्मिक रक्षकहरूले परमेश्‍वरलाई किन जीवितै क्रूसमा टाँग्थे? के मानिसले परमेश्‍वरलाई कुनै मापदण्डहरूभित्र सीमित गर्ने गरेकोले होइन र?

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

कामका तीन चरणहरू परमेश्‍वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्‍वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा होइनन्। यदि तँ परमेश्‍वरको सम्पूर्ण स्वभावको ज्ञान खोज्ने इच्छा गर्छस् भने, परमेश्‍वरले गर्नुभएको कार्यको तीन चरणहरूलाई तिमीहरूले जान्नुपर्छ, यसको अलाबा, तिमीहरूले कुनै पनि चरणलाई छोड्नु हुँदैन। परमेश्‍वरलाई चिन्न चाहनेहरूले हासिल गर्नुपर्ने न्यूनतम कुरा यही हो। मानिस स्वयम्‌ले परमेश्‍वरको साँचो ज्ञान निर्माण गर्न सक्दैन। यो मानिस स्वयम्‌ले कल्पना गर्न सक्‍ने कुरा होइन, न त यो कुनै एक जनालाई गरिएको पवित्र आत्माको विशेष कृपाको परिणाम नै हो। बरु, यो त परमेश्‍वरको कामलाई अनुभव गरेपछि मानिसमा आउने ज्ञान हो र यो परमेश्‍वरको कामका तथ्यहरूलाई अनुभव गरेपछि मात्र आउने परमेश्‍वरको ज्ञान हो। यस्तो ज्ञान हतारमा हासिल गर्न सकिँदैन, न त यो सिकाउन सकिने कुरा नै हो। यो पूर्ण रूपमा व्यक्तिगत अनुभवसँग सम्बन्धित कुरा हो। मानवजातिको निम्ति परमेश्‍वरको मुक्ति कार्यका यी तीन चरणहरूको सार हो, तैपनि मुक्तिको कामभित्र परमेश्‍वरको स्वभाव व्यक्त गरिने कामका केही विधिहरू र केही माध्यमहरू समावेश छन्। मानिसले पहिचान गर्नको लागि सबैभन्दा कठिन यही हो र मानिसले बुझ्नको लागि जटिल कुरा यही हो। युगहरूको विभाजन, परमेश्‍वरको कामका परिवर्तनहरू, कामको अवस्थितिमा हुने परिवर्तनहरू, यो कार्यको प्रापकहरूमा आउने परिवर्तन र अरू यस्तै कुराहरू सबैलाई कामको तीन चरणहरूमा समावेश गरिएका छन्। निश्‍चित रूपमा, पवित्र आत्माको काम गर्ने तरिकामा भिन्नता, साथै परमेश्‍वरको स्वभाव, स्वरूप, नाउँ, पहिचान वा अन्य परिवर्तनहरूमा हुने बदलावहरू सबै कार्यको तीन चरणहरूका हिस्सा हुन्। कामको एउटा चरणले एक भागको मात्र प्रतिनिधित्व गर्न सक्छ, र यो निश्‍चित क्षेत्रभित्र सीमित हुन्छ। अन्य पक्षहरूको त कुरै छोडौं, यसले युगहरूको विभाजन वा परमेश्‍वरको काममा परिवर्तनलाई पनि समेट्दैन। यो स्पष्ट तथ्य हो। कामका तीन चरणहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने कामको पूर्णता हो। मुक्तिको काममा परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरको स्वभावलाई मानिसले जान्नुपर्छ; यो तथ्य विना, परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान खोक्रा शब्दहरू बाहेक अरू केही पनि होइन, यो अव्यवहारिक धर्माध्यक्षताभन्दा केही पनि होइन।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

नोआको कथाको यस अभिलेखमा, के तिमीहरूले परमेश्‍वरको स्वभावको एक भाग देख्छौ? मानिसको भ्रष्टता, फोहोरीपन र हिंसाप्रति परमेश्‍वरको धैर्यको सीमा छ। उहाँ त्यो सीमामा पुगेपछि, उहाँले धैर्य गर्नुहुने छैन र बरु उहाँले उहाँको नयाँ व्यवस्थापन र नयाँ योजना सुरु गर्नुहुनेछ, उहाँले जे गर्नुपर्ने त्यो गर्न सुरु गर्नुहुनेछ, उहाँका कामहरू र उहाँको स्वभावको अर्को पक्ष प्रकट गर्नुहुनेछ। उहाँको यो कार्य उहाँ कहिले पनि मानिसबाट चोट पुर्याइनुहुन्न वा उहाँ अधिकार र क्रोधले पूर्ण हुनुहुन्छ भन्‍ने कुराको प्रदर्शनको निम्ति होइन, र यो उहाँले मानवजातिको विनाश गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा देखाउनको लागि होइन। यस प्रकारको मानवजाति उहाँको सामुन्‍ने जिएको, उहाँको प्रभुत्वमा जिएको कुरालाई उहाँको स्वभाव र उहाँको पवित्र सारले अनुमति दिँदैन वा धैर्य गर्दैन। यसको अर्थ यही हो, सारा मानवजाति उहाँको विरुद्धमा हुँदा, पृथ्वीमा मुक्त गर्न सक्ने कोही पनि नहुँदा यस्तो मानवजातिप्रति उहाँले धैर्य गर्नुहुने छैन र कुनै पनि सन्देहविना नै यस्तो प्रकारको मानवजातिलाई नष्ट गर्ने योजना कार्यान्वयन गर्नुहुनेछ। परमेश्‍वरद्वारा गरिने यस्तो कार्यको निर्धारण परमेश्‍वरको स्वभावले गर्छ। यो आवश्यक परिणाम हो, र परमेश्‍वरको प्रभुत्वमा सृष्टि गरिएका हरेक प्राणीले सहनुपर्ने परिणाम हो। के यसले अहिलेको वर्तमान युगमा, आफ्नो योजना पूरा गर्न र उहाँले मुक्त गर्न चाहेका मानिसहरूलाई मुक्त गर्नको निम्ति परमेश्‍वरले पर्खनुहुन्‍न भन्‍ने देखाउँदैन र? यी परिस्थितिहरूमा, परमेश्‍वरले के कुराको सबैभन्दा धेरै वास्ता राख्‍नुहुन्छ? उहाँलाई नपछ्याउनेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा उहाँको विरोध गर्नेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा प्रतिरोध गर्छन् वा मानवजातिले कसरी उहाँको निन्दा गर्दैछन् भन्‍ने कुरा होइन। उहाँलाई पछ्याउनेहरू, उहाँको व्यवस्थापन योजनामा उहाँका मुक्तिका पात्रहरूलाई उहाँले सिद्ध पार्नुभएको छ कि छैन, तिनीहरू उहाँको सन्तुष्टिको योग्य भएका छन् कि छैनन् त्यो कुरालाई मात्रै उहाँले वास्ता गर्नुहुन्छ। उहाँलाई पछ्याउनेबाहेकका मानिसहरूलाई उहाँले आफ्नो क्रोध अभिव्यक्त गर्नको निम्ति दण्ड दिने काम विरलै मात्र गर्नुहुन्छ। उदाहरणको निम्तिः सुनामी, भुकम्प र ज्वालामुखीहरू। साथै, उहाँलाई पछ्याउनेहरू र उहाँद्वारा मुक्त गर्न लागेकाहरूलाई उहाँले मजबुद सुरक्षा र हेरचाह गर्दै हुनुहुन्छ। परमेश्‍वरको स्वभाव यही होः एकातिर, उहाँले पूर्ण बनाउने अभिप्राय राख्‍नुभएका मानिसहरूप्रति उहाँ एकदमै धैर्य र सहन गर्न सक्‍नुहुन्छ, र उहाँले सकेसम्म तिनीहरूको निम्ति प्रतिक्षा गर्न सक्‍नुहुन्छ; अर्कोतिर, उहाँलाई नपछ्याउने र उहाँको विरोध गर्ने शैतान-जस्ता मानिसहरूलाई परमेश्‍वरले उत्कटतापूर्वक घृणा र हेला गर्नुहुन्छ। यस्ता शैतान-जस्ताहरूले उहाँलाई पछ्याऊन् कि नपछ्याऊन् वा उहाँको आराधना गरून् कि नगरून् भन्‍ने कुराको वास्ता उहाँ राख्‍नुहुन्‍न, तिनीहरूप्रति उहाँको हृदयमा धैर्यता धारण गर्नुहुँदै उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ र यी शैतान-जस्ताहरूको अन्त्य निर्धारण गर्दै गर्दा, उहाँको व्यवस्थापन योजनाका चरणहरूको आगमनको प्रतिक्षा पनि उहाँ गर्दै हुनुहुन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

