पावलले बोलेका “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो” (२ तिमोथी ३:१६) भन्‍ने वचनहरूको आधारमा धार्मिक संसारका पाष्टरहरू र एल्डरहरूले बाइबलका वचनहरू परमेश्‍वरका वचनहरू हुन् भनी विश्‍वास गर्छन्। तैपनि तपाईं बाइबलमा भएका सबै वचनहरू परमेश्‍वरका वचनहरू होइनन् भनी भन्नुहुन्छ। तपाईंले के भन्न खोज्नुभएको हो?

6 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरले भन्नुभएको थियो भनेर विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको गलत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, फिलाडेल्फिया, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू थिए, अनि तिनीहरू न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त तिनीहरू पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती केवल उपदेश, सान्त्वना र प्रोत्साहनका शब्दहरू हुन् जुन तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका थिए। त्यसैले पनि ती पावलको त्यतिखेरको कामका अभिलेख हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए, ताकि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले उनको सल्लाह अनुसरण गरून् र प्रभु येशूको पश्चात्तापको मार्गमा हिँडून्। पावलले चाहे तिनीहरू त्यो समयका मण्डलीहरू हुन् वा भविष्यका, तिनीहरू सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर कुनै पनि हिसाबले भनेनन्, न त तिनले आफ्ना सबै शब्दहरू परमेश्‍वरबाट आएका हुन् भनेर नै भने। त्यस बेलाको मण्डलीको परिस्थितिअनुसार, उनले केवल दाजुभाइ तथा दिदीबहिनीहरूसँग कुराकानी गरे र तिनीहरूलाई हौसला दिए र तिनीहरूमा विश्‍वासको प्रेरणा दिए र उनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि उपदेश दिए। तिनका शब्दहरू आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग भएका कामदार थिए, र यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनुपर्थ्यो, र मण्डलीहरूको काम गर्नुपर्थ्यो, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिको बारेमा थाहा पाउनुपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पत्रहरू लेखे। तिनले मानिसहरूका लागि भनेका सबै सुधारात्मक र सकारात्मक कुराहरू सही थिए, तर यसले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैन, र यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन। एकजना मानिसको अनुभवहरूका अभिलेखहरू र एकजना मानिसको पत्रहरूलाई मानिसहरूले मण्डलीहरूको लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको रूपमा लिनु एक अत्यन्तै गलत बुझाइ, र एक ठूलो ईश्‍वरनिन्दा हो! यो कुरा विशेषगरी पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरूको प्रसङ्गमा सत्य हुन आउँछ, किनकि उनका पत्रहरू त्यस बेलाका प्रत्येक मण्डलीको परिस्थितिहरू र स्थितिहरूको आधारमा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रोत्साहन दिनको लागि थिए ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यसबेलाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जगाउनको लागि थियो। यो