मूल रूपमा, परमेश्‍वरले आफ्नो नजरमा धेरै असल र उहाँसँग नजिक रहेको मानवजातिको सृष्टि गर्नुभयो तर उहाँविरुद्ध विद्रोहमा गएपछि तिनीहरूलाई जलप्रलयद्वारा नष्ट पारियो। यस्तो मानवजाति तत्कालै यसरी गायब हुँदा के परमेश्‍वरलाई दुःख लाग्‍यो? अवश्य नै उहाँलाई दुःख लाग्यो! त्यसो भए, त्यस पीडाप्रति उहाँको अभिव्यक्ति के थियो? त्यसलाई बाइबलमा कसरी अभिलिखित गरिएको थियो? बाइबलमा यसलाई यसरी लेखिएको थियो: “अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ।” यस सरल वाक्यले परमेश्‍वरका सोचहरू प्रकट गर्छ। संसारको विनाशले परमेश्‍वरलाई धेरै पीडा दियो। मानिसका शब्दमा भन्नुपर्दा, उहाँ धेरै दुःखी हुनुभयो। हामी कल्पना गर्न सक्छौँ: एकताका जीवनले भरिएको पृथ्वी जलप्रलयद्वारा नष्ट पारिएपछि कस्तो भयो? एकताका मानवजातिले भरिएको पृथ्वी त्यस समय कस्तो देखियो? मानव बसोबासरहित, जीवित प्राणीरहित र जताततै पानी र पानीको सतहमा पूर्ण विनाश। संसारको सृष्टि गर्दा, के यस्तो दृष्य परमेश्‍वरको मौलिक इरादा थियो? अवश्य नै थिएन! परमेश्‍वरको मौलिक इरादा भनेको सारा भूमि जीवनले भरिएको देख्नु, उहाँले सृष्टि गर्नुभएको मानवजातिले उहाँको आराधना गरेको देख्नु थियो, उहाँको आराधना गर्ने एकलो व्यक्ति वा उसलाई सुम्पिएको काम पूरा गर्ने उहाँको बोलावटको जवाफ दिने एकलो नोआलाई मात्र पाउनु होइन। मानवजाति गायब हुँदा, परमेश्‍वरले मौलिक रूपमा इरादा राख्‍नुभएको कुरालाई होइन बरु त्यसको ठीक विपरित कुरालाई देख्‍नुभयो। उहाँको हृदय कसरी पीडामा नहुन सक्थ्यो र? यसैले उहाँले आफ्नो स्वभाव प्रकट गरिरहनुहुँदा र आफ्ना संवेगहरू अभिव्यक्त गरिरहनुहुँदा परमेश्‍वरले एउटा निर्णय लिनुभयो। उहाँले कस्तो किसिमको निर्णय लिनुभयो त? परमेश्‍वरले मानवजातिलाई जलप्रलयद्वारा फेरि नष्ट गर्नुहुनेछैन भन्‍ने प्रतिज्ञास्वरूप, मानिससँगको करारको रूपमा बादलमा इन्द्रेणी (अर्थात्, हामीले देख्‍ने इन्द्रेणी) बनाउने निर्णय। साथै, यो परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभयो भनेर मानिसहरूलाई बताउनलाई पनि थियो, ताकि परमेश्‍वरले किन यस्तो काम गर्नुहुन्छ भनेर मानवजातिले सदैव सम्झिरहोस्।

…………

यसबाट हामीले परमेश्‍वरको स्वभावको कुन भागको बारेमा सिक्‍नुपर्छ? मानिस उहाँको विरोधी भएको हुनाले परमेश्‍वरले मानिसलाई घृणा गर्नभएको थियो, तर उहाँको हृदयमा मानवजातिप्रतिको उहाँको वास्ता, चासो र दया अपरिवर्तित नै रहे। उहाँले मानवजातिको विनाश गर्दा पनि उहाँको हृदय अपरिवर्तित नै रह्‍यो। जब मानवजाति परमेश्‍वरप्रति गम्भीर हदसम्म भ्रष्टता र अनाज्ञाकारिताले भरिपूर्ण भयो, तब परमेश्‍वरले उहाँको स्वभाव र सारको कारण र उहाँका सिद्धान्तहरूबमोजिम यस मानवजातिलाई नष्ट गर्नुपर्ने भयो। तर परमेश्‍वरको सारको कारण उहाँले अझै पनि मानवजातिमाथि दया गर्नुभयो र तिनीहरू बाँचिरहून् भनेर मानवजातिलाई उद्धार गर्न विभिन्‍न तरिकाहरू प्रयोग गर्न चाहनुभयो। तर मानिसले परमेश्‍वरको विरोध गर्‍यो, परमेश्‍वरको अवज्ञा गर्न जारी राख्यो र परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्न इन्कार गर्‍यो; भन्नुको अर्थ उसले उहाँका असल अभिप्रायहरू स्वीकार गर्न इन्कार गर्‍यो। परमेश्‍वरले तिनीहरूलाई जसरी बोलाउनुभएको भए तापनि, तिनीहरूलाई जसरी सम्झाउनुभएको भए तापनि, तिनीहरूको निम्ति जसरी आपूर्ति गरिदिनुभएको भए तापनि, तिनीहरूलाई जसरी सहायता गर्नुभएको भए तापनि वा तिनीहरूलाई जसरी सहन गर्नुभएको भए तापनि, मानिसले त्यसलाई बुझेन वा सराहना गरेन, न त तिनीहरूले कुनै ध्यान नै दिए। परमेश्‍वरले आफ्नो पीडामा, मानिसले आफ्नो दिशा बदल्छ कि भनेर पर्खँदै तिनीहरूलाई अझै पनि हदैसम्मको सहनशीलता प्रदान गर्न भुल्नुभएन। उहाँको हद पार भएपछि बिनासङ्‍कोच उहाँले आफूले गर्नुपर्ने काम गर्नुभयो। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्ने योजना बनाउनुभएको समयदेखि मानवजातिको विनाश गर्ने कार्य सुरु गर्नुभएको समयसम्म निश्‍चित समयावधि र प्रक्रिया थियो। यो प्रक्रिया मानिसलाई मार्ग परिवर्तन गर्न सक्षम तुल्याउनको निम्ति अस्तित्वमा थियो र यही नै परमेश्‍वरले मानिसलाई दिनुभएको अन्तिम मौका थियो। मानवजातिको विनाश गर्नुअघिको यस अवधिमा परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले भारी मात्रामा सम्झाउने र प्रोत्सान गर्ने काम गर्नुभयो। परमेश्‍वरको हृदय जतिसुकै पीडा र शोकमा भएको भए तापनि उहाँले मानवजातिमा आफ्नो वास्ता, चासो र प्रचुर कृपा निरन्तर प्रदान गर्नुभयो। यसबाट हामी के देख्छौँ? नि:सन्देह, हामी देख्छौँ कि मानवजातिप्रति परमेश्‍वरको प्रेम वास्तविक छ, केवल ओठेभक्ति जस्तो मात्र छैन। यो वास्तविक, मूर्त र सराहनीय छ, नक्कली, मिलावट भएको, छली वा कपटी छैन। परमेश्‍वरले कहिले पनि छलको प्रयोग गर्नुहुन्‍न वा उहाँ प्रेमयोग्य हुनुहुन्‍छ भन्‍ने देखाउन नक्कली छवि प्रयोग गर्नुहुन्‍न। उहाँले आफ्नो प्रेमिलोपन मानिसहरूलाई देखाउनको निम्ति वा आफ्नो प्रेमिलोपन र पवित्रताको देखावटी प्रदर्शन गर्न कहिले पनि झुटो साक्षीको प्रयोग गर्नुहुन्‍न। के परमेश्‍वरको स्वभावका यी पक्षहरू मानिसको प्रेमको योग्य छैनन्? के तिनीहरू आराधनाका योग्य छैनन्? के तिनीहरू स्‍नेहपूर्वक याद गरिन योग्य छैनन्? यस बिन्दुमा म तिमीहरूलाइ सोध्‍न चाहन्छुः यी वचनहरू सुनेपछि के तिमीहरू परमेश्‍वरको महानता खाली कागजमा लेखिएका खोक्रा शब्दहरू मात्र हुन् भन्‍ने सोच्छौ? के परमेश्‍वरको प्रेमिलोपन खोक्रा शब्दहरू मात्र हुन्? होइनन्! अवश्य होइनन्! उहाँले आफ्नो काम गर्नुहुँदाको हरेक समय व्यवहारिक अभिव्यक्ति प्राप्त गर्ने परमेश्‍वरको सर्वोच्चता, महानता, पवित्रता, सहनशीलता, प्रेम आदि जस्ता परमेश्‍वरको स्वभाव र सारका विवध पक्षहरूको हरेक विवरण मानिसप्रति भएको उहाँको इच्छामा समाविष्ट छन् र हरेक व्यक्तिमा ती पूरा गरिन्छन् र प्रतिबिम्बित हुन्छन्। तैँले यसको अनुभव पहिले गरेको वा नगरेको भए पनि परमेश्‍वर हरप्रकारले हरेक व्यक्तिको हेरचाह गर्ने स्वभावको हुनुहुन्छ र उहाँले हरेक व्यक्तिको हृदयलाई चेतावनी दिन र हरेक व्यक्तिको आत्मालाई ब्युँझाउनको निम्ति उहाँको निष्कपट हृदय, बुद्धि, र विभिन्‍न विधिहरूको प्रयोग गर्नुहुन्छ। यो निर्विवाद तथ्य हो।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

सदोम सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले गर्नुभएको आगोको प्रयोग मानवजाति वा अरू कुनै पनि कुरालाई पूर्ण नष्ट गर्ने उहाँको सबैभन्दा शीघ्र तरिका हो। सदोमका मानिसहरूलाई जलाउँदा यसले तिनीहरूका भौतिक शरीरलाई मात्र नष्ट गरेन; यसले तिनीहरूका आत्मा, तिनीहरूका प्राण र तिनीहरूका शरीरको सम्पूर्णता नष्ट गर्‍यो र त्यस सहरका मानिसहरूलाई भौतिक संसार र मानिसको निम्ति अदृश्य रहेको संसार दुवैमा अस्तित्वविहीन हुने कुरा सुनिश्‍चित गर्‍यो। परमेश्‍वरले आफ्‍नो क्रोधलाई प्रकाश पार्ने र व्यक्त गर्ने एउटा तरिका यही हो। जसरी यो प्राकृतिक रूपमा परमेश्‍वरको धर्मी स्वभावको सारको प्रकाश हो त्यसरी नै प्रकाश र अभिव्यक्तिको यो शैली परमेश्‍वरको क्रोधको सारको एउटा पक्ष हो। जब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुन्छ, उहाँले न त कुनै कृपा वा प्रेमिलो दयालुपन नै प्रकट गर्नुहुन्छ, न त त्यसपछि उहाँले उहाँको सहनशीलता वा धैर्यतालाई नै देखाउनुहुन्छ; उहाँलाई निरन्तर धैर्य रहिरहन, फेरि उहाँको कृपा प्रदान गर्न, फेरि एक पटक उहाँको सहनशीलता प्रदान गर्नको लागि उहाँलाई मनाउन सक्‍ने कुनै व्यक्ति, वस्तु वा कारण नै छैन। यी कुराहरूको स्थानमा, क्षणिक हिचकिचाहटविना नै परमेश्‍वरले आफ्‍नो इच्‍छाअनुसार आफ्‍नो क्रोध र प्रताप प्रकट गर्नुहुन्छ। उहाँले आफ्‍नै चाहनाहरूअनुसार यी कुराहरू शीघ्र र शुद्ध रूपमा गर्नुहुन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध र प्रताप निकाल्ने तरिका यही हो, जसलाई मानिसले चिढ्याउनु हुँदैन, र यो उहाँको धर्मी स्वभावको एउटा पक्षको अभिव्यक्ति पनि हो। जब परमेश्‍वरले मानिसप्रति चिन्ता र प्रेम देखाइरहेको मानिसहरूले देख्छन्, तिनीहरूले उहाँको क्रोधलाई पत्ता लगाउन, उहाँको प्रतापलाई देख्‍न वा उल्‍लङ्घनप्रति उहाँको असहनशीलतालाई महसुस गर्न सक्दैनन्। यी कुराहरूले मानिसहरूलाई सधैँ परमेश्‍वरको धर्मी स्वभाव भनेको कृपा, सहनशीलता र प्रेम मात्रै हो भनेर विश्‍वास गर्ने तुल्याउँछ। तैपनि, जब कसैले परमेश्‍वरले कुनै सहरलाई नष्ट गर्नुभएको वा मानवजातिलाई तिरस्कार गर्नुभएको देख्छ, तब मानिसको विनाशमा उहाँको प्रचुर रिस अनि उहाँको प्रतापले मानिसहरूलाई उहाँको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ। उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता यही हो। कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको स्वभावले सृष्टि गरिएको कुनै पनि प्राणीको कल्‍पनालाई नाघ्छ, अनि सृष्टि नगरिएका प्राणीहरूमाझ, यसलाई हस्तक्षेप गर्न वा यसलाई प्रभाव पार्न सक्‍ने कोही छैन; यसको नक्कल गर्न वा अनुकरण गर्न सक्‍ने कुरा त परै जाओस्। तसर्थ, परमेश्‍वरको स्वभावको यो पक्ष नै मानवजातिले सबैभन्दा बढी जान्‍नुपर्ने कुरा हो। परमेश्‍वर स्वयम्‌मा मात्रै यस प्रकारको स्वभाव छ, र परमेश्‍वर स्वयम्‌ले मात्रै यस प्रकारको स्वभाव धारण गर्नुभएको छ। उहाँले दुष्ट्याइँ, अन्धकार, विद्रोहीपन र शैतानको दुष्ट कार्यहरूलाई, अर्थात् मानवजातिलाई भ्रष्ट बनाउने र भस्‍म गर्ने कार्यहरूलाई तिरस्कार गर्नुहुने भएकोले, उहाँको विरुद्धमा रहेका सबै पापकर्महरूलाई उहाँले तिरस्कार गर्नुहुने भएकोले अनि उहाँको पवित्र र निष्कलङ्क सारको कारण परमेश्‍वरमा यस प्रकारको धर्मी स्वभाव हुन्छ। यही कारणले गर्दा उहाँले सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीले खुलेआम उहाँको विरोध गरेको वा उहाँसँग होडबाजी गरेको पीडा सहनुहुनेछैन। उहाँले कुनै बेला कृपा देखाउनुभएको वा उहाँले चुन्‍नुभएको व्यक्तिले समेत उहाँको स्वभावलाई एक पटक चिढ्याउनु र उहाँका धैर्यता र सहनशीलताका सिद्धान्तहरूलाई भङ्ग मात्रै गर्नुपर्छ, अनि अलिकति कृपा वा हिचकिचाहटविना नै उहाँले कुनै पनि उल्‍लङ्घन सहन नगर्ने आफ्‍नो धर्मी स्वभावलाई खुला छाडी प्रकट गर्नुहुनेछ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट उद्धृत गरिएको