भन्न सकिन्छ कि यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले उनलाई दिनुभएको बोझ पनि थियो; जे भए पनि, तिनी त्यस समयका मण्डलीहरूको नेतृत्व गर्ने एक प्रेरित थिए जसले मण्डलीहरूको लागि पत्रहरू लेखे र तिनीहरूलाई प्रोत्साहित गरे—यो तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल एक कामदार प्रेरितको मात्र थियो, र तिनी परमेश्‍वरले पठाउनुभएको एक प्रेरित थिए; तिनी अगमवक्ता थिएनन्, न त तिनी भविष्यवक्ता नै थिए। तिनको लागि, तिनको आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण थियो। तसर्थ, तिनी पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे। तिनका शब्दहरू पवित्र आत्माका वचनहरू थिएनन्, तिनलाई परमेश्‍वरको वचन भन्न मिल्ने कुरा त परै जाओस्, किनकि पावल परमेश्‍वरको सृष्टिबाहेक अरू केही थिएनन्, र तिनी अवश्य पनि परमेश्‍वरको देहधारण थिएनन्। तिनको परिचय येशूको जस्तो थिएन। येशूका शब्दहरू पवित्र आत्माका वचनहरू थिए, ति परमेश्‍वरका वचनहरू थिए, किनकि उहाँको परिचय परमेश्‍वरको पुत्र—ख्रीष्टको थियो। कसरी पावल उहाँको बराबर हुन सक्छन् र? यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्‍वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी छन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्‍वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्‍वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्‍वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसो भए, तँ के भन्छस्—तिनले मण्डलीहरूको लागि लेखेका पत्रहरूमा तिनको आफ्नै विचारको दाग मिसिएको हुन सक्दैन र? कसरी तिनमा मानव विचारहरूको दाग नलागेको हुन सक्छ र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानको आधारमा मण्डलीहरूको लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातिका मण्डलीहरूलाई एउटा पत्र लेखे जसमा एउटा निश्चित धारणा थियो, र पत्रुसले अर्को पत्र लेखेका थिए, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुनचाहिँ पवित्र आत्माबाट आयो र? निश्चित रूपमा कसैले पनि भन्न सक्दैन। तसर्थ, यो मात्र भन्न सकिन्छ कि तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बहन गरेका थिए, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कद प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको लागि प्रावधन र सहयोग अनि मण्डलीहरूमाथिको तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्दछन् र तिनले मानव कार्यलाई मात्र प्रतिनिधित्व गर्दछन—ती सम्पुर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तैँले तिनका पत्रहरूलाई पवित्र आत्माका वचनहरू हुन् भनेर भन्छस् भने, तँ हास्यास्पद छस्, र तैँले ईश्‍वरनिन्दा गर्दैछस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालसालैका आत्मिक व्यक्तिहरूका संस्मरण जस्तै हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरूसँग मिल्दाजुल्दा छन्। कुरा यति मात्र हो कि हालसालैका आत्मिक व्यक्तित्वका पुस्तकहरूलाई नयाँ करारमा संकलित गरिएको छैन, तैपनि यी मानिसहरूको सार चाहिँ एउटै थियो: तिनीहरू एक निश्चित अवधिमा पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिहरू थिए, र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले खडा गर्नुभएका धेरै अगमवक्ताहरूले उहाँको निम्ति अगमवाणी व्यक्त गरे, विभिन्न कुल र जातिहरूलाई निर्देशनहरू दिए र यहोवाले गर्नुहुने कामबारे भविष्यवाणी गरे। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाले अगमवाणी गर्ने आत्मा दिनुभएको थियोः तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; तिनीहरू त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। उत्पत्ति र प्रस्थानका पुस्तकहरूको तुलना यशैया र दानिएलका पुस्तकहरूसँग गर्न नसकिएझैं, यी पुस्तकहरूले यहोवाले खडा गर्नुभएका अगमवक्ताहरूले बोलेका भविष्यवाणीको स्थान लिन सक्दैनन्। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। … यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्‍वर स्वयम्‌को कामको भविष्यवाणी गर्छन्। यी सबै परमेश्‍वरबाट आएका हुन्, यो पवित्र आत्माको काम हो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुराहरू यहोवाको कामको बारेमा मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको अभिलेख राखिएको छ, जसमा एउटा अंश अगमवक्ताहरूको अगमवाणीको अभिलेख हो, र अर्को अंश परमेश्‍वरले सबै युगहरूमा प्रयोग गर्नुभएका मानिसहरूद्वारा लेखिएका अनुभव र ज्ञान हुन्। मानवीय अनुभवहरू मानवीय धारणा र ज्ञानद्वारा प्रभावित भएका हुन्छन् र यो टार्न नसकिने कुरा हो। बाइबलका धेरैजसो पुस्तकहरूमा मानवीय धारणा, मानवीय पूर्वाग्रह, र मानवका बेतुकका बोधहरू छन्। अवश्य नै, धेरैजसो वचनहरू पवित्र आत्माको अन्तर्ज्ञान र ज्योतिका परिणाम हुन्, र ती सही बुझाइहरू हुन्—तर पनि ती सत्यताको पूर्णतः सही अभिव्यक्ति हुन् भनेर भन्न सकिँदैन। कुनै चीजको बारेमा तिनीहरूको दृष्टिकोण व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान, वा पवित्र आत्माको अन्तर्ज्ञानबाहेक अरू केही हुँदैन। अगमवक्ताहरूका अगमवाणीहरूलाई व्यक्तिगत तवरमा परमेश्‍वरले निर्देशित गर्नुभएको थियो: यशैया, दानियल, एज्रा, यर्मिया र इजकिएललगायतका भविष्यवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका हुन्; यी व्यक्तिहरू द्रष्टा थिए, तिनीहरूले भविष्यवाणी गर्ने आत्मा पाएका थिए, र तिनीहरू सबै पुरानो करारका अगमवक्ताहरू थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा पाएका यी व्यक्तिहरूले थुप्रै भविष्यवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष निर्देशन दिनुभएको थियो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

सन्दर्भका लागि प्रवचन र सङ्गतिका अंशहरू:

बाइबलको निर्माण कसरी भयो र यो कहिले अस्तित्वमा आयो? व्यवस्थाको युगमा, यहूदीहरूले पुरानो करारलाई मात्र पवित्रशास्‍त्रको रूपमा उल्लेख गर्थे। पछि, प्रभु येशूले मुक्तिको काम गर्नुभयो र त्यसको तीन सय वर्षपछि, केही मण्डलीका अगुवाहरूले परिषद् बोलाए अनि प्रभु येशूका चेला र प्रेरितहरूले लेखेका सबै पत्रहरूलाई सङ्‍कलन गरे। अन्तमा, धेरै सोच विचारपछि, तिनीहरूले तीमध्ये २७ ओटालाई नयाँ करारको प्रमाणित पुस्तकहरूको रूपमा छाने, जसलाई तिनीहरूले बाइबलको सम्पूर्ण विषयवस्तु बनाउनको निम्ति पुरानो करारसँग गाभे। नयाँ र पुरानो करारको व्युत्पत्तिका तथ्यहरू यिनै हुन्, अनि बाइबलको भित्री कथा यही हो। धेरै मानिसहरूले बाइबल परमेश्‍वरबाट आएको हो भनी विश्‍वास गर्छन्; पावलले तिमोथीलाई लेखेको दोस्रो पत्रमा, विशेष रूपमा यसो भनिएको छ, “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाबाट दिइएको हो।” वास्तवमा, जब पावलले यी वचनहरू बोले, त्यस बेला नयाँ करारलाई पुस्तक बनाउन बाँकी नै थियो; यस सन्दर्भमा, पावलले उल्लेख गर्दै गरेको पवित्रशास्‍त्र पुरानो करार थियो, नयाँ करार होइन। यो एक तथ्य हो। तापनि आखिरी दिनहरूका मानिसहरूले पावलले उल्‍लेख गरेको पवित्रशास्‍त्रलाई सम्पूर्ण बाइबलको रूपमा—नयाँ र पुरानो करारको रूपमा लिन्छन्। यो कुरा तथ्यहरूसँग मेल खाँदैन। यो अपव्याख्या, भ्रम हो। यसको अतिरिक्त, के सबै पुरानो करार परमेश्‍वरको प्रेरणाबाट दिइएको भनेर दाबी गर्नु उचित हो? व्यवस्थाको युगको काम मोशालाई प्रयोग गरेर परमेश्‍वरले ल्याउनुभएको हो। पुरानो करारका पहिला पाँच पुस्तकहरू पनि मोशाद्वारा नै लेखिएका हुन्। उसले भन्दा बढी कसैले पनि व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएको कामलाई बुझेन भन्‍नु न्यायोचित नै हुन्छ। त्यसो भए, मोशाका पाँच पुस्तकहरूमा, के आफूले लेखेका वचनहरू सबै परमेश्‍वरको प्रेरणाबाट दिइएको भनेर मोशाले भनेका छन्? पहिलो कुरा, उनले यसो भनेका छैनन्। दोस्रो, व्यवस्थाको युगमा परमेश्‍वरद्वारा प्रयोग गरिएका कुनै पनि अगमवक्ताहरू—यशैया, यर्मिया, इजकिएल, दानिएल आदि जस्ता अगमवक्ताहरू—कसैले पनि यसो भनेका छैनन्। पावलले मात्रै पवित्र शास्‍त्रका पुस्तकहरू परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका हुन् भनी भनेका छन्। यदि पावल एक्लैले यसो भन्यो भने, यस्ता वचनहरू मान्य हुँदैनन्। यसैले हामीले कुनै पनि कुरालाई यी वचनहरूमा आधारित बनाउनु हुँदैन।

यसका अतिरिक्त, पत्रुस, पावल र अरू व्यक्तिले लेखेका पत्रहरूलाई मण्डलीहरूमा पठाउँदा तिनको बारेमा मण्डलीका दाजुभाइ र दिदीबहिनीहरूले के सोचे? तिनीहरूले यसो भनेका हुनसक्छन्, “यो दाजु वा भाइ पत्रुसको पत्र हो,” “यो दाजु वा भाइ पावलको पत्र हो,” “यो मत्तीको पत्र हो।” … त्यस बेला कसैले प्रेरितहरूका यी पत्रहरूलाई परमेश्‍वरको वचनको रूपमा लिए होलान्? बिलकुलै लिएनन्, किनकि पत्रुस, मत्ती र अरू कसैले आफू परमेश्‍वर भएको वा देहधारी भएको कुरा गरेनन्; तिनीहरूले प्रभु येशूमा विश्‍वास गर्छौं र प्रभु येशूका चेलाहरू हौं भनी भने, यसैले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दाजु-भाइको रूपमा र तिनीहरूका पत्र र वचनहरूलाई दाजु-भाइको सङ्‍गति र गवाहीको रूपमा लिए। यो सम्पूर्ण रूपमा सही छ र ऐतिहासिक तथ्यहरू अनुरूप छ। तर आज, सबै सम्प्रदायहरूका मानिसहरूले यी प्रेरितहरूका वचनहरूलाई परमेश्‍वरको प्रेरणाबाट आएको वचनको रूपमा लिन्छन्। तिनीहरूले तिनलाई परमेश्‍वरका वचनहरूको रूपमा लिन्छन् र तिनलाई परमेश्‍वरका