परमेश्‍वरका कार्यहरूका सिद्धान्तहरू हुन्छन्, र निर्णय लिनु अघि उहाँले लामो समयसम्म अवलोकन र सोचविचार गरेर बिताउनुहुन्छ; सही समय नआउञ्‍जेल उहाँले कुनै निर्णय गर्नुहुन्न वा झटपट कुनै पनि निष्कर्ष निकाल्नुहुन्न। अब्राहाम र परमेश्‍वरबीचको बातचितले हामीलाई के देखाउँछ भने, सदोमलाई नाश गर्ने परमेश्‍वरको निर्णय अलिकति पनि गलत थिएन, किनकि परमेश्‍वरलाई त्यो सहरमा चालीस जना, तीस जना, र बीस जना पनि धर्मी जन छैन भन्‍ने कुरा पहिलेबाटै थाहा थियो। त्यहाँ दस जना पनि थिएन। सहरका एक मात्र धर्मी व्यक्ति लोत थियो। सदोममा भएका सबै घटनाहरू र यसका परिस्थितिहरूलाई परमेश्‍वरले अवलोकन गर्नुभयो, र उहाँको निम्ति यो कुरा अत्यन्तै परिचित थियो। तसर्थ उहाँको निर्णय गलत हुन सक्दैनथियो। यसको विपरीत, परमेश्‍वरको सर्वशक्तिमान्‌ताको तुलनामा, मानिस यति चेतनाशून्य, यति मूर्ख र अज्ञानी, छोटो दृष्टिको छ। अब्राहाम र परमेश्‍वर बीचको बातचितमा हामी यही कुरा देख्छौं। सुरुदेखि अहिलेसम्म परमेश्‍वरले आफ्नो स्वभाव प्रस्तुत गर्दै आउनुभएको छ। त्यसरी नै, यहाँ हामीले देख्नु पर्ने परमेश्‍वरको स्वभाव पनि छ। सङ्ख्याहरू सरल हुन्छन्—तिनले केही पनि प्रदर्शन गर्दैनन्—तर यहाँ परमेश्‍वरको स्वभावको एउटा महत्त्वपूर्ण अभिव्यक्ति छ। पचास धर्मीहरू भएको भए परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुहुनेथिएन। के यो परमेश्‍वरको कृपाले गर्दा हो? के यो उहाँको प्रेम र सहनशीलताको कारणले हो? के तिमीहरूले परमेश्‍वरको स्वभावको यो पक्षलाई देख्यौ? त्यहाँ दस जना धर्मीहरू मात्र भए पनि, परमेश्‍वरले ती दस जना धर्मी मानिसहरूको खातिर त्यो सहरलाई नष्ट गर्नुहुने थिएन। के यो परमेश्‍वरको सहनशीलता र प्रेम हो वा होइन? ती धर्मी मानिसहरूप्रतिको परमेश्‍वरको दया, सहिष्णुता, र चासोको कारण, उहाँले सहरलाई नष्ट पार्नुहुने थिएन। यो परमेश्‍वरको सहनशीलता हो। र अन्त्यमा हामी के परिणाम देख्छौं? जब अब्राहामले भने, “केही गरी त्यहाँ दश जना पाइए भने,” परमेश्‍वरले भन्नुभयो, “म त्यसलाई नष्ट गर्नेछैन।” त्यसपछि, अब्राहामले अझ केही भनेनन्, किनकि सदोममा तिनले भनेका दस जना धर्मी व्यक्तिहरू थिएनन् र तिनको भन्नु पर्ने कुनै कुरा थिएन, अनि त्यस बेला परमेश्‍वरले सदोमलाई किन नाश गर्ने संकल्प गर्नुभयो भन्‍ने कुरा तिनले बुझे। यसमा, तँ परमेश्‍वरको कस्तो स्वभावलाई देख्छस्? परमेश्‍वरले कस्तो प्रकारको संकल्प गर्नुभयो? परमेश्‍वरले संकल्प गर्नुभयो कि, यदि त्यो सहरमा दस धर्मीहरू नभएको भए, उहाँले यसको अस्तित्व रहन दिनुहुने थिएन र अवश्य नै यसलाई नाश गर्नुहुनेथियो। के यो परमेश्‍वरको क्रोध होइन? के यो क्रोधले परमेश्‍वरको स्वभावको प्रतिनिधित्व गर्दछ? के यो स्वभाव परमेश्‍वरको पवित्र सारको प्रकटीकरण हो? के यो परमेश्‍वरको धार्मिक सारको प्रकटीकरण हो, जसलाई कुनै मानिस अपमान गर्नुहुँदैन? सदोममा दस जना पनि धर्मी मानिस नभएको पुष्टि भएपछि, परमेश्‍वरले त्यो सहर नष्ट पार्ने निश्चय गर्नुभयो, र त्यस सहरभित्रका मानिसहरूलाई कठोर सजाय दिनुहुनेथियो, किनकि उनीहरूले परमेश्‍वरको विरोध गरेका थिए र तिनीहरू अति फोहोर र भ्रष्ट बनेका थिए।