वचनहरू समान राख्छन्। के यो ऐतिहासिक तथ्यहरूको विपरीत छैन र? मानिसहरूका यी वचनहरूलाई परमेश्‍वरका वचनहरूको रूपमा लिनुमा कुनै गल्ती भएको कुरा तिनीहरूले महसुस गर्दैनन्। जब मानिसहरूले तिनीहरूको गल्तीलाई औँल्याउँछन्, तिनीहरूले आफ्नो बचाउमा बाइबलमा भएका पावलका वचनहरूलाई देखाउँछन्—तर पावलका वचनहरूमा कुनै आधार छ र? प्रेरितहरूका पत्रहरूमा, पत्रुसले पावलका पत्रहरूमा पवित्र आत्माका प्रकाशहरू र काम छन् भनी भनेका थिए। तर पावलका वचनहरू पवित्र आत्माद्वारा प्रेरित हुन् र तिनलाई परमेश्‍वरको वचनको रूपमा लिनुपर्छ भनेर पत्रुसले कहिले पनि भनेनन्, अनि पावलले आफ्ना वचनहरू परमेश्‍वरबाट प्रेरणाप्राप्त छन् भन्‍ने हिम्मत गरेनन्। न त पावल न त पत्रुसले आफ्ना वचनहरूलाई परमेश्‍वरका वचनहरू हुन् भनेर गवाही दिए, यसैले आखिरी दिनहरूका विश्‍वासीहरूले कसरी तिनीहरूका वचनहरूलाई परमेश्‍वरका वचनहरूका रूपमा लिन सक्छन्? तिनीहरूले के गल्ती गरिरहेका छन्? यी पक्षधरहरूको व्याख्याहरू सही छन्? यो कति हास्यास्पद गल्ती हो भन्‍ने कुरा तिनीहरूलाई महसुस हुँदैन, तिनीहरूले यसलाई देख्‍न सक्दैनन्, यसले तिनीहरू सत्यता विहीन छन् भन्‍ने देखाउँछ। तापनि मानिसहरूले अझ पनि आँखा चिम्लेर आराधना र विश्‍वास गर्छन्; तिनीहरूले जे भने तापनि, मानिसहरूले त्यसैलाई विश्‍वास गर्छन्। यसमा, मानिसहरूमा अविश्‍वसनीय रूपमा समझको कमी छैन र? धर्मका मानिसहरूले बाइबलमा अन्धो विश्‍वास गर्छन्, तिनीहरूले बाइबलको आराधना गर्छन्, तिनीहरूले यसलाई परमेश्‍वरभन्दा पनि बढी सम्मान गर्छन्, तिनीहरूले बाइबलले परमेश्‍वरको प्रतिनिधित्व गर्छ भन्‍ने विश्‍वास गर्छन्, अनि तिनीहरूले हरेक कुरालाई बाइबलमा आधारित बनाउँछन्। तिनीहरूले यो हदसम्म बाइबलको आराधना गर्नु र अन्ध विश्‍वास राख्‍नु हास्यास्पद कुरा होइन र? अनि बाइबलमाथि तिनीहरूको अन्धविश्‍वासले कस्तो रूप लिन्छ? तिनीहरूले यसलाई ऐतिहासिक तथ्यअनुसार लिन सक्दैनन् र तिनीहरूले सत्यतालाई पछ्याउँदैनन् र पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिको खोजी गर्दैनन्। बरु, तिनीहरूले आँखा चिम्लेर प्रख्यात व्यक्तिहरूमाथि भरोसा राख्दै, स्वीकार गर्दै र तिनीहरूमध्ये कसैले भनेको कुरालाई कठोर रूपमा व्यावहारिक प्रयोग गर्दै तिनीहरूको आराधना गर्छन्। के मानिसका वचनहरू कहिले पनि गलत हुँदैनन् भन्‍ने हुनसक्छ?। के पावलले भनेको हरेक कुरा सही हुन सक्छ?। पावल मानिस थियो—र मानिसको रूपमा, कसरी ऊ दोषरहित हुन सक्थ्यो? यसैले, मानिसहरूले प्रेरितहरूका पत्रहरूलाई परमेश्‍वरका वचनहरू समान ठान्‍नु गम्भीर गल्ती हो। बाइबलमा, परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन् अनि मानिसहरूका वचनहरू मानिसहरूका वचनहरू नै हुन्। यी दुईलाई बराबरी रूपमा लिन सकिँदैन। त्यसो भए बाइबलमा भएका परमेश्‍वरका वचनहरू कुन-कुन हुन्? यहोवा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएका सबै वचनहरू, यहोवा परमेश्‍वरले हस्तान्तरण गर्नु भनी अगमवक्ताहरूलाई निर्देशन दिनुभएका कुराहरू, र प्रभु येशूले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरू—यी मात्र परमेश्‍वरका वचनहरू हुन्। अनि अगमवक्ताहरूले बाइबलमा बोलेका सबै वचनहरूमा के विशिष्टता छ भन्‍ने तिमीहरूलाई लाग्छ? तिनीहरू सबैले भने, “यहोवा यसो भन्‍नुहुन्छ” र “यहोवाले यसो भन्‍नुभयो।” तिनीहरूले यसो भनेनन्, “म दानिएल (वा यशैया) यसो भन्छु।” अगमवक्ताहरूले परमेश्‍वरका मूल सन्देशहरूलाई हस्तान्तरण गरिरहेका थिए भन्‍ने कुरा यसले मानिसहरूको लागि स्पष्ट पार्छ। यसैले, अगमवक्ताहरूद्वारा परमेश्‍वरले हस्तान्तरण गर्नुभएका मूल वचनहरू मात्र परमेश्‍वरका वचनहरू हुन्, यहोवा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरू मात्रै परमेश्‍वरका वचनहरू हुन्, अनि प्रभु येशूले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरू मात्र परमेश्‍वरका वचनहरू हुन्। यी बाहेक कुनै पनि कुरा परमेश्‍वरका वचनहरू होइनन्; प्रेरितहरूले बोलेका वचनहरू र परमेश्‍वरका दासहरूले अभिलेख राखेका घटनाहरू केवल मानिसहरूका गवाही मात्र हुन्।

— माथिबाट दिइएको सङ्गतिबाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बाइबल परमेश्‍वरको कामको गवाही हो। हामी प्रभुमा विश्‍वास गर्नेहरूले आकाश र पृथ्वी अनि सबै थोक परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् भनेर बाइबलकै आधारमा स्वीकार गर्छौं। बाइबलकै कारण तिनीहरूले परमेश्‍वरका कामहरूको आश्चर्य, महान्‌ता, र सर्वशक्तिसम्पन्नतालाई देख्छन्। त्यति मात्र होइन, बाइबलमा परमेश्‍वरका धेरै वचनहरू र मानिसको अनुभवका गवाहीहरू छन्, जसले मानिसको जीवनका लागि प्रबन्ध गर्न सक्छ, र मानिसलाई धेरै सुधार गर्न सक्छ। के हामी बाइबल पढेर अनन्त जीवन पाउन सक्छौं? वा के बाइबलमा अनन्त जीवनको बाटो छ?

सन्दर्भका लागि बाइबल पदहरू: “शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही...

तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम पूरा गर्न सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ भनेर गवाही दिनुहुन्छ। तैपनि परमेश्‍वरको वचन र काम सबै बाइबलमा लेखिएका छन्, र बाइबलका सत्यताहरू पूरा र पूर्ण छन् भनेर पाष्टरहरू र एल्डरहरूले भन्छन्। तिनीहरू बाइबलदेखि बाहिर परमेश्‍वरको कुनै वचन र काम हुन सक्दैन, र बाइबलदेखि बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो भनेर भन्छन्। यो विषयलाई हामीले कसरी लिनुपर्छ?

सन्दर्भका लागि बाइबल पदहरू: “येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि...

बाइबल प्रभुको गवाही हो, र यो हाम्रो विश्‍वासको आधार पनि हो। प्रभुमा विश्‍वास गर्नेहरू सबैले बाइबलअनुसार नै दुई हजार वर्षदेखि विश्‍वास गर्दै आएका छन्। यसैले हामी के विश्‍वास गर्छौं भने, बाइबलले प्रभुको प्रतिनिधित्व गर्दछ, प्रभुमा विश्‍वास गर्नु भनेको बाइबलमा विश्‍वास गर्नु हो, र बाइबलमा विश्‍वास गर्नु भनेको प्रभुमा विश्‍वास गर्नु हो। हामी बाइबलबाट कहिल्यै टाढा जान सक्दैनौं। यदि हामी बाइबलबाट टाढा जान्छौं भने हामीले कसरी प्रभुमा विश्‍वास गर्न सक्छौं? के तपाईं हाम्रो बुझाइमा केही गल्‍ती छ भनेर भन्दैहुनुहुन्छ?

सन्दर्भका लागि बाइबल पदहरू: “शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्