… परमेश्‍वरको दया र सहिष्णुता साँच्चै अस्तित्वमा छ, तर परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको बेला पनि परमेश्‍वरको पवित्रता र धार्मिकताले मानिसलाई परमेश्‍वरको त्यो पक्षलाई देखाउँछ, जसले कुनै उल्‍लङ्घन सहँदैन। जब मानिस परमेश्‍वरका आज्ञाहरू पालन गर्न र परमेश्‍वरका आवश्यकताहरू अनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ, तब परमेश्‍वर मानिसप्रति उहाँको कृपामा प्रशस्त हुनुहुन्छ; जब मानिस उहाँप्रतिको भ्रष्टता, घृणा र शत्रुताले भरिन्छ, परमेश्‍वर गम्भीर रूपले रिसाउनुहुन्छ। कुन हदसम्म उहाँ गम्भीर रूपले रिसाउनुहुन्छ? जबसम्म परमेश्‍वरले मानिसको प्रतिरोध र कुकर्महरू देख्‍नुहुनेछैन, जबसम्म तिनीहरू उहाँको नजरबाट हट्दैनन् तबसम्म उहाँको क्रोध रहनेछ। तब मात्र परमेश्‍वरको रीस हराउनेछ। अर्को वचनमा, व्यक्ति चाहे जो सुकै भए पनि, यदि तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा भएको छ र परमेश्‍वरबाट कहिल्यै नफर्कने गरी तर्किगएको छ भने चाहे जुनसुकै उपस्थितिहरूमा वा तिनीहरूका व्यक्तिगत चाहनाहरूको आधारमा तिनीहरूले जस्तै प्रकारले आराधना गर्ने, तिनीहरूका शरीर र सोचविचारमा परमेश्‍वरलाई पछ्याउने र आज्ञापालन गर्ने चाहना गरे पनि, परमेश्‍वरको क्रोध नरोकिने गरी पोखाइनेछ। यस्तो हुनेछ कि मानिसलाई प्रशस्त मौकाहरू दिइसकेपछि जब परमेश्‍वरले गम्भीर रूपमा आफ्नो क्रोध पोखाउनुहुन्छ तब त्यो फिर्ता लिने कुनै उपाय हुनेछैन, र उहाँ त्यस्तो मानव जातिसित फेरि कहिल्यै दयालु र सहनशील हुनुहुनेछैन। यो परमेश्‍वरको स्वभावको एक पक्ष हो, जसले कुनै उल्‍लङ्घन सहँदैन। यहाँ, परमेश्‍वरले एउटा सहरलाई नाश पार्नु मानिसहरूलाई सामान्य लाग्दछ, किनकि परमेश्‍वरको नजरमा, पापले भरिएको सहर अस्तित्वमा रहन र निरन्तर टिक्न सक्दैन, र त्यो परमेश्‍वरद्वारा नष्ट पारिनु तर्कसंगत थियो जस्तो लाग्छ। तापनि उहाँले सदोमलाई नाश गर्नुभन्दा अघि र पछि जे भयो त्यसमा हामी परमेश्‍वरको स्वभावको सम्पूर्णता देख्छौं। उहाँ दयालु र सुन्दर र असल कुराहरूप्रति सहनशील र कृपालु हुनुहुन्छ; खराब, पापी र दुष्ट कुराहरूप्रति उहाँ गम्भीर रूपमा क्रोधित हुनुहुन्छ, यहाँसम्म कि उहाँको क्रोध कहिल्यै समाप्त हुँदैन। परमेश्‍वरका स्वभावका दुई वटा सिद्धान्त र अति प्रमुख पक्षहरू यिनै हुन्, र यसबाहेक ती परमेश्‍वरद्वारा सुरुदेखि अन्त्यसम्मै प्रकट गरिएका छन्: प्रशस्त कृपा र गम्भीर क्रोध।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट उद्धृत गरिएको

यहोवाले मानवजातिलाई सृष्टि गर्नुभएपछि आदमदेखि नोआको पालासम्म तिनीहरूलाई निर्देशन वा मार्गदर्शन दिनुभएन। बरु जलप्रलयले संसारलाई नाश गरेपछि मात्र उहाँले औपचारिक रूपमा नोआ तथा आदमका सन्तान अर्थात् इस्राएलीहरूलाई डोर्‍याउन थाल्नुभयो। तिनीहरूले सारा इस्राएलमा आफ्नो जीवन बिताउने क्रममा उहाँले इस्राएलमा गर्नुभएको काम र उहाँले बोल्‍नुभएका वाणीहरूले तिनीहरूलाई मार्गदर्शन दिए, यसले मानवजातिलाई यो कुरा देखाउँछ कि मानिसहरूले उहाँबाट जीवन पाऊन् र धुलोबाट सृष्टि गरिएका मानवजातिको रूपमा खडा होऊन् भनेर तिनीहरूभित्र सास फुकिदिन मात्र यहोवा सक्षम हुनुहुन्न, तर उहाँ मानवजातिलाई भस्म पार्न र सराप्न पनि सक्नुहुन्छ साथै मानवजातिलाई शासन गर्न आफ्नो छडीको प्रयोग पनि गर्न सक्नुहुन्छ। त्यसकारण यहोवाले पृथ्वीमा मानिसको जीवन अगुवाई गर्न सक्नुहुन्छ अनि दिन र रातको समयअनुसार मानवजातिको माझमा बोल्न र काम गर्न सक्नुहुन्छ भन्‍ने पनि तिनीहरूले देखे। मान्छे उहाँले उठाउनुभएको धुलोबाट आएको हो र उसलाई उहाँले नै बनाउनुभएको हो भन्ने कुरा उहाँले सृष्टि गर्नुभएको मानिसले जानोस् भनेर मात्र उहाँले यो कार्य गर्नुभयो। यति मात्र होइन अन्यजातिहरू र राष्ट्रहरू (जो वास्तवमा इस्राएलबाट अलग थिएनन्, तर इस्राएलकै हाँगा थिए, तिनीहरू पनि आदम र हव्वाबाट नै आएका थिए) ले इस्राएलबाट सुसमाचार पाउन सकून् भनेर उहाँले आफ्नो पहिलो काम इस्राएलमा गर्नुभयो, ताकि ब्रह्माण्डमा सृष्टि गरिएका सबै प्राणीहरूले यहोवाको आदर गर्न सकून् र उहाँलाई महान् मान्न सकून्।

वचन देहमा देखा पर्नुहुन्छको “व्यवस्थाको युगको काम” बाट उद्धृत गरिएको

व्यवस्थाको युगको अवधिमा, मिश्रबाट मोशालाई पछ्याउने इस्राएलीहरूलाई हस्तान्तरण गर्नको निम्ति भनेर यहोवाले मोशालाई धेरै आज्ञाहरू दिनुभयो। यी आज्ञाहरू यहोवाले इस्राएलीहरूको निम्ति दिनुभएको थियो, र मिश्रसँग ती आज्ञाहरूको केही पनि सम्बन्ध थिएन; इस्राएलीहरूलाई नियन्त्रण गर्नको निम्ति ती आज्ञाहरू दिइएका थिए र उहाँले तिनीहरूलाई मागहरू गर्नको निम्ति ती आज्ञाहरूको प्रयोग गर्नुभयो। तिनीहरूले शबाथको दिनको पालना गर्ने कि नगर्ने, वा आफ्ना आमाबाबुलाई आदर गर्ने कि नगर्ने वा मूर्तिहरूको पूजा गर्ने कि नगर्ने—तिनीहरू धर्मी छन् कि पापी छन् भन्‍ने कुराको न्याय यिनै सिद्धान्तहरूका आधारमा गरिन्थ्यो। तिनीहरूमध्ये कोहीलाई यहोवाको आगोद्वारा भस्म पारियो, कोहीलाई ढुङ्गाले हानेर मारियो र कोहीले यहोवाबाट आशिष् प्राप्त गरे, अनि तिनीहरूले आज्ञाहरू पालना गरेका छन् कि छैनन् भन्‍ने कुराको आधारमा यसको तय गरिन्थ्यो। शबाथको दिन पालना नगर्नेहरूलाई ढुङ्गाले हानेर मारियो। शबाथको दिन पालना नगर्ने पूजाहारीहरूलाई यहोवाको आगोले भस्म पार्‍यो। आफ्ना आमाबाबुको आदर नगर्नेहरूलाई पनि ढुङ्गाले हानेर मारिए। यी सबै कुराको आज्ञा यहोवाले नै दिनुभएको थियो। मानिसहरूको जीवनलाई अगुवाइ गर्ने क्रममा तिनीहरूले उहाँका वचन सुनून् र तिनको पालना गरून् अनि उहाँको विरोधी नहोऊन् भनेर यहोवाले आफ्ना आज्ञा र व्यवस्थाहरू स्थापित गर्नुभयो। नयाँ जन्मेका मानवजातिलाई नियन्त्रणमा राख्‍न र योभन्दा बढी त आफ्नो भविष्यको कार्यको निम्ति जग तयार गर्नको निम्ति उहाँले यी व्यवस्थाहरूको प्रयोग गर्नुभयो। यसैले यहोवाले गर्नुभएको कार्यलाई आधार मानेर नै पहिलो युगलाई व्यवस्थाको युग भनिएको हो। यहोवाले धेरै वाणीहरू बोल्‍नुभएको र धेरै काम गर्नुभएको भए तापनि उहाँले यी अनभिज्ञ मानिसहरूलाई मानव कसरी हुने, कसरी जिउने र कसरी यहोवाको मार्गलाई बुझ्‍ने भन्‍ने कुरा सिकाउँदै सकारात्मक तरिकाले पथ-प्रदर्शन मात्र गर्नुभयो। उहाँले गर्नुभएको कामको धेरैजसो हिस्सा मानिसहरूलाई उहाँको मार्ग पालना गर्न र उहाँका व्यवस्था अनुसरण गर्न प्रेरित गर्नु नै थियो। सतही रूपमा भ्रष्ट भएका मानिसहरूमा यो कार्य गरिएको थियो; यसले तिनीहरूको स्वभाव वा जीवनको प्रगतिलाई रूपान्तरण गर्ने सम्‍मको काम भने गरेन। उहाँको चासो भनेको व्यवस्थाको प्रयोग गरेर मानिसहरूलाई प्रतिबन्ध लगाउनु र नियन्त्रण गर्नु मात्र थियो। त्यस बेलाका इस्राएलीहरूको निम्ति यहोवा मन्दिरमा रहने परमेश्‍वर अर्थात् स्वर्गका परमेश्‍वर मात्र हुनुहुन्थ्यो। उहाँ बादलको खाँबो र आगोको ज्वाला हुनुहुन्थ्यो। तिनीहरूले आजका मानिसहरूले व्यवस्था र आज्ञाहरूको रूपमा जानेका कुराहरूको पालना गरून् भन्‍ने मात्रै उहाँले चाहनुभयो—तिनलाई नियमहरू पनि भन्‍न सकिन्छ—किनकि यहोवाले तिनीहरूलाई रूपान्तरण गर्न होइन, तर मानिसले प्राप्त गर्नुपर्ने थप कुराहरू तिनीहरूलाई दिन र आफ्नै मुखले तिनीहरूलाई सिकाउनको निम्ति उहाँले यसो गर्नुभयो किनकि सृष्टि गरिएपछि केही कुरा पनि मानिसको स्वामित्वमा थिएन। यसैले यहोवाले पृथ्वीमा रहँदाको जीवनमा मानिसहरूले प्राप्त गर्नुपर्ने कुराहरू तिनीहरूलाई दिएर उहाँले अगुवाइ गरेका मानिसहरूलाई तिनीहरूका पुर्खा आदम र हव्‍वाभन्दा उत्कृष्ट बनाउनुभयो किनकि उहाँले तिनीहरूलाई दिनुभएको कुरा उहाँले सुरुमा आदम र हव्‍वालाई दिनुभएको कुराभन्दा उत्कृष्ट थियो। जे होस्, यहोवाले इस्राएलमा गर्नुभएको कुराको उद्देश्य मानवजातिलाई पथ-प्रदर्शन गर्नु र तिनीहरूका सृष्टिकर्तालाई चिन्‍ने बनाउनु मात्र थियो। उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुभएन वा तिनीहरूलाई रूपान्तरण गर्नुभएन, तर केवल तिनीहरूको नेतृत्व मात्र गर्नुभयो। व्यवस्थाको युगमा यहोवाको कार्यको सारांश यही नै हो। यो नै इस्राएलको सम्पूर्ण भूमिमा उहाँले गर्नुभएको कार्यको पृष्ठभूमि तथा सत्य कथा, सार हो, साथै यो मानवजातिलाई आफ्नो हातको नियन्त्रणमा राख्‍न यहोवाले गर्नुभएको छ हजार वर्ष लामो कार्यको सुरुवात पनि हो। यसबाट नै उहाँको छ हजार वर्षे व्यवस्थापन योजनामा थप कार्यको जन्म भयो।

वचन देहमा देखा पर्नुहुन्छको “व्यवस्थाको युगको काम” बाट उद्धृत गरिएको

येशूले गर्नुभएको कार्य त्यस युगका मानिसको आवश्यकता बमोजिम थियो। उहाँको कार्य मानव जातिको उद्धार गर्नुथियो, तिनीहरूको पापको निम्ति क्षमा दिनु थियो, र त्यसैले उहाँको स्वभाव पूर्ण रूपले एउटा नम्रता, धैर्यता, प्रेम, धार्मिकता, सहिष्णुता, कृपा, र प्रेममय थियो। उहाँले मानवजातिमा प्रशस्त अनुग्रह र आशिषहरू ल्याउनुभयो, र ती सबै दिनुभयो जुन कुराको मानिसहरूले सम्भवतः आनन्द लिन सक्दछन्, उहाँले तिनीहरूलाई तिनीहरूको आनन्दको निम्ति: शान्ति र खुसी, उहाँको सहिष्णुता र प्रेम, उहाँको कृपा र प्रेमपूर्ण दया दिनुभयो। त्यस समयमा, ती चीजहरूको प्रचुरताको आनन्द लिन मानिसहरूले तिनीहरूको हृदयभित्र शान्ति र सुरक्षाको आभास गरेका थिए, तिनीहरूको आत्माहरूमा पुनः निश्चितताको महसुस, र मुक्तिदाता येशूमा तिनीहरूको निर्भरता—सबै त्यस युगमा थियो जुन युगमा तिनीहरू जिइरहेका थिए। अनुग्रहको युगमा, मानिसलाई शैतानले पहिले नै भ्रष्ट पारिसकेको थियो, र त्यसैकारणले सबै मानवजातिलाई उद्धार गर्ने कार्य प्राप्त गर्नको निम्ति प्रशस्त अनुग्रह, असीम सहिष्णुता र धैर्यता, र त्यो भन्दा पनि बढि यसको प्रभावको लागि एउटा बलिदानको आवश्यकता थियो जुन मानवजातिको पापहरूको प्रायश्चितको लागि पर्याप्त थियो। जे कुरा मानवजातिले अनुग्रहको युगमा देखे त्यो केवल मानवजातिको पापहरूको निम्ति मेरो प्रायश्चितको बलिदान थियो जो येशू हुनुहुन्छ। तिनीहरूले परमेश्‍वर कृपालु र सहनशील हुनुहुन्छ भन्‍ने मात्रै जानेका थिए, र तिनीहरूले येशूको कृपा र प्रेमलाई मात्रै देखेका थिए। यो पूर्ण रूपमा यसकारणले भयो किनकि तिनीहरू अनुग्रहको युगमा जन्मेका थिए। त्यसैले, तिनीहरूको उद्धार हुनुभन्दा अगाडि, तिनीहरूले धेरै प्रकारका अनुग्रहको आनन्दहरू लिनुथियो जुन येशूले यसबाट लाभ लिनको निम्ति तिनीहरूलाई दिनुभयो। यस तरिकामा, तिनीहरूको अनुग्रहको आनन्दको माध्यमबाट तिनीहरूको पापको क्षमा दिन सकिन्थ्यो, र येशूको सहिष्णुता र धैर्यताको आनन्दको माध्यमबाट उद्धार पाउने मौका पनि हुन सक्थ्यो। केवल येशूको सहिष्णुता र धैर्यताद्वारा तिनीहरूले क्षमा प्राप्त गर्ने र येशूले दिनुभएको प्रशस्त अनुग्रहको आनन्द लिने अधिकार जिते। येशूले भन्‍नुभएजस्तै: म धर्मीलाई होइन तर पापीलाई उद्धार गर्न आएको छु, पापीहरूलाई तिनीहरूको पापहरूबाट क्षमा दिन आएको छु। जब उहाँ देहधारी हुनुभयो, येशूले यदि न्याय, श्राप, र मानिसको उल्‍लङ्घनको सहनशीलताको स्वभाव लिएर आउनुभएको भए मानिसले कदापि उद्धार पाउने अवसर पाउने थिएन, र उ सदाको लागि पापी रहने थियो। यदि यस्तो भइदिएको भए, छ-हजार-वर्षको व्यवस्थापनको योजना व्यवस्थाको युगमा आएर रोकिन्थ्यो, र व्यवस्थाको युग छ हजार वर्षसम्म लम्बिने थियो। मानिसको पापहरू केवल अझै धेरै अनगिन्ती र घोर भई बढ्ने थियो, र मानवजातिको सृष्टि व्यर्थको लागि हुनेथियो। मानिसहरूले यहोवालाई केवल व्यवस्थाको अधीनमा भएर मात्रै सेवा गर्न सक्थे, तर तिनीहरूका पापहरू पहिलो सृष्टि गरिएका मानिसको भन्दा अधिक हुनेथियो। येशूले मानवजातिलाई तिनीहरूको पापको क्षमा दिई तिनीहरूलाई प्रशस्त दया र प्रेमपूर्ण कृपामा ल्याएर तिनीहरूलाई जति धेरै प्रेम गर्नुभयो, त्यति नै धेरै मानवजाति येशूद्वारा मुक्ति पाउनको लागि हकदार भए, उसलाई हराएको थुमाहरू भनिनु पर्‍यो जसलाई येशूले ठूलो मूल्य तिरेर फर्काई ल्याउनुभयो। शैतानले यस कार्यमा हस्तक्षेप गर्न सकेन, किनकि येशूले उहाँको अनुयायीहरूलाई यस्तो व्यवहार गर्नुभयो जस्तो कि एउटा प्रेम गर्ने आमाले शिशुलाई आफ्नो काखमा राख्दा व्यवहार गर्छिन्। उहाँ तिनीहरूप्रति क्रोधित या अभिमानी हुनुभएन, तर सान्त्वनाले भरिनुभएको थियो; उहाँ तिनीहरूका बीच रिसमा आउनुभएन, तर तिनीहरूको पापहरूमा सहिष्णुता राख्नुभयो र तिनीहरूको मूर्खता र अज्ञानतामा यति हदसम्‍म आँखा चिम्लनुभयो र भन्‍नुभयो, “अरूलाई सात गुणा सत्तरी पटक क्षमा दिनु।” यस प्रकारले अरूहरूको हृदयहरू उहाँको हृदयद्वारा रूपान्तरित भयो, र केवल तब मात्र उहाँको सहिष्णुताद्वारा मानिसहरूले तिनीहरूको पापको क्षमा प्राप्त गरे।

वचन देहमा देखा पर्नुहुन्छको “उद्धारको युगको कार्यको पछाडिको वास्तविक कथा” बाट उद्धृत गरिएको

येशूको उद्देश्य मानिस जीवित रहोस्, बाँचोस् र ऊ अझ राम्रो तरिकाले जिओस् भन्ने थियो। उहाँले मानिसलाई पापबाट बचाउनुभयो, यसैले कि ऊ आफ्नो भ्रष्टतामा खस्किँदै नजाओस्, र उप्रान्त पाताल र नरकमा नजिओस्, र मानिसलाई पाताल र नरकबाट बचाएर, येशूले उसलाई जीवित रहन दिनुभयो। अब आखिरी दिनहरू आइपुगेका छन्। परमेश्‍वरले मानिसलाई नष्ट गर्नुहुनेछ र मानव जातिलाई पूर्ण रूपमा नाश पार्नुहुनेछ, अर्थात्, उहाँले मानव जातिको विद्रोहलाई रूपान्तरण गर्नुहुनेछ। यस कारणले गर्दा, विगतको करुणामय र प्रेमिलो स्वभाव लिएर युगको अन्त्य गर्न वा उहाँको छ हजार वर्षको व्यवस्थापन योजनालाई सफल बनाउन परमेश्‍वरको निम्ति असम्भव हुनेछ। प्रत्येक युगमा परमेश्‍वरको स्वभावको विशेष प्रतिनिधित्व हुँदछ, र प्रत्येक युगमा परमेश्‍वरले गर्नु पर्ने कामहरू हुन्छन्। यसैले, प्रत्येक युगमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुने कामले उहाँको वास्तविक स्वभावको प्रकट गरेको हुन्छ, र उहाँको नाउँ र उहाँले गर्नुहुने काम, दुवै युगसँगै परिवर्तन हुँदछ—ती सबै नयाँ हुन्छन्। व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा मन्दिर र वेदी निर्माण गर्ने काम समावेश थियो र इस्राएली मानिसहरूलाई डोऱ्याउन र तिनीहरूका बीचमा काम गर्नका लागि व्यवस्थाको प्रयोग गरिएको थियो। इस्राएलका मानिसहरूलाई डोऱ्याएर उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार सुरु गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरीतिर बढाउनुभयो, यसरी पछि आउने पुस्ताहरूले यहोवा परमेश्‍वर हुनुहुन्छ, र यहोवाले नै आकाश र पृथ्वी साथै सबै थोक सृष्टि गर्नुभयो, र सबै प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा बाहिरसम्म फैलाउनुभयो। इस्राएल देश पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थान थियो, र इस्राएल भूमिमा नै परमेश्‍वरले पृथ्वीमा पहिलो काम गर्नुभएको थियो। व्यवस्थाको युगको काम त्यही थियो। अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र त्यो अनुग्रह, प्रेम, करुणा, सहनशीलता, धैर्यता, नम्रता, वास्ता, सहिष्णुता थियो र उहाँले गर्नुभएका धेरै वटा काम मानिसको छुटकाराको लागि नै थियो। उहाँको स्वभाव करुणा र प्रेमको स्वभाव थियो, र उहाँ करुणामय र प्रेमिलो हुनुभएकोले उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्‍यो, अनि परमेश्‍वरले मानिस आफैलाई जस्तो प्रेम गर्नुहुन्छ भनी देखाउन त्यसो गर्नुभयो, यहाँसम्म कि उहाँले आफैले पूर्णरूपमा अर्पण गर्नुभयो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरको नाउँ येशू थियो, अर्थात्, परमेश्‍वर मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँ एक करुणामय र प्रेमिलो परमेश्‍वर हुनुहुन्थ्यो। परमेश्‍वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको करुणा र उहाँको उद्धारले प्रत्येक व्यक्तिलाई समेटेको थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्‍वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो। त्यसकारण, व्यवस्थाको युगको अवधिमा यहोवा परमेश्‍वरको नाउँ थियो, र अनुग्रहको युगमा येशूको नाउँले परमेश्‍वरको प्रतिनिधित्व गर्‍यो। आखिरी दिनहरूमा, उहाँको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो—सर्वशक्तिमान्, जसले आफ्नो मानिसहरूलाई डोऱ्याउन, मानिसलाई जित्न र आखिरीमा युगको अन्त्य गर्न आफ्‍नो शक्तिको प्रयोग गर्नुहुन्छ। प्रत्येक युगमा, उहाँको कामको हरेक चरणमा, परमेश्‍वरको स्वभाव स्पष्ट हुन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धार्मिक सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्‍वरको धार्मिक स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धार्मिक न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धार्मिक इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धार्मिक स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैंले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैंले आफैलाई चिन भन्ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैंले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धार्मिक र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र अनाज्ञाकारी छस् भन्ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैंले अनुभव प्राप्त गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा ल्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्‍वरको प्रेम हो र परमेश्‍वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा प्रेम, दया र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्‍वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्‍वरलाई दिन सकून् भनी परमेश्‍वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्‍वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्‍वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्‍वरको नाउँको सामु अधीनमा आउँदछ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, रम जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धार्मिक न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ।

वचन देहमा देखा पर्नुहुन्छको “तैंले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ” बाट उद्धृत गरिएको

अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न शुरु गरेको चरण होइन। म मेरो अभिलेख खातामा एक—एक गरी प्रत्येक मानिसका बोलीवचन र कार्यहरुका बारेमा, उनीहरुले मेरो अनुयायी बन्न प्रयोग गरेको मार्गका बारेमा, उनीहरुको अन्तर्निहित विशेषताहरुका बारेमा, र उनीहरुले अन्ततः आफ्नो भावनालाई कसरी नियन्त्रण गरेका छन् त्यसको बारेमा लेख्छु। यसरी, ती मानिसहरु जोसुकै भए पनि, मेरो हातबाट कसैले उन्मुक्ति पाउने छैन, र उनीहरु सबै मैले निर्दिष्ट गरेको किसिमकै रहनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरुले गर्ने कारुणिक आव्हानका आधारमा त झनै होइन्, तर उनीहरुसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरु सबै परमेश्‍वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरुले गरेका असङ्ख्य दुष्टकर्मका लागि प्रतिशोध दिइएको हो। …

मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरुप्रति दण्ड हुनेछ, यही समयमा, यो मेरो धार्मिक स्वभावको सटिक प्रमाण हो, र अझै थप, मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरु भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरु तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरुले पनि उनीहरुको पापबाट छुटकारा पाउने छैनन्; उनीहरु पनि, विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षहरुमा विरलै देखिएको छ, र उनीहरु सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरु आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरुले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातीलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्व दिन्छु र उनीहरुको दुष्ट कर्मलाई तिरस्कार गर्दछु। मैले मानवजातीको नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरुको समूह प्राप्त गर्ने आशा मैले व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरुलाई पनि म कहिल्यै बिर्सिन्न; उनीहरुलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरुलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र यो हेर्दा मलाई आनन्द आउँनेछ। अब अन्ततः मेरो दिने आएको छ, र मैले अब पर्खनु पर्नेछैन!

मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन्, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नका लागि पनि हो। यसका अतिरिक्त, यो कार्य मानिसले मेरो व्यवहार र कार्यहरुप्रति कृतज्ञ रहुन् भन्नका लागि हो। मैले गरेका सबै कार्यहरु सही छ र मैले गरेका सबै कार्यहरु मेरो स्वभावको अभिव्यक्ति हो भनेर प्रत्येक व्यक्तिले देखुन् भन्ने मेरो चाहाना हो। यो मानिसका कार्यले होइन्, मानिसलाई अगाडि ल्याएको प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जिवित प्राणीको पालनहार म नै हुँ। मेरो अस्तित्वविना, मानवजाती नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातीले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातीले कठ्याङ्ग्रिदो चिसो रात र मृत्युको छायाँको निर्मम उपत्यकाको सामना मात्र गर्नेछन्। म मानवजातीको एकमात्र मुक्ति हुँ। म मानवजातीको एकमात्र आशा हुँ र, अझै थप, ममा नै सबै मानवजातीको अस्तित्व निर्भर रहन्छ। मविना, मानवजाती तत्कालै अवरुद्ध हुनेछ। मविना, मानवजातीले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैँतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैनन्। कसैले पनि गर्न नसकेका कार्य मेले गरेको छु, र केही असल कार्यहरुमार्फत् मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर गर्ने मेरो कार्यको अर्को कदमको प्रारम्भ गर्नेछु, किनभने मानिसको बीचमा यी वर्षहरुमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुशी छु। म मानिसहरुको सङ्ख्याका बारेमा चासो दिन्न, बरु उनीहरुको असल कार्यहरुप्रति चासो राख्छु। जे भए पनि, तिमीहरुले तिमीहरुको आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरुमाथि आइपर्ने विपत्तिबाट तिमीहरु कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि, मबाटै व्यवस्था हुन्छ। यदि तिमीहरु मेरा आँखामा असल देखा पर्न सकेनौ भने, तिमीहरु विपत्तिको भोगाइबाट उम्कन सक्नेछैनौ।

वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको स्वभाव र सारलाई जान्नेसम्बन्धी वचनहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वर जो हुनुहुन्छ उहाँ त्यही हुनुहुन्छ, र उहाँसँग जे छ, उहाँसँग त्यही छ। उहाँले व्यक्त गर्नुभएका र प्रकट...

परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि प्रकट हुने प्राथमिक तरिकाहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने...

परमेश्‍वरले मानवजातिलाई कसरी आफ्‍नो स्वभाव प्रकट गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्